५ असार, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटले सुदृढ अर्थतन्त्र निर्माणको दिशामा थप एक कदम अघि बढाउने विश्वास व्यक्त गरेका छन् । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रस्तुत बजेटले नयाँ सपना देख्ने… Continue reading आगामी आवको बजेट अर्थतन्त्र निर्माणको सङ्कल्पसहित प्रस्तुत भएको छः अर्थमन्त्री पौडेल
Category: समाचार
पहिरोले अरनिको राजमार्ग बन्द
५ असार, चौतारा । भोटेकोसी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा बन्द भएको छ । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार भोटेकोसी–२ को कोदारी, वडा नं ३ को लार्चा र वडा नं २ कै कोप्लाङमा पहिरो गएको छ । पहिरो पन्छाउने काम जारी रहेकाले राजमार्ग पूर्ण रुपमै बन्द… Continue reading पहिरोले अरनिको राजमार्ग बन्द
नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै, भीम सार्कीको डेब्यू
५ असार, काठमाडौं । स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालले टस जितेको छ । स्कटल्याण्ड्सको ग्लासगोमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका छन् । नेपाल आज लगातार दोस्रो जितको खोजीमा रहेको छ । मङ्गलबार भएको खेलमा नेपालले स्कटल्याण्ड्सलाई २ विकेटले पराजित गरेको थियो । त्यसअघि सोमबार भएको खेलमा… Continue reading नेपालले नेदरल्याण्ड्सविरुद्ध बलिङ गर्दै, भीम सार्कीको डेब्यू
झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज
रासस५ असार, दाङ । दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने घोसखोलामा पुल बनेपछि विद्यार्थीलाई विद्यालय जान सहज भएको छ । बर्खामा खोलामा पानीको बहाव बढ्दा विद्यार्थीलाई आवतजावत गर्न समस्या भएको थियो । राप्ती गाउँपालिका–९ स्थित देवी आधारभूत विद्यालय मसरी डाँडाका विद्यार्थी पानी परेका बेला घरमै बस्नुपर्ने बाध्यता थियो । “खोला तर्न नसक्दा… Continue reading झोलुङ्गे पुलले विद्यार्थी आवतजावतमा सहज
भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
५ असार, भोजपुर । भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा ९हाब्रे०संरक्षण थालिएको छ । यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो । रेड पान्डा पाइने चार वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । रेड पान्डाको संरक्षणको लागि… Continue reading भोजपुरमा लोपोन्मुख ‘रेड पान्डा’को संरक्षण गर्न क्यामेरा जडान
परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी
५ असार, काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला केही दिनमा विकसित घटनाक्रमपछि नेपाली नागरिकलाई ती देशमा यात्रासम्बन्धी जानकारी (ट्राभल एडभाइजरी) जारी गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत नेपालबाट इजरायल, इरान वा मध्यपूर्वका अन्य मुलुक भ्रमण वा वैदेशिक रोजगारीमा जान चाहनुहुने नेपाली नागरिकका सो जानकारी जारी गरेको हो । इजरायल र इरानको… Continue reading परराष्ट्र मन्त्रालयद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी
चैते धान थन्क्याउने चटारोमा किसान
५ असार, डुम्रे । जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका,… Continue reading चैते धान थन्क्याउने चटारोमा किसान
आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने
५ असार, काठमाडौं । देशभर साधारणतया मनसुनी वायुको प्रभाव रहेको छ । सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । देशका उच्च–पहाडी तथा… Continue reading आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने
वर्षाले नारायणघाट- बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
५ असार, नवलपुर । निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा रातिदेखि पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले पुल नहुँदा विनयी खोलामा… Continue reading वर्षाले नारायणघाट- बुटवल खण्ड पूर्णरुपमा अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न आग्रह
सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता
एजेन्सी५ असार, काठमाडौं । इरानसँगको द्वन्द्व चर्किरहेका बेला युरोपेली मुलुकहरूले बुधबार इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएका छन् । जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता क्रिश्चियन वाग्नरका अनुसार जोर्डनमा चार्टर्ड गरिएको व्यावसायिक उडानमार्फत करिब २०० जनालाई जर्मनीले ल्याउने अपेक्षा गरिएको छ । अम्मानबाट दोस्रो उडान बिहीबारका लागि तय भएको उनले बताए । रोममा इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले… Continue reading सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता
लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का
५ असार, काठमाडौं । लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी जहाज दुर्घटना हुँदा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको अनुमान गरिएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) ले जनाएको छ । गत जुन १२ मा त्रिपोलीमा रहेको लिबियाको बन्दरगाह नजिकै पहिलो डुङ्गा दुर्घटना हुँदा महिला र बालबालिकासहित २१ जना बेपत्ता भएको र जीवित रहेका पाँच जना… Continue reading लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का
