बैतडी, १० माघः सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ । बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायतका क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताउनुभयो । दार्चुलाको व्यास र… Continue reading सुदूर पहाडमा हिमपात
Category: विज्ञान प्रविधि
मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात–वर्षा
काठमाडौँ, १० माघ ः हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका उच्च… Continue reading मौसम पूर्वानुमान : उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात–वर्षा
अन्नपूर्ण आधार शिविरमा विद्युत् र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण
म्याग्दी, १० माघः नयाँ पर्यटकीय गन्तब्यस्थलको रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविरमा सञ्चार र विद्युत् सुविधा विस्तारका लागि सर्वेक्षण गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको नेतृत्वमा नेपाल टेलिकम र विद्युत् प्राधिकरणका प्राविधिक तथा स्थानीय उपभोक्ताको टोलीले यसै हप्ता चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा… Continue reading अन्नपूर्ण आधार शिविरमा विद्युत् र सञ्चार सुविधा विस्तारका लागि सर्वेक्षण
कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
काठमाडौँ, ९माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ । तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ… Continue reading कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान
शुक्रबारदेखि मौसम बदली हुने
काठमाडौँ, ८ माघ पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने जनाइएको छ । विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी… Continue reading शुक्रबारदेखि मौसम बदली हुने
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, ८ माघः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा तुवालो लागेको… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान
सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
राससतुलसीपुर (दाङ), ८ माघः दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका रूखहरु सुकेका जस्ता देखिन्छन् । पालुवा पलाउने बेलामा सालका रूखहरू डढेला लागेका जस्ता देखिने गरेका छन् । दुई सय ६० हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनका करिब १० प्रतिशत सालहरू पातविनाका छन् । यस्तै, बबई गाउँपालिकाको पुरन्धारा, दङ्गीशरण गाउँपालिकाका केही सामुदायिक वनमा… Continue reading सालको रूखमा महामारी, ‘मथ’पुतलीले पात सखाप
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु
काठमाडौँ, ७ माघ । काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान सुरु गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले आज एक समारोहकाबीच काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीबाट उक्त क्यामरा जडानको थालनी भएको जानकारी दिए । उनले भने, “यातायात व्यवसायीसँगको छलफलपछि आजदेखि गाडीमा सिसी क्यामरा… Continue reading उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु
शिक्षामन्त्री पुनले समेत छाडे सरकार
६ माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’ विभिन्न स्रोतले महाविर समेत चुनावमा उठ्न लागेको बताइरहेको छ । यसको पुष्टी भने भइसकेको छैन… Continue reading शिक्षामन्त्री पुनले समेत छाडे सरकार
यस्तो छ आजको मौसम पूर्वानुमान
२ माघ, काठमाडौं । देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ। महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। त्यसैगरी, आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
काठमाडौँ, ३० पुसः नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने जानकारी गराएको हो । फिडरको भार (लोड) मिलाउन… Continue reading काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने
आजको मौसम : मधेशमा हुस्सु-कुहिरो, पहाडी भागमा आंशिक बादल
काठमाडौँ, ३० पुस : हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सुर कुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम… Continue reading आजको मौसम : मधेशमा हुस्सु-कुहिरो, पहाडी भागमा आंशिक बादल
आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
गोदावरी (ललितपुर), २८ पुसः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन,… Continue reading आज विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
आज तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो
काठमाडौँ, २८ पुस । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ… Continue reading आज तराईका अधिकांश स्थानमा हुस्सु–कुहिरो
आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
काठमाडौँ, २६ पुस । देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल मौसमको कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश… Continue reading आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा
काठमाडौँ, २५ पुस । नेपालमा पछिल्लो समयमा तापक्रम घट्दो क्रममा रहेकामा आज काठमाडौँको न्यूनतम तापक्रम थप घटेर २.४ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन् । उनले यो… Continue reading काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा
चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरणमा कडाई गरिँदै
काठमाडौँ, २५ पुस । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ ।विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले त्यसका अलावा अन्य सुधारात्मक निर्देशनसमेत दिएको छ । उपभोक्ता संरक्षण… Continue reading चालिस माइक्रोनभन्दा कमका प्लास्टिक बिक्री वितरणमा कडाई गरिँदै
सुरक्षण मुद्रण केन्द्रले दुई महिनामा छाप्यो नौ हजार लाइसेन्स
काभ्रेपलाञ्चोक, २५ पुस । पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब नौ हजार क्यूआर कोडसहितको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छापिएको छ । गत कात्तिक २१ गतेदेखि केन्द्रमा लाइसेन्स छपाइ सुरु गरेयता आठ हजार ९८३ लाइसेन्स छपाई भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागको ‘मास प्रिन्टर’ जेनजी आन्दोलनका क्रममा तोडफोडपछि रोकिएको लाइसेन्स छपाइ… Continue reading सुरक्षण मुद्रण केन्द्रले दुई महिनामा छाप्यो नौ हजार लाइसेन्स
अनलाइनबाट पाँच लाख २६ हजार ‘प्रहरी रिपोर्ट’ जारी
काठमाडौँ, २२ पुस । नेपाल प्रहरीले चालु आर्थिक वर्षमा हालसम्म पाँच लाख २६ हजार ३५५ जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको छ । सो अवधिमा छ लाख ५९ हजार ४५ वटा अनलाइन आवेदन प्राप्त भएका थिए । तीमध्ये एक लाख ३० हजार ४२९ वटा आवेदन रद्द भएका थिए भने दुई हजार २६१… Continue reading अनलाइनबाट पाँच लाख २६ हजार ‘प्रहरी रिपोर्ट’ जारी
अब पर्यटकीय गन्तव्यबारे ‘क्युआर कोड’ बाट जानकारी पाइने
राससगण्डकी, २१ पुसः पर्यटन राजधानी मानिएको पोखराका विभिन्न २४ वटा पर्यटकीय गन्तव्यलाई ‘क्युआर कोड’मा पढ्न र सुन्न पाइने भएको छ । पोखरा आउने पर्यटकलाई यहाँका विभिन्न पर्यटकीय गन्तव्यबारे जान्न र बुझ्न सहयोग पुगोस् भन्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्को संयोजनमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) को दिगो पर्यटन परियोजनाको सहयोग र… Continue reading अब पर्यटकीय गन्तव्यबारे ‘क्युआर कोड’ बाट जानकारी पाइने
दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण
सियोल, २१ पुस (रासस–एपी) । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङ चीन भ्रमणमा निस्कनु केही घण्टाअघि उत्तर कोरियाले आइतबार समुद्रतर्फ धेरै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । छिमेकी मुलुकहरूले यसलाई क्षेत्रीय सुरक्षा चुनौतीका रूपमा लिएका छन् । दक्षिण कोरियाको ज्वाइन्ट चिफ्स अफ स्टाफले जारी गरेको विज्ञप्तिअनुसार उत्तर कोरियाको राजधानी क्षेत्रबाट बिहान करिब ७ः५० बजे क्षेप्यास्त्र प्रक्षेपण… Continue reading दक्षिण कोरियाली राष्ट्रपतिको चीन भ्रमणअघि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण
कामपा वडा नम्बर ३० का विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्राप्त गर्न सकिने ‘सिसिटिभी क्यामरा’ जडान
