दोन मोन्तेरो !

अच्युत सिग्देल, न्युयोर्क दोन मोन्तेरो स्पेनको प्रख्यात रेष्टुरेन्टका मालिक थिए। चेन रेष्टुरा ज़्यादै लोकप्रिय थियो। “सबै मानव जातिलाई सम्मान गर, सबैलाई सेवा देउ” भन्ने उनको मुलमन्त्र थियो। “रैतिदेखि रँकसम्म रोगीदेखि भोगीसम्म” सबैको बराबर ईज्जत दिनु उनको रेष्टुराँको नारा थियो।उत्तम सेवा र गुणस्तरीय खानाले प्रसिद्धि कमाएको उनको रेष्टुराँ ज्यादै व्यस्त थियो। कामको चापाचापमा उनलाई आफ्नो स्वास्थ्यको… Continue reading दोन मोन्तेरो !

स्वधर्म, सत्कर्म र ब्रम्हज्ञान

अच्युत सिग्देल, न्युयोर्क ब्राम्हणको कुलमा जन्मदैमा ब्राम्हण हुदैन। गुरू द्रोणाचार्यको गुरूकुलमा कौरव, पाण्डवसँगै उनका सुपुत्र अस्वत्थामा पनि शिक्षा लिन्थे। बिशिष्ट शिष्य बिध्यावारिधि वा एक्सीलेन्सी भने अर्जुनले मात्र पाए। एकदिन धनुर्विद्याको परिक्षा थियो। सबैलाई धनुषवाण बोकाएर गुरू द्रोणाचार्यले एकान्त जंगल भित्रको ठूलो पीपलको रूख भए ठाउँतिर लिएर गए । रूखमा निशानाको लागी चराहरू बनाईएको थियो। द्रोणाचार्यले… Continue reading स्वधर्म, सत्कर्म र ब्रम्हज्ञान

संस्कृत के हो ? योग कहाँबाट आयो ?

डा. बद्री पोख्रेल(केन्द्रीय अध्यक्ष)जयतु संस्कृतम्, नेपाल आजभोलि कसैकसैले संस्कृत के हो ? किन संस्कृत पढ्ने ? संस्कृत भित्र के जान्नुपर्ने कुरा छन् ? भनि सकारात्मक सोचकासाथ अनभिज्ञता प्रकटगरी जिज्ञासा राखेको सुनिन्छ । यद्यपि संस्कृतको आलोचना गर्ने, मृत भाषा भन्ने, बाहुनको विद्या र पुरोहित्याईंको विद्या भनेर आलोचनागर्नेहरुको संख्या पनि त्यत्तिकै छ । बुझेर वा नबुझेर वा… Continue reading संस्कृत के हो ? योग कहाँबाट आयो ?

माधव नेपाल प्रचण्डको पुच्छर बनेको र कांग्रेस प्रचण्डपथमा हिँडेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार आफ्नो पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, कांग्रेस सभापति शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध तुच्छ टिप्पणी गरेका छन् । ७०औं मदन भण्डारी जयन्तीको अवसरमा सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा उनले माधवकुमार नेपाललाई प्रचण्डको एक मामुली कार्यक्रता मात्र भएको आरोप लगाए । उनले नेपाल प्रचण्डको पुच्छर… Continue reading माधव नेपाल प्रचण्डको पुच्छर बनेको र कांग्रेस प्रचण्डपथमा हिँडेको एमाले अध्यक्ष ओलीको आरोप

एमाले नेता भुसालले संसद सचिवालयलाई भने : म स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहन्छु

Bedu Ram Bhusal

काठमाडौं । एमाले नेता बेदुराम भुसालले आफु स्वतन्त्र सांसदको रुपमा बस्न चाहेको जानकारी संसद सचिवालयलाई गराएका छन् । उनी नेकपा विभाजन नहुँदै निर्वाचन भएकाले आफ्नो दल अहिले अस्तित्वमा नरहेको बताएका छन् । पार्टी विभाजन भएपछि एमाले र त्यसमा पनि माधव नेपाल पक्षमा रहेका उनी राष्ट्रियसभाका सदस्य हुन् । भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाएर स्वतन्त्र… Continue reading एमाले नेता भुसालले संसद सचिवालयलाई भने : म स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहन्छु

