ललितपुर । ललितपुरको फिट एण्ड फाइन जिमखानामा साउनामा पसेका एक दम्पत्तिको निधन भएको छ । जीम सकेर उनीहरु वाफ लिन साउना पसेका थिए । ललितपुर महानगरपालिका–१५ तिखेदेबलमा बस्ने हस्त गर्बुजा मगर र नेत्रकुमारीको गतराती निस्सासिएर मृत्यु भएको हो । ललितपुर प्रहरी परिसर जावलाखेलका अनुसार हस्त पूर्वमन्त्री थममाया थापाका स्वकीय सचिवका रुपमा काम गरिसकेका व्यक्ति हुन्… Continue reading साउनामा पसेका दम्पत्ति मृत फेला
Category: समाचार
४८ वर्षिय राजीव ढुंगाना बने नेपाल विद्यार्थी संघका अध्यक्ष
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति गठन गरेका छन् । उनले ४८ वर्षिय राजीव ढुंगानालाई अध्यक्ष बनाएका छन् । यस विषयले भने पुनः सभापति देउवा एक पटक सामाजिक संजालमा हाँसोको पात्र बनेका छन् । किनकी जीवनको ४८ औं वसन्त पार गरिसकेका व्यक्तिलाई उनले विद्यार्थी संगठनको… Continue reading ४८ वर्षिय राजीव ढुंगाना बने नेपाल विद्यार्थी संघका अध्यक्ष
आज शहिद दिवस मनाइदै
काठमाडौं । आज शहिद दिवस मनाइदैछ । राणा शासन विरुद्ध आवाज उठाउने क्रममा मारिएका चार सहिद र त्यसपछिको परिवर्तनका लागि लडेका शहिदको सम्झनामा यो दिवस मनाउन लागिएको हो । जहानियाँ राणा शासनविरुद्धको सङ्घर्षका क्रममा विसं १९९७ सालमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको थियो । उनीहरुको यसै बलिदानलाई सम्झना गर्दै… Continue reading आज शहिद दिवस मनाइदै
नेकपाको महाधिवेशन २०७७ चैतमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को राष्ट्रिय महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताव आएको छ । बुधबारबाट राजधानीमा सुरु केन्द्रीय कमिटीको बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन २०७७ चैतको अन्तिममा गर्ने प्रस्ताव गरेका छन् । बैठकमा अध्यक्ष दाहालले महाधिवेशन २०७७ चैत २५ देखि ३० गनेसम्म गर्ने प्रस्ताव गरेका हुन् । २०७५ जेठ ३ गते तत्कालिन… Continue reading नेकपाको महाधिवेशन २०७७ चैतमा
रोहित चन्द अझै दुई वर्ष पर्सिजाबाटै खेल्ने
काठमाडौं । अन्तराष्ट्रिय फूटबलमा माथिल्लो स्तरमा खेल्ने नेपाली खेलाडी हुने रोहित चन्द । उनी इण्डोनेसियाको ए डिभिजन लीग खेल्छन् । उनी नेपाली राष्ट्रिय टिमका मिडफिल्डर हुन् । उनलाई इन्डोनेसियाको ए डिभिजन क्लब पर्सिजा जकर्ताले थप दुई वर्षका लागि सम्झौता लम्ब्याएको छ । रोहित र पर्सिजाबीच १५ जनवरी २०२० देखि लागु हुने गरी बुधबार २ वर्षका… Continue reading रोहित चन्द अझै दुई वर्ष पर्सिजाबाटै खेल्ने
रसुवागढी नाकाबाट चिनियाँको प्रवेश रोकियो
काठमाडौं । चीनमा कोरोना भाइरसले प्रकोपको रुप लिएपछि नेपाल भित्रन नदिन रसुवागढी नाकामा कडाई गरिएको छ । १५ दिनका लागि रसुवागढी नाका बन्द गरिएको हो । नाकाबाट चीनबाट आउने पर्यटकलाई रोक्ने निर्णय भएको हो । बुधबारदेखि १५ दिनसम्म सो नाकाबाट चिनियाँ नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको गृह मन्त्रालयले उल्लेख गरेको छ । गृह मन्त्रालयका अनुसार… Continue reading रसुवागढी नाकाबाट चिनियाँको प्रवेश रोकियो
काठमाडौंमा शुरु भयो नेकपा केन्द्रिय समिति बैठक
काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रिय समिति बैठक शुरु भएको छ । बैठकमा राजनीतिक प्रतिवेदन पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरी उद्घाटन गरेको बैठकमा प्रधानमन्त्रीे सरकारका कामको बचाउ गरे । उनले एमसीसी, यति समूहसँगको सरकारको सम्बन्धजस्ता विषयमा सरकारको तर्फबाट स्पष्टिकरण दिएका हुन् । बुधबार नै नेकपाको राजनीतिक प्रतिवेदन… Continue reading काठमाडौंमा शुरु भयो नेकपा केन्द्रिय समिति बैठक
काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ति जाने
काठमाडौं । काठमाडौंमा चपथप बिस्तारको कामले विद्यूत आपूर्तिमा समस्या भएको छ । काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ती जाने नेपाल विद्यूत प्राधिकरणले जनाएको छ । महाराजगंज वितरण केन्द्रबाट जाने विद्यूत काटिने भएको हो । बुढानिलकण्ठ फिडरबाट वितरित लाइन चक्रपथ विस्तारको लागि रुख कटान गर्न बुधबार बिहान साढे ७ बजे देखि साँझ ५ बजेसम्म सट डाउन… Continue reading काठमाडौंका केही क्षेत्रमा आज दिनभर बत्ति जाने
क्यारेवियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
जमैका । ल्याटिन अमेरिकी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । जमैकाको समुद्री तट र पूर्वी क्युबाको सीमामा रहेको क्यारेबियन सागरमा मङ्गलबार साँझ ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको हो । यसको झड्का ल्याटिन अमेरिकी भेगका धेरै मूलुकमा गरिएको थियो । अमेरिकाको भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पका कारण मेक्सिकोदेखि फ्लोरिडा तथा मोन्टेगो खाडी, जमैकाको… Continue reading क्यारेवियन सागरमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
चीनमा कोरोनाका कारण १३२ को ज्यान गयो
काठमाडौं । कोरोना भाइरसको भयावह रुप चीनमा बढ्दो क्रममा रहेको छ । चीनमा यस रोगको संक्रमणबाट १ सय ३२ पुगेको हो । भाइरसले ५ हजार ९ सय ७४ जनालाई संक्रमणको शिकार भएका छन् । यो रोग दुई साता मात्र आएको हो । चीनको वुहानबाट यस रोगको संक्रमण फैलिएको हो । चीनले पछिल्लो समय विभिन्न शहरहरुसँगको… Continue reading चीनमा कोरोनाका कारण १३२ को ज्यान गयो
हिउँ नपग्लिएपछि हराइरहेका ७ जनाको खोज तथा उद्दार रोकियो
काठमाडौं । अन्नपूर्ण पदयात्रा मार्गमा हराइरहेका ७ जनाको खोजी कार्य तत्कालका लागि बन्द भएको छ । हरेक दिन हेलिकोप्टर लगेर एक सातासम्म खोज्दासमेत उनीहरुको अत्तोपत्तो नलागेपछि खोजी कार्य तत्कालका लागि बन्द गरिएको हो । नेपाली सेनाको नेतृत्वमा खोजी कार्य गरिएको थियो । ३ माघमा आएको भारी हिमपातपछि उनीहरु हिमपहिरोमा परेका थिए । तर, त्यसपछि भने… Continue reading हिउँ नपग्लिएपछि हराइरहेका ७ जनाको खोज तथा उद्दार रोकियो
आजबाट नेकपाको केन्द्रिय कमिटि बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक आजबाट शुरु हुने भएको छ । प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा बिहान ११ बजेबाट केन्द्रिय कमिटी बैठक बोलाइएको छ । नेकपा सचिवालयका अनुसार उक्त बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सम्बोधन गर्ने कार्यक्रम राखिएको हो । सरकारले गरेका राम्रा कामको प्रधानमन्त्री ओलीले प्रशंशा गर्ने… Continue reading आजबाट नेकपाको केन्द्रिय कमिटि बैठक बस्दै
सुर्खेतमा युवकलाई टिपरले हानेपछि आन्दोलन, कर्फ्यू जारी
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर र यस आसपासमा मंगलबार स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । मंगलबार टिपरको ठक्करले एक युवकको ज्यान गएपछि भीड उत्तेजित बनेको थियो । भीड नियन्त्रणमा लिन प्रशासनले कर्फ्यू नै लगाउनु परेको छ । मंगलबार साँझ साढे ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म कर्फ्यू लागेको हो । मंगलबार बेलुका बसेको सुरक्षा समितिले कर्फ्यू… Continue reading सुर्खेतमा युवकलाई टिपरले हानेपछि आन्दोलन, कर्फ्यू जारी
लग्जम्बर्गका विदेशमन्त्री नेपाल आउँदै
काठमाडौं । लग्जम्बर्गका विदेश तथा युरोपियन मामिलामन्त्री जेन एसेनबर्न नेपाल आउन लागेका छन् । उनी बुधबार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा दुई दिने भ्रमणका सिलसिलामा उनी आउन लागेका हुन् । नेपाल रहँदा उनी बिहीबार प्रधानमनत्री केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । बुधबार काठमाडौं ओर्लने उनले समकक्षी प्रदीप ज्ञवालीसँग द्विपक्षीय… Continue reading लग्जम्बर्गका विदेशमन्त्री नेपाल आउँदै
के पत्रकारले अब लाइसेन्स लिनुपर्छ ?
काठमाडौं । अब नयाँ पत्रकारले परिक्षा पास गरी लाइसेन्स लिनुपर्ला ? मिडिया काउन्सिल विधेयकमा यस्तो प्रावधान राखिएको छ । पत्रकारिता पेशामा आउनेका लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने प्रावधान राखिएको हो । सोमबार राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले यस्तो प्रावधानसहित नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन गर्न र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ । समिति सभापति… Continue reading के पत्रकारले अब लाइसेन्स लिनुपर्छ ?
गोसाइकुण्ड हिँडेका दुई युवा मृत फेला
नुवाकोट । नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिका १ घ्याङफेदीबाट हराएका दुई युवाको शव पेला परेको छ । उनीहरुको शव हिउँले पुरेको अवस्थामा सोमबार फेला परेको हो । उनीहरु गोसाइँकुण्डको पदयात्रामा निस्किएका थिए । सिन्धुपाल्चोक जिल्ला मेलम्चीका २१ वर्षीय वाङदेल शेर्पा र काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ का १९ वर्षीय जापान तामाङ ३ माघदेखि हराइरहेका थिए । उनीहरु हराएपछि… Continue reading गोसाइकुण्ड हिँडेका दुई युवा मृत फेला
अब कोरोनाको नमूना परीक्षण नेपालमै
काठमाडौं । कोरोना भाइरसको नमूना परीक्षण अब नेपालमै सम्भव हुने भएको छ । यसअघि नमूना परीक्षणका लागि विदेश पठाउनु पर्ने बाध्यता थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा सोमबारदेखि कोरोना भाइरसको नमुना परीक्षण शुरु भएको हो । कोरानाको परीक्षणका लागि आवश्यक केमिकल नेपाल आइसकेको बताइएको छ । उपचारको क्रममा चिकित्सकले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिमा मात्र… Continue reading अब कोरोनाको नमूना परीक्षण नेपालमै
खाडीबाट भित्रन्छ नेपालमा धेरै रेमिट्यान्स
काठमाडौं । विदेशमा रोजगारीको सिलसिलामा पुगेका नेपालीमध्ये सबैभन्दा धेरै खाडी मुलुकबाट रेमिट्यान्स आउने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यूरोप, अमेरिकालगायत विकसित मुलुकबाट आउने रेमिट्यान्स बढ्न थालेको छ । तर, धेरै रेमिट्यान्स भने खाडी मुलुकबाट प्राप्त भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको तथ्यांक अनुसार खाडी मुलुकबाट… Continue reading खाडीबाट भित्रन्छ नेपालमा धेरै रेमिट्यान्स
कांग्रेस मूख्यालयमा विद्यार्थीबीच कुटाकुट
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा नेपाल विद्यार्थी संघका कार्यक्रताबीच कुटाकुट भएको छ । शीर्ष नेताबीच सहमति भएको दुई दिन बित्न नपाउँदै दुई गूटका विद्यार्थीहरुबीच भने केन्द्रिय कार्यालयमा कुटाकुट भएको हो । नेताहरुबीच १४ औं महाधिवेशनको कार्यतालिका संशोधनका विषयमा सहमति भएको थियो । त्यसपछि पहिलोपटक सोमबार केन्द्रिय समिति बैठक बोलाइएको थियो । सहमतिअनुसार बोलाइएको बैठकमा… Continue reading कांग्रेस मूख्यालयमा विद्यार्थीबीच कुटाकुट
प्रिन्सको परोपकारी मन
काठमाडौं राम्रो काम गर्न उमेरले छेक्दैन । अहिलेका प्रख्यात बाल कलाकार ८ बर्षीय प्रिन्स प्रसिद सिंह थापा समाजसेवामा लागेका छन् । उनीबिभिन्न कार्यक्रमहरुमा मोडलिङ्, प्रस्तोता तथा नृत्य गरेर स्वआर्जन गर्छन् । बहुमुखी प्रतिभाका धनी उनले आफ्नो कमाईबाट आएकोपैसा अनि आफ्नो पकेट मनी बचाएर असहाय तथा निम्नआय भएका बालबालिकाहरुलाई न्यानो लुगा बितरण गरेका छन् । मनकारीथापाले… Continue reading प्रिन्सको परोपकारी मन
प्रदेश नं दुईको स्थायी राजधानी जनकपुर
जनकपुर । प्रदेश नं दुईको स्थायी राजधानी जनकपुर हुने भएको छ । अहिले अस्थायी राजधानी रहेकै जनकपुरधामलाई स्थायी राजधानी बनाउने सम्बन्धमा सहमति जुटेको हो । प्रदेश दुईको नामाकरण र राजधानी टुङ्गो लगाउने विषयमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा संसदीय विशेष समिति गठन भएको हो । यस समितिमा जनकपुरधामलाई नै स्थायी राजधानी तोक्ने सहमति भएको हो ।… Continue reading प्रदेश नं दुईको स्थायी राजधानी जनकपुर
सभामुख बने अग्नी सापकोटा, निर्विरोध निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा उनी निर्विरोध निर्वाचित भएका छन् । उनी नेकपाका नेता हुन् । सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए । नेम्वाङको प्रस्तावमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद… Continue reading सभामुख बने अग्नी सापकोटा, निर्विरोध निर्वाचित
७१ औं गणतन्त्र दिवस मनाउँदै भारत
नयाँ दिल्ली । भारतले आज ७१औं गणतन्त्र दिवस मनाउँदैछ । पाकिस्तानसँगको बढ्दो तनाव, घर भित्र आर्थिक मन्दी र विविध समस्याका बीच भारतले राजपथमा मूख्य कार्यक्रम गरी गणतन्त्र दिवस मनाउन लागेको हो । यस कार्यक्रमका लागि देशभर नै सुरक्षा व्वस्था कडा पारिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवस परेड लिने कार्यक्रम… Continue reading ७१ औं गणतन्त्र दिवस मनाउँदै भारत
आज नयाँ सभामुख चुनिने
काठमाडौं । नेकपाका नेता अग्नी सापकोटा आज सभामुख पदमा चयन हुँदैछन् । यो पद असोजयता रिक्त थियो । जसले गर्दा प्रतिनिधिसभाको काम अवरुद्ध भएको छ । तत्कालिन सभामुख कृष्णबहादुर महरामाथि बलात्कार प्रयासको आरोप लागेपछि यो पद रिक्त भएको हो । सभामुख पदमा नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेको छ । नेकपाले जित्ने निश्चित भएकाले… Continue reading आज नयाँ सभामुख चुनिने
सगरमाथा संवादमा भाग लिन भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई नेपालको निम्ता
काठमाडौं । नेपालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई नेपालमा निम्ता गरेको छ । नेपालले आगामी चैतमा आयोजना गर्न लागेको सगरमाथा संवादका लागि उनीहरुलाई निम्तो दिएको हो । नेपालले पहिलोपटक ‘सगरमाथा संवाद’ आयोजना गर्दैछ । जलवायु परिवर्तनको असरबारे विश्वमञ्चलाई जानकारी गराउने उद्देश्यले सगरमाथा संवाद आयोजना गर्न लागिएको हो । परराष्ट्र मन्त्री प्रदीप… Continue reading सगरमाथा संवादमा भाग लिन भारत र पाकिस्तानका प्रधानमन्त्रीलाई नेपालको निम्ता
टर्कीमा शक्तिशाली भुकम्प, कम्तिमा एक दर्जनको ज्यान गयो
इस्तानबुल । टर्कीमा शक्तिशाली भूकम्पमा परी कम्तिमा एक दर्जन मानिसको ज्यान गएको छ । टर्कीको पूर्वी क्षेत्रमा केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको संचारमाध्यमले लेखेका छन् । भूकम्पमा परी १४ जनाको मृत्यु भइसकेको र यो संख्या अझै बढ्न सक्ने बताइएको छ । संचारमाध्यमहरुका अनुसार एलाजिग् प्रान्तको सिभ्रिस बजारमा केन्द्रविन्दु भएको थियो । भूकम्पले भवनहरु भत्काइदिएको… Continue reading टर्कीमा शक्तिशाली भुकम्प, कम्तिमा एक दर्जनको ज्यान गयो
आज सोनाम ल्होसार मनाइदै, चीन जापान, मंगोलियालगायत देशमा नयाँ वर्ष
काठमाडौं । तामाङ समुदायको विशेष चाड सोनाम ल्होसार आज मनाइदैछ । २८५६ औं सोनाम ल्होछार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी मनाउन लागिएको हो । यो पर्व हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन पर्छ । तामाङ समुदायमा घरघरमा पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण, शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने गरिन्छ । यस दिन… Continue reading आज सोनाम ल्होसार मनाइदै, चीन जापान, मंगोलियालगायत देशमा नयाँ वर्ष
शीर्ष नेताको ७ घण्टा लामो वार्ताले मिलायो कांग्रेस विवाद
काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद सहमतिमा टुंगिएको छ । करीव साढे दुई महिनायता शीर्ष नेतृत्वबीचको पानी बाराबारसम्मको विवाद शुक्रबार करीव ७ घण्टा लामो छलफल र वार्तापछि टुंगिएको हो । सहमति अनुसार अब कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुन ७ मै हुने पक्का भएको छ । पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र… Continue reading शीर्ष नेताको ७ घण्टा लामो वार्ताले मिलायो कांग्रेस विवाद
कोरोना भाइरस नेपालमा पनि भेटिएको पुष्टी
काठमाडौं । छिमेकी मुलुक चीनमा महामारीका रुपमा फैलिएको कोराना भाइरस नेपालमा समेत भेटिएको पुष्टी भएको छ । चीनबाट नेपाल आएका विद्यार्थीमा यसको संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै नेपालमा कोरोना भाइरसको संक्रमण भित्रिएको पुष्टी भएको हो । तीन विद्यार्थीको प्रारम्भिक जाँच गरी निश्चित गर्न डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङ पठाइएको थियो ।… Continue reading कोरोना भाइरस नेपालमा पनि भेटिएको पुष्टी
कोरोना भाइरसले महामारी रुप लिँदै, चीनमा मात्र २५ को ज्यान गयो
काठमाडौं । कोरोना भाइरसले चीनमा महामारीका रुप लिएको छ । केही साताअघि मात्र देखा परेको यो भाइरसले अहिलेसम्म २५ जनाको ज्यान गएको छ । संचार माध्यमहरुका अनुसार शुत्रबारसम्म २५ हताहती भएको चिनियाँ सरकारी अधिकारीले सार्वजनिक गरेका छन् । चीनमा मात्र ८ सय ३० व्यक्तिमा यस भाइरसको संक्रमण फैलिएको छ । चीनको नेसनल हेल्थ कमिसनले यस… Continue reading कोरोना भाइरसले महामारी रुप लिँदै, चीनमा मात्र २५ को ज्यान गयो