२९ जेठ, काठमाडौं । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र… Continue reading कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज भारी वर्षाको अनुमान
Category: विज्ञान प्रविधि
एक महिनाका लागि ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगन गर्ने प्रदेश सरकारको निर्णय
२० जेठ, कास्की । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि ‘राइड सेयरिङ’ नियमावली कार्यान्वयन स्थगन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित वार्ता समितिबीचको छलफलपछि एक महिनाका लागि नियमावली कार्यान्वयन नगर्ने निर्णय भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव एवं वार्ता समिति संयोजक कमलकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार यातायात व्यवसायीहरूलाई… Continue reading एक महिनाका लागि ‘राइड सेयरिङ’ कार्यान्वयन स्थगन गर्ने प्रदेश सरकारको निर्णय
विद्युतीय युगमा नर्वे : पाँच महिनामा बिक्रि भए ९२ प्रतिशत इभी गाडी
१९ जेठ, काठमाडौं । युरोपका अधिकांश देशहरूमा टेस्ला गाडीको बिक्रीमा गिरावट देखिएको बेला नर्वेमा भने यसको माग फेरि बढेको देखिएको छ । सोमबार सार्वजनिक भएको उद्योगसम्बन्धी तथ्याङ्कले यसबारे जानकारी दिएको हो । नर्वेली उपभोक्ताहरू टेस्लाप्रति पुनः आकर्षित भएका छन्, जसको मुख्य कारण कम्पनीले शून्य ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउनु र नयाँ मोडेल ‘वाई’ बजारमा ल्याउनु… Continue reading विद्युतीय युगमा नर्वे : पाँच महिनामा बिक्रि भए ९२ प्रतिशत इभी गाडी
आधा विश्व जलवायु परिवर्तनका कारण अतिरिक्त गर्मीको चपेटामा
एजेन्सी१७ जेठ, काठमाडौं । मानव निर्मित जलवायु परिवर्तनका कारण गत वर्ष विश्वको आधा जनसङ्ख्याले अतिरिक्त एक महिना अत्यधिक गर्मीको सामना गरेको शुक्रबार एउटा नयाँ अध्ययनले देखाएको छ । यो निष्कर्षले जीवाश्म इन्धनको निरन्तर दहनले विशेष गरी विकासोन्मुख देशहरूमा कम मान्यता प्राप्त प्रभावहरूका साथ हरेक महादेशमा स्वास्थ्य र कल्याणलाई कसरी हानि पुर्याइरहेको छ भन्ने कुरालाई जोड… Continue reading आधा विश्व जलवायु परिवर्तनका कारण अतिरिक्त गर्मीको चपेटामा
१५ दिनअघि नै नेपाल भित्रियो मनसुन
१६ जेठ, काठमाडौं । नेपालमा सरदर मितिभन्दा १५ दिन छिटो मनसुन प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले आज विज्ञप्ति जारी गरी यस वर्षको मनसुन बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भएको जनाएको छ । मनसुनका कारण कोशी प्रदेशका अधिकांश मौसम केन्द्रमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको विभागले… Continue reading १५ दिनअघि नै नेपाल भित्रियो मनसुन
गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना
१५ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी,… Continue reading गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज भारी वर्षाको सम्भावना
प्रधानमन्त्रीबाट मनसुनजन्य विपद् जोखिम न्यूूनीकरण तयारी तथा मौसम पूर्वानुमान प्रणालीबारे जानकारी
१३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिएका छन् । यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारे उनले… Continue reading प्रधानमन्त्रीबाट मनसुनजन्य विपद् जोखिम न्यूूनीकरण तयारी तथा मौसम पूर्वानुमान प्रणालीबारे जानकारी
आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा
१३ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ ।… Continue reading आजको मौसम : मेघगर्जन र चट्याङसहित हल्का वर्षा
युएईमा तापक्रमको रेकर्ड पुनः ब्रेक, पुग्यो ५१.६ डिग्री
१० जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को तापक्रम लगातार दोस्रो दिन शनिबार ५१.६ डिग्री सेल्सियस पुगेको राष्ट्रिय मौसम विज्ञान केन्द्रले जनाएको छ । “आज युएईको स्थानीय समयअनुसार १३ः४५ बजे स्वेइहान (अल ऐ)० मा ५१।६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ,” केन्द्रले शनिबार जारी विज्ञप्तिमा उल्लेख छ । अबुधाबी क्षेत्रमा शुक्रबार रेकर्ड गरिएको तापक्रमभन्दा… Continue reading युएईमा तापक्रमको रेकर्ड पुनः ब्रेक, पुग्यो ५१.६ डिग्री
आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना
१० जेठ, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ ।… Continue reading आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना
यूएईमा अत्यधिक गर्मी : मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान
एजेन्सी१० जेठ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले शुक्रबार देशमा अहिलेसम्मकै मे महिनामा सबैभन्दा उच्च तापक्रम ५० दशमलव ४ डिग्री सेल्सियस मापन गरेको छ । यो तापक्रम सन् २००३ देखि रेकर्ड राख्न थालिएयता सबैभन्दा बढी हो भनी राष्ट्रिय मौसम केन्द्र (एनसीएम) ले जनाएको छ । आज देशको सबैभन्दा उच्च तापक्रम अबुधाबीको अल शावामेखमा अपराह्न… Continue reading यूएईमा अत्यधिक गर्मी : मे महिनामा ५०.४ डिग्रीको नयाँ कीर्तिमान
आज देशभर मौसम अदलबदलको सम्भावना
८ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा… Continue reading आज देशभर मौसम अदलबदलको सम्भावना
आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको हावा पानी आँकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । विभागका महानिर्देशक कमलराम… Continue reading आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण
जापानी कम्पनी होन्डाले इभी सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने
एजेन्सी\रासस७ जेठ, काठमाडौं । जापानको अटोमोबाइल निर्माता होन्डा मोटर कम्पनीले मंगलबार आफ्नो विद्युतीय सवारी साधन (विद्युतचालित गाडी) सम्बन्धी रणनीति पुनरावलोकन गर्दै सन् २०३० सम्मको लागि तोकिएको लगानी १० ट्रिलियन येन (झण्डै ६९ अर्ब अमेरिकी डलर) बाट घटाएर ७ ट्रिलियन येन (करीब ४८ अर्ब डलर) बनाउने घोषणा गरेको छ। यो लगानीमा ३० प्रतिशत कटौती हो। कम्पनीले… Continue reading जापानी कम्पनी होन्डाले इभी सवारी साधनमा ३० प्रतिशत लगानी कटौती गर्ने
इलोन मस्कको कम्पनी स्टारलिंकले बङ्गलादेशमा थाल्यो सेवा
एजेन्सी७ जेठ, काठमाडौं । इलोन मस्कको स्वामित्वमा रहेको स्पेसएक्स कम्पनीद्वारा सञ्चालित उपग्रह इन्टरनेट सेवा ‘स्टारलिङ्क’ ले बङ्गलादेशमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । स्टारलिङ्कले मङ्गलबार साँझ आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै, ‘स्टारलिङ्कको उच्च गतिको र न्यून विलम्ब भएको इन्टरनेट सेवा अब बङ्गलादेशमा उपलब्ध भएको’ उल्लेख गरेको छ । बङ्गलादेश सरकारका प्रमुख… Continue reading इलोन मस्कको कम्पनी स्टारलिंकले बङ्गलादेशमा थाल्यो सेवा
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण
एजेन्सी७ जेठ, काठमाडौं । चीनले मङ्गलबार साँझ हाइनान प्रान्तको वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको जनाएको छ । ‘चाइना–स्याट ३बी’ नामको उक्त उपग्रहलाई साँझ ७ः५० बजे लङ् मार्च नामक रकेटमार्फत प्रक्षेपण गरिएको हो । उपग्रहले पूर्वनिर्धारित कक्षमा सफलता पूर्वक स्थान लिन सफल भएको छ । यस उपग्रहमार्फत स्वर सञ्चार तथ्य आदानप्रदान,… Continue reading चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण
ज्यानमारा चट्याङ : चार वर्षमा २३७ को मृत्यु, ९०८ घाइते
रासस६ जेठ काठमाडौं । नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाको मृत्यु भएको छ भने नौ सय आठ जना घाइते भएका छन् । कोशीको झापाबाट सुदूरपश्चिमको कञ्चनपुरसम्म र कर्णालीको हुम्लाबाट मधेसको धनुषासम्म चट्याङको जोखिम रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठ नेपालमा झापा, उदयपुर र मकवानपुर जिल्ला… Continue reading ज्यानमारा चट्याङ : चार वर्षमा २३७ को मृत्यु, ९०८ घाइते
आज पनि पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
६ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही… Continue reading आज पनि पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
रामबहादुरले एक दशकपछि पुनः देख्न थाले संसार
