काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छ भन्दा धेरैले नपत्याउन सक्छन् तर असार(साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ । अहिले मौसम सफा भइदिँदा केही दिनदेखि हिमशृङ्खलाका मनोरम दृश्य अवलोकन गरी लुम्बिनी भ्रमणमा आएका पर्यटक रमाइरहेका देखिन्छन् । श्रीलङ्काबाट… Continue reading जब लुम्बिनीबाट देखियो मनमोहक हिमाल…
Category: घूमघाम
एक महिनामा साढे ६४ हजार पर्यटक, अमेरिकी दोस्रोमा
काठमाडौं । २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा ६४ हजार ५९९ पर्यटक भित्रिएका हुन्। जुलाईमा सबैभन्दा बढी २१ हजार ४९१ भारतीय पर्यटक भित्रिएका छन्। त्यस्तै, अमेरिकाबाट ७ हजार ८४६, चीनबाट ६ हजार ८१९ पर्यटक आएका छन्।त्यस्तै, बेलायबाट ३ हजार ८०६, बंगलादेशबाट ३ हजार ४७०, अष्ट्रेलियाबाट एक… Continue reading एक महिनामा साढे ६४ हजार पर्यटक, अमेरिकी दोस्रोमा
पेरिस ओलम्पिकको भब्य उद्घाटन
काठमाडौं । विश्व खेलकुदको महामेला ३३औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन गरिएको छ । पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गरिएको हो । जसमा पेरिसले कीर्तिमान बनाएको छ । एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यस पटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन गरियो । उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको… Continue reading पेरिस ओलम्पिकको भब्य उद्घाटन
टाइम म्यागाजिनको १ सय सर्वोकृष्ट गन्तब्य भित्र नेपालको बर्दिया
काठमाडौं । विश्वप्रसिद्ध म्यागाजिन टाइमले सन् २०२४ का लागि ‘संसारका १०० सर्वोत्कृष्ट ठाउँ’ को सूची सार्वजनिक गरेको छ । जसमा नेपालको बर्दिया अटाउन सफल भएको छ । निकुन्जस्थित ‘बुरहान वाइल्डरनेस क्याम्प्स’लाई टाइमले हाइलाइट गरेको छ । टाइमले यो वर्षका लागि तयार पारेको उक्त सूचीमा कसैलाई पनि क्रमांक दिएको छैन । भ्रमण गर्न र बस्नका लागि… Continue reading टाइम म्यागाजिनको १ सय सर्वोकृष्ट गन्तब्य भित्र नेपालको बर्दिया
झरनामा रिल बनाउँदा एक युवतीको गयो ज्यान
काठमाडौं । इन्टाग्राम रिल्समा राख्ने भिडियो बनाउने क्रममा भारतको महाराष्ट्रस्थित एक झरनामा युवतिको ज्यान गएको छ । महाराष्ट्रको रायगढ जिल्लास्थित कुम्भे झरनामा आफ्ना साथिहरुसँग घुम्न गएकी युवति अन्वी कामदारको चिप्लिएर ज्यान गएको हो । उनी मुम्बईकी बासिन्दा रहेको बताइएको छ । उनी ३ सय फिट गहिरो खोँचमा झरेकी थिइन् । उनी सोसल इन्फ्यूएन्सर समेत हुन्… Continue reading झरनामा रिल बनाउँदा एक युवतीको गयो ज्यान
म्याग्दीमा तयार भयो नयाँ पदमार्ग
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीयस्थल खोपारा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले दुई किलोमिटरभन्दा बढी पदमार्ग, दुईवटा आश्रयस्थल, खानेपानी, दृश्यावलोकन स्थललगायत पूर्वाधार निर्माण गरेका हुन् । प्रदेश सरकारको १३ लाख रुपैयाँ, गाउँपालिका र युएनडीपीको १२–१२ लाख रुपैयाँमा बजेटमा पदमार्ग, आश्रयस्थल,… Continue reading म्याग्दीमा तयार भयो नयाँ पदमार्ग
निगमले असारमा तिर्यो ४३ करोड किस्ता
काठमाडौं । नेपाल वायुसेवा निगमले जहाज खरिदको किस्ता बापत असारमा ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर अन्तर्राष्ट्रिय उडान गर्न दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गरेको थियो । निगमका अनुसार ऋण दायित्व मध्ये दुई न्यारोबडी जहाजको २०८१ असार… Continue reading निगमले असारमा तिर्यो ४३ करोड किस्ता
जुम्लामा गरियो प्याराग्लाइडिङ परीक्षण
काठमाडौं । जुम्लाको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ । पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलो पटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बताए ।… Continue reading जुम्लामा गरियो प्याराग्लाइडिङ परीक्षण
राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनमा खुला
