काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई हटाएको विषयमा आपत्ति व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सरकारको उक्त निर्णयप्रति निन्दा व्यक्त गरेका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ भने नयाँ कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त… Continue reading कुलमान हटाउने निर्णयको प्रचण्डबाट कडा प्रतिवाद
Category: बिचार
शहरी विकास मन्त्रीलाई बालेनको झटारो, काम कहिले गर्ने ?
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई प्रश्न गरेका छन् । अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने लगायतका काम कहिले गर्ने भन्दै उनले प्रश्न गरेका हुन् । सामाजिक सञ्जालमार्फत सिंहलाई प्रश्न गर्दै उनले भनेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने,… Continue reading शहरी विकास मन्त्रीलाई बालेनको झटारो, काम कहिले गर्ने ?
इतिहास बनेकाले टाउको उठाउन खोज्दैछन्, सफल हुँदैनन् : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहास बनिसकेकाहरूले पुनः टाउको उठाउने कोसिस गरिरहेको भन्दै त्यो सम्भव नहुने बताएका छन् । शनिबार चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सरकारमा रहेका दलहरूको कामकै कारण इतिहास बनिसकेकाहरूले टाउको उठाउने… Continue reading इतिहास बनेकाले टाउको उठाउन खोज्दैछन्, सफल हुँदैनन् : प्रचण्ड
पूर्वराजा गोर्खा दरबारमा, के भने ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशवासीको सुख र समृद्धिको कामना गरेका छन् । शनिबार गोरखा पुगेका पूर्वराजा शाहले गोरखकाली मन्दिरमा पूजाअर्चना गरिसकेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सुख र समृद्धिको कामना गरेका हुन् । उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए । ‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको पनि… Continue reading पूर्वराजा गोर्खा दरबारमा, के भने ?
राजावादीलाई टक्कर दिन एमालेले आन्दोलन गर्ने
काठमाडौं । नेकपा (एमाले) ले मुलुकमा हाल भइरहेको प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ । एमालेले चैत ११ गते एकै दिन एकै समय देशैभरि सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको हो । तीन महिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३०… Continue reading राजावादीलाई टक्कर दिन एमालेले आन्दोलन गर्ने
जनता चनाखो छन्, हाहाहुहु गर्दैमा व्यवस्था परिवर्तन हुँदैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनता चनाखो रहेकाले लोकतान्त्रिक व्यवस्था हटाएर उथलपुथल हुन नसक्ने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले हाहाहुहु गर्दैमा व्यवस्था परिवर्तन हुन नसक्ने टिप्पणी गरे । ‘केही मान्छेहरूलाई भ्रम छ नेपालमा पनि अरु केही देशहरूमा जस्तै उथलपुथल हाहाहुहु गरेको भरमा हुन्छ भन्ने,’ ओलीले… Continue reading जनता चनाखो छन्, हाहाहुहु गर्दैमा व्यवस्था परिवर्तन हुँदैन : प्रधानमन्त्री
गिरिजा प्रसादलाई सम्झिँदै प्रचण्डले के भने ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरमा हस्ताक्षर गर्दाको तस्वीर साझा गर्दै गिरिजाप्रसाद कोइरालालाई सम्झिएका छन् । कोइरालाको १५औं स्मृति दिवसको अवसरमा सम्मान प्रकट गर्दै प्रचण्डले कोइरालासँगको तस्वीर साझा गरेका हुन् । ‘नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवसको… Continue reading गिरिजा प्रसादलाई सम्झिँदै प्रचण्डले के भने ?
स्ववियू निर्वाचनको नतिजाबाट उत्साहित माओवादी, के भन्छन् प्रचण्ड ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्ववियु निर्वाचनको नतिजा उत्साहप्रद भएको बताएका छन् । अहिलेसम्मको नतिजाले सचेत एवं वौद्धिक युवा वर्ग माओवादी केन्द्रको साथमा रहेको पुष्टि गरेको प्रचण्डको बुझाइ छ । आज बिहान सामाजिक सन्जाल फेसबुकमा प्रचण्डले लेखेका छन्, ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा… Continue reading स्ववियू निर्वाचनको नतिजाबाट उत्साहित माओवादी, के भन्छन् प्रचण्ड ?
