Author: Bijaya Poudel

  • राष्ट्रपति ट्रम्पको ट्विट नै संसार

    राष्ट्रपति ट्रम्पको ट्विट नै संसार

    प्रभात भट्टराई
    अमेरिका
    सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित हुनेमा राजनीतिक पण्डितदेखि आम सर्वसाधारणसम्म कोही पनि आश्वस्त थिएनन् । विश्लेषकहरुले हिलारी क्लिन्टनको जित्ने सम्भावना ८० प्रतिशत माथि देखाउँदा पनि अप्रत्याशित रुपमा ट्रम्प निर्वाचित भए । ठूला एवम् तुलनात्मक रुपमा आप्रवासीको बाहुल्यता रहेको क्यालिफोर्निया लगायत राज्यमा भारी मतान्तरले हारे पनि गोराहरुको ठूलो बसोवास रहेका साना एवम् भित्री राज्यहरु उनले जित हासिल गरे । अन्ततः समग्रमा झण्डै ३० लाख मतान्तरले हिलारीभन्दा पछि रहे पनि ३०४ इलेक्टोरल कलेज उनको पक्षमा प¥यो जबकी हिलारीको भागमा २२७ मात्र उब्रियो । राष्ट्रपति निर्वाचित हुन २७० इलेक्टोरल कलेज चाहिनेमा ट्रम्पले ३४ मत बढी पाए ।
    राष्ट्रपति हुनुअघि र भइसकेपछि पनि ट्रम्पको एउटा दिनचर्या भने बदलिएको छैन– ट्विट । उनी ट्विटर बहुत चलाउँछन् । कसैलाई धन्यवाद दिनु परे पनि ट्विट, गाली गर्नु परे पनि ट्विट । उनका कैयन् कार्यकारी निर्णयसमेत ट्विटबाटै सार्वजनिक हुन्छन्, जुन अमेरिकी राष्ट्रपतिहरुको चलन थिएन । उनी ट्विटबाटै ट्विटरलाई समेत गाली गरिरहेका हुन्छन् । कन्जरभेटिभ एवम् आफूमाथि विभेद गरेको, आफ्ना फलोअर घटाइदिएको जस्ता गाली उनले ट्विटरलाई कैयन् पटक दिइसकेका छन् । तर, ट्विटरसँग जति गुनासो भए पनि उनी ट्विट गर्न भने छोड्दैनन् । राष्ट्रपतिको गरिमाका लागि पनि केही कम ट्विट गर्नुपर्ने सुझाव धेरैतिरबाट आएपछि उनले ट्विटरमै भनेका थिए– ‘म किन ट्विट कम गर्छु, जबकी यसकै कारण सन् २०१६ मा मेरो जित सम्भव भयो ।’

    चुनाव जिते पनि उनको स्वभाव उस्तै छ, एक विद्रोही जस्तो । उनी अहिले पनि त्यसैगरी प्रश्न गर्छन्, जसरी सत्तामा आउनु अघि गर्थे । जवाफ दिनुभन्दा प्रश्न बल्झाएरै उनी आफ्नो समर्थक धरातल बचाइरहेका छन् र प्रश्न गर्ने थलो छ ट्विटर । आफू दुनियाँको सबैभन्दा शक्तिशाली पदमा बहाल रहे पनि डेमोक्र्याट र आफूइतरका रिपब्लिकनले यो बिगारे भन्ने तर्क उनको हुने गर्छ । जति र जेमा राम्रो परिणाम हासिल हुन्छ त्यसको जस आफूलाई र केही बिग्रेमा दोष अरुलाई थोपर्छन् । जस्तो कि शेयर बजार हरियो हुनेबित्तिकै जति उत्साहित ट्विट सुरु गर्छन् केही घटेमा फेडरल रिजर्भ बैंकमाथि दोष दिएर ट्विट आइहाल्छ ।
    दिनमा यति नै ट्विट गर्ने भन्ने उनको कुनै सीमा छैन । ट्विट र रिट्विट गरेर ५० बढीसम्म ट्विट गरेका छन् उनले । कतिलाई ट्विटरबाटै ‘फायर’ गरेका छन् त कतिलाई ट्विटरबाटै ‘हायर’ गरेका छन् । ट्रम्प आफ्नो प्रशंसामा यति सचेत छन् कि कसैले उनलाई राम्रो भनेर लेख्यो या बोल्यो भने तुरुन्तै ट्विटरमा उक्त वाणी दोहो¥याइहाल्छन् । साथै उनीप्रति कसैले नकारात्मक टिप्पणी गरे ट्विटबाटै भित्तैमा पुग्नेगरी गाली दिन्छन् । पूर्व सभामुख एवम् रिपब्लिकन नेता पउल रायनले ट्रम्पको नेतृत्व क्षमताबारे एउटा किताबका लागि अन्तरवार्ता दिएको सार्वजनिक हुनेबित्तिकै रायनले भुत्ते नेताको उपमा पाए । आफू राष्ट्रपति भएपछिको दुईवर्षे कार्यकाल अलावा रायनले कहिल्यै नेतृत्व गर्ने ढंग नजानेको समेत उनले आरोप लगाए ।
    टेलिभिजन कार्यक्रमदेखि पत्रपत्रिकामा आएका लेख, सम्पादकीय एवम् समाचारमाथि समेत टिप्पणीसहित उनले ट्विट गर्ने गरेका छन् । सोमबार मात्र उनले १६ वटा ट्विट गरेका छन् । त्यसमा धेरैजसो रिट्विट छन् । फक्स न्यूजबाट प्रकाशित उनको समर्थकहरुको भिडियो क्लिप एवम् अन्य समर्थकको ट्विट रिट्विट गरेका छन् । साथै एउटा पूर्व उपराष्ट्रपति जोए बाइडेनको एक भाषणलाई उडाइएको ट्विट रिट्विट गरेका छन् भने अरु केही ट्विट पनि डेमोक्र्याटहरुप्रति नै लक्षित छन् ।
    अमेरिकी चुनावमा रसियन हस्तक्षेप नकार्नेदेखि उत्तर कोरियाली नेता किम जोङ उनसँगको हार्दिक सम्बन्धसम्म उनले ट्विटरबाट नै बहस गरिरहेका छन् । राष्ट्रपति निर्वाचित हुनुअघि पूर्व राष्ट्रपति बाराक ओबामा अमेरिकामा जन्मेका होइनन् भन्ने प्रमाण आफूले पाएका जस्ता तथ्यहीन विवादित ट्विट गरेर उनी ट्विटरमा चर्चित भएका थिए । जुन, स्वभाव उनले अहिलेसम्म बदलेका छैनन् । उनलाई ट्विटरमा ६ करोड ३० लाखले फलो गरेका छन् भने उनले ४७ जनालाई फलो गरेका छन् । उनको फलो सूचीमा केही क्याबिनेटका पदाधिकारी एवम् रिपब्लिकन सांसद, केही उनका समर्थक पत्रकार, परिवारका सदस्य र उनकै कम्पनीहरु छन् । अमेरिकी राष्ट्रपतिलाई सर्वाधिक व्यस्त पदको रुपमा बुझ्ने र व्याख्या गर्नेहरुले ट्रम्पको ट्विटर सक्रियताप्रति उदेकसमेत मान्ने गरेका छन् ।

  • डीएनए टेस्ट नगरी अन्य कागजपत्र मात्र पेश गरेमा मेरो छोरीका लागि पेश गरेको आई–१३० पेटिसन एप्रुभ हुन सक्छ ?

    डीएनए टेस्ट नगरी अन्य कागजपत्र मात्र पेश गरेमा मेरो छोरीका लागि पेश गरेको आई–१३० पेटिसन एप्रुभ हुन सक्छ ?

    टेस्ट नगरी अन्य कागजपत्र मात्र पेश गरेमा मेरो छोरीका लागि पेश गरेको आई–१३० पेटिसन एप्रुभ हुन सक्छ ? डीएनएको टेस्ट गर्न खर्चिलो र धेरै समय लाग्ने भएकाले ज्यादै चिन्तित छु । सल्लाह दिनुभए आभारी हुने थिएँ । धन्यवाद ।
    – ओम, अमेरिका

    युएससीआईएसले शुरुमा पेश गरेको कागजपत्र प्रमाणका आधारमा निवेदनउपर निर्णय गर्न सकेन भने थप प्रमाणको माग गर्ने नियम रहेको छ । त्यस्ता प्रमाणहरु तोकिएको म्यादभित्र युएससीआईएसमा पेश गर्नुपर्ने नियम छ । यदि रिक्वेष्ट फर एभिडेन्स (आरएफई)ले माग गरेको प्रमाणहरु एकमुष्ट तोकिएको म्यादभित्र पेश गर्न नसकेमा उक्त निवेदन युएससीआईएसले डिनाइ गर्न सक्नेछ । त्यसैले युएससीआईएसले उठाएको प्रश्नलाई पूर्णरुपमा जबाफ दिने खालका सम्पूर्ण प्रमाणका कागजपत्रहरु एकैचोटिमा पशे गर्नुपर्ने हुन्छ । तपाईंको केसमा बस्तुस्थिति हेर्दा बच्चाको जन्मदर्ता प्रमाणपत्र जन्मेको समयमा नभई धेरै पछि मात्र प्राप्त गरेको जस्तो देखिन्छ । यस्तो अवस्थामा युएससीआईएसले साधारण स्थितिमा अन्य डकुमेन्टहरुको माग गर्ने हुन्छ । यदि अन्य प्रमाणहरु नभए अल्टरनेटिभ्ली डीएनए टेस्टको रिपोर्ट पनि माग गर्न सक्छ । डीएनए टेस्ट जहिले पनि अप्सनल अर्थात् ऐच्छिक हो । यदि डीएनए टेस्ट गर्न समय र खर्चको हिसाबले धेरै झन्झटिलो भएको खण्डमा अन्य सेकेन्डरी एभिडेन्स पनि पेश गर्न सकिनेछ । जस्तै– हस्पिटल रिकर्डस्, स्कुल रिकर्ड्स, चर्च वा टेम्पल रिकर्डस, मनी ट्रान्सफर गरेको रिकर्डस्, घरमा जन्मिएको भए मिडवाइफको एफिडेभिटस, घटीमा २ जना आफ्नो उमेर वा जेठो नजिकका साथीहरु वा नातेदारहरुको स्वर्न एफिडेभिट्सहरु र बच्चासँग विभिन्न सामाजिक, धार्मिक र व्यक्तिगत अवसरमा खिचिएका तस्वीर वा फोटोग्राफहरु र अन्य कुनै प्रमाणहरु जसले बाबुछोरीको सम्बन्ध स्थापित गर्दछ, त्यस्ता कागजपत्र वा प्रमाणहरु पेश गर्नुभएमा युएसीआईएसले आई–१३० पेटिसन एप्रुभ गर्न सक्नेछ । तर, यी प्रमाणहरुका साथै डीएनए टेस्ट रिपोर्ट पनि पेश गर्नुभएमा तपाईंको केस अति नै स्ट्रङ्ग हुनेछ । तर, यो पनि याद गर्नुपर्ने हुन्छ कि अन्य प्रमाणहरुको अभावमा डीएनए टेस्ट मात्र पेश गरेर आई–१३० पेटिसन स्वीकृत हुने ग्यारेन्टी हुँदैन ।

    रमेश श्रेष्ठ
    कानुन ब्यबसायी

  • राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप चितवनमा हुने

    राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप चितवनमा हुने

     

    काठमाण्डौं ।
    अमेरिकाको पोर्टल्याण्डमा केन्द्रीय कार्यालय रहेको इन्टरनेशनल ओपन फ्रेन्डसिप च्याम्पियन सिपको सहयोगमा चितवनमा तेस्रो राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।
    रत्ननगर तेक्वान्दो डोजाङ, सरित सौराहा, न्यू स्टार र सौराह डोजाङ्गको संयुक्त आयोजनामा आगामी कार्तिक १ र २ गते रत्ननगर नगरपालिकामा प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएका छन् । प्रतियोगितामा पुरुषको २४ र महिलाको २२ गरी ४६ तौल समुहमा प्रतिस्पर्धा हुने छ । साथै पुम्सेतर्फ पुरुषको ५ र महिलाको ४ गरि ९ विधामा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा ६५ स्वर्ण, ६५ रजत र १३० काश्य पदक गरी २६० पदकका लागि प्रतिष्पर्धा हुनेछ ।

    तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपमा सिनियर पुरुष र महिलाको ६/६ तौल समुहको प्रतिस्पर्धामा प्रथम हुने खेलाडीहरुलाई भने पुन: छनोट गरी त्यस मध्येवाट सर्वोत्कृष्ट हुने ३ जना पुरुष र २ जना महिला तेक्वान्दो खेलाडीलाई जनही नगद १ लाख पुरस्कार प्रदान गरिने छ । ती पाँच जना खेलाडी अमेरिकाको इस्टन मिसिगन युनिभर्षिटीमा सन् २०२० को मे १ र २ मा हुने १३ औं अन्तर्रा्ष्टि्रय खुला मैत्री तेक्वान्दो प्रतियोगिताका लागि समेत छनोट हुने आयोजकले जनाएका छन् ।

  • एनआरएनए अमेरिकाको प्रवक्तामा ओम, दश सल्लाहकार समेत मनोनित

    एनआरएनए अमेरिकाको प्रवक्तामा ओम, दश सल्लाहकार समेत मनोनित

    विश्व न्यूज संवाददाता
    अमेरिका ।
    गैर आवासीय नेपाली संघ अमेरिकाको प्रवक्तामा टेक्ससका ओम भट्टराई मनोनित भएका छन् ।
    आइतवार संघ कार्यसमितिको कन्फ्रेन्स कल वैठकवाट भट्टराईलाई प्रवक्तामा मनोनित गरिएको हो । मनोनित हुनुअघि नेपाल तरुण दल अमेरिकाको अध्यक्ष पदवाट भट्टराईले राजिनामा दिएका थिए ।
    यसैगरी दश जना सल्लाहकार समेत मनोनित गरिएको छ । सल्लाहकारमा मनोनित हुनेहरुमा न्यूयोर्कका श्यामकाजी गुरुङ, म्यासाच्युटका डा.दिन बन्धु भट्ट, क्यालिफोर्नियाका ईश्वर सापकोटा, कोलोराडोका जगन्नाथ गौतम, विन्किन्सीनका लाल काफ्ले, कनसासका हरीहर पौडेल, नर्थ क्यारोलिनाका डा. हरीहर भट्टराई, न्यू जर्सीका शतेन्द्र शाह, टेक्ससका संकेश्वर सुवेदी र भर्जिनियाका गोविन्द सुवेदी रहेका छन् । सल्लाहकारहरुको मनोनयनमा क्षेत्रगत तथा भौगोलिक रुपलाई विशेष ख्याल गरिएको बताइएको छ । वैठकका संघका अध्यक्ष सुनील साहको अध्यक्षतामा बसेको थियो ।

