काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । सभापति लामिछानेले सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने बताए । उनले लेखेका छन्, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका सबै… Continue reading टिकटक बन्द गर्ने निर्णयमा रविको विरोध
Category: बिचार
टिकटक बन्द गर्ने निर्णयमा गगन थापा असहमत
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिंडेको टिप्पणी गरेका छन् । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि महामन्त्री थापाले नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको बताएका हुन् । ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई… Continue reading टिकटक बन्द गर्ने निर्णयमा गगन थापा असहमत
संयुक्त रास्ट्रसंघका महासचिवको सम्बोधन नेपालका लागि महत्त्वपूर्ण : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसद्मा राखेको धारणा मुलुकका लागि खुसीको कुरा रहेको प्रतिक्रिया जनाएका छन् । संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रधानमन्त्री दाहालले जलवायु र गरिवी निवारणसम्बन्धी फन्ड छुट्याउने सबभन्दा ठूलो कुरा भएको समेत उल्लेख गरे । ‘राष्ट्रसंघका महासचिवले बोल्नसक्ने कुरा बोल्नुभयो, यो नेपालको लागि खुसीको कुरा हो,’ प्रधानमन्त्री… Continue reading संयुक्त रास्ट्रसंघका महासचिवको सम्बोधन नेपालका लागि महत्त्वपूर्ण : प्रधानमन्त्री
सामाजिक सदभावमा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न गगन थापाको अपिल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामाजिक सद्भावमा प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेका छन् । हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार कसैले गरेमा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि उनले आग्रह गरेका छन् । धार्मिक आस्था… Continue reading सामाजिक सदभावमा खलल पुग्ने सामग्री सामाजिक सञ्जालमा नराख्न गगन थापाको अपिल
नेपाल र चीनको सम्बन्ध मजवुत बनेको छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनेको बताएका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डको सम्मानमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा दूतावास परिवारले आइतबार आयोजना गरेको स्वागत समारोहमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग सौहार्द… Continue reading नेपाल र चीनको सम्बन्ध मजवुत बनेको छ : प्रधानमन्त्री
संविधानले नेपाली समाजलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्। ‘संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ,’ उनले भनेका छन् । संविधान दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले… Continue reading संविधानले नेपाली समाजलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति
टोखा–छहरे सुरुङ मार्ग बनाइदिन चिनियाँ सरकार सकारात्मक छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले टोखा–छहरे सुरुङ मार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताएका छन् । लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले शनिबार आयोजना गरेको तीज शुभकामना कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने, ‘यो परियोजनालाई अगाडि बढाउन मैले एक अर्ब रुपियाँ बजेट विनियोजन गरेको छु । यद्यपि यसका लागि धेरै पैसा लाग्छ ।… Continue reading टोखा–छहरे सुरुङ मार्ग बनाइदिन चिनियाँ सरकार सकारात्मक छ : अर्थमन्त्री
प्रभावकारी नारी सशक्तिकरणका लागि, नारी-पुरुष दुबै जिम्मेवार हुनु पर्दछ
