Category: विज्ञान प्रविधि

  • दशैंमा बसका टिकट अनलाइनबाटै काट्न सकिने, दैनिक ४० हजार टिकट बुक गर्ने क्षमता

    दशैंमा बसका टिकट अनलाइनबाटै काट्न सकिने, दैनिक ४० हजार टिकट बुक गर्ने क्षमता

    काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको जनाएको छ । अहिले काठमाडौंबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्य र पोखराबाट नेपालका सबै प्रमुख सहरमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको कम्पनीले जनाएको छ । बस व्यवसायी र सरकारबीच १२ असोजबाट अग्रिम टिकट काट्ने सहमति भएको छ ।

    विगतमा समेत दशैंमा यात्रुहरूलाई सहज रूपमा बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवाले अझ परिस्कृत रूपमा सजिलै टिकट काट्न सक्ने व्यवस्था गरेको दाबी गरेको छ । बससेवाका प्रमुख कार्यकारी अधिकृत पीआर खनालका अनुसार ७० भन्दा बढी जिल्लाका ४३३ गन्तव्यका लागि दैनिक ४२ हजारभन्दा बढी संख्यामा बससेवाबाट टिकट काट्न सकिनेछ । प्रत्येक वर्ष दशैंमा बससेवाले टिकटको संख्या बढाउँदै लगेको खनालले बताए । यो वर्ष पनि दैनिक टिकटको कोटा बढाउने तयारी भइरहेको उनले जानकारी दिए ।

    ‘बुकिङ खुलेपछि टिकटका लागि बसपार्क वा काउन्टरमा जानुपर्ने बाध्यता हटोस् भन्ने हाम्रो चाहना हो,’ खनालले भने, ‘अनलाइनबाट टिकट काट्दा बस र सिटसमेत छान्न पाउने भएपछि यात्रु र दोहोरो टिकटको विवाद आउने छैन ।’ बससेवाले सडकमा सवारी चापको समस्यालाई ध्यानमा राखेर यात्रु व्यवस्थापनका लागि काठमाडौंको कलंकीमा प्यासेन्जर लाउन्ज सञ्चालनमा ल्याएको छ । बससेवाबाट टिकट काटेका यात्रुले कुनै पनि गन्तव्यमा जान सो लाउन्जबाट सेवा लिन सक्छन् । बससेवामा ४५० भन्दा बढी यातायात समिति तथा कम्पनी आबद्ध छन् ।

  • आजबाट देशैभर मनसुन सक्रिय, कुन-कुन स्थानमा बढी जोखिम ?

    आजबाट देशैभर मनसुन सक्रिय, कुन-कुन स्थानमा बढी जोखिम ?

    काठमाडौं । आजदेखि मनसुन पुनः सक्रिय बनेको छ । यसको प्रभावले देशभर वर्षा हुनेछ । भित्राउन तयार बालीनाली तथा कृषिकर्ममा यसले असर पुर्‍याउने छ ।
    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले असोज ८ गतेदेखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना छ ।

    असोज ८ मंगलबार दिउँसोदेखि लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का वर्षा तथा केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ । एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    असोज ९ गते बुधबारदेखि भने मनसुनी वायुको प्रभाव अझै बढ्ने छ । यस दिन सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुने पूर्वानुमान छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा हावाहुरीको समेत चल्ने छ ।

    यी हुन् उच्च जोखिममा परेका जिल्ला

    असोज १० गतेदेखि १२ गतेसम्म पूर्वदेखि पश्चिमसम्मका सबै जिल्ला वर्षाबाट प्रभावित हुनेछन् । सबैभन्दा बढी प्रभाव गण्डकी प्रदेशदेखि सुदू््पश्चिमसम्मका जिल्लामा पर्ने छ । ती क्षेत्रका २७ जिल्लालाई वर्षाबाट उच्च जोखिमको सूचीमा राखिएको छ । महाशाका अनुसार कोशी प्रदेशका इलाम र पाँचथर, गण्डकी प्रदेशका तनहुँ, लम्जुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ र म्याग्दी उच्च जोखिमको रेड जोनमा परेका छन् ।

    यसैगरी लुम्बिनी प्रदेशका पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रुकुमपूर्व, रोल्पा, दाङ, बर्दिया र बाँकेलाई पनि उच्च जोखिमको सूचीमा राखिएको छ ।
    कर्णाली प्रदेशका सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख तथा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधु्रा र डोटी जिल्ला पनि उच्च जोखिमको रेड जोनमा छन् ।

    सतर्कता अपनाउन आग्रह

    मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गरी यो वर्षाले विषेशतः कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरु सुरु गर्नुभन्दा अगावै अध्यावधिक मौसमको जानकारी तथा पूर्वानुमान नियमित हेर्न सबैलाई अनुरोध गरेको छ ।

    यसैगरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको समेत जोखिम छ । शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम छ । ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुनसक्ने सम्भावना छ ।

    त्यसैले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन सर्बसाधारणदेखि सबै सरोकारवालालाई मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

  • आज पनि केही स्थानमा भारी वर्षा, कहाँ कस्तो रहनेछ ?

    आज पनि केही स्थानमा भारी वर्षा, कहाँ कस्तो रहनेछ ?

    काठमाडौं । शनिबार पश्चिमी भूभागका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन जारी गरी दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।

    मनसुनी वायु र मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहँदा शनिबार केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको हो। बिहान कोशी र बागमती प्रदेशको थोरै स्थानहरू तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागको एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    दिउँसो भारी वर्षाबाहेक कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    त्यस्तै शनिबार राति देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। महाशाखाले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा राति पनि मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरेको छ।

  • मनसुनको प्रभाव आजबाट पुनः सक्रिय हुँदै

    मनसुनको प्रभाव आजबाट पुनः सक्रिय हुँदै

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको बताएको छ । कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छभने बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ ।

    विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

  • लेवनानमा पेजर र वाकीटकी विष्फोटपछि संसारभर सुरक्षा चासो

    लेवनानमा पेजर र वाकीटकी विष्फोटपछि संसारभर सुरक्षा चासो

    काठमाडौं । यस साता लेबनानभर भएको अपत्यारिलो आक्रमणमा हिजबुल्लाहद्वारा प्रयोग गरिएका पेजर र वाकी(टाकी विस्फोटमा ३७ जनाको मृत्यु भएको छ । दुई हजार नौ सयभन्दा बढी घाइते भएका छन् । दुई दिनसम्म भएका यी विस्फोटले इरान समर्थित उग्रवादी समूह हिजबुल्लाहलाई ठूलो धक्का पुगेको छ ।

