भारतमा माओवादी र प्रहरीबीच झडप, कम्तिमा २९ हताहती भएको सुरक्षाकर्मीको दावि

काठमाडौं । भारतको छत्तीसगढमा मंगलबार भएको मुठभेडमा २९ जना माओवादी मारिएको भारतीय प्रहरीले दाबी गरेको छ । यो घटनालाई भारत सरकारका गृहमन्त्री, मुख्यमन्त्री र प्रहरी अधिकारीहरुले इतिहासकै सबैभन्दा ठूलो सफलता हासिल गरेको भन्दै प्रहरीहरुलाई बधाई दिएका छन् । छत्तीसगढको माओवादी प्रभावित कांकेरको छोटेबेटिया क्षेत्रमा मंगलबार दिउँसो प्रहरी र माओवादी (नक्सलवादी) बीच भिडन्त भएको थियो ।… Continue reading भारतमा माओवादी र प्रहरीबीच झडप, कम्तिमा २९ हताहती भएको सुरक्षाकर्मीको दावि

इरानले इजरायलमा थाल्यो आक्रमण, ड्रोन र क्षेप्यास्त्र प्रहार

File : REUTERS\BBC

काठमाडौं । इरानले ड्रोन र क्षेप्यास्त्र प्रयोग गर्दै इजरेलमा हमला थालेको छ । इजरेली सेनाका अनुसार तेहरानले इजरेलतर्फ दुई सयभन्दा धेरै क्षेप्यास्त्र र ड्रोन प्रहार गरिएको छ । ती धेरैजसोलाई निस्तेज पारिएको सेनाले जनाएको छ । मानिसहरूले जेरुसेलम र अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन्। इरानको रिभोल्युशनरी गार्डस्‌ले एक विज्ञप्तिमार्फत ती हमलालाई इजरेली… Continue reading इरानले इजरायलमा थाल्यो आक्रमण, ड्रोन र क्षेप्यास्त्र प्रहार

अष्ट्रेलियामा अन्धाधुन्ध चक्कु प्रहारबाट कम्तिमा ५ जनाको हत्या

file

काठमाडौं । अष्ट्रेलियाको सिड्नीस्थित एक सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहारबाट पाँच जनाको हत्या भएको छ। शनिबार स्थानीय समयअनुसार अपराह्न ३ बजेपछि सिड्नीको वेस्टफल्ड सपिङ मलमा अन्धाधुन्ध छुरा प्रहार हुँदा पाँच जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ। त्यस्तै ९ महिनाका एक बालकसहित ८ जना घाइते भएको र उनीहरुलाई सिड्नीको विभिन्न अस्पतालमा उपचारका लागि… Continue reading अष्ट्रेलियामा अन्धाधुन्ध चक्कु प्रहारबाट कम्तिमा ५ जनाको हत्या

रुस र युक्रेन जान नेपालीले श्रम स्वीकृति नपाउने

Efrem Lukatsky–AP

काठमाडौं । सरकारले युद्धरत रुस र युक्रेन जान नेपालीहरुलाई श्रम स्वीकृति नदिने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले शुक्रबार सूचना निकालेर श्रम स्वीकृति वा पुनः श्रम स्वीकृति दिन स्थगन गर्ने निर्णय गरेको जानकारी दिएको हो । श्रम स्वीकृति दिँदा युद्धरत देशको सेनामा सहभागी हुनसक्ने र त्यसबाट सृजना हुनसक्ने मानवीय जोमिखलाई हेरेर अर्को व्यवस्था नभएसम्म… Continue reading रुस र युक्रेन जान नेपालीले श्रम स्वीकृति नपाउने

भियतनाममा अर्बपति महिलामाथि किन सुनाइयो मृत्युदण्डको सजाय ?

काठमाडौं । भियतनाममा एक अर्बपति महिला व्यवसायी ट्रूङ मी लानमाथि मृत्युदण्डको सजाय सुनाइएको छ । यो अहिलेसम्म भियतनाममा भएको सबैभन्दा चर्चित सुनुवाइ हो। यो मुद्दा विश्वभरिकै एउटा ठूलो ब्याङ्क ठगीसँग सम्बन्धित छ। ६७ वर्षीया महिला घरजग्गा कारोबारी हुन्। अदालतले उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनायो। यो दुर्लभ फैसला हो। भियतनाममा कुनै वित्तीय अपराधमा महिलालाई… Continue reading भियतनाममा अर्बपति महिलामाथि किन सुनाइयो मृत्युदण्डको सजाय ?

