Category: बिचार

  • प्रधानमन्त्री भन्छन् : बामपन्थी शक्तिबीच एकता जरुरी

    प्रधानमन्त्री भन्छन् : बामपन्थी शक्तिबीच एकता जरुरी

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन आग्रह गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुनसमेत अपील गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दै समाजवादको दिशा परिलक्षित गरेको बताएका छन् । ‘यसले जनवादी क्रान्तिको मूलभूत कार्यभार नेपाली विशिष्टता र मौलिकतासहित पूरा गर्दै समाजवादी क्रान्तिको आधारविन्दु निर्माण गरेको छ ‘, उनले भनेका छन् ।

    नेपालमा २००६ वैशाख १० गतेका दिन श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थापना भएको थियो । प्रधानमन्त्री प्रचण्डले विचारधारात्मक संघर्ष एवं एकता र विभाजनका अनेकौँ अनुभवले एकातर्फ समाजवादको लक्ष्य प्राप्तिमा मार्गनिर्देश गरिरहेको र अर्कातर्फ सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र संकल्पलाई सार्थक तुल्याउने बताए ।

    उनले भनेका छन्, ‘तसर्थ, आजको दिन विगतका अनुभवहरूको समीक्षा र संश्लेषणसहित वामपन्थी शक्तिहरूबीच वैचारिक र राजनीतिक प्रश्नमा गहन छलफलका साथ साझा निष्कर्षमा पुग्न सङ्कल्प गर्ने दिन पनि हो ।’

    प्रधानमन्त्री प्रचण्डले कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा संकल्प, सहकार्य र एकताको आधारमा मात्रै देशका चुनौतीलाई सम्बोधन गर्न सकिने निष्कर्षका साथ सत्ता सहयात्रा सुरु गरिएको बताउँदै भनेका छन्, ‘सत्ता सहयात्रालाई विभिन्न चुनौतीहरूबाट जोगाउँदै निर्धारित लक्ष्यसम्म पुर्‍याउनु हामी सबैको साझा जिम्मेवारी हो ।’

  • एमालेको नीति र नेतृत्वमा विवाद छैन : ओली

    एमालेको नीति र नेतृत्वमा विवाद छैन : ओली

    काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन् । आजदेखि सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक भएको बताए । अध्यक्ष ओलीले भने, “गत महाधिवेशनयताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी हालको सहज परिस्थितिमा रहेकोे हो ।” अध्यक्ष ओलीको प्रस्तुति जारी छ ।

  • ‘प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थाल्यो’

    ‘प्रतिपक्षमा पुगेपछि कांग्रेस बर्बराउन थाल्यो’

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् । इलाम–२ को लारुम्बामा चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले रास्वपा प्रतिपक्षमा हुँदा निभाएको भूमिका हेर्न कांग्रेसलाई आग्रह गरे ।

    ‘भर्खरै केही साथीहरू प्रतिपक्षमा पुग्नु भएको छ । प्रतिपक्षमा पुग्ने बित्तिकै बर्बादै भयो । सकियो । आफ्ना कैयौं चिज थाहा हुने भयो भनेर अलिअलि बर्बराउन थाल्नुभयो होला । अलिअलि गनगन गर्न थाल्नुभयो होला,’ लामिछानेले कांग्रेसप्रति टिप्पणी गरे । रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुको पक्षमा मत माग्दै लामिछानेले इलाम–२ का स्वास्थ्य चौकी, अस्पताल बाटो हेरेर ३० वर्षमा पुराना पार्टीहरूले गरेको काम देखिने बताए ।

    ‘जे छ, त्यही ठीक छ भन्ने लाग्छ भने त्यस्तैलाई निरन्तरता दिनुपर्दछ । होइन अब हामीले मत परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ भने अब सोच्नै पर्दछ,’ गृहमन्त्री लामिछानेले भने । अस्तित्व र पहिचान रास्वपाले स्वीकारेको उनले मतदातासँग प्रतिवद्धता जनाए । ‘एउटा मात्रै पहिचान भएको ठाउँ होइन यो । यहाँ धेरै पहिचान छन् । यसमा गौरव गर्ने ठाउँमा कहिले पनि कञ्जुस्याईं गरेका छैनौं,’ लामिछानेले भने । उनले पहिचानको दायरा फराकिलो बनाउनुपर्ने धारणा राखे ।

  • जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, क्षतिपूर्ति पाउनुपर्छ : अर्थमन्त्री

    जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, क्षतिपूर्ति पाउनुपर्छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन संयुक्त बैठकमा सहभागी हुन अमेरिका पुगेका पुनले वासिङटनडिसीमा आयोजित भी–२० को १२औं मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका हुन् । पुनले बैठकलाई सम्बोधन गर्दै जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित विकासोन्मुख मुलुकले सामना गरिरहेको समस्याबारे विश्व समुदाय समयमै सचेत र गम्भीर हुनुपर्ने बताए ।

    उनले जलवायु परिवर्तनको जोखिमबाट बच्न विश्वस्तरमै सामूहिक प्रतिबद्धताको खाँचो रहेको औंल्याए । जलवायु परिवर्तनको प्रभावका कारण नेपालमा खास गरी गरिब र सीमान्तकृत वर्गका मानिसहरु प्रताडित हुने गरेको उनको भनाइ थियो । मन्त्री पुनले नेपाल जलवायुको उच्च जोखिममा हुनुमा आफूहरुको योगदान न्यून रहेको स्पष्ट गरे । गत वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) लाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको भूमिका शून्य भए पनि जलवायु परिवर्तनको प्रभावबाट उच्च जोखिममा परेको विषयमा विश्व समुदायको ध्यानाकर्षण गराएको स्मरण गरे ।

    ‘कोप(२८ बैठकमा मेरा प्रधानमन्त्रीले स्पष्ट रुपमा भन्नुभएको थियो कि जलवायु परिवर्तनमा नेपालको अत्यन्तै न्यून भूमिका छ’, पुनले भने, ‘हाम्रा प्रधानमन्त्रीको सन्देशलाई म यहाँहरु समक्ष राख्न चाहन्छु कि विकसित देशहरूले जलवायु परिवर्तनका प्रभावको असमान जोखिमबाट अल्पविकसित मुलुकहरुलाई तत्काल आर्थिक र प्राविधिक सहयोगको आवश्यकता छ ।’

    मन्त्री पुनले जवलायु परिवर्तनको प्रभावबाट भएको क्षतिपूर्ति पाउनुपर्ने भन्दै जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय जगतमा दृढतापूर्वक वकालत गर्ने उल्लेख गरे । जलवायु परिवर्तनका कारण नेपालका हिमालयहरुमा तीव्र रुपमा हिउँ पग्लिन थालेको, हिमनदीहरुमा पानीको बहाव घटेको, हिम तालहरु विस्फोटको जोखिम बढेको, तथा अनावृष्टि र अतिवृष्टिजस्ता समस्याका कारण बाढी, पहिरो तथा खडेरीजस्ता प्रकोप डरलाग्दो रूपमा बढ्दै गएकोमा विश्व समुदायको ध्यानाकर्षण गराए ।

    यस्तै जलवायु परिवर्तनले उत्पन्न प्राकृतिक विपत्तिहरुका कारण विकासका पूर्वधारको दिगो विकास प्रयास मात्र नभई मानव स्वास्थ्य तथा जीविकोपार्जनसमेत खतरामा परेको मन्त्री पुनको भनाइ थियो । विकसित अर्थतन्त्र भएका मुलुकहरुले जलवायु परिवर्तनमा न्यून भूमिका भएर पनि उच्च जोखिममा रहेका नेपालजस्ता तेश्रो विश्वका मुलुकहरुमा जलवायु अनुकूलन कार्यक्रमहरुका लागि आर्थिक सहायता प्रदान गर्नुपर्नेमा मन्त्री पुनले जोड दिए ।

    उनले जलवायु परिवर्तनबाट भएको क्षति लागि स्थापना गरिएको क्षतिपूर्ति कोष, जैविक विविधता कोष र अनुकूलन कोषसहितका सुविधाहरुमा प्रमुख हक नेपालजस्ता अल्पविकसित र हिमाली देशहरुको रहनुपर्ने उल्लेख गरे । जलवायु परिवर्तनका असरबाट विश्वलाई बचाउन विकसित मुलुकहरु आफूले गर्दै आएका प्रतिबद्धतामा इमान्दार हुनुपर्ने मन्त्री पुनले स्मरण गराए ।

    भी(२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा त्यसबाट विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न संक्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने निकाय हो । कार्यक्रममा भी-२० सदस्य राष्ट्रका करिब ८० जना मन्त्रीहरु, उच्चपदस्थ सरकारी अधिकारी, विश्व बैंक समूहका अध्यक्ष अजय बंगा, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभालगायत उपस्थित थिए ।

  • निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्र गतिशिल बन्छ : प्रधानमन्त्री

    निजी क्षेत्रको सहकार्यबाटै अर्थतन्त्र गतिशिल बन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् । नेपाल उद्योग परिसंघको २१औं वार्षिकोत्सव समारोहका अवसरमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध रहेको बताए । ‘अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेत्रसँगको सहकार्यबाटै अर्थतन्त्रलाई गतिशील बनाउन सकिन्छ भन्नेमा म स्पष्ट पनि छु । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गरिरहन्छ ।’

    उनले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने र परिणाममुखी कामका लागि प्रोत्साहित गर्ने काममा सरकार जिम्मेवार भएर लागिरहेको स्पष्ट पारे । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले सुधार गर्न खोजेको जानकारी दिँदै उनले अर्थतन्त्रको सवलीकरण मात्रै नभइ देखिने गरी नयाँ उत्साह र सन्देश प्रवाह गर्ने तयारीमा सरकार लागिपरेको बताए ।

    ‘दबाबका बीचमा पनि उत्पादन र रोजगारीमा केन्द्रित हुने र जनतामा आत्मविश्वास पैदा गर्ने सोच र तयारीमा सरकार छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘सोहीअनुरूप मौद्रिक नीतिलाई समेत अगाडि बढाउने छौं । अर्थतन्त्रमा सुधार मात्र नभएर केही गुणात्मक परिणाम ल्याउन जरुरी छ, त्यसो गरिन्छ ।’