    उसले आफ्नो कट्टर शत्रु इजरायलमाथि आक्रमणको दोष लगाएको छ र बदला लिने प्रतिज्ञा गरेको छ । हिजबुल्लाहका नेता हसन नसरल्लाहले बिहीबार राष्ट्रलाई सम्बोधन गर्ने योजना बनाएका छन् । कुनै प्रतिक्रियाको सङ्केत पाउन सकियोस् भनेर धेरैले उहाँको भाषणलाई ध्यानपूर्वक सुन्ने आशा गरिरहेका छन् ।

    मङ्गलबार हिजबुल्लाहका कार्यकर्ताहरुले बोकेको सयौँ पेजर दक्षिण बेरुत, पूर्वी लेबनान र मुलुकको दक्षिणमा समूहको गढमा लगभग एकै समयमा विस्फोट भए । लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले बिहीबार ती विस्फोटले दुई बालबालिकासहित कम्तीमा १२ जनाको मृत्यु भएको र दुई हजार तीन सय २३ जना घाइते भएको जानकारी दिए ।

    पछिल्लो तथ्याङ्कअनुसार बुधबार हिजबुल्लाहको नियन्त्रणमा रहेको क्षेत्रमा भएको अर्को विस्फोटको लहरमा यस पटक वाकी(टाकीहरु विस्फोट हुँदा २५ जनाको मृत्यु भयो । छ सय आठ जना घाइते भए । हिजबुल्लाहले आफ्ना २५ सदस्यको मृत्यु भएको घोषणा गरेको छ ।

    इजरायलले आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन । यद्यपि पहिलो विस्फोटको लहरअघि इजरायलले प्यालेस्टिनी लडाकू समूह हमाससँग आफ्नो युद्धको लक्ष्यलाई विस्तार गर्दै लेबनानसँगको उत्तरी मोर्चा सुरक्षित गर्ने निर्णय गरेको घोषणा गरेको थियो । हमासको अक्टोबर ७ को आक्रमणपछि इजरायलले हमासद्वारा बन्धक बनाइएका सयौँ मानिसलाई फिर्ता ल्याउने र हमासलाई समाप्त पार्ने प्रतिज्ञा गरेको थियो । अक्टोबरपछि हमासको सहयोगी हिजबुल्लाहले पनि लेबनान–इजरायल सीमामा इजरायली सेनासँग लगभग दैनिक गोलीबारी गरिरहेको छ ।

    आक्रमणहरुको प्रभावकारिता यसको असामान्य प्रकृतिबाट उत्पन्न हुन्छ । यसमा हिजबुल्लाहको सञ्चार उपकरणहरुलाई हतियारमा रुपान्तरण गरिएको थियो । विश्लेषकहरुका अनुसार विस्फोटक सामग्रीहरु हिजबुल्लाहसम्म पुर्याउनुअघि सम्भवतः पेजरमा राखिएका थिए । एक सुरक्षा अधिकारीका अनुसार लेबनानी अनुसन्धानका प्रारम्भिक निष्कर्षले पेजरहरूलाई ‘ट्र्याप’ पारिएको पत्ता लगाएको छ ।

    “उपकरणहरु पूर्व(प्रोग्राम गरिएको थियो र ब्याट्रीको नजिक विस्फोटक सामग्री राखिएको थियो भन्ने डेटाले देखाउँछ”, संवेदनशील विषयमा चर्चाका लागि नाम नछाप्ने शर्तमा ती अधिकारीले भने । हिजबुल्लाहसँग निकट स्रोतले नाम उल्लेख नगर्ने शर्तमा पेजरहरु ‘हालै आयात गरिएको’ र “स्रोतमा तोडफोड गरिएको’ जस्तो देखिएको बतायो ।

    न्युयोर्क टाइम्सले बुधबार विस्फोट भएका पेजरहरु ताइवानी निर्माता गोल्ड अपोलोबाट अर्डर गरिएको रिपोर्ट गरेपछि कम्पनीले उसको पेजरको उत्पादन हङ्गेरीको साझेदार बिएसी कन्सल्टिङ केएफटीले गरेको बताएको छ । बुडापेस्टमा सरकारी प्रवक्ताले कम्पनी ‘हङ्गेरीमा कुनै निर्माण वा सञ्चालन स्थल नरहेको एक व्यापारिक मध्यस्थ थियो’ भनेका छन् । जापानी कम्पनी आइकमले बुधबारको विस्फोटमा प्रयोग भएको भनिएको वाकी(टाकी मोडेलको उत्पादन लगभग १० वर्षअघि रोकिएको जानकारी दिएको छ ।

  • दुई दिन मौसम सफा, त्यसपछि पुनः वर्षको सम्भावना

    दुई दिन मौसम सफा, त्यसपछि पुनः वर्षको सम्भावना

    काठमाडौं । असोज लागेसँगै मौसम घमाइलो हुन थालेको छ । आज र भोलि दुई दिन सामान्यतया मौसम सफा भएर घमाइलो हुने मौसमविदले बताएका छन् ।
    तर अर्को प्रणालीले शुक्रबारदेखि केही वर्षा हुने सम्भावना छ । तर त्यो वर्षा निरन्तर नभई छोटो अवधिका लागि हुने मौसमविद विनोद पोखरेलले जानकारी दिए । देशको पश्चिम क्षेत्रको आधाजसो भूभागमा अझै बादल लागेको छ । तर पछिल्लो १२ घण्टामा पानी भने परेको छैन । काठमाडौं उपत्यकामा पनि अहिले पारिलो घाम लागेको छ । केहीबेर बादलले छोप्ने र फेरि घाम लाग्ने भइरहेको छ ।

    मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ भने बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा छ ।

    तर शुक्रबार पानी पार्ने प्रणाली भित्रिँदा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरु तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

  • ताप्लेजुङमा भूकम्पको धक्का महसुस

    ताप्लेजुङमा भूकम्पको धक्का महसुस

    काठमाडौं । ताप्लेजुङमा भूकम्प गएको छ । शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिल्लाको ल्होनाकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यसअघि यही भदौ १८ गते सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प भएको थियो ।

  • मनसुनको आंशिक प्रभाव, कहाँ कस्तो छ अवस्था

    मनसुनको आंशिक प्रभाव, कहाँ कस्तो छ अवस्था

    काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम-बङ्गाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।


    कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हुरी चल्ने सम्भावना रहेको छ । यसैगरी आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेश एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ ।

