मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ, २२ मङ्सिर । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय र सहकार्यमा यहाँका उच्चलेंकमा हिउँ चितुवा सङ्ख्या एकीन गर्न क्यामेरा ट्यापिङमार्फत अध्ययन अनुसन्धान सुरु गरिएको हो । बायोकोर्स नेपाल र एक्याप मिलेर यहाँको वारागुङ… Continue reading मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने

काठमाडौँ, २२ मङ्सिर । गौतम बुद्धको जन्मजयन्तीको अवसर पारेर थाइल्याण्डमा लुम्बिनी–नेपाल मिनी म्याराथन आयोजना गरिने भएको छ । विश्वशान्तिका अग्रदूत गौतम बुद्धको पवित्र जन्मभूमि लुम्बिनीलाई प्रचार प्रसार गर्ने लक्ष्यसहित आगामी वैशाखको तेस्रो हप्ता सो कार्यक्रम आयोजना गर्ने तयारी गरिएको नेपाली दूतावासले जनाएको छ । यो प्रतियोगितामा १० किलोमिटर तथा पाँच किलोमिटर दौड समावेश गरिनेछ ।… Continue reading थाइल्यान्डमा लुम्बिनी–नेपाल म्याराथन आयोजना हुने

पौने तीन लाख विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा

गण्डकी, २१ मङ्सिरः पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला ११ महिनामा दुई लाख ७३ हजार ६४६ विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये एक लाख १५ हजार ५५५ अन्य देशका पर्यटक हुन् भने बाँकी भारतसहित दक्षिण एसियाली मुलुकका पर्यटक हुन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार गत जनवरीदेखि नोभेम्बरसम्ममा ती पर्यटकले यस क्षेत्रको… Continue reading पौने तीन लाख विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी, १९ मङ्सिर । यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास (होमस्टे) सञ्चालन भएको छ । पाँचवटा घरमा एक दिनमा २१ जना बास बस्न सक्ने क्षमताको घरबास सञ्चालन भएको हो । जुना खत्री, रश्मी चोखाल, सुजना चोखाल, युव गिरी र जमुना क्षेष्ठको घरमा होमस्टे सुरु भएको समूहका अध्यक्ष सीता खत्रीले जानकारी दिइन् । “गाउँमा आउने… Continue reading बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

पर्यटकको आकर्षक केन्द्र बन्दै सुनसरीका तालतलैया

धरान (सुनसरी), १६ मङ्सिर । सुनसरीको इटहरी उपमहानगरपालिका–२ र ३ मा रहेको तालतलैया अहिले पर्यटकको आकर्षक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । करिब २१ दशमलव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको तालतलैया विशेषगरी वनभोज स्थलका रूपमा लोकप्रिय बनेको हो । मुख्य वनभोजको मौसममा दैनिक १२ देखि १५ हजार आन्तरिक तथा बाह्य पर्यटक तालतलैया आउने गरेका तालतलैया… Continue reading पर्यटकको आकर्षक केन्द्र बन्दै सुनसरीका तालतलैया

सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै

सिरहा, १५ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ । प्राकृतिक दृश्य, स्वच्छ र शान्त वातावरण, सहज पहुँच, फोटो खिच्नका लागि मनमोहक स्पट र नयाँ–नयाँ संरचनाले गर्दा भालटारडाँडा दिनानुदिन पर्यटकले भरिन थालेको छ । धनगढीमाई–१३ को सेल्फीडाँडाको रूपमासमेत परिचित यो… Continue reading सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै

पोखरामा दाइँ महोत्सव सम्पन्न

राष्ट्रिय समाचार समिति (रासस)गण्डकी, १३ मङ्सिरः ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नारासहित पोखरा पर्यटन परिषद्को आयोजनामा कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ आज पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव गरिएको छ । स्थानीय चुरुङ्गा टोल विकास संस्थासँगको सहकार्य तथा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा दाइँ महोत्सव गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष… Continue reading पोखरामा दाइँ महोत्सव सम्पन्न

अब पर्यटकलाई नेपालमा अनलाइन ट्रयाकिङ गरिँदै

काठमाडौँ, १२ मङ्सिर । अध्यागमन विभागले आगामी पुस १७ गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । यसका लागि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था र निजी कम्पनीलाई यस प्रणालीमा अनिवार्य रुपमा आबद्ध हुन अनुरोध गरेको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै प्रणाली लागू गर्ने विषयमा विभागले गत… Continue reading अब पर्यटकलाई नेपालमा अनलाइन ट्रयाकिङ गरिँदै

सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका

दमौली (तनहुँ), १२ मङ्सिर । नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका जुटेको छ । प्रचुर सम्भावना बोकेर पनि ओझेलमा परेको सिद्धगुफाको प्रचारप्रसार गर्दै धेरैभन्दा धेरै पर्यटक भित्र्याउन गाउँपालिका लागिपरेको हो । पृथ्वीराजमार्गबाट २० मिनेट पैदलयात्रामार्फत पुगिने सिद्धगुफाको प्रचारप्रसार गर्न सकिए धेरै पर्यटक भित्र्याउन सकिने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा बताउनुहुन्छ । तर… Continue reading सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका

पर्यटकको रोजाइमा ‘बोराबाध’

धरान (सुनसरी), ११ मङ्सिर । यहाँको बराहक्षेत्र नगरपालिका–६ स्थित सप्तकोशी नदी किनारमा रहेको ‘बोराबाध’ पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ । नदी किनारको मनोरम दृश्य, सूर्यास्तको आकर्षक झल्को तथा ‘क्याम्प फायर’, रिसोर्ट, ‘कफी सप’ र खाजा पसल थपिँदै गएपछि यहाँ दैनिक चहलपहलसमेत बढ्दै गएको छ । व्यवसायी बिकुल श्रेष्ठले केही वर्षअगाडिसम्म सुनसान रहने यो… Continue reading पर्यटकको रोजाइमा ‘बोराबाध’

पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

काठमाडौँ, ११ मङ्सिरः विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ मन्दिरबाट फलामका बार हटाइने भएको छ । पशुपतिनाथ मूल मन्दिरभित्र भक्तजनलाई लाममा राख्न सजिलो हुने भनेर राखिएको फलामको बारले सम्पदालाई असर गर्ने भएपछि हटाउने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले… Continue reading पशुपतिनाथ मन्दिरभित्रका फलामे बार हटाइने

ठमेलमा पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ

file

काठमाडौँ, १० मङ्सिर । नेपाल प्रहरीले विदेशी पर्यटकलाई अनावश्यक दुःख दिएको र लुटपाटमा संलग्न रहेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले ठमेल क्षेत्रमा घुम्न आएका विदेशी पर्यटकलाई अनावश्यक हैरानी दिने, लुटपाट गर्ने, जबरर्जस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको आरोपमा गएराति उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा… Continue reading ठमेलमा पर्यटकलाई दुःख दिएको र लुटपाटको आरोपमा १३ जना पक्राउ

साइपाल पाटनका चौँरी (फोटो फिचर)

९ मंसिर, काठमाडौं । बझाङको साइपाल गाउँपालिका–४स्थित साइपाल पाटनमा चर्दै गरेका चौँरीहरू । ४ हजार मिटरको उचाइमा रहेको पाटन आसपासमा हिउँदमा पनि चौँरीहरू चर्ने र खुला आकाशमा बास बस्ने गर्दछन् । यो ठाउँमा जिल्ला सदरमुकाम चैनपुरबाट ७ दिनको पैदलयात्रापछि पुगिन्छ । तस्बिरहरु : भूमिराज पिठातोली (रासस)

बन्दीपुरका होटलमा पर्यटक भरिभराउ हुँदा व्यवसायी उत्साहित

तनहुँ, ९ मङ्सिरः बन्दीपुरमा सात महिनामा २१ हजार बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । गत वर्षको वैशाखदेखि चालु आर्थिक वर्षको कात्तिकसम्ममा २१ हजार ७२५ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन् । पछिल्लो समय ‘पहाडकी रानी’ले चिनिएको सो स्थानमा घुम्न आउने विदेशी पर्यटकको आकर्षण बढ्दै गएको अस्थायी पर्यटक प्रहरी पोष्टका प्रमुख प्रहरी सहायक निरीक्षक गोविन्द… Continue reading बन्दीपुरका होटलमा पर्यटक भरिभराउ हुँदा व्यवसायी उत्साहित

रसुवाको आमाछोदिङस्थित चिलिमे तातोपानीमा पुनः स्नान गर्नेको घुइँचो

रसुवा, ९ मङ्सिर । यहाँस्थित चिलिमे तातोपानीमा स्नान गर्ने भक्तजनको सङ्ख्या पछिल्लो समयमा पुनः वृद्धि हुन थालेको छ । तातोपानीमा स्नान गरेमा विभिन्न रोगको निदान हुने विश्वास गरिन्छ । विसं २०७२ बैशाख १२ को विनासकारी भूकम्पले आमाछोदिङ्मो गाउँपालिका–५ स्थित तातोपानी कुण्डलाई असर पारेको थियो । कुण्डमा पुनः तातोपानी निस्केपछि स्नान गर्ने भक्तजनको सङ्ख्या वृद्धि हुनथालेको… Continue reading रसुवाको आमाछोदिङस्थित चिलिमे तातोपानीमा पुनः स्नान गर्नेको घुइँचो

तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी, ८ मङ्सिरः म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो । जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक… Continue reading तीन हजार दुई सय मिटर उचाइमा रहेका जलजलामा ताल बनाउन सम्भाव्यता अध्ययन

एनपिएल : आज दुई खेल हुँदै

काठमाडौँको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जडान गरिएको प्याराफिट र फ्लडलाइट। प्याराफिट र फ्लडलाइट शहरी विकास मन्त्रालयको सहयोगमा जडान गरिएको हो।तस्बिरः विनोदसिंह विष्ट/रासस

काठमाडौँ, ८ मङ्सिरः यहाँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० क्रिकेटमा आज दुई खेल हुनेछन् । पहिलो खेलमा बिहान पौने १२ बजे साविक विजेता जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन्… Continue reading एनपिएल : आज दुई खेल हुँदै

प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

म्याग्दी, ५ मङ्सिर । घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ लहरै हिमाल । सूर्योदय र सूर्यास्तको मिठास दृश्य । नदी किनारदेखि हिमालको चुचुरोसम्मको भूगोल एकैठाउँबाट देख्न सकिने शान्त र एकान्त ठाउँ । चराचुरुङ्गीको चिरबिर आवाज । म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तीनचुले प्रकृति र संस्कृतिको सङ्गम हो… Continue reading प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

कात्तिकमा मात्र ३५ हजार बढी विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा

गण्डकी, ५ मङ्सिर । कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र पर्ने विभिन्न गन्तव्यस्थलको भ्रमण गरेका छन् । जुन गत वर्षको सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो । विसं २०८१ को कात्तिकमा ३३ हजार ३१० जना पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । त्यसअघि २०८० साल कात्तिकमा २४ हजार ४१६… Continue reading कात्तिकमा मात्र ३५ हजार बढी विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रको भ्रमणमा

छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

दमौली, ५ मङ्सिर । जिल्लाको सबैभन्दा अग्लो स्थान छिम्केश्वरीमा निर्माण गरिएको उद्यान (पार्क) आन्तरिक पर्यटकको रोजाइमा परेको छ । समुद्र सतहबाट दुई हजार १३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा निर्माण गरिएको पार्कले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । प्रसिद्ध छिम्केश्वरी मन्दिरको नजिकै रहेको यस उद्यानमा बिदा र शनिबार आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको वडाध्यक्ष… Continue reading छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा

माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क

मुस्ताङ, ३ मङ्सिर । नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए । उनले अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ मा हेरफेर गर्ने गरी उक्त… Continue reading माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

वासुदेव पौडेल–कृष्ण दवाडी (रासस)गण्डकी, २ मङ्सिर । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले हुन नसकेको अवस्थामा आजदेखि उडान थालिएको हो । यसअघि असोज १२ सहित १६, २०… Continue reading पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

आन्दोलनमा आगजनी गरिएको मौलाकाली केबलकार पुनःसञ्चालनमा ल्याउने तयारी

नवलपुर (नवलपरासी), २ मङ्सिरः गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द भएको मौलाकाली केबलकार पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको छ । जेनजी आन्दोलनबाट क्षति पुगेर बन्द भएको केबलकारको दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो । मौलाकाली केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै… Continue reading आन्दोलनमा आगजनी गरिएको मौलाकाली केबलकार पुनःसञ्चालनमा ल्याउने तयारी

एनपिएल : क्रिकेट महाकुम्भको शानदार सुरुआत

RSS

काठमाडौँ, १ मङ्सिरः ‘फ्लड लाइट’को उज्यालो र १० हजारभन्दा बढी दर्शकलाई साक्षी राखेर नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आजदेखि सुरु भयो । कीर्तिपुरको चिसो डाँडामा साँझ अबेरसम्म हजारौँ दर्शक क्रिकेटको रौनकमा रमाए । तीन दिनअघि नै उद्घाटन खेलको टिकट ‘सोल्ड आउट’ भए पनि खेल नसकिँदासम्म मैदान बाहिर पनि हजारौँ दर्शक बसिरहे । टिकट नपाउनेहरु… Continue reading एनपिएल : क्रिकेट महाकुम्भको शानदार सुरुआत

घट्दैछ तापक्रम, प्रकृतिले दिँदैछ हिँउदयामको आभास (तस्वीर कथा)

