छिमेकमा महानायकको पुनरागमन

आचार्य पीपलमणि सिग्देल न्यूयोर्क कतै लड्डु बन्दैछन्, कतै मिठाइ खाँदै छन् । फूलको वर्षा कतै त कतै ढोल अनि कतै पटाका । यसैबीच मेघको गर्जनसाथ सिमसिम पानीले मानौं इन्द्रदेव पनि स्वागतमा उत्रिएजस्तो भान हुने वातावरणमा विजयको उद्घोष आयो– ‘म आउने दिनहरूमा खराब नियतले कुनै काम गर्ने छैन । म आफ्नो लागि केही गर्ने छैन ।… Continue reading छिमेकमा महानायकको पुनरागमन

नेपालमा विप्लव आतङ्क, प्रतिबन्ध फुकवा गर्ने तयारी अन्योलमा

काठमाडौं नेपालमा आइतबार राजधानी काठमाडौंमा विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिस्फोटमा कम्तीमा चार जनाको मृत्यु भएको छ । विभिन्न ठाउँका बिस्फोटमा अरु ५ जना घाइते भएका छन् । आइतबार मात्रै काठमाडौं उपत्यकाबाट झण्डै १ सय जना पक्राउ परेका छन् । फागुनमा प्रतिबन्ध लगाएपछि देशका विभिन्न ठाउँबाट ५ सयभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परेको नेपाल… Continue reading नेपालमा विप्लव आतङ्क, प्रतिबन्ध फुकवा गर्ने तयारी अन्योलमा

कि उठ्नुपर्छ, कि मैले बिदा लिनुपर्छ, म स्वभाविक रुपमा प्रत्याशीः पन्त

  गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को साधारणसभा तथा अधिवेशन आउदो अक्टुबर १३ देखि १६ सम्म काठमाण्डौंमा हुदैंछ । सो अधिवेशनले एनआरएनए आइसिसीको नया नेतृत्व चयन गर्दैछ । यो अधिवेशनमा हालका उपाध्यक्ष कुमार पन्त अध्यक्षमा उठ्ने चर्चा छ । उनैं पन्त अमेरिका आएको समयमा उनीसग विश्व न्यूज तथा विश्व सन्देशका लागि सुरज भण्डारीले गरेको… Continue reading कि उठ्नुपर्छ, कि मैले बिदा लिनुपर्छ, म स्वभाविक रुपमा प्रत्याशीः पन्त

जापानमा विवाह गरेर अमेरिका ल्याउन सकिन्छ ?

रमेश श्रेष्ठ कानुन व्यवसायी,न्युयोर्क म ३ वर्षअघि डिभी लटरीमार्फत अमेरिका आएको हुँ । मैले अब विवाह गर्ने सुर गरेको छु । मेरो प्रेमिका जापानमा अध्ययन गर्दै छिन् । हाम्रो अन्तरजातीय विवाह हुने भएकाले घरमा वा नेपालमा विवाह गर्न गाह्रो छ । त्यसकारण हामीले जापानमै विवाह गर्न के–कस्तो कागजातहरु तयार गर्नुपर्ला ? विवाह गरिसकेपछि के–कस्ता प्रक्रियाबाट… Continue reading जापानमा विवाह गरेर अमेरिका ल्याउन सकिन्छ ?

न्यूयोर्कमा युएनए सम्मेलन सम्पन्न

कल्पना घिमिरे न्यूयोर्क युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को चौथो सम्मेलन न्यूयोर्कमा सम्पन्न भएको छ । बिभिन्न पेशा, ब्यवसाय र अध्ययनका शिलशिलामा अमेरिकामा रहने सम्पूर्ण नेपाली समुदाय बिच उच्च स्तरको समझदारी र एक्यवद्धता कायम गर्नुपर्नेमा सम्मेलनले बिशेष जोड दिएको छ । गत शनिबार न्युयोर्कको लगौडिया प्लाजा होटलमा भएको सम्मेलनमा नेपालीहरुको उलेख्य उपस्थिति रहेको थियो । सम्मेलनमा एनआरएन… Continue reading न्यूयोर्कमा युएनए सम्मेलन सम्पन्न