काठमाडौँ, १९ पुस । काठमाडौ महानगरपालिका वडा नम्बर ३० भित्रका विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्रदान गर्ने अत्याधुनिक ‘सिसिटिभी क्यामरा’ जडान गरिएका छन् । जडान भएका हिकभिजनका ती २९ क्यामरा एआई प्रविधिमा आधारित रहेका छन् । सूचना प्रविधिका नवीनतम् उपकरण उत्पादन गर्दै आएको चीनकोे विश्वप्रसिद्ध आइटी कम्पनी ‘हिक भिजन ब्राण्ड’ द्वारा उत्पादित क्यामरा हुन् । अति… Continue reading कामपा वडा नम्बर ३० का विभिन्न स्थानमा दृश्यसँगै तथ्याङ्क प्राप्त गर्न सकिने ‘सिसिटिभी क्यामरा’ जडान
ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प
काठमाडौँ, १९ पुस । ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकाअनुसार आज बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत मङ्सिर २८ गते मनाङ जिल्लाको ठोचे आसपास केन्द्रविन्दु भएर चार दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल… Continue reading ताप्लेजुङ र पाँचथर सीमा आसपास केन्द्रविन्दु भएर भूकम्प
तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात
काठमाडौँ, १८ पुस । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण… Continue reading तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात
पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द
कृष्ण दवाडी–राससकास्की, १८ पुसः पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ः०० देखि ११ः०० बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । “कुँडहर सबस्टेशनको… Continue reading पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द
विदेशी पर्यटकको अनलाइन ट्रयाकिङ प्रणाली आजबाट सुरु
१७ पुस, काठमाडौं । विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा आएको छ । सरकारले आज १ जनवरी २०२६ को अवसर पारी यो प्रणाली कार्यान्वयनमा ल्याएको हो । गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल पर्यटन बोर्डका प्रमखु कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी लगायतको उपस्थितिमा अध्यागमन विभागले उक्त प्रणाली सुरुवात गरेको हो । यसअघि १ असोजदेखि कार्यान्वयनमा ल्याउने घोषणा… Continue reading विदेशी पर्यटकको अनलाइन ट्रयाकिङ प्रणाली आजबाट सुरु
आजको मौसम : उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पाटन (ललितपुर), १७ पुस : देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको… Continue reading आजको मौसम : उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
भियतनामको विद्युत् उत्पादन क्षमता ‘आसियान’ मा दोस्रो स्थानमा
हनोई, १६ पुस (रासस/सिन्ह्वा) भियतनामको विद्युत् प्रणाली अब दक्षिण–पूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) मा उत्पादन क्षमताका आधारमा दोस्रो ठूलो बनिसकेको छ । यो तथ्य भियतनामको राज्य स्वामित्वको विद्युत् कम्पनी भियतनाम इलेक्ट्रिसिटी (ईभीएन) ले सरकारी पोर्टलमार्फत सोमबार सार्वजनिक गरेको जानकारीमा उल्लेख गरिएको छ । ईभीएनका अनुसार, सन् २०२५ को अन्त्यसम्म देशको कुल जडित विद्युत् क्षमता करिब… Continue reading भियतनामको विद्युत् उत्पादन क्षमता ‘आसियान’ मा दोस्रो स्थानमा
तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली
काठमाडौँ, १६ पुस । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई भू–भागका अधिकांश स्थानमा हुस्सु लाग्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ । यसैबीच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली… Continue reading तराईमा हुस्सु, हिमाल–पहाडमा आंशिक बदली
कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार
जुम्ला, १५ पुस । ग्रामीण क्षेत्रमा टेलिफोन नेटवर्कको सुदृढीकरण र दुर्गम बस्तीमा सञ्चार सेवा पु(याउने उद्देश्यका साथ नेपाल टेलिकमले कर्णाली प्रदेशका दुर्गम भेगमा टावर विस्तार गरेको छ । नेपाल टेलिकम शाखा कार्यालय जुम्लाको कार्यक्षेत्र पर्ने जुम्लालगायत कालीकोट र मुगुमा ८६ वटा टावर विस्तार गरिएको नेपाल टेलिकम शाखा कार्यालय जुम्लाका प्रमुख पारस पुजाराले जानकारी दिए ।… Continue reading कर्णालीका तीन जिल्लामा ८६ वटा टेलिकमका टावर विस्तार