काठमाडौं । चितवनको ऐतिहासिक दियालो बंगला दरबार आइतबारदेखि सर्वसाधारणको लागि खुला गरिएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तमाङले दियालो बंगला खुला गरेका हुन् । २०१९ सालमा निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा… Continue reading राजा महेन्द्रको निधन भएको दियालो बंगला सर्वसाधारणको अवलोकनमा खुला
६ महिनामा भित्रिए ५ लाख ८३ हजार १६ पर्यटक
काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा ५ लाख ८३ हजार १६ पर्यटक भित्रिएका छन् । जुन २०२४ मा मात्र ७६ हजार ७ सय ३६ पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो वर्ष सबैभन्दा धेरै मार्चमा आगमन भएको थियो । यो महिना १ लाख २८ हजार १ सय ६७ पर्यटक आएकामा जुनमा… Continue reading ६ महिनामा भित्रिए ५ लाख ८३ हजार १६ पर्यटक
तनहुँको बन्दिपुरमा चल्यो केवलकार
काठमाडौं । तनहुँको पर्यटकीय आकर्षण बन्दीपुरमा केबलकार सञ्चालनमा आएको छ । बन्दीपुरमा निर्माण सम्पन्न भएको केबलकार बिहीबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र (टीयूभी सर्टिफिकेट) प्राप्त गरेपछि व्यावसायिक रुपमा बिहीबारदेखि सञ्चालनमा ल्याइएको बन्दीपुर केबलकारका कार्यकारी अधिकृत किरण पोख्रेलले जानकारी दिए । उनका अनुसार १ वैशाखबाटै केबलकार आंशिक रुपमा… Continue reading तनहुँको बन्दिपुरमा चल्यो केवलकार
सगरमाथा आरोहणका क्रममा यो सिजन ५ जनाको मृत्यु, ३ वेपत्ता
काठमाडौं । जारी पर्वतारोहण सिजनमा सगरमाथामा मात्र ५ आरोहीको मृत्यु भएको छ । पर्यटन विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरण अनुसार नेपाली सहयोगी र विदेशी आरोहीहरूको विभिन्न कारणले मृत्यु भएको हो । मृत्यु हुनेमा मंगोलियाका दुई आरोही छन् । उनीहरूको १३ मेका दिन साउथ समिटमा मृत्यु भएको विभागले जनाएको छ । मृत्यु हुनेमा युखजर्गल सिडेनडम्बा… Continue reading सगरमाथा आरोहणका क्रममा यो सिजन ५ जनाको मृत्यु, ३ वेपत्ता
भीर मौरीको मह निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोली नेपालमा
काठमाडौं । भीर महको निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भीर पुगेका छन् । देख्दा आङ नै सिरिंग हुने अक्करे पहरामा भीर मह निकालिरहेको दृश्यको छायांकनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद… Continue reading भीर मौरीको मह निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोली नेपालमा
सगरमाथामा केन्याली आरोहीको मृत्यु, नेपाली गाइड बेपत्ता
काठमाडौं । विनाअक्सिजन सगरमाथा चढ्ने क्रममा केन्याका आरोही जोसुआ चेरियट किरुईको मृत्यु भएको छ । बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृत अवस्थामा भेटिएको पर्यटन विभागले जनाएको छ । विभागका अनुसार ‘एसएसटी एभरेस्ट एस्पिड २०२४ स्प्रिङ टिम २’ पर्वतारोहण दलका ४० वर्षीय आरोही सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्न गएका थिए… Continue reading सगरमाथामा केन्याली आरोहीको मृत्यु, नेपाली गाइड बेपत्ता
भियतनामबाट जहाज चार्टर्ड गरी एक साथ नेपाल आए २१८ लक्जरी पर्यटक
काठमाडौं । नेपालका गुम्बा र चैत्यहरुको अवलोकन गर्न चार्टर विमानमा काठमाडौं २ सय १८ जना भियतनामी पर्यटक काठमाडौं आएका छन् । उनीहरु एक साता नेपालमा बसेका हुन् । उनीहरु शनिबार स्वदेश फर्किँने कार्यक्रम छ । एक साताका लागि नेपाल आएका उनीहरुले ७ रात ८ दिन नेपालमा बिताएको रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीले बताए ।… Continue reading भियतनामबाट जहाज चार्टर्ड गरी एक साथ नेपाल आए २१८ लक्जरी पर्यटक
नेपाली सेनाले सगरमाथा क्षेत्रबाट निकाल्यो २ मानव शव
काठमाडौं । नेपाली सेनाले ‘सफा हिमाल अभियान’अन्तर्गत सगरमाथाको क्याम्प ४ र ल्होत्से हिमालको शिखर नजिकबाट एक–एक गरी दुई जनाको शव काठमाडौं ल्याएको छ । लामो समयदेखि अलपत्र दुई शवलाई सफा हिमाल अभियानअन्तर्गत काठमाडौं ल्याइएको सैनिक प्रवक्ता गौरव केसीले बताए । उनका अनुसार बेस क्याम्पबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत दुवै शवलाई त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।… Continue reading नेपाली सेनाले सगरमाथा क्षेत्रबाट निकाल्यो २ मानव शव