मेडियम वाइ बन्यो नेपालमा गुगलको आधिकारिक प्रतिनिधि

काठमाडौं । अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ । गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रूपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्नेछ । कम्पनीले स्थानीय विज्ञापनदाताका लागि सर्च इन्जिन, युट्युब र डिस्प्लेलगायतका सेवासम्बन्धी सेवा प्रदान गर्नेछ । लक्षित उपभोक्तामा विज्ञापनको पहुँच… Continue reading मेडियम वाइ बन्यो नेपालमा गुगलको आधिकारिक प्रतिनिधि

भारतमा लगानी बिस्तारको योजना मस्क

ANI\BBC

न्यूयोर्क । टेस्ला कम्पनीका मालिक एलन मस्क भारतमा लगानी बिस्तारको योजनामा छन् । सोही क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने जानकारी गराएका छन् । सामाजिक सञ्जाल एक्समा एक पोष्ट जारी गर्दै उनले यस्तो जानकारी गराएका हुन् । मस्कले स्पेसमा समेत रकेट मार्फत यात्रा गराउने कम्पनी खोलेर काम थालिसकेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार… Continue reading भारतमा लगानी बिस्तारको योजना मस्क

दक्षिण कोरियामा विपक्षी गठबन्धनको जित

काठमाडौं । दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धनले जित निकालेको छ । बुधबार ३०० सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टी (डीपी)सहितको गठबन्धनले १७५ सिट जितेको कोरियाका मिडियाहरुलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले जनाएको छ । यसैगरी राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी (पीपीपी)ले १०९ सिट जितेको छ । दक्षिण… Continue reading दक्षिण कोरियामा विपक्षी गठबन्धनको जित

युक्रेनस्थित ऊर्जा केन्द्रमा हमला, दुर्घटनाको खतरा बढेको राष्ट्रसंघको चेतावनी

REUTERS\BBC

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय परमाणु निगरानी निकायले युक्रेनस्थित जापोरीजा ऊर्जा केन्द्रमा भएको नयाँ ड्रोन हमलाले ठूलो पारमाणविक दुर्घटना निम्त्याउने खतरा बढाएको चेतावनी दिएको छ। रुसले उक्त ड्रोन हमलामा युक्रेनको हात रहेको आरोप लगाएको छ। आक्रमणमा तीन जना घाइते भएको बताइएको छ। युक्रेनले चाहिँ उक्त आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ। अहिले रुसको कब्जामा रहेको ६… Continue reading युक्रेनस्थित ऊर्जा केन्द्रमा हमला, दुर्घटनाको खतरा बढेको राष्ट्रसंघको चेतावनी

आइपीएल : चेन्नईसँग हार्यो कोलकाता

काठमाडौं । चेन्नाइ सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२४ मा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ । कोलकाताको यो पहिलो हार हो । १३८ रनको लक्ष्य चेन्नाइले १७।४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । चेन्नाइका कप्तान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौकासहित सर्वाधिक ६७ रनमा नट आउट रहे । रचिन रविन्द्र १५,… Continue reading आइपीएल : चेन्नईसँग हार्यो कोलकाता

चीनमा डुब्यो डुंगा, ८ जना वेपत्ता

file

काठमाडौं । दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले जनाएको छ । ‘युएनन आओयु ३६०६२’ नामक माछा मार्ने डुङ्गा बुधबार मध्यरातमा लेदोङ काउन्टीको यिङगेहाई टाउनबाट २२ नटिकल माइल दक्षिणपश्चिममा पनामाको कन्टेनर जहाज ‘एसआईटीसी डानाङ’ सँग… Continue reading चीनमा डुब्यो डुंगा, ८ जना वेपत्ता

आइपीएलमा मुम्बईको पहिलो जित

काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा पहिलो जित निकालेको छ । मुम्बईले आइतबार दिल्ली क्यापिटल्सलाई २९ रनले हराउन सफल भयो । २३५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन बनायो । दिल्लीका ट्रिस्टन स्टब्सले २५ बलमा ३ चौका र ७ छक्कासहित ७१ रनमा नट… Continue reading आइपीएलमा मुम्बईको पहिलो जित

