– डा. बद्री पोख्रेल [email protected] असल र खराव समय, सन्दर्भ, कालक्रम र ठाँउ अनुसार सावित हुन्छ । कुनै कुरा कुनै वेला ठीक भए पनि अर्को सन्दर्भमा वेठीक पनि ठहर्न सक्तछ । कतै हास्नुको महत्व हुन्छ भने कुनै सन्दर्भमा हास्नु अशिष्टता देखाउनु हुन्छ । महत्व नवुझ्दा श्रीखण्ड पनि हसियाको वींड वरावर महत्वहीन हुन पुग्छ भने महत्व… Continue reading सबै पुरानो खराव र नयाँ असल भन्ने हुँदैन
Category: बिचार
आस्था र श्रद्धा राष्ट्रकाे अमुल्य पुँजी हाे
सुपेन्द्र बस्नेत / बोष्टन आज भन्दा १६ बर्ष अगाडिकाे कुरा हाे । जतिबेला म पश्चिम नेपालकाे कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुर जिल्लामा सञ्चालित जिडब्लुपी / सेभ द चिल्ड्रेनकाे परियाेजनामा कार्यरत थिए । परियाेजना अन्तरगत हरेक जिल्लामा युनिट कार्यालयहरु र त्यस अन्तर्गत लक्षित समुदायलाई लक्षित गरी ड्रप ईन सेन्टरहरु पनि रहेका थिए र क्षेत्रीय… Continue reading आस्था र श्रद्धा राष्ट्रकाे अमुल्य पुँजी हाे
बिदेशिएका नेपालीको आक्रोस
मिनबहादुर पण्डित (दुबई) घर परिवार बाट टाडा २० बर्ष बिदेश बसेर अरबको तातो गर्मीमा काम गरी खाइ नखाइ बनाएको जम्मा एउटा घर छ । त्यसमा पनी नगरपालिका कर, तिरो आदि बाहेक १०५ मासिक घर बाहाल कर पनि तिर्नु पर्ने रे । तिर्छु यदी मैले तिरेको पैसाले देश विकास हुन्छ भने । तिर्छु यदी मैले तिरेको… Continue reading बिदेशिएका नेपालीको आक्रोस
नारायण गोपाललाई सम्झिन पुण्यतिथि नै चाहिन्छ र ?
प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर नारायण गोपाललाई उदृत गर्दै दाहाल थरका एक प्रशसकले हालै फेसबुकको भित्तोमा लेखे– यो धर्तीमा नारायण गोपालको गीत छ र मेरो जीवन छ । तिनै नारायण गोपाल हुनु, जस्ले कालिप्रसाद, दिनेश अधिकारी, नागेन्द्र थापा र भैरवनाथ रिमालजस्ता त्यतिबेलाका मसिना गीतकारलाई स्थूल बनाए । जस्ले एउटा जाती भन्दा सिङ्गो देशको लागि सुमधुर स्वर… Continue reading नारायण गोपाललाई सम्झिन पुण्यतिथि नै चाहिन्छ र ?
आयो विवाहको मौसम
आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क श्रावण, भाद्र, आश्विन र कार्तिक महिनाको चार महिने विश्रामपछि मंसीर महिना लाग्ने वित्तिकै हिन्दु धर्म परम्परा अनुसार विवाहको मौसम आएको छ । गरगहना, लत्ताकपडाको जोहो गर्दै वाक्दान आदि विधिले केटाकेटी तयार पारी शालको पातको टपरी गास्ने, सेल पकाउने, कसर बाट्ने, यज्ञ तयार गर्ने र शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले… Continue reading आयो विवाहको मौसम
प्रधानमन्त्रीको परीक्षा
पुरुषोत्तम लम्साल / भर्जिनिया शुरुमा एउटा दन्त्यकथा सापटी लिन्छु । चिसो मौसम थियो । एक राजा सुती र मलमलमा बेरिएर दिनभर सयरमा थिए । साँझपख दरबार फर्कंदै गर्दा उनले दरबारको ढोकामा पहरा दिइरहेको सैनिकको बर्दी ज्यादै पातलो देखे । राजाले सोधे; “बाहिर यस्तो चिसो छ तिमीलाई जाडो भएको छैन ?” सिपाहीले भन्यो, “विल्कूल महाराज ।… Continue reading प्रधानमन्त्रीको परीक्षा
कालापानी विवाद के हो ?