  • अन्तरिक्षमा अड्किएका दुई यात्री भन्छन् : स्टेशनबाटै मतदान गर्न उत्सुक छौं

    अन्तरिक्षमा अड्किएका दुई यात्री भन्छन् : स्टेशनबाटै मतदान गर्न उत्सुक छौं

    काठमाडौं । नासाका अमेरिकी अन्तरिक्ष यात्री सुनीता विलियम्स र बुच विलमोरले अन्तरिक्षमा अझै सन् २०२५ को फेब्रुअरीसम्म बस्नुपर्ने भएपछि आसन्न अमेरिकी राष्ट्रपति चुनावमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस)बाट मतदान गर्न उत्सुक रहेको बताएका छन् । अन्तरिक्ष यान स्टारलाइनर पृथ्वीमा फर्किएको एक हप्तापछि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा विलियम्स र विल्मोरले आइएसएसबाट सहभागी भएको न्यूओर्क टाइम्सले जनाएको छ ।

    यो जोडी गत जुन ५ मा बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा चढेर अन्तरिक्ष पुगेका थिए । यानमा हिलियम लिक र थ्रस्टरमा समस्या देखिएपछि दुई अन्तरिक्ष यात्री निर्धारित समयमा पृथ्वीमा फर्किन नसकेका हुन् । अन्तरिक्ष यान स्टारलाइनरलाई यसको चालक दलबिना पृथ्वीमा फिर्ता गर्ने निर्णय गरियो र तीन महिनाभन्दा बढी अन्तरिक्षमा रहेपछि सेप्टेम्बर ६ मा सफलतापूर्वक पृथ्वीमा फर्काइयो ।

    दुवै अन्तरिक्ष यात्रीलाई स्पेसएक्स ड्र्यागन अन्तरिक्ष यानबाट आगामी वर्षको फेब्रुअरीमा पृथ्वीमा फर्काइने तय भएको छ । अन्तरिक्ष यात्रीले मतदानमा नागरिकको महत्त्वपूर्ण भूमिका रहेको भन्दै मतपत्रका लागि अनुरोध गरेको बताएका छन् । “मैले आज मतपत्रका लागि अनुरोध पठाएको छु । हामीले केही हप्तामा मतपत्र प्राप्त गर्नेछौँ”, विल्मोरले भने, “मतदानको अधिकार नागरिकको एक महत्त्वपूर्ण अधिकार हो, नासाले प्रदान गरेको यस अवसरका लागि हामी उत्साहित छौँ ।”

    टेक्सास विधायिकाले नासाका कर्मचारीलाई अन्तरिक्षबाट मतदान गर्न अनुमति दिने विधेयक पारित गरेपछि अन्तरिक्ष यात्रीहरूले सन् १९९७ देखि अन्तरिक्षबाट मतदान गर्दै आएको न्युयोर्क पोस्टले जनाएको छ । त्यस वर्ष नासाका डेभिड वुल्फ अन्तरिक्षबाट मतदान गर्ने पहिलो अन्तरिक्ष यात्री बन्नुभयो । सन् २०२० मा नासाकी अन्तरिक्ष यात्री केट रुबिन्सले पनि अन्तरिक्षबाट आफ्नो नागरिक कर्तव्य पालना गर्नुभएको थियो । रासस-एएनआई

  • आज कस्तो रहनेछ मौसम ?

    आज कस्तो रहनेछ मौसम ?

    काठमाडौं । आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्ज–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

    कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने कोशी प्रदेशको तराई भू–भागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।

  • आज पनि पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

    आज पनि पश्चिम नेपालमा भारी वर्षाको सम्भावना

    काठमाडौं । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीस्थित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा पनि हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

    सो बुलेटिनमा सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा आज राति पनि हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव देखिएको छ ।

    त्यसैले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । भारत मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणाली समेतको प्रभावले नेपालको पश्चिमी भूभागमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण सार्वजनिक गरिएको हो ।

    भारी र धेरै भारी वर्षाको कारण हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । अहिले पश्चिम नेपालमा कायम पानी पार्ने प्रणालीको प्रभाव शनिबार दिउँसोदेखि क्रमशः सुधार हुँदै जाने सम्भावना छ ।

    शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको मात्र सम्भावना छ । कोशी मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने हावाहुरी सहित भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    शनिबार राति भने कोशी र मधेश प्रदेशका एक–दुई स्थानमा मात्र भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

  • टिकटकले नेपालमा खुलायो अवसर, विशेष कर्मचारी राख्ने तयारी

    टिकटकले नेपालमा खुलायो अवसर, विशेष कर्मचारी राख्ने तयारी

    काठमाडौं । ९ महिना लामो प्रतिबन्ध फुकुवा भएलगत्तै टिकटकले नेपालका लागि विशेष कर्मचारी तथा प्रतिनिधिहरु राख्ने भएको छ । टिकटकले पब्लिक पोलिसी म्यानेजर (ग्लोबल पब्लिक पोलिसी) पदमा आवेदन मागेको छ । सरकारले राखेको नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने लगायतका शर्त मान्नसहमति जनाएलगत्तै टिकटकले नेपालका लागि कर्मचारीहरु राख्ने प्रक्रिया सुरु गरेको हो ।

    टिककटको यूएईस्थित कार्यालयले गरेको विज्ञापनमा कति जना कर्मचारी मागिएको भन्ने खुलेको छैन । सेवा सुविधाबारे पनि उल्लेख छैन । पब्लिक पोलिसी म्यानेजरले नेपाल सरकारसँगको सम्बन्ध सुमधुर राख्ने र सरकारको नीतिको आधारमा तोकिएका जिम्मेवारी पूरा गर्नुपर्नेछ । टिकटकमा रहेका जोखिम तथा संकट व्यवस्थापन गर्ने र सरकारसँग सहकार्य र साझेदारी गर्दै कम्पनीको र प्रयोगकर्ताको हित प्रवद्र्धन गर्ने काम यस्ता कर्मचारीले गर्नेछन् । टिकटकलाई विश्वासिलो बनाउँदै नेपालमा यसको राजनीतिक, कानुनी, नियामकीय चुनौती सामना गर्ने जिम्मेवारी पब्लिक पोलिसी म्यानेजरको हुनेछ ।

    सर्जक र प्रयोगकर्ताहरुको लागि रणनीतिहरु पहिचान गर्ने, अनुगमन गर्ने, विश्लेषण गर्ने क्षमता भएका व्यक्तिको खोजी टिकटकले गरेको छ । सार्वजनिक नीति वा सरकारी सम्बन्ध र वकालत कार्यमा प्रत्यक्ष अनुभव भएका व्यक्तिलाई टिकटकले मौका दिनेछ । नियुक्त हुनेहरुलाई सरकार, नीति निर्माता र मुख्य विचारकहरुसँग सम्बन्ध बनाउने जिम्मेवारी दिइनेछ ।