गाजा–इजरायल युद्धको ६ महिना पुरा, ठूलो मानवीय क्षति

काठमाडौं । गाजाँसँग सम्झौता गरेर बन्धक फिर्ता गर्न माग गर्दै इजरायलमा प्रदर्शन भएको छ । इजरायली सेनाले एकजना बन्धकको शव फेला पारेपछि इजरायलको राजधानीसहित मुख्य सहरमा दशौं हजारले प्रदर्शन गरेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीले तत्काल गाजासँग सम्झौता गरेर बाँकी रहेका बन्धक फिर्ता ल्याउन र शान्ति कायम गर्न माग गरेका छन् । अक्टोबर ७ मा… Continue reading गाजा–इजरायल युद्धको ६ महिना पुरा, ठूलो मानवीय क्षति

इरानले इजरायलमा आक्रमण गर्न सक्ने आशंकाका बीच अमेरिकी सुरक्षा बल उच्च सतर्कतामा

EPA\BBC

काठमाडौं । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले सिरियाको राजधानी दमास्कसस्थित आफ्नो कूटनीतिक नियोगको परिसरमा गरिएको हमलाको बदलामा इरानले इजरेलमा आक्रमण गर्न सक्ने भन्दै आफ्ना सुरक्षा बललाई ‘उच्च सतर्कता’ अवस्थामा राखिएको जनाएका छन्। इरानले पनि उसले सेनालाई ‘उच्च सतर्क’ अवस्थामा राखेको विवरणहरू आइरहेका छन्। गत सोमवार दमास्कसमा गरिएको आक्रमणमा रिभोल्युसनरी गार्ड्सका कमान्डरहरू मारिएका थिए र तेहरानले त्यसमा… Continue reading इरानले इजरायलमा आक्रमण गर्न सक्ने आशंकाका बीच अमेरिकी सुरक्षा बल उच्च सतर्कतामा

अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का

Getty Images\BBC

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का महसुस भएको छ । शुक्रबार आएको भूकम्पको तिव्रता ४.८ रेक्टर स्केल मापन गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरुमा न्युयोर्कको आइकोनिक प्रतिमा स्टेचु अफ लिबर्टी समेत हल्लिएको पाइएको छ । न्यूयोर्कका गगनचुम्बी भवन समेत केही बेर हल्लिएका थिए । भूकम्पको केन्द्र न्यू जर्सी नजिकै रहेको पाइएको… Continue reading अमेरिकाको न्यूयोर्कमा भूकम्पको झट्का

घर फर्किए सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका बिरामी, मिर्गौलाले काम गर्न थाल्यो

काठमाडौं । सुँगुरको मृगौला प्रत्यारोपण गरेका व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । म्यासाचुसेट्स जनरल अस्पताल (एमजीएच) मा गरिएको शल्यक्रियाको दुई हप्तापछि ६२ वर्षीय उनलाई बुधबार घर पठाइएको थियो । आनुवंशिक रूपले परिमार्जित सुँगुरको अङ्ग प्रत्यारोपण विगतमा धेरै पटक असफल भएको थियो। तर यो प्रक्रियाको अहिलेसम्मको सफलतालाई वैज्ञानिकहरूले प्रत्यारोपणको क्षेत्रमा ऐतिहासिक कोसेढुङ्गाको रूपमा प्रशंसा गरेका छन्।… Continue reading घर फर्किए सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका बिरामी, मिर्गौलाले काम गर्न थाल्यो

ताइवानमा भूकम्पबाट भएको क्षतिको विवरण के छ ?

काठमाडौं । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा धनजनको क्षति भएको छ । प्रभावित क्षेत्रमा उद्धारकार्य जारी रहेको अधिकारीले बताएका छन्। अहिलेसम्म कम्तीमा नौजनाको मृत्यु भएको खबर छ । आठ सयभन्दा बढी मानिस घाइते भएका छन्। क्षतिग्रस्त तटीय क्षेत्रमा पर्ने पहाडी क्षेत्रका सुरुङ भत्कँदा त्यहाँ झण्डै १२७ जना मानिस फसिरहेको जानकारी… Continue reading ताइवानमा भूकम्पबाट भएको क्षतिको विवरण के छ ?