आर एल श्रमजीवी / क्यालिफोर्निया भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालका केही भू–भागलाई समेटिएपछि नेपालबाट चौतर्फी रुपमा विरोधकास्वरहरू उठिरहेका छन् । नेपाली प्रिन्ट मिडिया, टेलिभिजनहरु सामाजिक संजाल र युट्युबमा निक्कै हल्ला छ । बिदेशमा रहेकानेपालीहरु पनि आफ्नो मातृभूमिको सिमा मिचिदा दुखित र चिन्तित छन् । भारतको विदेश मन्त्रालयले बिज्ञप्ति जारी गर्दै हामीले सिमानामिचेको छैन भनेको… Continue reading कालापानी विवाद के हो ?
जताततै हस्तिनापुर
विनोद रोका, न्युर्योक बिद्युतीय माध्यमबाट सम्प्रेषण हुने सामाजिक संजालदेखि भुभागहरुमा जताततै आजकाल हस्तिनापुर, कौरव, पाण्डव, र यदाकदा कृष्ण भेटिन्छन् । त्यसैले कुनबेला कहाँ पुगिन्छ र मनले कस्तो मनोदसा बनाऊछ अनि बुद्धिले के निर्णय लिन्छ भन्न सकिन्न । सनातम धर्ममा विश्वास गर्नेहरु भन्छन मान्छेले बिगतमा जानी नजानी आफ्नो मनमा आऊन दिइएका र बुद्धिमा संचित गरिएका संस्कारहरुको… Continue reading जताततै हस्तिनापुर
पुराणको विषय र अनावरणको प्रसङ्ग
डा. बद्री पोख्रेल अध्यक्ष, जयतु संस्कृतम् नेपाल हिजोआज पुराणलाई पुरानो कुरा भनेर वेवास्ता गर्ने गरिन्छ । बुढावुढीले मात्र पढ्ने र सुन्ने विषय भनेर पनि पुराणलाई उपेक्षा र अपहेलना गर्ने चलन छ । त्यसमाथि अमेरिका, बेलायत, जापान, जर्मन जस्ता आधुनिक विज्ञानमा तरक्की गर्न सफल भएका देशमा त पुराण पढ्ने, सुन्ने, लेख्ने इत्यादि विषय सोचमा पनि आउँदैन… Continue reading पुराणको विषय र अनावरणको प्रसङ्ग
अन्तरजातीय विवाहको पक्षमा : बाबुराम हिंसिला एक उदाहरण
प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर त्यतै आफूले रोजेकी कथित सानो जातकी महिलासँग विवाह गर्न रुढिवादी परिवारले अस्वीकार गरेपछि अमेरिकामा बस्ने काठमाडौंको केटाले आफ्नै बाबुआमाले खोजेको विरगञ्जकी सजातीय केटीसित विवाह गर्ने पक्कापक्की भइसकेपछि केटी कस्ती रहिछिन् भनी चरित्र मापन गर्नको लागि ब्यवसायिक ‘हेकर’ लगाएर केटीको फेसबुकको पासवर्ड तोडेर हेरे । जहाँ केटीको आफ्नै केटा साथीसँगको चेट देख्दा ऊ… Continue reading अन्तरजातीय विवाहको पक्षमा : बाबुराम हिंसिला एक उदाहरण
महरा मेनिया : ज्योति मा तमसोगमय
