अब भक्तपुरमै जीपलाइनको मज्जा

भक्तपुर । अब भक्तपुरमै जीपलाइनको रमाइलो अनुभव गर्न पाइने भएको छ । शाहसिक पर्यटकीय प्रडक्ट मानिने यो खेल आगामी तीन महिनाभित्र शुरु गर्ने गरी शिलान्यास भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका क्षेत्रमा जीपलाइन बन्ने भएको हो । सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति र ताण्डव इन्भेष्टमेन्ट प्रालिले जीपलाइन बनाउन शुरु गरेका छन् ।… Continue reading अब भक्तपुरमै जीपलाइनको मज्जा

साइकलयात्रा मैत्री बन्ला उपत्यकाको सडक ?

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाका दुई महानगरपालिका साइकल लेन प्रवद्र्धनमा जोडतोडका साथ लागिरहेका छन् । दुई साताअघि ललितपुर महानगरपालिकामा पहिलो साइकल लेन प्रारम्भ भयो । कुपण्डोलदेखि पुल्चोकसम्म साइकल लेन उद्घाटन गरियो । साइकल लेन विस्तार गरेर गोदावारीसम्म पुर्याउने योजना बनाएको छ । सोही मेसोमा काठमाडौं महानगरपालिका समेत साइकल लेनको तयारीमा जुटेको हो । महानगरपालिकाका… Continue reading साइकलयात्रा मैत्री बन्ला उपत्यकाको सडक ?

श्री एयरलाइन्सले जनकपुर र सिमरामा उडानको तयारी

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले जनकपुर र सिमरामा उडान बिस्तारको तयारी गरेको छ । कम्पनीले बुधबार यी दुई विमानस्थलमा सफल परिक्षण उडान गरेको छ । अब नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाएसँगै ती दुई विमानस्थलमा समेत श्री एयरलाइन्सका जहाज उड्नेछन् । श्री एयरलाइन्सले बम्बाडियर सीआरजे जहाजबाट उडान गरिरहेको छ । कम्पनीले अहिले… Continue reading श्री एयरलाइन्सले जनकपुर र सिमरामा उडानको तयारी

पदक तालीकामा नेपाल दोस्रो, भारत तेब्बरले अगाडी

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदमा आइतबारका खेल सम्पन्न भएसँगै पदक तालीकामा नेपाल दोस्रो स्थानमा कायम रहेको छ । आइतबार नेपालको नाममा २ स्वर्ण थपियो । अहिले नेपालको खातामा कूल ४५ स्वर्ण पुगेको छ । नेपालले ४४ रजत र ७५ कास्यसमेत कूल १६४ पदक जितिसकेको छ । आइतबार पौडीकी गौरिका सिंह र… Continue reading पदक तालीकामा नेपाल दोस्रो, भारत तेब्बरले अगाडी

पुरुष क्रिकेटमा स्वर्णको दौडबाट नेपाल आउट, महिला क्रिकेटलाई काश्य

काठमाडौं । शनिबार नेपाली फूटबल र क्रिकेटका महत्वपूर्ण खेलहरु सम्पन्न भए । पुरुष फूटबलमा नेपालतर्फ आएको नतिजा पुरुष क्रिकेटमा भने सुखद रहन सकेन । नेपाललाई बंगलादेशको २३ वर्षमुनीकै टोलीले हराइदिएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा बंगलादेश यू-२३ टोलीले नेपाललाई ४४ रनले हराएको हो । हारसँगै नेपाल स्वर्णको दौडबाट बाहिरिएको छ… Continue reading पुरुष क्रिकेटमा स्वर्णको दौडबाट नेपाल आउट, महिला क्रिकेटलाई काश्य

‘निजगढ विमानस्थलमा ब्रेक थ्रु हुँदैछ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बहुचर्चित राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थलबारे छिट्टै महत्वपूर्ण निर्णय हुने बताएका छन् । प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएसँगै बस्ने मन्त्रीपरिषद्को बैठकबाट यस आयोजनालाई अगाडी बढाउने सम्बन्धमा महत्वपूर्ण निर्णय हुन लागेको उनले जानकारी दिए । यद्दपी उनले त्यसबारेमा भने विस्तृतमा खुलाएनन् । बिहीबार मन्त्रालयमा विभिन्न राजनीतिक दलका… Continue reading ‘निजगढ विमानस्थलमा ब्रेक थ्रु हुँदैछ’

