पूर्ण खोप लगाएका यात्रुलाई अमेरिकामा आवागमन प्रतिवन्ध फुकुवा

GETTY IMAGES

वासिंटन डिसी । अमेरिकाले २० महिना लामो आवागमन प्रतिबन्ध अन्त्य गरेको छ । बीबीसीका अनुसार सोमवारबाट पूर्ण मात्रा खोप लगाएका विदेशी यात्रुहरूलाई आफ्नो सीमा खुला गर्ने घोषणा अमेरिकाले गरेको हो । पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले कोभिडका कारण सन् २०२० को मार्च महिनामा उक्त प्रतिबन्ध लगाएका थिए। ब्रिटेन र युरोपेली सङ्घका देशहरू सहित ३० भन्दा बढी देशहरू… Continue reading पूर्ण खोप लगाएका यात्रुलाई अमेरिकामा आवागमन प्रतिवन्ध फुकुवा

सन् २०२१ मा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी अमेरिकी नागरिक

काठमाडौं । सन् २०२१ मा नेपाल आएका विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक रहेको पाइएको छ । यस वर्ष जनवरी अक्टोवरसम्म नेपाल भित्रिएका पर्यटक मध्ये अमेरिकाबाट धेरै रहेका छन् । ३३ देशबाट नेपाल आएका पर्यटक मध्ये १५.५४ प्रतिशत अमेरिकी नागरिक रहेको नेपाल पर्यटन बोर्डको तथ्यांक छ । बोर्डका अनुसार जनवरीदेखि अक्टोवरसम्म ३३ देशबाट एक लाख… Continue reading सन् २०२१ मा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी अमेरिकी नागरिक

कोरोना महामारीमा पर्यटकको उद्धार गरेवापत नेपालले पायो अवार्ड

काठमाडौं । कोरोना महामारीका समयमा अलपत्र परेका विदेशी पर्यटकको उद्धारमा उत्कृष्ट काम गरेको भन्दै नेपालले अवार्ड प्राप्त गरेको छ । नेपालले बेलायतमा जारी ट्राभल शोमा ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको हो । नेपाल पर्यटन बोर्डले यस्तो अवार्ड प्राप्त भएको जानकारी गराएको छ । महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका बेला नेपालका विभिन्न… Continue reading कोरोना महामारीमा पर्यटकको उद्धार गरेवापत नेपालले पायो अवार्ड

मुक्तिनाथ दर्शनमा राष्ट्रपति

Photo Source : Gorakhapatra online

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन तथा पूजाआजा गरेकी छिन् । यो सिजनमा मुक्तिनाथका लागि ठूलो संख्यामा भक्तजन जाने गर्छन् । राष्ट्रपतिको भ्रमणले यस भेगको विकासमा अझ टेवा पुग्ने विश्वास लिइएको छ । मुस्ताङमा पर्ने पवित्र तीर्थस्थल मुक्तिनाथ मन्दीरमा पूजा अर्चना र दर्शन गर्न राष्ट्रपति शनिबार मुस्ताङको सदरमुकाम जोमसोम हुँदै मुक्तिनाथ… Continue reading मुक्तिनाथ दर्शनमा राष्ट्रपति

रसुवाको रहस्य; सिङ्गेभूमी थान

सरस्वती न्यौपाने, रसुवा “हजारौँ वर्षदेखिको रूखहरू जस्ताको त्यस्तै” रसुवा भौगोलिक हिसाबले हिमाली जिल्ला हो । यो जिल्ला प्राकृतिक छटाले भरिपूर्ण हुनुका साथै धार्मिक हिसाबले पनि उच्च स्थानमा रहेको छ ।जिल्लाभित्र अनेकौँ धार्मिक महिमा बोकेका ठाउँहरू छन्, जसमध्ये केही रहस्यमय छन् । त्यस्तै स्थानीयलाई बाहेक बाहिरका मानिसलाई थाहा नभएको धार्मिक महत्त्व बोकेको ठाउँ हो- सिङेभूमी थान… Continue reading रसुवाको रहस्य; सिङ्गेभूमी थान

काठमाडौंबाट ७ लाख यात्रु सडकमार्ग हुँदै बाहिरिए

File Photo

काठमाडौं । दशैँ मान्न यस वर्ष ठूलो संख्यामा यात्रु बाहिरिएका छन् । गत वर्ष कोरोना भाइरसको महामारीका कारण रोकिएका धेरै नेपालीले यो वर्ष गाउँमा दशैं मान्दैछन् । शनिबारसम्म सात लाखभन्दा धेरै यात्रुले सडक मार्गबाट काठमाडौं उपत्यका छाडेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । यो असोज महिनाको मात्र तथ्यांक हो । यसमा हवाईमार्ग र… Continue reading काठमाडौंबाट ७ लाख यात्रु सडकमार्ग हुँदै बाहिरिए

