काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने- पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका… Continue reading विश्वप्रकाशको प्रश्न-‘प्रधानमन्त्री ज्यू ! तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ’ ?
Category: समाचार
कांग्रेसलाई ओलीको प्रश्न-‘अघिल्लो पटक हौसियर समर्थन गर्ने, अहिले किन नगर्ने’ ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो पटक हौसियर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको कांग्रेसलाई अहिले पनि समर्थन गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा अध्यक्ष ओलीले भने, ‘पोहोर साल पनि यस्तै अवस्था थियो । नेपाली कांग्रेस भोट नै नमागिकन, हतारिएर, हौसिएर, उत्साहित भएर नयाँ बेटरी हालेजस्तो थियो । समर्थन गरेको थियो… Continue reading कांग्रेसलाई ओलीको प्रश्न-‘अघिल्लो पटक हौसियर समर्थन गर्ने, अहिले किन नगर्ने’ ?
विश्वासको मत माग्दै प्रचण्डले भने- ‘यो आफैँमा उथलपुथल हो, मैले मात्रै गरेको होइन हामी सबै सहभागी छौँ ‘
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले फेरि एकपटक आफूलाई विश्वासको मत दिन सांसदहरुलाई आह्वान गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गठबन्धन परिवर्तन भएकाले आफूलाई पुनः विश्वासको मत चाहिएको बताए। उनले भने- अहिले फेरि नयाँ राजनीतिक परिस्थिति बन्यो। म तेस्रो पटक विश्वासको मत लिन उपस्थित भएको छ। मेरो उथलपुथल शब्दसँग अहिले पनि कुरा उठाउनुभयो। पहिलो र दोस्रो… Continue reading विश्वासको मत माग्दै प्रचण्डले भने- ‘यो आफैँमा उथलपुथल हो, मैले मात्रै गरेको होइन हामी सबै सहभागी छौँ ‘
अष्ट्रेलियामा जहाजमा यात्रा गरिरहेका १२ यात्रु अस्पताल भर्ना
काठमाडौं । विमानमा प्राविधिक समस्या आएपछि यात्रारत १२ जना यात्रुलाई उपचारका लागि अस्पताल भर्ना गर्नु परेको छ । सिड्नीबाट अकल्याण्डका लागि उडेको लाटामको विमानमा प्राविधिक समस्या आएपछि एक्कासि कम्पन हुँदा विरामी परेका १२ यात्रुलाई सोमबार अस्पताल भर्ना गरिएको हो । विमान कम्पनी र सुरक्षाकर्मीले सोमबार यसको जानकारी गराएका छन् । तस्मान सागरमा एलए ८०० विमानमा… Continue reading अष्ट्रेलियामा जहाजमा यात्रा गरिरहेका १२ यात्रु अस्पताल भर्ना
सरकार र आरती साहको परिवारबीच सहमति
काठमाडौं । गृह मन्त्रालय र आरती साहको परिवारबीच सहमति भएको छ। मंगलबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मृतक आरती साहको परिवारसँग भेटवार्ता गरी पाँच बुँदे सहमति गरे । सहमति पत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव एवं गृह प्रवक्ता नारायण प्रसाद भट्टराई, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गरे ।… Continue reading सरकार र आरती साहको परिवारबीच सहमति
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिंदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग सत्ता साझेदारी गरेपछि कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका… Continue reading प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने
त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा नेपाल र पीएनजी भिड्दै
काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा आज पपुवा न्युगिनी र नेपाल भिड्दैछन् । खेल नेपाली समय अनुसार बिहान ११ ः ४५ मा मोगं कोगंमा सुरु हुनेछ । नेपाल र हङकङबीचको खेल वर्षाको कारण रद्द भएको थियो । नेपालले पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा पुगेको थियो । एकै दिन दुई खेल खेलेको… Continue reading त्रिकोणात्मक टी-२० आई सिरिज : फाइनलमा नेपाल र पीएनजी भिड्दै
प्रचण्डलाई विश्वासको मत दिन एमालेको ह्वीप
काठमाडौं । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । मंगलबार संसदीय दलको बैठकले सांसदहरुलाई विश्वासको मत दिन ह्वीप जारी गरेको प्रमुख सेचतक महेश बर्तोलाले जानकारी दिए । ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन पार्टीले ह्वीप जारी गरेको छ,’ उनले भने, ‘सरकारलाई बलियो बनाउनु पर्ने छ । प्रभावकारी काम गर्नुपर्ने अवस्था छ ।’… Continue reading प्रचण्डलाई विश्वासको मत दिन एमालेको ह्वीप
सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ
काठमाडौं । पर्साको वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुईदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । पर्साका… Continue reading सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ
बहराइनविरुद्ध खेल्ने नेपाली टीमको घोषणा
काठमाडौं । बहराइन विरुद्ध विश्वकप छनोट फुटबल खेल्ने नेपाली टोलीको घोषणा भएको छ । टोलीमा भरत खवासले पुनरागमन गरेका छन् । अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई, रोहन कार्की, समिर तामाङ र विशाल बस्नेत नयाँ अनुहार छन् । फिफा विश्वकप र एएफसी एसियन संयुक्त छनोट अन्तर्गत बहराइन विरुद्धको दुई खेलअघि नेपालले मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्न… Continue reading बहराइनविरुद्ध खेल्ने नेपाली टीमको घोषणा
नयाँ समीकरणको पक्षमा खुले वामदेव, दाहालका पक्षमा गरे मतदान