    जनसम्पर्क, कानुन, उत्पादन, इन्जिनियरिङ लगायतका आन्तरिक समूहहरुबीच सहकार्य गर्ने र प्राज्ञिक तथा गैरसरकारी संस्थासहित व्यावसायिक संघ संस्थासँग राम्रो सम्बन्ध कायम राख्न समेत भूमिका खेल्नुपर्ने छ । सार्वजनिक नीति, सरकारी सम्बन्ध र पैरवीमा ज्ञान भएका, न्यायिक प्रक्रिया र प्रविधि नीतिका जानकार तथा अंग्रेजी र नेपाली दुवै राम्रो लेख्न, पढ्न र बोल्न सक्ने भएकालाई यो अवसर छ ।

    यो पदमा आवेदन दिन राजनीति शास्त्र, आन्तरिक मामिला, सरकार, सार्वजनिक मामिला लगायतका क्षेत्र वा सो सरहका विषयको एड्भान्स डिग्री वा सो सरहको अनुभव भएको व्यक्ति हुनुपर्नेछ । अन्तर्राष्ट्रिय प्रविधिसम्बन्धी काम गरिरहेका कम्पनी तथा अन्तर्राष्ट्रिय संस्थामा काम गरेर अनुभव हासिल गरेकलाई प्राथमिकता दिने टिकटकको विज्ञापनमा उल्लेख छ ।

  • पश्चिमी नेपालमा आज भारी वर्षा, सतर्क रहन आह्वान

    पश्चिमी नेपालमा आज भारी वर्षा, सतर्क रहन आह्वान

    काठमाडौं । लुम्बिनीदेखि सुदूरपश्चिमसम्मका जिल्लाहरुमा गएरातिदेखि वर्षा भइरहेको छ । ती क्षेत्रमा आज २९ गते बिहानसम्म वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गरी पश्चिमी भूभागमा भदौ २७ गते साँझदेखि २९ गते बिहानसम्म भारीदेखि धेरै भारीसम्म वर्षा हुने जानकारी दिएको थियो । बुधबार रातिदेखि नै मनसुन सक्रिय हुँदा पाल्पा, दाङ, बाँके, बर्दिया, कैलाली, डडेलधुरा, कञ्चनपुर लगायतका जिल्लाहरुमा बढी वर्षा भएको देखिन्छ ।

    वर्षाको मात्रा अझै बढ्ने सम्भावना छ । खासगरी बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बैतडी र अछाम जिल्लामा अत्यधिक वर्षाको सम्भावना छ । त्यसैले ती जिल्लाहरुलाई मौसम पूर्वानुमान महाशाखाले उच्च जोखिमको सूचीमा राखेको छ । भारतको मध्यप्रदेश आसपासमा अवस्थित मनसुनको न्यून चापीय प्रणाली थप विकसित भई उत्तरपश्चिमतिर अर्थात् नेपाल नजिक सर्ने सम्भावना छ ।

    त्यसको प्रभावले नेपालको पश्चिमी भूभागमा बढी वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ८ जिल्लालाई उच्च जोखिमको सूचीमा राखे पनि मधेशदेखि सुदूरपश्चिमसम्मका १९ जिल्लामा मध्यम जोखिमको सम्भावना छ ।

    खासगरी बारा, पर्सा, चितवन, नवलपरासी पूर्व, स्याङ्जा, तनहुँ, अर्घाखाँची, तनहुँ, अर्घाखाँची, रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी पश्चिम, दाङ, बाँके, दैलेख, कालिकोट, सल्यान, दार्चुला, बझाङ र बाजुरा जिल्ला मध्यम जोखिममा रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । बाँकी ३३ जिल्लालाई महाशाखाले निम्न जोखिमको सूचीमा राखेको छ । काठमाडौं उपत्यका र हिमाली क्षेत्रसहितका अन्य १७ जिल्लाबारे भने महाशाखाको विशेष बुलेटिनमा केही उल्लेख छैन ।

  • मनकामना केबुलकार १ असोजबाट पुनः सूचारु

    मनकामना केबुलकार १ असोजबाट पुनः सूचारु

    काठमाडौं । स्तरोन्नतिको काम सम्पन्न भएसँगै १ असोजदेखि मनकामना केबलकार सञ्चालनमा आउने भएको छ । कम्पनीका अनुसार २६ वर्षदेखि एनालग अपरेटिङ सिस्टमबाट सञ्चालनमा रहेको केबलकार अब डिजिटल डी–कनेक्ट सिस्टममा स्तरोन्नति गरिएको छ । सो काम सम्पन्न भएसँगै १ असोजदेखि केबलकार सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

    अष्ट्रियाबाट केबलकार निर्माता कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरीवेक्षणमा स्तरोन्नतिको काम सम्पन्न भएको हो । ३१ असारदेखि केबलकार सेवा बन्द भएको थियो । यसबीचमा मनकामना दर्शनमा जानेहरूले सडक मार्ग वा पैदल यात्रा प्रयोग गरेका थिए । मनकामना मन्दिरमा नवदुर्गाभर विशेष पूजाआजा हुनेगर्छ ।

  • बुद्धको एक जहाजलाई दिइयो अवकाश

    बुद्धको एक जहाजलाई दिइयो अवकाश

    काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन) जहाजलाई अवकास दिएको छ । अब यो जहाज उड्ने छैन । नेपालमा सन् २००८ सेप्टेम्बर १७ भित्राएर पहिलो पटक माउन्टेन फ्लाइट गरेको यो जहाजको अन्तिम उडान समेत माउन्टेन फ्लाइट नै गरियो । जसमा बैंकरहरु उडेका थिए । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरिएको हो । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर स्यालुटसहित बिदाइ गरे ।

    यो एटिआर कम्पनीले उत्पादन गरेको जहाजमध्ये ७० हजार साइकल पूरा गरी बिदा हुने पहिलो जहाज बनेको छ । ७० हजार साइकल पूरा गरेपछि व्यवसायिक उडान गर्न नपाइने एटिआरको नियमअनुसार यो जहाजलाई आजबाट उडाउन बन्द गरिएको हो । नेपालमा मात्र यो जहाजले ४० हजार साइकल उडान गरेको छ । ४७ सिट क्षमताको यो जहाज सन् १९९७ डिसेम्बर २८ बाट उड्न थालेको थियो । यो जहाजले १८ लाख यात्रुलाई सेवा दिएको बुद्ध एयरले जनाएको छ ।