नेपाल बेलायतको यात्रा सम्बन्धी रेडलिस्टबाट हट्यो

Photo source : AP News

काठमाडौं । बेलायतले नेपाललाई कोभिडका कारण यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । रेड लिस्टमा रहेको नेपाललाई बेलायतले सो सूचिबाट हटाएको हो । बिहीवार ब्रिटिश सरकारले रेड लिस्टमाराखिएका नेपाल लगायतका मुलुकलाई उक्त सूचीबाट हटाउने घोषणा गरेपछि अबनेपालबाट बेलायत जाने नेपालीलाई भने राहत हुने छ । यो नियम सोमवारदेखि लागु हुनेछ । नयाँ नियम अनुसार त्यहाको… Continue reading नेपाल बेलायतको यात्रा सम्बन्धी रेडलिस्टबाट हट्यो

अष्ट्रेलियाले यो वर्ष विदेशी पर्यटकलाई भ्रमण अनुमति नदिने

काठमाडौं । अष्ट्रेलियाले यो वर्ष (सन् २०२१) भर विदेशी पर्यटकलाई भ्रमण अनुमति नदिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासी र विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले अहिलेसम्म १६ वर्षमाथिका ८० प्रतिशत जनतालाई कोभिडविरुद्धको दोस्रो मात्राको खोप लगाइएको छ । गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी… Continue reading अष्ट्रेलियाले यो वर्ष विदेशी पर्यटकलाई भ्रमण अनुमति नदिने

नयाँ बसपार्कबाट बसको १७ हजार अग्रिम टिकट जारी

काठमाडौं । दशैंमा घर जानेहरुलाई लक्षित गरि शुरु भएको अग्रिम टिकट नयाँ बसपार्कबाट १७ हजार टिकट मात्र जारी भएका छन् । व्यवसायीले टिकट सकिएको भन्दै रित्तो हात फर्काएसँगै यात्रु भने निरास बनेका छन् । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दशैंका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेको तथ्यांक छ । गत वर्ष… Continue reading नयाँ बसपार्कबाट बसको १७ हजार अग्रिम टिकट जारी

कतार छिर्न नयाँ नियम-खोप लगाएकालाई सहज

काठमाडौं । कतार सरकारले सो मुलुक प्रवेशका लागि ल्याएको नयाँ नियम सार्वजनिक गरेको छ । यो वैदेशिक रोजगारी तथा भ्रमणमा जाने नेपालीलाई समेत लागू हुने छ । कतार सरकारले दक्षिण एसियाका नेपाल, बंगलादेश, भारत, पाकिस्तान, श्रीलङ्का लगायत अन्य केही देशले कतार प्रवेश गर्नुभन्दा पहिले पालना गर्नुपर्ने नियममा परिमार्जन गरेको कतारस्थित नेपाली दूतावासले जानकारी गराएको छ… Continue reading कतार छिर्न नयाँ नियम-खोप लगाएकालाई सहज

एक महिनामा अमेरिकाबाट नेपाल भ्रमणमा आए १८६४ पर्यटक

काठमाडौं । अमेरिकाबाट एक महिनाको अवधिमा १ हजार ८६४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार एक महिना (सेप्टेम्बर २०२१)को अवधिमा सो संख्यामा पर्यटक नेपाल आएका हुन्.। नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२१ मा ९ हजार ८ सय ९८ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यस अवधिमा… Continue reading एक महिनामा अमेरिकाबाट नेपाल भ्रमणमा आए १८६४ पर्यटक

अष्ट्रेलियामा नोभेम्बरबाट यात्रा सहज, भिसा खुल्ने

काठमाडौं । अस्ट्रेलियाले खोप लगाएका यात्रुलाई भिसा दिने भएको छ । सो मुलुकले १८ महिनापछि यस्तो निर्णय कार्यान्वयनमा ल्याउन लागेको हो । अष्ट्रेलियाले आफ्नो मुलुकमा प्रवेश गर्न दिने गरी आगामी नोभेम्बरबाट अन्तर्राष्ट्रिय सीमाना खुला गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ । अहिले आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको… Continue reading अष्ट्रेलियामा नोभेम्बरबाट यात्रा सहज, भिसा खुल्ने