  • एनआरएन युरोप क्षेत्रीय बैठक -चर्चा नेपालमा लगानी, मिसन चुनाबी जोड घटाऊ

    एनआरएन युरोप क्षेत्रीय बैठक -चर्चा नेपालमा लगानी, मिसन चुनाबी जोड घटाऊ

    विश्वन्युज ,युरोप संवाददाता
    इटलीको रोममा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएन)को युरोप क्षेत्रीय बैठक १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । आइतबार अबेर सम्पन्न बैठकमा नेपालमा लगानी भित्र्याउने विषय प्रमुख रुपमा छलफल भयो । पर्यटन प्रवद्र्धन, लगानीको अवसर तथा चुनौती र नेपाली नागरिकको निरन्तरताका विषयमा छलफल भएको छ ।
    दुई दिनसम्म रोममा भएको युरोप क्षेत्रीय बैठकमा झण्डै ४ सय जनाको सहभागी रहेको थियो । प्रमुख अतिथिका रुपमा उपस्थित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गैरआवासीय नेपालीको सम्पत्तिमाथीको अधिकार सुनिश्चित हुने प्रष्ट पारे । गैरआवासीय नेपालीसम्बन्धी ऐन २०६४ संशोधन विधेयक तयार पार्ने क्रममा एनआरएनले उठाएका महत्वपूर्ण विषयलाई समेट्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
    एनआरएनको कार्यक्रममा सहभागी बन्न पुगेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि एनआरएनको मागलाई संविधानको सीमाभित्र रहेर सम्बोधन गरिने बताए । उनले आफ्नो दल नेपाली कांग्रेस र सत्तारुढ दल नेकपाबीच एनआरएनका विषयमा विवाद नभएको जानकारी दिए । उनले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो सजिलो बनाउन आफ्नो पार्टीले पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
    युरोप बैठकका क्रममा गैरआवासीय नेपाली नागरिकताका विभिन्न पक्षमा छलफल भएको थियो । अहिले छलफलका क्रममा रहेको नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयकका विभिन्न पक्षमा प्रश्न उठेको थियो । सम्पत्तिको अधिकार, तीन पुस्ताको सीमा, नेपाली भाषा बोल्न जान्नुपर्ने, गृहमन्त्रालय मातहतबाट मात्र नागरिकता लिनुपर्ने, नेपाली राहदानीको व्यवस्था गर्न र जग्गाधनी पूर्जाका विषयमा समेत विभिन्न प्रश्न उठेका थिए । संघका प्रमुख संरक्षक रामप्रताप थापा, उपाध्यक्ष कुल आचार्य, सल्लाहकार डा. हेमराज शर्मालगायतले संसद्मा छलफलका क्रममा रहेको नागरिकता विधेयकका विभिन्न पक्षमा जानकारी दिएका थिए ।
    बैठकका क्रममा नेपालमा लगानीका विभिन्न पक्षमा समेत छलफल भएको छ । संघका उपाध्यक्ष कुमार पन्त र महासचिव डा. बद्री केसीले नेपालमा लगानीको अवस्था, लगानीको सम्भावना र नेपाल सरकारका प्राथमिकता लगायतका विषयमा जानकारी गराए । एनआरएनले स्थापना गर्ने १० अर्ब रुपैयाँको लगानी कोषका विषयमा छलफल भएको थियो । एनआरएनको सामूहिक लगानीलाई प्रोत्साहन दिनेगरी स्थापना गरिएको कोषले विदेशमा बस्ने सबै नेपालीलाई समेट्नु पर्ने कार्यक्रममा जोड दिइएको छ ।
    उद्घाटन सत्रमा नेपालबाट कानुनमन्त्री ढकाल र नेपाली कांग्रेसका नेता कोइराला सहभागी थिए । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट लगायत पदाधिकारी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने र डा. शेष घलेलगायत विभिन्न देशबाट आएका झण्डै ४ सय जनाको उपस्थिति रहेको थियो । नेपालबाट आधा दर्जन पत्रकार घुम्नका लागि पुगेका थिए । अन्य देशबाट आएकाहरु पनि घूमघाममा व्यस्त बने ।

    अध्यक्षका दुई उम्मेदवार गुटबन्दीमा
    एनआरएनको अक्टोबरमा हुने विश्व सम्मेलन तथा अधिवेशनको रौनक सुरु भएको छ । युरोप बैठकमा समेत एनआरएनका नेताहरु समूह बनाएर छलफलमा जुटेका छन् । अहिलेसम्म उम्मेदवारी घोषणा गरेका उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यले संस्थापक, पूर्वअध्यक्ष, सल्लाहकार, पूर्वपदाधिकारी र विभिन्न एनसीसीका नेतृत्वसँग आफ्नो पक्षमा चर्को लबिङ गरेका छन् । दुवै जनाले अनौपचारिक रुपमा प्रचारप्रसार राम्रोसँग गरेको एक पदाधिकारीले जानकारी दिए ।
    पहिले उम्मेदवारी घोषणा गरेका पन्तलाई वर्तमान अध्यक्ष भट्टसहित, पूर्वअध्यक्ष जीवा लामिछाने र उपेन्द्र महतोको समर्थन छ भने आचार्यले पूर्वअध्यक्ष घलेलगायतको समर्थन पाउन सक्रियतापूर्वक लागेका छन् । यद्यपी अहिलेसम्म पूर्वअध्यक्ष र वर्तमान अध्यक्षले कसैको पनि समर्थन गरिसकेको अवस्था भने छैन । वर्तमान अध्यक्ष भट्टले उम्मेदवारी नदिने घोषणा गर्दा नै पन्तलाई समर्थन गर्ने संकेत गरिसकेका छन् । बैठकमा सहभागीलाई पनि आफ्नो खर्चमा घुमाउने, रातभर समूह बनाएर छलफल गर्ने र राजनीतिक हिसाबले समेत आगामी अधिवेशनमा प्रस्तुत हुनेसम्मका क्रियाकलापको संकेत युरोप बैठकमा देखिएको छ ।
    पन्तले घोषणा गरेको हप्तांैपछि आचार्यले बेलातबाट नवौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे । संघको वर्तमान उपाध्यक्ष रहेका आचार्यले युकेको कार्यसमिति सदस्य हुँदै युरोप संयोजक र केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेका छन् । उनले एनआरएनलाई संस्थागत एजेण्डामार्फत अगाडि बढाउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले एनसीसीको अधिवेशन सकिएपछि उम्मेदवारी घोषणासभा र कार्ययोजना सार्वजनिक गर्ने जानकारी गराएका छन् । उनले आफ्नो इच्छा जायज रहेको जानकारी दिएका छन् ।
    एनआरएनको आगामी नेतृत्वका लागि यसअघि जर्मनीका व्यवसायी कुमार पन्तले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । आचार्य नेपाली कांग्रेस निकट व्यक्ति हुन् भने पन्त नेकपा निकट हुन् । राजनीतिक हिसाबले पनि एनआरएनको आगामी चुनावमा दुई समूह भिड्ने अवस्था देखिएको छ । एनआरएनलाई गैरराजनीतिक संगठनका रुपमा लिए पनि चुनावमा राजनीतिक प्रभाव पर्ने गरेको छ ।

    एनआरएनए युरोप बैठकका निर्णयहरु
    नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुुभक्त ढकाल, कांग्रेस नेता शेखर कोइराला, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संस्थापक अध्यक्ष उपेन्द्र महतो, संरक्षकहरु जीवा लामिछाने, शेष घले, रामप्रताप थापा, युरोपस्थित नेपाली राजदूतहरु, संस्कृति पर्यटन र नागरिक उड्यन सचिव मोहनकृष्ण सापकोटा, प्रदेश १ का सांसद बसन्त बानियाँ, भिजिट नेपाल २०२० का संयोजक सुरज वैद्य, होटेल एशोसिएशन नेपालका अध्यक्ष सिर्जना राणा, उच्च अधिकारीहरु, जापान, अमेरिका, अष्ट्रेलिया, क्यानडा, हङकङ युएई, कतार, एवम् युरोपका २२ राष्ट्रिय समन्वय परिषद्का गरी ३५० भन्दा बढी प्रतिनिधिहरुको सहभागिता रहेको १२ औ युरोपियन बैठक युरोपियन क्षेत्रीय संयोजक शिव कुमार बरुवालको संयोजकत्वमा इटालीको रोममा सम्पन्न भएको छ । बैठकले निम्न निर्णय गर्दछ—
    १. नयाँ संविधानले गैरआवासीय नेपालीका लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरेपनि संविधान जारी भएको झन्डै ४ वर्षसम्म गैरआवासीय नेपालीले सो अधिकार उपभोग गर्न पाइरहेका छैनन् । संविधानले व्यवस्था गरेअनुसार तत्काल स्पष्ट कानुन बनाइ कार्यान्वयन गर्न यो बैठक नेपाल सरकार र नेपालका राजनीतिक दलहरुसमक्ष अनुरोध गर्दछ । साथै गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको कानुनी रुपमा संरक्षण हुने व्यवस्थाका लागि समेत हामी माग गर्दछौँ । नागरिकतासम्बन्धी प्राप्त उपलब्धीलाई संस्थागत गर्दै कानुुनमा स्पष्ट व्यवस्था र गैरआवासीय नेपालीलाई थप अधिकारका लागि पहल जारी राख्ने निर्णय यो बैठक गर्दछ ।
    २. संविधानको धारा २९१ (१) ले काम विशेषले विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुको अधिकार कुन्ठित गरेको महसुश गरिएको छ । नेपाली नागरिकको मौलिक अधिकार हनन् नहुने गरी मौलिक अधिकारसँग बाझिएको यो व्यवस्था संशोधन गर्न बैठक नेपाल सरकार र राजनीतिक दलहरुमा आह्वान गर्दछ ।
    ३. विदेशमा बसोबास गर्ने नेपाली नागरिकहरुले नेपालको निर्वाचनमा भाग लिन पाउने, मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्न सम्मानित सर्वोच्च अदालतले समेत निर्देशनात्मक आदेश जारी गरिसकेको परिपेक्षमा तत्काल प्रक्रिया मिलाई विदेशमा बस्ने नेपालीहरुको मताधिकार सुनिश्चित गर्न यो बैठक नेपाल सरकारसँग माग गर्दछ । सबै गैरआवासीय नेपालीहरुलाई भावानात्मक रुपमा एकबद्ध गर्नका लागि गैरआवासीय नेपाली ऐनमा गैरआवासीय नेपाली संघसँग सहकार्य गरेर आवश्यक सुधार गर्न सरकारसँग यो बैठक आग्रह गर्दछ ।
    ४. वार्षिक २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित नेपाल सरकारले घोषणा गरिसकेको ‘‘भिजिट नेपाल २०२०’’ कार्यक्रमप्रति ऐक्यवद्धता जनाउँदै यो अभियानमा होमिन सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई यो बैठक आह्वान गर्दछ । परिवार र आफन्तलाई भेट्न गरिने भ्रमण हाल अन्तर्रााष्टिय पर्यटनको बढ्दो हिस्सा भइरहेको परिप्रेक्षमा विदेशस्थित गैरआवासीय नेपालीहरुलाई आफू र आफ्नो परिवारसहित नेपाल भ्रमण गर्न समेत यो बैठक अनुरोध गर्दछ ।
    ५. बैठककै अवसरमा गैरआवासीय नेपाली संघ र नेपाल भ्रमण वर्ष २०२० बीच सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ । यसै बैठकमा माननीयमन्त्री, पर्यटन सचिव र नेपाल भ्रमण वर्षका संयोजकको सहभागितामा गैरआवासीय नेपालीमाझ भिजिट नेपाल २०२० को औपचारिक सुरुवात समेत भएको छ । सो सहमतिअनुसार सहकार्य अघि बढाउने निर्णय बैठकले गरेको छ । यसका साथै स्पेनको म्याड्रिडमा बनाउन पहल गरिएको बुद्ध शान्ति पार्क योजना सफल बनाउन सहयोग गर्ने निर्णय समेत गरिएको छ ।
    ६. नेपालको हवाइ कम्पनीहरुलाई युरोपेली संघ (इयू) को कालोसूचीबाट हटाउन पहल गरी नेपाली हवाइ कम्पनीहरुलाई आफ्नो सेवा यूरोपसम्म विस्तार गर्ने वातावरण बनाउन नेपाल सरकारलाई अनुरोध गरिन्छ । अत्याधिक मात्रामा पर्यटकहरु भित्र्याउन युरोपस्थित नेपाली राजदूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरुसँग समन्वय गर्न युरोपका सबै राष्ट्रिय परिषद्हरुलाई अनुरोध गर्दछ ।
    ७. गत चैत्र १५ र १६ गते नेपाल सरकारको आयोजना भएको अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलनमा गैरआवासीय नेपाली संघ (एनआरएएन) ले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्ने सहमतिको कार्यान्वयन गर्ने प्रतिवद्धता यो बैठक गर्दछ । उक्त कोष स्थापना गर्नका लागि देखिएका कानूनी एवम् प्रक्रियागत अड्चनहरु हटाइदिनका लागि नेपाल सरकारसँग अनुरोध गर्दै यूरोपस्थित नेपालीहरुलाई उक्त कोषमा लगानीका गर्न समेत आह्वान गर्दछ ।
    ८. नेपालमा हाल प्रत्यक्ष वैदेशिक लगानी सन्तोषप्रद मात्रामा हुन नसकिरहेकोमा गैरआवासीय नेपाली संघ चिन्तित छ । प्रत्यक्ष वैदेशिक लगानी, आधुनिक व्यवस्थापन, नयाँ प्रविधि भित्र्याउने र देशको अर्थतन्त्र आधुनिकीकरण गर्ने एक प्रमुख स्रोत भएको सन्दर्भमा गैरआवासीय नेपाली र विदेशी लगानी आकर्षित गर्नु नेपाल सरकारको प्राथमिकता हुनुुपर्छ भन्ने निष्कर्ष यस बैठकको छ ।
    ९. युरोप क्षेत्रीय बैठकमा गैरआवासीय नेपालीहरुको पहलमा सुरु गरिएका मुना कृषि बजार, ठूलो खोला हाइड्रो जस्ता परियोजनाहरु प्रस्तुत गरिएको छ । यी परियाजनासहित कृषि, ऊर्जा, पर्यटन, सूचना प्रविधि जस्ता क्षेत्रमा सामूहिक लगानी गर्न यो बैठक आह्वान गर्दछ ।
    १०. लगानी प्रवद्र्धन गर्न सघाउन हाल सीमित देशहरुसँग मात्र भएको लगानी सम्झौता ९द्यष्बितभचब िक्ष्लखभकतmभलत एचयmयतष्यल बलम एचयतभअतष्यल ब्नचभझभलत ( द्यक्ष्एएब्० दोहोरो करमुक्ति सम्झौता ९म्यगदभि त्बहबतष्यल ब्खयष्मबलअभ ब्नचभझभलत( म्त्ब्ब्० जस्ता सम्झौताहरु लगानी आउन सक्ने सबै सम्भावित राष्ट्रहरुसँग गर्न नेपाल सरकारसँग यो बैठक आह्वान गर्दछ । सम्भाव्यताका आधारमा त्यस्ता राष्टहरु छनोट गरी सहकार्य गर्ने प्रतिबद्धता गर्दछ । यो कार्यमा सरकारलाई सघाउने प्रतिबद्धता यो बैठक गर्दछ । साथै सम्भावनाका आधारमा ठूला अर्थतन्त्रहरुसँग आर्थिक साझेदारी सम्झौताहरु (इकोनोमिक पार्टनरसिप एग्रिमेन्ट–इपीए) गर्नसमेत नेपाल सरकार यो बैठक आह्वान गर्दछ ।
    ११. स्वदेश तथा विदेशमा उद्यमशीलतालगायत सम्पूर्ण क्षेत्रमा महिला सहभागिताको लागि गैर आवासीय नेपाली संघले जोड दिँदै आएको छ । यहि नीति अनुुरुप गैरआवासीय नेपाली संघ महिला फोरम समेत सक्रिय रहँदै आएको स्मरण गराउँदै महिला उद्यमशीलता विकास तथा महिला सहभागिताका लागि महिलाहरुलाई लगानी क्षेत्रमा थप अघि बढ्न र बढाउन आह्वान गर्दछ । साथै गैरआवासीय अभियानमा समेत महिलाहरुको सहभागिता बढाउने यो बैठकले गरेको छ ।
    १२. गैर आवासिय नेपाली संघ नेपालका लागि विश्वकै एक डायस्पोराको आफ्नै किसिमको सञ्जालको रुपमा विकसित भइसकेको छ । संघका सञ्जालमा अत्याधिक मात्रामा दोस्रो र तेस्रो पुस्ताका गैरआवासीय नेपालीहरुलाई आवद्ध गराउन जरुरी छ । युवा पुस्तालाई अभियानमा सक्रिय बनाउने चुनौतीलाई सामना गर्न युरोपस्थित सबै राष्ट्रिय समन्वय परिषदहरुलाई यो बैठक आह्वान गर्दछ । संघका आगामी कार्यक्रमहरुमा युवाहरुको रुचीका विषय एवं कार्यक्रम समाबेश गर्न सबैमा यो बैठक अनुरोध गर्दछ । नेपालको भाषा संस्कृतिलाई जोगाइ राख्नका निम्ति गैर आवासिय नेपालीका सन्तानलाई नेपालको भाषा, लिपि, संस्कार, संस्कृति सिकाउने कार्य गर्न सबै राष्ट्रिय परिषद्सँग अनुरोध गर्दछ ।
    १३. माल्टा, पोल्याण्ड र पोर्चुगलमा राजदुताबास स्थापना गर्न यो बैठक आह्वान गर्दछ । कुटनीतिक मिशन सुरु नहुँदासम्म ती मुलुकहरुमा सहज र नजिक हुने कुटनीतिक नियोगमा हस्तान्तर गराउन समेत यो अनुरोध गर्दछ । नेपालमा कुटनीतिक नियोग भएका युरेपियन युनियन (इयू) का मुलुकहरुले युरोपमा बसेको नेपालीहरुको पारिवारिक विवरण बुझ्नु परेमा नेपाल सरकारका निकायमार्फत वा नेपालको सुरक्षा निकायसहित मात्र आउने व्यवस्था गर्न यो बैठक परराष्ट्र मन्त्रालयमार्फत यो बैठक अनुरोध गर्दछ । युरोपियन क्षेत्रीय बैठकमा बचेको रकम यूरोपमा आप्रवासी समस्यामा परेका नेपालीहरुको सहयोगको लागि स्थापना हुने यूरोप स्तरीय राहत कोषमा जम्मा गरिनेछ ।
    १४. हालै मात्र नेपालमा आएको बाढी पीडितको सहयोगको लागि गैरआवासीय नेपाली संघकातर्फबाट प्रधानमन्त्री राहत कोषमा रु ५१ लाख रुपैयाँ सहयोग गर्ने निर्णय यो बैठक गर्दछ ।
    १५. गैरआवासीय नेपाली दिवस २०१९ को अवसर पारेर आगामी अक्टोबर–१३ देखि १६ मा काठमाडौंमा हुने १० औँ विश्व सम्मेलन तथा अन्तर्रा्ष्ट्रिय महाधिवेशन सफल पार्न सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आह्वान गरिन्छ ।
    १६. विदेशस्थित नेपाली नियोगहरुमा आर्थिक कुटनीतिकलाई बढी प्रभाावशाली बनाउने उद्देश्यले वाणिज्य तथा अर्थ, पर्यटन तथा मानव संशाधन हेर्न छुट्टाछुट्टै व्यक्तिको व्यवस्थापन गर्न नेपाल सरकारसँग अनुरोध गर्ने ।
    १७) गैरआवासीय नेपाली संघ भूपु गोर्खाहरुले उठाउँदै आएको मागप्रति ऐक्यबद्धता जाहेर गर्दै कुटनीतिक माध्यमबाट सो विषय सम्बोधनका लागि नेपाल सरकारसँग आग्रह गर्दछ ।
    यो बैठकमा सहभागी हुने प्रमुख अतिथि विशिष्ट अतिथिहरु अन्य अतिथिहरु विभिन्न मुलुकबाट पाल्नुभएका गैरआवासीय प्रतिनिधीहरु, बैठकमा सहभागिता जनाएर गैरआवासीय नेपालीसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउन हुने अष्ट्रिया, बेल्जियम, डेनमार्क, फ्रान्स, जर्मनी, स्पेन, स्वीट्जरल्याण्ड, रसिया, संयुक्त अधिराज्यस्थित नेपाली राजदूतहरुका प्रतिनिधिहरुमा यो बैठक आभार व्यक्त गर्दछ ।
    साथै बैठक सफलतापूर्वक सम्पन्न गर्न सहयोगी सम्पूर्ण प्रायोजक, सहयोगी एवं स्वयंसेवक, पत्रकार र कलाकार सबैमा यो बैठक हार्दिक आभार प्रकट गर्दछ । बैठक सफलतापूर्वक आयोजना गर्न खेलेको भूमिकाका लागि राष्ट्रिय समन्वय परिषद् इटालीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ । बैठक आयोजना गर्नका लागि ठूलो सहयोग गर्नुभएका रोमस्थित नेपाली महावाणिज्यदूत पावोलो लुगारीलाई विशेष धन्यवाद ज्ञापन गर्दछ ।