लडाई केपी ओलीविरुद्ध होइन, ओली प्रवृत्तिविरुद्ध हो : विपक्षी दल

काठमाडौं । विपक्षी दलका नेताहरुले वर्तमान लडाई केपी ओली व्यक्तिविरुद्ध नभई त्यस प्रकारको प्रवृत्ति विरुद्ध भएको बताएका छन । शनिबार विपक्षी दलका नेताहरुले पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिक्रिया दिएका छन् । सो अवसरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विद्यादेवी भण्डारीले राष्ट्रपतिभन्दा बढी प्रधानमन्त्री केपी ओलीको दलीय कार्यकर्ता भएर काम गरेको आरोप लगाए । संसद् भवनमा… Continue reading लडाई केपी ओलीविरुद्ध होइन, ओली प्रवृत्तिविरुद्ध हो : विपक्षी दल

प्रधानमन्त्रीविरुद्ध कांग्रेस प्रदेश सांसद नरोत्तम वैद्यको आपत्तिजनक अभिव्यक्ति, फिर्ता लिन पार्टीको निर्देशन

काठमाडौं । वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएसँगै व्यापक आलोचना शुरु भएको छ । उनले मुलुकमा केपी शर्मा ओलीको मनोमानी बढी भएको भन्दै नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको आपत्तीजनक अभिव्यक्ति दिएका छन् । गोड्से महात्मा गान्धीको हत्या गर्ने व्यक्ति हुन् । वैद्यले नेपालमा त्यस्तो व्यक्ति चाहिएको र नभए… Continue reading प्रधानमन्त्रीविरुद्ध कांग्रेस प्रदेश सांसद नरोत्तम वैद्यको आपत्तिजनक अभिव्यक्ति, फिर्ता लिन पार्टीको निर्देशन

व्यापक विरोधपछि राजेन्द्र महतोले सच्याए अभिव्यक्ति

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतो नेपालमा बहुल राष्ट्रिय राज्य हुनुपर्ने बताएपछि देशभर व्यापक विरोध भइरहेको छ । यसबारे प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै उनको समेत आलोचना भइरहेको छ । यसै सन्दर्भमा महताले राष्ट्रिय एकता र अखण्डताप्रति आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै आफ्नो बोली सच्याएका हुन् । मन्त्री भएपछि शुक्रबार… Continue reading व्यापक विरोधपछि राजेन्द्र महतोले सच्याए अभिव्यक्ति

गगन थापा भन्छन् : सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कमदले मुलुकलाई अँध्यारो सुरुङतर्फ लग्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेकी छिन् । यो कदमको गगन थापाले कडा आलोचना गरेका हुन्… Continue reading गगन थापा भन्छन् : सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले

प्रतिगमन दोहोरियो, डटेर सामना गरौं : माधव कुमार नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रपति र प्रधानमन्त्रीको कदमको भत्र्सना गरेका छन् । उनले शनिबार आफ्नो धारणा सार्वजनिक गर्दै षडयन्त्रकारीहरुको उक्सावट र चाहनामा फेरी पनि संसदको चिरहरण गरिएको बताएका छन् । उनले प्रतिगमन दोहोरिएको भन्दै संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देह्यले भएको कथित चुनाव उद्घोष जालझेल भएको समेत बताएका छन्… Continue reading प्रतिगमन दोहोरियो, डटेर सामना गरौं : माधव कुमार नेपाल

संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई

काठमाडौं । शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान नै खारेज गर्ने प्रपञ्च भएको बताएका छन् । भट्टराईले यो मध्यावधि चुनाव नभई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको उल्लेख गरेका हुन्… Continue reading संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई

मौन अवधिमा बादललाई जिताउन प्रधानमन्त्री ओलीको अपिल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बागमती प्रदेशबाट राष्ट्रियसभाका उम्मेद्वार गृहमन्त्री रामबहादुर थापा बादललाई जिताउन अपिल गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले जेठ ६ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा बादललाई जिताउन अपिल गरेका हुन् । उनले सर्वोच्च अदालतको फागुन २३ को निर्णयपछि नेकपा एमालेको विशेष महत्व राख्ने भन्दै… Continue reading मौन अवधिमा बादललाई जिताउन प्रधानमन्त्री ओलीको अपिल

नेपालमा संकट पर्दा कहाँ हराउँछन् विकसित देशमा खटिएका नेपाली राजदूत ?

