नेपालमा थप २ सय १० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ३७ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय… Continue reading नेपालमा थप २ सय १० जनामा कोरोना संक्रमण

दाङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु, कैलालीमा डुबान

File

दाङ । नेपालमा दोस्रो पटक मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको समस्या दोहोरिन थालेको छ । सोमबारबाट सक्रिय भएको मनसुनले बुधबार र बिहीबार अधिक वर्षासँगै क्षति पुर्याउने आंकलन गरिएको छ । यसैक्रममा दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले पुरिएर आमा–छोरीको मृत्यु भएको छ। वडा नम्बर ५ साकिनेमा घरमाथिबाट मंगलबार राति पहिरो आउँदा २४ वर्षीय बाटुली नेपाली… Continue reading दाङमा पहिरोले पुरिएर दुई जनाको मृत्यु, कैलालीमा डुबान

नेकपा विवाद फेरी उत्कर्षमा, पारिवारिक भेट भन्दै ओली बामदेव निवासमा

काठमाडौं । सत्तारुढ नेकपाको विवाद पुनः उत्कर्षमा पुगेको छ । मंगलबार डाकिएको स्थायी कमिटि बैठक प्रधानमन्त्री केपी शर्मा ओलील एकतर्फी स्थगित गरेपछि अर्को अध्यक्ष प्रचण्डले बैठक पुनः सूचारु गरे । आफ्नै निवासमा आयोजना गरिएको भएपनि पटक पटक बैठकलाई टार्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसमेत धोका दिएपछि कार्यकारी अध्यक्षको हैसियतमा स्थायी कमिटि बैठक संचालन गरे… Continue reading नेकपा विवाद फेरी उत्कर्षमा, पारिवारिक भेट भन्दै ओली बामदेव निवासमा

विषालु च्याउ खाँदा जाजरकोटमा चार जनाको निधन

सुर्खेत । विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा दुखदः घटना घटेको छ । जाजरकोटमा विषालु च्याउ सेवनबाट एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोटको कुशे गाउँपालिका १ स्याँक्रीका एकै घरका चार जनाको निधन भएको हो । एक जना बालिकाको सोमबार घरमै निधन भएको र अन्य तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा… Continue reading विषालु च्याउ खाँदा जाजरकोटमा चार जनाको निधन

कांग्रेस प्रवेश गरे सुनील थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष पूर्वप्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका पुत्र सुनीलबहादुर थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । गत शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनीलबहादुर थापालाई मंगलबार नेपाली कांग्रेसमा प्रवेश गराइएको हो । कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले थापालाई पार्टी सदस्यता प्रदान गरेका छन् । धनकुटा कांग्रेसका… Continue reading कांग्रेस प्रवेश गरे सुनील थापा

अमेरिकामा पि पि पि ऋण लिई एक ब्यक्तीले ३ लाख १८ हजारको ल्याम्बोर्गिनी किन्दा फन्दामा

एजेन्सी फ्लोरिडास्थित एक ब्यक्तिले झुट्ठा विवरण पेश गरी झन्डै ४० लाख अमेरिकी डलर’पे चेक प्रोटेक्सन प्रोग्राम’ (पिपिपी) ऋण प्राप्त गरी ल्याम्बोर्गिनी गाडी किनेपछि संघीय अभियोजकले पक्राऊ गरेर मुद्दा चलाएका छन् ।कोरोना महामारीले गिर्दो अर्थ ब्यबस्था र रोजगारी सिर्जना गर्न अमेरिकी सरकारले ब्यबसायीहरुको राहतको लागि प्रदान गरेको पि पि पि ऋण प्राप्त गर्न २९ वर्षीय डेभिड… Continue reading अमेरिकामा पि पि पि ऋण लिई एक ब्यक्तीले ३ लाख १८ हजारको ल्याम्बोर्गिनी किन्दा फन्दामा

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतको संख्या ४९ पुग्यो

काठमाडौं । नेपालमा कोराना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार कोरोना संक्रमणबाट बझाङको बुगल गाउँपालिका- ३ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी भारतको बैंग्लोरबाट असार २४ गते बझाङ पुगेका थिए । उनको साउन ३ गते घरमै निधन भएको थियो । उनको… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतको संख्या ४९ पुग्यो

काठमाडौंका ४८ सहित उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार थप ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका एक जना, काठमाडौंका ११ जना, शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा… Continue reading काठमाडौंका ४८ सहित उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण

नेपालमा थप ३ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको। नमुना परिक्षण गरिएकोमा ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको मन्त्रालयले बताएको छ… Continue reading नेपालमा थप ३ सय ११ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १९ हजार नाघ्यो

बाढी, पहिरो र चट्याङले डेढ महिनामै १४७ जनाको मृत्यु, ५१ बेपत्ता

File

काठमाडौं । मनसुन शुरु भएसँगै (जेठ ३० गतेदेखि साउन ११ गतेसम्म) नेपालमा १४७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परी करिब डेढ महिनाको अवधिमा १४७ जनाको मृत्यु र ५१ जनाको बेपत्ता भएका छन् । पहिरोबाट सवैभन्दा धेरै १२७ जनाको मृत्यु भएको… Continue reading बाढी, पहिरो र चट्याङले डेढ महिनामै १४७ जनाको मृत्यु, ५१ बेपत्ता

प्रहरी हेडक्वार्टरका थप २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल प्रहरीको मुख्यालय, नक्सालमा कार्यरत थप २३ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार गरिएको परीक्षणमा मुख्यालयमा कार्यरत थप २३ जना प्रहरीमा कोरोनाको संक्रमण पुष्टि भएको हो। संक्रमितहरूमा चालक, मेकानिक्स र मेसमा काम गर्ने कर्मचारी रहेका छन् । संक्रमण पुष्टि भएपछि संक्रमित प्रहरीलाई सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको प्रहरी… Continue reading प्रहरी हेडक्वार्टरका थप २३ जनामा कोरोना संक्रमण पुष्टि

नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजेका लागि तय भएको बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित भएको हो । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव… Continue reading नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

बाग्लुङमा बाढी र पहिरोमा चार जनाको मृत्यु

File

काठमाडौं  । बाग्लुङमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ। साेमबार राति आएको पहिरोले बाग्लुङको तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिंदा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको हो । पहिरोमा परि पालबहादुरकी श्रमती होमकुमारी गम्भीर घाइते भएकी छिन । निसीखोला गाउँपालिका–१ मा एक घर… Continue reading बाग्लुङमा बाढी र पहिरोमा चार जनाको मृत्यु

अमेरिकामा कोरोनाविरुद्धको खोपको बृहत् परीक्षण शुरु, ३० हजार स्वयंसेवकले सहभागिता जनाउँदै

एजेन्सी । अमेरिकामा कोरोना भाइरसविरुद्ध बनाइएको खोपको अहिलेसम्मकै बृहत् परीक्षण शुरु भएको छ । परीक्षणमा तीस हजार मानिसले सहभागिता जनाउँदैछन् । नेशलन इन्स्टिच्युट अफ हेल्थ र मोडर्ना इन्कले बनाएको यो खोपले कोरोनाबाट मानिसलाई बचाउछ भन्ने निश्चित भने भैसकेको छैन । स्वयंसेवकलाई दुई डोज दिएपछि वैज्ञानिकले नजिकबाट अध्ययन गर्दै खोपले कुन समूहमा प्रभावकारी काम गर्‍यो भनेर… Continue reading अमेरिकामा कोरोनाविरुद्धको खोपको बृहत् परीक्षण शुरु, ३० हजार स्वयंसेवकले सहभागिता जनाउँदै

न्युयोर्क सहरमा बढ्दै हत्या; आइतबार एकै दिन ७ जनाको गोली प्रहारबाट मृत्‍यु

न्युयोर्क न्युयोर्क सहरमा आईतबार एकै दिन गोली प्रहारका घटनाबाट ७ जनाको मृत्‍यु भएर रक्तपातपूर्ण दिन बनेको छ । न्युयोर्कमा गत जुलाई ५ पछि एकै दिनको गोली प्रहारका घटनामा मृत्‍यु भएको मानिसको यो संख्या सबैभन्दा उच्च हो । यसअघि गत जुलाई ४ स्वतन्त्रता दिवसको भोलिपल्टको रात अर्थात जुलाई ५ का दिन न्युयोर्कमा ९ जनाको गोली प्रहारका… Continue reading न्युयोर्क सहरमा बढ्दै हत्या; आइतबार एकै दिन ७ जनाको गोली प्रहारबाट मृत्‍यु

