Category: बिचार

  • उपसभामुखलाई हटाउनु हुँदैन : प्रचण्ड

    उपसभामुखलाई हटाउनु हुँदैन : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नहुने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उनले बालबालिकाको उन्नयनका खातिर निःस्वार्थ सेवा गरेकी जनजाति महिलालाई पदबाट हटाउन उपयुक्त नहुने धारणा व्यक्त गरे । जनजाति तथा बालबालिकाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेकी उनलाई हटाउनु उचित हुँदैन, यसबाट सत्तापक्ष पछि हट्ने मेरो विश्वास छ”,पूर्वप्रधानमन्त्री प्रचण्डले भने ।


    फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले संवैधानिक परिषद्को हिजोको बैठकमा प्रधानन्यायाधीशमा आठ जनाको सिफारिस भएको जानकारी दिँदै ज्येष्ठताका आधारमा नयाँ प्रधानन्यायाधीश नियुक्त हुनुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री प्रचण्डले व्यवस्था परिवर्तनका लागि माओवादी केन्द्रले ठुलो त्याग र बलिदान गरेकाले सबै प्रदेशमा पार्टीलाई सुदृढ गर्ने अभियानमा आफू लागेको बताए । अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले भने, “प्रतिनिधिसभाले ‘हिंसा’ शब्द अभिलेखबाट नहटाएसम्म संसद् अवरुद्ध हुने छ ।”

  • आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउन अर्थमन्त्रीको निर्देशन

    आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाउन अर्थमन्त्रीको निर्देशन

    काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकास र समृद्धिको लक्ष्य हासिल गर्न आन्तरिक स्रोत परिचालनलाई थप प्रभावकारी बनाइने बताएका छन् । शुक्रबार आन्तरिक राजस्व विभागको निरीक्षणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत परिचालन थप प्रभावकारी बनाउन कर प्रणालीलाई थप आधुनिकीकरण गर्ने, करदाताको कर सहभागिता लागत घटाउने, प्रविधिमैत्री जनशक्ति विकासलाई प्राथमिकता दिइने बताए ।

    उनले करको दायरा बिस्तार गर्ने, करदातामैत्री वातावरण सिर्जना गर्ने, करदाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्ने, करछली र चुहावट रोकिने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिए । अर्थमन्त्री पौडेलले कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा विद्युतीय सुशासनमा जोड दिँदै नतिजामा आधारित व्यावसायिक संगठन तथा कार्य विशिष्टीकरणका लागि संस्थागत सुधारमा पनि थप पहल गर्ने बताए ।

    ठूला कर कार्यालयहरूको बक्यौता र बेरुजु बढेको भन्दै उनले बक्यौता असुली र बेरुजु फर्छ्योटको विशेष अभियान नै सञ्चालन गर्न निर्देशन दिए । कार्यक्रममा अर्थ सचिव डा। रामप्रसाद घिमिरेले आफ्नो जिम्मेवारी र दायित्व बुझेर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

    राजस्व सचिव दीनेशकुमार घिमिरेले राजस्व परिचालनको लक्ष्यलाई ध्यान दिएर अघि बढ्न निर्देशन दिए । आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले चालु आर्थिक वर्षमा लिइएको राजस्वको संकलनको लक्ष्यलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । चालु आर्थिक वर्षमा ७ खर्ब १ अर्ब रुपैयाँ आन्तरिक राजस्वबाट संकलन गर्ने लक्ष्य राखिएको छ ।

  • देउवाले भने : मेरो अवकास हुने उमेर भइसक्यो

    देउवाले भने : मेरो अवकास हुने उमेर भइसक्यो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो अवकास हुने समय आएको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिमध्ये उत्कृष्ट स्थानीय तह प्रमुखहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै देउवाले विभिन्न कारणले आफ्नो अवकासको समय आएको बताएका हुन्। ‘मेरो एज पनि गयो। हरेक कारणले पनि रिटायरमेन्टको बेला भइसकेको छ,’ सभापति देउवाले भने।

    त्यसकारण पार्टीको चिन्ता अब आउने नेताहरूलाई बढी गर्नुपर्ने देउवाले बताए। ‘भोलि हुने नेताहरुले नै चिन्ता बढी गर्नुपर्छ । मैले भन्दा बढ्ता गर्नुपर्छ,’ उनले भने। उनले भोलिका दिन चुनौतीपूर्ण र अवसरले भरिएका रहने पनि बताए। त्यसो हुँदा नयाँ आउने नेताहरूलाई दुवैलाई मिलाएर अगाडि बढ्न सुझाव दिएका छन्।

    ‘चुनौतिको सामना गर्दै अवसरहरूलाई पनि बढी फाइदा लिँदै अझ बढी समन्वयात्मक रूपमा अगाडि बढाउँदै जानुपर्छ,’ उनले भने। भोलि नेतृत्वमा आउने नेताहरूले आजैदेखि काम गर्नुपर्ने पनि सभापति देउवाले बताए। ‘अहिलेदेखि नै लाग्नुस्। गाली गरेर हुनेवाला केही छैन। काम गरेर देखाउनुस्,’ उनले भने।

    देउवाले कांग्रेसलाई कमजोर बनाउन खोज्नेहरू सक्रिय रहेकाले एकतावद्ध भएर पार्टी बलियो बनाउनुपर्ने जोड दिए। कांग्रेस र एमालेको सत्ता समीकरण र डेढ वर्षपछि आफू प्रधानमन्त्री बन्ने सहमति भएपछि पार्टीभित्र उत्साह बढेको देउवाको दाबी छ। ‘यसले हाम्रोबाट अरु पार्टीमा गएकाहरु पनि फर्किंदै छन्। अझै फर्काउने काममा लाग्नुपर्छ। पार्टी कमजोर बनाउनेहरु अझै छन्। हामीले सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्छ,’ उनले भने।

  • ट्रम्प र कमला ह्यारिसबीचको पहिलो बहस कस्तो रह्यो ?

    ट्रम्प र कमला ह्यारिसबीचको पहिलो बहस कस्तो रह्यो ?

    काठमाडौं । आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनअघि दुई उम्मेदवार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प पहिलो आमनेसामने बहस भएको छ । बहसमा उनीहरु मुख्य मुद्दामा चर्को रूपमा भिडेका छन्। संयमित रूपमा सुरु भएर नीतिगत विषयमा बहस अगाडि बढे पनि तत्कालै उनीहरू राजनीतिक विगतमा पुग्दै व्यक्तिगत आरोप प्रत्यारोपमा मोडिए । त्यस क्रममा ट्रम्प बढी आक्रोशित देखिए । अमेरिकी टेलिभिजन च्यानल एबीसी न्यूजमा प्रत्यक्ष प्रसारण गरिएको बहसको पहिलो आधा घण्टामा दुवै उम्मेदवारले बारम्बार एक अर्कालाई झुटो बोल्ने व्यक्ति भन्दै आरोप लगाए ।

    प्रस्तोताहरूले ट्रम्पका अभिव्यक्तिको तथ्य जाँच गरिरहँदा उनले आफ्नो बचाउमा निकै समय खर्चिएका थिए। ह्यारिसले ट्रम्पलाई उक्साउने गरी उनका र्‍यालीहरूमा भिडको प्रकृति अर्थात् कार्यक्रम नसकिँदै भिड बाहिरिने गरेको कुरा उठाइन् । ट्रम्पले ह्यारिसको डेमोक्र्याटिक पार्टीले अमेरिकालाई भेनेजुएला बनाउन खोजेको आरोप लगाए। ट्रम्पका र्‍यालीबाट मानिसहरू निराश भएर छिट्टै बाहिरिने गरेको भन्दै ह्यारिसले आलोचना गरेकी थिइन् भने बाइडन प्रशासनको अफगानिस्तानबाट बाहिरिने निर्णयलाई लिएर ट्रम्पले उनीमाथि हमला गरेका थिए।