सुपेन्द्र बस्नेत, बोष्टन गत मार्च ८ तारिख नारीहरुका लागि निकै महत्वपूर्ण दिन थियो। जुन दिन यस वर्षका लागि तय गरिएको मूल नारा ‘Embrance Equity’ लाई मुख्य केन्द्रबिन्दु बनाउदै संसारभर विविध क्रियाकलापहरु गरी ‘११३ औं अन्तर्राष्ट्रिय नारी दिवस’ मनाइयो। यस दिवसको उद्गम थलो अमेरिकाको न्युयोर्कलाई मानिन्छ। जहाँ सन् १९०८ मा १५ हजार भन्दा बढी श्रमिक नारीहरू… Continue reading प्रभावकारी नारी सशक्तिकरणका लागि, नारी-पुरुष दुबै जिम्मेवार हुनु पर्दछ
नेपाली-भारतीय जातीय विभेद अमेरिकी समाजलाई अभिशाप
बिष्णु सिंह (बैजु) भारत र नेपाल जातीय विभेदले ग्रसित मुलुकहरुमा पर्दछ । जुन अमानवीय हो । यी मुलुकहरुको समाजमा जातीय बिभेद सदियौंदेखि विद्यमान छन् । मानिस जन्मदा पुरुष, स्त्री र तेस्रो लिंगीको रुपमा जन्मिने भए तापनि पूरातनिक मान्यता अनुसार सृष्टिकर्ता ब्रह्माको मुखबाट ब्राह्मण, पाखुराबाट क्षेत्रीय, तिघ्राबाट वैश्य र पैतालाबाट शुद्र जन्मिएको भनि सनातनिहरुले चार वर्णको… Continue reading नेपाली-भारतीय जातीय विभेद अमेरिकी समाजलाई अभिशाप
सुवास नेम्वाङको निधनमा प्रधानमन्त्रीको शोक सन्देश
काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् । उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ गएराति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि… Continue reading सुवास नेम्वाङको निधनमा प्रधानमन्त्रीको शोक सन्देश
नेम्वाङको निधनले स्तब्ध छु : देउवा
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् । ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको… Continue reading नेम्वाङको निधनले स्तब्ध छु : देउवा
वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको भविश्य खोज्न गम्भीर छु : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले भने, “यो सभामा मोर्चाका नेताहरूले जुन विषय राख्नुभएको… Continue reading वैदेशिक रोजगारीमा रहेका लाखौं युवाको भविश्य खोज्न गम्भीर छु : प्रधानमन्त्री
राम्रो काम गर्न खोज्दा स्टण्ड गरेको आरोप लाग्ने पर्यटन मन्त्रीको गुनासो
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राम्रो काम गर्न खोज्दा ‘स्टन्ट’ गरेको आरोप लाग्ने गरेको गुनासो गरेका छन् ।पर्यटन यातायात व्यवसायी संघको २० औं साधारण सभालाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् । यो देशमा राम्रो काम गर्नेलाई स्टन्ट भनेर खिसी गर्ने प्रवृत्ति रहेको उनको आरोप छ । बिहान आफू… Continue reading राम्रो काम गर्न खोज्दा स्टण्ड गरेको आरोप लाग्ने पर्यटन मन्त्रीको गुनासो
नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा
काठमाडौं । नेपाली कांग्रेसकी नेत्री एवम् कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरूको परिवार नियोजन गर्नुपर्ने बताएकी छिन् । आइतवार समितिको बैठकमा सभापति राणाले बाँदरले बालिनालीमा क्षति पुर्याएर किसानलाई खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार नियोजन गरेर सङ्ख्या घटाउनुपर्ने बताइन् । उनले बाँदरको संरक्षण गरेर कुनै… Continue reading नेपालका बाँदरको परिवार नियोजन गर्नुपर्छ : आरजु राणा
पत्रकारितामा प्रविधिले दुरुपयोगको चूनौति बढाएको छ : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौती थपिएको बताएका छन् । शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री महतले भने, ‘राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको छ ।’ राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेकालाई मात्र नभई कर्मचारी, सुरक्षा… Continue reading पत्रकारितामा प्रविधिले दुरुपयोगको चूनौति बढाएको छ : अर्थमन्त्री
गगनको आक्रमक स्टाटस : भ्रष्टाचार विरुद्ध पार्टी नहेरौं
काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले आक्रमक स्टाटस सार्वजनिक गरेका छन् । उनले शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा भ्रष्टाचारको नेक्सस बनिरहेको भन्दै त्यसको कडा शब्दमा आलोचना गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एकपछि अर्को काण्ड सार्वजनिक भइरहेको सन्दर्भ निकाल्दै महामन्त्री थापाले संरचनागत संयन्त्रहरूमा देखिएको लुपहोलका कारण भ्रष्टाचार मौलाएको उल्लेख गरेका… Continue reading गगनको आक्रमक स्टाटस : भ्रष्टाचार विरुद्ध पार्टी नहेरौं
ओलीको चूनौति : यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट काण्डको छानविन गर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यती, ओम्नी र गिरीबन्धु टी–इस्टेटलगायत प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिएका छन् । सोमबार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै उनले यी प्रकरणमा छानबिन गर्दा पनि आफूलाई फरक नपर्ने बताएका हुन् । ‘त्यतिबेलादेखि अहिलेसम्म छानबिन गर भनिराखेका छौं त । के यती होल्डिङस, यती होल्डिङस भनेर… Continue reading ओलीको चूनौति : यती, ओम्नी र गिरीबन्धु टी–इस्टेट काण्डको छानविन गर
सामाजिक सदभाव कायम राख्न धरानबासीलाई प्रधानमन्त्रीको आह्वान
काठमाडौं । प्रधानमन्त्री पुष्पकाल दाहाल प्रचण्डले समाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग अपील गरेका छन् । साथै उनले सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको बताएका छन् । शनिबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको… Continue reading सामाजिक सदभाव कायम राख्न धरानबासीलाई प्रधानमन्त्रीको आह्वान
आफुमाथि लागेको आरोप प्रमाणित भए राजिनामा दिने अर्थमन्त्रीको स्पष्टीकरण
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाश शरण महतले गलत गरेको कुनै प्रमाण आए आफू पदमा नबस्ने बताएका छन्। आइतबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल बैठकमा बोल्दै उनले आफूले गलत काम नगरे पनि विभिन्न व्यक्तिहरूले आक्षेप लगाउने गरेको बताए। ‘ममाथि व्यक्तिगत प्रहार भइरहेका छन्, व्यर्थको लाञ्छना लगाउने काम भइरहेको छ,’ महतले भने, ‘किन… Continue reading आफुमाथि लागेको आरोप प्रमाणित भए राजिनामा दिने अर्थमन्त्रीको स्पष्टीकरण
कम्तिमा ३५ दिन सीआइबीलाई विश्वास गरौं : गृहमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३५ दिनसम्म नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)लाई विश्वास गर्न आग्रह गरेका छन् । एक क्विन्टल सुन प्रकरणमा सांसदहरुले उठाएका प्रश्नको मंगलबार संसदमा जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले विगतमा संसदीय वा अर्को समिति बनाएर हेरिएको बताए । ७९९९ किलो सुन भित्रिएको भनिएपनि १ तोला सुन समेत पत्ता लगाएको… Continue reading कम्तिमा ३५ दिन सीआइबीलाई विश्वास गरौं : गृहमन्त्री
युक्रेनसँग शान्ति वार्ता अश्विकार नगर्ने पुटिनको संकेत
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन मामिलामा शान्ति वार्ताको अवधारणालाई अस्वीकार नगर्ने बताएका छन्। सेन्ट पिट्सबर्गमा अफ्रिकी नेताहरूलाई भेटेपछि बोल्दै उनले शान्ति वार्ताका लागि अफ्रिकीहरू र चिनियाँले गरेको पहलले पनि भूमिका खेल्नसक्ने बताए। राष्ट्रपति पुटिनले युक्रेनी सेनाले प्रत्याक्रमण जारी राखेका बेला युद्धविराम कार्यान्वयन गर्न असहज भएको पनि बताएका छन्। युक्रेन र रुस दुवैले यसअघि… Continue reading युक्रेनसँग शान्ति वार्ता अश्विकार नगर्ने पुटिनको संकेत
भ्रष्टाचार विरुद्धको अभियान राजनीतिक स्टण्ड होइन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिति र तस्करीविरूद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन्। समाजवादी मोर्चामा आवद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, ‘राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरूद्ध अभियान थालिएको छ। तस्करीविरूद्ध जेहाद छेडिएको छ। यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ। यो लडाइँ… Continue reading भ्रष्टाचार विरुद्धको अभियान राजनीतिक स्टण्ड होइन : प्रधानमन्त्री
