Author: Bijaya Poudel

  • ‘ककपीट’मा बस्ने कि ‘आइडियल ल्याण्ड’मा उभिने

    ‘ककपीट’मा बस्ने कि ‘आइडियल ल्याण्ड’मा उभिने

    पुरुषोत्तम लम्साल

    [email protected]

    प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको विषयमाथि विश्वसन्देश साप्ताहिकमै ‘डाभोसको डमरु र नफेरिएको धून’ शीर्षकमा केही लेखेको थिएँ । त्यसपछि प्रधानमन्त्री ओलीले भारतदेखि भियतनामसम्मको ‘टूर’ भ्याए तर लेख्ने जाँगर पलाएन । त्यो बेला ‘वैदेशिक अनुदान र ऋणको भारले उठ्नै मुस्किल भइरहेको आश्रित मुलुकको प्रधानमन्त्रीलाई विश्वका धनाढ्यहरुको क्लबमा किन प्राथमिकताका साथ प्रस्तुत गरियो’ भन्ने विषयमा सन्देह थियो । यूरोपीय सञ्चारमाध्यमले जर्ज सोरस, ओपन सोसाइटी र नेपालका प्रधानमन्त्रीलाई दिएको प्राथमिकता संयोग मात्र नभए विचित्रको पनि थियो । त्यसैले लेखियो । यसपाली चाहिँ प्रधानमन्त्रीको यूरोप ‘टूर’मा पनि बिछट्टै गम्भीर एजेण्डा वा मुद्दा बाहिर नआएकाले समयको फुर्मासकै लागि म पनि लेख्न बसें ।
    अमेरिकी विदेशमन्त्री कोलिन पावेलले नेपाल भ्रमण गरेको १७ वर्षपछि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ६ महिनाअघि (पुसको पहिलो साता) अमेरिका भ्रमण गरे । सरकार—सरकारबीच उच्चस्तरीय भ्रमणको तिर्सना मेटियो । उपलब्धि र अनुपलब्धि आफ्नै स्थानमा होलान् । पर्दापछाडिका ‘छलफल र लेनदेनका प्रतिबद्धता’ पनि आफ्नै स्थानमा होलान् । तर, ज्ञवालीको भ्रमण अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको निमन्त्रणामै भएकाले त्यसलाई कूटनीतिको कसीमा नयाँ अध्यायको रुपमा व्याख्या गर्ने भरमग्दूर प्रयास चाहिँ भए । भ्रमणपछिको राजनीतिक, कूटनीतिक, सामरिक, व्यापारिक अवयव र तन्तुहरुमाथि मूर्त—अमूर्त बहस अद्यावधि छ । त्यही भेटबाट औपचारिक रुपमा प्रवेश गरेको ‘इण्डो प्यासिफिक क्षेत्र र रणनीति’बारेको तातो अस्तीभन्दा हिजो, हिजोभन्दा आज चासो र सरोकार बन्दैछ ।
    खुसीको कुरा, केपी शर्मा ओली प्रधानमन्त्रीको रुपमा सबैभन्दा धेरै देशको भ्रमण गर्ने व्यक्तिको सूचीमा अगाडि बढ्दै छन् । ‘समृद्ध नेपाल सुखी नेपाली’का अभियन्ताका नाताले प्रधानमन्त्रीको कूटनीतिक ‘टूर’हरुलाई सकारात्मक रुपमा लिऔं । त्यसैले १७ वर्षपछि नेपालका प्रधानमन्त्रीले गर्न लागेको बेलायतको भ्रमण ‘भूतले खाजा खाने बेलामा भए पनि’ राम्रै हो भन्न पाइन्छ । किनकि, आजै (मंगलबार) प्रधानमन्त्री ओलीले बेलायतको कामचलाउ सरकारका प्रधानमन्त्री मे टेरेजासँग भेट गर्दैछन् । केन्जिङ्टन प्यालेसमा बेलायतका राजकुमार ह्यारीसँग पनि प्रधानमन्त्रीको शिष्टाचार भेट आजै हुँदैछ । ‘बेलायत भ्रमण त जंगबहादुरले पनि गरेका थिए’ भनेर टिप्पणी गर्नेहरुले दुई शताब्दी लामो नेपाल—बेलायत सम्बन्ध हेर्दा केही बिग्रदैन ।

    हिजोका कुरा

    पृथ्वीनारायण शाहले नेपाललाई ‘दुई ढुंगाबीचको तरुल’ भने । कसैले दुई ढुंगाबीचको ‘बारुद’ पनि भने । कोही क्रान्तिकारीहरुले नेपाललाई दुई ढुंगाबीचको तरुल होइन ‘डाइनामाइट’ बनाउँछौं पनि भने । कसैले चीन र भारतबीचको ‘स्याण्डवीच’ पनि भने । जसले जहिले जे भने पनि हामी जहिल्यै संवेदनशील भूराजनीतिको बीचमा छौं नै भनेको हो । हाम्रो थोरै असावधानीले हामीलाई चाँडै खती गर्छ नै भनिएको हो । त्यसैले अरुको स्वार्थ पढेर आफ्नो स्वार्थ केलाउन बुद्धि र विवेक प्रयोग गर्नुमा नै हाम्रो हित हुन्छ नै भनेको हो ।
    हिजो शितयुद्ध काल थियो । अमेरिकी र सोभियत धूरीबीच कटूता र शत्रुता थियो । त्यो बेला कसैले भारत र चीन नियाल्न नेपाल ‘ककपीट’ हो पनि भने । जुनबेला चीनको तिब्बत मामिला अन्तर्राष्ट्रिय वा पश्चिमका शक्ति राष्ट्रहरुको ‘हतियार’ बन्यो त्यो बेला नेपाललाई कसैले ‘आइडियल पोष्ट फर तिब्बत’ पनि भनेका रहेछन् ।
    दृष्य सपाट छ, हिजो विश्व ध्रुवीकरण कालमा पनि नेपाल रणनीतिक महत्वको थलो थियो, आज पनि नेपालको रणनीतिक महत्व उस्तै छ । अझ बढी, जति धेरै हाम्रा छिमेकी भारत र चीन शक्तिसम्पन्न, आर्थिक रुपमा समृद्ध, विश्व शक्ति बन्दै जान्छन् नेपालको महत्व अझ बढी हुने रहेछ । हुँदो छ । अर्थात्, हामी हिजो पनि ककपिट र आइडियल ल्याण्ड, आज पनि ककपीट र आइडियल ल्याण्ड नै हौं । त्यो ककपीटमा महेन्द्र कसरी बसे भन्ने विगत भयो, आजका प्रधानमन्त्री कसरी बस्छन् भन्ने भोलिको विषय हो ।

    आजका कुरा

    भारत र चीन दुबै आर्थिक, सामरिक, राजनीतिक सबैमा उदीयमान विश्व शक्तिराष्ट्र हुन् जसले पश्चिमबाट पूर्व सरिरहेको ‘पावर सिफ्टिङ’मा खेल्न सक्छन् । यसलाई अमेरिका यूरोपबाट एसिया प्रवेश गर्दै गरेको शक्ति भने पनि भयो, एटलान्टिकबाट प्यासिफिक सर्दै गरेको शक्ति भने पनि भयो । हुन त दुबै विश्व र क्षेत्रीय राजनीतिका ‘की प्लेयर’ ।
    त्यसैले १० महिनाअघि नेपालमा पहिलोपटक विश्वका २३ देश सम्मिलित एपीसीसी (एसिया प्यासेफिक इन्टेलिजेन्स कन्फ्रेन्स) लाई लिएर केहीले सामरिक महत्वका विषय उठान गरेका थिए । अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, फ्रान्स, अस्ट्रेलियालगायतका देशहरुले उक्त कन्फ्रेन्सका लागि नेपाल सही ठहर गर्नमा नयाँ योजनाको संकेत नगरेका होइनन् । कूटनीति जसरी धर्मको बलमा विस्तार हुन्छ त्यसरी नै सैन्य क्षेत्रबाट पनि विस्तार हुन्छ भन्ने कुरा मननीय लाग्यो ।
    धेरैलाई द्विविधा होला एसिया प्रशान्त र इण्डो प्यासिफिकबीचको अन्तर । खासमा दुबै एकै हो, एउटै हो, भाषाबाहेक । नेपालीमा चाहिँ यसैलाई फेरि हिन्द प्रशान्त क्षेत्र औ रणनीति भनेर व्याख्या हुने गरेकाले के के न हो भनेर बुझिन्छ । खासमा यो एसिया प्रशान्त क्षेत्रमा चीनको गतिविधि, प्रभाव, दबदबा र पहुँच कम गर्न वा रोक्न निर्मित गठबन्धन नै हो जसमा भारतदेखि जापान, कोरिया अष्ट्रेलियासम्म छन् र नेतृत्व अमेरिकाले गरिरहेको छ । अर्थात् यो एउटा सैन्य र सामरिक गठबन्धनको एउटा इकाई मात्र हो जुन पहिला पनि थियो, अहिले पनि छ र भोली पनि रहन्छ । विश्व राजनीति र अर्थव्यवस्थामा अमेरिका—चीन आमने–सामने हुँदै गइरहेका बेला एसिया प्रशान्त क्षेत्रको रणनीतिक महत्व बढी हुन्छ । जब यी विपरीत ध्रुवका शक्ति राष्ट्र शान्त हुन्छन् उक्त इकाईको महत्व पनि गौण वा कम हुन्छ ।
    परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणपछि सार्वजनिक भएको एउटा वक्तव्यमा ‘खुल्ला र स्वतन्त्र इण्डो प्यासिफिकमा नेपालको केन्द्रीय भूमिका र उत्तर कोरिया लगायतका विश्व मुद्दामा छलफल’ भएको भन्ने वाक्यांशले नेपालमा हलचल मच्चायो । नेपाललाई अमेरिकाले दिन खोजेको ‘स्पेस’मा नेपालबाट अपेक्षा गरिएको चाहिँ के हो ? यो प्रश्नको उत्तर आइसकेको छैन । स्मरणीय त के छ भने उक्त इकाईमा नेपालको केन्द्रीय भूमिकाको तरंग उठ्नु आठ महिनाअघि (सन् २०१८ अप्रिल) नै भारतलाई पनि उक्त इकाईको ‘की रोल प्लेयर’को रुपमा वासिङ्टनमा वीषद् चर्चा भइसकेको थियो ।
    एसिया प्रशान्त क्षेत्रमा चिनिया प्रभाव कम गर्नुको उद्देश्य अमेरिकी प्रभाव बढाउनु होइन भन्ने कोही छैनन् । त्यसैले नेपाल यो लहरोमा बेरिइ नै सक्यो वा बेरिनै लाग्यो भन्नु गलत हो । अब नेपाल बृहत्तर अमेरिकी नीतिको कडीमा घुसेर एसिया प्रशान्त क्षेत्रको सैन्य वा रणनीतिक गठबन्धनको अभिन्न अंग बन्छ वा ‘क्रुसियल फ्याक्टर’ बन्दैछ भन्नु तत्कालका लागि झन् ठूलो गल्ती हो । किनकि, तत्कालका लागि बाँडिएको समृद्धिको पखेटामा चीनसँगको बिआरआई, यातायात तथा पारवहन सम्झौता, रेल तथा विद्युत् खरिद तथा प्रशारण लाइनका कुरा हाम्रा लागि अझ बढी महत्वका छन् । नेपालले दुई हात उफ्रिएर अन्दमान एण्ड निकोबार टापूमा भारतीय क्रियाशीलतालाई ताली बजाउँदैन भन्ने नै अहिलेको विश्वास हो ।
    कूटनीति भनेकै शिष्टतापूर्वक स्वार्थको खेती गर्नु र फसल खोज्नु हो । यो खेती नेपालमा सैनिक कमाण्डरदेखि धर्मभिरुहरुको आडमा पनि नमौलाएको होइन । भ्रमण र स्वागतका रातो गलैंचामा खन्याइएको हार्दिकतामा नदेखिएको पनि होइन । जात र भूगोलमाथिको लगानीमा नपोखिएको पनि होइन । लगानी र भ्रमणको ओइरोले पहिरो ल्याउँछ कि भन्ने मात्र सन्देह हो । भ्रमणका दौरान कुखराको भालेले जसरी पखेटा फिंजाउँदै राष्ट्रिय स्वार्थमाथि नै जबरजस्ती धक्का लाग्छ कि भन्ने मात्र हो । मित्रको बार्दलीमा बसेर शत्रुको घरमा ढुंगा हान्ने पात्र र प्रवृत्ति किटानी छ भने प्रधानमन्त्री ओलीले अझै दश देशको ‘टूर’ भ्याए पनि फरक पर्दैन । अहिलका लागि देशको नेतृत्वले छिमेकको भात चहार्दा चहार्दै पनि आफ्नै घरको भोजनको स्वाद बिर्सदैनन् भन्नेमा विश्वास गरौं ।

  • एनआरएन फेमिली मेम्बर कार्डको फाईदा के छ त ?

    एनआरएन फेमिली मेम्बर कार्डको फाईदा के छ त ?

    विश्वन्युज संवाददाता
    काठमाडौं
    गैरआवासीय नेपाली संघ (एनआरएन)ले आफ्ना सदस्य र उनीहरुका आफन्तका लागि एनआरएन फेमिली मेम्बर कार्ड वितरण शुरु गरेको छ । संघले आइतबार काठमाडौंमा विशेष कार्यक्रम गरेर कार्ड वितरण शुरु गरेको छ । संघका अध्यक्ष भवन भट्टले फेमिली मेम्बर कार्ड वितरण शुरु गरेका छन् । एनआरएनले गैरआवासीय नेपाली र उनीहरुका आफन्तका लागि बिपत परेका बेला आर्थिक सहायता उपलब्ध गराउन कार्ड वितरण गरिएको जनाएको छ ।
    कार्ड प्राप्त गर्ने सदस्यले होटेल, ट्राभल एजेन्सी, अस्पताल, व्यापारिक मल लगायतका क्षेत्रमा सहुलियत दिने एनआरएनको तयारी छ । त्यसका लागि एनआरएनले क्षेत्र पहिचान गरेर काम गरिरहेको जनाएको छ । विभिन्न ७ सय कम्पनीसँग एमओई गर्ने तयारी भइरहेको पनि एनआरएनले जनाएको छ । एनआरएन फेमिली मेम्बर कार्ड लिनका लागि शुरुमा प्रतिव्यक्ति १ हजार नेपाली रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ ।
    हरेक वर्ष नेपालमा डिजास्टर आएका बेला रकम संकलन गर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले स्थायी प्रकृतिको संरचना बनाउन लागिएको संघका अध्यक्ष भवन भट्टले बताए । उनले भने– ‘हरेक वर्ष नेपालमा कुनै न कुनै प्रकारको डिजास्टर आउँछ । कहिले आँधीबेहरी आउँछ भने कहिले भूकम्प आउँछ । धेरै सोसाइटी प्रोगाम गर्नुपर्ने हुन्छ । त्यसैले यस्तो खालको कार्यक्रम गर्नुपर्ने भएकाले यो कार्यक्रमलाई ल्याइएको हो ।’
    एनआरएनमा संसारभरका झण्डै ७० हजार आबद्ध रहेका छन् । सम्पूर्ण सदस्य र उनीहरुका आफन्तलाई लक्षित गरेर पनि यो कार्यक्रम ल्याइएको अध्यक्ष भट्टको दाबी छ । उनले भने– ‘ग्लोबल्ली एनआरएनमा आबद्ध छन् उनीहरुका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्छ । त्यति मात्र होइन धेरै सोसाइटी प्रोग्राम पनि गर्नुपर्ने हुन्छ । महिला समितिसँग मिलेर महिलाको आङ खस्ने रोगको क्याम्पेन गर्नुपर्ने हुन्छ । घरेलु हिंसाका समस्या पनि छन् । त्यसका लागि सजिलोसँग च्यारिटी होस् भनेर पनि नयाँ कार्यक्रम आएको हो ।’
    हरेक मेम्बरका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ तिरेपछि दुई वर्षसम्म नवीकरण गर्न नपर्ने मेम्बर कार्ड दिइने एनआरएनले जनाएको छ । ‘हरेक सदस्यका लागि दुई वर्षको कार्ड दिइनेछ । त्यसको शुल्क प्रतिव्यक्ति १ हजार रुपैयाँ रहेको छ । त्यसबाट एनसीसीले ३ सय रुपैयाँ राख्नेछन् । बाँकी रहेको दुई सय रुपैयाँ डिजास्टर, शिक्षा र महिला बालबालिकाको क्षेत्रमा खर्च हुनेछ । बाँकी रहेको ५० प्रतिशत रकम संस्थाले प्रयोग गर्नेछ,’ अध्यक्ष भट्टले जानकारी दिए ।
    फण्ड सञ्चालनका लागि एनआरएनले नयाँ खालको मेकानिजम बनाएको जनाएको छ । डिजास्टरको क्षेत्रमा हरेक वर्ष अभियान चलाउनुपर्ने भएकाले स्थायी प्रकृतिको कोष स्थापनाका लागि एनआरएन आईसीसीले पहल थालेको हो । संघका अध्यक्ष भट्टले भने– ‘यसमा सबै एनआरएन सदस्य र उनका आफन्तले भाग लिने संघको अपेक्षा छ । यसका लागि मेकानिजम बनाइएको छ । डिजास्टरका लागि च्यारिटी गर्नुपर्ने भएकाले यसलाई नयाँ ढंगले अगाडि बढाउन खोजिएको हो । सम्भवतः सबै साथीले भाग लिनुहुन्छ । हामीले सबैको सहभागिताको विश्वास गरेका छौं । मेम्बरसिप लिएका व्यक्तिलाई लाभ दिनका लागि ७ सय कम्पनीसँग एमओई गर्ने तयारी गरेका छौं । मेकानिजम बनाइएको छ । डिजास्टरबाट च्यारिटी गरेरै गर्नुपर्ने भएकाले सम्भवतः सबै साथीहरुले भाग लिनुहुन्छ भन्ने लाग्छ । यसले लगानी पनि हुने र सबै साथीहरु भाग लिनुहुन्छ भन्ने विश्वास गरेका छौं । ७०० सय कम्पनीसँग एमओई गर्दैछौं ।’

     

