न्युयोर्क
गत मंगलवार राती ८ बजे अमेरिकाको एटलान्टास्थित हाईवेमा पैसा ओसार पसार गर्ने (आर्मोर्ड ट्रक) को ढोका खुलेर झन्डै २ लाख अमेरिकी डलर हाईवे वरिपरिको आकाशमा पत्कर जस्तै उड्यो । पैसा आकाश भरी उडेको देखेपछी महादेबको पनि तिन नेत्र भने झैं हाईवेमा गुडिरहेका अन्य गाडीहरु भटाभट रोकिए र गाडीबाट मान्छे निस्किएर पैसा सोर्न थाले । गाडीबाट निस्किएर उडेको पैसा सोर्दै हिंडेको भिडियो सामाजिक संजालमा भाईरल भएका छन् ।

पैसा ओसार पसार गर्ने ट्रक (आर्मोर्ड ) को ड्राईबरले गाडीको साईड ढोका खुलेर पैसा बाहिर निस्किएको बताएका छन् । हाईवे अाई-२८५ मा छरिएको पैसा लिएर जानेहरुको नाममा तत्काल स्थानीय डनऊडी प्रहरीले अनुरोध सहितको सुचना निकालेर भनेको थियो “जम्मा १ लाख ७५ हजार अमेरिकी डलर हराएको छ । थाहा छ यो एउटा अचम्मको घटना हो । तर उचित काम गर । अब पैसा फिर्ता गर । बाटोमा छरिएको पैसा टिप्नेहरुको गाडीको नम्बर प्लेटको आधारमा पहिचान भै सकेको हुँदा यदी उनिहरु आएर पैसा फिर्ता गर्छन् भने केही हुन्न नत्र हामी पक्राउ गर्छौ” । प्रहरीको अनुरोध पछी हालसम्म ५ जनाले पैसा फिर्ता गरी सकेका छन् । प्रहरीको सुचनालाई समुदायका मान्छेहरुले सकारात्मक रुपमा लिएर हराएको १ लाख ७५ हजार डलर नै संकलन हुने अपेक्षा प्रहरीको छ । प्रहरीले पैसा फिर्ता गरेको हरेक मान्छेको फोटो समेत डनउडी प्रहरीको फेसबुकमा राखेको छ । अमेरिकामा गुडिरहेको ट्रकबाट लाखौं डलर आकाशमा उडेको घटना यो पहिलो भने होईन । यस अघि डिसेम्बर महिनामा न्युजर्सीस्थित मेटलाईफ स्टेडियम अगाडिको हाईवेमा यसैगरी पैसा उडाएको थियो । सन् २०१८ को मे महिनामा ईन्डियाना राज्यको हाईवेमा ६ लाख डलर ट्रकको ढोका खुलेर उडाएको थियो । सन् २०१६ को जुन महिनामा रोड अाईल्यान्डको हाईवेमा यसरी नै उडाएको थियो । त्यसैगरी सन् २०१० को मार्चमा कोलम्बसमा १ लाख डलर ट्रकबाट निस्किएर छरिएको थियो । कोलम्बसमा सन १९८७ मा पनि यसरी नै सडकमा पैसा छरिएको थियो ।

Author: Bijaya Poudel
-

यसरी उड्यो अमेरिकाको अाकासमा डलर : टिप्न्नेको भिड
-

नियमित जुस पिउने गर्नु भएको छ ? अब बिचार पुर्याउनुहोस
के तपाईलाई हरेक दिन गुलियो जुस खाने बानी छ ? के हरेक दिन चिनीको मात्रा भएको सोडा खाने गर्नु हुन्छ ? त्यति मात्र होईन तपाई हरेक दिन गुलियो १००% फ्रेस जुस खानु हुन्छ भने पनि अब सोच्नु पर्ने भएको छ । विश्व कै पुरानो मेडिकल जर्नल (बि एम जे) “ब्रिटिश मेडिकल जर्नलख” ले नियमित रुपमा गुलियो फ्रेश जुस, अन्य गुलियो जुस, गुलियो सोडा ईत्यादिमा क्यान्सर रोगको जोखिम ज्यादा हुने रिपोर्ट प्रकाशित गरेको छ । चिनीको मात्रा भएको प्राकृतिक वा अप्राकृतिक जुन सुकै जुस नियमित खाने मानिसलाई गुलियो जुस नखानेलाई भन्दा क्यान्सरको जोखिम ज्यादा हुने रिपोर्ट बि एम जे (ब्रिटिश मेडिकल जर्नल) ले प्रकाशित गरेको हो । उक्त अध्ययनले भनेको छ “जुन उमेरको जस्तो फ्यामेली हिस्ट्री भए पनि जति व्यायाम गर्ने गरेको भएपनि र जति नै शिक्षित भएपनि जसले नियमित रुपमा गुलियो जुस, सोडा पिउने गरेको छ भने उसलाई क्यान्सर रोगको जोखिम अत्याधिक रहन्छ” ।
गुलियो जुस धेरै पिउनेको मुटु रोग, मधुमेह, क्यान्सरको कारण अल्पायुमा नै मृत्युको सम्भावना ज्यादै हुने अध्ययनको रिपोर्ट सार्वजनिक भएको यो पहिलो पटक भने होईन । तर बि एम जेद्वारा प्रकाशित रिपोर्टले शरीरको तौल बढ्नु, मुटु रोग र पाचन समस्या आदिलाई साईड एफ़ेकेट्स मानेर अध्ययन गरेको बताएको छ । यो रिपोर्ट सन् २००९ देखि सन् २०१७ सम्म कुल १ लाख १ हजार २ सय ५७ बस्यक फ्रेन्चहरुको बीचमा अध्ययन गरी निकालिएको निस्कर्ष हो । अध्ययनको दौरान ती प्रत्येक व्यक्तिको तौल, उचाई, ब्यायाम, खानपानशैली, शिक्षा र पारिवारिक क्यान्सरको हिस्ट्री लिईएको थियो ।अध्ययनको क्रममा बैज्ञानिकहरुले २४ घण्टामा कस्ता खाना खाने गरेको र कस्ता प्रकृतिका गुलिया तरल पदार्थ खाने गरेको विवरण समेत ती १ लाख १ हजार मानिसको लिएका थिए । बैज्ञानिकहरुले अध्ययनको लागि मानिसहरुले उपभोग गर्ने गरेका ३३ सय जुस र खाना लिस्टमा समाबेस गरेको समेत बताईएको छ । कार्बोनेटेड र बिना कार्बोनेटेड प्रकृतिका सामान्य जुस, सिरप, सत् प्रतिशत फ्रेश जुस, चिनी हालिएका तातो पेय पदार्थ, सपोर्ट्स ड्रिंक्स र इनर्जी ड्रिङ्क्स लगायतका पेय पदार्थलाई बैज्ञानिकहरुले अध्ययनको लागि छुट्याएको समेत जनाईएको छ । यो रिपोर्टमा अचम्म लाग्दो कुरा त यो छ कि सबैले स्वास्थको लागि राम्रो भनेर खाने गरेको शुद्ध फलफुलका जुस समेत यदि गुलियो छ भने क्यान्सरको ज्यादै जोखिम भनेको छ । रिपोर्टले भनेको छ; १०० मिलिलिटर गुलियो जुस चाहे फलफुलबाट तुरुन्तै निचोरेर होस् या बोतलमा राखेको होस्, नियमित खाने गरेको छ भने क्यान्सर रोगको जोखिम १२ प्रतिशत ज्यादा हुन्छ
। यदि त्यहि अनुपातमा सफ्ट ड्रिङ्क पिउने गरेको छ भने उक्त डरलाग्दो रोगको जोखिम १९ प्रतिशत ज्यादा हुन्छ । त्यति मात्र होईन २ पोका चिनी राखेर खाने चिया १ क्यान सोडा भन्दा हानिकारक हुने समेत रिपोर्टमा उल्लेख गरिएको छ ।समग्रमा रिपोर्टले चिनियुक्त जुस नियमित पिउनेलाई क्यानसरको जोखिम त हुन्छ नै त्यसमा पनि स्तन, प्रोस्टेट र कोलोरेक्टल क्यान्सरको सम्भावना ज्यादै रहन्छ भनेको छ ।
-

अमेरिकी महिला फुटबलकी स्टार मेगन ट्रफीसँगै विद्रोहको प्रतीक बनेर फर्किन्
प्रभात भट्टराई
अमेरिका
जुन पहिलो साता विश्वकपमा भाग लिन युरोप उड्दा मेगन रापिनोको आम चिनारी टोलीको उपकप्तानकै रुपमा थियो । एक महिना पछि ट्रफी लिएर फर्किंदा उनी एक वैचारिक मिसालका रुपमा अवतरण गरेकी छिन् ।
सकर भनेर चिनिने फुटबल अमेरिकामा सर्वाधिक लोकप्रिय खेल होइन । त्यसैले पनि रापिनोमा त्यसबेला त्यति धेरै नजर थिएनन् आज जति छन् । खुलेआम समलिङ्गी रापिनो समानताको लडाइँमा पनि उत्तिकै सक्रिय थिइन् जति फुटबलको मैदानमा छिन् । तेस्रो लिङ्गी एवम् अश्वेत अमेरिकीहरुलाई समान आँखाले हेरिनुपर्छ भन्ने उनको माग यो विश्वकपले हर अमेरिकीको दिमागमा पु¥याइदिएको छ । विश्वकपमा समूह चरणका खेल सकिएका थिए । अमेरिकाले आफ्नो समूहका सबै खेल जितेर उपाधि दाबेदारी प्रस्तुत गरिसकेको थियो । एक पत्रकारले रापिनोलाई सोधे– ‘उपाधि जिते त ह्वाइट हाऊस जाने होला नि खुसी मनाउन ?’
रापिनोले सिधा जवाफ दिइन्– ‘हामीलाई त्यहाँ बोलाइन्छ भन्ने नै लाग्दैन, बोलाए पनि म जान्न ।’ आफ्नो आलोचना सुन्न नचाहने राष्ट्रपति डोनाल्ड ट्रम्पलाई के चाहियो, रापिनोलाई गाली गर्दै ट्विटको वर्षा नै गरे । मेगनले मुलुक, झण्डा र ह्वाइट हाउसको अपमान गरेको आरोप ट्रम्पको थियो । साथै ह्वाइट हाउसमा बोलाउने–नबोलाउने जिम्मा आफ्नो हुने र गफ गर्नुभन्दा पहिले जितेर देखाउनसमेत मेगनलाई उनले चुनौती दिए ।
ट्रम्पले नै यति बोलिदिएपछि उनका समर्थकलाई के चाहियो र ! मेगनलाई मुलुकप्रति घात गरेको आरोपले सामाजिक सञ्जाल नै भरियो । तर, उनी टसमस भइनन् । आफू हृदयदेखि नै अमेरिकी रहेको र ट्रम्पसँग एकाकार हुनु मात्र देशप्रेमको आधार नरहने जवाफ फर्काइन् । मैदान बाहिरको यो नोकझोंकले खेलका लागि भने उनीमाथि नयाँ जोश नै थप्न पुग्यो । समूह चरण पार गरेपछिका दुई खेलमा उनले लगातार चार गोल गरिन् । यिनै गोलको मद्दतले अमेरिका सेमिफाइनल पुग्यो । ह्यामस्ट्रिम चोटका कारण उनी सेमी खेल्न सकिनन् । जोसिएको टोलीले सेमीमा बेलायतलाई हरायो ।
मेगन फाइनलमा फिट भएर मैदान फर्किइन् कप्तानको आर्मब्याण्ड सहित । नेदरल्याण्डमाथि अमेरिकाले सुरुदेखि नै दबाब बढाए पनि पहिलो हाफमा गोल गर्न सकेको थिएन । दोस्रो हाफ सुरु भएको १५ मिनेटमै अमेरिकाले पेनाल्टी पायो । सुट गर्ने जिम्मा मेगनकै थियो । नभन्दै प्रहारलाई गोलमा परिणत गरेर उनले टोलीलाई विश्वकप ट्रफीको नजिकतर्फ धकेलिन् । उक्त प्रहारसँगै प्रतियोगितामा उनको व्यक्तिगत गोलसंख्या छ पुग्यो । गोल्डेन बुट हत्याइन् । साथै, प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि उनी नै छनौट भइन् र गोल्डेन बल पनि आफैँले हात पारिन् । एउटै खेलाडीले व्यक्तिगत विधाका दुई प्रमुख अवार्ड जित्ने संयोग विश्व फुटबलमा विरलै हुने गर्छ, जुन मेगनले हात पारिन् ।
यो विश्वकपमार्फत मेगनले एकातिर आलोचकहरुलाई व्यवहारबाटै जवाफ दिएकी छिन् भने अर्कोतिर विद्रोहको शक्तिशाली प्रतीकको रुपमा आफूलाई थप अग्ल्याउन सफल भएकी छिन् । आफू समानताको लडाइँमा रहेको उद्घोष त उनले पटक–पटक गरिसकेकी थिइन् । तर, यो विश्वकपले उनको लडाइँलाई आम बनाइदिएको छ ।
गत मार्चमा अमेरिकी महिला सकर टोलीले पुरुषहरुको समान तलबका लागि सकर एसोसिएसनविरुद्ध मुद्दा हाल्यो । त्यसको प्रमुख अभियानकर्ताका रुपमा थिइन् मेगन । सन् २०१५ मा पनि विश्वकप जितेको अमेरिकी महिला टोलीले सकरमा राष्ट्रिय पुरुष टोलीले भन्दा धेरै आय जुटाएको थियो । तर, महिला टोलीलाई पारिश्रमिक भने पुरुषको तुलनामा ३८ प्रतिशत मात्र दिइएको यथार्थ खुलेपछि मेगनले विद्रोहको नेतृत्व गरिन् । अहिले ट्रम्प प्रशासनसँगको उनको लडाइँमा पनि यिनै मुद्दाहरु कारक रहेका छन् । आफूहरु जुन सोंच र वैचारिक धरातलबाट यहाँसम्म आइपुगेको हो त्यो ट्रम्प प्रशासनसँग बिल्कुल नमिल्ने कारण निम्तो आए पनि आफू खुसियाली मनाउन ह्वाइट हाउस नजाने उनले प्रष्ट पारेकी छिन् ।
उनको आवाजमा मात्र होइन मैदानमा समेत विद्रोह देखिने गरेको छ । विभेदको विरोध गर्दै राष्ट्रगानमा घुँडा टेक्ने एनबीए खेलाडीहरुप्रति उनले ऐक्यबद्धता जनाएकी थिइन् । साथै, खेल दौरान बज्ने राष्ट्रगानमा हात छातीमा राख्न उनी आफूले पनि अस्वीकार गरेर विरोध जनाउँदै आएकी छिन् ।
३४ वर्षीय मेगन सन् २००६ बाट राष्ट्रिय टोलीमा छिन् र आइतबारको फाइनलमा गरेको गोल मुलुकका लागि उनको ५०औँ गोलसमेत हो । उनी अमेरिकी महिला बास्केटबल खेलाडी सु बर्डसँग सम्बन्धमा रहेकी छिन् । खेल दौरान निकै नोकझोंक चले पनि ट्रम्पले अन्ततः अमेरिकी टोलीलाई ट्विटरमार्फत बधाई भने दिएका छन् । खेल सकिएको झण्डै चार घण्टापछि उत्साहजनक खेलमा टोलीले उपाधि हात पारेको भन्दै उनले बधाई दिएका हुन् । टोलीलाई ह्वाइट हाउस बोलाउने–नबोलाउनेबारे भने उनले केही बोलेका छैनन् । आज बुधबार न्युयोर्क सिटि हलमा हजारौको भिड सहित आयोजित बिशाल विजयी उत्सब समारोहमा मेगनले आफ्नो बक्तब्यको क्रममा लैंगिक समानताको वकालत गरिन र भनिन “ धेरै माया थोरै घृणा गर “ । -

