शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

काठमाडौं । शनिबार यता नेपालमा कोरोना संक्रमित फेला परेनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना अतिप्रभावित क्षेत्रबाट प्राप्त कूल ६६ वटा नतिजा परिक्षण भएको थियो । तर, सबै परिक्षण नेगेटिभ आएको छ । सरकारले सातवटै प्रदेशमा र्‍यापिड डाइगोनिस्टिक किटबाट कोरोनाको परीक्षणको तयारी समेत गरेको छ । लकडाउन गरिरहेको सरकारले परिक्षण समेत… Continue reading शनिबार यता नेपालमा थपिएनन् कोरोना संक्रमित, सुदुरपश्चिमबाट आउन थाल्यो रिपोर्ट

अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त चिकित्सकलाई समेत सेवामा खटाउने भएको छ । यसबाहेक सरकारी छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालनको योजना बनाएको छ । सरकारले पारिश्रमिक लिएर वा स्वयंसेवी रुपमा केही अवधिका लागि उनीहरुको सेवा लिने तयारी गरिएको हो । यसका लागि सार्वजनिक आह्वान गर्न लागिएको  छ । सरकारले निजी स्वास्थ्य… Continue reading अवकास प्राप्त चिकित्सकलाई पनि सेवामा खटाउने तयारी

कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

काठमाडौं । नेपाली कांग्रेसका १० नेताले सांसद विकास कोष र पूर्वपदाधिकारीको सुविधा कटौती गरी कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लगाउन सुझाव दिएका छन् । उनीहरुले बिहीबार एक विज्ञप्ति जारी गरी यस्तो सुझाव दिएका हुन् । अहिले सरकारले खर्च कटौती गरी रकमको जोहो गर्न खोजिरहेको छ । संकटको समयमा खर्च कटौतीका लागि सांसद विकास कोषको रकम… Continue reading कांग्रेसका १० नेताको सुझाव, सांसद विकास कोषको रकम कोरोना रोकथाममा लगाउ

सरकारको आलोकाँचो निर्णयले जनता अन्यौलमा, यातायात खुलाउने निर्णय डेढ घण्टामै फिर्ता

काठमाडौं । बिहीबार अपरान्ह सरकारले एक निर्णय गर्यो । निर्णय अनुसार काठमाडौंबाट उपत्यका छाड्ने चाहनेका लागि शुक्रबार र शनिबार सार्वजनिक यातायात खुला गर्ने । काठमाडौं लकडाउनका कारण अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय कोभिड १९ सम्बन्धी उच्चस्तरीय संयन्त्रबाट भयो । तर, यो निर्णय करीव डेढ घण्टा मात्र टिक्यो । सरकारको यो निर्णयलाई प्रदेश सरकारहरुले… Continue reading सरकारको आलोकाँचो निर्णयले जनता अन्यौलमा, यातायात खुलाउने निर्णय डेढ घण्टामै फिर्ता

बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

मनामा । बहराइनमा रहेक नेपालीमाथि कोरोनाको संक्रमण बढेको छ । यस मुलुकमा मात्र कोरोना भाइरस संक्रमित नेपालीहरुको संख्या २२ पुगेको हो । बुधबार थप १० जनामा संक्रमण पुष्टि भएको मनामास्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । यसअघि सल्माबादस्थित एक क्याम्पमा एक जना विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत चार सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो… Continue reading बहराइनमा नेपालीमाथि बढ्दो संक्रमण, २२ जनामा पुग्यो कोरोना संक्रमण

कोरोना संक्रमित १५ लाख नाघे, अमेरिकामा एकै दिन १९ सयको मृत्यु

काठमाडौं । कोरोना भाइरसको इपिसेन्टर अमेरिकामा यस भाइरसको कहर जारी रहेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणकै कारण १९ सय मानिसले ज्यान गएको छ । २४ घण्टामा अमेरिकामा १८ सय ९७ मानिसको ज्यान गएको बताइएको छ । यहाँ एक दिनमै थप २९ हजार ९ सय ३६… Continue reading कोरोना संक्रमित १५ लाख नाघे, अमेरिकामा एकै दिन १९ सयको मृत्यु