    निजी क्षेत्रको समस्या अर्थतन्त्रको समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘निजी क्षेको समस्या भनेको अर्थतन्त्रको समस्या हो । अर्थतन्त्रमा रहेको समस्या समाधान गर्न सक्ने पूर्ण क्षमता यो सरकारमा छ र समाधान गर्नेछ ।’

    पछिल्लो समय अर्थतन्त्रमा सुधारका महत्वपूर्ण सूचक देखा पर्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले चालु आर्थिक वर्ष अर्थतन्त्रका लागि आशालाग्दो वर्ष हुने विश्वास व्यक्त गरे ।

    ‘नयाँ वर्षको सुरुवातमा नै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछौं । विदेशी लगानी भित्र्याउन सोहीअनुरूप वातावरण निर्माणका लागि दर्जन बढी कानुन संशोधन प्रक्रियामा छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यस अर्थमा २०८१ लाई एउटा आशलाग्दो वर्षका रूपमा लिन सकिन्छ ।’

    वस्तु तथा सेवा निर्यातमा आशालाग्दो अवस्था देखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विद्युत्, जस्तापाता, सिमेन्टजस्ता वस्तु निर्यातले देशको अर्थतन्त्रलाई सबल तुल्याउने विश्वास व्यक्त गरे । पर्यटन आगमनमा उल्लेख सुधार आएको र सूचना प्रविधिको क्षेत्रले पनि आशा जगाएको बताउँदै उनले यस्ता गतिविधिले राष्ट्रिय आम्दानी र पूँजी निर्माणमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे ।

  • विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

    विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न इच्छुक विदेशी लगानीकर्तालाई सहजीकरण गर्न सरकार तयार रहेको बताएका छन् । भारतीय उद्योग परिसंघका प्रेसिडेन्ट देजिग्नेट सञ्जीव पुरी र भारतीय प्रतिनिधिमण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । सीआईआईको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटवार्ता गरेको थियो ।

    भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत महासंघका पधादिकारीहरू र कार्यकारी सदस्यहरूको समेत उपस्थिति रहेको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डले विदेशी लगानीकर्तालाई सहज बनाउन सरकार नीतिगत सुधार गर्न इच्छुक रहेको पनि बताए ।

    उनले विदेशी लगानीकर्तालाई सरकारले लजिस्टिक पनि सहयोग गर्ने बताए । उनले सीआईआई प्रतिनिधिमण्डललाई नेपालमा लगानी गर्न आग्रह गरे ।

    अर्थमन्त्री पुनले नेपालको अर्थतन्त्रमा पनि भारतीय अर्थतन्त्रको ठूलो भूमिका रहेको बताए । उनले नेपाल र भारतबीचको व्यापार र लगानी प्रवर्द्धनका लागि आफूले आफ्नो क्षमताले सक्दो प्रयास गर्ने सीआईआई प्रतिनिधिमण्डललाई आश्वासन दिए । उद्योगमन्त्री भण्डारीले नेपालमा विदेशी लगानीकर्ताले स्थापना गर्ने उद्योगलाई सहजीकरण गर्न आवश्यक सबै सहयोग गर्ने बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघको ५८औं वार्षिक साधारणसभामा सहभागी हुन पुरीको नेतृत्वको सीआईआई टोली काठमाडौं आएको थियो । पुरी वार्षिक साधारण सभामा मुख्य वक्ता थिए । प्रतिनिधिमण्डलमा भारतका छ वटा ठूला उद्योगका प्रमुख कार्यकारी अधिकृत समेत रहेका थिए । भेटका क्रममा पुरीले सुधारका लागि सरकार प्रतिबद्ध भएको देखेर आफू खुसी भएको बताए ।

    उनले भारतीय लगानीकर्ता नेपालमा लगानी गर्न तयार रहेको बताउँदै नेपाल सरकारसँग सहजीकरणको माग गरे । महासंघका अध्यक्ष ढकालले महासंघमा रहेको एफडीआई हेल्प डेस्क मार्फत महासंघले आवश्यक सबै सहयोग उपलब्ध गराउने बताए । उनले आवश्यक नीतिगत सुधारका लागि सरकारसँग पैरवी गर्न महासंघले अग्रणी भूमिका खेल्ने बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघबीच लामो समयदेखिको साझेदारी रहेको छ । दुई संस्थाले सन् १९९४ मा सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । गत वर्ष महासंघ र सीआईआईले संयुक्त रुपमा भारतमा नेपाल इन्डिया बिजनेस समिट आयोजना गरेका थिए।

  • ‘नेपाललाई रोजगारी र उत्पादकत्व बढाउने क्षेत्रमा थप स्रोतको खाचो छ’

    ‘नेपाललाई रोजगारी र उत्पादकत्व बढाउने क्षेत्रमा थप स्रोतको खाचो छ’

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालमा रोजगारी सिर्जना र उत्पादकत्व बढाउने क्षेत्रमा केन्द्रित भई लगानी बढाउन विकास साझेदारहरूसँग आग्रह गरेका छन् । शुक्रबार विश्व बैंकको दक्षिण एसिया र नेपाल विकास अपडेट, २०२४ सार्वजनिक कार्यक्रममा अर्थमन्त्री पुनले यस्तो आग्रह गरेका हुन् । उनले दक्षिण एसियामा अन्य मुलुकको तुलनामा नेपालले राम्रो प्रदर्शन गरिरहेको समेत बताए । यद्दपि मुलुकभित्र रोजगारी अभावले युवा पलायन भइरहेको भन्दै नेपालमा रोजगारी सिर्जनाका कार्यक्रमको आवश्यकता रहेको बताए ।

    एकातर्फ पूर्वाधार क्षेत्रमा उच्च रोजगारको आवश्यकता रहेको र अर्कोतर्फ काम गर्ने उमेरका युवाशक्ति काम र अध्ययनका लागि विदेशीरहेको सन्दर्भमा मुलुकभित्रै रोजगारी सिर्जना र उत्पादकत्व सिर्जना गनु आवश्यक रहेको उनले बताए । सोही अनुसारको स्रोत बढाउन उनले विकास साझेदारसँग आग्रह समेत गरे । उनले विश्व बैंकको यो प्रतिवेदन नेपालको नीति निर्माणमा सहयोगी हुने समेत विश्वास व्यक्त गरे ।

    अर्थमन्त्री पुनले सरकार उच्च प्राथमिकता र चासो आर्थिक गतिविधिहरूलाई सहज बनाउनेतर्फ केन्द्रित रहेको बताए । उनले चालु आर्थिक वर्षको अन्त्यसम्ममा आर्थिक पुनरुत्थान हुनेमा आशा व्यक्त गरे । उनले भने, ‘राजस्व संकलन न्यून भएकाले सरकारले खर्चलाई प्राथमिकता दिँदै पूँजीगत खर्च बढाउने प्रयास गरिरहेको छ । हामीले वित्त स्थायित्वलाई दिगो स्तरमा कायम राख्न आवश्यक नीतिहरू अवलम्बन गरेका छौं ।’

    सार्वजनिक लगानीको प्रभावकारिता र दक्षता अभिवृद्धि गर्न विश्व बैंक र अन्य विकास साझेदारहरूसँग पनि नजिकबाटै काम गरिरहेको उल्लेख गर्दै मन्त्री पुनले राष्ट्रिय परियोजना बैंकको कार्यान्वयन यसको एउटा उल्लेखनीय उदाहरण भएको दाबी गरे । उनले भने, ‘विश्व बैंकले अर्थ मन्त्रालय र अन्य सरकारी निकायको बृहत् आर्थिक पूर्वानुमान गर्न सक्ने क्षमतामा सुधार गर्न मद्दत गरिरहेको छ ।’

    विश्व बैंकको यो पहलले भविष्यमा अझ यथार्थपरक बृहत् आर्थिक रूपरेखा प्रदान गर्ने उनको अपेक्षा छ । त्यस्तै सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने तयारीमा रहेको जानकारी गराउँदै उनले यो शिखर सम्मेलनले विश्व लगानीकर्ताहरूका लागि नेपाललाई उदीयमान गन्तव्यको रूपमा चिनाउने बताए ।

    उनले भने, ‘विशेष गरी हरित ऊर्जा, पर्यटन, कृषि व्यवसायमा नेपालको गतिशील लगानी परिदृश्यको सम्भावना देखाउने मञ्चको रूपमा काम गर्नेछ । र खासगरी आईटी क्षेत्र ।’ उनका अनुसार देशको सम्पूर्ण लगानीको इकोसिस्टमका लागि कुशल र प्रभावकारी सहजीकरण गर्न लगानी, प्रतिफल र लाभांश फिर्ता लैजाने विषयको आवश्यक संरक्षण र सुरक्षा सुनिश्चित गरिने छ ।

    उनले भने, ‘यस्तो शिखर सम्मेलनले लगानी सम्बन्धी नीतिगत सुधारहरूसँगै उल्लेख्य लगानी ल्याउन र नेपाल आर्थिक अपडेट प्रतिवेदनमा पनि औंल्याइएका मध्यम अवधिको वृद्धि सम्भावनालाई अगाडि बढाउन मद्दत गर्नेछ ।’ उनले आगामी आर्थिक वर्षको बजेट निर्माणको चरणमा रहेको समेत जानकारी गराउँदै वर्तमान आर्थिक विकासलाई मार्गदर्शन गर्ने राम्रो नीति र विनियोजनका लागि विकास साझेदारहरू र सम्बन्धित क्षेत्रहरूबाट रचनात्मक सुझावहरूको स्वागत गर्ने बताए ।

    ‘नेपाल सरकारको तर्फबाट, म विश्व बैंकलाई अर्थतन्त्रमा प्रभाव पार्ने विभिन्न विषयहरूमा अनुसन्धान र प्रकाशनहरू सहित हाम्रो विकासका विभिन्न क्षेत्रहरूमा निरन्तर सहयोगको लागि धन्यवाद दिन चाहन्छु,’ अर्थमन्त्री पुनले भने । कार्यक्रममा पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले नेपालको आर्थिक वृद्धिको सन्दर्भमा विश्व बैंकले गरेको प्रक्षेपण दशकौंको लागि चमत्कारिक संख्या भएको बताए ।

