Category: समाचार

  • एसपीपीबारे संसदीय समितिले प्रधानसेनापति शर्मासँग छलफल गर्ने

    एसपीपीबारे संसदीय समितिले प्रधानसेनापति शर्मासँग छलफल गर्ने

    काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपी सम्झौताबारे प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गर्ने भएको छ । नेपाली सेनाले अमेरिकाको नेसनल गार्डसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का लागि पत्राचार गरेको विषय सार्वजनिक भएपछि संसदीय समितिले शुक्रबार बिहानको बैठकमा प्रधानसेनापति शर्मालाई छलफलमा बोलाएको छ ।

    समिति सचिवालयका अनुसार एसपीपीकै विषयमा प्रधान सेनापतिसहित सरकारी अधिकारीहरुसँग जवाफ माग्न थालिएको हो । प्रधानसेनापति शर्मा निकट भविश्यमा मिसन मुलुक र त्यसपछि अमेरिका भ्रमणमा जाँदैछन् । सो भ्रमणमा एसपीपीमा सम्झौतामा हस्ताक्षर हुने सम्भावना समेत रहेको बाहिरिए पछि प्रतिनिधिसभामा यसबारे जवाफ माग भइरहेको छ ।

  • एसपीपीमा सहभागी हुन लेखेको पत्र सार्वजनिक भएपछि नेपाली सेनापनि विवादमा तानियो

    एसपीपीमा सहभागी हुन लेखेको पत्र सार्वजनिक भएपछि नेपाली सेनापनि विवादमा तानियो

    काठमाडौं । अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा संलग्न हुन नेपाली सेनाले सन् २०१५ मा पत्राचार गरेको पुष्टि भएसँगै नेपाली सेना समेत विवादमा तानिएको छ । सेनाले बुधबार मात्र यसको कडा खण्डन गरेको थियो । तर, बिहीबार भने सन् २०१५ अक्टोबर २७ मा (२०७२ कात्तिक १०) तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले नेपालस्थित अमेरिकी राजदूत अलाइना बी तेप्लिजलाई पत्र लेख्दै नेपाल सरकारका तर्फबाट आधिकारिक रुपमा नेशनल गार्ड स्टेट पार्टनरसिप प्रोग्राम (एनजीएसएसपी) सहभागी हुन अनुरोध गरेको पत्र सार्वजनिक भएको छ ।

    त्यसबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए । ओली २०७२ असोज २५ गते पहिलो कार्यकालमा प्रधानमन्त्री नियुक्त भएका थिए । त्यसबेला रक्षा मन्त्रालय समेत ओलीको जिम्ममा थियो । बुधबार अमेरिकी दूतावासले पत्रकारहरुसँगको कुराकानीमा नेपालले सन् २०१५ र सन् २०१७ मा एसपीपीमा सहभागी हुन पत्राचार गरेको र सन् २०१९ मा अमेरिकाले स्वीकार गरेको प्रष्टीकरण दिएको थियो । उता, एमालले समेत आफ्नो पालामा कुनै पत्राचार नभएको बताइरहेको थियो ।

  • १ अर्ब भन्दा बढी मूल्य पर्ने लागु औषधसहित काठमाडौंबाट ७ अफ्रिकन महिला पक्राउ

    १ अर्ब भन्दा बढी मूल्य पर्ने लागु औषधसहित काठमाडौंबाट ७ अफ्रिकन महिला पक्राउ

    काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित सात अफ्रिकन महिलालाई पक्राउ गरेको छ । बिहीवार पत्रकार सम्मेलन गर्दै गएको जेठ २६ देखि ३१ गते एक हप्ताको अवधिमा ५१ किलो सेतो हेरोइनसहित सात जना अफ्रिकी महिलालाई पक्राउ गरेको जानकारी गराएको हो । लागुऔषध नियन्त्रण ब्युरो कार्यालय प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार नेपाललाई ट्रान्जिट बनाएर भारत लगायतका देशमा कारोबार गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी लागुऔषध कारोबार गर्नेहरू पक्राउ परेका हुन् ।

    उनका अनुसार विगतमा पनि लागुऔषध कारोबारीहरू पक्राउ गरिएको आधारमा निगरानी राख्दै जाँदा ५१ केजी हेरोइन फेला परेको हो । उनका अनुसार बरामद गरिएको ५१ केजी हेरोइन अहिलको बजार मूल्यअनुसार एक अर्ब दुई करोड रुपैयाँ बराबार हुन आउँछ । पक्राउ परेकाहरु विभिन्न मितिमा फ्लाई दुबईको विमानबाट नेपाल आएका थिए । प्रहरीले यो समूहलाई नियन्त्रणमा लिन त्रिभुवन विमानस्थल र ठमेल क्षेत्रमा सक्रियता बढाएर सात दिनभित्रमा सफल भएको हो । पक्राउ परेकाहरू मध्ये दुई जना नेपाल आउजाउ गरिरहने गरेका र पाँच जना पहिलो पटक नेपाल आएको अनुसन्धानबाट पत्ता लागेको छ ।

