युगाण्डाको राजधानीमा आत्मघाती बम विष्फोट, कम्तिमा तीन जना मारिए

Getty Images

कम्पाला । युगाण्डाको राजधानी कम्पालामा भएको आत्मघाती विष्फोटमा कम्तिमा तीन जना मारिएका छन् । ३० भन्दा बढी घाइते भएको र त्यसमध्ये जना गम्भीर घाइते अवस्थामा उपचारार्थ भर्ना गरिएको छ । मृतकको संख्या अझ बढ्न सक्ने बताइएको छ । मंगलवार तीन मिनेटको फरकमा दुई आत्मघाती विष्फोट भएका थिए । मारिनेमा प्रहरी समेत रहेको बताइएको छ ।… Continue reading युगाण्डाको राजधानीमा आत्मघाती बम विष्फोट, कम्तिमा तीन जना मारिए

अमेरिकालाई चीनको चेतावनी : ताइवानको पक्षपोषण् गर्नु प्रत्यूत्पादक हुनेछ

काठमाडौं । चीनले अमेरिकालाई ताइवानको पक्षपोषण नगर्न कडा चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाए अनुसार मंगलबार चिनियाँ राष्ट्रपति सी जिन्पिङले अमेरिकी समकक्षी जो बाइडेनलाई यस्तो चेतावनी दिएका हुन् । बीबीसीका अनुसार ताइवानको पक्षपोषण गर्नु अमेरिकाका लागि प्रत्युपादक हुन सक्ने चेतावनी उनको छ । दुई नेताबीच भर्चूअल माध्यमबाट भएको वार्ताका क्रममा सीले बाइडेनलाई ताइवानले खोजे… Continue reading अमेरिकालाई चीनको चेतावनी : ताइवानको पक्षपोषण् गर्नु प्रत्यूत्पादक हुनेछ

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल वार्ता, के भयो कुराकानी ?

REUTERS

काठमाडौं एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिंगबीचको बहुप्रतिक्षित भर्चुअल वार्ता भएको छ । वार्तामा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुक अमेरिकासँगको सम्बन्ध सकारात्मक दिशमा लैजान चाहेको बताएको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । दुई नेताबीच भएको यो वार्ताले दुबै मुलुकबीचको संवादहिनता तोड्न महत्वपूर्ण भूमिका खेलेको समेत समाचारमा जनाइएको छ । बाइडेनले… Continue reading अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच भर्चुअल वार्ता, के भयो कुराकानी ?

इजरायलले भैरहवा विमानस्थलमा सिधा उडानको इच्छा देखायो

काठमाडौं । भैरहवामा निर्माणधिन भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा छ । यो विमानस्थलमा इजरायलले सिधा उडानको इच्छा व्यक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायलका राजदूत हेनान गोदरबीच सोमबार भएको भेटवार्तामा इजरायल सरकारले यस्तो संकेत गरेको हो । भेटमा राजदूत गोदरले इजरायल–भैरहवा सिधा हवाई उडान गर्न… Continue reading इजरायलले भैरहवा विमानस्थलमा सिधा उडानको इच्छा देखायो

भारतको राजधानी नयाँ दिल्लीमा प्रदुषणका कारण लकडाउन

Photo : DNA India

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा विशाक्त हावासहितको प्रदुषणका कारण लकडाउन गर्नु पर्ने अवस्था आएको छ । त्यहाँका मूख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि सबै प्रकारका स्कुल बन्द गर्ने घोषणा गरेका छन् । भारतीय संचारमाध्यमले यहाँ प्रदुषणका कारण लकडाउन गर्नुपर्ने अवस्था आएको बताएका छन् । आइतबार प्रदूषणको स्तर निकै खराब श्रेणीमा रहेको बताइएको छ… Continue reading भारतको राजधानी नयाँ दिल्लीमा प्रदुषणका कारण लकडाउन