नेपाल एयरलाइन्स चीन उड्ने निश्चित

काठमाडौं । चीनले नेपाल एयरलाइन्सले चीन उडानको अनुमति दिएको छ । नेपाल एयरलाइन्सलाई चिनियाँ नागरिक उड्डयन प्राधिकरणले दिएको अनुमत्रि पत्र बुधबार प्राप्त भएको बनाएको छ । यससँगै ग्वांगझाउमा जान चाहिरहेको नेपाल एयरलाइन्सलाई चीन उडान प्रारम्भ गर्ने बाटो खुलेको छ । अबको दुई महिना बजारिकरण, प्रचार प्रसार र अन्य व्यवस्थापकीय काम सम्पन्न गर्ने र त्यसपछि उडान… Continue reading नेपाल एयरलाइन्स चीन उड्ने निश्चित

अन्तर प्रदेश उडानमा वायुसेवा कम्पनीको आकर्षण

काठमाडौं । नेपाल भ्रमण वर्षको तयारीसँगै सरकारले अन्तर प्रदेश उडानलाई प्रवद्र्धन गर्ने नीति लिएको थियो । सोहीअनुसार दुई प्रदेशलाई जोड्ने गरी उडान बिस्तारमा निजी वायुसेवा कम्पनी अग्रसर हुन थालेका छन् । निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयरले पोखराबाट सिधै विराटनगरसम्म उडानको घोषणा गरेको छ । यसअघि यो रुटमा उडान भएको छैन । अब विराटनगरको यात्रुले… Continue reading अन्तर प्रदेश उडानमा वायुसेवा कम्पनीको आकर्षण

३६ कूटनीतिक नियोगका प्रमुखलाई भ्रमण वर्षको ब्रिफिङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गर्न नेपालस्थित ३१ देशका राजदुत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग आग्रह गरेका छन् । मन्त्री भट्टराईले राजदुत र बैदशिक साझेदार संस्थाका प्रमुखलाई बुधबार मन्त्रालयमै आमन्त्रण गरी सामूहिक भेट गरेका थिए । सरकारको विदेश सम्बन्धमा पर्यटन… Continue reading ३६ कूटनीतिक नियोगका प्रमुखलाई भ्रमण वर्षको ब्रिफिङ

सागमा आएका पत्रकारलाई भ्रमण वर्षको जानकारी गराइदै

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) मा आआफ्नो मुलुकको प्रतिनिधित्व गर्दै पत्रकारलाई आसन्न नेपाल भ्रमण वर्षको तयारीबारे जानकारी गराइने भएको छ । उनीहरुलाई यसबारे ब्रिफिंगको तयारी भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार पत्रकारलाई नेपालबारे जानकारी गराउँदै भ्रमण वर्ष मनाउन लागिएकोमा निम्ता दिइने छ । भ्रमण वर्षको… Continue reading सागमा आएका पत्रकारलाई भ्रमण वर्षको जानकारी गराइदै

भ्रमण वर्ष २०२० लाई सघाउला सागले ?

काठमाडौं । करीव ५ हजार विदेशीको नेपालमा एकसाथ जमघट । यी सबैको पासपोर्टमा नेपाली अध्यागमनको छाप लाग्दा उनीहरु नेपालका पर्यटकमा त अवश्य गनिनेछन्, सँगै नेपालले उनीहरुबाट त्यसको कैयौं गुणा प्रवद्र्धनको अपेक्षा गरेको छ । किनकी साग सम्पन्न भएको केही दिनमै नेपालमा औपचारिक रुपमा नेपाल भ्रमण वर्ष प्रारम्भ हुदैछ । नेपालले एकसाथ दुई भब्य इभेन्ट एक… Continue reading भ्रमण वर्ष २०२० लाई सघाउला सागले ?

भरतपुर विमानस्थल १० दिन बन्द, विकल्पमा मेघौली

भरतपुर । नियमित मर्मत सम्भारका लागि आइतबारदेखि चितवनस्थित भरतपुर विमानस्थल बन्द भएको छ । विमानस्थल २४ मंसिरसम्म बन्द हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भार गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्न लागिएको हो । यो विमानस्थल पर्यटकको सुविधाका लागि निकै महत्वपूर्ण रहेको किनकी । यहाँबाट काठमाडौंमा मात्र नभई पोखरामा समेत उडान… Continue reading भरतपुर विमानस्थल १० दिन बन्द, विकल्पमा मेघौली