  • रोकियो शेयर बजारको यात्रा, कारोबार रकममा गिरावट

    रोकियो शेयर बजारको यात्रा, कारोबार रकममा गिरावट

    काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । केही सातादेखि ओरालो लागेको बजारमा विहीवार न्यून अंकको सुधार आएको हो ।

    विहीवार बजार मापक सूचक नेप्से १२.५७ अंकले बढेर १९७८.९४ विन्दुमा पुगेको हो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२१ कम्पनीको १ अर्ब १८ करोड ७१ लाख ४५ हजार ५१८ रुपैयाँ बराबरको ३५ लाख ९४ हजार ५९४ कित्ता शेयर किनबेच भएका छन् ।

    अघिल्लो दिनको तुलनाममा कारोबार रकममा गिरावट आएको छ । बुधवार १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    लामो समय घटेको शेयर बजार बढेसँग लगानीकर्ता अलमलमा परेपछि आजको कारवार घटेको छ ।

    कारोबारमा आएका १३ वटा उपसमूहमध्ये जीवन बीमा र लगानी बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । त्यस्तै, अन्य समूह सबैभन्दा धेरै २.८१ प्रतिशतले बढेको छ ।

    दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आँधिखोला लघुवित्तको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने रिभर फल्स पावर र सामुदायिक लघुवित्तका शेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

    त्यसैगरी, किसान लघुवित्त ७.६९, एनसीसी बैंक ६.६५, लिबर्टी इनर्जी ५.२९, सपोर्ट माइक्रोफाइनान्स ५.०२, माछापुच्छे बैंक ४.०६, ओरेन्ट होटलको शेयर मूल्य ४.०२ प्रतिशतले बढेको छ ।

    आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १४ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

    त्यसैगरी, एनसीसी बैंकको १० करोड र सिभिल बैंकको साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

  • गगन थापालाई एमाले सांसदको प्रश्न : अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झुण्डिने?

    गगन थापालाई एमाले सांसदको प्रश्न : अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू झुण्डिने?

    काठमाडौं । नेकपा एमालेकी सांसद रेखा कुमारी झाले कांग्रेस महामन्त्री गगनकुमार थापालाई प्रश्न गरेकी छन्।

    अहिले अमेरिकी सेनाको आवतजावत बाक्लिएको र १० बुँदे मस्यौदा पठाएर अमेरिकी सेनालाई नेपालमा राख्ने अत्यन्तै दबाब आएको भन्दै एमाले सांसद झाले गगनलाई केन्द्रीत गरेर प्रश्न गरेकी हुन्।

    एमसीसी सदनबाट अनुमोदन गर्ने बेला कांग्रेस महामन्त्री थापाले अमेरिकी सेना आउँदैन, सेना आएमा आफूलाई नागरिकता छिनेर थानकोट कटाइयोस् भनेका थिए।

    सांसद गगन थापाले ‘अमेरिकी सेना आए चारपाटा मोडेर थानकोट कटाउनु, टुँडिखेलमा झुन्ड्याउनु भनेको’ भन्दै अमेरिकी सेना आए उसलाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू टुँडिखेलमा झुन्डिने ? भनी प्रश्न गरिन् ।

    ‘एसपीपीले नेपाली सेनाजस्तै अमेरिकी सेनालाई व्यवहार गर्नुपर्ने भनिएको छ । नेपालमा अमेरिकी सेना आउँदैन भनिएको थियो,’ उनले भनिन्, ‘यदि, आयो भने चारपाटा मोडेर थानकोट कटाउनु, टुँडिखेलमा झुन्ड्याउनु भनेर एकजना सत्तापक्षको सांसदले भन्नुभएको थियो । अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू टुँडिखेलमा झुन्डिने ?’

  • ‘एमालेलाई सिद्धयाउन खोजेका थिए, महासंग्रामको लडाइँ एमाले जितेर देखाइदियो’- केपी ओली

    ‘एमालेलाई सिद्धयाउन खोजेका थिए, महासंग्रामको लडाइँ एमाले जितेर देखाइदियो’- केपी ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सिद्धाउन खोज्नेहरुबाट जोगिएर यहाँसम्म आइपुगेको बताएका छन्।

    राष्ट्रियसभा गृहमा स्थानीय तहका जनप्रतिनिधिहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

    कार्यक्रममा ओलीले महासंग्राम जितेर आएको भन्दै जनप्रतिनिधिलाई बधाई दिए ।

    उनले चुनावका नाममा गरिएका अस्वस्थ र अलोकतान्त्रिक गतिविधिसँग पनि लडेर आएका कारण एमालेका जनप्रतिनिधिले महासंग्राम लडेको बताए ।

    ओलीले एमाले बाहेक अरुसँग विकासको कुनै योजना नरहेको आरोप लगाएका छन् ।

    उनले आफूहरुको अस्तित्व मेटाउन खोजिए पनि तानाशाहीहरुविरुद्ध एमालेले बलियोसँग डटेर उभिन सकेको बताए।

