लायन्स क्लब क्वीन्सको कोरोना राहत बितरण सम्पन्न

कृष्ण आचार्य / न्युयोर्क न्युयोर्कमा कोरोना भाईरसको महामारीले जनजीवन प्रभावित भए लगत्तै Nepali lions Network, NY to help COVID -19 lions (clubs of Queens, Buddha, Nepalese & KTM) अन्तर्गत सबै नेपाली लायन्स क्लवहरू संगठित भएर आफ्नो श्रोत साधन क्षमताले भ्याएसम्म कोरोना प्रभावित समुदायको हितको लागि सुचना र विभिन्न आवश्यक सामग्री उपलब्ध गराउँदै आएको छ । … Continue reading लायन्स क्लब क्वीन्सको कोरोना राहत बितरण सम्पन्न

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा। जागेश्‍वर गौतमका अुनसार बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या २० पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या उच्च दरले वृद्धि, एकैदिन ५८६ जना थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यीसहित कुल संक्रमित ७ हजार १७७ पुगेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो… Continue reading नेपालमा कोरोना संक्रमितको संख्या उच्च दरले वृद्धि, एकैदिन ५८६ जना थपिए

विश्वभर कोरोना संक्रमित पौने एक करोड

काठमाडौं । संसारभर कोरोना संक्रमितको संख्या झण्डै एक करोड पुगेको छ । मंगलबार रातीसम्मको तथ्यांक नुसार कोरोनाबाट विश्वभर सङ्क्रमित हुनेको संख्या ८२ लाख ५० हजार नाघेको हो । ८२ लाख ५६ हजार २ सय ५७ जना मानिसमा सङ्क्रमण पुष्टी भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ । उनीहरुमध्ये आधा मानिसले कोरोनालाई जितिसकेका छन् । अर्थातः ४३ लाख… Continue reading विश्वभर कोरोना संक्रमित पौने एक करोड

विदेशी बुहारीलाई नेपालमा ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव

काठमाडौं । नेपालमा भित्रने विदेशी बुहारीले ७ वर्षपछि मात्र नागरिकता पाउने गरी कानून प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिले यस्तो प्रस्ताव गरी कानूनको मस्यौदामा छलफल अगाडी बढाएको छ । नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव समितिको रहेको छ । नागरिकता नपाएसम्म भने आर्थिक,… Continue reading विदेशी बुहारीलाई नेपालमा ७ वर्षपछि मात्र नागरिकता दिने प्रस्ताव

भारतले भन्यो सिमानामा चीनसँग भएको झडपमा २० भारतीय सैनिकको मृत्‍यु

भारत र चीन बीचको सिमा बिबादका क्रममा झडप हुँदा २० जना भारतीय सैनिकको मंगलवार मृत्‍यु भएको छ । भारतीय सैनिक मुख्यालयलाई हवाला दिदै रेउटर्स र एसोसिएट्स प्रेसले समाचार सम्प्रेसण गरेको छ । दक्षिण एसियाका दुई आणबिक शक्ती राष्ट्र बीचको सिमा बिबादका कारण ५३ बर्ष पछिको यो मानबीय क्षति हो । यस अगाडि ३ जना भारतीय… Continue reading भारतले भन्यो सिमानामा चीनसँग भएको झडपमा २० भारतीय सैनिकको मृत्‍यु

पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी

न्युयोर्क लाखौं संक्रमित बनाएर हजारौंको ज्यान लिने कोरोना संक्रमणको बिरुद्ध दिनहुँ नयाँ नयाँ  शुभकामना समाचार आउन थालेका छन् ।  यस्तै समाचार बीच अब कोरोना संक्रमण कै कारण ज्यान गुमाउनु पर्ने अवस्थामा पुगेका बिरामीलाई बचाउने औषधी पत्ता लागेको छ । सस्तो मुल्य र सर्वसुलभ ‘डेक्जामेथाजोन’ ले कोरोना संक्रमणबाट झण्डै मृत्‍यु सैय्यामा पुग्न लागेका बिरामीलाई बचाउने नयाँ… Continue reading पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी

नेपालमा थप ३८० जनामा कोरोना संक्रमण, ६५९१ पुगे संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित संक्रमितको संख्या ६ हजार ५ सय ९१ जना पुगेको छ… Continue reading नेपालमा थप ३८० जनामा कोरोना संक्रमण, ६५९१ पुगे संक्रमित

भारत-चीन सीमा विवाद: दुई देशका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

