एकता घोषणा सभामा प्रचण्डले गरे जेन जी आन्दोलनको चर्चा

१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दश पार्टीबीच ऐतिहासिक एकता निर्माणमा हुनुमा जेन–जी आन्दोलनको पनि प्रमुख भूमिका रहेको बताएका छन्। पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले जेन–जी आन्दोलनको बलिदानले पार्टी सच्चिनुपर्छ भन्ने उजागर गरेको बताएका हुन्। ‘२३ भदौमा जेन–जी हजारौं संख्यामा जेन–जी युवा सडकमा आएर भ्रष्टाचारविरुद्ध सुशासनको पक्षमा तथा… Continue reading एकता घोषणा सभामा प्रचण्डले गरे जेन जी आन्दोलनको चर्चा

यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

काठमाडौँ, १८ कात्तिकः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । उनले विद्युतीय गाडीको प्रयोग बढिरहेको र भन्सामा प्रयोग… Continue reading यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : सार्वजनिक खर्च मितव्ययी गर्नुस

काठमाडौँ, १७ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न र सार्वजनिक कोषको प्रभावकारी एवं नतिजामूलक उपयोग गर्न निर्देशन दिएकी छिन् । उनले नयाँ पुस्ताले सुम्पेको समृद्धि, विकास, सुशासन, समानता र भ्रष्टाचारविहीन शासकीय प्रबन्धको सुनिश्चितता गर्न निर्देशन दिइन् । वर्तमान सरकार गठन भएपछि सम्पन्न भएका कार्यप्रगतिको विवरण दिन आज आयोजित मन्त्री र सचिवहरूको… Continue reading मन्त्री र सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : सार्वजनिक खर्च मितव्ययी गर्नुस

प्रचण्डसँग बिच्किए जनार्दन, प्रचण्डले भने : अराजक

१५ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाएको आरोप लगाएका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार बैठक राम्रो किसिमले चलिरहेको थियो तर आफ्ना कुरा राखेपछि शर्मा बाहिरिएका थिए । दाहालले शर्माको त्यो शैली… Continue reading प्रचण्डसँग बिच्किए जनार्दन, प्रचण्डले भने : अराजक

छठ पर्वले राष्ट्रिय एकता सुदृढ बनाउने छ : राष्ट्रपति

१० कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले नेपालीको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।छठ पर्व २०८२ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरिति एवं विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि… Continue reading छठ पर्वले राष्ट्रिय एकता सुदृढ बनाउने छ : राष्ट्रपति

छठमा प्रधानमन्त्रीको शुभकामना : नेपालबीच एकता र सद्भावको खाँचो

rss

१० कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सूर्य आराधनाको महान् पर्व छठका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सद्भाव र लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहन सबैलाई आग्रह गरेकी छन् । शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले अहिलेको अवस्थामा सबै नेपालीबीच अझै बढी एकता र सद्भावको खाँचो औंल्याएकी छन् । सत्य, अहिंसा र प्रकृतिप्रेममा अभिप्रेरित यो पर्वले… Continue reading छठमा प्रधानमन्त्रीको शुभकामना : नेपालबीच एकता र सद्भावको खाँचो

सडकमा प्रदर्शन नगर्न गृहमन्त्रीको आग्रह

८ कात्तिक, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि रासससँगको कुराकानीमा उनले सरकार संवादका लागि तयार रहेको बताए । “राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ । संवादमा आउनुपर्‍यो । संवाद गर्न सरकार तयार छ । सडकमा… Continue reading सडकमा प्रदर्शन नगर्न गृहमन्त्रीको आग्रह

चुनावमा सहकार्य गर्न प्रधानमन्त्रीको अपिल

rss

५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा सहकार्य गर्न अपिल गरेकी छिन् । नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अपिल गरेकी हुन् । नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध भएको बताउँदै उनले सचेत नागरिकको भूमिका निर्वाह गर्न समेत… Continue reading चुनावमा सहकार्य गर्न प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री र जेन-जी आन्दोलनका घाइतेहरुबीच भेट, के भयो कुराकानी ?