    कार्डबाट हुने फाइदा

    एनआरएनका सदस्य र तिनका परिवार तथा आफन्तलाई लक्षित गरेर कार्ड वितरण शुरु गरिएको हो । आइतबार गैरआवासीय नेपाली संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरेर कार्ड वितरण प्रक्रियाका बारेमा समेत जानकारी दिइएको छ । एनआरएन फेमिली मेम्बर कार्ड एनआरएनमा आबद्ध सदस्य, उनका नेपालमा बसोवास गर्ने बाबुआमा, श्रीमान्–श्रीमती, छोराछोरीले प्राप्त गर्नेछन् । तर, विवाह गरेका सन्तानका लागि यो योजना लागू नहुने संघले जनाएको छ ।
    एनआरएनले नेपालको डिजास्टर म्यानेजमेन्टमा सहयोग पु¥याउने उद्देश्यले ल्याएको यो योजनाअन्तर्गत सदस्यले समेत लाभ लिनसक्ने गरी योजना बनाएको छ । फेमिली मेम्बर कार्ड लिने व्यक्तिले विभिन्न व्यावसायिक प्रतिष्ठानबाट लिने सेवा, बस्तुमा सहुलियतको सुविधा पाउनेछन् । कार्डबाहक आफ्ना व्यक्तिलाई एनआरएनसँग सम्झौता गरेका प्रतिष्ठानले बस्तु तथा सेवामा निश्चित प्रतिशतको छुट दिनेछन् । यो योजनाअन्तर्गत नेपालभित्र मात्र नभएर एनआरएनले सम्झौता गरेका विदेशस्थित कम्पनीले पनि छुट दिने एनआरएनले जनाएको छ ।
    नेपालभित्र संघले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्था, बालबालिका तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्र, विद्यालय, क्याम्पस, होटल तथा रेष्टुरेन्ट, सुपर मार्केट, एयरलाइन्स, ट्राभल एण्ड टुर एजेन्सीबाट टिकटमा छुट, बैंकिङ क्षेत्र, बीमा, फिटनेस सेन्टर र सूचना तथा सञ्चार लगायतका विभिन्न ७ सय कम्पनीसँग सम्झौताको तयारी गरिरहेको छ । संघका सदस्यले फेमिली मेम्बर कार्डका लागि एनआरएनको केन्द्रीय सचिवालयमा कार्ड बनाउन चाहने परिवारका सदस्यको विवरण बुझाउनुपर्ने हुन्छ । कार्ड क्यूआरसहितको हुनेछ ।
    एनआरएनले विदेशमा बस्ने आफ्ना सदस्यको हित र नेपालको डिजास्टर म्यानेजमेन्ट दुवै काम एकैसाथ गर्न सकियोस् भनेर यो योजना ल्याएको हो । विदेशमा झण्डै ४० लाख नेपाली रहेको अनुमान गरिए पनि अहिलेसम्म संघमा झण्डै ७० हजारको हाराहारीमा मात्र आबद्धता रहेको छ । त्यसैले सदस्यता थप्ने र सदस्य लिन प्रोत्साहन पुग्नेगरी यो योजना ल्याइएको संघकी उपाध्यक्ष सपिला राजभण्डारीले जानकारी दिइन् । उनले लामो समयदेखिको प्रयासले सफलता प्राप्त गरेको जानकारी दिँदै सेवा सुविधा बिस्तार गरेर सबैको हितमा एनआरएन सक्रिय हुने बताइन् । कार्ड वितरण शुरु गर्ने कार्यक्रममा एनआरएन एकेडेमीका संयोजक डा. प्रमोद ढकालसहित एनआरएनका आईसीसी सदस्य, एनसीसी पदाधिकारी तथा सदस्य लगायतको उपस्थिति रहेको थियो ।
    सामाजिक क्षेत्र र मानवीय क्षेत्रका विभिन्न पक्षमा काम गर्ने एनआरएनको घोषणासँगै अहिले सामूहिक लगानीको पनि प्रक्रिया अगाडि बढेको छ । निश्चित कोष कडा गरेर सामूहिक लगानी गर्नेगरी उपाध्यक्ष कुमार पन्त नेतृत्वको टोलीले यसअघि सरकारसँग गरेको सम्झौताअनुसार सबै नेपालीको लगानीका लागि पनि काम गरिरहेको अध्यक्ष भट्टले बताएका छन् । विभिन्न क्षेत्रमा विदेशमा बस्ने नेपालीले आईपीओका रुपमा लगानी गर्न पाउने र त्यसको प्रतिफल पनि समान ढंगले वितरण गर्नेगरी आफूहरु काममा जुटेको उनको भनाइ रहेको छ ।
    लगानीको क्षेत्रमा पनि फेमिली मेम्बर कार्ड जस्तै गरी लगानी जुटाउने तयारी गरिएको छ । अहिले सबै प्रकारका लगानीका सम्भावनामा छलफल चलिरहेको छ । विदेशमा बस्ने नेपालीको सामूहिक लगानी र व्यक्तिगत प्रतिफल दिने गरी लगानीको वातावरण बनाउन एनआरएनका नेताहरु लागेका छन् । संघले सरकारसँग १० अर्बको लगानी सम्झौता गरिसकेको छ । यसले एनआरएनको सामूहिकतामा सहयोग पुग्ने संघको विश्वास छ । विदेशमा बस्ने तर थोरै पूँजी हुने सदस्यलाई समेत प्रत्यक्ष लाभ मिल्नेगरी लगानीको वातावरण बनाइने एनआरएनका पदाधिकारीको प्रतिबद्धता रहेको छ ।
    एनआरएनमा पछिल्लो समय व्यक्तिगत हितका लागि संस्थालाई नेताहरुले प्रयोग गरेको आरोप लागेपछि सामूहिक लगानी र व्यक्तिगत प्रतिफलको अवधारणामा छलफल चलिरहेको हो । अध्यक्ष लगायत पदाधिकारीले राज्य संयन्त्रको पहुँचमा पुगेर आफ्नो व्यक्तिगत व्यवसायमा फाइदा पुग्ने काम गरेको आरोप लागेको छ । पूर्व अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले नेपालमा सञ्चालित विभिन्न परियोजनाामा राज्य संयन्त्रको प्रयोग गरेर व्यक्तिगत फाइदा लिएको आरोप लाग्दै आएको छ ।

  • नेपालको रेल सेवा अब भारतसँग सिधा सम्पर्कमा

    नेपालको रेल सेवा अब भारतसँग सिधा सम्पर्कमा

    काठमाडौं । भारतले नेपालको रेल सेवालाई भारतका विभिन्न ठाउँमा सञ्चालनका लागि अनुमति दिने भएको छ । यसअघि नेपाली रेललाई कोलकाता, हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारतले सहमति जनाएको थियो । अब भने यात्रुवहाक रेललाई समेत भारतले विभिन्न स्थानमा पुग्ने अनुमति दिने तयारी थालेको छ । नेपालमा रेल सञ्चालनको चर्चा परिचर्चा निक्कै हुने गरेको छ । नेपालको एकमात्र रेल सेवा केहीवर्षदेखि बन्द भएको थियो । नेपालमा जनकपुर जयनगर रेल सेवाको भन्दा पनि नेपालमा भारत र चिनियाँ रेलको चर्चा निक्कै हुने गरेको छ । त्यसो त कछुवा गतिमा भएपनि नेपाल सरकार आफैंले वर्षौदेखि निरन्तर बनाइरहेको पूर्वपश्चिम रेल मार्गको विषयमा चर्चा भने कहिल्यै हुँदैन ।
    अहिले भने नेपालको पूर्वपश्चिम रेल सेवासँगै भारतीय रेल सञ्जालमा नेपाल जोडिने कुरा उठ्न थालेको छ । तर, नेपालमा रेल छैन । पूर्वपश्चिम राजमार्गको कुल लम्बाई झण्डै ९ सय ५० किलोमिटर हुने भएको छ । पूर्वपश्चिम रेलमार्ग सरकारले राष्टिय गौरवको आयोजनाको रुपमा उच्च प्राथमिकतामा राखेर काम गरिरहेको रेल विभागले जनाएको छ । रेल विभागको अहिलेसम्मको अध्ययनअनुसार पूर्वपश्चिम रेलमार्ग ९ सय ४५ किलोमिटर लामो हुनेछ । यसले झापाको काँकडभिट्टालाई पश्चिमको कञ्चनपुरको गड्डाचौकीसँग जोड्नेछ ।
    रेलमार्गको वास्तविक लम्बाई भने विस्तृत परियोजना प्रतिवेदन अर्थात डिपिआर तयार भएपछि सार्वजनिक हुने भएको छ । विभिन्न खण्डमा पूर्वपश्चिम रेलमार्ग बनाइने भएको छ । विभिन्न खण्डको डिपिआरको काम सम्पन्न भैसकेको छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रशा उपाध्यायले रेल विभागले निरन्तर काम गरिरहेको बताईन । महोत्तरीको बर्दिबासबाट झापाको काकडभिट्टासम्मको रेलमार्ग निर्माणका लागि चिनियाँ कम्पनीहरुले इच्छा देखाएका छन । यो मार्ग तुलनात्मक रुपमा सजिलो समेत छ । बुट मोडलमा आयोजना बनाउन चिनियाँ पक्ष तयार छ । त्यसका लागि कन्सेप्ट पेपर तयार गरेर फेरि अर्को चरणको तलफल हुनेछ । बुट प्रणालीअन्तर्गत ३० वर्षका लागि निर्माण गरेर सञ्चालनको समय दिनेगरी चिनियाँ पक्ष काम गर्न इच्छुक रहेको स्रोतको दाबी छ ।
    बुट प्रणाली भन्नाले निर्माण गर्ने कम्पनीले लागत उठ्नेसमयसम्म आफैंले व्यवस्थापन सहित सञ्चालन गर्ने र त्यसपछि हस्तान्त्रण गर्ने हुन्छ । महोत्तरीको बर्दिबासबाट सुनसरीको इटहरी र इटहरीबाट झापाको काँकडभिट्टासम्म २ सय ५० किलोमिटर सडकको डिपिआर कोरियन कम्पनीले तयार पारेको हो । यो रेलमार्गको बनाउन प्रतिकिलोमिटर ७० करोड नेपाली रुपैयाँ लागत पर्ने अनुमान गरिएको छ ।
    नेपाल सरकारले भने अहिले बनाउने प्रकृयामा रहेका पूर्वपश्चिम रेलमार्गका विभिन्न खण्डको काममा खासै ध्यान दिन सकेको छैन । चीन काठमाडौं रेलमार्ग र भारत काठमाडौं रेलमार्गको चर्चामा सरकार अल्मलिएको छ । पूर्वपश्चिम रेलमार्ग बनाउनेगरी भारत र चीनसंग कुराकानी गर्नुपर्नेमा दुवै देशको रेलमार्गले काठमाडौं जोड्ने कुरामा सरकार अल्झिएको छ । नेपालको राजधानीमा दुवै छिमेकी देशसंग पारस्परिक रुपमा रेलमार्ग जोडिनु खुसीको कुरा भएपनि तत्काल सम्भव हुने कुरालाई मुख्य प्राथमिकतामा राखेर सरकारले काम गर्नुपर्ने हुन्छ । तर त्यसो हुन सकिरहेको छैन ।
    सरकारले विकास र समृद्धिका ठूला कुरा गरेपनि त्यस अनुसारको काम गर्न सकिरहेको छैन । रेलको अवस्था पनि उस्तै भएको सरकारी अधिकारीहरु बताउँछन् । भारतीय जनसंख्यालाई आधार मानेर बनाईने रेल सेवाले भविष्यमा लागत उठाउन सजिलो हुने अपेक्षा गरिएको छ । नयाँ दिल्लीमा हालै सम्पन्न नेपाल भारतबीचको वार्तामा नेपाली रेललाई भारतका विभिन्न क्षेत्रसम्मको पहुँचका विषयमा छलफल भएको छ । सामाग्री ढुवानीका लागि कोलकातासम्मको बाटो दिने भारतले यात्रुवहाकलाई पनि विभिन्न तर निश्चित क्षेत्रमा जान दिने विषयमा प्रस्ताव गरेको रेल विभागका अधिकारीहरुले बताएका छन् ।
    दुई देशका अधिकारीको बैठक नयाँ दिल्लीमा यही जेठ २३ र २४ गते सम्पन्न भएको थियो । नेपाल र भारतबीच रेल सेवा सम्झौताको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतीय पक्षले नेपाली रेललाई दुईतर्फी सञ्चालन गर्न सहमति दिएको हो । बैठकका निर्णयबारे जानकारी दिन सोमवार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केदारबहादुर अधिकारीले पारवहन सन्धिमा सहमति भएअनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलमार्फत ‘बल्क कार्गो’ ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति भएको जानकारी दिए ।
    पूर्वी नेपालको विराटनगर–जोगबनी, प्रदेश पाँचको सुनौली–नौतनवा र प्रदेश दुईको कुर्था÷इनर्वा–जयनगर रुटमा रेल सेवा सञ्चालन भएपश्चात उक्त रुटमार्फत कार्गो ढुवानी गर्न पाउने गरी सम्झौतामा थप गरिने सहमतिसमेत भएको मन्त्रालयले जनाएको छ । बैठकले नेपाल–भारत रेल सेवा सम्झौता पाँच वर्षका लागि नवीकरण गरेको छ । त्यसैगरी नेपाल र भातीय अधिकारीबीच तेस्रो विस्तृत पुनरावलोकन बैठकमा छलफल भएका विषय समेटी पारवहन÷ढुवानी सहज बनाउन नेपालका तर्फबाट मस्यौदा पठाउने र उक्त मस्यौदालाई चाँडो टुङ्ग्याई रेल सेवा सम्झौतामा संशोधन गर्ने सहमति भएको छ ।
    भारतीय रेल्वेबाट अनुमति प्राप्त अन्य आधिकारिक कार्गो रेल सञ्चालकलाई समेत नेपाली कार्गो ढुवानी गर्न अनुमति दिन नेपालले गरेको प्रस्तावलाई टुङ्गोमा पु¥याउन सरोकारवाला पक्षसँग छलफल गर्न भारतीय पक्ष सहमत भएको अधिकारीले जानकारी दिए । बैठकमा तेस्रो मुलुकबाट पारवहन ढुवानीका लािग भारतका धाम्रा र मुन्द्रा बन्दरगाह नेपाल–भारत पारवहन सन्धिमा थप भएसँगै रेल सेवा सम्झौतामा समेत ती बन्दरगाह थप गर्ने सहमति भएको छ । बैठकमा नेपालको वीरगञ्ज सुक्खा बन्दरगाहासम्म विद्युतीय रेल्वे लाइन विस्तार गर्न भारतीय पक्ष सहमत भएको छ ।
    नयाँ दिल्ली बैठकमा दुवै पक्षबीच रेल सेवा सम्झौताको चौथो बैठक छ महीनाभित्र नेपालमा गर्ने र बैठकको मिति दुवै पक्षको अनुकूलतामा कूटनीतिक माध्यमबाट तय गर्ने सहमति भएको छ । तेस्रो विस्तृत पुनरावलोकन बैठकमा नेपाली पक्षको नेतृत्व आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र भारतीय पक्षको नेतृत्व भारतको रेल मन्त्रालयका कार्यकारी निर्देशक मनोजकुमार श्रीवास्तवले गरेका थिए । नेपालमा रेल सेवाको चर्चा परिचर्चा भैरहेपनि त्यसले व्यवहारिक कार्यान्वयन हुने अझै हुन सकेको छैन् । नेपाल सरकारले दुई छिमेकीको सहयोगमा नेपालमा रेल सेवा बिस्तार गर्ने तयारी गरेपनि मुर्तरुप भने पाउन सकेको छैन ।

  • लोकतान्त्रिक मुलुक कम्युनिष्टले सम्हालेकाले तालमेल मिलेन : काङ्ग्रेस नेता बालकृष्ण खाँड

    लोकतान्त्रिक मुलुक कम्युनिष्टले सम्हालेकाले तालमेल मिलेन : काङ्ग्रेस नेता बालकृष्ण खाँड

    जेठ १५ मा बजेट आयो । सरकारले बजेटलाई सकारात्मक भन्यो भने प्रतिपक्षले त्यसको विरोध ग¥यो । अहिले बजेटका विषयमा संसद्मा छलफल चलिरहेको छ । बजेट अझै पास भएको छैन । सरकार पछिल्लो समय निर्मम भयो भन्ने आरोप प्रतिपक्षको छ । सरकार जनअपेक्षा अनुसार नै काम गरेको भनिरहेको छ । तर, प्रतिपक्ष यो कुरा स्वीकार गर्न तयार छैन । नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड पनि सरकारको गतिविधिबाट सन्तुष्ट छैनन् । बजेटलाई पनि उनी कमजोर भनी टिप्पणी गर्छन् । खाँडसँग मोहन बास्तोलाले गरेको कुराकानी—

    मुलुकमा अहिले दुई तिहाई नजिकको सरकार छ । यही सरकारले जेठ १५मा बजेट ल्यो । सरकाले यो बजेट दुईतिहाई नजिकको कम्युनिष्ट नेतृत्वको स्थायी सरकारले ल्याएको भनी बजेट राम्रो भएको तर्क गरेको छ । अहिले बजेटको विषयमा छलफल चलिरहेको छ । बजेट अझै पास भएको छैन । प्रतिपक्षीका आँखामा चाहिँ बजेट कस्तो छ ?
    यो बजेटले चालु खर्च ठूलो सङ्ख्यामा वृद्धि गरेको छ । पूँजीगत खर्च वा विकास खर्चचाहिँ यो चालु वर्षमा खर्च हुन सकेको छैन । आगामी वर्षका लागि पनि करिब एक खर्बको ऋणको भार बोकेर यो बजेट आएको छ । देशभित्र उठेको राजश्वले चालु खर्च चलाउने, विकास खर्चका लागि वैदेशिक र आन्तरिक ऋण उठाउने भनेर बजेट आएको छ । यो बजेटलाई यसरी हेर्दा पनि ऋणात्मक छ भन्न सकिन्छ । यो राम्रो कुरा होइन ।
    अहिले तत्कालको अवस्थालाई हेर्ने हो भने पनि प्रतिव्यक्ति ३६ हजार ऋणको भारी बोकाएको अवस्था देखिन्छ । यो सकारात्मक हुँदै होइन । आगामी वर्षमा यो बढेर करिब ५० हजार पुग्ने अनुमान छ ।

    भनेपछि यो बजेट तपाईंको बुझाइमा सकारात्मक छैन ?
    सकारात्मक कसरी छ भन्ने ? सकारात्मक छ भन्ने अवस्था नै छैन । बजेट भाषणसँगै मूल्यवृद्धि भएको छ । सर्वसाधारण जनताको ढाड नराम्ररी सेकेको छ । यो दुःखद कुरा हो । सर्वसाधारण जनतालाई जीवन निर्वाह गर्न मुस्किल भएको छ । सरकारले आगामी वर्षभित्रमा पाँच लाखलाई रोजगारीका अवसर सिर्जना गर्ने भनेको छ । अघिल्लो वर्ष पनि भनेको त्यही थियो । तर, परिणामले त्यस्तो देखाउन सकेन ।
    चालु वर्षको बजेटलाई हेर्ने हो भने पूर्णरुपमा असफल भएको छ । चालु वर्षकै बजेटलाई निरन्तरता दिएर बजेटको आकारलाई मात्र बढाइएको छ । यो सकारात्मक कुरा होइन । बजेट मुलुकभित्रै नयाँ रोजगारी सिर्जना गर्ने खालको, उत्पादनलाई प्रोत्साहन दिने खालको, कृषि उत्पादनलाई प्रोत्साहन दिने खालको बजेट आएको छैन । यो बजेट सरकारी कोषबाट तलब खानेहरु र अरु केहीका लागि मात्र सकारात्मक जस्तो देखिएको छ । आम नेपालीका लागि पनि यो बजेट आशा होइन पीडा थप्ने खालको आएको छ ।
    अघिल्लो वर्ष यही सरकारले वृद्धभत्ता र सरकारी कर्मचारीको तलब नबढाउँदा नेपाली काँग्रेसले नै आलोचना गरेको थियो । यो वर्ष हामीले दुबै कुरा गरेका छौं । तर, पनि काँग्रेसले आलोचना गरिरहेको छ भन्ने सरकार पक्षको आरोप छ । त्यो आरोपलाई सत्य मान्ने कि असत्य त ?
    कर्मचारीको तलब वृद्धि गर्दा तल्लो तहका कर्मचारीको २० प्रतिशत र माथिल्लो तहका कर्मचारीको १८ प्रतिशत बृद्धि गरिएको छ । बृद्धिको अनुपात पनि मिलेको छैन । एउटा कार्यालय सहयोगीको ३ हजार बृद्धि हुन्छ । अनि एउटा विशिष्ट श्रेणीका अधिकृतको ९ हजार भन्दा बढी बृद्धि हुन्छ । महंगी त विशिष्ट श्रेणीका लागि अलग्गै र कार्यालय सहयोगीका लागि अलग्गै हुँदैन । त्यसकारण पनि यो अनुपात मिल्दो भएन । थोरै तलब हुनेको थोरै र धेरै तलब हुनेको धेरै बढ्नु भनेको असमानता हो । यसले असमानता निम्त्याएको छ ।
    अर्को कुरा नेपालका करीब ५२ जिल्लामा नेपालीको औसत आयू ६५ वर्ष मन्दा मूनी छ । हिमालको काखमा रहेका र तराईको विभिन्न भूभागमा रहेका गरिबीको रेखामूनि रहेका दाजुभाई शारीरिक रुपमा पनि छिटो अशक्त हुन्छन् । यी कुरालाई ख्याल गरेर नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्षदेखि बृद्धभत्ता दिने भनेर निर्णय गरेको थियो । त्यो लागु गर भनेर हामीले भनेका छौँ तर वर्षमान सरकारले मानेको छैन । संविधानलाई आधार मान्ने हो र संविधानको पूर्ण पालना गर्ने हो भने पनि त्यो व्यवस्था गर्नुपर्छ ।