इक्वेडरमा जेल भित्रै झडप, कम्तिमा ६८ जना मारिए

Photograph: Fernando Mendez/AFP/Getty Images

काठमाडौं । इक्वेडरमा एक जेल भित्र कैदीहरुबीच हिंसात्मक झडपमा परी कम्तीमा ६८ जनाको ज्यान गएको छ । अन्तरांष्ट्रिय संचारमाध्यमले ६८ जनाको मृत्यु भएको र थप २५ जना घाइते भएको पुष्टी गरेका छन् । त्यहाँको गाकुइल नामक सहरस्थित जेलमा झडप भएपछिको खोज तलासीमा विष्फोटक पदार्थ तथा बन्दुक समेत फेला परेको छ । झडपपछि प्रशासनले सेना परिचालन… Continue reading इक्वेडरमा जेल भित्रै झडप, कम्तिमा ६८ जना मारिए

भारतको मणिपुरमा एम्बुसमा परी एक कर्णेलसहित ७ जनाको मृत्यु

Photo : economictimes

मणिपुर । भारतको पूर्वी राज्य मणिपुरमा आसम राइफल्सको एक सुरक्षा समूहमाथि हमला भएको छ । एम्बुस थापेर भएको यो हमलामा एक कर्णेल, उनकी पत्नी, ८ वर्षका उनका छोरा र चार जना जवानको मृत्यु भएको छ । घटना शनिवार भएको होे । भारतीय संचारमाध्यमहरुका अनुसार चरचन्दपुरमा मारिएका कर्णेल विप्लव त्रिपाठी आसम राइफल्सका कमान्डिंग अफिसर हुन् ।… Continue reading भारतको मणिपुरमा एम्बुसमा परी एक कर्णेलसहित ७ जनाको मृत्यु

फ्रान्सको राष्ट्रपति भवनमा बलात्कारको घटना सार्वजनिक

GETTY IMAGES

पेरिस । फ्रान्समा एक जना महिला सैनिकले आफुमाथि सहकर्मीबाटै यौन दुर्व्यवहार भएको सार्वजनिक गरेकी छिन् । यससँगै सरकारी अभियोजनकर्ताहरूले पेरिसस्थित राष्ट्रपति भवनमा भएको भनिएको एउटा बलात्कारको घटनाबारे अनुसन्धान गर्न थालेको स्थानीय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार महिला सैनिकले एलीजे दरबारमा गत जुलाई महिनामा आयोजित एउटा मदिरापान कार्यक्रमपछि आफूमाथि यौन दुर्व्यवहार भएको बताएकी हुन् ।… Continue reading फ्रान्सको राष्ट्रपति भवनमा बलात्कारको घटना सार्वजनिक

विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने

Photo : outlook india

दुबई । सातौं संस्करणको टी२० विश्वकप क्रिकेटको उपाधीका लागि अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने भएका छन् । बिहीबार राती सम्पन्न खेलमा अष्ट्रेलियाले पाकिस्तानमाथि ५ विकेटको जित निकाल्दै फाइनलमा पुगेको हो । मार्कुस स्टोइनिस र म्याथ्यु वेडले ४० बलमा अविजित ८१ रनको साझेदारी गरेसँगै अस्ट्रेलियाले पाकिस्तानमाथि सहजै जित निकाल्न सक्यो । स्टोइनिसले ३१ बलमा ४० र वेडले… Continue reading विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया र न्यूजिल्याण्ड भिड्ने

यूरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको चेतावनी

POLISH DEFENCE MINISTRY|bbc

काठमाडौं । बेलारुसले आप्रवासी संकटको विषयलाई लिएर यूरोपेली संघले प्रतिवन्ध लगाएमा कडा कदम चाल्ने चेतावनी दिएको छ । त्यहाँका राष्ट्रपतिले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्ध लगाइए युरोपको ग्यास आपूर्ति नै रोकिदिने चेतावनी दिएका हुन् । बीबीसीका अनुसार बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासी युरोपेली सङ्घ ईयूको क्षेत्रभित्र प्रवेश… Continue reading यूरोपमा ग्यास आपूर्ति रोक्ने बेलारुसको चेतावनी