नायकहरुको नालायकी
पुरुषोत्तम लम्साल
[email protected]६० वर्ष अघिसम्म क्यूबा नामको करेबियन देश सशर्त र पोषित सार्वभौमसत्तामा थियो । ऊ केहीमा आत्मनिर्भर थिएन । स्पेन, अमेरिका, सोभियत संघदेखि भेनेजुयलासम्मले क्यूबालाई कज्याइरहेका थिए । आम किसानको उत्पादन र त्यसको बजार मात्र होइन आवादी जमीनसमेत मुठ्ठीभरका विदेशी कम्पनीको पकडमा थियो । परम्परागत खेतीलाई विदेशीहरुले उखुउद्यान बनाइसकेका थिए । मजदुरका रुपमा लाखौं ‘दास’ आयात गरिएका थिए । निर्यातका नाममा सस्तो मूल्यका चिनीको चपेटामा थियो । परम्परागत खेती र बालीमा पसेको साम्राज्यवादी सलहले आम क्यूबाली किसानलाई पनि दासैसरह बनाएको थियो ।
यस्तो बेला आयो, क्यूबा जाग्यो । लड्यो । संघर्ष ग¥यो । बाँच्यो । कृषिमा पनि क्यूबा उठ्यो । प्राङ्गारिक र जैविक खेती प्रणालीमा क्यूबाले नसोचेको सुधार ग¥यो । साना र मझौला किसान एक सूत्रमा बाँधिए । सहकारीकरण, कृषि संघ सक्रिय भयो । उत्पादन र निर्यात दुबैको क्रमशः विविधीकरण शुरु भयो । वैचारिक ध्रुवका देशहरुले बजार दिए । क्यूबाको अर्थतन्त्र अन्ततः गतिशील बन्यो । शक्तिशाली देशको सयौं प्रतिबन्ध र नाकाबन्दीबीच उभिएर पनि क्यूबा बाँचिरह्यो ।
सन् १९५० को दशकको क्यूबा र अहिलेको नेपाली पहाडी इलाकाको सन्दर्भ उस्तै रहेछ । सीमित क्षेत्रमा अव्यवस्थित शहरीकरणको उच्च दर उस्तै, पहाडी क्षेत्रबाट बसाइसराइको लहर पनि उस्तै । श्रमशक्तिको पलायन पनि झनै उस्तै । ग्रामीण कृषि उत्पादनमा देखिएको सुस्तता र बढ्दो बाँझो जग्गाको दर पनि उस्तै । अर्थात् तत्कालीन क्यूबाली समाजको तस्वीर अहिलेको नेपाली समाजसँग मिल्ने ।
तर, ग्रामीण किसान जगाउन क्यूबामा थालिएको वैकल्पिक खेती प्रणाली आन्दोलनले सकारात्मक परिणाम दियो । सन् १९८० मा राष्ट्रिय खाद्य कार्यक्रमअन्तर्गत उखुलाई छाडेर तरकारी बालीको विकास कार्यक्रमले प्रभावकारी नतिजा दियो । प्रांगारिक र जैविक मलको प्रयोग आन्दोलनले संकटका वर्षमा पनि नयाँ कृषि प्रणाली बलियो बनाउने आधार दियो । बढ्दो यान्त्रिकीकरण रोक्न क्यूबाले ट्र्याक्टर थन्क्याएर हलो र गोरुको उपयोगमा समेत बढोत्तरी ग¥यो । कृषिमा आयात घटाउने र निर्यात वृद्धि गर्ने दुबै क्षेत्रमा प्रगति हासिल भयो । विपन्न आय भएका बहुसंख्यक किसानलाई कसरी आत्मनिर्भर बनाउने भन्ने विषयमा क्यूबाली प्रयास विश्वव्यापी बहसमा आइपुग्यो । उपनिपवेशविरोधी राष्ट्रवादी भावनालाई समाजवादको आकारमा ढाल्न गरिएका प्रयत्नमा क्यूबाले आफ्नै भाष्य तयार ग¥यो ।
अफसोच ! सोभियत संघ ढलेसँगै क्यूबाको बजार पनि ढल्यो । ग्राहक पनि ढले । अर्थतन्त्र पनि ढल्यो । समाजवादी देशहरुको ध्रुवमा आएको संकटले क्यूबाको समाजवादी अभ्यास पनि थाङ्थिलो भयो ।अपेक्षा र नियती
क्यूबा सन्दर्भ पढेपछि नेपाल सरकारले विषादीजन्य भारतीय तरकारी र फलफूलको आयातमा कडाई गरेर कृषीमा नयाँ दृष्टी दिन लाग्यो कि भन्ने लाग्यो । परनिर्भरता र आत्मनिर्भरताबीच सरकारले प्राप्त गरेको यो अवसर त्यत्तिकै फाल्दैन भन्ने लाग्यो । अब कृषिमा जागरण भर्न लाग्यो सरकार भन्ने प¥यो । फुरुङ्ग भएँ । तर साता नबित्दै सरकारले निहुरीमुन्टी लायो, म पनि खिस्रिक्क भएँ । प्रश्न उठ्यो, नायकहरुले कसरी नालायकी देखाउँछन् हँ ?आदरणीय देशवासी !
नेपाल सरकारले छिमेकी देशहरुबाट आउने खाद्यान्न, तरकारी एवम् फलफूलजन्य वस्तुमा प्रयोग गरिने मानव स्वास्थ्यका लागि हानिकारक विषादी परीक्षणपछि मात्र आयात गर्ने विषयमा गत जेठ १० गतेको मन्त्रीपरिषद् बैठकमा गरेको निर्णय सबैलाई जानकारी नै होला । जनस्वास्थ्यका लागि नेपाल सरकारले यो दूरगामी निर्णय गरेको हो । निर्णय कार्यान्वयनमा जाँदा केही असहज परिस्थिति उत्पन्न हुनु स्वाभाविक छ । केही दिन बजारमा समस्या आइपर्छन् भन्ने हामीलाई थाहा थियो । हामीले हिजोको कस्तै संकटको सामना गरेकै हौं र यो संकटको पनि हामी डटेर सामना गर्दछौं । केही थान विषका व्यापारी र केही विदेशी कर्मचारी रोइकराई गर्दैमा नेपाल सरकार नेपाली जनताको स्वास्थ्यमा खेलबाड गर्दैन र गर्न दिंदैन भन्ने विश्वास दिलाउन चाहन्छु ।आदरणीय देशवासी !
केही दिन विदेशी तरकारी नखाएर कोही नेपाली मर्दैनन् । हामी हाम्रा जनतालाई निरन्तर विष सेवन गराउनुभन्दा केही संकट झेलेरै भविष्यमा स्वस्थ तरकारी तथा खाद्यान्न आपूर्ति गर्न सचेत र सावधान छौं । यसका लागि तरकारी हुने र नहुने घरबीच केही दिन बरु ऐंचोपैंचो गरौं, केही दिन मिठो मसिनोको स्थानमा नमिठो र खस्रो नै खाऔं । स्थानीय उत्पादनको प्रयोगमा सबैले सहयोग र हातेमालो गरौं । कुँडार र करेसाबारी व्यवस्थापन गरौं । केही सप्ताह घरघरमा तरकारी उपयोगमा सकेसम्म कटौती गरौं । केही दिन गुन्द्रुक खाऔं, सिन्की खाऔं, तामाको तरकारी खाऔं । हुनेले नहुनेलाई सहयोग गरौं । नेपाल सरकार तदारुकताका साथ विषादी परीक्षण र व्यवस्थापन अभियानमा लागेको छ । केही दिनमै हामी हाम्रो लक्ष्यमा सफल हुन्छौं भनेर म नेपाल सरकारको तर्फबाट सबैलाई विश्वास दिलाउन चाहन्छु ।केपी शर्मा ओली
(प्रधानमन्त्री) ।देशको प्रधानमन्त्रीबाट अपेक्षा त यस्तो थियो । प्रधानमन्त्रीले जनताको हितमा आफ्नो निर्णयको डटेर प्रतिरक्षा गर्छन् र कस्तै दबाब पनि थेग्छन् वा थेग्न उत्प्रेरित गर्लान् भन्ने थियो । देशको नायकबाट राखिने अपेक्षा यस्तै त हुन्छ ।
दुर्भाग्य ! मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले नै विषादी जाँच नगर्ने ठाडो प्रस्ताव लगेछन् र सबैले समवेत स्वरमा पारित गरेछन् । तल्लो तहसम्म लिखित निर्णय ‘सर्कुलर’ नै नभई विष बोकेर सीमामा पंक्तिबद्ध भारतीय सवारीसाधन विजयी गीत गाउँदै नेपाल भित्रन थाले । के लाग्छ ?
कर्मचारी र कार्यालयको बहानामा जनहितकारी निर्णय र कार्यक्रममा कालो पोतियो । सामान्य कर्मचारीको रुपमा रहने राजदूतले नेपाल सरकारलाई नै चेतावनीको भाषा प्रयोग गर्न थाले, छिमेकी देशले दबाबको पुल बाँध्यो र भारतबाट नेपाल भित्रने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत् निर्णयबाट नेपाल सरकार लाचार, निरीह र निरुपाय भएर पछि हट्यो । कुरा त यत्ति नै हो । नायकको पहिचान कि संकटको घडीमा हुन्छ कि सुविधाको अवस्थामा हुन्छ भन्ने भनाइ सार्वभौम हो भने हामीले हाम्रा नायकबाट नालायकीको नजीर प्राप्त गरेका छौं । त्यो आफू सबल र सक्षम नभईकन निर्णय गर्ने रुपमा लिंदा पनि हुन्छ । वा, त्यो निर्णय गरिसकेपछि त्यसमा उभिन नसक्ने दुर्बल पात्रको रुपमा लिंदा पनि हुन्छ ।
कालखण्डमा नायक हुने अवसर सबैले सधैं प्राप्त गर्दैनन् । जसले प्राप्त गर्छ त्यसलाई उपयोग नगर्ने वा गर्न नसक्नेलाई नायक मानिदैन वा मान्न सकिंदैन । आमजनताको चासो र सरोकारको मुद्दामा पनि लाचार र निरीह पात्र कसरी नायक हुन्छ ? ठ्याम्मै हुँदेन ।
सरकारलाई थाहा छ, नेपाली बजारमा भित्रिएका भारतीय तरकारी तथा फलफूलसँगै विषको व्यापार पनि चुलीमा छ । सरकारलाई थाहा छ, नेपाली बजारको झण्डै आधा हिस्सा (४० प्रतिशत) विषादीजन्य तरकारी र फलफूल भारतबाट आयात हुन्छ र विषादी परीक्षण कुनै पनि शर्तमा आवश्यक छ । सरकारलाई यो पनि थाहा छ, त्यसको क्रियान्वयनले जनस्वास्थ्यमा दीर्घकालीन अनुकूल नतिजा प्रदान गर्छ र हामीले आफ्नो आन्तरिक बजार प्रणाली बलियो बनाउन, स्थानीय किसानलाई बजारमा स्थान दिन पनि परीक्षण अनिवार्य छ । सरकारलाई थाहा छ, झण्डै ५० अर्बको हाराहारीमा तरकारी र फलफूलसँगै भारत नेपालमा विष पनि निर्यात गरिरहेको छ, यो विष अनेक रोगहरुको आयात पनि हो र ठूलो मूल्यका ओषतीहरुको पनि आयात हो ।
तर, सरकारलाई थाहा हुनु र सरकार लाचार हुनुबीच भेद छ । यहींनेर नायकहरुको नालायकी छताछुल्ल पोखियो । ‘तिमीहरु विष खाए खाओ, नखाए नखाओ म चाहिँ मेरो निर्णयलाई ‘लालसलाम’ गर्छु भनेर कुनै नायकले भन्छ ? पत्याउँदैनथें । तर, भन्दारहेछन् ।
ठीक छ, क्वारेन्टाइनका लागि उपकरण र जनशक्ति तत्कालका लागि अभाव भयो, उन्नत प्रयोगशाला चाहिने रहेछ । तयारी कम थियो र त्यसैको फाइदा छिमेकीले उठायो, त्यो पनि सही । भारतीय व्यापारीको हितमा भारतले चासो देखाउनु पनि ठूलो कुरो भएन । विषादी जाँच केन्द्रका लागि तत्काल काम शुरु हुन्छ भन्ने पनि पत्याइयो । तर राष्ट्रिय हितका विषयमा सरकारले समयसीमा तोकेर काम गराउन सक्दैन ? समयसीमा घोषणा गर्नसक्दैन ? भदौ १ देखि यो यो सीमा नाकाबाट विषजन्य तरकारी र फलफूल आयात हुँदैन भनेर जनतालाई विश्वास दिलाउन पर्दैन ? विषादी परीक्षणका लागि यति दिनभित्र यो ठाउँबाट यो किसिमको प्रविधि ल्याएर हामी देखाइदिन्छौं भन्ने हुत्ती सरकारसँग छैन ? परराष्ट्रको ढोको नाघेर सरकारले गरेको निर्णयविरुद्ध चलखेल गर्ने राजदूत नामको कर्मचारीलाई नसिहत दिन सक्दैन ? जनताका नायकले भारतका व्यापारीलाई घाटा लाग्ने भयो र उनीहरुको तरकारी कुहिने भयो भनेर ‘त्वम् शरणम्’ गर्दिने ? यो त नायकले देखाएको नालायकी मात्र हो ।टिठलाग्दो तरकारी राष्ट्रवाद
सीमामा भारतीय तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेपछि केहीमा राष्ट्रवादको चर्को पीर देखियो । दूतावासकै नून हालेर तरकारी पकाउने घघडानका बुद्धिजीविले पनि दशाक्षरी ट्विट गरेर निर्णयको विरोध गरे । त्यो तरकारी राष्ट्रवाद अद्वितीय थियो । उनीहरुले जनताको स्वास्थ्यमा चासो दिएर वा स्थानीय किसानका मुद्दालाई प्राथमिकता दिएर होइन च्याँखे थाप्नै मात्र विरोध गरिरहेको पनि देखियो । प्रतिपक्षमा दर्ता भएको दलले सबै कुरा सकिएपछि पाँच बुँदाको खेस्रा यस्तै हो । राष्ट्रवादको चरित्र तरकारीसँगै उम्रिएर तरकारीसँगै कुहिने पनि हुन्छ ?
जुनबेला नेपाल नाकाबन्दीको चपेटामा थियो त्यो बेला लेखिएको ‘कस्मेटिक राष्ट्रवाद’को विषय स्मरण भयो । तरकारी राष्ट्रवाद बोकेर केही नेता र जनप्रतिनिधि उछालकुद गरिरहँदा मलाई त्यो सन्दर्भ याद आयो । अर्गानिक राष्ट्रवादको क्यानभासमा छरपष्ट भएको तरकारी राष्ट्रवाद देखेर म हाँसे । माधवकुमार नेपालको भाषण सुनेर हाँसें । बाबुराम भट्टराईको ट्विट पढेर हाँसे । नेकपाकै केही नेताले संसदीय दलको बैठकमा गरेको राष्ट्रवादको व्याख्याले पनि हाँसे । प्रतिपक्षको विज्ञप्तीमा पनि हाँसे । तरकारी राष्ट्रवादमा माखो नमारेका ती सबै हिजो कुनै न कुनैबेला सत्ताकै प्रमुख वा मुख्य अंग थिए भन्ने बिर्सिएको देखेर हाँसें । संविधानले नै नायकहरुको नालायकीमा हाँस्न पाउने हकको व्यवस्था गरेको छ ।
यसैले म हाँसे । -

फिङ्गर प्रिन्ट्स दिएको ९ महिना भयो, अहिलेसम्म ग्रीनकार्ड आएन ?
रमेश श्रेष्ठ
कानुन ब्यबसायी ,न्युयोर्कमैले मेरो शरणार्थीको निवेदन स्वीकृति भएको आधारमा आई–४८५ एप्लिकेसन एक वर्षअघि युएससीआईएसमा पेश गरेको थिएँ । साथीहरुको सल्लाहअनुसार आई–४८५ एप्लिकेसनको फी नराखी फी वेभरको फर्म आई–९१२ भरेर पठाएको थिएँ । निवेदन प्राप्त भएको रिसिप्ट र फिङ्गर प्रिन्टको एप्वाइन्टमेन्ट पनि आयो । फिङ्गर प्रिन्ट्स दिएको पनि ९ महिना भइसक्यो अहिलेसम्म ग्रीनकार्ड आएन । इन्क्वायरी गर्दा मेरो निवेदन पेन्डिङ छ भन्ने जबाफ मात्र पाइन्छ । के भएको होला ? जबाफको लागि धेरैधेरै धन्यवाद ।
– धिरेश यादव, न्यूयोर्क
युएससीआईएसको दस्तुर वा फि वेभ गरी पाउँ भनी निवेदन दिनका लागि मुख्य कुरा सो निवेदकले सो फि तिर्न नसक्ने अवस्था अथवा ‘इनएबिलिटी टु पे’ भनी देखाउनुपर्ने हुन्छ । सो फि तिर्नका लागि आर्थिक कारणले असमर्थतना देखाउनका लागि विभिन्न आधारहरुमध्येमा कम्तीमा एक आधारका कारण सो वेभर वा माफी पाउनका लागि क्वालिफाइड हुनुपर्ने हुन्छ । ती आधारहरु हुन्– १) फेडरल रुलका आधारमा आवश्यकताअनुरुप पब्लिक बेनिफिट पाउन याग्य भएको वा पाइरहेको, (२) अमेरिकी सरकारले तोकेको पोभर्टी गाइडलाइन्सको हाउसहोल्ड इन्कमभन्दा कम हाउसहोल्ड इनकम भएको, (३) ६५ वा सोभन्दा बढी उमेरको वृद्ध भएको, (४) फेडरल गभर्मेन्ट एजेन्सीले अपाङ्ग हो भनी घोषणा गरिएको, (५) निवेदकको बच्चाहरुको उमेर र संख्या जसले निवेदकसँगै डेरिभेटिभ स्टाटसका लागि माग गरेका छन् । (६) मानवता वा अन्य सोही किसिमको कारण (जस्तै– बिरामी वा पीडित स्पाउस वा चाइल्ड) ।
यी माथिका कुनै पनि एक आधार रहेको अवस्थामा मात्र युएससीआईएस फीको वेभर वा माफी माग्न सकिन्छ । तपाईंले आई–४८५ एप्लिकेसन र फर्म–९१२ पेश गर्दा अवश्य पनि चाहिने कागजपत्रहरु जसले तपाईंको आर्थिक अवस्था कानूनले डिफाइन गरेजस्तै कमजोर भई आवश्यक दस्तुर तिर्न नसक्ने भनी देखाउनुभएको नै होला । फी वेभरको माग राखेपछि सर्वप्रथम युएससीआईएसले तपाईंको फी वेभरको निवेदन स्वीकृत गर्ने कि अस्वीकृत गर्ने भनी निर्णय गर्नुपर्ने हुन्छ । फी वेभरको रिक्वेष्टलाई तपार्ईंले पेश गर्नुभएको कागजातहरु जस्तै– ट्याक्स रिर्टन्स आदिलाई छानबिन गरी तपाईंलाई वेभर वा फी माफी गर्नुपर्ने भनी निर्णय गरी वेभरको स्वीकृति गरेपछि मात्र तपाईंको आई–४८५ को एड्जडिकेसन हुनेछ । यदि फि वेभरको रिक्वेष्ट अस्वीकृत भएमा, लाग्नी फी पेश गर्न भनी माग पनि गर्न सक्ने हुन्छ । यी विभिन्न प्रक्रियाहरुद्वारा जानुपर्ने भएकाले गर्दा पनि तपाईंको आई–४८५ एप्लिकेसनको प्रोसेसमा डिले भएको हुन सक्छ । मुख्यगरी इमिग्रेसन बेनिफिटको एप्किलेसनहरुको प्रोसेसिङ केस बाई केस हुने भएकाले कुनै कुनै एप्लिकेसनको प्रोसेसिङमा धेरै समय लाग्ने पनि हुन सक्छ । -

राष्ट्रपती ट्रम्पले आफ्नो ट्विटरमा बिरोधिलाई ब्लक गरेपछी उनलाई त्यसो नगर्न अदालतको आदेश
मंगलवार फेडरल अपिल कोर्टले राष्ट्रपति डोनाल्ड ट्रम्पले अब आफ्नो सामाजिक संजालका एकाउन्टमा उनका आलोचकहरुलाई रोक्न (ब्लक ) गर्न नपाउने आदेश गरेको छ । ट्विटरमा निकै सकृय राष्ट्रपति ट्रम्पले सर्बसाधारणसँग संपर्कका लागि उनले प्रयोग गर्ने ट्विटरमा कटु आलोचकहरुलाई ब्लक गरेर संबिधानको पहिलो संसोधन बिरुद्ध कार्य गरेको भन्दै यस्तो आदेश गरिएको हो । यु एस कोर्ट अफ अपिलको सेकेन्ड सर्किटका न्यायाधिश बरिङ्टन पार्करले मुद्धाको सुनुवाई गर्दै घोषणामा लेखेका छँन् “संबिधानको पहिलो संसोधनले कुनै पनि सरकारी अधिकारीले फरक मत राख्नेहरुलाई बाहिर राख्नु भनेको संबिधानको पहिलो संसोधनको उलंघन गर्नु हो । नागरिकको वाक स्वतन्त्रता हनन गर्नु हो । “राष्ट्रपती ट्रम्पले ट्विटरमा अब कसैलाई पनि रोक्न (ब्लक) नमिल्ने र यस अगाडि ब्लक गरिएकालाई पनि खुलाउनु पर्ने आदेश भएको छ ।

राष्ट्रपति ट्रम्पको रियल डोनाल्ड ट्रम्प (@realDonaldTrump) नामक ट्विटर् एकाउन्टमा फरक राजनीतिक बिचारका कमेन्ट गर्नेहरुलाई उनले ब्लक गरेपछी त्यसका बिरुद्ध ७ जनाको समुहद्वारा सन २०१७ मा मुद्दा परेको थियो । कतिपय आलोचकले ट्रम्पले उनिहरुलाई ट्विटरमा ब्लक गरेपछी आफ्नो पेजमा ब्लक गरेको फोटो सहित पोष्ट गर्ने गरेका छन् । राष्ट्रपतिले लेखक स्टेफन कीङ्, मोडल क्रिसि टेगन, नायिका रोजी डोनल, संचारकर्मी लौरेन वोल्फ लगायत थुप्रै चर्चित अनुहारलाई समेत ट्विटरमा ब्लक गर्दै आएका छन् ।

श्रोत : न्यूयोर्क टाईम्स
-

क्यानडा स्थित एक होटलमा कार्बन मोनोअक्साईड लिक हुँदा ४६ घाईते
क्यानडा स्थित एक होटलमा कार्बन मोनोअक्साईड ग्यांस लिक हुँदा ४६ जना असक्त भै अस्पताल भर्ना गरिएको छ जस मध्ये १५ जनाको अवस्था चिन्ता जनक छ । ५२ जना मानिस र एउटा कुकुर रहेको अवस्थामा क्यानडाको विनिगेप स्थित सुपर ८ होटलमा स्थानिय समय बिहान सवा दशबजे कार्बन मोनोअक्साईड लिक हुँदा फायर अलार्म बजेको थियो । कार्बन मोनोअक्साईड अकस्मात फैलिए पछी होटल भित्र रहेका मानिस तथा कुकुर अस्वस्थ हुन पुगेका हुँन् ।
मोनिटोवा हाईड्रोले होटलमा आपुर्ती गरेको कार्बन मोनोअक्साईडको लाईन तत्काल बन्द गरेको थियो । सामान्यतया घरमा प्रयोग हुने बोईलर सेन्ट्रल हिटिङ् वाटर हिटर ग्यांसबाट बल्ने आगोमा कार्बन मोनोअक्साईड हुने गर्दछ । जब घर भित्र कार्बन मोनोअक्साईडको मात्रा बढ्न पुग्दछ तब शरीरमा भएका रक्त कोशीकाहरुले अक्सिजनको बदलामा कार्बन मोनोअक्साईड लिन पुग्दछ मानिस त्यस पछी मानिस तत्काल अस्वस्थ हुन पुग्दछ । कहिले काँही शरीरका तन्तुहरुमा घात पुग्दा मृत्यु समेत हुने गर्दछ ।
श्रोत : द स्टार डट कम -