    भनेपछि अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको अनुभूति दिने गरी वर्तमान सरकारले काम गर्न सकेको छैन  ?
    हो, अहिले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा प्रवेश गरेको छ । यो अवस्थामा आम नेपालीलाई आशा–भरोसा दिने गरी काम सरकारले गर्नुपर्ने हो त्यो भएको छैन । अहिले सिंहदरबारको अधिकार गाउँ–गाउँसम्म भनिएको छ । त्यो अनुभूति पनि नेपाली जनताले गर्न पाएका छैनन् । अहिले स्थानीय र प्रदेश सरकारलाई स्रोत–साधनलेयुक्त बनाउनु पर्ने हो । उनीहरुको क्षमतावृद्धिमा केन्द्र सरकारले ध्यान दिनुपर्ने हो । तर, उल्टै प्रधानमन्त्री नै प्रदेश सरकार केन्द्रको मातहतमा हो भन्दै हिड्नु हुन्छ । यसले पनि थप जटिलता ल्याएको छ ।
    बजेट पनि प्रधानमन्त्रीको भनाई जस्तै आएको छ । प्रदेशले गर्ने खुद्रा मसिना काममा पनि केन्द्रबाटै बजेट छुट्याउने काम भएको छ । यो सकारात्मक होइन ।
    बजेट संघीयतामैत्री छैन । यो बजेटले संघीय, प्रदेश र स्थानीय सरकारको बीचमा तालमेल मिलाएर सबैलाई अघि बढाएर जनताका लागि घर–आगनमै सेवा–सुविधा पुर्याउने खालको बजेट भएन भन्ने नै हाम्रो बुझाइ छ ।

    दुई तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको स्थायी सरकार सत्तापक्षको नारा भयो । यस्तो सरकारको कामकारवाहीलाई चाहिँ रचनात्मक प्रतिपक्षी भएर मूल्याङ्कन गर्दा कस्तो छ ?
    मुलुकको संविधान लोकतान्त्रिक छ । संविधान अनुसार भन्ने हो भने शासन व्यवस्था बहुलबादमा आधारीत बहुदलीय लोकतान्त्रिक प्रतिष्पर्धामा आधारीत संसदीय व्यवस्था छ । तर, चुनाव जितेपछि एकदलीय निरंकुशतालाई अघि बढाउने सोँच राखेको कम्युनिष्ट शासन व्यवस्था नेपालमा हावी भयो । यसरी हेर्दा शासन व्यवस्था लोकतान्त्रिक छ । राज्यको वागडोर र सरकार चाँहि कम्युनिष्ट भयो । त्यसैले लोकतान्त्रिक व्यवस्थामा कम्युनिष्ट शैलीको शासन मिल्दो खालको देखिएको छैन । प्रेसमाथि, मानवअधिकारमाथि, धर्म, सस्कृति, परम्परामाथि लगाउन खोजेको अंकुशले पनि यही कुराको पुष्टि गर्छ । गुठियारहरुले विधेयकको विरोध गर्दै आन्दोलन गर्दा उनीहरुमाथि प्रहरीले गरेको दमन पनि त्यसैको एउटा नमूना हो । लोकतान्त्रिक व्यवस्थामा सरकार खुला हुनुपर्ने हो तर निरंकुश बन्न खोज्दा समस्या भएको छ । नागरिक मुलुकका मालिक हुन । यो भावनाले काम गर्नुपर्ने हो तर सरकारले अहिले रैतीको जस्तो व्यवहार गर्न खोज्दा समस्या भएको छ ।

    अहिले दिनहुँ तपाईंहरुले संसद् अवरुद्ध गर्दै आउनुभएको छ । यसरी सत्तापक्षलाई आरोप लगाउँदै गर्दा तपाईंहरुको पनि त कमजोरी त होलान् अनि संसद् नै अवरुद्ध गरेर त कसरी समृद्ध नेपाल बन्ला र होइन ?
    हामीले रहरले संसद् अवरुद्ध गरेको होइन । हेर्नुहोस् न पछिल्लो समय सरकारले एकपछि अर्को गर्दै गलत काम गर्दै आएको छ । मिडिया काउन्सिल विधेयक हेर्नुहोस्, गुठी विधेयक हेर्नुहोस् । गुठियारहरुलाई नै गुमराहमा राख्ने खालको विधेयक आएको छ । यसरी हेर्दा हरेक कुरा आलोचना गर्ने खालका भएका छन् । सरकारले हामीले भनेको नमानेपछि अन्तिम निर्णय गर्ने थलो संसद्मा हामीले हाम्रा आवाज बुलन्द बनाएका हौँ । सत्तापक्ष नै संसद्प्रति जवाफदेही छैन । अर्को कुरा प्रधानमन्त्री नै दिनहुँ प्रतिपक्ष कहाँ छ ? प्रतिपक्ष कहाँ छ ? भनेर भन्नुहुन्छ । उहाँहरुलाई बुलन्द दबाब नदिएसम्म नदेख्ने भएकाले पनि हामीले हाम्रो आवाजलाई बुलन्द बनाउन खोजेका मात्रै हौँ । सरकारले हामीले आम नागरिकले बोलेका कुराहरुलाई ध्यान दिने हो भने हामीलाई संसद् अवरुद्ध गर्नुपर्ने कुनै कारण नै छैन । हामी अवरोध गर्नु नपरोस् भन्ने चाहन्छौँ । तर, सरकार चाहिँ अवरोध होस् नै भन्ने चाहन्छ । सरकारले शैली नसच्याउने हो भने झन् समस्या थपिने निश्चित छ । सरकार समयमै सचेत भएको राम्रो ।

  • ‘लेडिज साँझ’मा रमाए महिला

    ‘लेडिज साँझ’मा रमाए महिला

    कल्पना घिमिरे ,न्युयोर्क
    ब्यस्त दैनिकी, काम, थकान सबै बिर्सिएर नेपाली महिलाले ज्याक्सन हाइटमा ‘लेडिज साँझ’ मनाएका छन् । अमेरिकाको न्यूयोर्क र आसपासका नेपाली महिला शनिबार साँझ नाजगान र खानपानमा मात्रै मस्त थिएनन् आफु भित्र रहेको प्रतिभा र क्षमता देखाउने होडबाजीमा पनि ब्यस्त थिए । नेपाली लेडिज साँझ डट कमले उनीहरुलाई यो सबै गर्ने अवसर जुराइदिएको हो । बर्षमा एक दिन भएपनि महिलाले परिवार, बालबच्चा र काम सबै छोडेर रमाइलो गरुन भन्ने उदेश्यले लेडिज साँझ कार्यक्रम गरिदैँ आएको हो । महिलाको काँधमा जहिलेपनि दोहोरो तेहोरो जिम्मेवारी हुने गर्छ । त्यसमाथि पनि विदेशमा बस्ने महिलाको जीवन निकै संघर्षपूर्ण हुन्छ । बालबच्चा, परिवार, घरभित्र र बाहिरको कामले उनीहरु निकै ब्यस्त हुन्छन् । लेडिज साँझमा यी सबै बिर्सिएर एकदिन भएपनि स्वतन्त्र रमाउँदै आफु भित्र लुकेर रहेको प्रतिभा प्रदर्शन गर्ने, साथीभाईसंग कुरा गर्ने गर्छन् । बिदेशमा रहेका नेपाली महिलाको शसक्तीकरण र विकासमा कार्यक्रमले योगदान पु¥याउँदै आएको कार्यक्रम संयोजक मुना राईले जानकारी दिइन् ।
    नेपाली लेडिज साँझ डट कमले आयोजना गरेको कार्यक्रममा महिलाहरुले निर्धक्क नाँचे । १८ वर्षका युवतीदेखि ४०÷५० वर्षका अधवैशे महिलाहरु एकै ठाउँमा जम्मा भएर रमाइलो गरेका थिए । गत वर्ष युवती र महिलाहरुलाई फेसन शो र ¥यापमा उतारिएको थियो । यस वर्ष भने नृत्य प्रस्तुत गर्दै बिभिन्न कार्यक्रम गरी मनाइयो ।
    दिनरात काममा खट्ने, पारिवारिक र बालबच्चाको जिम्मेवारीमै समय बिताउने हाम्रा दिदी बहिनीहरु एकैछिन सबैथोक बिर्सेर मेकअपले सजिसजाउ र राम्रा भएर कार्यक्रम हलमा पुगेका थिए ।
    कार्यक्रममा १८ वर्ष भन्दा माथिका महिलाको मात्रै उपस्थिति थियो । कार्यक्रम हलभित्र क्यामरा मेन, टेक्निसियन, डिजे र होटलका केही स्टाफ मात्र पुरुष थिए । अन्य पुरुष र बालबालिकालाई कार्यक्रम हल भित्र छिर्न अनुमति थिएन । कुनै जाती, वर्ग क्षेत्र, राजनीतिक दल, ठूलो सानो केही नहेरी सबै महिला समान हुन् भन्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिदँै आएको आयोजकले जनाएको छ ।
    सन् २०१२ देखि महिलाहरु सहभागी गराएर कार्यक्रम गर्न सुरु गरिएको हो । कार्यक्रमबाट उठेको रकमको मुनाफाबाट नेपालको बिभिन्न ठाउँमा र अमेरिकामा पनि सामाजिक सेवामा लगाउँदै आएको छ । सन् २०१३ मा नेपालकी मृगौला पीडित साबिका थापालाई मृगौला प्रत्यारोपणका लागि सहयोग गरेको थियो । २०१४ मा न्यूयोर्कमा प्रासा तुलाधरलाई फोक्सोको उपचारका लागि सहयोग गरेको थियो । फोक्सोको बिरामी तुलाधरको छ महिना अघि नै मृत्यु भइसकेको छ । एनआरएनमा उठेका महिला उम्मेद्धारको अन्तरक्रिया, गोर्खाल्याण्ड आन्दोलनका पीडितलाई राहत पु¥याउन सहयोग गरेको आयोजक समुहले जनाएको छ ।

  • अमेरिकाबाट अशोक राईको आक्रोश : प्रचण्डलाई किन हतारिनु परेको ?

    अमेरिकाबाट अशोक राईको आक्रोश : प्रचण्डलाई किन हतारिनु परेको ?

    न्युह्याम्पसायर

    अमेरिकास्थित न्युह्याम्पसायर राज्यको स्थानीय सिटी हुक्सेटमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा समाजवादी पार्टीका बरिष्ठ नेता अशोक राईले नेपालको संबिधानका केही प्राबधानहरु विभेदकारी भएको बताएका छन् । स्थानीय समाजवादी पार्टी समर्थित नेपालीहरुको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता राईले संबिधानका ति विभेदकारी प्राबधानहरु हटाउनु पर्ने बताउँदै भने; “त्यो संशोधन गर्नु अहिलेको आवश्यकता हो। यो संबिधानमा मौलिक हक सम्बन्धि धाराहरु अत्यन्त राम्रा छन् तर पहिचान, भाषा, धर्म जस्ता सवालमा यो संबिधानले विभेद गरेका छन् । यसलाई संसोधन गरेर उत्कृस्ट संबिधान बनाउने उद्देश्यले प्रधानमन्न्रीसँग लिखित सम्झौता गरेर हामी सरकारमा गएका हौं । त्यसको पालना हुन्न भने हामी सरकारमा बस्नुको औचित्य छैन” ।
    न्युह्याम्पसायर राज्यको स्थानीय हुक्सेटमा बिभिन्न संघ संस्थाका प्रतिनीधिहरु बीच आयोजित अन्तरक्रियामा उठेका जिज्ञासाहरुको उत्तर दिदै नेता राईले “स्थिर सरकारको कुरो उठेको बेला प्रचण्डजीले अहिले सम्झौताको कागज निकालेर किन बखेडा गर्नु परेको ? पांच वर्ष ओलीजीलाई नै दिए के बिग्रन्थ्यो र? पांच वर्ष मै प्रचण्डजी एक्स्पाएर भै हाल्ने पनि होइन होला ?” भन्दै आक्रोश ब्यक्त गरे ।
    अर्को एक प्रश्नको जवाफ दिदै नेता राईले आफूले एमाले छाडेकोमा कुनै पश्चाताप नभएको बताउदै भने “मैले एमाले फोडेको होइन छोडेको हो र चाइनिज उखान अनुसार दश पटक नाप, एक चोटी काटको सिद्धान्त अनुसार मैले एमाले परित्याग गरेकोले मलाइ कुनै पश्चाताप छैन । एमालेमा अत्याधिक मतले उपाध्यक्ष निर्वाचित भाको हुँ । त्यो पार्टीक नेताहरु सबैको बारेमा राम्रो थाहा छ । गौरव र आत्मसन्तुष्टी कै बिषय खोजी गर्ने हो भने त मैले हात समाएर पोलिटिक्समा लगाएको, मदन भण्डारीसंग बिहेको प्रस्ताव मैले नै लगेको र बिहे समेत गराई देको व्यक्ति अहिले रास्ट्रपति छिन् । म एमालेमा भएको भए लाभको पद त मिल्थ्यो होला तर देशको समुल परिवर्तनको लागि त्यहाँ बसेर केही गर्ने अवस्था थिएन। अहिले हिमाल पहाड तराईलाई एक बनाई मुलुकको आमुल परिवर्तनको लागी लागेको छु । त्यसमा मलाइ गर्व छ” ।
    राई अहिले अमेरिकाको निजी भ्रमणमा छन् ।गत हप्ता म्यासाच्युसेट्स राज्यस्थित प्रतिष्ठित कलेज एम आई टिबाट उनका छोराले कम्प्युटर साईन्समा बिद्याबारिधी गरेको दिक्षान्त समारोहमा सहभागी हुन आएका हुन्

  • गैह्र कानूनी रुपमा हतियार खरिद गरी आतंकबादी क्रियाकलाप गर्न खोज्ने ज्याक्सन हाईट्सका एक युवा पक्राउ

    गैह्र कानूनी रुपमा हतियार खरिद गरी आतंकबादी क्रियाकलाप गर्न खोज्ने ज्याक्सन हाईट्सका एक युवा पक्राउ

    न्युयोर्क । न्युयोर्कस्थित दक्षिण पूर्वी एसियाका आप्रवासीको घनावस्ती ज्याक्सन हाईट्समा बसोबास गर्दै आएका एक व्यक्ति आतंकबादी क्रियाकलाप गर्ने उद्देश्यले गैह्र कानूनी रुपमा हतियार खरिद गरेको अभियोगमा पक्राउ परेका छन् । २२ बर्षिया बंगालादेशी नागरिक आसिकुल अलामले न्यूयोर्क कै ब्यस्त पर्यटकीय सहर टाईम्स स्क्वायरमा आतंककारी हमालको योजना बनाउँदै गरेको प्रहरीले पुष्टि गरेपछि गत बिहिबार अलामलाई पक्राउ गरिएको जनाईएको छ । अलामलाई आज शुक्रबार न्युयोर्क ब्रुकलिन स्थित केन्द्रीय अदालतमा हाजिर गरीएको थियो ।

    अलामको संकास्पद क्रियाकलाप माथि न्युयोर्कस्थित बर्दी बिनाका जासुस प्रहारीले गत बर्ष अगस्ट महिनादेखि पिछा गरि रहेका थिए । आतंकबादी क्रियाकलापको योजना बनाउँदै आएको अलाम हतियार खरिदको लागि बिना बर्दी कै प्रहरीको सम्पर्कमा पुगेका थिए । अलाम हतियार खरिदका लागि उनी माथिनै जासुसी गरिरहेका बिना बर्दिका प्रहरीसँग १० महिनादेखि लगातार सम्पर्कमा थिए । आफैमाथि जासुसी गरिरहेका बिना बर्दीका प्रहरीसंगको सम्पर्कमा अलामले वासिंटन र टाईम्स स्क्वायरमा सम्भावित आत्मघाती बिस्फोट समेत गर्ने आफ्नो योजना भएको बारेमा समेत कुरा गरेको प्रहरी श्रोतले सञ्चार माध्यमहरुलाई बताएका छन् । प्रहरीले आरोपित अलाममाथि लगाईएको अभियोगमा भनिएको छ “अलामले पहिलो पटक जासुसी गरिरहेका प्रहरीलाई पहिलो पटक सन् २०१८ मा भेटेका थिए । सोही बर्ष डिसेम्बरमा पुन सिभिल प्रहरीसंग भेट गरी न्यूयोर्क सहर हमलाको बारेमा सल्लाह लिएका थिए । अलाम र ती सिभिल प्रहरी पेन्सिल्भानिया स्थित सुटिङ्ग रेञ्जसम्म पुगे । त्यसपछि गत अप्रिलमा आरोपित अलाम र ती सिभिल प्रहरीको बीचमा हतियार खरिदको बिषयमा छलफल भयो र अर्को हतियार पनि खरिद गर्ने चहाना अलामले देखाएपछि दोश्रो सिभिल प्रहरीलाई ब्यापारीको रुपमा अलाम भेट्न पुगे । त्यसपछि अलाम २ जना सिभिल प्रहरीको प्रत्यक्ष सम्पर्कमा पुगेपछि २ वटा सेमी अटोमेटिक पेस्तोलको लागि आफु २ हजार डलर तिर्न राजि भएको बताएका थिए भने अलामले त्यसपछि एके -४७ र ग्रिनेड पनि खरिद गर्न खोजेको बताएका थिए । गत बिहिबार अलाम पहिलो सिभिल प्रहरीको साथमा दोश्रो प्रहरीलाई भेट गर्न ब्रुकलिन स्थित प्रहरीको अपार्टमेन्टमा गएका थिए । त्यहि अपार्ट्मेटबाट अलाम पक्राउ परेको अलाममाथिको अभियोग पत्रमा जनाएको कुरा संचार माध्यमहरुले लेखेका छन् । आरोपित आसिकुल अलामका तर्फबाट प्रतिनिधित्व गरेका कानुन ब्यबसायीको २ लाख अमेरिकी डलरको धरौटीको प्रस्ताब सम्मानित अदालतकाका न्यायाधिसले समुदायकालागि खतरा हुने कारण देखाउदै अस्विकार गरे । अलाम अमेरिकाका ग्रीन कार्ड होल्डर हुन् ।

  • आप्रबासी सम्बन्धि मुद्धामा सहमतिसँगै ट्रम्पले मेक्सिकोलाई लगाउने भनेको भन्सार स्थगित

    आप्रबासी सम्बन्धि मुद्धामा सहमतिसँगै ट्रम्पले मेक्सिकोलाई लगाउने भनेको भन्सार स्थगित

    न्यूयोर्क ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार देखि मेक्सिकोलाई लगाउने भनेको अतिरिक्त भन्सार स्थगित गरेको जनाएका छन् । आप्रबासी सम्बन्धि मुद्धामा मेक्सिको सहमतिमा आएसँगै अतिरिक्त भन्सारको निर्णय आफुले फिर्ता लिएको ट्रम्पले जनाएका हुन् । ‘म यो सूचित गर्न चाहन्छु कि संयुक्त राज्य अमेरिका र मेक्सिको बिच एक सहमतिमा हस्ताक्षर भएको छ, जस अनुसार सोमबारबाट मेक्सिकन उत्पादनमा लगाउने भनिएको अतिरिक्त भन्सार अब कार्यान्वयन हुनेछैन’ ट्रम्पले ट्विट गर्दै भनेका छन् । त्यसको बदलामा मेक्सिकोले आफ्नो भूमी भएर अमेरिका छिर्ने आप्रबासीलाई कडाइ गर्ने ट्रम्पको दावी छ । मेक्सिकोले खुकुलो नीति लिँदा दक्षिणी सीमाबाट गैर कानुनी आप्रबासी बढेको आरोप लगाउँदै ट्रम्पले मेक्सिकन उत्पादनलाई अतिरिक्त कर लगाउने घोषणा गरेका थिए

  • बजेटमा सकारात्मक र कमजोर दुबै पक्ष छन्

    बजेटमा सकारात्मक र कमजोर दुबै पक्ष छन्

    डा. चन्द्रमणि अधिकारी
    अर्थविद्

    सरकारले आर्थिक वर्ष ०७६–७७ को बजेट यही जेठ १५ मा सार्वजनिक ग¥यो । बजेटको विषयलाई लिएर अहिले संसद्मा छलफल जारी छ । सत्तापक्षले बजेट सकारात्मक भएको भनिरहेका छन् भने प्रतिपक्षले बजेटको विरोध गरेका छन् । सरकारले यो पटकको बजेटमा हिमाली तथा उच्च पहाडी जिल्लामा विनियोजित बजेटमध्ये आर्थिक वर्षको अन्त्यमा खर्च हुन बाँकी रकम तत्कालै अर्को वर्षको आरम्भदेखि नै खर्च गर्न मिल्ने गरी निकासा गर्ने व्यवस्था, राष्ट्रिय आयोजना बैंकको क्षमता सुदृढीकरण गरी कार्यान्वयन गर्ने, ठूला आयोजना शीघ्र कार्यान्वयनका लागि छुट्टै कानूनी व्यवस्था गर्ने, सार्वजनिक खरिद कानूनमा आवश्यक संशोधन गर्ने, निर्माण सम्पन्न भएपछि कम्तीमा पाँच वर्षसम्म सम्बन्धित निर्माण व्यवसायीले नै मर्मत गर्नुपर्ने व्यवस्था गर्ने, राष्ट्रिय गौरव लगायत आयोजनाहरुको नियमित रुपमा अनुगमन तथा मूल्यांकन गर्ने पद्धति विकास गर्नेजस्ता कुरा बजेटमा समावेश गरेको छ । नेपाल भ्रमण वर्ष २०२० सञ्चालन गर्ने, पर्यटकीय स्थलहरुको प्रचार प्रसार, पहिचान भएका गन्तव्यहरुको पूर्वाधार निर्माण गर्ने, ऐतिहासिक गढी, किल्ला र बाटोहरू संरक्षण गर्ने,दार्चुलादेखि ताप्लेजुङ जोड्ने हिमालयन हरित पदमार्ग निर्माण गर्ने जस्ता कुरा पनि बजेटमा उल्लेख गरिएको छ । यी सबै पक्ष सकारात्मक रहेको सत्तापक्षको भनाइ छ भने प्रतिपक्षले बजेट वितरणमुखी भएको भन्दै विरोध गरेको छ । बजेटकै विषयमा केन्द्रित भएर अर्थविद् डा. चन्द्रमणि अधिकारीसँग मोहन बास्तोलाले गरेको कुराकानी—

    सरकारले आर्थिक वर्ष ०७६–७७ को बजेट सार्वजनिक गरेको छ । यो बजेटको विषयलाई लिएर विभिन्न खाले चर्चा–परिचर्चा पनि सुरु भएका छन् । अहिले संघीय संसद्मा बजेटमाथिको छलफल जारी छ । तपाईंले चाहिँ बजेटलाई कसरी लिनुभएको छ ?