    ‘हाम्रो अस्तित्व मेटाउन खोजिएको थियो। तर आज पनि देशको प्रमुख राजनीतिक शक्ति हौँ’, उनले भने, ‘गठबन्धनका नाममा बनेको तानाशाहविरुद्ध हामीले बलियो प्रतिरोध गर्यौँ। राज्य शक्ति लगाएर, पैसा बाँडेर मतदाता रिझाउन खोजे पनि त्यसलाई हामीले पराजित गरेका छौँ।’

    उनले स्थानीय तह निर्वाचनमा एमालेले जीवन मरणको लडाइँ लडेको जिकिर गर्दै विपक्षीले अस्तित्व मेटाउन खोज्दा पनि प्रमुख दलबाट हटाउन नसकेको जिकिर गरे।

    ‘हाम्रो पार्टीले जीवन मरणको लडाइँ लड्यो। यो सामान्य लडाइँ थिएन। अस्तित्व मेटाउन खोज्दा पनि आज देशको प्रमुख दल हौँ,’ अध्यक्ष ओलीले भने, ‘एमालेबाहेक अरु दलसँग कुनै देश विकासको भिजन छैन।’

  • बिहीबार पनि विभिन्न स्थानमा वर्षातको सम्भावना

    बिहीबार पनि विभिन्न स्थानमा वर्षातको सम्भावना

    काठमाडौं । बिहीबार समेत मुलुकका विभिन्न स्थानमा वर्षात हुने भएकोछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा भारी वर्षाको आँकलन पनि गरिएको छ ।

    ती प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहाव र खहरे खोलामा बाढीको चेतावनी पनि दिइएको छ । आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही तथा मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेश र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

  • दुबई पठाउछु भनी ठगी गर्ने एक जना पक्राउ

    दुबई पठाउछु भनी ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं । दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबईको प्रतिष्ठित कम्पनीमा आर्म्स गार्डको काम लगाइदिन्छु भनी सात लाख रूपैयाँ ठगी गर्ने मुगु खत्याड गाउँपालिका घर भई काठमाडौंको मूलपानी बस्ने ३१ वर्षीय निराजन कार्कीलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।

    काठमाडौंको सिफलस्थित भिजन मल्टिपर्पोज प्रालिका सञ्चालकसमेत रहेका कार्कीले दुबईको आर्म्स गार्डमा एक लाखसम्म मासिक तलब हुन्छ भनी पीडितसँग सात लाख ठगी गरेकाले निवेदनका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

  • एमालले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

    एमालले स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

    काठमाडौं । नेकपा एमालेले पार्टीबाट स्थानीय तहमा निर्वाचति भएका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षलाई प्रशिक्षण दिन लागेको छ । एमाले सचिवालय बैठकले जनप्रतिनिधिलाई प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार बिहीबार र शुक्रबार जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ। बिहीबार बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुनेछ।

    अध्यक्ष केपी शर्मा ओलीले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नेछन्। त्यसपछि एमाले स्कुल विभागले जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम छ। प्रशिक्षणमा सहभागी हुन एमालेबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिहरू काठमाडौं आइसकेका छन्। एमालेले चुनाव भएका ७५२ मध्ये २०५ पालिकामा प्रमुख जितेको छ । यसअघि यस्तो कार्यक्रम माओवादी केन्द्रले गरेको थियो ।

  • एसपीपीबारे नेपाली सेनाले दियो स्पष्टीकरण

    एसपीपीबारे नेपाली सेनाले दियो स्पष्टीकरण

    काठमाडौं । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै सम्झौता नगरेको स्पष्ट पारेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति निकालेर एसपीपीसम्बन्धी सञ्चार माध्यममा आएका समाचारमा आफ्नो ध्यानाकर्षण भएको बताएको छ । एसपीपी सम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सेना वा सरकारसँग नगरेको र त्यस्तो सम्झौता गर्नेतर्फ कुनै प्रक्रियासमेत नभएको सेनाको दाबी छ ।

    नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू–राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकुल असर गर्ने गरी कुनै पनि सैनिक समझदारी भविश्यमा कोही कसैसँग पनि गर्न नहुनेमा सेना सदैव स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ ।

  • देशभर २५ जना नयाँ संक्रमित थपिए, १५ जना संक्रमण मुक्त

    देशभर २५ जना नयाँ संक्रमित थपिए, १५ जना संक्रमण मुक्त

    काठमाडौं । देशभर पछिल्लो समय ३ हजार ९ सय ५ जनाको कोरोना परीक्षण गर्दा थप २५ जनामा नयाँ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ जना कोरोना मुक्त भएका छन्।

    यो समयमा कोरोना संक्रमणबाट मृत्यु हुनको संख्या शून्य छ। हाल ९७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

    कोरोना संक्रमणबाट ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

  • ओलीले माधव नेपालको नाम लिएर कुल्ला गर्दा खाँटी एमाले कार्यकर्ताले बान्ता नगरे, त्यसको योग्यता पुष्टि हुँदैन : घनश्याम भुसाल

