चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछ : महामन्त्री थापा

नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरले काठमाडौँको भृकुटीमण्डपमा आइतबार आयोजना गरेको विशेष महाधिवेशनको विरुवामा पानी हालेर उद्घाटन गर्दै कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा । तस्बिरः गोपाल दाहाल / रासस

काठमाडौँ, २७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकमा हुने निर्वाचनमा हारजितभन्दा पनि जनतामा भरोसा जोगाउनुपर्ने विषय बढी महत्वपूर्ण भएको बताएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, “चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्दती र संविधान जोगाउनुपर्ने छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनुपर्ने… Continue reading चुनाव आउँछ, जान्छ, त्योभन्दा बढी जनताको भरोसा जोगाउनु पर्नेछ : महामन्त्री थापा

नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : विश्व प्रकाश

RSS

काठमाडौँ २७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नागरिक तहमा रहेका असन्तुष्टिका प्रत्येक तह (केस्राकेस्रा) केलाएर छलफल गरिने बताएका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आज यहाँ भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा सङ्कलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे… Continue reading नागरिक असन्तुष्टि केलाएर नयाँ सङ्कल्पका साथ अघि बढ्नेछौँ : विश्व प्रकाश

विशेश अधिवेशनमा गगन : कांग्रेस लास र दासहरुको पार्टी होइन

काठमाडौँ, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका असन्तुष्टि सुन्न र सम्बोधन गर्न पार्टीको विशेष महाधिवेशन बोलाइएको बताएका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा आजदेखि सुरु भएको विशेष महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देखिएको जनआक्रोसलाई राजनीतिक दलहरुले सम्बोधन गर्नुपर्ने बताए । उनले… Continue reading विशेश अधिवेशनमा गगन : कांग्रेस लास र दासहरुको पार्टी होइन

राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण : राष्ट्रपति

काठमाडौँ ,२७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले स–साना राज्यमा छरिएर रहेको नेपाल हालको अवस्थासम्म आइपुग्न हाम्रा धेरै पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको स्पष्ट पारे । राष्ट्रपति पौडेलले… Continue reading राज्य एकीकरणमा पूर्वजको योगदान महत्त्वपूर्ण : राष्ट्रपति

कुलमानले भने : रास्वपाले एकतर्फी रुपमा एकता तोड्यो

१२ दिन अगाडी एक भएका राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय उज्यालो पार्टीबीचको एकता भंग भएको छ । राष्ट्रिय उज्यालो पार्टीको अध्यक्ष बनेका कुलमान घिसिङले यो एकता एकतर्फी रुपमा रास्वपाको तर्फबाट भंग गरी आफुलाई जानकारी गराइएको जानकारी दिए । यस क्षणमा आफु दुखि भएको समेत उनको प्रतिक्रिया छ । रास्वपासँगको एकता भंगभएपछि उनले पत्रकार सम्मेलन गर्दै… Continue reading कुलमानले भने : रास्वपाले एकतर्फी रुपमा एकता तोड्यो

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने

नारायणगढ, (चितवन), २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भने, “उहाँसँग सरकारमै रहनुभएको समयमा हामीले सहमति गरेका थियौंँ ।… Continue reading घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने

राजनीतिमा राम्रो व्यवहार र संस्कार-समुन्नत लोकतन्त्रको आधार

तस्बिरः प्रदीपराज वन्त-रासस

कुमार न्यौपानेहाल : न्युयोर्क राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम मात्र होइन, यो राष्ट्र निर्माण, समाज रुपान्तरण र नागरिकको भविष्य सुरक्षित गर्ने सबैभन्दा प्रभावशाली माध्यम पनि हो । राजनीतिमा देखिने व्यवहार, सोच र नैतिकताले देशको वर्तमान मात्र होइन, भविष्यको दिशा पनि निर्धारण गर्छ । त्यसैले राजनीतिमा राम्रो व्यवहार, उच्च नैतिकता र परिपक्व राजनीतिक संस्कार अत्यन्त… Continue reading राजनीतिमा राम्रो व्यवहार र संस्कार-समुन्नत लोकतन्त्रको आधार

पदमा रहुञ्जेल देश र जनतालाई केन्द्रमा राखेर काम गरेँ : घिसिङ

काठमाडौँ, २३ पुस । मन्त्री पदबाट राजिनामा दिनुभएका कुलमान घिसिङले आफूले पदमा रहँदा देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेको बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले समयको दृष्टिले अवधि छोटो भए पनि महत्त्वपूर्ण नीतिगत सुधारको बलियो जग बसालिएको बताए । “इमान्दार प्रयास गरिए परिवर्तन सम्भव हुन्छ… Continue reading पदमा रहुञ्जेल देश र जनतालाई केन्द्रमा राखेर काम गरेँ : घिसिङ

टी–२० विश्वकपको ट्रफी पोखरामा

rss

कास्की, २२ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली खेलकुद क्षेत्रमा क्रिकेट खेलले खेलाडी र दर्शकलाई समेत उत्साहित बनाइएको बताएका छन् । आइसिसी टी–२० विश्वकप ‘ट्रफी टुर’ अन्तर्गत पोखरामा आज प्रदर्शन गरिएको विश्वकपको ट्रफी अवलोकन गर्दै उनले नेपालमा क्रिकेटमा छुट्टै आकर्षण बढेको उल्लेख गरे । “नेपाली खेलाडीले आइसिसीका प्रतियोगिता खेल्ने क्रम वृद्धि भएको छ… Continue reading टी–२० विश्वकपको ट्रफी पोखरामा

प्रचण्डले भने : निर्वाचनमा कुनै गठबन्धन हुँदैन

काठमाडौँ, २२ पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरिने स्पष्ट पारेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले भने, “कुनै गठबन्धन भएको छैन, हुँदैन पनि ।” अन्य राजनीतिक दलबीच भएको र हुनसक्ने गठबन्धनबाट नेकपा नडराएको जनाउँदै संयोजक दाहालले राष्ट्रियसभामा दलहरूबीच सिट… Continue reading प्रचण्डले भने : निर्वाचनमा कुनै गठबन्धन हुँदैन

मधेसमा शान्ति र सद्भाव कायम राख्न प्रदेश प्रमुख कर्णको अपिल

file

महेन्द्रनगर (धनुषा), २२ पुसः मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले पछिल्ला दिनहरूमा केही स्थानमा देखिएका अस्वाभाविक गतिविधि र असमझदारीप्रति चिन्ता व्यक्त गर्दै समाजमा शान्ति, सद्भाव र सामाजिक एकता कायम राख्न सबैमा अपिल गरेका छन् । उनले आज एक सन्देश जारी गर्दै मधेस विभिन्न भाषा, धर्म, संस्कृति र परम्पराको सुन्दर सङ्गमस्थल भएको उल्लेख गर्दै परापूर्वकालदेखि नै आपसी… Continue reading मधेसमा शान्ति र सद्भाव कायम राख्न प्रदेश प्रमुख कर्णको अपिल

निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम होः सभापति लामिछाने

काठमाडौँ, २२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले निर्वाचनमार्फत नै निकास पाउने बताएका छन् । राजधानीमा आयोजित रास्वपाको राजनीतिक समायोजन घोषणासभामा उनले समयमै निर्वाचन सम्पन्न गरी वर्तमान समस्यको निकास दिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताए । उनले मुलुकलाई निर्वाचनतर्फ लैजान सबै पक्षलाई आग्रह गर्दै बिथोल्ने प्रयास नगर्न चेतावनीसमेत दिए । “चुनाव… Continue reading निर्वाचन नै मुलुकलाई निकास दिने माध्यम होः सभापति लामिछाने

देशलाई यथास्थितिबाट माथि उठाउने बेला आएको छ : मन्त्री घिसिङ

भक्तपुर, २१ पुसः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यथास्थितिबाट माथि उठाएर देशको मुहार फेर्नुपर्ने बेला आएको बताएका छन् ।भक्तपुरमा आज नागरिक भेटघाट एवं छलफल कार्यक्रममा उहाँले अब हरेक नागरिकले आफ्ना लागिभन्दा देशका लागि केही दिऔँ भनेर अगाडि बढ्नुपर्ने बताए । मन्त्री घिसिङले भने, “देशले परिवर्तन खोजेको छ, त्यसैले यथास्थितिबाट माथि उठ्न मैले के पाएँ… Continue reading देशलाई यथास्थितिबाट माथि उठाउने बेला आएको छ : मन्त्री घिसिङ

भेनेजुयलामा तत्काल चुनाव गर्नु हुँदैन : अमेरिका

(Xinhua)

वासिङ्टन, २१ पुस (रासस–एएफपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको बताएका छन् । उनले अहिले भनेजुएलामा सरकारविशीन अवस्था रहेको तर यही अवस्थामा भेनेजुएलामा चुनाव गर्ने छलफल ‘अपरिपक्व’ धारणा हुने बताए । शनिबार अमेरिकी सेनाले मदुरोलाई पक्राउ गरेपछि भेनेजुयलामा के छिट्टै निर्वाचन हुनेछ भन्ने सवालको जवाफमा रुबियोले एनबिसीको ‘मिट… Continue reading भेनेजुयलामा तत्काल चुनाव गर्नु हुँदैन : अमेरिका

