२८ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच एकता हुने भएको छ । पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले हस्ताक्षर गरे । दुवै पार्टीका नेताले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा भनिएको छ, “राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा… Continue reading बामदेव गौतम एकीकृत समाजवादीमा जाने
Category: समाचार
अपडेट : रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
२७ असार, काठमाडौं । माथिल्लो जलाधार क्षेत्रमा हिमताल विष्फोट भएर रसुवामा मङ्गलबार आएको बाढीमा परेर मृत्यु हुने ११ जना पुगेका छन् । यसअघि नौ जनाको मृत्यु भएकामा त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा दुई जनाको शव फेला परेसँगै आजसम्म मृत्यु हुनेको सङ्ख्या ११ पुगेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।… Continue reading अपडेट : रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
लघुवित्तको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने
२७ असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैङ्कले लघुवित्त कम्पनीहरूको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोक गर्ने भएको छ । गभर्नर डा विश्वनाथ पौडेलले आज प्रस्तुत गरेको मौद्रिक नीतिमा लघुवित्त कम्पनीको विद्यमान लाभांशसम्बन्धी व्यवस्था संशोधन गरिने उल्लेख छ । “लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस)… Continue reading लघुवित्तको लाभांशसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने
साफ यू–२० महिला च्याम्पियनसिप फुटबल : भुटानमाथि नेपालको सानदार जित
काठमाडौँ, २७ असारः पूर्णिमा राईको ह्याट्रिकमा नेपालले भुटानलाई पराजित गर्दै साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको आफ्नो उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा आज भएको खेलमा नेपालले भुटानमाथि ६–१ गोलको जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । नेपालको जितमा पूर्णिमाले चार गोल गरिन् भने सेनु परियारले दुई गोल… Continue reading साफ यू–२० महिला च्याम्पियनसिप फुटबल : भुटानमाथि नेपालको सानदार जित
मौद्रिक नीति : बैङ्क दर र नीतिगत दर घटाइयो, आवास र शेयर कर्जामा राष्ट्र बैङ्क खुकुलो
२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षका लागि सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८२–८३ मार्फत राष्ट्र बैङ्कले ब्याजदर थप घट्नेगरी बैङ्कदर तथा नीतिगत दर घटाइएको छ भने व्यक्तिगत आवास र शेयर कर्जामा थप लचिलो नीति अबलम्बन गरिएका छन् । “सहज मुद्रास्फीति, सुविधाजनक… Continue reading मौद्रिक नीति : बैङ्क दर र नीतिगत दर घटाइयो, आवास र शेयर कर्जामा राष्ट्र बैङ्क खुकुलो
विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने
२७ असार, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार ५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी… Continue reading विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था मिलाइने
आज काठमाडौं महानगरको कार्यपालिका बैठक बस्दै
२७ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन् । कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने गरी बोलाइएको छ । त्यसपछि आजै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्ने समेत बताइएको छ… Continue reading आज काठमाडौं महानगरको कार्यपालिका बैठक बस्दै
पाँच प्रदेशका एक दुई स्थानमा आज भारी वर्षा हुने पूर्वानुमान
२७ असार, काठमाडौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, वाग्मती, गण्डकी र कर्णालीका एकदुई स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली… Continue reading पाँच प्रदेशका एक दुई स्थानमा आज भारी वर्षा हुने पूर्वानुमान
आज विश्व जनसङ्ख्या दिवस
२७ असार, काठमाडौं । आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा… Continue reading आज विश्व जनसङ्ख्या दिवस
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
२६ असार, काठमाडौं । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा पु¥याउन सफल भएको छ । चालु आर्थिक वर्ष सुरु हुँदा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या ४०७ थान रहेकामा हाल सबै मुद्दा फछ्र्यौट गरी उच्च अदालत पाटनको इतिहासमा दुईवर्षे मुद्दा पहिलो पटक शून्यमा झार्न सफल भएको जनाइएको छ । अदालतमा चालु आर्थिक वर्षका १८… Continue reading पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
२६ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको आजको वार्षिक साधारणसभा बैठकले आर्थिक वर्ष २०८२–८३ का लागि रु २८ अर्ब १२ करोड ५७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकले रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालद्वारा प्रस्तुत सो बजेट पारित गरेको हो । उक्त बजेट… Continue reading आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
