अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई पक्राउ

काठमाडौं । अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गरेको आरोपमा प्रहरीले चिनियाँसहित दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीं)ले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रवक्ता एसपी संजयसिंह थापाले जानकारी दिए। ललितपुर महालक्ष्मी नगरपालिका ५ टिकाथली खरिबोट बस्ने ३२ वर्षीय चिनियाँ नागरिक झाओ जियङपेङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानरगपालिका–१६ बस्ने २२ वर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको… Continue reading अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा चिनियाँसहित दुई पक्राउ

देशभर बढ्दो गर्मी केही दिन नरोकिने

काठमाडौं । देशभर बढ्दो गर्मी तत्काल रोकिने संकेत नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज विशेष बुलेटिन सार्वजनिक गर्दै तराईका भूभागमा आगामी पाँच दिनसम्म तातो हावा तथा लु लाग्ने सम्भावना रहेको भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझावसमेत दिएको छ । महाशाखाका अनुसार अधिकतम र न्यूनतम तापक्रम क्रमिक… Continue reading देशभर बढ्दो गर्मी केही दिन नरोकिने

हाइपरसोनिक मिसाइल बनाएको इरानको दाविले भड्किएला अमेरिका ?

काठमाडौं । इरानले हाइपरसोनिक मिसाइल बनाएको दाबी गरेको छ । यो मिसाइलको गति ध्वनिको तुलनामा १५ गुणा बढी हुने दावि इरानको छ । इरानको आणविक कार्यक्रमका बारेमा अमेरिकासँग चलिरहेको तनावका बीच यो घोषणा भएको हो । यसबाट अमेरिका भड्किन सक्ने अनुमान गरिएको छ । ‘ फत्ताह’ नाम गरिएको उक्त मिसाइलले १४ सय किलोमिटरसम्म मार हान्न सक्ने इरानका… Continue reading हाइपरसोनिक मिसाइल बनाएको इरानको दाविले भड्किएला अमेरिका ?

एप्पलको ‘भिजन प्रो रियालिटी हेडसेट’, मूल्य ४ लाखभन्दा बढी

एजेन्सी । एप्पलले बहुप्रतिक्षित मानिएको ‘रियालिटी हेडसेट – एप्पल भिजन प्रो’ सार्वजनिक गरेको छ। एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले नयाँ हेडसेट वास्तविक संसार र भर्चुअल संसारको मिश्रण रहेको बताएका छन्। कम्पनीले आइफोनको नयाँ अपरेटिङ सिस्टमसँगै म्याकबुक एयरमा नयाँ अपडेटकोसमेत घोषणा गरेको छ। रियालिटी हेडसेटको मूल्य ३ हजार ४९९ अमेरिकी डलर (करिब ४ लाख ६१… Continue reading एप्पलको ‘भिजन प्रो रियालिटी हेडसेट’, मूल्य ४ लाखभन्दा बढी

देशैभर बढ्यो तापक्रम, तराई भेगको जनजिवन नराम्रोसँग प्रभावित

काठमाडौं । देशभर गर्मी बढेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको छ । पछिल्लो दुई–तीन दिन यता काठमाण्डौसहित देशभरकै अधिकतम तापक्रम दुईदेखि तीन डिग्री सेल्सियसले बढेको छ । गत सोमवार र मंगलवार काठमाडौंको अधिकतम तापक्रम २९ दशमलव ८ डिग्री सेल्सियसको… Continue reading देशैभर बढ्यो तापक्रम, तराई भेगको जनजिवन नराम्रोसँग प्रभावित

नमुना जहाज बनाउने विद्यार्थीलाई बुद्ध एयरले दियो नगद

काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ जहाजको नमूना बनाएर आकाशमा उडाउने चितवनका अभय परियारलाई सम्मान गरेको छ। १८ वर्षीय अभयको प्रतिभालाई प्रोत्साहन गर्न नगदसहित कम्पनीले सम्मान गरेको जनाएको छ। बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले परियारलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गरेका हुन्। कम्पनीले उनलाई एक लाख नगद पुरस्कार प्रदान गरेको प्रवक्ता दीपेन्द्र कर्णले… Continue reading नमुना जहाज बनाउने विद्यार्थीलाई बुद्ध एयरले दियो नगद