पुरुषोत्तम लम्साल / भर्जिनिया आजको दिनमा हिजोका मितिको कुरा नगरौं, भनेर मात्र हुँदैन । किनकि, आजको कुरा हिजोको मितिसँगै जोडिएर आउँछ । आजको दिनमा न कृष्णबहादुर महराले मलाई चिन्छन् न म नै उनलाई व्यक्तिगत रुपमा चिन्दछु । तर कृष्णबहादुर महरालाई ‘महरा सर’को नाममा सुनेको अढाई दशक नाघिसकेको छ । उतिबेला गाउँमा हुलाक, प्राधीकरण थिए ।… Continue reading महरा मेनिया : ज्योति मा तमसोगमय
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक : महाकवि देवकोटा
आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली कविताको क्षेत्रमा स्वच्छन्दतावादको धारालाई भित्र्याएर विकासको उत्कर्षमा पुर्याउने मूर्धन्य नक्षत्र हुन् । वि. सं. १९६६ कार्तिक २७ गते काठमाडौं, डिल्लीबजारमा लक्ष्मीपूजाको दिन यस धर्तीमा पदार्पण गरेका देवकोटाले २०१६ सम्मको अवधिमा अधिकांश समय काव्यलेखनमा व्यतीत गरे, तन्नामा लेखे, कपडामै लेखे, जे पाए त्यसैमा लेखे । देवकोटा लक्ष्मीपूजाको… Continue reading उद्देश्य के लिनु उडी छुनु चन्द्र एक : महाकवि देवकोटा
प्रचण्डको ‘ओरिजिनल’ स्वीकारोक्ती
पुरुषोत्तम लम्साल, अमेरिका १८ महिनाअघि भारतमा एकजना माओवादी नेताले प्रहरीसमक्ष आत्मसमर्पण गरे । प्रहरीको आँखामा तिनी टाउकाको मूल्य तोकिएका कुख्यात अपराधी थिए र विद्रोहीको आँखामा कमाण्डर । माओवाद र विद्रोहको नाममा भोगेका, देखेका र अनुभव गरेका दृष्य जब तिनले प्रहरीसमक्ष बयान गर्न थाले भारतीय माओवादीको असली अनुहार छताछुल्ल भयो । मुखुण्डो खुल्यो । पर्दा च्यातियो… Continue reading प्रचण्डको ‘ओरिजिनल’ स्वीकारोक्ती
समय – मापन
प्रा. डा. कुलप्रसाद कोइराला समय अविभाज्य र अखण्ड पनि छ । समयलाई काल, बेला, घडी पनि भनिन्छ । यस प्रकारका समयलाई पनि हाम्रा पौरस्त्याचार्यले तिथि, वार, नक्षत्र, योग र करणसमेत पाँच प्रकारमा विभाजन गरेका छन् । कुनैले भने कुनैले चाहिं वर्तमान, भूत र भविष्यत् गरी मूलतः त्रिधा विभाजन गरेको पनि देखिन्छ । यिनै कालका पनि पक्षहरू… Continue reading समय – मापन
नमस्कार विरोधि अभियानमा यहाँलाई स्वागत छ
प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर नेपालीहरु माझ प्रचलनमा रहेको नमस्कार साक्षात्कारको पहिलो पर्याय बनेको छ । नमस्कार एक प्रवृत्ति हो । यस भित्र बर्ग र स्तर लुकेको हुन्छ । अझ बढी त्यो चाप्लुसी हो । थाहा छैन, नमस्कारको जन्म कहाँ भयो, प्रचलनमा कसरी आयो ? र यस्को अन्त्य कहाँ छ ? यो नमस्कार इतिहासदेखि थियो र… Continue reading नमस्कार विरोधि अभियानमा यहाँलाई स्वागत छ
के सबै एनआरएन खराब हुन् ?
