काठमाडौं । सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँहरुमा आज हल्का हिउँ पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ । कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँहरुमा पनि हल्का पानी पर्ने पूर्वानुमान छ ।
बाँकी भूभागमा आंशिकदेखि साधारणसभा बादल लागी एक–दुई स्थानमा मात्र छिटपुट वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिउँ र पानी पर्ने भएको बताइएको छ । यो प्रणालीको प्रभावले पुस २७ गते शनिबार रातिदेखि पश्चिम तिरबाट बादल लाग्न सुरु गरेको थियो । २७ गते राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँहरुमा हल्का हिउँ समेत परेको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पनि परेको छ ।
त्यो बादल पुस २८ गते आइतबार पश्चिमतिरबाट पूर्वतिर फैलिँदै गएको छ । सोमबार दिउँसोसम्म पनि देशका पूर्वी र मध्य पहाडी भूभागमा बादल लागेर छिटपुट हिउँ र पानी पर्ने सम्भावना रहेको छ । सोमबार रातिबाट भने क्रमिक रुपमा मौसममा सुधार आउने सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले तराई क्षेत्रमा लागेको हुस्सु कम भएको छ । केही दिन धेरै ठाउँमा बाक्लो देखिएको हुस्सु आज भने कम भएको छ । आइतबार तराईका थोरै भू–भागमा मात्रै हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं । सरकारले नेपाली आइटी कम्पनीलाई विदेशमा लगानीको बाटो खुला गको छ । सरकारले नेपाली आइटी कम्पनीले अब विदेशमा लगानी गर्न पाउने गरी अध्यादेश ल्याएको हो । शुक्रबार मध्यराति बसेको मन्त्रिपरिषद् बैठकले नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्न पाउने कानुनी प्रावधानका लागि अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको छ ।
सरकारले नेपाली आइटी कम्पनीले विदेशी बजारसँग प्रतिस्पर्धा गरी नेपालमा आम्दानी भित्र्याउन पाउने कानुनी व्यवस्था अध्यादेशमार्फत गर्दैछ । अध्यादेशमा नेपाली आइटी कम्पनीले विदेशमा शाखा कार्यालय खोल्न पाउने व्यवस्था पनि गरिएको छ । सार्वजनिक सेवा सहजीकरण गर्नका लागि केही कानुनहरू संशोधन गर्ने उद्देश्यले मन्त्रिपरिषद्ले अध्यादेश ल्याएको हो । राष्ट्रपतिबाट सो अध्यादेश प्रमाणीकरण भएपछि नेपाली आइटी कम्पनीले विदेशमा लगानी गर्ने बाटो खुल्नेछ ।
काठमाडौं । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टले आगामी दुई वर्षमा भारतमा क्लाउड कम्प्युटिङ र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पूर्वाधार र प्रशिक्षणमा तीन अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्य नडेलाले हाल बेङ्गलुरुमा आयोजित एक कार्यक्रममा उक्त घोषणा गरे । टेक दिग्गजले सन् २०३० सम्ममा भारतमा एक करोड मानिसलाई एआई सीपमा तालिम दिनेछ ।
माइक्रोसफ्टले देशका डाटा सेन्टर क्याम्पसमा आफ्नो क्लाउड र एआई पूर्वाधार विस्तार गर्ने बताएको छ । माइक्रोसफ्टसँग पहिले नै बजारमा तीन डाटा केन्द्र क्षेत्रहरू छन् । यो लगानीले भारतको द्रुत रूपमा विस्तार भइरहेको एआई स्टार्ट–अप र अनुसन्धान को बढ्दो मागहरू पूरा गर्ने लक्ष्य राखेको छ, ”टेक विशालले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । रासस, सिन्ह्वा
काठमाडौं । तिब्बतको सिगात्से सहरमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार मङ्गलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ९५ पुगेको हो । स्थानीय समयअनुसार मङ्गलबार बिहान नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।
स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवक्र्स सेन्टरले जनाएको छ । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु (गहिराइ) १० किलोमिटर छ ।
यूएस जियोलोजिकल सर्भेले भने भूकम्पको मापन ७.१ म्याग्निच्युड रहेको जनाएको छ भने नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले ७.० म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का नेपालका विभिन्न जिल्लासँगै भुटानको थिम्पु, भारतको बिहार र बङ्गलादेशसम्म महसुस गरिएको छ ।
काठमाडौं । चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रविन्दु भएर सात रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ६स्५० बजे नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।
भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो । भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।
केन्द्रले ६ देखि ८ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ । रासस
काठमाडौं । नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो । बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको विभागले जनाएको छ । त्यसले नेपालका प्रायः ठाउँमा धक्का दिएको छ ।