    डा. बद्री केसी
    महासचिव, गैरआवासीय नेपाली संघ
    ४ अगष्ट, २०१९ रोम, इटाली

  • विप्लव माओवादीको गतिविधिलाई राजनीतिक रुपमै हल गर्नुपर्छ

    विप्लव माओवादीको गतिविधिलाई राजनीतिक रुपमै हल गर्नुपर्छ

    देवेन्द्र पौडेल
    नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देवेन्द्र पौडेल विप्लव माओवादीका गतिविधिलाई प्रश्रय दिन नहुने तर्क गर्नुहुन्छ । संविधानले नै वर्जित गरेका गतिविधि अघि बढाए सरकारले नियन्त्रण गर्ने उनको चेतावनी छ । कुनै समय एउटै मोर्चामा आन्दोलन गरेका विप्लवलाई सकेसम्म सच्चिन उनले आग्रह गरेका छन् । पौडेलसँग मोहन बास्तोलाले गरेको कुराकानी—

    नेपालमा दुई तिहाई नजिकको कम्युनिष्ट नेतृत्वको सरकार छ । यो सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्ने आरोप पनि लाग्ने गरेको छ । तपाईंले चाहिँ यो सन्दर्भलाई कसरी लिनुभएको छ ?
    तपाईंले भनेअनुसार नै तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र एक भएपछि जनअपेक्षाअनुरुप काम होला भनी जनताले विश्वास गरेर नै दुईतिहाई नजिकको मत दिएका हुन् । अहिले जनताले आफूले मत प्रकट गरे अनुसारका काम भए कि भएन भनेर समीक्षा गर्नु, गुनासो गर्नु जस्ता कुरालाई हामीले अन्यथा लिनुपर्छ जस्तो लाग्दैन । उहाँहरुले जे गर्नुभएको छ । जुन खालको खबरदारी गरिरहनु भएको छ । त्यो स्वाभाविक छ । हामीले पनि त्यो खबरदारीलाई अन्यथा रुपमा लिएका छैनौँ । उनीहरुको अपेक्षाअनुसारकै काम क्रमशः हामीले गर्दै जानुको विकल्प पनि छैन ।

    भनेपछि तपाईंहरुले पनि जनताबाट खवरदारी भै रहेको छ भन्ने हेक्का राख्नुभएको छ ?
    अवश्य पनि । पछिल्लो दश वर्षको अवस्थालाई नै हेर्ने हो भने पनि पछिल्लो समय देखिएका पूर्वाधार विकासलाई हेर्ने हो भने त्यति सन्तोषजनक छैन । पछिल्लो समयमा संविधान जारी मात्रै भएको छैन । तीन तहका सरकारसमेत निर्माण भएर हामी संघीयता कार्यान्वयनको चरणमा अघि बढिरहेका छौँ । यो अवस्थामा हामीले अझ जिम्मेवार भएर जनअपेक्षा अनुसार काम गर्दै लामो समयको संघर्ष र बलिदानीबाट प्राप्त भएको संविधानको रक्षा गर्दै अघि बढ्नु पर्ने छ ।
    हामी अहिले पनि आधार तयार गर्ने चरणमै छौँ । वर्तमान सरकारकै कुरा गर्ने हो भने पनि हामीले अहिले केही समय विभिन्न खाले कानुन र ऐन निर्माणका लागि धेरै समय खर्च गर्नु परेको छ । त्यस कारण पनि अहिले धेरै कामहरु द्रुत गतिमा अघि बढ्न सकेका छै्रनन् । अब विस्तारै विकास निर्माणका काममा पनि हामी अघि बढेका छौँ ।

    भनेपछि कानुन निर्माण गर्ने लगायतका कारण जनताका अपेक्षाअनुसार काम गर्न ढिलाइ भएको चाहिँ सत्य हो ?
    निश्चय पनि । मैले अघि पनि भने विस्तारै सरकारले अब विस्तारै कामका गतिलाई अघि बढाएको छ र बढाउनुपर्छ । अझ मैले नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिम्मेवार नेताको हैसियतले भन्नु पर्दा बाहिर जे जति चर्चा हुने गरेका छन् । त्यस्तो अवस्था भित्र छैन । योजनाबद्ध रुपमै काम अघि बढाउने कार्य भैरहेको छ ।

    अब गुनासा सुनेर अघि बढ्नु पर्ला नि त ?
    हामीले भनेकै छौँ नि । हामीलाई जनताले नै विजयी बनाएर पठाएका हुन् । हामी जनताभन्दा टाढा हुनै सक्दैनौँ । त्यसैले हामीले जनअपेक्षाअनुरुप काम गर्नुको अर्को विकल्प छैन । यो लोकतन्त्रको भरपुर उपयोग गर्ने अवस्था हो । त्यसैले हामीले जनताका गुनासा, जनताका अपेक्षा, जनताका चाहना र जनताका भावनालाई बुझेर अघि बढ्नुपर्छ । हामी त्यसै अनुसार नै अघि बढ्छौँ ।

    भनेपछि अहिलेको सबै अवस्था सहज नै छ भन्ने तपाईंको तर्क ?
    अहिले हेर्ने हो भने प्रतिव्यक्ति आय क्रमश सुधार हुँदै आएको छ । राष्टिय गौरवका आयोजनाहरु पनि विस्तारै निर्माण हुँदै आएका छन् । त्यसैले पनि निकै सुधारको संकेत देखाएको छ । रेमिट्यान्सको कुरा गर्ने हो भने पनि सन्तोषजनक नै देखिन्छ । आर्थिक सुचाङ्क पनि सन्तोषजनक नै देखिएको छ । राजनीतिक रुपमा पनि केही छिटफुट घटना बाहेक त्यति धेरै असन्तोषजनक अवस्था देखिएको छैन । संविधान जारी हुने बेलाका केही विमतीहरुलाई पनि विस्तारै हल गर्दै अघि बढेको अवस्था छ । यी सबै कुरालाई हेर्ने हो भने अहिले बर्बात भयो भनेर आत्ति हाल्नु पर्ने अवस्था केही छैन । सुधारात्मक र सन्तोषजनक अवस्था नै देखिन्छ ।
    सामाजिक क्षेत्रको कुरा गर्ने हो भने पनि केही छिटफुट अपराधका घटनालाई छाड्ने हो भने सन्तोषजनक अवस्था नै देखिन्छ । अहिलेका केही अपराधिक घटनालाई पनि विस्तारै हल गरेर जानेतर्फ सरकार चनाखो देखिएको छ । त्यसैले हामीले आशा गर्ने ठाउँ निकै छ ।
    यसरी हेर्ने हो भने आर्थिक, राजनीतिक सामाजिक र शान्ति–सुरक्षाकै कुरा गर्ने हो भने पनि कहाली लाग्दो अवस्थामा छैन भनेर ढुक्कका साथ भन्न सक्ने अवस्था छ । यसलाई अझै सुधार गरेर जानुपर्छ र सरकारले पनि यो कुरामा ध्यान दिनुपर्छ भन्ने लाग्छ ।
    बजेटको सन्दर्भमा कुरा गर्ने हो भने पनि यो पटकको बजेट सन्तोषजनक रुपमा आएको छ । अहिले पहिलाको जस्तो भनई तीन तहका सरकार रहेका छन् । तिनीहरु सबैले बजेट कार्यान्वयनका लागि आ–आफ्नो ठाउँबाट भूमिका खेलिरहेकै अवस्था देखिन्छ । त्यहाँ पनि केही कमजोरी त अवश्य छन् । ती कमजोरीलाई पनि सुधार गर्दै सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको अनुभूति दिने गरी जनप्रतिनिधिले काम गर्ने हो भने हामीले केही वर्ष भित्रमै नेपालको मुहार अवश्य फेर्न सक्छौँ । यसका लागि सबैको साथ र सहयोग अवश्य चाहिन्छ । सत्तापक्ष र प्रतिपक्षको मात्र भावना राखेर अघि बढ्ने हो भने विकासको गति रोकिने छ र हाम्रो विकासको सपना त्यसै मुर्छित हुने छ । यो कुराको हेक्का पनि हामी सबैले राख्न जरुरी छ । यो भयो भने हामीले पाँच वर्षमा पुर्वाधारको केही संकेत दिन्छौँ भनेका छौँ । त्यो दिन सक्छौँ ।

    कुनै समय एउटै मोर्चामा रहेका नेत्रविक्रम चन्द अहिले विद्रोहको जेहाद छेड्ने गरी अघि बढेको देखिन्छ । पछिल्लो समयकै तथ्याङ्कलाई हेर्ने हो भने हिंसात्मक गतिविधि उनको नेतृत्वको दलले गरिरहेको छ । यो अवस्थामा त केही समस्या होला नि ?
    हो, तपाईंले भनेजस्तै केही समस्या भएको छ । शान्तिसुरक्षासँग सम्बन्धित प्रश्नमा यसले केही गम्भीर समस्या पनि देखाएको छ । राज्यलाई नै गम्भीर संकटमा पु¥याउने गरी अथवा शान्ति प्रक्रिया नै पूरै खलल हुने गरी भएका यी गतिविधि चाहिँ यी होइनन् । तर, केही समस्या त अवश्य भएको छ । यो सकारात्मक सन्देश त हुँदै होइन । अहिलेको संविधानले पनि त्यस्ता गतिविधिलाई प्रसय दिँदैन । त्यसैले त्यसलाई नियन्त्रण गर्नु राज्यको दायित्व हो । यद्यपि पार्टी खोल्ने, राजनीति गर्ने, आफ्ना एजेण्डाहरु जनताको बीचमा लैजाने जस्ता छुट छ, छँदैछ । आलोचना, विरोध र असहमति जस्ता कुरा लोकतन्त्र गर्न पाइन्छ, यो छुट सबैलाई छ । अहिले जुन ढंगले विप्लव माओवादीले गतिविधि गरिरहेको छ । यसलाई राजनीतिक रुपमै हल गरेर जानुपर्छ सरकार त्यहीअनुसार नै अघि बढेको छ ।