    उनले नेपालका लागि विश्व बैंकको ३ देखि ३.५ प्रतिशतसम्मको आर्थिक वृद्धिदरको अनुमान यथार्थपर रहेको बताए । यद्यपि ऊर्जा बाहेक समग्र उत्पादन र औद्योगिक क्षेत्रले राम्रो काम गर्न नसकेको उनको बुझाइ छ । ‘त्यो हामीलाई थाहा छ । त्यसकारण, हाम्रो अर्थमन्त्रीले बजेट वक्तव्यमा बोल्नुभएको भन्दा कम्तीमा आधा वृद्धिदर हासिल गर्ने सम्भावना बढी छ । दोस्रो, अर्को वर्षको लागि ५ प्रतिशत वृद्धि गर्नु कठिन काम भने होइन,’ खतिवडाले भने ।

    नेपालले धेरै मिहिनेत नगरे पनि प्रक्षेपणअनुसारको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने उनले बताए । उनले भने, ‘हामीले कुनै बाह्य वा आन्तरिक झट्का नपाउँदा पनि हामी सजिलै त्यो हासिल गर्न सक्छौं । ५ प्रतिशत नाघेपछि झटका लाग्न थाल्छ ।’ नेपालले उच्च आर्थिक वृद्धिदर हासिल गर्ने अवस्थामा चालू खातामा बचत देख्न नपाइने उनले बताए । उनले भने, ‘उच्च आर्थिक वृद्धि हुँदा ऋण र आयातमा गिरावट देख्नुहुने छैन, र सायद अर्थतन्त्र सन्तुलनमा छ जस्तो लाग्न सक्छ। उच्च आर्थिक वृद्धि मार्गको लागि निर्यातलाई ड्राइभ गर्नुपर्छ ।’

    कार्यक्रममा विश्व बैंककी प्रमुख अर्थशास्त्री फ्रन्जिस्का लिजेलट अन्सर्जले दक्षिण एसियामा विकास दर बढेको भए पनि भारतकै कारण यो सबैभन्दा छिटो विकास हुने क्षेत्र हुने गरेको बताइन् । उनका अनुसार मार्च २०२२ देखि के भएको छ भने प्रमुख केन्द्रीय बैंकहरूले सन् १९७० को दशकयताकै सबैभन्दा छिटो र कडा मौद्रिक नीतिमा आफ्ना नीतिगत दरहरू बढाएका छन् ।

  • प्रधानमन्त्री भन्छन् : होलीले समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिन्छ

    प्रधानमन्त्री भन्छन् : होलीले समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा दिन्छ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले यस पर्वले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तरघूलनलाई प्रतिनिधित्व गर्ने समेत बताए ।

    ‘पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई-मधेसमा हर्षोल्लासका साथ मनाइने फागुपूर्णिमा -होलीपर्व_को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘होलीपर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण नेपालीहरूमा प्रेरणा प्रदान गर्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु ।’

    असत्यमाथि सत्य र खराबमाथि असल पक्षको विजयका रूपमा लिइने र उल्लासपूर्वक मनाइने फागु अर्थात् होलीपर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने उनको भनाइ छ ।

    ‘नेपाली समाजमा विद्यमान बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले हाम्रो राष्ट्रिय स्वाभिमान र गौरवलाई मात्रै स्थापित गरेका छैनन्, एकले अर्काको पहिचान, स्वाभिमान र संस्कृतिलाई सम्मान र आत्मसात् गर्ने राष्ट्रिय संस्कृतिको विकाससमेत गरेका छन् । रङहरूको पर्वका रूपमा स्थापित होलीपर्व पनि त्यस्तो पर्व हो, जसले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावना एवं अन्तर्घुलनलाई प्रतिनिधित्व गर्दछ’, शुभकामना सन्देशमा उनले भनेका छन् ।

    प्रधानमन्त्री दाहालले भौगोलिक दृष्टिले सानो भएर पनि दर्शन, सभ्यता, संस्कृति, पर्वहरू एवं विशिष्ट पहिचानका कारण नेपाल विश्व मानचित्रमा वैभवशाली देशका रूपमा स्थापित भएको बताएका छन् । उनले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान नेपलीको साझा पहिचान भएको बताउँदै प्रत्येक जातजाति र धर्मावलम्बीका आ(आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू रहेको समेत उल्लेख गरेका छन् ।

    ‘हाम्रा चाडपर्वहरूले समुदायबीच सद्भाव बढाउँछन् । समुदायलाई एकताबद्ध गर्न सघाउँछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ(आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवर्द्धन एवं फरक जाति र समुदायको संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्दछन्’, शुभकामना सन्देशमा उनले भनेका छन् ।

  • रविको चेतावनी : कांग्रेससँग खुला बहस गर्न तयार छु

    रविको चेतावनी : कांग्रेससँग खुला बहस गर्न तयार छु

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग्दैमा राजीनामा नदिने बताएका छन् । बरु कांग्रेसका नेताहरुले बोलाएको ठाउँमा गएर सहकारीको अनियमितताबारे बहस गर्न तयार रहेको बताए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका गृहमन्त्री लामिछानेले काम गर्न नसकेको बेला राजीनामा माग्नै नपर्ने बताए ।

    उनले अघि भने, ‘खल्तीमा राजीनामा बोकेर हिंडेका छौं ।’ सहकारीको विषयमा भने आफूले पार्टीभित्र र सञ्चारमाध्यममा प्रष्ट भन्ने गरेको बताए ।संसदमा भने कांग्रेसले आफूलाई सुन्न नचाहेको भन्दै गृहमन्त्री लामिछानेले भने, ‘म चुनौतीका साथ भन्न चाहन्छु, प्रभावशाली नेताहरुलाई । तपाईं कहाँ, कहिले र कुन मितिमा बोलाउनु हुन्छ, खुला ठाउँमा बहस गर्न चाहख्छु ।’

    ‘तपाईंले भनेको ठाउँमा बोलाउनुस्, भए भरको सम्पूर्ण प्रमाण लिएर आउनु होला । तपाईंकै निर्वाचनको क्षेत्रका मान्छेको अगाडि बहस गर्न चाहन्छु,’ आफूमाथि प्रश्न गर्ने कांग्रेस महामन्त्री गगनकुमार थापातर्फ संकेत गर्दै गृहमन्त्री लामिछानेले भने, ‘यो बहस काठमाडौंको क्षेत्र नम्बर ४ मा भयो भने मलाई अझ सहज हुन्छ । त्यहाँका मतदाताले थाहा पाउनुपर्छ, जसलाई ठगीको आरोप लगाइएको छ, ठगी त्यसले गरेको छ अरु कसैले गरेको छ ?’ उनले कुन मुद्दामा आफूलाई प्रतिवादी बनाइएको छ, त्यो देखाउन समेत कांग्रेसलाई चुनौती दिए ।

  • जीबी राई पक्राउ पर्ने गृहमन्त्री लामिछानेको स्पष्टीकरण

    जीबी राई पक्राउ पर्ने गृहमन्त्री लामिछानेको स्पष्टीकरण

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई पक्राउ गरेरै छाड्ने बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको कार्यक्रममा उनले जीबी राई दोषी हो भने कारबाही भोग्नैपर्ने बताए । ‘आकाशमा होस्, पातलमा होस् समाएर ल्याउछौं, समय लाग्ला कसले भगायो त्यो पनि खोज्छौं’, उनले भने । लामिछानेले आफ्नो जीबी राईसँग कुनै सम्बन्ध नरहेको बताए । ग्यालेक्सी टेलिभिजनमा जीबी राईसँग काम गरेको र टेलिभिजन छाडेपछि उनीसँगको नाता सकिएको उनले बताए । उनले आफूलाई अनावश्यक रुपमा जीबी राईसँग जोडिएको पनि गुनासो गरे ।

    ‘जीबी राई जीबी राई म रवि लामिछाने हो, जीबी राई जोडिएको हरेक ठाउँमा रवि लामिछाने हुँदैन । ऊसँग टेभिजिनमा काम गरेको हुँ, टेभिजिनमै मेरो नाता सकिएको हो, त्योभन्दा बाहेक कहिँ कतै पनि छैन, ऊ दोषी रहेछ भने उसले सबक सिक्नुपर्छ, कारबाही हुनुपर्छ’, उनले भने । उनले सहकारीमा कसैले अवैध पैसा राखेको छ भने त्यसको खोजी गर्ने बताएका । छन् । त्यस्तै सहकारीका वचतकर्ताको रकम ब्याजसहित रकम फिर्ता नगरेसम्म राजनीतिबाट विश्राम नलिने उनले बताए ।

  • अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन : अर्थमन्त्री

    अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफू र नेपाल राष्ट्र बैंकका पदाधिकारीबीच प्रतिस्पर्धा नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट) २०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायनमान बनाउनुपर्ने बताएका हुन् । सरकार र राष्ट्र बैंक दुवैले जनताको अपेक्षा, आकांक्षा र संविधानले दिशानिर्देश गरे अनुसारका कानुन र नियमावलीभित्र बसेर काम गर्ने भएकाले एकअर्कालाई आरोपित गर्नु गलत भएको उनको भनाइ थियो । पुनले सरकार र राष्ट्र बैंकबीच रचनात्मक, सहयोगात्मक र आपसी समन्वयात्मक सम्बन्ध हुनुपर्नेमा जोड दिए ।

    राष्ट्र बैंक मौद्रिक नीतिमार्फत सरकारको वित्तीय नीति कार्यान्वयन गर्ने निकाय भएकाले एक अर्कामा समन्वय नभए त्यसको असर मुलुकको समग्र अर्थतन्त्रमा पर्ने पुनले उल्लेख गरे । ‘जहिले पनि अर्थमन्त्री र गभर्नरलाई प्रतिस्पर्धी जस्तो बनाउने गरिएको छ’, पुनले भने, ‘यो कसरी हुन सक्छ रु हामी एकअर्कामा झगडा गर्ने र आफूलाई माथि देखाउन अरुको गल्ती औंल्याउने होइन । यो व्यक्तिगत नभइ राज्य सञ्चालनको विषय भएकाले समस्या हुँदा मिलेर काम गर्ने हो ।’