भ्रमण वर्ष लक्षित छूटको प्रतिस्पर्धा

काठमाडौं । नेपाल भ्रमण वर्ष शुरु हुन १ महिना मात्र बाँकि छ । यसबीचमा सरकार, नेपाल पर्यटन बोर्ड र भ्रमण वर्ष सचिवालय यसको तयारीमा धुमधामका साथ लागेका छन् । यता, निजी क्षेत्र पनि यसमा साथसाथै अगाडी बढेको छ । बिहीबार मात्र नेपाल एशोसिएशन अफ ट्राभल एण्ड टूर्सले पर्यटकका लागि १० प्रतिशत छूटको घोषणा गर्यो ।… Continue reading भ्रमण वर्ष लक्षित छूटको प्रतिस्पर्धा

गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा, वायुसेवालाई प्याकेज घोषणाको तयारी

काठमाडौं । भैरहवामा निर्माणाधिन राष्ट्रिय गौरवको विमानस्थल आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भौतिकतर्फको ९० प्रतिशत काम पुरा भइसकेको नेपाल नागरिक उड्डयन प्राधिरकणले जनाएको छ । प्राधिकरणका अनुसार भौतिक संरचना निर्माणको काम सकिएसँगै व्यवस्थापनमा खटिने गरी विमानस्थल प्रमुख तोकिएको छ । प्राधिकरणका निर्देशक प्रतापबाबु तिवारीले अब भैरहवास्थित गौतमबुद्ध विमानस्थलको प्रमुखको जिम्मेवारी… Continue reading गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा, वायुसेवालाई प्याकेज घोषणाको तयारी

१ जनवरीमा नेपाल ओर्लने सबै पर्यटकलाई सप्राइज गिफ्ट

काठमाडौं । नेपाल भ्रमण वर्षको औपचारिक शूभारम्भका दिन नेपाल आउने पर्यटकले विमानस्थल तथा हरेक सीमा नाकामा सरप्राइज गिफ्ट प्राप्त गर्ने भएका छन् । भ्रमण वर्ष सचिवालयले त्यसको तयारी गरेका हो । १ जनवरी २०२० का दिन नेपालमा एक भब्य कार्यक्रमको आयोजना गरी औपचारिक शुभारम्भ गरिने छ । त्यस अगाडी विमानस्थलमा हात्तीले पर्यटकलाई माला लगाएर नेपालमा… Continue reading १ जनवरीमा नेपाल ओर्लने सबै पर्यटकलाई सप्राइज गिफ्ट

बुद्धले फिर्ता लियो कोलकत्ता उडान, भारी नोक्सानी भएको दावि

काठमाडौं । बुद्ध एयरले कोलकत्ता उडान फिर्ता गरेको छ । २ डिसेम्बरबाट कोलकत्ताका लागि नियमित भइरहेको उडान बन्द गर्ने तयारी कम्पनीले गरेको हो । यस रुटमा कम्पनीले पर्याप्त पर्यटक पाउने अपेक्षा गरेको थियो । तर, सोचजस्तो व्यापार गर्न नसकेपछि फिर्ता हुनु परेको बुद्ध एयरको भनाई छ । बुद्ध आफैले गरेको प्रवद्र्धनले नपुग्ने भन्दै गन्तब्यमा राज्यकै… Continue reading बुद्धले फिर्ता लियो कोलकत्ता उडान, भारी नोक्सानी भएको दावि

भ्रमण वर्ष लक्षित निगमको योजना, हरेक महिना एउटा टिकट उपहार

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका टिकटबाट हरेक महिना हरेक देश शहरबाट एउटा टिकट गोलाप्रथाबाट निशुल्क उपलब्ध गराउने भएको छ । नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्न निगमले यस्तो निर्णय गरेको हो । निगमले आफ्ना सबै जहाज र अन्य सवारीसाधनमा समेत नेपाल भ्रमण वर्षको लोगो राख्ने निर्णय गरेको छ । निगम कार्यकारी समितिको वैठकले नेपाल… Continue reading भ्रमण वर्ष लक्षित निगमको योजना, हरेक महिना एउटा टिकट उपहार

भद्रपुर विमानस्थल नियमित संचालनमा

काठमाडौं । धावनमार्गको नियमित मर्मत गर्न १० दिनका लागि बन्द भएको झापाको भद्रपुरस्थित विमानस्थल पुनः संचालनमा आएको छ । मंसिर २६ गतेबाट बन्द भएको यो विमानस्थलबाट शुक्रबारदेखि नियमित उडान शुरु भएको नेपाल नागरिक उड्डयन प्राधिरकरणले उल्लेख गरेको छ । विमानस्थल बन्द भएपछि यहाँ बाट भइरहेका सबै उडान विराटनगरबाट हुने व्यवस्था मिलाइएको थियो । जसले गर्दा… Continue reading भद्रपुर विमानस्थल नियमित संचालनमा