प्रशान्त उप्रेती/रक्तदाता/फ्रान्स सर्बप्रथम, एनआरएनएको स्थापना किन, कसरी र कहिले भएको थियो भन्ने कुरा बुझ्न जरुरी छ । बिदेशमा रहेका नेपाली र नेपाली मुलका बिदेशी नागरिकको ज्ञान, शिप प्रबिधि र पुंजी परिचालन गर्दै देश बिकासमा टेवा पुराउने उदेश्यले विदेशमा बस्ने नेपालीहरुको सकृयतामा २००३ अगष्टमा एक भेला आयोजना गरी गैरआवासीय नेपाली संघ एन आर एनको स्थापना भएको… Continue reading के सबै एनआरएन खराब हुन् ?
नेपालले चीन कार्ड खेल्दा राजीव गान्धी आत्तिएर राजा विरेन्द्रसँग सम्पर्क गरे
– नरबहादुर बुढाथोकी (पूर्व आपूर्तिमन्त्री) २०४५ सालमा भारतले नाकाबन्दी गर्दा म आपूर्ति मन्त्री थिएँ । त्यो बेला भारतले विभिन्न खाल्का प्रस्तावहरु पठाएर निहुँ खोजिरहेको थियो । एक दिन विहान प्रधानमन्त्री मरिचमान श्रेष्ठज्यूले मलाई आकस्मिकरुपमा बोलाउनु भयो । प्रधानमन्त्रीसहित हामी केही मन्त्री राजालाई भेट्न दरवारमा पुग्यौ । राजा बिरेन्द्रले बोलाउनु भएको रहेछ । हामी दरवारमा खाना… Continue reading नेपालले चीन कार्ड खेल्दा राजीव गान्धी आत्तिएर राजा विरेन्द्रसँग सम्पर्क गरे
दशैं : चित्त नबुझेको आशिर्वाद
पुरुषोत्तम लम्साल / भर्जिनिया ॐ आयुर् द्रोणसुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ति सुते विज्ञानं विदुरे भवतु भवतां किर्तिश्च नारायणे म सानो हुँदादेखि आजसम्मका दशैंमा मैले प्राप्त गरेको सबैभन्दा ठूलो आशिर्वाद यही हो । धेरै पछिसम्म मलाई यो आशिर्वादको अर्थ र महत्व थाहा… Continue reading दशैं : चित्त नबुझेको आशिर्वाद
हिन्दू समाजमा प्रचलित १६ संस्कार
भीमनारायण श्रेष्ठ / शोणितपुर, काठमाडौं वैदिककालदेखि नै हिन्दू समाज आफ्नै प्रकारको परम्परा, संस्कृति र संस्कारमा हुर्किदै आएको पाइन्छ । कुनै पनि सभ्य वा असभ्य देशका समाजले पनि कुनै न कुनै प्रकारको संस्कार ग्रहण गरेकै हुन्छ । हिन्दू सामाजिक व्यवस्थामा धर्म र संस्कृतिको वास्तविक स्वरूप र त्यसका उद्देश्यहरुको समुचित रूप नै हिन्दू धार्मिक ग्रन्थहरुलाई लिइन्छ । हिन्दू… Continue reading हिन्दू समाजमा प्रचलित १६ संस्कार
जैविक विविधता संरक्षणमा हाम्रो दायित्व, प्रकृति र मानिस
डील्ली बहादुर रावत / काठमाडौं यो सालको असोज महिनामा बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय स्तरका संरक्षण दिवसहरु परेका छन । यतिखेर संसारभरी सरकारी, गैर सरकारी र व्यक्तिगत रुपमा विभिन्न कार्यक्रमहरु मनाउँदै आइरहेका छन् । यी दिवसहरु मनाउनुको मुख्य उद्देश्य संरक्षणको लागि सचेतना फैलाउने र ब्यवहारमा उतार्न प्रेरणा दिनु हो । असोज महिनामा संरक्षण संम्वन्धि अन्तर्राष्ट्रिय दिवसहरु ५ वटा… Continue reading जैविक विविधता संरक्षणमा हाम्रो दायित्व, प्रकृति र मानिस