सामाजिक सञ्जालमा आएका टिका-टिप्पणीबारे सेनाले बोल्यो
काठमाडौं । नेपाली सेनाले संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न कटिबद्ध रहेको स्पष्ट पारेको छ । केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न खाले टीकाटिप्पणी हुन थालेपछि बुधबार जंग्गीअड्डाले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो । नेपाली सेना संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध नभएको आशय आउने गरी विभिन्न प्रचार भइरहेका थिए । त्यसतर्फ इंगित… Continue reading सामाजिक सञ्जालमा आएका टिका-टिप्पणीबारे सेनाले बोल्यो
रास्वपा सांसद गौतम भन्छिन् : गैरआवासीय नेपालीलाई भिसा आवश्यक छैन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले गैरआवासीय नेपालीलाई भिसा दिने प्रावधान आपत्तिजनक रहेको टिप्पणी गरेकी छिन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने बनेको प्रतिस्थापन विधेयक’माथिको दफावार छलफलमा भाग लिने क्रममा उनले यस्तो बताएकी हुन् । गौतमले बाध्यता र अन्य कारणले बाहिर… Continue reading रास्वपा सांसद गौतम भन्छिन् : गैरआवासीय नेपालीलाई भिसा आवश्यक छैन
दरबार हत्याकाण्ड छानविनबारे फेरी बोले प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनु पर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताएका छन् । समाजवादी मोर्चाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भूमिगतकालदेखि नै आफूले यो विषय उठाएको बताए । ‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं । त्यसबेलै हामी निष्पक्ष छानबिनको कुरा… Continue reading दरबार हत्याकाण्ड छानविनबारे फेरी बोले प्रचण्ड
पूर्वविशिष्ट व्यक्तिको सुविधाका नामको वेथिति रोकौं : गगन
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राज्यका पूर्वविशिष्टलाई सुविधा दिने नाममा भइरहेको बेथिति रोक्न कानुनी प्रबन्ध गर्नुपर्ने बताएका छन् ।स्पष्ट कानुनी प्रबन्ध नभएकै कारण मन्त्रिपरिषद्बाट निर्णय गरेर जति चाह्यो त्यति सुविधा दिने बेथिति कायम रहेको उनको भनाइ छ । ‘पहिले पहिले विदेशमा उपचार गरेको भन्दै मन्त्रिपरिषद्बाट मनलाग्दी रकम दिने चलन थियो । तपाईंको छोरो… Continue reading पूर्वविशिष्ट व्यक्तिको सुविधाका नामको वेथिति रोकौं : गगन
पूर्वराजाविरुद्ध प्रचण्ड आक्रामक : भाइमारादेखि सुन तस्करसम्मको आरोप
पूर्वराजाविरुद्ध प्रचण्ड आक्रामक ः भाइमारादेखि सुन तस्करसम्मको आरोपकाठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले पूर्वाराजालाई भाइमारा देखि सुन तस्करसम्म भन्न भ्याए । उनले आफू पहिलोचोटी प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डबारे छानबिन गरी भाइमारा र राजद्रोहीलाई ठेगान लगाउन खोजेको समेत बताए । २०६४ चैत २८ मा… Continue reading पूर्वराजाविरुद्ध प्रचण्ड आक्रामक : भाइमारादेखि सुन तस्करसम्मको आरोप
प्रचण्ड भन्छन् : अबको एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डालाई पुनः अगाडि बढाइएको बताएका छन् । मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै प्रचण्डले सरकारले संविधान संशोधनको विषय अगाडि बढाएसँगै आफूहरूले संविधान सभामै राखेको एजेण्डलाई पुनः अगाडि सारेको बताए । ‘अबको आवश्यकता… Continue reading प्रचण्ड भन्छन् : अबको एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख
संविधान पक्षधरबीच समझदारी आवश्यक : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अहिले देशमा केही भएको छैन भन्ने अहंकार कसैले राख्नु नहुने बताएका छन् । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालको सम्बोधनपछि धारणा राख्दै उनले यस्तो बताएका हुन् ।… Continue reading संविधान पक्षधरबीच समझदारी आवश्यक : गगन थापा
प्रचण्डले मंगलबार संसदमा सम्बोधन गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्ष दल माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा अध्यक्ष दाहालले सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको संसदमा बोल्नका लागि संसदसँग… Continue reading प्रचण्डले मंगलबार संसदमा सम्बोधन गर्ने
राष्ट्रपति र प्रधानमन्त्रबीच शितल निवासमा भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। पछिल्लो समय व्यवस्थामाथि नै प्रश्न गर्दै राजावादी दलहरुले माहोल तताइरहेको समयमा उनीहरुबीच भेट भएको हो ।
नारालाई व्यवहारमा कार्यान्वयन गर्न अझ सशक्त बन्नुपर्ने
न्युयोर्क प्रत्येक वर्ष मार्च ८ का दिन गर्विलो नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस अर्थात् महिला श्रमिक दिवस मनाइन्छ । यस वर्ष “Accelerate Action” for gender equality भन्ने सन् २०२५ को लागि चयन गरेको नाराका साथ नारी दिवस विश्वभर मनाइदैं छ । सरकारी तथा गैरसरकारी संस्थाहरुको पनि दिवस मनाउँने तयारी व्यापक देखिन्छ । हामीले कुनै पनि… Continue reading नारालाई व्यवहारमा कार्यान्वयन गर्न अझ सशक्त बन्नुपर्ने
अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवले के दिए सुझाव
काठमाडौं । अर्थ मन्त्रालयले पूर्व अर्थ सचिवहरुसँग अर्थतन्त्र सुधारबारे छलफल गरेको छ ।पूर्व अर्थ सचिवहरुले अर्थतन्त्रमा थप सुधारका लागि बोल्ड कदम चाल्न सुझाव दिएका छन् ।अर्थ मन्त्रालममा आयोजित कार्यक्रममा उनीहरुले प्रतिफल नदिने आयोजनाहरुमा निर्मतापूर्वक कैची चलाउन, ठूला आयोजनामा केन्द्रित हुन, वित्तीय संघीयतालाई प्रभावकारी बनाउन, पूँजीगत खर्चका लागि सम्बन्धित मन्त्रालय र विभागहरुलाई उत्तरदायी बनाउन, संघ, प्रदेश… Continue reading अर्थतन्त्र सुधारबारे पूर्व अर्थसचिवले के दिए सुझाव
शिवरात्रीका अवसरमा राष्ट्रपतिको सन्देश : पशुपति समस्त हिन्दुको गौरव हो
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताएका छन् । महाशिवरात्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै उनले भने, “नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको… Continue reading शिवरात्रीका अवसरमा राष्ट्रपतिको सन्देश : पशुपति समस्त हिन्दुको गौरव हो
नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध : परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव प्रतिबद्ध रही आएको बताएकी छिन् । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले सीमित स्रोत साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनका क्षेत्रमा नेपाल विश्वकै अग्रपंक्तिको राष्ट्रका रुपमा रहँदै आएको बताएकी हुन् । ‘नेपालको वर्तमान संविधानले… Continue reading नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्ध : परराष्ट्रमन्त्री
प्रधानमन्त्री भन्छन् : राधिकाले मलाई भित्राएकी हुन्
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम महिला राधिका शाक्यले आफूलाई विवाह गरेर घर भित्र्याएको बताएका छन्। शनिबार श्रीमती राधिकाको आत्मकथा करूणा लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले राधिकालाई नभई राधिकाले चाहीँ आफूलाई विहे गरेर भित्र्याएको बताए । त्यो कुरा उनले पुस्तकमा पनि उल्लेख रहेको प्रधानमन्त्री ओलीले बताए। ‘उनले ठीकै लेखेकी छन् कि मलाई केपी… Continue reading प्रधानमन्त्री भन्छन् : राधिकाले मलाई भित्राएकी हुन्
विपि र प्रचण्ड यूगनायक हुन् : वर्षमान
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले बीपी र प्रचण्ड युगनायक भएको बताएका छन् । झापामा शुक्रबार आयोजित एक कार्यक्रममा पुनले नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युग परिवर्तन गर्ने आन्दोलनको नेतृत्व गरेको बताए । कोही इतिहास बदल्ने नेता र कोही नियमित नेता हुन्छन् भन्दै पुनले यी दुई… Continue reading विपि र प्रचण्ड यूगनायक हुन् : वर्षमान
ट्रम्पलाई बालेनको मेन्सन : हाम्रा रत्न फिर्ता देउ, हामी आफ्नो देश बनाउँछौं
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन् । उनले अमेरिका र अन्य देशबीचको सम्बन्ध तथा अमेरिकी आप्रवासन नीति (डीभी लट्रीं बारे धारणा सार्वजनिक गर्दै अमेरिका बाहिरी श्रमिकहरूमा निर्भर र अल्छी रहेको आरोप लगाएका छन् । भूमी सम्बन्धी अध्यादेश जारी भएपछि बालेनको कटाक्ष उनले… Continue reading ट्रम्पलाई बालेनको मेन्सन : हाम्रा रत्न फिर्ता देउ, हामी आफ्नो देश बनाउँछौं
ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई किन भने तानासाह ?
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की ‘तानाशाही’ भनेका छन् । जेलेन्स्कीले युक्रेनको बारेमा रुसले गलत सूचना फैलाइरहेको र त्यसबाट ट्रम्प पनि भ्रममा परेको टिप्पणी गरेपछि ट्रम्पले जेलेन्स्कीबारे कडा टिप्पणी गरेका हुन् । उनले सोसल मिडिया ट्रुथ सोसलमा जेलेन्स्कीलाई चुनावविना राष्ट्रपति बनेको तानाशाहको संज्ञा दिएका हुन् । रुसलाई घातक हतियार प्रयोग गर्नबाट… Continue reading ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई किन भने तानासाह ?
कुलमानले टेरेनन्, लगाम लगाउनु पर्छ : ऊर्जा मन्त्री
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको बताएका छन् । डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा घिसिङसँग रुष्ट रहेका ऊर्जामन्त्री खड्काले प्राधिकरण सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेको समेत आरोप लगाए । कुलमानलाई सरकारले पुनः सोध्यो स्पष्टीकरण ‘प्राधिकरणको सञ्चालक समितिले निर्णय गर्छ, उहाँ कार्यान्वयन गर्नुहुन्न, सरकारलाई टेर्नुहुन्न,’… Continue reading कुलमानले टेरेनन्, लगाम लगाउनु पर्छ : ऊर्जा मन्त्री
पूर्वराजा ज्ञानेन्द्रको सन्देश : व्यवस्था बदल्नले अवस्था बदल्न सकेनन्
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्था बदल्नेबाट नागरिकको अवस्था परिवर्तन हुन नसकेको बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश प्रसारित गर्दै शाहले व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद् भएको टिप्पणी गरेका हुन् । राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न आफूलाई साथ दिन नागरिकलाई उनले आह्वान गरे । जनताको भलोका लागि आफूले… Continue reading पूर्वराजा ज्ञानेन्द्रको सन्देश : व्यवस्था बदल्नले अवस्था बदल्न सकेनन्
प्रधानमन्त्री आज दाङ जादैं, लुम्बिनी प्रदेश सभामा सम्बोधन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाने भएका छन् । उनी बिहान नेपाली सेनाको हेलिकोप्टरबाट ओली दाङ जानेछन् । उनले आज मध्याह्न दाङ देउखुरीस्थित लुम्बिनी प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । सदरमुकाम घोराहीमा आयोजित जनसभालाई पनि उनले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । संसदको प्रश्नोत्तरमा प्रधानमन्त्री : विपक्षी सांसदसँग झर्किए जनसभा शहीदमञ्चमा… Continue reading प्रधानमन्त्री आज दाङ जादैं, लुम्बिनी प्रदेश सभामा सम्बोधन
संसदको प्रश्नोत्तरमा प्रधानमन्त्री : विपक्षी सांसदसँग झर्किए
काठमाडौं । आफ्नो भारत भ्रमणबारे सोधिएको प्रश्नको जबाफ नदिई प्रधानमन्त्री केपी ओलीले संसद्मा प्रश्नोत्तर सकाएका छन्। आइतवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर राखिएको थियो। पूर्वनिर्धारित कार्यसूची अनुसार १० जना सांसदहरूले दर्ता गराएका प्रश्नको जबाफ दिन प्रधानमन्त्री ओली रोष्ट्रममा उक्लिएका थिए। प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अन्तिम पालो आम जनता पार्टीका सांसद प्रभु साहको थियो। साहले वैदेशिक रोजगारीमा… Continue reading संसदको प्रश्नोत्तरमा प्रधानमन्त्री : विपक्षी सांसदसँग झर्किए
प्यूठान कांग्रेस सूर्य थापासँग किन बिच्कियो ?
काठमाडौं । नेपाली कांग्रेस प्युठानले प्युठानले नेकपा एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाका व्यवहार र गतिविधिको विरोध गरेको छ।कांग्रेसका प्युठान जिल्ला सभापति विष्णु गिरीले विज्ञप्ति जारी गरी सांसद थापाको व्यवहारको विरोध गरेका हुन्। गिरीले सांसद थापामाथि फागुन १ गते झिमरुक गाउँपालिका – ५ मा भएको नेपाल टेलिकमको टु जी र फोर जी विस्तार कार्यक्रम… Continue reading प्यूठान कांग्रेस सूर्य थापासँग किन बिच्कियो ?