अवैतनिक वाणिज्यदूतको कूटनीतिक सुविधा खोसियो

काठमाडौं । अवैतनिक वाणिज्यदूतले कुटनीतिक सुविधाअन्तर्गत सवारीमा नीलो नम्बर प्लेट लगाउन पाउने सुविधा खोसिएको छ । यसअघि सुलभ अग्रवालले कालोबजारीको काममा कुटनीतिक सुविधाको सवारी साधन प्रयोग गरेका थिए । उनी पक्राउ परेका छन् । यस काण्डपछि परराष्ट्र मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयका अनुसार कुनै पनि अवैतनिक वाणिज्यदूतहरुले आफ्नो सवारीमा निलो नम्बर प्लेट… Continue reading अवैतनिक वाणिज्यदूतको कूटनीतिक सुविधा खोसियो

प्रधानमन्त्रीलाई गगन थापाका प्रश्नै-प्रश्न

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका करीव एक दर्जन प्रश्न सामाजिक संजालबाट सार्वजनिक गरेका छन् । संसद स्थगित भएको अवस्थामा प्रधानमन्त्रीलाई सोध्नु पर्ने प्रश्नहरु आफुले सामाजिक संजालबाटै सोधेको उनको भनाई छ । प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको पत्रमा उनले कूल ११ प्रश्न सोधेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार… Continue reading प्रधानमन्त्रीलाई गगन थापाका प्रश्नै-प्रश्न

कोरोना संकटका बेला पनि सेवामा नखट्ने ५ डाक्टर निलम्बित

बुटवल । प्रदेश नं ५ सरकारको निर्देशनमा कोरोनाका बेला बिरामीको सेवामा नखटिने ५ डाक्टर निलम्बनमा परेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालमा करारमा नियुक्त भई काम गर्दै आएका पाँच जना चिकित्सक पछिल्लो डेढ सातायता अस्पतालमा अनुपस्थित थिए । उनीहरुबारे सूचना प्रदेश सरकारमा पुगेको थियो । सरकारले बर्खास्त गर्न सिफारिस गरेसँगै अस्पतालले उनीहरुलाई सेवाबाट निकालेको हो ।… Continue reading कोरोना संकटका बेला पनि सेवामा नखट्ने ५ डाक्टर निलम्बित

विश्वभर कोरोनाका कारण ८२ हजारको ज्यान गयो

काठमाडौं । कोभिड १९ को त्रास यूरोप र अमेरिकामा अझै बढ्दो क्रममा छ । यसको संक्रमणको उग्र रुप मंगलबार पनि देखियो । मंगलबार रातीसम्म विश्वभर मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । विश्व स्वास्थ्य संगठनका नुसार संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ पुगेको छ । ३ लाख १ सय ९८… Continue reading विश्वभर कोरोनाका कारण ८२ हजारको ज्यान गयो

१०९९ मा काम गर्नेले आयका आधारमा होइन सिधा साताको ६०० डलर मात्र पाउँछन् : सिपिए विराज रिजालको अन्तर्वार्ता

अमेरिकामा कोरोना भाइरस संक्रमण चर्किएसँगै बेरोजगारीदर ह्वात्तै बढेको छ । बढ्दो बेरोजगारीलाई सम्बोधन गर्न अमेरिकी संसदले अघिल्लो साता दुई हजार अर्ब डलरको राहत प्याकेज पारित गर्यो । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रमाणिकरण गरेसँगै उक्त प्याकेज कानून बनि सकेको छ । जस अन्तर्गत हरेक अमेरिकी करदाताले एक हजार दुई सय डलरको चेक पाउँदैछन् भने बेरोजगार हुनेले चार… Continue reading १०९९ मा काम गर्नेले आयका आधारमा होइन सिधा साताको ६०० डलर मात्र पाउँछन् : सिपिए विराज रिजालको अन्तर्वार्ता

