आज नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीसमेत सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिगौला प्रत्यारोपण गरेपछि आज पहिलो पटक नेकपाको सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागि हुने बताइएको छ । २१ फागुनमा मिगौला प्रत्यारोपण पछि प्रधानमन्त्री १२ दिनपछि डिस्चार्ज भएका थिए । त्यसपछि… Continue reading आज नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीसमेत सहभागी हुने

आजबाट सकियो विद्यालयस्तरीय परीक्षा, करीव ७० लाख विद्यार्थी घरमै बस्ने

काठमाडौं । आजबाट विद्यालय स्तरीय परीक्षा सकिएको छ । अब करीव ७० लाख विद्यार्थी सामुहिक रुपमा विद्यालयमा भेला हुनु पर्ने छैन । सरकारले विद्यालयहरुलाई तत्काल भर्ना नखोल्ने र कुनै पनि औपचारिक कार्यक्रम नगर्न भनेको छ । यसको मतलव कम्तिमा चैतभर विद्यालय खुल्ने छैनन् । यसले कोरोना विरुद्धको सचेतनामा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ ।… Continue reading आजबाट सकियो विद्यालयस्तरीय परीक्षा, करीव ७० लाख विद्यार्थी घरमै बस्ने

सुनको मूल्य २ हजारले घट्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणछि विश्वव्यापी रुपमा बजार प्रभावित भएको छ । यसले सुनको मूल्यमा समेत असर गरेको छ । मंगलबार सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ। सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन मंगलबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय… Continue reading सुनको मूल्य २ हजारले घट्यो

कालोबजारीविरुद्ध आक्रामक सरकार, सहुलियत पसल संचालन गरिने

काठमाडौं । बजारमा कालो बजारी गर्नेहरु सक्रिय भएपछि त्यसको निरुत्साहनका लागि सरकार आफैले सहुलियतपूर्ण पसल संचालन गर्ने भएको छ । नोवेल कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण नेपालमा पनि बजारमा सामानहरुको अभाव सिर्जना भएको छ । यही मौकामा धेरै धन कमाउने उद्देश्यले कालो बजारी गर्नेहरु सक्रिय भएका छन् । पछिल्लो समय मास्क, स्यानिटाइजरलगायत सरसफाईका काममा प्रयोग… Continue reading कालोबजारीविरुद्ध आक्रामक सरकार, सहुलियत पसल संचालन गरिने

प्रदेश दुई नाम राख्न असफल

जनकपुर । मंगलबार प्रदेश नं २ आफ्नो प्रदेशको नाम तोक्न असफल भएको छ । दुई तिहाईले अनुमोदन नभएसम्म नाम राख्न मिल्दैन । मंगलबार प्रदेशको नाम राख्ने विषयमा मतदान भएको थियो । मतदानबाट चार वटा नामका प्रस्ताव अस्वीकृत भए । नेपाली कांग्रेसका सांसद राजेश्वर साहले राखेको मध्यप्रदेश नामको प्रस्तावमाथि मंगलबार प्रदेशसभामा मतदान भएको थियो। उक्त प्रस्तावका… Continue reading प्रदेश दुई नाम राख्न असफल

चीनले नेपाललाई भन्यो : सहयोग चाहिए उपलब्ध गराउँछौं

काठमाडौं । चीनले कोरोना भाइरस संक्रमणबाट बच्न नेपाललाई सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । चीन अहिले कोरोनाको उच्च जोखिमबाट बाहिर निस्किसकेको छ । यद्दपी नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म देखिएको भने छैन । तर, नेपाललाई विश्व स्वास्थ्य संगठनले उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेको छ । सोहीकारण कोरोना विरुद्ध लड्न नेपालले आवश्यक ठानेको… Continue reading चीनले नेपाललाई भन्यो : सहयोग चाहिए उपलब्ध गराउँछौं

एसईइ नरोकिने, तयारी पुरा भएको सरकारको भनाई

काठमाडौं । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पुरा भएको सरकारले जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार एक विज्ञप्तीमार्फत परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जानकारी गराएका हुन् । उनका अनुसार परीक्षा तोकिएकै समयमा सम्पन्न हुनेछ । त्यसो त बुधबारसम्म सबै विद्यालयलाई वार्षिक परीक्षा सकाउन सरकारले यसअघि नै… Continue reading एसईइ नरोकिने, तयारी पुरा भएको सरकारको भनाई

प्रदश नं २ को नाम र राजधानी आज टुंगिदै, के रहला नाम ?