पर्यटक भिसामा खाडी जाने नेपालीले २५० डलर बोके पुग्ने

Photo source : technotrenz.com

काठमाडौं । अब पर्यटक भिसामा खाडी मुलुक, सार्क मुलुक, मलेसिया र थाइल्याण्डमा घुमफिरमा जाने नेपालीले २५० डलर मात्र बोके पुग्ने भएको छ । सरकारले गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम डलर घटाउने निर्णय गरेको हो । यसअघि यस्तो रकम ५ सय डलर थियो । यस्तो रकम डलर वा सोही मुलुकको… Continue reading पर्यटक भिसामा खाडी जाने नेपालीले २५० डलर बोके पुग्ने

रमाइलो छ न्युयोर्कको डम्बो

कुमार न्यौपाने, न्युयोर्क पहिलो पल्ट सुन्दा अनौठो लागेको थियो यो नाउँ – डम्बो !प्रत्येक ठाँउको नाउँको पछाडि केही न केही अर्थ लुकेको हुन्छ । “Down Under the Manhattan Bridge Overpass” को छोटकरीलाई ‘डम्बो’ भन्ने थाहा पाएपछि त्यहाँ पुगौं भन्ने भयो । अर्को तथ्य त्यहाँ पुगेपछि थाहा भयो कि हात्तीको छावा, गणेश जस्तो देखिने रवर र… Continue reading रमाइलो छ न्युयोर्कको डम्बो

बुद्ध एयरको जहाजमा ल्याण्डिङ गियर नखुल्दा सोमबार काठमाडौंमा मच्चियो तहल्का

काठमाडौं । सोमबार बिहान १०) बजेको समयमा काठमाडौंको आकासमा एक जहाजले करीव १० फन्का लगायो । अन्य उडान अवतरण बन्द भएको समयमा एउटै जहाजले १० फन्को मार्दा काठमाडौंबासीलाई अचम्म लाग्नु स्भाविक थियो । त्यतिन्जेल संचारमाध्यमहरुमा खबर फैलियो, काठमाडौबाट विराटनगर उडेको जहाज त्यहाँ ल्याण्ड हुन नसकी काठमाडौं फर्किएको छ । समस्या थियो ल्याण्डिंग गिर नखुल्नु अर्थातः… Continue reading बुद्ध एयरको जहाजमा ल्याण्डिङ गियर नखुल्दा सोमबार काठमाडौंमा मच्चियो तहल्का

आजबाट खुल्यो लामो दुरीको बसमा अग्रिम टिकट बुकिङ

काठमाडौं । आजबाट काठमाडौं उपत्यकाबाट लामो दूरीमा चल्ने बसमा अग्रिम टिकट बुकिङ खुला भएको छ । दशैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेलाई लक्षित गरि टिकट बुकिङ खुलेको हो । दशैंमा घर जान इच्छुक व्यक्तिहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् । उनीहरुलाई दुरी कायम गरी लाइनमा राखेर अग्रिम टिकट बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।… Continue reading आजबाट खुल्यो लामो दुरीको बसमा अग्रिम टिकट बुकिङ

रसुवा जिल्लाको संक्षिप्त चर्चा

सरस्वती न्यौपाने, रसुवा बागमती प्रदेशको उत्तरी भागमा पर्ने रसुवा जिल्ला चीनको स्वशासित क्षेत्र तिब्बतसंग सिमाना जोडिएको बिकट हिमाली जिल्ला हो । स्थानीय भाषामा ‘र’ को अर्थ भेडाच्याङग्रा र ‘सोवा’ को अर्थ चराउने वा राख्ने ठाउँ भन्ने मान्यतामा राखिएको ‘रसोवा’ नाम अपभ्रंस भएर रसुवा भन्न थालिएको भन्ने भनाई छ । भौगोलिक, प्राकृतिक, सांस्कृतिक, जातीय,जैविक लगायतका विविधता… Continue reading रसुवा जिल्लाको संक्षिप्त चर्चा

पर्यटकलाई सर्त तोकेर अनअराइभल भिसा खुल्यो, गैरआवासीय नेपालीलाई के छ प्रावधान ?

काठमाडौं । सरकारले डेढ वर्षपछि पर्यटकका लागि सर्तसहित अनअराइभल भिसा खोलेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । मन्त्रालयका अनुसार अब नेपालको कानून अनुसार अनअराइभल भिसा पाउने मुलुकका नागरिकले खोपको मात्रा पूरा गरेको अवस्थामा… Continue reading पर्यटकलाई सर्त तोकेर अनअराइभल भिसा खुल्यो, गैरआवासीय नेपालीलाई के छ प्रावधान ?