कोरोना महामारीमा पनि ट्याक्सी चलाएका न्युयोर्क सहरका : एक चालकको पिडादायी कथा

कोरोनाको महामारी चर्कदै गर्दा न्युयोर्क सहरमा ट्याक्सी चालकको काम गर्दै आएका राउल रोमेरोलाई माक्स लगाएर ट्याक्सी चलाउने कामलाई निरन्तरता दिंदा कोरोनाबाट सुरक्षित हुन सकिन्छ भन्ने लाग्यो  । न्युयोर्कमा कोरोना संक्रमण फैलिन सुरु हुँदादेखि नै रोमेरोले न्युयोर्क सहरका सम्पूर्ण ट्याक्सी व्यवसायीको नियमनकारी संस्था “ट्याक्सी एण्ड लिमोजिन कमिसन” को प्रत्येक सुचना नछुटाई पढ्दै आएका थिए । अन्य… Continue reading कोरोना महामारीमा पनि ट्याक्सी चलाएका न्युयोर्क सहरका : एक चालकको पिडादायी कथा

विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चबाट सरकारलाई निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा समस्यामा परेका नेपालीलाई घर फर्काउन सरकारका नाममा आदेश दिएको छ । विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन सर्वोच्चले आदेश दिएको हो । न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेका र नेपाल फर्कन इच्छुक नागरिकलाई स्वदेश फर्कने वातावरण बनाउन सरकारका… Continue reading विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चबाट सरकारलाई निर्देशन

प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही साता नेपालले कठिन अवस्थाका सामना गर्नुपर्ने बताएका छन् । मंगलबार नेपाल टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समुदायमा कोरोनाको सन्त्रास नफैलियोस भन्नकै लागि लकडाउन लम्ब्याउनु परेको उल्लेख गरे । सरकारले आजबाट लकडाउन ८ दिन थपेको छ । सम्बोधनका क्रममा उनले आगामी दुई साता थप चुनौतीपूर्ण हुन… Continue reading प्रधानमन्त्रीको सन्देश : अझै केही साता कठिन समयबाट गुज्रनु पर्नेछ

अब काठमाडौंका ११ स्थानमा अस्थायी तरकारी बजार

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालन गर्ने भएको छ । कालिमाटी तरकारी बजारमा अधिक भिडभाड भएको र अन्य स्थानमा तरकारीको अभाव भएको भन्दै महानगरपालिकाले भोलीबाट अस्थायी तरकारी बजार सञ्चालनको योजना बनाएको हो । अहिले कालीमाटी र बल्खुस्थित फलफूल तथा तरकारी बजारमा मानिसहरुको बढी भीड लाग्ने गरेको छ । तर,… Continue reading अब काठमाडौंका ११ स्थानमा अस्थायी तरकारी बजार

यूएईका युवराजले गरे नेपालीको प्रसंशा, आफ्नै नागरिक सरह व्यवहार गर्ने प्रतिवद्धता

काठमाडौं । यूएइका युवराज मोहम्मद बीन जायदले नेपालीको प्रसंशा गरेका छन् । सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँगको टेलिफोन वार्ताका क्रममा उनले नेपाली इमानदार र परिश्रमी रहेको भन्दै प्रसंशा गरेका हुन । युवराज जायदले नेपालीलाई यूएइले आफ्नै नागरिक सरह व्यवहार गर्ने भन्दै उनीहरुको सुरक्षामा ढुक्क हुन समेत प्रधानमन्त्रीलाई आश्वस्त पारेका छन् । प्रधानमन्त्रीले यूएईमा रहेका… Continue reading यूएईका युवराजले गरे नेपालीको प्रसंशा, आफ्नै नागरिक सरह व्यवहार गर्ने प्रतिवद्धता

