न्युयोर्क बिदेशबाट नेपाल आँउदा नेपालीहरुले परिवार तथा आफन्तका लागि लिएर आउने एउटा फोन तथा ल्यापटपमा समेत भन्सार शुल्क लगाउने नेपाल सरकारको नयाँ नियमको प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले बिरोध गरेको छ ।नेपाल बाहिर प्रवासमा अवस्थित गैर आवासीय नेपालीहरुले घर फर्किंदा आफ्नो परिवारका लागि एउटा मोबाइल र ल्यापटप ल्याउँदा पनि भन्सार तिर्नुपर्ने नयाँ नियम प्रवासी नेपाली… Continue reading उपहारस्वरुप ल्याउने फोनमा लगाउन लागिएको भन्सार शुल्कको प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको बिरोध
Author: Bijaya Poudel
गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका प्रमुखका नाममा खुला पत्र
गोकर्ण तथा बुढानिलकण्ठ नगरपालिका प्रमुख ज्युहरु नमस्कार ! तपाईं दुबै नगर प्रमुखहरुका नाममा नै पत्र प्रेसित गर्नुपर्ने प्राबिधिक कारणले गर्दा दुबै जनालाई संयुक्त सम्बोधन गरि यो पत्र लेख्दै छु। हून त मैले उठान गर्न लागेको बिषय तपाईहरुलाई ब्यक्तिगत रुपमा भेटेर पनि गर्न सकिन्थ्यो तर प्रबिधी अली धेरै शक्तीशाली हुने ठाँन्दै यो माध्यम रोजेको हुँ ।… Continue reading गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका प्रमुखका नाममा खुला पत्र
महानगरमा बालेनको अग्रता कायमै
काठमाडौं । अपडेट : २:३० बजे काठमाडौं महानगरपालिकामा बालेनको अग्रता कायम छ ।बिहान २:३० बजेको पछील्लो परिणामका अनुसार स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह (बालेन) ले १२५४ मत प्राप्त गरी पहिलो नम्बरमा छन् भने नेकपा एमालेका केशब स्थापितले ८७८ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली काँग्रेसकी सिर्जना सिंहको मत ७ सय १९ छ । अपडेट… Continue reading महानगरमा बालेनको अग्रता कायमै
अमेरिकामा देबकोटा र विकल जयन्ती संयुक्त रुपमा मनाईयो
कोलोराडो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोलोराडो शाखाद्वारा नोभम्बर १३ तारिख (२०७८ कार्तिक २७ गते) शनिवार दिन कोरोनाका कारण भौतिक उपस्थितिमा कार्यक्रम गर्न संभब नभएका कारण अनलाइन जूम मार्फत महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औं र आख्यानकार रमेश विकलको ९४औं जन्मजयन्ती मनाएर नेपाली साहित्यका दुई नक्षत्रको स्मरण गरियो। सो जन्मजयन्ती कार्यक्रममा अनेसास कोलोराडो शाखाका अध्यक्ष राजु सिटौलाले… Continue reading अमेरिकामा देबकोटा र विकल जयन्ती संयुक्त रुपमा मनाईयो
मुगु बस दुर्घटनामा ३२ को मृत्यु
काठमाण्डौमुगुमा यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको नयाँ पत्रीका दैनिकका लागि मुगुबाट अच्युत राज भण्डारीले लेखेका छन् । मृतकमध्ये २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप चारजनाको उद्धार गरी रारा विमानस्थलमा पुर्याई जहाजमा राख्ने क्रममा र चारजनाको अस्पताल पुर्याएपछि मृत्यु भएको उद्धारमा खटिएका जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) चित्रबहादुर भट्टराइले… Continue reading मुगु बस दुर्घटनामा ३२ को मृत्यु