काठमाडौं । भारत र चीनको बीच चर्किएको सीमा विवाद झडपमा रुपान्तरण भएको छ । बीबीसी हिन्दीका अनुसार सोमवार राति दुईदेशको सेनाबीच भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ। भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। यो क्षेत्रमा ५३ वर्षपछि गोली चलेको छ । भारत र… Continue reading भारत-चीन सीमा विवाद: दुई देशका सेनाबीच भिडन्त, तीन भारतीय सैनिकको मृत्यु

नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार नाघ्यो

फाइलफोटो

काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार ६७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशको विभिन्न अस्पतालबाट डिस्चार्ज भएका मध्ये ७ जना महिला ६० जना पुरुष रहेका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या १ हजार ४१ पुगेको छ। जसमध्ये पुरुष ९ सय ३७ र महिला १ सय ७ जना छन्।

नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ६२११

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप ४५१ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ६२११

कुश्मा पहिरोमा ९ जनाको शव भेटियो, एक अझै बेपत्ता

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा गएको पहिलोमा परेका १० जनामध्ये ९ जनाको शव फेला परेको छ । एक जना अझै बेपत्ता रहेका छन् जिल्ला प्रहरी कार्यालय, पर्वतले उपलब्ध गराएको विवरण अनुसार ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक… Continue reading कुश्मा पहिरोमा ९ जनाको शव भेटियो, एक अझै बेपत्ता

रुकम घटना : ६ जनाको नियोजित हत्या भएको प्रहरीको निष्कर्ष, ३४ विरुद्ध मुद्दा दायर

रुकुम । ६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा भएको घटना नियोजित हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । गाउँबाट भाग्दै गरेका युवालाई बाटो छेकेर नियोजित तरिकाले आक्रमण गरिएको र आक्रमणका क्रममा उनीहरुको ज्यान गएको प्रहरीको अनुसन्धानले देखाएको छ । जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा… Continue reading रुकम घटना : ६ जनाको नियोजित हत्या भएको प्रहरीको निष्कर्ष, ३४ विरुद्ध मुद्दा दायर

थप ६१ जना कोरोना संक्रमणमुक्त, ९७४ निको भए

फाइलफोटो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । संक्रमण मुक्त हुनेमा ५५ जना पुरुष र ६ जना महिला रहेका छन् । नारायणी अस्पतालमा उपचाररत १२ जना ,पाटन अस्पतालमा उपचाररत १ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट… Continue reading थप ६१ जना कोरोना संक्रमणमुक्त, ९७४ निको भए

निजी प्रयोगशालामा गरेको कोरोना परीक्षणको खर्च सरकारले व्यहोर्ने

काठमाडौं । सरकारले निजी प्रयोगशालाहरुलाई पनि कोरोना संक्रमण परीक्षण गर्न दिने भएको छ । पछिल्लो समय सरकारी प्रयोगशालाहरूले परीक्षण धान्न नसकेपछि सरकारले निजी प्रयोगशालाहरूलाई समेत परीक्षण गर्ने अनुमति दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुना आवश्यक प्रक्रिया पूरा गरी निजी प्रयोगशालालाई पनि जाँच्न दिइनेछ ।… Continue reading निजी प्रयोगशालामा गरेको कोरोना परीक्षणको खर्च सरकारले व्यहोर्ने

नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ । आइतबार ६१… Continue reading नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

काठमाडौं प्रवेशमा कडाइ, स्थानीय तहको स्वीकृति अनिवार्य

file

काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेशका लागि झन् कडाइ गरेको छ । आइतवार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले पासहरू बन्द गर्दै नयाँ व्यस्था गरेको हो । नयाँ व्यवस्था अनुसार काठमाडौं बाहिरबाट उपत्यका प्रवेश गर्न चाहनेले अब पास लिन सम्बन्धित स्थानीय तहको स्वीकृति लिनुपर्नेछ। जेठ २८ गतेको निर्णयले जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्ने… Continue reading काठमाडौं प्रवेशमा कडाइ, स्थानीय तहको स्वीकृति अनिवार्य

भारतीय अभिनेता सुशान्तसिंह राजपुतद्धारा आत्महत्या

काठमाडौं । चर्चित बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेका छन् । मुम्बईस्थित आफ्नै घरमा उनी झुण्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बालाजी टेलिफिल्मसका टेलिचलचित्रहरूबाट लोकप्रियता हासिल गरेका राजपुत ३४ वर्षका थिए । उनी लामो समयदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनले एमएस धोनी, काइपे चे, केदारनाथलगायतका सिनेमाहरूमा अभिनय गरेका… Continue reading भारतीय अभिनेता सुशान्तसिंह राजपुतद्धारा आत्महत्या

