रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने राष्ट्रपति बाइडनको घोषणा

काठमाडौं । रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार यस्तो बताएका हुन् । उनले अमेरिका रूससँग लड्न यूक्रेनमा आफ्नो सेना पठाउने पक्षमा नरहेको बताए । उनले ट्वीट गर्दै यस्तो बताएका हुन् । यद्दपी नेटोलाई सक्षम बनाएर नेटो क्षेत्रको हर भूमी रक्षाका लागि भने प्रतिवद्ध रहेको उनले बताएका छन् ।… Continue reading रुसविरुद्ध लड्न अमेरिकाले सेना नपठाउने राष्ट्रपति बाइडनको घोषणा

युक्रेनबाट २५ लाख मानिस विस्थापित, थप तीन शहरमा रुसको आक्रमण

काठमाडौं । रुस युक्रेन युद्धका कारण युक्रेनबाट विस्थापित हुनेको संख्या २५ लाख नाघेको छ । संयुक्त राष्ट्रसङ्घका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले यस्तो जानकारी गराएका हुन् । बीबीसीका अनुसार तीमध्ये झण्डै १,१६,००० तेस्रो देशका नागरिक हुन् । समाचार संस्था एएफपीका अनुसार झण्डै २० लाख मानिसहरू युक्रेन भित्रै विस्थापित बनेका छन् । रुसले युक्रेनेका लुट्स र नीप्रो… Continue reading युक्रेनबाट २५ लाख मानिस विस्थापित, थप तीन शहरमा रुसको आक्रमण

पश्चिमा मुलुकको प्रतिवन्धले रुसमा सकारात्मक प्रभाव पर्छ : पुटिन

KREMLIN.RU/AFP

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकले रुस माथि लगाएको प्रतिवन्धले रुसलाई सकारात्मक प्रभाव नै पार्ने बताएका छन् । पुटिनले रुसको एक मुख्य साझेदार बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग मस्कोमा भेट्दै यस्तो बताएका हुन् । उनले रुसविरुद्ध लगाइएका प्रतिबन्धले आफ्नो देशमा सकारात्मक प्रभाव पार्ने बताएका हुन् । अर्थतन्त्र र प्रविधिको सम्प्रभुतालाई बलियो बनाउन यस्तो प्रतिवन्धको… Continue reading पश्चिमा मुलुकको प्रतिवन्धले रुसमा सकारात्मक प्रभाव पर्छ : पुटिन

किर्गिस्तान र ताजिकिस्तानका सीमा सुरक्षाकर्मीहरूबीच गोली हानाहान

काठमाडौं । किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरूबीच शुक्रबार गोली हानाहान भएको किर्गिज सीमा सेवाले स्पुतनिकलाई बताएको छ। ‘बिहीबार बिहान २:५० बजे, मार्च ११, २०२२ मा किर्गिज(ताजिक राज्य सीमामा किर्गिजस्तान र ताजिकिस्तानका सीमा गार्डहरू बीच गोली हानहान भएको’ सीमा सेवाले उल्लेख गरेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

रुसी फौज किएभ कब्जाको तयारीमा हो ?

Reuters

काठमाडौं । युक्रेन र रुसबीचको युद्ध केही दिनयता मथ्थर भएजस्तै देखिएको छ । यद्दपी पश्चिमा मुलुकहरुले भने रुसी फौज अब युक्रेनको राजधानी किएभ कब्जा गर्न त्यसतर्फ लागिरहेको बताउँछन् । राजधानी नजिकै पुनः तैनाथ भइरहेको भूउपग्रह तस्वीरबाट देखिएको बीबीसीले लेखेको छ । त्यसलाई युक्रेनी राजधानीतर्फ बढ्ने रुसी फौजको ताजा प्रयासको रूपमा हेरिएको छ। म्याक्सआर टेक्नोलोजिजका अनुसार… Continue reading रुसी फौज किएभ कब्जाको तयारीमा हो ?

रुसले युक्रेनको बाल अस्पतालमा गर्यो आक्रमण, विश्व समुदायसँग राष्ट्रपति निरास

काठमाडौं । रुसले युद्ध बिराम गरेको भनेकै दिन युक्रेको एक बाल अस्पतालमा आक्रमण गरेको छ । यो घटनाबारे विश्व समुदायले वास्ता नगरेको भन्दै राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले निरासा व्यक्त गरेका छन् । उनले रुसको कदमलाई युद्ध अपराध समेत भनेका छन् । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीका अनुसार घेराबन्दीमा परेको मारिओपोल सहरमा रहेको प्रसूति तथा बाल अस्पतालमा बम… Continue reading रुसले युक्रेनको बाल अस्पतालमा गर्यो आक्रमण, विश्व समुदायसँग राष्ट्रपति निरास

च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्ध्लव पिएसजी अत्मि १६ बाटै बाहिरिएको छ । यो क्लवमा संसारकै उत्कृष्ट स्ट्राइकरहरुको जमघट छ । तर, डिफेन्समा कमजोर प्रदर्शन गरेको उसलाई बुधबार राती सम्पन्न प्रिक्वार्टरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडले उत्कृष्ट पुनरागमन गर्दै हरायो । रियलको जितमा करिम बेन्जेमा हिरो सावित भए । उनले ह्याट्रिक गोल गर्न सफल भए… Continue reading च्याम्पियन्स लिगमा रियलको उत्कृष्ट पुनरागमन जित, पीएसजी बाहिरियो

बाइडेनले पुनः भने : युक्रेनमा भएका अमेरिकीले तत्काल देश छाड

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा कुनै अमेरिकी नागरिक बसोबास गरिरहेको भए तत्काल सो मुलुक छाड्न आह्वान गरेका छन् । रुसले युक्रेनसँग जोडिएको सीमा क्षेत्रमा आफ्नो सैन्य कारबाही जारी राखेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले मस्कोले युक्रेन कब्जा गरेमा त्यहाँ रहेका अमेरिकीलाई बचाउन अमेरिकाले सेना नपठाउने स्पष्ट पारेका हुन् । बीबीसीका अनुसार उनले युक्रेनको… Continue reading बाइडेनले पुनः भने : युक्रेनमा भएका अमेरिकीले तत्काल देश छाड

शेन वार्नको शव अस्ट्रेलिया लगियो, मृत्यु प्राकृतिक

REUTERS\BBC

काठमाडौं । साथिहरुसँग बिदा मनाउन थाइल्याण्ड आएका अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको शव अस्ट्रेलिया लगिएको छ । अस्ट्रेलिया सरकारले उनको राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गर्ने भएको छ । उनको मृत्युबारे आंशका भइरहेको समयमा थाईल्यान्डमा प्राकृतिक कारणबाट मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ५२ वर्षीय वार्नको पोस्टमोर्टम गर्दा मृत्युको कुनै अन्य कारण फेला नपरेको एक… Continue reading शेन वार्नको शव अस्ट्रेलिया लगियो, मृत्यु प्राकृतिक

अमरिकी रिर्पोट भन्छ : युक्रेनसँग लड्न रुसले भर्ति गरिरहेको छ सिरियाका लडाकु

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । युक्रेनसँग लड्न रुसले आफ्ना फौज रिजर्भ राखि सिरियाबाट लडाकु भर्ति गरिरहेको एक अमेरिकी प्रतिवेदनले खुलासा गरेको छ । अमेरिकी अखबार ‘द वाल स्ट्रीट जर्नल’मा अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै यस्तो खुलासा गरिएको हो । रूसले सिरियाबाट भाडामा लड्ने गरि लडाकु आफ्नो फौजमा भर्ति गरिरहेको खुलासा भएको हो । यसमा गुप्तचार अधिकारीहरुले संख्या भने खुलाएका… Continue reading अमरिकी रिर्पोट भन्छ : युक्रेनसँग लड्न रुसले भर्ति गरिरहेको छ सिरियाका लडाकु

अमेरिकाद्धारा युक्रेनलाई १० अर्ब डलर बराबरको सैन्य सहायता प्रदान गर्ने तयारी

काठमाडौं । रुसको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले सैन्य सहायता उपलब्ध गराउने भएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार अमेरिकी कंग्रेसले युक्रेनका लागि १० अर्ब डलर बराबरको सैन्य सहायता उपलब्ध गराउने प्रस्तावलाई अनुमोदन गर्ने अपेक्षा गरिएको छ । यसले युक्रेनी सेनाले ठूलो व्याकअप प्राप्त गर्नेछ । रुसी फौजहरू अगाडि बढ्ने क्रम जारी रहे पनि युक्रेनी सैनिकहरूले त्यसको… Continue reading अमेरिकाद्धारा युक्रेनलाई १० अर्ब डलर बराबरको सैन्य सहायता प्रदान गर्ने तयारी

युक्रेनको दावि: रुसले युद्धबिरामको पालना गरेन

file

काठमाडौं । रूस र युक्रेनबीचको युद्ध ११ औं दिनमा प्रवेश गरेको छ । रुसले सोचेभन्दा फरक परिणामका बीच युक्रेनी सेनाले शक्तिशाली मुलुकको डटेर मुकाविला गरिरहेको छ । उता, युक्रनेको राजधानी कीएभको उत्तर पश्चिम क्षेत्रमा रहेका शहरहरुमा रूसी सेनाको धन्दाधुन्ध कारवाही जारी छ । यी स्थानमा फसेका नागरिकलाई बाहिर निकाल्न रुसले आक्रमण केही मथ्थर पार्ने बताइएको… Continue reading युक्रेनको दावि: रुसले युद्धबिरामको पालना गरेन

रुसमा सैन्य कानून लागु गर्ने योजना नरहेको पुटीनको स्पष्टिकरण

KREMLIN.RU/AFP

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो मुलुकमा सैन्य कानुन लागु गर्ने कुनै योजना नरहेको बताएका छन्। राष्ट्रिय टेलिभिजनमा देखाइएको एरोफ्लट विमान सेवाका कर्मचारीहरूसँग भेटघाटमा पुटिनले आफ्ना कदमहरू ‘सैन्य कारबाही लक्षित क्षेत्रमा बाह्य उक्साहटका घटनाका आधारमा’ मात्र चालिने बताए। “तर हामीसँग त्यस्तो अवस्था छैन र त्यस्तो अवस्था आउने समेत छैन,” उनले भनेका छन् । बीबीसीका… Continue reading रुसमा सैन्य कानून लागु गर्ने योजना नरहेको पुटीनको स्पष्टिकरण

युक्रेनका दुई शहरमा रुसले बनायो आक्रमण मथ्थर, मानवीय सहयोग मार्ग खुला

ndtv.com

काठमाडौं । रुसको रक्षा मन्त्रालयले युक्रेनी सहर मारिओपोल र भोल्नोभाखाबाट शनिवार मस्को समय अनुसार १० बजेबाट मानवीय सहयोग मार्ग खुल्ने जनाएको छ। त्यहाँबाट आमनागरिकलाई निस्कन सहज गर्न युक्रेनी अधिकारीहरूसँग सहमति गरिएको रुसी रक्षा मन्त्रालयलाई जनाउँदै त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्। युक्रेनी पक्षले भने यसको पुष्टी गरिसकेको छैन । बीबीसीका अनुसार यसअघि मारिओपोका नगरप्रमुखले जारी नाकाबन्दीबीच रुसी… Continue reading युक्रेनका दुई शहरमा रुसले बनायो आक्रमण मथ्थर, मानवीय सहयोग मार्ग खुला

रुसको राष्ट्रिय विमान सेवाद्धारा बेलारुसबाहेक विश्वभरको उडान कटौती

काठमाडौं । रुसको राष्ट्रिय विमान कम्पनी एरोफ्लटले मार्च ८ देखि लगभग सबै अन्तर्राष्ट्रिय उडानहरू रद्द गरेको छ। आफ्नो सेवा अवरुद्ध गर्नुलाई उसले ‘थप परिस्थितिहरू’ कारण रहेको जनाएको छ। बीबीसीका अनुसार उक्त विमान सेवाका अनुसार आन्तरिक र छिमेकी देश बेलारुससँगका उडानहरूमा भने त्यसको कुनै असर पर्ने छैन। युरोपेली सङ्घ, यूके, अमेरिका र क्यानडाले आफ्ना आकाशमा रुसी… Continue reading रुसको राष्ट्रिय विमान सेवाद्धारा बेलारुसबाहेक विश्वभरको उडान कटौती

पाकिस्तानको पेशावरमा शक्तिशाली बम विष्फोट, कम्तिमा ५६ जनाको मृत्यु

Twitte

कराँची । पाकिस्तानको पेशावर शहरमा भएको एक शक्तिशाली बम विष्फोटमा कम्तिमा ५६ जना मारिएका छन् । पेशावरको क़िस्सा ख़्वानी बजार इलाकामा शुक्रवार नमाज पढ्ने समयमा एक शिया मस्जिदमा यस्तो बम हमला भएको हो । अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाए अनुसार घटनामा १९४ जना घाइते छन् । जसमा ९ जनाको अवस्था गम्भीर रहेको छ । लेडी रीडिङ्ग अस्पतालका… Continue reading पाकिस्तानको पेशावरमा शक्तिशाली बम विष्फोट, कम्तिमा ५६ जनाको मृत्यु

युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु उर्जा रुसी कब्जामा, आक्रमणको विश्वभर निन्दा

काठमाडौं । रुसी सेनाले युक्रेनमा रहेको यूरोपकै सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र कब्जा गरेको छ । रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन्। बीबीसीका अनुसार कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् । उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन्। रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै… Continue reading युक्रेनमा रहेको सबैभन्दा ठूलो परमाणु उर्जा रुसी कब्जामा, आक्रमणको विश्वभर निन्दा

युक्रेनी शरणार्थीले यूरोपेली संघका मुलुकमा तीन वर्षको अस्थायी आवास सुविधा पाउने

काठमाडौं । रुसको आक्रमणबाट विस्थापित भई अन्य मुलुक पुगेका शरणार्थीलाई युरोपेली सङ्घमा आबद्ध देशले विशेष सुविधा दिन सहमत भएका छन् । ती मुलुकका आन्तरिक मामिलामन्त्रीहरू युक्रेनी शरणार्थीहरूलाई तीन वर्षसम्म विशेष अस्थायी सुविधा दिने विषयमा सहमत भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । यसमा आप्रवासीको अवस्था के हुन्छ भन्ने बारे भने उल्लेख छैन । सहमतिअनुसार उनीहरूलाई रोजगारी… Continue reading युक्रेनी शरणार्थीले यूरोपेली संघका मुलुकमा तीन वर्षको अस्थायी आवास सुविधा पाउने

रुस-युक्रेन युद्धले महंगी बढाउँछ : विश्व बैंक

काठमाडौं । रुस र युक्रेनबीचको युद्धले महंगी बढाउने विश्व बैंकले बताएको छ । विश्व बैंकका प्रमुख डेभिड मालपाससँग बीबीसीले लिएको प्रतिक्रियामा उनले जारी युद्ध विश्वका लागि एउटा विध्वंस भएको भन्दै त्यसले आर्थिक वृद्धि रोक्ने र महँगी बढाउने बताएका छन् । युक्रेनले ठूलो मात्रामा गर्ने सूर्यमुखीको तेल, मकै र गहुँको निर्यात रोकिँदा विश्वभरि खानेकुराको मूल्यमा वृद्धि… Continue reading रुस-युक्रेन युद्धले महंगी बढाउँछ : विश्व बैंक

युक्रेनमा रहेका सबै रुसी नागरिकको सम्पत्ति जफत हुने

काठमाडौं । रुसविरुद्ध युक्रेनले रणनीतिक निर्णय लिएको छ । युक्रेनको संसदले बिहीबार कानून पारित गर्दै रुसी नागरिकको सम्पत्ति जफत गर्न सरकारलाई मन्जुरी दिएको हो । राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले यो निर्णयलाई ऐतिहासिक भनेका छन् । संसदमा उपस्थित सबै सांसदले राष्ट्रिय गान गाएर जनतालाई हौसला प्रदान गरेको रोयटर्सले लेखेको छ । यसअघि संसदमा राष्ट्रपतिले गत मंगलबार सम्बोधन… Continue reading युक्रेनमा रहेका सबै रुसी नागरिकको सम्पत्ति जफत हुने

रुस-युक्रेन युद्ध शुरु भएयता १८ हजार भारतीयले छाडे युक्रेन

ndtv.com

नयाँ दिल्ली । रुस र युक्रेनबीच युद्ध हुरु भएको एक साताको अवधिमा १८ हजार भारतीय नागरिकले युक्रेन छाडेका छन् । भारतीय विदेश मन्त्रालयले यस्तो आंकडा सार्वजनिक गरेको हो । मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीका अनुसार भारतले आफ्ना नागरिकलाई स्वदेश फर्काउन अपरेशन गंगा चलाइरहेको छ । अहिलेसम्म हरेक दिन न्यूनतम १५ वटा उडानबाट ३ हजार भारतीय नागरिकलाई… Continue reading रुस-युक्रेन युद्ध शुरु भएयता १८ हजार भारतीयले छाडे युक्रेन

पुटिन भन्छन् : रुसले आफ्नो उद्देश्य प्राप्त गरिछाड्ने छ

Photo source : Yuri Kadobnov—AFP/Getty Images\TM

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानीमा युक्रेनलाई असैनिकृत गरिदिने र तटस्थ बनाइदिने आफ्नो उद्देश्य सफलतापूर्वक सम्पन्न गरिने बताएका छन् । बीबीसीका अनुसार उनीहरूबीच भएको टेलिफोन कुराकानीबारे दिइएको विवरणमा युक्रेनद्वारा वार्तामा गरिने ढिलाइले केवल रुसका मागहरू बढ्दै जाने पुटिनको तर्क थियो । साथै पुटिनले बुधवार माक्रोँले गरेको एक सम्बोधनप्रति आफ्नो… Continue reading पुटिन भन्छन् : रुसले आफ्नो उद्देश्य प्राप्त गरिछाड्ने छ

संयुक्त राष्ट्र संघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा, भारत र पाकिस्तान अनुपस्थित

MICHAEL M. SANTIAGO/GETTY IMAGES

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा रुसले गरेको युक्रेन आक्रमणको विरुद्धमा नेपालसहित विश्वभरबाट १४१२ मुलुक उभिएका छन् । ५ मुलुक रुसको समर्थनमा देखिएका छन् । भारत र पाकस्तानसहित ३५ देशले भने कुनै पनि मुलुकको पक्षमा भोट दिएनन् । उनीहरु अनुपस्थित भए । कुल १९३ मुलुक संयुक्त राष्ट्रसंघमा आवद्ध रहेका छन् । मतदानमा भाग नलिने मुलुकमा चीन,… Continue reading संयुक्त राष्ट्र संघमा नेपालसहित १४१ देश युक्रेनको पक्षमा, भारत र पाकिस्तान अनुपस्थित

रुसको स्वीकारोक्ति : ५ सय सैनिक मारिए

ndtv.com

काठमाडौं । युक्रेनमाथि आक्रमण गरेयता रुसले ठूलो संख्यामा सैनिक गुमाएको स्वयमः स्वीकार गरेको छ । यसअघि दावि भए पनि रुसले स्वीकार भने गरेको थिएन । युक्रेनमाथि आक्रमण गरेको एक सातामा आफ्ना सैनिकको हताहतीबारे रुसी रक्षा मन्त्रालयले पहिलो पटक विवरण सार्वजनिक गरेको हो । बीबीसीले लेखे अनुसार आक्रमणका दौरान करिब पाँच सय सैनिक मारिएका छन् ।… Continue reading रुसको स्वीकारोक्ति : ५ सय सैनिक मारिए

युक्रेनबाट १० लाख मानिस विस्थापित

काठमाडौं । रुस र युक्रेनबीचको युद्धका कारण युक्रेनबाट मात्र १० लाख मानिस विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखाइएको हो । बीबीसीका अनुसार दश लाख शरणार्थीहरू युक्रेन छोडेर छिमेकी मुलुकमा पुगेका छन् । सात दिनको अवधिमा लाखौँ मानिसले युक्रेन छाडेका हुन्। रुसले गत बिहीवार युक्रेनमाथि आक्रमण सुरु गरेको थियो। सन् २०१५मा… Continue reading युक्रेनबाट १० लाख मानिस विस्थापित

युक्रेनसँग जोडिएको सीमामा बेलारुसको सैन्य उपस्थिति दोब्बर हुने

Efrem Lukatsky–AP

काठमाडौं । बेलारुसका राष्ट्रपतिले युक्रेनसँग जोडिएको आफ्नो दक्षिणी सीमामा सैन्य उपस्थिति दोबर पार्ने बताएका छन्। सीमामा रहेका पाँचवटा रणनीतिक बटालियन आगामी दुई दिनमा दशसम्म पुग्ने राष्ट्रपति एलेक्सेन्डर लुकासेन्कोले घोषणा गरेका छन् । ‘यी उच्च प्रशिक्षित जुनसुकै स्थानमा सहजै परिचालित हुनसक्ने समूह हुन् जो बेलारुसलाई उत्तेजित पार्ने र कुनै पनि किसिमको सैन्य कारबाही रोक्न तयार छन्,’… Continue reading युक्रेनसँग जोडिएको सीमामा बेलारुसको सैन्य उपस्थिति दोब्बर हुने

रुसी फौजद्वारा युक्रेनको दोस्रो ठूलो शहरमाथि कब्जा

काठमाडौं । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले पछिल्लो पटक दक्षिणी शहर खेअरसनमाथि नियन्त्रण कायम गरेका विवरणहरू आएका छन्। बीबीसीका अनुसार साढे दुई लाख जनसङ्ख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहारेका छन्।त्यसैगरी घाइतेहरूको उद्धारमा सघाउन पनि उनीहरुले अपिल गरेका छन्। स्थानीय परिषद्‌का एक सदस्यले आक्रमणमा परी दुई सयभन्दा… Continue reading रुसी फौजद्वारा युक्रेनको दोस्रो ठूलो शहरमाथि कब्जा

रुसलाई समर्थन गरिरहेको भारतका एक विद्यार्थी रुसी सैनिकको आक्रमणमा युक्रेनमा मारिए

File : Emilio Morenatti / AP / TASS

काठमाडौं । युक्रेन र रुसबीचको युद्धमा भारत रुसको पक्षमा लागेको छ । उता, युक्रेनमा रुसकै आक्रमणमा परि एक भारतीय विद्यार्थीको ज्यान गएपछि भने भारत सरकारको व्यापक आलोचना शुरु भएको छ । रूसको आक्रमणमा परि युक्रेनमा बसिरहेका एक भारतीयको मंगलबार मृत्यु भएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले सामाजिक सञ्जाल ट्विटरमा युक्रेनको दोस्रो ठूलो… Continue reading रुसलाई समर्थन गरिरहेको भारतका एक विद्यार्थी रुसी सैनिकको आक्रमणमा युक्रेनमा मारिए

रुसलाई फिफा र यूईएफले लगाए प्रतिवन्ध

sportingnews.com

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल महासंघ (यूईएफ) ले रुसी राष्ट्रिय टिम र क्लबलाईअन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाएका छन् । रुसले युक्रेनमाथि सैन्य हमला गरेको विरोधमा फुटबलका ठूला नियामककारी निकायले अनिश्चितकालका लागि रुसमाथि प्रतिबन्ध लगाएका हुन् । यसबाट कतार विश्वकप र महिला युरो २०२० मा रुसको सहभागिता अनिश्चित भएको छ । प्रतिवन्ध कायम… Continue reading रुसलाई फिफा र यूईएफले लगाए प्रतिवन्ध

रुस-युक्रेन वार्तामा निस्केन निष्कर्ष, युद्ध जारी

काठमाडौं । युद्धविराम गर्न रुस र युक्रेनबीच भएको वार्ता निष्कर्षमा पुग्न नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । जसका कारण युक्रेनमा रुसी हमला जारी छ । यद्दपी युक्रेनको कडा प्रतिवादका कारण रुसी सैनिकको गतिमा भने कमी आएको बीबीसीले लेखेको छ । मंगलबार पनि युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ। युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा… Continue reading रुस-युक्रेन वार्तामा निस्केन निष्कर्ष, युद्ध जारी