काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। पश्चिमी वायु र स्थानीय वायुकै प्रभावको कारणले आइतबार काठमाडौं लगायत देशको केही भूभागमा हावाहुरी चल्नुका साथै वर्षा भएको थियो। सोमबार पनि देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको बताइएको छ । बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक… Continue reading मोखा चक्रवातको असर नेपालमा कति ?
Category: समाचार
धरानमा जनप्रतिनिधिबीचको विवाद साम्य
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख र कार्यपालिका सदस्यहरुबीचको विवाद साम्य भएको छ । मेयर हर्क साम्पाङले आइतबारको कार्यपालिका बैठकमा वडाध्यक्षहरुको राजीनामा माग गरेकोप्रति आत्मालोचना गरेपछि दुई महिनापछि विवाद मिलेको हो । मेयरले कार्यपालिका सदस्य र जनप्रतिनिधिलाई सामाजिक सञ्जाल मार्फत जथाभावी नलेख्ने प्रतिबद्धता जाहेर गरेका छन् । वडाध्यक्ष र कार्यपालिका सदस्यको राजीनामा मागप्रति पनि माफी… Continue reading धरानमा जनप्रतिनिधिबीचको विवाद साम्य
टोप बहादुर रायमाझी पक्राउ
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले उनलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको प्रहरी उच्च स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीका अनुसार रायमाझी शनिबार काठमाडौं आएका थिए । उनी पासीकोटस्थित एक व्यक्तिको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।… Continue reading टोप बहादुर रायमाझी पक्राउ
मदन राईलाई ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा पक्राउ परेका कृषि विज्ञ मदन राईविरुद्ध अनुसन्धान गर्न खोटाङ जिल्ला अदालतले प्रहरीलाई ७ दिनको म्याद दिएको छ । राईलाई खोटाङको शुभद्रा मदन फाउन्डेसन परिसरबाट शुक्रबार पक्राउ गरिएको थियो । उनले आफैंद्वारा सञ्चालित फाउन्डेसनमा राखिएका बालबालिकालाई पटक–पटक यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको थियो। राईले दिएका यौनजन्य र अश्लिल अभिव्यक्तिहरु… Continue reading मदन राईलाई ७ दिन हिरासतमा राख्न अनुमति
९ महिनामा ६ लाख युवाले लिए श्रम स्वीकृति
काठमाडौं । चालु आर्थिक वर्ष २०७९–८० को नौ महिनामा छ लाख नेपालीले श्रम स्वीकृति लिएका छन् । गत साउनयता पाँच लाख ४८ हजार छ सय ६४ पुरुष र ५३ हजार चार सय ८९ महिला गरी कुल छ लाख दुई हजार एक सय ५३ जनाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । यो नयाँ… Continue reading ९ महिनामा ६ लाख युवाले लिए श्रम स्वीकृति
आइसीसी टी-२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट नेपालमा आयोजना हुने
काठमाडौं । नेपालले आगामी वर्ष हुने आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने निश्चित भएको छ । २०२४ को टी–२० विश्वकप वेष्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने गरी तय भएको छ । २० टिमले प्रतिस्पर्धा गर्ने उक्त विश्वकपमा १२ टिले सिधै स्थान पक्का गरिसकेका भने ८ टिमले छनोटबाट स्थान बनाउनेछन्… Continue reading आइसीसी टी-२० विश्वकप छनोटको एसिया क्षेत्रको छनोट नेपालमा आयोजना हुने
श्रमिक बाहेक घुमफिर र अध्ययनमा गएर फर्कने नेपालीले साथमा दोस्रो मोवाइल ल्याउन चाहे भन्सार लाग्ने
काठमाडौं । विदेशबाट फर्किंदा थप एउटा मोबाइल ल्याउन दिने गरी मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा भन्सार विभागले थप व्याख्या गरी सार्वजनिक गरेको छ । विभागका अनुसार अब सरकारसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाले मात्रै थप एउटा मोबाइल शतप्रतिशत भन्सार छुटमा ल्याउन पाउने भएका छन् । विदेशबाट फर्किने अन्य नागरिकलाई सो छुट नदिइने भएको छ ।… Continue reading श्रमिक बाहेक घुमफिर र अध्ययनमा गएर फर्कने नेपालीले साथमा दोस्रो मोवाइल ल्याउन चाहे भन्सार लाग्ने
भ्रष्टाचारविरुद्ध प्रदर्शन होइन,थाहा छ भने सिधै बागमतीमा लगेर चोपाल्नुस्