रारामा खुल्ने भयो लक्जरी रिसोर्ट
काठमाडौं । स्वर्गकी रानीको उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलियन र नेपाली लगानीमा रिसोर्ट खुल्ने भएको छ । रारामा बन्ने पहिलो लक्जरी रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । काठमाडौँमा आइतबारदेखि सुरु भएको तेस्रो नेपाल लगानी सम्मेलनमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्रि अर्याल… Continue reading रारामा खुल्ने भयो लक्जरी रिसोर्ट
हिमाल सफाईमा जाँदै नेपाली सेना, ५ वटा मानव शव ल्याउने लक्ष्य
काठमाडौं । नेपाली सेनाले यस वर्ष सगरमाथा, ल्होत्से र नुप्से हिमाल सफाइ गर्ने भएको छ । सेनाले ‘सफा हिमाल अभियान–२०२४’मार्फत सगरमाथासहित हिमालबाट पाँच मानव शवसहित १० टन फोहर संकलन गर्ने लक्ष्य राखेको छ । नेपाली सेनाले आइतबार पत्रकार सम्मेलन गरी सेनाका तालिम प्राप्त जनशक्तिले सगरमाथाको आधार शिविरदेखि चौथो शिविरसम्म फोहर संकलन गर्ने योजना रहेको जानकारी… Continue reading हिमाल सफाईमा जाँदै नेपाली सेना, ५ वटा मानव शव ल्याउने लक्ष्य
जुगल हिमालमा पहिलो पटक आरोहण हुँदै, कोरियन र नेपाली आरोही जाने
काठमाडौं । जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विशेष रुपमा मनाइने भएको छ । पाल सरकारले २८ चैत २०७९ मा सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि खुला गरेको थियो । यो हिमालको पहिलो आरोहणका लागि ३ नेपाली र ७ जना दक्षिण कोरियाली सहभागी टिम जाने भएको… Continue reading जुगल हिमालमा पहिलो पटक आरोहण हुँदै, कोरियन र नेपाली आरोही जाने
आइपीएल : चेन्नईको लगातार दोस्रो जित
काठमाडौं । साविक विजेता तथा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले सानदार ब्याटिङ प्रदर्शनका साथ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । घरेलु टोली चेन्नईले मंगलबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हरायो । २०६ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनायो… Continue reading आइपीएल : चेन्नईको लगातार दोस्रो जित
अमेरिका- बेलायतसहित तेस्रो मुलुकका पर्यटकले अब नेपालमा डिजिटल भुक्तानी गर्न पाउने
काठमाडौं । भारत बाहेक तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकले नेपालमा डिजिटल भुक्तानी गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाले त्यस्तो भुक्तानी स्वीकार गर्न सक्ने व्यवस्था गरेको हो । राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै ‘नेसनल पेमेन्ट स्वीच’ मार्फत… Continue reading अमेरिका- बेलायतसहित तेस्रो मुलुकका पर्यटकले अब नेपालमा डिजिटल भुक्तानी गर्न पाउने
गुल्मीको रेसुङ्गा विमानस्थलमा अब साताको तीन उडान हुने
काठमाडौं । गुल्मीको रेसुंगा स्थित विमानस्थलमा अब साताको तीन उडान हुने भएकोछ । अहिले नेपाल एयरलाइन्सले सातोको दुई उडान गर्दै आएको छ । आगामी सोमबार ृचैत ५ गते देखि हप्तामा तीन पटक उडान हुने भएको हो । यस विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले हप्तामा तीन पटक उडान भर्ने सहमति भएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले… Continue reading गुल्मीको रेसुङ्गा विमानस्थलमा अब साताको तीन उडान हुने
अष्ट्रेलियाली आरोही पेपरले बीना अक्सिजन ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने
काठमाडौं । अस्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्व गाइड एली पेपरले यही वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छिन् । उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल अक्सिजनको प्रयोग नगरि आरोहण गर्ने लक्ष्य रहेको बताइन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एली पेपरले विश्वको १० औँ अग्लो आठ हजार ९१… Continue reading अष्ट्रेलियाली आरोही पेपरले बीना अक्सिजन ८ हजार मिटर अग्ला हिमाल आरोहण गर्ने