  • आइफोन-१६ सिरिज सार्वजनिक

    आइफोन-१६ सिरिज सार्वजनिक

    काठमाडौैं । एप्पलले आइफोन १६ सिरिज लन्च गरेको छ । ९ सेप्टेम्बरका दिन अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा कम्पनीले एक विशेष समारोह आयोजना गरेको छ । जसमा १६ रिसिज सार्वजनिक गरेको हो । यस इभेन्टलाई एप्पलले इट्स ग्लोटाइम नाम दिएको छ । यसै इभेन्टमा एप्पलका नयाँ डिभाइसहरु समेत सार्वजनिक गरियो ।

    यस इभेन्टमा वाच सिरिज १०, एयरपड्स ४, एप्पल वाच अल्ट्रा २, एयरपोड्स म्याक्सको समेत लन्च गरियो । यसै अवसरमा आइफोन १६ सार्वजनिक गरियो । यस अवसरमा आइफोनका कुल चार मोडल लन्च गरियो । जसमा आइफोन १६, १६ प्लस, आइफोन १६ प्रो र आइफोन प्रो म्याक्स रहेका छन् । आइफोन १६ मा निकै सुधार गरेको कम्पनीले जानकारी गराएको छ ।

  • अन्तरिक्षमा रोकिएका वैज्ञानिक फिर्ता हुन सकेनन्, यान रिक्तै फर्कियो

    अन्तरिक्षमा रोकिएका वैज्ञानिक फिर्ता हुन सकेनन्, यान रिक्तै फर्कियो

    काठमाडौं । बोइङको स्टारलाइनर अन्तरिक्ष यानले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)बाट ल्याउनुपर्ने दुई जना अन्तरिक्ष यात्रीबिनै पृथ्वी फर्किएको छ।
    उक्त खाली क्याप्सुल न्यू मेक्सिकोमा सुरक्षित रूपमा अवतरण गरेको थियो। पृथ्वीको परिक्रमा गरिरहेको आईएसएसबाट छुट्टिएपछि सो यानले स्वचालित तवरबाट पृथ्वीसम्मको यात्रा गरेको थियो।

    स्टारलाइनरले जुनमा प्रक्षेपण गरे लगत्तै प्राविधिक समस्या सामना गरेको थियो जसमा हिलियम चुहावट समेत एउटा थियो। त्यसपछि अमेरिकी अन्तरिक्ष संस्था नासाले उक्त यानमा गएका दुई अन्तरिक्षयात्रीलाई आईएसएसमै छाड्नु सुरक्षित हुने निर्णय गरेको थियो। नासाका एक जना प्रवक्ताले अन्तरिक्षयान फिर्तीलाई एउटा सफलताको रूपमा व्याख्या गरे तापनि धेरै काम गर्न आवश्यक रहेको स्वीकारे। बुच विल्मोर र सुनी विलिअम्स आउँदो फेब्रुअरीमा पृथ्वीको कक्षमा आठ महिना बिताएर स्पेसएक्स क्रु ड्र्यागन जमिनमा फर्कनेछन्।

    प्रक्षेपणका क्रममा बुच विल्मोर र सुनी विलिअम्स आठ दिनका लागि भनेर अन्तरिक्ष केन्द्र गएका थिए। नासाले उनीहरू राम्रो अवस्थामा रहेको र आफ्ना परिवारसँग नियमित सम्पर्कमा रहेको जनाएको छ। जसका एक वरिष्ठ अधिकारीले उनीहरू आफ्नो कामका लागि उत्सुक रहेको बताएका छन्। नासाका कमरसिअल क्रु प्रोगाम म्यानेजर स्टीभ स्टिचले भने : “उनीहरूले अहिले अगाडी बढिरहनु, यानलाई सुरक्षित फिर्ता पठाउनुको महत्त्व बुझेका छन्।”

    नासाका अधिकारीहरूले दुवै अन्तरिक्षयात्रीहरू आफ्नो लम्बिएको मिशनका लागि राम्रोसँग अनुकूल भइरहेको बताएका छन्। उनीहरू दुवैले यसअघि अन्तरिक्षमा दुईपटक लामो अवधि बिताएका थिए। शनिवार फर्किएको याने पृथ्वीसम्म आइपुग्न छ घण्टा लामो यात्रा गरेको थियो। पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि अवतरणको गति कम गर्न प्यारासुट प्रयोग गरिएको थियो। बोइङ कम्पनीले पहिलो पटक आफ्नो अन्तरिक्षयानमा अन्तरिक्षयात्रीसहित परीक्षण उडान गरेको थियो।

    तर जुन ५ मा फ्लोरिडाको केप कनाभ्रलबाट अघि बढेलगत्तै उक्त यानले समस्या सामना गरेको थियो। त्यसले सामना गरेको हिलिअम चुहावट समस्या सामना गर्‍यो जसले प्रोपल्सन प्रणालीमा इन्धन पठाउँथ्यो। र यसका धेरै थ्रस्टरहरूले पनि राम्ररी काम गरेनन्। बोइङ र नासाका इञ्जिनिअरहरूले महिनौँ लगाएर ती प्राविधिक समस्याहरू बुझ्ने प्रयास गरेका थिए। तर अगस्ट महिनाको अन्त्यतिर अमेरिकी अन्तरिक्ष निकायले उक्त स्टारलाइनर अन्तरिक्षयात्री यात्रीलाई घर फर्काउन सुरक्षित नरहेको निर्णय गरेका थिए।


    बीबीसीको सहयोगमा

  • नेपालमा चल्न थाल्यो टिकटक

    नेपालमा चल्न थाल्यो टिकटक

    काठमाडौं । सरकारले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई टिकटकको प्रतिबन्ध हटाउन निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै मन्त्रिपरिषदको निर्णयअनुसार टिकटकमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए ।

    टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो । सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा मन्त्रिपरिषद बैठकले शर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय लिएको थियो ।

    टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो । टिकटकले आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै सामाजिक दुर्भावना फैलाउने खालका ‘कन्टेन्ट’ भित्र रहेका शब्द, वाक्यहरूको अंग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्न पनि तयार भएको छ ।

    २७ कात्तिक २०८० मा प्रतिबन्ध लगाएकै बेलादेखि टिकटकले सरकारलाई प्रतिबन्ध फुकुवा गर्न पटक–पटक निवेदन दिएको थियो । चीन सरकारले पनि सरकारमाथि प्रतिबन्ध खोल्न दबाब बढाएको थियो । कांग्रेस–एमालेको गठबन्धन सरकार बनेपछि टिकटकको प्रतिबन्ध हटाउन छलफल सुरु भएको थियो ।

