भूमी सम्बन्धी अध्यादेश जारी भएपछि बालेनको कटाक्ष

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति कार्यालयबाट जारी भएको भूमि सम्बन्धी अध्यादेशमाथि कटाक्ष गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गरेका थिए । उक्त अध्यादेश जारी भएसँगै मेयर शाहले आफ्नो फेसबुकमार्फत लेखेका छन्, ‘अब खोला मात्र हैन टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई… Continue reading भूमी सम्बन्धी अध्यादेश जारी भएपछि बालेनको कटाक्ष

पर्यटनमा मुन्दुम पदमार्गको प्रचुर सम्भावना

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुन्दुम पदमार्गले पर्यटनमा प्रशस्त सम्भावना बोकेको बताएका छन् । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको ‘मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५’ उद्घाटन गर्दै मन्त्री पाण्डेले मुन्दुम पदमार्ग कोसी प्रदेश पर्यटन विकास तथा विस्तारमा अत्यधिक सम्भावना बोकेको र पदयात्राका लागि सहज पनि भएको बताए । ‘यो पदमार्गले किराँती… Continue reading पर्यटनमा मुन्दुम पदमार्गको प्रचुर सम्भावना

प्रचण्ड सुकुटे पुगे, सडक मर्मतमा तिव्रता दिन आग्रह

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरोबाट क्षतिग्रस्त सडकको तत्काल मर्मत गरी सहजरुपले सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेका छन् । उनले सिन्धुपाल्चोकको सुकुटेमा पार्टीका नेता कार्यकर्ता, जनप्रतिनिधि र सुरक्षा अधिकारीसँग बाढीपहिरो प्रभावित क्षेत्रको पुनर्निर्माण लगायतका विषयमा जानकारी लिएपछि भौतिक योजना मन्त्रालयका सचिवलाई फोन गरेर यस्तो आग्रह गरेका हुन् । उनले… Continue reading प्रचण्ड सुकुटे पुगे, सडक मर्मतमा तिव्रता दिन आग्रह

कुलमानले सरकारलाई के दिए स्पष्टीकरण ?

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो नियुक्ति रद्द गर्ने विषय कानुनसम्मत नहुने बताएका छन् । उनले आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले सोधेको स्पष्टीकरणमा यस्तो जवाफ पठाएका हुन् । मन्त्रालयले पुस २२ मा सोधेको स्पष्टीकरणको आइतबार जवाफ दिँदै घिसिङले आफ्नो नियुक्ति रद्द कानुनसम्मत नहुने तर्क गरेका छन् । तपाईंको नियुक्तिपत्र रद्द किन नगर्ने… Continue reading कुलमानले सरकारलाई के दिए स्पष्टीकरण ?

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज भेट गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो भेटमा उनीहरुबीच मुलुकको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ। राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री जयकुमार चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाबाट भिडियो सन्देश जारी, के भने ?

BBC

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा १२ मिनेट लामो भिडियो सन्देश जारी गरेका छन् । बिहीबार साँझ जारी भिडियो सन्देशमा पूर्वराजा शाहले नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको स्मृति तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा देशवासीलाई शुभकामना दिएका हुन् । २७ पुसमा पृथ्वी जयन्ती पर्छ । पूर्वराजा… Continue reading पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजाबाट भिडियो सन्देश जारी, के भने ?

संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्तारुढ दल कांग्रेसको आपत्ति

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८७ सालमा संविधान संशोधन हुन्छ भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । बुधबार झापाको कचनकवलमा आयोजित पार्टीको कचनकवल–सगरमाथा जागरण अभियानको शुभारम्भ गर्दै उनले ओलीको भनाइप्रति विमति जनाएका हुन् । यदी उहाँले नेकपा एमालेको बैठक हुँदैगर्दा संविधान संशोधन त २०८७ मा हुन्छ भनेर… Continue reading संविधान संशोधनबारे प्रधानमन्त्रीको अभिव्यक्तिमा सत्तारुढ दल कांग्रेसको आपत्ति