नाई भन्न नसकेर
विनोद रोका / न्यूर्योक मेरा एकजना सेलिब्रेटी मित्र गायक छन् । उनीसँग एकताका मेरो बाक्लै भेटघाट हुन्थ्यो। कहिले उनको घरमा, कहिले पार्टी र कहिले अन्य कार्यक्रमहरुमा । भेटघाटमा हामी संगीत, साहित्य, राजनीति र हासपरिहासका प्रसंगहरु जोडथ्यौं । यसरी प्रसंगहरु जोडदा प्राय अरुलाई उडाएर मस्तसंग हाँस्थ्यौं । हामीले भेट्ने विभिन्न पार्टी र कार्यक्रममा प्राय हामीहरु नाई… Continue reading नाई भन्न नसकेर
प्रचण्ड ‘घुयँत्रो’को समाजवादी आयाम
पुरुषोत्तम लम्साल / भर्जिनिया उनीहरुले अनुमान नै लगाएनन् ‘भाषा सुधारेरै सही’ सरकार र पार्टीले प्रचण्डको वक्तव्य सही भएको ‘ठप्पा’ लगाइदिएपछि त्यसको आयाम कति फराकिलो हुन्छ भनेर । ‘बेला न कुबेला भेनेजुयला’ भनेर ठट्टा गर्नेहरु ठण्डा भए । काठमाडौंमा क्यूबाप्रति ऐक्यवद्धताका लागि नवौं एसिया प्रशान्त क्षेत्रीय सम्मेलनको अन्तर्यमा त्यही भेनेजुयलाको विषय छलफलको मुख्य ‘एजेण्डा’ थियो भनेर हल्ला… Continue reading प्रचण्ड ‘घुयँत्रो’को समाजवादी आयाम
अझै पनि रुवाउँछ भैरेले दशैंमा
प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर फेरी एकपटक नेपालीहरुको महान चाड दशैं नजिकै आएको छ । दशैं वर्षमा एकपटक सत्यको विजय भएको कथा लिएर हिन्दुधर्मावलम्बी माझ ओर्लिन्छ । आस्थामनहरु आफ्नै देबीको जयमा प्रफुल्लित नहुने कुरै भएन । सबैको मनमा दशैको आगमनले उतिकै उल्लास छ । नयाँ लुगा र रमझमले केटाकेटीको मन उल्लासिदों छ । यही उल्लसित वातावरणमा केटाकेटी… Continue reading अझै पनि रुवाउँछ भैरेले दशैंमा
महालय पार्वणश्राद्ध महापर्व
आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क सनातन हिन्दु धर्म संस्कार अनुसार पितृहरुको स्मरणमा गरिने सम्मान तथा आराधनालाई श्राद्ध भनिन्छ । जिवित हुँदा मातापिताको सेवा गर्नु र दिवंगत भएपछि श्रद्धापूर्वक कृतज्ञता अर्पण गर्नु नै सन्ततिको परम कर्तव्य हो र्। श्रद्धया कृयते यत्कर्म तत् श्राद्धः अर्थात पितृहरुका निमित्त श्रद्धाले गरिने कर्म नै श्राद्ध हो । श्राद्ध अनेक प्रकारका हुन्छन्… Continue reading महालय पार्वणश्राद्ध महापर्व
सत्रुसँग हैन आफ्नै कुलका बिभिषणदेखि बढी हाेसियार
सुपेन्द्र बस्नेत / बोष्टन घटना सानाे वा ठुलाे भन्ने मापन त्यस घटनाले दिएको परिणाममा भर पर्दछ । र परिणाम त्यसले पार्ने प्रभावमा भर पर्दछ । त्यसैले कसैका लागि सामान्य लागेकाे कुरा कसैका लागि महाभारत हुन्छ, त कसैका लागि महाभारत लागेकाे कुरा कसैका लागि सामान्य लाग्न सक्छ । कहिले काही सामान्य क्रियाले पनि ठुलाे प्रतिक्रिया दिन्छ,… Continue reading सत्रुसँग हैन आफ्नै कुलका बिभिषणदेखि बढी हाेसियार