रास्वपामा आवद्ध हुनु मतलव उम्मेदवार बन्न पाउनु होइन : लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आबद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले पछिल्लो समय रास्वपामा सहभागी बनेकाहरूले आफू नै मेयर, वडाध्यक्षको उम्मेदवार हो भन्ने गरेको भन्दै रास्वपामा अहिले सहभागी हुनु भनेको उम्मेदवार बन्नु नरहेको स्पष्ट पारेका हुन् । रास्वपा साधारण… Continue reading रास्वपामा आवद्ध हुनु मतलव उम्मेदवार बन्न पाउनु होइन : लामिछाने
बाघ संरक्षणमा नेपाल अग्र स्थानमा छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन् । विश्व बाघ दिवसका अवसरमा आज शुभकामना दिँदै उनले नेपालले सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो लक्ष्य निर्धारित अवधि अगावै पूरा भएकामा सबैप्रति बधाई ज्ञापन गरेका छन् । नेपालले सन्… Continue reading बाघ संरक्षणमा नेपाल अग्र स्थानमा छ : प्रधानमन्त्री
एमाले अध्यक्ष भन्छन् : सरकारले भ्रष्टाचार लुकाउन खोज्यो
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । उनले सरकारको संलग्नता नहुँदासम्म एयरपोर्टजस्तो संवेदनशील क्षेत्रबाट सय किलो सुन निकासा हुनै नसक्ने बताए । केही काम गरेको देखाएर भ्रष्टाचार लुकाउन सरकार लागि परेको उनको भनाई छ । पुर्व प्रधानमन्त्री ओलीले नेपालगन्जमा शनिवारदेखि सुरु… Continue reading एमाले अध्यक्ष भन्छन् : सरकारले भ्रष्टाचार लुकाउन खोज्यो
साइबर सुरक्षामा गम्भीर हुन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरोकारवाला मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रमुखहरुसहितको बैठकमा प्रधानमन्त्रीले गम्भीर भएर काम गर्न निर्देशन दिएका हुन् । साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौति निम्तिन सक्ने भएकाले सरोकारवाल निकायले यसलाई… Continue reading साइबर सुरक्षामा गम्भीर हुन प्रधानमन्त्रीको निर्देशन
प्रचण्डले भोग्नु परेको बज्रपात, दुई सन्तानपछि गुमाए जीवन संगिनी
काठमाडौं । २०७४ मंसिर ३ मा छोरा प्रकाश दाहालको निधनमा नराम्रोसँग भक्कानिएका प्रचण्ड पुत्र वियोगलाई भुलाउन अनेक प्रयास गरिरहेका थिए । तर, उनको वियोग थामिनुको साटो अझै बढ्ने क्रममा थियो । छोराको निधनपछि अझ पिडामा डुबेकी प्रचण्ड पत्नी सीता दाहाल त्यसपछि अझ कमजोर बन्दै गइन् । आफूलाईभन्दा बढी प्रेम गर्ने सन्तान गुमाउँदा सुरूमा शोकले ढलेकी… Continue reading प्रचण्डले भोग्नु परेको बज्रपात, दुई सन्तानपछि गुमाए जीवन संगिनी
जीवन एक प्रयोग
योगेश आदी जीवन मात्र होइन जगत पनि प्रयोग रहेछ । करिव २६०० वर्ष पहिले बुद्धले ज्ञानको प्राप्तिपश्चात कल्याणकारी समाजको स्थापना गर्नआफ्नो संघको माध्यमबाट कम्यूनिजम् प्रयोग गर्न खोजे । वर्ग संघर्षको कारक तत्व विभेदी सामाजिक परिपाटी रहेको ठहर गर्दैपरिवर्तको मार्ग द्वन्द र हिंसा होइन कि सत्मार्ग र सत्संग हो, भन्ने निष्कर्ष निकाले । समाजको निरन्तरता एवम् अस्तित्वको लागि त्याग वाप्राप्ति मात्र पनि होइन कि मध्यमार्ग अवलम्वन गर्नुपर्छ भन्ने सुझाव पनि दिए । बुद्ध दार्शनिक मात्र बने, ज्ञान बाँडे । कालान्तरमा उनको तानाशाह बिहिन रहने साम्यबादी तरिकाले चल्ने सामाजिक व्यवस्थाको प्रयोगराज्यस्तरमा व्यवहारिक देखिएन । ज्ञान र विवेकको प्रचुर चर्चा भयो । राजा अशोक जस्ता अन्यायीहरुले उनको ज्ञान फैलाए ।