न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौं । न्युजिल्याण्ड आइसीसी टी–२० विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ । न्यूजिल्याण्डले पहिलो पटक फाइनल खेल्न लागेको हो । युएईमा जारी सातौ संस्करणको टी(२० विश्वकपको पहिलो सेमिफाइनलमा साविक उपविजेता इंग्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै न्युजिल्याण्ड फाइनल पुगेको हो । न्युजिल्याण्डले उपाधि भिडन्त भने पाकिस्तान र अष्ट्रेलिया बीचको विजेतासँग गर्नेछ । अबुधाबीमा डार्यल मिचेलले अविजित… Continue reading न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

नोबेल शान्ती पुरस्कार विजेता मलाला विवाह बन्धनमा, को हुन उनका पति ?

TWITTER/@MALALA

बर्मिंघम । नोबेल शान्ती पुरस्कार विजेता मलाला यूसुफज़ई विवाह बन्धनमा बाँधिएकी छिन् । उनी स्वयमःले ट्वीट गर्दै यसबारे जानकारी गराएकी हुन् । बेलायतको बर्मिंघम शहरमा उनको विवाह भएको हो । यो उनको पतिको घर हो । २४ वर्षिय मलालाले असर मलिकसँग मुस्लिम परम्परा अनुसार विवाह गरेकी हुन् । निकाह भनिने यो सत्कारपछि उनले यो दिन… Continue reading नोबेल शान्ती पुरस्कार विजेता मलाला विवाह बन्धनमा, को हुन उनका पति ?

बेलारुसको सीमामा आप्रवासी उतार्ने योजना पुटिनको रहेको पोल्याण्डका प्रधानमन्त्रीको आरोप

POLISH DEFENCE MINISTRY|bbc

काठमाडौं । पोल्याण्डको बेलारुससँगको सीमानामा हजारुौं आप्रवासी आएर रोकिएका छन् । उनीहरु पोल्याण्ड प्रवेश गर्न चाहन्छन् । यी आप्रवासीलाई त्यहाँसम्म ल्याउन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको पोल्याण्डका प्रधानमन्त्री माटयुस मोराभियस्कीले आरोप लगाएका छन् । बीबीसीका अनुसार बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्का रुस निकट रहेको र पुटिनकै योजनामा बेलारुसले यस्तो संकट उत्पन्न गराएको उनको आरोप छ… Continue reading बेलारुसको सीमामा आप्रवासी उतार्ने योजना पुटिनको रहेको पोल्याण्डका प्रधानमन्त्रीको आरोप

भारतले टी-२० टिमको कप्तानी रोहितलाई दियो

AFP

नयाँ दिल्ली । भारतीय क्रिकेट बोर्डले टी-२० टिमको कप्तानको जिम्मेवारी रोहित शर्मालाई दिएको छ । जारी विश्वकपबाट भारत बाहिरिएको छ । साथै साविकका कप्तान विराट कोहलीले समेत टी-२० टिमको कप्तानी छाडेका छन् । भारतले आसन्न न्युजिल्याण्डविरुद्धको सिररिजका लागि टीम घोषणा गरेको हो । जसमा कप्तानी अब रोहितले गर्ने भएका हुन् । बीसीसीआईले मंगलबार रोहितको कप्तानीमा… Continue reading भारतले टी-२० टिमको कप्तानी रोहितलाई दियो

बङ्गलादेशका पूर्व प्रधानन्यायाधीशमाथि ११ वर्षको जेल सजाय सुनाइयो

BBC

ढाका । बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हामाथि ११ वर्षको जेल सजाय सुनाइएको छ । राजधानी ढाकास्थित एक विशेष अदालतले उनीमाथि ११ वर्षको जेल सजाय सुनाएको हो । बीबीसीका अनुसार ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरूमा उनलाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो। उनले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्नेछ। ढाकाको विशेष अदालतका एक… Continue reading बङ्गलादेशका पूर्व प्रधानन्यायाधीशमाथि ११ वर्षको जेल सजाय सुनाइयो

पोल्याण्डले बेलारुसको सीमानामा रोक्यो हजारौं आप्रवासी, कहाका नागरिक हुन् ?