४ जेठ, गोरखा । गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाले । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनर्लाइ ज्वाइँ कर्ण माहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याएका थिए । उनी जस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थालेका छन् । आफ्नै गाउँमा गत म¬ङ्गलबार, बुधबार र बिहीबार आयोजना गरेको… Continue reading रामबहादुरले एक दशकपछि पुनः देख्न थाले संसार
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित वर्षा
४ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली… Continue reading आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित वर्षा
जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एकको मृत्यु
एजेन्सी३ जेठ, काठमाडौं । जापानको ओसाका प्रान्त अन्तर्गतको सकाई सहरमा रहेको एक प्रमुख तेल प्रशोधन केन्द्रमा शनिबार बिहान ग्याँस चुहावटको घटना भएको छ। सो घटनामा एक जना श्रमिकको दुःखद निधन भएको छ भने दुई जना श्रमिकहरू अस्पतालमा उपचाररत रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटना बिहान करिब १० बजेको समयमा भएको बताइएको छ। प्रशोधन केन्द्रको पाइप… Continue reading जापानको तेल प्रशोधन केन्द्रमा ग्याँस चुहावट, एकको मृत्यु
आज पनि देशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
३ जेठ, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा मौसम… Continue reading आज पनि देशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
देशैभर विद्युत अनियमित, सिंहदरवारमा मोवाइलको उज्यालामा समिति बैठक चलाइयो
काठमाडौं । काठमाडौंमा हावाहुरीसहित पानी परिरहेका बेला सिंहदरबारसहित विभिन्न स्थानमा बिजुली अवरुद्ध हुँदा मोवाइलको बत्तिमा बैठक चलाउनु परेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शिक्षा उपसमितिको बैठक चलिरहेका बेला विद्युत् आपूर्ति अवरुद्ध भएपछि मोबाइल फोनको उज्यालोमा बैठकलाई निरन्तरता दिइएको छ । बैठकमा सहभागी सांसदहरुका अनुसार विजुली अबरुद्ध हुँदा मोबाइलको बत्ती बालेर बैठकलाई निरन्तरता दिइएको… Continue reading देशैभर विद्युत अनियमित, सिंहदरवारमा मोवाइलको उज्यालामा समिति बैठक चलाइयो
मौसम बदली, ठाउँठाउँमा भारी वर्षा
३० वैशाख, काठमाडौं । सोमबार देशका केही ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गुल्मी, स्याङ्जा, काभे्रपलाञ्चोकका केही क्षेत्रमा भारी वर्षा भएको हो । गुल्मीमा ५६.४ मिलीमिटर वर्षा भएको छ । यसैगरी स्याङ्जामा ५३ मिलीमिटर वर्षा भएको महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए । काभ्रेमा पछिल्लो छ… Continue reading मौसम बदली, ठाउँठाउँमा भारी वर्षा
कस्तो रहनेछ नेपालमा आजको मौसम ?
२८ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ… Continue reading कस्तो रहनेछ नेपालमा आजको मौसम ?
कस्तो रहनेछ नेपालमा आजको मौसम ?
२७ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोशी, लुम्बिनी र… Continue reading कस्तो रहनेछ नेपालमा आजको मौसम ?
देशका अधिकांश भागको मौसम सफा रहने
२६ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही… Continue reading देशका अधिकांश भागको मौसम सफा रहने
आज देशका अधिकांश भागको मौसम सफा
२५ वैशाख, काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । मुलुकका पहाडी तथा हिमाली भागका केही… Continue reading आज देशका अधिकांश भागको मौसम सफा
आजको मौसम : देशका विभिन्न भेगमा वर्षा
२१ वैशाख, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाडौँ देशका केही पहाडी भागमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने र कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी… Continue reading आजको मौसम : देशका विभिन्न भेगमा वर्षा
इयूमा टिकटकलाई ५३ करोड युरो जरिवाना
२० वैशाख, काठमाडौं । युरोपेलीहरूको व्यक्तिगत तथ्याङ्क चिनियाँ अधिकारीहरूको पहुँचबाट बचाउने सुनिश्चतता गर्न असफल भएको आरोपमा टिकटकलाई शुक्रबार ईयूले ५३ करोड युरो (करिब ६० करोड अमेरिकी डलर) को ठूलो जरिवानाको घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाको समेत चासो बनेको टिकटकले ब्रसेल्सबाट जरिवानाको अपिल गर्ने योजना बनाएको बताएको छ। उसले युरोपेली प्रयोगकर्ताको तथ्याङ्कका लागि चिनियाँ… Continue reading इयूमा टिकटकलाई ५३ करोड युरो जरिवाना