एनआरएनएको महाधिवेशन स्थगित : ६ महिनासम्म कार्यकाल थप्ने तयारी
विश्व न्युज संवाददाता गैरआवासीय नेपाली संघ एनआरएनएको महाधिवेशन तोकिएको समयमा नहुने भएको छ । दशौँ महाधिवेशन निर्धारित समयमा हुन नसक्ने भएपछि एनआरएनए आइसिसी सचिवालयको आकस्मिक बैठकले विश्व सम्मेलन तथा अधिवेशन तत्कालका लागि स्थगित गरिएको एनआरएनएका नेताहरुले बताएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनएको विधानमा तोकिएको समयमा अधिवेशन हुन नसक्ने अवस्थामा एक पटकका लागि ६ महिना… Continue reading एनआरएनएको महाधिवेशन स्थगित : ६ महिनासम्म कार्यकाल थप्ने तयारी
न्युयोर्कका पशुपतीले नव गायक सुरेश लामालाई पठाए एक लाख भन्दा धेरै सहयोग
न्युयोर्क अमेरिकाको न्युयोर्क राज्यस्थित नेपाली समुदाय लक्षित एकाउन्टिङ सेवा प्रदान गर्दै आएका पशुपती श्रेष्ठले हालै नेपालमा संचालन भइरहेको वाई वाई नेपाल स्टारमा टप ५ मा पर्न सफल काठमाडौं तारेभिर निवासी सुरेश लामालाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।न्युयोर्कमा बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्ग संचालन गर्दै आएका पशुपति श्रेष्ठले… Continue reading न्युयोर्कका पशुपतीले नव गायक सुरेश लामालाई पठाए एक लाख भन्दा धेरै सहयोग
न्युयोर्कका हजारौं अपार्टमेण्ट रित्तै; धनाढ्यलाई कुमोको आह्वान : फर्किएर आउ पेयको पैसा तिर्छु, पकाएर पनि खुवाउँछु
न्युयोर्क न्युयोर्क राज्यका गभर्नर एण्ड्रु कुमोले कोरोना संक्रमणको त्रासले न्युयोर्क सहर छाडेका धनाढ्यहरुलाई सहरको अर्थतन्त्रमा टेवा पुर्याउनको लागि पुन: फर्किएर आउन आह्वान गरेका छन् । न्युयोर्क सहरमा महामारी चरम उत्कर्षमा पुग्दा महँगो मुल्य तिरेर म्यानह्याटनका अपार्टमेण्टमा बसोबास गर्दै आएका धनाढ्यहरु ह्याम्टन, अपस्टेट, कनेक्टिकटमा रहेको भेकेसन होममा सरेका थिए भने अन्य मानिस भने सहर भन्दा केही… Continue reading न्युयोर्कका हजारौं अपार्टमेण्ट रित्तै; धनाढ्यलाई कुमोको आह्वान : फर्किएर आउ पेयको पैसा तिर्छु, पकाएर पनि खुवाउँछु
टिकटक माथि प्रतिबन्ध लागाउने ट्रम्पको घोषणा
न्युयोर्क राष्ट्रपती डोनाल्ड ट्रम्पले कार्यकारी आदेश मार्फत शनिबार टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छँन् । ट्रम्पले शुक्रबार फ्लोरिडाबाट फर्कदै गर्दा एयर फोर्स वानमा पत्रकारहरुलाई चर्चित सामाजिक संजाल टिकटक एयाप बन्द गर्ने घोषणा गरेका हुँन्।उनले भनेका छँन् ” जहाँसम्म टिकटकको कुरो छ हामी प्रतिबन्द लगाउदै छौ । “ टिकटक प्रतिबन्ध लगाउने बिषयमा थप प्रस्ट पार्दै… Continue reading टिकटक माथि प्रतिबन्ध लागाउने ट्रम्पको घोषणा
न्युयोर्कका उबर र लिफ्ट ड्राइभरको पक्षमा अदालतको निर्णय; धेरै ड्राइभरले पाउने भए ६ हजार डलर एकमुष्ट
न्युयोर्क मंगलबार न्युयोर्कस्थित एक संघीय अदालतले उबर तथा लिफ्ट ड्राइभरहरुको लागि वकालत गर्दै आएको एक गठबन्धनको पक्षमा मुद्दाको फैसला गरेको छ ।न्युयोर्कमा उबर र लिफ्टको याप मार्फत काम गर्दै आएका ड्राईबरहरुको बिषयमा वकालत गर्दै आएको ‘न्युयोर्क ट्याक्सी वर्कर्स अलाईन्स’ले जारी कोरोना महामारीमा ती ड्राइभरहरुलाई बेरोजगारी बीमाको पैसा दिन ढिलाई गर्नुको साथै पाउनु पर्ने भन्दा थोरै… Continue reading न्युयोर्कका उबर र लिफ्ट ड्राइभरको पक्षमा अदालतको निर्णय; धेरै ड्राइभरले पाउने भए ६ हजार डलर एकमुष्ट