इस्तानबुलमा आवासीय भवनमा आगलागी, २५ जनाको मृत्यु

काठमाडौं । इस्तानबुलको एक आवासीय भवनमा मङ्गलबार आगलागी हुँदा २५ जनाको मृत्यु हुनाका साथै तीन जना घाइत भएका छन् । सहरको गभर्नरको कार्यालयले यसअघि १५ जनाको मृत्यु र आठ जना घाइते भएको जानकारी दिएको थियो । अग्निनियन्त्रकहरूले आगो निभाएको भए पनि आगलागीमा २५ जनाको ज्यान गएको छ र गम्भीर घाइते तीन जनाको अस्पतालमा उपचार भइरहेको… Continue reading इस्तानबुलमा आवासीय भवनमा आगलागी, २५ जनाको मृत्यु

ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प

काठमाडौं । ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बुधबार बिहान ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्र हुलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा पर्दछ । यो भूकम्प पछि पनि साना ठूला परकम्पहरु आउने क्रम जारी छ । एउटा शक्तिशाली परकम्प ६.५ म्याग्निच्युडको छ । भूकम्पपछि… Continue reading ताइवानको राजधानी ताइपेमा शक्तिशाली भूकम्प

क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका २ सय भारतीयको उद्दार

Photo : BBC

काठमाडौं । भारत सरकारले क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका आफ्ना २५० जना नागरिकको उद्धार गरेको जनाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार उनीहरूलाई अन्य काम दिने बहानामा क्याम्बोडिया पुर्‍याइएको भए पनि त्यहाँ साइबरसम्बन्धी गैरकानुनी काम गर्न बाध्य पारिएको थियो। क्याम्बोडियामा यसरी जबर्जस्ती काममा लगाइएका भारतीयहरूको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको समाचारहरूमा बताइएको छ। संसारको अन्य भागका… Continue reading क्याम्बोडियामा जबर्जस्ती अनलाइन ठगीमा लगाइएका २ सय भारतीयको उद्दार

जर्मनीमा गाँजाले पायो वैधानिकता

काठमाडौं । जर्मनीले सन् २०२४ को एप्रिल १ देखि गाँजा प्रयोगलाई कानुनी मान्यता दिएको छ। उता, प्रहरी सङ्गठनहरूले भने त्यसले नोक्सान पुर्‍याउन सक्ने चेतावनी दिइरहेका छन्। एप्रिल फूल अर्थात् १ एप्रिलका दिन कानुनमा परिवर्तन भएको भए पनि यो ठट्टा भने होइन। गाँजालाई कानुनी नबनाएर अपराध मान्दा समेत दशौँ लाखले गाँजा सेवन गर्ने गरेका थिए ।… Continue reading जर्मनीमा गाँजाले पायो वैधानिकता

केजरीवाललाई थप १५ दिन हिरासतमा राख्न आदेश

काठमाडौं । भारतको राजधानी सहरसमेत रहेको दिल्ली प्रान्तीय सरकारको मदिरा नीति घोटाला आरोपमा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ। दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो। यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए। केजरीवालका वकील रमेश गुप्ताले अदालतसँग जेलमा के ३ वटा किता गीता,… Continue reading केजरीवाललाई थप १५ दिन हिरासतमा राख्न आदेश

पश्चिम बंगालमा आँधी, कम्तिमा ४ जनाको मृत्यु

file

काठमाडौं । भारतको पश्चिम बङ्गालको जलपाईगुडीमा भारी वर्षा, असिना र आँधीले जनधनमा ठूलो क्षति पुर्‍याएको छ । गर्मीको समयमा आउने काल वैशाखी नामको आँधीका कारण रुख ढल्दा लागेर चारजनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । आँधीमा परेर घाइते भएका तीनसय जनालाई अस्पताल भर्ना गरिएको छ । तीमध्ये २० जनाको अवस्था गम्भीर रहेको खबरमा उल्लेख… Continue reading पश्चिम बंगालमा आँधी, कम्तिमा ४ जनाको मृत्यु

केजरीवाल पक्राउपछि दिल्लीमा आज विपक्षी दलको शक्ति प्रदर्शन

Photo : DNA India

काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफतारीपछि आज दिल्लीमा विपक्षी दलहरुले विशाल शक्ति प्रदर्शनको तयारी गरेका छन् । भारतको राजधानी दिल्लीमा इण्डिया गठबन्धनमा आवद्ध २८ वछा दलका नेता सहभागी हुने भएका छन् । प्रदर्शनमा सोनिया गान्धी, राहुल गान्धी, लालू यादव, ममता बनर्जी, फारूक अब्दुल्ला, एमके स्टालिन, उद्धव ठाकरे, अखिलेश यादव समेत सहभागी हुने समाचारमा उल्लेख… Continue reading केजरीवाल पक्राउपछि दिल्लीमा आज विपक्षी दलको शक्ति प्रदर्शन

