बजेट सक्न तीब्र रकमान्तर

काठमाडौं । बजेट खर्चको आंकडा बडी देखाउन सरकारले आर्थिक वर्षको अन्त्यमा तीब्र रकमान्तर गरेको पाइएको छ । अर्थ मन्त्रालयद्धारा आइतबार सार्वजनिक तथ्यांक अनुसार सरकारले असार महिनामा मात्र १९ अर्ब ६१ करोड रुपैयाँ मात्र रकमान्तर भएको छ । बैशाखदेखि असार सम्मको तथ्यांक अनुसार ४० अर्ब २१ करोड रुपैयाँ रकमान्तर गरी एउटा कार्यक्रमको बजेट अर्कै कार्यक्रममा लगेर… Continue reading बजेट सक्न तीब्र रकमान्तर

टेक्ससमा भयानक गाडी दुर्घटना : ५ को मृत्‍यु

विश्वन्युज /अमेरिका  अमेरिकाको टेक्ससस्थित एक हाईवेमा गाडीहरु एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्‍यु भएको छ भने अन्य ५ जना घाईते  भएका छन् । ह्युस्टनबाट दक्षिण पश्चिममा पर्ने हाईवे ५९ मा शनिबार बिहान १८ चक्के एक ट्रक र यात्रु वाहक भ्यान ठोक्किदा २ नाबालक सहित ५ जनाको मृत्‍यु भएको टेक्सस स्थित डिपार्टमेण्ट अफ पब्लिक सेफ्टीले जनाएको… Continue reading टेक्ससमा भयानक गाडी दुर्घटना : ५ को मृत्‍यु

दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई तीन स्वर्ण

काठमाडौं । १२ औं दक्षिण एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा नेपालले प्रभावशाली प्रदर्शन गरेको छ । नेपाललाई शनिबार दुई स्वर्ण प्राप्त भयो । शुक्रबार एक स्वर्ण हात पारेको नेपालको खातामा शनिबार पुरुष एथलेटिक फिजिकअन्तर्गत १६७ सेमीमाथिको स्पर्धामा नरेश मुन्जिकार र महिलाको मोडल फिजिकमा मल्लिका शाक्यले स्वर्ण जिते । शुक्रबार समीर श्रेष्ठले पुरूष ६५ केजीमा स्वर्ण हात… Continue reading दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई तीन स्वर्ण

विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

काठमाडौं । प्रहरीले विप्लव समूहका प्रभावशाली नेता माइला लामालाई पक्राउ गरेको छ । उनी विप्लव समूहका काठमाडौं उपत्यका व्युरो इन्चार्ज हुन् । काँडाघारीबाट शनिबार मध्यरातमा लामा पक्राउ परेको महानगरीय अपराध महाशाखाले पुष्टी गरेको हो । उक्त स्थानबाट दुई जना पक्राउ परेको प्रहरीको भनाई छ । अर्का विप्लव कार्यक्रता रेशम तामाङ हुन । नेता लामालाई काठमाडौं… Continue reading विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ

१५ लाख घुससहित ३ इन्जिनियर पक्राउ

काठमाडौं । पछिल्लो समय इन्जिनियरहरु घुससहित पक्राउ पर्ने क्रम तिब्र भएको छ । शनिबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना इन्जिनियरलाई १५ लाख घुससहित पक्राउ गरेको हो । कर्णाली नदी नियन्त्रण आयोजनाका इन्जिनियर घुससहित पक्राउ परेको अख्तियारले जानकारी दिएको छ । शनिबार बर्दियाको गेरुवा गाउँपालिकाबाट इन्जिनियर कमल सिटौला, विशेश्वरप्रसाद शाह र हरीप्रसाद चौधरीलाई अख्यितारको… Continue reading १५ लाख घुससहित ३ इन्जिनियर पक्राउ

साना दल आन्दोलित

काठमाडौं । साना राजनीतिक दलले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । धर्म र संस्कृतिको संरक्षणमा सरकारलाई दवाव दिने उद्देश्यले भन्दै विभिन्न साना राजनीतिक दलले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् । मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दवाव बढेको भन्दै सरकारलाई खबरदारी गर्नु परेको उनीहरुको भनाई छ । नेपालीको पहिचान मेटाउन नदिन सरकारलाई दवाव दिन आन्दोलनमा जानु… Continue reading साना दल आन्दोलित