    बजेट भन्ने विषय नै अर्थराजनीतिक, प्राविधिक र समाजका सबै पक्षलाई समेट्ने विषय हो । यो मनोविज्ञानलाई प्रभावित पार्ने विषय पनि हो । त्यसैले सकेसम्म सबैको मनोविज्ञानलाई समेट्ने गरी बजेट आउनुपर्छ भन्ने हो । तर, त्यो सम्भव नहुन पनि सक्छ अर्थात् बजेट निर्माण गर्ने सन्दर्भमा सबैको मनोविज्ञानलाई समेट्न खोजे पनि त्यो सम्भव नहुन सक्छ । यो अवस्थामा बढीभन्दा बढी जनताले के चाहेका छन् भन्ने कुराको चाहिँ बजेटले सम्बोधन गर्नुपर्ने हुन्छ । मैले यो बजेटलाई विभिन्न कोणबाट हेरेको छु । समग्रमा भन्ने हो भने बजेटका सकारात्मक र कमजोर दुबै पक्ष यो बजेटमा पनि देखिएका छन् ।
    गतसाल र यो पटकको बजेटलाई तुलना गरेर हेर्ने हो भने यो पटकको बजेटलाई प्राविधिक ढंगले मात्र हेर्नु हुँदैन भन्ने लागेको छ । बजेट अर्थराजनीतिक विषय पनि भएकाले त्यसलाई त्यो पाटोबाट पनि हेर्नुपर्छ भन्ने लागेको छ । यो बजटेलाई टेक्नोक्र्याटको दृष्टिकोणबाट मात्रै हेरेर पनि हुँदैन । त्योसँगै पूर्ण रुपमा राजनीतिक आँखाबाट मात्रै पनि हेरेर हुँदैन । यसलाई साङ्गोपाङ्गो हिसाबले हेर्ने हो भने गत सालभन्दा यो बजेट सकारात्मक छ भन्न सकिन्छ ।

    अहिले केहीबेरमा बजेटका कमजोरी पक्षका बारेमा चर्चा गरौंला । अहिले चाहिँ यो बजेटका विषयमा सकारात्मक पाटोको पनि चर्चा गरौँ न ?

    यसका उद्देश्य र प्राथमिकताहरु ठीक छन् । बजेटले नागरिकका मौलिक हक र अधिकारका रुपमा रहेका आवश्यकताहरु शीघ्र परिपूर्ति गर्दै जीवनस्तरमा गुणात्मक सुधार गर्ने, उपलब्ध स्रोत–साधन, अवसर र क्षमताको उच्चतम उपयोग तथा न्यायिक वितरण गर्दै सामाजिक न्यायसहितको द्रुत आर्थिक विकास गर्ने र आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा रुपान्तरण हुँदै समुन्नत र समृद्ध समाजवाद उन्मुख अर्थतन्त्रको आधारशिला निर्माण गर्ने उद्देश्य लिएको छ । यो सकारात्मक छ भन्न सकिन्छ ।

    बजेटका प्राथमिकताका बारेमा पनि केही भन्नु छ ?

    हो, बजेटले चरम गरिबीको अन्त्य र पिछडिएका क्षेत्र, वर्ग र समुदायको शीघ्र उत्थान गर्दै सामाजिक सुरक्षाको विस्तारसहित लोककल्याणकारी राज्यव्यवस्था निर्माण, उत्पादक शक्तिको विकास, उत्पादन सम्बन्धको रुपान्तरण तथा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा राष्ट्रिय पुँजी निर्माण, रोजगारी सिर्जना र आयवृद्धि गर्नेजस्ता कुरालाई प्राथमिकतामा राखेको छ ।
    त्यसैगरी गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक र कृषि, उद्योग, पर्यटन लगायतका आर्थिक पूर्वाधार विकास, राष्ट्रिय रणनैतिक महत्वका भौतिक पूर्वाधार संरचनाको विकास तथा निर्माण र अधुरा आयोजनाहरुको कार्यान्वयन गर्ने विधिको शासन, सार्वजनिक सेवाको प्रभावकारिता, जवाफदेहिता र विकासमा जनसहभागिता मार्फत नागरिकलाई अनुभूति हुने सुशासन प्रवद्र्धन गर्ने, स्रोत–साधन, अवसर र जिम्मेवारीको उच्चतम उपयोग गर्न संघ, प्रदेश र स्थानीय तह तथा सहकारी र निजी क्षेत्रबीच सहकार्य गर्नेजस्ता कुरा पनि बजेटमा सकारात्मक पक्ष हुन् । सामाजिक सुरक्षाभत्ता जस्ता कुरालाई पनि प्राथमिकतामा राखिएको छ । यो पनि सकारात्मक कुरा हो । तर, कार्यान्वयन पक्ष भने जटिल छ । यसमा सरकारको ध्यान जान जरुरी छ ।
    त्यसैगरी अर्थतन्त्रलाई चलायमान बनाउनेजस्ता कुरा पनि बजेटमा छन् । विकास र पूर्वाधारको आधार तयार गर्ने कुरामा पनि बजेट केन्द्रित रहेको देखिन्छ । कतिपय सन्दर्भमा हिजोका विषयलाई पनि सम्वोधन गर्न खोजको छ । पुँजीबजारलगायतका विषयमा पनि बजेटले सम्वोधन गरेको छ । माटो, पानी, मानव संसाधन र प्रविधिलाई एकै ठाउँमा ल्याउने विषयलाई हेर्ने हो भने पनि बजेट सकारात्मक छ भन्न सकिन्छ । उद्योग, व्यापार र पर्यटनसँग जोड्ने गरी केबुलबार सञ्चालन गर्ने भन्ने कुरा पनि सकारात्मक हो भन्ने लागेको छ ।

    कमजोर पक्ष पनि त होलान् नि बजेटका, यो विषयमा तपाईंको धारणा ?

    बजेटको संरचनालाई हेर्ने हो भने चालु पुँजी र राजस्व परिचालनको विधि अत्यन्त न्यून भएर गएको देखिएको छ । राजस्व र चालुपुँजीको बीचको अन्तर २३–२४ अर्ब मात्रै बढी भएको देखिन्छ । त्यसले गर्दा राजस्वको लक्ष्य पूरा गर्न कठिन देखिन्छ । त्यसका लागि आन्तरिक ऋण वा वैदेशिक सहायता माग्नुपर्ने हुन्छ । यो बजेटको चुनौतीपूर्ण पक्ष हो ।
    बजेटको आकारकै सन्दर्भमा कुरा गर्ने हो भने पनि १५ खर्बको हाराहारीमा आउनु उपयुक्त होला भनेको थिएँ । हाम्रो स्रोत–साधनलाई हेर्ने हो भने पनि त्यो उपयुक्त हुन्थ्यो त्यो ठिकै छ । तर, पुँजीगत खर्च २६ प्रतिशतको हाराहारीमा राख्दा सन्तुलित भएन कि भन्ने पनि लागेको छ । यसले निजी क्षेत्रलाई दिने स्थान बनाउन नसक्ने हो कि भन्ने चिन्ता पनि पैदा गरेको छ । यसले हामीले अनुमान गरेको आर्थिक वृद्धिदरमा पनि बाधा पुग्ने हो कि भन्ने छ । त्योसँगै यो बजेटपछि मुद्रास्फितिमा चाप पर्ने हो कि भन्ने पनि चुनौती छ । यसले परियोजनाहरुको लागत बढ्ने र समग्र अर्थतन्त्रमै असर गर्ने पनि हुन सक्छ । कतिपय योजनाहरु स्थानीय तहले गर्ने काम केन्द्रमा राखिएको छ । त्यो त्यति सकारात्मक नहोला कि भन्ने लागेको छ । जस्तै बाल उद्यान बनाउने लगायतका काम केन्द्रको होइन । स्थानीय तहको हो । यो पाटोबाट हेर्दा बजेट ल्याउने सन्दर्भमा अझै अध्ययन पुगेन कि भन्ने पनि लागेको छ ।

    सामाजिक सुरक्षा भत्ता बढाउने, कर्मचारीको तलब वृद्धि गर्नेजस्ता कुरा पनि बजेटमा समावेश गरिएको छ । यसको सन्दर्भमा के भन्नुहुन्छ ?
    सामाजिक सुरक्षा भत्ता दिने, तलब वृद्धि गर्ने कुरा नकारात्मक होइन । तर, तलब वृद्धिसँगै यसैको निहुँमा महँगी बढ्ने र बजार भाउ आकासिने हुन्छ । यसमा सरकारले उचित अनुगमन गरी त्यसलाई निरुत्साहित गर्न जरुरी छ ।
    सामाजिक सुरक्षाभत्ताले स्वाभाविक रुपमा चालु खर्च बढाएको छ । तर, कतिपय सन्दर्भमा दोहोरोपन परेको छ । कतिपय चाहिँ दिवंगत भएकाहरुले पनि त्यो सुविधा लिइरहेका छन् । यो कुरामा ध्यान दिने हो भने विगतकै खर्चले पुग्ने अवस्था पनि आउन सक्छ । यसमा ध्यान जान जरुरी छ ।

  • ३० जना काँग्रेस नेता–कार्यकर्ताको यूरोप भ्रमण तय

    ३० जना काँग्रेस नेता–कार्यकर्ताको यूरोप भ्रमण तय

    काठमाडौंं। नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधी यही जुन ५ मा हुने संसदीय निर्वाचनको पर्यवेक्षणका लागि सोमबार डेनमार्कको राजधानी कोपनहेगन प्रस्थान गरेका छन् । डेनिस इन्स्टिच्यूट फर पार्टीज एण्ड डेमोक्रेसी (डीआइपीडी)को निम्तोमा उपसभापति निधी कोपनहेगन प्रस्थान गरेका उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । निधीले आफ्नो भ्रमण अफिसियल भएको दाबी गरेका छन् ।
    डेनमार्क भ्रमणका क्रममा  इलेक्सन अभियानको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यसक्रममा उपसभापति निधिले त्यहाँका मतदाता, युवा, महिला लगायतका समूहसँग भेटेर कुराकानी गर्नेछन् । यसैगरी चुनावको दिन बिहीबार मतदान स्थलमा पुगेर अवलोकन गर्ने कार्यक्रम रहेको छ । उपसभापति निधिले चुनावको भोलिपल्ट राजनीतिक दलका नेताहरुसँग अन्तरक्रिया गर्ने तयारी गरिएको छ ।
    नेपाल डेनमार्क बाहिर बनेको डीआइपीडीको पहिलो सदस्य मुलुक हो । जसलाई सन् २०१० मे २६ मा त्यहाँको संसद्ले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसद्ले सन् २०१२ मा विभिन्न राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको दलहरुको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो ।
    नेपालजस्तो विकासशील मुलुकमा प्रजातान्त्रिक शासन व्यवस्थाको सबलीकरणका लागि दलहरु बलियो हुनुपर्छ भन्ने मान्यताअनुसार डेनमार्कको संसद्ले यो संस्था गठन गरेको हो । यो संस्थाले मुलुकमा दलहरुबीचको सहकार्यमा जोड दिने गर्दछ ।
    परिवारसहित पुगेका निधिको आलोचना
    नेपाली काँग्रेसका संसारभर छरिएर रहेका कार्यकर्ताको भेला डेनमार्कको राजधानी कोपनहेगनमा हुँदै छ । त्यसका लागि झण्डै ३० जना नेता कार्यकर्ता यूरोप भ्रमणमा निस्किने भएका छन् । निधी पहिल्यै गएर परिवारसहित घुमघाम गर्ने योजनाले डेनमार्क लागिसकेका छन् । अन्य केही नेता पनि परिवारसहित जाने भएपछि चर्को आलोचना भएको छ ।
    तीन दिनसम्म चल्ने भेलामा संसारका तीन दर्जन देशका प्रतिनिधिको सहभागिता रहने भएको नेपाली जनसम्पर्क समिति डेनमार्कले जनाएको छ । संसारभरबाट जुन २१देखि २३ तारिखसम्म भेला आयोजना गरिएको हो । भेलामा नेपालबाट विदेश गएका नेपालीलाई मताधिकारको व्यवस्थाको माग र अक्टोबरमा हुने एनआरएन चुनावका विषयमा समेत विशेष छलफल हुने तय भएको छ ।
    नेपाली काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा. शशांक कोइराला, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, नेताहरु डा. मिनेन्द्र रिजाल, भीष्मराज आङदेम्बे, धनराज गुरुङ लगायत झण्डै एक दर्जन नेता सहभागी हुनेछन् ।
    कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको छ । समितिले तयारीसमेत शुरु गरेको छ । विभिन्न उपसमिति बनाएर तयारी गरिएको नेपाली जनसम्पर्क समिति डेनमार्कले जनाएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन)को अक्टोबरमा हुने महाधिवेशनका विषयमा समेत भेलामा छलफल हुने भएको छ ।
    भेलामा नेपाली काँग्रेस निकट एनआरएनका पदाधिकारी उपस्थित हुने भएका छन् । एनआरएनमा अल्पमतमा परेको नेपाली काँग्रेस निकट एनआरएनका पदाधिकारीले पार्टीगत हिसाबले अबको चुनावमा नलागे विदेशमा पार्टीको अवस्थासमेत मजबुत नहुने जानकारी गराउने भएका छन् । त्यसका लागि एनआरएनका उपाध्यक्ष कुल आचार्य, सोम सापकोटा लगायतको टोलीले आन्तरिक रुपमा तयारी गरेको स्रोतको दाबी छ ।
    समितिको डेनमार्क सभापति वीरेन्द्रसिंह कार्कीले भने अन्य विषयबस्तुभन्दा पनि पार्टीको अवस्थाका विषयमा भेलामा छलफल हुने बताए । उनले विदेशमा रहेका नेपालीले कूटनीतिक नियोगमार्फत मताधिकारको सुनिश्चतताका लागि पहल गरिने जानकारी दिए । डेनमार्कको राजधानी कोपनहेगनको भेष्टरपोर्टमा कार्यक्रम आयोजना गरिएको छ । रिचमण्ड होटलमा हुने भेलाको तयारीका लागि विभिन्न २० उपसमिति बनाइएको छ । नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति कार्कीको संयोजकत्वमा तयारी समिति गठन गरिएको छ । नेपाली काँग्रेसभित्रको गुटगत राजनीति भेलामा पनि झल्किने भएको छ । काठमाडौंबाट डेनमार्क पुग्ने नेताहरु पनि हरेक गुटबाट प्रतिनिधित्व गरेर जान लागेका छन् । एक हुल नेता कार्यकर्तालाई बोलाउँदा सबै गुटको प्रतिनिधित्व भएको तयारी समितिका एक सदस्यले व्यङ्ग्य गरेका छन् ।

  • सगुनमा बढ्दैंछ लगानीकर्ताको संख्या, टेक्ससका व्यवसायीहरुको पनि बढ्यो सक्रियता

    सगुनमा बढ्दैंछ लगानीकर्ताको संख्या, टेक्ससका व्यवसायीहरुको पनि बढ्यो सक्रियता

    टेक्सस ।

    नेपालीद्धारा नेपालीहरुकैं लगानीमा सुरु गरिएको सगुन कम्पनीले आफ्नो सगुन लाइट एप वजारमा ल्याएको छ । एप बजारमा ल्याएस“गैं कम्पनीमा लगानी गर्ने र लगानी बढाउने व्यापारी, व्यवसायी तथा सामाजिक अभियन्ताहरुको सक्रियता समेत बढेको कम्पनीले जनाएको छ ।
    पछिल्लो समय अमेरिकाका विभिन्न शहरमा वस्ने नेपालीले यसमा लगानी गर्ने क्रम समेत बढेको छ । कम्पनीमा विश्वभर छरिएर रहेका झण्डैं ४६ सय बढी शेयर धनी रहेका छन् ।
    कम्पनीले केही समय अघि सगुन एप वजारमा ल्याएको थियो । जसका झण्डैं ३ दशमलव २ मिलियन प्रयोगकर्ता रहेको बताइएको छ । कम्पनीले विभिन्न प्रोडक्टहरु बजारमा ल्याउने यस अघि नैं उल्लेख गरिसकेको छ । कम्पनीको प्रोडक्ट सगुन लाइट एपको लोकप्रियतास“गैं सगुनमा लगानी गर्न चाहनेहरुको संख्यामा समेत वृद्दि भएको र धेरैंले इच्छा समेत जाहेर गरेपछि कम्पनीले केही प्रावधानसहीत लगानी खुल्ला गरेको थियो । यो सगैं अमेरिकाका विभिन्न राज्यका साथैं टेक्सस राज्यको डलास वरपर वस्ने नेपाली व्यापारी, व्यवसायी तथा सामाजिक अभियन्ताहरुले लगानी गर्नुका साथैं गरिसक्नुभएकाहरुले लगानी थप गरेको सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले जनाए ।
    सगुनले सर्वसाधारणहरुका लागी गत वर्षसम्म खुल्ला गरेको मिनी आइपीओ बन्द भइसकेपछि हाल योग्य लगानीकर्ताहरुले मात्र प्राइभेट प्लेसमेन्ट मार्फत लगानी गर्न पाउने व्यवस्था गरी सो को लागि कम्तिमा अमेरिकी डलर १५ हजार लगानी गर्नु पर्ने प्रावधान राखेको छ । सगुन कम्पनीका सिटौलाका अनुसार हाल सगुनले ठूला लगानीकर्ताहरु भित्राउने तयारी गरिरहेको बेला थोरै समयकालागि मात्रैं खुल्ला गरिएको र इच्छुक लगानीकर्ताहरुले अहिले पनि लगानी गर्न सक्नेछन् ।
    सगुनको मिनि आई पि ओ निस्काशन गर्दाको अबस्थाको भर्च्यूयल मूल्य ९३ मिलियनबाट १९० मिलियन पुगेको कुरा सगुनले जानकारी गराएको छ । सगुनका अनुसार कम्पनीको मूल्याकंन स्कालर नामको स्वतन्त्र व्यवसाय मूल्याकंन फर्मले गरेको हो । कम्पनीका सहसंस्थाक सिटौलाले इच्छुक लगानकर्ताहरुलाइ विशेष अवसर प्रदान गर्ने उद्देश्यले पुरानै मूल्याकंनका आधारमा हाल लगानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
    अमेरिकाको ठूलो राज्य टेक्ससमा बसोबास गर्ने अधिकांश नेपालीहरु आफ्ना व्यवशाय सञ्चालन गरिरहेका पाइन्छन् । सगुन कम्पनीले एक विज्ञप्ती मार्फत जनाए अनुसार पछिल्लो समय खुला गरिएको लगानी कार्यक्रमका क्रममा लगानीको अवसरलाइ सदुपयोग गर्दै  सगुनका संस्थापक लगानीकर्ता तथा एनआरएनए अमेरिकाका पूर्व उपाध्यक्ष व्यवसायी आर सी पोखरेल, एनआरएनए आइसिसीका सल्लाहकार व्यवसायी हरीबोल भण्डारीले लगानी थप गरेका छन् । एनआरएनए अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक व्यवसायी गौरी जोशीले समेत यस भन्दा अगाडि नै सगुनमा लगानी गरिसकेका छन् ।
    यस्तै व्यवसायीहरु बासुदेव भण्डारी, नरेश पाण्डे, उमेश प्रधान,  सीता सापकोटा, भरत अर्याल,  कपिल अधिकारी, चन्द्र नगरकोटी तथा उत्तम लामिछाने, युवा व्यवशायी सुवर्ण पोखरेल, सुमिरन सापकोटा लगायतले समेत लगानी गरेका छन् ।
    नेपाली समाज टेक्सस(एनएसटी)का पूर्व अध्यक्षहरु व्यवसायी तथा समाजसेवी भुवन आचार्य,बैकुण्ठ थापा तथा लवक नेपाली समाजमा समेत आवद्ध प्रा.डा. मेघनाथ पराजुलीले समेत लगानी गरेका छन् । अमेरिकामा दर्ता भएको स्टार्ट अप कम्पनी सगुनले दक्षिण एशियालाई लक्षित गरि विश्वमा रहेका सामाजिक सञ्जाल तथा इकमर्श भन्दा आफूलाई भिन्न
    रुपमा प्रस्तुत गरी विश्व बजारमा प्रतिष्पर्धा गर्ने गर्ने गरी अघि बढिरहेको सहसंस्थापक सिटौलाले जनाए ।
    सगुनले भरखरै ल्याएको सगुन लाईट एप गुगल प्ले स्टोर र एपपल स्टोरमा उपलब्ध रहेको तथा डब्लुडब्लुडब्लु डट सगुन लाइट डट कममा गएर पनि डाउन लोड गर्न सकिने कम्पनीले जनाएको छ ।

  • हामी अचम्म परेका छौं, केही उपाय होला ?