तोरी फुलेर पहेँलपुर देखिएको दाङको घोराही उपमहानगरपालिका–१० स्थित अम्राइ गाउँ र आसपासको क्षेत्र । हिउँदे बालीको रूपमा हुने तोरी खेतीको लागि दाङ प्रख्यात मानिन्छ । तस्बिर: कुलदीप न्यौपाने / रासस

१ मंसिर, काठमाडौं । नेपालमा यतिबेला हरेक दिन तापक्रम ओरालो लाग्ने क्रममा छ । हिँउदयाम सुरु भएको छ । माथिल्लो भेगमा हिमपात भएको छ भने उपत्यकासहितका क्षेत्रमा न्यूनतम तापक्रम कम भइरहेको छ । तराई भेगमा हुस्सुले जनजीवन प्रभावित हुन थालेको छ । देशभर आलोलागीका घटना बढ्न थालेका छन् । उता, प्रकृतिले समेत यस्तै आभास गराइएको… Continue reading घट्दैछ तापक्रम, प्रकृतिले दिँदैछ हिँउदयामको आभास (तस्वीर कथा)

खेल पर्यटन प्रवर्द्धन गर्न ‘एनपीएल-२’ मा बोर्ड र क्यानबीच समझदारी

३० कात्तिक, काठमाडौं । नेपालको खेल पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले नेपाल प्रिमियर लिग सिजन-२ प्रवर्द्धनका लागि क्रिकेट संघ नेपाल (क्यान) सँग समझदारी गरेको छ । यो साझेदारी मार्फत एनपीएल–२ लाई नेपालको क्रिकेट तथा खेलकुद पर्यटन अगाडि बढाउने प्रमुख प्ल्याटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य छ । समझदारी अनुसार बोर्डले एनपीएल–२ को ब्रान्डिङ, प्रचार तथा… Continue reading खेल पर्यटन प्रवर्द्धन गर्न ‘एनपीएल-२’ मा बोर्ड र क्यानबीच समझदारी

रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

काँक्रेविहार (सुर्खेत), ३० कात्तिक : डोल्पाको त्रिपुराकोट नगरपालिका–१ त्रिपुराकोटबाट जुम्लाको मौरे सडक जोड्नका लागि झण्डै रु २५ करोडभन्दा बढी लागतमा स्तरोन्नति सुरु भएको छ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ त्रिवेणीबाट जुम्ला जोड्ने सडक निर्माण भइसकेको सन्दर्भमा अर्को मार्गबाट पनि जुम्ला जोड्ने काम थालिएको हो त्रिपुराकोटदेखि मौरे लेकसम्मको सडक स्तरोन्नतिका लागि बजेट विनियोजन भई ठेक्का प्रणालीबाट रु… Continue reading रारा र फोक्सुन्डो ताल स्थलमार्गबाट जोडिँदै

हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

२६ कात्तिक, ढोरपाटन । वर्खामा आन्तरिक पर्यटकले गुल्जार बनेको बुकीपाटन चिसो बढेपछि सुनसान भएको छ । सयौँ गोठाला र हजारौँ वस्तुभाउसँगै पर्यटकले चहलपहल हुने बुकीपाटन कात्तिक पहिलो सातादेखि सुनसान बनेको हो । अग्ला पहाड पनि हरियो घाँस सुक्दै गएपछि उराठिला बनेका छन् । पहिले गोठालाले रचन क्षेत्रका रुपमा प्रयोग गर्दै आएको बुकीपाटन पछिल्लो दुई वर्षदेखि… Continue reading हिउँदभरि सुनसान हुन्छ बुकीपाटन

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खोलिँदै

सुवास दर्नाल/रासस सोलुखुम्बु, २५ कात्तिकः विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल… Continue reading सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खोलिँदै

नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’

RSS

वासुदेव पौडेल–कृष्ण दवाडीगण्डकी, २४ कात्तिक (रासस) । आँखै अगाडी चाँदीझैँ टलक्क टल्कने माछापुच्छे हिमालसहितको मनोरम हिमशृङ्खला, वरिपरि हरियाली वनङज्गल एवम् ढुङ्गाले छपक्क छापिएको बाटा तथा घरहरू । यो हेम्जाकोट हो, जहाँबाट दक्षिणतर्फ पोखरा देखिन्छ । हालसम्म आरोहण नभएका कारण हिमालको उपमा पाएको माछापुच्छ्रे काखमा रहेको यो गाउँ कास्कीको माछापुच्छ्रै गाउँपालिका–६ मा पर्दछ । प्रकृतिकसँगै ऐतिहासिक… Continue reading नजिकबाट माछापुच्छ्रे नियाल्न ‘हेम्जाकोट’