आजबाट पुर्बी नेपालमा भारी वर्षा, यस्तो छ मौसम पुर्वानुमान

Photo : wrightouttanowhere.com

काठमाडौं । नेपालमा जारी भारी वर्षाले आजबाट पुर्बी नेपालमा बढी प्रभाव देखाउने भएको छ । वर्षा  अझै केही दिन कायम रहने र क्रमश पश्चिमबाट पुर्वतर्फ सर्ने क्रममा रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी गराएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । महाशाखाका अनुसार बुधबार पूर्वी नेपालमा भारी वर्षाको… Continue reading आजबाट पुर्बी नेपालमा भारी वर्षा, यस्तो छ मौसम पुर्वानुमान

जनकपुरका महासेठको अमेरिकामा हत्या

न्युयोर्क अमेरिकामा एक नेपालीको गोली हानि हत्या भएको छ ।अमेरिकाको म्यासाच्युसेट राज्यस्थित आफनै पसलमा ५४ वर्षीय लालकिशोर महासेठको अज्ञात व्यक्तिले गोली हानि हत्या गरेको उनी आबद्ध संस्था मधेसी एसोसिएसन इन अमेरिकाले एक बिज्ञप्ति मार्फत पुष्टि गरेको छ । नेपालस्थित धनुषा जिल्ला जनकपुर घर भएका शाहको सोमबार हत्या भएको हो । विगत १५ वर्षदेखि परिवारसहित अमेरिकामा… Continue reading जनकपुरका महासेठको अमेरिकामा हत्या

नेपालमा बाढी र पहिरोले ठूलो जनधनको क्षती, बझाङमा दुई दर्जन मानिस बेपत्ता

file

काठमाडौं । नेपालमा जारी वर्षा र त्यसले उत्पन्न गरेको बाढी-पहिरोका कारण ठूलो जनधनको क्षती भएको छ । सरकारी अधिकारीहरुले कम्तीमा ६ जनाको मृत्यु भएको पुष्टि  गरेका छन् । बझाङमा दुई दर्जन मानिस बेपत्ता भएको खबर आएको छ । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा एउटै गाउँका २२ जना पहिरोमा हराइरहेको स्थानीय तहबाट रिपोर्ट सार्वजनिक भएको छ ।… Continue reading नेपालमा बाढी र पहिरोले ठूलो जनधनको क्षती, बझाङमा दुई दर्जन मानिस बेपत्ता

कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक ७ र ८ गते गते देशभर भिटामिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । दशैंका कारण कात्तिक २ र ३ गतेका लागि तय भएको कार्यक्रमको मिति सारिएको हो।… Continue reading कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

उत्तराखण्डमा अविरल वर्षा, तीन नेपालीसहित १६ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डमा वर्षाका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । विगत दुई दिनयता परिरहेको मुसलधारे वर्षाका कारण उनीहरूको मृत्यु भएको भारतीय अधिकारीहरूलाई उद्धृत गर्दै इन्डिया टूडेले समाचार लेखेको छ । समाचारमा जनाइएअनुसार मंगलबार मात्रै ११ जनाको मृत्यु भएको हो । उत्तराखण्डको विभिन्न भागहरूमा आएको बाढी तथा पहिरोमा केही मानिसहरू बेपत्ता भएको र… Continue reading उत्तराखण्डमा अविरल वर्षा, तीन नेपालीसहित १६ जनाको मृत्यु

रुबी खानले अनसन तोडिन्, माग सम्बोधन गर्न छानबिन समिति गठन

काठमाडौं । रुबी खानले सरकारसँग माग सम्बोधनको सहमतिभएपछि अनसन तोडेकी छिन् । उनका माग सम्बोधन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा छानबिन समिति गठन गरेपछि खानले अनसन तोडेकी हुन् । उनलाई मानवअधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारी र गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जुस खुवाएका छन्। खानले सरकारसँग भएको सहमति सम्पूर्ण महिलाहरूको जित… Continue reading रुबी खानले अनसन तोडिन्, माग सम्बोधन गर्न छानबिन समिति गठन

मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउदै, धर्मावलम्बीलाइ बिदा

काठमाडौं । मुस्लिम समुदायले मङ्गलबार मोहम्मद जयन्ती मनाउँदैछन् । मुस्लिम धर्मावलम्बीका धर्म प्रवर्तक हजरत मोहम्मद पैगम्बरको जन्मदिनलाई मोहम्मद दिवसका रुपमा मनाउने प्रचलन रहेको छ । आज सरकारले मुस्लिम समुदायमा लागू हुने गरि बिदा पनि दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिदै यो दिवसले सबै समुदायबीच आपसी भाइचारा र सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गर्ने… Continue reading मुस्लिम समुदायले मोहम्मद जयन्ती मनाउदै, धर्मावलम्बीलाइ बिदा