  • नेपाली मूलकी प्रतिष्ठा मिस इङ्ल्याण्डको सेकेण्ड रनरअप

    नेपाली मूलकी प्रतिष्ठा मिस इङ्ल्याण्डको सेकेण्ड रनरअप

    काठमाडौं । बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डमा नेपाली मूलकी प्रतिष्ठा तृष राउत सेकेण्ड रनर अप भएकी छन् । उनी २२ हजार प्रतियोगीलाई उछिनेर सेकेण्ड रनर अप भएकी हुन् ।
    गत बिहीबार बेलायतको न्यू क्यासलमा भएको अन्तिम प्रतिस्पर्धामा उनले टप फण्ड राइजरको उपाधि पनि जितेकी छन् । विभिन्न राउण्डमा भएका प्रतियोगितामा उनी अब्बल साबित भइन् । प्रतियोगितामा भारतीय मूलकी सुन्दरी पहिलो भएकी थिइन् ।
    फाइनलमा भएको प्रिजेन्टर राउण्डमा उनी पहिलो भइन् । उनले नेपालमा गएको भूकम्पको विषयबस्तुलाई टेलिभिजनमा प्रस्तुत गरेकी थिइन् ।
    नेपाली मूलकी प्रतिष्ठा तृष राउत बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डको फाइनलमा प्रवेश गरेर सेकेण्ड रनर अप भएपछि नेपाली समुदाय खुसी भएको छ । प्रतियोगिताको सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र ब्यूटी विथ पर्पोज गरी तीन राउण्डमा समेत सफल भएकाले उनी बेलायतको सौन्दर्य प्रतियोगिताको दाबेदार बनेकी थिइन् । राउतले पब्लिक भोटका कारण पब्लिसिटी क्वीनको उपाधिसमेत जितिन् ।
    १७ वर्षको उमेरदेखि नै मोडलिङमा लागेकी प्रतिष्ठाले इङ्ल्याण्डमा नेपाली समुदायको प्रतिनिधित्व गरेकी छन् । पढेरभन्दा परेर जानिन्छ भन्ने धारणा राख्ने उनले नेपाली समाजमा मेन्टल हेल्थको क्षेत्रमा काम गर्ने चाहना व्यक्त गरेकी छन् ।
    बेलायतवासी नेपाली समुदाय उनलाई जिताउन विभिन्न कार्यक्रममा व्यस्त भयो । च्यारिटी कार्यक्रमबाट १० हजार पाउण्ड संकलन भएको थियो । नेपाली समुदायले प्रतिष्ठालाई नेपाली समुदायकै प्रतिष्ठाको रुपमा लिएको थियो ।
    आफूले उपाधि नजिते पनि मानसिक स्वास्थ्य सचेतना र त्यस समस्याबाट पीडित बनेका व्यक्तिको सहयोगका लागि च्यारिटीबाट उठेको रकम खर्च गरिने बताइन् । प्रतियोगिता मात्र नभएर त्यसपछि पनि आफू मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको सहयोगका लागि काम गर्ने प्रतिबद्धता जनाउँदै उनले जनचेतना कार्यक्रम आवश्यक रहेकोमा जोड दिइन् । उनले मानिसक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिको सहयोगलाई आफूले महत्वपूर्ण स्थानमा राखेर काम गर्ने प्रतिबद्धतासमेत जनाएकी छन् ।
    नेपालको संखुवासभा चैनपुरकी प्रतिष्ठा पेशाले भने फ्लोर प्लान आर्किटेक्ट हुन् । २६ वर्षीया प्रतिष्ठा नेपाली समुदायबाट फाइनल पुग्ने एक्ली प्रतिस्पर्धी थिइन् । फाइनल प्रतिस्पर्धामा ५४ जना सहभागी भएका थिए ।
    राउत बेलायतको अन्डरसटमा बस्छिन् । उनका बाबु बेलायती सेनाका जागिरे थिए । प्रतिष्ठा भने हङकङमा जन्मेकी थिइन् । २६ वर्षीय प्रतिष्ठा आर्किटेक्ट डिजाइनमा रुचि राख्छिन् । उनले प्रतियोगितामा नेपाली समुदायले गरेको सहयोगमा धन्यवादसमेत ज्ञापन गरेकी छन् ।

  • ३५ हजार नेपाली बेचबिखनमा, १५ लाख बेचबिखनको जोखिममा

    ३५ हजार नेपाली बेचबिखनमा, १५ लाख बेचबिखनको जोखिममा

    विश्वन्युज संवाददाता
    काठमाडौं
    नेपालबाट हरेक वर्ष नेपाली नागरिक विभिन्न देशमा बेचबिखनमा पर्ने गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो प्रतिवेदनअनुसार नेपालबाट वैदेशिक रोजगारीमा, अध्ययनका लागि र अन्य पेशा व्यवसाय गर्न जाने नेपाली बेचबिखनको जोखिममा पर्ने गरेका छन् । ‘मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन–२०७६’ का अनुसार हरेक वर्ष विभिन्न कारणले नेपाली नागरिक बेचबिखनमा पर्ने गरेका छन् ।
    राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा वैदेशिक रोजगारी, अध्ययन र मनोरञ्जनजस्ता पेशामा गएका हालसम्म झण्डै ३५ हजार नेपाली बेचबिखनमा परेको तथा १५ लाख जोखिममा रहेको उल्लेख गरिएको छ । नेपालबाट तेस्रो मुलुकमा मानव बेचबिखन र ओसारपसार बढी हुने गरेको छ । युरोपका विभिन्न देश तथा अष्टे«लियालगायत मुलुकमा पर्यटक, अध्ययनलगायत प्रवेशाज्ञामा लगी बँधुवाका रूपमा काम गर्न बाध्य पार्ने गरेको प्रतिवेदनमा जनाइएको छ ।
    नेपालबाट खाडी राष्ट्र तथा मलेसियामा मानव बेचबिखन वैदेशिक रोजगारीका नामबाट सहजै हुने गरेको छ । घरेलु कामदार तथा अन्य पेशाका नाममा नेपाली महिलालाई खाडीका विभिन्न राष्ट्रमा बाध्यकारी श्रम तथा कतिपय अवस्थामा यौनशोषणसमेत गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । नेपाली महिलालाई घरेलु कामदारका रूपमा खाडी राष्ट्र जान गरिएको निषेधपछि भारतीय मार्ग हुँदै जाने प्रवृत्ति बढेको छ । अधिकांश महिला बेचबिखन र यौन शोषणको सिकार हुने जोखिम रहेको छ ।
    रोजगारीको नाममा विदेश पुगेका महिला यौन शोषणमा पर्ने गरेका आयोगले जनाएको छ । आयोगका सदस्य मोहना अन्सारीले भनिन्, ‘वैदेशिक रोजगारी, अध्ययन, मनोरञ्जन र अन्य क्षेत्रमा कामका लागि गएका नेपाली बेचबिखनमा पर्ने गरेको देखिएको छ, यस्तो कार्यले अपराध मात्र नभई मानव अधिकार र मानिसको बाँच्न पाउने अधिकारको गम्भीर उल्लङ्घन भएको छ ।’
    नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा वार्षिक दुई सयदेखि तीन सयको सङ्ख्यामा उजुरी पर्ने गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा ३०७ उजुरी परेको थियो । आर्थिक वर्ष २०७५÷७६ को चैत मसान्तसम्म १७४ मानव बेचबिखनका उजुरी परेका थिए । अघिल्लो आवको तुलनामा मानव बेचबिखनसम्बन्धी उजुरी घटेको देखिन्छ । नेपाल प्रहरीको तथ्याङ्कअनुसार नेपालमा एक वर्षमा १३ हजार ६७८ नागरिक हराएका छन् । तीमध्ये केवल ४७ प्रतिशत मात्र फेला परेका छन् । यसरी हराएका र फेला नपरेका व्यक्ति अधिकतम बेचबिखनमा पर्ने गरेको पाइएको छ ।
    प्रतिवेदनका अनुसार १० हजारभन्दा बढी व्यक्तिलाई सीमा नाकाबाट फिर्ता गरिएको छ । आव २०७५÷७६ को मसान्तसम्ममा १७४ उजुरी परे पनि बेचबिखनमा परेका ६४० जनाको उद्धार गरिएको छ भने ३७४ स्वदेशभित्र बेचबिखनमा परेका तथा २६६ जनालाई विदेशबाट उद्धार गरिएको छ । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार आव २०७४÷७५ मा दुई हजार ३८३ उजुरी परेका छन् । नेपालबाट भारतमा यौन व्यवसायका लागि अझै पनि लैजाने गरेको पाइएको छ ।
    खुला सिमाना, कमजोर र परम्परागत सीमा अनुगमन, नेपाल–भारत सहकार्य र समन्वयको औपचारिक प्रणालीको अभवाले भारतमा करीब एक करोड तीन लाख व्यक्ति बाध्यकारी श्रम तथा आधुनिक दासताको सिकार भएको प्रतिवेदनमा उल्लेख छ । भारतमा मात्र होइन चीनमा समेत मानव ओसारपसार र बेचबिखन हुने गरेको पाइएको छ ।
    चीनमा जबर्जस्ती विवाह, यौनशोषण तथा व्यवसायका लागि छिमेकी राष्ट्रहरूबाट महिलालाई लैजाने गरेको प्रतिवेदनमा उल्लेख छ । गत आवमा केरुङ नाका हुँदै चीनमा बेचबिखनका लागि लैजान लागेका २९ महिलाको उद्धार गरिएको छ । नेपालबाट चीनमा बेचबिखन भएका घटनाको व्यवस्थित अभिलेखीकरण भएको पाइँदैन । यद्यपि अध्ययनका क्रममा पर्यटक प्रवेशाज्ञामा चीन लगिएका नेपाली महिलालाई डान्स रेष्टुरेन्टमा काममा लगाउने गरिएको पाइएको छ ।
    मानवअधिकार आयोगले मानव बेचबिखनको समग्र अवस्थालाई अध्ययन गरेर दश बँुदा सिफारिस गरेको छ । नेपालमा मानव बेचबिखनका क्रममा हराएका व्यक्ति, वैदेशिक रोजगारी, पर्यटन तथा रोजगारी, मनोरञ्जन व्यवसायलगायत नाममा बेचबिखन हुने गरेको पाइएको छ । मानव बेचबिखनमा विशेषगरी महिला र बालबालिका पर्ने गरेका छन् । खासगरी सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, धादिङ, नुवाकोट लगायतका उपत्यका आसपासका जिल्लाका नागरिक बेचबिखनमा पर्ने गरेका छन् । आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्य सजिलै बेचबिखनमा पर्ने गरेको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।

  • भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

    भारतीय पूर्व विदेशमन्त्री स्वराजको निधन

    काठमाण्डौं ।
    भारतकी पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ।भारतीय जनता पार्टीकी नेतृ स्वराजको हृदयघात बाट स्थानीय समय अनुसार मंगलवार राती उपचारको क्रममा निधन भएको हो ।
    ६७ वर्षिया स्वराजले भारतका विभिन्न मन्त्रालय सम्हाले सकेकी थिइन् । उनको निधन प्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका नेता, विपक्षी कांग्रेसकी नेतृ सोनिया गान्धी लगायतले दुःख व्यक्त गरेका छन् ।
    स्वराज विदेशमन्त्री रहदा र त्यो भन्दा अघि पनि धेरैं पटक नेपाल भ्रमणमा आएकी थिइन्।स्वराज भारतीय राजनीतिमा महिला प्रतिनिधि पात्र मनिन्छिन् भने भारतीय जनता पार्टीकी प्रभावशाली नेता मानिन्छिन् ।

  • अमेरिकामा विभत्स सप्ताहन्त,  नश्लबादी घृणा बन्दुकबाट पोखिंदा मारिए निर्दोस ३२ जना

    अमेरिकामा विभत्स सप्ताहन्त, नश्लबादी घृणा बन्दुकबाट पोखिंदा मारिए निर्दोस ३२ जना

    प्रभात भट्टराई/न्यूह्यामसर
    अमेरिकामा सप्ताहन्त एक किसिमको उत्सवनै हो । पाँच दिन लगातार काम गरेपछि पाइने दुई दिने ‘विकेन्ड’ मा भरमार रमाइलो गर्ने मुड हुन्छ आम कामकाजी देखि उच्च पदस्थसम्मकै । राष्ट्रपति डोनाल्ड ट्रम्प पनि विकेन्ड पारेर आफ्ना बिभिन्न गल्फ क्लवहरुमा पुगि रहेका हुन्छन् । यस्तै गच्छे अनुसारको तालिका हुन्छ सबै अमेरिकीहरुको विकेन्डमा ।
    तर, यो साताको विकेन्ड भने अमेरिकामा आँशु लिएर आइदियो । १३ घण्टाको अन्तरालमा भएका दुई भयानक गोली काण्डका कारण यो सप्ताहन्त कालो विकेन्डमा परिणत भयो । टेक्सासको सीमावर्ती सहर एलपासोमा शनिबार दिउँसो र ओहायोको डेटनमा शनिबार नै मध्यरात भएको ‘मास सुटिङ’मा ३२ ले ज्यान गुमाए भने ५० बढि घाइते भएका छन् ।
    यो घटनाले अमेरिकामा अहिले सबैको चैन हराएको छ । अमेरिकी संविधानको दोस्रो संसोधन मार्फत जनतालाई प्रदान गरिएको बन्दुक बोक्न पाउने हकमाथि पुर्नव्याख्याको बहस फेरि तात्न पुगेको छ । अमेरिकामा बन्दुकबाट हुने नरसंहार नौलो भने होइन । सन् २०१९ लागेपछि मात्र २१ वटा मास सुटिङ भइ सकेका छन् भने १३१ जनाले ज्यान गुमाएका छन् । यी घटनामा झन्डै ७० जना घाइते छन् । तर, जब एउटै घटनामा अलिक ठूलो संख्यामा हताहती हुन्छ तब यो बिषयमा धेरै हल्लाखल्ला मच्चिने र केही दिनमा फेरि सेलाउने गरेको छ ।
    यसपाली टेक्सास र ओहायो सुटिङ भने फरक प्रवृत्तिका तर अत्यन्त चिन्ताजनक घटनाका रुपमा देखिएका छन् । त्यसमा पनि टेक्सास सुटिङ साँच्चिकै कहाली लाग्दो छ । डाल्लास नजिकै घर भएका २१ बर्षका प्याट्रिक क्रुसियस आम नरसंहारकै लक्ष बोकेर साढे छ सय माइल टाढाको एलपासो १० घण्टा ड्राइभ गरेरका पुगेका थिए । यसरी एलपासोलाई लक्षित गर्नुको कारण भने ‘हिस्पानिक (मेक्सिन मूल)’का व्यक्तिहरुलाई सिध्याउने रहेको उनको मेनिफेष्टोबाट प्रहरीले पत्ता लगाएको छ । हिस्पानिकहरुले अमेरिकालाई ‘विषाक्त बनाएको कारण सफाइ गर्न लागेको’ आशयको क्रुर मेनिफेष्टो उनले तयार गरेको प्रहरीको भनाइ छ ।
    मेक्सिकोसँग सीमा जोडिएको सहर एलपासोमा हिस्पानिकहरुको बहुमत छ । त्यसैले विकेन्डमा धेरै सर्वसाधारण किनमेलका लागि निस्किन्छन् भन्ने रणनीतिक योजनाका साथ उनी दिउँसो १२ बजे त्यहाँस्थित वालमार्ट सपिङ सेन्टरमा पुगेका थिए । कालो हुडी र हेड फोन लगाएर राइफल भिरेको उनको भिडियो सिसिटिभी क्यामेराहरुमा देखेपछि प्रहरीले उनलाई फलो गरेका थिए । उनलाई नियन्त्रणमा लिन प्रहरीले केही घण्टा नै मेहनत गर्नु पर्यो । उनको अन्धाधुन्द गोली प्रहारबाट नाबालक देखि बृद्धसम्म मारिएका छन् । घटनास्थलमै २० जनाले ज्यान गुमाए भने घाइते भएका २६ मध्ये सोमबार बेलुकासम्म उपचारका क्रममा थप दुईको मृत्यु भएको छ । एकै परिवारका तीन जनाको समेत ज्यान गएको छ । छ जना त मेक्सिकन नागरिककै मृत्यु भएको छ । मेक्सिकोले आफ्ना नागरिक गोली काण्डमा मारिएको प्रति कानुनी उपचार खोज्ने जनाइ सकेको छ ।
    आफुलाई बन्दुक राख्न पाउने अधिकारको धुरन्धुर समर्थक दावी गर्दै आएका राष्ट्रपति ट्रम्पको समेत मथिंगल यो घटनाले खलबल्याएको छ । उनले सोमबार बिहान देशबासीलाई सम्बोधन गर्दै कुनै पनि जातिय घृणा, स्वेत राष्ट्रबाद (ह्वाइट नेशनलिजम) र घरेलु आतंकबादलाई अमेरिकामा ठाउँ नरहेको बताएका छन् । ट्रम्पले यसअघि नामै काटेर यी तत्वहरुको विरोध गरेका थिएनन् । तर, एलपासो बन्दुकधारीले उनैबाट प्रेरणा पाएर हिस्पानिकहरुलाई सिध्याउन लागेको आशयको मेनिफेष्टो तयार पारेपछि भने राष्ट्रपति ट्रम्प बोल्न बाध्य भए । उनले गत अक्टुबरको मध्यावधि चुनावताका अविछिन्न रुपले मेक्सिकन आप्रवासीले अमेरिकालाई विषाक्त तुल्याएको बताएका थिए । साथै गत महिना एक चुनावी सभामा गैर कानूनी रुपमा अमेरिका ‘छिर्नेलाई के गर्नु पर्छ’ भनेर उनले प्रश्न गर्दा उपस्थित भिडले ‘गोली हान्नुपर्छ’ भन्दा हाँस्दै सुनेर बसेका थिए । कुनै प्रतिवाद गरेका थिएनन् । अहिले मिडिया एवं विपक्षिहरुले तीनै भाषणका क्लिप र ट्विटहरु विश्लेषण गर्दै ट्रम्पकै उक्साहटमा घृणामा आधारित यस्ता घटनाले बढावा पाएको आरोप लगाउन थालेका छन् ।
    सोमबार बिहानको सम्बोधनमा घृणा र स्वेत राष्ट्रबादको विरोध गरे पनि बन्दुक नियमनको सम्भावित कदमप्रति भने उनी मौन बसे । मानसिक रोग र भिडियो गेमहरुका कारण यस्ता समस्या आएको भन्दै त्यसप्रति सचेतता अपनाउन आवश्यक कानूनी प्रवन्धका लागि न्याय विभागलाई निर्देशन दिने उनले बताएका छन् । तर, डेमोक्र्याट मात्र होइन उनकै समर्थक मिडिया र केही रिपब्लिकनले पनि बन्दुक नियमनमा कदम चाल्न अब ढिलाइ गर्न नहुने बताउन थालेका छन् । ट्रम्प पक्षधर न्यूयोर्क पोष्टले युद्धमा प्रयोग हुने हतियार सर्वसाधारणलाई बिक्रिमा रोक लगाउन माग गर्दै सोमबार कभर स्टोरी नै बनाएको छ । किनभने टेक्सास र ओहायो दुबै घटनामा स्वचालित र सयौँ राउण्ड फायर हुने अत्याधुनिक हतियार प्रयोग भएका थिए । सिएनएनका राष्ट्रिय सुरक्षा सम्बाददाता जीम सिउटोले त आफुले यस्ता हतियार इराक र अफगानिस्थान युद्धमा पनि नदेखेको भन्दै ट्विट गरेका छन् ।
    टेक्सास घटनाको १३ घण्टा पछि मध्यरातमा ओहायोको डेनर स्थित एक बारमा २४ बर्षका कोनर बेट्स नामका गोरा पुरुषले नै अन्दाधुन्द गोली चलाउँदा नौ जनाको ज्यान गयो । डेनरलाई प्रहरीले फायर खोलेको ३० सेकेन्ड भित्र गोली हानेर लडाइ सकेका थिए । तर, त्यति अवधिमा उनले नौ जनाको ज्यान लिए र २६ जनालाई घाइते बनाए । हिंसात्मक व्यवहारका कारण पटक पटक नसिहत खेपेका एवं स्कुलबाट समेत अनुशासनको कारबाही गरेर निकालिएका व्यक्तिको हातमा यस्तो नृशंस हतियार पर्नु आपत्तिजनक भन्दै बन्दुकको अधिकारको पक्षधरहरुले नै आपत्ति जनाएका छन् । उनले आफ्नी बहिनीको समेत हत्या गरेका थिए ।
    अमेरिकी संविधानको दोस्रो संसोधनले आम नागरिकलाई हतियार राख्ने अधिकार दिएको छ । सिकार खेल्ने अमेरिकी संस्कृतिको सम्बद्र्धन एवं आत्मरक्षाका लागि यो अधिकार दिइएको संविधानका ज्ञाताहरु बताउँछन् । तर, संविधानका निर्माताहरुले परिकल्पना गरेको हतियार र अहिलेको स्वचालित मेसिनगनमा ठूलो परिवर्तन आएको भन्दै त्यसमा समय सापेक्ष सुधार गरिनु पर्ने मत व्यापक हुँदै गएको छ । तर, रिपब्लिकन पार्टी भित्र बलियो प्रभाव रहेको नेशनल राइफल एसोसिएसन (एनआरए)ले यसमा थप कानुनी व्याख्या गर्न नदिन चालेको लविङ अहिलेसम्म सफल भइ रहको छ । एनआरए रिपब्लिकनको दाता मात्र होइन यसका केयन् अभियन्ताले उक्त दलबाट राजनीति गरि रहेका छन् । निवर्तमान राष्ट्रपति बाराक ओबामाले आँशु खसाएर बन्दुक नियमनका लागि संसदसँग हार गुहार गर्दा पनि सकेनन् । स्वचालित मेसिनगनहरु बिक्री वितरणमा रोक, बन्दुकको लाइसेन्स पाउनु अघि बलियो पृष्ठभूमी जाँच एवं बन्दुक किन्न पाउने उमेर १८ बर्षबाट बढाएर २१ बर्ष पुर्याउनु पर्ने मागमा अहिले बहुमत अमेरिकीको समर्थन देखिन्छ ।
    अमेरिकामा पछिल्ला तीन बर्षमध्ये एउटै ‘मास सुटिङ’बाट सन् २०१६ मा ओर्लान्डोमा ४९ जना, २०१७ मा लस भेगासमा ५८ जना एवं साउदरल्याण्ड स्प्रिङमा २७ जना, २०१८ मा स्टोनमेन डग्लसमा १७ जनाले एकै ठाउँमा ज्यान गुमाएका थिए ।