    हामी अचम्म परेका छौं, केही उपाय होला ?

    रमेश श्रेष्ठ

    कानुन व्यवसायी ,न्युयोर्क

    म युएस सिटिजन हुँ र मैले मेरो श्रीमान्का लागि भिसा पेटिसन फायल गरी मेरो श्रीमान्ले युएस एम्बेसी, काठमाडौंमा पनि अन्तरवार्ता दिनुभयो । अन्तरवार्तापछि एम्बेसीले एड्मिनिष्ट्रेटिभ प्रोसेसिङ भनेर ८ महिनासम्म केस होल्ड गरेर राख्यो । केही दिनअघि युएस एम्बेसीले मेरो श्रीमानलाई बोलाएर पासपोर्ट र ओरिजिनल डकुमेन्ट्सहरु फिर्ता दिएर पठाएछ । मैले एम्बेसीमा इन्क्वायरी गर्दा मेरो पेटिसन युएसएमा रिभोकेसनको रिकमेन्डेसनसहित युएससीआईएसमा पठाएको कुरा बतायो । म र मेरो श्रीमान् दुवै अचम्ममा परेका छौं । के भएको होला ? र, अब के उपाय गर्न सकिन्छ होला ? केही अन्य उपाय भए बताइदिनुहुन अनुरोध गर्दछु ।
    – निर्मला, ब्रुकलिन

    तपाईंको इमेडियट रिलेटिभ (आईआर) पेटिसन यहाँ युएससीआईएसमा एप्रुभ भए पनि त्यसका आधारमा तपाईंको श्रीमान्ले फायल गरेको भिसा एप्लिकेसनलाई युएस कन्सुलरले एप्रुभ गर्नुपर्ने हुन्छ । युएस एम्बेसीमा अन्तरवार्ताको स्टेजमा पुगेपछि युएस कन्सुलेट अफिसले मुख्यरुपमा तपाईंको विवाह जेन्यून हो कि होइन भन्ने तथ्यलाई पुनः परीक्षण गर्ने हुन्छ । यो कार्य मुख्यतया युएस एम्बेसीको फ्रड डिटेक्ेसन युनिटले गर्ने हुन्छ । यस प्रक्रियामा जाँदा भिसा एप्लिकेसन्स (डीएस–२३० र डीएस–२६०) लाई एड्मिनिष्टे«ेटिभ प्रोसेसिङमा राखिने गरिन्छ । इन्भेष्टिगेसनको सिलसिलामा तपाईंको श्रीमान्ले अन्तरवार्ताको समयमा दिएको टेस्टिमोनिज र अन्य फिल्ड इन्भेष्टिगेसनबाट प्राप्त भएको इन्फर्मेसनलाई कम्पेयर र विश्लेषण गरिन्छ । यदि प्राप्त भएको इन्फर्मेसन कन्फ्लििक्टिङ वा इनकन्सिस्टेन्ट देखिन आएमा पेटिसनर र बेनिफिसियरीको रिलेसनसिप जेन्यून नभएको प्रष्ट हुन आउँछ । यस्तो अवस्थामा युएस कन्सुलेट अफिसले भिसा एप्लिकेन्ट (बेनिफिसियरी) उक्त भिसा इस्युयान्सका लागि इनएलिजिबल भएको ठहर गर्नेछ । भिसाका लागि इनएलिजिबल भएको निर्णयपछि युएस कन्सुलेट अफिसले उक्त आई–१३० भिसा पेटिसन, रिभोकेसनको रिकमेन्डेसनका कारणहरुसहित युएससीआईएस अफिस अमेरिकामा पठाउनेछ । तपाईंको केसमा पनि कन्सुलेट अफिसले त्यस्ता आधारहरु प्राप्त गरेको हुन सक्छ, जसका कारणले नकारात्मक निर्णय लिन पुगेको छ ।
    तपाईंको पेटिसन प्याकेट युएससीआईएसले पाएपछि तपाईंलाई पत्रद्वारा इन्टेन्ट टु रिभोक भन्ने पत्र आउनेछ । तपाईंले सो पत्र इस्यू भएको दिनदेखि ३० दिनभित्रमा त्यसको रिबुटल पेश गर्न सक्नुहुनेछ । यदि तपाईंको रिबुटलले युएस कन्सुलेटले उठाएका प्रश्नहरुलाई ओभरकम गर्न सकेमा युएससीआईएसले सो पेटिसनलाई रिफर्म गर्नेछ र युएस कन्सुलेटमा फिर्ता पठाइदिनेछ । र, युएस कन्सुलेटले भिसा इस्यू गर्न सक्नेछ । तर, यूएससीआईएसले तपाईंको जबाफ पाएर पनि सो पेटिसन रिभोक गर्ने निर्णय ग¥यो भने भिसा पेटिसन रिभोक हुनेछ ।

  • दुई हप्ता बित्यो,  सार्वजनिक भएन एनआरएन अमेरिकाको पूर्ण मत परिणाम

    दुई हप्ता बित्यो,  सार्वजनिक भएन एनआरएन अमेरिकाको पूर्ण मत परिणाम

    कल्पना घिमिरे
    न्यूयोर्क
    गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, अमेरिका (एनआरएनए)को निर्वाचन सकिएको १७ दिन बित्यो । तर, अझै कुन राज्यमा कति मत प्राप्त भएको थियो ? कुन–कुन उम्मेदवारले कुन–कुन राज्यबाट के–कति मत पाए भन्ने नतिजा सार्वजनिक हुन सकेन । विद्युतीय प्रणालीमा निर्वाचन सकिएको १–२ मिनेटभित्रै नतिजा सार्वजनिक हुनुपथ्र्यो, तर एनआरएन अमेरिकाको निर्वाचनमा त्यसो भएन । निर्वाचन गत मे १९ गते राति १२ बजे सकियो नतिजा २० गते बिहान मात्रै सार्वजनिक भयो । त्यो पनि एकमुष्ट ।
    अहिलेसम्म जित्ने र पराजित हुनेको एकमुष्ट मात्रै रिजल्ट आएको छ । पराजित उम्मेदवारहरुलाई कुन–कुन राज्यमा कति–कति मत प्राप्त भयो ? जित्नेले कति ल्याए, पराजितले कति पाए भन्ने जान्न खोज्नु स्वाभाविकै हो । यसै सन्दर्भलाई लिएर पराजित उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत गुनासो पोखिरहेका छन् । उम्मेदवारले मात्र होइन एनआरएन अमेरिकालाई माया गर्ने आम सर्वसाधारणले पनि मतपरिणाम सार्वजनिक हुन नसकेकोबारे आक्रोश पोखिरहेका छन् ।
    तर, निर्वाचन आयोगले कुनै जवाफ दिएको छैन । गत मे महिनाको १८ र १९ मा अमेरिकाभर एनआरएन अमेरिकाको केन्द्र र च्याप्टरको निर्वाचन भएको थियो । १९ गते राति १२ बजे निर्वाचन सकिएपछि निर्वाचन आयोगले २० गते बिहानै एकमुष्ट मत परिणामका आधारमा विजयी घोषणा ग¥यो । ‘सबै राज्यको निर्वाचन परिणाम सार्वजनिक हुन नसकेपछि, आफू उम्मेदवार भएको र सोचेभन्दा विपरीत नतिजा आएकाले कहाँ–कसरी अनुमान फरक परेछ भन्ने जान्ने प्रयास गरेको हुँ,’ अध्यक्षका उम्मेदवार सञ्जय थापा फेसबुकमा लेख्छन्, ‘मैले निर्वाचन सकिएको २ दिनपछि २२ गते नै निर्वाचन आयुक्तलाई इमेल पठाएर राज्यअनुसारको पूर्ण मत परिणाम सार्वजनिक गर्न अनुरोध गरेको थिएँ, तर अहिलेसम्म त्यसको जवाफ आयो न त मत परिणाम नै ।’
    उनका अनुसार अन्तिम समयसम्म पनि निर्वाचन हुन्छ कि हँुदैन भनेर अन्यौलता थियो । मतदान सुरु हुनुभन्दा २ घण्टा अघि मात्रै अन्तर्राष्ट्रिय समन्वय समितिले निर्वाचनमा जाने निर्णय ग¥यो । अर्कोतिर २०९३ सदस्य कसले, कहाँ र कहिले प्रमाणित ग¥यो भन्ने प्रश्नले बजार तातिरहेको थियो । त्यस्तो अवस्थामा निर्वाचन भएर अझै पूर्ण मतपरिणाम सार्वजनिक नहुँदा संस्थाप्रति थप अविश्वास, वितृष्णा र असन्तुष्टि जागेको छ । उनले निर्वाचन आयोग, राष्ट्रिय समन्वय समिति अमेरिकाको मौजुदा तथा नवनिर्वाचित बोर्ड र अन्तर्राष्ट्रिय समन्वय समितिलाई समेत छानबिनका बाँकी कामहरु चाँडै सम्पन्न गर्न र मतदानको पूर्ण विवरण सार्वजनिक गर्न अनुरोध गरेका छन् ।
    अध्यक्षका अर्का उम्मेदवार सूर्य लम्सालले पनि निर्वाचन परिणाममा असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय समितिसँग जवाफ मागेका थिए ।
    जानकारहरुका अनुसार विद्युतीय प्रणालीमा कम्प्युटरको एउटा बटम थिच्यो भने मिनेटभित्रमै सम्पूर्ण नतिजा छर्लङ्ग हुनुपर्ने हो । तर, निर्वाचन आयोगले विभिन्न राज्यहरुको नतिजा अझै किन सार्वजनिक गर्न सकेन ?
    निर्वाचन आयोगका प्रवक्ता कुल आचार्य भन्छन्, ‘अमेरिकाभर ७ वटा राज्यहरुमा च्याप्टरको निर्वाचन भएको थियो । उक्त च्याप्टरहरुको नतिजा २० गते नै सार्वजनिक गरेका हौं । सार्वजनिक भएको मत परिणामको नतिजा हामीले वेबसाइटमा राखिसकेका छौं । तर, अन्य राज्यहरुको निर्वाचनको नतिजा केन्द्रको नतिजामै मिसिएर आएको हुनाले छुट्याएर सार्वजनिक गर्न नसकेको हो । हामीले प्रत्येक राज्यको नतिजा छुट्याएर दिन निर्वाचन गराउने कम्पनीसँग मागिरहेका छौं । त्यसका लागि निर्वाचन गराउने कम्पनीले थप पैसा मागिरहेको छ । तर, सम्झौताअनुसार हामीले पैसा थप गर्नु पर्दैन । यस्ता स–साना कुरा नमिलेर उनीहरुले नतिजा छुट्याएर हामीलाई दिएका छैनन् । उनीहरुले नतिजा हामीलाई दिनेबित्तिकै सार्वजनिक गर्छौं । कति समय लाग्छ भन्नेबारे अहिले केही भन्न सक्ने अवस्थामा छैन ।’
    निर्वाचन गराउने जिम्मा भेन्डिङ कम्पनीले लिएको थियो । निर्वाचनको नतिजा भेन्डिङ कम्पनीको अफिसियल कपीमा सार्वजनिक नगरेर निर्वाचन आयोगले आफ्नो लेटरहेडमा सारेर सार्वजनिक ग¥यो भन्ने उम्मेदवारहरुको गुनासो छ । यसो गर्दा नम्बर मिलाएर नतिजा सार्वजनिक गरेको हुन सक्ने पनि शंका गर्छन् एनआरएन अमेरिकाका उम्मेदवारहरु । यसै सन्दर्भमा आयोगका प्रवक्ता आचार्य भन्छन्, ‘निर्वाचन गराउने कम्पनीले होइन, निर्वाचन आयोगले नै नतिजा सार्वजनिक गर्ने हो । निर्वाचन गराउने कम्पनीले दिएको नतिजालाई निर्वाचन आयोगमार्फत आधिकारिक रुपमा जस्ताको तस्तै सार्वजनिक गरिएको हो । निर्वाचन समितिका हामी ५ जना सदस्यलाई भेन्डिङ कम्पनीले मत परिणामको अफिसियल कपी पठाएको छ । उसले दिएको कपी हामीसँग सुरक्षित छ ।’
    निर्वाचन अघि नै मतदाताको गोप्य सूचना चुहावट, सदस्यता दर्ता प्रक्रियाअन्तर्गत २०९३ जना सदस्यलाई कसले र कहाँ प्रमाणित ग¥यो भन्ने विषय पनि निकै विवादित बनेका छन् । एनआरएनएले निष्पक्ष छानबिन गर्ने, दोषीलाई कारबाही गर्ने भन्दै आए पनि निर्वाचन मत परिणाम नै सार्वजनिक हुन नसकेको अवस्थामा यस्ता अति नै महत्वपूर्ण विषय ओझेल परिरहेका छन् ।
    मेम्बरसिप भेरिफिकेसन कमिटीले मतदानमा सदस्यहरुको कुन डाटा प्रयोग ग¥यो ? सदस्यको संख्या र मतदानमा प्रयोग भएको तथ्याङ्क विवरण माग्दा सदस्यताको विवरण नदिएको चर्चा पनि उत्तिकै छ । सदस्यताको कुन डाटा प्रयोग गरेर मतदान गरिएको छ भन्ने पनि छानबिन गरिनु जरुरी छ । अर्कोतर्फ नतिजा सार्वजनिक गर्दा क–कसको रोहबरमा गरियो ? को–को उम्मेदवार र को–को पर्यवेक्षकहरु थिए ? त्यो पनि नतिजासँगै सार्वजनिक हुनुपर्छ ।
    निर्वाचन प्रक्रियामा थुप्रै कमी–कमजोरी, लापरबाही पनि पाइएको उम्मेदवारहरु बताउँछन्, ‘मतदात भइरहेका बेला कसैले इमेल आएन, भोटिङ लिङ्क आएन भनेर फोन गर्दा तुरुन्तै भोटिङ लिङ्क र भोटिङ कोर्डहरु पठाइदिएको पनि पाइयो ?,’ एक उम्मेदवारले भने, ‘कतिपय सदस्यलाई इमेल नै आएन भोटै हाल्न पाएनन् यस्तो कसरी भयो ? निर्वाचनलाई पारदर्शी र चुस्त–दुरुस्त बनाउनु प¥यो भन्ने माग गर्दै आए पनि एनआरएनए निर्वाचन कहिल्यै निष्पक्ष र पारदर्शी हुन सकेन ।’
    संस्थाभित्रका यस्ता विवादित विषयलाई अति नै गम्भीर रुपमा लिएको बताउँछन् एनआरएनएका महासचिव बाबुराम लामा । ‘सदस्यताको गोप्य सूचना चुहावटको विषयमा हामी निकै गम्भीर बनेका छौं । यसको निष्पक्ष छानबिन हुनुपर्छ भनेरै निवर्तमान अध्यक्ष केशव पौडेल लागिरहनुभएको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा काम गर्न पनि निकै अप्ठेरो छ । अहिलेको कार्यसमितिले पनि काम गर्न मिल्दैैन नवनिर्वाचित कार्यसमितिले पनि काम थालेको छैन । जुलाई महिनाको ६ तारिखबाट मात्रै नयाँ कार्यसमितिले विधिवत काम सुरु गर्नेछ ।’

     

    विधान संशोधनका लागि सुझाव पठाउन आह्वान

    न्यूयोर्क । गैरआवासीय नेपाली संघ (राष्ट्रिय समन्वय समिति) एनआरएन अमेरिकाको विधान समितिले सुझाव संकलन गरी संस्थाको विधान संशोधन गर्ने भएको छ । एनआरएनएले सोमबार एक विज्ञप्ती जारी गर्दै सबैलाई सुझाव पठाउन आह्वान गरेको हो ।
    संस्थाको आठौँ साधारण सभा आगामी जुलाई ६ र ७ मा इल्लिनोइस राज्यको सिकागो सहरमा हुँदै छ । सबैले पठाएको सुझावलाई मध्यनजर गर्दै त्यतिबेला विधान संशोधन गरिनेछ । संस्थालाई आगामी दिनमा अझै गतिशील, प्रभावकारी एवम् सहभागीमूलक बनाउन वर्तमान विधान संशोधन गर्न लागिएको संस्थाका महासचिव बाबुराम लामाले जानकारी दिए ।
    संघको वर्तमान विधानमा समसामयिक संशोधनका लागि विधान समितिले काम गरिरहेको छ । विधान समितिले १३औं संशोधित विधानलाई थप संशोधन गर्ने क्रममा सबैको विचारलाई समेट्न सुझाव संकलन गरिरहेको महासचिव लामाले जानकारी दिए ।
    समितिले यस संस्थासँग आबद्ध सदस्यहरुको कुनै सल्लाह एवम् सुझाव भएमा आगामी जुन १८ तारिख मंगलबारसम्म आइपुग्ने गरी इमेलमार्फत ष्लाय२लचलगकब।यचन (इन्फो एट एनआरएन युएसए डट ओआरजी) मा पठाउन अनुरोध गरेको छ ।
    सुझाव पठाउँदा वर्तमान विधानको कति पेज नम्बरको कति आर्टिकल नम्बरको कति क्लज नम्बरमा के सुधार गर्नुपर्ने स्पष्ट लेखेर पठाउन पनि अनुरोध छ । संशोधन गर्नुपर्ने कारण पनि खुलाएर पठाउन अनुरोध छ । वर्तमान विधान एनआरएनए एनसीसी युएसएको वेबसाइटमा जततउकस्ररलचलगकब।यचनरmभमष्बरज्ञढण्द्धरकmभमकगचनउचतज्ञडण्ढद्दद्धज्ञडद्दज्ञण्।उमा यो लिङ्कमा हेर्न सकिनेछ ।
    विधान संशोधनसम्बन्धी कुनै जिज्ञासा भएमा विधान समितिका पदाधिकारीसँग सम्पर्क गर्न सकिने पनि जनाइएको छ । विधान समितिका सदस्यहरु बाबुराम लामा, कृष्ण लामिछाने, गोपेन्द्र भट्टराई, सञ्जय थापा, हरिहर पौडेल, रेवतीराज अधिकारी, छत्र गुरुङ, दिलु पराजुलीलाई सम्पर्क गर्न सकिनेछ ।

  • दिनहुँ २५ कप भन्दा धेरै कफी पिए हृदयघात नहुने

    दिनहुँ २५ कप भन्दा धेरै कफी पिए हृदयघात नहुने

    न्युयोर्क । चर्चित पेय पदार्थ कफी कतिपय मानिसका लागि उठ्ने बित्तिकै नभई हुदैन । कफी पिउने बानी भैसके पछि पिउन पाएन भने कतिपयलाई टाउको दुख्ने गरेको गुनासो पनि सुन्ने गरिन्छ । धेरै कफी पियो भने राम्रोसंग निन्द्रा लाग्दैन भन्ने गरेको पनि सुनिन्छ । कफीका राम्रा र नराम्रा पक्षहरु धेरै होलान् तर कफी सम्बन्धि नौलो र रोचक जानकारी भर्खरै पत्ता लागेको छ । बेलायतस्थित कुईन म्यारी युनिभर्सिटिले गरेको कफी सम्बन्धि एक अनुसन्धानबाट अत्याधिक कफी पिउने मानिसहरुलाई मुटू सम्बन्धि रोग नलाग्ने कुरा पत्ता लागेको छ । कुईन म्यारी विलियम हार्भे रिसर्च इन्स्टिचुटका प्रोफेसर स्टेफेन पिटर्सनको नेतृत्वमा गरिएको अनुसन्धानबाट दिनमा २५ कप कफी पिउने मानिसलाई मुटू सम्बन्धि रोग नलाग्ने देखाएको हो । उक्त अनुसन्धानबाट प्राप्त रिपोर्टलाई जुन ३ तारिकका दिन म्यानचेस्टरस्थित कार्डो भस्कुलर सोसाईटीको एक सम्मेलनमा सार्बजनिक गरिएको थियो । अनुसन्धानमा कुल ८ हजार मानिसहरुलाई ३ समूहमा बिभाजन गरिएको थियो ।

    दिनमा एक कप भन्दा कम कफी पिउने , दिनमा एक देखि ३ कप सम्म कफी पिउने र दिनमा दिनमा ३ कप भन्दा धेरै कफी पिउनेहरुलाई ३ समुहमा बिभाजन गरिएको थियो भने दैनिक २५ कप भन्दा धेरै कफी पिउनेलाई छुट्टै अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट धेरै कफी पिउने मानिसको मुटुको धमनी कडा नभएको र कम कफी पिउनेहरुको धमनी कडा देखिएको अनुसन्धान पछि गरिएको एम आर आईबाट देखिएको बताईएको छ । मुटुको धमनी कडा भएमा हृदयघातको सम्भावना रहन्छ ।अनुसन्धान ब्रिटिस कार्डियो भस्कुलर सोसाईटीले प्रायोजन गरेको थियो ।

  • यु एस सी आई एसको बार्षिक बिवरण सार्बजनिक , कतिले पाए अमेरिकी ग्रीन कार्ड र नागरिकता ?