प्रधानमन्त्रीले आज देशबासीलाई सम्बोधन गर्दै, लकडाउनको औचित्य पुष्टी गर्ने तयारी

काठमाडौं । सरकारले आजबाट सकिएको लकडाउनलाई थप ८ दिन लब्याउने निर्णय लिएको छ । यससँगै अब ३ वैशाखसम्म मुलुक अहिलेकै अवस्थामा ठप्प रहनेछ । यसै सन्दर्भलाई लिएर प्रधानमन्त्री केपी ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दैछन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार आज उनले सरकारले गरेको लकडाउनको औचित्य पुष्टी गर्ने प्रयास गर्नेछन् । साथै, सरकारले कारोना संक्रमणसाग… Continue reading प्रधानमन्त्रीले आज देशबासीलाई सम्बोधन गर्दै, लकडाउनको औचित्य पुष्टी गर्ने तयारी

कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण

काठमाडौं । संसारभर कोभिड १९ को त्रास जारी छ । ३१ डिसेम्बर २०१९ मा चीनको बुहानमा पहिलो पटक देखिएको यस भाइरसले विश्वका करीव सबैजसो मुलुक प्रभावित बनेका छन् । सोमबार रातीसम्मको तथ्यांक अनुसार कोरोनाका कारण विश्वभर ७४ हजार ६ सय ७८ मानिसको ज्यान गएको छ । विश्वभर १३ लाख ४६ हजार दुई सय ९९ जनामा… Continue reading कोरोनाबाट मर्नेको संख्या ७४ हजार ६ सय, साढे १३ लाखमा संक्रमण

कोरोना कहर- न्यूयोर्कमा अस्पतालका शवगृह भरिए सार्वजनिक ठाउँमा अल्पकालिन शवगृह बनाइने

न्यूयोर्क कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्दै जाँदा न्यूयोर्क सिटी अधिकारीहरु तत्कालका लागि सार्वजनिक स्थानमा राख्ने ठाउँ बनाउने निर्णयमा पुगेकाछन् । मृत्युको अत्यधिक संख्याका कारण शवदाह गर्न पालोमा राख्नु पर्ने अवस्था आएमा उक्त विकल्प अपनाउने निर्णयमा सिटी अधिकारीहरु पुगेका हुन् । न्यूयोर्कका मेयर बिल दे ब्लाजियोले सिटी स्थित अस्पतालहरुका शवगृह भरिए सार्वजनिक स्थानमा शव राख्ने… Continue reading कोरोना कहर- न्यूयोर्कमा अस्पतालका शवगृह भरिए सार्वजनिक ठाउँमा अल्पकालिन शवगृह बनाइने

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सनलाई आईसीयूमा सारियाे, अवस्था गम्भिर

लन्डन कोरोना भाइरस संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई आईसीयूमा सारिएकाे छ । भाइसरको संक्रमण पछि अवस्था प्रतिकुल बन्दै जाँदा जोन्सन आइतबार अस्पताल भर्ना भएका थिए । लण्डन स्थित सेन्ट थोमस अस्पतालमा उनको उपचार भइ रहेको । ‘सोमबार अपरान्हसम्ममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था थप जटिल बनेका कारण स्वास्थ्यकर्मीहरुको परामर्शमा इन्टेन्सिभ केयर युनिटमा भर्ना गरिएको छ’ अस्पतालका प्रवक्ताले… Continue reading कोरोना संक्रमित बेलायती प्रधानमन्त्री जोन्सनलाई आईसीयूमा सारियाे, अवस्था गम्भिर

निजी अस्पतालका डाक्टरले समेत सरकारीसरह सुविधा पाउने

काठमाडौं । अब निजी अस्पतालका डाक्टरले पनि कोरोना रोगसँग लड्दा सरकारी डाक्टरसरह सुविधा पाउने भएको छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले निजी क्षेत्रका डाक्टर सरकारी अस्पतालमा आएमा सम्बन्धित तहअनुसार मिलान गरी कामको अवसर दिने निर्णय गरेको छ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालमा आएर काम गर्न इच्छुक निजी डाक्टरहरुलाई सरकारी डाक्टरसरह… Continue reading निजी अस्पतालका डाक्टरले समेत सरकारीसरह सुविधा पाउने