    अर्थमन्त्री पुनले राष्ट्र बैंक सञ्चालक समितिका ७ मध्ये ४ जना अर्थात बहुमत सदस्य सरकारले पठाएका व्यक्ति हुने भन्दै सरकारमा बस्नेले गर्भनरलाई आरोपित गर्न नमिल्ने स्पष्ट पारे । राष्ट्र बैंक सञ्चालक समितिमा सरकारका तर्फबाट अर्थ सचिव र ३ जना विज्ञलाई सञ्चालकका रूपमा पठाउने व्यवस्था छ । यस्तै गर्भनर र दुई डेपुटी गभर्नर सदस्य हुन्छन् ।पुनले भने, ‘बोर्डमा बहुमत भएको सरकारका प्रतिनिधिले गभर्नरलाई आरोपित गर्नु भनेको आफ्नो अयोग्यता र अक्षमता ढाकछोप गर्नु हो ।’ राष्ट्र बैंकको काम राजनीतिक नेतृत्वको भिजनलाई आफ्नो विज्ञतामार्फत कार्यान्यवन गर्ने रहेको मन्त्री पुनले बताए ।

    पुनले हाल बजारमा पर्याप्त तरलता (लगानी योग्य रकम) भएकाले कठोर नीतिमा लचकता अपनाउन राष्ट्र बैंक नेतृत्वलाई आग्रहसमेत गरेका छन् । उनले नियामक निकायको काम थप अप्ठ्यारो पार्ने नभइ सहजीकरण गर्ने खालको हुनुपर्ने बताए । राष्ट्र बैंकलाई राज्यले स्वतन्त्र नियामक निकाय मानेको र नियामकमा कार्यकारी स्वायत्तता हुने भएका कारण सरकारले उसको काममा हस्तक्षेप गर्न नमिल्ने पुनले उल्लेख गरे । यद्यपि राज्यको निश्चित निर्देशनभन्दा बाहिर भने राष्ट्र बैंक वा कोही पनि नियामक निकाय हुन नसक्ने मन्त्री पुनले बताए ।

  • जलवायु परिवर्तनका असरलाई ख्यालमा राखी लगानी गर्न गभर्नरको आग्रह

    जलवायु परिवर्तनका असरलाई ख्यालमा राखी लगानी गर्न गभर्नरको आग्रह

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकद्वारा शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरूलाई जलवायु परिवर्तनबारे सचेत गराएका हुन् । यसका लागि गभर्नर अधिकारीले मेलम्ची खानेपानी आयोजना बाढीले बगाएको उदाहरण पेस गरे ।

    उनले जलवायु परिवर्तनको असरलाई ख्याल गरेर लगानी गर्ने कुरामा नेपाल राष्ट्र बैंक र नेपाल सरकार प्रतिबद्ध रहेको पनि उल्लेख गरे । गभर्नर अधिकारीले भने, ‘बैंक तथा वित्तीय संस्थाले जलवायु परिवर्तनले ल्याउने जोखिमलाई ध्यानमा राखेर लगानी गरे मुलुकको आर्थिक विकास सबल ढंगले अघि बढाउन सकिन्छ ।’ गभर्नर अधिकारीले ‘ग्रिन फाइनान्स ट्याक्स इकोनमी’बारे अध्ययन भइरहेको पनि बताए । उनले जोखिमको क्षेत्रमा लगानी नगर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रहसमेत गरेका छन् ।

  • शासन व्यवस्थाको सुदृढिकरण आजको कार्यभार : प्रधानमन्त्री

    शासन व्यवस्थाको सुदृढिकरण आजको कार्यभार : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाको सुदृढीकरण अहिलेको प्रमुख कार्यभार भएको बताएका छन् । नेपालीको राष्ट्रिय पर्व ‘ग्याल्पो ल्होछार’ का अवसरमा आज शुभकामना दिँदै उनले आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता, सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल गर्नु राष्ट्रिय कार्यभार भएको बताएका हुन् । प्रधानमन्त्रीले ग्याल्पो ल्होसारका माध्यमबाट आन्तरिक राष्ट्रियता, आपसी सद्भाव, सहिष्णुता, सहकार्य र एकता थप सुदृढ गर्ने विश्वाससमेत व्यक्त गरे ।

    प्रधानमन्त्री दाहालले पूर्वी हिमाली क्षेत्रलगायत देशका विभिन्न भू(भागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व भएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । शेर्पा समुदायको मौलिक परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने यस पर्वमा मान्यजनबाट आशीर्वाद लिनका साथै परिवार र आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन छ ।

  • कोरला नाका छिट्टै खुल्छ : प्रधानमन्त्री

    कोरला नाका छिट्टै खुल्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङको कोरला नाका आयात, निर्यातका लागि सञ्चालन गरिने बताएका छन् । उनले देशकै विकासको लागि कोरला नाकाको महत्व रहेको बताए । बागलुङको पञ्चकोटमा फागुन ९ देखि सुरु भएको महायज्ञ ११ औं दिनमा आएका प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रको विकासबाट देश समृद्ध बन्ने बताए ।

    ‘पर्यटकहरु सहजै आउने सडक र नाका खुलाउन सकेमा देशको अर्थतन्त्र बलियो बन्छ,’ दाहालले भने, ‘प्रधानमन्त्रीको हैसियतले मेरो ध्यान कोरला नाकामा छ । यो नाका खुल्दा छोटो बाटोमा धेरै आर्थिक क्रियाकलाप हुने छ ।’ प्रधानमन्त्री दाहालले धार्मिक पर्यटनले नेपालको अर्थतन्त्रमा सुधार भएको समेत बताए । ‘पौराणिक समाजवादमा धार्मिक अर्थतन्त्रको महत्व रहेछ,’ उनले भने, ‘आफ्नो लागिमात्रै कमाउने बाँकी सम्पत्ति राज्यको हुने अवस्था भएमा देशमा आर्थिक संकट पर्दैन ।’ उनले आध्यामिक चिन्तले मानिसमा समाजप्रतिको उत्तरदायित्व सम्झाउने गरेको समेत बताए ।

    गौशालाको गाई संरक्षणमा पनि प्रधानमन्त्रीले जोड दिएका छन् । उनले आयुर्वेदिक औषधि उत्पादन र उपयोगमा पनि गौशालाको महत्व भएको बताए । शनिबार ब्रम्हाण्डीय महायज्ञमा पुग्दा प्रधानमन्त्रीको अधिकांश मन्तव्य धार्मिक थियो । उनले समाजमा स्थायी शान्ति स्थापनाका लागि पनि आध्यात्मिक चिन्तन चाहिने बताए । उनले धर्म, संस्कृति र संस्कार संरक्षणमा जोड दिए । राज्यले पनि यस्ता क्रियाकलापमा उच्च सम्मान गर्ने भन्दै महायज्ञ आयोजक कमलनयनाचार्यको प्रशंसा गरे ।

    उनले बागलुङमा स्थापना भएको शालग्राम संग्रहालय, निर्माण गरिन लागेको १ सय ८ फिट अग्लो गण्डकी कलश लगायतका संरचना निर्माणमा सरकारको पनि ध्यान गएको बताए । उनले ती संरचना र पर्यटकीय क्षेत्रको विकासमा साथ दिने बताए । साथै उनले कालीगण्डकी नदी संरक्षणमा पनि जोड दिए । ‘जल संरक्षणबाट हाम्रो सभ्यता पनि बचाउन सकिन्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘जल संरक्षणको प्रतिक बनाउन लागिएको विश्वशान्ति गण्डकी कलशले नागरिकलाई थप सन्देश दिनेछ ।’

    कमलनयनाचार्यले २० वर्षअघि मुक्तिनाथमा स्वास्थ्य सेवा पुर्‍याएको, नवलपरासीमा गजेन्द्रमोक्ष धाम बनाएको र भक्तपुरमा बनेको श्रीवन, पञ्चमहालक्ष्मी मन्दिर लगायतले धार्मिक पर्यटक भित्र्याउन सहयोग पुगेको भन्दै ती पर्यटकबाट देशकै अर्थतन्त्रमा सुधार आएको समेत बताएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिजय महासंघका अध्यक्ष चन्द्र ढकालले कोरला नाका, बागलुङसहित धौलागिरिका पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा राज्यको लगानी र ध्यान जानुपर्ने धारणा राखेका थिए । महायज्ञमा राष्ट्रपति रामचन्द्र पौडेलसहित मन्त्रीहरु पनि आइसकेका छन् ।

  • लघुवित्त सम्मेलन सुरु, के भने अर्थमन्त्रीले ?

    लघुवित्त सम्मेलन सुरु, के भने अर्थमन्त्रीले ?

