आफ्नै छोरी बलात्कार गर्ने उपसचिव पक्राउ, नाबालिका बलात्कार गर्ने पूर्वप्रहरी जेलमा

काठमाडौं । मंगलबार मध्यान्ह सार्वजनिक बलात्कारको एक घटनाले धेरैलाई आक्रोशित बनायो । नेपाल सरकारका एक उपसचिव आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा आफ्नै निवासबाट पक्राउ परे । छोरीको परिचय गोप्य राख्न प्रहरीले उनको नाम पनि गोप्य राखेको छ । ४५ वर्षिय ती उपसचिवले आफ्नै १८ वर्षिय छोरीलाई बलात्कार गर्ने गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको प्रशरीले… Continue reading आफ्नै छोरी बलात्कार गर्ने उपसचिव पक्राउ, नाबालिका बलात्कार गर्ने पूर्वप्रहरी जेलमा

भिजिट इयर २०२० का लागि बने प्रदेशस्तरीय प्रवद्र्धन समिति, कुन प्रदेशमा कसलाई जिम्मेवारी ?

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने सन्दर्भमा प्रवद्र्धन प्रभावकारी बनाउन भन्दै प्रदेश स्तरीय प्रवद्र्धन समिति गठन गरेको छ । यस्तो समितिमा प्रदेश मूख्यमन्त्री संरक्षक रहनेछन् । प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अध्यक्ष रहने छन् भने मन्त्रालयका सचिव सदस्य सचिव रहने गरी समिति बनाइएको छ । समितिमा निजी क्षेत्रका एक पर्यटन व्यवसायी प्रादेशिक… Continue reading भिजिट इयर २०२० का लागि बने प्रदेशस्तरीय प्रवद्र्धन समिति, कुन प्रदेशमा कसलाई जिम्मेवारी ?

शौचालयको छत भत्किदा ४ बालबालिकाको मृत्यु

दार्चुला । शौचालयको छत भत्किदा दार्चुलामा ४ बालबालिकाको निधन भएको छ । जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीमा गणेश विनायक माविको शौचालयको छानामा खेलिरहेका बालबालिकोका छाना भत्किएपछि निधन भएको प्रहरी चौकी सिप्टीले पुष्टी गरेको छ । विद्यालय बन्द रहेको समयमा बालबालिका छतमा खेलिरहेको बताइएको छ । मंगलबार करीव साढे ४ बजेतिर भएको दूर्घटनामा ५ देखि ९… Continue reading शौचालयको छत भत्किदा ४ बालबालिकाको मृत्यु

नेपालको रेल सेवा अब भारतसँग सिधा सम्पर्कमा

काठमाडौं । भारतले नेपालको रेल सेवालाई भारतका विभिन्न ठाउँमा सञ्चालनका लागि अनुमति दिने भएको छ । यसअघि नेपाली रेललाई कोलकाता, हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारतले सहमति जनाएको थियो । अब भने यात्रुवहाक रेललाई समेत भारतले विभिन्न स्थानमा पुग्ने अनुमति दिने तयारी थालेको छ । नेपालमा रेल सञ्चालनको चर्चा… Continue reading नेपालको रेल सेवा अब भारतसँग सिधा सम्पर्कमा

लोकतान्त्रिक मुलुक कम्युनिष्टले सम्हालेकाले तालमेल मिलेन : काङ्ग्रेस नेता बालकृष्ण खाँड

जेठ १५ मा बजेट आयो । सरकारले बजेटलाई सकारात्मक भन्यो भने प्रतिपक्षले त्यसको विरोध ग¥यो । अहिले बजेटका विषयमा संसद्मा छलफल चलिरहेको छ । बजेट अझै पास भएको छैन । सरकार पछिल्लो समय निर्मम भयो भन्ने आरोप प्रतिपक्षको छ । सरकार जनअपेक्षा अनुसार नै काम गरेको भनिरहेको छ । तर, प्रतिपक्ष यो कुरा स्वीकार गर्न… Continue reading लोकतान्त्रिक मुलुक कम्युनिष्टले सम्हालेकाले तालमेल मिलेन : काङ्ग्रेस नेता बालकृष्ण खाँड