अमेरिकामा यो सप्ताहन्त यस्तो डरलाग्दो तातो

विश्वन्यूज/न्यूयोर्क अमेरिकामा झन्डै २० करोड मानिसले यो सप्ताहन्त कठोर गर्मीको सामना गर्दै छन् ।शिकागोस्थित मौसम पूर्वअनुमान कार्यालयले यो सप्तान्तको गर्मीलाई सन् २०१२ देखि यताकै सबैभन्दा धेरै गर्मी भनेको छ । मध्य अमेरिकादेखि पूर्विय तटसम्म महसुस गरिने यो तापका कारण हालसम्म २ जनाको मृत्‍यु भई सकेको छ । सुपर बलका चर्चित खेलाडी मिच प्रेटरसको गर्मीका कारण… Continue reading अमेरिकामा यो सप्ताहन्त यस्तो डरलाग्दो तातो

भारतमा रेलले लिन्छ औसत दैनिक १० जनाको ज्यान

मुम्बई । भारत विश्वको ठूलो रेल सञ्जाल भएको मुलुकमध्ये एक हो । भारतको यातायातको मूख्य साधन पनि रेल हो । बढ्दो सञ्जाल, अधिक जनसंख्या र कमजोर व्यवस्थापनका कारण भने यहाँको रेल संजाल असुरक्षित बन्दै गएको छ । भारतीय संचारमाध्यमहरुले उल्लेख गरेअनुसार भारतमा दैनिक १० जना मानिसको मृत्युको कारण रेल बनिरहेको छ । बिहीबार मात्रै मुम्बईमा… Continue reading भारतमा रेलले लिन्छ औसत दैनिक १० जनाको ज्यान

शक्तिशाली सरकारकै पालामा कमजोर अर्थतन्त्र

काठमाडौं । निकै आशालाग्दो गरी कामको शुरुवात गरेका विज्ञ अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकालको पहिलो पूर्ण बजेट कार्यान्वयन तथ्यांकीय हिसावमा असफल देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको ११ महिनाको आंकडा अनुसार मुलुकको वित्तीय स्थिति खस्किएको अवस्थामा पाइएको छ। आर्थिक सूचकहरु नेगेटिभ छन् । जेठ महिनामा मूल्य बृद्धि ६.२ प्रतिशतले बढेको छ।… Continue reading शक्तिशाली सरकारकै पालामा कमजोर अर्थतन्त्र

कामको खोजीमा बाहिरिने घटे, रेमिट्यान्स बढ्यो

काठमाडौं । कामको खोजीमा विदेश जाने यूवाको संख्या ओरालो लाग्ने क्रममा छ । यो श्रृंखला अघिल्लो आवको ११ औं महिनासम्म पनि जारी छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५\७६ को ११ महिनाको तथ्यांक अनुसार विदेश जाने यूवाको संख्यामा ३७.३ प्रतिशतले ह्रास आएको छ । अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत (नयाँ… Continue reading कामको खोजीमा बाहिरिने घटे, रेमिट्यान्स बढ्यो

धनगढी विस्फोटमा विप्लव कार्यकर्ताको संलग्नता, १ जनाको निधन

फाइल तस्वीर

धनगढी । धनगढीमा बिहीबार साँझ भएको बम विस्फोटमा विप्लव समूहको संलग्नताको आंशका प्रहरीले गरेको छ । विस्फोटमा परी गम्भीर घाइते बझाङका रवी सिंहको बिहीबार राती निधन भएको छ । प्रहरीका अनुसार उनी विप्लव समूहका कार्यकर्ता हुन । उनी स्वयमःले टीफीन बक्समा बोकेको विस्फोटक पदार्थ विस्फोट भएको थिया । घटनामा अन्य ४ जना घाइते छन् ।… Continue reading धनगढी विस्फोटमा विप्लव कार्यकर्ताको संलग्नता, १ जनाको निधन

कैलालीमा विस्फोट, ५ जना घाइते

फाइल तस्वीर

धनगढी । धनगढी उपमहानगरपालिमा बिहीबार साँझ बम विस्फोट भएको छ । कैलाली शहीद गेट नजिकै एक होटल अगाडि बिहीबार शक्तिशाली बम विष्फोट भएको कैलाली प्रहरीले पुष्टी गरेको छ । विष्फोटमा परी ५ जना घाइते भएका छन् । विस्फोटमा परी घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको प्रहरीको भनाई छ । घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको… Continue reading कैलालीमा विस्फोट, ५ जना घाइते