विदेशमा बस्ने नेपालिलाई दिने भनिएको गैर आवासिय नागरिकता यसरि अड्कियो
विश्व न्युज संवाददाता
काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएन)का लागि प्रदान गरिने गैरआवासीय नेपाली नागरिकता प्राप्तीको बाटो अझै खुलेको छैन । नेपालको संविधान २०७२ ले व्यवस्था गरे पनि अहिलेसम्म गैरआवासीय नेपाली नागरिकताको बाटो खुला भएको छैन । नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ अहिले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा छ ।
नागरिकताका विभिन्न पक्षमा विवाद बढेपछि समितिले महिनौँदेखि नागरिकता विधेयक टुंगो लगाउन सकेको छैन । पटक–पटक समितिले विभिन्न समिति बनाएर छलफल गर्दै आएको छ । समितिले राजनीतिक नेतृत्व, नागरिकतासँग सम्बन्धित विज्ञ लगायतसँग पनि पटक–पटक छलफल गरेको छ । पटक–पटकको छलफलमा पनि विभिन्न विषयमा विवाद भएपछि समितिले डा. विजय सुब्बाको नेतृत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको थियो ।
अहिलेसम्म उपसमितिले प्रतिवेदन तयार गर्न सकेको छैन । उपसमितिले अहिलेसम्म प्रतिवेदनसमेत बनाउन सकेको छैन । १५ दिनको समयसीमा नाघेको पनि धेरै भैसकेको छ । तर, समितिले बैठकसमेत बोलाएको छैन । समिति सभापति शशी श्रेष्ठले छिट्टै नागरिकता विधेयकको टुंगो लगाउने बताएकी छन् । समितिले मूल राजनीतिक नेतृत्वसँग छलफल नगरिकन विवाद अन्त्य गर्ने वा विधेयकका बाँकी विषय टुंगो लगाउन सक्ने अवस्था देखिदैन ।गैरआवासीय नागरिकतामा पनि विवाद
नागरिकता विधेयकमा वंशजको नागरिकता, अंगीकृतको व्यवस्था, आमाका नामबाट दिने नागरिकता लगायतका विषयमा गम्भीर विवाद भएपनि गैरआवासीय नेपाली नागरिकताका विभिन्न पक्षमा समेत सहमतिले अन्तिम रुप पाउन अझै सकेको छैन । मूल विधेयक नै पास हुने अवस्थामा मात्र गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयले अन्तिम रुप पाउने छ । मूल विधेयकमा सहमति नजुटेसम्मको अवस्थामा फेरि पनि गैरआवासीय नेपाली नागरिकका प्रावधानमा फेरबदल हुन सक्ने प्रतिनिधिसभा सचिवालयले जनाएको छ ।
गैरआवासीय नेपाली नागरिकताका विषयमा अहिलेसम्म भएका सहमतिअन्तर्गत गैरआवासीय नेपाली नागरिकता लिएको व्यक्तिको पहिलेको नागरिकता स्वतः खारेज हुनेछ । यो प्रावधानले द्वेध नागरिकता प्राप्त हुन नसक्नेगरी व्यवस्था गरिएको समितिका सदस्य झपट रावलले बताए । भाषा, शपथ लगायतका विषयमा पनि अन्तिम रुपमा छलफल बाँकी नै छ । नेपाली भाषा जानेको हुनुपर्ने भन्ने विषयमा पनि सहमति नजिक पुगिएको उनले बताए ।
शपथ लिने विषयमा पनि समितिका सदस्यले एकरुपता देखाएका छन् । समितिमा बोल्ने अधिकांश सदस्यले शपथ लिनै पर्ने प्रावधान राख्ने विषयमा आफ्नो धारणा राखेका समितिका सदस्य रावलले बताए । सहमति भैसकेका विषयलाई समितिले ड्राफ्ट बनाएको छ । त्यसमा भाषा नेपाली जानेको हुनुपर्ने र शपथ पनि लिनु पर्ने भन्ने विषय उल्लेख गरिएको छ ।
समिति बैठकले सम्बन्धित क्षेत्रमा पुगेरै नागरिकता लिनुपर्ने प्रस्तावमा पनि समिति सदस्यहरु सहमत छन् । सांसद रावलले भने, ‘समितिमा भाषा, शपथ र सम्बन्धित क्षेत्रबाटै नागरिकता लिनुपर्ने भन्ने विषयमा सहमति लगभग भैसकेको छ । गैरआवासीय नागरिकताका प्रावधानमा अन्तिम रुप दिन बाँकी छ । तर, सबै एकै पटक मात्र पास हुन्छ ।’
एनआरएनले विदेशमा रहेका विभिन्न स्थायी नियोग, दूतावास वा कन्सुलर सेवा प्रदायक निकायमार्फत एनआरएन नागरिकता प्राप्तिका लागि पहल गरे पनि समितिमा सम्बन्धित जिल्लामै जानु पर्ने विषयमा सहमति भएको छ । सांसद रावलले भने, ‘नेपालमा उहाँहरुको घर कहाँ हो । आफन्तसँग भेटघाट पनि हुन्छ । त्यसैले हामीले त्यो प्रावधान राखेका छौँ । यसले गैरआवासीय नेपाली र नेपालमा उनीहरुका आफन्तबीचको सम्बन्धसमेत राम्रो हुन्छ ।’
समितिमा अहिलेसम्मको छलफललाई आधार मान्ने हो भने गैरआवासीय नागरिकता लिनका लागि काठमाडौंमा रहेको गृह मन्त्रालय वा मातहतका निकाय भन्ने शब्दसमेत परिवर्तन हुने भएको छ । अब धेरै सांसदले सम्बन्धित जिल्ला नै पुग्नुपर्ने तर्क गरेका छन् । उनीहरुले एनआरएन गाउँ जाँदा आर्थिक अवस्था चलायमान बनाउन थोरै भए पनि मद्दत पुग्ने तर्क गर्न थालेका छन् ।
शपथ लिने विषयमा पनि समितिका सबैजसो सदस्य सहमत भएका छन् । शपथको भाषा कस्तो हुने भन्ने विषय भने अहिलेसम्म टुंगो नलागेको समिति सभापति श्रेष्ठले बताइन् । गैरआवासीय नागरिकता लिने व्यक्तिले समेत नेपाली भाषा जानेको हुनुपर्ने प्रावधान राखिएको छ । शपथको भाषामा पनि आवश्यक छलफल हुने समिति सदस्य रावलले बताए ।
गैरआवासीय नागरिकता लिने व्यक्तिले राजनीति अधिकारबाहेक अन्य सामाजिक, आर्थिक, सांस्कृतिक लगायतका अधिकार प्राप्त गर्नेछ । घरजग्गा खरिद–बिक्री, कम्पनी खोल्ने वा बन्द गर्ने, व्यवसाय गर्ने लगायतका अधिकार भने प्राप्त हुनेछन् । त्यस्तै यो नागरिकता लिने व्यक्तिको पहिलेको नेपाली नागरिकता पनि स्वतः खारेज हुने भएको छ । पहिलेको नागरिकता प्रयोग गरेको अवस्थामा कस्तो कारबाही हुने भन्ने विषय भने टुंगिएको छैन । समिति बैठकमा पाँच लाखसम्मको जरिवाना र पाँच वर्षसम्मको कैद सजायको प्रावधान राख्न केही सदस्यले प्रस्ताव गरेका छन् ।
गैरआवासीय नागरिकता बाहकले राहदानी भने नपाउने पक्का भएको छ । सम्बन्धित व्यक्तिले आफू बसेकै देशको राहदानी प्रयोग गर्ने भएकाले नेपाली राहदानी दिन नसकिने समिति सदस्यहरुको मत छ । वृद्धभत्ता लगायतका राज्यबाट प्राप्त गर्न सकिने सामाजिक सुरक्षाका विभिन्न लाभ कसरी लिने भन्ने विषयमा एकरुपता कायम हुन सकेको छैन ।
गैरआवासीय नागरिकता संविधानको धारा १४ अनुसार प्राप्त गर्न सकिनेछ । उक्त धारामा विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांंस्कृतिक अधिकार उपभोग गर्न पाउनेगरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिने छ भन्ने कुरा उल्लेख छ ।
संविधानमै नेपालको हरेक नागरिकको परिचय खुल्नेगरी अभिलेख राख्ने तथा नेपालको नागरिकतासम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने कुरा उल्लेख भएकाले अहिले सरकारले नेपाल नागरिकता ऐन, संशोधनको व्यवस्था गरेको हो ।
गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न चाहने व्यक्तिले पहिले नेपालको नागरिकता त्यागेको हुनुपर्ने, नागरिकता लिने व्यक्तिको बाबु वा आमा, बाजे वा बज्यै साबिकको नेपालमा रहेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै सम्बन्धित व्यक्तिले विदेशी मुलुकको नागरिकता लिएको प्रमाण पेश गर्नुपर्ने हुन्छ भने सार्क राष्ट्रबाहेकको देशमा बसोवास रहेको प्रमाण पनि स्वयम्ले जुटाउनु पर्छ । समिति सभापति श्रेष्ठले नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक पर्ने भएकाले समितिले निरन्तर छलफल गरिरहेको बताइन् ।
नेपाल नागरिकता ऐन संशोधन गर्न बनेको विधेयकका विषयमा पक्ष–विपक्षमा नेपालमा उत्तिकै समूह सक्रिय भएका छन् । राजनीतिक दलबीच नै फरक–फरक धारणासहितका नेताहरु रहेका छन् । केहीले आमाको नामबाट नागरिकता दिनुपर्ने, अंगीकृत र वंशजका आधारमा नागरिकता दिने विषयलाई सजिलो बनाउनु पर्ने लगायतका तर्क गरिरहेका छन् भने धेरैले देशको राष्ट्रियतासँग जोडिएको विषय भएकाले यस्ता विषयमा गम्भीर बहस र छलफल आवश्यक भएको बताएका छन् ।
नेपालमा २०६३ सालमा वितरण भएका नागरिकताको वैधानिकता र वास्तविकताका विषयमा समेत विवाद छ । त्यसैले अहिले विभिन्न सरोकारवाला निकायले पक्ष–विपक्षमा बहस गरिरहेका छन् । खासगरी तराई केन्द्रित दलका नेताले नागरिकताको प्रावधान खुकुलो बनाउनुपर्ने बताएका छन् भन पहाड केन्द्रित नेताहरुले भारतीय नागरिकतालाई नागरिकता दिन थालिएको आरोप लगाउँछन् । त्यसैले नागरिकता जस्तो गम्भीर विषयमा सरकार र संसदीय समितिले हुचुवाको आधारमा निर्णय गर्नु हुँदैन । -

नेपाली समाज अमेरिकाको चार राज्य हेर्ने एउटै च्याप्टर गठन
अमेरिका
नेपाली समाज अमेरिकाको डिसी, मेरिल्याण्ड, भर्जिनिया र पेन्सलभानिया राज्य हेर्ने डिएमभीपी च्याप्टर गठन भएको छ । नेपाली समाज अमेरिकाको डिएमभीपी च्याप्टरको तदर्थ समिति मिलन राईको नेतृत्वमा गठन भएको हो ।
जुलाई ५ का दिन एक कार्यक्रमका बीच सम्पन्न भेलाले युनाइटेड किरात राई अर्गनाइजेशन अफ अमेरिकाका पूर्व केन्द्रीय सभापति, जनजाति महासंघका सल्लाहकार, युनाइटेड किरात राई अर्गनाइजेशन सल्लाहकार मिलन राईलाई तदर्थ समितिका संयोजक तोकिएको हो । राईले सबै नेपालीको प्रतिनिधित्व रहने गरि डिएमभीपी कमिटिलाई छिट्टै पूर्णता दिने बताएका छन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा अशोक राईको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा समाजवादी नेपाल पार्टीका बरिष्ठ नेता अशोक राईले नेपालमा सबै धर्म, जाति, वर्गलाई समेटेर संविधान संसोधन हुनुपर्ने र संशोधन गरिनुपर्ने बताएका थिए । उनले समाजवादी पार्टी एकताको पार्टी र सबैलाई समेटेर बनाएको नयाँ पार्टी भएको बताउँदै सबैका लागि समानरुपले काम गर्ने बताए । वरिष्ठ नेता राईले तर्दथ कमिटीका सबै पदाधिकारीहरुलाई खादा ओढाएर बधाई दिदै समाजवादी पार्टीको झण्डा हस्तान्तरण गरेका थिए ।
समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा कार्यक्रमकी विशेष अतिथि सुशीला श्रेष्ठले नेपाली महिलामाथि हुने विभेदको अन्त्य गर्न र पुरुष सरह समान अधिकार पाउनका लागि समाजवादी पार्टीले विशेष पहल गर्ने बताएकी थिइन् ।
त्यस्तै युनाइटेड किरात राई अर्गनाइजेशनका केन्द्रीय सदस्य तथा डिएमभीपीका प्रतिनिधि कुशुम राईले समाजवादी पार्टी नेपालका लागि अहिलेको आवस्यक पार्टी रहेको र आफूले सक्दो सहयोग गर्ने बताइन् ।
यसैगरी युनाइटेड किरात राई अर्गनाइजेशन डिएमभीपी च्याप्टरका महासचिव हर्क राईले सम्भव भए र सकेसम्मको सहयोग गर्ने बताएका थिए भने युनाइडेट किराँत राई अर्गनाइजेशन कोलोराडोका पूर्वसभापति चक्र राईले अमेरिकाबाट मात्र नभएर नेपालमै गएर समाजवादी पार्टीलाई पूर्ण सहयोग गर्ने बताए ।
मिलन राईको नेतृत्वमा गठन गरिएको नेपाली समाज अमेरिकाको डिएमभीपी (डिसी, मेरिल्याण्ड, भर्जि्निया, पेन्सलभेनिया) च्याप्टरको सदस्यमा हर्क राई, कुशुम राई, चक्र राई र प्रितम राई रहेका छन् ।
कार्यक्रममा तत्कालीन संघीय समाजवादी पार्टीका धनकुटा जिल्लाका पूर्वसभापति तथा किराँत याक्थुङ थुम्लुङ अमेरिकाका पूर्वमहासचिव तथा नेपाली समाज अमेरिकाका केन्द्रीय महासचिव लोक चेम्जोङले डिएमभीपी च्याप्टर गठन गर्नमा केन्द्रबाट विशेष पहल र सहयोग गर्ने आश्वासन दिँदै सोचेको भन्दा धेरै राम्रो काम गरेको भन्दै सबैलाई बधाई दिएका थिए । -

एनआरएनमा अब नयाँ बहस, सम्पर्कविहीन पुस्तालाई समेट्ने प्रस्ताव
विश्व न्युज संवाददाता
काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएन)को एसिया प्रशान्त क्षेत्रीय बैठक म्यानमारको राजधानी याङ्गोनमा सम्पन्न भएको छ । शनिबार भव्य रुपमा उद्घाटन भएको सम्मेलन आइतबार सम्पन्न भएको हो । नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीको भूमिका खोज्ने उद्देश्यले सम्मेलनमा विभिन्न प्रकारका छलफल गरिएको एनआरएन प्रवक्ता भूषण घिमिरेले जानकारी दिए । उनका अनुसार शनिबार उद्घाटन सत्रसहित एसिया क्षेत्रका राष्ट्रिय समन्वय परिषद्को प्रतिवेदन प्रस्तुती, महिला तथा युवासँग सम्बन्धित विभिन्न कार्यक्रमसमेत गरिएको उनले जानकारी दिए ।
क्षेत्रीय संयोजक किरणविक्रम थापाको सभापतित्वमा सुरु भएको एनआरएनएको उद्घाटन सत्रको सुरुमा संघका अध्यक्ष भवन भट्टले सम्बोधन गरेका थिए । त्यसपछि बैठकमा प्रवासमा रहेका नेपाली समुदायको क्रियाकलाप, नेपाली समुदायले भोग्नुपरेका समस्या र नेपालको कला, संस्कृति तथा भाषा प्रवद्र्धनका विषयमा छलफल भएको थियो । हजारौं नेपाली मूलका बर्मेली बसोवास गर्ने म्यानमारमा नेपाली कला, संस्कृति अहिले पनि उत्तिकै महत्वको बनेको छ ।
एनआरएनको बैठकमा नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत, नेकपा एमालेका सांसद डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदूत भीम उदास, संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, उपाध्यक्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिबी क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा. हेमराज शर्मा लगायतको सहभागिता थियो । बर्मा रहेका नेपाली मूलका विभिन्न व्यक्तिको समेत कार्यक्रममा सहभागी रहेको थियो ।
बैठकमा एसिया क्षेत्रका म्यानमारसहित जापान, चीन, मकाउ, मलेसिया, थाइल्याण्ड, दक्षिण कोरिया लगायतका देशका प्रतिनिधि सहभागी थिए । त्यस्तै अमेरिका, यूरोप, मध्यपूर्व र ओसियानाका प्रतिनिधिसमेत कार्यक्रममा भाग लिन म्यानमार पुगेका थिए ।
सम्मेलनअन्तर्गत आइतबार भएको छलफलमा नेपालको समृद्धिसम्बन्धी विभिन्न पक्षमा छलफल भएको थियो । झण्डै ३ सय भन्दा धेरैको सहभागिता रहेको कार्यक्रममा म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री चो टिमको समेत उपस्थिति थियो ।कार्यक्रममा कसले के भने ?
सम्मेलनलाई सम्बोधन गर्ने अधिकांश वक्ताले नेपालको समृद्धिको योजना कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले विदेशमा रहेका नेपाली मुलका नेपालीहरु र विदेशमा रहेका नेपालीको नेपाल सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिएका छन् । उनले हरेक सम्बन्धले नेपाललाई फाइदा हुनेमा जोड दिएका छन् ।
कार्यक्रममा उपस्थित म्यानमारका मन्त्री चो टिमले नेपाल र म्यानमार बिकासको चरणमा प्रवेश गर्दै गरेका मुलक भएकाले मिलेर काम गर्न सकिने प्रस्ताव राखे । उनले नेपाल र म्यानमारमा लगानीको प्रशस्त सम्भावना रहेकोमा जोड दिए । उनले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२०लाई स फल बनाउन म्यानर सरकारले सहयोग गर्ने विश्वास दिलाए । पछिल्लो समय म्यानमारका नागरिक पनि विदेश भ्रमणमा जान थालेको बताए । गैरआवासीय नेपालीहरुको अभियानबाट आफूहरुले पनि केही कुरा सिक्न खोजेको म्यानमारका मन्त्रीको भनाइ रहेको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता एवं प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले गैरअवासीय नेपालीहरुका समस्या सम्बोधनमा सरकारलाई आफूले दबाब दिइरहेको बताए । उनले नेपालको सम्पत्ति भएकाले अब यो समूह नेपालको विकासको साझेदार हुनुपर्नेमा जोड दिए ।
म्यानमारका लागि नेपाली राजदूत भीम उदासले नेपाली मुलका म्यानमारी नागरिकले जस्तै नेपाली भाषा, कला संस्कृतिको जर्गेना गर्न विदेशमा बस्ने सबै नेपाली समुदायलाई आग्रह गरे । उनले म्यानमारका नागरिकले जसरी नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना अन्त कतै हुन नसकेको बताए । उनले दुई देशका बीचमा धेरै समानता भएकाले आपसमा सहकार्य गरेर काम गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै संघका अध्यक्ष भवन भट्टले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफूहरु लागि पर्नेमा जोड दिएका छन् । उनले नेपालको समृद्धिका लागि सबै एकजुट हुनुको विकल्प नरहेको बताए ।
सम्मेलनलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक डा. उपेन्द्र महतोले व्यक्तिगत सफलताले व्यत्तिः धनी भएपनि राष्ट समृद्ध नभएसम्म त्यसको केही महत्व नहुने भएकाले नेपालको समृद्धिले मात्र संसार भर छरिएर रहेका नेपालीको समृद्धि हुनेमा जोड दिए । एनआरएनएका क्षेत्रीय संयोजक किरणविक्रम थापाले म्यानमारमा कार्यक्रम गर्न पाउँदा आफूहरु खुुसी भएको प्रतिक्रिया दिए ।नयाँ एजेण्डा के बन्यो ?
एनआरएनको एसिया प्रशान्त सम्मेलन विभिन्न एजेण्डा तय गर्दै म्यानमारमा सम्पन्न भएको थियो । सम्मेलनले नेपालसँग पुस्तादेखि सम्पर्कमा नरहेका व्यक्तिलाई पनि गैरआवासीय नेपाली रुपमा समेट्ने नयाँ प्रस्ताव गरेको छ । यो व्यवस्थाले सार्क राष्ट्रबाहेकका म्यानमार, मलेसिया, थाइल्याण्ड लगायत विभिन्न देशमा दशकौंदेखि बसोवास गरिरहेका नेपाली मूलका विदेशीले पनि अब एनआरएनको सदस्यता पाउने बाटो खुल्ने तयारी देखिन्छ ।
म्यानमार सम्मेलनको मुख्य एजेण्डा यही विषय रहेको थियो । नेपाली डायस्पोरालाई एक–दुई पुस्तामा मात्र सीमित नगरेर गैरआवासीय नेपालीको परिभाषाभित्र नेपालबाट पुस्तौंदेखि विदेशमा बसोवास गरिरहेका व्यक्तिका सन्तानलाई समेट्न सक्नेगरी कानुनी व्यवस्था गर्न प्रस्ताव गरिएको छ । एसिया प्यासिफिक क्षेत्रीय बैठक आइतबार सम्पन्न भएको थियो ।
एनआरएनले संस्थागत रुपमा नै एनआरएनको दायरा फराकिलो बनाउनेगरी कानुनी व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरिसकेको छ । नेपालसँग सबै प्रकारका नाता टुटिसकेको अवस्थामा एनआरएनले अब ती नेपालीलाई पनि नेपालसँग जोड्ने अभियान थाल्ने जनाएको छ ।
बैठक सम्पन्न भएपछि जारी गरिएको विज्ञप्तीको ३ नम्बर बुँदामा मुलुकको विकासमा डायस्पोराको महत्वपूर्ण भूमिका रहने कुरालाई मनन गर्दै डायस्पोरालाई एकदुई पुस्तामा मात्र सीमित नगरेर गैरआवासीय नेपालीको परिभाषाभित्र नेपालबाट विदेशमा पुगेर बसोवास गरेका व्यक्तिका सन्ततीलाई समेट्न सक्नेगरी कानुनी व्वस्था गर्न सरकारलाई अनुरोध गर्ने कुरा उल्लेख गरिएको छ ।
एनआरएन सम्मेलन तथा बैठकले नेपाली मूलका विदेशी नागरिकलाई समेत नेपालको विकासको साझेदार बनाउन पहल गर्ने निर्णय गरेको प्रवक्ता घिमिरेले जानकारी दिए । नेपालको कला, संस्कृति, भाषा र रहनसहनसहितको आफ्नो पहिचान राख्न सफल भएकोमा म्यानमारमा बसोवास गर्ने नेपाली मूलका म्यानमारका नागरिकलाई धन्यवाद दिइएको छ ।
त्यस्तै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सक्रियतापूर्वक लागि पर्ने, नेपालले डायस्पोरा कूटनीति अप्नाउनु पर्ने लगायतका निर्णय पनि बैठकले गरेको छ । नेपालको समृद्धिका लागि विदेशबाट सिकेको ज्ञान, सीप, आर्जन गरेका साधन स्रोतको प्रयोग गर्ने वातावरण बनाउन पनि निरन्तर प्रयास गर्ने प्रण पनि बैठकले गरेको छ ।
नेपालमा १० अर्ब रुपैयाँको सामूहिक लगानी कम्पनी सफल पार्ने विषयमा पनि बैठकमा छलफल भएको छ । बैठकले आगामी एसिया प्रशान्त क्षेत्रीय बैठक चीनमा र त्यसपछिको बैठक कोरियामा सम्पन्न गर्ने निर्णय पनि गरेको छ । सम्मेलनकै क्रममा हङकङको एउटा पक्षले बहिष्कार गरेको कुरा विभिन्न सञ्चार माध्यमले जनाएका छन् । -