म अनायास सारिपुत्तलाई स्मरण गर्न पुग्दछु
विनोद रोका / न्युर्योक पढेर, सुनेर वा देखेर थुपारिएका बिचारका कारणले गर्दा प्राय: अरुले भनेको कुरा सुन्ने धैर्यता हुदैन । त्यसैले गर्दा हामीसँग प्रश्नहरु हुन्छन, जान्ने र बुझ्ने जिज्ञासा हुदैन । त्यस्तो व्यक्तिको उदाहरण दिनु पर्यो भने हाम्रो बानी अरुलाई ईंगित गर्ने हुन्छ । त्यो बानी मेरो पनि छ । त्यसैले मैले पनि बेला मौकामा… Continue reading म अनायास सारिपुत्तलाई स्मरण गर्न पुग्दछु
पोखरामा सेतो पुतली र निजगढमा रातो अरिंगाल
पुरुषोत्तम लम्साल/अमेरिका गताङ्कमा हामीले वन, वृक्ष र वातावरणबारे केही चर्चा ग¥यौं । पूर्वीय सभ्यताले वातावरण र पर्यावरण चक्रलाई आजको विज्ञानले भन्दा सरल तरिकाले कसरी व्यवस्थापन र सुरक्षण गरेको थियो भन्ने कुरा त्यहाँ थिए । प्राचीन शास्त्रमा संकेत, चिन्ह र लक्षणमार्फत वन्यजन्तु र प्राणी हितका लागि भएका प्रयासका केही सन्दर्भ थिए । ती सबै सन्दर्भ नेपालमा… Continue reading पोखरामा सेतो पुतली र निजगढमा रातो अरिंगाल
रातो रंग, रंगको तरंग-आवृति र सृष्टिको विज्ञान
धन लामा / कनेक्टिकट इन्द्रेणीको सात रंग, संगीतको सात सुर अनि त्यस्तै योगमा सातचक्र, यस्तो लाग्छ जीवन इन्द्रेणी हो l विषय ज्ञान र विज्ञान लाईजोड्ने पूलको खोजीको हो l यसपाली भाद्र शुक्ल पक्ष तृतियमापरेको हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको रौनकलेनेपालको गाउँ/शहर र नेपालीहरु पुगेको देश/परदेश रातो रंगलेधपक्क बलेको छ । एउटा आहान छ: रातो राम्रो… Continue reading रातो रंग, रंगको तरंग-आवृति र सृष्टिको विज्ञान
मनोबाद : त्यो दिनको भेटघाट
ऋतिका प्रसाई / टेक्सस दिनहरु दौडिरहे झैं लाग्छ । अध्ययनको लागि अमेरिका छिरेको पनि लामो जस्तो लाग्न थालेको छ । वालमार्ट शपिङ्देखि लण्ड्री लगायतका सबै कामहरु आफैले समाल्नु परेपछि समय बितेको पनि पत्तै नहुने रहेछ । पढ्न र नयाँ कुरा सिक्न अत्यन्तै रुचाउने म जस्ताको लागि अमेरिकाको प्रत्यक पलले केही न केही सिकाइ रहेको प्रतित… Continue reading मनोबाद : त्यो दिनको भेटघाट
दोश्रो बजारमा उतार चढाव एक विश्लेषण
निरन्जन फुयाल / प्रवन्धक नेप्से पृष्ठभूमी पूँजीबजारको प्रमुख उद्देश्य छरिएर रहेका स–साना वचतलाई एकत्रित गरी पूँजीका रुपमा उद्योग धन्दा तथा विकास निर्माणमा दीर्घकालिन लगानीका लागि आवश्यक ब्यवस्था गर्नु हो । पूँजी परिचालन र त्यस पछिको कारोवारका हिसाबले यसलाई प्राथमिक बजार र दोस्रो बजारका रुपमा वर्गिकरण गरिन्छ । प्राथमिक बजारमा वचतका रुपमा छरिएर रहेको रकमलाई एकत्रित गरी… Continue reading दोश्रो बजारमा उतार चढाव एक विश्लेषण