    काठमाडौं । चौथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आजदेखि काठमाण्डौमा शुरु भएको छ । ‘स्वस्थ लघुवित्त,समृद्ध सदस्य’ नारासहित शुरु भएको सम्मेलनको अर्थमन्त्री डा प्रकाशशरण महतले उद्घाटन गर । कार्यक्रममा अर्थमन्त्री महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताए । नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै उनले जीविकोपार्जनमा समेत महत्त्वपूर्ण भूमिका खेलेको बताए । ७७ वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँगाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञानसमेत दिएको उनको भनाइ थियो ।

    प्रजातन्त्र र लोकतन्त्र आएपछि नेपालमा लघुवित्त र सहकारीमा धेरै विकास भएको स्मरण गर्दै अर्थमन्त्री महतले गरिबीलाई शून्यमा झार्ने, स्थानीयस्तरमा लघुउद्यम र स्वरोजगार बनाउने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको उल्लेख गरे । ‘अहिले लघुवित्तमा केही समस्या देखिएको छ, यसलाई कसरी स्वस्थ बनाउने भन्ने सबैको चिन्ताको विषय हो । केही समस्यालाई देखाएर स्वार्थ समूहले खेल्ने प्रयास गरेको देखिएको छ, यस्तो राम्रो क्षेत्रलाई राजनीतिकरण गर्न खोज्नेहरूलाई कदापी सफल हुन दिने छैनौँ’, उनले भने, ‘ऋण नतिर्न उस्काउने खतरनाक प्रवृत्ति हो । सरकार चुप लाग्दैन, सरकारको साथमा लघुवित्तकै सदस्य र बचतकर्ता मिलेर गलत प्रवृत्तिलाई हराउनुपर्छ ।’

    उनले ऋण तिर्न पर्दैन भन्ने भ्रममा नबस्न पनि आमऋणीलाई आग्रह गरे । ‘लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आशा जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ । बचतकर्ताको बचतबाट लगेको ऋण कदापी मिनाहा हुँदैन । बरु सरकारले विभिन्न सहजीकरण गरेको छ । ऋण त तिर्नैपर्छ । तिर्न पर्दैन भन्ने प्रवृत्ति परास्त हुन्छ’, महतले भने । ऋण तिर्न पर्दैन भनेर भ्रम फैलाउनेलाई राज्यले सहन नसक्ने उनको चेतावनी थियो ।

    लघुवित्तले अब आफ्नै उद्देश्यअनुसार मात्रै काम गरेर आफूलाई सुधार गर्नुपर्ने अर्थमन्त्रीको सुझाव थियो । लघुवित्तलाई नाफा कमाउने औजारको रूपमा नलिएर ग्रामीण विकास, लघु उद्यम र स्वरोजगारलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको आग्रह छ ।

    कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा निलम ढुंगाना तिम्सिनाले २१ प्रतिशत जनसङ्ख्या औपचारिक वित्तीय पहुँचमा नहेरेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरिन् । समावेशी विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याउँदा पनि अपेक्षित सफलता हात नपरेको अवस्थामा लघुवित्तको सहायताले मात्रै समावेशी विकास भएको उनको भनाइ थियो । भोलिसम्म सञ्चालन हुने सम्मेलनमा लघुवित्त क्षेत्रका नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, लघुवित्त सदस्य, विज्ञ, सरोकारवालालगायत आठ सय जनाभन्दा धेरै सहभागी छन् ।

  • जनयुद्ध दिवसमा के दिए प्रधानमन्त्रीले सन्देश ?

    जनयुद्ध दिवसमा के दिए प्रधानमन्त्रीले सन्देश ?

    काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले माओवादीले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवसका रुपमा रहेको बताएका छन् । जनयुद्धले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देशप्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै उनले जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गरेका छन् ।

    ‘जनयुद्धको जगमा समावेशी लोकतन्त्र संस्थागत भएको छ, मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदायलगायत उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ’, शुभकामना सन्देशमा उनले भनेका छन्, ‘सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ, यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैँमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।’

    जनयुद्धको २९औँ वार्षिकोत्सवको अवसरमा माओवादी प्रथम विधान सम्मेलनमा होमिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सम्मेलनमार्फत पार्टीको आन्तरिक जीवन व्यवस्थित र सुदृढ हुने तथा समाजवादी क्रान्तिको नेतृत्व गर्न योग्य पार्टी निर्माणका पक्षमा गुणात्मक योगदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

    परिवर्तनका निम्ति आफ्नो जीवनको बलिदान दिने सहिदप्रति श्रद्धाञ्जली, बेपत्ता योद्धाप्रति उच्च सम्मान र घाइते योद्धामा स्वास्थ्यलाभ र दीर्घजीवनको कामना गर्दै उनले जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन सम्पूर्ण अपिल गरेका छन् ।

  • कस्तो बन्नेछ आगामी बजेट ? यस्तो संकेत गरे अर्थमन्त्रीले

    कस्तो बन्नेछ आगामी बजेट ? यस्तो संकेत गरे अर्थमन्त्रीले

    काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन् ।
    नुवाकोटको तारकेश्वर गाउँपालिका–१ मा शनिबार तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए ।

    ‘विगतमा राजनीतिक अन्योलताका कारण लामो समय विकासले गति लिन सकेन्, उनले भने, अबको लक्ष्य स्रोत र साधनले भ्याएसम्म पूर्वाधारका संरचनाको निर्माण र प्राविधिक एवं सीपयुक्त शिक्षामार्फत रोजगारी सिर्जना गरेर अर्थतन्त्र बलियो बनाउने हुनेछ । उनले मुलुकमा अब राजनीतिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गरे ।

    ‘चीनको केरुङ नाकालाई जोड्न निर्माण भइरहेको गल्छी–रसुवागढी सडक निर्माण पूरा गर्न र टोखा–छहरे सुरुङमार्गको काम अघि बढाउन केन्द्रीय सरकारकाले प्राथमिकता दिएको छ, उनले भने। उनले प्राविधिक शिक्षामार्फत रोजगारी बढाउनुपर्नेमा जोड दिए । मानव सभ्यतामा धर्म, संस्कृति र भेषभूषा अमूल्य सम्पत्ति भएकाले आ–आफ्नो जाति र समुदायअनुसारको संरक्षणमा आफैँ जुट्न उनले आग्रह गरे । अर्थतन्त्र बलियो बनाउनसके जनता र राज्य दुवै बलियो हुने भन्दै उनले बलियो नेतृत्वले आफ्नो संस्कृति, परम्परा र राष्ट्रियता जोगाउन आफैँ सक्षम हुने उल्लेख गरे ।

  • समृद्धिका लागि सरकार क्रियासिल छ : प्रधानमन्त्री

    समृद्धिका लागि सरकार क्रियासिल छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताएका छन् । सोनाम ल्होसारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहको बताएका हुन् । संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको बताएका छन् ।

    उनले विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उल्लेख गरेका छन् । ‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता राष्ट्रिय विशेषता र पहिचानसमेत हो’, उनले शुभकामना सन्देशमा भनेका छन् ।

    श्रम संस्कृतिमा आधारित प्रकृतिपूजकको पर्वका रूपमा परिचित ल्होसारमा विभिन्न मिष्टान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ मनाइने जनाउँदै उनले यी पर्व सामाजिक एकता र धार्मिक सहिष्णुताको प्रेरकको रूपमा रहँदै आएको बताएका छन् । यसप्रकारका पर्व कुनै खास जाति वा समुदाय विशेषका मात्र नभएर सिङ्गो राष्ट्रका साझा पर्व रहेको उनको भनाइ छ ।

    साथै प्रधानमन्त्री प्रचण्डले सन्देशमा ल्होसारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ र सुदृढ बनाउँदै लगोस् भन्ने कामना गरेका छन् । उनले सामाजिक न्याय, सुशासन, दिगो विकास र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य साकार पार्न ल्होसारले एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

  • गणतन्त्र विरोधी हर्कतबाट डराउनु पर्ने अवस्था छैन : प्रधानमन्त्री

    गणतन्त्र विरोधी हर्कतबाट डराउनु पर्ने अवस्था छैन : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि केही मान्छेले हिलो छ्याप्ने काम गरे पनि त्यसबाट डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । दुधौली नगरपालिका–५ सिर्थौलीमा शनिबार दुधौली नगर अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले लोकतन्त्र र गणतन्त्रका विरोधीले भ्रम छर्ने काम गरेकाले सजग हुन आह्वान गरे । लोकतान्त्रिक गणतन्त्रको विकल्प उन्नत र व्यापक लोकतान्त्रिक गणतन्त्र भएको उनको भनाइ थियो ।

    सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा सरकारले दर्बिलो ढंगले काम गरेकाले जनताको उन्नति र समृद्धि नचाहनेहरुले व्यवस्थाबिरुद्ध फैलाएको भ्रम र अफवाहको पछि नलाग्न उनले सुझाए । व्यवस्थाविरुद्ध भ्रम र अफवाह कसले फैलाएको भन्नेबारे प्रधानमन्त्रीले केही खुलाएनन् ।

    अर्थतन्त्र सुदृढ हुँदै गएको दाबी गर्दै प्रधानमन्त्रीले विदेशी मुद्रा संचिति, पर्यटक अवागमन वृद्धि र बढ्दो रेमिट्यान्स यसको साक्षी भएको बताए । रेमिट्यान्स ३० प्रतिशत बढेकोमा भने आफू खुसी नभएको प्रधानमन्त्रीले सुनाए । उनले आफू सरकारमा आएपछि राहदानी, लाइसेन्स बनाउने लाइन हटाएको, मल बीऊको सहज उपलब्धताले धान उत्पादन बढेको दाबी गरे ।

    सरकारको अर्जुनदृष्टि कृषि क्षेत्र भएकाले त्यसको विकासका लागि कृषिमा आधारित नयाँ उद्योग खोल्न र रुग्ण तथा बन्द भएका उद्योग संचालनका लागि काम थालनी भैसकेको उनले बताए । भारत र चीनसँग समेत कृषि उत्पादन बढाउनका लागि सहकार्य भएको उनले सुनाए ।


    संघीय सरकारको १८ करोड लागतमा निर्माण भएको दुधौली नगर अस्पताल भवनमा आफु काठमाडौं फर्कने बितिक्कै चिकित्सक र उपकरणको व्यवस्था गर्ने प्रधानमन्त्री दाहालले आश्वासन दिए । उपचारको अभावमा दुधौलीमा सर्पदंशबाट बर्सेनि कैयौं स्थानीयको मृत्यु हुने गरेकोमा अब आइसीयू, भेन्टिलेटर, औषधि तथा दक्ष चिकित्सको व्यवस्था गरिने प्रधानमन्त्री दाहालले बताए । यो वर्ष विषालु सर्पको टोकाइबाट ६ जनाको मृत्यु भएको थियो । सरकारले स्वास्थ्य र शिक्षामा नयाँ काम थालनी बताए पनि कस्तो काम भन्ने चाही खुलाएनन् ।

    कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले स्थानीय सरकारले नदीजन्य पदार्थ बिक्री भएर हुने आम्दानी अब प्रदेशलाई नदिनुपर्ने बताए । कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु श्याम घिमिरे र लेखनाथ दाहालले कमला नदी नियन्त्रणको लागि बजेट व्यवस्था गर्नं प्रधानमन्त्री समक्ष माग गरेका थिए ।