हाम्रो पार्टी नेतृत्व घेराबन्दीमा प¥यो
यज्ञराज सुनुवार
नेकपा नेता, एवम् सांसद
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु र सार्वजनिक रुपमा राजनीतिक नियुक्ती लिएर बसिरहेकाहरुको व्यवहारले आम नागरिक दिक्क बन्न थालेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारले छौँडा भन्ने शब्द प्रयोग गरेर आन्तरिक राजनीतिमा आरोप–प्रत्यारोपको जुहारी चलेको छ । नेपालमा अहिले यो विषय सबैभन्दा बढी चर्चामा छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालको उक्त स्टाटसका बारेमा उनले व्यक्तिगत भावना भनेर टिप्पणी गरे पनि उनी पार्टीभित्रै आलोचित बनेका छन् । सरकारको कामको गति कमजोर बनेको छ भने काममा पनि त्रुटिपूर्ण व्यवस्थापन हुन थालेको छ । यिनै विषयमा केन्द्रित भएर हामीले नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद यज्ञराज सुनुवारसँग कुराकानी गरेका छाँै ।तपाईंलाई विश्व न्युज र विश्वसन्देश साप्ताहिकमा स्वागत छ ।
धन्यवाद, अमेरिकामा रहने सम्पूर्ण नेपालीमा मेरो हार्दिक नमस्कार । मेरो भावना विश्वसन्देशले अमेरिकासम्म लैजाने काम गरेको छ । त्यसैले यो पत्रिकालाई मैले विशेष आभार भन्नै पर्छ ।सरकारको काम गर्ने गति किन बिग्रिएको ?
पक्कै पनि तपाईंले विभिन्न विधेयक र निर्णयमा कुरा गर्नुभएको होला । संसद्मा ल्याउने विधेयकमा सरकार स्वतन्त्र छ । तर, विधेयक ल्याउँदा बहस गर्नुपर्नेमा त्यो पर्याप्त हुन सकेको छैन । नागरिकले गरेको अपेक्षाअनुसार काम नभएको सत्य हो । कतिपय निर्णयमा जुन परिपक्वता हुनुपर्ने थियो, त्यसो हुन भने सकिरहेको छैन ।त्यसको अर्थ नेकपामा परिपक्व निर्णय गर्ने व्यक्ति छैनन् भन्न खोज्नुभएको ?
संसद्मा भएका वा बाहिर भएका विज्ञहरुसँग छलफल गरेर ल्याउनुपथ्र्यो, त्यो अझै पुगेको छैन भन्न खोजिएको हो । पार्टीमा धेरै विज्ञ साथीहरु हुनुहुन्छ । कतिपय अवस्थामा संसद्मा विधेयक दर्ता गर्न पाउँदैन, प्रतिपक्षको सहमतिमा ल्याउनुपर्छ, सरकारले पेलेर ल्यायो भन्नेजस्ता कुराहरु पनि भएका छन् । हामी संसद अवरुद्ध गर्छौँ भन्ने जस्ता अभिव्यक्ति गलत हुन् ।विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको छ, किन ?
निर्णय हतारमा गर्ने र फुर्सदमा पछुताउने जस्तो प्रवृत्ति पनि देखिएको छ । अहिले सरकारले विषादी परीक्षणमा लिएको निर्णय ठीक थियो । सरकारले विषादी परीक्षण गर्ने काम गरेको थियो त्यो राम्रो भएको थियो । तर, पछि हट्ने काम भयो त्यो कमजोरी भएको छ । सरकारले परीक्षण नगर्ने भन्ने निर्णय सरकारले गरेको छैन । सरकारले पहिले नै आवश्यक तयारी गरेको भएदेखि राम्रो हुन्थ्यो ।आम नागरिक भने निराश हुन थालिसके । तपाईंहरुले कम नगरेर ?
सरकारले भौतिक पूर्वाधार, राष्ट्रिय महत्वका पूर्वपश्चिम मध्यपहाडी राजमार्ग लगायतका क्षेत्रमा राम्रो काम गरेको छ । सरकारको एउटा निर्णयले मूल्याङ्कन गर्नु हुँदैन । विषादीयुक्त कुरा खानेकुरा हामीले खाइरहेका थियौँ । अब भने हामीले ती खानेकुराहरु खानु हुँदैन भन्नेमा सचेत हुनुपर्छ । विषादी त हामीले वषौँदेखि खाइरहेका थियौँ ।भारतको दबाबले यसरी निर्णय फिर्ता लिदा राष्ट्रियताप्रतिको अडान खोक्रो रहेछ भन्ने प्रमाणित भएन ?
नेपाल कम्युनिष्ट पार्टीको सरकार भएका कारण हामीले राष्ट्रियताका विषयमा प्रश्न गर्नु आवश्यक छैन । हामी राष्ट्रियताको विषयमा हामी अनवरत संघर्ष गर्दै आएका छौँ । त्यसैले हामीले राष्ट्रियतामा प्रश्न उठ्न दिँदैनौं । राष्ट्रियताको पक्षमा काम गरेको नेकपाको सरकारले कसैको दबाबमा निर्णय गर्दैन । कम्युनिष्ट पार्टीको सरकार भएकाले राष्ट्रियताको पक्षमा काम गर्छ । म विश्वास दिलाउन चाहन्छु आम नागरिकको मनमा ठेस लाग्न दिँदैनौं ।तपाईंको पार्टी नेतृत्वको सरकारले काम त राम्रो गर्न सकेन ?
हामीले एक वर्षको अवधिमा कानुन निर्माण गर्ने काम गरेका छौँ । नीति निर्माणमा हामीले समय खर्च गरेका छौँ । अबको समय भने समृद्ध नेपाल सुखी नेपालीको अभियानमा काम गर्ने समय आएको छ । समृद्धिको यात्रामा हामी लाग्नु पर्ने अवस्था आएको छ ।सल्लाहकारबाटै पदीय मर्यादा विपरीतका अभिव्यक्ति आउन थाले, कसरी पत्याउने ?
प्रधानमन्त्रीले सल्लाहकार वा राजनीतिक नियुक्ती लिएका व्यक्तिलाई परिवर्तन गर्नुपर्ने अवस्थामा पनि गर्नुपर्दछ । प्रधानमन्त्रीका सल्लाहकारले दिएको अभिव्यक्ति राम्रो छैन । सल्लाहकारहरुका विषयमा प्रश्नहरु उठेका छन् ।
बोल्ने शब्द र गर्ने व्यवहार संस्कारयुक्त हुनुपर्छ । मैले विष्णु रिमालजीको ट्वीट हेरेँ । सार्वजनिक पदमा भएको व्यक्तिले बोल्ने र लेख्ने कुरा शब्द–शब्दमा ध्यान दिनुपथ्र्यो । तर, लागेको कुरा सार्वजनिक पद धारण गरेका व्यक्तिले राख्नु उपयुक्त हुँदैन । लागेका कुरा जहाँ पायो त्यहाँ राख्नु हुँदैन ।सरकारको काम मात्र होइन, पार्टी एकताका बाँकी काम राम्रोसँग भएको छ त ?
राष्ट्रिय अभियानमा सबैले सहयोग गर्नुपर्छ । पार्टी एकताको विषयमा पनि अल्झन आएका छन् । तीन महिनामा सक्नुपर्ने काम अहिलेसम्म पार्टी एकताका बाँकी विषय टुंगो लागेको छैन । हाम्रो नेतृत्वले किन ससाना कुरामा ध्यान दियो ? मेरो पनि प्रश्न छ ।
राम्रो काम गरेको नेतृत्वलाई सानो घेराबन्दी गर्नु राम्रो होइन । हरेक शक्तिशाली नेताको पछाडि स्वार्थ समूह हुन्छन् । नेताहरुलाई आफ्नो स्वार्थअनुसार अगाडि बढाउने उनीहरुको चाहना हुन्छन् । तर नेतृत्वले फरक तरिकाले निर्णय गर्नुपर्छ । दोष नेतृत्वलाई जान्छ । असफल हुने छुट र ढिलो गर्ने छुट सरकारलाई छैन । -

न्युयोर्कमा स्वर्गीय गिरिजा प्रशाद कोईरालाको जन्म जयन्ति भब्य रुपमा मनाईयो
न्युयोर्क
जिपी कोईराला फाउन्डेशन अमेरीकाद्वारा स्व. गिरीजाप्रसाद कोईरालाको ९६ औं जन्मजयन्ती न्युयोर्क कुईन्समा बिशेष कार्यक्रम सहित मनाईयो । गत जुलाई ७ अाइतवार साँझ नेपालि आप्रबासीको घनाबस्ति ज्याक्सन हाईट्सस्थित जुईस सेन्टरमा, फाउन्डेसनका अमेरिकी साखा अध्यक्ष सोमनाथ घिमीरेको नेतृत्त्वमा जन्म जयन्ति कार्यक्रम सम्पन्न भएको हो । पछिल्लो समय फाउन्डेसनको अमेरिकामा व्यापक सामाजिक सक्रियता बढदै गएको छ ।
जन्मजयन्ती कार्यक्रममा फाउन्डेसनका उपाध्यक्ष सुवर्ण लामा, कोशाध्यक्ष व्रेन्दा राइ, केन्द्रीय सदस्यहरु क्रमशः प्रेम पौडेल, श्याम कार्की, छिरीङ राप्के लामा, राम कोइराला, विष्णु सिहं वैजुं, विमल डागीं, राम चन्द्र अधीकारी, सुश्री दावा शेर्पा र मानार्थ सदस्य सान्त रीसालको उपस्थिति रहेको थियो ।कार्यक्रममा आप्रबासी समुदायका विभिन्न क्षेत्रका विशिष्ठ अथितीहरू लगायत नेपाल,भारत,वंगलादेश, पाकिस्तान, श्रीलंका, वोस्नीया, गयाना, हैटी, तिब्बत, अफगानिस्तान, भुटान, म्यानमार लगायत राष्ट्रका वरिष्ठ साहित्यकार, समाजसेवी, मानवअधीकारवादी, पत्रकार, वुद्वीजिवी एवं अमेरीकाका विशिष्ठ सामाजिक अभियान्ताहरू, राजनीतिज्ञहरु लगायतको उल्लेख्यनीय उपस्थिति रहेको थियो।

नेपाली र अमेरीकी राष्ट्रीय गान एवं स्व. कोईरालाको फोटोमा पुष्प अर्पण तथा दीप प्रज्वलन गरी कार्यक्रम औपचारिकरुपमा शुरूवात गरिएको थियो। तिव्वती आशीष गान गाएर कार्यक्रमलाई थप रौनकता दिईएको थियो।कार्यक्रममा आगन्तुकहरूलाई स्वागत गर्दै संस्थाका केन्द्रीय सदस्य श्री रामचन्द्र अधिकारीले स्व. कोईरालाको परिचय एवं संक्षीप्त राजनैतिक संघर्ष र नेपालमा शान्ती, प्रजातन्त्र र विकासमा वहाँको योगदान वारे प्रष्ट्याउनुभएको थियो। यसैगरी डा. गोविन्द कोईरालाले स्वर्गीय गीरीजा प्रशाद कोईरलाको योगदान र विचारवारे प्रष्टपार्नुभयो।कार्यक्रममा प्रमुख अतिथीको रूपमा क्वीन्सवोरो प्रेसीडेन्टको कार्यलयका कम्युनिटी डाइरेक्टर डा.महम्मद हकले शुभकामना दिंदै स्व. कोईराला साँच्चीकै महान प्रजातन्त्रवादी नेता भएको र वहाँको वाटोमा सबैले हिँडनसक्नुपर्ने बताएका थिए ।यस्तै वरीष्ठ समाजसेवी मुह्म्मद रसीदले स्व. कोईरालाको व्क्तीत्व र योगदानको सारा विश्वले कदर गरेको धारणा व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष सोमनाथ घिमिरेले कार्यक्रमको महत्व र औचित्यवारे बताएका थिए । गीरीजा प्रसाद कोइराला फाउण्डेसन अमेरीकाले यति छोटो समयमै समाज प्रति अतुलनीय कार्य गर्दै अाएको ले न्यु-यार्क क्वीन्स वोरोकी प्रेसीडेन्ट मेलिन्दा काट्जले गीरीजा प्रशाद कोईरलाले नेपालि समाज र नेपाल प्रति गरेको योगदान नै एउटा उधारणीय कार्य भएको भन्दै फाउण्डेसनलाई कदरपत्रले सम्मान गरेकी थिईन।
अन्त्यमा फाउन्डेशनकी कोषाध्यक्ष वृन्दा राईले धन्यवाद मन्तव्य राखी कार्यक्रमको समापन गरीएको थियो। -

आफ्नै हजुरबुवाको हातबाट नाबालिका पानी जहाजको ११ औं तल्लाबाट खस्दा
घटना अनेक किसिमका हुन्छन् ।मानिसको जिवनमा कतिखेर के घटना घट्न पुग्छ थाहा हुँदैन । कति बेला सोच्दै नसोचेको घटना घट्छ थाहा नै हुन्न । गत अाईतबार यस्तै भएको छ। अमेरिकाको ईन्डियाना राज्यमा बसोबास गर्दै आएको एक परिवार एक हप्ता लामो करेबियन देशहरुको भ्रमणमा थियो ।भ्रमणकै क्रममा पोर्टो रिकोस्थित सान हुआनको समुन्द्री किनारमा पार्क गरिरहेको पानी जहाजको ११ तल्ला माथि आफ्नै हजुरबुवा साल्भटोर एनिलोजको हातबाट १८ महिनाको क्लोई विगन्ड चिप्लिएर समुन्द्रको चट्टानमा बजारिन पुगिन ।बिदा मनाउन गएको परिवारमा हेर्दा हेर्दै बज्रपात पर्यो, जब ति फूल जस्ती नाबालकाको मृत्यु भयो ।
१८ महिनाकी ती नाबालिक रोयल करेबियन क्रुजको ११ तल्लाको डाइनिङ् हलमा अाफ्नो हजुरबुवाको काखमा खेल्दै थिईन। डाईनिङ् रुमका झ्यालहरु ठुला ठुला थिए। त्यस मध्ये एउटा झ्यालको सिसा खुल्ला थियो । त्यतिकै मा हजुरबुवाले नातिनीलाई झ्यालमा बसाए तर आफ्नो सन्तुलन गुमाउन पुगे र ति नाबालिका जहाजको ११ औं तल्लाबाट झर्न पुगिन । तत्काल उनको मृत्यु भएको थियो । ती नाबालिकाका पिता विलियन विगन्ड इन्डियाना राज्यमा कार्यरत प्रहरी हुन् । घटना पछि इन्डियानास्थित साउथ बेन्ड प्रहरी डिपार्टमेन्टले समबेदना प्रकासित गरेको छ । ती बालिका आफ्ना दिदीहरु,माता पिता र हजुरबुवा हजुरआमाको साथमा करेबियन यात्रामा थिईन ।
एजेन्सी -

