काठमाडौं । त्रिभुवन विश्वविद्यालयकाे उपकुलपतिमा प्राध्यापक डा केशरजङ्ग बराल नियुक्त भएका छन् । कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजङ्ग बराल र टङ्कनाथ धमलालाई सिफारिस गरेको थियो । दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र… Continue reading त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा केशरजङ्ग बराल नियुक्त
Category: समाचार
गठबन्धन नगर्ने प्रस्तावसहित कांग्रेस महासमितिले पारित गर्यो चार प्रतिवेदन
काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस भएका चारवटै प्रस्ताव सर्वसम्मतिले पारित भएका छन् । उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतिले पारित भएका हुन् ।… Continue reading गठबन्धन नगर्ने प्रस्तावसहित कांग्रेस महासमितिले पारित गर्यो चार प्रतिवेदन
कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा कर्मचारी
काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारी माग गरेको छ । कोषले शुक्रबार एक सूचनामार्फत दरखास्त आह्वान गरेको हो ।जसअनुसार वरिष्ठ प्रबन्धकदेखि प्रमुख सहायकसम्मका पदमा आजदेखि २१ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक र उपप्रबन्धक एक/एक जना मागेको छ। सहायक प्रबन्धकमा १२ जना मागेको छ। जसमध्ये खुलबाट… Continue reading कर्मचारी सञ्चय कोषले माग्यो विभिन्न पदमा कर्मचारी
कृषि विकास बैंकमा जागिरको अवसर, आठौंदेखि चौंथो तहसम्म दरखास्त माग
काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ। शुक्रबार एक सूचना जारी गर्दै बैंकले चौथो तहको सहायकदेखि आठौं तहको अधिकृतसम्म ११२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । बैंकले १६ जना व्यवसाय सहायक, ४६ जना लेखापाल, ३२ जना व्यवसाय अधिकृत, २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा… Continue reading कृषि विकास बैंकमा जागिरको अवसर, आठौंदेखि चौंथो तहसम्म दरखास्त माग
राष्ट्रपति आज बागलुङ र अछाम जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बागलुङ र अछाम जाने भएका छन् । राष्ट्रपति पौडेल बागलुङको सर्वसिद्धिधाम पञ्चकोट जाने कार्यक्रम छ । बुधवार देखि पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन् । बिहान ९ बजेर तीस मिनेटमा राष्ट्रपति पौडेल पञ्चकोट जाने महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी… Continue reading राष्ट्रपति आज बागलुङ र अछाम जाँदै
सात महिनामा ९ खर्ब रुपैयाँ बराबरको वस्तु आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०८०-८१ को सात महिनामा करिब नौ खर्ब रूपैयाँ बराबरको आयात भएको छ। साउनदेखि माघसम्ममा आठ खर्ब ९७ अर्ब रूपैयाँ बराबरको कारोबार भएको हो। गत आर्थिक वर्ष २०७९-८० को तुलनामा यसमा २.३१ प्रतिशतले कमी आएको हो। गत आर्थिक वर्षमा ९ खर्ब १९ अर्ब रूपैयाँ बराबरको कारोबार भएको थियो। सात महिनामा आठ… Continue reading सात महिनामा ९ खर्ब रुपैयाँ बराबरको वस्तु आयात
कांग्रेस महासमिति बैठक आज सकिँदै, के आउला निष्कर्ष ?
काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठक आज समापन हँदैछ । आज छलफलबाट प्राप्त सुझाव प्रस्तुत गर्ने कार्यक्रम छ । छलफलबाट प्राप्त सुझाव प्रस्तुत भएसँगै ७ गतेदेखि सुरु भएको बैठक आज समापन हुने छ । महासमिति बैठकको अन्तिम दिन बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्दैछन् । आजै… Continue reading कांग्रेस महासमिति बैठक आज सकिँदै, के आउला निष्कर्ष ?