एमाले बैठकमा सरकारको काम प्रभावकारी नभएको गुनासो

काठमाडौं । एमाले केन्द्रीय कमिटी सदस्यहरूले सरकारले अपेक्षित रूपमा काम नगरेको भन्दै प्रभावकारी र परिणाममुखी काम गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । आइतबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा बोल्दै नेताहरूले जनताका अपेक्षा पूरा गर्न सरकारलाई आग्रह गरे । ‘केन्द्रीय कमिटीका सदस्यहरूले आफ्नो विचार राख्ने क्रममा सरकारलाई प्रभावकारी र परिणाममुखी बनाउन, सुशासन र सेवाप्रवाहमा… Continue reading एमाले बैठकमा सरकारको काम प्रभावकारी नभएको गुनासो

कीर्तिपुरको एमाले सगरबाट अब दुईचार तारा झर्नुपर्छ

प्रेमकृष्ण श्रेष्ठ। कीर्तिपुर वि.स. २०४८ सालको आमचुनावमा काठमाडौं क्षेत्र नं १ मा सन्त नेता कृष्णप्रसाद भट्टराईको अप्रत्याशित हार भयो । हारलाई अन्र्तघातको अडकल गरी गणेशमानलगायत अन्य नेताले गिरिजाप्रसाद कोइरालालाई कारवाही गर्न सुझाउँदा सन्त नेताले यसो भनेको थिए रे, “बिपी कोइराला, जस्ले मलाई महामन्त्री, सभामुख र सभापति बनाए, उनको भाइलाई म कारवाही गर्न सक्दिनँ । र,… Continue reading कीर्तिपुरको एमाले सगरबाट अब दुईचार तारा झर्नुपर्छ

एमाले बैठकमा प्रधानमन्त्री ओलीको दावि : अर्थतन्त्रमा सुधार आयो

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) को आइतबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै मुलुकको अर्थतन्त्रमा सुधार आएको दावि गरेका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष तथा प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा एमाले र नेपाली कांग्रेसबिच भएको नयाँ… Continue reading एमाले बैठकमा प्रधानमन्त्री ओलीको दावि : अर्थतन्त्रमा सुधार आयो

गगनको प्रस्ताव : चुनावमा लोकप्रिय मत ल्याउनेलाई ५ वर्ष सरकार चलाउन दिँउ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले चुनावमा सबैभन्दा धेरै मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । स्थिर सरकार चलाउन अहिलेको निर्वाचन प्रणाली नै बाधक भएको उनको आरोप छ । थापाले निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्षसम्म सरकार चलाउन पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने बताए… Continue reading गगनको प्रस्ताव : चुनावमा लोकप्रिय मत ल्याउनेलाई ५ वर्ष सरकार चलाउन दिँउ

चुलो चौकोबाट निस्किएर महिलाले सरकार चलाउनु ठूलो परिवर्तन हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था परिवर्नतपछि नेपाली जनताको अवस्थामा पनि धेरै परिवर्तन आएको बताएका छन् । शुक्रबार राजधानीमा भएको सि लिड्स आइकन कार्यक्रममा प्रधानमन्त्री ओलीले शासन व्यवस्थामा मात्र नभई धेरै क्षेत्रमा परिवर्तन आइसकेको चर्चा गरे । ‘एउटा भाष्य बनाउन खोजिएको छ । परिवर्तन व्यवस्थामा मात्र भएको हो, अवस्थामा होइन भन्ने,’ सहभागी महिलाहरूलाई सम्बोधन… Continue reading चुलो चौकोबाट निस्किएर महिलाले सरकार चलाउनु ठूलो परिवर्तन हो : प्रधानमन्त्री

भीम रावलको आरोप प्रचण्डको कपिपेष्ट : एमाले

काठमाडौं । एमालेले निष्कासनमा परेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई लगाएका आरोपको खण्डन गर्न आवश्यक नभएको बताएको छ । पार्टी सचिवालय बिहीबारको बैठकमा रावलले लगाएका आरोप २०७७ मा तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहालले ओलीमाथि लगाएको ‘कपीपेस्ट’ भएको निष्कर्ष निकालिएको छ । ‘हामीमाथि लगाएका गालीगलौज चर्चा गर्नुपर्ने विषय ठानेनौं । यो उहाँ (रावल)ं बाट… Continue reading भीम रावलको आरोप प्रचण्डको कपिपेष्ट : एमाले