कोरियाका किमलाई एक बोतल व्हिस्कीको मुल्य झन्डै २लाख डलर पर्यो
न्युयोर्क
एक जना दक्षिण कोरियन नागरिकले हवाई उडानको समयमा ४५ मिनेट भित्र सिंगो बोतल व्हिस्की पिएर अनियन्त्रित भै जहाज भित्र दुर्व्यबहार गरेपछि जहाजलाई पुन: फर्काउनु परेका कारण ती यात्रुलाई १ लाख ७२ हजार भन्दा बढ्ता क्षति भराउने आदेश भएको छ ।साथ साथै ती ब्यक्तिले सियोलस्थित बिमानस्थलमा जहाज कुरेर बसेका सबै यात्रुको होटल बसाई खर्च समेत भर्नु पर्ने भएको छ । गत फेब्रुअरी २७ तारिख २६३ यात्रु र १३ जना चालक दलका सदस्य सहित अमेरिकाको हवाईबाट कोरियाको सियोल उडेको हावाईएन एयरलायन्सको एच् ए ४५९ मा चढेका दक्षिण कोरियन नागरिक क्योङ् चोल किमले जहाज उड्नु भन्दा अगाडिदेखि नै आफ्नो साथमा ल्याएको ठुलो बोतल व्हिस्की पिउन शुरु गरेका थिए ।व्हिस्कीले मात्तिएका ४८ वर्षिय किमले संगैको सिटमा बसेका नाबालक माथि दुर्व्यवहार गर्न शुरु गरेका थिए ।रक्सीले मात्तिदै जाँदा किमले संगैको सिटमा बसेका ति नाबालकलाई कुल्चिएर फ्लाइट एटेन्डेन्टलाई समेत हात हालेपछि ४ घण्टाको उडान भरी सकेको जहाजलाई पुन: अमेरिका कै हवाई फर्काईएको थियो ।फिर्ता ल्याईएको जहाजबाट झर्ने बित्तिकै किमलाई फेडरल ब्युरो अफ ईन्भेस्टिगेसनका अधिकारीहरुले पक्राउ गरेका थिए ।गत बुधबार संघीय अदालतले किमलाई १ लाख ७२ हजार अमेरिकी डलरको साथमा हवाई नै फर्किएको उडानले ब्यहोर्नु परेको सम्पूर्ण खर्च समेत तिर्नु पर्ने निर्णय गर्दै ६ महिनाको काराबास सजाय सुनाएको छ ।कोरियन नागरिक किमलाई गत फेब्रुअरी २५ तारिख पर्याप्त कागजातको अभावमा यु एस कस्टम् एन्ड ब्रोडर पेट्रोलले अमेरिका प्रबेशको अनुमती नदिए पछी उनलाई २ दिनसम्म हनलुलु स्थित फेडरल डेटेन्सन सेन्टरमा राखेर २७ तारिख कोरिया फर्काउने गरी उक्त उडानमा पठाईएको थियो ।
श्रोत : एजेन्सी -

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको अध्यक्षमा केशव कँडेलको नेतृत्व
सिड्नी ,अस्ट्रेलिया
शनिवार सम्पन्न निर्वाचनमा ४ हजार १ सय ४८ मत प्राप्त गरि केशब कंडेल वर्ष २०१९-२१ का लागि अध्यक्षमा निर्वाचित भएका छन्।उनले प्रतिस्पर्धी दिनेश पोखरेल भन्दा ३९१ बढी मत ल्याएका थिए ।महासचिवमा डा. ज्ञानेन्द्र रेग्मी ४१५८ मत ल्याउँदै बिजयी भएका छन् ।रेग्मीले अधक्ष्यमा निर्वाचित कंडेलले प्राप्त गरेको मत भन्दा बढी मत प्राप्त गरेका हुन् ।सचिवमा उषाकिरण बरिया, कोषाध्यक्षमा अनिल पोखरेल, सहकोषाध्यक्षमा लक्ष्मण गोपाली र युवा संयोजकमा इरशद अहमत निर्वाचित भएका छन् ।
यसैगरी आईसीसी सदस्यमा राजु अधिकारी, छविप्रसाद सापकोटा, दीपक शर्मा, अरुणकुमार ठाकुर, नारायण प्रसाद काफ्ले, अशोक केसी र सन्तोष कुवँर निर्वाचित भएका छन् ।राष्ट्रिय समन्वय समितिको कार्यसमितिमा पनि कंडेल समुहकै बर्चस्व रहेको छ ।
निर्वाचनमा नोट भोट अप्सनको समेत ब्यबस्था गरिएको थियो।अध्यक्ष पदमा ४६१ जनाले नो भोटमा मतदान गरे । यस्तै महासचिव पदमा ७३७ जनाले नो भोट छनौट गरेका छन् ।सचिवमा ८०३ र कोषाध्यक्षमा ८४९ जनाले नो भोटको विकल्प छानेका छन् ।सबैभन्दा धेरै अर्थात् करिव ११५३ जनाले कोषाध्यक्ष पदमा नो भोट छानेका छन् ।
कुल ११ हजार ६ सय १७ मतदातामध्ये ८ हजार ३ सय ६६ जना मतदानमा भाग लिए भने ३ हजार २ सय ५१ जनाले मतदानमा सहभागीता जनाएनन् । लामो आभ्यास पछि सम्पन्न निर्वाचनको परिणाम निर्वाचन समितिले गत शनिबार राति सयौ मतदाता बिच खुल्ला चौरमा घोषणा गरेको थियो । -

भारतबाट नेपाल आउँदा जांच नगरे पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भने जांच यथाबत
भारतबाट नेपाल आयात हुने कृषिजन्य बस्तुमा विषादी मापनको व्यवस्था सरकारले हटाए पनि नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुमा भारतले विषादी मापनको व्यवस्थालाई कायम राखेको व्यवसायीहरूले बताएका छन्।
भारतले कृषिजन्य बस्तुको परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको बताइन्छ।
नेपालबाट भारत निकासी हुने कृषिजन्य बस्तुहरूमा तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवालगायत छन्।चिया उद्योगी तथा व्यवसायीहरूका अनुसार नेपालमा उत्पादित तयारी चिया भारत निकासी गर्दा कोलकाताको प्रयोगशालामा नमुना लगेर परीक्षण नगरी भारत निकासी गर्न पाइँदैन।
तर भारतीय उत्पादन नेपाल आयात गर्दा नेपाल सरकारले गर्न खोजेको विषादी मापनको व्यवस्था सरकारले नै हटाएकोमा नेपाली व्यवसायीहरुले आक्रोस पोखेका छन्।
सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीवार बोल्दै दुवै देशले एक अर्काको नागरिकको स्वास्थ्य खेलबाड हुने गरि काम गर्न नहुने बताएका थिए। उनले चेकजाँचको व्यवस्था राम्रो भएको र त्यसका लागि बरू प्राविधिक केही जटिलता भए मिलाउनु पर्ने बताएका थिए।
“न हाम्रो उत्पादनको कारण भारतीय जनताको स्वास्थ्यमा खेलबाड गर्न मिल्छ, न भारतीय उत्पादनको कारण हाम्रो नागरिकको स्वास्थ्यमा खेलबाड गर्न मिल्छ। त्यसप्रति दुवै सरकारहरू संवेदनशील हुनुपर्छ। उत्पादक तथा व्यापारीहरू पनि संवेदनशील हुनुपर्छ। यसलाई अन्य विषयसँग जोड्नु हुँदैन,” उनले भने।भारतमा परीक्षण यथावत
नेपालका कृषिजन्य उत्पादन भारतमा निर्यात गर्न सहज नभएको नेपाली व्यवसायीहरु बताउँछन्।
कहिले चिया त कहिले अदुवा अनि कहिले अलैंचीको निर्यातमा भारततर्फबाट अवरोध हुँदै आएको किसान तथा व्यवसायीहरू बताउँछन्।
इलामको गोर्खा टि इन्डस्ट्रिजका प्रोपाइटर उदय चापागाईंका अनुसार कोलकाताको प्रयोगशालामा लगेर नमुना परीक्षण नगरी नेपालको चियाको भारत जान पाउँदैन।
विषादी परीक्षण
रिपोर्ट आउन जति दिन लागे पनि उक्त चियाका सवारीसाधन सीमा नाकामै राख्नुपर्ने बाध्यता छ।
उनले भने, “व्यवहार भनेको समान हुनुपर्छ। भारतका बस्तु नेपाल ल्याउँदा विषादी मापनको व्यवस्था चाहिँ हटाउनुपर्ने अनि हाम्रा बस्तु भारत लैजाँदा उनीहरुले जाँच नगरी भित्र्याउन नदिने। यो पनि समान व्यवहार हो र? हामी चकित परेका छौं।”
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार नेपालका व्यवसायीले भारतको कोलकाता र लखनउमा रहेका प्रयोगशालामा कृषिजन्य बस्तुका नमुना लगेर परीक्षण गराउनुपर्छ।
जसका कारण प्रयोगशालाको रिपोर्टका लागि एक सातादेखि १५ दिनसम्म कुर्नुपर्ने उनले बताए।
उनले भने, “भारतले चाहेको जुनसुकै बेलामा हाम्रा उत्पादनको नमूना लगेर परीक्षण गराउँछ। त्यसमा पनि दुईवटा मात्र प्रयोगशाला छन्। कतिपय व्यवहारका कुराले यस्ता व्यापार समान छैनन् भन्ने लाग्छ।”
अर्का व्यवसायी आदित्य पराजुलीका अनुसार एकपटकको परीक्षणको रिपोर्टको ६ महिनाको म्याद हुन्छ तर भारतले चाहेको बेलामा जतिबेला पनि परीक्षण गराउने गरेको उनले बताए।
एक पटकको परीक्षणमा करिब २० हजार नेपाली रुपैयाँ खर्च आउने उनको भनाइ छ।नेपालमा परीक्षण हाललाई स्थगित
नेपालका सीमा नाकामा विषादी मापनका लागि प्रयोगशाला नभएकाले हाललाई भारतबाट नेपाल ल्याइने तरकारी तथा फलफूलमा रासायनिक विषादी मापनको प्रक्रिया स्थगन गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
अहिले पनि नेपाली व्यवसायीहरूले कृषिजन्य उत्पादन भारत लैजाँदा भारतका दुईवटा प्रयोगशालाबाट नमुना परीक्षण गराइरहेको मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
तर मन्त्रालयका प्रवक्ता सुवेदीका अनुसार नेपालमा पाँचवटा विषादी मापनका प्रयोगशाला छन्।
विर्तामोड, सर्लाही, काठमाण्डू, पोखरा तथा बुटवलमा प्रयोगशाला रहेको उनले बताए।
उनले भने, “हाम्रा सीमा नाकामा प्रयोगशाला छैनन्। तर संख्याको हिसाबमा धेरै छन्। तर पनि भारतबाट तरकारी आयात गर्नेहरूले झञ्झट भयो भनेपछि सीमामा प्रयोगशाला स्थापना नहुञ्जेललाई विषादी मापनको कामलाई स्थगन गरिएको हो।”समाचार श्रोत : बि बि सि नेपाली सेबा
-

क्यालिफोर्नियामा फेरी ७ दशमलव १ रेक्टरको भुकम्प
विश्व न्यूज संवाददाता
अमेरिका ।
अमेरिकाको क्यालिफोर्निया राज्यको रिजक्रिष्ट भन्ने स्थानलाई केन्द्र बनाएर ७ दशमलव १ म्याग्निच्युट रेक्टर स्केलको भुकम्पप गएको छ । भुकम्पको धक्का नजिकको राज्य एरिजोनाको फोनिक्स र नेभडाको लसभेगसको केही भागमा समेत महशुस गरिएको अमेरिकाको भुगर्व विभागले जनाएको छ । यस अघि पनि क्यालिफोर्नियामा हिजो मात्रैं ६ दशमलव ४ म्याग्निच्युट रेक्टरको स्केलको भुकम्प गएको थियो ।
भुगर्वविद्हरुले ठूलो रेक्टर स्केलको भुकम्प जाने खतरा समेत औल्याइरहदा त्यस क्षेत्रमा साना ठूला रेक्टर स्केलको भुकम्प गैरहेको छ । पछिल्लो पटक स्थानीय समय अनुसार शुक्रवार राती ९ वजेतिर गएको भुकम्पको केन्द्र रहेको स्थान क्यालिफोर्नियाको एक शहर वेकरस्फिल्डवाट १ सय २० माइल उत्तर पूर्वमा पर्दछ । भुकम्पको कारण लसभेगसमा जारी एनविए समर लिगको आजको खेल समेत प्रभावित भएको बताइएको छ । -

न्युयोर्क जे एफ केबाट उडेको जहाजमा आगो लाग्यो,यात्रु सकुसल
न्युयोर्क
न्युयोर्कको जोन अफ केनेडी बिमानस्थलबाट २१७ यात्रु लिएर लन्डनको हिथ्रो बिमानस्थल जान लागेको एक जहाजभित्र आगो लागे पछी अमेरिकाकै अर्को शहर बोस्ट्नमा आकस्मिक अबतरण गरिएको छ ।भर्जिन एट्लान्टिक उडान नम्बर १३८ बिहीवार साँझ साँढे सात बजे जे एफ के बिमानस्थलबाट उडेको थियो ।बिमान उडेको ३० मिनेटमा नै यात्रु सिट नजिकबाट धुँवा र आगोको मुस्लो निस्किएको अधिकारीहरुले बताएका छन् ।आगो देखिए पछी जहाजका कर्मचारीले “फायर एक्स्टेनगुसर ” को सहायतामा आगो तत्काल नियन्त्रणमा लिएको अधीकारीहरुले बताएका छन्न् ।
यात्रुहरुलाई सकुशल उद्धार गरेर बोस्ट्नको लोगान बिमानस्थलको टर्मिनलमा राखेर अर्को बिमानमा लन्डन उडाईएको थियो ।आगो लागेको जहाजको प्रारम्भिक अनुसन्धानमा आगो लागेको फर्स्ट क्लास कम्पार्ट्मेन्टमा रहेको यात्रु सिटको ब्याट्रि चार्जरमा समस्या देखिएको छ । बोस्ट्न स्थित लोगान बिमानस्थलमा यो हप्ता मात्र आकस्मिक अबतरणको यो दोश्रो घटना हो ।यसै हप्ता सिकागोबाट उडेको अमेरिकन एयर्लाईन्सको एक उडान ककपिटको बिधुतिय प्रणालीमा समस्या देखिए पछी आकस्मिक अबतरण गरेको थियो । -
नेपालीको यो साता तीन ठाउमा सम्मेलन
विश्व न्यूज संवाददाता
अमेरिका ।
अमेरिकाको विभिन्न तीन शहरमा जारी यो साता नेपालीका तीन वटा सम्मेलन हुने भएको छ । इलिनोइ राज्यको शिकागोमा गैर आवासीय नेपाली संघ अमेरिकाको आठौं साधारण सभा तथा पदस्थापन कार्यक्रम हुदैछ भने मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा नेपाली नेशनल कन्भेन्सन हुदैछ । त्यस्तैं, क्यालिफोर्निया राज्यको लस एन्जल्स शहरमा नेपलिज अमेरिकन कन्भेसन हुदैछ ।

एनआरएनए अमेरिकाको कार्यक्रम जुलाई ६ र ७ सम्म चल्नेछ भने बाल्टिमोरको कन्भेन्सन जुलाई ५ देखि ७ सम्म चल्नेछ । यस्तैं, न्याक संस्थाले गर्न लागेको लस एनजल्समा हुने उसको चौथो कन्भेन्सन पनि जुलाई ५ देखि ७ सम्म चल्नेछ ।

उता, बाल्टिमोरको कन्भेन्सन एशोसिएशन अफ नेपलिज इन द अमेरिका, आन्मा, अन्तराष्ट्रिय नेपाली साहित्य समाज र बाल्टिमोर एशोसिएशन अफ नेपलिज इन अमेरिका गरी ४ संस्थाको संस्थाको संयुक्त आयोजना हुदैंछ ।
एनआरएनए अमेरिकाको कार्यक्रममा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री विजय गच्छेदारलाई प्रमुख अतिथि बनाइएको छ भने बाल्टिमोरको कन्भेन्सनमा नेपाल सरकार प्रदेश १ का मुख्य मन्त्री शेरधन राईलाई प्रमुख अतिथि बनाइएको छ भने लसएन्जल्समा हुने कार्यक्रममा अमेरिकाका लागि नेपालका पूर्व राजदुत डा. शंकर शर्मा लाई प्रमुख अतिथि बनाइएको छ ।
नेपालीका ३ कन्भेन्सन एकै समयमा गरिएपनि आयोजकहरुले आफ्ना आयोजनाको उद्देश्य भने फरक रहेको बताएका छन् ।
एनआरएनए अमेरिकाको वार्षिक साधारण तथा पदस्थापन भएको र यो आयोजना संस्थाको बार्षिक कार्यक्रम भित्र पर्ने साधारणसभा व्यवस्थापन समितिकी संयोजक समेत रहेककी एनआरएनए अमेरिकाकी उपाध्यक्ष राधा पौडेलले बताइन् ।
एता, बाल्टिमोर कन्भेन्सनका सदस्य सचिव विजय भट्टराई ले सम्मेलन विभिन्न विषयमाथि गहन छलफल गरी नेपालको विकासका लागि वाहिर वस्ने नेपालीले केही गर्न सक्छन् भन्ने आउट पुट दिन सकिने गरी गरिएको र यो कन्भेन्सनले सकारात्मक परिणाम दिनेमा आफूहरु आशावादी रहेको बताए ।

उता, लसएन्जल्समा गर्न लागिएको न्याकको चौथो कन्भेन्सनका सन्दर्भमा कन्भेनर रामेश्वर भण्डारीले युवा कार्यक्रम लक्षित सम्मेलन भएको र सम्मेलनले खासगरी युवा वर्गलाई अमेरिकाको मुलधारमा जोड्न के गर्न सकिन्छ भन्ने बारेमा जोड दिने बताए । साथैं उनले नेपालको पर्यटन प्रवद्र्दनका लागि समेत कन्भेन्सनका क्रममा छलफल तथा अन्तरक्रिया हुने जनाए ।
-

स्वतन्त्रता दिबसको दिन अमेरिकामा ठुलो भुकम्प
सिंगो अमेरिका स्वतन्त्रता दिबसमा मस्त भएका बेला क्यालिफोर्नियामा भने भुकम्प गएको छ ।दक्षिण क्यालिफोर्निया केन्द्र बिन्दु भएर बिहान १० बजेर ३३ मिनेट जाँदा भुकम्प गएको यु एस जुलोजिकल सर्भेले जनाएको छ । भुकम्पको केन्द्रबिन्दु मोजाभे डेजर्ट रहेको बाताईको छ । ६ दशमलब ४ म्याग्निचुडको भुकम्पको धक्काको महसुस लसएन्जलस देखी लास भेगास सम्म गरिएको थियो । ठुलो भुकम्प गएको ५ मिनेट पछी ४ दशमलब ७ र ३ म्याग्निचुडको पराकम्प समेत महसुस गरिएको थियो ।
भुकम्पका कारण हाल सम्म कुनै क्षतीको विवरण प्राप्त भएको छैन । लसएन्जलस बिमानस्थल प्रशासनले भुकम्प पछी बिमानस्थलको धावनमार्ग निरिक्षण गरिएको जानकारी दिएको छ ।
एजेन्सी -

प्रतिष्ठा राउत बेलायतको सौन्दर्य प्रतियोगिताको फाइनलमा
काठमाडौं । नेपाली मूलकी प्रतिष्ठा तृष राउत बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डको फाइनलमा प्रवेश गरेकी छन् । उनी फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् । उनी अहिले फाइनलमा प्रवेश गरेकी छन् ।
२० हजार आवेदनबाट उनी फाइनलसम्मको यात्रा तय गर्न सफल भएकी छन् । सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र ब्यूटी विथ पर्पोज गरी तीन राउण्ड भएको थियो ।
राउतले पब्लिक भोटका कारण पब्लिसिटी क्वीनको उपाधि पनि जितेकी छन् ।मिस इग्ल्याण्डको फाइनल भने जुलाई ३१ र अगष्ट १ मा हुनेछ । अहिले उनको परिचयसहितको भिडियो युट्युबमा अपलोड भएको छ ।
नेपाली चेली प्रतिष्ठा तृष राउत बेलायतको अन्डरसटमा बस्छिन् ।उनका बाबु बेलायती सेनाका जागिरे थिए । प्रतिष्ठा भने हङकङमा जन्मेकी थिइन् । २५ वर्षीय प्रतिष्ठा आर्किटेक्ट डिजाइनमा रुचि राख्छिन् ।
१७ वर्षको उमेरदेखिनै मोडलिङमा लागेकी प्रतिष्ठाले इग्ल्याण्डमा नेपाली समुदायको प्रतिनिधित्व गरेकी छन् ।पढेर भन्दा परेर जानिन्छ भन्ने धारणा राख्ने उनले नेपाली समाजमा मेन्टल हेल्थको क्षेत्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन् ।
इग्ल्याण्डमा मिस इङ्ल्याण्ड बिजेताले टाइटलसहित २५ हजार पाउण्ड पुरस्कार, मिस वल्र्डमा सहभागिता र विभिन्न च्यारिटी कार्यमा आबद्ध हुने मौका पाउने गर्छन् ।प्रतिष्ठाले भने यस पटक आफूले धेरै मेहनत गरेकाले उपाधि जित्ने आत्मविश्वास बढेको बताएकी छन् । -