रसुवा बाढी : विस्थापितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो
२६ असार, काठमाडौं । नेपाल–चीन सीमा नाका रसुवागढी क्षेत्रमा बाढीबाट विस्थापित बनेका नागरिकलाई सुरक्षितरुपमा गन्तव्यतर्फ पठाइएको छ । सशस्त्र प्रहरी बल नेपालसहितका सुरक्षाकर्मीको सहयोगमा अस्थायी पदमार्ग खोली आज ४८५ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । ल्हेन्दे खोलामा आएको बाढीको कटान तथा पहिरोबाट रसुवागढी–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रुपमा बन्द भएपछि अस्थायी बाटो बनाएर उनीहरुलाई सुरक्षित स्थानमा… Continue reading रसुवा बाढी : विस्थापितलाई सुरक्षित गन्तव्यतर्फ पठाइयो
विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण
२६ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्राकृतिक विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले विपद् प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले आगामी दिनमा विपद्को जोखिम आकलन गरी… Continue reading विपद् व्यवस्थापन प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण
संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा
२६ असार, काठमाडौं । सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर, सुवर्णमार्गस्थित टेकस्पायर कलेजका प्राध्यापक एवं कोर्स को–अर्डिनेटर विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका… Continue reading संसद् भवनमा ड्रोन खसालेको आरोपमा पाँच जना नियन्त्रणमा
मनास्लु पदमार्गमा लडेर एकजनाको मृत्यु
गोरखा, २६ असारः मनास्लु पदमार्गमा लडेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा चुमनुब्री गाउँपालिका–३ फिलिमका ३५ वर्षीय थरपुन गुरुङ रहेका छन् । गुरुङको लार्केस्थित मनास्लु पदमार्गको गोरेटो बाटोबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी चुमनुब्री–४ नाम्रुङस्थित एउटा स्याउ बगैचामा काम गर्दैआएका थिए । स्याउ बगैचाबाट घर जान्छु भनी हिँडेका… Continue reading मनास्लु पदमार्गमा लडेर एकजनाको मृत्यु
पौडी सिक्न गएका बालक पोखरीमा बिलाए
२६ असार, वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु भएको छ । यहाँस्थित एक होटलको पौडी पोखरीमा तालिम गर्न गएका वीरगञ्ज महानगर–११ रानीघाटका नौ वर्षे बालक बजरङ्गी रौनियारको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले होटलको तेस्रो तल्लामा रहेको स्वमिङ पुलमा डुबेर अचेत भएका बालकलाई नारायणी अस्पताल भर्ना गरिएको… Continue reading पौडी सिक्न गएका बालक पोखरीमा बिलाए
यस्तो छ आजको मौसम पूर्वानुमान
२६ असार, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, वाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका साथै… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान
आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
२६ असार, काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ अर्थ प्रकाश भनेर बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं… Continue reading आषाढ शुक्ल पूर्णिमाः गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
बाढीका कारण एक अर्बभन्दा बढीको क्षति
२६ असार, गलकोट । अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा करिब रु एक अर्ब चार करोड बराबरको क्षति पु¥याएको छ । पैयुँथन्थाप–९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पु¥याएको छ । जलविद्युत् आयोजना बगाउँदा झन्डै रु दुई करोड बराबरको क्षति भएको जैमिनी नगरपालिका उपप्रमुख हरिहर… Continue reading बाढीका कारण एक अर्बभन्दा बढीको क्षति
सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति
२६ असार, मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पु¥याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पु¥याएको क्षति यकिन गर्न बुधबार… Continue reading सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति
पेसागत महासङ्घद्वारा राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग
२६ असार, काठमाडौं । पेसागत महासङ्घ नेपालको राष्ट्रिय समितिको पाँचौँ बैठकले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग गरेको छ । महासङ्घका अध्यक्ष प्रेमलकुमार खनालको अध्यक्षता बुधबार सम्पन्न बैठकले प्रत्येक दुई वर्षमा राष्ट्रसेवकको तलब पुनरावलोकन गर्ने व्यवस्था भएकामा सो नगरी कानुन उल्लङ्घन गरिएको भन्दै संसद्बाट पारित बजेटका सन्दर्भमा महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सम्मानित… Continue reading पेसागत महासङ्घद्वारा राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गर्न माग
टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता
एजेन्सी२६ असार, टेक्सासमा विनाशकारी बाढीपछि एक सय ६० भन्दा बढी मानिस बेपत्ता भएको राज्यका गभर्नरले मङ्गलबार बताएका छन् । अहिलेसम्म एक सय नौ जनाको ज्यान लिएको यो त्रासदीबाट बेपत्ता हुनेहरूको सङ्ख्यामा नाटकीय वृद्धि भएको छ । टेक्सासका केही काउन्टीमा अचानक बाढी आएको चार दिनपछि बाँचेका व्यक्तिहरू भेट्ने आशा मिसिएको थियो र गभर्नर ग्रेग एबटले बेपत्ताहरूको… Continue reading टेक्सासमा बाढीपछि १६० जनाभन्दा बढी बेपत्ता
पाँच अफ्रिकी मुलुकका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति ट्रम्पसँग बुधबार भेटवार्ता गर्ने
एजेन्सी२६ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ह्वाइट हाउसमा आयोजना हुने दिवाभोजमा पाँच अफ्रिकी नेतालाई स्वागत गर्ने भएका छन् ।एटलान्टिक किनारामा अवस्थित अफ्रिकाका सेनेगल, लाइबेरिया, गिनी–बिसाउ, मौरिटानिया र ग्याबोनका राष्ट्रपतिले ट्रम्पको आग्रहमा बैठक गर्न लागेका हुन् ।अधिकारीहरूले एएफपीलाई बताएअनुसार अमेरिकी राष्ट्रपति भवनमा हसने भेटमा उनीहरुबीच व्यापार, लगानी र सुरक्षालगायत अन्य विषयमा वार्ता हुने… Continue reading पाँच अफ्रिकी मुलुकका राष्ट्रपतिले अमेरिकी राष्ट्रपति ट्रम्पसँग बुधबार भेटवार्ता गर्ने
भारतीय वायुसेनाको विमान दुर्घटना स् दुईजना पाइलटको मृत्यु
२६ असार, काठमाडौं । भारतको पश्चिमी राज्य राजस्थानमा बुधवार एक प्रशिक्षक जहाज दुर्घटनाग्रस्त हुँदा भारतीय वायुसेनाका दुई पाइलटहरूको मृत्यु भएको भारतीय वायुसेनाले जनाएको छ । राजस्थानको चूरू जिल्लामा सामान्य प्रशिक्षण मिशनको क्रममा उक्त जगुआर प्रशिक्षक जहाज दुर्घटनामा परेको थियो । भारतीय वायुसेनाले सामाजिक सञ्जालमार्फत जनाएको छ,“सामान्य प्रशिक्षणका क्रममा चूरू नजिक प्रशिक्षक जहाज दुर्घटना हुँदा दुबै… Continue reading भारतीय वायुसेनाको विमान दुर्घटना स् दुईजना पाइलटको मृत्यु
कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ
२५ असार, काठमाडौं । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिएका हुन् । कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले उपकुलपतिमा… Continue reading कुलपतिसमक्ष त्रिविका उपकुलपतिको सपथ
‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’
२५ असार, काठमाडौं । सङ्घीय संसद्का सांसद र अर्थतन्त्रका जानकारले आगामी मौद्रिक नीति वैदेशिक लगानी आकर्षण, अर्थतन्त्र चलायमान, लगानीको वातावरण सिर्जना र आर्थिक अनुशासन कायम गर्ने खालेको हुनपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिका विषयमा उहाँहरूले उत्पादन र रोजागारी बढाउने क्षेत्रमा कर्जा वृद्धिको व्यवस्था लागु… Continue reading ‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’
झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
२५ असार, झापा । बाह्रदशी गाउँपालिका–१ खयरबारीस्थित सवारी दुर्घटनामा परी आज दिउँसो दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका–३ का ६० वर्षीय श्रीप्रसाद राजवंशी र नाम थर खुल्न नसकेको अर्का एक व्यक्ति रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय… Continue reading झापामा सवारी दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
भीषण पहिरोले थुनिएको म्याग्दी नदी बग्न थाल्यो
२५ असार, म्याग्दी । धवलागिरि गाउँपालिका–४ बाँसबोटको भिरबाट खसेको पहिरोले आज दिउँसो थुनिएको म्याग्दी नदी पुरानै लयमा बग्न थालेको छ । धवलागिरि गाउँपालिका– ४ र ७ को सिमाना भएर बग्ने म्याग्दी नदीमा भिरबाट खसेको पहिरो थुप्रिँदा नदीको नियमित प्रवाह आंशिक रूपमा रोकिएको र तलाउ बनेको थियो । ठूला डुङ्गासहित पहिरोले बनाएको बाँध नाघेर नदी बग्न… Continue reading भीषण पहिरोले थुनिएको म्याग्दी नदी बग्न थाल्यो
रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्टि
२५ असार, काठमाडौं । रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका नौमध्ये आठ जनाको शव काठमाडौँ ल्याइएको छ । सबै शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । एक जना बाहेक कुनै पनि शवको सनाखत भने हुन नसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । एक जनाको भने सनाखत भएसँगै… Continue reading रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्टि
निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने नेता- कार्यकर्तालाई कांग्रेसले गर्यो कारवाही
२५ असार, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ । पार्टीको केन्द्रीय अनुशासन समितिको यही असार ९ देखि १७ गतेसम्म बसेको बैठकले पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरी… Continue reading निर्वाचनमा उम्मेदवारलाई असहयोग गर्ने नेता- कार्यकर्तालाई कांग्रेसले गर्यो कारवाही