अमेरिकामा पि पि पि ऋण लिई एक ब्यक्तीले ३ लाख १८ हजारको ल्याम्बोर्गिनी किन्दा फन्दामा
एजेन्सी फ्लोरिडास्थित एक ब्यक्तिले झुट्ठा विवरण पेश गरी झन्डै ४० लाख अमेरिकी डलर’पे चेक प्रोटेक्सन प्रोग्राम’ (पिपिपी) ऋण प्राप्त गरी ल्याम्बोर्गिनी गाडी किनेपछि संघीय अभियोजकले पक्राऊ गरेर मुद्दा चलाएका छन् ।कोरोना महामारीले गिर्दो अर्थ ब्यबस्था र रोजगारी सिर्जना गर्न अमेरिकी सरकारले ब्यबसायीहरुको राहतको लागि प्रदान गरेको पि पि पि ऋण प्राप्त गर्न २९ वर्षीय डेभिड… Continue reading अमेरिकामा पि पि पि ऋण लिई एक ब्यक्तीले ३ लाख १८ हजारको ल्याम्बोर्गिनी किन्दा फन्दामा
अमेरिकाको टेक्सासमा नेपाली युवतीको डुंगाबाट खसेर मृत्यु
टेक्सास अमेरिकाको टेक्सासस्थित अर्भिङ्की २३ वर्षीया नेपाली मुलकी अस्मिता खनालको गत २६ तारिक आइतबार बोटिङ् गर्ने क्रममा डुंगाबाट खसेर तालमा डुबी मृत्यु भएको छ ।टेक्सास राज्यस्थित लुइभिल लेकमा उनी सहित ७ जना साथीहरु छुट्टी मनाउन जाँदा उक्त घटना घटी उनको मृत्यु भएको हो ।लुइभिल लेकमा बोटिङ् गर्दा अधिकाँशले लाइफ ज्याकेट लगाउने गरेतापनि अस्मिताले भने लाइफ… Continue reading अमेरिकाको टेक्सासमा नेपाली युवतीको डुंगाबाट खसेर मृत्यु
अमेरिकामा स्वस्तिक चिन्ह भएको मास्क लगाएर वालमार्ट जाँदा एक बर्षको बन्देज
एजेन्सी हिन्दू, बुद्धिष्ट र जैन धर्ममा ईश्वर र आध्यात्मिकताको संकेतमा प्रयोग गरिने स्वस्तिक चिन्ह भएको फेस मास्क लगाएर मिनियासोटास्थित एक जोडी वालमार्ट भित्र किनमेल गर्न गएपछि उनीहरुलाई अर्को केही बर्ष वालमार्टमा किनमेल गर्नको लागि प्रतिबन्द लगाईएको छ । शनिबारको उक्त घटनाको मिनियासोटा वालमार्टले पुष्टी गरेको छ । सन् १९३० सम्म पश्चिमा देशहरुमा समेत शुभ संकेत… Continue reading अमेरिकामा स्वस्तिक चिन्ह भएको मास्क लगाएर वालमार्ट जाँदा एक बर्षको बन्देज
महामारीपछि सपनाको नगरी न्युयोर्क मानिसको रोजाई बाहिर; बढन थाल्यो न्युयोर्क छाड्नेको भिड
न्युयोर्क संसारकै ब्यस्त सहर मध्येको एक सहर न्युयोर्क कुनै बेला बसोबासका लागि मानिस लालायित हुन्थ्ये ।तर कोरोना महामारीपछि न्युयोर्कको त्यो तस्बिर बद्लिन थालेको छ ।मार्चमा महामारी सुरु हुने बित्तिकै करिब ४ लाख धनाढ्य न्युयोर्क बासी आफ्नो भेकेसन होम वा अन्य कुनै सुरक्षित सहर तिर भागे ।हाल जुलाईको अन्त्य भयो, कोरोना संक्रमण दर न्युयोर्कमा निकै कम भएको… Continue reading महामारीपछि सपनाको नगरी न्युयोर्क मानिसको रोजाई बाहिर; बढन थाल्यो न्युयोर्क छाड्नेको भिड
फेरी कट्यो अमेरिकामा एकै दिन मृत्यु हुनेको संख्या एक हजार
न्युयोर्क महामारी सुरु भए यता केही समय अमेरिकामा कोरोना संक्रमण सुस्ताएकोमा पुन: मेईपछि पहिलो पटक एकै दिनमा एक हजार भन्दा धेरैको मृत्यु भएको नयाँ रेकर्ड कायम भएको छ ।यसअघि मेई २९ का दिन कोरोना संक्रमणका कारण एकै दिनमा ११ सय ७९ को मृत्यु भएको अमेरिकामा गत मंगलबार जुलाई २१ का दिन १ हजार २९ को मृत्यु भएको… Continue reading फेरी कट्यो अमेरिकामा एकै दिन मृत्यु हुनेको संख्या एक हजार