एन आर एनमा ४ जना भिड्ने पक्का ,कुमार पन्तको औपचारिक उम्मेदवारी घोषणा
विश्व न्युज संवाददाता
काठमाडौं
गैरआवासीय नेपाली संघ (एनआरएन)को ९औं विश्व सम्मेलन तथा महाधिवेशन आउँदो अक्टोबर १३ देखि १६ गतेसम्म काठमाडौंमा हुँदै छ। विदेशमा बस्ने नेपालीहरुको साझा संगठन एनआरएनले हरेक दुई दुई वर्षमा नयाँ नेतृत्व चयनका लागि विश्व सम्मेलन तथा महाधिवेशन गर्दै आएको छ । महाधिवेशनले भवन भट्ट नेतृत्वको वर्तमान कार्यसमितिलाई विस्थापन गरी नयाँ नेतृत्व चयन गर्नेछ । एनआरएनको विधानअनुसार प्रति एक हजार बराबर १०० नै प्रतिनिधि चयन हुनेछन् ।
राष्ट्रिय समन्वय परिषद्को राष्ट्रिय महाधिवेशन, विश्व सम्मेलनभन्दा बढीमा ६ महिना र कम्तीमा १ महिना अघि सम्पन्न गर्नुपर्ने व्यवस्था कारण अहिले विभिन्न देशमा धमाधम चुनाव भैरहेको छ । महाधिवेशनका लागि प्रतिनिधि छनोट हुने भएकाले एनआरएनका नेताहरु विभिन्न ठाउँमा पुग्न थालेका छन् । योसँगै अन्तर्राष्ट्रिय समन्वय परिषद्को चुनाव पनि लागेको छ ।
विभिन्न देशमा भएका राष्ट्रिय महाधिवेशन अन्तर्गत चुनावका बेला विभिन्न प्रश्नहरु उठ्न थालेपछि एनआरएन आईसीसीले नियमावलीमै लोकतान्त्रिक र निर्वाचनमा प्रयोग हुने विश्वव्यापी मान्यताको आधारमा परिषद्का सदस्य तथा पदाधिकारी निर्वाचित गर्नसक्ने व्यवस्था गर्ने व्यवस्था गरेको छ । अक्टोबरमा हुने विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनका विषयमा प्रचारप्रसारका लागि एनआरएनका सम्भावित पदाधिकारीका उम्मेदवार दौडधुपमा लागेका हुन् ।अध्यक्षमा चार आकांक्षी
एनआरएनको आगामी दुई वर्षका लागि हुने चुनावमा अहिलेसम्म वरिष्ठ उपाध्यक्ष कुमार पन्तले मात्र औपचारिक रुपमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । तर वर्तमान अध्यक्ष भवन भट्ट, अर्का उपाध्यक्ष कुल आचार्य र अघिल्लो चुनावमा पराजित उम्मेदवार जमुना गुरुङले समेत आन्तरिक तयारी तीव्र पारेका छन् । यी नेताहरुको यूरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न देशमा दौडधुप बाक्लिएको छ ।
औपचारिक रुपमा एनआरएनका वरिष्ठ उपाध्यक्ष पन्तले नवौं विश्व सम्मेलन तथा महाधिवेशनका लागि अध्यक्ष पदको उम्मेदवारी घोषणा यसअघि नै गरिसकेका छन् । केही हप्ताअघि उनले बेल्जियम पुगेर आफू अध्यक्ष पदको उम्मेदवार भएको घोषणा गरेका थिए । पन्तले उम्मेदवारी घोषणा मात्र गरेका छैनन् प्यानल बनाएर चुनावमा नजाने प्रतिबद्धता जनाउँदै सकभर सहमतिमै नेतृत्व लिने योजना बनाइरहेका छन् ।
वर्तमान अध्यक्ष भट्टले पनि आन्तरिक रुपमा उम्मेदवारीको तयारी गरेका छन् । यसअघि पन्तलाई अध्यक्ष बनाउनेगरी सहमति गरेर गुरुङविरुद्ध चुनाव लडेका भट्टले अहिले भने उम्मेदवार बन्ने योजना बनाएका स्रोतको दाबी छ । अन्य अध्यक्षहरुमध्ये धेरैले दुई–दुई कार्यकाल संस्थाको नेतृत्व गरेकाले आफूले पनि फेरि एक पटक एनआरएनको नेतृत्व गर्न पाउनुपर्ने भन्दै उनले आन्तरिक तयारी थालेका हुन् । त्यसैले आउँदो महाधिवेशनका लागि भट्ट बलियो उम्मेदवार हुन् ।
अघिल्लो महाधिवेशनमा अध्यक्ष पदमा भट्टसँग पराजित भएकी पूर्व अध्यक्ष शेष घलेकी पत्नी जमुनाले पनि यस पटक अध्यक्ष जित्नेगरी उम्मेदवार बन्ने आफू निकटका नेतालाई बताउन थालेकी छन् । उनले पति शेष घलेसँग विभिन्न देशमा भएका विभिन्न कार्यक्रममा सक्रिय सहभागिता जनाउन थालेकी छन् । महिला नेतृत्वको कुरा उठाएर महिला प्रतिनिधिको मत तान्ने र विगतमा नमिलेका पक्षलाई समेत मिलाएर चुनावमा जाने तयारी उनको छ । पति शेष घलेमार्फत उनले विभिन्न पक्षसँग चुनाव लड्ने विषयमा छलफल गरिरहेकी छन् । तर आधिकारिक घोषणा भने उनले गरेकी छैनन् ।
एनआरएनमा छिटो उदाउने नेताका रुपमा परिचित वर्तमान उपाध्यक्ष कुल आचार्यले पनि आफूलाई अध्यक्षको उम्मेदवार भनिरहेका छन् । तर, उनले पनि औपचारिक रुपमा अध्यक्ष पदको उम्मेदवार घोषणा गरेका छैनन् । आचार्यले विभिन्न देशका कार्यक्रममा सक्रिय सहभागिता जनाउने र नेतृत्वको आलोचना गर्ने क्रम रोकिएको छैन । त्यसैले एनआरएनमा उदाएको शैलीमा अध्यक्ष बन्ने आकांक्षा उनमा पलाएको छ । उनको जोड सकभर यस पटक नभएमा अर्को पटकको अध्यक्ष हुनेछ । स्रोतका अनुसार उनले अर्को पटक अध्यक्ष आफू हुनेगरी जुनसुकै उम्मेदवारलाई पनि सघाउन सक्ने स्रोतको दाबी छ ।समूहगत उम्मेदवारीको तयारी
एनआरएनको विधानले समूहगत उम्मेदवारी बन्देज लगाएको छ । तर, अनौपचारिक रुपमा समूहगत उम्मेदवारीको अभ्यास पहिल्यैदेखि चलिरहेको छ । यो पटक पनि समूहगत उम्मेदवारीको चर्चा–परिचर्चा शुरु भएको छ । विभिन्न पार्टीगत संघ–संगठन, क्षेत्रीय समूह र बिजनेश स्वार्थ समूहले एनआरएनमा समूहगत उम्मेदवारी दिने परम्परा भएको छ । औपचारिक रुपमा समूहगत उम्मेदवारी घोषणा भने गरिँदैन । गलत बाटोबाट प्यानल खडा गर्ने काम निरन्तर हुन थालेको छ ।
राजनीतिक रुपमा नेकपा निकट र गैरनेकपा भन्दै दुईवटा मोर्चा चुनावका लागि समूहगत उम्मेदवारी दिने तयारीमा छन् । राजनीतिक हिसाबले एनआरएनमा नेपाली काँग्रेस निकट मानिएकाहरु अल्पमतमा छन् । तर, उनीहरु राजनीतिक रुपमा निकै सक्रियसमेत देखिएका छन् । डेनमार्कको राजधानी कोपेनहेगनमा हालै सम्पन्न नेपाली काँग्रेसको भेलाको मुख्य एजेण्डासमेत एनआरएन चुनाव भएको थियो । भेलाले नेपाली काँग्रेस निकट रहेका उपाध्यक्ष कुल आचार्यसहित पदाधिकारीबाट सचिव जानकी गुरुङ र सहकोषाध्यक्ष सोम सापकोटा लगायतलाई आगामी चुनावमा विजय गराउने निर्णयसमेत गरेको स्रोतको दाबी छ ।
अन्य नेताहरुले खुलेर घोषणा नगरे पनि एनआरएनमा नेपाली काँग्रेस निकटहरुको नेतृत्व अहिले उपाध्यक्ष कुल आचार्यले गरिरहेका छन् भने नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व महासचिव डा. बद्री केसीले गरेका छन् । केसीलाई धेरै पदाधिकारीले साथ दिएका छन । आचार्य र केसीका समूहले एकले अर्कोको आलोचना गर्ने र विवाद गर्ने कुरा सामान्य बन्न थालेको छ । विवादको मूल जरो भने पन्तपछि अबको नेतृत्व कसको हुने भन्नेमा केन्द्रित छ । आचार्य र केसीबीच पन्तपछिको अध्यक्षका रुपमा आफूलाई स्थापित गर्न खोजिरहेका छन् ।
आचार्यले अहिले अध्यक्षको उम्मेदवारी दिने भन्दा पनि अर्को कार्यकालमा अध्यक्ष पाउनुपर्ने शर्त राखेर पन्तलाई सहयोग गर्ने सम्भावना छ । एनआरएनको आउँदो कार्यकालको अध्यक्ष लगभग पन्त बन्ने निश्चित जस्तै भएको एक पूर्वअध्यक्षले बताएका छन् । घलेबाहेकका अधिकांश पूर्व अध्यक्षले यसअघिको चुनावका बेला भट्टको कार्यकालपछि पन्तलाई अध्यक्ष बनाउने भद्र सहमति गरेका थिए । आचार्यले काँग्रेसलाई एक ठाउँमा राख्न सकेको अवस्थामा र नेकपाभित्रको असन्तुष्ट समूहसँग तालमेल गर्न सकेमा आफू पन्तपछिको अध्यक्ष बन्ने अवस्था देखेका छन् भने केसीले आफू पूर्व अध्यक्षको सहयोगमा अध्यक्ष बन्ने योजनामा छन् ।
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)बाहेकका मुलुकमा रहेका नेपाली मूलका विदेशी नागरिक र विभिन्न कारणले गएका नेपाली नागरिकको साझा संस्थाका रुपमा सन् २००३ मा गैरआवासीय नेपाली संघ (एनआरएन)को स्थापना भएको हो । विश्वका झण्डै ८० देशमा एनआरएनको राष्ट्रिय समन्वय परिषद् छ । साठी लाखभन्दा बढी नेपाली विदेशमा रहेको अनुमान छ । तर, नेपालीको यकिन तथ्याङ्क नेपाल सरकार र एनआरएन दुवैसँग छैन ।प्रचारप्रसार सुरु
एनआरएनको आउँदो महाधिवेशनका लागि सम्भावित चारै जनाले दौडधुप तीव्र पारेका छन् । अध्यक्ष भट्ट पर्ख र हेरको रणनीतिमा छन् । विवाद बढेर आफूकहाँ अध्यक्ष पद फेरि आउँछ कि भन्ने योजना उनले बनाइरहेका छन् । राजनीतिक पहुँचका आधारमा नेपालमा व्यापार गर्न सकिने भएकाले एनआरएनको अध्यक्ष पद दोहो¥याउने उनको योजनालाई स्वाभाविक मान्न सकिएला । तर, उनलाई अघिल्लो महाधिवेशनमा पन्तसँग गरेको सहमतिले खुल्न दिएको छैन । अहिले उनी विभिन्न देश पुगेर आफ्नो अवस्था बुझिरहेका छन् ।
शेष घले पत्नी जमुना गुरुङले पनि आफ्नो तरिकाले विभिन्न देशको भ्रमण गरिरहेकी छन् । जित्नेगरी मात्र चुनाव लड्ने उनको योजना छ । पछिल्लो पटक नेपाली सोसल क्लब अर्थात् एनआरएन ओमनको कार्यक्रममा भने भट्ट, आचार्य र पन्त तीनै जनाले सहभागिता जनाएर प्रतिस्पर्धामा रहेको संकेत गरेका छन् । सबैले आआफ्नो पक्षमा मतदाता तान्ने प्रयास गरिरहेका छन् । एनआरएन ओमनको कार्यक्रमलाई सम्भावित अध्यक्ष पदका उम्मेदवारको प्रचारप्रसारका रुपमा समेत लिइएको छ । एनआरएन ओमान सोसियल क्लबको रुपमा दर्ता भएको छ ।
तर अमेरिका, यूके, युरोपबाट अन्य व्यक्तिले पनि उम्मेदवारी दिनसक्ने सम्भावना छ । पछिल्लो पटक अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशीको सक्रियता पनि सम्भावित उम्मेदवारका रुपमा हेरिएको छ । -

मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल नै भएको छैन
सुवास नेम्वाङ
उपनेता, नेकपा
सुवासचन्द्र नेम्वाङ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रका बौद्धिक नेताका रुपमा चिनिन्छन् । थोरै बोल्ने तर तौलिएर बोल्ने उनको छवि निकै गज्जबको छ । पछिल्लो समय सरकार फेरबदल लगायत विषय निकै पेचिलो बनेको छ । यी लगायतका विषयमा केन्द्रित भएर नेम्वाङसँग मोहन बास्तोलाले गरेको कुराकानी—मुलुकको राजनीति हेर्ने हो भने त्यति धेरै सहज देखिन्न । मुलुकमा दुई तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकार भए पनि जुन ढंगले अघि बढ्नुपर्ने हो । त्यसरी अघि बढ्न सकेन कि भन्ने पनि आलोचना छ । तपाईं नेकपाको संसदीय दलको उपनेता पनि हुनुहुन्छ । कसरी लिनुभएको छ ?
मेरो विचारमा एकतरिकाबाट हेर्ने हो मुलुक सहज ढंगले नै अघि बढेको देखिन्छ । हामीले संविधान निर्माण ग¥र्यौं, संविधानसभाबाट संविधान जारी ग¥यौं । त्यसको पहल र प्रयास गर्ने संयोग मलाई प्राप्त भयो । आम नेपाली जनताको सहयोग र सद्भावसँगै रहेको अथाह समर्थकले हामीले संविधानसभाबाटै संविधान जारी गर्न सक्यौँ । हामीले राम्रो संविधान बनायौँ । यो संविधान सम्झौता र समझदारीको दस्तावेज पनि हो । हामीले असल संविधान जारी गर्न सक्यौँ । त्यसमा सबैको साथ र समर्थनले पनि सहज बनायो ।
संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशीताको आधारमा सिङ्गो देशलाई एकजुट बनाउने संविधान हामीले बनायौँ । नेपालको संवैधानिक इतिहासमा जनताका लागि जनताले बनाएको संविधान हामीले बनायौँ । संविधानको स्रोत जनता भएको पहिलो संविधान हामीले बनायौँ । यो भन्दा अघिसम्म संविधानको स्रोत जनता नभए र शासक हुने गर्थे । यो संविधान बनाइसकेपछि हामी कार्यान्वयनको चरणमा गयौँ । खुशीको कुरा हामीले सफलतापूर्वक कार्यान्वयन गर्दै यो ठाउँसम्म आइपुग्न सफल भयौँ ।भनेपछि अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने खुशी हुने ठाउँ नै देखिन्छ होइन त ?
निश्चय पनि त्यत्रो धेरै वेखुशी हुनुपर्ने अवस्था देखिन्न । अहिलेसम्मको उपलब्धीलाई हेर्ने हो भने हामीले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गर्न सफल भयौँ । जनतालाई मौलिक अधिकार सम्पन्न बनायौँ । संविधानसम्मत बनाउनुपर्ने कानुनहरुको निर्माण गर्ने काम सम्पन्न ग¥यौँ । र, संक्षेपमा संविधान निर्माणको कामलाई सम्पन्न गरेर यो ठाउँसम्म आएका छौँ ।
हामीले शान्ति प्रक्रियाकै सन्दर्भमा कुरा गर्ने हो भने पनि हामीले त्यहाँ पनि निकै ठूलो उपलब्धि हासिल गरेका छौँ । त्योसँगै हामीले केही बाँकी रहेका कामहरु जस्तै सत्य निरुपण र बेपत्ता पारिएकाहरुको आयोग बनाउनका लागि कानुनहरु निर्माण गर्ने काम सम्पन्न ग¥र्यौं । त्यसका लागि थोरै केही काम बाँकी छ । त्यसलाई पनि हामी सम्पन्न गर्न लागेका छौँ ।
यी सबै काम गर्दा सत्तापक्ष–प्रतिपक्ष हामी सबै एक ठाउँमा उभियौँ । हामीले यो कामबाट शान्तिप्रक्रियालाई टुंगोमा पु¥याउन सत्तापक्ष र प्रतिपक्ष एक ठाउँमा छौँ है भन्ने सन्देश दिएका छौँ । जनतालाई हामीले जगमा उभिने बनाएपछि हामी अहिले समृद्ध नेपाल खुशी नेपालीको अभियानमा अघि बढेका छौँ । यसलाई व्यवहारमा अघि बढाउने गरी अघि बढिरहेका छौँ । त्यसैले म अहिले पनि भन्छु– हामीले केही सुखद र राम्रा काम गरेका छौँ ।केही कमजोरी पनि होलान् नि ?
निश्चय रुपमा यो काममा केही कुरा ठीक भैरहेको छैन कि बेठिक दिशामा पो हामी अघि बढिरहेका छौँ कि ? भन्ने कोणबाट पनि प्रश्न उठिरहेका छन् । तर, मेरो आग्रह छ । हामीले त्यस्तो अवस्था आउन दिनुहुँदैन । सबै दल र दलका नेताहरु मिलेर देशलाई अघि बढाउनु पर्छ । हामीले संविधान बनाएर त्यसलाई कार्यान्वयन गरेका छौँ । त्यहाँ आवधिक निर्वाचनको व्यवस्था गरिएको छ । जनताको मन जितेर हामीले चाहेअनुसारको परिवर्तन देशमा गर्न सकौँ भनेर नै हामीले त्यो व्यवस्था राखेका हौँ । हामीले संविधान संशोधन गर्न सकिने लचिलो व्यवस्था राखेका छौँ । प्रतिपक्ष भनेको वेटिङ गभर्मेन्ट हो । आउने निर्वाचनमा उसले विजय हासिल गरेर ऊ सरकारमा आउन सक्छ । यो प्रणाली हामीले व्यवस्था गरेका छौँ । यो प्रणालीलाई सबल बनाएर अघि बढ्नुको अर्को विकल्प पनि हामीसँग छैन ।संविधान कार्यान्वयनको चरणमा छ । नेपालमा स्थायी सरकार पनि छ । तर, यो सरकारबाट जनता त्यति धेरै सन्तुष्ट भएननन् भन्ने आलोचना पनि सुरु भएको छ । तपाईं आफैँ चाहिँ के भन्नुहुन्छ ?
अहिले नेपालमा कम्युनिष्ट नेतृत्वको सरकार छ । केही मित्रहरुले आलोचना गर्ने सन्दर्भमा भन्नुहुन्छ । नेपालमा कम्युनिष्ट शासन आयो । अधिनायकवाद आयो । तर, म उहाँहरुलाई विनम्रसाथ आग्रह गर्न चाहन्छु । उहाँहरुले भने जस्तो कम्युनिष्ट शासन आएको होइन र देश अधिनायकवादतर्फ पनि गएको होइन ।
अहिले मुलुकमा जनताको मन जितेर जनताको आर्शिवाद लिएर नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्वको सरकार रहेको छ । दुई तिहाई नजिकको यो सरकार संविधान बमोजिम चलिरहेको छ । संविधानभन्दा यताउति यो सरकारले गर्न सक्दैन । मैले अघि पनि आवधिक निर्वाचनको कुरा गरेँ । हामीले जनताको मन जित्न सकेछौँ भने विगतका कमी–कमजोरीलाई सच्याएर अघि बढ्न सकेछौँ भने फेरि हामीले जनताको आशिर्वाद पाउँछौँ । यदि हामीले त्यो गर्न सकेनौँ भने जनताले प्रतिपक्षलाई चुन्न सक्ने अधिकार पनि छ । त्यसैले अहिले नै प्रतिपक्ष दलले हामीलाई सरकार चलाउने अधिकार सधैँका लागि हराउने भयो भनेर तर्सिनुपर्ने कारण छैन । सरकार बनाउने अधिकार अहिले पनि प्रतिपक्षलाई छ ।
नेकपाले गएको निर्वाचनमा जनताको मन जित्न सक्यो । सबैतिर ध्वस्त भएको र हामीले सरकारको नेतृत्व गर्दा ती कुरा सुधार गर्न सकिने प्रतिबद्धता हामीले जनतासामु ग¥यौँ । जनताले पत्याएर र हामीलाई दुई तिहाई नजिकको सरकार बनाउने अधिकार दिए । यो खुशीको कुरा हो । तर, हामीले त्यो पूरा गर्न सकेनौँ भने अर्को निर्वाचनमा जनताले अवश्य पत्याउने छैनन् । हामी अहिले ती आधारलाई पूरा गर्ने गरी अघि बढिरहेका छौँ । हामीले केही उपलब्धि पनि हासिल गरेका छौँ ।अहिलेको अवस्थालाई हेर्ने हो भने जनताले विश्वास गरेअनुसारकै काम वर्तमान सरकारले गरेको छ भन्ने तपाईंको तर्क हो ?
मैले अघि पनि भनें हामीले जनअपेक्षाअनुरुप काम गर्न सकेनौँ भने अर्को निर्वाचनमा जनताले हामीलाई विश्वास गर्ने छैनन् । तर, अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने हामीले सकेसम्म जनअपेक्षा अनुरुपकै काम गर्न सफल भएका छौँ भन्ने लागेको छ । यो अवधिलाई हेर्ने हो भने हामीले छिमेकसँगको सम्बन्धलाई हामीले सुधार गरेका छौँ । विदेश सम्बन्धलाई पनि हामीले सुधार गरेका छौँ । हामीले मुलुकमा कहिले पनि नाकाबन्दी नहुने अवस्थामा मुलुकलाई पु¥याएका छौँ । यो पनि ठूलो उपलब्धि हो । म अहिले पनि भन्छु– जनताले भनेजस्तो सयमा सय त होइन केही कमजोरी हुन्छन् । तर, हामीले धेरै हदसम्म जनअपेक्षाअनुसार नै काम गर्न सकेका छौँ भन्ने लागेको छ ।पछिल्लो सयम विभिन्न सञ्चारमाध्यमलाई नियाल्ने हो भने मन्त्रिमण्डलको पुनर्गठनले निकै ठूलो चर्चा पाएको छ । यो विषयमा केही छलफल पार्टीभित्र भएको छ ?
सबैभन्दा पहिला त जुन प्रणालीमा हामी अघि बढेका छौँ । त्यो प्रणालीमा मन्त्री फेरबदलको कुरा अचम्मको होइन । प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले आफूलाई आवश्यक परेका बेलामा मन्त्री फेरबदल गर्न सक्ने अधिकार हुन्छ । उहाँले आफ्नो विशेषाधिकार प्रयोग गर्न सक्नु हुनेछ । त्यसैले आवश्यकताअनुसार मन्त्री फेरबदल गर्ने कुरा अस्वाभाविक होइन । मन्त्रीमण्डल फेरबदल गर्दा सरकार सञ्चालनमा सहज हुन्छ भन्ने त्यो गर्नुलाई अस्वाभाविक मान्ने कुरा पनि भएन । तर, अहिले त्यो विषयमा नेताहरुबीच छलफल भएको जस्तो मलाई लागेको छैन । यद्यपि सञ्चारमाध्यममा आएका समाचार पनि सरकार राम्रो होस्, गतिका साथ अघि बढोस् भन्ने मनसायबाटै आएको होला भन्ने लागेको छ । त्यसैले मैले सञ्चारमाध्यमका समाचारलाई पनि गलत रुपमा लिएको छैन । -