  • वालमार्टमा बिक्रीमा राखेको आलुको थुप्रोमा पिसाब फेर्दा

    वालमार्टमा बिक्रीमा राखेको आलुको थुप्रोमा पिसाब फेर्दा

    गत जुलाई २४ तारिख पेन्सिल्भानिया स्थित चर्चित किराना स्टोर “वालमार्ट” भित्रको क्यामरामा एउटा बिचित्रको भिडियो कैद भयो । त्यति ठुलो सपिङ् मलको शौचालय छाडेर एक जवान महिला बिक्रीका लागि राखिएको आलुको थुप्रोमा पिसाब फेर्दै थिइन् । घुम्रिएको कपाल भएकी जवान महिलाले बिक्रीमा राखेको आलुको थुप्रो माथि पिसाब गरेको देखेपछि वालमार्ट प्रशासनले प्रहरीलाई खबर गर्‍यो । तत्काल प्रहरी पनि आयो तर ति महिलालाई भेट्न सकेन । प्रहरीले ति महिलाको तस्बिर वालमार्टको भिडियो मार्फत संकलन गर्‍यो र वेष्ट मिफिन बोरो पुलिस डिपार्टमेन्टले आफ्नो अधिकारिक सोसल मिडियामा महिलाको तस्बिर सहित सार्वजनिक सुचनाको लागि आव्हान गर्‍यो । ती महिलाको पहिचानको लागि समुदायसँग प्रहरीले मद्दत माग्यो ।
    प्रहरीले सुचना जारी गरेको केही घण्टा भित्र ती महिला स्वयम् आफ्नो वकिल सहित प्रहरी कार्यकल पुगिन र भनिन्; “आलुमा पिसाब गर्ने मानिस् म हुँ” । ति महिला २० वर्षिया ग्रेस ब्राउन थिईन । उनले प्रहरीसँगको बयानमा अाफुले के गरेको समेत होस नभएको बयान दिएकी थिईन् । ती महिलालाई ब्यभिचार, अपराधिक हानिकारकता, अब्यवस्थित आचरण, सार्बनजिक स्थलमा मादक पदार्थ सेवन जस्ता चार्ज लागाईएको छ । ती महिलालाई काराबासको सजाय भने तोकिएन ।
    एजेन्सी

  • एचअाईभि संक्रमण गोप्य राखेर शारिरिक सम्पर्क गरेपछि १० बर्ष जेल

    एचअाईभि संक्रमण गोप्य राखेर शारिरिक सम्पर्क गरेपछि १० बर्ष जेल

    फ्लोरिडाका एक युवाले एचअाईभि पोजेटिभ भएको कुरा गोप्य राखेर महिलासँग शारिरिक सम्पर्क राखेपछि एचअाईभि सारेको अभियोगमा १० बर्षको काराबास सजाय भोग्नु पर्ने भएको छ । २७ वर्षिय रशिम ईके बोडिफोर्डले आफ्नो रोग गोप्य राखि २ जना महिलासँग शारिरिक सम्पर्क गरेको र सो मध्ये १ महिलालाई एचअाईभि सारेको अभियोगमा न्यायपिठ (जुरी) ले समुदायको लागि खतरा हुने भन्दै १० बर्ष कराबासको सजाय तोकेको हो । बोडिफोर्डले १० बर्षको काराबास सजाय भुक्तान गरेपछि ५ बर्ष समुदाय सेवाको लागि काम गर्नु पर्ने छ ।
    एचअाईभि एक प्रकारको जिवाणु हो, जसको प्रवेशपछि शरीरमा रोगसँग लड्ने क्षमतामा ह्रास आउँदछ र मानिसलाई बिभिन्न रोगहरुले आक्रमण गर्दछ । यदि एचअाईभिको उपचार समयमा भएन भने मानिसलाई एड्स रोग लाग्दछ । यो जिवाणू मानिसहरु एक-अर्काको संसर्गमा आउँदा रगत बिर्य रेक्टल फ्लुयुडको मार्फत सर्ने गर्दछ । सन २०१६ को सेप्टेम्बरदेखि २०१७ को अक्टुबरसम्म २ महिलासँग शारिरिक सम्पर्क गरेका बोडिफोर्डले आफुलाई एचअाईभि संक्रमित भएको कुरा लुकाएर यौन र्सम्पर्क गर्दै आएका थिए । गत अप्रिलमा भएको एक सुनुवाईमा दोषी बोडिफोर्डले आफुले जिवनमा ठुलो पाठ सिकेको बयान दिएका थिए । बोडिफोर्डलाई गत शुक्रबार न्यायपिठ (जुरी) को एक समुहले कैद तोकेको हो ।

    एजेन्सी

  • ओसिन भट्टराईको ‘लेडी डन’ बन्ने सपना

    ओसिन भट्टराईको ‘लेडी डन’ बन्ने सपना

    काठमाण्डौ ।
    नेपाली चलचित्र क्षेत्रमा नायिका ओसिन भट्टराई अहिले चल्तीको नाम हो । चलचित्र एकलव्यकी नायिका भट्टराईले आफ्नो दोस्रो चलचित्रमा राम्रो अभिनय गरेकी छन् । सानैदेखि अभिनय मोहका कारण आफू नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भएको उनको भनाइ छ । एकलव्यअघि उनले चलचित्र शब्दमा समेत अभिनय गरेकी थिइन् ।

    अहिले ओसिन अभिनित चलचित्र एकलव्य प्रदर्शनमा छ । चलचित्रको प्रचारप्रसारमा पनि उनले लामो समय दिएकी छन् । नायिका ओसिनले आफूलाई मेकअपदेखि टाढै राख्छिन् । आफूलाई चस्माबाहेक अन्य मेकअप मन नपर्ने उनले बताएकी छन् । फिटनेशका लागि उनले धेरै चिल्लो खाने कुरा खाँदिनन् । फेसको भने बिस्तारै फलो गर्न थालेको उनी बताउँछिन् । मम, पानीपुरी र चटपटे उनलाई मन पर्ने खानेकुरा हुन् । अभिनयको क्षेत्रमा पनि लेडी डनको रुपमा चिनाउने उनको सपना रहेको छ ।

  • ६ वर्षिया बालिकाले आफै कमाएर ८० लाख डलरको घर किनिन्

    ६ वर्षिया बालिकाले आफै कमाएर ८० लाख डलरको घर किनिन्

    पछिल्लो समय प्रबिधिका कारण बदलिएको विश्वमा प्रबिधिले मानिसको जिवनमा यति धेरै परिवर्तन ल्यायो कि मानिसको जिवनशैली नै अर्कै बनायो । यो त भयो प्रबिधि प्रयोग गरेर जीवनशैली जिउनेका कुरा । त्यही प्रबिधिलाई सही समयमा सही तरिकाले उपयोग गरी सर्वसाधारण माझ पुग्नेहरुले विश्वास नै नलाग्ने गरी थोरै समयमा धेरै पैसा पनि आर्जन गरेका छन् ।कतिपय मानिस रातारात जिरोबाट हिरो मात्र बनेका छैनन् करोड र अरवपति नै बनेका छन् । कोरियामा एउटा त्यस्तै नपत्याऊदो घटना भएको छ । ६ बर्षकी उमेर कस्तो हुन्छ ? त्यो उमेरमा बाल बच्चाहरु चकचक गर्ने खाने, खेल्ने र चित्त नबुझे रुने कराउने गर्दछन्।तर दक्षिण कोरियामा ६ बर्षिया युट्युब सेलिब्रेटी बालिकाले ८० लाख अमेरिकी डलर मुल्य पर्ने घर नै खरिद गरिन् । ६ बर्षिया बोरम नाम कि ती बलिका युट्युबमा यति चर्चित छिन् कि उनको ३ करोड सब्स्क्राईबर छन् । युट्युबमा चर्चित हुँदै जाँदा उनको आम्दानी पनि बढदै गयो । हालसालै उनले सियोलस्थित ८० लाख डलर मुल्यको पाँच तले घर नै खरिद गर्न सफल भएकी छिन् ।

    एक भिडियोमा बोरम्

    बोरमको २ वट चर्चित युट्युब एकाउन्टहरु छन् । आफ्नो पिताको वालेटबाट पैसा चोर्ने र सडकमा गाडी चलाऊने जस्ता दृष्यहरुका कारण नाबालक बच्चाहरुमा नकारात्मक असर पर्ने भन्दै कोरियामा बोरमको कतिपय भिडियो बिबादमा परेका थिए । कतिपय कोरियनहरुले प्रहरीमा समेत उजुरी गरेपछि सियोल फेमेली कोर्टले बोरमको अभिभाबकलाई बाल हिंसाबाट बालबालिकालाई रक्षा गर्न तयार परिएका काउन्सिलिङ कोर्स गर्न समेत लगाएका थिए ।

    एजेन्सी

  • नेपाललाई थप बलियो र सम्पन्न बनाउन अमेरिका तयार छ : अमेरिकी दूतावास

    नेपाललाई थप बलियो र सम्पन्न बनाउन अमेरिका तयार छ : अमेरिकी दूतावास

    विश्व न्युज संवाददाता
    काठमाडौं
    नेपालमा रहेको अमेरिकी दूतावासले नेपालका विभिन्न क्षेत्रमा काम गरिरहेको छ । सामाजिक, आर्थिक, सांस्कृतिक तथा पुरातात्विक क्षेत्रमा अमेरिकाले विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपालको शिक्षा क्षेत्रको विकासका लागि पनि अमेरिकाले आफ्ना विभिन्न निकायको समन्वयमा कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
    काठमाडौं उपत्यका र विभिन्न जिल्लाका विद्यालय भवन लगायत भौतिक पूर्वाधारका क्षेत्रमा अमेरिकी निकायले काम गरिरहेका छन् । काठमाडौं उपत्यकाका विभिन्न पुरातात्विक महत्वका क्षेत्रको संरक्षणमा पनि उत्तिकै योगदान रहेको छ । भूकम्पपछिको पुनर्निमाणमा पनि अमेरिकी सरकारले आफ्ना निकायमार्फत नेपाल सरकार र नेपाली नागरिकलाई सहयोग गर्दै आइरहेको छ । अमेरिकाले सडक निर्माण लगायत भौतिक विकासका विभिन्न पक्षमा समेत काम गरिरहेको छ ।
    इन्डोप्यासेफिक रणनीतिमार्फत नेपाललाई अमेरिकाले विभिन्न सहयोगको घोषणा गरेको छ । यद्यपी नेपाल सरकारले आफू त्यो रणनीतिमा समावेश नभएको औपचारिक प्रतिक्रिया दिने गरेको छ । चीन र भारतको चासोका कारण नेपालले खुलेर अमेरिकी रणनीतिको क्षेत्रमा सहयोग गर्न नसकेको विज्ञहरुले बताएका छन् । तर, नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकाको औपचारिक भ्रमणका बेला उक्त रणनीतिमा नेपाल समावेश हुने कुराको प्रत्याभूती दिलाएका थिए ।