राष्ट्रपतिले गरे पशुपतिनाथको दर्शन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन तथा पूजा गरेका छन् । शुक्रबार शिवरात्रिको अवसरमा राष्ट्राध्यक्षको रुपमा उनले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गरेका हुन् । शिवरात्रिमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरको दर्शन तथा पूजा गर्ने प्रचलन रहेको छ। पूजा आराधनापछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गरेका छन् । राष्ट्रपति पौडेल पशुपतिनाथ… Continue reading राष्ट्रपतिले गरे पशुपतिनाथको दर्शन
शिवरात्रीका दिन नेपालगन्जबाट कैलास पर्वतका लागि भए ६ माउन्टेन फ्लाइट
काठमाडौं । महाशिवरात्रिको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रीप टू टेम्पल्स सँगको समन्वयमा नेपालगञ्जबाट डेढ सय भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको दर्शन गराएको हो। ट्राभल कम्पनीद्वारा श्री एयरलाइन्सको जहाज चार्टर्ड गरी चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आकाशबाटै गराइएको हो। माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या… Continue reading शिवरात्रीका दिन नेपालगन्जबाट कैलास पर्वतका लागि भए ६ माउन्टेन फ्लाइट
भरतपुर भ्रमण वर्षको सुभारम्भ आज, प्रधानमन्त्री चितवनमा
काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ को सुभारम्भ आज हुने भएको छ । नारायणी नदी किनारमा भ्रमण वर्ष २०२४ को भब्य उद्घाटनको तयारी छ । सो प्रयोजनका लागि प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड चितवन पुगिसकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमण वर्ष २०२४ को उद्घाटन गर्नेछन् । कार्यक्रममा प्रधानमन्त्री दाहालसहित पाँच पूर्व प्रधानमन्त्री सहभागी… Continue reading भरतपुर भ्रमण वर्षको सुभारम्भ आज, प्रधानमन्त्री चितवनमा
भरतपुर भ्रमण वर्षको उद्घाटन १८ फागुनमा हुँदै
काठमाडौं । चितवनको भरतपुर महागनरपालिकाले भरतपुर भ्रमण बर्ष २०२४ को औपचारिक उद्घाटन फागुन १८ गते गर्ने तयारी गरेको जनाएको छ । महानगरपालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर भरतपुर भ्रमण बर्षको बारेमा जानकारी गराउँदै करीव ५० हजार मानिसहरु उद्घाटन समारोहमा सहभागी हुने दावी गरेको छ । घुमौं भरतपुर भन्ने नाराका साथ शुभारम्भ गर्न लागिएको भ्रमण बर्षको उद्घाटन… Continue reading भरतपुर भ्रमण वर्षको उद्घाटन १८ फागुनमा हुँदै
कालिकोटमा उड्यो जहाज, सोमबार औपचारिक उद्घाटन
काठमाडौं । कालीकोटको सुनथराली विमानस्थलमा सफल परीक्षण उडान गरिएको छ । आइतबार तारा एयरको ९एन–एकेएल जहाजले आइतबार बिहान पौने १० बजे नेपालगन्जबाट कालीकोटको सुनथरालीमा सफल अवतरण गरेको हो । यो विमानस्थलको सोमबार औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ । कुल ३०८ रोपनी क्षेत्रफलमा बनेको यो विमानस्थलको धावनमार्ग ६४० मिटर र चौडाई २० मिटर रहेको छ ।… Continue reading कालिकोटमा उड्यो जहाज, सोमबार औपचारिक उद्घाटन
सगरमाथा क्षेत्रको भ्रमणमा आएको विदेशी नागरिकको मृत्यु
काठमाडौं । सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका ४२ वर्षीया एलिजाबेथ डायरो रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका उनको सोही स्थानमा मृत्यु भएको हो । गत माघ २४… Continue reading सगरमाथा क्षेत्रको भ्रमणमा आएको विदेशी नागरिकको मृत्यु
पोखराको हट एयर बेलुन अब तीन गुणासम्म उचाईमा उड्ने
काठमाडौं । हट एयर बेलुनमा यात्रु उडाउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिन सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यो साविकको तुलनामा तीन गुणा बढी हो । यसअगाडि ३ हजार फिट माथिसम्म मात्रै उडान गर्दै आएको हट एयर बेलुनले थप उचाइ लिएपछि अन्नपूर्ण हिमशृङ्खला, पोखरा आसपास दृश्य र समयअनुसार सूर्योदय तथा सूर्यास्त… Continue reading पोखराको हट एयर बेलुन अब तीन गुणासम्म उचाईमा उड्ने