माउण्टेन फ्लाइट पुनः सूचारु, एयरलाइन्सले ल्याए प्याकेज

Photo : Lonely Planet

काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेको (माउन्टेन फ्लाइट) पर्वतीय उडान पुनः शुरु भएको छ । वायुसेवा कम्पनीहरुले सगरमाथासहितका हिमाललाई नजिकबाट नियाल्न सकिने गरी आगामी शनिबारबाट माउन्टेन फ्लाइट शुरु गर्ने भएका हुन् । कोरोना महामारी कम हुँदै गएपछि बुद्ध एयरले हरेक शनिबार पर्वतीय उडान गर्ने गरी मंगलबार सूचना जारी गरेको छ । यति एयरलाइन्सले समेत… Continue reading माउण्टेन फ्लाइट पुनः सूचारु, एयरलाइन्सले ल्याए प्याकेज

पूर्ण मात्रामा खोप लगाएकालाई अमेरिकामा हवाई यात्रा सहज

GETTY IMAGES

न्यूयोर्क । अमेरिकाले बेलायत, यूरोपेली मुलक र अन्य देशका मानिसहरु सो मुलुकमा प्रवेश गर्न पाउनेगरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ। बीबीसीका अनुसार नोभेम्बरबाट पूर्णमात्रा खोप लगाएका विदेशी यात्रु कोभिड परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरेमा अमेरिका जान पाउने भएका छन्। गतसाता ह्वाइटहाउसले प्रतिबन्ध नहटाइने बताएपनि त्यसमा सुधार गरिएको हो । कोभिड नियन्त्रणका लागि भन्दै १८ महिनाअघिदेखि… Continue reading पूर्ण मात्रामा खोप लगाएकालाई अमेरिकामा हवाई यात्रा सहज

दशैंका लागि बसको अग्रिम टिकट बुक असोज १० बाट

काठमाडौं । दसैं मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुलाई लक्षित गरि दशैंको अग्रिम टिकट बुकिंग १० असोजबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकबाट यस्तो मिति तोकिएको हो । यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुल्ला गराउने प्रस्ताव गरेको भएपनि यसअघि व्यवसायीसँग सहमति भइसकेको थिएन… Continue reading दशैंका लागि बसको अग्रिम टिकट बुक असोज १० बाट

पर्यटकलाई एक महिना फ्रि भिसा दिन पर्यटन व्यवसायीको माग

काठमाडौं । पर्यटन व्यवसायीले भारतसँगको नाका खोल्दै विदेशी पर्यटकलाई एक महिनाको भिसा फ्रि गर्न माग गरेका छन् । यो प्रावधान सरकारले बजेटमा घोषणा गरेको छ । बिहीबार पर्यटन सम्बद्ध छाता संगठनका अध्यक्षहरुको बैठक बसी संयुक्त रुपमा व्यवसायीले यस्तो माग गरेका हुन् । कोरोना महामारीको समयमा सरकारको मापदण्ड पूर्ण रुपमा पालना गरेका व्यवसायीलाई महामारी कम हुँर्दै… Continue reading पर्यटकलाई एक महिना फ्रि भिसा दिन पर्यटन व्यवसायीको माग

हार्वड हेर्ने रहर

कुमार न्यौपाने, न्युयोर्क कुरा बुझ्ने भएपछि पनि निकै पछि सुनेको हो अक्सफोर्ड, क्याम्ब्रीज र हार्वडका नाम । बुवा आमाको ‘पढ्नु पर्छ’ भन्ने वचनले होला, पढे जस्तो गर्दै बिश्वबिद्यालयको भित्ता छुन, त्यहाँको हावासंग घुलिन अझै बढी प्राध्यापक चैतन्य मिश्र र अभि सुवेदीजस्ता गुरुहरुलाई सुन्नका लागि त्रिभुवन बिश्वबिद्यालयको आँगनमा पुग्दा भिन्नै अनुभुति हुन्थ्यो । गुरुहरु भन्नुहुन्थ्यो, कानुनका… Continue reading हार्वड हेर्ने रहर

सेप्टेम्बरका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन गन्तब्यमा कति ?

File Photo

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालीका अनुसार नेपालले उडान खुला गरेका र नेपालबाट हुने उडानलाई अनुमति दिएका मुलुकमा करीव साविककै हाराहारीमा उडान हुन थालिसकेको छ । अर्थातः अब वायुसेवा कम्पनीले यात्रुको माग अनुसार नै उडान अनुमति लिन थालिसकेका छन् । यसले उडान संख्या… Continue reading सेप्टेम्बरका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक, कुन गन्तब्यमा कति ?