आउट अफ स्टाटसमा आई–४८५ एप्लिकेसन पेश गर्न मिल्छ ?
रमेश श्रेष्ठ
कानुन ब्यबसायी ,न्युयोर्ककानूनी कुरामार्फत महत्वपूर्ण कानूनी सल्लाह सुझाव उपलब्ध् गराइदिनुभएकोमा अमेरिका स्थित विश्व संदेश मिडिया ग्रुपलाई धेरै धेरै धन्यवाद । मैले लगभग ६ महिनाअगाडि ग्रीनकार्ड होल्डरको नाताले मेरो श्रीमती (जो बी–२ भिजिटर भिसामा थिइन्)का लागि आई–१३० पेटिसन फायल गरेको थिएँ । गत महिना म युएस सिटिजन भएपछि युएससीआईएसलाई जानकारी गराई पेन्डिङ आई–१३० पेटिसनलाई इमिडियट रिलेटिभ अफ युएस सिटिजनमा परिवर्तन गरिसकेको छु । अहिले मेरो श्रीमतीको भिजिटर भिसा समाप्त भएको ५ महिना बितिसक्यो र हालको आउट अफ स्टाटस अवस्थामा मैले उसका लागि आई–४८५ एप्लिकेसन पेश गर्न मिल्छ कि मिल्दैन । यसबारे पूर्ण जानकारी पाए निकै आभारी हुने थिएँ ।
– सुरेन गिरी, भरमन्टविश्व सन्देश र विश्व न्युज डट कमबाट प्रकाशित हुने कानूनी स्तम्भको पाठक हुनुभएकोमा धन्यवाद । अध्यागमन कानूनअनुसार अमेरिकी नागरिकहरुको अति निकटको नातेदारहरु अर्थात् श्रीमान-श्रीमती, नाबालक छोरा छोरीहरु र बुबाआमाहरुलाई उक्त अमेरिकी नागरिकले ग्रीनकार्डका लागि निवेदन युएससीआईएसमा पेश गर्न सक्नेछन् । यी निकटको नातेदारहरुको आई–४९५ निवेदन पेश गरेका बेलामा वैध भिसा भए–नभए जे भए पनि यदि उनीहरु कानूनी तवरबाट भिसा प्राप्त गरी अध्यागमनका अधिकारीहरुले अमेरिका प्रवेश गरेका बेलामा इन्सपेक्सन गरी एड्मिसन गरेको खण्डमा उहाँहरुले अमेरिकी नागरिकको नजिकको नातेदार वा इमिडियट रिलेटिभको आधारमा स्थायी बासिन्दा अर्थात् पर्मानेन्ट रेसिडेन्ट प्राप्त गर्न सक्नुहुनेछ ।
तपाईंको केसमा तपाईंको श्रीमतीले बी–२ वा भिजिटर भिसा लिई अमेरिकामा प्रवेश गर्नुभएकोले उहाँ इन्सपेक्टेड र एड्मिटेड हुनुहुन्छ । त्यसैले अहिले भिसा गुजारेर बसिरहनुभए तापनि अमेरिकी नागरिकको श्रीमतीको हैसियतले उहाँको स्टाटस एड्जष्ट गरी ग्रीनकार्ड प्राप्त गर्न सक्नुहुनेछ । त्यसैले अहिले तपाईंले अमेरिकी नागरिकता प्राप्त गरी सो आई–१३० पेटिसनलाई प्रिफरेन्स रिलेटिभ (एफ२ए)बाट इमिडियट रिलेटिभ (आईआर)मा परिवर्तन गरिसक्नु भएकाले उक्त आई–३० पेटिसन स्वीकृत नभई पेन्डिङ वा विचाराधिन रहेको अवस्थामा भए पनि तपाईंको श्रीमतीले आई–४८५ एप्लिकेसन युएससीआईएसमा पेश गर्न सक्नुहुनेछ । -

के हो बबल एण्ड क्र्यास ?
निरञ्जन फुयाल
प्रबन्धक नेप्से
बबल एण्ड क्र्यासको प्रमुख कारण उत्तेजना, लोभ, डर, अपेक्षाजस्ता मानवीय संवेदना र तत्कालीन समयको परिघटना नै हुन् । यसबाट बजारमा हुने उतारचढावले बजारमा बबल एण्ड क्र्यासको अवस्था सृजना गर्दछ । यसबाट अर्थतन्त्रमा ठूलो असर पर्दछ भने लाखौं मानिसले रोजगारी एवं लगानी गुमाउने अवस्था आउँछ । मानवीय संवेदनालाई नियन्त्रण गर्न नसकिने भएकैले बबल एण्ड क्र्यास दोहोरिएको देखिन्छ । अघिल्ला अंकहरुमा १९औं शताब्दीसम्मको इतिहास उल्लेख गरिएकोमा यस पटक त्यसपछिका प्रमुख बबल एण्ड क्र्यास प्रस्तुत गरिएको छ ।वेयरिङ क्राइसिस
ठूला आयोजना निर्माण गर्दा दीर्घकालीन लगानीका स्रोतहरुका योजना नगरी अल्पकालीन पूँजीका आधारमा दीर्घकालका आयोजना निर्माण थालनी गर्दा निम्तिएको समस्या हो– वेयरिङ क्राइसिस । सन् १८८० मा अर्जेन्टिनी राष्ट्रपतिमा चुनिएपछि जुलियो रोकाले देशको पूर्वाधार विकासमा दीर्घकालीन आयोजनाहरुको निर्माण सुरु गरे । राजधानी शहरलाई पेरिस जस्तै भव्य र आधुनिक बनाउने रेलवेका लागि ट्र्याक निर्माण गर्नेजस्ता महत्वाकांक्षी योजनाहरु पूँजीको पर्याप्तता विचार नगरी सुरु गरियो । यसका लागि युरोपियन पूँजी बजारबाट ठूलो मात्रामा विदेशी ऋण लिइयो । तत्कालका लागि दक्षिण अमेरिका र युरोपमा (खास गरी ब्रिटेनमा) पूँजीको प्रवाहवाट लगानीकर्ताहरुलाई उत्साहको वातावरण सृजना भयो । १८८० देखि करिब १० वर्षसम्म निरन्तर रुपमा युरोपबाट अर्जेन्टिना लगायतका दक्षिण अमेरिकी मुलुकहरुमा ऋण पूँजीको प्रवाह भयो । अर्जेन्टिनाको नयाँ ऐनले लगानी योग्य रकम जुटाउनका लागि यूरोपियन ऋणपत्र वा सुन ऋणपत्रलाई सुरक्षणमा राखी स्थानीय मुद्रामा नोट जारी गर्ने अधिकार बैंकहरुलाई दियो । यसले गर्दा सरकार मात्र नभएर बैंकहरुले पनि अन्तर्राष्ट्रिय बजारमा ऋण लिन शुरु गरे र ऋणको भार अझै बढ्दै गयो ।
तर सोचेअनुसार आयोजनाहरु समयमा नै सम्पन्न हुन सकेनन् र ब्याज एवं ऋण तिर्नका लागि त्यस्ता आयोजनाबाट आम्दानी प्राप्त हुन सकेन । सरकारको आम्दानीबाट ब्याज एवं ऋण तिर्न सक्ने अवस्था थिएन । स्थानीय स्तरमा मुद्रास्फिती बढ्दा विदेशी मुद्रामा लिएको ऋण रकम झन् धेरै हुन गयो । सन् १८९० मा अर्जेन्टिना सरकारले ४८ मिलियन पाउण्ड बराबरको ऋण तिर्न सकेन । उक्त समयमा यो रकम धेरै ठूलो मानिन्थ्यो । बेलायत लगायतका देशहरुका केन्द्रीय बैंकले दक्षिण अमेरिकी मुलुकहरुमा गरिने लगानीलाई धेरै कडाइ गरे । यी कारणहरुले गर्दा रकमको अभावमा आयोजनाहरुको प्रगति शून्य हुन पुग्यो भने प्रतिफल प्राप्त नहुँदा विश्वभरका लगानीकर्ताहरुको मनोबल कमजोर भयो ।
यो समस्यालाई वेयरिङ क्राइसिस भन्नुको मुख्य कारण चाहिँ यो सबै कामको अन्डरराइटिङ गर्ने कार्य लण्डनको वेयरिङ ब्रदर्स नामक एक कम्पनीले गरेको थियो । अर्जेन्टिनाको अर्थतन्त्रमा आएको समस्याका कारण यो कम्पनी टाट पल्टिने अवस्थामा पुग्यो । यो कम्पनी धेरै ठूलो रहेकोले जोगाउन बेलायती सरकारले नै पहल गर्नुप¥यो । बेलायतको केन्द्रीय बैंकले फ्रान्स, रसिया लगायतका देशहरुसमेतको मद्दतले वेयरिङ कम्पनीलाई जोगाउन सक्यो । तर, यसको असर सन् १८९० को दशकभरि दक्षिण अमेरिकी देशहरु, यूरोप, अमेरिका र अष्ट्रेलियाको बजारमा समेत प¥यो । वेयरिङ क्राइसिसले विश्व अर्थतन्त्र एक आपसमा निर्भर रहेको स्पष्ट सन्देश दियो । करिब १३० वर्षअघिको यो घटना आजसम्म पनि शिक्षाप्रद छ । नेपालमा पनि रेलमार्ग, ठूला एयरपोर्ट र सामाजिक लगानी लगायतका परियोजनाहरुमा लगानी गर्ने नीति रहेकाले यसका दीर्घकालीन असरका बारेमा अध्ययन गरी अन्तिम निर्णय लिनु उपयुक्त हुन्छ ।द ग्रेट क्र्यास १९२९
शेयर बजारको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो क्र्यासका सन् १९२९ को क्र्यास हो । १९औं शताब्दीसम्म यूरोप र खासगरी बेलायतमा रहेको आर्थिक एवं सामरिक शक्ति २०औं शताब्दीको सुरुवातदेखि नै बिस्तारै अमेरिकामा केन्द्रित हँुदै थियो । धेरै ठूला परियोजनाहरुमा अमेरिकामा लगानी हुन सुरु भयो र अमेरिकी पूँजी बजार एवं न्यूयोर्क स्टक एक्सचेन्ज संसारकै ठूलो बजार बन्न गयो । सन् १९२० को दशकको सुरुबाट नै न्यूयोर्क स्टक एक्सचेन्जका परिसूचकहरु निरन्तर उकालो लाग्न थाल्यो । लगानीकर्ताहरुमा क्रमिक रुपमा उत्साह बढ्दै गयो । यसै क्रममा सन् १९२४ बाट अमेरिकामा बुल मार्केटको क्रम सुरु भएको मानिन्छ । धेरै कम्पनीहरुले उत्साहप्रद रुपमा नाफा कमाउँदा लगानीकर्ताहरुले पनि बजार वृद्धिवाट उच्च प्रतिफल प्राप्त गर्दै गए र स्पेकुलेशन पनि बढ्दै गयो । त्यस बखतका प्रख्यात अर्थशास्त्री फिसरले शेयरको उच्च मूल्यलाई सधंै उच्च स्थानमा बस्ने मूल्यसमेत भनेका थिए ।
क्र्यासको सुरुवात भने सन् १९२९ को अक्टोबर २४ बिहीबारबाट सुरु भएको थियो । सो दिन बजार शुरु हुनासाथ करिब ११ प्रतिशतले बजार घट्यो । आजसम्म पनि उक्त दिन ‘ब्ल्याक थर्सडे’का रुपमा प्रचलित छ । यसको पाँच दिनसम्म न्यूयोर्क स्टक एक्सचेन्जको शेयर मूल्य एवं परिसूचकहरु निरन्तर उच्च दरले घट्न गयो । पत्रिकाहरुले यससम्बन्धी खबर छाप्न थालेपछि लगानीकर्ता अझै डराए र अक्टोबर २८ मा १३ प्रतिशतले बजार घट्यो । यसले विश्वभरिका लगानीकर्ताहरुमा त्रास सृजना ग¥यो भने हतास भएका लगानीकर्ता शेयर बिक्री गर्न दौडिए । यसको १२ वर्षसम्म अमेरिकी लगायत विश्व अर्थतन्त्र संकटमा प¥यो र यसलाई अर्थतन्त्रको इतिहासमा ‘द ग्रेट डिप्रेशन’का नामले चिनिन्छ । यो डिप्रेशनले पूँजी बजार अर्थतन्त्रको ऐना रहेको कुरा स्पष्ट पारिदियो ।
यसबाट अमेरिकाको कूल जीडीपीमा ३० प्रतिशतले ह्रास आयो भने नयाँ लगानीहरु शून्य भयो । १९२९ मा ३ प्रतिशत रहेको बेरोजगारी दर १९३३ मा २५ प्रतिशत भयो । लाखौंका संख्यामा फर्महरु टाट पल्टिए । प्रतिस्पर्धाले बजारलाई सन्तुलित बनाउँछ भन्ने वैचारिक धरातलबाट बजारमा सरकारको हस्तक्षेप आवश्यक छ भन्ने विचार बलियो हुँदै गयो । बजारमा सेप्टेम्बर ३, १९२९ मा कायम रहेको उच्च बिन्दु परिसूचक सन् १९५४ मा मात्र बजार सो बिन्दुमा पुग्न सक्यो ।जापानको ८० दशकको बबल एण्ड क्र्यास
दोस्रो विश्व युद्धपछि निरन्तर सुधारमा रहेको जापानी अर्थतन्त्र सन् १९८० को सुरुवातमा उच्च वृद्धि हुन थाल्यो । जापानी लगानीकर्ताको मनोबलमा बढ्न गई शेयरबजार तथा घरजग्गाको मूल्यमा तेजी आयो । यसैगरी वृद्धि भएमा केही समयमा नै जापानको अर्थतन्त्रले अमेरिकी अर्थतन्त्रलाई उछिन्ने अनुमान गर्न थालियो । मूल्य यति धेरै आकासियो कि टोकियोमा एक व्यापारीले आफ्नो घर बेच्दा अमेरिकामा सानो सहर नै किन्न पुग्ने पैसा हुन्थ्यो । तर यो तेजी धेरै दिन टिकेन । सन् १९८७ वाट जापानी बजारमा क्र्यास शुरु भयो । यसको असर संसारभरिकै शेयर बजारमा प¥यो । अक्टोबर १९, १९८७ मा अमेरिकी परिसूचक २२ प्रतिशतभन्दा बढीले घट्न गयो जुन हालसम्मकै एकदिने ठूलो क्र्यास हो । त्यसपछि मन्दीमा गएको जापानी अर्थतन्त्र अझै पूर्णरुपमा सबल हुन नसकेको मानिन्छ ।डट कम बबल
सन् १९९० को दशकको सुरुदेखि नै कम्प्यूटर र इन्टरनेट प्रविधिको विकाससँग सम्बन्धित कम्पनीको संख्या एवं आकारमा नाटकीय वृद्धि भयो । संसारका ठूला कम्पनीहरुमा यस क्षेत्रका कम्पनीहरु पर्न थाले भने यस्ता कम्पनीका मालिकहरु अर्बपतिमा गणना हुन थाले । यस्तो वृद्धि देखेर सबै लगानीकर्ताहरु सन् १९९४ देखि इन्टरनेटसँग सम्बन्धित डट कम कम्पनीहरुमा आकर्षित भए र त्यस्ता कम्पनीको शेयर मूल्य अझै बढ्यो । तर, सबै कम्पनीहरुले अपेक्षाअनुसार प्रतिफल दिन सकेनन् र सन् २००० को सुरुवातबाट धेरैजसो डट कम कम्पनीहरुको शेयर मूल्य ओरालो लाग्यो । वल्र्ड कम, नर्थ प्वाइन्ट कम्युनिकेशन आदि कम्पनीहरु बन्द नै भए भने सिस्को कम्पनीको करिब ८६ प्रतिशत शेयर मूल्य घट्यो । यसले गर्दा धेरै लगानीकर्ताहरुले आफ्नो लगानी गुमाए ।अन्तर्राष्ट्रिय वित्तीय संकट २००८
सन् १९३० मन्दीपछिको सबैभन्दा ठूलो वित्तीय संकट सन् २००७ मा अमेरिकाबाट शुरु भयो । यसको सुरुवाती लक्षण सन् २००७ मा घर जग्गा मूल्यमा आएको तीव्र कमी थियो । सन् २००५ मा अमेरिकमा इतिहासकै सबैभन्दा धेरै घरहरुको निर्माण भयो । बैंकबाट सहज कर्जा प्राप्त गर्न सकिने भएकाले यसको बिक्री पनि सजिलै हुन्थ्यो । तर, २००७ मा घरजग्गाको बिक्रीमा कमी भयो । बैंकमा धितो रहेको एवं सेक्युरिटीकरण गरी दोस्रो बजारमा खरिदबिक्री गरिएबाट यसले सबै क्षेत्रमा जोखिम विस्तार गर्न पुग्यो । यसको प्रत्यक्ष असर बैंकिङ एवं वित्तीय क्षेत्रमा प¥यो र अन्तर्राष्ट्रिय रुपमा सबै शेयर बजार ओरालो लाग्न थाले । ठूला कम्पनीलाई जोगाउन सरकारले लगानी गर्न थाल्यो भने सरकारको खातामा पनि ऋणको भार बढ्न गयो । यसको असर यूरोपियन ऋण बजारमा १० वर्षसम्म पर्न गयो । साना धेरै कम्पनीहरु टाट पल्टिए भने बेरोजगारीको संख्या बढ्यो । यो वित्तीय संकटमा विश्वका धेरै देशका शेयर बजारमा प्रत्यक्ष असर प¥यो भने सबैजसो देशमा प्रत्यक्ष अप्रत्यक्ष असर प¥यो । नेपाली शेयर बजारमा विदेशी लगानी नखोलिएकोले यसको प्रत्यक्ष असर नदेखिए पनि रेमिट्यान्समा आधारित अर्थतन्त्र भएकोले अप्रत्यक्ष असर भने पर्न गयो ।(लेखक नेपाल स्थित नेप्सेका प्रबन्धक हुन् )
-