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न रोक

काठमाडौं्र । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । दक्षिण अफ्रिकामा आगामी मे २९ अर्थात् २०८१ जेठ १६ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् १९९४ यता पहिलो पटक राष्ट्रपति निर्वाचन सर्वाधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको अल जजिराले जनाएको छ । दक्षिण… Continue reading दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न रोक

थाइ संसदबाट पास भयो समलिंगी विवाहलाई मान्यता दिने विधेयक

GETTY IMAGES\BBC

काठमाडौं । संसद्‌को तल्लो सदनले समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने विधेयक पारित गरेको छ । यससँगै अब थाईल्यान्डले वैवाहिक समानतासम्बन्धी एउटा ऐतिहासिक कदम चालेको छ। उक्त विधेयक कानुन बन्न माथिल्लो सदन (सिनेट) र शाही अनुमोदन आवश्यक पर्छ। यद्यपि यसै वर्षको अन्त्य सम्ममा त्यस्तो अनुमोदन हुने अपेक्षा गरिएको छ। त्यो सँगै थाइल्यान्ड समलिङ्गी विवाहलाई मान्यता दिने… Continue reading थाइ संसदबाट पास भयो समलिंगी विवाहलाई मान्यता दिने विधेयक

गाजामा भोकमरी, युद्ध अपराध ठहरिने

REUTERS

काठमाडौं । महिनौँको चेतावनीपछि संयुक्त राष्ट्रसङ्घले सघाएको पछिल्लो एक प्रतिवेदनले तथ्याङ्कसहितको बलिया प्रमाण पेस गर्दै गाजाको मानवीय विपद् मानव सिर्जित अनिकाल बनेको जनाएको छ। राष्ट्रसङ्घका शीर्ष मानवअधिकार अधिकारीले बीबीसीका जेरमी बोअनसँगको एक अन्तर्वार्तामा त्यसको उल्लेख्य दोष इजरेलको रहेको र उसले गाजामा भोकमरीलाई युद्ध अस्त्रको रूपमा प्रयोग गरेको भरपर्दो आधार रहेको बताएका छन् । राष्ट्रसङ्घीय मानवअधिकार… Continue reading गाजामा भोकमरी, युद्ध अपराध ठहरिने

दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तिमा ४५ जना मारिए

काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलमा आठ वर्षीया एक बालिका भने जीवितै फेला परेकी छन् । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरिएको छ । बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका हुन् । उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट… Continue reading दक्षिण अफ्रिकामा बस दुर्घटना, कम्तिमा ४५ जना मारिए

रुसमा हमला गर्ने चार जनाविरुद्ध आतकंवाद अभियोगमा मुद्दा

काठमाडौं । मस्कोको बासमानी जिल्ला अदालतले मस्कोको कन्सर्ट हलमा भएको नरसंहारमा संलग्न आरोपमा चार जना संदिग्धलाई आतङ्कवाद अभियोग लगाएको छ । दोषी ठहर भए उनीहरूलाई आजीवन कारावासको सजाय हुनेछ । अहिले उनीहरूलाई मे २२ सम्मका लागि थुनामा राखिएको छ । मुद्दाको सुनुवाइको मितिका आधारमा म्याद थप गर्न सकिने अदालतले जनाएको छ । उनीहरूलाई आइतबार हिरासतमा… Continue reading रुसमा हमला गर्ने चार जनाविरुद्ध आतकंवाद अभियोगमा मुद्दा

बेलायत सरकारले आफ्नो मुलुकमा भएको साइबर हमलामा चीनलाई लगायो आरोप

काठमाडौं । यूके सरकारले आफ्नो देशका सांसद र निर्वाचन आयोगमाथि दुर्भावनापूर्वक भएका साइबर आक्रमणमा चीन संलग्न भएको आरोप लगाएको छ।सरकारले ती साइबर आक्रमणमा संलग्न भएको भन्दै दुई चिनियाँ नागरिक र कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ। यूकेका उपप्रधानमन्त्री ओलिभर डाउडनले ती व्यक्ति र कम्पनीले बेइजिङको आलोचना गर्दै आएका ब्रिटिश सांसदहरूको विवरणमा अनधिकृत पहुँच स्थापित गर्ने प्रयास… Continue reading बेलायत सरकारले आफ्नो मुलुकमा भएको साइबर हमलामा चीनलाई लगायो आरोप