म्यानमारले एकसाथ ५ हजार जनालाई रिहा गर्ने

Photo : Sky News

काठमाडौं । म्यान्मारमा देशको शासनसत्ता सेनाले लिने कदमको विरोध गर्दा पक्राउ परेका साढे पाँच हजारभन्दा बढी मानिसलाई मुक्त गरिने भएको छ । बीबीसीका अनुसारसैन्य सरकारले यस्तो घोषणा गरेको हो । गत फेब्रुअरीमा निर्वाचित सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता हातमा लिएपछि रक्तपातपूर्ण विरोधप्रदर्शनहरू भएका थिए। त्यस क्रममा हजारौँ मानिसहरू पक्राउ परेका थिए भने सयौँ जनाको मृत्यु… Continue reading म्यानमारले एकसाथ ५ हजार जनालाई रिहा गर्ने

नेपालमा थप ५९१ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५९१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ५४ पीसीआर परीक्षण गर्दा ५२३ जना र २०४३ एन्टिजेन परीक्षण गर्दा ६८ जना गरी ५९१ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख… Continue reading नेपालमा थप ५९१ जनामा कोरोना पुष्टी, ९ जना संक्रमितको निधन

पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

न्युयोर्क अमेरिकास्थित पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना भएका छन् । मुत्र नलीमा सँक्रमण भई रगतमा फैलिएपछि क्लिन्टनलाई अस्पताल भर्ना गरिएको चिकित्सकको हवाला दिदै समाचार संस्था सिएनएनले जनाएको छ । पूर्व राष्ट्रपति क्लिन्टनको अहिले युनिभर्सिटी अफ क्यालिफोर्निया अर्भिङ मेडिकल सेन्टरको आईसीयुमा भर्नागरी उपचार भैरहेको छ । क्लिन्टनलाई तरल रुपमा एन्टिबायोटिक दिईरहेको चिकित्सकद्वारा बिहीवार जारी बिज्ञप्तिमा… Continue reading पूर्व राष्ट्रपति बिल क्लिन्टन अस्पताल भर्ना

अमेरिकामा राष्ट्रपति बाइडेनको पार्टी डेमोक्र्याटिकप्रति घट्दो विश्वास

न्युयोर्क अमेरिकामा डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपति चुनिएको १ बर्ष पुरा नहुँदै बहुसंख्यक अमेरिकी जनता रिपब्लिकन पार्टी नै ठीक भन्न थालेका छन् । गत नोभेम्बरमा अत्यन्त बिवादास्पद पृष्‍ठभुमी र चरित्रका देखाएका रिपब्लिकन पार्टीका तात्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक पार्टीको तर्फबाट बर्तमान राष्ट्रपति जो बाइडेनले बिजय हासिल गरेको एक बर्ष पुरा नहुँदै अमेरिकी जनता रिपब्लिकन तर्फ मोडिने… Continue reading अमेरिकामा राष्ट्रपति बाइडेनको पार्टी डेमोक्र्याटिकप्रति घट्दो विश्वास

मुगु बस दुर्घटनामा ३२ को मृत्‍यु

नयाँ पत्रिका दैनिकको अनलाईन संस्करण

काठमाण्डौमुगुमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको नयाँ पत्रीका दैनिकका  लागि मुगुबाट अच्युत राज भण्डारीले लेखेका छन् ।  मृतकमध्ये २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप चारजनाको उद्धार गरी रारा विमानस्थलमा पुर्‍याई जहाजमा राख्ने क्रममा र चारजनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) चित्रबहादुर भट्टराइले… Continue reading मुगु बस दुर्घटनामा ३२ को मृत्‍यु

एनआरएनएको महाधिवेशन स्थगित : ६ महिनासम्म कार्यकाल थप्ने तयारी

विश्व न्युज संवाददाता  गैरआवासीय नेपाली संघ एनआरएनएको महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । दशौँ महाधिवेशन निर्धारित समयमा हुन नसक्ने भएपछि एनआरएनए आइसिसी सचिवालयको आकस्मिक बैठकले विश्व सम्मेलन तथा अधिवेशन तत्कालका लागि स्थगित गरिएको एनआरएनएका नेताहरुले बताएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएको विधानमा तोकिएको समयमा अधिवेशन हुन नसक्ने अवस्थामा एक पटकका लागि ६ महिना… Continue reading एनआरएनएको महाधिवेशन स्थगित : ६ महिनासम्म कार्यकाल थप्ने तयारी