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले भ्रष्ट्राचार विरुद्ध आन्दोलन गर्नेहरुलाई भ्रष्ट्राचार गर्ने नेता को हो थाहा छ भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सडकमा भ्रष्ट्रचार विरुद्ध गरेको आन्दोलनको नाटक आफूले धेरै पटक देखेको उल्लेख गर्दै आफूले अब नपत्याउने टिप्पणी गरे । बालेनले भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई नभई भन्दै… Continue reading भ्रष्टाचारविरुद्ध प्रदर्शन होइन,थाहा छ भने सिधै बागमतीमा लगेर चोपाल्नुस्
भुटानी शरणार्थी प्रकरण: कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङतावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । हिरासतमा सानु भण्डारीलाई भेटेका उनीमाथी पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी स्रोतले जानकारी दियो । शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ । शेर्पाले… Continue reading भुटानी शरणार्थी प्रकरण: कांग्रेसका पूर्वसांसद शेर्पाविरुद्ध पक्राउ पूर्जी जारी
‘नक्कली शरणार्थी प्रकरण अन्तर्राष्ट्रिय चासोको विषय बनिसक्यो, पछि हट्दिनँ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै उनले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताएका हुन् । राप्रपाले भनेको छ- ” सदन, सडक दुवैतिर दबाब बढेको छ… Continue reading ‘नक्कली शरणार्थी प्रकरण अन्तर्राष्ट्रिय चासोको विषय बनिसक्यो, पछि हट्दिनँ’
दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार दिने सरकारको निर्णय
काठमाडौं । सरकारले दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले जेठ २०७८ यताका ५ हजार ८८० भूकम्पपीडितलाई अस्थायी आवासका लागि ५० हजारका दरले अनुदान दिने निर्णय गरेको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार उक्त… Continue reading दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार दिने सरकारको निर्णय
मन्त्री बन्ने सूचीबाट मनाङे आउट
काठमाडौं । गण्डकीमा नेकपा (एकीकृत समाजवादी)का सांसद दीपक मनाङे (राजीव गुरुङ) को ठाउँमा तनहुँका जीतप्रकाश आले मन्त्री बन्ने भएका छन् । मनाङेको ठाउँमा खाली राखेर शीर्ष नेतासँग अन्तिम छलफल थालेका पाण्डेले अन्तत तनहुँ–२ प्रदेश सभा २ का आलेलाई मन्त्री बनाउने निश्चित भएको हो । मनाङेलाई मन्त्री नबनाए पनि गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डे सुरुदेखि… Continue reading मन्त्री बन्ने सूचीबाट मनाङे आउट
प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। शुक्रबार बिहान ८ बजे बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका हुन्। भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्याउन लामिछानेले प्रधानमन्त्रीलाई… Continue reading प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता
रेशमको मुद्दा फिर्ताको तयारी, सरकारले दर्ता गर्यो विधेयक
काठमाडौं । सरकारले रेशम चौधरीलाई रिहाइ गर्ने तयारी थालेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार दर्ता गरेको विधेयकमा टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिन बाटो खोल्ने गरी बुँदा संशोधन गरिएको छ । प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गरेको छ। चौधरीको मुद्दा फिर्ता लिनेगरी कानुन संशोधन गर्न लागिएको मन्त्रालय… Continue reading रेशमको मुद्दा फिर्ताको तयारी, सरकारले दर्ता गर्यो विधेयक
‘भ्रष्टाचार काण्डमा निर्दोषलाई फसाउने चलखेल हुँदैछ’- अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने भनेर चलखेल भइरहेको आरोप लगाएका छन्। बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। भ्रष्टाचार गर्ने जोकोही पनि कारबाहीको दायरामा आउनुपर्ने तर एमालेप्रति लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको उनले बताए। उनले… Continue reading ‘भ्रष्टाचार काण्डमा निर्दोषलाई फसाउने चलखेल हुँदैछ’- अध्यक्ष ओली