    नेपाललाई बलियो बनाउन चाहन्छौँ

    नेपालमा रहेको अमेरिकी दूतावासले गएको शुक्रबार काठमाडौंमा एक औपचारिक कार्यक्रम आयोजना ग¥यो । नेपाल युएस आइमुन नेटवर्क नुसानको समन्वयमा आयोजना गरिएको कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी डब्ल्यू बेरीले आफ्नो देशले नेपाललाई थप बलियो र सम्पन्न बनाउन खोजेको बताएका छन् । उनले भने, ‘हामी हिन्दप्रशान्त रणनीतिमार्फत नेपाललाई थप बलियो र सम्पन्न बनाउन चाहन्छौँ । हिन्द प्रशान्त रणनीतिमार्फत खुला र नियममा आधारित स्वतन्त्र हिन्त प्रशान्त महासागर प्रवद्र्धन गर्न खोजिएको हो । यो कसैको विरोधमा होइन ।’
    अमेरिकी राजदूत बेरीले नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्ध सुदृढ हुँदै आएको बताए । कूटनीतिक सम्बन्ध स्थापनादेखि अहिलेसम्म सरकारी तथा जनस्तरमा नेपाल र अमेरिकाबीच राम्रो सम्बन्ध रहिआएको उनको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको विकासमा अमेरिका हरेक पक्षमा सँगसँगै रहेको बताए । नेपालमा सञ्चालित विभिन्न परियोजनाले नेपालको विकास र प्रगतिमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।
    नेपाललाई मिलेनियम च्यालेन्ज कोअपरेसन अन्तर्गत दिएको ६३ करोड अमेरिकी डलरको पाँच वर्षीय परियोजनाले नेपालको सामाजिक–आर्थिक विकासले फड्को मार्ने राजदूत बेरीको विश्वास छ । यो रकम भौतिक पूर्वाधार अन्तर्गत सडक, विद्युतको प्रशारण लाइन लगायतका क्षेत्रमा खर्च हुनेछ । त्यति मात्र होइन अमेरिकाले २० करोड अमेरिकी डलरको अनुदान परियोजना अन्तर्गत हरेक वर्ष खर्च गर्दै आएको छ । उनले २० करोड अमेरिकी डलरको वार्षिक अनुदानबाट सञ्चालित विभिन्न परियोजनाले नेपालको कला संस्कृति संरक्षण तथा पूर्वाधार विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताएका छन् ।

    कूटनीतिक क्षेत्रमा संयम आवश्यक

    नेपालमा क्रियाशील विज्ञहरुले कार्यक्रममार्फत नेपालले कूटनीतिक क्षेत्रमा संयमताका साथ अगाडि बढ्नु पर्ने सुझाव दिएका छन् । कार्यक्रममा सहभागी भएका नेपालका परराष्ट्र मामिलाका जानकारहरुले नेपालले कूटनीतिक क्षेत्रमा फाइदा लिनेगरी प्रस्तुत हुनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा अन्तर्राष्ट्रिय मामिलाका जानकार श्रीधर खत्री र परराष्ट्र विज्ञ डा. निश्चलनाथ पाण्डेले आफ्ना धारणा राखेका थिए ।
    अन्तर्राष्ट्रिय मामिलाका जानकार खत्रीले नेपालले चिनियाँ बिआरआई, अमेरिकाको हिन्द प्रशान्त रणनीति र भारतको बिमस्टेकबाट कनेक्टिभिटी कूटनीति अपनाएर फाइदा लिनुपर्नेमा जोड दिएका छन् । उनले नेपालले आफ्नो भूराजनीतिक अवस्थितिको बढी मूल्याङ्कन गरेको बताए । उनले भने, ‘अमेरिका र चीनको सम्बन्ध तथा व्यापारिक सम्झौताको असर नेपाललाई पनि पर्छ । नेपालले आफ्नो दीर्घकालीन हितका सिद्धान्तअनुसार सबैसँगको सम्बन्ध विकसित र राम्रो बनाउँदै लैजानु पर्छ ।’
    परराष्ट्र मामिलाका विज्ञ डा. पाण्डेले दक्षिण पूर्वी एसियाली देहरुको संगठन आसियान क्षेत्रीय सहकार्यको नमूना भएको तर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क निष्क्रिय हुँदै गएको बताए । उनले नयाँ विकल्पको रुपमा नेपालले सोच्नु पर्ने बेला आएकोमा जोड दिए । उनले भने, ‘भारत र पाकिस्तानको चिसिएको सम्बन्धका कारण सार्क देशबीच सहकार्य खुम्चिदै गएको छ । भारत र चीनबीच बढ्दो सहकार्यलाई नेपालले अनुकुलताका आधारमा हेर्नु पर्छ ।’
    भारत र चीनबीचको सम्बन्धबाट फाइदा लिनुपर्नेमा नेपालले त्यसो गर्न नसकेको उनले बताए । उनले अमेरिकी सहयोगलाई नेपालको आन्तरिक विकासमा प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् । भारत र चीनबीच नेपालको बाटो भएर १० प्रतिशत मात्र व्यवसाय गर्न सकिएको खण्डमा नेपालको आर्थिक पक्ष निकै फरक हुनेमा उनले जोड दिएका छन् ।
    परराष्ट्र मामिलाका जानकारहरुले नेपालले कुटनीतिक क्षेत्रमा आफ्नो देशलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा त्यसो हुन नसकेको बताएका छन् । सार्क वा बिआरआई वा इण्डोप्यासिफिक रणनीति वा बिमस्टेक लगायतका विभिन्न क्षेत्रबाट आफ्नो देशलाई फाइदा पुग्नेगरी काम गर्नुपर्नेमा विज्ञको जोड छ । नेपालले आफ्नो सिद्धान्तलाई व्यवहारमा मात्र उतारेमा सामाजिक आर्थिक हिसाबले नेपाल फरक स्थानमा रहन सक्ने छ । कार्यक्रममा उपस्थित सबैले नेपालको विकासमा अमेरिकी सरकारको तर्फबाट भएको सहयोगको प्रशंसा व्यक्त गरेका थिए ।

    कार्यक्रममा के भयो ?
    नेपालमा सन् २०१९ को आइमुन संकल्प, प्रेरणा, मित्रता सञ्जाल तथा २० भन्दा धेरै देशबाट आएका कुटनीतिक क्षेत्रका विज्ञ र युवा नेतृत्वकर्ताले नयाँ कामको योजनासहित कार्यक्रम सम्पन्न भएको अमेरिकी दूतावासले जनाएको छ । आईतवारसम्म चलेको कार्यक्रम इन्डोप्यासिफक क्षेत्रका मुद्दाहरुमा केन्द्रित थियो । विभिन्न देशका झण्डै २ सय प्रतिनिधिहरुबीच सम्बन्ध विस्तार र मनोरञ्जन समेत भएको दूतावासले जनाएको छ । अमेरिकी दूतावासले कार्यक्रम सफल पार्नमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिएको छ । अमेरिकी सरकारले यस्तो रणनीतिक सम्मेलन अर्को वर्षसमेत गर्ने जनाएको छ ।
    आइमुन हिन्द तथा प्रशान्त क्षेत्रका विभिन्न विषयमा छलफल हुने कार्यक्रम हो । तर आफ्नो वरपर विभिन्न सांस्कृतिक विविधताहरु दर्शाउने अवसरका रुपमा समेत यसलाई लिनुपर्नेमा अमेरिकी सरकारको जोड रहेको छ । ग्लोबल भिलेजमा आआफ्ना देशका विभिन्न संस्कृति र परम्परागत विषय प्रदर्शन गरे । नेपालको तर्फबाट उत्कृष्ट सांस्कृतिक झल्को दिने गीत तथा नृत्य प्रस्तुत भएको थियो । कार्यक्रममा सहभागीले यसलाई निकै महत्वका साथ लिएका नेपाली सहभागिले बताएका छन् ।
    आइमुन २०१९ मा यस पटक इण्डो प्यासिफिक क्षेत्रका अन्तर्राष्ट्रिय सुरक्षा, मानव अधिकारको अवस्था, आर्थिक समृद्धि, लैगिंक समानता लगायतका विभिन्न पक्षमा समूहगत छलफल भएको छ । कार्यक्रममा सहभागीलाई ५ वटा समिति बनाएर सम्बन्धित विषयका विज्ञहरुको प्रस्तुतीकणसमेत राखेर छलफल गरियो ।
    युएनआरसीपीडीका निर्देशक युरी किभोनस्, अन्तर्राष्ट्रिय आप्रवासन संगठनका चिफ अफ मिसन पल नर्टन, विश्व खाद्य कार्यक्रममा सेल्विन हेटन र संयुक्त राष्ट्रसंघ वुमनका कार्यक्रम विज्ञ मियो योकोता लगायतले सहजीकरण गरेका थिए । नेपालका विभिन्न क्षेत्रका विज्ञले समेत कार्यक्रममा आफ्ना धारणा राखे । उनीहरुले क्षेत्रीय विकास मात्र होइन एकअर्काका चासोका विषयको पहिचान तथा सहकार्यमा जोड दिएका छन् ।
    अमेरिकी सरकारको महत्वपूर्ण परियोजनाका रुपमा रहेको इण्डोप्यासिफिक परियोजनाबाट लाभ लिने र अमेरिकी रणनीतिलाई सहयोग गर्ने अधिकांश देशका प्रतिनिधि कार्यक्रममा उपस्थित भएका थिए । यो कार्यक्रमलाई सहयोग आदान प्रदानको अवस्थाका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको थियो । यो कार्यक्रमले एकअर्का देशबीचको सामाजिक, आर्थिक र सांस्कृतिक पक्षको पहिचान तथा विकासमा महत्वपूर्ण सहयोग गर्ने अमेरिकी विश्वास रहेको छ ।

  • न्यूयोर्कमा लिम्बूले धान्दैछन् परम्परा, सिसेक्वा तङ्नाम भव्यरुपमा मनाइयो

    न्यूयोर्कमा लिम्बूले धान्दैछन् परम्परा, सिसेक्वा तङ्नाम भव्यरुपमा मनाइयो

    न्यूयोर्क । नेपाली आप्रवासीको बाक्लो बस्ती न्यूयोर्क अर्को नेपाल पनि हो । हजारौं माइल्स टाढा नेपाली भाषा, साहित्य, कला–संस्कृति, रीतिरिवाज र परम्परालाई न्यूयोर्कका नेपालीले भुलेका छैनन् र छुटाउने गरेकै छैनन् । नेपालभित्रै कतिपय जातजातिका मौलिक परम्परा नष्ट तथा लोप हुँदै छन् तर न्यूयोर्कमा प्रत्येक नेपाली चाडपर्व मनाइन्छ ।
    त्यस्तै पर्वमध्ये एक हो– लिम्बू जातिले मनाइँदै आएको सिसेक्वा तङ्नाम । गत आइतबार न्यूयोर्कको तापक्रम १०० डिग्री माथि थियो, तर न्यूयोर्कका लिम्बूहरुलाई त्यो गर्मीको रापले सिसेक्वा तङ्नाम मनाउन छेकेन । परम्परागत लिम्बू भेषमा सजिएका महिला तथा पुरुषहरुलाई त्यो तापको परवाह नै थिएन । उनीहरु स्थानीय कुइन्स ब्रिजपार्कमा झिसमिसेमा नै भेला भइसकेका थिए । गर्मीले रैनाथे अमेरिकनहरु एयर कण्डिसनको कोठामा गुट्मुटिएका बेला न्यूयोर्कका लिम्बूहरु भने तागाबा र मेख्लीमा सजिएर दिनभर च्याबु्रङ नाच्दै थिए । विशेषगरी लिम्बू जातिले साउने संक्रान्तिको दिन पारेर मनाउने सिसेक्वा, तङ्नाम न्यूयोर्कमा प्रत्येक वर्ष मनाउने परम्परा नै बनिसकेको छ ।


    किराँत याक्थुङ चुम्लुङ अमेरिकाका अध्यक्ष जोसिला युवा वीरेन्द्र हाङ्लाबुङको सभापतित्वमा सम्पन्न सिसेक्वा अतिथिका रुपमा माननीय उपसभामुख शिवमाया तुम्बाहाङ्फेको उपस्थिति पनि रहेको थियो । कार्यक्रममा चलचित्र निर्देशक नविन सुब्बा, किरात याक्थुङ चुम्लुङ नेपालका पूर्वअध्यक्ष तथा लिम्बुवान स्टडी सेन्टरका संयोजक तथा प्रोफेसर अर्जुन लिम्बू लगायत नेपाली वाणिज्य दूतावासका प्रतिनिधि, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा पेशाकर्मीहरुको सहभागितामा अत्यन्त उत्साहजनक तरिकाले सिसेक्वा तङ्नाम मनाइयो । औपचारिक कार्यक्रमको साथमा दिनभरजसो डोरी तान्ने, म्युजिकल चियर, छेलोजस्ता खेलहरु खेलाएर मनोरञ्जन प्रदान गरिएको थियो ।

  • भद्र नायिकाको छबि बनाएकी गरिमा अब ” सिपाहीकि स्वास्नी ” ।

    भद्र नायिकाको छबि बनाएकी गरिमा अब ” सिपाहीकि स्वास्नी ” ।

    काठमाडौ
    नेपाली चलचित्र क्षेत्रमा भद्र नायिकाको छवि बनाएकी नायिका गरिमा पन्तले सिपाहीकी स्वास्नी नामक चलचित्रमा अभिनय गरेकी छन् । नेपालगञ्जका कथाकार महेशविक्रम शाहको कथामा बनेको चलचित्रमा पन्तले अभिनय गरेकी हुन् । वास्तविक नाम कमला पन्त भए पनि उनलाई नेपाली चलचित्र क्षेत्रमा गरिमाको नामले चिन्ने गरिन्छ । उनी तनहुँको पन्त बस्तीमा सन् १९८४ मा जन्मिएकी थिइन् । केही वर्षदेखि उनी बेल्जियम बस्न थालेकी छन् । बेल्जियमका नेपाली धनाढ्य हरि शर्मासँग विवाह गरेर उनी त्यता बस्न थालेकी हुन् । हरि शर्माकी दोस्रो श्रीमतीको रुपमा उनी घरजम गरेपछि बिस्तारै टाढा भएको नेपाली चलचित्र क्षेत्रमा पुनः फर्किन थालेकी छन् । हरि बेल्जियममा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन । उनी त्यहाँका नेपाली व्यवसायीका नेतासमेत हुन् । हरिले चाइनिज श्रीमतीलाई डिभोर्स गरेर गरिमासँग विवाह गरेका हुन्

  • ब्रिटेनमा बोरिस जनसन प्रधानमन्त्री बन्ने पक्का

    ब्रिटेनमा बोरिस जनसन प्रधानमन्त्री बन्ने पक्का

    ब्रिटेनको कन्जर्भेटिभ पार्टीले प्रधानमन्त्री टरिसा मेको उत्तराधिकारीका रूपमा बोरिस जनसनलाई चुनेको छ।
    कन्जर्भेटिभ पार्टिका लगभग एक लाख ६० हजार सदस्यले गरेको मतदानको निर्णय लण्डनमा सार्वजनिक भए पछी बोरिस जनसन ब्रिटेनको प्रधानमन्त्री बन्ने पक्का भएको हो ।दलका सदस्यहरूले साढे दुई साता लगाएर पत्रमार्फत् मतदान गरेका थिए।जनसनले निकटतम प्रतिद्वन्दी जेरेमी हन्टलाई पछाडि पार्दै ब्रिटिश सरकारको नेत्रित्व गर्ने भएका हुंन् ।
    बुधबार बर्तमान प्रधानमन्त्री टेरिसा मेले रजिनामा दिने छिन् र जनसनले प्रधानमन्त्री पदको सपथ लिने छँन् ।यस अगाडि अर्थमन्त्री फिलिम ह्यामन्ड र कानूनमन्त्री डेविड गेउकले जनसन प्रधानमन्त्री भए पदबाट राजीनामा दिने बताएका थिए ।जनसनको सम्भावित जीतलाई ध्यान दिदैँ त्यसको विरोधमा विदेश मन्त्रालयका मन्त्री सर एलन डन्कनले पनि राजीनामा दिएका थिए।
    दलमा वरिष्ठ नेताहरू प्रारम्भ देखीनै जनसनको नेतृत्वमा सरकारमा सहभागी नहुने बताउदै आएका थिए र पनि उनी शुरूदेखिक नै जितको दाबेदार देखिएका थिए। सन् २०१६ मा ब्रिटेनले युरोपेली सङ्घ छोड्नुपर्ने भन्दै प्रचारप्रसारमा लागेको जनसन लन्डनका पूर्व मेयर समेत हुँन् ।
    बिपक्षी लेबर पार्टिका नेता जेरेमी कोर्बिनले आफ्नो ट्विटर मार्फत ” जनसनले उनको दलको समर्थन पाए होलान् तर हाम्रो देशको समर्थन पाएका होईनन् ” भन्दै असन्तुस्टी ब्यक्त गरेका छँन् ।