    यु एस सी आई एसको बार्षिक बिवरण सार्बजनिक , कतिले पाए अमेरिकी ग्रीन कार्ड र नागरिकता ?

    युनाईटेड स्टेट्स सिटीजनसिप एण्ड ईमिग्रेसन सर्भिस ( यु एस सी आई एस ) ले सन् २०१४ देखि सन् २०१८ सम्मको बार्षिक बिवरण सार्वजनिक गरेको छ । यु एस सी आई एसले हाल आफ्नो मातहतमा संसार भरका २३७ कार्यालय मार्फत कुल १९ हजार कर्मचारी केन्द्रिय सरकार अन्तर्गत कार्यरत रहेको बिवरण सार्वजनिक गरेको छ । उसले भनेको छ आफ्नो बजेट सन् २०१७ को तुलनामा ६ प्रतिशत वृद्धि भई ४ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ । बिगत ५ बर्षको तुलनामा सन् २०१८ सम्म पुग्दा खर्चमा २७ प्रतिशत वृद्धि भएको र खर्चको ९७ प्रतिशत पूर्ति अध्यागमन सम्बन्धि आवेदक बाट लिने आबेदन सुल्कबाट पुरा हुने गरेको यु एस सी ई एसको बार्षिक बिवरणमा भनिएको छ । यु एस सी आई एसले सन् २०१४ देखि २०१८ सम्म बितरण गरिएको ग्रिन कार्ड र नागरिकताको संख्या समेत सार्वजनिक गरेको छ ।

     

    पाँच बर्षमा कतिले पाए अमेरिकी ग्रिन कार्ड

    परिवारको आधारमा सन् २०१४ मा २ लाख ८१ हजार , सन् २०१५ मा २ लाख ८० हजार ७ सय ,सन् २०१६ मा ३ लाख १० हजार २ सय , सन् २०१७ मा ३ लाख १३ हजार र सन् २०१८ मा ३ लाख १ हजार ८ सय गरि ५ बर्षमा परिवारको आधारमा १४ लाख ८६ हजार ७ सय जनाले ग्रीन कार्ड प्राप्त गरेका छन् ।
    काम मार्फत सन् २०१४ मा १ लाख ३३ हजार ८ सय ,सन् २०१५ मा १ लाख २४ हजार ३ सय ,सन् २०१६ मा १ लाख १७ हजार ३ सय , सन् २०१७ मा १ लाख २१ हजार ८ सय र सन् २०१८ मा १ लाख २० हजार ३ सय जना आप्र्बा्सिले ग्रीन कार्ड प्राप्त गरे । सन् २०१४ मा ९६ हजार ९ सय जना ,सन् २०१५ मा १ लाख ८ हजार १ सय , सन् २०१६ मा १ लाख १ हजार ९ सय सन् २०१७ मा ९२ हजार ४ सय र सन् २०१८ मा १ लाख १४ हजार ६ सय गरि रेफ्युजी र एसाईलम मार्फत ५ बर्षमा जम्मा ५ लाख १३ हजार आप्रबासीहरुले ग्रीन कार्ड प्राप्त गरेका छन् । अन्य विधा मार्फत ५ बर्षमा ४ लाख १९ हजार २ सय मानिसले ग्रीन कार्ड प्राप्त गरेको यु एस सी आई एसले विवरण मार्फत बताएको छ । सन् २०१४ देखि २०१८ सम्म जम्मा ३० लाख ३७ हजार ३ सय ले अमेरिकाको ग्रीन कार्ड लिएका छन् ।

     

    पाँच बर्षमा कतिले पाए अमेरिकी नागरिकता ?

    सन् २०१४ मा ७ लाख २० हजार २ सय ग्रीन कार्ड बाहकले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ८ लाख ६ हजार १ सय ,सन् २०१६ मा ८ लाख ३९ हजार १ सय ,सन् २०१७ मा ७ लाख ९० हजार ४ सय र सन् २०१८ मा ८ लाख ४९ हजार ५ सय ग्रीन कार्ड बाहकले नागरिकता प्राप्त गरे । यु एस सी आई एस का अनुसार ५ बर्षमा ४० लाख ५ हजार १ सय विभिन्न देशबाट आएका आप्रबासीहरु अमेरिकन नागरिक बने ।

  • अमेरिकामा कुन-कुन हाई स्कुल उत्कृष्ट ?  (सुची सहित )

    अमेरिकामा कुन-कुन हाई स्कुल उत्कृष्ट ? (सुची सहित )

    अमेरिका स्थित एक मिडियाले अमेरिकाभरका बिद्यालयको श्रेणी सार्वजनिक गरेको छ । सन् १९३३ मा स्थापना भएको यु एस न्युजले अमेरिका भरका पचास राज्य र वासिंगटन डि सी सहितका २३ हजार पब्लिक हाईस्कुल( सार्वजनिक माद्यामिक ) मध्येबाट श्रेणी निर्धारण गरि सुची सार्वजनिक गएको हो । यु एस न्युजले हरेक राज्य सरकारले बिद्यालयलाई गर्ने गरेको मुल्यांकन र ति बिद्यालयहरुले कलेजका लागि बिद्यार्थीलाई गराउने तयारिको आधारमा श्रेणी निर्धारण गरेको बताएको छ ।
    सुची यस्तो छ –

    उत्कृष्ट १० हाई स्कुल-

    # १ एकेडेमिक म्याग्नेट हाई स्कुल , साउथ क्यारोलिना
    १००% ग्र्याजुएसन
    #२ मेन स्कुल अफ साईन्स एण्ड म्याथमेटिक्स ,मेन
    १००% ग्र्याजुएसन
    # ३ बि ए एस आई एस स्कट्स्डेल ,अरिजोना
    ९९% ग्र्याजुएसन
    # ४ थोमस जेफर्सन हाई स्कुल फर साईन्स एण्ड टेक्नोलोजी , भर्जिनिया
    १००% ग्र्याजुएसन रेट
    # ५ सेन्ट्रल म्याग्नेट स्कुल ,टेनेसी
    १००% ग्र्याजुएसन रेट
    # ६ ग्युनेट स्कुल अफ म्याथमेटिक्स ,जर्जिया
    १००% ग्र्याजुएसन
    # ७ हास हाल एकेडेमी ,एरिजोना
    ९७% ग्र्याजुएसन
    #८ ईण्टर्नेसनल एकेडेमी अफ माकम्ब ,मिचिगन
    १००% ग्र्याजुएसन रेट
    #९ पेटन कलेज प्रिप्रेटरि हाई स्कुल ,ईलिनोईज
    ९९% ग्र्याजुएसन रेट
    १०# सिग्नेचर स्कुल , ईण्डियाना
    १००% ग्र्याजुएसन

    अमेरिकाकै उत्कृष्ट १० चार्टर्ड हाई स्कुल-

    चार्टर्ड स्कुल पनि सार्वजनिक बिद्यालय नै हो । चार्टर्ड बिद्यालयहरुलाई सकारको बजेट प्राप्त हुन्छ तर प्राईभेट तरिकाबाट संचालन गर्ने गरिन्छ । चार्टर्ड बिद्यालयहरुलाई अभिभाबक , शिक्षक र समुदाय मिलेर संचालन गरिएको हुन्छ ।

    १# बि ए एस आई एस स्कट्स्डेल ,अरिजोना
    २# हास हाल एकेडेमी ,एरिजोना
    ३# सिग्नेचर स्कुल , ईण्डियाना
    ४# बि ए एस आई एस चाण्ड्लर ,एरिजोना
    ५# बि ए एस आई एस पेओरिया ,एरिजोना
    ६# बि ए एस आई एस फ़्ल्याग्स्ट्फ़,एरिजोना
    ७# चार्टर्ड स्कुल अफ विल्मिङ्ग्टम ,डेलावर
    ८# बि ए एस आई एस ओरो भ्याली ,एरिजोना
    ९# बि ए एस आई एस टक्सन नर्थ ,एरिजोना
    १०# बि ए एस आई एस फिनिक्स ,एरिजोना

    अमेरिका कै उत्कृष्ट १० म्याग्नेट स्कुल –

    म्याग्नेट स्कुलहरु पनि पब्लिक स्कुल नै हुन् । यस्ता बिद्यालयले बिसेष बिषयहरु पढाउने गर्दछन । यस्ता बिद्यालयहरुमा सबै प्रकारका बिद्यार्थीले अध्यन गर्न सक्दछन तर भर्ना प्रक्रिया भने म्याग्नेट स्कुलमा कि चिट्ठा प्रणालि मार्फत हुन्छ कि त परिक्षा लिने गरिएको हुन्छ ।
    # १ एकेडेमिक म्याग्नेट हाई स्कुल , साउथ क्यारोलिना
    #२ मेन स्कुल अफ साईन्स एण्ड म्याथमेटिक्स ,मेन
    ३ # थोमस जेफर्सन हाई स्कुल फर साईन्स एण्ड टेक्नोलोजी , भर्जिनिया
    ४# सेन्ट्रल म्याग्नेट स्कुल ,टेनेसी
    ५ # ईण्टर्नेसनल एकेडेमी अफ माकम्ब ,मिचिगन
    ६# साईन्स एण्ड ईञ्जिनियरिङ्ग म्याग्नेट स्कुल ,डलास
    ७# लभलेस एकेडेमी म्याग्नेट प्रोग्राम हाई स्कुल
    ८# पाईन भियु स्कुल , फ्लोरिडा
    ९# द स्कुल फर ट्यालेण्टेड एण्ड गिफ़्टेड ,डलास
    १०# डेबेके हाई स्कुल फर हेल्थ प्रोफ़ेसन्स

    उत्कृष्ट १० साईन्स ,टेक्नोलोजी ,ईञ्जिनियरिङ्ग र म्याथ स्कुल –

    १# हाई टेक्नोलोजी हाई स्कुल ,न्युजर्सी
    २# बि ए एस आई एस स्कट्स्डेल ,अरिजोना
    ३# बि ए एस आई एस पेओरिया ,एरिजोना
    ४# थोमस जेफर्सन हाई स्कुल फर साईन्स एण्ड टेक्नोलोजी , भर्जिनिया
    ५# द अर्लि कलेज एयाट गुईलफ़ोर्ड , नर्थ क्यारोलिना
    ६ # द स्कुल फर द ट्यालेण्टेड एण्ड गिफ़्टेड ,डलास
    ७# बि ए एस आई एस टक्सन नर्थ ,एरिजोना
    ८ # मिडल सेक्स काउन्टी एकेडेमी फर साईन्स म्याथमेटिक्स एण्ड ईञ्जिनियरिङ्ग टेक्नोलोजी ,न्युजर्सी
    ९ # साईन्स एण्ड ईञ्जिनियरिङ्ग म्याग्नेट स्कुल ,डलास
    १० # युनियन काउन्टी म्याग्नेट हाई स्कुल ,न्युजर्सी

    न्युयोर्कका १० उत्कृष्ट हाई स्कुल –

    १# टाउनसेन्ड ह्यारिस हाई स्कुल ,फ़्लसिङ्ग
    २# स्टाईभिसन हाई स्कुल ,म्यान्हाटन
    ३# ब्याकुलोरियाट स्कुल फर ग्लोबल एजुकेसन ,लंग आईल्याण्ड सिटि
    ४# हाई स्कुल म्याथ साईन्स एण्ड ईञ्जिनियरिङ्ग एट सी सी एन वाई ,म्यान्हाटन
    ५# ब्रोंक्स हाई स्कुल अफ साईन्स ,ब्रोंक्स
    ६ # हाई स्कुल अफ अमेरिकन स्टडिज एट लेहमेन कलेज , ब्रोंक्स
    ७ # स्टेटन आईल्याण्ड टेक्निकल हाई स्कुल ,स्टेटन आईल्याण्ड
    ८ # कुईन्स हाई स्कुल फर द साईन्स एट योर्क कलेज ,जमैका
    ९ # ब्रुकलिन ल्याटिन स्कुल ,ब्रुकलिन
    १०# ब्रुकलिन टेक्निकल हाई सकुल ,ब्रुकलिन

  • अमेरिकी भिसा आवेदकले अब फेसबुक ट्युटर ईन्स्टाग्रामको विवरण पनि बुझाउनु पर्ने

    अमेरिकी भिसा आवेदकले अब फेसबुक ट्युटर ईन्स्टाग्रामको विवरण पनि बुझाउनु पर्ने

    स्टेट डिपार्टमेन्टले आमेरिका भ्रमणको प्रवेस आज्ञा ( भिसा ) आबेदन संगै सामाजिक संजालको बिबरण पनि पेस गर्नु पर्ने नयाँ नियम सार्वजनिक गरेको छ । स्टेट डिपार्टमेन्टले शुक्रबार सार्बजनिक गरेको नयाँ नियम लागु भए संगै संसार भरबाट अमेरिकी भिसाका लागि निबेदन दिने प्रत्येक व्यक्तिले आफ्नो फेसबुक ,ट्युटर ,इन्स्टाग्राम लगायतका सामाजिक संजालको बिबरण सम्बन्धित देशका अमेरिकी दुताबास र कन्सुलेटहरुमा बुझाउनु पर्ने छ । निवेदकले आफ्नो सामाजिक संजालको बिबरणको सम्पूर्ण सुचीको साथमा युजर नेम , बिगत पाँच बर्ष देखि प्रयोग गरेको आफ्नो इमेल एड्रेस र फोन नंम्बर समेत बुझाउनु पर्ने छ । नयाँ नियम लागु भए संगै हरेक बर्ष अमेरिका भ्रमण गर्न आउन चाहाने १ करोड ५० लाख गैर आप्रबासी भिसा र ७ लाख आप्रबासी भिसा आबेदकहरु प्रभावित हुने जनाईएको छ। यद्यपि केहि कुटनितिक र सरकारी काम कारबाही भिसामा भने यो नियम लागु हुने छैन ।
    ट्रम्प प्रसाशनले भिसा आवेदकको सामाजिक संजालको बिबरण लिने प्रस्ताब पहिलो पटक सन् २०१८ को मार्चमा गरिएको थियो । आप्रबासीहरु प्रति अनुदार रास्ट्रपति ट्रम्पले रास्ट्रिय सुरक्षाको लागि यस्तो ब्यबस्ता गरेको बताएका छन् ।

    एजेन्सी

  • अर्विङमा श्रीमद् भागवत सप्ताह संचालन

    अर्विङमा श्रीमद् भागवत सप्ताह संचालन

    विश्व न्यूज संवाददाता
    टेक्सस ।

    टेक्ससको अर्विङ स्थित नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (नेपाली मन्दिर) परिसरमा आइतवारवाट श्रीमद् भागवत् सप्ताह संचालन गरिएको छ । पृथ्वी नारायण स्मृति तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने सप्ताहमा कथावाचकको रुपमा डा. माधव प्रसाद भट्टराई र डा. शेखर पण्डित रहेको आयोजकले जनाएका छन् ।
    सप्ताह सुरु हुनु अघि अँइतवार विहान कलश शोभा यात्रा निकालिएको थियो । जुन ९ सम्म चल्ने सप्ताहकैं क्रममा जुन ७ मा सामुहिक व्रतबन्धको कार्यक्रम समेत राखिएको छ । सप्ताहका क्रममा संकलित सहयोग रकन युलेसमा बन्न लागेको पशुपति नाथ मन्दिर सहीतको योजनाका लागि सहयोग गरिने बतँइएको छ ।
    सप्ताह शुभारम्भको अवसरमा गैर आवासीय नेपाली संघ अमेरिकाका नव निर्वाचित अध्यक्ष सुनील साह, नेपाली समाज टेक्ससका अध्यक्ष सुमन थापा, नेपाल आध्यात्कि तथा सांस्कृतिक केन्द्रका महासचिव छवी चापागागाई, समाजसेवी वासु भण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

  • अमेरिकी जनगणनाबारे अर्विङको नेपाली समुदायमा अन्तरक्रिया

    अमेरिकी जनगणनाबारे अर्विङको नेपाली समुदायमा अन्तरक्रिया

    विश्व न्यूज संवाददाता
    टेक्सस ।

    अमेरिकाको आउदो वर्ष सन् २०२० मा हुने जनगणनामा बढी भन्दा बढी अमेरिकामा बस्ने नेपालीको समेत नामावली चढाउन यहाको स्थानीय नेपाली सस्थाको सक्रियतामा आइतवार अर्विङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    जनगणनामा उल्लेख भएको संख्यालाई मात्र यहाको सरकारी संयन्त्रले चिन्ने हुन्दा त्यस जनगणनामा बढी भन्दा बढी नेपालीको नामावली चढाउन स्थानीय नेपाली समाज टेक्ससले त्यसको लागि पहल अघि बढाउदैं अन्तरक्रिया गरेको हो ।
    अमेरिकामा नेपालीको उपस्थिति झण्डैं ५ लाखको हाराहारीमा रहेको नेपाली सम्वद्ध विभिन्न संघ संस्थाले तथ्याकं बताउने गरेपनि यो संख्याको झिनो उपस्थिति मात्रैं यहाको जनगणनामा नेपालीको रहेको छ । त्यसले गर्दा यहाको सरकारी संयन्त्रले नेपाली समुदायलाई समेत त्यो रुपमा हेर्न नसकिरहेको अवस्था देखिन्छ ।
    अर्कोतर्फ जनगणनामा नेपालीको संख्या बढाउन सक्दा हाम्रो समुदाय यहा अल्पसंख्यक समुदाय भित्र पर्ने भएकाले थुप्रै अवसर र सुविधाका लागि समेत पहल गर्न सकिने संभावना पनि रहन्छ । अमेरिकामा रहेपछि यहाको जनगणना देखि आवश्यक भोटिङ राइटका लागि समेत योग्य रहदा त्यसले हाम्रो समुदायलाई यहा स्थापित गर्न र अवसर निर्माण गर्न सहयोग पुर्याउने भएकाले त्यसका लागि समाजले पहल सुरु गरेको अध्यक्ष सुमन थापाले बताए ।
    समाजले यसका लागि टेक्ससका अन्य क्ष्ँेत्रमा रहेका नेपाली सम्वद्द संघ संस्थासग समेत सहकार्य गर्ने बताइएको छ । समाजको पहलमा आइतवार सेन्सस २०२० बारे अन्तरक्रिया समेत हुदैंछ । टेक्ससमा मात्रैं झण्डैं ५० हजारको संख्यामा नेपालीरहेको बताइन्छ । अर्विङ क्ष्ँेत्रमा मात्रैं ५ हजार बढी नेपालीको वसोवास रहेको बताइने गरिन्छ ।
    अमेरिकामा प्रत्येक १० वर्षको फरक जनगणना हुदैं आएको छ । पछिल्लो पटक सन् २०१० मा जनगणना भएको थियो ।
    अन्तरक्रियामा टेक्सस राज्य हाउस अफ डेलिगेट्स टेरी मेजा, सेन्सस ब्युरो डलास रिजनकी जेनिफर पोप, एनआरएनए अमेरिकाका वरिष्ठ उपाध्यक्ष अर्जुन बञ्जाडे, अभियन्ता प्रभात दिक्ष्ँित, दिनेश शर्मा लगायतले धारणा राखेका थिए ।

