हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

राससमुस्ताङ, २३ कात्तिकः एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै यहाँका उच्च लेकमा पालिएका याकचौँरीलाई बेँसीमा स्थान्तरण गरिएको छ । हिमपातका कारण उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले पूरै ढाकिएको र पानीका मुहान हिउँले जमेपछि यहाँका याकचौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसीको न्यानो स्थानमा झारिएको हो । बर्सेनि मुस्ताङका उच्च लेकमा हिउँदयाममा हिउँ… Continue reading हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थान्तरण

‘लाइटिङ’ प्रणालीमा समस्या आएपछि बन्द भएको हवाई उडान सञ्चालनमा

काठमाडौँ, २२ कात्तिकः त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ‘रनवे लाइटिङ’ प्रणालीमा प्राविधिक समस्या आएपछि बन्द भएका हवाई उडान अहिले सञ्चालन भएको छ । आज साँझ ५ः३० बजेदेखि धावनमार्ग ९रनवे० को ‘एयरफिल्ड लाइटिङ सिस्टम’मा समस्या आएपछि बन्द भएका हवाई उडान अहिले नियमित सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले राससलाई जानकारी दिए । उनले भने, “रनवेको एयरफिल्ड लाइटिङ सिस्टममा… Continue reading ‘लाइटिङ’ प्रणालीमा समस्या आएपछि बन्द भएको हवाई उडान सञ्चालनमा

चार घण्टादेखि त्रिभुवन विमानस्थल ठप्प, जहाजहरु धमाधम डाइभर्ट र रद्द

२२ कात्तिक, काठमाडौं । धावनमार्गको लाइटिङ प्रणालीमा आएको समस्याका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान–अवतरण ठप्प छ । विमानस्थल कार्यालयका अनुसार अहिले जहाजहरु धमाधम डाइभर्ट गरिएको छ । कतार एयरवेजलाई ढाका पठाइएको छ । कोरियन एयरको जहाज दिल्ली पठाइएको छ । फ्लाइ दुबई लखनउ डाइभर्ट गरिएको छ । दर्जनौं आन्तरिक उडान रद्द भएका छन् । अझै… Continue reading चार घण्टादेखि त्रिभुवन विमानस्थल ठप्प, जहाजहरु धमाधम डाइभर्ट र रद्द

नेपालगञ्ज विमानस्थलमा बन्यो अत्याधुनिक ‘टर्मिनल’ भवन

नेपालगञ्ज, २२ कात्तिकः पश्चिम नेपालको नेपालगञ्ज विमानस्थलमा अत्याधुनिक ‘टर्मिनल’ भवन निर्माण भएको छ । तोकिएको समयअघि निर्माण सकिएको उक्त भवन केही दिनमा नेपालगञ्ज विमानस्थल टर्मिनल भवन आयोजनालाई हस्तान्तरण गरिने छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आज नेपालगञ्ज विमानस्थालमा निर्माण सम्पन्न भएको टर्मिनल भवनको निरीक्षण गर्दै यथाशीघ्र यो टर्मिनल भवन सञ्चालनमा आउने गरी… Continue reading नेपालगञ्ज विमानस्थलमा बन्यो अत्याधुनिक ‘टर्मिनल’ भवन

आन्दोलनमा आगजनी गरिएको चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबारबाट पुनः सञ्चालनमा

२१ कात्तिक, काठमाडौं । चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिवार बिहानदेखि पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो। केबलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज हुने छ भने पर्यटकहरूले रिसोर्टको आतिथ्य तथा अन्य सेवाहरु प्राप्त गर्न सक्ने… Continue reading आन्दोलनमा आगजनी गरिएको चन्द्रागिरि केबलकार तथा रिसोर्ट शनिबारबाट पुनः सञ्चालनमा

अघिल्लो साताको हिमपातपछि छार्का भेरोलमा अलपत्र दुई पर्यटकको उद्धार

मुस्ताङ, २० कात्तिकः मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो । पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका… Continue reading अघिल्लो साताको हिमपातपछि छार्का भेरोलमा अलपत्र दुई पर्यटकको उद्धार

धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

म्याग्दी, कात्तिक २० गते । मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा अवस्थित धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण भएको छ । समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तिनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि त्यहाँको शिवालय मन्दिर, बराह तालमा पूजाआजा, हिमशृङ्खला, सूर्योदय र पहाडी भूगोलको दृष्यावलोकन गर्न आउनेको चहलपहल बढेको… Continue reading धार्मिक पर्यटकीयस्थल तिनचुलेमा पूर्वाधार निर्माण

डब्ल्यूटीएम २०२५ : विश्‍वमञ्‍चमा नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटन प्रस्तुत