बिदेशमा बस्ने ताप्लेजुङ्का लिम्बुले गरे आफ्नो गाउँको लागि यस्तो सराहनीय कार्य
न्युयोर्क विश्व-महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण संसार आक्रान्त छ ।जसका कारण विश्वका विकासोन्मुख राष्ट्र मात्र होईन, शक्तिशाली मुलुकहरु समेत महामारीका कारण आर्थिक संकटको दल दलमा फस्दै छन् ।नेपाल पनि सिमित श्रोत र साधन बीच कोरोना महामारीसँग जुधिरहेकै छ ।एकातर्फ कोरोना महामारी अर्कोतर्फ भौगोलिक बिकटताका कारण नेपालमा बर्षायाम सुरु भएसंगै बाढी पहिरोको चपेटामा फसेको छ… Continue reading बिदेशमा बस्ने ताप्लेजुङ्का लिम्बुले गरे आफ्नो गाउँको लागि यस्तो सराहनीय कार्य
अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्
न्युयोर्क अमेरिकामा बिहिबार ७७ हजार कोरोना संक्रमित पुष्टि भएका छन् ।बिहीबार पुष्टि भएको यो संख्या अमेरिकामा एकै दिन पुष्टि भएका कोरोना संक्रमितको आजसम्म कै सर्वाधिक संख्याको नयाँ रेकर्ड हो । यसअघि यसै हप्ता मंगलबार ६७ हजार ४ सय १७ एकै दिन सबैभन्दा धेरैको संख्यामा पुष्टि भएका थिए । पछिल्लो एक हप्तादेखि अमेरिकामा दैनिक ६० हजार… Continue reading अमेरिकामा कोरोना संक्रमणको दिन दिनै नयाँ रेकर्ड बन्दै : ह्वाइट हाउस भन्छ अनिबार्य मास्कको आदेश राष्ट्रपतिले गर्दैनन्
अमेरिकामा आजदेखि कोरोना संक्रमणको सम्पूर्ण सुचना सिडिसीलाई होईन डिसीलाई जाँदैछ
न्युयोर्क अमेरिकामा अब देशभरका अस्पतालहरुले कोरोना भाईरसको आँकडा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) लाई होईन बाटो बदलेर सोझै ह्वाईट हाऊस प्रशासनलाई पठाउनु पर्ने भएको छ । ट्रम्प प्रशासनले अस्पतालहरुलाई सिडिसिलाई पन्छाएर सोझै व्हाईट हाऊस प्रशासनको “ ‘सेन्ट्रल डाटाबेस सिस्टम’मा अमेरिका भरका बिरामीहरुको आँकडा पठाउन आदेश गरेको हो । ट्रम्प प्रशासनको यो कदमले अमेरिकास्थित… Continue reading अमेरिकामा आजदेखि कोरोना संक्रमणको सम्पूर्ण सुचना सिडिसीलाई होईन डिसीलाई जाँदैछ
न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा
न्युयोर्क न्युयोर्कमा कोरोनाभाइरस संक्रमण सम्बद्ध एउटा नयाँ आँकडा सार्वजनिक भएको छ ।आकस्मिक स्वास्थ जाँचको लागि चर्चित सिटिएमडिद्वारा सार्वजनिक आँकडाका अनुसार मार्चमा सुरु भएको महामारीले सबै भन्दा धेरै प्रभाबित क्वीन्स बोरोमा बसोबास गर्नेहरुको ठुलो संख्यामा एण्टिबडी पोजेटिभ देखिएको छ । तर त्यो आँकडाले जोसँग एन्टीबडी छ तिनीहरुको प्रतिरक्षा प्रणाली मजबुत नै भन्ने ग्यारेन्टि भने गरेको होईन… Continue reading न्युयोर्कमा ६८ प्रतिशत मानिसमा कोरोना बिरुद्धको एण्टिबडी भेटियो; क्वीन्स सम्भावित दोश्रो छालको न्युन जोखिममा
ससुरा र पतीको साथमा ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोना पुष्टि