    राष्ट्रपतीय उम्मेदवारहरूले अमेरिकी अर्थतन्त्रबाट बहस सुरु गरेका थिए जस क्रममा पूर्वराष्ट्रपति ट्रम्पले अन्य देशहरूमाथि कर लगाउने कुरामा जोड दिए भने उपराष्ट्रपति ह्यारिसले लघु उद्यमहरूबारे कुरा गरिन्। गर्भपतन अधिकारका विषयमा ट्रम्पले यस मुद्दालाई पुनः राज्यहरूसम्म ल्याउन सहयोग गरेको बताए भने ह्यारिसले गर्भपतनसम्बन्धी प्रतिबन्धहरूले महिलाको महत्त्वपूर्ण स्याहारको विषयलाई नकार्ने बताइन्।

    ट्रम्पले बारम्बार आप्रवासन सङ्कटको कुरा उठाइरहँदा ह्यारिसले दर्शकहरूलाई पूर्वराष्ट्रपतिमाथि अदालतमा चलिरहेका कैयौँ मुद्दाबारे स्मरण गराइरहिन्।ट्रम्पले ह्यारिसलाई इतिहासकै सबैभन्दा खराब उपराष्ट्रपति भन्दै युक्रेनमा रुसी अतिक्रमण हुनुअघि वार्ता गर्न गएको तर युद्ध रोक्न असफल भएको आरोप लगाए।

    युक्रेनले रुसमाथि जित हासिल गरेको हेर्न चाहनुहुन्छ भनेर ट्रम्पलाई सोधिएको प्रश्नमा उनले आफूले युद्धको अन्त्य चाहेको जबाफ दिए। इजरेलका विषयमा ट्रम्पले यदि आफू राष्ट्रपति भएका भए र ह्यारिसले दुई राज्यको समाधान र युद्ध अन्त्य गर्न आह्वान गरेको भए युद्ध नै हुँदैनथ्यो भने। अमेरिकी संसद् भवनमा भएको ६ ज्यानुअरीको दङ्गाका बारेमा सोधिँदा ट्रम्पले त्यसबारे आत्मालोचना गर्न अस्वीकार गरे भने ह्यारिसले उक्त दिनको अव्यवस्थालाई सम्झँदै अमेरिकालाई ुपाना पल्टाउन आह्वान गरिन्।

    ह्यारिसले टेलिभिजन हेरिरहेका करोडौँ मानिसहरूलाई प्रत्यक्ष सम्बोधन गर्दै अमेरिकीहरूबारे आफूले विशेष ध्यान दिने तर्क बारम्बार प्रस्तुत गरिन्। त्यसक्रममा उनले ट्रम्पले धनीहरूलाई मात्र हेरिरहेको आरोप लगाइन्। ट्रम्पले बारम्बार नीतिगत प्रश्नलाई आप्रवासनसँग जोड्दै अमेरिका ओइरिने आप्रवासीहरूले अमेरिकाका कुकुरको मासु खाने गरेका कथा जोडेका थिए।

    विदेश नीतिका विषयमा ह्यारिसले विश्व नेताहरूले ट्रम्पलाई हास्य पात्र बनाएको र ट्रम्पले तानाशाहीहरूलाई मात्र प्रभावित पार्न खोजेको आरोप लगाइन्। ट्रम्पले भने पछिल्ला केही वर्षका भूराजनीतिक सङ्कट आफू नेतृत्वमा भएको भए नहुने थियो भने। ह्यारिसले इजरेलको प्रतिरक्षाको अधिकारलाई आफूले जहिल्यै समर्थन गर्ने तर प्यालेस्टिनीहरूसँग सुरक्षित भएर आत्मसम्मानसाथ बाँच्ने हक रहेको बताइन्।

    ट्रम्पले भने ह्यारिसलाई इजरेललाई घृणा गर्ने गरेको आरोप लगाए। ९० मिनेट चलेको बहस अन्त्य गर्ने बेला ह्यारिसले आफू भविष्यप्रति केन्द्रित रहेको बताइन्। त्यसको जबाफ दिने क्रममा ट्रम्पले यदि उनीसँग योजना भएको भए उनले उपराष्ट्रपतिकै रूपमा फत्ते गर्नुपर्ने बताए।
    बीबीसीको सहयोगमा

  • प्रधानमन्त्रीलाई बोलेनको प्रश्न : २०७६ सालमा फैसला आउँदा किन वास्ता गर्नु भएन ?

    प्रधानमन्त्रीलाई बोलेनको प्रश्न : २०७६ सालमा फैसला आउँदा किन वास्ता गर्नु भएन ?

    काठमाडौं । काठमाडौंका नदी किनारबारे एमालेले देखाएको दोहोरो चरित्रबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आक्रोस व्यक्त गरेका छन् । उनले एमाले र प्रधानमन्त्री केपी शर्मा ओलीको यो चरित्रलाई ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ उखानबाट पुष्टी गर्न खोजेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो चरित्रले देश बिगार्दैछ ।’

    आफुले काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने प्रधानमन्त्रीले थाहा पाउनु भन्दा पनि ३ बर्ष अगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनिएको उनले स्मरण गराएका छन् ।
    त्यति बेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री रहेको समेत उनले स्मरण गराएका छन् । उनले नै नियुक्त गरेका महान्यायधिवक्ता अग्नि खरेल, उनकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उनकै पार्टी एमालेले बनाएको काठमाडौंका मेयर विद्यासुन्दर शाक्य त्यसबेला कुर्सीमा रहेको समेत उनले स्रमण गराएका छन् ।

    उनले लेखेका छन्, ‘यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरेपछि, नदितट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यहि हो । पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन (भ्याकेट) गर्ने अधिकार रहन्छ ।


    प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका किन नगएको भन्दै उनले प्रश्न गरेका छन् । उनी भन्छन्, ‘यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन, हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ ।’


    उनले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गर्न समेत आह्वान गरेका छन् । उनले भनेका छन्, ‘अन्यथा, पछि धोका पाउनु हुनेछ सरकारबाट अर्को मापदण्ड ल्याएर ।’

  • नयाँ मापदण्ड अनुसार साविकका खोला किनारका घर नभत्किने मेयर बालेनको स्पष्टोक्ति

    नयाँ मापदण्ड अनुसार साविकका खोला किनारका घर नभत्किने मेयर बालेनको स्पष्टोक्ति

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ मापदण्डअनुसार खोला किनारका घर नभत्किने बताएका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले मापदण्डभित्र परेका घर भत्काउन सरकारले मुआब्जा दिनुपर्ने बताएका हुन् ।

    ‘तपाईं को नयाँ मापदण्ड अन्तर्गत पर्ने घर कुनै भत्किने छैन निस्चिन्त रहनुहोस भत्काउनै परे मुआब्जा दिनुपर्छ सरकारले, ५० वर्ष पहिलेको तिनकुने को मुआब्जा दिन नसक्ने सरकारले तपाईंलाई दिन नि सक्दैन भत्काउन नि सक्दैन’, उनले भनेका छन्, ‘तपाइँको लागि हामी छँदै छौं । केन्द्र सरकारलाई दबाब दिनुहोस नियम परिवर्तनको लागि ।’