महानगर प्रहरी प्रमुखको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश
४ असार, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले आज पाण्डेको निलम्बन कार्यान्वयन नगर्न र कामकाज नियमित गर्न दिन अन्तरिम आदेश दिएको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । महानगरपालिकाका प्रमुख… Continue reading महानगर प्रहरी प्रमुखको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश
तयार भयो ग्वार्को ओभरपास, पूर्वाधार विकास समितिबाट निरीक्षण
४ असार, काठमाडौं । सङ्घीय संसद् अन्तरगत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ललितपुरस्थित ग्वार्को ओभरपासको निरीक्षण गरेको छ । आज समितिका सभापति दीपक सिंहको संयोजकत्वमा स्थलगत अवलोकन गरिएको हो । समितिका सदस्य तथा प्रतिनिधिसभा सदस्य माधव सापकोटाले ओभरपासको प्रगतिबारे जानकारी लिन निरीक्षण गरिएको बताए । “ओभरपासको निरीक्षण गर्दा अधिकांश कार्य सम्पन्न भए पनि केही साना काम… Continue reading तयार भयो ग्वार्को ओभरपास, पूर्वाधार विकास समितिबाट निरीक्षण
सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने
४ असार, काठमाडौं । सरकारले विभिन्न आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने रु ५० अर्ब ५१ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । रणनीतिक सडक सञ्जाल तथा व्यापारिक मार्ग सुधार आयोजना र पुल सुधार तथा कार्यक्रमका लागि उक्त रकम स्वीकार गरिएको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङका अनुसार… Continue reading सरकारले विश्व बैंकबाट ५० अर्ब ५१ करोड ऋण लिने
नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा
४ असार, वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै खाडीमूलुक जान लागेका चार महिलासहित एक पुरुषलाई ठोरीबाट नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी ठोरीबाट खटिएका सशस्त्र प्रहरीले शङ्का लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडीमूलुक कुबेत र ओमन जान लागेका उनीहरुलाई पक्राउ गरेको हो । “पक्राउ परेकामध्ये… Continue reading नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा
काभ्रेका स्थानीय तहको कस्तो छ वार्षिक प्रगति ?
४ असार, काभ्रे । काभ्रेका स्थानीय तहले औसतः प्रदर्शन गरिरहेको देखिएको छ । जिल्ला समन्वय समिति काभ्रेले आर्थिक वर्ष २०८१–०८२को प्रगति समीक्षा सोमबार सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको आठौं जिल्ला सभाले, जिल्लामा रहेका १३ स्थानीय तह , संघ र प्रदेश स्तरीय विषयगत कार्यालयको वार्षिक प्रगती विवरण प्रस्तुत गरेको हो । धुलिखेल अस्पतालस्थित अडिटोरियम… Continue reading काभ्रेका स्थानीय तहको कस्तो छ वार्षिक प्रगति ?
तेहरान खाली गराउन आह्वान गरेलगत्तै बीचमै जी सेभेन बैठक छाडेर फर्किँदै ट्रम्प
४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प शक्तिशाली तथा सम्पन्न देशहरूको समूह जी सेभेनको महत्त्वपूर्ण शिखर बैठक चाँडै छाडेर वाशिङ्टन फर्कन लागेको ह्वाइट हाउसले बताएको छ। ट्रम्पका प्रवक्ताका अनुसार क्यानडामा रात्रिभोज लगत्तै उनी फर्कने छन्। मध्यपूर्वमा इरान इजरेल युद्धले चर्किएको तनावका माझ उनी फर्कन लागेको बताइएको छ। यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा एक सन्देश… Continue reading तेहरान खाली गराउन आह्वान गरेलगत्तै बीचमै जी सेभेन बैठक छाडेर फर्किँदै ट्रम्प
रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण
४ असार, वीरेन्द्रनगर । भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा लिची र आँपका बोट लगाउन थालेका छन् । यस क्षेत्रमा लिची र आँपलाई प्रमुख नगदे फलफूलका रूपमा लिइन्छ । पछिल्लो केही वर्षयता कृषकले मकैखेतीको तुलनामा फलफूलखेती… Continue reading रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण
लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार
४ असार, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक धारा’ खानेपानी विस्तार भएको छ । लेकगाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ८६ घरधुरी, एक विद्यालय र दुई सामुदायिक भवनमा शुद्ध खानेपानीको पहुँच विस्तार गरिएको हो । लेकगाउँ खानेपानी आयोजना सम्पन्न भएसँगै सबै घरमा शुद्ध खानेपानीको सुविधा पुगेको निर्माण उपभोक्ता समितिका अध्यक्ष सोमबहादुर… Continue reading लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार
स्कटल्याण्डविरुद्ध नेपाल दुई विकेटले विजयी
४ असार, काठमाडौं । त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा आठ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए । साथै दीपेन्द्र सिंह ऐरीले १४, बसिर… Continue reading स्कटल्याण्डविरुद्ध नेपाल दुई विकेटले विजयी
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