साझालाई सरकारको ३ अर्ब, ३ सय विद्यूतीय बस किन्ने

काठमाडौं । सरकारले साझा यातायातमा ३ अर्ब रुपैयाँ शेयर थपेको छ । पछिल्लो दुई वर्ष यता घाटा चलिरहेको साझा यातायात प्रालिलाई सरकारले निकै माया गरिरहेको छ । गत २९ असारमा बसेको मन्त्रीपरिषद् बैठकले साझालाई ३ अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो । बिहीबार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले साझालाई ३ अर्ब… Continue reading साझालाई सरकारको ३ अर्ब, ३ सय विद्यूतीय बस किन्ने

अब नेपालमा पाइपबाटै तेल

काठमाडौं । नेपाल-भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन संचालनका लागि तयार भएको छ । बुधबार पाइपलाइनमा डिजेल हालि सकिएको छ । डिजेल बिहीबार मध्यरात नेपाल आइपुग्ने नेपाल आयल निगमले जानकारी दिएको छ । भारतको मोतीहारीदेखि नेपालको अमलेखगन्जसम्म ६९.२ किलोमिटर लामो पाइपलाइनबाट इतिहासमै पहिलोपटक पाइपलाइनबाट तेल आएको हो । परीक्षणका रुपमा शुरु भएको यो परियोजना साउन भित्रै… Continue reading अब नेपालमा पाइपबाटै तेल

काठमाडौंमा जग्गाको भाउ कति ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा सरकारी मापदण्ड अनुसारको भाउ निर्धारण गरी सार्वजनिक गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य नेतृत्वमा गठन भएको सरकारी समितिले उपत्यकाका विभिन्न स्थानका लागि सरकारी मूल्य निर्धारण गरेको हो । अब जग्गा किनबेच गर्दा सोही मूल्यलाई आधार मानेर कर तिर्नुपर्छ । समितिले सार्वजनिक गरेको मूल्य अनुसार… Continue reading काठमाडौंमा जग्गाको भाउ कति ?

जापानको एक एनिमेशन स्टुडियोमा आगजनी – कम्तीमा २३ को मृत्‍यु

जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगलागिमा कम्तीमा २३ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले प्रहरीलाई उद्धृत गर्दै भनेका छन् – एक जना ४१ बर्शिय मानिस ‘क्योटो एनिमेशन को’ स्टुडियोमा प्रवेश गरेको र ति सन्धिग्द ब्यक्तीले नै आगो लगाईदिएका हुंन् । नाम नखुलाईएका ति सन्धिग्द ब्यक्तीलाई… Continue reading जापानको एक एनिमेशन स्टुडियोमा आगजनी – कम्तीमा २३ को मृत्‍यु

डोल्पो महोत्सव आयोजनाको तयारी

काठमाडौं । डोल्पामा लुकेको पर्यटकीय सौन्दर्यलाई उजागर गर्ने उद्देश्यले डोल्पो महोत्सव आयोजना हुने भएको छ । आगामी २४ भदौदेखि ५ दिनसम्म चल्ने गरी महोत्सव आयोजनाको तयारी गरिएको आयोजक डोल्पोबुद्ध गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिका र भिजन डोल्पोको संयुक्त आयोजनामा महोत्सव संचालन हुने भएको छ । डोल्पा रहस्यले भरिएको पर्यटकीय गन्तब्य हो । यसको माथिल्लो… Continue reading डोल्पो महोत्सव आयोजनाको तयारी

इयूको नेतृत्वमा पहिलो पटक महिला

फ्रान्स । यूरोपेली आयोगको नेतृत्व पहिलो पटक महिलाको हातमा पुगेको छ । जर्मनीकी रक्षामन्त्री उर्सुला भन डर लियेन अध्यक्षमा निर्वाचित भएकी हुन् । गत मंगलबार सम्पन्न मतदानबाट उनी आयोगको अध्यक्षमा निर्वाचित भएकी हुन् । अन्तरराष्टिय संचारमाध्यमले जनाएअनुसार उनी आयोगको नेतृत्व गर्ने पहिलो महिला पनि बनेकी छिन् । इयूमा अहिले २८ मुलुक सदस्य छन् । ७… Continue reading इयूको नेतृत्वमा पहिलो पटक महिला