    मेयर बालेनले खोला किनारको मापदण्ड महानगरले नभई संघीय सरकारले नै बनाएकोसमेत स्पष्ट पारेका छन् । ‘खोलाको मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्न’, उनले भनेका छन्, ‘अनि, भएको कानुन र फैसलालाई कार्यान्वन गर्दा दोष जति काठमाडौ महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम बन्द गरौँ ।’

    नेकपा एमालेले काठमाडौं महानगरमा नदीका दायाँवायाँ छोड्न निर्धारण गरिएभन्दा थप २० मिटर जग्गामा निर्माण निषेध गरिएको भन्दै त्यसलाई बदर गर्न माग गर्दै आएको छ । साथै यस सम्बन्धी सर्वोच्च अदालतको फैसलामा न्यायिक पुनरावलोकन गर्न पनि एमालेले माग गरेको छ ।

  • हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाइने

    हालसम्म भएका सबै हवाई दुर्घटनाबारे छानविन गर्न उच्चस्तरीय समिति बनाइने

    काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हालसम्म भएका हवाई दुर्घटनाबारे बनेका छानविन समितिले औंल्याएका सवालबारे अध्ययन गर्न उच्चस्तरीय  छानबिन समिति बनाउनु पर्ने आवश्यकता रहेको बताएका छन् ।

    सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा दिवंगत भएकाहरूको सम्झना तथा ४५ औं दिनको पुण्य तिथिको सन्दर्भमा आईतवार राजधानीमा आयोजित श्रद्धाञ्जली सभा तथा नेपालमा हवाई सुरक्षा विषयक अन्तरक्रिया बोल्दै मन्त्री पाण्डेले उक्त कुरा  बताएका हुन ।
    मन्त्री पाण्डेले भने, हवाई दुर्घटनाबारे विगतमा थुप्रै अलगअलग अध्ययन र अनुसन्धान भएका छन् । तिनीहरूलाई  कम्पायल गरेर, एकिकृत गरेर एक ठाउँमा राख्नु पर्ने छ ।” उनले अगाडि भने, नागरिक उड्डयनको क्षेत्रलाई सुरक्षित पार्नका लागि न्यायिक क्षेत्रको व्यक्तिको संयोजकत्वमा उच्च स्तरीय छानवीन समिति बनाउने छौं । त्यस समितिले अध्ययन गरेका कुरालाई सरकारले समेत शिरोधार्य गर्ने छ।”

    उनले  सौर्य एयरलाइन्सको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन प्राप्त भईसकेको उल्लेख गर्दै प्रतिवेदन सत्य,तथ्य नजिक पुगेको बताए ।  मन्त्री पाण्डेले हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि नियामक निकाय र सेवा प्रदायक निकायलाई छुट्याउने गरि ल्याएको विधेयक अर्थ, कानुन हुँदै मन्त्रालय पुगेको बताए । उनले  उक्त विधेयक मन्त्रिपरिषद मार्फत संसदमा पेश गरिने विश्वास दिलाए ।

    उनले  दुर्घटनाका पीडितहरूले पाउनु पर्ने बीमाका विषयमा बीमा सम्बन्धि ऐन निर्माण गर्नु पर्ने र पछिल्लो सन्धिहरूको मस्यौदाको क्रममा रहेको बताउँदै हवाई ऐनलाई समेत समय सापेक्ष हुने गरि  परिमार्जन गरिने बताए ।

  • प्रधानमन्त्री भन्छन् : भारतसँगका समस्या वार्ताबाटै समाधान हुन्छन्

    प्रधानमन्त्री भन्छन् : भारतसँगका समस्या वार्ताबाटै समाधान हुन्छन्

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरे नेपाल–भारतबिचका समस्या सहजै समाधान गर्न नसकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा शनिबार आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपाल–भारतबिचमा धेरै नभए पनि केही समस्या रहेको र तिनको समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबिचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन गरिएको स्मरण गरे ।

    “इपिजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ । प्रतिवेदन बुझेपछि दुवै मुलुकका बिचमा थाँती रहेका विषयमा छलफल गर्न सहज हुन्छ ।”, प्रधानमन्त्री ओलीले भने, “भारत लामो संस्कृति भएको छिमेकी मित्र हो । हामीले खुल्ला खुलस्तरुपमा छिमेकीसँग कुरा गर्नुपर्छ । खुल्ला कुरा राख्न नसकेर भूराजनीतिको टाउकामा दोष थोपर्न मिल्दैन । सत्ता प्राप्त गर्न र टिकाउन जे पनि गर्ने र मुख बन्द गर्ने वा टाउको हल्लाउने काम हामीले गर्नु हुँदैन ।”

    भूराजनीति शब्दलाई आफ्ना स्वार्थी कामको ढाकछोप गर्न वा कायरपन प्रदर्शनका लागि प्रयोग गर्न नहुने तर्क राख्दै प्रधानमन्त्री ओलीले विदेशमा बसेर आफ्नो देशका प्रमुखलाई विरोध संस्कृति नेपाली संस्कृति नभएको बताए । उनले भने। “पहिला पहिलाका वैदेशिक सम्बन्धहरू बल हुनेले जसरी मिच्न सक्छ, त्यसैका आधारमा हुन्थ्यो । दोस्रो विश्वयुद्धपछि अनेक अन्तर्राष्ट्रिय सन्धि सम्झौता अनुसार रहेर कुनै पनि देशले आफ्ना राष्ट्रिय हितलाई तर्कपूर्ण र न्यायोचितरुपमा प्रस्तुत गर्नुपर्छ । साझा स्रोतमा काम गर्दा एकपक्षीयरुपमा काम गर्नु हुँदैन । दुवै पक्षको सहमति र छलफलका आधारमा गरिनुपर्छ ।”

  • जनआन्दोलनको अग्रपंक्तिमा रास्वपा हुन्छ : लामिछाने

    जनआन्दोलनको अग्रपंक्तिमा रास्वपा हुन्छ : लामिछाने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनआक्रोश बढ्दै जाँदा हुने आन्दोलनको अग्रपङ्तिमा आफ्नो दल हुने बताएका छन् । रास्वपाको कोशी प्रदेश भेलालाई मंगलबार इटहरीमा सम्बोधन गर्दै लामिछानेले पुराना दलहरुको बेथिति र जनआक्रोश बढ्दै जाँदा स्वतः आन्दोलन हुने बताए । दलका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार नजिकबाट नियालिरहेको लामिछानेले बताए ।


    लामिछानेले आफ्नो दलप्रति नागरिकको विश्वास बढिरहेको दाबी समेत गरे । रास्वपाप्रति नागरिकले देखाएको विश्वासमा पुष्टि आउने चुनावमा हुने उनले बताए । ‘रास्वपाका कारण देशका दुई ठूला मुख्य प्रतिस्पर्धी दल मिलेर सरकार बनाएका छन् । अनि, उनीहरु नै रास्वपा कमजोर भयो भनेर हल्ला पिट्छन् । यो विरोधाभास भयो’, उनले भने । विस्तारित बैठकमा उपसभापति डीपी अर्यालले संगठन विस्तारमा रास्वपा लागेको बताए । स्थानीय तहको भ्रष्टाचारबारे आवाज उनले पार्टी सदस्यलाई आग्रह गरे ।