नयाँ दिल्ली शनिबार अमिताब बच्चन र अभिसेक बच्चन दुबै जना कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको भोलिपल्ट ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यामा पनि कोरोना पोजेटिब पुष्टि भएको भारतीय संचार माध्यमले जनाएका छँन् ।पती र छोरा संक्रमित भए पछी बुहारी ऐश्वर्या ,नातिनी आराध्या र हजुरआमा जया बच्चनको पनि संक्रमण जाँच गरिएको थियो ।जया बच्चनमा भने कोरोन संक्रमण नदेखिएको टाईम्स… Continue reading ससुरा र पतीको साथमा ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोना पुष्टि
कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्यु बीचको डरलाग्दो संघर्षको कथा
न्युयोर्क गत डिसेम्बरमा अकस्मात चीनमा देखिएको अज्ञात भाइरसले विज्ञानलाई चुनौति दियो । कोरोना नामाकरण गरिएको उक्त भाईरसबाट शक्तिसम्पन्न राष्ट्रहरु समेत आच्छु आच्छु भएका छन् ।१ करोड २२ लाखलाई संक्रमित बनाएको यो भाईरसको संक्रमणबाट कोही पत्तै नपाई निको भई सकेको खबर आईरहेका छन् भने कसैलाई ३ महिनासम्म पनि निको नभएर महिनौं अस्पातलको बेडमा… Continue reading कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्यु बीचको डरलाग्दो संघर्षको कथा
अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो
न्युयोर्क नोवल कोरोनाभाइरसको कारण विश्वमा ५ लाख ५१ हजार मानिसले ज्यान गुमाई सकेका छन् । १ करोड २१ लाख ३० हजार मानिस भाईरस संक्रमित भई सकेको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडाले जनाएको छ । कतिपय देशको सरकारले तथ्यांक नै लुकाएर वा पर्याप्त जाँच नगरेर वा संक्रमित व्यक्तिलाई नै संक्रमण भएको पत्तो नभएका कारण अधिकारिक रुपमा… Continue reading अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो
साउथ क्यारोलाइनास्थित नाईट क्लबमा गोली चल्दा दुईको मृत्यु ८ घाईते
साउथ क्यारोलाइनाको ग्रिनभिलस्थित एक नाईट क्लबमा आईतबार गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । क्लब ल्याबिस भित्र गोली चलेको आवाज सुनेपछि त्यही क्षेत्रमा गस्तीमा हिंडेका प्रहरी अधिकारीहरु क्लब भित्र छिरेर उद्धार गरेका थिए । सन्धिग्द अपराधीको पहिचान भै सकेपनि क्लब भित्र गोली चलाउनुको कारण भने हालसम्म थाहा नभएको… Continue reading साउथ क्यारोलाइनास्थित नाईट क्लबमा गोली चल्दा दुईको मृत्यु ८ घाईते
कोरोनाले फलिफाप; बेलायतमा एक जोडीले कमाए ३ करोड पाउण्ड
एजेन्सी तीन महिनाअघि मात्र सेनिटाईजर उत्पादनको व्यवसाय सुरु गरेको एक जोडीले बेलायतमा ३० मिलियन पाउण्ड कमाई सुरक्षित गर्न सफल भएको छ ।बेलायतस्थित एण्ड्रु र रेचल मन्टगले ‘क्लियर वाटर हाईजिन’ नामक कम्पनी मार्फत अग्रपङ्तिका कामदार लक्षित उच्च गुणस्तरको सेनिटाईजर उत्पादन सुरु गरेको १२ हप्तामा नै ३० मिलियन बराबरको कर्पोरेट कण्ट्र्याक्ट गर्दै बजारमा स्थापित भएको हो ।कोरोना… Continue reading कोरोनाले फलिफाप; बेलायतमा एक जोडीले कमाए ३ करोड पाउण्ड
अज्ञात बन्दुकधारीद्वारा मालीमा ३२ जना डोगोन किसानको हत्या