बाल अस्पताल खोल्दै डा. भगवान कोइराला

काठमाडौै । १८ वर्ष मुनीका बालबालिकाको सबै रोगको उपचार एकै अस्पतालमा हुने सेवासहितको बाल अस्पताल स्थापनामा वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइराला लागेका छन् । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी डा कोइरालाले आफ्नो अवधारणा सार्वजनिक गरे । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ उनको सक्रियतामा स्थापना भएको संस्था हो । यसै संस्थामार्फत गैरनाफामुलक बालअस्पताल… Continue reading बाल अस्पताल खोल्दै डा. भगवान कोइराला

नेपालमै छ १ सय वर्ष पुरानो सुरुङमार्ग

काठमाडौं । मकवानपुर र बाराको सीमानामा पर्ने चुरियामाई मन्दिर छेउमा अवस्थित सुरुङ बनेको १ सय वर्ष नाघेको छ । दक्षिण एशियाकै पहिलो मानव निर्मित दावी गरिएको यस सुरुङको संरक्षणमा हेटौडा उपमहानगरपालिकाले पहल थालेको छ । १ सय वर्ष पुरानो संरचना भएका कारण यो अब पुरातत्व विभागको स्वामित्वमा पुगिसकेको छ । उपमहानगरपालिकाले भने बाहिरी भागको मात्र… Continue reading नेपालमै छ १ सय वर्ष पुरानो सुरुङमार्ग

पूर्वाधार मन्त्रीको खोलामा डुबेको सवारीले सिकाएको सवक

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी सोमबार खोलामा डुबेको छ । स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्रीको झण्डाबाल गाडी डुबेपछि तस्वीर एकाएक सामाजिक संजालमा भाइरल बन्यो । खासगरी सिण्डिकेट हटाउन नसकेको, समयमै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न नसकेको आरोपका कारण वर्तमान मन्त्रीपरिषद्का आलोचित सदस्य हुन् महासेठ । उनको सवारी… Continue reading पूर्वाधार मन्त्रीको खोलामा डुबेको सवारीले सिकाएको सवक

‘लेडिज साँझ’मा रमाए महिला

कल्पना घिमिरे ,न्युयोर्क ब्यस्त दैनिकी, काम, थकान सबै बिर्सिएर नेपाली महिलाले ज्याक्सन हाइटमा ‘लेडिज साँझ’ मनाएका छन् । अमेरिकाको न्यूयोर्क र आसपासका नेपाली महिला शनिबार साँझ नाजगान र खानपानमा मात्रै मस्त थिएनन् आफु भित्र रहेको प्रतिभा र क्षमता देखाउने होडबाजीमा पनि ब्यस्त थिए । नेपाली लेडिज साँझ डट कमले उनीहरुलाई यो सबै गर्ने अवसर जुराइदिएको… Continue reading ‘लेडिज साँझ’मा रमाए महिला

म्यानहाटनको गगनचुम्बी भवनको धुरीमा हेलिकप्टर खस्यो

न्यूयोर्क   न्यूयोर्कको ब्यस्त शहर म्यानह्याटनको एक भवनको छतमा हेलिकप्टर खसेको छ ।ताजा जानकारी अनुसार दुर्घटनामा पाईलटको मृत्यु भएको छ ।न्यूयोर्क फायर डिपार्ट्मेन्ट्ले आफ्नो ट्विट्मा जनाए अनुसार हेलिकप्टर ७ एभिन्युको ७८७ नम्बर भवनको धुरीमा खसेको हो ।दुर्घटना पछी न्यूयोर्क प्रहरीले दुर्घटनाको अनुसन्धान भईरहेको कारण ५१ स्ट्रिट पश्चिम ७ एभिन्युतिर भरसक गाडी नचलाउन अनुरोध गरेको छ… Continue reading म्यानहाटनको गगनचुम्बी भवनको धुरीमा हेलिकप्टर खस्यो

विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जीत, अष्ट्रेलिया पराजित

काठमाडौं । इंल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जीत हात पारेको छ । आइतबार राती लन्डनस्थित केनिङटन ओभलमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हराएको हो । ३५३ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३१६ रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि स्टेभन स्मिथले ६९, डेभिड… Continue reading विश्वकप क्रिकेटमा भारतको लगातार दोस्रो जीत, अष्ट्रेलिया पराजित

पोर्चुगलले जित्यो नेसन्स लीग उपाधी

काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि हात पारेको छ । आइतबार राति फाइनल प्रतिस्पर्धामा बलियो प्रतिस्पर्धी नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । पोर्चुगलले नेदरल्याण्ड्सलाई उसकै घरेलु मैदानमा हरायो । गुन्जालो गुइडेसको एक मात्र गोल पोर्चुगलको जीतका लागि पर्याप्त भयो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । बल पोजिसनमा… Continue reading पोर्चुगलले जित्यो नेसन्स लीग उपाधी

अमेरिकाबाट अशोक राईको आक्रोश : प्रचण्डलाई किन हतारिनु परेको ?

गत हप्ता अमेरिकास्थिति आफ्नो छोराको दिक्षान्त समारोहमा सहभागी नेता राई तस्बिर श्रोत - सार्वजनिक डट कम

न्युह्याम्पसायर अमेरिकास्थित न्युह्याम्पसायर राज्यको स्थानीय सिटी हुक्सेटमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले नेपालको संबिधानका केही प्राबधानहरु विभेदकारी भएको बताएका छन् । स्थानीय समाजवादी पार्टी समर्थित नेपालीहरुको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता राईले संबिधानका ति विभेदकारी प्राबधानहरु हटाउनु पर्ने बताउँदै भने; “त्यो संशोधन गर्नु अहिलेको आवश्यकता हो। यो संबिधानमा मौलिक हक… Continue reading अमेरिकाबाट अशोक राईको आक्रोश : प्रचण्डलाई किन हतारिनु परेको ?

बिमानमा चुरोट तानेपछि जिन्दगीभरलाई हवाई यात्रा गर्न बन्देज

कानूनको अनभिज्ञता क्षम्य हुँदैन।अर्थात मलाई यो कानूनको बारेमा थाहा थिएन भन्दैमा छुट पाईदैन। यो कानूनको बिश्वव्यापी सिद्धान्त हो । यस्तै खालको घटनामा एक यात्रु जिन्दगीभर “स्पिरिट एयरलाईन्स” चढ्न नपाउने भएका छन् । ति यात्रुले आफु यात्रा गरिरहेको बिमानको सौचालय भित्र चुरोट पीए पछि उनलाई सम्बन्धित बिमान कम्पनीले जीवनभरका लागि यात्रा गर्न नपाउने गरेको हो ।… Continue reading बिमानमा चुरोट तानेपछि जिन्दगीभरलाई हवाई यात्रा गर्न बन्देज

सकियो हिमालयन ट्राभल मार्ट, ७ सय विदेशी पाहुनाको विदाई

काठमाडौं । हिमालय क्षेत्रको विविध पर्यटन सम्भाब्यता उजागर गर्ने उद्दश्यले आयोजित तेस्रो संस्करणको ‘हिमालयन ट्राभल मार्ट’ आइतबार सम्पन्न भएको छ । काठमाडौंमा २३ जेठबाट शुरु भएको मार्टमा ४३ देशबाट ७०० भन्दा बढी प्रतिनिधि तथा सरोकारवाला सहभागी भएको बताइएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम, एवं पर्यटन क्षेत्रका… Continue reading सकियो हिमालयन ट्राभल मार्ट, ७ सय विदेशी पाहुनाको विदाई