  • एमालेकी सांसदले बालश्रम गरेको भन्दै बालेन आक्रोसित

    एमालेकी सांसदले बालश्रम गरेको भन्दै बालेन आक्रोसित

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मालाई कारवाही नभएकोमा आपत्ती जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् । उनले प्रम ओलीले दोषीलाई कारबाही नगरेकोमा आक्रोश व्यक्त गरेका छन् ।

    उनले भनेका छन् ‘वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर, एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ। काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।

    सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु, सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।’

  • वर्षमा तीन जना अर्थमन्त्री फेरिने परिपाटी बन्द हुन्छ : अर्थमन्त्री

    वर्षमा तीन जना अर्थमन्त्री फेरिने परिपाटी बन्द हुन्छ : अर्थमन्त्री


    काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री फेरिने परिपाटी अब रोकिने बताएका हुन् ।

    अस्थिरताको मार अर्थतन्त्रमा पनि परेको भन्दै उनले अहिले बजारमा त्यसकै असर कायम रहेको बताए । ‘वाह्य क्षेत्र सबल हुँदाहुँदै पनि माग बढ्न नसकेको गुनासो छ,’ उनले भने, ‘यो अस्थिरताकै असर हो । उनले निजी क्षेत्रलाई अब गुनासो छोडेर योगदानमा लाग्न समेत सुझाव दिए । सरकारले निजी क्षेत्रको सबै कुरा सुनिरहेको र सुन्ने भन्दै उनले अब गुनासो छाड्न आग्रह गरे । पहिलोपटक मौद्रिक नीतिलाई सबैले स्वागत गरेको भन्दै उनले सकारात्मक पहल यसबाटै शुरु भएको बताए ।

  • सरकारले जनताको इच्छा विपरित काम गरिरहेको छ : प्रचण्ड

    सरकारले जनताको इच्छा विपरित काम गरिरहेको छ : प्रचण्ड


    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार जनताको इच्छा विपरीत चलिरहेको आरोप लगाएका छन् । आइतबार बाँकेको नेपालगञ्जमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले भने, ‘संविधानको भावनाविपरीत बनेको सरकारले निरन्तर जनताका इच्छा विपरीत काम गरिरहेको छ ।’ यसको विरुद्धमा आवश्यक परे सडकमा पनि जान सक्ने उनले चेतावनी दिए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउने केन्द्रीय एजेण्डा हुनुपर्ने धारणा राखे ।

    उनले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताए । नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै प्रचण्डले भने, ‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा माओवादीसँग मात्रै छ ।’ ‘हामीले एजेण्डा उठाएनौं मात्रै, त्यसलाई आन्दोलनबाट स्थापित गरेर संविधानमा लिपिबद्ध गरेका छौं,’ उनले भने, ‘संविधान कार्यान्वयन गरेर हामीले उठाएका राजनीतिक एजेण्डामार्फत जनताको जीवन बदल्न पनि फेरि माओवादी नै चाहिन्छ ।’ समाजवादी मोर्चालाई अझ व्यवस्थित बनाउँदै लैजाने र टुटफुट भएका माओवादी घटकहरुसँग एकता गर्ने अध्यक्ष प्रचण्डले जानकारी दिए । अब सरकारमा जानुभन्दा पार्टी निर्माण कार्यमा लाग्ने उनको भनाइ छ ।

    पार्टीभित्र एउटा सिस्टम बसालेर अर्को भूमिकामा जाने सोच गरेको बताए । ‘पार्टीको आवश्यकता, साथीहरुको जोडबल र जनभावनाले गर्दा ३५र३६ वर्षदेखि मैले नेतृत्व गरिरहेको छु, अब सिस्टम बनाएर अर्को भूमिकामा जाने सोचमा छु,’ प्रचण्डले भने । यसैबीच माओवादी केन्द्र जिल्ला समन्वय समिति बाँकेले आयोजना गरेको पार्टी प्रशिक्षण र कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीलाई नयाँ गतिमा अघि बढाउन निर्देशन दिए । पार्टी वैचारिक, सांगठनिक र भावनात्मकरुपमा एकताबद्ध भएर अघि बढ्ने उल्लेख गर्दै उनले पार्टी विभाजनको हल्ला असत्य सावित भइसकेको बताए ।

  • रवि भन्छन् : २०८४ मा देशैभर घण्टीले जित्छ

    रवि भन्छन् : २०८४ मा देशैभर घण्टीले जित्छ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेको गठबन्धनबाट केही आशा गर्न नसकिने बताएका छन्। पार्टीको कर्णाली प्रदेश भेलालाई शनिबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै सभापति लामिछानेले हदै भए तीन वर्ष बाँडीचुँडी खानेबाहेक अहिलेको गठबन्धनले केही नगर्ने बताएका हुन्। ‘अनुभवी लुटेराको गठबन्धनबाट केही आशा गर्न सकिँदैन, परिवर्तन केही हुने छैन। हदै भए बाँकी तीन वर्ष बाँडिचुँडी खानुहोला, २०८४ मा त घण्टी बज्छ-बज्छ,’ उनले भने।

    सभापति लामिछानेले कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्ने पनि बताए। ‘दलको उम्मेदवारले जित्ने होइन, कर्णालीले जित्नुपर्छ। कर्णालीले जित्नका लागि रास्वपाले जित्नुपर्छ,’ उनले भने। तर घन्टी बोकेर मात्रै नजितिने पनि कार्यकर्ताहरूलाई सभापति लामिछानेले बताए। ‘पार्टीमा पहिला लागेको भनेर अवसर पाइन्नँ। प्रतिस्पर्धामा जो अब्बल हुन्छ, उसैले अवसर पाउँछ। घण्टी बोकेर मात्र जितिँदैन, जनताका एजेण्डा बाक्नुपर्छ,’ उनले भने।

    ठूला दलहरूले रविलाई सिध्याउन सके रास्वपा सकिन्छ भन्ने सोचेको भए त्यो असम्भव रहेको पनि उनले बताए। ‘२०७९ मा झिल्को बन्यौं, २०८४ मा राँको बनेर आउँछौं,’ उनले भने। सहकारीको विषयमा लामिछाने आफूले कुनै कमजोरी नगरेको पनि दाबी गरे। ‘हुँदै नभएको प्रमाण १२१४ महिना खोज्दा भेटेनन्। भेटेका भए किन छाड्थे। अझै डाम्न सकिन्छ कि भन्ने प्रयासमा छन्। तर, सक्दैनन्। किनकी, मैले कुनै कमजोरी गरेको छैन,’ उनले भने।

  • संविधान संशोधन गर्न सक्ने अवस्था छ : देउवा

    संविधान संशोधन गर्न सक्ने अवस्था छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन हुनसक्ने अवस्था रहेको बताएका छन् । शनिबार काठमाडौं आयोजित एक कार्यक्रममा उनले कतिपय कुराहरु संशोधन गर्नुपर्ने र आवश्यक परेको समयमा संविधान संशोधन हुने अवस्था रहेको बताएका हुन् ।
    सभापति देउवाले अहिलेको संविधान समावेशी रहेको उल्लेख गर्दै समानुपातिकतालाई अझै राम्रो गर्नेगरी संशोधन गर्ने बताए । उनले निर्वाचनबाट जितेर आउन नसक्नेहरु पनि रहेकाले उनीहरुको समावेशिताका लागि पनि समानुपातिकतालाई अझै राम्रो अध्ययन गरी संशोधन गर्ने बताए ।