    ओलीले माधव नेपालको नाम लिएर कुल्ला गर्दा खाँटी एमाले कार्यकर्ताले बान्ता नगरे, त्यसको योग्यता पुष्टि हुँदैन : घनश्याम भुसाल

    काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीमाथि व्यंग्य गरेका छन् । ‘कम्युनिस्ट आन्दोलन स् संकट र अबको बाटोु शीर्षकको अन्तरक्रिया कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै भुसालले ओलीमाथि व्यंग्य गरेका हुन् ।

    ‘ओलीले माधव नेपालको नाम लिएर कुल्ला गर्नुभयो भने एमालेका खास खास कार्यकर्तालाई बान्ता नगरि सुखै छैन। कमरेडले कुल्ला गर्नुहुन्छ‚ कार्यकर्ताले बान्ता गर्नुपर्छ। चाहेर नचाहरेर पनि हाम्रो योग्यता यसमा देखिन्छ। हामीले यो समाजलाई कता लैजाँदैछौँ त्यही देखिन्छ।’

    उनले ओलीलाई मात्र नभएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि कटाक्ष गरेका छन्।

    भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दुई पटकसम्म गरिएको संसद विघटनको निर्णय क्षम्य हुन नसक्ने बताए ।

    ‘नेकपा मिल्दा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री र अध्यक्ष आधा आधा समय बाँडफाँटको सहमति दुई वर्षसम्म गोप्य राखे’, उनले भने, ‘जुवा खेलेर यिनीहरुले गाउँभरी हल्ला गर्दै हिँडे। सहमतिको पोल खुलेपछि समस्या भयो।’

    उनले नेकपाकालमा ओलीले बैठक नबोलाएपछि प्रचण्ड र माधव नेपालले अविश्वास प्रस्ताव राखेको टिप्पणी गरे।

    ‘ओलीले पार्टी बैठक नबोलाएपछि प्रचण्ड र माधवले अविश्वासको प्रस्ताव अघि सारे। उनीहरुले पनि प्रक्रियासम्मत अविश्वास राख्नुपर्थ्यो’, उनले भने, ‘एउटाले बैठक बोलाउँदैन, अर्काले सही गर्दै हिँड्छ। दुईजनाको गोप्य सम्झौताको पोल खुलेपछि संसद विघटन गरियो। यो क्षम्य हुने कुरा होइन।’

  • ‘एसपीपी सम्झौताबारे कसको पालामा,कहाँबाट आयो ? प्रधानमन्त्रीबाट जवाफ चाँहियो’

    ‘एसपीपी सम्झौताबारे कसको पालामा,कहाँबाट आयो ? प्रधानमन्त्रीबाट जवाफ चाँहियो’

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अमेरिकाको एसपीपी सम्झौताबारे सरकारसँग जवाफ माग गरेका छन् ।

    बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद् थापाले नेपाल कुनै पनि सैन्य साझेदारीमा सहभागी हुन नसक्ने दाबी गर्दै एसपीपी प्रस्तावबारे प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्‌मा आएर जवाफ दिन सभामुखसँग माग गरेका हुन् ।

    ‘नेपाली सेना संलग्न हुने कुनै पनि सम्झौता गर्नुहुँदैन । चाहे त्यो छिमेकी मुलुक होस् वा शक्ति तथा मित्र राष्ट्रसँग पनि सेना साझेदार गर्न मिल्दैन । नेपाली कांग्रेस यस्ता प्रकृतिको सम्झौतामा सहभागी हुन सक्दैन।’, उनले भने, ‘प्रधानमन्त्रीले आजैको संसद्‌मा आएर जवाफ दिन सभामुखसँग माग गर्दछु।’

    ‘प्रमुख प्रतिपक्षीको तर्फबाट एसपीपी सम्झौताको बारेमा गम्भिर विषयहरू उठे,’ उनले भने, ‘यो विषय सरकारसँग सम्बन्धित छ । संसदमा यत्तिको विषय उठिसकेपछि रक्षा मन्त्रालयको जिम्मेवारी पनि समहाल्नु भएको प्रधानमन्त्रीले स्वयं संसदमा उभिएर तत्काल यसकोबारेमा आफ्नो धारणा राख्नुपर्छ । यो सम्झौता के हो ? कसको पालामा सुरु भयो ? कहाँबाट आयो ?’

    उनले समचार विभिन्न कुराहरू आइरहेकाले यसबारले सरकारले स्पष्ट पार्नुपर्ने भनाइ राखे । ‘हामी बाहिर छापाहरूमा पढिरहेका छौँ, यो दशबुँदा,’ उनले भने, ‘एउटा पक्ष भन्छ यो असत्य हो, यस्तो कुनै बुँदै छैन । सेनाका प्रवक्ता भन्नुहुन्छ यसका बारेमा आजसम्म हामीले थाहा पाएका छैनौँ ।

  • स्वतन्त्र चुनावी सरकार गठन गर्न राजेन्द्र लिङ्देनको माग

    स्वतन्त्र चुनावी सरकार गठन गर्न राजेन्द्र लिङ्देनको माग

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले स्वतन्त्र चुनावी सरकारको गठन गर्न माग गरेका छन् ।

    आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लिङ्देनले आगामी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनका लागि स्वतन्त्र चुनावी सरकारको गठन गर्नुपर्ने माग गरेका हुन् ।

    साथै उनले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मिति तत्काल तोक्न सरकार समक्ष माग गरे ।

    ‘हामी यो कार्यकालको अन्तिमतिर छौं । अबको केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ । सरकराले आम निर्वाचनको मिति घोषणा गरोस् । यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी माग गर्छ,’ उनले भने ।

  • ‘२० वर्षे प्रावधानले अपराध बढायो, विवाह गर्ने उमेर घटाऔं’

    ‘२० वर्षे प्रावधानले अपराध बढायो, विवाह गर्ने उमेर घटाऔं’

    काठमाडौं । सरकारले विवाह गर्ने उमेर परिवर्तनका लागि अध्ययन सुरु गरिसकेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले बताएका छन्।

    प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले विवाह गर्ने २० वर्षे प्रावधानले अपराध बढाएको र त्यसमा आफू पनि असहमत रहेको बताका हुन् ।

    कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले विवाह सम्बन्धमा गरेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘१६ वर्षमा नागरिकता पाउँछ, १८ वर्षमा भोट हाल्छ तर विहे गर्न २० वर्ष कुर्नुपर्छ।’

    विवाहका लागि २० वर्ष उमेर कुर्नुपर्ने कुनै पनि तरिकाले स्ट्यान्डर्ड नदेखिएको बरु बालविवाहमा सजाइ भोग्नुपरेको उनले बताए।

    ‘ब्यक्तिगत रुपमा के अनुरोध गर्न चाहन्छु भने विवाह गर्न २० वर्ष उमेर कुर्नुपर्ने अवस्था कुनै पनि तरिकाले स्ट्यान्डर्ड देखाउँदैन,’ उनले भने, ‘बरु अपराध बढाउने काम भइरहेको छ। बाल विवाहमा सजाय भइरहेको छ। यसमा रिभ्यु गर्नुपर्छ। कानुन मन्त्रालालये रिभ्युको प्रसोस थालिसकेको छ।’

    विद्यमान मुलुकी अपराध संहिताको परिच्छेद ११ को दफा १७३ मा महिला–पुरुष दुबैले २० वर्ष नपुगी गर्ने विवाह बाल विवाह मानिने उल्लेख छ ।

    २० वर्ष नपुगी बिहे गर्ने गराउनेलाई तीन वर्षसम्म कैद र तीन हजार रुपैयाँसम्म सजायँ हुने विद्यमान कानूनमा व्यवस्था छ । २० वर्षभन्दा कम उमेरमा गरेको विवाह बदर हुने अपराध संहितामा उल्लेख छ ।

  • सात वटा प्रदेश सरकारले आज बजेट ल्याउने, संघीय बजेट आजै पास गर्ने तयारी

    सात वटा प्रदेश सरकारले आज बजेट ल्याउने, संघीय बजेट आजै पास गर्ने तयारी

    काठमाडौं । सातवटै प्रदेशमा आज आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आउँदैछ । प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट सार्वजनिक गर्नुपर्छ । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । त्यसमा आधारित रहेर बजेट ल्याउन लागेका हुन् । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्नेछन् । प्रदेश सरकारले आआफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेका छन् ।

    जसमा कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छन् । आगामी आवमा प्रदेशमा समेत निर्वाचन हुँदैछ । सोहकिारण प्रदेश सरकारको समेत प्राथमिकतामा निर्वाचन हुने छ । यसले बजेट छरिएर आउने छ । लोकप्रिय कार्यक्रममा बढी बजेट आउनेछ । सबै प्रदेशले करीव ७ खर्ब हाराहारीकोबजेट ल्याउने छन् । यता, संघीय सरकारको बजेट भने आज पास गर्ने तयारी छ । संसदमा सम्बन्धित मन्त्रीले बजेटबारे जानकारी दिएसँगै बुधबार नै बजेट पास गर्ने सम्भावना छ । यो बजेट १ साउनबाट कार्यान्वयनमा आउनेछ ।

  • आज पनि उपत्यका र आसपासको क्षेत्रमा भारी वर्षा, नदीहरुमा बढ्यो बहाव

    आज पनि उपत्यका र आसपासको क्षेत्रमा भारी वर्षा, नदीहरुमा बढ्यो बहाव

    काठमाडौं । काठमाडौं उपत्यका र यस आसपासका जिल्लामा आज पनि भारी वर्षा भएको छ । काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुली, गोरखा र आसपासको क्षेत्रमा राती मेघ गर्जनसहित ठूलो पानी परेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी सूचना केन्द्रले सूचना निकाल्दै सतर्क रहन भनेको छ । बागमतीका सहायक नदी मनोहरा, हनुमन्ते, विष्णुमती लगायतको बहाव सतर्कता नजिक पुगेपछि केन्द्रले सूचना निकालेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार ललितपुरको खोकनामा जलसतहले सतर्कताको तह पारेको र बढ्दो क्रममा रहेको जनाएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार मकवानपुरको भोर्लेनी स्टेसनमा पनि भारी वर्षा मापन भएको छ । त्यहाँको वर्षा खतराको तहसम्म पुगेको बाढी पूर्वसूचना केन्द्रले जनाएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ ।