पर्यटनमन्त्रीको दावी : ५ वर्षपछि निजगढबाट सिधै अमेरिका

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले ५ वर्षपछि निजगढ विमानस्थलबाट सिधै अमेरिका उडान हुने दावी गरेका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको रणनीतिक महत्वको आयोजना भएकाले निजगढ सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै ५ वर्ष भित्र आयोजना सम्पन्न भइछाड्ने बताएका हुन् । उनले त्यसपछि नेपालबाट सिधै अमेरिका उडान गर्ने… Continue reading पर्यटनमन्त्रीको दावी : ५ वर्षपछि निजगढबाट सिधै अमेरिका

जलवायु परिवर्तनको असरबारे सगरमाथा संवाद गरिदै

काठमाडौं । नेपालमा पहिलो पटक सगरमाथा संवाद कार्यक्रम आयोजना हुने भएको छ । जलवायु परिवर्तन र यसले पारेको असरबारे संसारको ध्यानाकर्षण गराउने उद्देश्यले पहिलो पटक सगरमाथा संवाद गर्न लागिएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार चैत तेस्रो साता अन्तर्राष्ट्रिय स्तरको ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना हुने पक्का भएको छ । ‘जलवायु परिवर्तन, पर्वतीय… Continue reading जलवायु परिवर्तनको असरबारे सगरमाथा संवाद गरिदै

नेपाल एयरलाइन्स नारिता उड्ने निश्चित

काठमाडौं । नेपाल एयरलाइन्सले जापानको नारितामा उडान गर्ने निश्चित भएको छ । नारिता जापानको राजधानी टोकियोबाट नजिकको विमानस्थल हो । नारितामा ग्राउण्ड ह्याण्डिंगका लागि कम्पनी छनोट भई मंगलबार सम्झौता समेत भइसकेको नेपाल एयरलाइन्सले जनाएको छ । यससँगै अब निकट भविश्यमै नेपाल एयरलाइन्सको जहाज नारिता उड्ने भएको हो । नारिता धेरै नेपालीका लागि सहज विमानस्थल हो… Continue reading नेपाल एयरलाइन्स नारिता उड्ने निश्चित

रेसुंगा विमानस्थल निरिक्षणमा पुगे परराष्ट्रमन्त्री

गुल्मी । आफ्नै पहलमा निर्माण शुरु भएको गुल्मीको रेसुंगा विमानस्थलको सोमबार परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले निरिक्षण गरेका छन् । धुले मैदानबाट परिक्षण उडान भइसकेको यो विमानस्थलको धावनमार्ग पीच गर्ने गरी अगाडी बढेको छ । यद्दपी काम भने सुस्त रहेको छ । रेगुंगा नगरपालिका वडा नं १० सिमीचौरमा यो मिानस्थल निर्माण भइरहेको छ । यो विमानस्थल… Continue reading रेसुंगा विमानस्थल निरिक्षणमा पुगे परराष्ट्रमन्त्री

निजगढ विमानस्थलबारे हतारमा बोले योगेश, उपलब्धी शून्य

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो कार्यभार सम्हालेपछिको एक साता निकै जोडबलका साथ उठाएको इस्यू थियो, निजगढ एयरपोर्ट । नेपालमा दोस्रो अन्तरािष्ट्रय विमानस्थलका रुपमा चिनिने यस आयोजनाले नेपालको अर्थतन्त्रका कायालपट गर्ने अपेक्षा गरिएको छ । तर, आयोजनोकापूर्व तयारीको काम जस्ताको तस्तै छ । तर, योगेशले फ्याट्टै बोलिदिए, मंसिरसम्म यस आयोजनाको… Continue reading निजगढ विमानस्थलबारे हतारमा बोले योगेश, उपलब्धी शून्य

विश्वका सबै देश दौडिएका निक बटरको दौड कथा

न्युयोर्क हामीले विश्वभर साईकल चढेर यात्रा गर्ने साईकल यात्री त सुनेकै हो । विश्व साईकल यात्रीले यात्राका क्रममा साईकल लिएर बिभिन्न्न देशहरुमा पाईला टेक्ने गर्दछन् । तर आज एउटा यस्तो मान्छेको कथा जस्ले विश्व भरका देशहरुमा दौडिन कै लागि पुग्ने गर्दछन् । ३० बर्षीय ब्रिटिश नागरिक निक बटरले गत १० तारिख आइतबार ग्रिसमा आयोजित एक… Continue reading विश्वका सबै देश दौडिएका निक बटरको दौड कथा