  • गठबन्धन सरकारको गलत नीतिले मुलुक कमजोर भयो : ओली

    गठबन्धन सरकारको गलत नीतिले मुलुक कमजोर भयो : ओली

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको गलत नीतिका कारण मुलुक कमजोर भइरहेको बताएका छन् । उनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था कमजोर हुनुमा पनि गठबन्धन सरकारको गलत नीति नै मुख्य कारण रहेको आरोप लगाए ।

    शनिबारबाट काठमाडौंको टुँडिखेलमा सुरु भएको युवा महोत्सवमा बोल्दै उनले ५ हजार भन्दा बढी अनुभवले खारिएको नेपाल शिक्षा र स्वास्थ्य क्षेत्रको हब हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । अध्यक्ष ओलीले रेमिट्यान्सको भरमा मुलुक चल्ने कुरा खतरनाक हुने भएपनि सरकार त्यसैमा आनन्द मानेर बसिरहेको बताए ।

    युवालाई उद्यमी बनाउने काममा प्रेरित गर्न नसकिएको उल्लेख गर्दै उनले त्यस काममा पनि सरकारले ध्यान नदिएको बताए । ‘गठबन्धनवालाहरुको नीति नै गलत छन् । नेपाललाई शिक्षाको हब बनाउनुपर्ने, स्वास्थ्यको हब बनाउनुपर्ने हो । तर यहाँ शिक्षा र स्वास्थ्यको अवसर समाप्त पार्ने काम भइरहेको छ,’ उनले भने । उनले नेपाललाई प्राविधिक शिक्षाको हब बनाउन सकिने बताए । ‘जसको ५ हजार भन्दा पुरानो शिक्षाको अनुभव छ । त्यो ठाउँमा शिक्षा कमजोर भइराखेको छ । यी समस्याहरु छन् । यसले एउटा डरलाग्दो निराशा पैदा गरेको छ,’ उनले भने, ‘युवाहरुलाई सहज ढंगले रोजगारी खोज्ने, उद्यमशीलतातिर प्रेरित गर्ने काम हुन सकिरहेको छैन । समस्याहरु छन् र समाधान पनि छ । तर सरकारले त्यसको मेसो पाउन सकेको छैन ।’

    अध्यक्ष ओलीले वर्तमान सरकारले राष्ट्रिय उत्पादनमा जोड नदिन मुलुक रेमिट्यान्स अर्थतन्त्रमा निर्भर हुनुपर्ने अवस्था आएको बताए । देशको विकास अरु कुनै राष्ट्रले नभई आफैंले गर्नुपर्ने भएकाले त्यस काममा युवाहरु अग्रसर हुनुपर्ने बताए ।

  • दरबार हत्याकाण्डबारे भ्रम फैलाइएको पूर्वराजा ज्ञानेन्द्रको आरोप

    दरबार हत्याकाण्डबारे भ्रम फैलाइएको पूर्वराजा ज्ञानेन्द्रको आरोप

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डलाई लिएर आफू र आफ्नो परिवारबारे भ्रम फैलाइएको बताएका छन् । यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि भएको उनले बताएका छन् । शनिबार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले आत्मीय अग्रजहरु गुमाएको अवस्थामा आफूले पुग नपुग ७ वर्ष राष्ट्रप्रमुखको भूमिका निर्वाह गरेको स्मरण गरे । अप्ठ्यारो परिस्थितिमा देशको थप बर्बादी नहोस् भन्ने मान्यता राखेर आफूले काम गरेको उनले बताए ।


    दरबार हत्याकाण्डलाई विनाशकारी, कहाली लाग्दो र सम्झन पनि मन नपराउने अवस्था भन्दै पूर्वराजा ज्ञानेन्द्रले भने, ‘‘राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाई नकारात्मक भावना फैलाइएको थियो । हामी र हाम्रो परिवारमाथि घातक प्रहार पनि गरेका थिए ।’ दरबार हत्याकाण्डको प्रत्यक्षदर्शी हुँदाहुँदै अज्ञानता र छलका करण अझ पनि मानिसहरु बहकिरहेको भन्दै उनले भने, ‘यो अन्यायपूर्ण मात्र होइन, दुर्भाग्यपूर्ण पनि हो ।’

    सम्बोधनका क्रममा उनले २९ जेठ २०६५ मा नारायणहिटी दरबार छाडेको क्षण पनि सम्झिए । त्यसबेला आफूले आमसञ्चार माध्यममार्फत नेपालमै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्‍याउन चाहन्छु भनेको उल्लेख गरे । त्यसबेला नै राष्ट्रप्रेम र राष्ट्रहितको सदासयता कायम नरहँदा देशमा विषम परिस्थिति बन्छ र त्यसको वेथितीबाट आम जनतामा आक्रोश पैदा हुन्छ भन्ने आंकलन गरेको भन्दै उनले भने, ‘आज त्यो असन्तोष, चासो, चासो चिन्ता छलाछुल्ल छ ।’

    राजपाठ त्याग गर्दैगर्दा आफूले व्यक्त गरेको राष्ट्रप्रेम, राष्ट्रियता, प्रजातान्त्रिक प्रतिवद्धता सम्झिरहेको भन्दै उनले भने, ‘त्यसै आशय अनुरुप मैले चीरकाल र यन्त्र सुरक्षित रहोस् भनेर आफ्नो श्रीपेच राष्ट्रलाई सुम्पिएको थिएँ ।’ अहिले पनि आफूहरु देशमै रहेको र गौरब गाथा गाइरहेको पूर्वराजा ज्ञानेन्द्रले बताए । आफ्नो मौलिकता र अस्तित्व गुमाएर, अनि सामाजिक सम्बन्धलाई बिथोलेर देशको भलो हुँदैन भन्ने आफ्नो अडान रहेको उनले बताए । राज्य व्यवस्था, राजनीति, अर्थ व्यवस्था र सामाजिक दुरबस्थाको राम्रो मूल्यांकन गरेर सबैको सुधार, विकास र निकासको बाटोमा लाग्नुपर्ने उनको जोड छ ।

    देश बनाउन र देश बचाउन आफूहरुलाई निरन्तर आह्वान भइरहेको भन्दै उनले पूर्खाको पौरख नभुल्न र आफ्नो जन्मभूमिका लागि मरिमेट्न सबैलाई आग्रह गरे । ‘दुःखका साथ भन्नुपर्छ, आज हाम्रो देश हिमाल पहाड तराई सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यको अवस्थातिर खस्किएको छ’, विकास, उत्थान र समस्याको निवारण आफैंले गर्नुपर्ने भन्दै पूर्वराजा ज्ञानेन्द्रले भने ‘यो अवस्थाको अन्त्य गर्नै परेको छ । यसका निम्ति अब सोच्ने बेला आयो ।’ उनले भूगोल, जातजातिमा खण्डित, विभेद, विखन्डन र निषेधको राजनीति नगर्न आग्रह गरे ।

  • नेपाली यूनिक वस्तुको बजारीकरण गर्न सकेनौं : अर्थमन्त्री

    नेपाली यूनिक वस्तुको बजारीकरण गर्न सकेनौं : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालका युनिक उत्पादन, सेवा र हामीभित्र भएका वस्तुको यथेष्ट बजार व्यवस्थापन गर्न नसकिएको बताएका छन् । नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले सबै मिलेर नेपाली उत्पादनको बजार व्यवस्थापन गर्न जरुरी रहेको बताए ।

    ‘‘युनिकनेस अहिले संसारभरि चलेको ट्रेन्ड हो । युनिकनेसबाट धेरै देश हामीभन्दा धेरै अगाडि छन् । नेपालमा युनिक उत्पादन गरेर संसारभरि बजार व्यवस्थापन गर्न सकिन्छ । उपभोक्ताले जहिले पनि अरुभन्दा फरक रुचाउँछन् । नेपालको एडभान्टेज भनेको युनिकनेस हो ।,’’ मन्त्री डा. महतले भने, ‘‘हाम्रो संस्कार, संस्कृति, जनजाति, वन्यजन्तु र एकता यहाँको विशिष्ट पहिचान हो ।’’

    मन्त्री डा. महतले भने, ‘‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन’ यसलाई बजार व्यवस्थापन भनिन्छ । उपभोक्ताको मनमा यो त मैले प्रयोग गर्नैपर्छ, उपयोग गर्नैपर्छ, खानैपर्छ, लाउनैपर्छ, जानैपर्छ, हेर्नैपर्छ र सुन्नैपर्छ भन्ने छाप जसले छोड्नसक्छ उसको बिक्छ । विज्ञापनले मात्र पुग्दैन, यसलाई दीगो बनाउनका लागि गुणहरु हुनैपर्छ । गुण भएन भने दीगो हुँदैन ।’’

    ‘‘देशको अर्थतन्त्र समस्यामा थियो, विस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक अरोह अवरोह पार गरिसक्यौं । अब अगाडि बढ्ने स्पष्ट मार्गचित्र छ । हामीले राजनीतिक पूर्वाधार तयार पारिसक्यौं, अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न सक्छौं भन्ने कुरामा विश्वस्त छौं ।,’’ मन्त्री डा. महतले भने, ‘‘हाम्रो आर्थिक सूचाङ्क सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ, ब्याजदर घटिरहेको छ । शेयर बजारमा सुधार भइरहेको छ । र, आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको छ ।’’

    ‘‘अहिलेको आवश्यकता भनेको आत्मविश्वास आर्जन गर्नुपर्ने छ । त्यसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । अहिलेसम्म हामीले धेरै नकारात्मक कुरा गर्यौं, यसले गर्दा हामी आत्मविश्वास कमजोर बन्यो । यथार्थ विषयवस्तुलाई नकारात्मक सन्देशले बल पुग्यो ।,’’ मन्त्री डा. महतले भने, ‘‘सकारात्मक सन्देश प्रवाहसँगै हाम्रो व्यापार व्यवसायमा आत्मविश्वास बढ्छ । उपभोक्ताको आत्मविश्वास बढ्छ । उपभोक्तामा आत्मविश्वास बढ्दा व्यापार व्यवसाय बढ्ने हो । व्यापार व्यवसायमा चलपहल हुनेवित्तिकै लगानी वृद्धि हुन्छ । यसले आर्थिक गतिविधि बढाउँछ ।’’

  • कनिका छरेजस्तो बजेट नछर्ने प्रधानमन्त्रीको प्रतिवद्धता लागु होला ?