एजेन्सी पश्चिम अफ्रिकाको मालीमा गत बुधाबार अज्ञात बन्दुकधारीद्वारा दर्जनौ मानिसहरुको हत्या भएको छ ।मोटर साईकल चढेर आएका बन्दुकधारीहरुले ३२ जना डोगोन किसानहरुको हत्या गरिएको हो ।आक्रमणकारीहरुले बुर्किना फासो जनिकैको मोप्ती क्षेत्रका चारवटा गाँऊमा बसोबास गर्ने डोगोन जातीको हत्या गरेको एसोसिएट्स प्रेसले जनाएको छ । स्थानिय अधिकारीहरुले बुधाबार मारिएकाहरुको कुल संख्या बिहीवार सार्वजनिक गरेका थिए भने घटनामा… Continue reading अज्ञात बन्दुकधारीद्वारा मालीमा ३२ जना डोगोन किसानको हत्या
मेक्सिकोस्थित लागू औषध सुधार केन्द्रमा गोली हानी २६ को हत्या
एजेन्सी म्याक्सिकोस्थित एक लागू औषध सुधार केन्द्र भित्र बुधबार केही बन्दुकधारीले गोली चलाउँदा २६ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । मध्ये मेक्सिकोको ग्वानाहुआटो राज्यको ईरापुआटोस्थित लागू औषध सुधार केन्द्र भित्र साँझ साँढे पाँच बजेतिर केही बन्दुकधारी प्रवेश गरी सबैलाई भुँईमा घोप्टिन लगाएर गोली हानी हत्या गरिएको प्रहरीको हवाला दिंदै स्थानीय… Continue reading मेक्सिकोस्थित लागू औषध सुधार केन्द्रमा गोली हानी २६ को हत्या
नेपालमा मंगलवार थपिए ३ सय १६ संक्रमित अब कुल संख्या १३ हजार ५ सय ६४
काठमाडौ नेपालमा पछील्लो २४ घण्टामा थप ३१६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो वृद्धिसँगै मङ्गलवारसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,५६४ पुगेको छ। तीमध्ये ३,१९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका… Continue reading नेपालमा मंगलवार थपिए ३ सय १६ संक्रमित अब कुल संख्या १३ हजार ५ सय ६४
अमेरिकामा कोरोना औषधि पत्ता लागेको दावी (भिडियो अन्तर्वार्ता सहित)
अमेरिकास्थित नेशनल ईन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फ़ेक्टियस डिजिजेजमा बिगत ३६ बर्ष देखि कार्यरत डा एन्थोनी फाउसिको हालै कोरोनाका बिरामीको उपचारमा नयाँ आशा जगाएको नयाँ औषधिबारे बिशेष अन्तर्वार्ता।डा फाउसि अहिले कोरोना रोक थाममा दिन रात काम गरिरहेका छँन् ।उनलाई अमेरिकामा कोरोना संक्रमण बढे संगै अत्यन्त ईमान्दार चिकित्सक भन्न थालिएको छ ।
उदयपुरमा थपिए ८ जना नयाँ कोरोना संक्रमित
काठमाडौ । उदयपुरमा मंगलबार थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ भने उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ । उनीहरुको संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित… Continue reading उदयपुरमा थपिए ८ जना नयाँ कोरोना संक्रमित
ट्रम्पद्वारा अमेरिका प्रबेश गर्ने आप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा
न्युयोर्क राष्ट्रपती डोनाल्ड ट्रम्पले अमेरिका प्रबेश गर्ने अप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा गरेका छँन् । ट्रम्पले सोमबार राती आफ्नो ट्विटर् मार्फत अदृश्य शत्रु कोरोनाको कारण भन्दै अमेरिकी नागरिककाे कामकाे सुरक्षालाइ दृष्टिगत गरी अाफूमा निहित कार्यकारी अधिकार प्रयाेग गर्दै अाप्रवासीलाइ अमेरिका प्रवेशमा अस्थायी राेक लगाउने निर्णय गर्न लागेकाे बताएका हुँन् । ट्रम्पले कस्तो सँयन्त्र प्रयोग… Continue reading ट्रम्पद्वारा अमेरिका प्रबेश गर्ने आप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा