पूर्वी चाडमा हैजाका कारण ७५ जनाको मृत्यु

एजेन्सी१२ भदौ, काठमाडौं । पूर्वी चाडमा हैजाको प्रकोपका कारण जुलाइदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।स्वास्थ्य अधिकारीहरुले सोमबार सार्वजनिक गरेको तथ्याङ्कभन्दा थप १२ जनाको मृत्यु भएको छ । ओउडाई प्रान्तमा ९०० भन्दा बढी शङ्कास्पद सङ्क्रमितहरू भेटिएका मन्त्रालयले जनाएको छ । स्वास्थ्यमन्त्री अब्देलमादजिद अब्देराहिमले बुधबार प्रभावित प्रान्तमा सेप्टेम्बरको सुरुमा एक… Continue reading पूर्वी चाडमा हैजाका कारण ७५ जनाको मृत्यु

अफ्रिकामा ८२ हजार भन्दा बढी मानिस बेपत्ता

File Photo by Mohammed Elshamy/Anadolu Agency/Getty Images)

एजेन्सी१२ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) ले सशस्त्र द्वन्द्व र हिंसाका कारण अफ्रिकामा अहिले ८२ हजारभन्दा बढी व्यक्ति वेपत्ताको सूचीमा रहेको जनाएको छ । केन्याको राजधानी नैरोबीबाट जारी विज्ञप्तिमा आईसीआरसीका अफ्रिका क्षेत्रीय निर्देशक प्याट्रिक युसुफले भने, “यो आँकडा बेपत्ता भएकाहरूको एउटा सानो अंशमात्र हो ।” आईसीआरसी र यसको अन्तर्राष्ट्रिय रेडक्रस र रेड क्रिसेन्ट… Continue reading अफ्रिकामा ८२ हजार भन्दा बढी मानिस बेपत्ता

नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने

११ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने जनाइएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा सो… Continue reading नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने

एक सयभन्दा बढी बोइङ विमान किन्ने कोरियन एयरको योजना

FILE - South Korean President Lee Jae Myung speaks as President Donald Trump listens during a meeting in the Oval Office of the White House, Monday, Aug. 25, 2025, in Washington. (AP Photo/Alex Brandon, File)

एजेन्सी११ भदौ, काठमाडौं । कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद गर्ने, अतिरिक्त स्पेयर इन्जिन किन्नेदेखि लिएर २० वर्षका लागि इन्जिन मर्मत–सम्भार सेवा प्राप्त गर्ने गरी ५० अर्ब डलरको विशाल सम्झौता घोषणा गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार वासिङ्टनमा भएको भेटपछिको औपचारिक कार्यक्रममा उक्त सम्झौता… Continue reading एक सयभन्दा बढी बोइङ विमान किन्ने कोरियन एयरको योजना

चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने

(Xinhua/Hu Yousong)

एजेन्सी१० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ लाख विद्यार्थीलाई प्रवेश दिने घोषणा गरेका छन् । चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा, ट्रम्पले चिनियाँ विद्यार्थीहरूको उपस्थितिलाई महत्त्वपूर्ण भन्दै स्पष्ट गरे, “हामी उनीहरूका विद्यार्थीलाई अनुमति दिनेछैनौँ भन्ने म धेरै अफवाह सुन्छु । तर होइन, हामी उनीहरूलाई भित्र आउन दिनेछौँ । यो धेरै महत्त्वपूर्ण… Continue reading चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने

भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित

In this photo released by Pakistan's National Disaster Management Authority, rescue workers evacuate villagers from a low-lying area due to rising water level in the Sutlej River following neighbouring India released water from overflowing dams, in Bahawalnagar a district in Pakistan's Punjab province bordering India, Tuesday, Aug. 26, 2025. (Pakistan's National Disaster Management Authority via AP)

एजेन्सी१० भदौ, काठमाडौं । छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । यससँगै अधिकारीहरूले दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् । नयाँदिल्लीले इस्लामाबादलाई सम्भावित सीमापार बाढीबारे अघिल्लो दिन नै सचेत गराएको थियो । यो सूचना हालका महिनामा दुई आणविक–सशस्त्र प्रतिद्वन्द्वीबीच भएको पहिलो सार्वजनिक कूटनीतिक… Continue reading भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान

१० भदौ, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज मध्यरात स्वदेश फिर्ता भएकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । उपराष्ट्रपति सुआनलाई आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर… Continue reading भियतनामका उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान

आप्रवासी शरण प्रणालीमा आमूल परिवर्तन गर्दै बेलायत

( Muhammed Yaylali - Anadolu Agency )

९ भदौ, लण्डन । बेलायत सरकारले आप्रवासीहरु बस्ने होटलमा सप्ताहन्तमा भएको विरोध प्रदर्शनपछि आइतबार आफ्नो शरण प्रणालीमा आमूल परिवर्तन गर्ने प्रतिबद्धता जनाएको छ । सरकारले तथाकथित शरणार्थी बसेको होटलहरूको महँगो प्रयोगलाई अन्त्य गर्ने प्रयास गर्दै शरण नपाएका आवेदकहरूको अपील छिटो सुन्नको लागि एक नयाँ स्वतन्त्र निकाय स्थापना गर्ने बताएको छ । यो बेलायती नागरिकको ठूलो… Continue reading आप्रवासी शरण प्रणालीमा आमूल परिवर्तन गर्दै बेलायत

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

Source: Wikipedia

एजेन्सी९ भदौ, काठमाडौं । चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १ देखि अगस्ट २३ सम्म ८२ करोड ३० लाखभन्दा बढी यात्रुहरूले रेलमार्गबाट यात्रा गरेका छन् । यो तथ्यांक चीन राज्य रेल समूह कम्पनी लिमिटेडले सार्वजनिक गरेको हो । यसले गत वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले वृद्धि देखाएको छ, जुन रेल यातायातमा ठूलो वृद्धिको… Continue reading चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

इजरायलमाथि गाजामा खाद्य संकट निम्त्याएको आरोप, संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

Palestinians, including an injured man, ride on an aid truck returning to Gaza City from the northern Gaza Strip, Saturday, Aug. 23, 2025. (AP Photo/Abdel Kareem Hana)

एजेन्सी८ भदौ, काठमाडौं । गाजामा खाद्य संकट गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघको शरणार्थी सहायता निकायले चिन्ता व्यक्त गर्दै यो अवस्था मानवनिर्मित भएको संकेत गरेको छ । शरणार्थीका लागि कार्यरत संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्लुए) का आयुक्त फिलिप लाजरिनीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजा सहरमा भोकमरीको अवस्था पुष्टि भइसकेको जनाउँदै यसलाई रोकथाम गर्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड… Continue reading इजरायलमाथि गाजामा खाद्य संकट निम्त्याएको आरोप, संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

अफगान शरणार्थीहरूको घरफिर्ती जारी, पाकिस्तान र इरानबाट व्यापक आगमन

Afghan refugees arrive at the UNHCR repatriation center in Azakhel, Khyber Pakhtunkhwa province on August 23, 2025. (Photo by Abdul MAJEED / AFP)

एजेन्सी७ भदौ, काठमाडौं । अफगान शरणार्थी समस्यासम्बन्धी उच्च आयोगले जानकारी दिएको अनुसार, शुक्रबारको दिनमा मात्रै एक हजार ६९३ अफगान शरणार्थी परिवार—कुल ६ हजार २०२ जना व्यक्ति छिमेकी मुलुकहरू इरान र पाकिस्तानबाट स्वदेश फर्किएका छन् । उनीहरूले अफगानिस्तानको विभिन्न सीमा नाकाहरूबाट प्रवेश गरेका छन्, जसमा पश्चिम हेरातस्थित इस्लाम कला नाका, पूर्व ननगहारस्थित तोर्खम नाका, दक्षिण कन्धारस्थित… Continue reading अफगान शरणार्थीहरूको घरफिर्ती जारी, पाकिस्तान र इरानबाट व्यापक आगमन

जापान र दक्षिण कोरियाबीच सम्बन्ध विस्तार गर्ने सहमति

South Korean President Lee Jae Myung, leftm and Japan's Prime Minister Shigeru Ishiba shake hands at joint press announcement after the summit in Tokyo, Saturday, Aug. 23, 2025. (Kim Kyung-Hoon/Pool Photo via AP)

एजेन्सी७ भदौ, टोकियो । जापान र दक्षिण कोरियाली नेताबीच शनिबार टोकियोमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग बढाउन सहमति भएको छ । जापानद्वारा २० औँ शताब्दीमा कोरियाली प्रायद्वीपमा दशकौँ लामो कब्जाका क्रममा जबर्जस्ती श्रमको प्रयोग र भूगोलसम्बन्धी विवादले दुई छिमेकीबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । उत्तर कोरियाको आणविक खतराको सामना गर्न ऐतिहासिक गुनासाहरूलाई पन्छाउँदै… Continue reading जापान र दक्षिण कोरियाबीच सम्बन्ध विस्तार गर्ने सहमति

न्यूयोर्कमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु

The New York Times

७ भदौ, न्यूयोर्क । न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस दुर्घटना हुँदा पाँच यात्रुको ज्यान गएको छ । चालकको ध्यान भंग भई नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घटना बफेलो शहरबाट करिब ४० किलोमिटर पूर्वमा पेमब्रोक नजिकै भएको हो । पर्यटकहरू नियाग्रा जलप्रपातको भ्रमण सकेर न्यूयोर्क सहर फर्कंदै थिए ।… Continue reading न्यूयोर्कमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु

भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

उपराष्ट्रपति सुआन काठमाडौँमा काठमाडौँ, ७ भदौः नेपालको तीनदिन औपचारिक भ्रमणका लागि समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । उहाँलाई परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलगायतले स्वागत गर्नुभएको हो । उहाँ उपराष्ट्रपति रामसायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणमा नेपाल आइपुग्नु भएको हो । तस्बिरः किरणराज विष्ट÷रासस

७ भदौ, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन तीनदिने औपचारिक नेपाल भ्रमणमा छिन् । नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उनी आज काठमाडौँ आएकी हुन् । भियतनामका लागि गैरआवासीय नेपाली राजदूत धनबहादुर ओली उच्चस्तरको यस भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा… Continue reading भियतनामका उपराष्ट्रपतिको भ्रमणबाट द्विपक्षीय सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास

परारष्ट्रमन्त्री डा राणा र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

७ भदौ, काठमाडौं । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज यहाँ शिष्टाचार भेटवार्ता गरेकी छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आएकी उपराष्ट्रपति भोसँग मन्त्री डा राणाले भेटवार्ता गरेकी हुन् । भेटका क्रममा नेपाल भियतनाम सम्बन्धका विविध आयामहरुका साथै द्विपक्षीय… Continue reading परारष्ट्रमन्त्री डा राणा र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता

भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट ऐतिहासिक कानुन पारित

एजेन्सी७ भदौ, नयाँ दिल्ली । भारतको संसदले व्यापक असर पार्नेगरी अनलाइन जुवालाई पूर्णरूपमा प्रतिबन्ध गर्ने कानुन पारित गरेको छ । यो निर्णय सरकारले सार्वजनिक गरेका तथ्याङ्कपछि आएको हो, जसअनुसार देशभर करिब ४५ करोड मानिसले अनलाइन जुवा खेलेर प्रत्येक वर्ष कूल २.३ अर्ब अमेरिकी डलर गुमाउँदै आएका छन् । नयाँ कानुनले तास , पोकर खेलजस्ता अनलाइन… Continue reading भारतमा अनलाइन जुवा प्रतिबन्ध, संसदबाट ऐतिहासिक कानुन पारित

गाजामा इजरायली सैन्य आक्रमण, बस्ती योजनाको विश्व नेताहरूद्वारा निन्दा

TOPSHOT - A displaced Palestinian man gathers his belongings after an Israeli strike on at a camp for internally displaced people in Deir el-Balah in the central Gaza Strip on August 21, 2025. Israel hammered Gaza City and its outskirts overnight, residents said on August 20, as the military announced it had taken initial steps in its push to capture Hamas's last major stronghold. (Photo by Eyad BABA / AFP)

एजेन्सी६ भदौ, काठमाडौं । इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमणलाई अझ बढाउने र पश्चिम किनारको ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने योजना बनाएपछि विश्वभरका नेताहरूले यस कदमको कडा विरोध गरेका छन् । उनीहरूले यस्तो कार्यले विनाशकारी मानवीय परिणाम ल्याउने चेतावनी दिएका छन् ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायतका विदेशमन्त्री डेभिड लामी… Continue reading गाजामा इजरायली सैन्य आक्रमण, बस्ती योजनाको विश्व नेताहरूद्वारा निन्दा

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

A displaced Palestinian girl stands next to rubble and debris after an Israeli strike on at a camp for internally displaced people in Deir el-Balah in the central Gaza Strip on August 21, 2025. Israel hammered Gaza City and its outskirts overnight, residents said on August 20, as the military announced it had taken initial steps in its push to capture Hamas's last major stronghold. (Photo by Eyad BABA / AFP)

एजेन्सी६ भदौ, काठमाडौं । गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र प्यालेस्टाइनको घेराबन्दीमा रहेको हमासका बाँकी गढलाई लक्षित गरी गरेको विस्तारित आक्रमण ‘असहनीय’ भएको रेडक्रसले बिहीबार जनाएको छ । इजरायली सेनाको योजनामा सेनाको लागि लगभग ६० हजार ‘रिजर्भिस्ट’हरूको लागि आवेदन माग गरिएको छ । यस अभियानले अवरुद्ध तटीय क्षेत्रमा पहिले देखि नै रहेको विनाशकारी… Continue reading गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

बोइङले चीनलाई बेच्दैछ ५०० विमान

एजेन्सी५ भदौ, काठमाडौं । अमेरिकी उड्डयन कम्पनी बोइङले चिनियाँ कम्पनीलाई ५०० भन्दा बढी विमान बिक्री गर्न वार्ता गरिरहेको ब्लुमबर्ग न्यूजले बिहीबार जनाएको छ । यो सम्झौता विश्वव्यापी आर्थिक सङ्कटबीच सङ्घर्षरत अमेरिकी निर्माताको लागि एक ठूलो जीत हुनेछ । सम्झौतासँगै कम्पनीको शेयर प्रि–मार्केट ट्रेडमा ३.७ प्रतिशतसम्म बढेको छ, तर मङ्गलबारको सत्रको लगभग १५ मिनेटभित्र एक प्रतिशतभन्दा… Continue reading बोइङले चीनलाई बेच्दैछ ५०० विमान

अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार

file

५ भदौ, काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तान यात्रा नगर्न पुनः आग्रह गर्दै गम्भीर सुरक्षा खतरा र अनुचित रूपमा पक्राउ पर्ने सम्भावना रहेको स्पष्ट पारेको छ । गलबार जारी विज्ञप्तिमा अमेरिकी परराष्ट्र मन्त्रालयले अफगानिस्तानलाई उच्च जोखिमयुक्त देशहरूको सूचीको शीर्ष स्थानमा राखेको छ । मन्त्रालयले अफगान नागरिकमा अमेरिकीहरूलाई मनपरीरूपमा नियन्त्रणमा लिइने सम्भावना उच्च रहेको भन्दै विशेष… Continue reading अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार

‘अरेन्ज बेल्जियम’का आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरद्वारा चोरी

एजेन्सी५ भदौ, काठमाडौं । बेल्जियमको दूरसञ्चार सेवा प्रदायक कम्पनी ‘ओरेन्ज बेल्जियम’ को आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरले चोरी गरेको कम्पनीले बुधबार जानकारी गराएको छ । जुलाईको अन्त्यमा भएको साइबर आक्रमणमा आफ्ना ग्राहकहरूको पासवर्ड, इमेल ठेगाना, बैंक र वित्तीय विवरणहरूजस्ता कुनै पनि महत्वपूर्ण तथ्याङ्क प्रभावित नभएको जनाइएको छ । अरेन्ज बेल्जियमले बुधबार एक विज्ञप्ति… Continue reading ‘अरेन्ज बेल्जियम’का आठ लाख ५० हजार ग्राहकको तथ्याङ्क ह्याकरद्वारा चोरी

विवादित लिपुलेकमा भारत–चीन सहमति, नेपाली प्रतिक्रियामा दिल्लीको प्रतिवाद

५ भदौ, काठमाडौं । लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्न भारत–चीनले एक सहमति गरेका छन् । यससँगै त्रिदेशीय विवाद पुनः सतहमा आएको छ । सो भूमि आफ्नो अभिन्न भूभाग रहेको नेपाल सरकारले प्रतिक्रिया दिएको छ । त्यसको केही घण्टा भित्रै भारतीय पक्षले नेपाली टिप्पणीको प्रतिवाद गरेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सञ्चारकर्मीहरूले सोधेको… Continue reading विवादित लिपुलेकमा भारत–चीन सहमति, नेपाली प्रतिक्रियामा दिल्लीको प्रतिवाद

बेनीन बस दुर्घटनामा मृतकको संख्या २७ पुग्यो

४ भदौ, काठमाडौं । पश्चिम अफ्रिकी देश बेनीनको मध्य भागमा आइतवार बिहान बस नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ भने १६ जना अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । बेनीनी नागरिक सुरक्षा निकायका निर्देशक अब्देल अजिज बायो जिब्रिलका अनुसार दुर्घटनाको समयमा उक्त बसमा जम्मा ५२ जना यात्रु सवार थिए । सोमबार दिउँसो बसलाई… Continue reading बेनीन बस दुर्घटनामा मृतकको संख्या २७ पुग्यो

हमासद्वारा युद्धविरामको प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

Photo by Marc Israel SELLEM / POOL / AFP)

एजेन्सी४ भदौ, काठमाडौं । इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गरेपछि सरकार भविष्यमा गाजामा हुने कुनै पनि सम्झौतामा बन्धक बनाइएका सबैलाई रिहा गर्ने आफ्नो आह्वानमा अडिग रहेको बताएका छन्। करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हमासले नयाँ चरणको वार्ताका लागि तयार रहेको सङ्केत गरेको एक दिनपछि मध्यस्थकर्ताहरूले यो योजनामा इजरायलको… Continue reading हमासद्वारा युद्धविरामको प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

उत्तरी पाकिस्तानमा मनसुनी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो

Rescue workers and local residents use heavy machinery to search for bodies of the victims of Friday's flash flooding through the rubble of damaged houses at Qadir Nagar village near Pir Baba, Buner district, in Pakistan's northwest, Saturday, Aug. 16, 2025. (AP Photo/Muhammad Sajjad)

२० भदौ, काठमाडौं । पाँच दिनदेखिको मुसलधारे वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या करिब ४०० पुगेको र अधिकारीहरूले मनसुनी वर्षा सप्ताहन्तसम्म जारी रहने चेतावनी दिएपछि उद्धारकर्ता र स्थानीयबासिन्दाले मङ्गलबारदेखि जीवित व्यक्तिहरूको खोजी कार्य पुनः सुरु गरेका छन्। पाकिस्तानको उत्तरी क्षेत्रमा मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण एउटा पूरै गाउँ नै बगाएको छ, धेरै बासिन्दा… Continue reading उत्तरी पाकिस्तानमा मनसुनी बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४०० नाघ्यो

युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि अमेरिकी हवाई सहयोग सम्भव : ट्रम्प

European Commission President Ursula von der Leyen, from left, British Prime Minister Keir Starmer, Finland's President Alexander Stubb, Ukrainian President Volodymyr Zelenskyy, President Donald Trump, France's President Emmanuel Macron, Italy's Prime Minister Giorgia Meloni, Germany's Chancellor Friedrich Merz and NATO Secretary General Mark Rutte pose for a group photo in the Grand Foyer of the White House, Monday, Aug. 18, 2025, in Washington. (AP Photo/Alex Brandon)

४ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्को र किएभबीचको वार्ता असफल भएमा ‘कठिन’ स्थिति उत्पन्न हुने चेतावनी दिँदै अमेरिकी हवाई सहयोग र युरोपेली स्थल सेना युक्रेनको सुरक्षा प्रत्याभूतिको हिस्सा हुन सक्ने बताएका छन् । सोमबार ह्वाइट हाउसमा भेटेका युरोपेली सहयोगीहरूलाई सङ्केत गर्दै राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँग भने, “सुरक्षाको कुरामा उनीहरू यूरोपेली स्थल सेनालाई… Continue reading युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि अमेरिकी हवाई सहयोग सम्भव : ट्रम्प

ट्रम्प-जेलेन्स्की वार्ता, के भयो कुराकानी ?