११ जना को ज्यान लिंदै सकियो यो सिजनको सगरमाथा आरोहण

काठमाडौं । सगरमाथा आरोहणको सिजन सकिएको छ । यो वर्षको सिजनमा विभिन्न देशका ११ जना पर्वतारोहीले ज्यान गुमाएका छन् । सोमबार पनि सिखर चुमेर फर्किने क्रममा क्रिस्टोफर जोन कुलिस नामका एक जना अमेरिकी वकिलको निधन भए पछि मृत्यु हुनेको संख्या ११ पुगेको हो । नेपाल सरकारले यो सिजनमा झण्डै ६ सय जनाले सगरमाथाको आरोहण गरेको… Continue reading ११ जना को ज्यान लिंदै सकियो यो सिजनको सगरमाथा आरोहण

जोडिदै नेपालि जनता अमेरिकासंग

काठमाडौं । नेपालमा रहेको अमेरिकी दूतावासले अमेरिकी राजदूतसँग गफगाफ कार्यक्रम शुरु गरेको छ । सरकार र राजनीतिक दलले अमेरिकी दूतावासको आलोचना गरे पनि दूतावासले सोमबारदेखि कार्यक्रम शुरु गरेको हो । सरकार र राजनीतिक दलले असहमति जनाए पनि अमेरिकी राजदूत ¥याण्डी बेरीले सोमबार शैक्षिक मुद्दामा केन्द्रित भएर कार्यक्रम गरेका छन् । प्रत्यक्ष रुपमा राजदूतसँग कुराकानी नभएर… Continue reading जोडिदै नेपालि जनता अमेरिकासंग

बलिउड स्टार अजय देवगनका पिता वीरु देवगनको निधन

बलिउड स्टार अजय देवगनका पिता वीरु देवगनको निधन

बलिउड स्टार अजय देवगनका पिता वीरु देवगनको निधन भएको छ। बलिउडका चर्चित सिनेमाहरु रोटी कपडा और मकान, मिस्टर नटवरलाल, फुल और काँटे लगायत कयौं फिल्ममा एक्सन डाईरेक्सन गरेका वीरु देवगन बलिउड उद्योगका एक चर्चित हस्ती थिए। सोमबार ७७ वर्षको उमेरमा वीरुको निधन भएको हो। उनको निधनमा सम्पुर्ण भारती लगायत सिनेक्षेत्रमा सरोकार राख्ने सबैवे शोक मनाएका… Continue reading बलिउड स्टार अजय देवगनका पिता वीरु देवगनको निधन

बिस्फोटनमा ज्यान गुमाउनेहरु सामान्य जनता हुदै होईनन -गृह मंत्री

काठमाडौ गृहमन्त्री रामबहादुर थापाले राजधानीको बम विस्फोटमा मृत्यु भएकाहरु विप्लब समुहसंग सम्बन्धीतहरु भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराउने क्रममा प्रतिपक्षी दलका सांसदहरुले राखेको जिज्ञासाको सम्बोधन गर्दे मंत्री थापालेले विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको बताएका हुन् । उनले भने “ती सामान्य नागरिक होइनन् भन्ने नै भनाई हो ।… Continue reading बिस्फोटनमा ज्यान गुमाउनेहरु सामान्य जनता हुदै होईनन -गृह मंत्री

मन्त्रि गोकुल बास्कोटा भन्छन् – बिप्लबले हिंसा जारि राखे सरकारले नियन्त्रणमा लिने

काठमाडौ संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हिंसा त्याग्ने संकल्प गरे नेत्रविक्रम चन्द” विप्लब” नेतृत्वको नेकपासँग वार्ता गर्न सरकार तयार हुने बताएका छन् । सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले हिंसा जारी राखे त्यसलाई नियन्त्रण गर्ने दायित्वबाट सरकार पछि नहटने पनि स्पस्ट पारेका छन् । उनले चन्द नेतृत्वको नेकपाको हिंसात्मक गतिविधिमाथि सरकारले प्रतिबन्ध लगाएकाले त्यसलाई… Continue reading मन्त्रि गोकुल बास्कोटा भन्छन् – बिप्लबले हिंसा जारि राखे सरकारले नियन्त्रणमा लिने

आरुबोटे हत्याकाण्ड : ‘बैरीले यतिसम्म किन ग¥यो होला ?’