    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको पनि सम्भावना छ । उक्त प्रदेशहरूका पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध पनि गरेको छ।

  • बुधबारबाट मतदाता नामावली संकलन थालिने

    बुधबारबाट मतदाता नामावली संकलन थालिने

    काठमाडौं । निर्वाचन आयोगले असार १ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने भएको छ । मङ्गलबार आयोगले पत्रकार सम्मेलत गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गते बुधबारदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने जनाएको हो । मतदाता नामावली सङ्कलन सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवम् ७३ वटा ईलाका प्रशासन कार्यालयबाट हुने आयोगले जनाएको छ ।

    यसैगरी, पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने पनि आयोगले जनाएको छ । मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी ९निर्वाचन अधिकारी० ले आवश्यक निर्णय गरी त्रुटि सच्याइने छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनको लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारीले छानविन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गरिने छ । कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने ।

    निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदन उपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाण समेत स्क्यान गरी पठाउने र कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलवाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिने छ ।

    आयोगका अनुसार दोहोरो दर्ता नहुनेतर्फ सचेत हुदै नाम दर्ता गर्ने व्यवस्था मिलाइने भएको छ । कुनै मतदाताले दोहोरो नाम परेको भनी हटाउन निवेदन दिएमा जिल्लाभित्रको दोहोरो नाम नाम दर्ता अधिकारीले रूजू गरी अघिल्लो दर्तालाई हटाइ पछिल्लो पटक दर्ता भएको नाम मतदाता नामावलीमा कायम गरिदिने तथा फरक जिल्लाको हकमा आयोगमा लेखी पठाइने छ ।

    फोटो सहितको मतदाता नामावली सङ्कलन भए बमोजिम आयोगबाट वितरण भएको मतदाता परिचय पत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको भए त्यस्तो व्यक्तिको नाम दर्ता गरिने छ ।

  • यस वर्ष मनसुनबाट २० लाख मानिस प्रभावित हुने आंकलन

    यस वर्ष मनसुनबाट २० लाख मानिस प्रभावित हुने आंकलन

    काठमाडौं । मनसुन भित्रिएपछि देशभरबाट विभिन्न घटना सार्वजनिक हुन थालेका छन् । सो क्रममा सरकारले यस वर्ष २० लाख मानिस मनसुनका कारण प्रभावित हुन सक्ने पुर्वानुमान गरेको छ । बाढीपहिरो, र डुबानमा यस्तो पुर्वानुमान गरिएको हो । यस वर्ष औसतभन्दा बढी वर्षा हुने र त्यसबाट २० लाख जनसङ्ख्या र चार लाख २१ हजार घरधुरी प्रभावित हुने पूर्वानुमान गरिएको छ । यस सन्दर्भमा मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारले पूर्वतयारी गरेको छ ।

    सम्भावित बाढीपहिरो तथा डुबानबाट जनधनको क्षति कम गर्न सरकारले ७७ वटै जिल्लामा विशेष सतर्कतासहित पूर्वतयारीमा जुटेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार गृह मन्त्रालयमा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ पारित गरेको छ ।

    मनसुनजन्य विपत्का घटनाबाट हुनसक्ने क्षति कम गर्न भइरहेको पूर्वतयारीबारे समीक्षा पनि बैठकले गरेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको सो कार्ययोजनामा अघिल्लो वर्ष बाढीपहिरो तथा डुबानको क्षति तथा अघिल्ला १० वर्षको मनसुनको अवस्थालाई विश्लेषण गरी कार्ययोजना तयार गरेको छ ।

    कार्ययोजनामा १४ वटा विभिन्न सरोकारवाला निकायसहित तीनवटा सुरक्षा निकायको जिम्मेवारी तोकिएको छ । स्थानीय तह, जिल्ला तथा प्रदेश तहमा रहेका विपत् व्यवस्थापन समिति अपनाएको पूर्वतयारी, जनशक्तिको अवस्था एवं साधनस्रोतको विवरणसहितको विस्तृत कार्ययोजना गृह मन्त्रालयमा पेस गर्न परिपत्र गरिएको छ ।

  • बुधबारबाट कार्यालय समय परिवर्तन, यस्तो हुनेछ नयाँ प्रावधान

    बुधबारबाट कार्यालय समय परिवर्तन, यस्तो हुनेछ नयाँ प्रावधान

    काठमाडौं । सरकारले परीक्षणका लागि सुरु गरेको दुई दिने सार्वजनिक बिदा खारेज गरेपछि बुधबारबाट नयाँ कार्यालय समय कार्यान्वयनमा आउने भएको छ । भोलि असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण भएको हो । गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको जनाएको छ । जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो।

