नेपालमा भेटिएन कोमिक्रोनको थप संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नफैलिएको पुष्टी भएको छ । पहिलो पृष्टि भएयता आइतबारसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल)मा एक हजार ८ सय जनाको जीन सिक्वेन्सिङ गरिएको थियो । जसमा थप व्यक्तिमा ओमिक्रोन पुष्टी नभएको प्रयोगशालाले जनाएको छ ।नेपालमा १९ मंसिरमा पहिलो पटक ओमिक्रोन पुष्टी भएको हो । त्यसपछि प्रयोगशालामा सबै प्रदेशबाट… Continue reading नेपालमा भेटिएन कोमिक्रोनको थप संक्रमण

आज काठमाडौंमा सबैभन्दा कम तापक्रम मापन

Photo : TKP

काठमाडौं । आइतबार बिहान काठमाडौंमा यो वर्षको सबैभन्दा कम तापक्रम मापन भएको छ । काठमाडौंमा न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शनिबार न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस थियो । आइतबारको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसम्म मात्र रहने छ । न्यूनतम… Continue reading आज काठमाडौंमा सबैभन्दा कम तापक्रम मापन

कर्णालीमा एमबीबीएस पढाई शुरु, राष्ट्रपतिले शुभारम्भ गर्दै

जुम्ला । आज राष्ट्रपति विद्यादेवि भण्डारी कर्णालीको जुम्ला जाने कार्यक्रम तय भएको छ । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबीबीएसको औपचारिक रुपमा शुभारम्भ गर्न राष्ट्रपति जुम्ला जाने भएकी हुन् । एमबीबीएस लगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ । एमबीबीएस कार्यक्रम शुभारम्भका लागि बिहान ११ बजे हेलिकोप्टरमा राष्ट्रपति… Continue reading कर्णालीमा एमबीबीएस पढाई शुरु, राष्ट्रपतिले शुभारम्भ गर्दै

झनै बढ्यो चिसो, काठमाडौंमा ६.५ डिग्री तापक्रम

Photo : TKP

काठमाडौं । देशभर चिसो झनै बढेको छ । मौसमविद्ले चिसो अझै बढ्ने भन्दै आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन आह्वान गरेका छन् । चिसोमा न्यानो हुन आगो, कोइला तथा ब्रिकेट र हिटर बाल्दा सावधानी अपनाउन नसकिए आगलागीको जोखिम हुने भएकाले ख्याल गर्न मौसमविद्ले आग्रह गरेका हुन् । केही दिनयता दिउँसोको समयमा पारिलो घाम लाग्ने गरेको छ… Continue reading झनै बढ्यो चिसो, काठमाडौंमा ६.५ डिग्री तापक्रम

अमेरिकी खोप फाइजरले ओमिक्रोनविरुद्ध पनि प्रभावकारी प्रतिरक्षा गर्ने पुष्टी

न्यूयोर्क । फाइजर बायोएनटेकले कोभिडविरुद्ध उसले उत्पादन गरेका खोपको बूस्टर मात्राले ओमिक्रोन भेरिअन्ट विरुद्ध प्रभावकारी प्रतिरक्षा विकास गर्ने पुष्टी गरेको छ । बीबीसीका अनुसार अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा विकास हुने एन्टिबडि अर्थात् रोग प्रतिरोधी क्षमता ओमिक्रोनविरुद्ध तीन मात्रा लगाउँदा प्राप्त हुने अमेरिकी खोप निर्माता कम्पनीले जनाएको हो । यसअघि कोभिडविरुद्धका खोपहरू नयाँ भेरिअन्ट ओमिक्रोनबाट… Continue reading अमेरिकी खोप फाइजरले ओमिक्रोनविरुद्ध पनि प्रभावकारी प्रतिरक्षा गर्ने पुष्टी

१८ वर्ष मुनीका बालबालिकालाई लगाउन १५ लाख मोडर्ना खोप बिहिबार आउने

काठमाडौं । नेपालमा १८ वर्ष भन्दा मुनीका बालबालिकालाई लगाउने प्रयोजनका लागि कोभ्याक्स सुविधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको करिब १५ लाख मोडर्ना खोप बिहीबार नेपाल आइपुग्दैछ । स्वास्थ्य सेवा विभागले यस्तो जानकारी गराएको हो । बिहीबार १४ लाख ९७ हजार छ सय डोज मोडर्ना खोप आउन लागेको हो । यसअघि गत शुक्रबार एक लाख ८८ हजार चार सय… Continue reading १८ वर्ष मुनीका बालबालिकालाई लगाउन १५ लाख मोडर्ना खोप बिहिबार आउने

कोरोना विरुद्धका खोप अमिक्रोनविरुद्ध पनि प्रभावकारी छन् : डब्चूएचओ

Photo : Dan Stepenosky| LATIMES

काठमाडौं । विश्व स्वास्थ्य संगठनले अहिले प्रयोगमा रहेका कोरोना भाइरस विरुद्धका खोपहरु नयाँ भेरियन्ट ओमिक्रोन विरुद्ध समेत प्रभावकारी रहेको जनाएको छ । पहिलो पटक दक्षिण अफ्रिकामा देखिएको यो भेरियन्टलाई फाइजर खोपमा परीक्षण गरिएको थियो । प्रयोगशाला परीक्षणमा सकारात्मक नजिता आएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । सोही आधारमा डब्ल्यूएचओले अहिले प्रयोगमा रहेका खोपले ओमिक्रोनविरुद्ध समेत काम… Continue reading कोरोना विरुद्धका खोप अमिक्रोनविरुद्ध पनि प्रभावकारी छन् : डब्चूएचओ

तनहुँमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

FILE

तनहुँ । तनहुँमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृतयु भएको छ । जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्कालाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाए अनुसार जिल्लाको शुक्लागण्डकी नगरपालिका १ थप्रेकमा घटना भएको छ । आइतबार राति सिकार खेल्न गएका बेला गोली लागेर सोही ठाउँका १७ वर्षीय रोहित मल्लको ज्याा गएको छ । शुक्लागण्डकीस्थित… Continue reading तनहुँमा शिकार खेल्ने क्रममा गोली लागेर एक जनाको मृत्यु

आजबाट बाघ गणना थालिँदै

काठमाडौं । नेपालमा आजबाट बाघको गणना शुरु हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबारदेखि बाघ गणना गर्न थाल्ने जनाएको छ । गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट हुनेछ । २०२१ भित्रै गणना गरिने भए पनि कार्यक्रमको नाम ‘राष्ट्रिय बाघ गणना २०२२’ राखिएको छ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया… Continue reading आजबाट बाघ गणना थालिँदै

नेपालमा पर्यााप्त खोप, दैनिक २ लाख मानिसमा कोरोना खोप लगाईंदै

काठमाडौं । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप वितरण गर्ने भएको छ । यसका लागि तयारी पूरा गरेको सरकारले जनाएको छ । राससका अनुसार आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले विदेशबाट नियमित खोप आउन थालेपछि खोप आवश्यक पर्ने सबैलाई लगाउने जनाएको छ ।… Continue reading नेपालमा पर्यााप्त खोप, दैनिक २ लाख मानिसमा कोरोना खोप लगाईंदै

जवाद चक्रवातका कारण नेपालमा वर्षा र हिमपात

AFP Photo/File/Representative use

काठमाडौं । बंगालको खाडीबाट उत्पन्न भएको जवाद चक्रवात आज भारतका विभिन्न राज्यमा टकराउँदैछ । चक्रवातले नेपालमा पनि प्रभाव देखाउन शुरु गरेको छ । आजबाट मौसम सफा हुने भनिएको थियो । तर, चक्रवातका कारण देशभर बदली भई वर्षा र उच्च हिमाली भेगमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । जल तथा मौसम… Continue reading जवाद चक्रवातका कारण नेपालमा वर्षा र हिमपात

चितवनमा आजबाट स्मार्ट लाइसेन्स वितरण

भरतपुर । चितवनमा आजबाट स्मार्ट लाइसेन्स नवीकरण शुरु हुने भएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गर्ने भएका छन् । हालसालै सुरुआत गरिएका सवारी दर्ता र स्मार्ट लाइसेन्स नवीकरण सेवाको शुभारम्भ हुने भएको हो । यातायात कार्यालयमा भीडभाड नहोस् भन्ने उद्देश्यले सेवाग्राहीका लागि भेटघाट व्यवस्थापन प्रणालीमार्फत… Continue reading चितवनमा आजबाट स्मार्ट लाइसेन्स वितरण

बंगालको खाडीबाट आउँदै छ शक्तिशाली चक्रवाती तुफान, नेपालमा कति असर ?