त्रिपिटकको रुपमा लिपिबद्ध गरे । थुप्रै उपग्रन्थ बनाइए । अहिले धर्मको रुप लियो । करिव २५०० बर्ष पहिले बुद्ध जस्तै दर्शनका ज्ञाता सोक्रेट्सको चर्चा युनान (हालको ग्रिस) बाट फैलिदै तात्कालिन स्पार्टासम्म हुन थाल्यो। उनको तार्किक र बौद्धिक प्रश्नहरुबाट तात्कालिन राज्यसत्ता झस्किन्थ्यो । राज्य सत्ता इतिहास र धर्मको आडमा चल्नु हुदैन भन्ने उनकोअडान थियो । प्रजातन्त्रमा पनि थुप्रै अवगुण हुन्छ किनकि जनमत र समावेसीको नाममा विवेकहिन र ज्ञानहिन असक्षम व्यक्ति पनि राज्यसञ्चालनमा पुग्छ भनेर सर्वप्रथम भन्ने व्यक्ति सोक्रेट्स नै थिए । कुनैपनि व्यक्तिले दोश्रो व्यक्तिलाई सोच्न लगाउन मात्र सक्छ, यस्तो नैगर भन्न सक्दैन भन्ने उनी अग्रगामी सोच राख्थे । उनको बौद्धिक प्रयोग समाजले पचाउन सकेन । उनी सेनामा हुँदा राम्रो नगरेको रएथेन्सले स्पार्टासँग युद्ध हार्नुमा उनले युवाहरु भट्काएको भन्ने आरोपमा उनलाई दुई तिहाको बहुमति सभाले दिइएको दुई सजायकोविकल्पमा उनले बिष सेवन रोजेका थिए । एउटै किताब नलेखेका दार्शनिक सोक्रेट्सका कट्टर भक्त दार्शनिक प्लुटोले भने उनको दर्शनमा आधारित ३३ पुस्तक लेखें। त्यसैगरिप्लुटोकै लयमा एरिस्टोटलले पनि उनको बिचारमा माथि ३०० भन्दा बढी पुस्तक लेखे । पछि अलेक्जेण्डरले सोक्रेट्सै विचारलाई फैलाए। ईतिहासको कालखण्डमा पनि बिचारको प्रयोग गर्ने बारे सबैभन्दा ठुला युद्धहरु भए । त्यसपछिको लामो कालखण्ड युद्ध, जीत र सिमा बिस्तारको प्रयोगमा रुमल्लियो । भारत वर्षमा मुगल साम्राज्यसम्म र पश्चिममा सन्१८१८ मा कार्ल मार्क्सले जन्म लिनुअघि नै युनिभर्सिटीहरुमा राज्यसंयन्त्र र दर्शनको अध्यापन हुन थालिसकेका थिए । मार्क्सका वकिलपिताले उनलाई दर्शनको महत्व सानैमा बुझाइसकेका थिए। लामो समय मार्क्सको दुई पुस्तक “कम्युनिष्ट मेनिफेष्टो र क्यापिटल” लेसबै प्रयोग माथि प्रश्न उठाए । मार्क्सले बुद्धले जस्तै समाजमा ‘हुने र नहुने’ (बोर्ज्वाजी र प्रोलिटेरिएट्) बीचको वर्गसंघर्ष नै दुखको कारण देखाए। समाजबाद मार्फतसाम्यबाद नै निकास हो भन्ने तर्क राखे । एङ्गेल्सले सघाए । तर परिवर्तनको लागि द्वन्दको बाटो देखाए । भौतिक परिवर्तनको लागिद्वन्दको आवश्कता महसुस गरे । जबकि उनी भन्दा २२०० वर्ष अघिनै बुद्धले भक्ति मार्गबाट बर्ग हट्न सक्छ भनिसकेका थिए । जबकिमार्क्स धर्मलाई अफिम मान्दथे । भारतका डा. अम्बेडकरले भने जस्तै बुद्ध र मार्क्सको बिचारको फ्यूजनको प्रयोग चाहिँ मध्यमार्गी प्रयोगबन्न सक्ला । कार्ल मार्क्सको साम्यबादी समाज निर्माणको परिकल्पना कतिपय देशले लागू गर्न खोजे शुरमै अव्यवहारिक ठहरिए । चीनले आंशिकलागू गर्न खोजे । रुसले १९औं शताप्दीको शुरुमा गरेको मार्कसिजम् र लेलिनिजमको प्रयोगबाट नै अव्यवहारिक ठानिसकेका थिए ।आखिर सबैबाद र सिद्धान्तहरु एक प्रयोगकै रुपमा चलिआएका छन्। कसैले कुनै पद्दति मात्रै ‘ठीक हो’ भन्छ भने त्यो सबैभन्दा ठुलो झुठो साबित हुन्छ । जगत नै प्रयोगमा चल्छ, जीवन जस्तै। ठीकलागुन्जेल अस्तित्वमा रहन्छ । हाम्रो जीवन पनि हामीले रोजेको बिभिन्न प्रयोग मघ्ये सहज लागेको अवस्थामा रोकिएको पेशा वाव्यवसायलाई कर्म मानेर बाँच्ने क्रिया मात्र हो । के थाहा भोली के प्रयोग गर्न मन लाग्छ ।
अनावश्यक विषय विपक्षीले संसदमा उठाइरहेको सरकारको प्रतिक्रिया
काठमाडौं । पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ।बिहीबार मन्त्रिपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन्। कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि बताइन्। उनले सो विषय बेकारको विषय भएकाले संसदमा… Continue reading अनावश्यक विषय विपक्षीले संसदमा उठाइरहेको सरकारको प्रतिक्रिया
आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री
काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड संकटमा परेका छन् । गत सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उनको राजीनामा मागेको छ । बुधबार संघीय संसदको दुवै सदन अवरोध गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको हो । ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा… Continue reading आफ्नै अभिव्यक्तिका कारण संकटमा प्रधानमन्त्री