फ्लोरिडा एयरपोर्ट नजिक आगो लाग्दा ३५ सय गाडी जले

न्युयोर्क       अमेरिकाको फ्लोरिडा राज्यको एक बिमानस्थल नजिक आगलागी हुँदा झन्डै ३५ सय गाडी जलेका छन् । अधिकांश भाडाका गाडी पर्किङ् गरी राखिएको १५ एकर्डको घाँसे मैदानमा आगलागी हुँदा ती सबै गाडी जलेका हुन् । आगलागी शुक्रबार साँझ साउथ वेष्ट फ्लोरिडा इन्टर्नेसनल एयरपोर्ट नजिकैको पार्किङ् लटमा भएको हो ।  आगलागीको समयमा स-साना बिस्फोटनको… Continue reading फ्लोरिडा एयरपोर्ट नजिक आगो लाग्दा ३५ सय गाडी जले

२४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन

काठमाडौं । नेपालमा लगातार दोस्रो दिन कोरोनाका नयाँ संक्रमित बिरामी फेला परेनन् । स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको नियमित प्रेस ब्रिफिंग अनुसार आइतबार र सोमबार थप संक्रमण पुष्टी भएन । २४ घण्टा भित्र कूल २२५ वटा नमुनाको परीक्षण भएको थियो । यससँगै नेपालमा कूल नमूना परीक्षणको संख्या १८९० पुगेको छ । जसमध्ये ९ जनामा मात्र… Continue reading २४ घण्टामा कोरोनाको २२५ नमुना परीक्षण, नयाँ संक्रमण देखिएन

कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

न्युयोर्क हरेक अंध्यारो पछी उज्यालो पक्का आउँछ अनी खराब समय सधैं रहदैन भने जस्तो अमेरिकामा अब बिस्तारै कोरोना भाईरसबाट बच्ने उपचार बिधी पहिल्याईदै छ।अमेरिकाको न्युयोर्क शहरमा ४ हजार जना कोभिडका बिरामीहरुलाई एन्टीमलेरियाको औषधी  हाईड्रोक्सक्लोरोकुईन दिएर उपचार सुरु गरिएको राज्यका स्वास्थ अधिकारीहरुले जनाएका छँन् ।न्युयोर्क राज्यका स्वास्थ अधिकारीहरुले बताएका छँन् -डिपार्ट्मेन्ट अफ हेल्थले न्युयोर्कका ५६ वटा अस्पातलमा उपचारत ४… Continue reading कोभिड -१९ को उपचारमा अमेरिकामा उदायो नयाँ आशा

बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना

न्युयोर्क बृटेनका प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि अस्पताल भर्ना भएको लन्डनस्थित डाउनिङ्ग स्ट्रीट प्रबक्ताले जनाएका छन् ।   प्रधानमन्त्री जोन्सनमा कोरोना पोजेटिभ भएर लक्षणहरुमा आइतवार साँझसम्म पनि कमी नदेखिए पछि अस्पताल लगिएको बताइएको छ । तापक्रम पनि कायम नै रहेकाले लन्डन अस्पतालमा पुर्‍याइएको हो । जोन्सनको निजी चिकित्सकको सुझाव अनुरुप प्रधानमन्त्री जोन्सन… Continue reading बृटिश प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना

न्यूयोर्कको बाघमा समेत कोरोना भाइरस संक्रमण

न्युयोर्क शहर कोरोना महामारीको ईपिसेन्टर त हुँदै हो तर यहाँ मानिसमा मात्र कोरोना संक्रमण देखिएन । चिडियाखानाको बाघमा पनि कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । न्युयोर्क ब्रोंक्सस्थित ब्रोंक्स जूमा राखिएको ४ बर्षीय बाघलाई सुख्खा खोकी देखिएपछि गरिएको जाँचमा कोभिड -१९ पोजेटिभ देखिएको वाईल्ड लाईफ कन्जर्भेसन सोसाईटीद्वारा आईतबार जारी बिज्ञप्तीमा जनाईएको छ । नदिया नामकी ४… Continue reading न्यूयोर्कको बाघमा समेत कोरोना भाइरस संक्रमण

ह्वाईट हाउसले भन्यो आगामी दुई हप्ता ग्रोसरी गर्न र औषधी किन्न पनि बाहिर नजाऊ

न्युयोर्क अमेरिकी राष्ट्रपति कार्यालयको कोरोना भाइरस कार्यदलले आगामी दुई साता अझै डरलाग्दो परिस्थिति सिर्जना हुने बताएको छ । भाइरस संक्रमणको उच्च जोखिम बाँकी रहेको कारण कार्यदलले सकेसम्म दैनिक उपभोग्य बस्तु किनमेलका लागि पनि बाहिर नजान अनुरोध गरेको हो । कोरोना भाइरस कार्यदलका सदस्य डा. डेबराह ब्रिक्सले शनिबार साँझको पत्रकार सम्मेलनमा भनिन् “आगामी दुई हप्ता अति… Continue reading ह्वाईट हाउसले भन्यो आगामी दुई हप्ता ग्रोसरी गर्न र औषधी किन्न पनि बाहिर नजाऊ

अस्पतालको सूचना पत्याएर ङिमाको नाममा परिवारले श्रद्धाञ्जली पुजा लगाइसकेपछि हष्पिटलले फेरि भन्यो– उपचार हुँदैछ

न्यूयोर्क शनिबार अस्पतालले मृत्युको सूचना दिएका नेपाली आप्रवासी ङिमा तेम्बा शेर्पाको मुटु चलि रहेको नयाँ जानकारी प्राप्त भएको छ । ङिमाका दाजु लाक्पा यौलु शेर्पाले शनिबार न्यूयोर्क स्थित एलमष्ट हष्पिटलले भाइको मृत्यु भएको सूचना दिएपछि उनको नाममा परिवारमा पुजापाठ एवं फेसबुकमा श्रद्धाञ्जली लेख्ने काम भएको जानकारी दिएका हुन् । उनले अस्पतालको सूचनालाई आधेर मानेर फेसबुकमा… Continue reading अस्पतालको सूचना पत्याएर ङिमाको नाममा परिवारले श्रद्धाञ्जली पुजा लगाइसकेपछि हष्पिटलले फेरि भन्यो– उपचार हुँदैछ

कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । उनले कोरोनाको संकटसँग जुध्न आवश्यक रणनीति तयार गर्नु पर्नेबारे छलफल गरेको बताइएको छ । उनले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीसँग टेलिफोनमा वार्ता गरेका हुन् ।… Continue reading कांग्रेस सभापति देउवाबाट कोरोनाबारे पूर्वप्रधानमन्त्रीसँग टेलिफोन वार्ता

खेलकुद परिषद्को चासो खेलाडी र पदाधिकारीमा

काठमाडौं । कोराना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका कारण अहिले सबै मानिस घरभित्र थुनिन बाध्य छन् । यसले सबैभन्दा बढी व्यापार र शारीरिक गतिविधि आवश्यक पर्ने खेलकुद क्षेत्र नराम्रोसँग प्रभावित बनेको छ । घरमै बसेका खेलाडी, प्रशिक्षक, कर्मचारी र खेलकुद संघसंस्थाका पदाधिकारीको अवस्थाको विषयमा राष्ट्रिय खेलकुद परिषद्‌ले चासो देखाउन थालेको छ । परिषद्का प्रशासन… Continue reading खेलकुद परिषद्को चासो खेलाडी र पदाधिकारीमा