    मन्त्रिपरिषदले सशर्त प्रतिबन्ध खोल्ने निर्णय गरेपनि टिकटकसँग शर्तहरुबारे छलफल भएर सहमति नभएकाले बिहीबार मात्रै मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई प्रतिबन्ध हटाउन निर्देशन दिएको थियो । मन्त्रालयले पत्र लेखेपछि प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरुलाई निर्देशन दिएर प्रतिबन्ध हटाउने निर्णय कार्यान्वयन गरेको छ ।

    सरकारले निर्णय गरेलगत्तै मोफसलका साना शहरहरु र ग्रामीण भेगमा सेवा दिने इन्टरनेट सेवा प्रदायक कम्पनीले टिकटक चल्न दिइसकेका छन् । तर, काठमाडौं, पोखरा लगायतका मुख्य सहरहरुका कतिपय इन्टरनेट सेवा प्रदायकको सेवामा टिकटक प्रतिबन्ध कायम थियो । अब सबैतिर टिकटक चल्न थालेको छ ।

  • आज देशैंभर झरी लाग्दै, तीजमा सास्ती

    आज देशैंभर झरी लाग्दै, तीजमा सास्ती

    काठमाडौं । आज देशभर नै वर्षा भइरहेको छ । गत २४ घण्टामा सातै प्रदेशमा वर्षा भएको छ । पछिल्लो तीन घण्टायता भने मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा बढी वर्षा भएको छ । केही स्थानमा वर्षाले खतराको संकेतसमेत गरेको छ । नवलपरासी पूर्वको दुम्कौली, पाल्पाको जाल्पा र अर्चले, नवलपरासी पश्चिमको देउराली, कैलालीको बचिला र सिन्धुपाल्चोकको मानेखर्कमा अत्यधिक वर्षाले खतराको संकेत गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती क्षेत्रका जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्दै एसएमएसमार्फत् सूचना पठाइएको छ ।

    पश्चिम राप्तीको जलाधार क्षेत्र प्युठानको लुङ्ग्री र नारायणी नदीको जलाधार क्षेत्र बागलुङको मंगलघाट केन्द्रमा बाढीको स्तर चेतावनीको तहसम्म पुगेको छ । आज बिहान दुई बजे रुपन्देहीस्थित तिनाउ नदी जलमापन केन्द्रमा बाढीले खतराको तह पार गरेको थियो । यसैगरी कपिलवस्तुस्थित कोइली नदी वाणगङ्गा जलमापन केन्द्रमा पनि बाढी बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले वर्षा गराउने बादल लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा केन्द्रित भएकाले त्यहाँ मध्यमदेखि वर्षा भएको छ ।

    जल तथा मौसम विज्ञान विभागले आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भाना रहेको जनाएको छ । आज राति भने गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । निरन्तर पानी परिरहँदा माटो कमलो हुने भएकाले पहिरो र कटानको जोखिम हुने हुँदा सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

  • आज कहाँ-कस्तो रहनेछ मौसम ?

    आज कहाँ-कस्तो रहनेछ मौसम ?

    काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

    कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी, मधेस र गण्डकी प्रदेशका एकट्ठदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको र कोशी, मधेस र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।


    ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

    सिन्धुपाल्चोक केन्द्र भएर भूकम्पको धक्का

    काठमाडौं । सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। मंगलबार बिहान ६ः११ बजे शिखरपुर केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको छ । २०७२ सालको भूकम्पबाट बढी प्रभावितमध्ये यो जिल्ला पनि एक हो ।

  • देशैभर वर्षा, कहाँ-कहाँ छ जोखिम ?

    देशैभर वर्षा, कहाँ-कहाँ छ जोखिम ?


    काठमाडौं । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ । बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ । त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ । त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ । कतिपय स्थानमा अति भारी वर्षा रेकर्ड भएको छ ।
    वर्षाका कारण बाढी र पहिरोको जोखिम भएकाले पहिरो गइरहने नारायणगढ–मुग्लिन सडकखण्डमा उच्च सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ भए पनि बंगालको खाडीमा विकसित चक्रवातको बाहिरी घेराका बादल तथा तीब्बत तर्फबाट पनि बादल नेपालमा आएकाले वर्षा भइरहेको छ । मनसुनी वायु पूर्वबाट पश्चिमतिर बहने भएकाले अहिले विकसित भएको वर्षा गराउने बादल पनि पश्चिमतिर सरिरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार विगत १२ घण्टाको अवधिमा चितवनको कल्याणपुरमा सबैभन्दा धेरै १५३ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी नारायणी फिल्ड अफिसमा १२३, शक्तिखोरमा १०७ र देवघाटमा ९३ मिलिमिटर वर्षा मापन भएको छ ।

    भारी वर्षाका कारण माडी क्षेत्रको रिउखोला र अन्य साना खोलामा आकस्मिक बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले सूचना जारी गर्दै नारायणगढ–मुग्लिङ सडकखण्डमा पनि आकस्मिक बाढी र पहिरोको जोखिम रहेको भन्दै यात्रामा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।
    आज दिनभरी नै पानी पर्ने, एकछिन रोकिने र फेरि पानी पर्ने अवस्था हुनेछ । आज दिउँसो र रातिमा पनि वर्षाको सम्भावना छ । सोमबार आजको तुलनामा कम वर्षा हुने पूर्वानुमान छ ।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ ।

    बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागको अनुमान छ । सबै प्रदेशका केही स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

    आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

  • सरकारले कुन शर्तमा खुलायो टिकटक ?

    सरकारले कुन शर्तमा खुलायो टिकटक ?