काठमाडौं । वामदेव गौतमले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादी केन्द्रका नारायण प्रसाद दाहालका पक्षमा मतदान गरेका छन् । तत्कालीन नेकपाको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गौतम नयाँ समीकरणको पक्षमा खुल्दै दाहाललाई मतदान गरेका हुन् । कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालको पक्षमा ३९ मत… Continue reading नयाँ समीकरणको पक्षमा खुले वामदेव, दाहालका पक्षमा गरे मतदान
युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत
काठमाडौं । राष्ट्रिय सभाको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ ।मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा शर्मालाई अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १७ मत र विपक्षमा ३९ मत खसेको थियो। शर्माले बहुमत प्राप्त गर्न नसकेपछि सो प्रस्ताव अस्वीकृत भएको हो। शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना, समर्थकमा किरणबाबु श्रेष्ठ… Continue reading युवराज शर्मालाई राष्ट्रियसभाको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत
राष्ट्रिय सभाको अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । दाहाल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार हुन् ।
ओली र राजेश हमालबीच सिनेमा संवाद हुने
काठमाडौं । अभिनेता राजेश हमालले पूर्वप्रधानमन्त्री केपी ओलीसँग सिनेमा संवाद गर्ने भएका छन् । नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौँ संस्करणमा चलचित्रका विविध आयाम र विधालाई समेटेर हुने छलफल र अन्तर्क्रियामध्ये एउटा शत्रमा ‘दिग्गज नेता र अभिनेता संवाद’ राखिएको छ । नेता र अभिनेताबिचको संवाद राष्ट्रिय सभागृहको हलमा निःशुल्क अवलोकन गर्न पाइने छ ।… Continue reading ओली र राजेश हमालबीच सिनेमा संवाद हुने
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज
काठमाडौं । आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदात हुँदैछ । बिहान ११ बजे बस्ने राष्ट्रिय सभा बैठकमा अध्यक्षको निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । अध्यक्षका लागि युवराज शर्मा र नारायण दाहालले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार नेपाली कांग्रेसबाट शर्मा र सत्ता गठबन्धनबाट दाहालले उम्मेदवारी दर्ता गरेका हुन् । निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना… Continue reading राष्ट्रिय सभा अध्यक्षको निर्वाचन आज
सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति
काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा सोमबार भएको वार्तामा मिटरब्याज पीडितको समस्या समाधानका लागि फेरि तीन महिनाभित्र जाँचबुझ आयोग गठन गर्ने सहमति भएको छ । यसअघि पनि सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि गौरीबहादुर कार्की नेतृत्वमा ३ सदस्यीय आयोग गठन गरेको थियो । तर उक्त आयोगको… Continue reading सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति
त्रिकोणात्मक सिरिज : नेपाल र पपुवा न्यूगिनी भिड्दै
काठमाडौं । त्रिकोणात्मक टी२० सिरिजमा अहिले नेपाल र पपुवा न्यूगिनी भिडिरहेका छन् । ओपनर कुशल भुर्तेल र मध्यक्रमका ब्याटर सन्दीप जोराको अर्धशतकमा नेपालले पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य दिएको छ । मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको छ । पपुवा न्यूगिनी लक्ष्य भेटाउन उत्रिएको… Continue reading त्रिकोणात्मक सिरिज : नेपाल र पपुवा न्यूगिनी भिड्दै
स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ
काठमाडौं । प्रहरीले बाँकेमा स्रोत नखुलेको एक करोड १६ लाख रुपियाँ बढी बरामद भएको छ । प्रहरीले ३९ लाख रुपियाँ बरामद गरेको १५ घण्टा नपुग्दै फेरि स्रोत नखुलेको सो रकम बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले सोमबार दुईवटा होटलमा छापा मारेर एक करोड १६ लाख २२ हजार रुपियाँसहित… Continue reading स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ
कर्णाली नदी पुलमाथि ट्रकमा लाग्यो आगो
काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगो लागेको छ । पश्चिमतर्फ आइरहेको एक ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार लाइटर बोकेको ट्रकमा आगलागी भएको हो । प्रहरी र स्थानीय बासिन्दाले आगो निभाएका थिए । लम्कीचुहा नगरपालिकाको दमकल… Continue reading कर्णाली नदी पुलमाथि ट्रकमा लाग्यो आगो
उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना गर्ने भएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा उक्त जानकारी दिएका हुन् । अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवम व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिने उनले बताए । कम्पनीको… Continue reading उद्योग वाणिज्य महासंघको पहलमा लगानी कम्पनी स्थापना हुने
भागेका थुनुवा समात्न गएका जवानको लडेर मृत्यु