    कनिका छरेजस्तो बजेट नछर्ने प्रधानमन्त्रीको प्रतिवद्धता लागु होला ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार आयोजित आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारीसम्बन्धी बैठकमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले पुराना योजनाहरू अलपत्र पर्ने तर नयाँ(नयाँ योजना थपिँदै जाँदा एकातिर काम नहुने र अर्कोतर्फ ठुलो स्रोत खेर जाने भएकाले यसतर्फ गम्भीर हुन अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको ध्यानाकर्षण गराए ।


    प्रधानमन्त्रीले भने, “विकास भनेको योजनाबद्ध हुन्छ, हुनुपर्छ। बिना सम्भाव्यता अध्ययन, बिना उपयोगिता जहाँ पनि विकास माग्ने तर त्यसको अपनत्व पनि नलिने, स्रोत पनि नपुग्ने र विनियोजित बजेट पनि फ्रिज जाने विडम्बना छ। त्यसबाट हामी माथि उठ्नैपर्छ। यसपटकको बजेट कनिका छरेजस्तो हुँदैन । विगतमा छनोट भएर अधुरा रहेका योजना सम्पन्न गर्न सम्पूर्ण तागत लगाउनुपर्छ।”

    “अर्थतन्त्रका सङ्केतहरू सकारात्मक छन्। तर, हाम्रो अर्थतन्त्र दबाबमुक्त भइसकेको छैन। विकास निर्माणका काममा थुप्रै बेथिति छन्” प्रधानमन्त्रीले भन्नुभयो, “यसपटक परम्परागत सोच र ढाँचाबाट माथि उठौँ। सबैलाई खुसी पार्ने होइन, देशको समृद्धिको कार्यभार पूरा हुने योजना छनोट गर्नुपर्छ। यसपटक “ब्रेक–थ्रु” गर्नैपर्छ।” बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक रहेपनि राजश्व सङ्कलनमा अपेक्षित सफलता प्राप्त भइनसकेकाले मितव्ययी भएर अगाडि बढ्नुपर्ने जोड दिए ।

    नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले यसपटक नीति तथा कार्यक्रम र बजेट निर्माणको कार्यतालिका परिमार्जन गरिएकाले पर्याप्त अध्ययन र छलफलका आधारमा अन्तिम निष्कर्षमा पुग्न सजिलो हुने बताए । बैठकमा अर्थसचिव डा. कृष्णहरि पुष्कर लगायत अर्थ मन्त्रालयका विभागीय प्रमुखहरूले अर्थतन्त्रको वर्तमान अवस्थाबारे विषयगत प्रस्तुति राखेका थिए ।

  • गगन थापाले हुलाकी राजमार्ग वरपर संवाद यात्रा गर्दै

    गगन थापाले हुलाकी राजमार्ग वरपर संवाद यात्रा गर्दै

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हुलाकी राजमार्ग वरपरका क्षेत्रमा ‘संवाद यात्रा’ गर्ने भएका छन् । माघ १३ देखि २६ सम्म हुलाकी राजमार्ग वरपर पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म यात्रा गर्न लागेका हुन् । यात्रा १३ माघमा झापाको छोटी भन्सारबाट सुरु हुने थापाले जानकारी दिए । १२ माघदेखि कांग्रेसले समुदायमा कांग्रेस अभियान सञ्चालन गर्दैछ । त्यही अभियान अन्तर्गत आफूले हुलाकी राजमार्गले छोएका जिल्लाका नागरिकको कुरा सुन्न संवाद यात्रा गर्न लागेको उनको भनाइ छ ।

    संवाद यात्रामा खुला छलफल, समूहगत छलफल, व्यक्तिगत छलफल र अवलोकन गरी चार प्रकृतिका कार्यक्रम गर्ने महामन्त्री थापाको तयारी छ । उनले संवाद यात्रामा औपचारिक कार्यक्रम नगर्ने बताएका छन् । सबैजसो कार्यक्रम वडा स्तरमा आयोजना हुने र कांग्रेसको वडा तहले संयोजन गर्ने थापाले बताए । थापाले संवाद यात्राको कार्यक्रम विहान ७ देखि ९ बजेसम्मका लागि तय गरेका छन् । एक जिल्लामा न्यूनतम पाँच वटा कार्यक्रम गर्ने उनको तयारी छ ।

  • के हो राम मन्दिर बिबाद ? के हो धर्म ?

    के हो राम मन्दिर बिबाद ? के हो धर्म ?

    योगेश आदी, न्युयोर्क

    कतिलाई लाग्दै होला कि हरेक दिन मन्दिर मस्जिद चर्च सिनेगाग गुम्बामा आआफ्ना आस्थाकृत भगवानको प्रतिमूर्तिको प्राण प्रतिष्ठा भइनै राखेका हुन्छन् तर यतिबेला अयोध्यामा हुन गइरहेको राम मन्दिरको चर्चा चाहिँ किन यति धेरै ?
    अर्को पक्षलाई लाग्दै होला कि मोदीको यही बर्षान्तमा हुने चुनावी चाल । केहीलाई लाग्दै होला अतिबादी हिन्दुको धार्मिक आशक्ति । एकाथरी सोच्दै होला अनावश्यक धार्मिक चर्चा ।
    जसले जसरी पनि सोच्न बुझ्न पाइयो यद्यपि अलिकति बुझेर पुनर्विचार गर्दा तथ्यको नजदिक पुग्न अलि सजिलो हुन्छ ।

    छोटकरीमा भन्नु पर्दा; करिब ४९६ बर्षअघि हालको उत्तर प्रदेश भारतको घाघरा नदि किनारस्थित अयोध्यामा अवस्थित राम मन्दिर तात्कालिन मुगल बादशाह बाबर खानले भत्काएर सोही स्थानमा आफ्नै नामबाट बाबरी मस्जिद बनाएपछि हिन्दु मुस्लिम बिबाद शुरु भएको हो । अंग्रेजको इष्ट इण्डिया कम्पनीले सन् १८५८ मा भारतमा कब्जा नजमाउन्जेलसम्म हिन्दुको आवाज दबाइयो । बीचमा दुबैतर्फका धेरै रगत बगे । अंग्रेजले पनि सन् १९४७ मा भारत स्वतन्त्र हुनु अघिसम्म सो मुद्दामा सुनुवाई गरेन ।

    तत्पश्चात सयौं मुस्लिम धर्मगुरुले बाबरी मस्जिद भएको स्थानमा मन्दिर भएतापनि अतिबादीको डरले सो स्थान सुम्पिन सकेन । अदालतमा सयौं बर्ष मुद्दा चल्यो । दुबै धर्म समर्थक पुरातत्वबिदको उत्खननले हिन्दुको दाबी पटक पटक पुष्टि गर्यो तर पुन: मन्दिर बन्न सकेको थिएन । अन्तत: सन् २०१९ को नोभेम्बरमा भारतको सर्बोच्च अदालतले मन्दिर बनाउने अनुमति प्रदान गरेपछि राममन्दिर पुनर्स्थापनको कार्य शुरु भएको थियो।

    सन् २०१४ मा मोदी आएपछि सो मुद्दाले चासो पाउनु, युपिका मुख्यमन्त्री आदित्य नाथ हिन्दुबादी हुनु तथा यसैबर्ष चुनाव परेकोले २०२५ मा सकिने लक्ष राखेको मन्दिरको प्राण प्रतिष्ठा अहिले नै गरिनुले राजनीति जोडिएको भनेर केही हिन्दु धर्मगुरु बेखुस देखिएपनि संसारभरका अन्य धर्मगुरुहरुले समेत सत्यको जीत मानिसकेको परिप्रेक्ष देखिन्छ ।

    मेरो लागि भने धर्म अनुशासन र डर पैदा गर्ने माध्याम भएकोले अपरिहार्य छ । धर्म मानवको अस्तित्व धर्तिमा रहुन्जेल रहने निश्चित भइसकेकोले म मन्दिरमा कृतन गरेर बस्ने समुहमा नभएपनि कर्म र फलसँग जोडिएको ‘कर्मा’ लाई अनुशरण गर्दछु र गर्दा हुन्छ भन्छु । धर्मले दाल भात तरकारी नदिएपनि सत्कर्म गरेर दाल भात तरकारी जुटाउनु पर्छ भनेर सिकाउँछ । खोसेर होइन सकेसम्म बाँडेर खानुपर्छ भन्ने सिकाउँछ । सहअतित्वमा दाल भात तरकारी जस्ता खानाहरुलाई सम्मान गर्न सिकाउँछ ।

    त्यसैले जसले जुन धर्ममा आस्था राखेपनि धर्मको रक्षा गर्नुपर्छ ।
    ‘धर्मो रक्षति रक्षित:’ को अर्थ हुन्छ; ‘जसले धर्मको रक्षा गर्छ, धर्मले उसैको रक्षा गर्छ’। धर्म भनेको सत्कर्म हो । सत्कर्म भनेको सत्य कर्म र परोपकार हो । परोपकार भनेको नै ‘पुण्य कर्म’ हो । अरुलाई दु:ख दिनु नै पाप हो । महर्षि बेदव्यासले अठारौं पुराणमा लेखेको छन्; “परोपकार: पुण्याय पापाय परपीडनम्”

  • रविको स्पष्टीकरण : खातामा १ करोड ८० लाख जम्मा भएको छैन

    रविको स्पष्टीकरण : खातामा १ करोड ८० लाख जम्मा भएको छैन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा नभएको स्पष्टीकरण दिएका छन् ।
    पार्टी केन्द्रीय कार्यालय चस्मतिमा सोमबार अपराह्न पत्रकार सम्मेलन गर्दै सभापति लामिछानेले ग्लोबल आइएमई बैंकको आफ्नो बै‌ंक खातामा पैसा नै जम्मा नभएको दाबी गरे ।