– रवीन्द्र काफ्ले फिदिम आरुबोटे बजारबाट करीब ३०० मिटर पर डाँडोमा सानो, चिटिक्क परेको कच्ची घर । घरको माथिल्लोपट्टि कच्ची सडक । तीनकोठे घरको अघिल्तिर सानो भान्साघर । मुनिपट्टि बाख्रा र कुखुराको खोर । घरको पल्लोपट्टि बाँसको टाटी र टिनले बनेका भुइँघर । घरअघि दाउराको लामो थाक । भान्सा घरभन्दा मुनि पत–पत धुँवा आइरहेको, घर… Continue reading आरुबोटे हत्याकाण्ड : ‘बैरीले यतिसम्म किन ग¥यो होला ?’

गाँऊ मै पुगेर नागरिकता बाँडियो

ओखलढुङ्गा खानी भञ्ज्याङमा सञ्चालित घुम्ती शिविरमा १५५ जनालाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय र चिसङ्खुगढी गाउँपालिकाले संयुक्त रूपमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा उनीहरूलाई नागरिकता वितरण गरिएको हो । नागरिकता बनाउनेमा वृद्धवृद्धा, फरक क्षमता भएका व्यक्ति,एकल महिलालगायत रहेको प्रजिअ गणेश आचार्यले बताउनुभयो । “सहजै सरकारी सुविधा उपलब्ध गराउन शिविर सञ्चालन गरेका हौँ,”… Continue reading गाँऊ मै पुगेर नागरिकता बाँडियो

नागरा फल्स घुम्म गएका एकै परिवारका ३ जनाको दुर्घटनामा मृत्यु ६ घाईते

न्युयोर्क न्युयोर्क नजिकैको राज्य न्युजर्सीबाट नागरा फल्स घुम्न हिडेका एक परिवारको गाडि दुर्घटनामा पर्दा एकै परिवारको ३ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । मेमोरियल डेको सप्ताहान्त पारेर क्यानडाको सिमानामा रहेको नागरा फल्समा छुट्टि मनाउन एस यु भी गाडिमा हिडेको ९ जनाको परिवार आईतबार बिहान साँढे छ बजे दुर्घटनामा परेको हो… Continue reading नागरा फल्स घुम्म गएका एकै परिवारका ३ जनाको दुर्घटनामा मृत्यु ६ घाईते

विस्फोटक पदार्थसहित विप्लव समूहका सात जना पक्राउ

काठमाडौँ प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले आज आईतबार साँझ गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिनुभयो । पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर सुनार, बुद्धिलाल पुन, डम्बरबहादुर तामाङ, चित्तकमल ओली र राकेश श्रेष्ठ रहेका छन् । उनीहरूका साथबाट प्रेसरकुकर… Continue reading विस्फोटक पदार्थसहित विप्लव समूहका सात जना पक्राउ

ढुङ्गा बोकेर हिड्दा यस्तो भयो

काठमाडौँ राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन । यस्तै संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा अहिले कानूनी झमेलामा परेका छन् । हिमाल आरोहण गरेर काठमाडौँ फर्किंदै गरेका तीन जनालाई सगरमाथा क्षेत्रको ढुङ्गो बोकेर ल्याएको आरोपमा आज बिहान नियन्त्रणमा लिएको छ । हुन त उनीहरूले चिनोका लागि भनेर पनि… Continue reading ढुङ्गा बोकेर हिड्दा यस्तो भयो

काठमाडौको बस्तीमै पड्कियो बम , ३ को मृत्यु ६ घाईते

काठमाण्डौ काठमाण्डौको सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन्। सुकेधारा विस्फोटमा २ जनाको र घट्टेकुलोमा भएको विस्फोटमा १ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । दुई ठाउँमा गरेर ६ जना घाइते भएका छन् । प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ… Continue reading काठमाडौको बस्तीमै पड्कियो बम , ३ को मृत्यु ६ घाईते