४ असार, काठमाडौं । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही भागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशका पश्चिमी भागमा पश्चिमी तथा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान… Continue reading आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
४ असार, काठमाडौं । युक्रेनमा भएको रुसी आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । ओडेसा र चेर्निगिभ क्षेत्रहरूमा थप घाइते भएको रिपोर्ट गरिएको छ । “आज राति राजधानीका विभिन्न जिल्लाका २७ वटा स्थानमा शत्रुले आक्रमण गरेको छ”, गृहमन्त्री इगोर क्लिमेन्कोले टेलिग्राममा लेखेका छन्, “आवासीय भवन, शैक्षिक संस्था… Continue reading किएभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
इरानको भूमिगत नातान्ज ‘आणविक स्थल’मा इजरायली आक्रमणः आइएइए
३ असार, काठमाडौं । इजरायलले गरेको आक्रमणका क्रममा इरानको नातान्ज आणविक स्थलको भूमिगत भागमा ‘प्रत्यक्ष प्रभाव’ परेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले मङ्गलबार जनाएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले युरेनियम संवद्र्धन केन्द्रको जमिनभन्दा माथिको भाग र विद्युतीय संरचनामा क्षति पुगेको प्रारम्भिक अनुमान गर्दै यसको कुनै सङ्केत नभएको बताएको थियो । “शुक्रबारको आक्रमणपछि… Continue reading इरानको भूमिगत नातान्ज ‘आणविक स्थल’मा इजरायली आक्रमणः आइएइए
चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक
३ असार, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अवलोकन गर्न आउनेको सङ्ख्या पछिल्ला दिनमा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको छ ।चिडियाखानाले गत वैशाख १ गतेदेखि साँझ ७ बजेसम्म प्रवेशको व्यवस्था सुरु गरेपछि अवलोकन गर्न आउनेको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि बिहान १० देखि साँझ ५ बजेसम्म मात्र खुल्ने गरेकामा पछि सन्ध्याकालीन समय थप गरी साँझ… Continue reading चिडियाखानामा सन्ध्याकालीन सेवा सुरु भएपछि बढे पर्यटक
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार
३ असार, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए । कांग्रेसले बैठकमा उपस्थित हुन पार्टीका केन्द्रीय पदाधिकारी, सदस्य तथा आमन्त्रित सदस्यहरुलाई निर्देशन दिएको… Continue reading कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार
रसुवाको दुई स्थानमा तीन जनाको मृत्यु
३ असार, रसुवा । रसुवाको दुई स्थानमा तीन जनाको निधन भएको छ । नौकुण्ड गापा वडा नं ५ र कालिका गापा वडा नं ५ को सिमाना पाहाखोलामा दुई बालिकाको शव फेला परेको र कालिका गापा वडा नं १ ग्राङ गाउँमा भर्याङले थिची एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । नौकुण्ड गापा… Continue reading रसुवाको दुई स्थानमा तीन जनाको मृत्यु
राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन
३ असार, लिस्बन । विद्युतीय राहदानी (ई–पासपोर्ट) बनाउनका लागि स्पेनको बेनिडोर्मबाट दुई सय ५२ जना नेपालीको राहदानी आवेदन सङ्कलन गरिएको छ । राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले आलिकान्तेको बेनिडोर्ममा सम्पन्न गरेको दुई दिने घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गरेको हो । शिविरबाट राहदानीको म्याद सकिएका, राहदानीको म्याद… Continue reading राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
३ असार, बेलबारी । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार चार सय २२ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ। चैते धानको उत्पादन बढेपनि मूल्यमा गिरावटका कारण किसान चिन्तित बन्नुपरेको छ । जिल्लामा गत वर्ष ९८ हजार नौ सय ५२ मेट्रिक टन… Continue reading चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
एयर इण्डिया दुर्घटनामा मारिनेको संख्या २७० पुग्यो
काठमाडौं । भारतको अहमदाबादमा बिहीवार भएको एयर इन्डिया विमान दुर्घटनामा मारिएका २७० जनाको शव भेटिएको चिकित्सकले बताएका छन् । लन्डन गन्तव्य रहेको उक्त विमान उड्ने बित्तिकै आवासीय क्षेत्रमा खसेको थियो। २४२ यात्रु तथा चालक दलका सदस्यमध्ये एकजना ब्रिटिश यात्रुबाहेक सबैको मृत्यु भएको थियो। दुर्घटनामा जमिनमा कति मारिए भनेर यकीन जानकारी बटुल्ने काम भइरहेको अधिकारीहरूले बताएका… Continue reading एयर इण्डिया दुर्घटनामा मारिनेको संख्या २७० पुग्यो
वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरणको तयारी
३ असार, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले यस वर्षको वर्षायामको समयमा मेलम्चीको पानी नियमित रूपमा काठमाडौँवासीका घरघरमा वितरण हुने बताएका छन् । सोमबार मेलम्चीस्थित रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी टयाङ्कीको स्थलगत अनुगमनपश्चात् उहाँले वर्षात्को समयमा पनि काठमाडौँवासीलाई स्वच्छ खानेपानीको निरन्तर आपूर्ति हुने बताए । उनले भने, “काठमाडौँमा पानी वितरणका लागि रिबर्मा खोलामा निर्माण गरिएको खानेपानी… Continue reading वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरणको तयारी