बास्फरस क्षेत्र र इस्तानवुल नहर

कुमार न्यौपाने, न्युयोर्क फेब्रुवरी २०२१, काठमाण्डौंदेखि न्युर्योकसम्मको यात्रामा इस्तानवुलको ६ घण्टे ट्रान्जिट, हवाइअड्डाको सोफामा अर्को जहाज कुर्दै गर्दा इस्तानवुल नहरको समाचारले ध्यान तान्छ र मनमा खुल्दुली बढ्छ । विगतका घटनाहरु र हालसालैको टर्किस सरकारको नहर सम्बन्धी योजनाबिच यसका सम्बन्धित पक्षहरु माझको राजनिती तातिएको देखिन्छ । त्यसैले सम्बन्धित देशमा रहँदाको बखत कोट्याइएको सम्बन्धित देशकै समाचारले आज… Continue reading बास्फरस क्षेत्र र इस्तानवुल नहर

मनकामना केबुलकार आजबाट खुल्ने

काठमाडौं । मनकामना केबुलकार आजबाट पुनः संचालनमा आएको छ । कोभिड–१९ दोस्रो लहरका बीच केबलकार बन्द थियो । मनकामना केबुलकार आइतबारदेखि पुनः सञ्चालनमा आउने कम्पनीले जनाएको छ । स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै केबुलकार सेवा सञ्चालनमा ल्याउन लागेको कम्पनीको भनाई छ । कोभिडको सङ्क्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगदरहित कारोबारका लागि ई–सेवा, फोन–पेजस्ता डिजिटल माध्यमबाटै यात्रुले… Continue reading मनकामना केबुलकार आजबाट खुल्ने

८ महिनामा भित्रिए मात्र ६७ हजार पर्यटक

काठमाडौं । नेपालको अर्थतन्त्रमा पर्यटनको ठूलो योगदान छ । तर, कोरोना महामारीका कारण सन् २०२१ मा समेत पर्यटक आगमन प्रभावित हुने भएको छ । सन् २०२१ को आठ महिनामा ६७ हजार मात्र पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि अगष्टसम्म ६६ हजार ९ सय ६६ विदेशी पर्यटक नेपाल आएका छन् । अगष्ट महिनामा… Continue reading ८ महिनामा भित्रिए मात्र ६७ हजार पर्यटक

पोखरा-सिमरा रुटमा शुरु भयो सिधा हवाई उडान

File

पोखरा । प्रदेश २ को सिमरा र गण्डकी प्रदेशको पोखराबीच सिधा हवाईसेवा शुरु भएको छ । अब सिमरा हुँदै पोखरा जान सडक मार्ग वा काठमाडौं जानु पर्ने बाध्यता समेत हटेको छ । बुधबार गण्डकी प्रदेशका पर्यटन मन्त्री मणिभद्र शर्मा नेतृत्वको १८ जनाको टोली बुद्ध एयरको जहाजमार्फत सिमरा विमानस्थलमा अवतरण गरेको छ । बुद्ध एयरले पछिल्लो… Continue reading पोखरा-सिमरा रुटमा शुरु भयो सिधा हवाई उडान

बास्फरस क्षेत्र र इस्तानवुल नहर

कुमार न्यौपाने, न्युयोर्क फेब्रुवरी २०२१, काठमाडौंदेखि न्युर्योकसम्मको यात्रामा इस्तानवुलको ६ घण्टे ट्रान्जिट, हवाइअड्डाको सोफामा अर्को जहाज कुर्दै गर्दा इस्तानवुल नहरको समाचारले ध्यान तान्छ र मनमा खुल्दुली बढ्छ । विगतका घटनाहरु र हालसालैको टर्किस सरकारको नहर सम्बन्धी योजनाबिच यसका सम्बन्धित पक्षहरु माझको राजनिती तातिएको देखिन्छ । त्यसैले सम्बन्धित देशमा रहँदाको बखत कोट्याइएको सम्बन्धित देशकै समाचारले आज… Continue reading बास्फरस क्षेत्र र इस्तानवुल नहर

शरद ऋतुमा हिमाल चढ्न दुई समुहमा २५ जनाले लिए अनुमति

काठमाडौं । शरद् ऋतुमा हिमाल चढ्न दुई वटा समूहका २५ जनाले अनुमति लिएका छन् । आठ हजार एक सय ६३ मिटर अग्लो हिमाल चढ्न मङ्गलवार दुई वटा समूहका २५ जनाले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । अनुमति लिनेमा पाँच महिला र अन्य पुरुष छन् । दुई समूहबाट २६ लाख ४६ हजार रुपैयाँ रोयल्टी प्राप्त… Continue reading शरद ऋतुमा हिमाल चढ्न दुई समुहमा २५ जनाले लिए अनुमति