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको छ। घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन्। भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।… Continue reading प्रधानमन्त्री र जेन-जी आन्दोलनका घाइतेहरुबीच भेट, के भयो कुराकानी ?

महावीरले मन्त्री भएपछि गरे पहिलो पत्रकार भेटघाट, के भने ?

RSS

३ कात्तिक, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिको प्रतिवेदनमा प्राप्त सुझावका आधारमा मन्त्रालयले उपयुक्त कदम चाल्ने बताएका छन् । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आज पत्रकार सम्मेलन आयोजना गरी उनले खोजबिन समितिले औँल्याएका केही विषय कार्यान्वयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने बताए । “त्रिभुवन विश्वविद्यालयको जग्गा हड्पेर धेरै वर्षदेखि… Continue reading महावीरले मन्त्री भएपछि गरे पहिलो पत्रकार भेटघाट, के भने ?

तिहारमा राष्ट्रपतिको सन्देश : पर्वले एकताको सुत्रमा बाध्ने छ

३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गरेका छन् । तिहारको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा आज एक सन्देश जारी गर्दै उनले सुख, शान्ति, समृद्धि एवम उत्तरोत्तर प्रगतिको कामना गरेका हुन् । ‘नेपाल… Continue reading तिहारमा राष्ट्रपतिको सन्देश : पर्वले एकताको सुत्रमा बाध्ने छ

प्रधानमन्त्रीबाट तिहारको सन्देश : एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति हो

rss

३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, नेपाल संवत्को नयाँ वर्ष ११४६, छठ लगायतका पर्वका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई उक्त शुभकामना व्यक्त गरेकी हुन्… Continue reading प्रधानमन्त्रीबाट तिहारको सन्देश : एकताबद्ध रहने हाम्रो मौलिक संस्कृति हो

विपिनको निधन नेपाली अर्थ व्यवस्थाको डरलाग्दो ऐना हो : कुलमान

३ कात्तिक, काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङले विपिन जोशीको निधन केवल एउटा दुःखद समाचार मात्र नभई नेपाली राष्ट्रिय आर्थिक व्यवस्था र प्रणालीको एउटा डरलाग्दो ऐना भएको बताएका छन् । उनी लेख्छन्, ‘एउटा यस्तो ऐना, जहाँ हाम्रा होनहार युवाका सपना, उनीहरूको भविष्य, र कहिलेकाहीँ त उनीहरूको जीवन नै हराएर जान्छ।’ आज तीन बजे विपिनको शव… Continue reading विपिनको निधन नेपाली अर्थ व्यवस्थाको डरलाग्दो ऐना हो : कुलमान

केपी ओलीको चूनौति : मेरो सम्पत्ति छानबिन गर, बयान दिन जान्न

काठमाडौँ, २ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नोसहित शङ्का लागेका सबैको सम्पत्ति निष्पक्ष ढङ्गबाट छानबिन गर्न चूनौति दिएका छन् । प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू… Continue reading केपी ओलीको चूनौति : मेरो सम्पत्ति छानबिन गर, बयान दिन जान्न

जेनजी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन् : प्रचण्ड

काठमाडौँ, १ कात्तिकः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन २१ गतेको निर्वाचन सफल पार्न सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताएका छन् । दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)ले आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको चियापान तथा शुभकामना आदाप्रदान कार्यक्रममा उनले… Continue reading जेनजी पुस्ता क्रान्तिकारी आन्दोलनका उत्तराधिकारी हुन् : प्रचण्ड

निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न युवा पुस्तालाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ, ३० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न ‘जेनजी’हरूलाई आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज प्रधानमन्त्रीसहित अन्तरिम सरकारका मन्त्री र जेनजी अभियान्तहरूसँगको छलफलमा उनले निर्वाचनलाई अवसरको रूपमा लिनुपर्ने बताए ।राष्ट्रपति पौडेलले युवा पुस्ताले चलाएको आन्दोलनको चाहनाअनुसारको देश बनाउन नयाँ निर्वाचनमार्फत जनादेश लिएर अगाडि… Continue reading निर्वाचनको महायज्ञलाई सफल पार्दै इतिहास रच्न युवा पुस्तालाई राष्ट्रपति पौडेलको आग्रह