अमेरिकाको टेक्सासमा नेपाली युवतीको डुंगाबाट खसेर मृत्यु

टेक्सास अमेरिकाको टेक्सासस्थित अर्भिङ्की २३ वर्षीया नेपाली मुलकी अस्मिता खनालको गत २६ तारिक आइतबार बोटिङ् गर्ने क्रममा डुंगाबाट खसेर तालमा डुबी मृत्यु भएको छ ।टेक्सास राज्यस्थित लुइभिल लेकमा उनी सहित ७ जना साथीहरु छुट्टी मनाउन जाँदा उक्त घटना घटी उनको मृत्‍यु भएको हो ।लुइभिल लेकमा बोटिङ् गर्दा अधिकाँशले लाइफ ज्याकेट लगाउने गरेतापनि अस्मिताले भने लाइफ… Continue reading अमेरिकाको टेक्सासमा नेपाली युवतीको डुंगाबाट खसेर मृत्यु

एम्बलम् हेल्थका प्रतिनिधि हरिशचन्द्र हमालले गरे स्वास्थ्य सामग्री बितरण

न्युयोर्क स्वास्थ्य बीमा क्षेत्रमा लोकप्रिय ‘एम्बलम् हेल्थ प्लान’ न्युयोर्कका प्रतिनिधि हरिश चन्द्र हमालको अगुवाईमा क्वीन्सस्थित ७४ स्ट्रीट ज्याक्सन हाइट्समा स्वास्थ्य सामग्री बितरण कार्य सम्पन्न भएको छ । गत शनिवार अपरान्ह ४ बजेदेखि ६ बजेसम्म सुरक्षा मास्क, ग्वोभ्स, शपिङ् ब्याग लगायत स्वास्थ्य सचेतना सम्वन्धि जानकारी बितरण गरेको हो ।  समुदायको सेवामा व्यस्त प्रतिनिधि हमालले बताए; “म… Continue reading एम्बलम् हेल्थका प्रतिनिधि हरिशचन्द्र हमालले गरे स्वास्थ्य सामग्री बितरण

राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि कोरोना संक्रमित

न्युयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिएनलाई कोरोना संक्रमण भएको छ । ओब्रिएनलाई भएको कोरोना संक्रमण ट्रम्प सरकारको हालसम्म कै सबैभन्दा माथिल्लो तहको अधिकारीलाई भएको हो । राष्ट्रिय सुरक्षा सल्लाहकार ओब्रिएन कोरोना संक्रमित भएको ह्वाईट हाऊसले पुष्टी गरेको छ ।   ह्वाईट हाऊसले सोमबार प्रकाशित  बिज्ञप्तीमा भनेको छ; ‘राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रिएनमा… Continue reading राष्ट्रपति ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि कोरोना संक्रमित

सरिता गिरीको स्थानमा लीलादेवी सिटौला बनिन् सांसद

काठमाडौं । नेपालको नक्सा परिवर्तन गर्न भएको संविधान संशोधन सम्बन्धी विधेयकको विरोध गरेपछि पार्टीको कारवाहीमा परी सांसद पद गुमाएकी सरिता गिरीको स्थानमा लीलादेवी सिटौला सांसद घोषित भएकी छिन् । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो । समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस… Continue reading सरिता गिरीको स्थानमा लीलादेवी सिटौला बनिन् सांसद

भियतनामको सहरमा तीन जना संक्रमित भेटिएपछि ८० हजार मानिसको तत्काल उद्दार

कोरोना महामारी सुरु भए लगत्तै कडा नियम बनाएर क्वारेन्टिनको ब्यबस्था र फराकिलो दायरामा संक्रमण जाँच गर्दै आएको भियतनामको एक सहरमा ३ जना संक्रमित भेटिएपछि उक्त सहरबाट ८० हजार मानिसलाई उद्दार गर्दै अन्यत्र सार्न लागिएको छ । एसियाको दक्षिण पुर्बी देश भियतनाममा  अप्रिलपछि पहिलो पटक पुन समुदायमा कोरोना फैलिएको आसंकामा ड नाङ सहरबासी तीन जनामा संक्रमण… Continue reading भियतनामको सहरमा तीन जना संक्रमित भेटिएपछि ८० हजार मानिसको तत्काल उद्दार

अप्रिलपछि चीनमा सोमबार एकै दिन सबैभन्दा धेरै संक्रमित भेटिए

चीनमा अप्रिलपछि जुलाई २६ तारिख सोमबार एकै दिनसबै भन्दा धेरै संक्रमित एकै दिन भेटिएका छन् । पूर्ण रुपमा कोरोना नियन्त्रण गरेर राहत महसुस गर्दै बसेको चीनमा पछिल्लो तीन महिना भित्र सोमबारका दिन एकै दिन ६१ जना कोरोना संक्रमित भेटिएका हुन् । सोमबार त्यहाँ भेटिएका ६१ जना फरक फरक क्षेत्रमा भेटिएका हुन्। सुदुर उत्तर पश्चिमको जियाङ… Continue reading अप्रिलपछि चीनमा सोमबार एकै दिन सबैभन्दा धेरै संक्रमित भेटिए

नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु, एकजना भारतीय नागरिक

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पर्साका ६५ वर्षीय वृद्ध, धनुषाका ३६ वर्षीय पुरुष र बाराका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । पर्सामा मृत्य भएका व्यक्ति भारतीय नागरिक रहेको बताइएको छ । उनी मुटु तथा मधुमेहका रोगी… Continue reading नेपालमा कोरोनाबाट थप तीन जनाको मृत्यु, एकजना भारतीय नागरिक

नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण, ६ सय २६ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको. नमुना परिक्षण गरिएकोमा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको मन्त्रालयले बताएको छ ।… Continue reading नेपालमा थप १ सय ३९ जनामा कोरोना संक्रमण, ६ सय २६ डिस्चार्ज

आजबाट फेरी मनसुन, जोखिम बढ्ने

काठमाडौं । नेपालमा आजबाट पुनः मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारबाट शुक्रबारसम्म मनसुन सक्रिय हुनेछ । मनसुनका कारण कतिपय स्थानमा भारती वर्षातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिन अनुसार प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम… Continue reading आजबाट फेरी मनसुन, जोखिम बढ्ने

अमेरिकामा स्वस्तिक चिन्ह भएको मास्क लगाएर वालमार्ट जाँदा एक बर्षको बन्देज

एजेन्सी हिन्दू, बुद्धिष्ट र जैन धर्ममा ईश्वर र आध्यात्मिकताको संकेतमा प्रयोग गरिने स्वस्तिक चिन्ह भएको फेस मास्क लगाएर मिनियासोटास्थित एक जोडी वालमार्ट भित्र किनमेल गर्न गएपछि उनीहरुलाई अर्को केही बर्ष वालमार्टमा किनमेल गर्नको लागि प्रतिबन्द लगाईएको छ । शनिबारको उक्त घटनाको मिनियासोटा वालमार्टले पुष्टी गरेको छ । सन् १९३० सम्म पश्चिमा देशहरुमा समेत शुभ संकेत… Continue reading अमेरिकामा स्वस्तिक चिन्ह भएको मास्क लगाएर वालमार्ट जाँदा एक बर्षको बन्देज

काठमाडौंमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन जना र स्टार अस्पताल ललितपुरमा तीन जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा कोरोना संक्रमण पुष्टि भएको… Continue reading काठमाडौंमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३०जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको नमुना परिक्षण गरिएकोमा १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको मन्त्रालयले बताएको छ ।… Continue reading नेपालमा थप १ सय ३० जनामा कोरोना संक्रमण पुष्टि

रञ्जन कोइरालाको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति, पुनः सुनुवाइ हुने

काठमाडौं । रञ्जन कोइरालाको फैसला सर्वोच्चमा पुनः सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले पुनरावलोकनको निवेदनमा फैसला गर्दै अनुमति दिएका हुन् । यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलाशले सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको मुद्दामा सजाय कम गर्ने फैसला गरेको थियो । सरकारी वकिलको… Continue reading रञ्जन कोइरालाको फैसला पुनरावलोकन गर्न सर्वोच्चको अनुमति, पुनः सुनुवाइ हुने

कोइरालाको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाई

काठाडौं । पत्नी हत्या गरी अपराध लुकाउन जंगलमा लगी शव जलाएको प्रमाणित भएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालालाई जेलबाट छुटाउने सर्वोच्च अदालतको फैसला उपर परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाई हुँदैछ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइरालाको कैद छुट गरी फैसला भएको थियो । उनी कारागारबाट छूटिसकेका छन् । यस फैसलाविरुद्ध… Continue reading कोइरालाको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाई

सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित ३१ जना नेताले त्यागे राप्रपा, कांग्रेस प्रवेशको सम्भावना

काठमाडौं । राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानन्त्री स्व. सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित करीव तीन दर्जन नेताले राप्रपा पार्टी परित्याग गरेका छन् । प्रभावशाली नेता तथा पूर्वमन्त्री थापानै बाहिरिएपछि राप्रपालाई भने ठूलो धक्का लागेको छ । धनकुटाबाट उनीसहित ३१ जना नेताले शनिबार पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । उनीहरुले कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति… Continue reading सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित ३१ जना नेताले त्यागे राप्रपा, कांग्रेस प्रवेशको सम्भावना