  • अमेरिकाले भारतलाई प्रदान गर्दै आएको भन्सार शुल्क सहुलियत ट्रम्पले हटाए

    अमेरिकाले भारतलाई प्रदान गर्दै आएको भन्सार शुल्क सहुलियत ट्रम्पले हटाए

    राष्ट्रपती डोनाल्ड ट्रम्प प्राय भारतको प्रसंसा गरी रहन्छन् । ट्रम्प रास्ट्र्पती निर्वा्चित भए पछीको पहिलो भेटमा उनले भारतीय प्रधान मन्त्रिसँग निक्कै लामो समय व्हाईट हाऊसमा बिताएको संचार माध्यमहरुमा नीकै चर्चा भएको थियो । त्यो भेटका बारेमा स्वयम् भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले भनेका छन् रास्ट्र्पती ट्रम्पसँग व्हाईट हाऊसमा उनले ९ घण्टा भेट बार्ता गरेका थिए । त्यती मात्र होईन रास्ट्र्पती ट्रम्पले आफ्नो निजी कोठा समेत मोदिलाई देखाउनुको साथै अमेरिकाका १६ औ राष्ट्रपति अब्राहम लिंकनको कोठा समेत मोदिलाई देखाएका थिए । रास्ट्र्पती ट्रम्पले भारतीय प्रधान मन्त्री नरेन्द्र मोदी प्रती देखाएको त्यो सद्भाबबाट पनि प्रस्ट हुन्छ ट्रम्प भारत प्रती निक्कै सकारात्मक छन् । गत हप्ता मात्र मोदीको सत्ता पुनरागमन लगतै “ मोदी जस्तो ब्यक्ती प्रधान मन्त्री पाउनु भारतीय जनताको ठुलो भाग्य हो “ भन्दै निकै ओजनपूर्ण शुभकामना ब्यक्त गरेका ट्रम्पले अकस्मात बिकसित मुलुकहरुलाई प्रदान गर्दै आएको जि एस पि स्ट्याटसबाट भारतलाई खारेज गर्ने घोषणा गत शुक्रबार गरेका छन् । आगामी हप्ताको सुरु देखी नै बिकसित मुलुकहरुको अर्थतन्त्रको बिकासको लागि अमेरिकि सरकारले ४८०० वटा सामानमा भन्सार छुट दिदै आएको उक्त जि एस पि कार्यक्रमबाट भारतलाई हटाउने घोषणा ट्रम्पले गरेका हुंन् ।
    सन् १९७६ देखी अमेरिकि सरकारले सुरु गरेको यो कार्यक्रम अन्तर्गत हाल भारत लगायत १२९ देशले अमेरिकामा सामान निर्यात गरी रहेका छन् । जि एस् पि स्ट्याटस मार्फत भारतले आफ्नो उत्पादन अमेरिका निर्यातमा अरबौ सहुलियत प्राप्त गर्दै आएको थियो ।

    एजेन्सी

  • रास्ट्रपति ट्रम्पको भ्रमण बिरुद्ध लन्डन सहर ठप्प हुदै

    रास्ट्रपति ट्रम्पको भ्रमण बिरुद्ध लन्डन सहर ठप्प हुदै

    अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पको आगामी हप्ता हुदै गरेको लन्डन भ्रमणको क्रममा हजारौ अधिकारकर्मीहरु मिलेर लन्डन सहर ठप्प पार्दै प्रदर्शन गर्ने भएका छन् । उक्त प्रदर्शनलाई निस्तेज पार्ने गरि यता राज्यले १८ मिलियन पाउण्ड खर्चेर सहरका २० ठाँउ बिस हजार प्रहरी खटाउने निर्णय गरेको छ । मुख्य प्रदर्शन भने आगामी मंगलबार लन्डन सहरको ट्राफ़ल्गर स्क्वायर देखि पार्लियामेन्ट स्क्वायर सम्म झन्डै ८ लाख मानिसले प्रदर्शन गर्ने आयोजकले दाबि गरेका छन् । रास्ट्रपति ट्रम्पले बेलायति प्रधानमन्त्रि थेरेसा मे संग खाना खाने स्थान डनिङ्ग स्ट्रिट भन्दा केहि गज पर प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
    स्ट्याण्ड अप टु ट्रम्प र स्टप ट्रम्प नामक दुई वटा संस्थाहरुले प्रदर्शनको तयारि गरि रहेका अन्य संस्थाहरुसंग समन्वय गरि रहेका छन् । उनीहरुले बेलायत भरिका विभिन्न सहरबाट प्रदर्शनकारी ट्रम्प बिरुद्ध प्रदर्शनका लागि लन्डन सहरमा ल्याउन लागेको बताउदै भनेका छन् ” हामीले प्रदर्शनकारी बेलायति भरिबाट लन्डन सहर ठप्प हुने गरि ल्याउदै छौ । ” ट्रम्प प्रति लक्षित गर्दै स्ट्याण्ड अप टु ट्रम्पका एक सदश्य भन्छन् ” लन्डन छोड्दा सम्म उनले र यो विश्वले थाहा पाउने छ कि मानिसहरुले उनलाई र उनको विषाक्त राजनीतिलाई कति बहिस्कार गर्दा रहेछन् ” । प्रदर्शनका क्रममा रास्ट्रपति ट्रम्पकै स्वरुपको रिसाईरहेको बालकको २० फिट अग्लो बेलुन र सुनको सौचालयमा बसिरहेका १६ फिट अग्लो ट्रम्पको स्वरुपको बोल्ने रबर्ट समेत प्रदर्शनमा देखाईने संचार एजेन्सीहरुले जनाएका छन् । सोमबार बकिन्हम दरबारमा आयोजित रोयल ब्याङ्केटको क्रममा समेत प्रदर्शनकारीहरुले ट्रम्प बिरुद्ध बकिन्हम दरबार अगाडी प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । राट्रपति ट्रम्पको राजकीय भ्रमणको लण्डनका मेयर सदिक खानले समेत बिरोध गर्दै आएका छन् । खानले ट्रम्पको दर्जा रास्ट्रपति ओबामा र जर्ज बुश जस्तो हुन सक्दैन भन्दै उनले राजकीय सम्मानका साथ हुनलागेको ट्रम्पको लन्डन भ्रमणको बिरोध गरेका छन् ।
    रास्ट्रपति ट्रम्प आगामी ३ तारिक सोमबार लन्डन भ्रमणमा जाने कार्यक्रम छ ।
    एजेन्सी

  • मेक्सिको हुदै अमेरिका छिर्ने आप्रबासी बढे पछि मेक्सिको आयातित सामानमा भारि कर लगाउने ट्रम्पको घोषणा

    मेक्सिको हुदै अमेरिका छिर्ने आप्रबासी बढे पछि मेक्सिको आयातित सामानमा भारि कर लगाउने ट्रम्पको घोषणा

    रास्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी रास्ट्र म्याक्सिकोबाट आयातित सम्पुर्ण सामानमा जुन महिनाको १० तारिक देखि ५ प्रतिशत सिमा सुल्क र २५ प्रतिशत भन्सार कर लागाउने बताएका छन् । ट्रम्पले बिहिबार सांझ आफ्नो ट्विटर एकाउण्टमा लेखेका छन् ” जुन १० तारिक देखि संयुक्त राज्य अमेरिकाले हाम्रो देशमा मेक्सिकोबाट आउने सम्पुर्ण सामानमा गैर कानुनि आप्रबासीहरु मेक्सिको हुदै भित्रीने क्रम रहे सम्मका लागि ५ प्रतिशत सिमा सुल्क लगाउने छ । गैर कानुनि रुपमा यस्ता आप्रबासी मेक्सिको हुदै अमेरिका छिर्ने क्रम नरोकिए सम्म यो सिमा सुल्क क्रमिक रुपमा बढ्दै जाने छ ” । रास्ट्रपति ट्रम्पले आफ्नो व्यक्तिगत ट्विटर एकाउण्टमा लेखेको केहि घण्टा पछाडी ह्वाईट हाऊसले मेक्सिकोबाट आयातित सामानहरुमा लगाउने अतिरिक्त भन्सार सुल्क र सिमा सुल्कको बारेमा बिज्ञप्ति निकालेको थियो ।
    सन् २०१८ मा मेक्सिको अमेरिकामा सामान निर्यात गर्ने दोश्रो ठुलो मुलुक हो । अमेरिकामा मेक्सिकोबाट सन् २०१८ मा ३ सय छयालीस दशमलब ५ बिलियन अमेरिकी डलरको सर सामान आयात भएको थियो । सन् २०१८ मा अमेरिकामा आयातित सामानहरु मध्ये १३ दशमलब ६ प्रतिशत सामान मेक्सिको बाट आएको थियो । अमेरिकी रास्ट्रपतिको भन्सार सुल्क सम्बन्धि नयाँ योजना सहितको बिज्ञप्ति आए संगै मेक्सिकोका रास्ट्रपति एण्ड्रिज मेनुएल लोपेज अब्राडोरले रास्ट्रपति ट्रम्पलाई पत्र लेखेर भनेका छन् ” सामाजिक समस्याको समाधान करबाट हुदैन । हामि अध्यागमन सम्बन्धि समाधानको लागि गम्भीर बार्ता गर्न सक्छौ ” ।
    एजेन्सी

  • रेकर्ड तोड्दै  ठुलो संख्यामा अमेरिका छिर्न खोज्ने आप्रबासी टेक्सासमा पक्राउ

    रेकर्ड तोड्दै  ठुलो संख्यामा अमेरिका छिर्न खोज्ने आप्रबासी टेक्सासमा पक्राउ

    अमेरिकाको सिमानामा एक हजार भन्दा धेरै गैर कानुनि आप्रबासीहरु पक्राउ परेका छन् । अमेरिका भित्र पस्दै गरेका १०३६ गैर कानुनि आप्रबासीहरुलाई अमेरिका प्रवेश गर्दै गर्दा टेक्सासको एलपासो क्षेत्रमा बुधबार बिहान यु एस कस्टम एण्ड बोर्डर प्रोटेक्सन एजेण्टले पक्राउ गरेको हो । श्रोतका अनुसार अमेरिकी ईतिहासमा खुला सिमा हुदै छिर्न खोज्ने गैर कानुनि आप्रबासीहरु यति ठुलो संख्यामा एकै पटक पक्राउ परेको यो पहिलो पटक हो । यस अगाडिको रेकर्ड ४२४ जनालाई सिमाना पार गरेर अमेरिका छिर्दै गर्दा अघिल्लो महिना पक्राउ गरिएको थियो । सन् २०१८ मा कस्टम एण्ड बोर्डर प्रोटेक्सन एजेन्टले १०० जना भन्दा माथिको १३ वटा समूहलाई पक्राउ गरेको थियो भने सन् २०१९ को सुरुवात देखि नै ठुलो ठुलो समूह बनेर अमेरिका प्रवेश गर्न खोज्न्ने क्रम बढ्दै गएको श्रोतले बताएको छ ।
    पक्राउ परेका आप्रबासीहरु ग्वाटेमाला ,एल सल्वाडोर ,हन्डुरस लगायतका मुलुकहरुबाट हुन् ।पक्राउ परेका मध्ये ६३ जना नाबालक बच्चाहरु समेत रहेका छन् ।
    एजेन्सी

  • अन्तरर्राष्ट्रिय बजारमा आलोचित बन्यो सगरमाथा टुप्पोको भिड

    अन्तरर्राष्ट्रिय बजारमा आलोचित बन्यो सगरमाथा टुप्पोको भिड

    न्यूयोर्क

    हरेक बर्ष नयाँ नयाँ किर्तिमान स्थापित गर्ने उदेश्यले थुप्रै पर्बतारोही सगरमाथा चढ्ने गर्छन् । विश्वभरका पर्बतारोही लामो प्रशिक्षण गरेर हरेक बर्ष खुल्ने सगरमाथा आरोहणको समय कुरेर बस्छन् ।

    यसरी थुप्रै पर्बतारोहीले नयाँ एवं अनौठा किर्तिमान पनि कायम गरेका छन् । तर यो मौसमको सगरमाथा आरोहण नयाँ किर्तिमान भन्दा धेरै बिबादित बनेको छ । कामिरिता शेर्पा एक जनाले एक साता भित्र दुई पटक सफल आरोहण गरेर नयाँ किर्तिमान राख्न सफल भए । उनको यो २४ औँ आरोहण हो ।
    कामिरिताको यो सफलता समेत ओझेल पार्ने गरि यो मौसमको सगरमाथा आरोहण अन्तरर्राष्ट्रिय जगतमा निक्कै बिबादित बन्यो । विश्वकै अग्रणी मानिएका सिएनएन, न्यूयोर्क टाइम्स, वासिङ्टन पोस्ट जस्ता संचार माध्यमले सगरमाथामा ट्राफिक जाम हुने गरी तालिम बिनाका पर्बतारोहीको भिड पठाउँदा धेरैको ज्यान गएको भन्दै नेपाल सरकारको आलोचना गरेका छन् । ति संचार माध्यमहरुले लगतार नकारात्मक समाचार छापे पछी सगरमाथा आरोहण नै विश्वभर बिबादित बन्न पुगेको हो ।

    चर्चित संचार संस्था न्युयोर्क टाइम्सले नयाँ दिल्ली डेट लाईनमा अमेरिकाको एरिजोना राज्यका एक पर्बतारोहीको अनुभब लेखेको छ– ‘मात्र २ वटा पिङ्पोङ् बलको टेबल अट्ने भाग जती समथर भाग भएको त्यस्तो साँघुरो सगरमाथाको टुप्पोमा एकै पटक १५÷२० जना खाँदिनु पर्ने भिड थियो । त्यती मात्र होईन चुचुरोमा पुग्नु अगाडि घण्टौ लाम बसेर पालो पर्खिनु पर्ने भिड पनि त्यतिकै थियो ।’ एड दोहरिंग नामका ति पर्बतारोहीले सगरमाथा अनुभवलाई ‘चिडिया खाना जस्तो दृश्य’ को संज्ञा दिएका छन् । मे २६ तारिख ‘इट वाज लाईक ए जस्डेथ अन एन अनरुलि ओभर क्राउडेड एभरेस्ट’ शीर्षकमा न्यूयोर्क टाईम्सले आफ्नो अनलाईन संसकरणमा लेखेको छ––‘सगरमाथा आरोहणको समस्या हिम पहिरो, हिम आँधी, हावा हुरी र हाई अल्टिचुट मात्र होईन सबै भन्दा खतरनाक मृ‍त्युको कारक अनुभब नभएका पर्बतारोहीको भिड हो । अन्तिम एक हजार फिटमा घण्टौँ कुर्नु पर्ने भिड भएका कारण पर्वतारोहीको मृत्यु भएको हो ।’ यो बर्षको लागि नेपाल सरकारले ३८१ जना पर्वतारोहीहरुलाई आरोहण अनुमति दिएको थियो ।

    बेलायत स्थित चर्चित पत्रिका द गार्जियनले पनि बिगत एक साता देखि सगरमाथामा क्षमता भन्दा अधिक भिड भएको कारण पर्वतारोहीको मृत्यु भएको समाचार लगातार छापेको छ । गार्जियनले पूर्व ब्रिटिश सेना निर्मल पुर्जा ‘निम्स’ ले खिचेको भिडको तस्बीरले सबै कुरा प्रस्ट पारेको समेत उल्लेख गरेको छ । त्यसैगरी डेली मेलले पनि विश्वकै अग्लो चुचुरोमा ९ दिन भित्र ११ को मृत्यु भयो भन्ने शीर्षकमा नेपाल सरकारले बिना तालिममा मान्छेलाई सगरमाथा आरोहणको अनुमति दिएको र क्षमताभन्दा धेरै मान्छेलाई आरोहण अनुमति दिएको भन्दै सरकारको आलोचना गरेको छ ।
    त्यसैगरी वासिंगटन पोस्टले ‘कसरि माउण्ट एभरेस्टको लोकप्रियता घातक हुन पुग्यो’ शीर्षकमा अंकित अधिकारी र जोना स्लाटरको बाई लाईनमा सगरमाथाको टुप्पोमा भएको भिडलाई इंगित गर्दै नेपाल सरकारले आरोहण अनुमति दिने प्रक्रियालाई परिवर्तन गर्नुपर्ने बताएको छ ।

    सिएनएनले बिगत १ हप्ता देखि सगरमाथा आरोहणका क्रममा पर्वतारोहीहरुको मृत्युको समाचार प्राथमिकता साथ प्रकाशन र प्रसारण गर्दै आएको छ । आरोहणको पछिल्ला दिनहरुमा २ जना अमेरिकी नागरिकको मृत्यु भए पछि सीएनएनले फलोअप समाचार प्रकाशन र प्रसारण गर्न थालेको हो । सिएनएनले एक जना नेपाली गाईडको भनाई भिडियोमा देखाएको छ । जुन भिडियोमा ति गाईडले भनेका छन्– ‘जीवनमा एक पटक पनि एउटा हिमाल नचढेको मान्छेलाई समेत अनुमति दिएको रहेछ ।’ नेपाल सरकारका तर्फबाट अल्टिच्युट सिकनेसका कारण पर्वतारोहीहरुको मृत्यु भएको भनिए पनि सगरमाथाको डेथ जोनमा २ घण्टा देखि ४ घण्टासम्म पालो कुर्नु पर्ने भिड भएका कारण पर्वतारोहीको मृत्यु भएको भिडियोमा बोलेका अधिकांशले बताएका छन् । अमेरिका स्थित शिकागोबाट प्रकाशित हुने एक व्यंग्यात्मक पत्रिकाले त ” सगरमाथामा धनीमानीहरुको मृत्यु भएर विश्वको जनसंख्यालाई सन्तुलित गर्न समेत सघाउ पुगेको ” लेखेको छ ।
    यी संचार माध्यम बाहेक जेनेभाबाट प्रकाशित द अनियन साथै सीबिएस न्युज , एबिसी न्युज , एनपीआर, फक्स न्युज, नेसनल पोस्ट, द सिडनी मर्निङ्ग हेराल्ड, एनडिटिभी लगायतका थुप्रै मिडियाले सगरमाथा आरोहणका लागि हचुवामा अनुमति दिएका कारण निर्दोष मानिसको ज्यान गएको आरोप लगाएका छन् ।

  • योगेश भट्टराई भन्छन् विगतमा भएका कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुपर्छ

    योगेश भट्टराई भन्छन् विगतमा भएका कमजोरीबाट शिक्षा लिएर अघि बढ्नुपर्छ

    नेता, नेपाल कम्युनिष्ट पार्टी

    योगेश भट्टराई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र पनि रचनात्मक प्रतिपक्षी जस्ता देखिन्छन् । असल कुराको खुलेर समर्थन र खराब कुराको खुलेर विरोध गर्ने शैलीका कारण कतिपय सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाइमा समेत नपर्ने गरेका छन् । उनको यही शैलीका कारण प्रधानमन्त्री ओलीले उनलाई जिम्मेवारी दिने सन्दर्भमा पनि पटक–पटक कन्जुस्याइँ गरेको भन्ने चर्चा पनि चल्ने गरेको छ । तर, उनी स्वयम् भने त्यो स्वीकार गर्न तयार छैनन् । पटक–पटक मन्त्रीको चर्चा चलेर पनि उनी मन्त्री बन्न सकेनन् । संसद्को महत्वपूर्ण समितिको सभापति बनाउने चर्चा पनि नचलेको होइन, तर अन्तिम समयमा त्यो पनि उनलाई प्राप्त भएन । पछिल्लो समय नेकपाभित्रै बढी चर्चामा रहेका भट्टराईसँग जेठ १५ मा आउन लागेको बजेट, सरकारको समीक्षा लगायत विषयमा मोहन बास्तोलाले गरेको कुराकानी–