पूर्वाधारलाई पर्यटनमैत्री बनाउँ, आर्थिक समृद्धीमा योगदान गरौं : मन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले पूर्वाधारहरुलाई पर्यटनमैत्री बनाएर आर्थिक समृद्धीको आधारको रुपमा विकास गरिनुपर्ने बताएका छन् । बुधबार तनहुको बन्दिपुरमा बन्दिपुर भ्रमण वर्षको अवसरमा आयोजीत सभालाई संवोधन गर्दै उहाँले पूर्वाधारहरुको बहुउपयोगितालाई ध्यान दिनु पर्ने समेत बताए । ग्रामिण तथा आन्तरिक पर्यटनका गन्तव्यमा पूर्वाधारको विकास गरी बाह्य पर्यटकलाई समेत आकर्षित गराउन सकिने… Continue reading पूर्वाधारलाई पर्यटनमैत्री बनाउँ, आर्थिक समृद्धीमा योगदान गरौं : मन्त्री दाहाल

भीम रावलको घोषणा : वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्छौं

काठमाडौं । एमालेका पूर्वउपाध्यक्ष भीम रावलले ‘देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण’ गर्ने घोषणा गरेका छन् । उनलाई एमालले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै निष्कासन गरेको थियो । उनले बुधबार पत्रकार सम्मेलन गर्दै रावलले राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समृद्धिको पक्षमा उभिने राजनीतिक शक्ति बनाउने बताए । ‘सम्पूर्ण देशभक्तहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दछु । आजको… Continue reading भीम रावलको घोषणा : वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्छौं

जनताका उकुसमुकुस कांग्रेसले सम्बोधन गर्नुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनता समस्याले उकुसमुकुस भएको भन्दै समाधानका लागि आफ्नो पार्टीले सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार मकवानपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले नेपाली जनतामा प्रगतिको भोक रहेको बताए ।‘आजको दिनको नेपाली समाजको सबैभन्दा ठूलो समस्या भनेको प्रगतिको भोक छ, त्यसमा हामीले सोच्नुपर्नेछ,’ थापाले अघि भने,… Continue reading जनताका उकुसमुकुस कांग्रेसले सम्बोधन गर्नुपर्छ : गगन थापा

झापा पुगेर केपी ओलीविरुद्ध प्रचण्डको आक्रामक भाषण

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार झापा पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला समेत रहेको झापामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ पुगेका हुन् । उक्त खबरदारी सभामा बोल्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ओलीमाथि गम्भीर आरोप लगाएका छन् । यसअघि पटक–पटक सत्ताका सहयात्री रहेका उनीहरूबीच पछिल्लोपटक कांग्रेससँगको… Continue reading झापा पुगेर केपी ओलीविरुद्ध प्रचण्डको आक्रामक भाषण

सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्दर, शान्त र समृद्ध नेपाल बनाउने आफूहरुको साझा उद्देश्य भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले विभिन्न पेसा व्यवसायमा रहेका व्यक्तिहरुको रुचि फरक फरक हुने भए पनि साझा उद्देश्य समृद्ध नेपाल नै भएको बताए । “एमाले एउटा नदी… Continue reading सुन्दर र समृद्ध नेपाल हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री

तीनकुने जग्गाको मुआब्जा दिन मेयर बालेनको केन्द्र सरकारसँग माग

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा कोटेश्वर महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । प्रमुख साहले तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताए । उनले अहिले दुई तिहाईको सरकार रहेको भन्दै अहिलेको… Continue reading तीनकुने जग्गाको मुआब्जा दिन मेयर बालेनको केन्द्र सरकारसँग माग

सिंहको निधनप्रति राष्ट्रपतिले जनाए दुःख

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार शोक सन्देश जारी गर्दै भारतका जनप्रिय र दूरदर्शी नेताका रूपमा डा सिंहले पुर्‍याएको योगदानको स्मरण गरेका छन् । उनले भनेका छन्, “डा. सिंह भारतका दूरदर्शी नेताका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको निधनले भारतले एक असल… Continue reading सिंहको निधनप्रति राष्ट्रपतिले जनाए दुःख