काठमाडौमा बिस्फोट ८ जना घाईते

काठमाडौ काठमाडौको सुकेधारा र अनामनगरमा ग्याँस सिलिण्डेर बिस्फोट भएको छ । सुकेधाराको बिस्फोटनमा ६ जना घाईते भएका छन् । महानगरीय प्रहरीका अनुसार अनामनगरमा सैलुनमा राखिएको ग्याँस सिलिण्डर पड्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घाईतेहरुको टिचिङ्ग अस्पताल र अेाम अस्पतालमा उपचार भै रहेको छ । त्यस्तै अनामनगरमा पनि ग्याँस सिलिण्डर नै बिस्फोट भएको छ । अनामनगर… Continue reading काठमाडौमा बिस्फोट ८ जना घाईते

उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

उपराष्ट्रपति नन्दकिशोर पुन अष्ट्रियाको भियना प्रस्थान गरेका छन् । उपराष्ट्रपति पुन आगामी जेष्ठ १४ गते अष्ट्रियाको राजधानी भियनामा सुरु हुने ‘अष्ट्रियन विश्व शिखर सम्मेलन’मा भाग लिन आईतबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन् । उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व सभामुख सुवाष नेम्वाङ, मन्त्रीहरुलगायतले विदाई गरेका थिए । त्यस… Continue reading उपराष्ट्रपति पुन अष्ट्रिया प्रस्थान

खेलकुद परिषद् र ओलम्पिक कमिटीलाई राज्य नियन्त्रित गर्ने प्रावधान राखिएको भन्दै विरोध

खेल क्षेत्रका विज्ञहरुले खेलकुद लाई स्वायक्तता प्रदान गर्ने गरि अन्तराष्ट्रिय अभ्यास अनुसारको व्यवस्था विधेयकमा गर्न सुझाव दिएका छन् । संघीय संसद राष्ट्रियसभा अन्र्तगतको विधान व्यवस्थापन समितिको आईतबार सिंहदरबारमा बसेको बैठकमा खेल क्षेत्रका विज्ञहरुले राष्ट्रिय खेलकुद विकास विधेयक २०७५मा खेलकुद परिषद् र ओलम्पिक कमिटीलाई राज्य नियन्त्रित गर्ने प्रावधान राखिएको भन्दै विरोध गरेका हुन् । उनीहरुले खेलकुुदको… Continue reading खेलकुद परिषद् र ओलम्पिक कमिटीलाई राज्य नियन्त्रित गर्ने प्रावधान राखिएको भन्दै विरोध

फैलदै बुद्ध एयर – सोमबार देखि कोलकत्ता

बुद्ध एयरले सोमबार देखि काठमाण्डौ– कोलकत्ता उडान गर्ने भएको छ । बुद्ध एयरले आईतबार पत्रकार सम्मेलन गरि उडान बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बुद्ध एयरका प्रबन्ध निर्देशक बिरेन्द्र बहादुर बस्नेतले सोमबार देखि काठमाण्डौ –कोलकत्ता–काठमाण्डौको व्यवसायीक उडान गर्न लागिएको जानकारी गराएका हुन् । बुद्ध एयरले सातामा तिन दिन सोमबार, बुधबार र शुक्रबार काठमाण्डौ कोलकत्ता… Continue reading फैलदै बुद्ध एयर – सोमबार देखि कोलकत्ता

शेयरमा लगानी— दीर्घकालीन हो कि अल्पकालीन ?

निरञ्जन फुयाल काठमाडौ सन् १९८४ मा नेपालमा पहिलो निजी बैंकका रुपमा ३ करोड चुक्ता पूँजीसहित नबिल बैंक लि. (तत्कालीन नेपाल अरब बैंक) स्थापना भएको थियो । शेयरमा लगानी गर्ने प्रचलन तथा ज्ञानसमेतको अभावमा त्यसबखत उक्त कम्पनीले जारी गरेको शेयरमा सीमित व्यक्तिहरुले आवेदन दिई शेयर बाँडफाड भएको थियो । हाल उक्त कम्पनीको चुक्ता पूँजी रु. ९… Continue reading शेयरमा लगानी— दीर्घकालीन हो कि अल्पकालीन ?

चर्च कि पापहरुको भकारी ?