महिला फूटबल टोलीले आज इराकको सामना गर्दै
काठमाडौं । साउदी अरेबियामा जारी वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र इराक बीच आज प्रतिस्पर्धा हुन भएको छ । इराकविरुद्धको खेल्दा नेपालको नजर सेमिफाइनलतिर हुनेछ । किनकि यो खेल जित्दै नेपाल सेमिफाइनल नजिक पुग्न चाहन्छ । समूह बीअन्तर्गत यस खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा हुनेछ । पहिलो… Continue reading महिला फूटबल टोलीले आज इराकको सामना गर्दै
श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका राजुको भेटियो सुसाइड भिडियो सन्देश
काठमाडौं । नागार्जुन नगरपालिका–६ भैरव टोलमा श्रीमती, छोरी र नातिनीको हत्या गरेका काजी भनिने राजु विश्वकर्माले आत्महत्या गर्नुअघि भिडियो सन्देश रेकर्ड गरेको प्रहरी स्रोतलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । काजीले आफ्नै छोरालाई खिच्न लगाएका भिडियो घटनाको अनुसन्धान गरिरहेको प्रहरीसम्म पुगेको छ । भैरव टोलमा डेरा गरी बस्ने ईश्वरी भन्ने प्रेमकुमारी श्रेष्ठ, उनकी छोरी… Continue reading श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या गरेका राजुको भेटियो सुसाइड भिडियो सन्देश
महानगरले निःशुल्क उपचारका लागि संचालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध
काठमाडौं । काठमाडौँ महानगरपालिकाले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल आबद्ध भएका छन् । महानगरका अस्पतालमा ‘निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८०’ को व्यवस्थाबमोजिम महानगर क्षेत्रभित्रका सम्पूर्ण निजी तथा सामुदायिक अस्पताललाई यही फागुन १ गतेदेखि व्यवस्था कार्यान्वयन गर्न महानगर स्वास्थ्य विभागले गरेको पत्राचार अनुसार… Continue reading महानगरले निःशुल्क उपचारका लागि संचालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध
स्वयम्भू घटना: श्रीमती र दुई छोरीको हत्या, जंगलमा श्रीमान् गरे आत्महत्या !
काठमाडौं । स्वयम्भूमा मृत अवस्थामा फेला परेका तीनजनाको हत्या भएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ। उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ। मृत्यु हुनेमा ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ छन्। सोलुखुम्बुका ‘राजु घिमिरे’… Continue reading स्वयम्भू घटना: श्रीमती र दुई छोरीको हत्या, जंगलमा श्रीमान् गरे आत्महत्या !
कांग्रेस महासमिति बैठक : आजबाट प्रतिवेदनहरुमा छलफल
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आज प्रतिवेदनहरुमा छलफल हुँदै छ । सोमवारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठक बिहान ९ बजे बस्दै छ । अघिल्लो बैठकमा पेस भएका प्रतिवेदनमाथि आज छलफल हुनेछ । बुधवार उपसभापति पूर्णबहादुर खड्काले नीतिगत प्रतिवेदन, महामन्त्री गगनकुमार थापाको सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदन र कांग्रेस प्रवक्ता डा.… Continue reading कांग्रेस महासमिति बैठक : आजबाट प्रतिवेदनहरुमा छलफल
नामिवियासँग टस हारेर ब्याटिङमा नेपाल
काठमडौं । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेलमा नामिवियासँग टस हारेको छ । नेपाल ब्याटिङमा उत्रिएको छ । टीयु क्रिकेट मैदानमा नामिवियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए । यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट समेत परिवर्तन भएको छ । आज… Continue reading नामिवियासँग टस हारेर ब्याटिङमा नेपाल
ललिता निवासको सरकारी जग्गा एक साता भित्र खाली गर्न महानगरको उर्दी
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सूचना निकालेर ललिता निवासको सरकारी जग्गा एक हप्ताभित्र खाली गर्न भनेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद १३ स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्थाअन्तर्गत् अदालतको फैसलाद्वारा सरकारको नाममा फिर्ता आएको ललिता निवासमा बनेका संरचना हटाउन महानगरले सूचना जारी गरेको हो। ‘काठमाडौं महानगरपालिका वडा नम्बर ४ बालुवाटारस्थित ललिता निवास… Continue reading ललिता निवासको सरकारी जग्गा एक साता भित्र खाली गर्न महानगरको उर्दी