President Donald Trump greets Ukraine's President Volodymyr Zelenskyy at the White House, Monday, Aug. 18, 2025, in Washington. (AP Photo/Julia Demaree Nikhinson)

३ भदौ, वासिंटन डिसी । यूक्रेन र रूसबीच बीच शान्ती सम्झौताका विषयमा यूक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की र यूरोपेली नेताले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् । भेटपछि जेलेन्स्कीले राष्ट्रपति ट्रम्पसँग लामो वार्ता भएको जानकारी दिए । जसमा सुरक्षा ग्यारेन्टीसहित थुप्रै मुद्दामा चर्चा भएको उनको भनाई छ । उनका अनुसार अमेरिकाले यूक्रेनको सुरक्षाको… Continue reading ट्रम्प-जेलेन्स्की वार्ता, के भयो कुराकानी ?

गाजामा युद्धका कारण इजरायलमा बढ्दो निराशा राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट

Tires are set on fire to block a road during a protest demanding the immediate release of hostages held by Hamas and calling for the Israeli government to reverse its decision to take over Gaza City and other areas in the Gaza Strip, near Jerusalem, Israel, Sunday, Aug. 17, 2025. (AP Photo/Ohad Zwigenberg)

एजेन्सी३ भदौ, काठमाडौं । गाजामा बाँकी रहेका बन्धकहरूको रिहाइको माग गर्दै आइतबार इजरायलमा हालसम्मकै सबैभन्दा ठूलो प्रदर्शन भएको छ । आयोजकहरूले सयौँ हजारले भाग लिएको दाबी गरेका छन् । प्रदर्शनकारीहरूले सडक, चोक, सैन्य मुख्यालय र नेताहरूको घर अगाडि अवरोध गरेका थिए । प्रहरीले ३८ जनालाई पक्राउ गरेको बताइएको छ । प्रदर्शनकारीहरूले गाजाबाट आएका कुपोषणग्रस्त बालबालिकाका… Continue reading गाजामा युद्धका कारण इजरायलमा बढ्दो निराशा राष्ट्रव्यापी प्रदर्शनमा विस्फोट

वासिङ्टन वार्तामा जेलेन्स्कीले सुरक्षा सुनिश्चिततामा जोड दिने

In this photo provided by the Ukrainian Presidential Press Office, Ukraine's President Volodymyr Zelenskyy, right, and President Donald Trump, talk as they attend the funeral of Pope Francis in Vatican, Saturday, April 26, 2025.(Ukrainian Presidential Press Office via AP)

एजेन्सी३ भदौ, काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली नेताहरूसहित अमेरिकी राजदूतसँगको भेटमा सोमबार हुने आफ्नो अमेरिकी राष्ट्रपतिसँगको भेटवार्तामा पश्चिमा सुरक्षा प्रत्याभूतिका विषयमा ध्यान केन्द्रित गर्ने बताएका छन् । “हामीसँग सुरक्षा सुनिश्चितताको योजनाबारेमा बोल्ने समय हुनेछ”, युक्रेनका लागि ट्रम्पका विशेष दूत किथ केलोगसँगको वार्तामा जेलेन्स्कीले भने, “यो वास्तवमै सबैभन्दा महत्वपूर्ण हो।” राष्ट्रपति जेलेन्स्कीले भने, “जब… Continue reading वासिङ्टन वार्तामा जेलेन्स्कीले सुरक्षा सुनिश्चिततामा जोड दिने

गाजामा नयाँ युद्धविराम योजनालाई हमासले स्वीकार्ने

(Photo by AFP)

एजेन्सी३ भदौ, काठमाडौं । हमासले गाजाका लागि नयाँ युद्धविराम प्रस्तावलाई संशोधनको अनुरोध बिना नै स्वीकार गरेको समूहको एक स्रोतले सोमबार एएफपीलाई जानकारी दिएको छ । संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको इजिप्ट र कतारको मध्यस्थतामा गाजा पट्टीमा गम्भीर मानवीय सङ्कटको अवस्था निम्त्याएको द्वन्द्वको स्थायी युद्धविरामका लागि सङ्घर्ष गरिरहेका छन्। मध्यस्थकर्ताहरूबाट नयाँ प्रस्ताव प्राप्त भएपछि हमासले वार्ताका… Continue reading गाजामा नयाँ युद्धविराम योजनालाई हमासले स्वीकार्ने