एमालेको केन्द्रीय कमिटी बैठक सुरु, ओलीले गरे लामो सम्बोधन

तस्बिर: रासस

ललितपुर, २९ असोजः नेकपा ९एमाले०को दशौँँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ । जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढेको दृष्टान्त प्रस्तुत गर्दै राष्ट्रिय… Continue reading एमालेको केन्द्रीय कमिटी बैठक सुरु, ओलीले गरे लामो सम्बोधन

राष्ट्रपति पौडेलद्वारा विपिनको निधनप्रति दुःख व्यक्त

काठमाडौँ, २९ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सिक्दै र कमाउँदै कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । उनले आज सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्यालेस्टिनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूले समेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात् जोशीको निधन भएको खबरले स्तब्ध भएको… Continue reading राष्ट्रपति पौडेलद्वारा विपिनको निधनप्रति दुःख व्यक्त

सार्वजनिक भए देउवा, कांग्रेस बैठकमा गरे यस्तो सम्बोधन (पूर्ण पाठसहित)

सभापति देउवा ललितपुर, २८ असोजः नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा मङ्गलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै पार्टी सभापति शेरबहादुर देउवा । तस्बिरः गोपाल दाहाल÷रासस

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज सार्वजनिक स्थलमा देखा परेका छन् । जेन जी आन्दोलनका दौरान देउवा दम्पत्तिमाथि कुटपिट भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिन उनी आन्दोलनमा जलाइएको पार्टी कार्यालय पुगे । त्यहाँ उनले राष्ट्रियता र लोकतन्त्रका पक्षमा कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेको बताए ।… Continue reading सार्वजनिक भए देउवा, कांग्रेस बैठकमा गरे यस्तो सम्बोधन (पूर्ण पाठसहित)

लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

राष्ट्रपतिकाे कार्यालय शीतल निवासमा शुक्रबार बसेकाे सर्वदलीय बैठकमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीलगायत मन्त्रीगण, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू । तस्बिर : प्रदीपराज वन्त / रासस

काठमाडौँ, २४ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित अन्तरिम सरकारका प्रतिनिधिसहितको सर्वदलीय बैठकमा उहाँले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा जान राजनीतिक दलहरूलाई सुझाव दिनुभएको हो । राष्ट्रपति पौडेलले शान्ति सुरक्षाको आवश्यक… Continue reading लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : प्रचण्ड

काठमाडौँ, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका पक्षमा आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताएका छन् । प्रेस सन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित सम्पादकरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले जिम्मेवार राजनीतिक दल, नागरिक समाज, बौद्धिक जगत् तथा आमसञ्चारमाध्यमको ध्यान निर्वाचनको वातावरण तयार गर्नेतर्फ… Continue reading निष्पक्ष निर्वाचनका पक्षमा माओवादी केन्द्र अडिग छ : प्रचण्ड

‘प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले’

भक्तपुर, २३ असोज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने धारणा व्यक्त गरेका छन् । एमालेको भक्तपुर जिल्ला कमिटीद्वारा आज गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको र त्यसमा नेपाली कांग्रेस पनि सहमत हुने विश्वास व्यक्त गरे । सम्बोधनका क्रममा अध्यक्ष ओलीले… Continue reading ‘प्रतिनिधिसभा पुनःस्थापनाका पक्षमा एमाले’

प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह

१५ असोज, पाटन । दण्डहीनतालाई प्रोत्साहन र प्रतिशोधको राजनीति नगर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयबाट यही असोज ९ गते जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिका आधारमा गरिएको परिपत्रले संविधानवाद, कानुनी राज्य र विधिको शासनमाथि प्रश्न उठाउने भन्दै पीडितलाई आतङ्कित गर्ने काम भएको… Continue reading प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह

दशैंलाई पूर्व राजाको सन्देश : अखण्ड नेपालको नवनिर्माण गरौं

१२ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भूराजनीतिक चक्रव्यूहमा नफसी अखण्ड नेपालको नवनिर्माण गर्नुपर्ने बताएका छन् । नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नै पर्ने भन्दै उनले अब बिगार्ने होइन, सपार्नेतिर अघि बढ्नुपर्ने धारणा राखेका छन् । दशैंको अवसरमा शुभकामना सन्देश दिँदै शाहले भनेका छन्, ‘कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैं… Continue reading दशैंलाई पूर्व राजाको सन्देश : अखण्ड नेपालको नवनिर्माण गरौं

नयाँ पुस्ताले सिंहदरबारमा आगो लगाएका होइनन्, घुसपेठ भयो : ओली

११ असोज, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति, सुव्यवस्था कायम गर्नुपर्नेमा जोड दिएका छन् । युवा सङ्घ नेपालले आज गुण्डुमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले शान्तिप्रिय नेपालीको परिचय बनाएका हामीले देशमा शान्ति, सुव्यवस्था कायम गरेर आफ्नो त्यो छवि कायम गर्नुपर्ने बताए । भ्रष्टाचार नियन्त्रण, सुशासन… Continue reading नयाँ पुस्ताले सिंहदरबारमा आगो लगाएका होइनन्, घुसपेठ भयो : ओली

विकास साझेदारसँग अर्थमन्त्रीको छलफल : मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने

११ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने प्रतिबद्धता जनाएका छन् । अर्थ मन्त्रालयमा स्थानीय दातृ निकायका प्रमुखहरुसँग आज भएको बैठकमा उनले खर्च कटौतीमार्फत जेनजी प्रदर्शनका क्रममा जलाइएका भौतिक संरचनाको पुनःनिर्माण गरिने बर्ता । बैठकमा मन्त्री खनालले विकास साझेदारले नेपालको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएकामा धन्यवाद दिए ।… Continue reading विकास साझेदारसँग अर्थमन्त्रीको छलफल : मितव्ययिताका माध्यमबाट पुनःनिर्माण अघि बढाइने

‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री

९ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा दह्रिलोसँग उभिने बताएका छन् । आज मन्त्रिपरिषद्को बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याण्डेड’सहित वर्तमान सरकार निर्माण भएको स्पष्ट पा।रे । “सरकारले आफ्नो उद्देश्य पूरा गर्न सकेन भने प्रश्न उठ्छ”, उनले भने । जेनजी प्रदर्शनका क्रममा भएका घटनाको… Continue reading ‘म्याण्डेड’ पूरा गर्न नसके सरकारमाथि प्रश्न उठ्छ : गृहमन्त्री

विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपाय खोज्दैछौं : प्रधानमन्त्री

rss

९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताएकी छिन् । गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक… Continue reading विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपाय खोज्दैछौं : प्रधानमन्त्री

प्रधानमन्त्रीद्धारा राष्ट्रका नाममा सम्बोधन (पूर्ण पाठ)

rss

९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै ‘जेनजी’ आन्दोलनले उठाएका आवाजलाई सम्बोधन गर्न सबैले हातेमालो गर्नुपर्ने अवस्था आएको बताएकी छिन् । आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “प्रदर्शनका क्रममा जीवन गुमाउने योद्धालाई सहिद घोषणा गरी निजका शोकसन्तप्त परिवारलाई… Continue reading प्रधानमन्त्रीद्धारा राष्ट्रका नाममा सम्बोधन (पूर्ण पाठ)

आजबाट शिक्षामन्त्रीको मन्त्रालयमै बास, कर्मचारीलाई दिए तीन निर्देशन

८ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमत्री डा महाविर पुनले मन्त्रालयलका कर्मचारीलाई आज तीन वटा दिएका छन् । मन्त्रालयमा आज ब्रिफिङका क्रममा उनले नेपाल भरका सामुदायिक माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीहरू कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भन्ने उद्देश्यले पठनपाठनको लागि हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य थप्नुपर्ने बताए । उनले भने, “केही विश्वविद्यालयहरूले परीक्षा… Continue reading आजबाट शिक्षामन्त्रीको मन्त्रालयमै बास, कर्मचारीलाई दिए तीन निर्देशन