पुरुषोत्तम लम्साल [email protected] अघिल्लो अंकमा प्रकाशित ‘(चर्च) गिर्जाघर कि व्यभिचार अड्डा ?’ शीर्षक लेख छापिएपछि केही पाठकले इमेल गरे । त्यसमध्ये उनीहरुको दुईवटा जिज्ञासा महत्वपूर्ण लाग्यो । पहिलो, चर्चहरु यौनशोषणको केन्द्र बन्न थालेको हिजो अस्ति मात्र वा एक्काइसौं शताब्दीको पूर्वाद्र्धमा मात्र हो ? दोस्रो, लेखमा अमेरिकी चर्चहरु मात्र समेटिनुको कारण के हो र विश्वका बाँकी… Continue reading चर्च कि पापहरुको भकारी ?

एसाइलीको अन्तरवार्तामा एम्बेसीले भिसाको निवेदन रिजेक्ट गर्यो , यस्तो अवस्थामा के गर्न सकिन्छ ?

रमेश श्रेष्ठ,न्युयोर्क कानुन व्यवसायी म नेपालमा हुर्केको वा बसोवास गरेको टिबेटन हुँ । मेरो एसाइलमको निवेदन एप्रुभ भएपछि मेरो दुई छोरा, जो नेपालमा छन्, उनीहरुका लागि आई–७३० को निवेदन गरी नेपालमा एसाइली भिसाका लागि युएस एम्बेसीमा अन्तरवार्तामा उनीहरु गएका थिए । टिबेटनको हैसियतले नेपालबाट निस्कन गाह्रो भएकाले दुवै छोराले विगतमा दलालमार्फत नेपाली पासपोर्ट बनाई बी–१÷बी–२… Continue reading एसाइलीको अन्तरवार्तामा एम्बेसीले भिसाको निवेदन रिजेक्ट गर्यो , यस्तो अवस्थामा के गर्न सकिन्छ ?

न्युयोर्कमा मंत्री बर्षमान पुनले गरे युएनए सम्मेलनको उद्दघाटन

न्युयोर्क न्युयोर्क स्थित युनाईटेड नेप्लिज एसोसिएसन(युएनए) को उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।शनिबार बिहानै देखि सुरु भएको सम्मेलनको उद्घाटन नेपाल देखि आएका जलश्रोत तथा सिचाई मंत्री बर्षमान पुनले गरेका थिए । मंत्री पुन सम्मेलनको प्रमुख अतिथि हुन् । न्युयोर्क कुईन्स स्थित एक होटलमा आयोजित सम्मेलन सनिबार र आईतबार दुई दिन सम्म विभिन्न फोरमहरुको साथमा चल्ने… Continue reading न्युयोर्कमा मंत्री बर्षमान पुनले गरे युएनए सम्मेलनको उद्दघाटन

न्युयोर्कमा आईसले ३१ जनालाई पक्राउ गर्यो

अमेरिकी अध्यागमन अधिकारीहरुले ५ दिन लगाएर न्युयोर्क सहर वरिपरिबाट ३१ जना कानुनि कागज पत्र बिहिनहरुलाई पक्राउ गरिएको बताएको छ । न्युयोर्क स्थित ईमिग्रेसन एण्ड कस्टम ईन्फ़ोर्समेण्टका डाईरेक्टर थोमस डेकर्सका अनुसार आईसले अपराधिक क्रियाकलापमा संलग्न कागज पत्र बिहिनहरुलाई मात्र पक्राउ गरेर नियन्त्रणमा लिएको बताएका छन् । उनले आईसको अपरेसनको बारेमा थप प्रस्ट पार्दै भनेका छन् ”… Continue reading न्युयोर्कमा आईसले ३१ जनालाई पक्राउ गर्यो