पर्वतमा भीषण पहिरो, ५ को मृत्यु, ४ बेपत्ता

प्रतिकात्मक तस्वीर

पर्वत । पर्वतमा गतरातीको भीषण पहिरोमा परी अहिलेसम्म ५ जनाको मृत्यु भएको छ । ४ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । पर्वतको कुश्मा नगरपालिका–३ मा गएराति गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको हो । आइतबार बिहान पहिरोबाट दुई जनाको शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार शनिबार राती नै… Continue reading पर्वतमा भीषण पहिरो, ५ को मृत्यु, ४ बेपत्ता

यस्ता छन् डेमोक्र्याटिक पार्टीका सम्भावित राष्ट्रपति उम्मेद्वार बाईडेनका उपराष्ट्रपति छनौट

न्युयोर्क अमेरिकाको आगामी निर्वाचनको लागि डेमोक्र्याटिक पार्टीबाट सम्भाबित राष्ट्रपतीय उम्मेद्वार जो बाईडेन आफ्नो उपराष्ट्रपति छनौटको दोश्रो चरणमा प्रवेश गरेका छन् । बाईडेन ह्वाईट हाऊस दौडको लागि आफ्नो सहयात्री छनौटको दोश्रो चरणमा प्रवेश गरेको र यस अगाडिका सम्भाबितहरुको  फराकिलो घेरा साँघुरो बनेको अमेरिकी मुलधारका संचार माध्यमले शुक्रबार जनाएका छन् ।   समाचार श्रोतका अनुसार बाईडेनले उपराष्ट्रपति… Continue reading यस्ता छन् डेमोक्र्याटिक पार्टीका सम्भावित राष्ट्रपति उम्मेद्वार बाईडेनका उपराष्ट्रपति छनौट

चुनाव हारें भने शान्तिपूर्णरुपमा ह्वाइट हाउस छाड्छु; राष्ट्रपति ट्रम्प

न्युयोर्क      राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा पुन: निर्वाचित हुन नसके शान्तिपूर्णरुपमा  ह्वाइट हाऊस छोड्ने बताएका छन् । शुक्रबार फक्स न्युज टेलिभिजनसँगको अन्तर्वार्तामा उनको सम्भावित प्रतिद्वन्दी जो बाईडेनले ब्यक्त गरेको बिचार माथि खनिंदै उक्त प्रतिकृया दिएका हुन् । पूर्व उपराष्ट्रपति तथा डेमोक्र्याटिक दलबाट राष्ट्रपतिका सम्भावित उम्मेद्वार जो बाईडेनले नोभेम्बरको निर्वाचनमा पराजित भएमा पनि राष्ट्रपति ट्रम्पले सजिलै… Continue reading चुनाव हारें भने शान्तिपूर्णरुपमा ह्वाइट हाउस छाड्छु; राष्ट्रपति ट्रम्प

अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सा जारी भएसँगै अब अतिक्रमित भूभाग फिर्ता गर्न भारतसँग वार्ता प्रक्रिया अगाडी बढ्ने बताएका छन् । शनिबार संविधान विधेयक प्रतिनिधिसभाबाट पास भएको छ । उक्त बैठक सकेर निस्कने बेला संचारकर्मीलाई दिएको संक्षिप्त प्रतिक्रियामा उनले अब भारतसँग वार्ता थाल्ने बताएका हुन् । अतिक्रमित नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक… Continue reading अब भारतसँग वार्ता हुन्छ : प्रधानमन्त्री

फिप्नाले पाँचौं चरणमा गर्‍यो पि पि ई सहयोग

न्युयोर्क  नेपाल आदिवासी जनजाती महासंघ अमेरीका (फिप्ना) ले कोरोना महामारीमा  पाँचौं चरणको सहयोग बितरण सम्पन्न गरेको छ । महामारिको सुरुवातदेखि न्युयोर्कस्थित नेपाली समुदायको सेवामा राहत तथा उद्दारको कार्यमा निरन्तर सकृय रहदै आएको फिप्नाले चरणबद्द रुपमा राहत तथा सहयोग बितरण गर्दै आएको छ । गत मार्च महिनादेखि संस्थागत रूपमा न्यूयोर्क, न्युजर्सीमा क्रियाशील सामुदायका संघ संस्थाहरूको क्रियाशिलतालाई… Continue reading फिप्नाले पाँचौं चरणमा गर्‍यो पि पि ई सहयोग

संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित, नयाँ नक्सा अनुमोदन

काठमाडौं । भारतीय कब्जामा रहेका लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटेर बनाइएको नेपालको नयाँ राजनीतिक नक्सा प्रतिनिधिसभाबाट सर्वसम्मतले अनुमोदन भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको ऐतिहासिक बैठकले संविधान संशोधन विधेयकलाई सर्वसम्मत पारित गरेको हो । नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक अब पास भएको छ । शनिबारको बैठकमा २५८ जना सांसदको… Continue reading संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित, नयाँ नक्सा अनुमोदन

नेपालमा २४ घण्टामा थपिए २७३ संक्रमित, अब नेपालमा ५३३५ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७३ जना थप कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणबाट ती व्यक्तिमा कोरोना भेटिएका हो । अब नेपालमा कुल संक्रमितको ५ हजार ३३५ पुगेको छ। थपिएका कोरोना संक्रमित मध्ये २४७ जना पुरुष र ३६ जना… Continue reading नेपालमा २४ घण्टामा थपिए २७३ संक्रमित, अब नेपालमा ५३३५ संक्रमित

पछिल्लो २४ घण्टामा ३६ जनाले जिते कोरोना, निको हुनेको संख्या ९१३

फाइलफोटो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६ जनाले कोरोना जितेका छन् । नारायणी अस्पताल वीरगञ्जबाट ५ जना, सप्तरीबाट १७, बाँकेबाट ८ र भरतपुर चितवनबाट ६ जना गरी ३६ जना संक्रमणमुक्त भएका हुन्। हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या ९१३ पुगेको छ। जसमध्ये ८२२ पुरुष र ९१ जना महिला रहेका छन्।

भारतको चूनौति नै नेपालको भूमि फिर्ता गर्ने आधार हो : प्रचण्ड

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भूमि फिर्ता गर्न दिएको खुला चूनौति नै नेपालको भूमि फिर्ताको आधार रहेको बताएका छन् । शनिबार संसंदमा संविधान विधेयकमाथि जारी छलफलमा भाग लिँदै अध्यक्ष प्रचण्डले राजतन्त्रकालमा गुमेको नेपालको भूमि गणतन्त्रमा फिर्ता हुने बताएका छन् । सोही प्रक्रियाका लागि संविधान संशोधन हुन लागेको उनको भनाई छ… Continue reading भारतको चूनौति नै नेपालको भूमि फिर्ता गर्ने आधार हो : प्रचण्ड

महाकाली सन्धिमा प्रधानमन्त्री र कांग्रेसले गरेको राष्ट्रघातप्रति माफी माग्नुपर्छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धीमा गरेको राष्ट्रघातप्रति प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसले माफी माग्नुपर्ने बताएका छन् । महाकाली सन्धीका बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जोडतोडले लागेका थिए । कांग्रेसले समेत यसलाई समर्थन गरेको थियो । यसअघि कांग्रेस नेता प्रदीप गिरिले समेत प्रधानमन्त्रीलाई महाकाली सन्धीका बेला गल्ती भएको… Continue reading महाकाली सन्धिमा प्रधानमन्त्री र कांग्रेसले गरेको राष्ट्रघातप्रति माफी माग्नुपर्छ : उपेन्द्र यादव

संविधान विधेयकमाथि छलफल शुरु, सरिता गिरीको प्रस्ताव अस्वीकृत

काठमाडौं । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निसान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको छ । बैठकमा अहिले नेताहरुले संविधान संशोधन विधेयकबारे पार्टिगत रुपमा धारणा राखिरहेका छन् । नेकपाका अध्यक्ष प्रचण्ड, कांग्रेस नेता शेरबहादुर देउवा, जसपाका नेता राजेन्द्र महतोलगायत नेताले आफ्नो धारणा राखेका छन् । उनीहरुले… Continue reading संविधान विधेयकमाथि छलफल शुरु, सरिता गिरीको प्रस्ताव अस्वीकृत

आज संविधान संशोधन विधेयक पास गरिने

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले संविधान संशोधन विधेयक पास गर्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची आजका लागि तय भएको छ । आजको संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार… Continue reading आज संविधान संशोधन विधेयक पास गरिने