१७ वर्षदेखि अचेत ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन
काठमाडौं । दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । कायस्थलाई उपचारका लागि बनेपाको शीर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। २०६२/०६३ को १९ दिने जनआन्दोलनका क्रममा बनेपामा निकालिएको जुलसमा सहभागी भएका मुकेश प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए… Continue reading १७ वर्षदेखि अचेत ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन
पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणमाथि अनुसन्धानका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ । बबरमहलस्थित जिल्ला अदालत काठमाडौंले बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाणलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो। खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको… Continue reading पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति
फेक अडियो बनाएको भन्दै आरजुले दिइन् साइबर ब्यूरोमा उजुरी
काठमाडौं । कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन् ।केही सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएको अडिओ झुटो भएको दाबी उनको छ। ‘विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक… Continue reading फेक अडियो बनाएको भन्दै आरजुले दिइन् साइबर ब्यूरोमा उजुरी
सरकारलाई बधाई दिँदै गगनले भने- ‘दह्रो खुट्टा टेक्नुभयो भने तपाईंको फिल्म चल्छ’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई बधाई दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा सरकारले गरेको अहिलेसम्मको काम प्रशंसायोग्य भएको बताउँदै प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिएका हुन् । उनले भने, ‘यसका हामी सबैको एउटै आवाज छ संलग्न जोसुकै होस्… Continue reading सरकारलाई बधाई दिँदै गगनले भने- ‘दह्रो खुट्टा टेक्नुभयो भने तपाईंको फिल्म चल्छ’
नक्कली भुटानी शरणार्थी प्रकरणबारे जानकारी गराउन सरकारलाई सभामुखको रूलिङ
काठमाडौं । सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले सो प्रकरणको सम्बन्धमा सरकारले जानकारी गराउनुपर्ने र त्यसबारे सभामुखको रुलिङको माग गरेका थिए।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई बुधबार प्रहरीले निवासबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई काठमाडौं प्रहरी परिसर लगिएको हो । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।
टोपबहादुर रायमाझीको घरमा खानतलासी
काठमाडौं । प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा संलग्न रहेको भनिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा खानतलासी गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं टोलीले ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा खानतलासी गरेको हो। काठमाडौं जिल्ला अदालतले रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी भएको १ साता बित्न लाग्दा पनि… Continue reading टोपबहादुर रायमाझीको घरमा खानतलासी
‘भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, ‘फायर’ खोल्नुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले नक्कली शरणार्थी प्रकरणमा राज्यले फायर खोल्नुपर्ने बताएका छन्। मंगलबार संसदको विशेष समयमा सम्बोधन गर्दै शर्माले यो प्रकरणमा राज्यले फाइलमात्र खोलेको उल्लेख गर्दै यसलाई निष्कर्षमा पुर्याउन फायर खोल्नुपर्ने बताएका हुन्। ‘भुटानी शरणार्थीको सन्दर्भ फाइल खोलेको छ। यसलाई निष्कर्णमा पुर्याउनुपर्छ। राज्यले यसविरुद्ध फायर खोल्नुपर्छ,’ शर्माले संसदमा भने, ‘निर्दोष कोही बच्नुहुन्न।… Continue reading ‘भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, ‘फायर’ खोल्नुपर्छ’
‘टोपबहादुर दोषी छैनन् भने प्रहरीबाट किन लुकेका ?’
काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नक्कली शरणार्थी प्रकरणमा मुछिएसँगै एमाले नेता टोपबहादुर रायमाझी फरार भएपछि थप आशंका बढेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै छोरा पक्राउ परेपछि सम्पर्कविहीन हुनुले घटनामा संलग्न भएको पुष्टि गर्ने उनको जिकिर छ । ‘यदि, दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका छन्? लुक्नु भनेको कुनै न कुनै… Continue reading ‘टोपबहादुर दोषी छैनन् भने प्रहरीबाट किन लुकेका ?’
स्वर्णिमले भने- ‘अर्थमन्त्री ज्यू ! घोषणापत्र लेखिदिएकै छु, कार्यान्वयन गर्नूस्’
काठमाडौं । रास्वपाका सांसद डा स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकता यथास्थितिवादी निबन्ध जस्तो रहेको टिप्पणी गरेका छन्। संसदमा सरकारले प्रस्तुत गरेको विधेयकमाथि सोमबार भएको छलफलमा सहभागी हुँदै सांसद वाग्लेले उक्त टिप्पणी गरेको हुन्। वाग्लेले सामान्य सुधारले मात्रै अर्थतन्त्रमा सुधार नआउने तर्क गरेका हुन्। ‘सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा झारफुक गरेर उम्कन सकिदैन,’… Continue reading स्वर्णिमले भने- ‘अर्थमन्त्री ज्यू ! घोषणापत्र लेखिदिएकै छु, कार्यान्वयन गर्नूस्’
संसद बैठकमै अर्धनग्न बने अमरेशकुमार सिंह
काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेर अर्धनग्न बनेका छन् । बैठक सुरू हुनासाथ सभामुखले बोल्न समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् । सभामुख घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिए ।
भैरहवा गएको यतीको जहाज आकाशमै होल्ड गरेर काठमाडौं फर्कियो
काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ । विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि काठमाडौंबाट भैरहवाको उडान भरेको यती एयरको जहाज आधा घण्टाभन्दा बढी समय आकाशमै होल्ड गरेर पुनः काठमाडौं फर्किएको हो । भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै भैरहवा नै फर्केर गौतम बुद्ध विमानस्थलमा… Continue reading भैरहवा गएको यतीको जहाज आकाशमै होल्ड गरेर काठमाडौं फर्कियो
काठमाडौं उडेको श्री एयरको जहाज बीच बाटोबाटै भैरहवा फर्कियो
काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडानका क्रममा जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा नै फर्किएको हो । सोमबार बिहान ९.४० मा उडान भरेको श्री एयरको ७२ सिट क्षमताको जहाज उडान भरेको २० मिनेटपछि भैरहवा विमानस्थलमै फर्किएर सुरक्षित रुपमा अवतरण गरेको जनाईएको छ । चालक दलका… Continue reading काठमाडौं उडेको श्री एयरको जहाज बीच बाटोबाटै भैरहवा फर्कियो
‘मैले केही बिराएको छैन, डराउदिनँ’
काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा आरजु देउवाले आफ्नो नाम जोडेर अनेकन प्रश्न उठ्न थालेकोमा गुनासो गरेकी छिन्। सांसदमा सम्बोधन गर्दै नेतृ राणाले भनिन् ‘एउटा नारीले आफ्नो हैसियतमा उभिएर राजनीति गरेको यो देशमा सह्य नहुने रहेछ, पुरुषले भनेको मात्र मान्नुपर्ने। आफ्नो पब्लिक लाइफमा आयो भने असह्य नहुने। जति क्रिटिसाइज गरे पनि मैले केही बिराएको छैन… Continue reading ‘मैले केही बिराएको छैन, डराउदिनँ’
झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ
काठमाडौं । झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १० जना भारतीयलाई पक्राउ गरेको छ । काठमाडौंको विभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाली नागरिकतासहित पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत विहार घर भई काठमाडौंको शंखमुल बस्ने भरतप्रसाद गुप्ता, राहुल गुप्ता, ज्ञानमति देवी गुप्ता र गोपाल… Continue reading झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