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले केही शर्तहरु राखेर टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । यो नीतिगत निर्णय कार्यान्वयनका लागि टिकटकले सूचना प्रविधि तथा सञ्चार मन्त्रालयसँग सम्झौता गर्नुपर्नेछ ।

    सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘नीतिगत रुपमा खुल्यो । त्यो कार्यान्वयनमा आउन हाम्रो शर्त पूरा गर्नुपर्छ ।’ उनका अनुसार हरेक सामाजिक सञ्जाल अब ‘सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८०’ को दफा ३ अनुसार मन्त्रालयमा सूचिकरण हुनुपर्छ । त्यसपछि दफा ६ अनुसार प्वाइन्ट अफ कन्ट्रयाक्ट तोक्नुपर्छ ।
    छलफलमा टिकटकका प्रतिनिधिहरु नेपालमा सूचिकरण हुन र प्वाइन्ट अफ कन्ट्रयाक तोक्न सहमत छ । साथै थप चार शर्त सरकारले राखेको छ । पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा र साक्षरताका लागि सघाउनुपर्ने र सार्वजनिक शिक्षालाई गुणस्तरीय तथा सूचना प्रविधिमा आधारित बनाउन सहयोग गर्नुपर्ने सरकारको शर्त छ ।

    यस्तै टिकटकमा नेपाली वा नेपालका मातृ भाषाहरु फिल्टरिङ तथा मोडरेसनको सुनिश्चितता गर्नुपर्छ । सञ्चारमन्त्री गुरुङले भने, ‘जे कारणले टिकटक बन्द गरिएको हो, त्यस्तो परिस्थिति कुनै पनि नआउने गरी फिल्टिरिङ हुनुपर्छ ।’ गालीगलौजका साथै सामाजिक दुर्भावना फैलाउने, सामाजिक अपराध फैलाउने भाषा प्रयोग हुन नहुने सरकारले बताएको छ । मन्त्री गुरुङले भने, ‘यो अरु सञ्जालको हकमा पनि लागू हुन्छ ।’

  • मनसुनको प्रभाव शनिबारसम्मै, राजमार्गमा अधिक अवरोध

    मनसुनको प्रभाव शनिबारसम्मै, राजमार्गमा अधिक अवरोध

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तत्काल मौसममा सुधार हुने सम्भावना नरहेको जनाएको छ । विभागका अनुसार वर्षाको सम्भावना आगामी शनिबारसम्मै छ । तर लगातार झरी भने पर्ने छैन । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ सरेको छ । त्यसैले पश्चिमको तुलनामा पूर्वमा बढी वर्षा हुने छ ।

    दुई दिन अघिदेखि काठमाडौं उपत्यकासहित देशभर वर्षा भइरहेको छ । आज बिहान पनि देशभर आंशिकदेखि साधारणतया बदली छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।

    पछिल्लो एक घण्टामा बर्दियाको दौलतपुर, कैलालीको बचिला र कचिला वर्षा मापन केन्द्रमा भारी वर्षा भएको छ । शनिबार राति सर्लाहीको पत्थरकोट, उदयपुरको सुन्दरपुर, सिन्धुपाल्चोक नाकोटे, कैलालीको टीकापुर र म्याग्दीको मङ्गलघाट जलमापन केन्द्रमा पनि मध्यमदेखि भारी वर्षा मापन भएको थियो । कैलालीमा वर्षाका कारण हिजोदेखि नै बस्ती डुबानमा परेका छन् ।

    विभागले जारी गरेको बुलेटिनमा लेखिएअनुसार आज भदौ ६ गते दिउँसो पनि सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ । भदौ ७ गते कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको प्रक्षेपण छ । कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ ।

    भदौ ८ गते पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाब, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाले सबैलाई अनुरोध गरेको छ । दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावनासमेत रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले भनेको छ ।

  • मनसुन पुनः सक्रिय, कहाँ कहाँ आयो धेरै पानी ?

    मनसुन पुनः सक्रिय, कहाँ कहाँ आयो धेरै पानी ?

    काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट केही उत्तर दिशा तर्फ सरेको छ । यसको प्रभावले नेपालमा अन्य दिनको तुलनामा मनसुन सक्रिय भएको छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालतिर सरेमा नेपालमा बढी पानी पर्दछ ।


    मंगलबार रातिदेखि नै पूर्वदेखि पश्चिमसम्म पानी परिरहेको छ । बुधबार बिहानसम्म सबैभन्दा धेरै वर्षा मधेश प्रदेशको पर्सा जिल्लामा भएको छ । पर्साको टाँडीमा विगत ६ घण्टाको अवधिमा १४५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । बाराको सिमरा एयरपोर्टमा १२९.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागको बाढी पूर्वानुमान महाशाखाले आज बिहान पाँच बजे एक सूचना जारी गर्दै पर्साको रङ्गापुर टाँडी बजार, बाराको सिमरा, पर्वानीपुर, कलैया, अमलेखगञ्ज र आसपास भारी वर्षा भएको जनाएको छ । वर्षा थप हुन सक्ने भएकाले सो क्षेत्र भई बहने दुधौरा, पसाहा लगायत साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने सम्भावना छ । त्यसैले ती क्षेत्रका तटीय क्षेत्र र डुबान भइरहने होचा भू भागहरूमा आज बिहान १० बजेसम्म सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    ६ घण्टाको अवधिमा कैलालीको धनगढी एयरपोर्टमा पनि राम्रै वर्षा भएको देखिन्छ । त्यहाँ ९७२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । तीन घण्टादेखि कञ्चनपुरको दोधारा केन्द्रमा पनि भारी वर्षा भएको देखिन्छ । दोधारा मौसम केन्द्रमा तीन घण्टाको अवधिमा ४४.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

    नुवाकोटको ककनी, कैलालीको टीकापुर लगायत स्थानमा पनि भारी वर्षा रेकर्ड भएको छ । मंगलबार राति कैलालीको कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको थियो ।

  • थामे बाढीबारे प्रधानमन्त्रीले लिए व्रिफिङ

    थामे बाढीबारे प्रधानमन्त्रीले लिए व्रिफिङ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका—५, थामेखोलामा गत साउन ३२ को हिमताल विस्फोटबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे जानकारी लिएका छन्। घटनास्थलमा पुगेर फर्किएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिहंदरबारमा प्रधानमन्त्री ओलीलाई सो विवरण अवगत गराइएको हो।

    त्यहाँको अवस्थाबारे गम्भीरतापूर्वक सुनेपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णयहरू गर्ने प्रतिबद्धता व्यक्त गरे। सो अवसरमा रक्षामन्त्री राई, सङ्घीय सांसद सोनाम गेल्जेन शेर्पा, कोसी प्रदेशसभा सदस्य बुद्धिबहादुर राजभण्डारी, मुख्यसचिव लीलादेवी गड्तौला, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा, उपाध्यक्ष टासी ल्हमु शेर्पालगायत उपस्थित थिए।

    स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्न लगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली, टेलिफोन लगायत अत्यावश्यक सेवा सञ्चालन हुनुपर्ने उल्लेख छ।
    क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विषय विज्ञको संयुक्त टोलीबाट अध्ययन हुनुपर्ने र पुनर्निर्माणको कार्ययोजना बनाइ कार्यान्वयन गर्नुपर्ने जनाइएको छ।