भारतमा एक भवनमा आगोलागी हुँदा २० विद्यार्थीको मृत्‍यु

भारतको गुजरात राज्य स्थित सुरतको एक ब्यापारिक भवनमा आगो लाग्दा २० जना विद्यार्थीको ज्यान गएको छ भने १७ जना घाईतेहरुको अस्पतालमा उपचार भईरहेको छ । ब्यापारिक भवनको तेश्रो र चौथो तल्लामा विद्यार्थीहरु ट्युसन पढिरहेका समयमा आगो फैलिएको थियो । आगो फैलिए पछी अधिकांस विद्यार्थीहरु आगोबाट बाँच्न झ्यालबाट फाल हालेका थिए भने एक जनाको भने झ्यालबाट… Continue reading भारतमा एक भवनमा आगोलागी हुँदा २० विद्यार्थीको मृत्‍यु

४० प्रतिसत बस्यक अमेरिकन भैपरी आउने ४ सय डलर समेत खर्च गर्न असमर्थ

न्युयोर्क अमेरिका विश्व कै महाशक्ति रास्ट्र हो । विश्वका थुप्रै देशहरुबाट आर्थिक उपार्जनको लागि मानिसहरु अमेरिका आउने गर्दछन । त्यहि महाशक्ति रास्ट्र जँहा आउन मानिसहरु हत्ते गर्दछन त्यहि देशका झन्डै ४० प्रतिसत बस्यक मानिसहरुको बैंक खातामा ४ सय अमेरिकी डलर समेत आकस्मिक खर्चको लागि जगेडा नहुने गरेको पाईएको छ । अमेरिका स्थित फेडरल रिजर्बले गरेको… Continue reading ४० प्रतिसत बस्यक अमेरिकन भैपरी आउने ४ सय डलर समेत खर्च गर्न असमर्थ

किन चैत देखि जेठ सम्म बाँदरले मानिसलाई धेरै आक्रमण गर्छ ?

काठमाडौं । बाँदरलाई हाम्रो (मानिसको) पुर्खा भनिन्छ । पुर्खा भएपछि त मानिसले चाहिँ बाँदरको अनुकरण गर्नुपर्ने हो । हुन त केही मान्छेले बिगार्ने, भत्काउने मात्र काम गर्छन् भने त्यसलाई बाँदर प्रवृत्ति पनि भन्ने गरिन्छ । तर सबै मान्छे बाँदर प्रवृत्तिको बिरोधमा हुन्छन् । यसैले मान्छेले बाँदरको अनुकरण गर्दैनन् । बाँदर (पूर्खा) भन्दा मानिस सामाजिक, आर्थिक… Continue reading किन चैत देखि जेठ सम्म बाँदरले मानिसलाई धेरै आक्रमण गर्छ ?

९९ वर्षमा एउटा न्यायको खम्बा ढल्यो – प्रधानन्यायाधिश खत्रीको अन्त्यष्टि गरियो

काठमाडौ पूर्व प्रधानन्यायाधिश नयनबहादुर खत्रीको पार्थिव शरिरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन हुनु भएका उहाँको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्युष्टि गरिएको हो । पूर्व प्रधानन्यायाधिश खत्री पछिल्लो समय अल्जाईमर्स रोगबाट पीडित हुनुहुन्थ्यो । नेपालको छैठौं प्रधानन्यायाधिश बन्न सफल हुनु भएका खत्रीले… Continue reading ९९ वर्षमा एउटा न्यायको खम्बा ढल्यो – प्रधानन्यायाधिश खत्रीको अन्त्यष्टि गरियो

भाजपा वरिष्ठ नेता आड्वाणीको दाबि भारत नेपालको विकास भएको हेर्न चाहन्छ

नयाँ दिल्ली भारतीय जनता पार्टी (भाजपा)का वरिष्ठ नेता लालकृष्ण आड्वाणीले नेपाल–भारत सम्बन्ध जति निकट र सुमधुर हुन्छ त्यति नै दुवै देशलाई फाईदा हुने बताएका छन् । नयाँ दिल्लीमा रिपोटर्स क्लबले गरेको कार्यक्रममा आड्वाणीले भारत नेपालको बिकास हेर्न चाहेको बताए । उनले भने,‘नेपाल र भारतबीच आर्थिक, सामाजिक र राजनीतिक रुपमा गहिरो सम्बन्ध छ । हामीबीचको जनस्तरको… Continue reading भाजपा वरिष्ठ नेता आड्वाणीको दाबि भारत नेपालको विकास भएको हेर्न चाहन्छ