जनकपुर। प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी तय गर्न आज मतदान हुँदैछ । सोही प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ । यस प्रदेशको नाम र राजधानी मतदान प्रक्रियाबाट टुंगो लगाउने तयारी रहेको छ । मतदान अगाडी सांसदले बोल्ने समय पाउनेछन् । छलफल पछि मतदान हुने प्रदेश संसद सचिवालयको कार्यतालीकामा उल्लेख छ… Continue reading प्रदश नं २ को नाम र राजधानी आज टुंगिदै, के रहला नाम ?

नेपाल अझै कोरोनामुक्त, सचेतना अपनाउन जोड

काठमाडौं । संसारका १५७ मुलुकमा फैलिसकेको कोरोना भाइरसको संक्रमणबाट चीनको छिमेकी मुलुक नेपाल भने अझै पनि मुक्त छ । संसारका विकसित र गुणस्तरीय स्वास्थ्य संरचना भएका मुलुकमा नराम्रोसँग मानिसहरु मरिरहँदा तुलनात्मक रुपमा कमजोर स्वास्थ्य प्रणाली भएको नेपालमा कोरोनाको संक्रमण नदेखिनुले धेरैलाई आश्चर्यचकित पारेको छ । कतै नेपालको परिक्षण प्रभावकारी नभएर नदेखिएको हो की भन्ने आंशका… Continue reading नेपाल अझै कोरोनामुक्त, सचेतना अपनाउन जोड

धरहराको १० औं तला ढलान यसै साता

काठमाडौं । पुनर्निर्माण जारी रहेको धरहराको १० औं तला ढलान यसै साता हुने भएको छ । धरहरा निर्माण गरिरहेको जिआइइटिसी-रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार यसै साता धरहराको १० औं तलाको ढलान गर्ने तयारी गरिएको छ । अहिले धरहरा तिब्र गतिमा निर्माण भइरहेको छ । सोमबार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.… Continue reading धरहराको १० औं तला ढलान यसै साता

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार निगम सञ्चालक समितिले डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धनमा आन्तरिकतर्फको मूल्य घटाएको छ । निगमले डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको जानकारी दिएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर मूल्य ४ रुपैयाँ ५० पैसाले घटाइएको छ । एलपीजी ग्यास र… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारले थप्ने भयो २ सय २० आइसीयू बेड

काठमाडौं । सरकारको काठमाडौं उपत्यका र बाहिर गरी कूल २ सय २० आइसीयू बेड थप्ने भएको छ । उपत्यकामा १ सय २० र बाहिर १ सय आईसीयू बेड थप्ने निर्णय सरकारले गरेको छ । उप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय संयन्त्रले काठमाडौंमा आइसीयू बेड थप्न अस्पताल समेत तोकेको छ । कोरोना भाइरस फैलिएमा… Continue reading सरकारले थप्ने भयो २ सय २० आइसीयू बेड

कतारमा हजारौं नेपाली कामदार क्वारेन्टाइनमा

कतार । कतार सरकारले कोरोनाको संक्तमण फैलन नदिन हजारौं कामदारलाई क्वारेन्टाइनमा राखेको छ । खासगरी संक्रमण देखिएको कम्पनीमा कार्यरत करीव ४ हजार कामदार क्वारेन्टाइनमा रहेको बताइएको छ । यहाँ काम गर्ने करीव २ हजार नेपाली पनि क्वारेन्टाइनमा बस्नु परेको छ । जोखिम क्षेत्रमा पर्ने चार कम्पनीमा कार्यरत कामदार क्वारन्टाइनमा बस्नु परेको हो । कतारले कामदारको… Continue reading कतारमा हजारौं नेपाली कामदार क्वारेन्टाइनमा

बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव

काठमाडौं । सरकारले बिहान ९ बजेबाटै स्कूल संचालन गर्न प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकामा ट्राफिक जाम व्यवस्थापनको प्रयोजनका लागि स्कूल छिट्टै संचालन गर्ने प्रस्ताव गरेको हो । निजी विद्यालय बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म संचालनको तयारी सरकारले गरेको हो । अहिले कार्यालय समयमै स्कूल पनि संचालन हुने भएकाले… Continue reading बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव

पोखरामा गयो भूकम्प, आसपासमा धक्का महशुस

पोखरा । आइतबार कास्कीको लुम्लेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार राती करीव साढे ९ बजे भूकम्पको धक्का महशुस गरिएको हो । कास्कीको पुरै भूभाग, म्याग्दी र स्यांगजासम्म भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्प राष्ट्रिय मापन केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५.० रेक्टर स्केलको भूकम्प गएको हो। स्थानीयहरु भूकम्पपछि घरबाहिर निस्कएका थिए… Continue reading पोखरामा गयो भूकम्प, आसपासमा धक्का महशुस

प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन

काठमाडौं । कोरोना रोगको संक्रमण भइहालेमा त्यसको निवारणमा जुट्नु पर्ने भएकाले अत्यावश्यक काम नपरेसम्म जिल्ला नछाड्ने सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार प्रजिअ र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिइएको छ । उनले आइतबार राष्ट्रिय सभालाई कोरोना नियन्त्रणबारे सरकारको तयारीका सम्बन्धमा जानकारी गराएका छन् । उनका अनुसार… Continue reading प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन

कोरोनाको उपचार गर्न तीन अस्पताल तोकिए, २३५ आइसीयू बेड बन्ने

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राख्दै तयारी तिब्र बनाएको छ । उक्त भाइरसका कारण मानिस संक्रमित भएमा तत्काल उपचारको व्यवस्था गर्न सरकारले २३५ आईसीयू बेड तयार पार्ने घोषणा समेत गरेको छ । कोरोना लागि हालेमा काठमाडौं उपत्यकामा तीन वटा अस्पतालमा उपचार हुने गरी छुट्याइएको छ । आजबाट नेपाल आउने सबै मानिसलाई… Continue reading कोरोनाको उपचार गर्न तीन अस्पताल तोकिए, २३५ आइसीयू बेड बन्ने

आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं । आजबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबैले क्वारेन्टाइनमा बस्नुपर्छ । अध्यागमन विभागले यसअघि नै यसको सूचना जारी गरिसकेको छ । १५ मार्चदेखि ३० अप्रिलसम्म नेपाल आउने स्वदेशी, विदेशी तथा गैरआवासीय नेपाली सबैले क्वारेन्टाइनमा बस्नु पर्ने भएको हो । कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने… Continue reading आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने

नेपाल र भारतका चार नाकाबाट मात्र आवतजावत गर्न सकिने

काठमाडौं । कोरोना भाइरसको संक्रमणको डरले आजबाट नेपाल र भारतको स्थलमार्गमा समेत कडाई शुरु भएको छ । आजबाट नेपाल भारतका प्रमुुख चार नाका बाहेक सबै नाका बन्द गर्ने निर्णय भएको छ । भारतले नेपालसँगका प्रमुख ४ नाका मात्र खोल्ने निर्णय लिएको हो । वीरगन्जको रक्सौल, भैरहवाको सुनौली, धनगढीको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टा नाकामात्र खुला… Continue reading नेपाल र भारतका चार नाकाबाट मात्र आवतजावत गर्न सकिने

कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ

न्यूयोर्क चीनको उहान शहरबाट गत डिसेम्बर महिनाको अन्तमा शुरु भएको कोरोना भाइरसको प्रकोप अमेरिकामा बढ्दै गएको छ ।  चीनबाट शुरु भएको कोरोनाको संक्रमण अमेरिकामा पहिलो पटक गत जनवरी महिनामा वासिङ्टन स्टेटमा एक संक्रमित ब्यक्तीमा भेटिएको थियो । हाल यस्को संक्रमण अमेरिकाको ४९ राज्य पुरेटोरिको यु एस भर्जिन आइल्यान्ड  र डिष्ट्रिक्ट अफ कोलम्बिया समेतमा फैलिएर दुई हजार… Continue reading कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ

अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमणको शंकामा जाँच गरियो

न्यूयोर्क राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई कोरोना भाईरसको संक्रमण भएको शंकाका कारण शुक्रबार साँझ जाँच गरिएको बताएका छन् ।  राष्ट्रपति ट्रम्पले शनिबार ह्वाईट हाऊसमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । शुक्रबार साँझ राष्ट्रपति ट्रम्प कोरोना संक्रमित भए नभएको पक्का गर्न पठाईए पनि नतिजा भने हालसम्म थाहा नभएको समेत उनले पत्रकार सम्मेलनमा बताएका छन्… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमणको शंकामा जाँच गरियो

इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो

रोम । कोरोना त्रास अहिले यूरोपमा डरलाग्दो गरी फैलिएको छ । यसले सबैभन्दा ठूलो प्रभाव इटलीमा पारेको छ । युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । यो संख्या कोरोना भाइरसका कारण एकै दिनमा मानिस मरेको सबैभन्दा धेरै हो । चीनमा साम्य… Continue reading इटलीमा मर्ने संख्या १२ सय नाघ्यो, एकै दिन २ सय ५० को ज्यान गयो

कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ

काठमाडौं । कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना भएका चार नेपालीमा नेगेटिभ नतिजा आएको छ । शुक्रबार आएको नतिजामा कसैमा पनि कोरोनाको संक्रमण पुष्टी नभएको टेकु अस्पतालले जनाएको छ । कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई शुक्रबार नै डिस्चार्ज गरिएको छ । उनीहरु कतार, मलेसिया र अमेरिकाबाट नेपाल आएका थिए। उनीहरूमा ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित… Continue reading कोरोना आशंकामा अस्पताल भर्ना भएका चार जनाकै नतिजा नेगेटिभ

२१४७औं झिवा ल्होछार मनाइयो

न्युयोर्क/अमेरिका अमेरिकामा बसोबास गरिरहेका तोक्पेगोला (ढोक्प्या) समुदायले न्युयोर्कस्थित क्विन्स प्यालेसमा २१४७ औं झिवा ल्होछार मनाएका छन् । तोक्पेगोला समाज सेवा समिति काठमाडौंको प्रवास शाखा ढोक्प्या किदुक उत्तर अमेरिकाको आयोजनामा झिवा ल्होसार मनाइएको हो । ढोक्प्या किदुक उत्तर अमेरिका न्युयोर्कका अध्यक्ष गोवा ढोक्प्याको अध्यक्षतामा गत साता ‘भाषा, धर्म र संस्कृतिको संरक्षण गरौं, आफनो पहिचान कायम राखौ’… Continue reading २१४७औं झिवा ल्होछार मनाइयो

अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री

काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएको १० दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली वालुवाटार फिर्ता भएका छन् । उनलाई त्रिवि शिक्षण अस्पतालले शुक्रबार डिस्चार्ज गरेको हो । अब उनले बालुवाटारमै आराम गर्दा हुने भएको छ । शुक्रबार उनी डिस्चार्ज हुँदा सहयोगीले साथ दिएर उभिएका थिए भने संचारमाध्यमलाई हात हल्लाएर अभिवादन गरेका थिए । अस्पतालबाट… Continue reading अस्पतालबाट बालुवाटार फर्किए प्रधानमन्त्री