AFP Photo/File/Representative use

ओडिशा । बंगालको खाडीबाट एक शक्तिशाली चक्रवाती तूफान जवाद उत्पन्न भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार यो तुफान शनिबार आ्न्ध्र प्रदेशको समुन्द्री निकारामा आइपुग्ने छ । सोही अनुसार भारत सरकारले आन्ध्र प्रदेश, ओडिशा र बंगालमा हाई एलर्ट जारी गरेको छ र यहाँ आपतकालिन अवस्थाका लागि उद्धार टीम खटिएका छन् । नदी निकारबाट मानिसहरुलाई सुरक्षित स्थानमा… Continue reading बंगालको खाडीबाट आउँदै छ शक्तिशाली चक्रवाती तुफान, नेपालमा कति असर ?

२८ मंसिरबाट एमआरपी वितरण बन्द, अनिवार्य इ-पासपोर्ट

काठमाडौं । सरकारले आगामी मंसिर २८ गतेबाट मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण बन्द गर्ने भएको छ । अब राहदानी विभागबाट अनिवार्य रुपमा ई-पासपोर्ट वितरण गरिने विभागले जनाएको छ । विभागले नारायणहिटीबाट एमआरपी वितरण गरिरहेकोमा टोकन दिन बन्द गरेको जनाएको छ । २८ गतेबाट सेवाग्राहीलाई त्रिपुरेश्वरस्थित नयाँ भवनबाट ई-पासपोर्ट मात्रै वितरण गरिने भएको हो । अनलाइन… Continue reading २८ मंसिरबाट एमआरपी वितरण बन्द, अनिवार्य इ-पासपोर्ट

आज विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

सांकेतिक तस्वीर

काठमाडौं । नेपालको विभिन्न स्थानमा आज मौसम बद्ली हुने भएको छ । जसले गर्दा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रका कारण आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । महाशाखाको… Continue reading आज विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

सार्वजनिक सवारी साधनमा भेहिकल ट्र्याकिङ सिस्टम जडान गर्न शुरु, गति मापन गर्न सकिने

काठमाडौं । नेपालमा सार्वजनिक यातायातमा भेहिकल ट्र्याकिङ सिस्टम जडान शुरु गरिएको छ । यातायात व्यवस्था विभागले परीक्षणस्वरूप १७ वटा बसमा यस्तो प्रणाली जडान गरिसकेको जनाएको छ । पहिलो चरणमा एक सयवटा सवारीमा निःशुल्क जडानको योजना विभागको छ । त्यसपछि सबै सार्वजनिक गाडीमा यो प्रणाली जडान गरिने भएको छ । विभागका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–वीरगञ्ज, काठमाडौँ–जनकपुर रुटका… Continue reading सार्वजनिक सवारी साधनमा भेहिकल ट्र्याकिङ सिस्टम जडान गर्न शुरु, गति मापन गर्न सकिने

ओमिक्रोनले विश्वभर जोखिम बढायो : डब्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टबाट विश्वभर सङ्क्रमणको उच्च जोखिम बढेको बताएको छ । सोमवार डब्लुएचओले नयाँ भेरियन्टले विश्वभर नै गम्भीर परिणाम ल्याउन सक्ने बताएको हो । बीबीसीका अनुसार सङ्गठनका प्रमुख डा. टेड्रोस एडह्यानम गेब्राएससले गरिब देशहरूमा खोप पठाउन पुनः आह्वान गरेका छन्। यो महिनाको सुरुमा ओमिक्रोन दक्षिण अफ्रिकामा पत्ता लागेको… Continue reading ओमिक्रोनले विश्वभर जोखिम बढायो : डब्यूएचओ

नयाँ भाइरस छिर्न नदिन अष्ट्रेलियाले प्रवेशमा कडाई गर्दै

सिड्नी । दक्षिण अफ्रिकामा देखिएको कोरोनाभाइरसको नयाँ संस्करण आफ्नो मुलुकमा छिर्न नदिनका अष्ट्रेलियाले सीमा नाकामा कडाई गर्ने भएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार सो मुलुकले नाकाबन्दी गर्न सक्ने उल्लेख गरेको छ । राससका अनुसार अष्ट्रेलियाका स्वास्थ्य मन्त्री जर्ज हन्टले नयाँ संस्करणको कोरोनाभाइरसको बारेमा अध्ययन भइरहेको र विज्ञ तथा सरोकारवालाहरुको सुझावका आधारमा सिमानामा आवात जावतका बारेमा… Continue reading नयाँ भाइरस छिर्न नदिन अष्ट्रेलियाले प्रवेशमा कडाई गर्दै

दक्षिण अफ्रिकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक ?