काठमाडौं । नेपालका दुई छिमेकी मुलुक चीन र भारतबाट नेपालले कुल १८ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा पायो । त्यसमध्ये भारतको १० लाख डोज र चीनको ८ लाख डोज खोप थियो । भारतबाट थप १० लाख डोज खोप खरीद गरि आफ्ना मुलुकका नागरिकलाई लगायो । थप १० लाख डोज खोप डेरिभरी भइनसक्दै भारत आफै कोरोनाको… Continue reading नेपालमा संकट पर्दा कहाँ हराउँछन् विकसित देशमा खटिएका नेपाली राजदूत ?

‘संसद विघटन नचाहेको भए विश्वासको मत दिनुस्,भिरबाट हाम फालेर गुरुत्वाकर्षणलाई दोष दिने ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन हुनसक्ने डर भएको भए विश्वासको मत दिन आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभामा विश्वासको मत माग्दै प्रस्तुत गरेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले उक्त आग्रह गरेका हुन्। ओलीले आफूलाई विश्वासको मत दिए संसद जोगिने बताएका छन्। ओलीले भने, ‘संसद विघटन होला भन्ने चिन्ता छ, मत… Continue reading ‘संसद विघटन नचाहेको भए विश्वासको मत दिनुस्,भिरबाट हाम फालेर गुरुत्वाकर्षणलाई दोष दिने ?’

जीवनभरको साथ रोज्नुअघि

योगेश आदी सम्वन्ध जोडेर तोड्नु भन्दा जोड्नुअघि नै सोच-विचार गरेको वेस् । तर सोच्ने के ? वात्सल्यतामा समेत स्वार्थ हुने तथ्य अनुसन्धानले पुष्टि गरेको अवस्थामा निस्वार्थ सम्वन्धको जिकिर कसैले गर्छ भने थप सशंकित बन्नुहोस् । यसर्थ हरेक सम्वन्धमा निहित स्वार्थ हुन्छ नै । स्वार्थको मात्रा र प्रकृति भने फरक हुनसक्छ । यद्यपि कहिलेकाँही सम्वन्धमा अरुको… Continue reading जीवनभरको साथ रोज्नुअघि

एक वर्षसम्म तयारी नगर्दा नेपालमा कोरोनाले पुनः भयाभह अवस्था आउदैछ ?

काठमाडौं । ११ चैत २०७६ मा पहिलो पटक लकडाउन गरेको नेपालले कोरोना भाइरसको पहिलो लहरको चरम रुप भने असोज, कात्तिकमा सामना गर्यो । त्यसपछि क्रमशः कम हुँदै गएको कोरोना फागुन, चैतमा पुग्दा करीव शुन्य प्राय अवस्थामा थियो । तर, त्यसपछि कोरोना भाइरसको संक्रमण दरले पुनः गति लिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडा अनुसार… Continue reading एक वर्षसम्म तयारी नगर्दा नेपालमा कोरोनाले पुनः भयाभह अवस्था आउदैछ ?

राम, रामायण, राजनीति र वाल्मिकी

पुरुषोत्तम लम्साल, अमेरिका वाल्मिकीले हनुमानको अनुमान कसरी गरे म जान्दिन। शरीरको आकार बदलेर विशाल हुन पनि सक्ने, मुसा जत्रो पनि हुनसक्ने मान्छे जस्तो बाँदर र बाँदर जस्तो मान्छे वाल्मिकीको परिकल्पनाभन्दा पहिला पनि थिए होलान्? आदिम सभ्यताअघि पनि बाली, सुग्रिव वा हनुमान जस्तै जो सूर्यको डल्लो खर्लप्पै निल्नसक्छ, जो हत्केलामा पहाड उचाल्नसक्छ, जो पुच्छर तन्काएर वस्ती… Continue reading राम, रामायण, राजनीति र वाल्मिकी

प्रधानमन्त्रीको सम्बोधन: वृद्धभत्ता बढ्छ, लकडाउन हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको बजेटले वृद्धभत्ता बढाउने पुनः दोहोर्याएका छन् । सम्भवतः आगामी वर्ष मुलुकका निर्वाचन हुने छ । नयाँ वर्षको अवसरमा देशबासीलाई सम्बोधन गर्दै उनलेतत्काल लकडाउन भने नहुने स्पष्ट पारेका छन् । सरकार लकडाउनको पक्षमा नरहेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिवार्य रुपमा पालना गर्न आह्वान गरे । अब… Continue reading प्रधानमन्त्रीको सम्बोधन: वृद्धभत्ता बढ्छ, लकडाउन हुँदैन