तिब्बत क्षेत्रका साथै नेपालको पूर्वदेखि मध्य क्षेत्रमा ठूलो धक्का दिएको हो । भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् । भूकम्पको केन्द्रविन्दु नेपालको सोलुखुम्बु क्षेत्र नजिक पर्छ । सोलुखुम्बुका प्रहरी प्रवक्ता इन्सपेक्टर लक्ष्मण गिरीले ठूलो धक्का महसुस भएको र क्षति भए–नभएको बारेमा बुझ्ने काम भइरहेको जानकारी दिए ।
काठमाडौं । भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान भूकम्प गएको हो । भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका थिए । पूर्वी नेपालमा पनि भूकम्पको ठूलो धक्का महसुस भएको छ । आज बिहान ६ः५० बजेको समयमा भूकम्पको धक्का महसुस भएको हो । केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । साथै केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने पूर्वानुमान समेत छ । काठमाडौं उपत्यकामा पुस २३ गते छिटफुटदेखि हल्का वर्षाको सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार साँझ सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ । यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै ठाउँहरुमा छिटपुटदेखि हल्का पानी पर्ने सम्भावना पनि छ ।
पुस २३ गते मंगलबारको दिन कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका हकमा भने थोरै ठाउँहरुमा हल्का हिउँ पर्ने सम्भावना रहेको छ । यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडि भूभागका थोरै ठाउँहरुमा छिटफुटदेखि हल्का पानी पर्ने सम्भावना रहेको छ । पश्चिमी न्यूनचापीय प्रणालीको कारण यस्तो भएको महाशाखाल्े जनाएको छ । अघिल्ला पश्चिमी न्यूनचापीय प्रणालीभन्दा यो केही कमजोर देखिएको छ । तर देशभर नै तापक्रम केही घटेर चिसो बढ्नेछ ।
काठमाडौं । काठमाडौंमा बिहीबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो १ बजेर २ मिनेटमा सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले नेपाल-चीन सीमाक्षेत्रनजिक ज्यामिरेबाट दुई किलोमिटर पर माझीटार केन्द्रविन्दु बनाएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ । केन्द्रका अनुसार यसअघि १६ पुसमा बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
काठमाडौं । अमेरिकी अधिकारीहरूले चिनियाँ राज्यद्वारा प्रायोजित एक ह्याकरले आफ्नो अर्थ मन्त्रालयको प्रणाली ह्याक गरेको आरोप लगाएका छन्। उनीहरूका अनुसार उक्त ह्याकरले अर्थ मन्त्रालयका कर्मचारीहरू काम गर्ने प्रणाली र केही गोप्य कागजातहरूमा पहुँच पाउन सफल भएको बताएका हुन्। उक्त घटना डिसेम्बर महिनाको सुरुमा भएको थियो।
अर्थ मन्त्रालयले सांसदहरूलाई घटनाबारे जानकारी दिन पत्र लेखेपछि त्यसबारे जानकारी सार्वजनिक भएको हो। अमेरिकी अर्थ मन्त्रालयले उक्त ह्याकिङलाई ठूलो घटनाको रूपमा चित्रण गरेको छ। त्यसको प्रभावबारे सङ्घीय जाँच ब्यूरो एफबीआई र अन्य निकायहरूले अनुसन्धान गरिरहेको उसले जनाएको छ।
वाशिङ्टन डीसीस्थित चिनियाँ दूतावासका प्रवक्ताले बीबीसीसँग उक्त आरोपलाई खण्डन गर्दै त्यो अमेरिकाले जानाजान चिनियाँ प्रतिष्ठामा आँच पुर्याउन गरेको ूकुनै पनि तथ्य र आधार विनाकोू सार्वजनिक आरोप बताएका छन्।
अमेरिकी सांसदहरूलाई पठाएको पत्रमा अर्थ मन्त्रालयले चीनस्थित आक्रमणकारीले उक्त मन्त्रालयका कर्मचारीका निम्ति रिमोट टेक्निकल सर्भिस अर्थात् कार्यालयमा उपस्थित नभईकन दिइने प्राविधिक सेवामार्फत् ह्याकिङ गर्न सफल भएको उल्लेख गरिएको छ। उक्त प्राविधिक सेवा तेस्रो पक्षबाट लिइएको थियो र त्यसको साइबर सुरक्षा प्रणालीलाई ह्याकरले छल्न सफल भएको बताइएको छ।
मन्त्रालयले वियोन्डट्रस्ट नामक रिमोट टेक्निकल सर्भिस लिइरहेको थियो। त्यसको सुरक्षा प्रणालीलाई ह्याकरले छल्न सफल भएपछि अहिले उक्त सेवा बन्द गरिएको जनाइएको छ। एफबीआईसँगै मन्त्रालयले साइबर तथा पूर्वाधार सुरक्षासम्बन्धी निकायहरू र तेस्रो पक्षका साइबरसम्बन्धी फोरेन्सिक विज्ञहरूसँग मिलेर उक्त आक्रमणको समग्र प्रभावबारे जाँच गरिरहेको बताइएको छ।
काठमाडौं । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ। शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो। शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ। हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताए। यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ।
यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ। शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ। हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ। हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।
काठमाडौं । भोलि र पर्सि देशका धेरै ठाउँमा हिउँदे वर्षा र उच्च पहाडीभन्दा माथिका क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष मौसमी बुलेटिन निकालेर भोलि शुक्रवार दिउँसोपछि अर्को पानी पार्ने प्रणाली भित्रन लागेको जनाएको हो । पश्चिमी न्यूनचापीय प्रणालीको कारण भोलि दिउँसोपछि पर्सि शनिवारसम्म नेपालको धेरैजसो ठाउँमा मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । यो प्रणालीको धेरै असर सुदूरपश्चिम र कर्णालीमा पर्ने भएपनि देशका धेरैजसो ठाउँमा हल्का वर्षा हुनेछ ।
पर्सि शनिवार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली धेरैजसो ठाउँमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । वर्षा र हिमपातका कारण तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना छ । दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।
त्यसैगरी आवश्यक तयारी गर्न सरोकारवाला निकायलाई पनि भनिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गएको सोमवार र मंगलवार देशका केही ठाउँमा फाट्टफुट्ट वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको थियो । पर्याप्त हिउँदे वर्षा र हिमपात भएमा हिउँदे खेतीबालीलाई फाइदा पुग्नेछ ।
हिउँदे वर्षा र हिमपात हिउँदे बालीको उत्पादनमा निक्कै महत्वपूर्ण मानिन्छ । तर यसपाली अहिलेसम्म छिटपुटबाहेक हिउँदे वर्षा भएको छैन । तर यसपाली सरदरभन्दा कम हिउँदे वर्षा हुने यसअघि नै अनुमान गरिएको छ । पर्याप्त हिउँदे वर्षा र हिमपात नभए खेतीबालीको उत्पादनमा असर पुग्नुका साथै वायु प्रदुषण र आगलागीका घटनासमेत बढ्न सक्ने जोखिम हुन्छ ।
काठमाडौं । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठुलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो । जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठुलो एयरलाइन्स हो ।
“हामीले समस्याको कारण पत्ता लगायौँ र सम्बोधन गर्यौँ । हामी प्रणाली पुनल्स्थापना स्थितिको जाँच गरिरहेका छौँ”, जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो, “आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानको बिक्री स्थगित गरिएको छ । कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौँ ।” यसअघि बिहीबार जेएएलका प्रवक्ताले कम्पनीमाथि साइबर आक्रमण भएको बताउनुभएको थियो ।
स्थानीय समयानुसार बिहीबार बिहान ७ः२४ बजे नेटवर्क अवरोध सुरु भएको जेएएलले विज्ञप्तिमा जनायो । “त्यसपछि बिहान ८ः५६ बजे हामीले अवरोध सिर्जना गरिरहेको राउटर (नेटवर्कहरू बिच डाटा आदानप्रदान गर्ने उपकरण) लाई अस्थायी रूपमा अलग गर्यौँ”, विज्ञप्तिमा उल्लेख छ । यो खबर सार्वजनिक भएपछि जेएएलको शेयर बिहानको कारोबारमा २।५ प्रतिशतसम्म घट्यो । त्यसपछि केही सुधार भयो । एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित हुने पछिल्लो जापानी कम्पनी मात्र हो ।
जापानको अन्तरिक्ष एजेन्सी जाक्साले सन् २०२३ मा अज्ञात संस्थाहरूले साइबर आक्रमण गरेर प्रवेश गरेको तर रकेट वा स्याटेलाइटबारे कुनै संवेदनशील जानकारी प्राप्त नभएको बताएको थियो । सोही वर्ष जापानको व्यस्त बन्दरगाहमध्ये एक नागोया बन्दरगाह र्यान्समवेयर आक्रमणबाट प्रभावित भएको थियो । यसको दोष रुसमा आधारित साइबर अपराध सङ्गठन लकबिटलाई दिइएको थियो ।
जापानको साइबरट्याक्स विरुद्धको रक्षाका लागि जिम्मेवार एजेन्सी नेसनल सेन्टर अफ इन्सिडेन्ट रेडिनेस एन्ड स्ट्रेटेजी फर साइबरसिक्योरिटी ९एनआइएससी० ले सन् २०२३ मा नै ह्याकरहरूले नौ महिनासम्म घुसपैठ गरेको बताएको छ । सन् २०२२ मा सरकारले टोयोटा आपूर्तिकर्तामा अवरोधको पछाडि साइबर आक्रमण भएको बताएको थियो । यसले शीर्ष बिक्री हुने अटो निर्मातालाई एक दिनका लागि घरेलु कारखानाहरूमा सञ्चालन रोक्न बाध्य तुल्याएको थियो ।
हालै लोकप्रिय जापानी भिडियो साझेदारी वेबसाइट निकोनिकोले ठुलो स्तरको साइबर आक्रमणको प्रभावमा परेको भन्दै जुन महिनामा आफ्ना सेवाहरू स्थगित गरेको थियो । रासस–एएफपी
काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार हाल कायम रहेको पचिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेकाले भोलि बिहीबार र शुक्रबार मौसम सामान्यतया सफा रहे पनि शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुनेछ ।
‘आज र भोलि खासै वर्षाको सम्भावना छैन, आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भेगमा हल्का हिमपात हुने देखिन्छ, उनले भनिन्, शुक्रबारदेखि प्रणाली भित्रिने भएकाले रातिबाट बादल लागेर शनिबार वर्षा हुने देखिन्छ । देशैभर बदली रहे पनि वर्षा सुदूरपश्चिम, कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा हुने पूर्वानुमान गरिएको छ ।