हजुरबुवाले ठट्टामा रक्सी पिलाउँदा नाबालकको मृत्यु

चीनमा हजुरबुवाले आफ्नो एक महिनाको अबोध नातीलाई पारिवारिक भोजमा रक्सी (अलकोहल) सेवन गराउँदा ती शिशुको मृत्‍यु भएको छ । गत जुलाई १२ तारिख, नाम नखुलाईएका ती नवजात शिशुको एक महिना पुरा भएको खुसियालीमा उनलाई आशिर्बाद दिनको लागि बेइजिङ्स्थित घरैमा पारिवारिक भोज आयोजना गरिएको थियो । सिन चिऊ डेलीका अनुसार खानपिन मस्त चलिरहेको थियो, त्यतिकैमा ती… Continue reading हजुरबुवाले ठट्टामा रक्सी पिलाउँदा नाबालकको मृत्यु

आफ्नै पिताले खेलेको गल्फ बलले लाग्दा ६ वर्षिया बालिकाको मृत्‍यु

विश्वन्यूज/अमेरिका  आफ्नै पिताले हिर्काएको गल्फ बलले दुर्घटनाबस् आफ्नो नाबालिका छोरीको टाउको पछाडि गर्दनमा लाग्दा मृत्‍यु भएको छ । सोमबार अमेरिकाको युटास्थित स्लिपी हिल गल्फ कोर्समा आफ्नै पिताले गल्फ खेलेको हेरेर बसेकी ६ वर्षिया अरिया हिललाई आफ्नै बाबुले हानेको गल्फ बलले लाग्दा मृत्‍यु भएको हो । बलले टाउको पछाडिको गर्दनमा लागेर घाईते हुने बित्तिकै बोलाईएका प्यारा… Continue reading आफ्नै पिताले खेलेको गल्फ बलले लाग्दा ६ वर्षिया बालिकाको मृत्‍यु

विश्वकप छनोट फूटबल : नेपाल र अस्ट्रेलिया एकै समूहमा

File Photo

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल र सन् २०२३ मा चीनले आयोजना गर्ने एएफसी एसियन कप छनोटको तालीका सार्वजनिक भएको छ । नेपाल प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। यस पटक नेपालले विश्वकप छनोटमा पहिलो पटक शक्तिशाली मुलुक अस्ट्रेलियासँग प्रतिष्पर्धा गर्नेछ । किनकी नेपाल र अस्ट्रेलिया एकै समूहमा परेका… Continue reading विश्वकप छनोट फूटबल : नेपाल र अस्ट्रेलिया एकै समूहमा

सालीसँगको प्रेमपछि श्रीमतीको हत्या

पोखरा । आफन्तबाटै ज्यान लिने जघन्य अपराध पुनः पोखरामा घटेको छ । पोखरा रामबजारका रमेश नेपालीले आफ्नै श्रीमतीको हत्या गरेको तथ्य प्रहरीले फेला परेको छ । श्रीमती लक्ष्मी परियारको हत्या गरेको उनले स्वीकार गरिसकेका छन् । उनले लक्ष्मीकी मामाकी छोरी (रमेशकी साली पर्ने) अनु परियारसँगको प्रेमपछि श्रीमतीको हत्या गरेको डरलाग्दो रहस्यसमेत प्रहरीले फेला पारेको छ… Continue reading सालीसँगको प्रेमपछि श्रीमतीको हत्या

आज साउने संक्रान्ति, शुरु भयो चाडबाडको मौसम

काठमाडौं । सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्ती। यस दिनबाट नेपालमा चाडबाड शुरु भएको मान्यता छ । असार महिनाभर कृषि काममा व्यस्त रहेका कृषक १ साउन दिन सबै आफन्त एक स्थानमा जम्मा भई मिठा परिकार खादै रमाइलो गर्ने प्रचलन त छँदैछ, यस दिनबाट शिवमन्दिरमा भक्तजनको विशेष भीड पनि शुरु हुन्छ… Continue reading आज साउने संक्रान्ति, शुरु भयो चाडबाडको मौसम

अमेरिकाको कनेक्टिकटमा २०६ औं भानु जयन्ती सम्पन्न

कनेक्टिकट अमेरिकाको कनेक्टिकट राज्यमा २०६ औं आदिकवि भानुभक्त जन्मजयन्ती एक भव्य काव्य समारोहको साथमा सम्पन्न  भएको छ । कनेक्टिकट नेपाली समाजका अध्यक्ष जितेन्द्र बस्नेतज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा यज्ञ पौड्याल, महेन्द्र श्रेष्ठ, कुलदिप अधिकारी, शिव न्यौपाने, कृष्ण  कँडेल,  विष्णु तिवारी, अर्जुन दाहाल, प्रकाश भट्टराई, केशव दाहाल, लक्ष्मी बजगाई, वसन्ता न्यौपाने, अशोक श्रीवास्तव र धन लामा लगायत… Continue reading अमेरिकाको कनेक्टिकटमा २०६ औं भानु जयन्ती सम्पन्न