कांग्रेस सभापति देउवाको आह्वान : सुरक्षित भई नयाँ साल मनाऔं

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा कोभिड–१९ को प्रभाव र जोखिम बढ्दै गएको भन्दै सुरक्षित भएर नयाँ साल मनाउन सबैलाई आह्वान गरेका छन् । नयाँ वर्ष २०७८ सालको अवसरमा शुभकामना व्यक्त गर्दै उनले मास्क, स्यानेटाइजरको प्रयोग अनिवार्य गर्न समेत सुझाव दिएका छन् । भौतिक दूरी कायम गर्ने, भीडभाडयुक्त सार्वजनिक चियापान, भोजभतेरलगायत… Continue reading कांग्रेस सभापति देउवाको आह्वान : सुरक्षित भई नयाँ साल मनाऔं

‘मसँग बहुमत छ किन राजीनामा दिने, तिम्रो समर्थन चाहिएको छैन फिर्ता लैजाऊ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्रलाई चुनौती दिएका छन् । सोमबार पार्टीको भातृ संगठन उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संसदमा आफूसँग बहुमत रहेकाले हटाउन मन भए समर्थन फिर्ता लिन चुनौती दिएका हुन् । ‘मसँग बहुमत छ, किन राजीनामा दिने ? बहुमतबाट हटाउन मन छ… Continue reading ‘मसँग बहुमत छ किन राजीनामा दिने, तिम्रो समर्थन चाहिएको छैन फिर्ता लैजाऊ’

जनजीवन ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ, बेसार–पानी खानूस्ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण बढ्दै गइरहेकाले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने अवस्था आउनसक्ने बताएका हुन् । ‘मास्क लगाउने, हात धुने, घरबाहिर खाना नखाने र बेसार पानी खानुपर्छ । हाम्रो जनजीवनलाई ठप्प पनि… Continue reading जनजीवन ठप्प गर्नुपर्ने स्थिति आउनसक्छ, बेसार–पानी खानूस्ः प्रधानमन्त्री

‘सरकारले भन्यो होली नखेल कोरोना सर्छ, प्रधानमन्त्री हजारौँ मानिस राखेर फुटबल हेर्न मिल्ने ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले आफै भिडभाड गरिरहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले सरकार आफैले आफ्नो नियम उल्लंघन गरिरहेको बताएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीलाई प्रश्न गर्दै सांसद थापाले कोभिड–१९ले सरकार र जनता नछुट्याउनेसमेत प्रष्ट पारे । उनका अनुसार सरकारले आफैले स्वास्थ्य… Continue reading ‘सरकारले भन्यो होली नखेल कोरोना सर्छ, प्रधानमन्त्री हजारौँ मानिस राखेर फुटबल हेर्न मिल्ने ?’

समाजवादको यात्रा समृद्धिको आधार समाजवाद

प्रकाशकुमार उपाध्याय, पर्सा कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन जनतालाई आर्थिक समृद्धि, सामाजिक, सांस्कृतिक रूपान्तरण र समतामूलक समाज निर्माणको सपना देखाइन्छ । कार्ल मार्क्सको वैज्ञानिक समाजवाद होस् वा बिपि कोइरालाको लोकतान्त्रिक समाजवाद, अन्ततः नेपाली राजनीतिले परिकल्पना गरेको आर्थिक रोडम्याप भनेको समाजवाद नै हो । राजनीतिको मुख्य उद्देश्य विकास र समृद्धि नै हो । जनतालाई जबसम्म आधारभूत… Continue reading समाजवादको यात्रा समृद्धिको आधार समाजवाद

बुक बिल्डिङ विधि र नेपालको पूँजी बजार

सरोज सिग्देलटेक्सस बुक बिल्डिङ विधि पुँजी बजारको दायरालाई फराकिलो पार्नका हेतु राम्रा कम्पनीहरुलाई आइपीओमा आकर्षित गर्दै पुँजी बजारमा भित्र्याउने उद्देश्यले सन् १९९५ मा अमेरिकाबाट शुरु गरिएको पद्दति हो । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ को नियम २५ ग बुक बिल्डिङबाट प्रारम्भिक सार्वजनिक निष्कासन गर्न सक्ने व्यवस्था गरी यस सम्बन्धि थप प्रकृयागत व्यवस्थाहरु निर्देशिकामा तोकिएबमोजिम… Continue reading बुक बिल्डिङ विधि र नेपालको पूँजी बजार