POLISH DEFENCE MINISTRY|bbc

काठमाडौं । पोल्याण्डले बेलारुससँगको पूर्वी सीमामा आफ्नो देश प्रवेश गर्न खोज्ने हजारौं आप्रवासीलाई रोकेको छ । बीबीसीका अनुसार हजारौँ अझै त्यसतर्फ आइरहेको जानकारी समेत पोल्याण्डले जनाएको छ । भिडिओ सामाग्रीहरूमा सयौँ मानिसहरू फलामे तारले बारिएको सीमानजिक देखिन्छन् जसमा केहीले उक्त अवरोध पार गर्दै अघि बढ्न खोजेको देखिन्छ। पोल्याण्डको सरकारले सोमवार एउटा आपत्कालीन बैठक बोलाउँदै उक्त… Continue reading पोल्याण्डले बेलारुसको सीमानामा रोक्यो हजारौं आप्रवासी, कहाका नागरिक हुन् ?

न्यूजिल्याण्डमा इच्छा मृत्यु रोज्न पाइने कानुन लागु

Mt Eden Prison

काठमाडौं । न्युजिल्यान्डले इच्छा–मृत्यु रोज्न पाउने गरि कानुनी व्यवस्था कार्यान्वयनमा ल्याएको छ । न्युजिल्यान्डमा इच्छाअनुसार मृत्युवरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको हो । । यस्तो व्यवस्था यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बियामा कार्यान्वयनमा छ । न्युजिल्यान्डमा इच्छा मृत्यु गम्भीर रोगका कारण डाक्टरले ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनेर प्रमाणित गरेका… Continue reading न्यूजिल्याण्डमा इच्छा मृत्यु रोज्न पाइने कानुन लागु

इराकका प्रधानमन्त्रीको हत्या प्रयास, अमेरिकाले गर्यो निन्दा

GETTY IMAGES\BBC

बगदाद । इराकका प्रधानमन्त्री मुस्तफा अल खादिमीको हत्या प्रयास भएको छ । इराकको राजधानी बगदादस्थित आफ्नो निवासमा आक्रमण भएपछि आफू त्यहाँबाट भागेको उनको भनाई छ । बीबीसीका अनुसार उक्त आक्रमणलाई उनको हत्या गर्ने प्रयास भनिएको छ। अधिकारीहरूका अनुसार राजधानीस्थित ग्रीन जोनमा रहेको उनको निवासमा विस्फोटक पदार्थ राखिएको एउटा ड्रोनबाट आक्रमण गरिएको थियो। सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री… Continue reading इराकका प्रधानमन्त्रीको हत्या प्रयास, अमेरिकाले गर्यो निन्दा

सियरालिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा ८४ जनाको मृत्यु

AFP\BBC

काठमाडौं । अफ्रिकी मुलुक सियरालिओनमा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग ठोक्किएर भएको दुर्घटनामा कम्तिमा ८४ जनाको मृत्यु भएको छ । घटना सियरालिओनको राजधानी फ्रीटाउनमा भएको हो । बीबीसीका अनुसार आगलागी हुनु अघि इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेको बताइएको छ । स्थानीय मिडियाले प्रकाशित गरेका तस्बिरमा ट्याङ्कर वरिपरि… Continue reading सियरालिओनमा इन्धन बोकेको ट्याङ्कर दुर्घटना, कम्तिमा ८४ जनाको मृत्यु

पटाका पड्काउँदा भारतको राजधानी नयाँ दिल्ली कुइरोले ढाकियो

Photo : DNA India

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली संसारकै प्रदुषित बनेको छ । वायु प्रदुषण आइतबार सम्म नै कायम रहने भएको छ । भारतीय संचारमाधयमहरुका अनुसार नयाँ दिल्लीमा लक्ष्मीपूजा र यसका अवसरमा पढ्काइएका पटाका प्रमुख कारण हो । राजधानी नयाँ दिल्लीमा दीपावलीका पटाकाहरूका कारण शुक्रवार वायु प्रदूषण खतरनाक स्तरमा पुगेको हो । प्रतिबन्ध लगाइए पनि सहरभरि… Continue reading पटाका पड्काउँदा भारतको राजधानी नयाँ दिल्ली कुइरोले ढाकियो