काठमाडौं । दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको छ । वैज्ञानिकहरूले यो भाइरसको उत्परिवर्तन धेरै सङ्ख्यामा भएको बताएको बिबिसीले लेखेको छ । उनीहरूले अहिले प्रयोगमा आएका कोरोनाभाइरसविरुद्धका खोपहरू ती उत्परिवर्तित भाइरसविरुद्ध प्रभावकारी नहुनसक्ने पनि बताएका छन्। पहिलाका उत्परिवर्तनभन्दा यो पछिल्लो उत्परिवर्तन थप घातक हो कि होइन भन्ने स्पष्ट भइसकेको छैन। विश्व स्वास्थ्य संगठनका विज्ञहरू… Continue reading दक्षिण अफ्रिकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट, कति खतरनाक ?

अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि

REUTERS\BBC

पेरिस । अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एक पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिक्रि भएको छ । बीबीसीका अनुसार फ्रान्सको पेरिसस्थित क्रिस्टिको लिलामी घरमा यो पाण्डुलिपी बिक्रि भएको हो । यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान नै तोडेको समाचारमा उल्लेख छ । सैद्धान्तिक भौतिकशास्त्रीको महान् वैज्ञानिक काम देखिएका… Continue reading अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि

पर्यटन मन्त्रीले इयूका प्रतिनिधिसँग भने : हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउ

File Photo

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाली नागरिक उड्डयन क्षेत्रलाई कालो सूचीबाट हटाउन यूरोपेली यूनियनका प्रतिनिधिसँग आग्रह गरेका छन् । युरोपेली संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री आलेले युरोपियन युनियनले नेपालको वायुसेवा क्षेत्रलाई कालो सूचीमा राखेकाले हटाउन आग्रह… Continue reading पर्यटन मन्त्रीले इयूका प्रतिनिधिसँग भने : हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउ

बाहिरि जिल्लाबाट काठमाडौं छिर्नेलाई लक्षित गरि चार नाकामा खुल्यो खोप केन्द्र

File

काठमाडौं । विभिन्न जिल्लाबाट काठमाडौं प्रवेश गर्नेहरुलाई लक्षित गरि चार वटा नाकामा खोप केन्द्र स्थापना भएको छ । आगामी एक महिनासम्म यी केन्द्रमा निशुल्क कोरोना विरुद्धको खोप लगाउन पाइने भएको छ । सरकारले कलङ्की, बल्खु, कोटेश्वर र गोङ्गबुमा यस्तो व्यवस्था गरेको हो । खोप कार्यक्रम ५ पुससम्म कायम हुने भएको छ । यी केन्द्रमा १८… Continue reading बाहिरि जिल्लाबाट काठमाडौं छिर्नेलाई लक्षित गरि चार नाकामा खुल्यो खोप केन्द्र

नेपालको आफ्नै भू-उपग्रहसम्बन्धी काम गर्न चार कम्पनी सर्टलिस्टमा, कसले पाउला जिम्मेवारी ?

काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) सम्बन्धी काम गर्ने सम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन्। स्याटेलाइटको नियमन र सुरक्षासम्बन्धी आवश्यक नीति, बिजनेस मोडालिटी एवं संचालनबारे आशयपत्र बुझाएका ८ कम्पनीमध्ये नेपाल दूरसञ्चार प्राधिकरणले चार कम्पनी छनोट गरेको जनाएको छ । प्राधिकरणका अनुसार फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, यूएईको एसथ्री टेल इंक र थाइल्याण्डको… Continue reading नेपालको आफ्नै भू-उपग्रहसम्बन्धी काम गर्न चार कम्पनी सर्टलिस्टमा, कसले पाउला जिम्मेवारी ?