‘कसैलाई छटपटी लाग्छ भने लागोस् साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता साउन १ गतेदेखि लागू हुने गरी वृद्धि गरिने बताएका छन्। रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै ओलीले यस्तो घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्ला, छटपटी लाग्ला तर साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ।’ सरकारले वृद्धवृद्धालाई हेर्न थालेको सुन्दा… Continue reading ‘कसैलाई छटपटी लाग्छ भने लागोस् साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ’

‘सबै बितण्डाको जिम्मेवार ओली हुन्, प्रमाण चाहिए एकभारी छन्’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको बताएका छन्। काठमाडौँमा आफ्नो पक्षको भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको र पार्टी विभाजन र विसर्जनको दिशामा पुगेको आरोप लगाए। पार्टी संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । यो… Continue reading ‘सबै बितण्डाको जिम्मेवार ओली हुन्, प्रमाण चाहिए एकभारी छन्’

अरुका जुमा मरेपछि

पुरुषोत्तम लम्साल[email protected] हिजोबाट संसारले एउटा आदिवासी भाषा र सँस्कृति गुमाएको छ। अर्थात् ब्राजिलको अमेजन जंगल क्षेत्रमा बसोबास गर्ने प्राचीन आदिवासी समूहका जेष्ठ अगुवा अरुका जुमाको निधन भएको छ। उनीसँगै जुमा भाषाको कथ्य -अस्तित्व पनि सकिएको छ। र, अब संसारमा जुमा आदिवासी सँस्कृति र सभ्यताबारे आधिकारिक जानकारी ग्राउण्ड जीरोबाट वा आधार स्रोतबाट प्राप्त हुनसक्ने छैन। अरुका… Continue reading अरुका जुमा मरेपछि

‘ ओली प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेखेँ, राजनीतिक लडाइँबाट भाग्दिनँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद पुनःस्थापनासँगै एउटा ‘ब्याटल’ जितेको र अझै दुईचार ब्याटल जित्न बाँकी रहेको बताएका छन्। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित नेकपा नेकपा माओवादी केन्द्रनिकट नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले कोर्स करेक्सन गरेर पुनः राजनीतिक लडाइँमा उत्रनुपर्ने आवश्यक देखिएकाले आफूलाई सहयोग… Continue reading ‘ ओली प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेखेँ, राजनीतिक लडाइँबाट भाग्दिनँ’

एमाले-माओवादी: फेरी सिंगौरी खेल्ने कि हल मिलाउने ?

पुरूषोत्तम लम्साल[email protected] नेकपा नामको दलको आधिकारिकताको विवाद निरुपण भएसँगै केपी ओली नेतृत्वको सरकारले तत्कालका लागि अभयदान पाएको छ। यसो भनौं, पशुपतिमा आयोजित क्षमापूजा काम लागेको छ। र, शेरबहादुर देउवाका हकमा ज्योतिषले गरेको भविश्यवाणी तत्कालका लागि केही पर सरेको छ। संसद् विघटन र पुनस्थापनाको एक चक्र पार भएपछि जुन दिन संसद बोलाइयो त्यही साइतमा अदालतले दिएको… Continue reading एमाले-माओवादी: फेरी सिंगौरी खेल्ने कि हल मिलाउने ?

पहिचानको हक र नारी दिवस

कल्पना शाक्य (अधिवक्ता) मार्च ८ – अन्तराष्ट्रिय महिला दिवस ! विशेषतः सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक अधिकारमा महिलाको पहुँच प्राप्तिको उपलक्ष्यमा महिला दिवस मनाउने दिन । महिलाहरुले मताधिकारमा प्राप्त गरेको हकलाई विजयोत्सवको रुपमा सर्वप्रथम सन् १९१४ मा जर्मनीमा मनाइएको हो । तथापि यसको बिऊ रोप्ने काम भने सन् १९०८ मा महिलाहरुलाई समान कामको लागी समान… Continue reading पहिचानको हक र नारी दिवस