आयात प्रतिस्थापन गरी निर्यात बढाउने कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको यात्रामा लाभ पुग्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने गरी ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा स्वदेशी वस्तुको प्रयोग वृद्धि र रूग्ण उद्योग सञ्चालनबारे ब्रिफिङपछि उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिएका हुन् ।… Continue reading आयात प्रतिस्थापन गरी निर्यात बढाउने कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री भन्छन् : धेरै बाघ पाल्न सकिन्न, उपहार दिँउ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् । काठमाण्डौमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए । उनले नेपालको वनको क्षमताअनुसार एक सय ५० वटाभन्दा धेरै बाघ पाल्न नसकिने भए पनि अहिले… Continue reading प्रधानमन्त्री भन्छन् : धेरै बाघ पाल्न सकिन्न, उपहार दिँउ

सहकारी ठगीमा रविको इन्कारी बयान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगीमा इन्कारी बयान दिएका छन् । उनले गोर्खा मिडियाबाट प्रयोग भएका चेक दुरुपयोग भएको दाबी गरेका छन् । गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राईले झुक्याएर गुमराहमा राख्ने काम भएको हुनसक्ने बयानमा बताएका छन् । रविसहितका व्यक्तिहरूविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति… Continue reading सहकारी ठगीमा रविको इन्कारी बयान

नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन्। भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री राणाले नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी गराएकी हुन्। उनले भनिन्, ‘हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल… Continue reading नेपालले भारतबाट अतिरिक्त हवाई रुट चाहेको छः परराष्ट्रमन्त्री

हाम्रा पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।… Continue reading हाम्रा पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

कांग्रेस–एमालेले रविलाई आतंकित पारे : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको भन्दै त्यसको मूल्य चर्को पर्ने बताएका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् । कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै… Continue reading कांग्रेस–एमालेले रविलाई आतंकित पारे : प्रचण्ड

ओलीबा अब कीर्तिपुरको एमाले राजनीति शुन्यबाट सुरु गर्न दिनुस्

ओलीबा, नेकपा एमालेको एक क्रियाशील सदस्य एवम कीर्तिपुरबासीको नाताले, अझ भनुँ आफ्नो जनमतको हत्या भएको दुखेसोमा, पत्रपत्रिकाले मुखर गरिसकेको अभिब्यक्ति सापटी लिँदै फेरि एकपटक जानकारी दिएँ की कीर्तिपुर नगरपालिकामा सम्पन्न भएको ८१ को उपनिर्वाचनमा एमालेको मेयरसहित दुइटै वडा अध्यक्ष हार भएर फेरि एकपटक ‘क्लिन स्वीप’ भएको छ । फेरि एकपटक हामी यहाँ लज्जित भएका छौँ… Continue reading ओलीबा अब कीर्तिपुरको एमाले राजनीति शुन्यबाट सुरु गर्न दिनुस्

प्रधानमन्त्रीको रविलक्षित टिप्पणी : देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहज नहुने बताएका छन् । झापामा बनेको दमक व्यापारिक कप्म्लेक्सको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देश चलाउन, सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने जिकिर गरे । ‘कोही भ्रममा नपर्नु भए हुन्छ । देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ,… Continue reading प्रधानमन्त्रीको रविलक्षित टिप्पणी : देश चलाउन सहकारी ठगेजस्तो सजिलो छैन

अमेरिकी सहायक मन्त्री र प्रचण्डबीच भेट, शान्ति प्रक्रियाबारे कुराकानी

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आजै काठमाडौं आएका लु अध्यक्ष प्रचण्ड निवास खुलमटार पुगेर भेट गरेका हुन् । भेटमा अध्यक्ष प्रचण्डले अमेरिकी सहायक विदेशमन्त्री लुको नेपाल भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । त्यस्तै, नेपाल र… Continue reading अमेरिकी सहायक मन्त्री र प्रचण्डबीच भेट, शान्ति प्रक्रियाबारे कुराकानी

हवाई दुर्घटना जाँचमा स्थायी संयन्त्र बनाइदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सुरक्षित र नियमित आकाश नेपालीको पहिलो प्राथमिकता रहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसर पारेर यहाँ आयोजित कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले सुरक्षित र नियमित उडान सञ्चालनमा जोड दिए । पछिल्लो समय तथ्य र तथ्याङ्कभन्दा लहडको भरमा काम गर्ने प्रवृत्ति बढेको भन्दै लहडको भरमा काम… Continue reading हवाई दुर्घटना जाँचमा स्थायी संयन्त्र बनाइदै