    संविधानमा भएका कमी, कमजोरीलाई सच्याइने र प्रजातन्त्र र मानव अधिकार पहिलो प्राथमिकता भएको देउवाको भनाइ छ । ‘कति मानिसहरु चुनावहरु आउन धेरै गाह्रो छ, उहाँहरुलाई त्यसकारण समावेश गर्नुपर्नेछ । राज्य सत्तामा उनीहरुलाई समावेशीताका साथ सहभागी गराउनुपर्छ भन्ने धारणा छ । त्यसको आधारमा समावेशी राखिएको छ ।

    समावेशी सहितको प्रजातन्त्र राखिएको छ’, उनले भने, ‘यसमा अझ हामीले राम्रोसँग अध्ययन गर्ने, यसमा अझ बढी राम्रो बनाउन सकिन्छ, साथसाथै संविधानको संशोधन हुनसक्ने अवस्था हो ।’ प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रलाई स्थायी बनाएर जनताको अझ बढी समर्थन, विश्वास जित्न सक्नुपर्ने देउवाको भनाइ थियो । नेपाललाई गरिबीमुक्त गराउनुपर्ने र सबै लागेर काम गरे समावेशी नेपाल बन्ने बताए ।

  • प्रधानमन्त्री भन्छन् : बंगलादेशमा जस्तो नेपालमा हुँदैन

    प्रधानमन्त्री भन्छन् : बंगलादेशमा जस्तो नेपालमा हुँदैन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । गत १० भदौको प्रतिनिधि सभा बैठकमा प्रचण्डले श्रीलंका वा बंगलादेशजस्तो अवस्था आउन सक्ने खतराबारे बोलेका थिए । त्यसको जवाफमा शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल कुनैपनि मुलुकको फोटोकपी मेसिन नभएकाले बंगलादेश वा श्रीलंकाको खतरा यहाँ नआउने बताएका हुन् ।


    ‘नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृत छ । बंगलादेशमा जे भयो, त्यो यहाँ हुँदैन’ प्रधानमन्त्री ओलीले भने, ‘हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई बल बनाउन हामी लागेका छौं । लोकतन्त्र विरुद्ध लड्नेहरुले हामीलाई तर्साउन सम्भव छैन ।’ प्रधानमन्त्री ओलीले प्रचण्डलाई उल्टै चेतावनी दिए । ‘हामीलाई सिक भनेर चर्को स्वरमा बोल्नेहरुलाई म राम्ररी सिक भन्न चाहन्छु, नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन’, उनले भने ।

    मुलुकमा हिंसात्मक गतिविधि चलेको बेला आफूले हिंसाको चर्को विरोध गरेको र राजनीतिक समाधानको पहल गरेको पनि बताए । प्रधानमन्त्री ओलीले कुनैपनि गतिविधि वा अराजकतालाई कानूनी रुपमा रोक्ने पनि बताएका छन् । प्रचण्डप्रति भने प्रधानमन्त्री ओलीले चर्कै आक्रोश जनाएका छन् । ‘मैले १७ हजार मान्छे मारेको छु र डराउने ? लोकतन्त्रविरुद्ध लड्नेहरुले हामीलाई तर्साउने ?’, प्रधानमन्त्रीको आक्रोश थियो ।

  • हरेक दिन परीक्षा सम्झेर काम गरिरहेको छु : पर्यटनमन्त्री

    हरेक दिन परीक्षा सम्झेर काम गरिरहेको छु : पर्यटनमन्त्री

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हरेक दिनलाई परीक्षाको रूपमा सम्झेर काम गरिरहेको बताएका छन् । बुधबार पर्यटन सम्बद्ध निकायहरूसँगको छलफलमा मन्त्री पाण्डेले कुन निकायमा कुन ऐन, कानुनको खाँचो छ ? प्राथमिकीकरण गर्दै अघि बढ्नु पर्नेमा जोड दिए ।
    ‘मैले हरेक दिनलाई परीक्षाको रूपमा लिएको छु । मन्त्रालयको जिम्मेवारीमा आएको दिनदेखि नै कार्यतालिका बनाएर अघि बढेको छु,’ उनले भने ।

    मन्त्री पाण्डेले कागजमाभन्दा फिल्डमा नतिजा देखिने गरी काम गर्न विभागीय प्रमुखहरूलाई निर्देशन दिए । उनले मन्त्री र मन्त्रालयको नाममा कसैले अस्वभाविक दबाब, प्रलोभन दिएको अवस्थामा आफूलाई सिधै सम्पर्क गर्न समेत मातहतका निकायलाई आग्रह गरे । मन्त्री र सचिव फेरिए पनि संरचना रहिरहने बताउँदै उनले इमान्दारिताका साथ काम गर्न निर्देशन दिए ।मन्त्री पाण्डेले हरेक बुधबार मन्त्रालय मातहतका सम्बद्ध विभाग वा निकायहरूसँग छलफल गर्दै आएका छन् ।

  • सत्ताको खेलमा नलाग्ने प्रचण्डको उद्घोष

    सत्ताको खेलमा नलाग्ने प्रचण्डको उद्घोष

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सत्तामा हिस्सेदारी माग्न कांग्रेस र एमाले नेताहरुसमक्ष नजाने बताएका छन् । मंगलबार संसदमा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले आफूहरु झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन नआउन दुबै दलका नेताहरुलाई चुनौती दिएका छन् । उनले भने, ‘कांग्रेस–एमालेका साथीहरुलाई म यही रोष्ट्रमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईंहरुकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन ।’

    माओवादी पार्टीभन्दा पनि सीमान्त वर्ग, वर्ण, लिंग र क्षेत्रको आन्दोलन भएको उनले बताए । उनले अगाडि भने, ‘म यही संसदबाटै स्वीकार गर्छु, यसबीचमा कमजोरीहरु भए । जनतासँग संवादका कमजोरी भए, व्यवहारका कमजोरी भए । वर्गीय पक्षधरताका कमजोरी भए ।’ आफूहरुको यही कमजोरीमा खेलेर कांग्रेस र एमाले सीमान्तहरुका प्राप्त अधिकार खोस्न चलमलाउन थालेको उनको दाबी छ । तर अब माओवादीको ध्यान सत्तामा नभएर षड्यन्त्रको प्रतिरोधमा रहेको उनले बताए ।

    ‘आन्दोलनको पुनर्गठनमा छ । त्यही पुनर्गठनका बलमा भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौं’, प्रचण्डले चेतावनीको भाषामा भने, ‘पहिला पनि बनाएका हौं, अब पनि बनाउने छौं ।’ उनले अगाडि भने, ‘ त्यतिबेलासम्म कृपया तपाईंहरु मिलिदिनुहोला । बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला ।’

  • प्रचण्डले ओलीलाई भने : हिम्मत भए २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गराउनुहोस

    प्रचण्डले ओलीलाई भने : हिम्मत भए २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गराउनुहोस

    काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले २२ अर्ब उठाउने निर्णय क्याबिनेटबाट गर्न चुनौती दिएका छन् । प्रनितिधिसभामा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष प्रचण्डले बोलेका हुन् । आफ्नो चाहे जस्तो निर्णय गर्न नसकेपछि प्रधानमन्त्री फेसबुकमा प्रकट भएको भन्दै उनले भने, ‘प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याविनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव । प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ ।’ उनले अगाडि भने, ‘यदि अबको क्याबिनेटमा २२ अर्बको प्रस्ताव आएन भने देशले अझ राम्ररी बुझ्नेछ, प्रधानमन्त्रीको नियत ।’