मौसमविद् मानन्धरले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभर बदली गराउनुका साथै कतिपय स्थानमा वर्षा हुने उल्लेख गरे । आइतबारबाट क्रमिक रुपमा मौसममा सुधार आउनेछ । पुसे झरी भएकाले चिसो क्रमशः बढ्दै जाने मौसमविद् मानन्धरको भनाइ छ । उनले भनिन्, मंगलबारको हल्का वर्षाले आकाश खुलेकाले न्यूनतम तापक्रम घटेको छ । घाम लागेपछि अधिकतम तापक्रम वृद्धि हुन्छ । पश्चिमी न्यूनचापीय प्रणाली बाहिरिएपछि न्यूनतम तापक्रम घटेर विहान र राति बढी चिसो हुनेगर्छ ।
काठमाडौं । जाजरकोटमा आज बिहानै भूकम्प गएको छ । आज बिहान ६ बजेर ३६ मिनेमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार जिल्लाको नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।
२०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा साढे एक सय बढीको मृत्यु भएको थियो । पछिल्लो समय पश्चिम नेपालमा निरन्तर भूकम्पको धक्का महसुस भइरहेको छ ।
काठमाडौं । नासाको अग्रणी पार्कर सोलार प्रोब (अन्तरिक्षयान) ले मङ्गलबार इतिहास रचेको छ । यो एक हजार सात सय डिग्री फरेनहाइट (९३० डिग्री सेल्सियस) भन्दा बढीको तातो तापक्रमको सामना गर्दै ताप ढालसहित सूर्यको सबैभन्दा नजिक पुग्ने कुनै पनि अन्तरिक्ष यान बन्यो । सन् २०१८ अगस्टमा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान हाम्रो ताराको वैज्ञानिक बुझाइलाई गहिराइमा बुझ्न र पृथ्वीमा जीवनलाई असर गर्न सक्ने अन्तरिक्ष–मौसम घटनाहरूको पूर्वानुमान गर्न मद्दत गर्ने सात वर्षे मिसनमा छ ।
मङ्गलबारको ऐतिहासिक उडान बिहान ठीक ६ः५३ बजे (११५३ जिएमटी) मा भएको हुनुपर्ने थियो । यद्यपि मिसन वैज्ञानिकहरूले पुष्टिका लागि शुक्रबारसम्म पर्खनुपर्नेछ किनभने सूर्यको निकटताका कारण केही दिनसम्म यानसँग सम्पर्क टुट्नेछ । यदि पृथ्वी र सूर्यबीचको दूरी अमेरिकी फुटबल मैदानको लम्बाइ बराबर छ भने अन्तरिक्ष यान नजिकको दृष्टिकोणको क्षणमा अन्तिम क्षेत्रबाट लगभग चार गज (मिटर) हुनुपर्दछ । यसलाई पेरिहेलियन भनिन्छ ।
“यो नासाको साहसी मिसनको एउटा उदाहरण हो, यसले हाम्रो ब्रह्माण्डको बारेमा लामो समयदेखि रहेका प्रश्नहरूको जवाफ दिन पहिले कसैले नगरेको कुरा गरेको छ”, पार्कर सोलर प्रोब कार्यक्रमका वैज्ञानिक एरिक पोसनरले सोमबार एक विज्ञप्तिमा भने, “हामी अन्तरिक्ष यानबाट त्यो पहिलो स्थिति अद्यावधिक प्राप्त गर्न र आउँदो हप्ताहरूमा वैज्ञानिक डाटा प्राप्त गर्न प्रतीक्षा गर्न सक्दैनौँ ।”
ताप ढाल यति प्रभावकारी छ कि प्रोबले सूर्यको बाहिरी वातावरणको अध्ययन गर्दा पनि यसका आन्तरिक उपकरणहरू कोठाको तापक्रम – लगभग ८५ फरेनहाइट (२९ सेल्सियस)– मै रहन्छन् । सूर्यको बाहिरी वातावरणलाई कोरोना भनिन्छ । पार्कर पनि करिब चार लाख ३० हजार माइल प्रतिघन्टा (छ लाख ९० हजार किलोमिटर प्रतिघण्टा) को तीव्र गतिमा अघि बढ्नेछ । यो भनेको अमेरिकाको राजधानी वासिङ्टनबाट टोकियोसम्म एक मिनेटभन्दा कम समयमा पुग्ने गति हो ।
“कुनै पनि मानव निर्मित वस्तु ताराको यति नजिक कहिल्यै गएको छैन, त्यसैले पार्करले साँच्चै अज्ञात क्षेत्रबाट डाटा फर्काउनेछ” “मेरिल्यान्डको लरेलस्थित जोन्स हप्किन्स एप्लाइड फिजिक्स लेबोरेटरी (एपिएल) का मिसन अपरेसन म्यानेजर निक पिङ्किनले भन्नुभयो, “हामी अन्तरिक्षयान सूर्यको वरिपरि घुमेर फर्किँदा यसबाट सुन्न उत्साहित छौँ ।”
यी चरम अवस्थाहरूमा प्रवेश गरेर पार्करले वैज्ञानिकहरूलाई सौर्य हावा कसरी उत्पन्न हुन्छ, कोरोना किन तलको सतह भन्दा तातो छ र कसरी कोरोनल मास इजेक्सनहरू– अन्तरिक्षमा फ्याँकिने प्लाज्माका विशाल बादलहरू–गठन हुन्छन् भन्ने जस्ता सूर्यका केही सबैभन्दा ठूला रहस्यहरू सामना गर्न मद्दत गरिरहेको छ । क्रिसमस इभको यो उडान तीन रेकर्ड–सेटिङ नजिकको पासहरूमध्ये पहिलो हो । अर्को दुई – सन् २०२५ मार्च २२ र सन् २०२५ जुन १९ मा – दुवैले प्रोबलाई सूर्यको उस्तै नजिकको दूरीमा फर्काउने अपेक्षा गरिएको छ । रासस–एएफपी
९ पुस, काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ । गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्याएका संरचनाहरुको आंशिक मर्मतसम्भार गरी ८८ दिनपछि मङ्गलबार बेलुका ७:४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ । हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रुपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।
अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष ९कन्ट्रोल रुम० भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो ।
गोङ्गरस्थित विद्युतृगृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जाने करिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूल्ठूला ढुङ्गा खसेर सडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थका प्रयोग गरी ढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादित विद्युत् प्रवाह गर्न गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनको सिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो ।
दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिक मर्मतसम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएको समयतालिकाभन्दा एक दिनअघिबाट उत्पादन सुरु गरिएको हो । आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानो ढलानलाई भत्काएर मर्मत गरिएको छ । यसैगरी, कल्र्भटको भित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गरी मर्मत गरिएको छ ।
पहिरोले क्षति पुर्याएको डिस्याण्डर आंशिक मर्मत गरी तत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीका रुपमा सञ्चालनमा ल्याइएको हो । डिस्याण्डरको बाँकी मर्मतसम्भार भइरहेको छ । उक्त काम सम्पन्न भएपछि विद्युत् कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान र बेलुकाको समय ९पिक०मा केन्द्रलाई ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ । केन्द्रलाई पुसभित्रमा पिक समयमा चलाउन सक्ने गरी मर्मतसम्भार भइरहेको छ ।
जलविद्युत केन्द्रको प्रवद्र्धक कम्पनी अपर तामाकोशी हाइड्रोपावर लि। सञ्चालक समितिका अध्यक्षसमेत रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले मङ्सिर १८ मा स्थलगत अनुमगन गरी पुस १० भित्रमा मर्मतसम्भार सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरेको थियो ।
कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयास र रातदिनको खटाईबाट माथिल्लो तामाकोसीको मर्मत सम्भार सम्पन्न भई तालिकाभन्दा एक दिन अघि नै विद्युत् उत्पादन सुरु गर्न सफल भएको बताए ।
डिस्याण्डरमा ढुङ्गा, लेदोलगायत थुप्रिएको थियो, पहिरोमा परी दुईजना कम्पनीका कर्मचारी र सुरक्षार्थ खटिएका दुई जना सैनिकले ज्यान गुमाएकाले त्यहाँ खटिएका कर्मचारीमा डरत्रास थियो, उक्त स्थलसम्म पुग्ने पहुँचमार्गसमेत थिएन, विद्युत् आपूर्ति बन्द थियो, यस्तो अवस्थामा मर्मतसम्भार अगाडि बढाउनु ज्यादै चुनौतीपूर्ण अवस्था थियो, उक्त चुनौतीलाई सबैको साथ र सहयोगबाट सामाना गर्दै मर्मतसम्भार सम्पन्न गरी आंशिक रुपमा विद्युत् उत्पादन गर्न सफल भएका छौं’, घिसिङले भने, ‘देशकै ठूलो विद्युतगृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमै असहजता उत्पन्न भएको थियो, केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएसँगै भारतबाट गरिने विद्युत आयात सन्तुलन कायम गरी पिक समयको विद्युत् आपूर्तिमा सहजता हुनेछ ।’
कम्पनीका सिइओ मोहनप्रसाद गौतमले कम्पनीका सञ्चालक समिति, विज्ञसमूहबाट विद्युत्गृह सञ्चालन गर्न प्राप्त सुझावहरुलाई समेटेर मर्मत सम्भारका उपायहरु अबलम्बन गरी कार्ययोजनाकासाथ काम अगाडि बढाइएको र त्यसको नियमित अनुगनबाट तोकिएको दिनभन्दा अगाडिनै विद्युत् उत्पादन गर्न सफल भएको बताए । दायाँतर्फको अर्को डिस्याण्डर मर्मत आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने गरी काम गर्न निर्माण व्यवसायी छनोटका लागि बोलपत्र (टेण्डर) आह्वान भइसकेको सिइओ गौतमले उल्लेख गरे ।
जलविद्युत केन्द्रका सम्पूर्ण संरचनाको बीमा गरिएकाले क्षति पुगेको संरचनाको मर्मतसम्भार खर्च बीमाबाट प्राप्त रकमबाट बेहोरिने छ । कम्पनीले पहिरोले पुर्याएको क्षतिको १ अर्ब ७८ करोड रुपैयाँको प्रारम्भिक बीमा दावी गरेको थियो । कम्पनी र विमक राष्ट्रिय बीमा कम्पनीबाट संयुक्त रुपमा हाल क्षतिको यकिन मूल्याङ्कन भइरहेको छ । उक्त काम सम्पन्न भएपछि बीमाको रकम भुक्तानी प्राप्त हुनेछ । यसैगरी, विद्युत् बिक्रीबाट प्राप्त हुने आम्दानीको तीन महिनाको बीमा गरिएको छ । बीमा सम्झौतामा उल्लेखित सर्तवमोजिम कम्पनीले दुई महिनाको आम्दानीको भुक्तानी पाउने छ ।
काठमाडौं । यस वर्षको दोस्रो हिउँदे वर्षा नेपालको पश्चिमी भेगमा सोमबार रातिदेखि हुने भएको छ । यो प्रणाली मंगलबारसम्म रहने र चिसो बढाउने मौसमविदको भनाइ छ । यस वर्षको पहिलो हिउँदे वर्षा गत मंसिर २३ र २४ गते पश्चिम नेपालका भूभागमा भएको थियो ।
सोमबार रातिदेखि हुने वर्षा पनि अघिल्लोपटकको जस्तै हल्का मात्र हुने पूर्वानुमान मौसमविदले गरेका छन् । मौसमविद डा. विनोद पोखरेलका अनुसार सुदूरपश्चिमको तुलनामा कर्णाली प्रदेशमा बढी पानी पर्ने सम्भावना छ । अन्य प्रदेशमा भने छिटपुट वर्षा हुने र बादल मात्र लाग्ने उनले बताए ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार र सोमबार कर्णाली र सुदूरपश्चिममा बादल लाग्ने तथा एक–दुई स्थानमा हल्का पानी पर्नसक्ने प्रक्षेपण गरेको छ । महाशाखाका अनुसार सोमबार दिउँसो कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा भने आंंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेशमा सोमबार राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । यसैगरी सुदूरपश्चिम प्रदेशमा सोमबार दिउँसो हिमाली क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना छ ।