    एजेन्सी

  • अमेरिकामा आप्रवासीलाई तुरुन्तै देशनिकाला गर्न नयाँ नियम

    अमेरिकामा आप्रवासीलाई तुरुन्तै देशनिकाला गर्न नयाँ नियम

    अमेरिकी सरकारले अदालतलाई छलेर अप्रावासीहरूलाई देशनिकाला गर्न मिल्ने द्रुत प्रकृतिको नयाँ प्रक्रिया मङ्गलवार शुरू गर्दैछ।
    नयाँ नियम अन्तर्गत अमेरिकामा निरन्तर दुई वर्ष बसेको पुष्टि गर्न नसक्ने आप्रवासीहरूलाई तत्कालै उनीहरूको देशमा फर्काउन मिल्छ।
    अहिलेसम्म यस्तो नियम सीमामा गिरफ्तार गरिएका र अमेरिकामा दुई हप्ताभन्दा कम बसोबास गरेका व्यक्तिहरूमा मात्रै लागु थियो।
    अधिकारवादी संस्थाहरूले यो नियमले सयौँ मानिसहरू प्रभावित हुनसक्ने बताएका छन्।
    अमेरिकी सिभिल लिबर्टिज युनियनले यो नियमलाई अदालतमा चुनौती दिने बताएको छ।मङ्गलबार प्रकाशन भएलगत्तै यो नयाँ कानुन कार्यान्वयनमा आउने बताइएको छ।मेक्सिकोसँग जोडिएको दक्षिण सीमा क्षेत्रमा रहेका बन्दीगृहको अवस्थालाई लिएर अमेरिकी आप्रवासन नीतिको हालैका महिनामा आलोचना भएको छ।
    कार्यवाहक आन्तरिक सुरक्षा मामिलामन्त्री केभिन माकालिननले पछिल्लो परिवर्तनले बोझ कम गर्ने र सीमा क्षेत्रका आप्रवासी गृहको क्षमतासम्बन्धी सवालहरू सम्बोधन गर्न मद्दत गर्ने बताएका छन्।
    विश्लेषकहरूले आप्रवासनसम्बन्धी कठोर नीतिलाई राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को पुनर्निर्वाचन अभियानको प्रमुख मुद्दा बनाएको बताएका छन्।

    के परिवर्तन हुँदैछ?

    अमेरिकामा दुई हप्ताभन्दा कम समय बिताएका र सीमाको एक सय ६० किलोमिटर आसपासको दुरीमा पक्राउ गरिएका व्यक्तिहरूलाई तत्काल देशनिकाला गर्न सकिने प्रावधान छ।
    अन्यत्र फेला परेका आप्रवासीहरू र दुई हप्ताभन्दा बढी अमेरिकामा बसिसकेका व्यक्तिहरूबारे अदालती बाटोबाट निर्णय गर्नुपर्छ। त्यस्ता व्यक्तिले वकिल राख्न पाउँथे।
    तर नयाँ नियमले जहाँ पक्राउ परेको भएपनि वकिलसँग पहुँच नदिइकनै उनीहरूलाई देशनिकाला गर्न सकिनेछ।
    डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ठूलो सङ्ख्यामा गैरकानूनी आप्रवासीहरूलाई प्रभावकारी रूपमा नियन्त्रणमा लिन पछिल्लो व्यवस्थाले मद्दत गर्ने उल्लेख गरेको छ।

    को प्रभावित हुन्छन्?

    पिउ रिसर्च सेन्टरका अनुसार अमेरिकामा कागजातविहीन झण्डै एक करोड पाँच लाख आप्रवासी छन्। तीमध्ये वयस्क उमेरका आप्रवासीहरू औसतमा अमेरिकामा १५ वर्ष बसेका छन्।
    अमेरिकी आन्तरिक सुरक्षा मामिला मन्त्रालयले गम्भीर स्वास्थ्य अवस्था रहेका र अमेरिकासँग ‘उल्लेख्य सम्बन्ध’ रहेका व्यक्तिहरूलाई छुट दिन सकिने उल्लेख गरेको छ।
    शरणार्थीको योग्यता पुगेका आप्रवासीहरूलाई शरणार्थी हेर्ने अधिकारीसँग कुरा गर्न दिइने र उनीहरूको दाबी सम्बन्धित अधिकारीहरूले जाँच गर्ने भनिएको छ।कतिपय अधिकारवादीहरूले धेरै आप्रवासीहरूले आफू अमेरिकामा बसेको समय पुष्टी गर्न सङ्घर्ष गर्नुपर्ने बताएका छन्।
    माइग्रेसन पोलिसी इन्स्टिच्युटका वकिल मुज्जफर चिस्टी भन्छन्, “जब चोक वा फ्याक्ट्रीमा तपाईंलाई पक्राउ गरिन्छ, त्यो बेला तपाईं दुई वर्षदेखि बसिरहेको प्रमाणित गर्नसक्नुहुन्न किनभने तपाईं सधैँ सबै कागजपत्र बोकेर हिँड्नु हुन्न।”
    सोमवार नयाँ नियम घोषणा भएको केही घण्टापछि नै अमेरिकी सिभिल लिबर्टिज युनियनले कानुनी चुनौती दिने घोषणा गरेको थियो।
    नर्थवेस्टर्न युनिभर्सिटीका राजनीतिशास्त्रका प्राध्यापक ज्याकी स्टेभेन्सका अनुसार अमेरिकी आप्रवासन निकायले गिरफ्तार गर्नेमध्ये एक प्रतिशत र देशनिकाला गर्नेमध्ये आधा प्रतिशत अमेरिकी नागरिक नै रहने गरेका छन्।
    उनी भन्छिन्, “द्रुतरूपमा देशनिकाला गर्नसक्ने व्यवस्थाले अवस्थालाई अझ खराब बनाउनेछ।”

    ( यो सामाग्री बि बि सि न्युज नेपालीबाट लीएको हो )

  • शिर्षक मात्र पढेर हिंसात्मक कमेण्ट गर्ने दुई प्रहरी अधिकृतको जागिर चट

    शिर्षक मात्र पढेर हिंसात्मक कमेण्ट गर्ने दुई प्रहरी अधिकृतको जागिर चट

    न्यूयोर्क

    फेसबुकमा दिनहुँ सयौं झुठा हेडलाईन भएका समाचारहरु पोष्ट भएका हुन्छन् । पाठकलाई आकर्षित गरी लिंक थिच्न वाध्य पार्ने यस्ता झुठा शिर्षक भएका फेसबुकमा देखिने समाचारमा शिर्षक मात्र पढेर कमेन्ट गर्ने २ जना प्रहरी अधिकृतको अमेरिकामा जागिर नै गएको छ । लुजियाना राज्यका एक प्रहरी अधिकृतले न्यूयोर्क राज्यकी डेमोक्र्याटिक पार्टीकी प्रतिनिधिसभा सदस्य अलेक्जेन्ड्रा वोकासियो – कोर्टेजलाई लक्षित गर्दै “शुड बि शट्” भन्दै झुठो समाचार शेयर गरेर क्याप्सनमा लेखेपछि उनलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ ।
    लुजियाना राज्यको ग्रेट्ना पुलिस डिपार्ट्मेन्टमा कार्यरत प्रहरी अधिकृत चार्ली रिस्पोलीले आफ्नो ब्यक्तिगत फेसबुक पेजमा लेखेको उक्त हिंसात्मक कमेन्टलाई एन अो एल ए (NOLA) डट कमले पहिलो पटक प्रकाशित गरेको थियो । फिलाडेल्फिया प्रहरीका केही बहालवाला प्रहरी अधिकृतहरुले गत हप्ता नस्लबादी स्टाटस् फेसबुकमा लेखेपछी १३ जना प्रहरीलाई जागिरबाट निकालिएको र ५० जनालाई सस्पेन्ड गरिएको केही दिनपछि लुजियानाका प्रहरीले फेसबुकमा लेखेको यो दोश्रो राष्ट्रिय घटना हो । रिस्पोलीले Tatersgonnatate डट कम नामक एक डोमिनले प्रतिनिधि सभा सदस्य कोर्टेजको भनाई भन्दै – “हामीले सेनालाई अधिकतम तलब दिंदै आएका छौ” शिर्षकमा प्रकाशित लिंक राखेर उक्त हिंसात्मक कमेन्ट गरेका थिए । रिस्पोलीले कोर्टेजले कँग्रेसमा काम गर्नुभन्दा पहिला गर्दै आएको बार टेन्डरको जागिर खान गए हुने भनेर पनि कमेन्ट गरेको र उनीसंगै काम गर्ने अर्का प्रहरी अधिकृत एन्जेलो भारिस्कोले कमेन्टमा पटक पटक लाईक गरेका कारण दुबै प्रहरी अधिकृत जागिरबाट निकलिएको सि बि एस न्युजले लेखेको छ । घटनालाई ग्रेट्ना प्रहरी प्रमुखले “आफ्नो डिपार्टमेन्टको लागि उदेक लाग्दो” भनेर प्रतिकृया दिएका छन् । प्रहरी अधिकृत रिस्पोलीले लेखेको उक्त पोष्ट र कमेन्टलाई गत शुक्रबार अनुसन्धानमा लिईएको थियो भने शनिबारदेखि रिस्पोलीको फेसबुक पेज बन्द गरिएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले ४ जना महिला प्रतिनिधि सभाका सदस्य लक्षित गर्दै आफ्नो ट्विटरमा “आफ्नै देश फर्किनु” भन्ने आसयको पोष्ट गरेपछि पछिल्लो समय अमेरिकामा नस्लबादी कृयाकलापमा बृद्धि भएको छ । गत हप्ता न्यूयोर्क कुईन्समा एक हिन्दू पूजारीलाई कुटिएको छ भने गत शुक्रबार जर्जियास्थित एक सुपर मार्केटमा पैसा तिर्ने लाईनमा बसेको समयमा ईरिका थोमस नामकी डेमोक्र्याटिक दलमा विश्वास राख्ने एक अफ्रिकन अमेरिकन महिलालाई श्वेत बर्णका एक ब्यक्तीले “गो ब्याक टु योर वन कन्ट्री” भनेको समाचार सार्वजनिक भएको थियो । गत ९ तारिक न्युयोर्क ब्रोंक्स स्थित एक निर्माण काममा हेलमेट लगाएर काम गर्दै गरेकी एक हिस्पेनिक मुलकी महिलालाई अर्की एक महिलाले “गो ब्याक टु योर कन्ट्री” भन्दै उनकै हेलमेट थुतेर कुटेको समाचार पनि सार्वजनिक भएको थियो ।

  • कोस्टारिकामा विषाक्त रक्सी पिउँदा १९ जनाको मृत्यू

    कोस्टारिकामा विषाक्त रक्सी पिउँदा १९ जनाको मृत्यू

    कोस्टारिकामा विषाक्त रक्सी सेवन गर्दा १९ जनाको मृत्‍यु भएको छ भने निक्कैको संख्यामा मानिसहरु बिरामी भएका छन् । कोस्टारिकास्थित स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यू हुनेमा ३२ देखि ७२ वर्षसम्म उमेर समुहका १४ जना पुरुष र ५ जना महिला छन् । मन्त्रालयका अनुसार ती मानिसहरुले सेवन गरेको रक्सीमा मिथानोलको मात्रा अत्याधिक धेरै हालिएको थियो । कोस्टारिकामा बिक्री गरिदै आएको गुआरो मोन्टानो, गुआरो ग्रान अपाची, अगार्ड्डिन्टे ईस्ट्रेला, अगार्ड्डिन्टे, बरोन रोजो अगार्ड्डिन्टे, टिम्बुका, मोलोटोब, अगार्ड्डिन्टे नामका रक्सीहरु विषालु भेटिएको पनि मन्त्रालयले जनाएको छ । कोस्टारिकन सरकारले अहिले ३० हजार बोतल विषाक्त रक्सी जफत गरेर अनुसन्धान गरिरहेको छ ।

    विश्व स्वास्थ्य संगठनले कोस्टारिकामा बिषादियुक्त रक्सीका कारण मानिसहरुको मृत्‍यु भएको प्रसंगमा भनेको छ “रक्सीमा मिथानोलको प्रयोग ज्यादा हुँदा मानिसको मृत्‍युको साथै कोमामा जाने र अन्धो पनि हुने गर्दछ ।कहिले काँही बिषाक्त रक्सीको असर तुरुन्त नदेखिन पनि सक्दछ तर यसले लामो समयसम्म टाउको र पेट दुख्ने पनि हुन सक्दछ।

    सो सम्वन्धमा राष्ट्रपति कार्लोस् अल्भाराडोले बिज्ञप्ती प्रकाशित गरी घटनाको कारण अफसोच लागेको र सरकारले तथ्यांक संकलन गरेर कारबाही प्रकृया अगाडि बढाएको बताएका छन् ।

    श्रोत : द टिको टाईम्स

  • अमेरिकामा राष्ट्रपतिको फोटो भएको ट्वाईलेट पेपर,कट्टु र जुत्ता प्रयोग गर्न पनि छुट छ

    अमेरिकामा राष्ट्रपतिको फोटो भएको ट्वाईलेट पेपर,कट्टु र जुत्ता प्रयोग गर्न पनि छुट छ

    विश्वन्यूज / न्यूयोर्क

    उस्तै राजनीतिक ब्यवस्थाको प्रयोग गरी रहेको संघीय गणतन्त्र नेपालमा “राष्ट्रपतिले डेढ अरबको हेलिकप्टर चढेर हिड्छिन” भन्ने शब्द राखेर गीत बनाएको कारण लाखौं जनताको मुख मुखमा झुण्डिएको गायक पशुपति शर्माको गीत नै प्रतिबन्धित भयो । तर त्यस्तै प्रकारको राजनैतिक ब्यवस्था रहेको अमेरिकामा भने राष्ट्रपतिको तस्बिर भएको ट्वाइलेट पेपर नै खुल्ला रुपमा बिक्रि बितरण गरिन्छ साथै प्रयोग पनि गरिन्छ भन्दा धेरै नेपालीलाई बिश्वास नलाग्न सक्छ। तर यो सत्य हो । ईकोनेक, रिचबुम र मिन्च १ नामक कम्पनीद्वारा निर्मित डोनाल्ड ट्रम्पको रंगिन र श्याम स्वेत तस्बिर भएको ट्वाईलेट पेपर एमेजोन, ईबेले बिक्रीवितरण गर्दै आएका छन् । तिन तह भएको नरम ट्वाईलेट पेपरमा बर्तमान राष्ट्रपतिको २०० प्रत्येक टुक्रामा पुर्ण अनुहार देखिने तस्बिर राखिएको छ। ट्वाईलेट पेपरमा ट्रम्पको तस्बिर श्याम स्वेत र रंगिन दुवैमा बिक्रि गरिंदै आएको छ ।ट्वाईलेट पेपर मात्र होईन कतिपय कम्पनीले त शौचालय प्रयोग गरेपछि भएको फोहोर सफा गर्ने ब्रसमा समेत बर्तमान राष्ट्रपतिको मुर्ति नै राखेर बिक्रि गर्दै आएका छन् । ती कम्पनीहरुले राष्ट्रपति ट्रंपको मात्र होईन पूर्व राष्ट्रपतिहरुको समेत फोटो प्रयोग गरेर ट्वाईलेट पेपर निर्माण गर्दछन र बिक्रि गर्दै आएका छन् ।अझै “ईट्से” नामक एक अनलाईनले त ट्वाइलेट प्यान छोप्ने लिडमा नै ट्रम्पको तस्बिर राखेर बिक्रि गर्दै आएको छ । त्यस्तै इबेले प्यानको सिट वालमा टाँस्ने स्टिकर, टिस्यु बक्स बिक्रि गर्दै आएको छ ।