  • टुडिखेलमा आफ्नै अगाडी नाराबाजी भएपछि आक्रोसित बने कांग्रेस सभापति

    टुडिखेलमा आफ्नै अगाडी नाराबाजी भएपछि आक्रोसित बने कांग्रेस सभापति

    काठमाडौं । गौरापर्वमा नेताहरु विरुद्ध नाराबाजी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आक्रोशित भएका छन् । प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति देउवा लगायतका शीर्ष नेता उपस्थित टुँडिखेलमा आयोजित कार्यक्रममा उनीहरु विरुद्ध नाराबाजी भएको थियो । नेताहरु विरुद्ध नाराबाजी गर्नेहरुलाई देउवाले भने, ‘जति गर्ने हो गर्नुस् । जति कराउने हो, कराउनुस् ।’

    कार्यक्रममा उपस्थित भएकाहरुलाई देउवाले लाज छैन भन्दै जंगिए । ‘कार्यक्रम बिथोल्ने, लाज छैन । यही हो नेपालको चलन ? यही हो सिकेर आएको ?’ गौरापर्व खेल्न र हेर्न आएकाहरुलाई कार्यक्रम बिथोल्नेहरुले असर पारेको उनले बताए । नाराबाजी गर्नेहरुसँग जंगिएपछि देउवा औपचारिक सम्बोधन सुरु गरेका थिए । सुदूरपश्चिम र कर्णालीको संस्कृति गौरापर्व भएको देउवाले बताए ।

  • आफुविरुद्ध नाराबाजी भएपछि टुडिखेलमा के भने प्रधानमन्त्रीले ?

    आफुविरुद्ध नाराबाजी भएपछि टुडिखेलमा के भने प्रधानमन्त्रीले ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले सभ्यता, शिष्टता र मर्यादा बिर्सिएको आरोप लगाएका छन् । सोमबार काठमाडौंको टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावललगायत उपस्थित हुँदा एक समूहले नाराबाजी गरेको थियो । सोही घटनालाई लक्षित गर्दै ओलीले नयाँ पुस्ताले आफ्नो परम्परा र संस्कृतिअनुसार सभ्यता बिर्सिएको बताएका हुन् ।

    ‘नयाँ पुस्तामा हाम्रो सभ्यता, शिष्टता कस्तो हो, मर्यादा कस्तो हो भन्ने बिर्सिन खोजेको देख्दा अचम्म लाग्छ । यस्ता घटनाहरु विभिन्न स्थानमा देखिने गरेका छन् । अरुका कार्यक्रम बिथोल्ने गरेका छन् । म आग्रह गर्न चाहन्छु, यो नेपालीपन होइन, नेपाली संस्कृति होइन’, उनले भने । नेपाल मेलमिलापको देश हो भन्दै उनले नेपाली समाज जति भाँड्न खोजे पनि नभाँडिने टिप्पणी गरे । ‘नेपाली समाज जति बिथोल्न खोजेपनि, जति भाँड्न खोजेपनि बिथोलिन र भाँडिन मान्दैन ।’

  • ईपीजी प्रतिवेदन भारतले बुझ्नु पर्छ : प्रधानमन्त्री

    ईपीजी प्रतिवेदन भारतले बुझ्नु पर्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी)को प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गरेका छन् । पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाद्वारा लिखित ‘कूटनीति र भूराजनीति’ पुस्तकको आज विमोचन गर्दै ओलीले प्रतिवेदन बुझेपछि सीमा विवादलगायत विषयमा थप संवाद गर्न सहज हुने स्पष्ट बताए ।

    नेपाल र भारतबीचको शीर्ष तहको सहमतिबाट सन् १९५० का सन्धीलगायतका विषयमा पुनरावलोकनका लागि गठित समितिले तयार गरेको प्रतिवेदन बुझ्न भारत लामो सयमदेखि उदासीन छ । प्रधानमन्त्री ओलीले २०७२ सालमा भारतले नेपाललाई नाकाबन्दी लगाएका बेला आफू प्रधानमन्त्री हुँदा चीनसँग व्यापार तथा पारबहन सन्धी गरेको स्मरण गर्दै त्यो युगान्तकारी काम भएको पनि स्मरण गरे ।

    ओलीले छिमेकी मुलुकका बीचमा यदाकदा समस्याहरु देखिनु सामान्य भएकाले ती विषयमा खुलस्तरुपमा संवाद गरेर समाधान गर्न सकिने पनि बताए । प्रधानमन्त्री ओलीले जायज र न्यायोचित राष्ट्रिय हितका साथै अन्तर्राष्ट्रिय उत्तरदायित्व बहन गरेर तथ्य–प्रमाणका आधारमा समाधान खोजिएमा समस्या उत्पन्न नहुने बताए ।

    ‘नेपालले सन्तुलत, इमानदारिता र पक्षधरताविहीनताका आधारमा दुवै छिमेकीसँग अशल सम्बन्ध राख्छ । हामी एउटा छिमेकीविरुद्ध अर्को छिमेकीको कुनै कार्ड प्रयोग गर्दैनौं, कसैको कुभलो चिताउँदैनौ,’ उनले भने,‘हाम्रो भूमि कुनै पनि छिमेकीका विरुद्ध प्रयोग हुन दिँदैनौं ।’

  • विद्युत महसुल उठाइन्छ : प्रधानमन्त्री

    विद्युत महसुल उठाइन्छ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम नछाडेर उठाउने स्पष्ट गर्नुभएको छ ।
    बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, “बक्यौता उठाइन्छ, छोडिँदैन, तर उद्योग बन्द गरेर होइन चलाएर उठाइन्छ ।

    विगतमा किन समयमा महसुल उठाइएन, किन लाइन काटियो र किन फेरि लाइन जोडियो भन्ने प्रश्न सम्बन्धित निकायसँग जोडिन्छ । यसमा सरकार स्पष्ट छ, लाइन बन्द नगरी बक्यौता उठाइनेछ ।” उनले सरकार र प्राधिकरणबिच कुनै मतभेद नभएको पनि स्पष्ट गरे ।


    उनले यस विषयमा अहिले सामाजिक सञ्जाल र कतिपय मिडियामा आधारहीन प्रचार भइरहेको उल्लेख गर्दै विद्युत प्राधिकरणले महसुल उठाउन खोजेको र सरकारले मिनाहा गरेको भन्दै झुटो प्रचार गर्ने अभियान चलेकाले त्यस्ता प्रचार अर्थहीन भएको स्पष्ट गरे ।


    प्रधानमन्त्री ओलीले भने, “उद्योग नै बन्द हुँदा बक्यौता उठ्ने आधार पनि बन्द हुन्छ, त्यहाँ रोजगारी पाएकाको रोजगारी बन्द हुन्छ, उद्योग बन्द भएपछि उत्पादन पनि घट्छ, व्यापार घाटा बढ्छ । बक्यौता उठाउन पनि त उद्योग चलाउनै पर्छ । औद्योगिक ग्राहकसँग लिनुपर्ने खपत अनुसारको महसुल मिनाहा गरिएको भन्ने झुटो सूचनाको पछि नलाग्न म सबैलाई आग्रह गर्छु । खपतअनुसारको महसुल उठाएरै छोडिन्छ ।”

  • भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै सम्झौता गर्दैन : प्रधानमन्त्री

    भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै सम्झौता गर्दैन : प्रधानमन्त्री


    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै एक्सक्युज नखोज्ने बताएका छन् । प्रतिनिधिसभामा भएको प्रश्नउत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले शुन्य सहनशीलताको नीति मौखिक प्रतिवद्धता मात्र नभएको बताए । तर भ्रष्टाचार नियन्त्रण हो हल्लाको विषय नभई कानुनी अनुसन्धान र नतिजामुखी हुर्नेमा उनले जोड दिए ।

    ‘भ्रष्टाचार नियन्त्रणलाई क्षणिक प्रचारको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएर टुंगोमा पुर्‍याउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले कुनै एक्सक्युज (बहाना) खोज्दैन, काम गर्छ ।’ उनले अब मन्त्रीहरुसँग गर्ने कार्यसम्पादन सम्झौतामा समेत यसलाई उल्लेख गर्ने जानकारी दिए ।

  • गाईजात्राले शाेकलाई शक्तिमा बदल्ने सन्देश दिएकाे छ : मन्त्री पाण्डे

    गाईजात्राले शाेकलाई शक्तिमा बदल्ने सन्देश दिएकाे छ : मन्त्री पाण्डे

    काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गाई जात्राले शाेकलाई शक्तिमा बदल्ने सन्देश दिएकाे बताएका छन ।

    साेमबार गाई जात्रा महाेत्सव, सांस्कृतिक संस्था(नाचघर)द्वारा आयाेजित गाई जात्रा महाेत्सवमा बाेल्दै उक्त कुरा बताएका हुन् । उनले भने, गाई जात्राले शाेकलाई शक्तिमा बदल्ने सन्देश दिएकाे छ।याे राजा जयस्थिती मल्लले सुरूवात गरेकाे भए पनि सबै कालखण्डमा उत्तिकै महत्त्वपूर्ण छ ।”

    मन्त्री पाण्डेले सांस्कृतिक संस्थानले सृजनशील कार्यक्रम अघि बढाएकाे बताए । उनले मुलुक भुगाेलमा सानाेभए पनि यहाँकाे विविधता भित्रकाे संस्कृतिमा छुट्टै विशेषताहरू रहेकाे बताए । मन्त्री पाण्डेले यस संस्कृति भित्रकाे भित्रकाे जिवन्तता पूँजी भएकाे समेत प्रस्ट पारेका छन् ।

  • ग्लोबल साउथ समिटमा प्रधानमन्त्री ओलीको सम्बोधन

    ग्लोबल साउथ समिटमा प्रधानमन्त्री ओलीको सम्बोधन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गरेका छन् । यस क्षेत्रका करिब १५ राष्ट्रप्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्विट गर्दै यस महत्त्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए । ‘हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौँ, जसले सबैलाई लाभ दिनेछ, प्रधानमन्त्री ओलीले भने ।

  • गठ्ठाघर दुर्घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन

    गठ्ठाघर दुर्घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन् । गठ्ठाघरमा भएको दुर्घटनाबारे दुःख व्यक्त गर्दै मन्त्री लेखकले भनेका छन्, ‘गठ्ठाघरको दुर्घटना हुनुमा कसैको गल्ती छ कि ? यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।’

    बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोक नजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो । ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालक घटनास्थलबाट फरार भए पनि बिहीबार साँझ काठमाडौंको नयाँ बानेश्वर वृत्त तीनकुनेले पक्राउ गरी थिमी वृत्तको जिम्मा लगाएको छ ।

    घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै गठ्ठाघरमा मूल सडक अवरुद्ध पारेर प्रदर्शन गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो । प्रदर्शनकारीले सडकमा जथाभावी गाडी रोकेर चेकिङ गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध आक्रोश पोखेका थिए ।

  • मन्त्रीहरुका १ सय दिने योजनाबारे प्रधानमन्त्रीले लिए व्रिफिङ

    मन्त्रीहरुका १ सय दिने योजनाबारे प्रधानमन्त्रीले लिए व्रिफिङ

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो १०० दिनभित्र मन्त्रालयहरूले गर्ने मुख्यमुख्य कामबारे छलफल गरेका छन् । सरकारले गत आर्थिक वर्ष २०८०–८१ को प्रगति समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयन योजनाबारे छलफल गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सबै मन्त्रालयका सचिवहरूको सहभागिता थियो ।

    प्रस्तुत समीक्षा र योजनाका आधारमा मुख्य क्रियाकलाप तथा माइलस्टोन समावेश गरी प्रधानमन्त्री र मन्त्रीहरूबीच छिट्टै कार्यसम्पादन सम्झौता हुने मुख्यसचिव लीलादेवी गड्तौलाले जानकारी दिइन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव राजकुमार श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा समग्रमा ६३.४४ प्रतिशत पुँजीगत खर्च भएको छ ।

    ३ हजार ४ सय २१ माइलस्टोन निर्धारण भएकामध्ये ४९ प्रतिशत र एक हजार छ सय क्रियाकलापमध्ये ४२ प्रतिशत सकिएको बताए । गत वर्ष किसानको मल आपूर्तिमा सहज भएको, दुर्गममा जोखिमको अवस्थामा रहेका सुत्केरीको हवाई सेवाबाट उद्धार गरिएको, पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान आरम्भ भएको आदि उपलब्धिका रुपमा राखिएको छ ।

    बजेट र कार्यक्रमको तयारी नपुगेको, स्रोत सुनिश्चित नभएका योजना चलाइएको, अन्तरनिकाय समन्वय अभाव भएको, निर्माण सामग्रीको अपर्याप्यता भएको, खरिद ऐनमा समस्या भएको, विस्तृत परियोजना प्रतिवेदन तयार नभएको, जग्गा प्राप्ति र रुख कटान आदिका समस्याका कारण आयोजनाहरू समयमा सम्पन्न नभएको प्रस्तुतीकरणमा उल्लेख छ ।

    समीक्षापश्चात सम्बन्धित मन्त्रालयका सचिवहरूले चालु आर्थिक वर्ष २०८१–८२ को मन्त्रालयगत कार्यसम्पादन सूचक र सरकारको १०० दिनभित्र गरिने जनअपेक्षामा आधारित मुख्य कार्यक्रम प्रस्तुति राखेका छन् । आर्थिक वर्षको सुरुवातदेखि नै बजेट र कार्यक्रम कार्यान्वयन योजना तर्जुमामा सरकारले तदारुकता देखाएको हो । यसअघि प्रधानमन्त्री ओलीले १५ साउनमा सबै मन्त्री र सचिवहरूलाई सेवा प्रवाहमा सुधार र प्रभावकारिताका विषयमा निर्देशन दिएका थिए ।

  • नेताहरुले जनयुद्ध शब्द नबोल्दा किन बिच्किए प्रचण्ड

    नेताहरुले जनयुद्ध शब्द नबोल्दा किन बिच्किए प्रचण्ड

    काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुले माओवादी जनयुद्ध शब्द प्रयोग गर्न हिचकिचाएको भन्दै असन्तुष्टि जनाएका छन् ।
    टीआरसी विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै बुधबार माओवादी अध्यक्ष प्रचण्डले अहिले पनि नेताहरुले बोल्दा हिंसात्मक द्वन्द्व भन्ने गरेको बताए ।

    ‘माओवादी जनयुद्ध शब्द प्रयोग गर्‍यो भने जात नै जाला जस्तो गर्नुहुन्छ’, उनले अगाडि भने । सविधानसभाबाट बनेको संविधान (अनुसूची) मा नै जनयुद्ध शब्द लेखिएको उल्लेख गर्दै उनले नेताहरुको ध्यानाकर्षण गराएका छन् । उनले अगाडि भने, ‘यदि जनयुद्ध ध्वंसात्मक मात्र हुन्थ्यो, गैरराजनीतिक र वैचारिक हुन्थ्यो भने संसारकै मोडल शान्ति प्रक्रिया भनेर आज जे भनिरखेका छौं,त्यो सम्भव हुने थिएन ।’

  • टीआरसी विधेयकले सबैलाई न्याय गर्छ : देउवा

    टीआरसी विधेयकले सबैलाई न्याय गर्छ : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यतालाई बोकेको बताएका छन् । बुधबार प्रतिनिधि सभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन माथिको छलफलमा बोल्दै उनले यो विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले स्वागत गर्ने विश्वास व्यक्त गरे ।

    ‘संसदमा प्रस्तुत यो विधेयकले संक्रमणकालीन न्यायको सबै आधारभूत मान्यता बोकेको छ । सत्यको अन्वेषण गर्ने, न्याय गर्ने र पीडितलाई परिपुरण गर्ने र द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था गरेको छ । यो विधेयक संक्रमणकालीन न्यायको मूल्य मान्यता, सर्वोच्च अदालतको फैसला र अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुसार रहेको छ’ कांग्रेस सभापति देउवाले भने ।

    यो विधेयक कानुन बने पश्चात सबै पीडितले न्यायको अनुभूति गर्ने विश्वास आफूले लिएको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने बताएका हुन् । सबै दलहरु मिलेकाले अब शान्ति प्रक्रिया मौलिक रुपमै टुंगोमा पुग्ने दिशातिर अगाडि बढेको पूर्वप्रधानमन्त्री देउवाले बताए । ‘‘अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको छ । यस विधेयकले सत्यको अन्वेषण गर्ने, पीडितलाई न्यायको अनुभूति र परिपुरणको व्यवस्था गरेको छ,’ उनले भने ।

    संक्रमणकालीन न्याय सम्बन्धी विधेयक अगाडि बढ्नुलाई ऐतिहासिक उपलब्धिको रुपमा ब्याख्या गर्दै उनले विधेयक कानुनमा रुपान्तरित भएसँगै सक्षम आयोग गठन हुने उनले बताए । ‘अब सक्षम आयोग गठन गर्नुपर्ने छ । यो प्रक्रियाको सहज अवतरण आयोगका माध्यमबाट हुनेछ’ उनले भने ।

    शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सबै दलहरु एक ठाउँमा रहेको भन्दै उनले थपेका, ‘मुलुकलाई अप्ठ्यारो पर्दा राजनीतिक दलहरु एक ठाउँमा उभिने गरेका छन् । यसपटक पनि सबै एक ठाउँमा उभिएका छौं ।’ सबै दलहरु मिलेकाले अब शान्ति प्रक्रिया मौलिक रुपमै टुंगोमा पुग्ने दिशातिर अगाडि बढेको पूर्वप्रधानमन्त्री देउवाले बताए ।

    २०६३ साल मंसिर ५ गते बृहत शान्ति सम्झौता भएपछि दश वर्ष लामो सशस्त्र द्वन्द्व अन्त्य भएको उल्लेख गर्दै उनले थपे, ‘शान्ति सम्झौता पछिको १८ वर्षको अवधिमा नेपालले हातहतियारको व्यवस्थापन, सेना समायोजन, संविधान सभाबाट संविधान जारी भइसकेका छन् ।’

    संविधान कार्यान्वयन गर्दै मौलिक शैलीमा नेपाललाई शान्तिको बाटोमा डोर्याउन नेपालीहरु सफल भएको उल्लेख गर्दै उनले थपे, ‘शान्ति प्रक्रियाको काम नसकिँदा पीडितको न्याय पाउने काममा बिलम्ब भएको थियो ।’ केही ढिलो भए तापनि नेपालले मौलिक शैलीमा शान्ति प्रक्रिया टुंगोमा पुर्याउन लागेको र यो विश्वका लागि उदाहरणीय र अनुकरणीय रहेको सभापति देउवाले बताए । ‘नेपालीहरु आफ्नो काम आफैं गर्न सक्छन् भन्ने यो सहमतिले सिद्ध गरेको छ । यो विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय रहेको छ,’ सभापति देउवाले भनेका छन् ।

  • टीआरसी विधेयकमा प्रधानमन्त्री के भन्छन् ?

    टीआरसी विधेयकमा प्रधानमन्त्री के भन्छन् ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा देखिएको लोकतन्त्र विरोधी प्रवृत्तिप्रति सरकार सजग रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधानको रक्षा र परिपालनामा सरकारको तर्फबाट कुनै कमी नहुने बताए । अहिले लोकतन्त्रका विरुद्ध केही प्रवृत्ति देखा पर्न थालेको भन्दै उनले भने, ‘कहाँ पुग्ने थाहा छैन, के बनाउने थाहा छैन, तर प्रणालीभन्दा बाहिर सामाजिक सीमाहरुको वास्ता नगरेर चल्ने केही प्रवृत्ति प्रकट भएका छन् ।’

    केही कमजोरी वा बान्छित उपलब्धि हासिल नभएको हुनसक्ने उनले बताए । तर त्यसलाई अतिरञ्जनाका साथ प्रस्तुत गरेर प्रणालीविरुद्ध जाने अभिव्यक्ति प्रकट भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘म सिंगो सदनलाई भन्न चाहन्छु सरकार यस मामिलामा सजग छ ।’ सम्बोधनका क्रममा उनले लोकतन्त्रका लागि गरेको बलिदान ख्याल नभएको बताए । ‘हामी कठिन बाटो हिँडेर यो प्रणाली स्थापना गरेका हौं,’ उनले भने, ‘धेरै जनताको रगत बगेको छ । कोही निर्वासनमै बस्नुपर्यो, निर्वाचित प्रधानमन्त्री अकारण जेल गएर बस्नु परेका दिनहरु हामीले याद गरेका छौं ।’

    त्यो बेला एकछिन अधिनायकवादले जितेजस्तो देखिए पनि लोकतन्त्रको विकल्प नभएको ओलीले बताए । संघीय लोकतान्त्रिक संविधान पनि आफूहरुले मिलेर बनाएको प्रधानमन्त्री ओलीले स्मरण गरे । अहिले सत्ता पक्षले संविधान संशोधन गर्नुको अर्थ प्रतिगमन नभएको उनले बताए । तानाशाहीविरुद्ध लडेर आएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले प्रतिगमन गर्छौं भनेर कसरी सोच्न सकिन्छ रु त्यस ९तानाशाही० माथि त हाम्रो विश्वास छैन । हाम्रो विश्वास लोकतन्त्रमाथि छ, त्यसकारण लोकतन्त्रका लागि लडेका हौं ।’

    लोकतान्त्रिक मूल्य मान्यता अझ बढी सुदृढ गर्दै सुशासन र विकासका कामका संविधानका धाराहरु फेरबदल गर्न सकिने उनले बताए । ‘संविधान संशोधन गर्न सकिन्छ भन्नुको अर्थ जे मन लाग्यो, त्यही गर्छौं भन्ने होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधानका आधार मूल्य मान्यता, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशीता मास्न हामी तयार छौं र ? म त तयार छैन ।’