१९ कात्तिक, काठमाडौं । विश्वकै प्रतिष्ठित पर्यटन प्रदर्शनी वर्ल्ड ट्राभल मार्केट (डब्ल्यूटीएम) लण्डन २०२५ मा नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहसिक पर्यटनका सम्भावनाहरु प्रस्तुत गरेको छ । नोभेम्बर ४ देखि ६ तारिखसम्म लण्डनको एक्सेल लण्डनमा आयोजना भइरहेको यो मेला विश्वभरका पर्यटन व्यवसायी, लगानीकर्ता, ट्राभल मिडिया र सरोकारवालाहरूको सहभागीता रहेको छ । नेपालबाट नेपाल पर्यटन… Continue reading डब्ल्यूटीएम २०२५ : विश्‍वमञ्‍चमा नेपालको प्रकृति, संस्कृति र साहसिक पर्यटन प्रस्तुत

रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

file

दोलखा, १७ कात्तिक । रोल्वालिङ हिमश्रृङ्खलामा पहिरोमा परी घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । दुई विदेशी र तीन नेपाली नागरिकको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सात जना अझै बेपत्ता छन् । पाँचै जनालाई यलुङरी हिमालको आधार शिविरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए । उनका अनुसार हिमपहिरोबाट जोगिएका थप… Continue reading रोल्वालिङ हिमपहिरो अपडेटः पाँच जनाको उद्धार, सात अझै बेपत्ता

पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

गोरखा, १८ कात्तिकः गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ । पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा… Continue reading पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला

बाँकेमा अटोरिक्सा चलेपछि स्थानीयको आवागमन सहज

राँझा, १८ कात्तिकः बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका क्षेत्रमा अटोरिक्सा सञ्चालनमा आएपछि स्थानीयलाई आवागमनमा सहज भएको छ । छोटो दूरीको यात्राका लागि सवारीसाधन नपाइने समस्याबाट हैरान भएका नरैनापुरवासीलाई अटोरिक्सा सञ्चालनमा आएपछि गन्तव्यसम्म पुग्न सजिलो भएको हो ।नरैनापुर–६ गङ्गापुर निवासी सोहनलाल यादवका अनुसार साँझ र बिहान यात्रुवाहक बस जाने÷आउने गरे पनि अन्य समयमा आवागमनमा सास्ती व्यहोर्नुपर्ने… Continue reading बाँकेमा अटोरिक्सा चलेपछि स्थानीयको आवागमन सहज

निषेधित क्षेत्रमा पर्यटक लगेपछि एजेन्सी कारवाहीमा

file

१८ कात्तिक, काठमाडौं । अध्यागमन विभागले पदयात्रा अनुमति पत्रको अवधिभन्दा अगावै निषेधित क्षेत्रमा विदेशी पर्यटक लैजाने ट्रेकिङ एजेन्सीलाई कारबाही गरेको छ। विभागले अध्यागमन ऐन, २०४९ बमोजिम पहिलोपटकका लागि मल्टिएड्भेन्चर प्रालिलाई ४० हजार रुपैयाँ जरिवाना तिराएर कारबाही गरेको हो। एजेन्सीले जर्मन नागरिक मार्टिन श्रामलाई ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा पदयात्रा गराएको थियो। नेपाल सरकारले तोकेको निषेधित क्षेत्रमा पदयात्रा… Continue reading निषेधित क्षेत्रमा पर्यटक लगेपछि एजेन्सी कारवाहीमा

धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘ऋषिकेश’

राससतानसेन, १८ कात्तिकः यहाँको तानसेन नगरपालिका–१४ रिडीस्थित प्रसिद्ध ऋषिकेश मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्र (रिडी) मा रहेको ऋषिकेशलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५… Continue reading धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘ऋषिकेश’

दाउन्ने छिचोल्नै सकस

१८ कात्तिक, त्रिवेणी । कावासोतीका दीप काफ्लेलाई आइतबार बर्दघाटबाट दाउन्ने पार गरी दुम्किबास निस्किन झण्डै १२ घण्टा लाग्यो । आइतबार दिनभरी निरन्तरको झरी र सडक मर्मतका कारणले उनी जस्ता कैयौँ यात्रुहरुले भोग्नु परेको समस्या हो यो । केही दिनअघिको झरीका कारण बाटो हिलो र चिप्लो हुँदा दाउन्नेको यात्रा निकै कष्टकर बनेको यात्रुहरुको गुनासो छ ।… Continue reading दाउन्ने छिचोल्नै सकस

पहिरोमा पुरिएकी विदेशी पर्यटक फेला परिनन्

गोरखा, १७ कात्तिक । मनास्लु क्षेत्रमा गत शुक्रबार पहिरोमा पुरिएकी एक विदेशी महिला पर्यटक चार दिनसम्म भेटिएकी छैनन् । मनास्लु भ्रमणबाट फर्कँदै गर्दा गत शुक्रबार चुमनुब्री–३ न्याकफेदी नजिकै पहिरोमा पुरिएकी चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रास्कोभा सोमबार अपराह्नसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको… Continue reading पहिरोमा पुरिएकी विदेशी पर्यटक फेला परिनन्

हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता

file

दोलखा, १७ कात्तिक : गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा रहेको यलुङरी हिमालको आधारशिविर नजिकै आज बिहान हिमपहिरोमा परेका छन् । हिमपहिरोमा परेर एक विदेशीसहित दुई नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । आरोहणका लागि गएका १५ विदेशीसहित स्वदेशी पथप्रदर्शकको समूह आज बिहान ९ः०० बजेतिर यलुङरी… Continue reading हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता

हिमपहिरोमा परी इटालीमा पाँच जर्मन आरोहीको मृत्यु

रोम, १७ कात्तिक (रासस–सिन्ह्वा) । उत्तरी इटालीको आल्प्सस्थित माउन्ट ओर्टल्समा हिमपहिरोमा परी पाँच जर्मन स्की आरोहीको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार जानकारी दिएका छन् । इटालीको एएनएसए समाचार एजेन्सीका अनुसार स्थानीय समयानुसार शनिबार अपराह्न ४ बजे दक्षिणी टायरोलको सिमा भर्टानाको उत्तरी ढलानमा हिमपहिरो जाँदा पाँच जना जर्मन पर्यटकहरूलाई हिउँले बगाएको हो । शनिबार तीन जनाको… Continue reading हिमपहिरोमा परी इटालीमा पाँच जर्मन आरोहीको मृत्यु

धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो

सन्तोष गौतम \राससम्याग्दी, १७ कात्तिकः यहाँको धवलागिरि गाउँपालिकाको वडा नं –२ र ३ का जलजला, मुना र मरेनी क्षेत्रमा थप सङ्कटापन्न रेडपाण्डा ९हाब्रे० भेटिएका छन् । यसका लागि सो क्षेत्रमा तीन ‘क्यामेरा’ जडान गरिएकामा दुईमा रेडपाण्डा भेटिएको हो । “एक महिनासम्म स्थलगत अध्ययनका क्रममा रेडपाण्डाको दिसा भेटिएपछि क्यामेरा ट्यापिङ गरिएको थियो,” जैविक विविधता संरक्षण समाज… Continue reading धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा थप ‘रेडपाण्डा’ भेटियो

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

१७ कात्तिक, गण्डकी । होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ । पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध ३७ सदस्यीय प्रतिनिधिमण्डल प्रवर्द्धनात्मक कार्यक्रममा निस्केको होटेल… Continue reading पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए, अमेरिकी दोस्रो स्थानमा

काठमाडौँ, १६ कात्तिकः सन् २०२५ को अक्टोवर महिनामा एक लाख २८ हजार ४४३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय याम मानिने अक्टोबरमा विभिन्न देशका पर्यटक नेपाल भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार अक्टोबर महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आएका छन् । भारतबाट अक्टोबर महिनामा मात्र… Continue reading एक महिनामा एक लाख २८ हजार पर्यटक भित्रिए, अमेरिकी दोस्रो स्थानमा

तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

१५ कात्तिक, काठमाडौं । उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको माउण्टेन रेस्क्यु ट्रेनिङ्ग स्कूल (एमआरटीएस) बाट खटिएको माउन्टेन रेस्क्यू टिमले उनीहरुको सफलतापूर्वक उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार गरिएका पर्यटकहरूमा एक… Continue reading तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार

बुद्ध एयरले कोलकातामा थप्यो उडान

File

१५ कात्तिक, काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारत कोलकातामा उडान थपेको छ । बुद्धले यसअघि साताका तीन दिन उडान गरिरहेकोमा अब चार उडान गर्ने भएको हो । नयाँ उडान तालिका अनुसार अब आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुनेछ । नयाँ उडान तालिका १५ नोभेम्बरबाट कार्यान्वयनमा ल्याउन लागिएको बुद्धले जनाएको छ । कोलकाता… Continue reading बुद्ध एयरले कोलकातामा थप्यो उडान

भ्रमण भिसामा विदेश जाने प्रावधान खुकुलो बनाइयो, डलर बोक्नुपर्ने अनिवार्य नियम हट्यो

१४ कात्तिक, काठमाडौं । सरकारले भिजिट भिसा सम्बन्धी मापदण्ड खुकुलो बनाएको छ । २०८० माघ १० देखि लागू भएको ६ बुँदे कडा मापदण्ड खारेज भएको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो । अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्ने सम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२… Continue reading भ्रमण भिसामा विदेश जाने प्रावधान खुकुलो बनाइयो, डलर बोक्नुपर्ने अनिवार्य नियम हट्यो

मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन

रासस१४ कात्तिक, काठमाडौं । मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड ४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फुगाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी… Continue reading मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन

मुगुको कोइकी हिमाल आरोहण गर्दै पाँच आरोहीले बनाए कीर्तिमान

१३ कात्तिक, मुगु । मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ मा पर्ने कोइकी हिमालमा पहिलो पटक सफल आरोहण भएको छ । कात्तिक ३ गते चार अष्ट्रियन र एक जर्मन गरी पाँच जनाको टोलीले सो हिमालमा सफल आरोहण गरेका हुन् । सफल आरोहीहरुमा अष्ट्रियाका एर्विन पल विसम्यान, भ्यालेन्टिन म्याक, स्यान्द्रो फ्रान्ज कान्डुथ, ग्रेगर प्रिबर्निग र जर्मनीका स्टेफन लिब… Continue reading मुगुको कोइकी हिमाल आरोहण गर्दै पाँच आरोहीले बनाए कीर्तिमान

बिहीबारदेखि पुनः वर्षा र हिमपातको प्रक्षेपण, राजधानीदेखि पूर्वी भेग जोखिममा

तस्बिर : नवीन लामिछाने/रासस

११ कात्तिक, काठमाडौं । अरबसागरमा विकसित मौसमी प्रणालीले गत रातिदेखि भइरहेको वर्षा–हिमपात बुधबारदेखि रोकिने भएको छ । तर, विहीबार साँझदेखि बंगालको खाडीको चक्रवातको प्रभावले पुनः मौसम खराब हुने मौसमविद्‍ले जनाएका छन् । यो प्रणालीले गत असोजमा बाढीपहिरोले बढी क्षति पुर्‍याएको इलामसहितका जिल्ला उच्च जोखिममा रहेको मौसमविद्‍को भनाइ छ । अरब सागरको प्रणालीको प्रभावले मुगु, डोल्पा,… Continue reading बिहीबारदेखि पुनः वर्षा र हिमपातको प्रक्षेपण, राजधानीदेखि पूर्वी भेग जोखिममा

हिमपातपछि तिलिचो वेक्याम्पमा फसेका ७५० जना पर्यटकको उद्धार

११ कात्तिक, काठमाडौं । हिमाली जिल्लामा हिमपातमा फसेका ७ सयभन्दा बढी पर्यटकहरूको उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले ती पर्यटकहरूको उद्धार गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । गएरातिदेखि परेको हिउँका कारण मनाङको तिलिचो बेस क्याम्पमा अलपत्र ७५० जना पर्यटकलाई उद्धार गरी डिस्याङ गाउँपालिका–९… Continue reading हिमपातपछि तिलिचो वेक्याम्पमा फसेका ७५० जना पर्यटकको उद्धार

मुक्तिनाथ मन्दिरसहित मुस्ताङका धेरै क्षेत्रमा हिमपात

Source : Gorkhapatra

११ कात्तिक, काठमाडौं । मुक्तिनाथ मन्दिरसहित मुस्ताङमा मङ्गलबार बिहानैदेखि हिमपात भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाको बस्ती तथा आसपासका क्षेत्रका आंशिक हिमपात भएको छ । तिब्ब्तसँग सीमा जोडिएको उपल्लो मुस्ताङको छोसेरको कोरला नाका, छोसेर, छोन्हुप, लोमानथाङ, घमी, चराङ सुरखाङ लगायतको उच्च हिमाली क्षेत्रमा हिमपात भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका… Continue reading मुक्तिनाथ मन्दिरसहित मुस्ताङका धेरै क्षेत्रमा हिमपात

मनाङ र मुस्ताङमा अधिक भीड, दुई दिनमा चार जनाको लेक लागेर मृत्यु

file

१० कात्तिक, काठमाडौं । पछिल्ला दुई दिनमै लेक लागेर मनाङ र मुस्ताङमा चार जनाको मृत्यु भएको छ । कात्तिक ८ र ९ गते लेक लागेर मनाङ र कास्कीमा गरी चार जनाको ज्यान गएको हो । यस्तै, एक जना स्पेनी नागरिकलाई उपचारका लागि काठमाडौं ल्याइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।… Continue reading मनाङ र मुस्ताङमा अधिक भीड, दुई दिनमा चार जनाको लेक लागेर मृत्यु

पाँच तारे होटेल हायातको पुनर्निर्माणमा एक वर्ष लाग्ने व्यवस्थापनको अनुमान, सेवा बन्द

९ कात्तिक, काठमाडौं । प्रमुख पाँचतारे होटल तारागाउँ रिजेन्सी होटल्स (ह्यात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलन क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनर्निर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने जनाएको छ । आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्ति अनुसार होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले सरकारबाट आवश्यक साथ–सहयोग प्रदान गरिने… Continue reading पाँच तारे होटेल हायातको पुनर्निर्माणमा एक वर्ष लाग्ने व्यवस्थापनको अनुमान, सेवा बन्द