काठमाडौं । दार्चुला प्रहरीको हिरासतमा रहेका एक थुनुवा भागेपछि उनलाई पक्राउ गर्न पछ्याएका एक प्रहरीको भीरबाट लडेर मृत्यु भएको छ । हिरासतमा रहेका महाकाली नगरपालिका-१ का २३ वर्षीय उमेश कुवरलाई अस्पताल लैजाने क्रममा हतकडीसहित भागेपछि उनलाई लखेट्दै गरेका प्रहरी जवान सुवान चौधरीको लडेर टाउकोमा गम्भीर चोट लागेको र अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।… Continue reading भागेका थुनुवा समात्न गएका जवानको लडेर मृत्यु
‘प्रचण्ड’को विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्वीप’
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। प्रतिनिधिसभामा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्ना सांसदलाई ‘ह्वीप’ जारी गरेका हुन् । यही फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै छन् । कांग्रेससँगको गठबन्धन तोडेर नयाँ सहकार्य गरेपछि उनले विश्वासको मत… Continue reading ‘प्रचण्ड’को विपक्षमा मतदान गर्न कांग्रेसको ‘ह्वीप’
राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता, कांग्रेसलाई लोसपाको साथ
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि नेपाली कांग्रेसका सांसद युवराज शर्मा र माओवादीको तर्फबाट नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान शर्माले उम्मेदवारी दर्ता गरेका हुन्। शर्माको प्रस्तावक कांग्रेस सांसद आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै सांसद किरणबाबु श्रेष्ठ छन्। कांग्रेसलाई राष्ट्रिय सभामा लोकतान्त्रिक समाजवादी पार्टीले साथ दिने भएको… Continue reading राष्ट्रिय सभा अध्यक्षमा दाहाल र शर्माको उम्मेदवारी दर्ता, कांग्रेसलाई लोसपाको साथ
राष्ट्रिय सभा अध्यक्षमा आज उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनअन्तर्गत् आज उम्मेदवारी दर्ता हुँदैछ। संघीय संसद् सचिवालयले मंगलरबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ। जसअन्तर्गत् आज उम्मेदवारी दर्ता हुन लागेको हो। उम्मेदवारी दर्ताको समय बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय छुट्टयाइएको छ। आजै दिउँसो साढे १ बजे उमेदवारको नामावली प्रकाशित हुनेछ। सत्ता गठबन्धनमा माओवादी केन्द्रले राष्ट्रिय सभाको… Continue reading राष्ट्रिय सभा अध्यक्षमा आज उम्मेदवारी दर्ता
उपनिर्वाचनमा उम्मेदारीबारे निर्णय गर्न रास्वपाको केन्द्रिय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने छ । तिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाको बझाङ क्षेत्र नम्बर १ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको तयारीको विषयमा बैठकमा छलफल हुने बताइएको छ । चार वटा मन्त्रालयसहित सरकारमा… Continue reading उपनिर्वाचनमा उम्मेदारीबारे निर्णय गर्न रास्वपाको केन्द्रिय समिति बैठक बस्दै
शासन व्यवस्थाको सुदृढिकरण आजको कार्यभार : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् । नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्पो ल्होछार’ का अवसरमा आज शुभकामना दिँदै उनले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार भएको… Continue reading शासन व्यवस्थाको सुदृढिकरण आजको कार्यभार : प्रधानमन्त्री
शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछार आज, देशभर सार्वजनिक बिदा
काठमाडौं । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा आज ग्याल्पो ल्होछार मनाउँदैछन् । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होछार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्ने शेर्पा संस्कृतिविद् बताउँछन्… Continue reading शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होछार आज, देशभर सार्वजनिक बिदा
एमसीसी परियोजना समयमै सक्न अमेरिकाको आग्रह
काठमाडौं । अमेरिकी राजदूत डिन थम्पसनले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) परियोजना समयमै सक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।नेपालका लागि अमेरिकी राजदूत थम्पसनले नवनियुक्त अर्थमन्त्री वर्षमान पुनलाई आइतबार मन्त्रालयमा शिष्टाचार भेट गरेर ध्यानाकर्षण गराएका हुन् । भेटमा उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र एमसीसी परियोजनाबारे चासो राखेका थिए । अमेरिकाले नेपालको शान्ति प्रक्रियाका बाँकी निष्कर्षमा पुर्याउन… Continue reading एमसीसी परियोजना समयमै सक्न अमेरिकाको आग्रह
राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाहाललाई उठाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली कांग्रेसले भने युवराज शर्मालाई उम्मेदवार… Continue reading राष्ट्रिय सभा अध्यक्षमा माओवादीले दाहाललाई उठाउने
क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ८ जना भारतीय पक्राउ
काठमाडौं । राजश्व अनुसन्धान विभागले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विभागको टोलीले १८ फागुनमा उनीहरुलाई पक्राउ गरेर मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । उनीहरु क्रिप्टोकरेन्सी कारोबारमा जोडिएको आशंका छ । उनीहरु हाल क्रिप्टोकरेन्सी कारोबारमा फरार रहेका हुण्डी कारोबारी विमल पोद्दारसँग पनि जोडिएको बताइएको छ । पक्राउ परेकामध्ये अमिरुदिन नामक… Continue reading क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ८ जना भारतीय पक्राउ