सोमबार राति हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने पूर्वानुमान छ ।
काठमाडौं । शनिबार बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकामा भूकम्प गएको छ । गोत्री केन्द्रविन्दु बनाएर ५।२ म्याग्नेच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेट जाँदा भूकम्प गएको हो । भुकम्पबाट भएको क्षतिको विवरण आउन बाकि छ। पछिल्लो समय पश्चिम नेपालमा भूकम्पले निरन्तर धक्का दिइरहेको छ ।
काठमाडौं । निरन्तर घटिरहेको काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियस पुगेको छ । आज बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको तापक्रम बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिए । यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।
शुक्रबार रातिदेखि नै बादल नलागेर आकास खुल्ला भएकोले न्यूनतम तापक्रम घटेको हो । सामान्यतया बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ । शुक्रबार राति काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएको थियो
आज शनिबार र भोलि आइतबार मौसम सफा हुने देखिन्छ । काठमाडौं उपत्यकाका खोंचमा र तराई मधेशका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ । योबाहेक उल्लेखनीय मौसमी प्रणाली छैन । केही दिन पानी पर्ने सम्भावना पनि देखिँदैन । त्यसैले केही दिनयता लगातार न्यूनतम तापक्रममा गिरावट आएर जाडो बढेको छ । केही दिन यस्तो जाडो कायमै रहने पूर्वानुमान गरिएको मौसमविद् अधिकारीले बताए ।
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहान तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो र राति पनि मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।
काठमाडौं । काठमाडौँ उपत्यकामा निरन्तर जाडो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।
जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छभने राति कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ ।
प्रातः कालमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागलेसोही अनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । यही प्रभावले कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम आंशिक बदलीदेखि मुख्यतः सफा रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु लाग्नुका साथै थोरै स्थानमा कुहिरोको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उडानमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ ।अधिकारीहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र थियो । फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो शहर हो ।
यो ओरेगन सीमाबाट करिब २०९ किलोमिटर टाढा पर्दछ । यसैगरी सान फ्रान्सिस्कोबाट ४१८ किलोमिटर टाढा पर्दछ । भूकम्प आएलगत्तै ५३ लाख जनामा सुनामीको चेतावनी जारी गरिएको थियो । तर पछि उक्त चेतावनी हटाइएको बीबीसीले जनाएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार भूकम्पबाट मानवीय क्षति वा कुनै ठूलो भौतिक क्षतिको सूचना प्राप्त भएको छैन । हम्बोल्ट काउन्टीको शेरिफ कार्यालयका अनुसार भूकम्प आएको केही समयसम्म विद्युत् आपूर्ति बन्द भएको थियो ।
काठमाडौं । राहदानी विभागले २२ जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट रोकिाएको राहदानी सेवा पुनः सुरु गरेको छ । राहदानी प्रणालीमाथि खतरनाकम साइबर हमाला भएपछि ५ मंसिरमा बन्द गरिएको राहदानी सेवा क्रमशः फेरि सुरु गर्न विभागले काम गरिरहेको छ ।
अहिले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा विना कुनै अवरोध विना सेवा सञ्चालन भइरहेको र आकस्मिक सेवा लिन चाहने सेवाग्राहीले सहज रूपमा विभागबाट सेवा लिइरहेको विभागले जनाएको छ । सबै जिल्ला र विदेशस्थित नियोगमा पनि सेवा ‘रि स्टोर’ हुन सकेको छैन ।
‘हालसम्म जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरू गरी २२ स्थानबाट सेवा सुचारु गरिएको र अन्य स्थानहरूबाट क्रमशः तीव्रता पूर्वक काम भइरहेकोले केही दिन भित्रमा सबै स्थानबाट सेवा सुचारु गरिने छ,’ विभागले जारी गरेको सूचनामा भनिएको छ ।
यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइ गरी नियमित प्रक्रियाबाट सम्बन्धित जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउने काम भइरहेको सूचनामा उल्लेख छ । सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको भन्दै विभागले असुविधाप्रति क्षमायाचना गरेको छ ।