अब गैरआवासीय नेपालीका परिवारलाई फेमिली कार्ड

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आइतबारबाट एनआरएन फेमिली कार्ड वितरण शुरु गरिएको छ । गैरआवासीय नेपाली संघले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कार्ड वितरण शुरु गरेको हो । कार्ड संघका पञ्जीकृत सदस्यहरुका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले यो कार्ड प्राप्त गर्न सक्ने बताइएको छ… Continue reading अब गैरआवासीय नेपालीका परिवारलाई फेमिली कार्ड

समुन्द्रको छालसरी कोलम्बिया पसे भेनेजुएलियन जनता

बिगत ४ महिनादेखि बन्द गरिएको भेनेजुएला र कोलम्बियाको सिमाना हिजो शनिबार भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले पुन: खोलेपछी हजारौको संख्यामा मानिसहरु कोलम्बिया प्रबेश गरेका छन् । उनिहरु खाना औषधी लगायतका अत्यावस्यक सामग्री लिनका लागि कोलम्बिया प्रवेश गरेका हुन् । दुई देश बिचको सिमाना हिजो पुन: खोलिए पछी भेनेजुएलियन जनताको भिड समुन्द्रको  छाल जस्तै कोलम्बिया पसेको थियो… Continue reading समुन्द्रको छालसरी कोलम्बिया पसे भेनेजुएलियन जनता

विप्लव विरुद्ध राज्यको कडा नीति, मध्यरातमा १८ कार्यकर्ता समातिए

कास्की । प्रहरीले विप्लव समूहका १८ कार्यकर्तालाई कास्कीबाट पक्राउ गरेको छ । शनिबार राति विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। कास्की, अन्नपूर्ण गाउँपालिकामा बैठक बसिरहेको स्थानबाट प्रहरीले उनीरुलाई पक्रेको हो । ४ महिलासहित पक्राउ परेका उनीहरु विरुद्ध प्रहरीले सुराक पाएपछि उक्त स्थानमा खटिएको थियो ।… Continue reading विप्लव विरुद्ध राज्यको कडा नीति, मध्यरातमा १८ कार्यकर्ता समातिए

अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

पैसा सबै चिज होईन भन्नेहरुका लागि अब मनग्य पैसा भयो भने धेरै चिज प्राप्त हुँदो रहेछ भन्ने नयाँ उदाहरण सार्वजनिक भएको छ ।   नासाले अब पर्यटकका लागि पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र खुला गर्ने भएको छ । नासाले पर्यटकका लागि अन्तरिक्ष केन्द्रसम्म उड्ने सौभाग्य भने अर्को बर्षदेखि प्रदान गर्ने भएको कुरा घोषणा गरेको छ । … Continue reading अन्तरिक्ष यात्रा पर्यटकका लागि पनि खुला हुने

वृद्धभत्ता बढेपछि जेष्ठ नागरिकको ८ वर्ष लामो आन्दोलन फिर्ता

काठमाडौं । जेष्ठ नागरिकले विगत ८ वर्षदेखि गर्दै आएको आन्दोलन फिर्ता लिएका छन् । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वृद्धभत्ता ३ हजार रुपैयाँ पुर्याएको छ । आगामी आवमा एकैपटक १ हजार रुपैयाँ वृद्धभत्ता बढेसँगै जेष्ठ नागरिकले आन्दोलन फिर्ता लिएका हुन् । अग्रज समाज नेपालको आह्वानमा ज्येष्ठ नागरिक नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग अगाडि निरन्तर धर्ना… Continue reading वृद्धभत्ता बढेपछि जेष्ठ नागरिकको ८ वर्ष लामो आन्दोलन फिर्ता

गैह्र कानूनी रुपमा हतियार खरिद गरी आतंकबादी क्रियाकलाप गर्न खोज्ने ज्याक्सन हाईट्सका एक युवा पक्राउ

न्युयोर्क । न्युयोर्कस्थित दक्षिण पूर्वी एसियाका आप्रवासीको घनावस्ती ज्याक्सन हाईट्समा बसोबास गर्दै आएका एक व्यक्ति आतंकबादी क्रियाकलाप गर्ने उद्देश्यले गैह्र कानूनी रुपमा हतियार खरिद गरेको अभियोगमा पक्राउ परेका छन् । २२ बर्षिया बंगालादेशी नागरिक आसिकुल अलामले न्यूयोर्क कै ब्यस्त पर्यटकीय सहर टाईम्स स्क्वायरमा आतंककारी हमालको योजना बनाउँदै गरेको प्रहरीले पुष्टि गरेपछि गत बिहिबार अलामलाई पक्राउ… Continue reading गैह्र कानूनी रुपमा हतियार खरिद गरी आतंकबादी क्रियाकलाप गर्न खोज्ने ज्याक्सन हाईट्सका एक युवा पक्राउ

आजदेखि यूरोप भ्रमणमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबारदेखि यूरोप भ्रमणमा निस्कदै छन् । आगामी जुन १९ सम्म प्रधानमन्त्री ओली यूरोपका विभिन्न तीन मुलुकमा पुग्नेछन् । प्रधानमन्त्री ओली अन्तरराष्ट्रिय श्रम संगठन (आइएलओ)को शतवार्षिकीका अवसरमा आयोजना हुने समारोहमा भाग लिन जुन ९ देखि १० सम्म स्वीट्जरल्याण्डमा रहने तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । कार्यक्रमलाई प्रधानमन्त्री ओलीले… Continue reading आजदेखि यूरोप भ्रमणमा प्रधानमन्त्री

आप्रबासी सम्बन्धि मुद्धामा सहमतिसँगै ट्रम्पले मेक्सिकोलाई लगाउने भनेको भन्सार स्थगित

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार देखि मेक्सिकोलाई लगाउने भनेको अतिरिक्त भन्सार स्थगित गरेको जनाएका छन् । आप्रबासी सम्बन्धि मुद्धामा मेक्सिको सहमतिमा आएसँगै अतिरिक्त भन्सारको निर्णय आफुले फिर्ता लिएको ट्रम्पले जनाएका हुन् । ‘म यो सूचित गर्न चाहन्छु कि संयुक्त राज्य अमेरिका र मेक्सिको बिच एक सहमतिमा हस्ताक्षर भएको छ, जस अनुसार सोमबारबाट मेक्सिकन… Continue reading आप्रबासी सम्बन्धि मुद्धामा सहमतिसँगै ट्रम्पले मेक्सिकोलाई लगाउने भनेको भन्सार स्थगित

१२ बर्षकी केटी उबर लिएर आत्महत्या गर्न गएपछि

ओर्लेण्डो फ्लोरिडामा १२ बर्षिया बेनिटा डायमोण्डले एक्लै उबर कार चढेर गई आत्महत्या गरेपछि ड्राईभर र कम्पनी समस्यामा परेका छन् । बेनिटाले आफ्नो आमाको फोनबाट उबर एप्स डाउनलोड गरेर आफूले क्रिष्टमसमा पाएको गिफ्ट कार्ड प्रयोग गरी मध्य रातमा उबर कार बोलाएकी थिईन् ।  उनले उबरमा गाडी गराजको गन्तब्य राखेकी थिईन् । जहाँ पुगेर माथिबाट तल हाम्फालेर… Continue reading १२ बर्षकी केटी उबर लिएर आत्महत्या गर्न गएपछि