भारत भ्रमणको प्रमुख एजेण्डा एयर रुट : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा नयाँ ‘एयर रुट’ प्राप्त गर्ने प्रवल सम्भावना रहेको बताएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले भारत भ्रमणमा ‘ट्रेड ट्रान्जिट’बारे छलफल हुने बताए। छलफलका क्रममा सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा समस्या र १९५० को सन्धीबारे के… Continue reading भारत भ्रमणको प्रमुख एजेण्डा एयर रुट : प्रधानमन्त्री

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले देशका केही स्थानको मौसममा बदली आएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यूनचापीय प्रणालीका कारण अहिले कोशी र बागमती प्रदेशका केही भू-भागमा हल्का पानी परिरहेको छ। भारतको उत्तराखण्डमा बनेको पश्चिमी वायु सुदूरपश्चिमका भू-भागबाट नेपाल प्रवेश गर्न लागेको हो । त्यही वायुका कारण… Continue reading कस्तो रहनेछ आजको मौसम ?

भारतीय कफ सिरप निर्यातमा रोक

काठमाडौं । भारतले सरकारी प्रयोगशालामा नमुना परीक्षण गरेपछि मात्र खोकीको औषधि (कफ सिरप) अन्य देशमा निर्यात गर्न अनुमति दिने भएको छ। सोहीकारण तत्कालका लागि भारतीय कफ सिरपको निर्यात बन्द भएको छ । गत वर्ष द गाम्बियामा ७० जना र उज्वेकिस्तानमा १९ जना बालबालिकाको मृत्युसँग भारतमा उत्पादित कफ सिरप सम्बन्धित रहेको बताइएको थियो। विश्व स्वास्थ्य सङ्गठन… Continue reading भारतीय कफ सिरप निर्यातमा रोक

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा छ। बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो कोशी, गण्डकी र… Continue reading कस्तो छ आजको मौसम ?

रेयाना बनिन् अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला

REUTERS\BBC

काठमाडौं । अन्तरिक्षमा जाने पहिलो अरबी महिला अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा पुगेकी छिन्। अमेरिकाबाट आइतवार प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन ९ रकेटमार्फत् एक्सिओम स्पेसको दोस्रो निजी मिसनमा गएका दुई जना साउदीमध्ये रेयाना बर्नावी पनि एक हुन्। उनी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने योजना छ। त्यस अवधिमा ३४ वर्षीया बायोमेडिकल वैज्ञानिकले स्टेम सेल र… Continue reading रेयाना बनिन् अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला

केही दिन मौसम प्रतिकुल, कस्तो छ आंकलन

काठमाडौं । अबको दुई–तीन दिनसम्म देशभर बदली र वर्षाको अवस्था रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर लगातार पानी भने पर्ने छैन । महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । त्यसैले आजदेखि दुई–तीन दिनसम्म केहीबेर पानी पर्ने, रोकिने हुन्छ । लगातार झरी भने पर्दैन ।… Continue reading केही दिन मौसम प्रतिकुल, कस्तो छ आंकलन

उड्नै लागेको जहाजमा जब मुसो देखियो…

file

काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको जहाजमा यात्रुले मुसा देखेपछि उडान स्थगित गरिएको छ। शनिबार बिहान सवा ९ बजे काठमाडौं उड्न लागेको जहाजमा यात्रुले मुसा देखेपछि उडान रोकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिएका छन्। उक्त जहाज साढे ८ बजे जनकपुरमा पुगेको थियो। तर जहाज काठमाडौंको लागि उड्ने बेलामा यात्रुले… Continue reading उड्नै लागेको जहाजमा जब मुसो देखियो…

दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष

काठमाडौं । दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष तोकिएको छ । नेपाल नागरिक प्राधिकरणका अनुसार यो प्रावधान १ जनवरी २०२४ बाट लागू हुने छ । १५ जेठ २०७९ मा मुस्ताङमा भएको तारा एयरको नाइनएन–एइटी, डीएचसी–६–३०० जहाज दुर्घटनाबारे अध्ययन गर्न सरकारले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा छानविन आयोग बनाएको थियो । सो आयोगले… Continue reading दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष

अमेरिकाको मोन्टाना राज्यमा टिकटक प्रतिबन्ध

काठमाडौं । अमेरिकाको मोनान्टा शहरमा टिकटक प्रतिबन्ध गरिने भएको छ । त्यहाँका गभर्नर ग्रेग जियानफोर्टले बुधबार प्रतिबन्ध गर्ने कानुनमा हस्ताक्षर गरे। जसअनुसार १ जनवरीदेखि प्रतिबन्ध लागु हुने बताइएको छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकले भने यो प्रतिबन्धले मोन्टानाका जनताको पहिलो संशोधन अधिकारको उल्लङ्घन गरेको आरोप लगाएको छ । पछिल्लो समय टिकटकले चीन सरकारलाई डाटा हस्तान्तरण… Continue reading अमेरिकाको मोन्टाना राज्यमा टिकटक प्रतिबन्ध

काठमाडौंमा बिहानैबाट वर्षा, अन्य स्थानमा के छ प्रक्षेपण ?

Photo : wrightouttanowhere.com

काठमाडौं । आज काठमाडौं उपत्यकामा बिहानैबाट वर्षा जारी छ । जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर मौसम अझै तीन दिन बदली रहने छ । पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त वायुका कारण आगामी तीन दिनसम्म मौसममा बदली रहने सम्भावना छ । अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी मौसम सामान्यतया… Continue reading काठमाडौंमा बिहानैबाट वर्षा, अन्य स्थानमा के छ प्रक्षेपण ?

तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ ।प्राधिकरणले एक सूचना प्रकाशित गरी केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो । प्राधिकरणले आफ्नातर्फबाट महसुल बढ्ने गरी कुनै निर्णय र सूचना नभएको जानकारीसमेत गराएको छ । शुल्क/महसुलदर दूरसञ्चार ऐनअनुसार… Continue reading तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन

नेपाल टेलिकममा भारत र थाइल्याण्डबाट कल गर्दा लाग्ने रोमिङ सेवा शूल्कमा भारी कटौती

काठमाडौं । नेपाल टेलिकमले भारत र थाइल्याण्डमा आफ्नो प्रिपेड तथा पोष्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल घटाएको छ । अन्तर्राष्टिय दूरसञ्चार दिवसको अवसर पारेर आजदेखि रोमिङ महसुल भारी मात्रामा घटाइएको टेलिकमले जनाएको छ । गत चैतमा भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको भारत भ्रमणका क्रममा त्यहाँ रहेका नेपालीहरुले रोमिङ महसुल घटाउन… Continue reading नेपाल टेलिकममा भारत र थाइल्याण्डबाट कल गर्दा लाग्ने रोमिङ सेवा शूल्कमा भारी कटौती

बुटवलको लुम्बिनी केवलकार सञ्चालनको तयारी

काठमाडौं । बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालनमा आउने भएको छ । २०७७ फागुन १ गते एक वर्षभित्र सञ्चालनमा ल्याउने घोषणासहित शिलान्यास भएको केबलकार कोरोना महामारीको असर लगायत कारणले एक वर्ष पछि सञ्चालनमा आउन लागेको हो । आयोजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ… Continue reading बुटवलको लुम्बिनी केवलकार सञ्चालनको तयारी

आज कस्तो रहनेछ मौसम ?

file

काठमाडौं । देशको पश्चिमी तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार बिहान कर्णाली, गण्डकी, कोशी प्रदेशको माथिल्लो भूभागमा बदली भएको छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक मौसम सामान्यतया सफा रहने भएको छ । कोशी प्रदेश र बागमती प्रदेशका… Continue reading आज कस्तो रहनेछ मौसम ?

काठमाडौंमा अब अनलाइन प्रणालीबाटै भवनको नक्सापास हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनलाइन प्रणालीबाटै भवनको नक्सापास गर्न सकिने व्यवस्था गरेको छ । भवनको नक्सा स्वीकृति प्रक्रियाका लागि दर्खास्त फारम भर्नु पर्ने, कार्यालय जानु पर्ने, हार्डकपी बुझाउनु पर्नेजस्ता परम्परागत शैली बन्द गरेको महानगरले जनाएको छ । ३१ वैशाखमा मेयर बालेन्द्र साहले एक निर्णय गर्दै सोमबारदेखि कागजरहित सेवा सुरु गरेका हुन् । भवनको नक्सा अनलाइन… Continue reading काठमाडौंमा अब अनलाइन प्रणालीबाटै भवनको नक्सापास हुने

मोखा चक्रवातको असर नेपालमा कति ?

file Photo source : AP Photo/Erik De Castro

काठमाडौं । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। पश्चिमी वायु र स्थानीय वायुकै प्रभावको कारणले आइतबार काठमाडौं लगायत देशको केही भूभागमा हावाहुरी चल्नुका साथै वर्षा भएको थियो। सोमबार पनि देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको बताइएको छ । बंगालको खाडीमा विकसित भएको ‘मोखा’ नामक… Continue reading मोखा चक्रवातको असर नेपालमा कति ?