विद्युतीय राहदानी प्रणालीमाथि साइबर हमला भएपछि ५ मंसिरदेखि १० मंसिरम्म विभागको सेवा ठप्प भएको थियो । त्यसपछि विभागको कार्यालयबाट द्रुत सेवामा मात्रै राहदानी दिने सुविधा दिइएकोमा विभागले क्रमशः जिल्लास्थित प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगमा सेवा पुनः सुरु गर्दै लगेको छ । अझै दर्जनौं कार्यालयहरू मा राहदानी सेवा कहिले सुरु हुन्छ भन्ने अनिश्चित छ ।
काठमाडौं । अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन् । विधेयकलाई अब दुवै संसदीय सदनहरूलाई द्विदलीय समर्थनका साथ पारित गरेको छ र सामाजिक सञ्जाल कम्पनीहरूले चाँडै युवा किशोरहरूलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्ने अपेक्षा गरिएको छ ।
ऐनको पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने कम्पनीहरूले ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर वर्णन गरेका छन् । विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएको छ । अब यो कानून बन्ने निश्चित छ ।
केन्द्र–वाम प्रधानमन्त्री एन्थोनी अल्बानिजले अर्को वर्षको सुरुमा हुने चुनावलाई ध्यानमा राख्दै उत्साहपूर्वक नयाँ नियमहरूको समर्थन गरेका छन् । अस्ट्रेलियाका अभिभावकहरूलाई यसबाट टाढा रहन आह्वान समेत गरेका छन् । मतदानअघि उहाँले सामाजिक सञ्जाललाई ‘सहकर्मी दबावको मञ्च, चिन्ताको चालक, ठगीको वाहन र सबैभन्दा खराब, अनलाइन शिकारीहरूको उपकरण’ का रूपमा चित्रण गरे । कागजमा यो प्रतिबन्ध संसारमा सबैभन्दा कडामध्ये एक हो ।
तर हालको विधेयकले नियमहरू कसरी लागू गरिनेछ भन्नेबारे लगभग कुनै विवरण प्रदान गर्दैन । त्यसैले यसले विशेषज्ञहरूमाझ यो केवल प्रतीकात्मक र लागू गर्न असम्भव कानून हो भन्ने चिन्ता जगाएको छ । नियामकहरूद्वारा विवरणहरू तयार हुन र प्रतिबन्ध लागू हुन कम्तीमा १२ महिना लाग्नेछ ।
ह्वाट्सएप र युट्युब जस्ता केही कम्पनीलाई सम्भवतः छुट दिइनेछ । यिनीहरूलाई किशोरकिशोरीहरूले मनोरञ्जन, स्कूलको काम वा अन्य कारणका लागि प्रयोग गर्न आवश्यक पर्दछ । सरकारले जारी गरेको डिजिटल परिचय पहिचानको उमेर प्रमाणीकरणको माध्यमका रूपमा प्रयोग गर्न सकिँदैन भनेर सुनिश्चित गर्न ढिलो संशोधनहरू प्रस्तुत गरिएको थियो ।
सामाजिक सञ्जाल विशेषज्ञ सुसान ग्रान्थमले बच्चाहरूलाई उनीहरूले अनलाइन हेरेका कुराहरूबारे ‘आलोचनात्मक’ रूपमा सोच्न सिकाउने डिजिटल साक्षरता कार्यक्रमहरू फिनल्यान्डमा प्रयोग गरिएको मोडेल जस्तै अपनाउनु पर्ने बताए । अन्य मुलुकहरूले यो विधेयकलाई नजिकबाट निगरानी गर्नेछन् र धेरैले समान प्रतिबन्धहरू लागू गर्ने विचार गर्नेछन् ।
स्पेनदेखि फ्लोरिडासम्मका कानूनवेत्ताहरूले युवा किशोरहरूका लागि सामाजिक सञ्जाल प्रतिबन्धहरू प्रस्ताव गरेका छन् तर अहिलेसम्म कुनै पनि उपायहरू लागू भएका छैनन् । चीनले सन् २०२१ देखि किशोरहरूको पहुँच सीमित गरेको छ । त्यहाँ १४ वर्षमुनिका बालबालिकालाई टिकटकको चिनियाँ संस्करण डाउइनमा दैनिक ४० मिनेटभन्दा बढी बिताउन अनुमति छैन । चीनमा बालबालिकाहरूको अनलाइन गेमिङ समयसमेत सीमित गरिएको छ । रासस\एएफपी
काठमाडौं । बुधबारदेखि बन्द भएको राहदानी वितरण सेवा राहदानी विभागको त्रिपुरेश्वरस्थित मुख्य कार्यालयबाट सुरु भएको छ । अत्यावश्यक परेर विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भर्न पाउने व्यवस्था गरिएको विभागले जनाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै विभागले आफ्नो कार्यालयबाट सेवा लिने गरी आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बताएको छ । जिल्लारइलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवा विस्तार गरिने विज्ञप्तिमा उल्लेख छ । त्यसका लागि एक–दुई हप्ता लाग्न सक्ने विभागको भनाइ छ ।
जिल्ला–इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा सेवा थाल्न भोलिदेखि परीक्षणको काम थालिने विज्ञप्तिमा उल्लेख छ । यसअघि आवेदन गरिसकेका (बायोमेट्रिक समेत) सेवाग्राहीको राहदानी छपाइको काम नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित जिल्ला\ईलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा पठाउन सुरु गरिएको विभागले जानकारी दिएको छ ।
आ–आफ्नो जिल्लारइलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोगमा आवेदन दिने सम्बन्धी अध्यावधिक जानकारीका लागि सम्पर्क गर्नुहुन समेत सूचित गरिएको छ । ‘सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति विभाग संवेदनशील रहेको र यथाशीघ्र समस्या समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको बेहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस सम्बन्धमा सबै पक्षबाट सहयोगको अपेक्षा गर्दै सेवाग्राहीमा पर्न गएको असुविधा प्रति विभाग क्षमाप्रार्थी छ ।’