    विस्फोटपछिको बाढी र पहिरोका कारण १७ घर र एक विद्यालय ध्वस्त भएको थियो। दिउँसोको समयमा घटना भएको र पूर्व सूचना प्रणाली अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ।

  • देशैभर ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

    देशैभर ठूलो वर्षा, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । वर्षा भएसँगै खोला तथा नदीहरुमा पनि बहाव बढेको छ । आज बिहान कपिलवस्तुको भगवानपुर, दाङको लालमटिया, रोल्पाको लिवाङ, बाँकेको नेपालगञ्ज एयरपोर्ट र खजुरा, बर्दियाका रम्भापुर र रानीजरुवा, दैलेखको कट्टी र कैलालीको टीकापुरमा मध्यमदेखि भारी वर्षा भएको छ । ६ घण्टाको अवधिमा गोरखाको आरुघाट र पर्साको मुडलीमा पनि भारी वर्षा मापन भएको छ ।

    विगत १२ घण्टाको अवधिमा देशका अधिकांश स्थानमा वर्षा भएको छ । १२ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा रुपन्देहीको भैरहवामा मापन भएको छ । त्यहाँ १७८ मिलिमिटर वर्षा मापन भएको छ । अहिले वर्षा बागमती र लुम्बिनी प्रदेशमा बढी भइरहेकाले खोला तथा नदीहरुमा बाढीको जोखिम बढेको छ ।

    काठमाडौं उपत्यकास्थित वाग्मती नदीको खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ । जलसतह बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रहरूमा रहने र यात्रा गर्नेहरुलाई बिहान १० सम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    यसैगरी कपिलवस्तु जिल्लाको भगवानपुर, दाङ जिल्लाको लालमटिया र बागासोती, प्युठान जिल्लाको हन्सपुर, माडी नदी र बिजुवार, रोल्पाको सुलिचौर र लिबाङ गाउँ तथा ती स्थानका आसपासमा सामान्यदेखि मध्यम वर्षा भएकाले बाढीको जोखिम छ ।

    प्युठान जिल्लास्थित लुंग्री नदीको खुंग्री जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ । दैलेख जिल्लास्थित कट्टी वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । ६ घण्टाको अवधिमा त्यहाँ ११६.२ मिलिमिटर वर्षा भएको छ । त्यसैले बेस्तडा खोला र अन्य स(साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले भनेको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुन न्यून चापीय रेखा सरदर स्थानकै आसपासमा छ । महाशाखाले आगामी २४ घण्टाका लागि परामर्श जारी गर्दै सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

    मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन सुझाव समेत दिएको छ ।

    महाशाखाको बुलेटिनमा उल्लेख भएअनुसार आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    सोमबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।सोमबार राति भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

  • सोलुखुम्बुको थामेमा हिमताल फूटेर बाढी आएको पुष्टी

    सोलुखुम्बुको थामेमा हिमताल फूटेर बाढी आएको पुष्टी

    काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमताल फुटेर बाढी आएको पाइएको छ । शुक्रबार दिउँसो सोलुखुम्बुको थामे खोलामा बाढी आउँदा २० भन्दा बढी घरमा क्षति पुर्‍याएको थियो । शनिबार बिहान राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलसहितको टोलीले बाढी आएको क्षेत्रको हेलिकप्टरबाट अवलोकन गरेको थियो ।

    त्यस क्रममा थामे खोलाको मुहान क्षेत्रमा रहेका ५ वटा हिमतालमध्ये २ वटा फुटेको पाइएको अवलोकनमा गएकाले बताए । ५ वटा हिमताल रहेकामा २ वटा फुटेको र २ वटा अझै जोखिममा रहेको बताइएको छ । गाउँपालिका अध्यक्ष मिङ्मा छरि शेर्पाका अनुसार अरु तालमा भने जोखिम छैन । बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका ३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको छ ।

    राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले भने अवलोकनमा गएको टोली शनिबार साँझ फर्केपछि विस्तृत जानकारी दिन सकिने बताएको छ ।

  • यती एयरलाइन्सले पायो उत्कृष्ट हवाई सुरक्षा कायम गरी प्रमाणपत्र

    यती एयरलाइन्सले पायो उत्कृष्ट हवाई सुरक्षा कायम गरी प्रमाणपत्र

    काठमाडौं । निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ (आएटा) को ‘आईएसएसए’ (आएटा स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट) कार्यक्रमको मापदण्ड हासिल गरेको छ । उड्डयन क्षेत्रमा आईएसएसएको यो प्रमाणपत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने वायुसेवालाई मात्र प्रदान गरिन्छ । यस विषयमा यतीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुभाष सापकोटाले आईएसएसएको प्रमाणपत्र प्राप्त गर्न पाउँदा धेरै नै खुसी लागेको बताए ।

    ‘हवाई सुरक्षा र परिचालन प्रक्रियाको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्त्वपूर्ण उपलब्धि हो । यो उपलब्धिले हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पण प्रतिविम्बित गरेको छ,’ सीईओ सापकोटाले भने, ‘साथै यात्रुलाई सुरक्षित र भरपर्दो हवाई यात्रा अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ ।’

    सापकोटाका अनुसार आईएसएसए कार्यक्रमले प्रमाणपत्र प्रदान गर्नुपूर्व वायुसेवा सञ्चालकको सुरक्षा व्यवस्थापन प्रणाली शुक्ष्म ढंगले मूल्यांकन गर्ने गर्छ । विभिन्न चरणमा मूल्यांकन गरी विश्वव्यापी मापदण्डका प्रत्येक आवश्यकता कार्यान्वयन गरेपछि यतीलाई आईएसएसए अपरेटरको मान्यता दिइएको हो ।

    व्यापार विस्तार क्रममा हवाई सुरक्षालाई उच्च प्राथमिकतामा राखी यात्रु सन्तुष्टि कायम गर्न प्रतिबद्ध रहेको यतीले जनाएको छ । त्यसैले पछिल्लो समय यतीले विश्वव्यापी उड्डयन सुरक्षा मापदण्ड पूरा गरी अत्याधुनिक प्रविधि, प्रशिक्षण कार्यक्रम र सुरक्षा व्यवस्थापन प्रणालीमा व्यापक लगानी गरेको जनाएको छ ।

    कम्पनीका अनुसार आएटाद्वारा प्रदान गरिएको आईएसएसएको प्रमाणपत्र यतीको अन्तराष्ट्रियस्तरको सुरक्षा मापदण्ड, प्रभावकारी व्यवस्थापन प्रणाली र कार्य सम्पादनमा निरन्तर सुधार भएको प्रमाण हो ।