अन्तर्राष्ट्रिय सभा सम्मेलन रोकिए, भीडभाडमा नजान आग्रह

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सभा सम्मेलन बन्द  गरेको छ । नेपालमा नियमित आयोजना हुने अन्तर्राष्ट्रिय सभा सम्मेलन, समारोहलाई मे ३१, २०२० सम्म स्थगित गर्ने निर्णय सरकारले गरेको हो । खासगरी नेपाल आउन भिसा सुविधा रोकेपछि सरकारले सभा सम्मेलन पनि बन्द गरेको हो । कोरोना सन्त्रासका कारण संसारभर यस्ता गतिविधि ठप्प भएका छन् । यसले नेपाल… Continue reading अन्तर्राष्ट्रिय सभा सम्मेलन रोकिए, भीडभाडमा नजान आग्रह

गैरआवासीय नेपालीले पाउने अनअराइभल भिसा सुविधा रद्द

काठमाडौं । सरकारले गैरआवासीय नेपाललाई गैरआवासीय नेपाली परिचय पत्रका आधारमा उपलब्ध गराएको अनअराइभल भिसा सुविधा तत्कालका लागि रद्द गरेको छ । कोरोनाको संक्रमण संसारभभर फैलिएसँगै सरकारले गैरआवासीय नेपालीका लागि प्रवेश बिन्दुमा उपलब्ध गराएको भिसा सुविधा बन्द गरेको हो । सरकारको उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो । यो सुविधा ३० अप्रिल २०२० सम्म कायम रहने… Continue reading गैरआवासीय नेपालीले पाउने अनअराइभल भिसा सुविधा रद्द

रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य

काठमाडौं । वसन्तु ऋतुका लागि हुने पर्वतारोहणका सबै गतिविधि स्थगित भएका छन् । यसको मतलव अब संसारको चुुचुरो चुम्न आउने हजारौं पर्यटकको सपना यस वर्ष अधुरै रहने भएको हो । यसबाहेक ८ हजार मिटर माथि का हिमाल र साना हिमाल चढ्न समेत पर्यटकको उत्तिकै घुइचो लाग्छ । बसन्तु ऋतु नेपालमा पर्वतारोहणको मूख्य सिजन हो ।… Continue reading रोकियो पर्वतारोहण, मूख्य सिजनमा पर्यटन शून्य

स्टार फूटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा

पोर्चुगल । पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बस्नु परेको छ । उनी सेल्फ क्वारेन्टाइनमा बसेका न् । अहिले इटालीमा कोरोनाको संक्रमण डरलाग्दो गरी फैलिएको छ । रोनाल्डो इटालीयन क्लव युभेन्ट्सबाट व्यवसायिक फुटबल खेल्छन् । सो क्लवका डिफेन्डर ड्यानियल रूगानीलाई कोरोना भाइरस देखिएको छ। सोहीकारण टीममेटका कारण संक्रमण सरेको हुन सक्ने आंशकामा उनी क्वारेन्टाइनमा… Continue reading स्टार फूटबलर रोनाल्डो पनि क्वारेन्टाइनमा

प्रधानमन्त्रीलाई नवौं दिनमा पत्नी राधिकाले भेटिन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज पत्नी राधिका शाक्यले भेटेकी छिन् । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरेको ९ औं दिनपछि पत्नी राधिका शाक्यले भेटेकी हुन् । उनी प्रधानमन्त्रीलाई भेट्ने दोस्रो भिजिटर बनेकी छिन् । यसअघि बुधबार आठौं दिन मिर्गौलादाता भान्जी समीक्षा संग्रौलाले प्रधानमन्त्रीलाई भेटेकी थिइन् । समीक्षाको भने बुधबार नै डिस्चार्ज भएको छ । तर,… Continue reading प्रधानमन्त्रीलाई नवौं दिनमा पत्नी राधिकाले भेटिन्