नेपालमा अब १८ वर्ष भन्दा माथिका सबैले कोरोनाको खोप लगाउन सक्ने

Photo : BBC

काठमाडौं । नेपालमा अब १८ वर्ष माथिका सबै नागरिकले कोरोना विरुद्धकोखोप लगाउन सक्ने भएका छन् । यसअघि सरकारले लक्षित वर्ग र उमेर समुह तोक्दै खोप लगाइरहेको थियो । अब भने छुटपुट सबै नागरिकले खोप लगाउन सक्ने भएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्तो व्यवस्था गरेको हो । सोही अनुसार सोमबार अधिकांश स्थानीय तहले सूचना… Continue reading नेपालमा अब १८ वर्ष भन्दा माथिका सबैले कोरोनाको खोप लगाउन सक्ने

आजबाट मौसम खुल्यो, उच्च भेगमा हिमपात भने हुन सक्ने

THT

काठमाडौं । विगत एक सातायता प्रतिकुल बनेको मौसममा आजबाट सुधार देखिएको छ । काठमाडौं उपत्यकासहितका क्षेत्रमा घाम लागेका छन् । अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित नेपालको मौसम प्रणालीमा आजबाट सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर सामान्यतया मौसम सफा रहने भए पनि प्रदेश १… Continue reading आजबाट मौसम खुल्यो, उच्च भेगमा हिमपात भने हुन सक्ने

निरन्तर घट्दैछ तापक्रम, हिमाली भेगमा हिमपातको सम्भावना

सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा हिउँदयाम शुरु भएसँगै तापक्रम निरन्तर घट्दैछ । शुक्रबार देशका धेरै ठाउँको मौसम बद्ली हुने र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रका एक, दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना समेत देखिएको छ । वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक, ण्दुई ठाउँमा फाट्टफुट्टदेखि हल्का पानी… Continue reading निरन्तर घट्दैछ तापक्रम, हिमाली भेगमा हिमपातको सम्भावना

आज शताब्दीकै लामो अवधिको चन्द्रग्रहण, के हो विशेषता ?

काठमाडौं । सन् २०२१ को अन्तिम चन्द्र ग्रहण आज लाग्दैछ । यस चन्द्र ग्रहणलाई शताब्दीकै सबैभन्दा लामो चन्द्र ग्रहण मानिएको छ । पछिल्लो ५८० वर्षमा पहिलोपटक लामो समयको खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ । नेपाली समय अनुसार दिउँसो एक बजे उच्च विन्दुमा पुग्ने भएको छ ।… Continue reading आज शताब्दीकै लामो अवधिको चन्द्रग्रहण, के हो विशेषता ?

प्रचण्ड निवासमा पुगे योगगुरु रामदेव र आचार्य बालकृष्ण

काठमाडौं । भारती पताञ्जली योग पीठका सञ्चालक तथा योग गुरु रामदेव र आचार्य बालकृष्ण पतन्जली नेपालको कार्यक्रममा भाग लिन काठमाडौं आएका छन् । सोही क्रममा योगगुरु रामदेव र आचार्य बालकृष्ण बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड निवास पुगेका छन् । उनीहरुले प्रचण्डसँग भेटघाट गर्नुका साथै प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे समेत जानकारी दिएको… Continue reading प्रचण्ड निवासमा पुगे योगगुरु रामदेव र आचार्य बालकृष्ण

रुसले बनायो भु-उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, झस्कियो अमेरिका

काठमाडौं । रुसले भू-उपग्रहलाई नै नष्ट गर्न सक्ने शक्तिशाली क्षेप्यास्त्रको परीक्षण गरेसँगै अमेरिका झस्किएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा रहेका चालक दलका सदस्यलाई नै जोखिममा पार्ने गरी रुसले खतरनाक र गैरजिम्मेवारपूर्ण क्षेप्यास्त्र परीक्षण गरेको भन्दै त्यसको निन्दा गरेको हो । उक्त परीक्षणका क्रममा एउटा रुसी भू(उपग्रह ध्वस्त बनाइएको बीबीसीले… Continue reading रुसले बनायो भु-उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, झस्कियो अमेरिका

मुस्ताङ हिउँ-पहिरो : सयौं चौरी वेपत्ता

मुस्ताङ । मुस्ताङमा आइतबार आएको भिषण हिउँ पहिरोमा परी सयौं चौरी वेपत्ता भएका छन् । ११ जना मानिस घाइते भएका छन् । जिल्लाको थासाङ गाउँपालिका २ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परि बेपत्ता भएको राससले लेखेको छ । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई… Continue reading मुस्ताङ हिउँ-पहिरो : सयौं चौरी वेपत्ता