लोकसेवाको नयाँ कर्मचारी भर्ना विवाद : मन्त्री र संसदीय समितिबीच लुकामारी

काठमाडौं । संघीय संसद, राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगद्धारा खुलाएको नयाँ भर्ना विवाद सम्बन्धका छलफल गर्न शुक्रबार बैठक डाकेको थियो । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई पनि आमन्त्रण गरिएको थियो । तर, मन्त्री पण्डित बैठकमा उपस्थित भएनन् । यसलाई संसदको अपमान गरेको ठहर समितिले गर्यो । त्यसपछि समितिले आगामी २७… Continue reading लोकसेवाको नयाँ कर्मचारी भर्ना विवाद : मन्त्री र संसदीय समितिबीच लुकामारी

चार मुलुकका लागि नयाँ राजदूत सिफारिस

काठमाडौं । सरकारले विभिन्न चार मुलुकका लागि नयाँ राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । बैठकले बंगलादेशका लागि वंशिधर मिश्र, कतारका लागि नारद भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका लागि आङफुटी शेर्पाको नाम सिफारिस गरेको हो ।… Continue reading चार मुलुकका लागि नयाँ राजदूत सिफारिस

भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्स र श्रीलंका भ्रमणमा निस्कदै

दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार माल्दिभ्स प्रस्थान गर्ने भएका छन् । जुन ८ मा माल्दिभ्स पुग्ने उनले सोही दिन माल्दिभ्सको संसदमा सम्बोधन गर्ने कार्यक्रम तय भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । माल्दिभ्सपछि मोदी श्रीलङ्का पुग्नेछन् । श्रीलंकामा उनको एकदिवसीय भ्रमण तय भएको हो । प्रधानमन्त्री मोदी माल्दिभ्सबाट शनिबार नै… Continue reading भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्स र श्रीलंका भ्रमणमा निस्कदै

काठमाडौंमा एकाबिहानै हावाहुरी आतंक

काठमाडौं । बिहीबार साँझ र शुक्रबार बिहानै देशका विभिन्न स्थानमा हावाहुरी र वर्षाले जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानै भिषण हावाहुरी चल्यो । हावाहुरीका कारण मावनीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । उता, विहीबार साँझ कैलाली र त्यस आसपास आएको हावाहुरीका कारण २ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । धेरै… Continue reading काठमाडौंमा एकाबिहानै हावाहुरी आतंक

विद्यूतीय स्कूटर पनि अब अनिवार्य दर्ता गर्नुपर्ने

काठमाडौं नेपाल सरकारले अब विद्यूतीय स्कूटर अनिवार्य दर्ताको प्रावधान ल्याएको छ । यससँगै बिना दर्ता सडकमा कुद्ने विद्युतीय सवारी अब प्रहरीको कारवाहीमा गर्ने भएका छन् । विद्युतीय स्कूटरले यातायात व्यवस्था विभागमा दर्ता भएर सवारी नम्बर लिएपछि मात्र यस्ता सवारीले वैधानिकता पाउने भएका छन् । यातयात व्यवस्था विभागले २० जेठ मा ट्राफिक प्रहरी निर्देशनालयलाई पत्र लेखि… Continue reading विद्यूतीय स्कूटर पनि अब अनिवार्य दर्ता गर्नुपर्ने

गुण्डा नाइके राधे पक्राउ, तरुण दल आन्दोलनमा

काठमाडौं । प्रहरीले आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे)लाई पक्राउ गरेको छ । उनको पृष्ठभूमि अपराधसँग जोडिएको छ । उता, आफ्ना नेता पक्राउको विरोधमा तरुण दल जिल्ला समिति, धादिङले २४ घण्टे अल्टिमेटम दिँदै बिहीबार आन्दोलन गरेको छ । तरुण दलले जिल्ला प्रहरी कार्यालयको गेटमा प्रदर्शन गर्दै राधेको रिहाईको माग… Continue reading गुण्डा नाइके राधे पक्राउ, तरुण दल आन्दोलनमा