    अब नेपाल राज्यभरका सवै सरकारी कार्यालयमा आतबारदेखि बिहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १० देखि अपरान्ह ५ बजेसम्म कायम हुने छ। यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुने छ। शुक्रबारको दिन कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ।

  • कमल थापा अध्यक्ष हुँदा राप्रपा छाडेका उद्धव पौडेल र चन्द्र गुरुङ पार्टीमा फर्किए

    कमल थापा अध्यक्ष हुँदा राप्रपा छाडेका उद्धव पौडेल र चन्द्र गुरुङ पार्टीमा फर्किए

    काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल परित्याग गरेका उद्धव पौडेल र चन्द्रबहादुर गुरूङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मै फर्किएका छन्। उनीहरूले यही वैशाखमा राप्रपा नेपाल परित्याग गरेका थिए। उनीहरूलाई सोमबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरे । राप्रपाको महाधिवेशनमा लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल पार्टी गठन गर्दा पौडेल र गुरूङले साथ दिएका थिए।

    राप्रपा नेपालमा पौडेल उपाध्यक्ष र गुरूङ कोषाध्यक्ष थिए। उनीहरूले केही समयअघि राप्रपा नेपालका अध्यक्ष थापालाई साधारण सदस्य पनि नरहने गरी राजीनामा बुझाएका थिए। पौडेल र गुरूङलाई राप्रपाले कुन जिम्मेवारी दिन्छ भन्ने खुलिसकेको छैन।

  • कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउने प्रयास भइरहेको सरकारको स्पष्टीकरण

    कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउने प्रयास भइरहेको सरकारको स्पष्टीकरण

    काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउन प्रयास भइरहेको स्पष्ट पारेकी छिन् । उनले नेपालको आधिकारिक क्षेत्रफल घोषणा बारेमा मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको समेत जानकारी दिइन् ।

    संसदमा बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले आवश्यक प्रक्रिया पूरा गरी क्षेत्रफल घोषणा गरिने बताइन् । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भोगचलनमा ल्याउन सरकारी निकायले वार्ता र कूटनीतिका माध्यमबाट आवश्यक पहल गरिरहेको उल्लेख गर्दै शंका नगर्न पनि उनले आग्रह गरेकी छिन् ।

    उनले भनिन्, ‘ती भूभाग निसन्देहस् नेपाली भूमि हो भन्ने विषयमा नेपाल सरकार दृढ र विश्वस्त छ । ती स्थानहरू नेपालको भोगचलनमा ल्याउन सरकारको सक्षम निकायले वार्ता र कूटनीतिका माध्यमबाट आवश्यक पहल गरिरहेकै छ ।’ सरकारले २०७७ साल जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो ।


    नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।

  • जिसस कैलालीको निर्वाचनमा गठबन्धनतर्फ लागे गाेपाल हमाल

    जिसस कैलालीको निर्वाचनमा गठबन्धनतर्फ लागे गाेपाल हमाल

    काठमाडौं । जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा निर्णायक मानिएका धनगढी उप महानगरपालिका मेयर गोपाल हमालले कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनबाट उम्मेदवार बनेकालाई भोट हालेका छन् ।

    जिल्ला समन्वय समितिका नेतृत्वका लागि कैलालीमा शत्तारुढ तीन दलको गठबन्धन र नागरिक उन्मुक्ति पार्टी तथा एमालेको गठबन्धन बनेको थियो ।

    सत्तारुढ गठबन्धनतर्फ मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय निलम्बनमा परेपछि दुवै गठबन्धनको मतभार १२-१२ थियो । यस्ताे अवस्थामा स्वतन्त्र उम्मेदवारी दिएर धनगढी उपमहानगरपालिकाको मेयर बनेका हमाल निर्णयक थिए ।

  • खुमलटार–बालकोट दुरी घट्दै,स्थानीय निर्वाचनमा धक्का खाएको एमाले नयाँ विकल्पको खोजीमा

    खुमलटार–बालकोट दुरी घट्दै,स्थानीय निर्वाचनमा धक्का खाएको एमाले नयाँ विकल्पको खोजीमा

    काठमाडौं । प्रदेश र संघीय तहको निर्वाचनको चर्चा चल्दै गर्दा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फेरि नजिकिन थालेका छन् । लामो समयसम्म संवादहिनतामा रहेका दुई दल आइतबार साँझ संवादमा जुटेका हुन् ।

    आइतबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता नारायणकाजी श्रेष्ठबीच झण्डै २ घण्टासम्म छलफल भएको बुझिएको छ । ओली निवास बालकोटमा नेताहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको थियो ।

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको छलफल पछि नेता श्रेष्ठ ओलीसँग छलफलका लागि पुगेका थिए । ओली र श्रेष्ठबीच भेटवार्ता हुनुपूर्व शनिबार एमाले सचिव प्रदीप ज्ञवाली र माओवादी नेता वर्षमान पुन छलफलमा जुटेका थिए ।

    स्थानीय तहको निर्वाचनमा नराम्रोसँग धक्का खाएको एमाले नयाँ विकल्पको खोजीमा छ । पाँच दलीय गठबन्धनलाई निर्वाचनसम्म लान दिन नहुने एमालेको निष्कर्ष छ । सोही अनुसार माओवादी केन्द्रसँग छलफल बढाएको बुझिएको छ ।

  • कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको कोटेश्वरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गतराति ना ५ ख २९ १९ नम्बरको ट्रकको ठक्करबाट बा ७१ प ३०५४ नम्बरको मोटरसाइकलको पछाडि बस्ने पाँचथरको मिक्लाजुङ ५ घर भइ काँडाघारी बस्ने ३४ वर्षकी सम्झना राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

    उनको शिक्षण अस्पताल महाराजगञ्जमा राति सवा १० बजे ज्यान गएको हो । दुर्घटना पौने १० बजे भएको थियो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको जानकारी गराएको छ । रातको समयमा अत्यधिक गतिमा गुड्ने ट्रक र टिपरका कारण धेरैले अकालमा ज्यान गुमाइरहेका छन् । तर, यसको नियन्त्रणमा प्रहरीले कुनै तदारुकता देखाउन सकेको छैन ।

  • मुलुकका अधिकांश स्थानमा वर्षा हुँदै

    मुलुकका अधिकांश स्थानमा वर्षा हुँदै

    काठमाडौं । सोमबार सुदूरपश्चिमबाहेक देशका अधिकांश स्थानमा हल्का देखि मध्यम खालको वर्षा हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा मधेश प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू भागका थोरै स्थानमा मेघ गर्जन÷चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । अहिले नेपालको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

    प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ। प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। राति प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशका भूभागहरूमा आंशिक देखि मौसम सामान्यतया सफा रहनेछ।

  • एमाले सचिवालय बैठक आज, स्थानीय तह निर्वाचनको समिक्षा गर्ने

    एमाले सचिवालय बैठक आज, स्थानीय तह निर्वाचनको समिक्षा गर्ने

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बोलाइएको छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल गर्ने तयारीमा नेकपा एमाले जुटेको छ ।

    सोमबार बस्ने सचिवालय बैठकको एजेण्डा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले निर्धारण गरेको छ । स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार २ र ३ गते प्रशिक्षण दिइने भएको छ । यस्तो काम यसअघि माओवादी केन्द्रले गरिसकेको छ ।

  • एमाले सचिवालय बैठकमा घनश्याम भुसाललाई कारवाही गर्ने एजेण्डा नै परेन

    एमाले सचिवालय बैठकमा घनश्याम भुसाललाई कारवाही गर्ने एजेण्डा नै परेन

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेन्डा तय गरेको छ। सचिवालय बैठक सोमबार दिउँसो १ बजे च्यासलमा बस्दैछ। केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको हो ।

    एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट बैठकमा पेस गरिने छ । आइतबारको केन्द्रीय कार्यालय बैठकमा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न अनुशासन आयोगले गरेको सिफारिसबारे भने छलफल नै नभएको नेताहरुले बताएका छन् । आइतबार एजेण्डमै नपरेपछि बैठकमा सो बारे छलफल हुने सम्भावना समेत कम रहेको बताइएको छ ।

  • तनहुँमा माछा मार्न पुगेका दुई युवाको खोलाले बगाएर मृत्यु

    तनहुँमा माछा मार्न पुगेका दुई युवाको खोलाले बगाएर मृत्यु

    तनहुँ । जिल्लास्थित चुँदी खोलाले बगाएर भानुका दुई युवाको ज्यान गएको छ । माछा मार्नका लागि भानु २ र ५ को संगमस्थल बांगेरहस्थित चुँदी खोला पुगेका भानु २ का २२ वर्षका सागर गुरुङ र ३५ वर्षका धनबहादुर गुरुङको ज्यान गएको तनहुँ प्रहरीका डिएसपी युवराज खडकालाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।

    दिउँसो साढे ४ बजेतिर माछा मार्न गएका उनीहरु मृत भेटिएका खडकाले जानकारी दिए । उनीहरुको शव पोस्टमटको लागि दमौली अस्पतालमा लगिएको छ ।

  • लगनगाँठो कस्ने तयारीमा गायिका इन्दिरा जोशी

    लगनगाँठो कस्ने तयारीमा गायिका इन्दिरा जोशी

    काठमाडौं । गायिका इन्दिरा जोशी विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनले प्रेमी शरद् केडियासँग आगामी मंगलबार विवाह गर्न लागेकी हुन् । उनले आइतबार एक सन्देश जारी गर्दै भनेकी छिन्, ‘भगवान र हाम्रो परिवारको आशिर्वादसहित हाम्रो बिहेको खबर सुनाउन पाउँदा हामीलाई हर्षानुभूति भएको छ ।’

    इन्दिराले अगाडी लेख्छिन्, ‘हामीप्रति शुभेच्छा राख्नुहुने सबैप्रति आभार व्यक्त गर्दछौं, आशा छ आगामी जीवन अहिले भन्दा झनै सुन्दर हुनेछ ।’ तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले एक वर्षअघि सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । शरद् फेसन डिजाइनर हुन् ।