भानुभक्तलाई सलाम
वि. सं. १८२६ देखि १९४० सम्मको समयावधि नेपाली कविताको प्राथमिक काल अन्तर्गत पर्दछ । पृष्ठभूमिकालको गीत, गाथा, लोकपद्य तथा नाट्यगाथाद्वारा प्रेरित यस समयलाई लेखोटकाल समेत भन्ने गरिएको पाइन्छ । नेपालको एकीकरण अभियान, अङ्ग्रेजसँगको युद्ध, सुगौली सन्धि, कोतपर्व, राणाकालको उदय आदि विशेष घटनाक्रमहरूले प्राथमिक कालको कविताको विकासका लागि प्रभाव पारेको देखिन्छ । त्यसो त धार्मिक, आध्यात्मिक र नैतिक धारणाले प्रभाव पार्नुका साथै शास्त्रीय छन्द तथा पद्य लेखनबाट पनि यो काल प्रभावित देखिन्छ । नेपाल एकीकरणका समयमा राजनीतिक, धार्मिक तथा सामाजिक वातावरणले प्रभाव पारेको बेला कविताको मुख्य धेय वीरताको वर्णन गर्नु नै रहेको थियो । वीरवन्दना, राजभक्ति र देशप्रेम यस चरणका कविताको आधारभूत विशेषता हुन् । कवित्वको भन्दा पनि वर्णन र विवरणको प्राधान्य बढिरहेको थियो । हाँस्य र श्रृङ्गार भावका अतिरिक्त आध्यात्मिक र नैतिक विषयवस्तु पनि यस समयमा प्रयोग भएका छन् । सुगौली सन्धि पछि उत्पन्न नैराश्य, चिन्ता एवं दमित मानसिकतासँगै यो धाराको पनि विच्छेद भएको देखिन्छ । वि. सं. १८७३ देखि १९४० सम्मको नेपाली कविताको समयावधिलाई प्राथमिक कालको उत्तराद्र्ध अर्थात् भक्तिकाल भनेर चिनिन्छ । यस अवधिलाई अङ्ग्रेजसँगको पराजयपछि विकसित आन्तरिक कलह, पदलोलुपता, हिंस्रक राजनीतिक घटनाक्रम तथा सत्तामोहले वितृष्णा पैदा गरी पृष्ठभूमिकालको धार्मिक र आध्यात्मिक प्रवृत्तिलाई उकास्न सहयोग पुर्याएको देखिन्छ । भक्तिधारालाई प्रवृत्तिगत दृष्टिकोणले सगुण र निर्गुण गरी दुई भागमा बाँड्ने गरिन्छ । सगुण भक्तिधाराअन्तर्गत कृष्णभक्तिधारा र रामभक्तिधारा गरी दुई उपभेद रहेका छन् । कृष्णभक्तिधाराका आस्थाका केन्द्र भगवान् श्रीकृष्ण हुन् । रामभक्तिधाराको प्रवृत्ति रामकै चरित्रका वर्णन र गुणगान गर्नु हो । यसरी प्राथमिक कालीन नेपाली कविता यात्रामा भक्तिधारामा मलजल गर्दै आदिकवि भानुभक्त आचार्य उदाएका हुन् ।
संस्कृतमा रचना गरिएको अध्यात्म रामायणलाई मौलिकताका साथ नेपाली भाषामा अनुवाद गरेर नेपाली कविताको विकासमा उनले महत्वपूर्ण योगदान दिए । वि.सं. १८८९—१० को अवधिमा रामायणका सातै काण्डको अनुवाद गरिसकेका आचार्यमा पूर्ववर्ती कविका तुलनामा भाषिक परिष्कार, अभिव्यक्तिगत सरलता तथा काव्यगत वैशिष्ट्य पाइन्छ । मूलतः अनुवाद भए पनि भानुभक्तको रामायणमा मौलिकताको विन्यास रहेको पाइन्छ । रामायणका अतिरिक्त भक्तमाला, बधूशिक्षा, प्रश्नोत्तरी, रामगीता आदि कृतिले गर्दा नेपाली कविता सशक्त भएको देखिन्छ ।
२९ असार १८७१ मा तनहँको चुँदी रम्घामा प्रथम पटक पाइला टेकेका आदिकवि भानुभक्त आचार्यले संस्कृतका प्रकाण्ड विद्वान बाजे श्रीकृष्ण आचार्यको संसर्गमा काव्ययात्रा थालेका हुन् । परिवारभित्रको काव्यधारात्मक वातावरण र मौलिक कवित्व शक्तिका कारण भानुभक्त संस्कृत साहित्यका आदिकवि वाल्मीकिद्वारा रचित अध्यात्म रामायणको नेपालीमा अनुवाद गरी सबै नेपालीको झुपडीमा पुग्न सफल भए । भानुभक्तले वाल्मीकि रामायणको केवल अनुवादमात्र गरेनन् त्यसमा मौलिकताले सिंगार्दै सहज, सरल र मिठासयुक्त ढंगले नेपाली पाराको रंगरोगन पनि गरे । नेपाली रामायणमा कतिपय विषय थपघट गरी नेपाली परम्परा तथा संस्कृति अनुकूल थपघट पनि गरे । भानुभक्तले नेपाली रामायणमा संस्कृत छन्दको प्रयोग सहजताका साथ गरेका छन् । यस महाकाव्यमा शार्दूलविक्रीडित छन्दको अधिक प्रयोग गरिएको छ । नेपाली रामायणको ठाउँठाउँमा प्राकृतिक सौन्दर्यताको मनोरम वर्णन, उपमा तथा उत्प्रेक्षा आदि अलंकारको दिव्य संयोजन गरिएको छ । त्यसैगरी महाकाव्यमा शृंगार, वीर, हास्य, कणजस्ता रसको कुशलताका साथ प्रयोग गरिएको छ ।
अध्यात्म चेतनाले समाज परिवर्तन गर्न सकिन्छ भन्ने सोच भानुभक्तको जताततै छचल्किएका छन् ।
रामायणमा मात्र होइन उनका अन्य रचनामा पनि नैतिक पक्ष र दार्शनिक चिन्तन व्यक्त भएको छ भने आध्यात्मिक नजरले भौतिक संसारलाई अवलोकन गरेको पाइन्छ । कवितामा हुनुपर्ने कल्पना, विचार र तादात्मकताजस्ता सारभूत तत्वको उपस्थितिले भानुभक्तका रचना ओजश्वी छन् ।
भानुभक्त अकस्मात देखिएका विषयवस्तुमा आकर्षक शैलीमा कविता रचना गर्न सक्षम थिए । उनले गर्मीको समयमा मूला, साग, केरा मोहीविना नै थालमा ल्याएको भुटेको मकै खानुपरेकोमा दुखेसो पोख्दै लेखेका छन् ।
कि ता सेता मूला कि त बरु हवस् साग उसको,
कि ता मुंग्रे केरा कि त बरु हवस् मोई अमिलो ।
असल हुन्थ्यो धुप्मा नतर कसरी खानु यसरी,
भुटी ल्यायौ थाल्मा मकइ तिमीले क्यान यसरी ।।
यस्ता कविताले एकातिर कविको चातुर्यता झल्किएको भेटिन्छ भने अर्कोतिर व्यवहारमा देखिने घटनाक्रमलाई पनि सहजताका साथ कविताको स्वरुपमा उतार्न सफल भएका देखिन्छन् । तत्काल देखिने विषयवस्तुलाई धाराप्रवाह कविता रचना गर्ने क्षमताले उनलाई आँशुकविको उपाधि पनि समालोचकहरुले दिएका छन् ।
मुद्दा खेप्दा काठमाडौंको जेलमा बस्नु परेपछि त्यहाँको परिवेशलाई व्यांगात्मक शैलीमा उनी लेख्छन्
लामखुट्टे उपियाँ उडुस् इ सँगी छन् इनकै लहड्मा बसी,
लामखुट्टेहरु गाउँछन् यी उपियाँ नाच्छन् म हेर्छु बसी ।।
यसैगरी भानुभक्तले भक्तमाला र बधुशिक्षाजस्ता कृतिमा पनि समाजको वास्तविक चित्रण उतारेका छन् ।
विश्वमा नेपाली जताजता पुगे पनि मुटुभरि भानुभक्त लिएर हिंड्छन् । भानुभक्तको नेपाल भौगोलिक रेखाभन्दा धेरै फराकिलो छ । नेपालसँग अरु कुनै साइनो नभएकाहरुलाई पनि जोड्ने काम आदिकवि भानुभक्तले गरेका छन् । भानुभक्तको रामायण झुपडी झुपडी पुगेको, मेलापात जाँदा, गोठालो जाँदा गाइएको, विवाह तथा ब्रतवन्ध हुँदै सप्ताह मन्डपमा घन्किएको प्रथम महाकाव्य हो र भानुभक्त नेपाली साहित्यका शिखर पुरुष हुन् भन्दा अत्युक्ति नहोला ।
भानुजयन्तीको सन्दर्भमा अब केही हप्ता औपचारिक समारोहहरु हुनेछन् । सालिकमा माल्यार्पण, कविगोष्ठी, प्रभातफेरि आदि आदि तर भोलि भोलि भन्दैमा सबघर बितिगो बक्सियोस् आज झोली, भन्ने भानुभक्तलाई भोलिवादी संस्कार नै बोकेर एक डोको फूल चढाए पनि उनलाई सच्चा सम्मान गरेको मान्न सकिंदैन । हाम्रो संस्कारमा आजवाद ल्याउन सकेमात्र भानुको सच्चा सम्मान हुनेछ ।
आचार्य पीपलमणि सिग्देल
न्यूयोर्क
Sent from my iPhone
-

नाबालक मृत फेला
टेक्सस ।
टेक्सस डलास नजिक पर्ने डेन्टन शहरको एक अपाटमेन्टमा बस्दै आएको एक नेपाली मुलको परिवारका २ बर्षिय नाबालक मृत अवस्थामा फेला परेका छन् ।
मंगलवार देखी हराएका नाबालक सुर्बेश गुरूङ बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीय पुलीसले उनको शव उनी वस्दै आएकाे अपाटमेन्टमा पार्किङ गरिएको एक गाडी भित्र फेला पारेको जनाएको छ ।
मृतक नावालककी आमाले घरमै राखेर आफु वाहिर गएको र फर्केर आउँदा घरमा बच्चालाई नदेखे पछि खोजी गरिदिनका लागि उनको परिवारले मंगलबार पुलिसमा रिपोट गरेका थिए ।
घटनाबारे पुलिसले छानविन गरिरहेको जनाएको छ ।
-

राष्ट्रपति ट्रम्पको कर विवरण सार्वजनिक गर्नुपर्ने भन्दै डेमोक्र्याटद्वारा मुद्दा
डेमोक्र्याट पार्टी समर्थक तल्लो सदनले राष्ट्रपति डोनाण्ड ट्रम्पको ब्यक्तिगत कर सम्वन्धि अभिलेख सार्वजनिक गर्नुपर्ने माग गर्दै आन्तरिक राजस्व सेवा (आईआरएस) र ट्रजरी डिपार्टमेण्ट (अर्थ मन्त्रालय) बिरुद्ध अदालतमा मुद्दा दायर गरेको छ।
आज मंगलबार राष्ट्रपति ट्रम्पको बिगत ६ बर्षदेखिको कर दाखिलाको अभिलेख सार्वजनिक गर्नुपर्ने माग गर्दै वाशिङ्टन डिसीस्थित संघीय अदालतमा मुद्दा दायर गरिएको हो ।
म्यासाच्युसेट्सको डेमोक्र्याट प्रतिनिधि सभा सदस्य रिचार्ड ई. निलले अदालतमा आउन चुनौती दिएतापनि ट्रम्प प्रसासनले भने अदालतमा जान मानिरहेका छैनन् । अमेरिकामा राष्ट्रपति भएपछि सबै राष्ट्रपतिका उम्मेदवार वा राष्ट्रपतिले आफ्नो ब्यक्तिगत कर सम्बन्धि विवरण सार्वजनिक गर्ने प्रचलन छ । राष्ट्रपति ट्रम्पले भने सार्वजनिक गर्न आनाकानी गर्दै आएका छन् । प्रतिनिधि सभा सदस्य रिचार्डले ट्रेजरी डिपार्टमेण्ट, आन्तरिक राजस्व सेवा (आई आर एस), ट्रजरी सेक्रेटरी स्टिभेन नूचेन, आईआरएस कमिस्नर चार्लस् रेटिगलाई संयुक्त मुद्दा दायर गरी आईआरएस सेक्रेटरीले, जो कसैको पनि कर सम्वन्धि सम्पूर्ण बिवरण, हाउसले मागेको बखत उपलब्ध गराउनु पर्ने प्रावधान रहेको उल्लेख गरेका छन् ।
गत मे महिनामा प्रतिनिधि सभा सदस्य तथा “वेज एण्ड मिन्स कमिटी” का प्रमुख निलले आईआरएसलाई राष्ट्रपति ट्रम्पको व्यक्तिगत कर अभिलेख सार्वजनिक गर्न सहयोग नगरे मुद्दा हाल्ने चेतावनी दिएका थिए ।
हरेक कृयाकलापको सामाजिक सञ्जाल मार्फत बाक्लो प्रतिकृया जनाउदै आएका ट्रम्पले समाचार तयार पार्दासम्म उनकै कर बिवरण सार्वजनिक गर्नुपर्ने माग सहित दायर भएको मुद्दामा भने कुनै प्रतिकृया जनाएका छैनन् ।एजेन्सी
-

हङकङस्थित बिधायक भवन तोडफोड गरी प्रदर्शनकारीले घण्टौ कब्जामा लिए
सार्वभौमसत्ता हस्तान्तरणको वर्षगाँठमा शान्तिपूर्ण प्रदर्शनको सोमवार योजना गरिएको हङ्कङमा प्रदर्शनकारीहरुले विधायक परिषद्को भवनका सिसा फोरेर प्रबेश गरी घण्टौँसम्म कब्जामा लिएका हुन् ।
ब्रिटेनबाट हङकङको सार्वभौमिकता चीनलाई सुम्पिएको वर्षगाँठको अवसर पारेर प्रदर्शनमा उत्रिएका हङ्कङ स्थित प्रदर्शनकारीहरुले बिधायक परिषद भवन भित्र प्रवेस गरी भित्तामा रङ समेत पोतेर नारा लेखेका थिए ।
प्रदर्शनकारीलाई भवन खाली गर्न चेतावनी दिएका सयौँ सङ्ख्यामा तैनाथ प्रहरीले मध्यरात पछि मात्र उक्त भवनलाई आफ्नो नियन्त्रणमा लिन सफल भएका थिए ।सुपुर्दगीसम्बन्धी विवादास्पद विधेयकको विरोधमा हङकङमा थुप्रै हप्तादेखि आन्दोलन जारी छ।
हङकङकी प्रमुख कार्यकारी क्यारी लामले स्थानीय समय अनुसार ४ बजे पत्रकार सम्मेलनमा हिंसात्मक रूपमा विधायक कार्यालय तोडफोड गरी प्रवेश गर्ने प्रदर्शनकारीको निन्दा गरेकी थीईन् ।
बर्ष गाँठ र्यालीमा लाखौँ मानिसहरू सहभागी थिए। र्याली शान्तिपूर्ण ढङ्गमा अघि बढिरहेको थियो।तर दिउँसो खानाको समयमा दर्जनौँ प्रदर्शनकारीहरूले अकस्मात् तोडफोड गरेर विधायक परिषद्को भवनमा प्रवेश गरेका थिए ।पछि प्रहरी भित्र प्रवेश गरेपछि सयौँ मानिसहरू भागेका थिए।
एजेन्सी -

१५२ यात्रु बोकेर उडेको जहाजको चक्का पड्किए पछी
न्युयोर्क
तेल अभिभस्थित एक बिमानले ल्याण्डिङ गेयरमा समस्या आए पछी आकस्मिक अवतरण गरेको छ ।जर्मनीको कोलोनबाट १५२ जना यात्रु लिएर उडेको बिमानको एउटा चक्का टेक अफ गर्दा नै पड्किएको थियो ।
ईलेक्ट्रा एयरको बोईङ ७३७ ले ईजरायलको तेल अभिभस्थित बेन गुरियन एयरपोर्टमा अवतरण गर्नु अगाडी बिमानमा भएको सम्पूर्ण ईन्धन रित्तो पारेको जेरुसेलम पोस्टले जनाएको छ ।ईन्धन रित्तो पार्नको लागि बिमानलाई तेल अभिबको आकाशमा निक्कै समय घुमाईको थियो ।बिमानले ईजरायलको स्थानीय समय सोमबार दिउसो ४ बजेर १५ मिनेटमा आकस्मिक अवतरण गरिएको थियो भने सम्भावित खतरालाई न्युन गर्नका लागि बेन गुरियन बिमानस्थलमा आकस्मिक सेवाका सयौं कर्मचारी तैनाथ गरिएका थिए ।जहाजमा यात्रा गरिरहेका सम्पूर्ण यात्रु सकुसल रहेको जेरुसेलम पोष्टले जनाएको छ ।श्रोत : जेरुसेलम पोष्ट