आईसीसी विश्वकप लिग–२ : नेपाल र नामिविया दोस्रो खेलमा भिड्दै
काठमाडौं । नेपालले सन् २०२४ को आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो तेस्रो खेल र नामिवियासँग दोस्रो खेल खेल्दैछ । खेल बिहान ९ ः ३० मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल यसअघि ३ फागुनमा भएको पहिलो खेलमा नामिवियासँग ४ विकेटले स्तब्ध भएको थियो । टस हारेर पहिला ब्याटिङको गरेको नेपाल १३२ रनमै अल आउट… Continue reading आईसीसी विश्वकप लिग–२ : नेपाल र नामिविया दोस्रो खेलमा भिड्दै
नेपालको बैंकिङ क्षेत्र सवल छ : राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको बताएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति र समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सर्वसाधारणको निक्षेप पूर्ण रूपमा सुरक्षित रहेको बताएको हो । ‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था… Continue reading नेपालको बैंकिङ क्षेत्र सवल छ : राष्ट्र बैंक
कांग्रेसले एक्लै चुनाव लड्नु पर्ने गगन थापाको प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनहरुमा एक्लै चुनाव लड्ने प्रस्ताव गरेका छन् । ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा सांगठनिक प्रस्ताव पेश गर्दै उनले कांग्रेसको समर्थक र शुभेच्छुकमा पार्टीप्रतिको भरोसा टुट्न नदिन आवधिक निर्वाचनहरुमा रुख चिह्नमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने प्रस्ताव राखेका हुन् । ‘निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक… Continue reading कांग्रेसले एक्लै चुनाव लड्नु पर्ने गगन थापाको प्रस्ताव
नेपाल ‘ए’ टीमको पहिलो जित, शृंखला १-१ को बराबरीमा
काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको नेपाल ‘ए’ टीमले पहिलो जित दर्ता गराएको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेट्टायो । कप्तान सन्दीप जोराले ६६ रन बनाए । अर्जुन कुमालले ४०, शेर मल्ल ७, किरण थगुन्ना १३ रन बनाएर आउट भए… Continue reading नेपाल ‘ए’ टीमको पहिलो जित, शृंखला १-१ को बराबरीमा
वैदिक सनातन हिन्दूराष्ट्र नेपाल’ को पक्षमा शशांकको पनि हस्ताक्षर
काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेस महासमितिको बैठकमा हिन्दू राष्ट्र पुनर्स्थापना पक्षधरहरुको हस्ताक्षर संकलन भएको छ । बैठक स्थलमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा रहेको सनातन हिन्दू राष्ट्र नेपाल स्थापना महाअभियानले हस्ताक्षर अभियान चलाएको हो। जसमा मंगलबार कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले पनि हस्ताक्षर गरेका अभियानको पक्षधरले बताएका छन् । मंगलबार मात्र पूर्वमहामन्त्री… Continue reading वैदिक सनातन हिन्दूराष्ट्र नेपाल’ को पक्षमा शशांकको पनि हस्ताक्षर
लुम्बिनी प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णदत्त भट्ट, सांसद जानकी प्रसादसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिले गरेको काठ कटानमा अनियमितता भएको दाबीसहित मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । मुद्दा दायर गरेकामा तत्कालीन वन अधिकृतहरू कृष्णदत्त भट्ट, तत्कालीन डिभिजनल वन… Continue reading लुम्बिनी प्रदेश सांसद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
विष्णुमति नदी मिचेर बनाइएका अवैध संरचनामा डोजर चल्यो, स्थानीयद्धारा ढुंगामुढा
काठमाडौं । टोखास्थित विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको छ । टोखा नगरपालिकाले विष्णुमति नदी करिडोरलाई सुन्दर र व्यवस्थित बनाउनका लागि त्यस आसपासमा निर्माण गरिएका अस्थायी संरचना आज बिहान डोजर लगाएर हटाएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले सार्वजनिक जग्गा मिचेर नदीको किनारामा निर्माण गरिएका संरचना डोजर लगाएर… Continue reading विष्णुमति नदी मिचेर बनाइएका अवैध संरचनामा डोजर चल्यो, स्थानीयद्धारा ढुंगामुढा
मिटरब्याज पिडित निर्णायक आन्दोलनमा, आज काठमाडौंमा छिर्दै