डब्लूएचओको चेतावनी : यूरोप कोरोनाको केन्द्रमा छ

लण्डन । विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले युरोप कोरोना भाइरसको पुनः केन्द्रमा रहेको चेतावनी दिएको छ । यूरोपमा अहिले कोरोना विरुद्धको सचेतना शून्य प्राय गरिएको छ । सामाजिक दूरी कायम गर्न छाडिएको छ । जसले कोरोनाभाइरसका नयाँ सङ्क्रमितको सङ्ख्या बढिरहेको छ । सो महादेश पुनः एकपटक कोभिड महामारीको केन्द्र बनेको विश्व स्वास्थ्य सङ्गठनको भनाई छ ।… Continue reading डब्लूएचओको चेतावनी : यूरोप कोरोनाको केन्द्रमा छ

इरानको परमाणु सम्झौता ब्यूताउने वार्ता यसै महिना हुँदै, अमेरिकाले भाग लिने

BBC

काठमाडौं । इरान र अन्य ६ मुलुकबीच सन् २०१५ मा भएको ऐतिहासिक परमाणु सम्झौतालाई ब्यूँताउने उद्देश्य राखेर गर्न लागिएको वार्ता यसै महिना आयोजना हुने भएको छ । बीबीसीका अनुसार इरानका प्रमुख वार्ताकार अली बगेरी कनीले सरकारले नोभेम्बर २९ मा वार्ताका लागि भियनामा भेट्न सहमति जनाएको बताएका छन् । इरानमा गत जुन महिनामा कट्टरपन्थी नयाँ राष्ट्रपति… Continue reading इरानको परमाणु सम्झौता ब्यूताउने वार्ता यसै महिना हुँदै, अमेरिकाले भाग लिने

अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा प्रतिवन्ध

काबुल । अफगानिस्तानमा विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लागेको छ । त्यहाँको तालिवान सरकारले विदेशी मुद्राको प्रयोगले अफगानिस्तानको अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै विदेशी मुद्रा प्रयोगमा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । तालिबान सरकारले जारी गरेको निर्देशनात्मक सूचनामा निर्देशनलाई अटेर गरी कसैले विदेशी मुद्राको प्रयोग गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी दिइएको समेत समाचारमा उल्लेख… Continue reading अफगानिस्तानमा विदेशी मुद्राको प्रयोगमा प्रतिवन्ध

भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने

RSS

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निकट भविश्यमा नेपाल भ्रमणमा आउने जानकारी गराएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त अधिराज्यको ग्लास्गोमा भएको भेटमा मोदीले यस्तो जानकारी गराएका हुन् । दुई नेताबीच मंगलबार औपचारिक भेटवार्ता भएको हो । दुबै मुलुकले प्रधानमन्त्रीलाई एक अर्काको मुलुकमा भ्रमणको निम्तो दिएका थिए । ग्लास्गोमा आयोजना भैरहेको… Continue reading भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउने

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज औपचारिक भेट हुँदै

RSS

ग्लास्गो । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच मंगलबार औपचारिक भेटवार्ता हुने भएको छ । दुबै ेता अहिले स्कटल्यान्डको ग्लास्गोमा जारी विश्व सम्मेलनमा भाग लिइरहेका छन् । जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भने सोमबार नै भइसकेको छ । जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसहित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, राष्ट्रसंघीय… Continue reading प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच आज औपचारिक भेट हुँदै