    अमेरिकामा राष्ट्रपति लगायत थुप्रै चर्चित मानिसहरुको तस्बिर राखेर जुत्ता, मोजा, अन्डरवेर, पेन्टी लगायतका अण्डर गार्मेण्ट्स तथा हाफ प्यान्ट लागायतका सामग्री बिक्रि वितरण गर्दै आएका छन् । जुन अमेरिकामा गैह्र कानूनी मानिदैन ।

  • जापानको एक एनिमेशन स्टुडियोमा आगजनी – कम्तीमा २३ को मृत्‍यु

    जापानको एक एनिमेशन स्टुडियोमा आगजनी – कम्तीमा २३ को मृत्‍यु

    जापानको क्योटोस्थित एउटा एनिमेशन स्टुडियोमा भएको आगलागिमा कम्तीमा २३ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।
    स्थानीय सञ्चारमाध्यमहरूले प्रहरीलाई उद्धृत गर्दै भनेका छन् – एक जना ४१ बर्शिय मानिस ‘क्योटो एनिमेशन को’ स्टुडियोमा प्रवेश गरेको र ति सन्धिग्द ब्यक्तीले नै आगो लगाईदिएका हुंन् । नाम नखुलाईएका ति सन्धिग्द ब्यक्तीलाई पक्राउ गरिएको र घाईते भएका कारण अस्पताल लगिएको छ । केही मानिसहरूको अवस्था अझै पनि अज्ञात छ।जापानी प्रधानमन्त्री शिन्जो आबेले उक्त घटनाप्रति खेद व्यक्त गर्दै त्यसको पीडा शब्दमा व्यक्त गर्न नसकिने बताएका छन्।
    उनले मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

    स्टुडियो भएको तीनतले भवनमा स्थानीय समयानुसार बिहान १०:३० बजे आगो लागेको थियो। प्रत्यक्षदर्शीहरूले आगो लागेपछि ठूलो विस्फोटनको आवाज सुनेको बताएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
    समाचार श्रोत : बि बि सि

  • हजुरबुवाले ठट्टामा रक्सी पिलाउँदा नाबालकको मृत्यु

    हजुरबुवाले ठट्टामा रक्सी पिलाउँदा नाबालकको मृत्यु

    चीनमा हजुरबुवाले आफ्नो एक महिनाको अबोध नातीलाई पारिवारिक भोजमा रक्सी (अलकोहल) सेवन गराउँदा ती शिशुको मृत्‍यु भएको छ । गत जुलाई १२ तारिख, नाम नखुलाईएका ती नवजात शिशुको एक महिना पुरा भएको खुसियालीमा उनलाई आशिर्बाद दिनको लागि बेइजिङ्स्थित घरैमा पारिवारिक भोज आयोजना गरिएको थियो । सिन चिऊ डेलीका अनुसार खानपिन मस्त चलिरहेको थियो, त्यतिकैमा ती शिशुका हजुरबुवाको छेऊमा बसेका एक नातेदारले काखमा राखेको बच्चा देखाउँदै “नातीले रक्सी नखाई हजुरबुवाले चियर्स् गर्न मिल्दैन” भनेर ठट्टा गरेपछि हजुरबुवाले नातीलाई एक घुट्को रक्सी खुवाएका थिए । रक्सी खाएको केही समयमा नै नाबालकको श्वास प्रश्वासमा समस्या भएपछि नजिकैको अस्पतालमा पुर्याउँदा शिशुलाई मृत घोषित गरिएको थियो ।
    नेशनल क्यापिटल पोइजनिङ सेन्टरका अनुसार नवोजात शिशुहरुलाई रक्सीले छिट्टो असर गर्ने हुँदा गम्भिर बिरामी हुने तथा कहिले काँही मृत्‍यु समेत हुने गर्दछ । बश्यक मानिसको शरीरले भन्दा बच्चाको शरिरले मादक पदार्थ छिट्टो लिने गर्दछ ।

    एजेन्सी

  • अमेरिकी सदनमा राष्ट्रपती ट्रम्प बिरुद्ध संकल्प प्रस्ताब पारित

    अमेरिकी सदनमा राष्ट्रपती ट्रम्प बिरुद्ध संकल्प प्रस्ताब पारित

    न्युयोर्क

    अमेरिकी सदनले आधिकारिक रुपमा राष्ट्रपति ट्रम्पको नस्लबादी भाषा प्रयोग गरिएको ट्विट्लाई निन्दा गर्दै संकल्प प्रस्ताव पास गरेको छ । सदनमा मंगलबार राष्ट्रपति ट्रम्पको बिरुद्ध पास गरिएको संकल्प प्रस्तावको पक्षमा २४० मत परेको थियो भने बिपक्षमा १८७ मत परेको थियो । ४ रिपब्लिकन प्रतिनिधि सभा सदस्य र एक जना स्वतन्त्रत सदस्यले पनि ट्रम्पको बिवादास्पद ट्विट बिरुद्धको संकल्प प्रस्तावमा मतदान गरेका थिए ।
    राष्ट्रपति ट्रम्पले गत अाईतबार डेमोक्र्याटिक पार्टीका तर्फबाट प्रतिनिधित्व गरेका ४ महिला सदस्यहरुलाई “जुन देशबाट आएको हो त्यही देशमा फर्किनु” भन्ने अभिब्यक्ती नस्लबादी भएको भन्दै केही दिनदेखि अमेरिकी राजनीति निकै तातेको छ ।ट्रम्पको उक्त ट्विट् बिबादमा परेपछि आफ्नो अभिब्यक्ती नस्लबादी नभएको र धेरै मान्छेले मन पराएको भन्दै उनले आफ्नो बचाउ गर्दै आएका छन् ।ट्रम्पले प्रतिनिधि सभाका ४ जना महिला सदस्यहरुलाई आफ्नै देश फर्किएर गए हुन्छ भनेको केही दिन पछी आज मंगलवार उनले “उमन – फर ट्रम्प २०२०” भन्ने चुनावी अभियान समेत शुरु गरेका छन् ।

    श्रोत : एजेन्सी

  • नेपाल अमेरिका पत्रकार संघका अध्यक्षद्धारा राजिनामा

    नेपाल अमेरिका पत्रकार संघका अध्यक्षद्धारा राजिनामा

    न्युर्योक
    कार्यकाल सकिन १० महिना बाँकी हुँदा नेपाल अमेरिका पत्रका संघ (नेजा)का अध्यक्ष सुदिप पन्तले राजिनामा दिएका छन् । झण्डै एक बर्ष अघि अमेरिकाको सियाटलमा भएको अधिबेसनबाट सर्वसम्मत चुनिएका अध्यक्ष पन्तले नेजा सचिबालयमा ईमेल मार्फत राजिनामा बुझाएका छन् । अध्यक्षको जिम्मेवारी बहन गर्न समय र पारिवारीक कारणले कठिनाई उत्पन्न भएको उल्लेख गरेका छन् । उनको अकस्मात आएको राजिनामाले कार्य समितीका पदाधिकारीहरु समेत आश्चार्यमा परेका छन् । आज आइतबार बस्ने कार्यसमितीको बैठकले अध्यक्षको राजिनामा स्विकृत गरे उपाध्यक्ष बिकासराज न्यौपानेले अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । डेढ महिना अघि मात्र टेक्सासको ड्यालासमा साधारण सभा सम्पन गरेको नेजाले ग्रैह आवासिय नेपाली एनआरएनएको चुनाबी बहस समेत चलाएको थियो ।

  • ठगि आरोपमा नेपालीलाई जेल चलान

    ठगि आरोपमा नेपालीलाई जेल चलान

    अमेरिकी आदालतले ठगी आरोपमा एक नेपालीलाई जेल चलान गर्ने फैसला गरेको छ । अमेरिकामा रहेका नेपालीलाई नै ठगी गरेको पुष्टी भएपछि अमेरिकी जिल्ला अदालत उत्तर क्यालिर्फोर्नियाले किशोर चौधरीलाई एक बर्ष एक दिन काराबास सजाय तोकेको हो ।उनले ९ जना नेपालीबाट २ लाख ६ हजार डलर ठगी गरेको पुष्टि भएपछि जेल जानु परेको हो ।जेल जादैंमा उनले तिर्ने रकम मिनाहा भने हुने छैन । उनले जेलमा रह“दा प्रत्येक तिन महिनामा कम्तीमा २५ डलर रुपैंया तिर्नुपर्ने छ । जेलबाट छुटेपछि उनले महिनाको ३ सय डलर वा आफ्नो कमाईको १० प्रतिशत अपराधी नियन्त्रण आर्थिक बिभागलाई बुझाउनुपर्ने छ । त्यहि सरकारी संस्थाले पिडीतलाई थोरै थोरै मात्रामा रकम फिर्ता गरिदिनेछ । चौधरीले जुलाई ९ मा क्यालिफोर्नियामा रहेको कारागारमा उपस्थित हुन आदेश दिएको थियो । तर चौधरीले अदालतसंग घरायसी ब्यवस्था मिलाउनुपर्ने भन्दै केहि समय मागेपछि अदालतले उनलाई केहि समयपछि मात्र कारागार जाने आदेश दिएको छ ।

  • ४२ बर्ष पछि बिद्युत आपूर्ति बन्द हुँदा न्युयोर्कमा अन्धकार  र हाहाकार

    ४२ बर्ष पछि बिद्युत आपूर्ति बन्द हुँदा न्युयोर्कमा अन्धकार र हाहाकार

    न्युयोर्क
    संसार कै ब्यस्त मध्येको एक न्यूयोर्क स्थित म्यानह्याटन शहरमा शनिबार साँझ बिद्युत अबरुद्ध हुँदा पर्यटकीय क्षेत्र टाईम्स स्क्वायर रेष्टुरेण्ट क्षेत्र र हेल्स किचेन लगायतको ठुलो हिस्सामा अन्धकार हुन पुगेको छ । झण्डै ९० डिग्री तापक्रमले तातिएको न्युयोर्कमा एकाएक बिद्युत अबरुद्ध हुँदा जमिन मुनीबाट चल्ने रेल सेवा अबरुद्ध हुन पुगेको छ भने अग्ला भवनका एलिभेटरहरु बन्द हुँदा हजारौं मानिसलाई आफ्नो अपार्टेमेण्टसम्म हिंडेर उक्लिन अप्ठेरो परेको छ ।बिद्युत आपूर्ती बन्द भएको क्षेत्रका सडक बत्तीले काम गरेका छैनन् । बिद्युत आपूर्ती गर्दै आएको संस्था कन एडिसनले ४४ हजार ग्राहक संख्या प्रभाबित भएको प्रतिकृया दिएको छ । ट्रान्स्फर्मरमा आगो लाग्दा बिद्युत सेवामा समस्या आएको कन एडिसनले बताएको छ भने बेलुकी ११ बजेसम्म बिद्युत आपूर्ती सामान्य हुने अनुमान छ ।

    न्यूयोर्क फायर डिपार्टमेण्टले ५ औं एभिन्यु पश्चिम ७२ स्ट्रिटदेखि ४० स्ट्रिटसम्मका बासिन्दाहरुबाट लगातार फोन आएको बताएको छ । थुप्रै मानिस एलिभेटरमा अड्किएको खबर समेत प्राप्त भएको छ । यस् अगाडि संन् १९७७ मा पनि जुलाई १३ कै दिन न्युयोर्कमा बिद्युत आपूर्ति बन्द भएको थियो ।

  • साउदी अरेबियामा अब महिलाले विदेश जान र राहदानी लिन पुरुषको सिफारिस लिनु नपर्ने

    साउदी अरेबियामा अब महिलाले विदेश जान र राहदानी लिन पुरुषको सिफारिस लिनु नपर्ने

    साउदी महिलाहरुले जिवनमा पहिलो पटक आफ्नो पतिको स्विकृती बिना विदेश भ्रमणमा जान पाउने कानून पास भएको छ । यसभन्दा अगाडी साउदी अरेबियन जुन सुकै उमेरका महिलाले विदेश भ्रमणमा जाँदा होस् वा राहदानी लिंदा नजिकका पुरुष नातेदारको स्विकृती लिनै पर्ने कानूनी ब्यवस्था रहदै आएको छ । अभिभावकत्व सम्बन्धि नयाँ ब्यबस्था भने यसै वर्षदेखि तत्काल लागू हुने बताईएको छ । परिमार्जित कानूनको नयाँ ब्यवस्थाले साउदी अरेबियामा महिलाले आफैले गाडी चलाएर हिड्न पाउने ब्यवस्था पनि हालसालै गरेको थियो । त्यही सुधार अन्तर्गत महिलाहरुले देश छोड्दा अब नजिकका पुरुष नातेदारको स्विकृती लिनु नपर्ने ब्यबस्था गरेको हो । यस अगाडी महिलालाई विदेश भ्रमण गर्न स्वीकृति दिने या नदिने भनेर एउटा सरकारी एप प्रयोग गरेर पुरुषहरुले राय दिदै आएका थिए । यो नयाँ सुधार पछि त्यो एप खारेज हुनेछ । यद्यपी बिबाह गर्नको लागि भने अझै पनि पुरुष अभिभावकको स्विकृती लिनु पर्ने छ ।

    पछिल्लो समय देश छोडेर भाग्ने र राज्यको कानूनका कारण पुरुष नातेदारको दास बनेर जीवन जिउनु परेको आरोप सहित बिदेशी भूमीमा शरण लिने क्रम बढेपछि अभिभावकत्व सम्बन्धि नियममा परिवर्तन गरिएको हो ।

    एजेन्सी

  • ३६ हजार फिटमा जहाज टर्बुलेन्समा पर्दा ३७ जना घाईते

    ३६ हजार फिटमा जहाज टर्बुलेन्समा पर्दा ३७ जना घाईते

    क्यानाडादेखि अस्ट्रेलिया जाँदै गरेको एक जहाज अकल्पनीय टर्बुलेन्समा पर्दा दर्जनौ यात्रु घाईते भएका छन् । अस्ट्रेलिया जाँदै गरेको एयर क्यानाडा उडानले ३७ जना घाईतको उपचारार्थ हिजो बिहिबार हनलुलुमा आकस्मिक अवतरण गरेको थियो । घाईते मध्ये ९ जनालाई गम्भिर चोट लागेको बताईएको छ । ३० जनालाई उपचारको लागि अस्पताल लगिएको छ । धेरै उचाईमा उडेको जहाज टर्बुलेन्समा परेपछि जहाज एक्कै पटक निक्कै तल झरेको कारण यात्रुहरु लगेज कम्पार्टमेण्टमा र जहाजको सिलिङ्गमा ठोक्किन पुगेका थिए ।

    जहाजले हवाईबाट २ घण्टा टाढाको दुरी तय गरि सकेको थियो । तर जानकारी बिनाको डरलाग्दो टर्बुलेन्समा जहाज परेपछि हनलुलु फर्काईएको एयर क्यानाडाको प्रबक्ता एन्जिला महले जारी गरेको बिज्ञप्तिमा जनाईएको छ । जहाजमा यात्रा गरेका यात्रुले भनेका छन् “जहाज टर्बुलेन्समा परेपछि पाईलटले रेडियोमा भनेका थिए, टर्बुलेन्सलाई राडारमा देखिएको थिएन । त्यस्तो एयर ड्रप हुदैछ भन्ने चेतावनी देखिएको थिएन” ।
    बोईङ्ग ७७७-२०० मा जम्मा २६९ जनाले यात्रा गरी रहेका थिए भने जहाज हनलुलु भन्दा ९ सय ६६ किलोमिटर दक्षिण पश्चिम तर्फ ३६ हजार फिटमा उडिरहेको थियो ।
    श्रोत : याहु न्युज