पोलका तार हटाउन महानगरले दियो १५ दिनको अल्टिमेटम

काठमाडौं । पोलमा छोडिएका अनावश्यक र प्रयोगविहीन तार हटाउन काठमाडौं महानगरपालिका नै अघि सरेको छ । उसले सेवा प्रदायकलाई १५ दिनको समयसीमा समेत दिएको छ । नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबुल तथा इन्टरनेट सेवा प्रदायक कार्यालय तथा संघ संस्थाहरु नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत प्राधिकरण, केबुल प्रसारक संघलगायतलाई पत्र पठाउँदै तार हटाउन र प्रयोगमा रहेका… Continue reading पोलका तार हटाउन महानगरले दियो १५ दिनको अल्टिमेटम

गोरखा भूकम्पको ८ वर्ष पुरा

काठमाडौं । गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनासकारी गोरखा भूकम्पको आज आठ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार ९७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार ३०९ जना घाइते भएका थिए । भूकम्पमा परी गोरखा… Continue reading गोरखा भूकम्पको ८ वर्ष पुरा

काठमाडौंबाट दुबई उडेको जहाजको इन्जिनमा खराबी, तर भएन आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्ने तयारी थियो । तर, जहाज अहिले तराई हुँदै भारततर्फ लागेको छ । स्रोतका अनुसार जहाजमा धेरै इन्धन भएका कारण सम्भवतः भारतसम्म पुर्याएर अवतरण गराउने योजना हुन सक्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा… Continue reading काठमाडौंबाट दुबई उडेको जहाजको इन्जिनमा खराबी, तर भएन आकस्मिक अवतरण

आज कतिपय स्थानमा दिनभर वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का… Continue reading आज कतिपय स्थानमा दिनभर वर्षा

रास्वपाको गुनासो : सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने सामग्री पोष्ट भए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आमजनमानसमा भ्रम सिर्जना हुने गरी विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। झुटा पोस्टप्रति सबै सजग रहन पनि रास्वपाले अनुरोध गरेको छ। ‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ रास्वपाले आज बिहान… Continue reading रास्वपाको गुनासो : सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने सामग्री पोष्ट भए

पैसा नतिरेका ट्वीटर प्रयोगकर्ताको ब्लू-टीक हट्यो

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरमा पैसा नतिर्ने प्रयोगकर्ताहरूको भेरिफिकेसन चेक मार्क (ब्लु टिक) हटेको छ । ट्विटरले चर्चित राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यक्तिसँगै मिडियाहरूको पनि ‘ब्लु टिक’ हटाएको छ । यसअघि ट्विटरले राजनीतिक नेता, अभिनेता, पत्रकारलगायतका क्षेत्रमा कार्यरत व्यक्तिहरुको अकाउन्टलाई निःशुल्क ब्लु टिक प्रदान गरेको थियो । तर एलन मस्कले ट्विटर किनेपछि कम्पनीले भेरिफाइड अकाउन्टबाट ब्लु टिक… Continue reading पैसा नतिरेका ट्वीटर प्रयोगकर्ताको ब्लू-टीक हट्यो

आज केही पहाडी भेगमा वर्षाको सम्भावना

काठमाडौं । आज पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका साथै देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो… Continue reading आज केही पहाडी भेगमा वर्षाको सम्भावना

आज सूर्यग्रहण, तर, नेपालमा बार्नु नपर्ने

काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले भनेका छन्, ‘वैशाख कृष्ण औंसीका दिन (वैशाख ७ गते) लाग्ने सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन र बार्नु पनि पर्दैन ।’ यस वर्ष… Continue reading आज सूर्यग्रहण, तर, नेपालमा बार्नु नपर्ने