अमेरिकी सदनमा राष्ट्रपती ट्रम्प बिरुद्ध संकल्प प्रस्ताब पारित

न्युयोर्क अमेरिकी सदनले आधिकारिक रुपमा राष्ट्रपति ट्रम्पको नस्लबादी भाषा प्रयोग गरिएको ट्विट्लाई निन्दा गर्दै संकल्प प्रस्ताव पास गरेको छ । सदनमा मंगलबार राष्ट्रपति ट्रम्पको बिरुद्ध पास गरिएको संकल्प प्रस्तावको पक्षमा २४० मत परेको थियो भने बिपक्षमा १८७ मत परेको थियो । ४ रिपब्लिकन प्रतिनिधि सभा सदस्य र एक जना स्वतन्त्रत सदस्यले पनि ट्रम्पको बिवादास्पद ट्विट… Continue reading अमेरिकी सदनमा राष्ट्रपती ट्रम्प बिरुद्ध संकल्प प्रस्ताब पारित

फेसबुकमा विज्ञापन गरी ठग्ने तीन पक्राउ

काठमाडौं । फेसबुक विज्ञापनका माध्यमबाट सस्तोमा विदेशी सामान ल्याउने आश्वासन दिँदै ठगी गर्ने तीन जनालाई प्रहरीले समातेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उनीहरुले ८० लाख रुपैयाँभन्दा बढी ठगिसकेको प्रहरीले उल्लेख गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार उनीहरुलाई राजधानी बाटै पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश कानपुर… Continue reading फेसबुकमा विज्ञापन गरी ठग्ने तीन पक्राउ

टुंगिदै नेकपाको पार्टी एकता प्रक्रिया

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी एकता प्रक्रिया अब पुरा हुने भएको छ । मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीचको छलफलले एकता प्रक्रियालाई निष्कर्षमा पुर्याएको नेकपा निकट नेताहरुले जानकारी दिएका छन् । उक्त बैठकमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल पनि सहभागी थिए। नेकपाका उच्च नेतृत्वबीचको छलफलले एकता… Continue reading टुंगिदै नेकपाको पार्टी एकता प्रक्रिया

राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजना अन्तिम चरणमा

काठमाडौैं । राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । रानीजमरा-कुलरिया सिंचाई आयोजना र सिक्टा सिंचाई अब निर्माणको अन्तिम चरणमा आइपुगेको उर्जा मन्त्रालयले जानकारी दिएको छ । मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा उर्जा मन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् । उनका अनुसार रानीजमरा-कुलरिया सिंचाई आयोजना आंशिक रुपमा सञ्चालनमै आइसकेको छ । करीव… Continue reading राष्ट्रिय गौरवका दुई सिञ्चाई आयोजना अन्तिम चरणमा

१५ हजार सैन्य फौज उद्दार र राहतमा

काठमाडौं । १५ हजार सैन्य फौज वर्षापछि उत्पन्न विपद्को व्यवस्थापनमा खटिएको नेपाली सेनाले जानकारी दिएको छ । सेनाले मंगलबार विज्ञप्ती जारी गर्दै उक्त संख्यामा फौज उद्दार र राहतमा खटिएको बताएको हो । बाढी, पहिरो र डुवानले अहिले देशका विभिन्न भेगको जनजीवन प्रभावित भइरहेको छ । प्राकृतिक प्रकोपमा परी ५ दर्जन भन्दा बढी नागरिकले अकालमा ज्यान… Continue reading १५ हजार सैन्य फौज उद्दार र राहतमा

आज चन्द्रग्रहण, कुन कुन राशीले हेर्न मिल्दैन ?

काठमाडौं । मंगलबार राती खण्डग्रास चन्द्रगहण लाग्दैछ । राति एक बजेर ४६ मिनेटबाट सुरु चन्द्रग्रहण तीन बजेर पन्ध्र मिनेटमा मध्य भई ४ बजेर ४५ मिनेटमा सकिनेछ । २ घण्टा ५९ मिनेटसम्म लाग्ने चन्द्रग्रहणका समयमा भोजन गर्नु हुँदैन भन्ने मान्यता छ । ज्योतिष विज्ञानका जानकारहरुका अनुसार ग्रहण लागेको समयमा मन्दिर जाने र पूजापाठ पनि गर्नु हुँदैन… Continue reading आज चन्द्रग्रहण, कुन कुन राशीले हेर्न मिल्दैन ?