काठमाडौं । विश्वको सबैभन्दा पुरानो र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च ९० हजार अमेरिकी डलरभन्दा माथि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसलाई बिटक्वाइनको ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएयता बिटक्वाइन मात्रै होइन, डजक्वाइन, इथेरियमलगायत क्रिप्टोकरेन्सीको मूल्यले समेत आकास छोएको देखिन्छ ।
क्रिप्टोकरेन्सीको यस्तो चामत्कारिक वृद्धिका पछाडि पछिल्लो अमेरिकी राजनीतिक र आर्थिक घटनाक्रमहरूले भूमिका खेलेका छन् । विशेषगरी ट्रम्पको जित र इलन मस्कको समर्थनले बिटक्वाइनसहितका क्रिप्टो मुद्राको मूल्य अकासिएका हुन् । ट्रम्पले क्रिप्टोकरेन्सीमैत्री नीति अपनाउने र अमेरिकालाई ‘पृथ्वीकै क्रिप्टोकरेन्सीको राजधानी’ बनाउने वाचा गर्दै आएका छन् । कुनै बेला क्रिप्टोप्रति शंकालु ट्रम्प अहिले आफैं यसका लगानीकर्ता बनेका छन् । उनले चुनावी अभियानका बेला क्रिप्टोमा चन्दा स्विकारेका थिए ।
टेस्ला र स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत इलन मस्कले पनि बिटक्वाइनको सार्वजनिक समर्थन गर्दै आएका छन् । टेस्लाले बिटक्वाइनमा गरेको ठूलो लगानीले बजारमा सकारात्मक प्रभाव पार्ने गरेको छ । मस्कका ट्विट र सार्वजनिक अभिव्यक्ति पनि प्रायः बिटक्वाइनको मूल्यमा तात्कालिक वृद्धिको कारण बन्ने गरेका छन् ।
विश्वका सयभन्दा धेरै देशले बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीहरूमा सीमित मात्रामा कारोबार गर्न दिएका छन् भने अन्यले पूर्ण रूपमा यसलाई प्रतिबन्ध लगाएका छन् । अमेरिका, क्यानडा, युरोपेली संघ, सिंगापुर, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशमा क्रिप्टोकरेन्सीले कानुनी मान्यता पाएका छन् । चीन, पाकिस्तान, साउदी अरेबिया र ट्युनिसियाले क्रिप्टोमा कारोबार गर्न नपाउने गरी कडा प्रतिबन्ध लगाएका छन् । नेपालमा पनि क्रिप्टोकरेन्सी प्रतिबन्धित छ ।
अलजजिराको विश्लेषणअनुसार पछिल्ला चार वर्षमा बिटक्वाइनको मूल्य उल्लेख्य रूपमा फेरबदल हुँदै आएको छ । आर्थिक गतिविधि, बजारको मनोविज्ञान र नियमनका कारण बिटक्वाइनको मूल्य कहिले माथि त कहिले स्वाट्टै तल झर्ने गरेको छ । सन् २०२० को मार्चमा विश्व बजार कोभिड महामारीसँग जुधिरहेका बेला बिटक्वानको मूल्य ५ हजार डलरमा झरेको थियो । त्यसको केही समयपछि सन् २०२१ को नोभेम्बरमा बिटक्वाइन त्यो बेलासम्मको सबैभन्दा उच्च मूल्य ६९ हजार डलरमा पुगेको थियो ।
काठमाडौं । नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ । सुन्धारास्थित टेलिकमको कार्यालयमा आइतबार ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले जानकारी दिए । ‘कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउँछन् । जनशक्ति पर्याप्त नहुँदा छिटो सेवा दिन कठिन थियो । अब भने रोबोटले धेरै काम सहजिलो बनाउने अपेक्षा लिएका छौ,’ उनले भने, ‘सामान्य सोधपुछदेखि एनटीसी सेवाका ६ सय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्नुहुन्छ ।’
रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले जानकारी दिए । रोबोटले सेवाग्राहीका एनटीसीका विषयमा सोधिएका प्रश्नका जवाफ दिनेछ । साथै कुन सेवा लिन कुन शाखामा जाने नक्शा विवरण पनि रोबोटले दिनेछ । प्रमुख पन्थीले विदेशीलाईसमेत सुविधा दिने उद्देश्यले रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको बताए ।
काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएयता एकअर्काविरुद्ध हालसम्मकै ‘घातक’ ड्रोन हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आइतबार रुस र युक्रेनले एकअर्काविरुद्ध ड्रोन हमला गरेका हुन् । युक्रेनले रुसका ६ स्थानमा प्रहार गरेका ड्रोन रोकेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । तीमध्ये केही राजधानी मस्कोतर्फ प्रहार गरिएको थियो । त्यसका कारण मस्कोका प्रमुख तीन विमानस्थलमा उडान अवतरण प्रभावित भएको थियो । हवाईजहाजहरुलाई डाइभर्ट गर्नु परेको थियो ।
अधिकारीहरुका अनुसार धेरैजसो ड्रोन रामेनस्कोय, कोलोम्ना र डोमोडेडोभोमा खसेका थिए । रुसी रक्षा मन्त्रालयका अनुसार मस्कोको दक्षिण(पश्चिम क्षेत्र रोमेनस्कोयमा खसेको ड्रोनका कारण पाँच जना घाइते भएका छन् भने चार वटा घरमा आगो लागेको छ । मन्त्रालयका अनुसार शहरमाथिको आकासमा आइपुगेका ३४ वटा ड्रोनलाई खसालिएको थियो ।
यसैगरी रुसले युक्रेनतर्फ १४५ ड्रोन प्रहार गरेको थियो । तीमध्ये धेरैजसोलाई निष्कृय पारेको युक्रेनले दाबी गरेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न एकअर्कालाई दबाब दिनसक्ने अनुमान भइरहेका बेला आइतबार रुस र युक्रेनले एकअर्काको भूमिमा ड्रोन हमला गरेका थिए । आइतबार मस्कोमा युक्रेनले गरेको हमला हालसम्मकै घातक भएको बीबीसीले जनाएको छ । मस्कोका गभर्नरले पनि यी हमलालाई ‘निकै ठूलो’ भनेका छन् ।