    ‘एक करोड ८० लाख मेरो खातामा जम्मा भएकै छैन,’ कान्तिपुर दैनिकको मुख्य समाचार देखाउँदै लामिछानेले भने, ‘एक करोड ८० लाख जम्मा भयो भनेर पत्रिकामा छ। व्याख्या त कति हुन्छ हुन्छ तर यो न्याय भयो त ?’ उनले समाचारका लागि भन्दै सधैंजसो राति १० बजेतिर फोन आउने गरेको पनि बताए। कान्तिपुर दैनिकले सोमबार ग्यालेक्सी छाड्दा लामिछानेको निजी खातामा १ करोड ८० लाख जम्माु शीर्षकमा समाचार लेखेको थियो। यसबारे प्रष्ट पार्न भन्दै लामिछानेले पत्रकार सम्मेलन गरेका थिए।

  • आफुले मिडियामाथि पर्सनल अट्याक गरेको भन्दै रविले मागे माफी

    आफुले मिडियामाथि पर्सनल अट्याक गरेको भन्दै रविले मागे माफी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अघिल्लो पटक पत्रकार सम्मेलनका दौरान आफूले आवेशवमा आएर पर्सनल अट्याक गरेको स्वीकार गरेका छन् । त्यसका लागि उनले माफि समेत मागेका छन् । नागरिकतामा कैफियत देखिएपछि उपप्रधानमन्त्री र गृहमन्त्रीबाट बाहिरिएका बेला उनले सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि तुच्छ शब्दमा आलोचना गरेका थिए।

    सोमबार पार्टी कार्यालय चःमतिमा पत्रकार सम्मेलन गर्दै उनले त्यसरी व्यक्तिगत तहमा उत्रिएर आलोचना नगरेको भए हुन्थ्यो भनेर महसुस गरेको उनले बताए। ‘हामीले एक–अर्काविरूद्ध लड्ने होइन, बेथितिविरूद्ध लड्ने हो। तपाईंहरूले कत्तिले अपेक्षा गरेजस्तो अघिल्लो प्रेस मिटजस्तो हुनेजस्तो हुने हो कि, हेडलाइन पाइने भयो, गजब टिआरपी हुने भयो भनेर आउनुभयो होला, यसपालि तपाईंहरूलाई घाटा हुने भयो र अघिल्लोपटकको प्रेसमिटमा मैले आवेशवश पर्सनल अट्याक पनि गरेको छु। त्यसका लागि म क्षमा चाहन्छु। त्यस्तो मेरो उद्देश्य पनि होइन। कतिपय सवालमा डा. रामेश कोइरालाजस्तो साथीलाई पर्न गयो, यसपटक क्षमा गर्नुहोला। धर्म भुसाललाई, सम्भव सिरोहियालाई हुन गयो। मैले त्यसरी व्यक्तिगत तहमा नगएको भए पनि हुने। त्यसरी आज प्रस्तुत हुँदिन, भविष्यमा पनि त्यसरी प्रस्तुत हुने मैले विचार गरेको छैन,’ उनले भने।

    सभापति लामिछानेले जिबी राई जोडिएको सहकारीको पैसा अपचलनमा आफूलाई जबरजस्ती मुछ्न खोजिएको भन्दै प्रष्टीकरणका लागि पत्रकार सम्मेलन आयोजना गरेका थिए।

    उनले ग्यालेक्सी टेलिभिजनको गुडविल सेयर वापतको एक करोड ८० लाख रुपैयाँ आफ्नो खातामा जम्मा नभएको बताए। एक करोड ८० लाख रुपैयाँको चेक जम्मा भएको देखिए पनि पैसा आफ्नो खातामा नआएको बताएका थिए।

  • हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न प्रधानमन्त्रीको अपिल

    हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न प्रधानमन्त्रीको अपिल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्न असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रहरूलाई आह्वान गरेका छन् । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “म ‘नाम’ का साथीहरूलाई हाम्रो आह्वान–हिमालयको आह्वानलाई समर्थन गर्न आह्वान गर्दछु । हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नु हाम्रो साझा हितमा छ ।”

    पहाडहरू विश्वव्यापी जनसङ्ख्याको १५ प्रतिशत र पृथ्वीको जैविक विविधताको ५० प्रतिशतको घर उल्लेख गर्दै प्रधानमन्त्रीले सबै जीवित प्राणीहरूलाई यसले विश्वव्यापी सेवाहरू प्रदान गर्ने बताए । हिमाली देश नेपालले हिमाल, हिमाली पारिस्थितिक प्रणाली र त्यहाँ बसोबास गर्ने जनताको संरक्षणका लागि वकालत गर्दै आएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनको विनाशकारी प्रभाव कारण डरलाग्दो दरमा घट्दै गएको हिमनदीहरूका स्वरुप र यसले अरबौंको जीवन र जीविकोपार्जनमा ल्याउने अनगिन्ती पीडाको आफूहरु शाक्षी रहेको स्पष्ट पारे ।


    असंलग्न मूल्य र सिद्धान्तप्रति हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले साझा समृद्धिका लागि अत्यन्त इमान्दारी सद्भाव, ऐक्यबद्धता र सहयोगका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले भने, “कसैलाई पनि पछि नछोडी न्यायपूर्ण, समतामूलक, शान्तिपूर्ण, दिगो र समृद्ध विश्व निर्माण गर्न ‘नाम’ लाई बलियो बनाऔँ ।”

  • युगाण्डामा प्रधानमन्त्रीको सम्बोधन : प्यालेस्टाइन र इजरायलबीचको युद्ध रोक्न आह्वान

    युगाण्डामा प्रधानमन्त्रीको सम्बोधन : प्यालेस्टाइन र इजरायलबीचको युद्ध रोक्न आह्वान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सिमाभित्र शान्ति-सुरक्षाका लागि उभिन चाहेको बताएका छन् । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘विश्वको ६० प्रतिशतभन्दा बढी राष्ट्रसङ्घका सदस्य, विश्वका आधाभन्दा बढी जनसङ्ख्या र संयुक्त राष्ट्रसङ्घपछि सबैभन्दा बढी प्रतिनिधि रहेको यस संस्थाले विश्व शान्ति र सुरक्षाको लागि उपयुक्त भूमिका निर्वाह गर्नुपर्छ ।’

    सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिँदै प्रधामन्त्री ‘प्रचण्ड’ले समय नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू(राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्ने बताए ।

    उनले भने, ‘युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी छ । नयाँ र पुराना द्वन्द्वका नतिजाले यस क्षेत्रलाई नभई सम्पूर्ण विश्व र विशेषगरी दक्षिण विश्वलाई घेरेको छ । त्यसैले यो सबैको सम्मान र मर्यादाका लागि राजनीतिक संवाद र कूटनीतिक माध्यमबाट शान्ति र सुरक्षाको स्थायी समाधान खोज्ने समय हो ।’

    नेपालले सार्वभौम समानता, आपसी सम्मान, पारस्पारिक लाभ र विवादको शान्तिपूर्ण समाधानमा आधारित सन्तुलित र स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरेको स्पष्ट पार्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘असम्लग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो ।’

    ‘नाम’ का निरन्तरको मूल्यमान्यता र सिद्धान्तहरु पवित्र रहेको उल्लेख गर्दै उहाँले यसको पालनाले हामीलाई शान्तिमय, मेलमिलाप र समृद्ध विश्व प्राप्त गर्न मार्ग निर्देश गरिरहेको बताए ।

    उनले भने, ‘नेपाल शान्तिका प्रतीक गौतम बुद्धले दिक्षित गरेको शान्तिपूर्ण सहअस्तित्वको शाश्वत सत्यमा विश्वास गर्दछ । विविधतामा एकता र वसुधैव कुटुम्बकम अर्थात् ‘विश्व एउटै परिवार’ हाम्रो जीवन पद्धती बनेको छ । यी मूल्यमान्यताहरू हाम्रा सामाजिक-सांस्कृतिक परम्परामा परापूर्वकालदेखि नै स्थापित हुँदै आएका छन् ।’

  • रास्ट्रपतिको आह्वान : फार्म टु प्लेटको अवधारणा लागू गरौं

    रास्ट्रपतिको आह्वान : फार्म टु प्लेटको अवधारणा लागू गरौं


    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनसंख्याको ठूलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नवाली तथा अर्गानिक खाद्य वस्तु सिधै तारे होटलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन् । होटल संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मनाउन शुरु गरेको ‘प्रथम सत्कार दिवस २०२४’ मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवद्र्धन गर्न आवश्यक रहेको बताए । उनले  ग्राहकहरूको रूची  र चाहनाअनुसारको खाध्यान्न होटल व्यवसायीहरू आफैंले कृषि फ़र्म स्थापना गरेर उत्पादन गर्न सकिने अथवा किसान स्वयंलाई पर्यटक र ग्राहकहरूको रूचीअनुसारको खाद्यान्न उत्पादन गर्न प्रेरित गर्दै व्यवसायीले किसानसँग सम्झौता गरेर “ फार्म टु प्लेट” को अवधारणा अघि बढाउन सुझाव दिए ।

    राष्ट्रपति पौडेलले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए । उनले भने, ‘सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीहरूको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु ।’ 

    उनले  पर्यटन तथा होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यहरूको विकास र समृद्धि भएको बताउँदै मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका कामहरू भइरहेको र अगाडि बढिरहेको स्पष्ट पारे । उनले भने, ‘नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा  प्रवद्र्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारमो रुपमा स्थापित गर्नुपर्दछ । यस वर्ष दश लाखभन्दा बढी पर्यटक भित्रिसकेको सन्र्दमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ ।’

    राष्ट्रपति पौडेलले नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा आई मुलुकमा बढी भन्दा बढी विदेशी पर्यटकहरू भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न कठिनाई नहुने भन्दै पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातीत ढंगले बढीरहेको सन्दर्भमा पर्यटकीय गन्तव्यहरूमा खानेपानी, शौचालय, सरसफाई, ढल व्यवस्थापन, साइकललेन, निःशुल्क इन्टरनेत लगायतका आधारभुत सुविधा उपलब्ध गराउँदा  यसको प्रभाव थप बढ्ने उल्लेख गरे ।

    पर्यटन उद्योगको आधारस्तम्भको रुपमा रहेको होटल क्षेत्रलाई अन्य मुलुक सरह प्राथमिकता प्राप्त उद्योगको सेवा सुविधा प्रदान गरी निजी क्षेत्र र सरकारी क्षेत्रबीच समन्वय गरेर अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाई थियो