काठमाडौं । न्याय मार्चमा निस्किएका मिटरब्याज पीडितहरु निर्णायक आन्दोलनका लागि भन्दै काठमाडौं आइपुग्दैछन् । धादिङको पिपलटार आइपुगेका उनीहरु आज काठमाडौं छिर्ने तयारीमा छन् । पैदल यात्रामा रहेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै अगाडि बढिरहेका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए… Continue reading मिटरब्याज पिडित निर्णायक आन्दोलनमा, आज काठमाडौंमा छिर्दै
दोलखामा भूकम्पको धक्का महसुस
काठमाडौं । दोलखामा भूकम्प गएको छ । जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
नेपाल ए-को क्यानडासँग दोस्रो खेल आज
काठमाडौं । नेपाल ए ले क्यानडा ११ सँग एकदिवसीय अभ्यास खेलअन्तर्गत आज दोस्रो खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ए ४ विकेटले पराजित भएको थियो । नेपालले आज पहिलो खेलमा मौका नपाएका खेलाडीहरुलाई मौका दिनसक्छ । स्पिनर शेर मल्ल,… Continue reading नेपाल ए-को क्यानडासँग दोस्रो खेल आज
प्रहरीको डीएसपी भन्दै अपशब्द बोल्ने श्रेष्ठ पक्राउ
काठमाडौं । आफू नेपाल प्रहरीको डीएसपी भएको भन्दै सडकमा गाडी चलाइरहेका व्यक्तिलाई अपशब्द बोल्ने एक जना पक्राउ परेका छ्न । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ चुनदेवीका ५२ वर्षीय प्रविण श्रेष्ठ रहेका छन् । गए राति लाजिम्पाटमा वीरगञ्जका अङ्कित गुप्तालाई क्षेत्रीयताकै आधारमा गालीगलौज गर्दै श्रेष्ठले अपशब्द प्रयोग गरेका थिए । गाडी चलाउँदा आफैँले गल्ती गरेका श्रेष्ठले अङ्कितलाई… Continue reading प्रहरीको डीएसपी भन्दै अपशब्द बोल्ने श्रेष्ठ पक्राउ
सुरु भयो कांग्रेस महासमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सम्मेलन केन्द्रमा सभापति शेरबहादुर देउवाले दीप प्रज्वलन गरी महासमिति बैठक उदघाटन गरे । महासमितिको बैठक आजदेखि १० गतेसम्म चल्ने छ । बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् । नीति प्रतिवेदन उपसभापति पूर्णबहादुर खड्काले, सांगठनिक प्रतिवेदन… Continue reading सुरु भयो कांग्रेस महासमिति बैठक
पाल्पामा टिपर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । लु २ ख ५६१ नम्बरको टिपर आज बिहान ९ बजे दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका १६ बस्ने २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही ठाउँका १८ वर्षीय मनिष परियार रहेको… Continue reading पाल्पामा टिपर दुर्घटना, दुई जनाको मृत्यु
वीरगन्जमा लाग्यो कर्फ्यू, के हो कारण ?
काठमाडौं । वीरगन्जमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा आज सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू आदेश जारी गरेको हो पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो । रौतहटको ईशनाथ नगरपालिकाको… Continue reading वीरगन्जमा लाग्यो कर्फ्यू, के हो कारण ?
ई:को लुम्बिनी-सिंहदरबार पैदलयात्रा समापन
काठमाडौं । अभियन्त्रा ई: को लुम्बिनी-सिंहदरबार पैदलयात्राको समापन भएको छ । सडक व्यवसाय र अनौपचारिक क्षेत्र व्यवस्थापन एवं साना उद्यमी र सहरी गरिबको पक्षमा संघीय सरकारको भूमिका माग गर्दै लुम्बिनदेखि सिंहदरबार पैदलयात्रामा कलंकीबाट फुटपाथ व्यवसायीले साथ दिएका थिए । चितवनको रामनगर हुँदै कुरिनटार, धादिङको गजुरी, नौबिसे कलंकी आइपुगेका ई: लाई कलंकीबाट सडक व्यापारीहरुले ठूलो संख्यामा… Continue reading ई:को लुम्बिनी-सिंहदरबार पैदलयात्रा समापन
इजरायलको आक्रमणबाट गाजामा झण्डै २९ हजार सर्वसाधारणको मृत्यु
काठमाडौं । गाजा पट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २८ हजार ९८५ पुगेको छ । मृतकमध्ये अधिकांश महिला, बालबालिका तथा निर्दोष सर्वसाधारण रहेका प्यालेष्टिनी प्रशासनले दाबी गर्दै आएको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार जनाए अनुसार गत अक्टोबर ७ मा शुरु भएको इजरायल–हमास द्वन्द्वपछि तटीय क्षेत्रमा ६८ हजार ८८३ प्यालेस्टाइनीहरू घाइते भएका छन् । इजरायली… Continue reading इजरायलको आक्रमणबाट गाजामा झण्डै २९ हजार सर्वसाधारणको मृत्यु