    दुई तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकारले बजेटको अन्तिम तयारी गरेको छ । नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ । सरकारको नीति तथा कार्यक्रमलाई कसरी लिनुभएको छ ?
    नेपाललाई कता लाने भन्ने कुराको मार्गचित्र नीति तथा कार्यक्रमले समातेको छ जस्तो लागेको छ । दिएको छ । अब हामी खासगरी एउटा समन्यायिक सिद्धान्तको विकास मोडलमा सामाजिक न्यायमा आधारित समृद्धि, हाम्रो देशमा भएका वर्गीय, जातीय, लैंगिक विभेदहरूलाई अन्त्य गर्ने र एउटा समतामूलक समाज निर्माण गर्ने हाम्रो अभियान हो । गरिबी, अशिक्षा र भोकमरी, पछौटेपनसँग हामी लड्नुपर्छ । त्यसमाथि विजय प्राप्त गर्नुुपर्छ र समाजवादको आधार तय गर्नुपर्छ भन्ने नीति कार्यक्रमको सन्देश छ । त्यो सन्देश मूलतः अहिलेको सन्दर्भमा ठीक छ । त्यस आधारमा बजेट आउनुपर्छ । त्यस आधारमा सरकारले काम–कारबाही अगाडि बढाउनुपर्छ र जनतामा देखिएका कतिपय टिप्पणी र निराशाहरूलाई आउने वर्षमा हामीले आफ्नो काम र व्यवहारबाट चिर्नुपर्छ ।

    तपाईं त मिडिया बुझेको व्यक्ति, मिडिया काउन्सिल विधेयकको विषयलाई लिएर अहिले निकै आलोचना भइरहेको छ । यो सन्दर्भमा चाहिँ के भन्नुहुन्छ ?
    पूर्ण प्रेस स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ भन्ने मेरो मान्यता छ । मलाई जहाँसम्म लाग्छ मेरो पार्टीको पनि त्यही धारणा छ । संविधानको धारा १९ मा उल्लिखित प्रावधानको उच्च सम्मान गर्छ । हामी कुनै कानुन बनाएर संविधानप्रदत हकअधिकारलाई कुण्ठित गर्न चाहँदैनौं । त्यो हाम्रो उद्देश्य पनि होइन, नियत पनि होइन । सँगसँगै संविधानको धारा १९ मा पनि र सुशील कोइराला प्रधानमन्त्री भएको बखत निर्माण भएको काशीराज दाहाल संयोजकत्वको आमसञ्चार नीतिसम्बन्धी कार्यदलले गरेका सिफारिशका आधारमा पनि मिडिया काउन्सिल विधेयक कानुन बनाउनुपर्ने आवश्यकता थियो । किनभने, आम सञ्चारमाध्यमले पनि एउटा अधिकारसम्पन्न स्वायत्त खालको मिडिया काउन्सिल बनाऔं भन्ने सबैको सहमति हो । त्यस आधारमा सञ्चार मन्त्रालयमार्फत यो विधेयक ंसंसद्मा आएको छ । राष्ट्रिय सभामा प्रवेश भएको छ । यो विधेयकका कतिपय टिप्पणीहरू जुन सार्वजनिक ढंगले भएका छन्, तिनका बारेमा हामी संसद्मा छलफल गर्छाैं । कतिपय कुराहरू संसद्ले सच्याउन सक्छ । यदि साँच्चै गलत नै छन् र सैद्धान्तिक हिसाबले ठीक छैनन् भने त्यसलाई हाम्रो पार्टीले सच्याउँछ । तर, स्पष्ट हुनुपर्ने कुरा के हो भने सार्वजनिक सञ्चारमाध्यमबारे नियमनकारी कुनै नियम र कानुन नै बनाउनुहुँदैन, प्रेस अलग्गै कुनै निकाय हो, जसलाई कसैले आँखा लगाउनै हुँदैन भन्ने जुन बहस गर्न खोजिँदै छ, त्यो होइन । प्रेस पनि हाम्रै समाजको अंग हो । त्यसले पनि नियम मान्नुपर्छ । त्यसभित्र उसको स्वायत्तता हो । यदि प्रेस स्वतन्त्रता कुण्ठित गर्ने कुनै प्रावधान मिडिया काउन्सिल विधेयकमा वा कुनै मिडियासम्बन्धी ऐनमा आएछ भने हाम्रो पार्टीले त्यसलाई सच्याउँछ ।

    बेलाबेला तपाईं मन्त्री हुने चर्चा चलिरहन्छ । यद्यपि तपाईं मन्त्री पदमा त हुनुहुन्न । तर, नेकपाको जिम्मेवार तहमा रहेको नेता हुनुहुन्छ । सरकारको मूल्याङ्कन तटस्थ भएर भन्दा कसरी गर्नुहुन्छ ?
    बितेको वर्ष संघीयता कार्यान्वयनको पहिलो वर्ष थियो । कर्मचारी समायोजनजस्ता कामहरू हामीले सम्पन्न गर्नुपर्ने थियो । वित्तीय बाँडफाँटजस्ता कुरालाई सैद्धान्तिक हिसाबले टुंग्याउनुपर्ने थियो । मौलिक हकलगायत संघीयता कार्यान्वयनसँग सम्बन्धित थुप्रै कानुन संसद्बाट हामीले बनाउनुपर्ने थियो । स्तानीय तह, प्रदेश र केन्द्रका बीचमा अन्तरसम्बन्धलाई परिभाषित गर्नुपर्ने थियो । यस्ता कतिपय काम थिए, जो अति आवश्यक थिए, ती काम गएको वर्षमा सम्पन्न भएका छन् । त्यसकारण त्यो आधार वर्ष हो, अब आउने वर्ष पनि हामीले अनेक बहाना बनाएर छुट पाउने अवस्था भने छैन । त्यसकारणले प्रधानमन्त्रीले भनेझैं आउने वर्ष द्रुत आर्थिक वर्षमा परिणत गर्न विगतमा भएका कमजोरीहरूबाट शिक्षा लिनुपर्छ । सरकार र पार्टीबीचको सम्बन्धलाई हार्दिक बनाउनुपर्छ । सरकारले गर्ने महत्वपूर्ण निर्णयहरू पार्टीभित्र छलफल गरेर सामूहिक निर्णय प्रणालीबाट जानुपर्छ । मन्त्रीहरू सबै प्रधानमन्त्रीले छनोट गर्नुभएको हो । त्यसकारण, मन्त्रीहरूले काम राम्रो गरेका छन् कि छैनन् भन्ने कुराको अनुगमन प्रधानमन्त्रीले नै गर्नुहुन्छ । यदि चित्त बुझेन भने उहाँले त्यसलाई परिवर्तन पनि गर्न सक्नुहुन्छ । त्यसैले आगामी दिनमा यो विषयमा पनि पार्टीमा गम्भीर छलफल होला भन्ने ठानेको छु ।

    एक वर्ष पहिला नै हुनुपर्ने पार्टी एकीकरण एक वर्ष पछि भयो, तर पनि सन्तोषजनक अवस्था भएन भन्ने छ नि ?
    २०७५ जेठ ३ गते पार्टीको एकता घोषणा भएको दुई–तीन महिनामै टुंग्याउन सकिन्थ्यो । एक वर्ष लगाएर यति काम गरेर खुबै बहादुरी भयो भन्ने कुरा औचित्यपूर्ण छैन । त्यो हुनैपर्ने थियो, भयो । सुरुदेखि हामीले पार्टीभित्र एउटा मापदण्ड बनाएर एकीकरणको काम गरौं भनेका हौं । त्योबेला कतिपय नेताहरूले त्यसलाई बेवास्ता गर्नुभयो । त्यति मात्र होइन, मनोमानी ढंगले मान्छेहरूको छनोट गर्ने बाटो समाउनुभयो । पार्टीभित्र र बाहिर चौतर्फी दबाब परेपछि उहाँहरू त्यो बाटो छोड्न तयार हुनुभयो र आजको ठाउँमा आइपुगेको अवस्था हो । आज केही कमी–कमजोरीका बाबजुद अहिलेसम्म भएका निर्णयहरू सही नै छन् । कमीहरू छन्, कतिपय ठाउँमा नियतवश मान्छेहरूलाई फालिएको छ । ल्याउन पनि त्यसैगरी नियतवश ल्याइएको छ । विगतमा त्यो संगठनमा हुँदै नभएका मान्छेहरूलाई ल्याएर संगठनको नेतृत्वमा जिम्मा दिइएको छ । यस्ता केही कमी–कमजोरी भएका छन् । त्यसलाई पार्टीको आन्तरिक छलफलको प्रक्रियाबाट सच्याउने र त्यसको ध्यानाकर्षण गर्दै जानुपर्छ । अहिलेसम्म भएका निर्णयहरूलाई कार्यान्वयन गर्दै अब बाँकी निर्णयहरू पनि छिटोभन्दा छिटो गरेर पार्टी एकतालाई पूर्णता दिने दिशातिर जानु अहिलेको सन्दर्भमा संगठनात्मक हिसाबले सही हुन्छ ।

    मापदण्डका हिसाबले पनि त्यति उपयुक्त भएन भन्ने पनि छ नि ?
    हो, केही त्यस्तो भएको छ । जस्तो कि जिल्ला कमिटी पूर्वएमाले र पूर्वमाओवादीमध्ये कसले नेतृत्व गर्ने भन्ने सवालमा कुन मापदण्डमा छुट्याउने भन्ने मापदण्डमा टेकिएन । पूर्वमाओवादीले ल्याएको समानुपातिक मत हेर्न सकिन्थ्यो, पूर्वएमालेले ल्याएको मत हेर्न सकिन्थ्यो । तर, त्यस आधारमा नभई हिजोको खासगरी पूर्वएमालेको नवौं महाधिवेशनको पक्षधरताका आधारमा कतिपय जिल्लाका कमिटीहरू छुट्याउने काम भएको छ । त्यसो हुँदा असन्तुष्टिहरू हुन्छन् । मान्छेहरूको छनोटमा पनि कतिपय सन्दर्भमा पारदर्शिता भएन । त्यसकारण केही गुनासा आउँछन् । फेरि अर्को कोणबाट हेर्दा यत्रो ठूलो पार्टीमा गुनासाहरू, सुझावहरू, टिप्पणी र असन्तुष्टिहरू आउनु अस्वाभाविक होइन । त्यसलाई नेतृत्वले कार्यकर्ताको फिडब्याकका रूपमा बुझ्नुपर्छ ।

  • गणतन्त्र  दिवस मनाउदै गर्दा प्रधानमन्त्रीका कुरा यस्ता आए

    गणतन्त्र  दिवस मनाउदै गर्दा प्रधानमन्त्रीका कुरा यस्ता आए

    काठमाडौ
    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनताको अनुहार मलिन हुने विवशता अन्त्य गर्ने संकल्प लिएको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले सरकारको सो संकल्पलाई पूरा गर्न विभिन्न पेश, क्षेत्र, व्यवसायमा संलग्न सबैलाई साथ दिन पनि आह्वान गर्नु भयो । गणतन्त्र दिवसको अवसर पारेर काठमाडौंको टुँडिखेलस्थित सैनिक मंचमा बुधबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले गणतन्त्रलाई जनताको जीवनस्तर उकास्ने काममा अनुदित गर्न रोजगारीको अवसर सृजना गर्ने तथा उत्पादन वृद्धिमा जोड दिइएको पनि स्पष्ट पार्नु भयो । ‘गणतन्त्रलाई जनताको जीवनस्तर उकास्न हामीले रोजगारीको अवसर सृजना गर्ने कार्यक्रम ल्याएका छौ र उत्पादन वृद्धिमा जोड दिएका छौ,’ प्रधानमन्त्री ओलीले थप्नु भयो, ‘उपभोग्य बस्तुमा आत्मनिर्भरता बढाउने प्रकृतिको विकासलाई प्राथमिकतामा राखेका छौं । आम जनताको कष्ट निराकरण गर्ने दिशामा परिलक्षित विकास आयोजनाहरु तीव्र गतिमा अघि बढेका छन ।’ केपी शर्मा ओली, प्रधानमन्त्री प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल–सुखी नेपाली’को गन्तव्यमा अघि बढ्ने दृढ इच्छाशक्ति भएको प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार मुलुकमा रहेको उल्लेख गर्दै सातै प्रदेश तथा ७५३ वटै स्थानीय तहमा जननिर्वाचित सरकारहरु यसका लागि क्रियाशील रहेको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले संविधान विपरित राष्ट्रिय अखण्डतामाथि चुनौति बनिरहेका शक्तिहरुलाई राष्ट्रिय मूल धाामा समाहित गरेको उल्लेख गर्दै हिंसा र अस्थिरताको पक्षपोषण गर्नै शक्तिहरु पनि नियन्त्रित हुँदै गएको दावी गर्नु भयो । गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसले जनताको हितमा काम गर्नुपर्ने पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको विजय र कुलीनतन्त्रको पराजयको रुपमा व्याख्या गर्दै गणतन्त्रको सार्थक अभ्यासप्रति सचेत हुन र आफूले निर्वाचित गरेको, आम जनताले निर्वाचित गरेको सर्वोच्च संस्थाको मर्यादा राख्न पनि सबैलाई सचेत रहन आग्रह गर्नु भयो । ‘गणतन्त्रका संस्थाहरु जनताद्वारा, जनताका लागि, जनताले नै निर्माण गरेका हुन् । जनताको अभिमतको धरातलमा खडा भएका यी संस्थाहरुको सम्मान हुँदा मात्रै जनताको सम्मान हुन्छ । जनताको पहुँच नभएका, कुलीनतन्त्रीय संस्थाका अघि नतमस्तक हुने तर आफ्ना लागि, आफ्नै प्रतिनिधिका रुपमा कायम भएको संस्थाको मानमर्दन हुने प्रकृतिका व्यवहार जायज, जनपक्षीय र लोकतान्त्रिक हुनै सक्दैन,’ प्रधानमन्त्री ओलीको भनाई थियो,‘ त्यस्तो व्यवहारले वास्तवमा जनता, जनताको वलिदान र अधिकारको अपमान हुन जान्छ । जनताले प्राप्त गरेका उपलब्धिहरुलाई अस्वीकार गर्ने र ती उपलब्धिहरुको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्रविरुद्धकै व्यवहार हुन जान्छ ।’ केपी शर्मा ओली, प्रधानमन्त्री प्रधानमन्त्री ओलीले गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न गणतन्त्रका संस्था तथा अंगहरुको मर्यादा र सम्मान गरिनुपर्ने पनि स्पष्ट पार्नु भयो ।

    राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री ओली, प्रधानन्यायाधिश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरुको उपस्थिति रहेको समारोहमा हेलिकप्टरबाट गणतन्त्र लेखिएको व्यानरसहित पुष्पवृष्टि गरिएको थियो । त्यसैगरी समारोहमा शान्तिको प्रतिकको रुपमा परेवा र बेलुनहरु पनि उडाइएको थियो । त्यस अवसरमा नेपाली सेना, नेपाल प्रहरी, स्काउटलगायतका संघ, संस्थाहरुले मार्च पास गरेका थिए भने काठमाडौं, ललितपुर र भक्तपुरका सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियो ।

  • कांग्रेस सभापति देउवाको आरोप -कम्युनिस्टले लोकतन्त्र सक्न्न खोजे

    कांग्रेस सभापति देउवाको आरोप -कम्युनिस्टले लोकतन्त्र सक्न्न खोजे

    काठमाडौ
    प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन् । सभापति देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको उल्लेख गर्दै त्यसको रक्षाका लागि तयारी अवस्था रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान समेत गरे । गणतन्त्र दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले लोकतन्त्रको लागि लडेको काँग्रेसले नै यसको रक्षा गर्नुपर्ने पनि स्पष्ट पारे । ‘ जहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्रनै हुँदैन,’ सभापति देउवाको भनाई थियो, ‘प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेकाले लोकतन्त्रको रक्षा गर्न पार्टीका नेता, कार्यकर्ता तयार हुनुपर्ने बेला आएको छ ।’
    , नेपाली काँग्रेस सभापति देउवाले लोकतन्त्रका लागि फेरी संघर्ष गर्न नपरोस् भनेर आफ्नो पार्टीले राजतन्त्रको अन्त्य गर्ने कामको अगुवाई गरेको पनि स्मरण गराएका थिए । उनले धेरै ठूलो लडाई, त्याग र तपस्याको प्रतिफलबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गरे । ‘लोकतन्त्रका लागि काँग्रेसले हिजो पनि संघर्ष गरेको थियो, आज पनि गरिरहेको छ र भोली पनि गर्ने’ सभापति देउवाको भनाई थियो

  • प्रधानमन्त्री ओलीलाई राजनीति शास्त्रमा विद्यावारिधि

    प्रधानमन्त्री ओलीलाई राजनीति शास्त्रमा विद्यावारिधि

    काठमाडौं
    प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । प्रधानमन्त्री ओलीलाई बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सो विश्वविद्यालयका अध्यक्ष डा. शिनिल युनले राजनीतिक शाष्त्रको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको हो । लोकतन्त्रको लागि उच्च योगदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीलाई सो उपाधि प्रदान गरिएको प्रधानमन्त्री ओलीको निजी सचिवालयले जनाएको छ । सो उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयले आफूलाई दिएको सो मानार्थ उपाधि सिंगै मुलुक र जनताको सम्मानको रुपमा आफूले लिएको बताए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने पनि बताए । प्रधानमन्त्री  ओलीले आफू नेतृत्वको सरकारले सही नीति र दृष्टिकोण लिएर अघि बढेकाले मुलुक छोटो समयमै विकसित हुने दावी समेत गरे ।

  • टेक्सासमा बन्दुक झन् झन् खुकोलो हुदै

    टेक्सासमा बन्दुक झन् झन् खुकोलो हुदै

    टेक्सस राज्यका बासिन्दाले अब कुनै पनी दैबी प्रकोप पछीको एक हप्ता अनुमती प्राप्त बन्दुक खुले आम बोकेर सर्बसाधारणको माँझमा हिड डुल गर्न पाउने भएका छन्न् । टेक्सस् राज्यका सभासदहरुले उक्त कानुन पास गरेका कारण खुलेआम बन्दुक बोकेर कुनै पनि सभा सम्मेलन मन्दिर, गिर्जाघर, मस्जिद ,गुम्बा हिडडुल गर्न पाईने भएको हो । टेक्ससमा अब यस्ता सार्वजनिक स्थानहरुमा अनुमति प्राप्त हतियार बोकेर हिडडुल गर्न अन्य कुनै प्रकारको स्वीकृति लिनु नपर्ने भएको छ । सिनेटबाट १५ को बिरुद्ध १६ मतको झिनो अन्तरमा पास भएको उक्त बिधेक गभर्नर ग्रेग अबोट्सको टेबुलमा जाने क्रममा छ । यद्यपि उक्त नियम भने गभर्नरले हस्ताक्षर गरे पछि मात्र लागु हुने छ । टेक्सस् राज्यमा भर्खरै पास भएको उक्त बिधेकलाई बन्दुक खुला रुपमा बोक्न र घर घरमा राख्न पाऊनु पर्छ भन्दै अमेरिका भरका राज्यहरुमा लबिङ गर्दै आएको नेसनल राईफल एसोसिएसनले समर्थन गर्दै आएको छ ।
    दैबी बिपत्ती पछी हुन सक्न्ने सम्भाबित लुटबाट जोगिन हतियारको आवश्यकता हुने मान्यतामा आधारित भएर टेक्ससमा उक्त हतियार सम्बन्धि उक्त विधेक पास गरिएको हो । उक्त बिधेकको बिपक्षमा रहेकाहरुले भने बन्दुक बोक्ने यस्तो स्वतन्त्रताले सर्बसाधारणलाई अझै खतरा हुने प्रतिकृया दिएका छन् ।

    एजेन्सी

     

  • न्यौपानेको शब्दमा रिमा रिमा

    न्यौपानेको शब्दमा रिमा रिमा

    विश्व न्यूज संवाददाता
    टेक्सस ।
    लामो समयदेखि लेखन कलामा सक्रिय कमला न्यौपानेको शब्दमा रिमा रिमा बोलको आधुनिक गित बजारमा अँएको छ । म्युजिक भिडियोसहीत युट्युवमा अपलोड समेत गरिएको गितमा यदिन गजमेरको संगित र कर्ण विरले स्वर दिएका छन् । पेशाले नर्स न्यौपाने सिर्जनामा पनि उत्तिकैं सक्रिय रहेकी छन् । उनी अमेरिकाको कन्सासमा बस्दैं आएकी छन् ।