ग्लास्गो विश्व सम्मेलनमा नेपालका मुस्ताङ र सोलुखुम्बुको चर्चा

Gorakhapatra

काठमाडौं । स्टल्याण्डस्थित ग्लास्गो शहरमा जारी जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनमा नेपालको मुस्ताङ र सोलुखुम्बुको चर्चाले विश्वको ध्यान तानेको छ । नेपालको सरकारी संचारमाध्यम गोरखापत्रका अनुसार आयोजक राष्ट्र बेलायतको तर्फबाट अध्यक्षता ग्रहण गरेका बेलायतका मन्त्री आलोक शर्माले जलवायु परिवर्तनको असरले विश्व जगत नै आक्रान्त भएको भन्दै नेपालको मुस्ताङको जोमसोममा खडेरी पर्दा त्यहाँको जनजीवन, कृषि उत्पादन,… Continue reading ग्लास्गो विश्व सम्मेलनमा नेपालका मुस्ताङ र सोलुखुम्बुको चर्चा

माल्दिभ्सले नेपाललाई दिएको २ लाख डोज खोप काठमाडौं आयो

Photo : Gorakhapatra

काठमाडौं । मित्र राष्ट्र माल्दिभ्सले नेपाललाई दिएको दुई लाख एक हजार ६०० डोज एस्ट्राजेनिका खोप आइतबार नेपाल आइपुगेको छ । कतार एयरवेजको नियमित उडानबाट खोप नेपाल आएको हो । स्वास्थ्य सेवा विभागका अनुसार उक्त खोपलाई टेकुस्थित केन्द्रीय खोप भण्डारणमा राखिएको छ । खोपलाई केहीदिनपछि प्राथमिकताका आधारमा विभिन्न जिल्लामा पठाईने छ । नेपाललाई माल्दिभ्सले सो मुलुकमा… Continue reading माल्दिभ्सले नेपाललाई दिएको २ लाख डोज खोप काठमाडौं आयो

एक मुलुक, जहाँ शुक्रबार एक जनामा पुष्टी भयो पहिलो कोरोना संक्रमण

USA today

काठमाडौं । संसार कोरोना भाइरसको संक्रमणबाट आक्रान्त छ । तर, एउटा मुलुक, जहाँ भने शुक्रवार मात्र पहिलो संक्रमण पुष्टी भएको छ । त्यो पनि मात्र एक जनामा । प्रशान्त महासागरस्थित टापु राष्ट्र टोङ्गामा महामारी सुरु भएयताकै पहिलो कोभिड सङ्क्रमण पुष्टि भएको बीबीसीले लेखेको छ । कोभिड पुष्टी भएपछि त्यहाँका मानिसहरू कोभिड खोप लगाउन हतारिएको समेत… Continue reading एक मुलुक, जहाँ शुक्रबार एक जनामा पुष्टी भयो पहिलो कोरोना संक्रमण

लगातारको हारपछि बार्सिलोनाले मूख्य प्रशिक्षक कोम्यानलाई हटायो

काठमाडौं । लगातारको हारपछि स्पानिस क्लब बार्सिलोनाले मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानलाई हटाएको छ । ला लिगामा बुधबार राति भएको खेलमा टीम रायो भालेकानोसँग १, ० ले पराजित भएसँगै क्लबले कोम्यानलाई बर्खास्त गरेको बार्सिलोनाले जनाएको छ । भालेकानोसँग हारपछि बार्सिलोनाले स्टेटमेन्ट जारी गर्दै क्लब अध्यक्ष जोन लापोर्टाले बर्खास्ती बारे निर्णय कोम्यानलाई जानकारी दिएको जनाएको छ ।… Continue reading लगातारको हारपछि बार्सिलोनाले मूख्य प्रशिक्षक कोम्यानलाई हटायो

सुडानमा ‘सैन्य कु’ पछि भएका झडपमा कैंयौं मानिस मारिए

SUPPLIED\BBC

काठमाडौं । सुडानमा सैन्य कूको विरोध गर्ने भिडमाथि सेनाले गोली चलाएको छ । घटनामा कम्तीमा सात जना मारिएको र करिब १४० जना घाइते भएको बीबीसीले लेखेको छ । सशस्त्र फौजले सोमवार राजनीतिक नेताहरूलाई पक्राउ गरेर गैर सैनिक शासन विघटन गर्दै सङ्कटकालको घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा आएका छन् । सैन्य दस्ताले राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शन… Continue reading सुडानमा ‘सैन्य कु’ पछि भएका झडपमा कैंयौं मानिस मारिए