कास्किमा जिप दुर्घटना, ८ जनाको मृत्यु

कास्की । कास्कीको नयाँ पुलमा जीप दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये ७ जना काठमाडौंबाट घान्द्रुक घुम्न आएका विद्यार्थी रहेको स्थानीय संचारमाध्यमले जनाएका छन् । अर्का मृतक भने जीप चालक कास्की अन्नपूर्ण गाउँपालिकाका वासिन्दा हुन् । दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका- ३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका… Continue reading कास्किमा जिप दुर्घटना, ८ जनाको मृत्यु

नेपाल इन्फ्रास्ट्रकचर बैंकको लाभांश परिमार्जन, अब बोनस सेयर पनि दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । उक्त कम्पनीले नेपाल राष्ट्र बैैंकको निर्देशन बमोजिम लाभांश प्रस्ताव संशोधन गरेको जानकारी दिएको हो । यसअघि ८ दशमलव ५ प्रतिशत करसमेत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले अव भने ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रु. ८ करोड… Continue reading नेपाल इन्फ्रास्ट्रकचर बैंकको लाभांश परिमार्जन, अब बोनस सेयर पनि दिने

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, यस्ताे छ मन्त्रीकाे सूची

file

काठमाडौं । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्‍ले पूर्णता पाएको छ। आइतबार ६ मन्त्री र चार राज्यमन्त्री थपिएपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै आजै प्रदेश प्रमुख अमिक शेरचनले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् । कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र… Continue reading लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद्ले पायो पूर्णता, यस्ताे छ मन्त्रीकाे सूची

‘प्रजातन्त्रकाे विकल्प प्रजातन्त्र नै हाे, अरू हुन सक्दैन’- प्रधानमन्त्री देउवा

फाइलफोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हुने बताएका छन्। साक्षर गण्डकी घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरु कुनै हुन नसक्ने बताएका हुन्। उनले देशमा अरु धेरै कुरा गर्न बाँकी रहेको बताउँदै पूर्णरुपमा संघीयता कार्यान्वयन गर्न बाँकी रहेको बताए। उनले देशमा छिटो छरितो विकासका कामहरु अघि बढाउन बाँकी रहेको बताए।… Continue reading ‘प्रजातन्त्रकाे विकल्प प्रजातन्त्र नै हाे, अरू हुन सक्दैन’- प्रधानमन्त्री देउवा

उपत्यका छाड्ने ह्वात्तै बढे, साढे ८ लाख बाहिरिए

काठमाडौं । दसैँका लागि उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ। यही असोज १ देखि ७ गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए। अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। काठमाडौं भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या विश्लेषण गर्दा अहिलेसम्म औपचारिकरुपमा एक लाख बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन्। प्रहरीलेको अभिलेखभन्दा बाहिरबाट समेत… Continue reading उपत्यका छाड्ने ह्वात्तै बढे, साढे ८ लाख बाहिरिए

चौतर्फी आलोचना खेपिरहेका उद्योग मन्त्री हमालले दिएको राजीनामा स्वीकृत

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा प्रधानमन्त्री देउवाले स्वीकृत गरेका छन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका थिए । हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका… Continue reading चौतर्फी आलोचना खेपिरहेका उद्योग मन्त्री हमालले दिएको राजीनामा स्वीकृत

उद्योगमन्त्री हमालले राजिनामा दिने

काठमाडौं । आफ्नो मन्त्री पद नियुक्तीमा व्यापक विरोध भएपछि सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । नेपाली संचारमाध्यमले उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लगाएका थिए । यद्दपी नेताहरुले यसले खण्डन गर्दै आएको थिए । हमालले भने आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने तयारी… Continue reading उद्योगमन्त्री हमालले राजिनामा दिने

नेपालले ८ महिना अगाडी किनेको कोभिशिल्ड भारतबाट बल्ल आयो

काठमाडौं । नेपालले गत फागुनमा किनेको १० लाख डोज कोभिसिल्ड खोप शनिबार मात्र नेपाल आएको छ । नेपालले कुल २० लाख खोप किनेको थियो । जसका लागि रकम समेत बुझाइएको थियो । तर, भारतमा कोरोना महामारी फैलिएको भन्दै निर्यात रोकिएपछि नेपालले खरीद गरेको खोप आउन सकेको थिएन । सो खोप शनिबार मात्र काठमाडौं आएको स्वास्थ्य… Continue reading नेपालले ८ महिना अगाडी किनेको कोभिशिल्ड भारतबाट बल्ल आयो

इपीएलको उपाधी चितवनले जित्यो

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको उपाधि चितवन टाइगर्सले हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो । चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले १५ लाख… Continue reading इपीएलको उपाधी चितवनले जित्यो