१४ मंसिरबाट इलाममा सूर्योदय महोत्सव

काठमाडौं । इलामको सूर्योदय नगरपालिकाले प्रथम सूर्योदय नगर महोत्सव आयोजनाको तयारी गरेको छ । १४ मंसिरबाट ५ दिनसम्म आयोजना संचालन गर्न लागिएको शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिइयो । यो स्थान सरकारले घोषणा गरेको १ सय पर्यटकीय गन्तब्य भित्र परेको छ । इलामको कन्याम, फिक्कल र श्रीअन्तुलाई जोडेर सर्किट निर्माण गरिएको र यसकै माध्यमबाट पर्यटक… Continue reading १४ मंसिरबाट इलाममा सूर्योदय महोत्सव

बंगलादेशका राष्ट्रपति पाटन र चन्द्रागिरिमा, आजै स्वदेश फर्कने

काठमाडौं बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणको अन्तिम दिन आज नयाँ गन्तब्य चन्द्रागिरि भ्रमणमा पुग्दैछन् । त्यहा करीव २ घण्टा बिताएपछि ललितपुरस्थित पाटन दरवार स्क्वायरको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । कम राजनीतिक र बढी बिदा प्रयोजनमा नेपाल आएका उनी शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालबाट… Continue reading बंगलादेशका राष्ट्रपति पाटन र चन्द्रागिरिमा, आजै स्वदेश फर्कने

फर्मुला वान इ–कार रेस नेपालमा हुने

काठमाडौं । विश्वकै चर्चित कार रेसमध्ये एक वान इ–कार रेस पहिलोपटक नेपालमा आयोजना हुने भएको छ । नेपालको मुस्ताङमा मे २०२१ मा यो इभेन्ट आयोजना हुने घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा यसको जारी दिइएको हो । इ-कार च्याम्पियनसीपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगागले मंगलबार मुस्ताङ पुगेर साइट अवलोकन गरेका थिए ।… Continue reading फर्मुला वान इ–कार रेस नेपालमा हुने

पोखरामा दंग बंगलादेशी राष्ट्रपति

पोखरा । सुन्दर नगरी पोखरा पुगेर आँखै अगाडी सेताम्य हिमश्रृंखला अवलोकन गर्न पाउँदा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद दंग परेका छन् । श्रीमतीसहित बिहीबार पोखरा पुगेका उनले प्रकृतिको भरपुर आनन्द लिए । स्वच्छ, हराभरा वातावरणमा उनलाई बिहीबार मौसमले पनि साथ दियो । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति बिहीबार नेपाली सेनाको हेलिकोप्टर चढेर पोखरा पुगेका… Continue reading पोखरामा दंग बंगलादेशी राष्ट्रपति

संसारकै सबैभन्दा लामो दुरीको यात्राका लागि यसरी उडयो लन्डनबाट जहाज

न्युयोर्क नागरिक उड्डयनको ईतिहासमा नयाँ किर्तिमान  बनाउँदै बिहीबार क्वानटस् एयरलाइन्सको एक जहाजले लन्डनदेखि अस्ट्रेलियाको लागि ५० जना यात्रु लिएर १७ हजार ८ सय किलोमिटरको दुरी लगातार १९ घण्टामा तय गर्ने गरी उडान भरेको छ । बिहीवार लन्डनको स्थानीय समय बिहान ६ बजे परिक्षण उडान सुरु गरेको क्वान्टस् एयरलाइन्सको एक सय मेट्रिकटन तौलको उक्त बोईङले आफ्नो… Continue reading संसारकै सबैभन्दा लामो दुरीको यात्राका लागि यसरी उडयो लन्डनबाट जहाज

नेपाल एयरलाइन्सको जहाजले पार्किंग नपाएपछि यात्रु अलपत्र

काठमाडौं । सोमबार भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडौं आएको नेपाल एयरालाइन्सको एयरबस ३३० जहाजले अवतरण गरेपछि पार्किंग गर्ने स्थल नपाएपछि एक घण्टा ५ मिनेटसम्म यात्रु जहाज भित्रै थुनिनु परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकसाथ जहाजहरु आएका कारण र्पािर्कंग फूल भएको थियो । त्यसपछि नेपाल एयरलाइन्सको जहाजले स्थान पाएन । दिल्लीबाट आएका यात्रुले एक घण्टा… Continue reading नेपाल एयरलाइन्सको जहाजले पार्किंग नपाएपछि यात्रु अलपत्र