भरतपुर मुलुकको केन्द्रीय सहर भएको छ : सञ्चारमन्त्री खरेल

चितवन, १८ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भरतपुर मुलुकको केन्द्रीय सहरका रूपमा स्थापित भएको बताएका छन् । ‘सुनौलो नेपाल’ले आज यहाँ आयोजना गरेको ‘भरतपुर कन्क्लेभ’मा उनले भरतपुर अब पर्यटन, कृषि, पूर्वाधार, स्वास्थ्य र शिक्षाको सहरका रूपमा मात्रै सीमित नभई ‘सेन्टरल सिटी’ अर्थात् केन्द्रीय सहर भएको बताए । “जसरी अमेरिकाको राजधानी वासिङटन डिसी भए… Continue reading भरतपुर मुलुकको केन्द्रीय सहर भएको छ : सञ्चारमन्त्री खरेल

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा काठमाडौँमा बुधबार आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’सामूहिक पहल कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ, १७ पुस । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्न तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्यः सामूहिक पहल’ कार्यक्रममा उनले निर्वाचनमार्फत नयाँ जनादेश प्राप्त गरी संसद् पुनःस्थापना गर्नु अबको बाटो रहेको उल्लेख… Continue reading अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

समानुपातिकको बन्दसूचीमाथि आलोचित भएपछि रविले भने : सच्याउँछौं

कास्की, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फको समानुपातिक बन्दसूचीलाई आवश्यक पुनरावलोकन गरिने बताएका छन् । पोखरामा आज आयोजित पत्रकार भेटघाटमा उहाँले पार्टी एकता सहमति र निर्वाचन आयोगमा अन्तिम घडीमा सूची बुझाइएकाले केही गुनासो आएकाले विधिभन्दा बाहिर गएको भए त्यसलाई दुई दिनभित्रमा सम्बोधन गर्ने स्पष्ट पारे । उनले हाल… Continue reading समानुपातिकको बन्दसूचीमाथि आलोचित भएपछि रविले भने : सच्याउँछौं

निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध

अर्थमन्त्री रामेश्वर खनाल बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ, १६ पुसः अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको खस्केको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ विषयक कार्यक्रममा अर्थमन्त्री खनालले जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले पनि ठूलो क्षति व्यहोरेको उल्लेख गर्दै अर्थमन्त्री खनालले निजी क्षेत्र थप मनोबलका साथ उठ्न आवश्यक… Continue reading निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध

सरकार सुशासन कायम गर्न र चुनावतर्फ उन्मुख : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्की काठमाडौँमा बुधबार आयोजित ’शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रम उद्घाटन गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

१६ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताएकी छिन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा उनले राजनीतिक स्थिरता तथा विश्वास कायमगरी तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु… Continue reading सरकार सुशासन कायम गर्न र चुनावतर्फ उन्मुख : प्रधानमन्त्री

दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा काठमाडौँमा बुधबार आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’सामूहिक पहल कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उपसभापति डोलप्रसाद ‘डिपी ’अर्याल । तस्बिरः प्रदीपराज वन्त/रासस

काठमाडौँ, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले दिगो शान्ति बिना मुलुकमा समृद्धि सम्भव नहुने र समृद्धि बिनाको शान्ति स्थायी नहुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आज यहाँ आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य—सामूहिक पहल’ कार्यक्रममा अर्यालले सबै क्षेत्रको सहकार्यबाटै शान्ति र समृद्धि सम्भव रहेको बताए । गत भदौ २३… Continue reading दिगो शान्ति बिना समृद्धि सम्भव छैन : उपसभापति अर्याल

असन्तुष्टि सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महत काठमाडौँमा बुधबार आयोजित ’शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा मन्तव्य राख्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस

काठमाडौँ, १६ पुस । नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नागरिक असन्तुष्टिलाई शान्तिपूर्ण तरिकाले सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ कार्यक्रममा महतले सुशासन र स्थिरताबिना समृद्धिको परिकल्पना गर्न नसकिने बताए । “असन्तुष्टि प्रकट हुनु स्वाभाविक हो । तर त्यसको अभिव्यक्ति पनि… Continue reading असन्तुष्टि सम्बोधन गर्नुपर्छ : कांग्रेस प्रवक्ता महत

सुरक्षा प्रत्याभूतिका लागि ठोस कदम चाल्न निजी क्षेत्रको आग्रह

काठमाडौँ, १६ पुस । निजी क्षेत्रका छाता संस्थाहरूले लगानीयोग्य वातावरण सिर्जना गर्न तथा व्यवसायको सुरक्षा प्रत्याभूतिका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरेका छन् । ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य–सामूहिक पहल’ शीर्षकको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको सुरक्षा सुनिश्चित गरी मनोबल उकास्न सरकारसँग आग्रह गर्नुभयो । उनले निजीक्षेत्र संरक्षण… Continue reading सुरक्षा प्रत्याभूतिका लागि ठोस कदम चाल्न निजी क्षेत्रको आग्रह

पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

काठमाडौँ, १५ पुस । पूर्वराष्ट्रपतिद्वय डा रामवरण यादव र विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण यादवको निवास लाजिम्पाटमा आज भएको भेटमा वर्तमान राजनीतिक अवस्थाको विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । उनीहरुबीच वर्तमान सरकारको गतिविधि, आगामी फागुन २१ हुने निर्वाचन र वर्तमान राजनीतिक निकासलगायत समसामयिक विषयमा छलफल भएको… Continue reading पूर्वराष्ट्रपतिद्वय यादव र भण्डारीबीच भेटवार्ता

युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँ : प्रधानमन्त्री

rss

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा विकसित घटनाक्रमबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक विधिप्रक्रियाबाट युवाले चाहेजस्तो देश निर्माण गर्न सरकार अग्रसर रहेको बताएकी छिन् । उनले जतिसुकै मतभेद भए पनि एकापसमा हातेमालो गर्दै आपसी संवाद र सहमतिका आधारमा मुलुकलाई राजनीतिक निकास दिनेगरी निर्वाचनका पक्षमा देश होमिएको बताइन् । ‘तमु ह्युल छोज धिँ… Continue reading युवाले चाहेजस्तो देश निर्माणमा अग्रसर छौँ : प्रधानमन्त्री

ओलीको व्यङ्ग्य : जसलाई भेट्यो उसलाई प्रधानमन्त्री बाँडेर केही हुँदैन

काठमाडौँ, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा एमाले र नेपाली कांग्रेसबाहेक अरुले सरकार बनाउन नसक्ने दाबी गरेका छन् । ‘नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक आज मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित विचारगोष्ठीमा पूर्वप्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पदका सहमति गरेर भन्ने खबर आफूले… Continue reading ओलीको व्यङ्ग्य : जसलाई भेट्यो उसलाई प्रधानमन्त्री बाँडेर केही हुँदैन

पति पत्नीबीचको सम्वन्धमा धोका

योगेश आदी विधुतीय उपकरण वा सवारी साधन जस्तै श्रीमान श्रीमतीबीचको सम्वन्धले पनि बिग्रनै लाग्दा गाडीमा ‘चेक इन्जिन लाइट’ बले झैं संकेतहरु देखाइ सकेको हुन्छ । मेसिनमा खरखर आवाज आउने बित्तिकै मर्मत गर्ने कि नचल्ने भइसकेपछि मर्मत गर्ने आफ्नै हातमा छ । हामी एक आर्काको हौं/भयौं/रहनेछौं । ‘एउटै रथका दुइ पाङ्ग्रा हौं’ भन्दै अगाडि बढाएको सम्वन्धको… Continue reading पति पत्नीबीचको सम्वन्धमा धोका

प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

तमु ल्होसार पर्वको अवसरमा तनहुँको दमौली बजारमा मङ्गलबार बिहान निकालिएको सांस्कृतिक झाँकीमा सहभागीहरु । तस्बिर :कृष्ण न्यौपाने / रासस

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री सुशीला कार्कीले पर्वहरूले आपसी एकता, शान्ति र सद्भाव बढाउन प्रेरणा प्रदान गरुन् भन्ने शुभकामना व्यक्त गरेकी छिन् । तमु समुदायको तमु ल्होसार तथा दुरा समुदायको म्हैप्रु नकुमा पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबै नेपालीको जीवनमा सुख र समुन्नति होस् भन्ने शुभकामना व्यक्त गरिन् । उनले तमु समुदायको… Continue reading प्रधानमन्त्रीद्वारा तमु ल्होसार तथा म्हैप्रु नकुमा पर्वको शुभकामना

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

पोखरा, १३ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी प्रतिनिधिसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन् । सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल सररकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकारको प्रतिबद्धता, निर्वाचन आयोगको तयारी… Continue reading सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ : सञ्चारमन्त्री खरेल

जनताले खोजेस्तो सहमति भयो : रवि लामिछाने

१३ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भएको सहमतिलाई रास्वपा सभापति रवि लामिछानले जनताले खोजेको जस्तो सहमतिका रुपमा व्याख्या गरेका छन् । आज सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै उनले भनेका छन्, ‘सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनु पर्छ ।’ सहमतिसँगै बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अगाडी सार्दै रास्वपा आगामी निर्वाचनमा होमिने… Continue reading जनताले खोजेस्तो सहमति भयो : रवि लामिछाने

कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव छैन : कुलमान

काठमाडौँ, १२ पुसः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गरेका छन् । आज उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको बताए । उनले… Continue reading कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव छैन : कुलमान