लगानी बोर्डले गर्यो ७३ अर्ब बराबरको लगानी स्वीकृत

काठमाडौं । राष्ट्रिय लगानी बोर्डले ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बोर्डको बैठकले दुईवटा जलविद्युत् परियोजनको निर्माण तथा विकासका लागि लगानी स्वीकृति तथा पूँजी वृद्धि गर्न अनुमति प्रदान रेको हो । राससका अनुसार लगानी स्वीकृति हुनेमा करिब रु १० अर्ब ५० करोड लागत रहने ५६ मेगावाट क्षमताको… Continue reading लगानी बोर्डले गर्यो ७३ अर्ब बराबरको लगानी स्वीकृत

नेपालमा ७६० जनामा कोरोना पुष्टी

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ३१ जनाको नमुना परीक्षण गरेकोमा सात सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख एक… Continue reading नेपालमा ७६० जनामा कोरोना पुष्टी

टाटा समूहले एयर इण्डिया किनेर के फाइदा पायो ?

नयाँ दिल्ली । घाटामा रहेको भारतीय राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एअर इन्डियालाई देशकै सबैभन्दा ठूलो व्यावसायिक समूहमध्ये एक टाटाले खरिद गरेको छ। यो कम्पनी उसले लिनु आफैमा प्रतिष्ठाको विषय बनकेो छ । भारत सरकारले टाटालाई दुई अर्ब ४० करोड अमेरिकी डलर एअर इन्डिया बिक्री गरेको भारतीय संचार माध्यमले लेखेका छन् । बिबिसीका अनुसार सन् १९३२… Continue reading टाटा समूहले एयर इण्डिया किनेर के फाइदा पायो ?

कोभिसिल्ड खोपमा लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

Reuters

काठमाडौं । कोरोना भाइरसविरुद्ध कोभिसिल्ड खोप लगाएका व्यक्तिमा ६३दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२दशमलव चार प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका एक हजार ७९६ जनामा गरेको अनुसन्धानमा एन्टिबडी अध्ययन गर्दा कोभिसिल्ड लगाएकामा ६३ दशमलव तीन प्रतिशत र भेरोसेल लगाएकामा ७२ दशमलव चार प्रतिशत एन्टिबडी बनेको पाइएको… Continue reading कोभिसिल्ड खोपमा लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी

नेपालमा थप ७६४ जनामा कोरोना पुष्टी, १० जना संक्रमितको निधन

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ जना गरी ७६४ जनामा कोरोना भाइरसको संक्रमण भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या… Continue reading नेपालमा थप ७६४ जनामा कोरोना पुष्टी, १० जना संक्रमितको निधन

रामकुमारी झाँक्री बनिन् सहरी विकासमन्त्री, विरोध खतिवडा स्वास्थ्यमन्त्री

काठमाडौं । सहरी विकासमन्त्रीको जिम्मेवारी नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट रामकुमारी झाँक्रीको काँधमा आइपुगेको छ । झाँक्रीलाई कांग्रेस सभापति शेरबहादुर नेतृत्वको मन्त्रिमण्डलमा यो जिम्मेवारी दिइएको हो । त्यस्तै २०४८ सालदेखि निरन्तर प्रतिनिधि सभा निर्वाचित बन्दै आएका विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । कांग्रेस सभापति शेरबहादुर नेतृत्वको गठबन्धनको सरकारमा नेकपा (एकीकृत समाजवादी) कातर्फबाट… Continue reading रामकुमारी झाँक्री बनिन् सहरी विकासमन्त्री, विरोध खतिवडा स्वास्थ्यमन्त्री

सरकार गठनको ८८औं दिनमा मन्त्रिपरिषद् विस्तार, गैरसांसद् हमाललाई उद्योग मन्त्रालयकाे जिम्मेवारी

फाइलफोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । सरकार गठन भएको ८८औं दिनमा मन्त्रिपरिषद् विस्तार गर्दै देउवाले गैरसांसद हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका हुन् । देउवाले आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराका आफन्त (जेठान) हुन् । यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै… Continue reading सरकार गठनको ८८औं दिनमा मन्त्रिपरिषद् विस्तार, गैरसांसद् हमाललाई उद्योग मन्त्रालयकाे जिम्मेवारी

विरोधकैबीच संघीय निजामति सेवा विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकाबीच प्रतिनिधि सभाको बैठकले संघीय निजामति सेवा विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकले सो विधेयक फिर्ता लिने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । प्रधानमन्त्रीका शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा उक्त विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका थिए… Continue reading विरोधकैबीच संघीय निजामति सेवा विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत