विश्व न्यूज संवाददाता
टेक्सस ।
नेपाली समाज टेक्ससले जुलाई १४ देखि समर क्याम्प संचालन गर्ने भएको छ । यसैगरी समाजले स्मारिका समेत प्रकाशन गर्ने भएको छ । आइतवार समाजले पत्रकार सम्मेलन गर्दै कक्षा १ देखि ८ सम्म अध्ययनरत् बालबालिकाको सहभागिता समर क्याम्पमा रहने जानकारी गराईयो ।
स्वामी चिन्तामणी योगीले सहजीकरण गर्ने समर क्याम्पमा बालबालिकाहरुलाई पूर्वीय दर्शन, धर्म, संस्कृति र संस्कारका बारेमा व्यवहारिक शिक्ष्ाँ प्रदान गरिने बताइयो ।
समाजले नेपाली पाठशाला समेत लामो समयदेखि संचालन गर्दै आएको छ । यसैगरी समाजले स्थापनादेखि अहिलेसम्म भएका गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने जनाएको छ । यस्तैं, समाजले आफ्नो निम्ति सामुदायिक भवन बनाउने समेत जनाउदैं आजिवन सदस्य वितरणको कामलाई समेत तिव्र पारिने बताएको छ ।
पत्रकार सम्मेलनमा समाजका अध्यक्ष सुमन थापा, महासचिव भक्त भण्डारी, पूर्व महासचिव विजयराज भट्टराई, नेपाली पाठशालाका संयोजक भोज वहादुर बलायर लगायतले धारणा राखेका थिए ।
Author: Bijaya Poudel
-

समाजले समर क्याम्प गर्ने
-

जनसम्पर्क समिति वेष्ट टेक्ससद्धारा एनआरएनए अध्यक्ष सम्मानित
विश्व न्यूज संवाददाता
टेक्सस ।
नेपाली जनसम्पर्क समिति अमेरिका वेष्ट टेक्सस च्याप्टरको आयोजनामा शनिवार विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । समितिले गैर आवासीय नेपाली संघ अमेरिकाका नवनिर्वाचित अध्यक्ष सुनील साह, नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष कविर राणा र देशान्तर साप्ताहिकका सम्पादक विनय देवकोटालाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दैं नेपाली कांग्रेस महासमिति सदस्य हरीबोल भण्डारीले गैर आवासीय नेपालीको पक्षमा साहको नेतृत्वको समितिले प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे । त्यस्तैं, उनले लोकतान्त्रिक मूल्य र मान्यतालाई सुदृढिकरण गर्न पत्रकारितामार्फत अझ बढी योगदानको आवश्यकता मूलुकले राखेकोमा जोड दिएका थिए ।
यसैगरी, सो अवसरमा बोल्दैं एनआरएनए अमेरिकाका नवनिर्वाचित अध्यक्ष साहले सबैं गैर आवासीय नेपालीको सहयोग र सल्लाहवाटैं गैर आवासीय नेपालीकैं पक्षमा काम गर्ने तर्फ आफू लागिपर्ने बताए ।
एनआरएनए अमेरिकाको निर्वाचन समिति सदस्य खड्ग उप्रेती, नवनिर्वाचित सचिव अमृत कट्टेल, एनआरएनए अमेरिकाका प्रवक्ता विनोद तिवारी लगायतको सहभागिता रहेको जनसम्पर्क समिति वेष्ट टेक्सस समितिका कार्यवाहक सभापति प्रविण घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार शैलेश आचार्य, कविर राणा लगायतले धारणा राखेका थिए । -

ईतिहास रच्दै पुगे राष्ट्रपती ट्रम्प उत्तर कोरिया
राष्ट्रपती डोनाल्ड ट्रम्पले उत्तर कोरियन भुमिका पाईला राख्ने पहिलो बहालवाला अमेरिकन राष्ट्रपतीको ईतिहास् रचेका छन् ।राष्ट्रपती ट्रम्प आज अाईतबार उत्तर कोरिया पुगेका हुँन् ।
राष्ट्रपती ट्रम्पको साथ भ्रमणमा रहेका संचारकर्मीहरुका अनुसार उत्तर र दक्षिण कोरियाको सिमाना छुट्याएको सिमेन्टको स्ल्याब कट्ने बित्तिकैको विध्वंसित क्षेत्र(डिमेलिटराइज जोन)मा अमेरिकी राष्ट्रपती ट्रम्प र उत्तर कोरियाका राष्ट्रपती किम जोन ऊनले हात मिलाएका थिए ।उत्तर कोरिया पुग्ने पहिलो बहालवाला राष्ट्रपती भए पछी ट्रम्पले आफुलाई सम्मानित महसुस भएको प्रतिकृया दिएका छन् ।समाचार श्रोतका अनुसार राष्ट्रपती ट्रम्पले उत्तर कोरियाका राष्ट्रपती किम जोन ऊनलाई व्हाईट हाऊस भ्रमणको निम्तो समेत दिएका छन्।
एजेन्सी -

फेमिली पेटिसनको रिसिप्ट आयो तर एप्रुभल लेटर आएन, के गर्ने होला ?
रमेश श्रेष्ठ
कानुन व्यवसायी, न्युयोर्कमैले युएससीआईएसमा एसाइलमको निवेदन गरेको थिएँ । मेरो विवाहपछि मेरो श्रीमान्को युएस सिटिजनसिप प्राप्त भएकाले उहाँसँगै फेमिली पेटिसन गरें । त्यसपछि मेरो एसाइलमको निवेदन विथड्र गरें । तर पछि युएससीआईएसबाट सोही एसाइलमको निवेदनलाई कोर्टमा पठाई फेरि अन्तरवार्ताका लागि चिट्ठी पठाएको छ । मेरो युएससीआईएसमा पेश गरेको फेमिली पेटिसनको रिसिप्ट लेटर प्राप्त भयो । तर, एक वर्ष भयो एप्रुभल लेटर आएको छैन । अब मैले के गर्नुपर्छ होला, सुझाव पाए आभारी हुने थिएँ ।
डोमा शेर्पा, न्यूयोर्कडोमाजी, अमेरिकी अध्यागमनले कुनै पनि विदेशी नागरकको भिसा नभएको वा कुनै पनि लिगल स्टाटसमा नभएको भन्ने जानकारी पाएपछि सो विदेशी नागरिकलाई रिमुभल प्रोसिडिङमा राखी कारबाहीका लागि इमिग्रेसन कोर्टमा पठाउनुपर्ने हुन्छ । तपाईंको केसमा पनि तपाईंको श्रीमान्ले अमेरिकी नागरिकता प्राप्त गरेर उहाँले तपाईंका लागि भिसा पेटिसन (आई–१३०) युएससीआईएसमा पेश गरे तापनि तपाईंको भिसा स्टाटस अहिले पनि गैरकानूनी नै रहेको मानिनेछ । त्यसैले तपाईंले एसाइलमको निवेदनतलाई लिखितरुपमा फिर्ता लिए पनि तपाईंको भिसा नभएको वा गैरकानूनीरुपमा अमेरिकामा बसेको भन्ने युएससीआईएसलाई लागेकाले कारबाहीका लागि तपाईंको केस इमिग्रेसन कोर्टमा पठाएको हुनुपर्छ । माथि उल्लेख गरेअनुसार एसाइलमको निवेदनमा कोर्टमा पठाउनु भनेको तपाईंलाई अमेरिकाबाट निष्काशनका लागि रिमुभल प्रोसिडिङमा राखेको हुनुपर्छ । यस अवस्थामा यदि तपाईंंलाई इमिग्रेसन कोर्टबाट सुनुवाइका लागि नोटिस आइसकेको छ भने उक्त सुनुवाइ मिटिमा अनिवार्यरुपमा कोर्टमा तोकेको मिति, समय र स्थानमा उपस्थित हुनुपर्नेछ । त्यस अवस्थासम्म यदि तपाईंको श्रीमान्ले पेश गर्नुभएको पेटिसन स्वीकृत भएको छैन भने कोर्टको केसलाई लम्ब्याएर राख्नुपर्ने हुन्छ । तपाईं रिमुभल प्रोसिडिङमा भएकाले तपाईंको आई–१३० पेटिसन स्वीकृत भए पनि उक्त प्रोसिडिङ टर्मिनेट नभएसम्म एड्जष्टमेन्ट अफ स्टाटस अर्थात् ग्रीनकार्ड प्राप्त भने गर्न सक्नु हुने छैन । त्यसरी नै यदि सुनुवाइको मितिमा कोर्ट जानु नभएमा तपाईंको अनुपस्थितिमा इमिग्रेसन जजले तपाईंको विरुद्धमा डिपोर्टेसन अर्डर पनि जारी गर्न सक्नेछ । डिपोर्टेसनको अर्डर जारी भएको खण्डमा तपाईंको युएस सिटिजन श्रीमान्ले पेश गर्नुभएको आई–१३० पेटिसन एप्रुभ भए पनि तपाईं ग्रीनकार्ड प्राप्त गर्न अयोग्य हुनुहुनेछ र तपाईंको केस धेरै कम्प्लिकेकेड हुनेछ । त्यसैले अनुभवी इमिग्रेसन लयरको सहयोग लिन सुझाव छ ।
-

न्यूयोर्कमा किन गर्दैछन् प्रहरीले श्रृङ्खलाबद्ध आत्महत्या – अर्को प्रहरीले ठोके आफैलाई गोली
न्युयोर्क
न्यूयोर्क प्रहरीमा कार्यरत ५३ वर्षिय प्रहरी अधिकृत केभिन प्रेसिसले लङ्अाईल्याण्डस्थित आफ्नै निवासमा गोली प्रहार गरी आत्महत्या गरेका छन् । प्रहरी श्रोतका अनुसार गत बुधबार राती अन्दाजी ९ बजेर ५० मिनेटको समयमा टाउकोमा गोली लागेको अवस्थामा भेटिएका प्रेसिसलाई तत्काल मृत घोषित गरिएको थियो । प्रहरी अधिकृत प्रेसिसको आत्महत्या पछी न्यूयोर्क शहरमा जुन महिना भित्र आत्महत्या गर्ने प्रहरीको संख्या ४ पुगेको छ । प्रेसिस लगायत न्यूयोर्क शहरमा कार्यरत ६ जना प्रहरीले यो बर्ष भित्र आत्महत्या गरेका छन् ।
प्रहरी श्रोतका अनुसार ५३ वर्षिय बिबाहित प्रेसिसले आत्महत्या गरेको दिन उनले न्यूयोर्कस्थित प्रहरी सेवा शुरु गरेको २५ बर्ष पुरा हुन ३ दिन मात्र बाँकी थियो । उनी ब्रोंक्स स्थित ५० प्रिसेन्टमा कार्यरत थिए । यस अगाडि जुन महिनाको ५, ६ र १४ तारिखका दिन ३ जना प्रहरीले आफैलाई गोली प्रहारगरी आत्महत्या गरेका थिए ।
एजेन्सी । -

इण्डो प्यासिफिकबारे चिन्ता नलिन परराष्ट्रमन्त्री ज्ञवालीको आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इण्डो प्यासिफिकका विषयमा धेरै चिन्ता नलिन सबै पक्षलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले चिन्ता लिन नहुनेमा जोड दिएका हुन् । अमेरिकी परराष्ट्र नीति इण्डो प्यासिफिक भएकाले उसको दृष्टिकोण र विश्लेषणबाट भन्दा पनि हामीले हाम्रो फाइदाका बारेमा सोच्नुपर्नेमा जोड दिँदै उनले हामीले अरुको नीतिभन्दा पनि आफ्नो फाइदा के हुन्छ भन्ने कुरामा सोच्नुपर्नेमा जोड दिएका छन् ।
प्रतिनिधिसभाको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले राजहाँस जस्तै दुध र पानी छुट्टाउन नेपाल सक्षम रहेको भन्दै इण्डोप्यासिफिक राण्नीतिका विषयमा धेरै टिका टिप्पणी आवश्यक नरहेकोमा जोड दिएका छन् । प्रतिनिधिसभा सदस्यहरुले नेपाल अमेरिकाको गोटी बनेको र इण्डोप्यासिफिकमा सामेल भएको टिप्पणी गरेपछि परराष्ट मन्त्री ज्ञवालीले त्यसको प्रतिवाद गरेका हुन् । अमेरिका भ्रमणका क्रममा ज्ञवालीले इण्डो प्यासिफिक अमेरिकी रणनीतिमा नेपाल सामेल भएको चर्चा चलेको थियो । तर नेपालको परराष्ट्र मन्त्रालयले भने यो विषयको खण्डन गर्दै आएको छ ।
इण्डो प्यासिफिकको विषयले लामो समयदेखिको नेपाल र अमेरिकाबीचको सम्बन्धमा कुनैपनि प्रकारको दरार नआउने परराष्टका अधिकारीले बताएका छन् । अमेरिकाले नेपालमा आफ्नो स्वार्थलाई मात्र भन्दा पनि नेपालको सामाजिक आर्थिक क्षेत्रका विभिन्न पक्षमा काम गरिरहेको छ । नेपालको कला संस्कृति र सामाजिक आर्थिक बिकासमा अमेरिकाले सहयोग गरिरहेको छ । त्यसैले ससाना कुराले ठूलो महत्व नराख्ने परराष्टविद्हरुले बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै ज्ञवालीले आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको केन्द्रविन्दुका रूपमा विकास गरिने नीति लिइएको बताए । विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले आर्थिक कूटनीतिका माध्यमबाट राष्ट्रिय हित प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको जानकारी दिए । सांसदका जिज्ञासामा मन्त्री ज्ञवालीले समग्र विश्व नै तरल अवस्थाबाट गुज्रिए पनि नेपालले स्वतन्त्र, असंलग्न, तटस्थ, मित्रवत् रूपमा परराष्ट्र नीति अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।
बिम्स्टेकमा अध्यक्षले सम्मेलन गर्न सक्ने व्यवस्था भए पनि सार्कमा त्यस्तो व्यवस्था नभएकाले सम्मेलन गर्न नसकिएको उहाँले स्पष्ट गर्नुभयो । नेपाल सदस्य भएका क्षेत्रीय मञ्चलाई प्रभावकारी रूपमा अघि बढाइने तथा सार्क सम्मेलनको प्रयास जारी राख्ने मन्त्री ज्ञवालीले बताए । राजदूत नियुक्तिको मापदण्ड स्पष्ट रहेको बताउँदै मन्त्री ज्ञवालीले समावेशी रूपमा राजदूत सिफारिस भएको र ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट बनाउन शुरु गरिएको सदनलाई जानकारी दिए । खुला सीमाको दुरुपयोग गर्न नदिन नेपाल भारतका सुरक्षाकर्मीले सहकार्य गरी काम गरेको उनले बताएका छन् ।
नेपालको सबै देशसंग सुमधुर सम्बन्ध कायम गर्ने प्रयास हुने पनि मन्त्री ज्ञवालीले बताएका छन् । सगरमाथा संवादमा द्विपक्षीय चासो, मौलिक शान्ति प्रक्रिया, जलवायु परिवर्तन, समावेशी लोकतन्त्रलगायतबारेमा कुराकानी हुने उनले जानकारी दिए । वार्षिक रूपमा हवाईमार्गबाट आउने ११ लाख पर्यटक र कतारलगायत देशमा हुन थालेको निर्यातले आर्थिक कूटनीतिलाई सहयोग पुगेको मन्त्री ज्ञवालीको भनाई छ । खाडी मुलुकमा उत्पन्न पछिल्लो घटनाक्रमका बारेमा मन्त्रालय सचेत रहेको जानकारी दिँदै उनले त्यहाँका कूटनीतिक संयन्त्रसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन् ।
मन्त्रालयले नेपालको मौलिक शान्ति प्रक्रिया, जलवायु परिवर्तन, समावेशी लोकतन्त्रलगायत सामूहिक चासोका विषयका बारेमा छलफल गर्न सगरमाथा संवाद शुरु गर्ने जानकारी उनले दिएका छन् । त्यस्तै चीनसँग पारवाहन सम्झौता पूर्णरूपमा कार्यान्वयनमा आएपछि तेस्रो देशबाट पनि सामान ओसारपसार हुने वातावरण बनेको उनको दावी छ । ज्ञवालीले गैरआवासीय नेपालीसम्बन्धी नयाँ विधेयक मस्यौदा गर्न लागिएको जानकारी गराएका छन् । भारतसँग एक हजार ८८० किमी सीमा जोडिएको र दशगजा अतिक्रमणलगायत सीमा क्षेत्रका समस्याका बारेमा नेपाल भारत सीमा कार्य समूहले निरन्तर काम गर्दै आएको एवं हाल चार समूहले स्थलगत रूपमा काम गरिरहेको मन्त्री ज्ञवालीको भनाई छ ।
नेपालका दातृ निकाय वा विकास साझेदारसँग नेपालको हित प्रतिकूल हुनेगरी कुनै सहयोग नलिइएको उनले प्रष्ट पारे । मन्त्री ज्ञवालीसँग सांसद डिला सङ्ग्रौला, रामबहादुर विष्ट, दिव्यमणि राजभण्डारी, प्रमिला राई र रेणुका गुरुङले प्रश्न राखेका थिए । सांसदहरुले नेपालको परराष्ट्र नीतिका विभिन्न आयाममा छलफल गरेका थिए । सांसदहरुले अमेरिका, भारत र चीनसंगको सम्बन्धका विषयमा विभिन्न प्रश्न राखे । उनीहरुले नेपालले कसैको पनि पक्षपोषण नगरिकन स्वतन्त्र र मैत्रीपूर्ण सम्बन्धलाई बढवा दिनुपर्नेमा जोड दिएका छन् । -

म्युजिक भिडियोदेखि थियटरसम्म सोमियाको चर्चा
काठमाडौ
नेपाली म्युजिक भिडियो क्षेत्रमा सोमिया समत छोटो समयमा चर्चा बटुल्ने मोडल बनेकी छन् । प्यूठानको झिम्रुक गाउँपालिका २ स्थायी घर भएकी उनी अहिले काठमाडौंमा बस्छिन् । विस २०७३ देखि आफ्नो म्युजिक भिडियो, विज्ञापन र चलचित्र क्षेत्रमा समेत लागिपरेकी उनी थियटरमा समेत चर्चाको शिखरमा छन् ।
राष्ट्रिय नाचघर जमलबाट अभिनय सिकेकी उनले झण्डै १५ वटा गीतमा अभिनय गरेकी छन् । धेरै विज्ञापनमा समेत उनलाई देख्न सकिन्छ । टेली शृङ्खलामा समेत उनले अभिनय गरेकी छन् ।क्याजुअल पहिरन मन पर्ने उनलाई दालभात र तरकारी मन पर्छ । अहिलेसम्म आफू प्रेममा नपरेको उनले बताएकी छन् । पछिल्लो समय उनलाई “संघरमा” नामक म्युजिक भिडियोले शिखरमा पु¥याएको छ । अब नेपाली कलाकारिता क्षेत्रमै प्रगति गर्नेगरी आफू लागिपरेको समतको भनाइ छ । -

डेनमार्कमा कांग्रेसको कुम्भ मेला -उपलब्धि शून्य, आरोप–प्रत्यारोपमा केन्द्रित
विश्वन्युज संवाददाता
नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिषण प्रतिष्ठानको आयोजनामा डेनमार्कको राजधानी कोपेनहेगनमा आईतबार विश्वस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विभिन्न पाँच कार्यपत्र प्रस्तुत भएको भेलामा संसारभरबाट झण्डै ३ सय भन्दा धेरै प्रतिनिधि पर्यवेक्षक सहभागि भएका थिए । शुक्रबार, शनिबार र आइतबार भएको भेलामा आरोप–प्रत्यारोपको शृङ्खला नै चलेको भेलामा सहभागी नेताहरुले बताएका छन् । भेलामा अमेरिका, युरोप, एसिया र अफ्रिकाका समेत काँग्रेसका अगुवा कार्यकर्ताको सहभागिता थियो ।
नेपाली जनसम्पर्क समितिहरुको विश्वस्तरीय प्रशिक्षण भनेपनि कार्यक्रम संगठनमा देखिएको विवादमा केन्द्रित भएको थियो । प्रशिक्षण कार्यक्रममा जनसम्पर्क समितिहरुमा देखिएको विवाद, नेपाली काँग्रेसको गुटबन्दी, एनआरएनएको आउँदो चुनाव, विदेशमा रहेका नेपालीलाई दिनुपर्ने मताधिकार लगायतका समस्यामा समेत केन्द्रित रहेर छलफल भएको थियो । कार्यक्रमको संयोजन तथा व्यवस्थापन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको थियो ।
प्रशिक्षण कार्यक्रममा डेनमार्कका पूर्वसांसद एवं डेनमार्कको समाजवादी लोकतान्त्रिक पार्टीका नेता युल्डिज अक्डगनले समाजवाद र युरोपको अनुभवसम्बन्धी प्रशिक्षण दिएका थिए । नेपाली काँग्रेसका नेता भीष्मराज आङदेम्बे पार्टीका सिद्धान्तको व्यवहारिक प्रयोग र अनुशासन, डा मिनेन्द्र रिजालले बदलिएको विश्व राजनीति, दक्षिण एशिया र नेपाल विषयमा, कान्ता रिजालले अन्तर्राष्टिय महिला आन्दोलन र नेपाल तथा नेता धनराज गुरुङले लोकतन्त्रमा नेतृत्व विकासको प्रश्न र नेपाल सन्दर्भका विषयमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षणका लागि नेपालबाट पार्टी उपसभापति विमलेन्द्र नीधि, महामन्त्री डा शशांक कोइराला, डा मिनेन्द्र रिजाल, पार्टी प्रवक्त विश्वप्रकाश शर्मा, धनराज गुरुङ्ग, गोविन्द भट्टराई, भीष्मराज आङदेम्बे, किरण पौडेल, प्रतिमा गौतम, नैनसिंह महर, रामजी दाहाल, पुरुषोत्तम दाहाल लगायत डेढ दर्जन नेताहरु कोपनहेगन पुगेका थिए । प्रशिक्षण सकिएपछि नेताहरु अहिले विभिन्न क्षेत्रको भ्रमणमा लागि परेका छन् । पार्टी उपसभापति निधि, महामन्त्री कोइराला, प्रवक्ता शर्मा लगायतले नेपालमा पार्टीको अवस्थाका विषयमा जानकारी गराएका थिए । नेपालमा अर्को चुनावमै नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने बताए ।
कोपेनहेगनको रिचमण्ड होटलमाा भएको कार्यक्रममा युरोपका विभिन्न राष्ट्रिय समितिसहित, अमेरिका, क्यानडा, जापान, कोरिया, बेलायत, भारत, मकाउ, हंगकंग, कतार, कुवेत लगायत संसारभरका विभिन्न देशबाट नेपाली काँग्रेसको महासमिति तथा महाधिवेशन प्रतिनिधि जम्मा भएका थिए । गैरआवासीय नेपाली संघ एनआरएनएका काँग्रेस सम्बद्ध पदाधिकारी समेत कोपेनहेगनको भेलामा सहभागि बने । कार्यक्रममा सहभागिले भेला भन्दापनि गालि प्रतियोगिता जस्तो भएको टिप्पणी गरे भने केहीले भेलालाई कुम्भ मेलाको रुपमा चित्रण गरेका थिए । एनआरएनएका पदाधिकारीले आउँदो अधिवेशनमा कसरी जानुपर्छ भनेर पार्टीलेनै रणनीति बनाउन नेतृत्वलाई सुझाब दिए ।
भेलाको उदघाट्न सत्रमा डेनमार्क लगायतका विभिन्न देशका समाजवादी पार्टीका नेताले समेत आफ्नो मन्तव्य राखेका थिए । उपसभापति निधिले पानसमा बत्ती बालेर भेलाको उद्घाटन तथा जनसम्पर्क समिति डेनमार्कको चौधौं वार्षिकोत्सवको औपचारिक उद्घाटन गरेका थिए । नेपालमा जस्तै तामझामसहित पञ्चकन्याले अतिथिलाई फूल दिएर स्वागत गरिएको थियो । जन सम्पकृ समिति डेनमार्कका सभापति विरेन्द्र सिंह कार्कीले नेपालमा जस्तै सांस्कृतिक कार्यक्रम समेत गरेका थिए ।
डेनमार्क भेलाको अधिकाँस भाषण नेपाल कम्युनिष्ट पार्टी नेकपा नेतृत्व्को वर्तमान सरकार विरुद्ध केन्द्रीत भएको थियो । उपसभापति निधि र महामन्त्री कोइरालाले वर्तमान सरकार संघीयता बिरोधी भएको आरोप लगाए । उपसभापति निधिले सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टीकै कारण गणतन्त्र समेत खतरामा परिरहेको बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउनका लागि देशभित्र र बाहिर रहेका ेनपाली एक ठाउँमा हुनुपर्नेमा जोड दिए । उनले भने ’सत्तासीन दलका कारण लोकतान्त्रिक गणतन्त्रमाथि खतरा छ । लोकतन्त्रवादीहरु एकजुट हुनुपर्छ । लोकतन्त्रको रक्षा लोकतन्त्रवादीको प्रमुख दायित्व हो ।’
नेपालका कम्युनिष्टहरुले संघीयतामा विश्वास नगरेको र गणतन्त्रप्रति पनि प्रतिबद्ध नभएको निधिले बताए । सरकारको नेतृत्वगरेको दलका नेताहरुबाटै संघीयता बिरुद्ध हाकाहाकी कुरा गरिरहेको आरोप लगाउने उनले संसारभर छरिएर रहेका नेपाली काँग्रेसका नेता कार्यकर्ता एक ठाउँमा उभिनु पर्नेमा जोड दिएका थिए । अमेरिका, क्यानडा लगायतका देशका प्रतिनिधिले भने नेपाली काँग्रेसको नेतृत्वकै आलोचना गरेका थिए । केहीले घुम्नका लागि मात्र यो भेला उपयुक्त भएको बताएका छन् । नेपालबाट पनि अनवश्यक रुपमा धेरै मानिस बोलाएर ठूलो आर्थिक व्यवभार थोपरिएको भन्दै केहीले व्यवस्थापकिय कमजोरीको उजागर गरे ।
अमेरिकाका संस्थापक अध्यक्ष बिष्णु सुवेदीको भाषण चर्चामा रहेको थियो । उनले अमेरिकाको महाधिवेशन हुन नसकेको भन्ने गुनासो गरे । अष्टेलिया, क्यानडा र बेल्जियममा केन्द्रका नेतालेनै समस्या भएको उनले बताए । पार्टीको प्रशिक्षण प्रतिष्ठानले गुटबन्दी गरेको आरोप लगाउँदै उनले विधानले राम्रोसंग जनसम्पर्क समितिलाई सम्बोधन नगरेको उनको भनाई छ । सुवेदीले विदेशमा बस्नेलाई भन्दा नेपालमा बस्नेलाई प्रशिक्षण आवश्यक भएको बताए । विभाग, समिति, गाउँसमिति, नगरसमिति र प्रदेश समिति समेत नबनाएर केन्द्रीय नेतृत्वले विदेशमा प्रशिक्षण आयोजना गरेको प्रति कटाक्ष गर्दै सुवेदीले जनसम्पर्क समितिको विभाग बनाउन र देखिएका विवाद समाधानमा केन्द्रीत हुन आग्रह गरेका थिए ।
कार्यक्रमलाई नेपाली जनसम्पर्क समिति जर्मनीका संस्थापक अध्यक्ष दीलबहादुर गुरुङ, स्पेनका संस्थापक अध्यक्ष चिन्तमणि सापकोटा, नेदरल्याण्डका संस्थापक अध्यक्ष नारायण आचार्य, चारतका अध्यक्ष बालकृष्ण पाण्डे लगायतले आफ्नो धारणा राखेका थिए । एनआरएनएका वर्तमान पदाधिकारीले समेत एनआरएनमा अब कसरी नेपाली काँग्रेस निकटलाई जिताउने भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । नेपाली काँग्रेसका पदाधिकारीले समेत एनआरएनएको अबको नेतृत्वका लागि आफूहरु लागि पर्ने बताएका छन् ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निकट धेरै नेता सहभागि हुने भएपछि काँग्रेसमा देउवा इतरका नेताले भेला बहिष्कार गर्ने छलफल गरेका थिए । तर विदेशमा बस्ने नेपाली काँग्रेस समर्थकलाई नकरात्मक सन्देश जाने भन्दै भेला बहिष्कार भन्दा पनि सहभागिताबाटै समस्या समाधानको पहल गर्ने भन्दै नेताहरु डेनमार्क लागेका छन् । डेनमार्कमा पनि नेताहरुले गुटबन्दी अनुसार घुमघामको कार्ययोजना बनाएर डुलिरहेका छन् । नेपालबाट गएको टोलीका अधिकाँस सदस्य अहिले विभिन्न देशमा रहेका समितिको खर्चमा डुलिरहेका छन् । -

प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोध,मन्त्रिपरिषद् फेरबदल गर्न प्रस्ताव
काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको वर्तमान सरकार संकट उन्मुख देखिएको छ । सरकारको नेतृत्व गरेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको शैलीले सरकार संकटतर्फ मोडिएको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीको विरोधमा पार्टीभित्रै तीव्र असन्तुष्टि देखिएपछि ओली संकटमा परेका हुन् । ९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा परेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठक बोलाउने पहल गर्दासमेत ओली सकारात्मक देखिएका छैनन् ।
नेकपाका पछिल्ला एक दर्जन सचिवालय बैठक निर्णयमा नपुगेर स्थगित भएका छन् । सरकार एकपछि अर्को गर्दै आफ्नै निर्णयबाट पछि हट्ने अवस्था आएको छ । पार्टीभित्र पटक–पटक बसेका बैठक निष्कर्षविहीन बनेका छन् । ओलीको काम गर्ने शैलीका कारण सचिवालय मात्र होइन तल्लो तहका उनी पक्षधर नेतासमेत दिकदार मान्न थालेका छन् । जनस्तरबाट समेत ओली नेतृत्वको वर्तमान सरकारको काम गर्ने शैली परिवर्तन हुनुपर्ने माग बढ्न थालेको छ ।पार्टीकै अविश्वास
सरकारका कामका विषयमा आम नागरिक मात्र होइन प्रमुख सत्तारुढ नेकपाका नेता–कार्यकर्ता नै निराश छन् । प्रष्ट बहुमत र सरकार दुई तिहाई भए पनि सरकारले राम्रो गतिमा काम गर्न सकिरहेका छैनन् । प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा गाउँ–गाउँमा झार उखेलेर ओली गुटका कार्यकर्तालाई पैसा बाँडिएको छ । काठमाडौं उपत्यकामा धुँवा धुलो नियन्त्रणमा समस्या देखिएको छ । मेलम्ची खानेपानी आउने कुरा आकाशकै फल भएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेता उमाकान्त चौधरीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्दै झुठप्रसाद ओली र करप्रसाद ओली भनेका छन् । उनले सरकारको गति आम नागरिकको भावनाको प्रतिकूल भएरै त्यसो भनेका थिए । सत्तारुढ दलका नेताहरुले समेत प्रधानमन्त्री ओलीको आलोचना गरिरहेका छन् । उनीहरुले आन्तरिक आलोचनाभन्दा पनि सार्वजनिक रुपमै ओलीको विरुद्ध अभिव्यक्ति दिएका छन् । सरकारविरोधी माइतीघर मण्डलाको प्रदर्शनमा समेत नेकपाका नेताहरु सहभागी थिए ।
राष्ट्रिय महत्वका परियोजनाको गति अत्यन्तै सुस्त छ भने प्रधानमन्त्रीले रेल र पानीजहाजका सपना बाँड्न छाडेका छैनन् । उनले आफूले इतिहासमा नगरेको काम गरेको भनेर नागरिकलाई भ्रम छरिरहेका छन् । केही मन्त्रीले समेत प्रधानमन्त्री ओलीको बोलीमा लय मिलाउँदै अहिलेसम्म नभएको काम वर्तमान सरकारबाट भएको बताए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताले भने सरकारको काम गर्ने शैलीको विरोध गर्दै मन्त्रिपरिषद् फेरबदल गर्ने प्रस्तावसमेत गरेका छन् ।
आम नागरिकले पनि चौधरीले भनेजस्तै झुठप्रसाद ओलीको रुपमा वर्तमान प्रधानमन्त्रीलाई लिन थालेका छन् । नेकपाकी सांसद नबिना लामा सरकारले काम गर्न नसक्नुका पछाडि प्रधानमन्त्री मात्र नभएर अन्य पनि दोषी भएको बताउँछिन् । उनले प्रयास गरिरहे पनि सरकारको काम गर्ने गति भने राम्रो हुन नसकेको बताउँछिन् । त्यस्तै नेकपाकै युवा नेता रामदीप आचार्यले अहिलेको दोषी प्रधानमन्त्री ओली भएको बताएका छन् । उनले प्रधानमन्त्रीको कार्यशैलीले नै सरकार र कम्युनिष्ट पार्टीप्रति आम नागरिकको धारणा गलत भएको बताएका छन् । उनले तत्काल राम्रो काम गर्न नसक्ने अवस्थामा नेतृत्वले अर्कै तरिकाले सोच्नु पर्नेमा जोड दिएका छन् ।वैचारिक विचलन
नेपाल कम्युनिष्ट पार्टीले पार्टी एकताको डेढ वर्ष पुग्दा पनि आफ्नो वैचारिक लाइन प्रष्ट पार्न सकेको छैन । यसअघि सचिवालयले पारित गरेको आफ्नो राजनीतिक कार्यदिशा जनताको जनवाद हुने भन्ने कुरामा पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले अड्को थापेका छन् । अन्तरिम राजनीतिक कार्यदिशामा जनयुद्धको उच्च बयान गरिएको छ भने नयाँ कार्यदिशाको रुपमा जनताको जनवाद भन्ने शब्द उल्लेख छ । तर ओलीले अहिले पहिले एमालेले अंगीकार गरेको जनताको बहुदलीय जनवादलाई मान्नुपर्ने प्रस्ताव गरेका छन् ।
ओलीले पूर्व एमालेलाई एक ठाउँमा ल्याउनका लागि जबजको रणनीति अपनाएको देख्न सकिन्छ । तर, उनले समग्रमा देशकै नेता बन्नुपर्नेमा आफू एउटा सानो गुटको नेता मात्र बन्न पुगेको कुरा बिर्सिएका छन् । वैचारिक हिसाबले सहमति गर्ने र त्यसलाई कार्यान्वयन गर्ने रोग ओलीमा अझै सञ्चो नभएको नेता आचार्यले बताए । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी नयाँ ठाउँमा जाने भनेर हिँडेपछि पछाडि फर्किनु गलत हुने बताएका छन् । उनले अहिले वैचारिक बहसभन्दा पनि भएको कुरालाई कार्यान्वयन गर्दै नयाँ विकास गर्नु आम नागरिकको हितमा हुने बताएका छन् ।
ओली वैचारिक हिसाबले पनि एक्लिएका छन् । ९ सदस्यीय सचिवालयमा जबजको पक्षमा अध्यक्ष ओलीसहित महासचिव विष्णु पौडेल र उपप्रधानमन्त्री ईश्वर पोख्रेल मात्र छन् । तर, नयाँ विचारको पक्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा रहेका छन् । सचिवालय बैठकमा ओली अल्पमतमा परिसकेका छन् । त्यस्तै सचिवालय र केन्द्रीय कमिटीमा समेत ओली अल्पमतमा छन् । त्यसैले उनले सकभर बैठक बसाउन नचाहेको नेताहरुको भनाइ छ ।
वैचारिक विचलनका कारण ओलीले इमानदारिता देखाउन नसकेको पूर्व माओवादीका नेताहरुले बताएका छन् । ओली आफ्नो अनुकूलताका लागि जे पनि सहमति गर्ने र सहमतिलाई कार्यान्वयन नगर्ने खालको संस्कारबाट राजनीतिमा हुर्किएका छन् । माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम हँुदै अहिले पुष्पकमल दाहाललाई समेत ओलीले धोका दिएका छन् । पार्टीभित्र वा बाहिर जहाँ भए पनि ओलीले यस्तै खालको गैर वैचारिक तथा गैर जिम्मेवार भूमिका निर्वाह गरिरहेका छन् । त्यसैले नेकपासमेत वैचारिक विचलनमा परेको छ ।निरंकुश शैली
प्रधानमन्त्री ओलीको काम गर्ने शैली निकै निरकुंश छ । छलफल, परामर्श, सल्लाह भन्ने कुरा ओलीलाई मन पर्दैन । विपक्षीलाई हेपेर बोल्ने, पार्टीमा आफू मात्र सही र ठीक भन्ने ओलीको शैलीले उनी पार्टीभित्रै पनि अलोकप्रिय बन्न थालेका छन् । छुच्चो र तुच्छ शब्दको प्रयोग गरेर विपक्षीको आलोचना गर्ने ओली शैलीले अघिल्लो हप्ता काठमाडौंमा हजारौं नागरिक सडकमा उत्रिए । वर्तमान सरकारविरुद्ध शक्ति प्रदर्शनसमेत गरे । अझै पनि ओलीले ती व्यक्तिलाई शत्रुका रुपमा चित्रण गरिरहेका छन् । आफ्नो कुरामा अनावश्यक अडान राख्ने निरंकुश शैली ओलीमा हावी भएको छ ।
दुई अध्यक्षको प्रावधान रहे पनि सरकारले गर्ने नियुक्ती, सिफारिश लगायतका विषयमा अर्का अध्यक्ष प्रचण्डलाई जानकारीसमेत हुँदैन । त्यति मात्र होइन आफू विदेश जाँदा विमानस्थलमा को आयो को आएन भनेर समेत उनले हिसाबकिताब राख्ने गरेको बालुवाटार स्रोतले जनाएको छ । आफ्नो गुटका केही नेतामा समेत ओलीले आफ्नो शैलीअनुसार प्रशिक्षित गरेका देखिन्छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले अहिले ओलीको निरकुंश शैलीको बचाऊ गर्दै आएका छन् । त्यति मात्र होइन उनी ओलीकै घर बाल्कोटमा बस्दै आएका छन् ।
मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, मानवअधिकारसम्बन्धी विधेयक, सुरक्षासँग सम्बन्धित विधेयक सबै निरकुंशता उन्मुख विधेयक हुन् । ओली नेतृत्वको वर्तमान सरकारले फिर्ता लिएको गुठीसम्बन्धी विधेयक पनि उस्तै प्रकृतिको थियो । तर, पहिल्यै सरकारले फिर्ता लिएर ठूलो आन्दोलनको दबाब सामान्य हिसाबले थेगेको छ । ठूलो जनमानस जम्मा भएको पनि प्रधानमन्त्री ओलीको निरंकुश शैलीका विरोधमा भएको आन्दोलनकारीका एक नेताले बताएका छन् ।
नेपालमा पछिल्लो पटक झण्डै दुई वर्षदेखि सरकारको नेतृत्व गरेका ओलीमा झन्पछि झन् निरकुंश बन्न मन लागिरहेको छ । त्यसैले उनी पार्टीभित्रैबाट अलोकप्रिय भएका छन् । आन्तरिक रुपमा समेत ओलीको विकल्प खोज्न सकिने संकेत अर्का अध्यक्ष प्रचण्डले केही हप्तादेखि दिइरहेका छन् । त्यसबाट बच्नका लागि अहिले ओलीले वैचारिक विवादको लफडा गरिरहेका छन् । तर, महासचिव विष्णु पौडेलले अबका केही दिनमा फेरि बैठक बस्ने र बाँकी विषयबस्तु टुंगो लगाउने जानकारी दिएका छन् । -

उडिरहेको जहाजमा निदाउँदा यस्तो अचम्म भयो
गत जुन ९ तारिखका दिन क्यानाडाको क्युबेकबाट टोरन्टो जाने एयर क्यानडाको डेढ घण्टाको उडानमा एक जना यात्रु निदाउँन पुग्दा अचम्मको घटना घटेको छ । यात्रा जम्मा ९० मिनेटको मात्र थियो । टिफेनी एडम्स् यात्राको बिचमा भुसुक्क निदाउन पुगिन् । मध्य आकाशमा निदाएकी उनी ब्युझिदा जहाज खाली थियो । जहाज भित्र अन्धकार थियो अनि जहाज आकाशमा थिएन । जहाज जमिनमा पार्क गरेर राखिएको अवस्थामा थियो । निदाएकी टिफेनीलाई एक्लै छाडेर प्लेन पार्क गरी जहाजका कर्मचारी बन्द गरेर गएपछि उनी अन्धकार जहाजमा एक्लै परेकी थिईन् ।
टिफेनीले एयर क्यानडाको फेसबुक पेजमा लेखेकी छिन् “मेरो डेढ घण्टाको उडानमा सम्भवत आधा भन्दाकम दुरीमा पुगेपछि म निदाएछु । म एक्कै पटक मध्य रातमा ब्युझिएँ (सम्भवत जहाज अवतरण गरेको केही घण्टा पछी हुन सक्छ) । जहाज भित्र एकदम चिसो अनि अन्धकार थियो । शुरुमा त सपना जस्तो पनि लाग्यो तर एक्कै छिनमा थाहा भयो म जहाज भित्र थुनिएको रहेछु । साथीलाई फोन गर्न खोजे तर एक दुई घन्टी जाने बित्तिकै फोनमा ब्याट्री सकिएर फोन पनि बन्द भयो । त्यसपछि फोन चार्ज गर्ने कोसिस गरें तर जहाज भित्र बत्तीको लाईन नहुँदा फोन चार्ज गर्न सम्भव भएन । एकदम डर र चिन्तामा परें । बल्लबल्ल जहाजको ककपिटमा पुगे त्यहाँ एउटा टर्च भेटें । त्यही टर्चको सहारामा जहाजको मुख्य ढोकामा पुगेर ढोका खोलें । ढोका खोले पनि त्यो ढोकाले भुँई छोएको थिएन । ५० फिट माथि थियो । हामफाल्नु सम्भव थिएन । त्यतिकैमा खुट्टा झोल्याएर टर्च बालेर संकेत दिएर बसें । बिशाल बिमानस्थलको एउटा कुनामा पार्क गरेको प्लेन छेऊमा कोही आएन । कती समय बित्यो थाहा भएन । धेरै बेरको प्रयास पछी लगेज कार्ट लिएर एक जना नजिकै आए र बत्ती हल्लाएर कराए पछि उनले मलाई देखेर उद्दार गरे । ति मान्छे जिल्ल पर्यो यस्तो कसरी हुन गयो भनेर । त्यो मान्छेले मलाई बिमानस्थलको भवनमा लिएर गए अनी त्यहाँ पुगेपछि एयर क्यानाडाको प्रतिनिधिसँग भेट भयो” ।
घटनाको बारेमा एयर क्यानाडाले अनुसन्धान गरिरहेको र सम्बन्धित यात्रुसँग संपर्कमा रहेको प्रतिकृया संचार माध्यमलाई बताएको छ ।
श्रोत : इन्डिपेन्डेन्ट
-

डि सि मेट्रो क्षेत्रमा महापुराण शुरु : बिशाल कलश यात्रा सम्पन
डि सि भर्जिनिया
अमेरिकास्थित वासिङ्टन डि सि मेट्रो क्षेत्रमा नेपालीभाषीहरुको स्वामित्व रहने सामुदायिक भवन निर्माणको उद्देश्य राखेर आज शनिबारदेखि सप्ताह महापुराण शुरु भएको छ । जुन २२ देखि २९ तारिखसम्म आयोजना हुने सप्ताह महापुराणमा भागवत् वाचन, पन्डित दिनबन्धु पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।
न्यूयोर्क, टेक्सस, क्यालिफोर्निया पछि नेपालीभाषीहरुको बाक्लो बस्ती भएको डि सि भर्जिनियामा बिशेष तयारीका साथ आयोजित सप्ताह महापुराणको पहिलो दिन आज शनिबार बिशाल कलश यात्रा सम्पन्न गरियो । कलश यात्रा संगै त्यस क्षेत्रमा बसोबास गर्ने नेपालीहरु उत्साहका साथ सहभागी हुने क्रम शुरु भएको छ । सप्ताह महापुराण सुरु हुनु भन्दा केहि अगाडि देखि दान कबुल गर्ने क्रम समेत सुरु भएको छ । अमेरिकाको नेपाली डायस्पोरामा पछिल्लो समय सामुदायिक भवन र मन्दिर निर्माणको उद्देश्य राखेर महापुराण आयोजना गर्ने क्रम बृद्धी भएपनि कतिपय महापुराणमा उधारो चन्दाको ठुलो रकम घोषणा गर्ने तर समय बित्दै जाँदा बोलेको दान नतिर्ने प्रचलन भने ब्याप्त छ ।

-
अमेरिकामा आरामले खाने तर अन्य देशमा स्वास्थ खराब गर्ने भन्दै बन्देज लगाईएका खानेकुरा यस्ता छन् ।
यदि तपाई अमेरिका छाडेर अरु देश घुम्म जानु भयो भने थुप्रै अमेरिकन खानेकुरा देख्न्नु हुन्छ । अमेरिकन फास्ट फुड म्याकडोनाल र बर्गरकिङ्ग पनि हरेक देशमा देख्नु हुन्छ तर अमेरिकामा जता पनि देखिने स्न्याक ,सोडा , सिरियल र क्याण्डि विश्वका कतिपय देशहरुमा बिक्री वितरणमा समेत बन्देज गरिएको हुँदा देखिदैन ।केही खानेकुरा अमेरिकामा मज्जाले खाईन्छ तर तिनै खानेकुरा संसारका कतिपय देशहरुमा बिक्री बितरणमा समेत रोक लगाईने गरिएका छन् । अमेरिकामा सरकारी निकायले स्विकृती नदिएसम्म कुनै पनि खानेकुरा बिक्री बितरण गर्न पाईदैन । तर के गर्नु अमेरिकन सरकारले बिक्री बितरण गर्न दिएको अनि जनताले मज्जाले खाने गरेका तिनै खानेकुरा बाँकी विश्वका कतिपय देशहरुमा स्वास्थलाई हानी गर्ने खानेकुराको सुचीमा राखेर बेच बिखनमा नै बन्देज लगाउने गरिएको छ । ति खानेकुराहरु यस्ता छन् :
१) कृतिम रङ प्रयोग गरिएका खानेकुरा

कृतिम रङहरु स्वास्थको लागि डरलाग्दो मानिन्छ । अमेरिकामा मज्जाले बिक्री बितरण र उपभोक्ताले उपयोग गर्ने गरिएका यस्ता कृतिम रङ मिसिएका खानेकुरा युरोपियन युनियन अन्तर्गतका देशहरुमा भने यस्ता खानेकुराको प्याकेज बाहिर चुरोटमा जस्तै चेताबनी टाँसेर बिक्री गर्नु पर्ने कानूनी ब्यबस्था छ । एल्लो ५, एल्लो ६ र रेड ४० मिसिएका सबै खानेकुराको प्याकेज बाहिर “यो खानेकुराको प्रयोगबाट प्रतिकुल असर पर्न सक्छ र बालबालिकाबाट होसियार हुनु होला” । यस्ता कृतिम रङहरु भएका खानेकुरा अमेरिकामा चकलेटदेखि केचप सिरियलसम्म छन् । यद्यपी क्राफ्ट र मार्स जस्ता कम्पनीहरुले खानेकुरा यस्ता कृतिम रङ मिसाउने चरणबाट बाहिर निस्किएर प्राकृतिक रङको बिकल्प खोज्न थालेका छन् ।
२) अजोडीकार्बोनामाईड (ए डि ए )

अजोडीकार्बोनामाईड चम्किलो देखाउन प्रयोग गरिने अखाद्य पदार्थ हो । यस्ले पाउरोटी बेगल नान जस्ता खानेकुरा पकाउन (बेक) गर्न सहयोग गर्दछ । अजोडीकार्बोनामाईड मिसिएको खानेकुरा अमेरिकामा अझै पनि बिक्री बितरण गरिन्छ भने अस्ट्रेलिया र युरोपियन युनियन अन्तर्गतका देशहरुका अजोडीकार्बोनामाईड प्रयोग गरिएको खानेकुरा बिक्री बितरणमा पूर्णतया रोक लगाईएको छ । ए डि एलाई छाला तथा प्लस्टिकका सामाग्री उत्पादनमा प्रयोग गरिन्छ । ए डि एले दम तथा अरु थुप्रै रोगहरु निम्त्याउने गर्दछ । अमेरिकामा ए डि एलाई “साधारणतया सुरक्षित” भनिएको छ र पनि ए डि एको नकारात्मक प्रचार भएपछि सब वे र विन्डिज जस्ता फास्ट फुड कम्पनी आफ्नो उत्पादन ए डि ए फ्री भनेर सार्वजनिक गरी सकेका छन् ।
३) ब्रोमिनटेड भेजिटेबल तेल (बि भि ओ)

ब्रोमिन एक प्रकारको रसायनिक तत्व हो जुन लुगा रङाउन प्रयोग गरिन्छ । यो एकदम कडा रातो रङको हुन्छ । दसकौं पहिला ब्रोमिनलाई खानेकुरामा ब्यापक मात्रामा प्रयोग गरिन्थ्यो । तर बर्तमान आधुनिक युगमा यस्को मात्रा घटाईने गरिए पनि माउन्टेन डिउ, सन ड्रप, लेमन लाईम, अरेन्ज सोडा जस्ता पेय पदार्थमा अहिले पनि प्रयोग गर्ने गरिन्छ । अमेरिकी सरकारले ब्रोमिनको मात्रा तोकेर पेय पदार्थमा प्रयोग गर्ने अनुमती दिने गरेको छ । अमेरिकामा ब्रोमिङ भेजिटेबल आयलको घनत्व नापेर प्रयोग गर्न दिने गरिएको छ । तर युरोपियन युनियन, ईन्डिया र जापान जस्ता देशहरुमा खानेकुरामा ब्रोमिनको प्रयोग बर्जित गरिएको छ । यी देशहरुमा ब्रोमिन मिसावट गरिएका खानेकुरा बिक्री बितरणमा रोक लगाईएको छ । बि भि ओ मिसावट गरिएको सोडा नियमित रुपमा २ लिटर पिउने मानिसलाई स्मरण शक्तीमा ह्रास आउने, शरीरका मांसपेसी कमजोर हुने, टाउको दुख्ने, परेला झर्ने जस्ता स्वास्थ समस्या हुने बिभिन्न अनुसन्धान मार्फत जनाईएको छ ।
४) क्लोरिनले पखालेका मासुजन्य बस्तुहरु

क्लोरिन पौडी खेल्ने पोखरी सफा गर्न प्रयोग गरिन्छ । यो कुरा धेरैलाई थाहा छ । तर धेरै मान्छेलाई थाहा नहुन सक्छ कि हामीले दैनिक जीवनमा खाँदै आएका माछा मासु पनि क्लोरिन प्रयोग गरेर पखालेको हुन सक्छ ।अमेरिकामा क्लोरिन प्रयोग गरेर सफा गरिएका मासु बिक्रि बितरणमा कुनै रोकावट छैन तर युरोपियन युनियनले क्लोरिन प्रयोग गरेर सफा गरिएका माछा मासु बिक्रि बितरणमा बन्देज गरेको छ। खानेकुराबाट खाद्य जनित ब्याक्टेरिया सफा गर्न क्लोरिन ब्यापारी हिसाबले सस्तो पर्दछ ।
५) कृतिमरुपमा हार्मोन बृद्धी गराईएका पशुबाट उत्पादित दुधजन्य पदार्थ

आर बि एस् टि र आर बि जि एच् जस्ता हार्मोन प्रयोग गरिएका पशुबाट उत्पादित दुधजन्य पदार्थ । कृतिम तरिकाले हार्मोन प्रयोग गरी सस्तो मुल्यमा गाईबस्तु फस्टाउने र धेरै दुध उत्पादन गर्ने उदेश्यबाट उत्पादित दुधजन्य (डेरी) खानेकुरा अमेरिकामा सन् १९९० देखि मानवीय उपभोगका लागि अनुमती दिईएको हो । सन् १९९० मा ४ वटा ठुला फर्माक्युटिकल कम्पनीहरु मोनसान्टो ,अमेरिकन सिनामिड, इलिली र अपजोनले यो खानेकुराको स्विकृतिका लागि एफ डि एसँग माग गरेपछि एफ डि एले स्विकृति दिएको थियो । जे होस् यस्ता हार्मोन प्रयोग गरिएका गाई बस्तुबाट उत्पादित डेरीजन्य खानेकुरा मानवका लागि सुरक्षित छ कि छैन भन्नेकुरा बिबादित छन् । यही कारण यस्ता हार्मोन प्रयोग गरिएका बस्तुबाट उत्पादित दुधजन्य पदार्थ युरोपियन युनियन ,क्यानडा, अस्ट्रेलिया ,ईजरायल, न्युजल्यान्ड जापान, अर्जेन्टिना लगायतका देशहरुमा पूर्ण प्रतिबन्धित छ । (यो सामाग्री डेली मिलबाट साभार गरिएको हो)
-

जून पनि सधैभरि कहाँ झुल्किन्छ र
गीत
रन्जु मार्ग
कहिले काही सम्झना आए ,बोलाउनु है ,
हिजोका ती बैगुनहरु ,नकेलाउनु है ।जून पनि सधैभरि कहाँ झुल्किन्छ र ,
फूलपनि सधैभरि कहाँ फूली रहन्छ र ,
एकैनास हुन्न जीवन ,मन बुझाउनु है
हिजोका ती बैगुनहरु ,नकेलाउनु है ।तराजुमा मायालाई जोखन सकिन्न
माया हुन्छ छाती भित्र देखन सकिन्न
सकिएन रोक्न त्यो पल , मन बुझाउनु है
हिजोका ती बैगुनहरु ,नकेलाउनु है । -

देश बिकास गर्नका लागि पहिला उत्पादन बढाऊ
दिनेश प्रसाद गौतम
नेपालमा सरकारले अहिले सम्बृद्ध नेपाल सुखि नेपाली भन्ने नाराका साथ आफनो हरेक बजेट कामहरु ग्रिरहेको छ । सरकारका धेरै कार्यक्रमहरु बिकास लक्षित भनि चलिरहेको बिभिन्न माध्यमबाट हामीहरुलाई थाहा भैरहेको हुन्छ । नेपाल देशमा कैयौ पटक सरकार परिवर्तन भए , सबै राजनितिक दलहरुले बिकासलाई पहिलो प्राथमिकतामा राखेका हुन्छन् , उनिहरु जनतासगं कैयौ बाचा गरेर आएका हुन्छन तर पुरा भने गर्न सक्दैनन् किन ? नेपाल देशलाई किन बिकास गर्न सकेका छैनौ हामी ? यो बिषयमा सरकार वा भनौ सम्बन्धित निकायहरुले गम्भिर भएर किन सोचेका छैनन् , विश्वब्यापि बजारहरुमा हामी नेपालको उत्पादन किन पुगाउन सकिरहेका छैनौ ? किन नेपाली उत्पादन कम भयो ?
यि यस्ता विषयहरुमा राज्यले नेपालको हरेक गाउ गाउमा किन छलफल वा भेल ागर्न सक्दैन ? नेपाल एसियाको दुई महान ठुला विकसित राष्टहरुको विचमा अवस्थित छ । तर पनि फाईदा किन लिन सकिरहेको छैन ? किनकी यसको मुलकारण हामी नेपालमा रहेका स्थमनिय स्रोत साधानहरुलाई सहि ठाऊमा उपयोग गर्न नजानेर हो । नेपाल जस्तो देशलाई विकास गर्न धेरै समय लाग्दैन् किनकी नेपालमा रहेका स्थानिय समानहरुलाई उत्पादन मुखि बनाउने , त्यहा रहेका बेरोजगार युवाहरुलाई बढि उत्पादनशिल क्षेत्रमा काम गर्न लगाउने , नेपालमा रहेका कृषि ब्यवसायलाई टेक्नोलोलीको माध्यमबाट सबै किसानहरुलाई सहुलियतमा प्रोत्साहन गर्नुका साथै बिदेशी लगानी कर्ता हरुलाई अवसर दियो भने समयमै नेपाल देश बिकासमा परिवर्तन हुन्छ ।
अहिलेका अर्थ मन्त्रिको सायद भिजन यही होलाकी स्थानिय स्तरमा रहेका हाम्रा कच्चा पर्दाथलाई प्रयोग गरि नया कुराहरु उत्पादनले देशको लागि ठुलो योगदान हुन सक्छन । तर त्यसको लागि स्थानिय स्तरमा रहेका सबै भन्दा छिटो प्रतिफल दिन सक्ने कृषि क्षेत्रलाई राज्य आफैले किसानहरुसगं सिधा सम्पर्कमा रहि उनिहरुले उत्पादन गरिरहेका कच्चा पर्दाथ , दुध , धान , गहु , मकै , आदीलाई अत्याधुनिक टेक्नोलोजी प्रयोग बिधि अपनाउनका खातिर प्रशिक्षण तालिम , उनिहरुलाई समयमै सिचाईको ब्यवस्था मल खाद्य उपल्बध गराउने काम गर्न सक्नु पर्छ र तिनीहरुले उत्पादन गरेका समानहरुलाई राज्यले आफै किन्ने बेच्ने काम गर्यो भने यो क्षेत्रबाट ठुलो मात्रामा सफलता प्राप्त गरि देशको अर्थतन्त्र मजबुद गर्न सकिन्छ ।अर्को कुरा हाम्रो देशमा ठुलो मात्रामा बेरोजगार युवाहरु छन यसमा कोही शिक्षित होलान त कोही अशिक्षित होलान् र बेरोजगारहरुको जमात दिन प्रति दिन बढ्दै गैरहेको देखिन्छ । यि बेरोजगार युवाहरु युवतीहरुलाई सानो काम देखि लिएर ठुलो काममा राज्यले उचित पारिश्रमिक दिएर आफनै देशको बाटो घाटो , खोला नाला , खेति किसानी , आदी क्षेत्रमा परिचालन गरेर बिकासलाई उचित गति दिन सकिन्छ भने अर्को तिर हामी युवाहरु जो ब्यवसाय गर्न खोजेका छन उनिहरुलाई शुन्य प्रतिशतमा पैसा उपलब्ध गरायो भने विकास किन हुदैन ? यही नेपाली युवाहरु जो खाडी मुलुकहरुको ठुल्ठुला भवन , बाटोघाटो , होटेल , क्यासिनो आदी बनाएका छन उनिहरुले आफनो देशमै राज्यले अलि कम पैसा दिएपनि कसो काम नगर्लान् ।
राजनितिक दलहरुले युवाहरुलाई आफनो पार्टीको झण्डा बोकाउनु भन्दा उनिहरुलाई यता रोजगार मुलक सिपहरु जुन सानो सानो कुराहरु ह्ुन्छन जस्तै मोबाईल , टेक्नोलोजी , गाउ घरमा रहेका खाली जग्गाहरुलाई पार्क बनाउने , जुत्ता सिलाउनेहरुलाई ब्वस्थीत गरि उनिहरुको पेसालाई ब्यवसायमा बदल्ने , जस्तै कि यहा युरोयिन देशहरुमा यहा हरेक नागरिकहरु क्ुनै कामलाई सानो ठुलो मान्दैनन् उनिहरु सबै काम गर्छन लाज मान्दैनन् , यहा जातपातको आधारमा विभेद आदी कहि कतै मैले सुनेको छैन , राज्यले उनिहरुलाई काम गर्नका लागि फ्रि गरिको छ , उनिहरुले जुनसुकै ठाउमा काम गरेपनि समाजिक सुरक्षाको रुपमा रोजगारदाता कम्पनी वा होटल रेष्टुरेन्ट आदीहरुले उनिहरुले गरिहेको पारिश्रमिकबाट काटेर राज्यलाई बुझाउछ । यो पैसा फेरि यही युवाहरु बु्ढेशकाल लागेपछि उनिहरुलाई पेन्सनको रुपमा उपलब्ध गराउने गर्छ ।
युवाहरुले ब्यवसाय गर्न चाहेका जुनसुकै बैकंले उनिहरुको गर्न खोजेको ब्यवसायलाई मुल्याकंन गरि निरब्याजपैसा उपलब्ध गराउने गर्छन जसबाट यहाका युवाहरुमा आफनो राज्य प्रति वाफादार रहन प्रोत्सहान हुन अभिप्रेरित हुन्छन । उता हामी हेरौ आफनै छिमेकी देश चिनले दुनियाको दोस्रो ठुलो अर्थतन्त्रमा ठुलो योगदान पुगाउदै कत्ति छिटो बिकास गरिरहको छ , चिनका हरेक जनताहरु काम गर्छन , उनिहरुले विदेशमा बनेका हरेक समानहरु किन्छन र त्यो समान कसरी बन्यो भनेर पुरा हरेक पार्टहरु खोल्छन अनि ती पार्टहरु आफनो देशमा बनेका छन कि नाई भनि खाजतलास गरि जस्ताको त्यस्तै समानहरु बनाउनमा पछि पर्देनन् , अर्को कारण सरकारले पनि ठुला ठुला बैदेशिक मोबाईल कम्पनीहरु, उत्पादन शिल कम्पनिहरुलाई आफनो देशमा लगानी गर्न प्रोत्सान गर्छ र कामदार जत्ति सबै उसको आफनै नागरिकहरु ह्ुन्छन र त चिनका जनताहरु आफनो राज्यप्रति वफादार भएर काममा भरोश गरिे उत्पादन क्षेत्रमा बढि लगाव राख्छन ।
अर्को कुरा के हो भने नेपालबाट हरेक बर्ष लगभग हजारौ नेपाली युवायुवती हरु बैदेशिक अध्ययनका शिलशिलामा बिदेश गैरहेका छन , उनिहरुले आफनो अभिभावकसगं बैदेशिक अध्ययनका नाममा दशौ लाख खर्चीएर अध्ययन गर्न आउछन , मान्नुस एक जना विद्यार्थीले पाच देखि सात लाख रुपैया बिदेशमा रहेका विश्वविद्यालयल ,कलेजहरुमा पठाउछन भने हरेक ६ महिनामा कत्ति विद्यार्थी बैदेशिक शिक्षाका नाममा कत्ति पैसा नेपाल बाहिर आउछ ?
यो कुरा तपाईहरु शिक्षा बिभागबाट पत्ता लगाउन सक्नुहुन्छ , जहा सम्म मेरो अनुभव छ हरेक ६ महिनामा नेपालबाट युरोपियन देशहरुको कलेज , विश्वविद्यालयहरुमा हजार भन्दा बढि विद्यार्थीहरुले लगभग करोडौ युरो पठाउछन , यो पैसा नेपाल भन्दा बहिर आउछ त्यो सगै हाम्रो देशको जनशक्तिहरु पनि बाहिरीन्छन सरकाले यो बैदेशिक अध्ययनका नाममा रहेका एजेन्टहरुलाई बन्द गरि राज्यले नै एउटा राम्रो भरपर्दो माध्यमबाट उच्च शिक्षा लिनेहरुको लागि काउन्सेलीग गर्ने निकाय खडा गर्यो भने केही हदसम्म विदेशमा गैरहेका यो पैसा रोक्न सकिन्छ ।नेपाली उत्पादनलाई विश्वबजारीकरण गर्नका लागि अहिले नेपाल बाहिर रहेका सबै नेपालीहरुलाई राज्यले उनिहरुको कला शिक्षा ज्ञानलाई प्रयोग गर्दै नेपाली उत्पादनलाई जो जहा नेपालीहरु बस्छन सबैलाई पर्यटन दुतको रुपमा दर्जा दिदै उनिहरुलाई नै आफनो प्रोडक्ट लाई बिक्री बितरण गर्न लगाउन सछ । किनकी युरोपीयन देशहरुमा अहिले नेपाली कम्पनीहरु मध्ये एक मात्रै चौधरी ग्र्पको चाउचाउ बिक्री हुदा यहा रहेका प्रायः नेपालीहरु बजारबाट किने उपयोग गरेको मैले देखेको छु । यो युरोपियन देशमै उत्पादन भएको कारणले गर्दा ब्यपार पाएको होला तर युरोप अमेरिका , क्यानाडा आदी देशहरुमा हाम्रा छिमेकी देशहरुले उत्पादन गरेका साना साना समान जस्तै मसला , दाल , चामल , अदुवा , लहसुन , तेल ,मह , घ्यु , खसीको मासु आदी समानहरु निर्यात गर्छन भने चिनले सानो सियो फुड , मोबाईल देखि लिएर टेक्नोलोजिका समानहरु निर्यात गरेर धनी भैरहेका छन । यहाका बजारहरुमा हरेक नेपालीहरुले एसियन खाना वा भनौ एसियन समान भनेर सबैले किन्छन र किन्न लगाउछन ।
त्यसकारण राज्यले मैले माथि भने अनुसार कृषिमा बढि लगानी गरेर नेपाली उत्पादनलाई निर्यात गर्नका नेपाली युवाहरुकै प्रयोग गर्न सक्यो भने नेपाल बिकास हुन बेर लाग्दैन । किनकी हामी अहिले युरोपमा बसोबास गर्ने प्रायः नेपालीहरु आफनो देशको माटो वा अरु चिज देख्यो कि जत्ति सुकै महगो किन नहोस किन्न आतुर हुन्छौ । अर्को कुरा नेपालमा बैदेशिक लगानी गर्नका लागि राज्यले बैदेशिक कम्पनीहरुलाई उचित सुरक्षा , कर प्रणाली , आदीमा सुधार ल्याउन जरुरी छ । भने नेपालमा होटल , रात्रीकालिन क्लब , रेस्टुरेन्ट आदी हरेक शहरहरुमा खोल्नका लागि युवा जमातहरुलाई प्रोत्साहन गर्न सक्यो भने सच्चिकै अबको केही बर्षमा नेपाल बिकास पनि हुन्छ र सबै नेपालीहरु रोजगारी पाएपछि सुखि पनि हुनेछन , त्यसको लागि हामीहरु जस्ता हरेक नेपालीहरु सहयोग गर्नका लागि आतुर छौ ।
साथै नेपाल सरकारले देशका बेरोजगार युवाहरु विश्व बजारमा काम गर्न पठाउनु भन्दा बरु नेपाली युवा किसानहरुले उत्पादन गरेका कपडा , समानहरु विश्वबजारमा ब्यपारीकरण गर्न हामी सबै नेपाली जो जहाबाट छौ सबै तयार हुन जरुरी छ । सरकारमा रहेका र राज्य संचालन गरिरहेका राजनितिक दलहरुले बिकासको मुद्धामा एक भएर देशमा रहेका हरेक युवाहरुलाई पक्षपात नगरिकन सबैलाई रोजागारी श्रृजना गरि देशलाई विश्व जगतमा चिनाउनका खातिर लाग्न जरुरी छ ।
साथै राज्यले शिक्षाका नाममा बिदेशमा गैरहेका पैसालाई रोक्नका लागि उचित कदम चाल्नुपर्ने हुन्छ किनकी त्यो रकम आफनै देशमा लगानी गर्यो भने ती युवा युवतीहरु कमसेकम रोजगारी पाउन सक्छन ।अर्को कुरा के हो भने राज्यले उत्पादन क्षेत्रमा बढि लगानी गर्नुपर्ने हुन्छ उत्पादन बढयो भने त्यसलाई ब्यपारिकरण गर्न खासै समय लाग्दैन । -

युटीए नेपाली विद्यार्थी एशोसिएशनमा ओझा
टेक्सस ।
युनिभर्सिटी अफ टेक्सस एट आर्लिङ्टन, नेपाली विद्यार्थी एशोसिएशनमा आयुश ओझाको अध्यक्ष्तामा नया समिति बनेको छ । जसको उपाध्यक्ष्मा सुनयना मल्ल, महासचिवमा स्वीकृती भट्टराई, कोषाध्यक्ष्मा निश्मा लुइटेल, लजिष्टिक अफिसरमा प्रिन्शा नेपाल, पब्लिक रिलेशन अफिसरमा प्रिन्श अग्रवाल, इभेन्ट म्यानेजरमा सुजिता श्रेष्ठ, आइटी अफिसरमा शिशिर सुनचौरी र सोनाम लामा, इभेन्ट प्लानरमा फाल्गुन बटाजु र प्रिजु कोइराला, ट्रान्सफर एम्बसडरमा दावा शेर्पा र बोर्ड मेम्वरमा सोनु यादव रहेका छन् । -

शियाटलमा व्यवसायिक सेमिनार हुने
विश्व न्यूज संवाददाता
अमेरिका ।
अमेरिकामा रहेका नेपाली व्यापारी र व्यवसायी तथा अमेरिकाको बजार लक्षित व्यापार व्यवसायमा संलग्न नेपालका व्यापारी व्यवसायीका लागि अमेरिकाको वासिङ्टन राज्यको शियाटलमा व्यवसायीक सेमिनार हुने भएको छ ।
वासिङ्टन राज्यका लागि अवैतनिक वाणिज्य दुत एसी शेर्पाको पहलमा जुलाई २६ मा सेमिनार आयोजना गरिएको हो । मुख्य ३ उद्देश्यमा केन्द्रीत रहेर सेमिनार गर्न लागिएको शेर्पाले बताए । उनका अनुसार अमेरिकामा रहेका नेपाली व्यापारी व्यवसायीलाई यहाको सम्बन्धित सरकारी अधिकारीहरु मार्फत विभिन्न व्यवसायीक पक्षका बारेमा जानकारी गराउने, अमेरिकाले नेपाललाई उपलब्ध गराएको कर रहीत वस्तुहरु बारे जानकारी गराउदैं त्यस्ता वस्तुहरु भित्राउन तथा नेपालवाट पठाउन व्यवसायीहरुलाई आह्वान गर्ने, भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराउदैं बढी भन्दा बढी अमेरिकावाट पर्यटक नेपाल पठाउनका लागि सन्देश प्रवाह गर्नुका साथैं नेपालमा लगानी गर्नका लागि समेत आह्वान गर्ने गरी कार्यक्रम केन्द्रीत रहनेछ ।
विजनेश कोलावोरेशन प्रोगाम नाम दिएर गर्न लागिएको सेमिनारमा नेपाल सरकारको तर्फवाट अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की, वासिङ्टन राज्यका गर्भनर जे इन्स्लिी, गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त लगायत अमेरिकामा विभिन्न क्षेत्रका सरकारी अधिकारीहरु, नेपाली व्यापारी व्यवसायीहरुको सहभागिता रहने एनआरएनएका पूर्व उप क्षेत्रीय संयोजक समेत रहेका शेर्पाले जनाए । -

लुकाएर ल्याईएका ३४ वटा जिउँदा चरा सहित एक ब्यक्ती न्यूयोर्क एयर्पोर्टमा पक्राउ
न्युयोर्क।गत अाईतबार एक ब्यक्ति न्यूयोर्क स्थित जोन अफ केनेडी बिमानस्थलमा भंगेरा प्रजातिको “सिङगिङ फिन्च् ” नामक चरा तस्करी गर्ने अभिप्रायले अमेरिका भित्र्याउन खोजेको अभियोगमा पक्राउ परेका छन् । गायनाबाट ल्याईएका ३४ वटा जिउँदा चरा सहित ३९ बर्षिय फ्रान्सिस गुराहोलाई जोन अफ केनेडी बिमानस्थलको भन्सार कार्यालयले चरा लुकाएर छिराउन खोजिएको अवस्थामा पक्राउ गरिएको संघिय अभियोजकले ब्रुकलिनस्थित अदालतमा पेस गरिएको अभियोग पत्रमा जनाईएको छ ।कनेक्टिकट निवासी गुराहोले प्लास्टिकका कपाल पम्प गर्ने रोलरमा लुकाएर जिउँदो चरा ल्याएपछि उनलाई भन्सार कर्मचारीले पक्राउ गरेका हुन् । उनले ती ३४ थान चरा ह्याण्ड क्यारी ब्यागमा लिएर आएका थिए ।
गुराहोले आफुले त्यो एक सुटकेस चरा १ लाख अमेरिकी डलरमा बेच्ने योजना गरेको बयान दिएको कुरा अभियोग पत्रमा जनाईएको छ । गुराहोले सिङगिङ फिन्च चराको चलन चल्तिको बजार मुल्य भने प्रति थान ३ हजार अमेरिकी डलर पर्ने समेत बताएका छन् ।
गायनिज सिङगिङ फिन्चहरुलाई ब्रुकलिन कुईन्स लगायतका ठाउँहरुमा गायन प्रतियोगितामा सहभागी गराउने प्रचनल छ ।कहिले काँही प्रतिभाशाली सिङ्गिङ फिन्चको मुल्य बढेर ५ हजार अमेरिकी डलर पुग्ने गर्दछ भने सट्टेबाजहरुले चराको आवाजमा पैसा लगाएर जुवा खेल्ने गरेको समेत अभियोग पत्रमा लेखिएको छ ।
यस अगाडि सन् २०१८ मा जोन अफ केनेडी बिमानस्थलको भन्सार कार्यालयले २०० वटा जिउँदो चरा समातेको थियो ।
-

अर्को हप्ता देखी अमेरिकाबाट लाखौं गैर कानुनी आप्रबासी फर्काउदै छौ – राष्ट्रपती ट्रम्प
न्युयोर्क ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तादेखि देशव्यापी रुपमा गैर कानूनी आप्रबासीहरु माथि धर पकड गरिने भन्दै सोमबार राती ट्विट् गरेका छन् ।उनले आफ्नो ट्विटरमा भनेका छन् “अमेरिकामा गैर कानूनी तरिकाबाट बसोबास गर्दै आएका लाखौं आप्रबासीहरुलाई अर्को हप्तादेखि फर्काईने छ ।यु एस् इमिग्रेसन एजेन्ट मार्फत पक्राउ गरिने राष्ट्रपति ट्रम्पले लेखेका छन् ।२०२० को निर्वाचनमा आफ्नो औपचारिक उम्मेद्वारी घोषणा कार्यक्रमको अघिल्लो रात राष्ट्रपतिले आफ्नो ट्विट्मा लेखेका छन् “गैर कानूनी तरिकाबाट बसेका ती बिदेशीहरुलाई छिटो भन्दा छिटो यो देशबाट हटाइने छ” ।ट्रम्पले आज मंगलवार ओर्ल्यान्डोमा आयोजित बिशाल सभाबाट आफ्नो चुनावी क्यापेन सुरु गर्दै छन् ।
ठुलो संख्यामा अमेरिकाबाट फिर्ता पठाउन लागिएका भनिएका आप्रबासीका बिषयमा एसोसिएटेड प्रेसले प्रशासनको हवाला दिंदै लेखेको छ “फिर्ता पठाउने तयारी गरिएका १० लाख भन्दा धेरै गैर कानूनी आप्रबासी भने संघिय अदालतले डिपोर्टेसन् अर्डर गरेर पनि अमेरिका भित्रै बसिरहेकाहरु हुने छन्” । हालसम्म आईसले सबैभन्दा धेरै सन् २०१२ मा ४ लाख ९ हजार ८ सय २४ जनालाई डिपोर्टे गरेको थियो । -
काङ्ग्रेसमा नयाँ विवाद,सभापतिविरुद्ध संयुक्त भेला
काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिक आएको छ । तर, महाधिवेशनलाई लिएर नेपाली काँग्रेसमा नयाँ विवाद शुरु भएको छ । आउँदो वर्ष हुने महाधिवेशन सार्नका लागि सभापति शेरबहादुर देउवा अहिलेदेखि नै लागिपरेको भन्दै संस्थापनबाहेकका गुट–उपगुटले संयुक्त भेला गरेका छन् । बुधबार महामन्त्री डा. शशांक कोइरालाको निवासमा विभिन्न गुटको भेला भएको थियो । संयुक्त भेलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, डा. रामशरण महत, बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल लगायतका नेताहरुको सहभागिता थियो । त्यसअघि नेता प्रकाशमान सिंहको निवासमा सबै पक्षका नेताहरु जम्मा भएका थिए । बुधबार र केही हप्ताअघिका भेलाको एउटै निष्कर्ष रहेको थियो । दुवै भेलामा सभापति देउवाले महाधिवेशन समयमा नगर्ने योजनाअनुसार पार्टी सञ्चालन गर्दा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको थियो ।
नेपाली काँग्रेसको महाधिवेशन अर्को वर्ष गर्नुपर्छ । तर, विधानअनुसार एक वर्षको समय सभापतिले विशेष अधिकारले थप्न मिल्छ भने त्यसपछि पनि ६ महिना थप्न सक्ने प्रावधान काँग्रेसको विधानमा छ । नेपाली काँग्रेसको संस्थापन समूहले सभापति देउवा विधानअनुसार चलेको बताएका छन् भने गैरसंस्थापनले भने सभापतिले एक वर्ष पहिल्यैदेखि आफ्नो कार्यकाल आफैँले थप्न लागेको आरोप लगाएका छन् । काँग्रेसले सञ्चालन गरेको राष्ट्रिय जनजागरण अभियान महाधिवेशन सार्नेगरी ल्याइएको संस्थापन इतरका नेताले बताएका छन् । तर, सभापति निकटका नेताले भने जनजागरण अभियानले काँग्रेसको तल्लो तहसम्म ऊर्जा आएको प्रतिक्रिया दिएका छन् । अहिले देखिएका भेला र गुटबन्दी मुख्यतः यही विषयमा केन्द्रित भएको छ ।आरोप–प्रत्यारोपको सिलसिला
वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजनिक रुपमै सभापति देउवाले पार्टीको महाधिवेशन नगर्नेगरी योजना बनाएको आरोप लगाएका छन् । उनले चितवन पुगेर सभापतिले विधानको अपव्याख्या गर्न नहुनेतर्फ सचेत गराए । उनले भने– ‘अहिलेदेखि नै महाधिवेशन नगर्ने संकेत आएको छ । लोकतान्त्रिक अभ्यासलाई निस्तेज पार्न खोजिएको छ । यसले पार्टीलाई राम्रो गर्दैन ।’ पूर्वमहामन्त्रीसमेत रहेका अर्का नेता प्रकाशमान सिंहले महामन्त्रीले विधिको शासन कायम गर्न नसेकेको र पार्टीलाई विधान बाहिरबाट चलाउन खोजेको आरोप लगाए । उनले महाधिवेशनका लागि चाहिने आधारभूत कुराहरुको तयारी थाल्नुपर्नेमा सभापतिले त्यसो नगरेको भन्दै आपत्ति जनाए ।
पार्टीभित्र विधिअनुसार नेतृत्व नचलेको भन्दै युवा नेता गगन थापाले समेत असन्तुष्टि व्यक्त गरेका छन् । त्यस्तै अर्का युवा नेता प्रदीप पौडेलले सभापति देउवाले पार्टी नेतृत्व राम्रोसँग चलाउन नसकेको भन्दै आलोचना गरे । उनले पार्टीको विधानलाई आफू अनुकूल मात्र चलाउन खोजेमा राम्रो नहुने चेतावनीसमेत दिए । काँग्रेसमा देउवालाई आफू जित्ने अवस्थामा मात्र अधिवेशन गर्ने सोच भएको व्यक्तिको रुपमा आरोप लाग्न थालेको छ । तल्लो तहबाट निर्वाचित भएर आउनका लागि धेरै झमेला भए पनि वर्तमान नेतृत्वले त्यसलाई सहज नबनाएर झन्झन् झमेला थपेको गैरसंस्थापनका नेताहरुको ठहर छ । त्यसैलाई साथ दिनका लागि सभापति देउवाले आफू निकटका नेतासमेत परिचालन गरेको आरोप लागेको छ ।
तर, सभापति देउवा निकटका नेताहरुले भने पार्टी सभापतिलाई काम गर्न नदिनेगरी भेला र गुटबन्दी गरिएको आरोप लगाएका छन् । देउवा निकट मानिएका नेता डा. प्रकाशशरण महतले सभापतिविरुद्ध भएका भेलाले कुनै अर्थ नराख्ने बताए । उनले पार्टी सभापति देउवा विधानभन्दा बाहिर नजाने जानकारी दिए । उनले भने– ‘अधिवेशन गर्ने कुरा हामी सबैको जिम्मेवारी हो । विधानभन्दा सभापति पनि बाहिर जानु हुँदैन । त्यसैले यस्ता आरोपले पार्टीलाई कमजोर पार्छ । जे भइरहेको छ त्यो गलत भएको छ ।’ चुनावका बेलामा पनि यस्तै गुटबन्दी गरिएकाले पार्टीले पराजय भोग्नुपरेको दाबी गर्दै नेता महतले सकभर निर्धारित मितिमै अधिवेशनका लागि सभापति तयार भएको जानकारी गराएका छन् ।
देउवा निकट मानिएका अर्का नेता रामहरि खतिवडाले सभापतिविरुद्ध भएका अभियानले पार्टी नै कमजोर हुने बताएका छन् । उनले पार्टी सभापति काँग्रेसको विधानअनुसार चलेकाले त्यसमा प्रश्न उठाउनु गलत हुने दाबी गरे । उनले भने ‘पार्टी सभापतिविरुद्ध हुने गुटबन्दीले खासै अर्थ राख्दैन । विधानअनुसार निश्चित समयभित्रै महाधिवेशन हुन्छ । यस्तै गुटउपगुटले गर्दा काँग्रेस कमजोर भएको हो । चुनावका बेलामा पनि आफ्नाले आफ्नालाईनै हराउन लागिएको थियो । जनतामा उत्साह आएका बेलामा नेताहरु एक ठाउँमा उभिएर सभापतिलाई साथ दिन आवश्यक हुन्छ ।’ उनले जागरण अभियानलाई रोक्न नहुनेमा जोड दिए । अर्को चरणको जागरण अभियानले काँग्रेसका लागि नयाँ उर्जा प्राप्त हुने उनको तर्क छ । -

रामप्रसादको दुलहा दुलही
न्यूयोर्क । कलाकार रामप्रसाद खनालले नेपाल पुगेर लोकदोहोरी एल्बम ‘दुलाहा दुलही’ रिलिज गरेका छन ।
युट्युबबाट संसारभर एकसाथ रिलिज गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत बिशुद्ध मौलिक रहेको छ । उक्त गीति एल्बममा लोक गायिका पूर्णकला बिसीले उनलाई साथ दिएकी छन् । थानेश्वर गौतमको संगीत र आशिष अविरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा नायक शंकर बिसीले कोरियोग्राफ गरेका छन् ।
शंकर बिसी र खनालले संयुक्त निर्देशन गरेको यो भिडियोमा मोडल तथा डान्सर करिश्मा ढकालले अभिनय गरेकी छन् ।
भिडियोमा हाँस्य कलाकारद्वय किरण केसी र शिवहरि पौडेलको अभिनयसमेत हेर्न पाइन्छ । खनालको यो लोक दोहोरी गीत विवाह र पार्टीमा सदाबहार रुपमा बजाउन र नाच्न मिल्ने प्रकारको छ । शब्द, स्वर, संगीत र एरेन्ज सबै पक्ष अब्बल छन् यो गीतमा ।
साथै, खनालले युट्युबमा आफ्नो एकाउन्ट सब्क्राइब गर्नेलाई एक लाख रुपैयाँको पुरस्कारको घोषणासमेत गरेका छन् । युट्युब एकाउन्ट RAM PRASAD KHANAL – https://www= youtube=com/user/ rampdkhanal/videos<view=0&sort=p&flow=grid&view_as=subscriber _ मा गएर सब्क्राइब गर्नेमध्येबाट लक्की ड्र मार्फत तीन जनालाई क्रमशः ५० हजार, ३० हजार, २० हजार पुरस्कार प्रदान गरिने छ । उक्त पुरस्कारको घोषणा एक लाख सब्क्राइबर नाघ्नासाथ मिडियाहरुबाट गरिने छ । -

नेपालमा फैलिंदै योग र साधना
काठमाडौं । नेपालमा पछिल्लो समय योग र साधनको व्यवसायीकरणले स्थान पाएको छ । काठमाडौं उपत्यका आसपासका क्षेत्रमा योग अभ्यासका लागि विभिन्न क्षेत्रबाट प्रतिष्ठान बनाउने काम भएको छ । हजारौंको संख्यामा योग सिक्ने विदेशी नेपाल आएका छन् । भक्तपुरको तेलकोटमा सञ्चालित रिक्रियसन सेन्टरका प्रमुख डा. चिन्तामणी गौतमले योग अभ्यासका लागि आफ्नो प्रतिष्ठानमा सयौं विदेशी आइरहेको बताएका छन् । यसले दर्जनौंलाई रोजगारी दिएको छ भने विदेशी पैसा स्वदेश भित्रिएको छ । भक्तपुरका विभिन्न ठाउँमा ससाना योग शिविरसमेत सञ्चालनमा छन् ।
नेपालमा रहेको भारतीय राजदूतावास काठमाडौंले राजदूत मञ्जिबसिंह पुरीको नेतृत्वमा सगरमाथाको फेदीमा योग अभ्यास गरेको छ । यसले नेपाललाई संसारभर चिनाउन मद्दत पुगेको छ । योग अभ्यासका लागि पुरीसहितको टोली सगरमाथाको फेदी पुगेको थियो । उनको योग अभ्यास गरिरहेको तस्वीर भाइरल बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नेपाल भ्रमणका क्रममा पनि योग र साधनालाई जोड दिएका थिए । त्यसैले भारतीयहरुले नेपाललाई योग, साधना र ध्यानको केन्द्र मान्दै आएका छन् । काठमाडौंको ठमेल, पोखराको लेकसाइड, चितवनको सौराहा, बर्दियाको ठाकुरद्वारा लगायतका पर्यटकीय क्षेत्रमा योग अभ्यासले व्यवसायिकता पाउँदै गएको छ । योगमा विद्यावारिधी गरेका डा. गौतमले पछिल्लो समय योगलाई व्यावसायिक बनाएर करोडौंको लगानी भैरहेको बताएका छन् । योग अभ्यासका लागि अमेरिका, क्यानडा, फ्रान्स लगायत पश्चिमा देशका नागरिक बढी आउने गरेका उनको अनुभव छ । अहिले पनि सयौंले आफ्नो केन्द्रबाट योग अभ्यास गरिरहेको गौतमको भनाइ रहेको छ ।
नेपालबाट योग सिकेर गएपछि विदेशमा पनि नेपाली योगाको नाममा योग शिविर सञ्चालन हुने गरेको छ । हिमालयको देश भएकाले पनि नेपालको योगालाई संसारभर राम्रो मानिन्छ । भारतीय योग गुरु रामदेवका कारण संसारमा चर्चामा रहेको योगा भारतमा भने जीवन जिउने साधनको रुपमा बिकास गरेको छ । रामदेवका उत्तराधिकारी आचार्य बालकृष्ण पनि नेपालको स्याङ्जाका बासिन्दा भएकाले नेपालले उनीमार्फत पनि फाइदा लिनसक्नु पर्नेमा विज्ञको जोड रहेको छ ।
पछिल्लो समय शहरीया जीवनशैलीका कारण शहरबजारमा योगप्रति नेपाली नागरिक पनि आकर्षित हुन थालेका छन् । योग मात्र होइन विपश्यनामा समेत नागरिक आकर्षित भएका छन् । व्यस्त जीवन शैली, दौडधूप, जटिल प्रकृतिका रोगको सङ्क्रमण, मनोविकार र पारिवारिक समस्याले ग्रस्त मानवले शान्तिको बाटो अवलम्बन गर्न खोज्छ । शान्ति प्राप्तिका लागि दैनिक एक–डेढ घण्टा ध्यान गर्नु अपरिहार्य मात्र होइन यस्तो अभ्यासले काममा एकाग्रता, समस्याको शान्तिपूर्ण समाधान, क्षमता वृद्धि, कार्यकुशलता र सहिष्णुता जस्ता गुणको विकास हुने ध्यानका साधकहरू बताउँछन् ।
विभिन्न प्रकारका ध्यान साधनामध्ये विपश्यनामा वृद्धवृद्धा मात्र होइन आफ्नो क्षमता अभिवृद्धि र कार्यकुशलताका लागि प्रौढ र महाविद्यालय पढ्ने किशोरी–किशोरी र कर्मचारीका साथै थुप्रै विदेशीहरू सहभागी भएको देखिन्छ । काठमाडौँ महानगरपालिका मनमैजु निवासी ७३ वर्षीया नानीमायाँ महर्जन जीवनको उत्तरार्धमा आइसक्दा पनि सन्तुष्ट र खुशी देखिन्छन । गएको १५ वर्षको अवधिमा सात चोटि विपश्यनाका दश दिने शिविर र दुई चोटि सतिपठ्ठान (स्मृति प्रस्थान)का शिविरमा बसेकी उनी त्यसकै प्रभावले होला वृद्धावस्थामा पनि शारिरीक र मानसिक रूपले अझै तन्दुरुस्त र हँसिलो देखिन्छीन । चार छोरा बुहारी र १२ नातिनातिनीका साथमा उहाँले आरामदायी जीवनयापन गर्दै आएकी छन् ।
रोग, राग, द्वेष र क्लेशबाट मुक्त नानीमाया अहिले सम्मानित अभिभावकको प्रतीक बनेकी छन् भने सबै परिवार उनका सहयात्री बनेका छन् । ‘विपश्यना नगरेको भए म उहिल्यै मरिसक्ने थिएँ होला,’ चन्दागिरि नगरपालिका–११ सतुङ्गल निवासी सुवास महर्जन भन्छन्– ‘पहिला फर्निचरको काम गर्दा निकै तनाव हुन्थ्यो । घरमा र काम गर्ने ठाउँमा पनि विवाद भइरहने गरेका कारण गर्दैआएको कामबाट पनि विमुख हुनुपथ्र्यो ।’ आठौँ पटक दश दिने शिविरमा सहभागी भइसकेका उनी भन्छन्– ‘मैले अहिले हस्तकलाको काम गर्दैआएको छु । तनावमुक्त भएकैले होला दत्तचित्त भएर काममा लाग्छु, सन्तुष्टि पनि मिलेको छ । विगतका पीडा वा दुःखका कुराले अहिले कुनै असर पनि गर्दैन ।’
पारिवारिक जञ्जालबाट मुक्त भएर पुरानो बानेश्वरस्थित सन्त कबिर आश्रममा बस्दै आएका चन्दागिरि नगरपालिका–१ दहचोक निवासी ७७ वर्षीय बद्री थापाक्षेत्री भन्छन्– ‘मलाई विपश्यनाले एक्लो जीवन पनि सरल र आनन्ददायी बनाइदिएको छ ।’ आफूले छ पटक दशदिने शिविर र एक पटक सातदिने सतिपठ्ठान शिविरका साथै एक पटक धर्म सेवा (शिविरमा स्वयंसेवा) पनि गरिसकेको उनी बताउँछन् ।
ध्यान गर्न चाहनेहरू एक–दुई पटक मात्र होइन १०–१२ पटकसम्म पनि शिविरमा आई विपश्यना अभ्यासलाई पुनर्ताजगी गर्ने गर्छन् । बाह्रौँै पटकसम्म दश दिने तथा सात दिने शिविरमा सहभागी श्रीमहालक्ष्मी नगरपालिका–८ सानागाउँ निवासी ८२ वर्षीय धनबहादुर महर्जन र दश पटकसम्म दश दिने शिविरमा सहभागी कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका ६८ वर्षीय विश्व खनाल यसका उदाहरण हुन् । अङ्ग्रेजी पात्रोअनुसार प्रत्येक महिनाको १ र १४ तारिखका दिन शिविर शुरु हुने विपश्यना ध्यान साधनामा अहिलेसम्म कति जनाले सहभागिता जनाइसकेका छन् ? तिनमा कति महिला र कति पुरुष छन् ? यी जिज्ञाशामा नेपाल विपश्यना केन्द्रले कुनै विवरण उपलब्ध गराउन चाहेन । शायद प्रचार–प्रसार आवश्यक नभएको ठानेर नै होला जानकारी नगराएको । तर, दुई वर्ष अघिको तथ्याङ्क केलाउँदा मुहानपोखरीस्थित धर्मशृङ्गमा अहिलेसम्म करीब ७० हजारभन्दा साधक–साधिका यस ध्यानमा सहभागी भइसके । त्यसमा झण्डै आधा–आधी विदेशी थिए ।
केन्द्रका अनुसार सन् २०१६ मा दुई हजार ५४१, २०१५ मा दुई हजार २८६ र २०१४ मा चार हजार नयाँ तथा पुराना साधक ध्यानमा सहभागी भएका थिए । सन् २०१७ र २०१८ मा तीन हजार जति थपिएको अनुमान गर्न सकिन्छ । भारत, चीन, जापान, बर्मा, श्रीलङ्का, अमेरिकालगायतका मुलुकहरुमा पनि विपश्यनाका सात दिवशीय, २० दिवशीय, ३० दिवशीय र ४५ दिवशीय शिविरहरु पनि सञ्चालन हुँदै आइरहेका छन् । शिविर अवधि सकिएपछि साधकले गर्ने दानबाटै यस्ता विपश्यना केन्द्रमा अर्को शिविर सञ्चालन हुँदै आएका छन् ।
शिविरमा धर्म दानको रूपमा धर्मसेवक भई सेवा गर्न आउने स्वदेशी तथा विदेशीको पनि कमी छैन । प्रत्येक शिविरमा साधकको रेखदेख, खान–पान, सफाइ, औषधिमूलो, प्रशासनिक व्यवस्थालगायत काममा झण्डै २५–३० धर्मसेवक÷धर्मसेविका सहभागी हुँदै आएका छन् । त्यस्तै दुई–दुई जना महिला र पुरुष आचार्य वा सहायक आचार्य पनि । आफ्नै दिदीबाट आठ वर्षअघि विपश्यनाबारे जानकारी पाएका स्वीडेनका डेनिस सुन्सन भन्छन्– ‘एक वर्ष अघि पञ्जाब गएको बेला त्यहीँ विपश्यना शिविरमा बसें । छ महिना अघि पुनः सिक्किममा दोस्रो शिविरमा बसेँ । यहाँ म धर्मसेवक भएर पनि बसिसकेको छु । पे्रमिका जोडी ओटारालाई पनि विपश्यना साधना गर्न लगाएको छु ।’
विपश्यना गर्दा रिसाउने बानी अन्त्य भएको छ, अहङ्कार हराएको छ, जे काम पनि गर्न सक्छु भन्ने मनोबल मिलेको । आफूहरुको भावी जीवन पनि सुखदायी हुनेछ भन्नेमा उनी विश्वस्त छन् । जापान र भारतका विभिन्न विपश्यना शिविरमा आठ पटक विपश्यना र नौ पटक धर्म सेवा गरेका जापानी नागरिक तारो सुबोटा अहिले फेरि धर्म सेवामा समर्पित छन । उनी भन्छन्– ‘पहिले मलाई पटक्कै पढ्न मन लाग्दैन थियो । त्यसैले मेरा परिवारले मलाई विपश्यना गर्न सुझाएका हुन् ।’
लिथुआनियाका नागरिक अभिदास गास्पाराभिसियसलाई डेनमार्कबाट नर्वे जाँदा पहिलो पटक एक साथीले विपश्यनाबारे बताइदियो । दोस्रो पटक अर्को साथीले पनि सोही कुरा दोहो¥यायो । तेस्रो पटक साथीकै आमाले पनि विपश्यनाबारे जानकारी दिँदै त्यसबारे पत्रिका पढ्न दिए तर, उहाँको मन गएन । इन्टरनेटमा त्यसबारे अध्ययन गरिसके पछि भने गत फागुनको पहिलो साता काठमाडौँ आएर उनी दश दिने शिविरमा बसे । अहिलेसम्म लगातार तीन पटक धर्मसेवामा खटिसकेको उनी बताउँछन् ।
इञ्जिनीयरिड विषयमा स्नातक गर्नुभएका धर्मसेवक अभिदास भन्छन्– ‘मानवीय सेवामा लाग्ने अहिले मेरा लागि अर्को विकल्प प्रारम्भ भएको छ । विगतमा अरू व्यक्ति भैm दुव्र्यवहारमा उत्रिहाल्ने स्वभाव ममा अहिले छैन ।’ बुद्ध दर्शनमा दश पारमितामा धर्म दान सबभन्दा ठूलो दान मानिन्छ । सबैभन्दा महत्वपूर्ण पारमी मानिएकैले शिविरमा आएका साधक साधिकाहरु धर्म दान गर्न इच्छुक हुने सहायक आचार्य तेजराज शाक्य बताउँछन् । यस्ता शिविरहरु धर्मसेवकबाटै सञ्चालन हुँदै आएका छन् । -

घरमा जाँच्दा ब्लड प्रेसर ठिक डाक्टरकोमा जाँच्दा निक्कै धेरै हुने समस्या डरलाग्दो
बिरामीको रक्तचाप (ब्लड प्रेसर ) घरमा हेर्दा एकदम ठिक अनि चिकित्सककोमा गएर जाँच्दा भने निक्कै माथि हुन्छ भने, एक अनुसन्धानले यो समस्यालाई निकै संवेदनशिल भनेको छ । घरको मेसिनमा ठिक चिकित्सककोमा गएर जाँच्दा रक्तचाप ( ब्लड प्रेसर) उच्च हुने रोगलाई “ह्वाईट कोट हाईपर्टेन्सन” भनिन्छ । यस्तो समस्या भएका बिरामीहरुले यदि समयमा नै हाईपर टेन्सनको औषधि नलिने हो भने सामान्य अवस्थाका उच्च रक्तचापका बिरामीमा भन्दा यस्तो समस्या भएका बिरामीमा मुटु रोगका कारण मृत्युको सम्भावना दोब्बर हुने हुन्छ । उक्त कुरा गत ११ तारिख मंगलबार “एनल्स अफ इन्टरनल मेडिसिन” नामक एक स्वास्थ्य सम्वन्धि पत्रिकाले प्रकाशित गरेको हो । उक्त पत्रिकाले २५७८६ जना ह्वाईट कोट हाईपर्टेन्सनको औषधि नलिएका र लिएकासँग ३८४८७ जना सामान्य प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर) का बिरामी बीच तुलना गरिएको बताएको छ । अमेरिका, युरोप र एसियाका ह्वाईट कोट हाईपर्टेन्सन भएका र नभएका उच्च रक्तचाप (ब्लड प्रेसर) का बिरामीहरुमा ३ बर्ष लगाएर उक्त तत्थ्य पत्ता लगाईको एनल्स अफ इन्टरनल मेडिसिनले जनाएको छ । हरेक पाँच जना बस्यक अमेरिकन मध्ये १ जनामा ह्वाईट कोट हाईपर्टेन्सन हुने गरेको अनुसन्धानले बताएको छ ।
सामान्यतया १३० / ९० भन्दा माथिको रक्तचापलाई उच्च रक्तचाप भन्ने बुझिन्छ ।
(यो सामग्री एनल्स अफ इन्टरनल मेडिसिनबाट लिईएको हो )
-

हृदयघातबाट अदालतको बेन्चमा न्यायाधिसको मृत्यु
न्यूयोर्क अपस्टेट स्थित एक न्यायाधिसको अदालतको बेञ्चमा नै हृदयघात हुँदा निधन भएको छ । पट्नम् काउन्टीको अदालतका न्यायाधिस जेम्स् रिजको गत शुक्रबार बेञ्चमा नै निधन भएको हो ।
न्यायाधिस रिजले एउटा मुद्दाको निर्णय सुनाएर अर्को मुद्दा लिने तयारी गर्दै थिए त्यतिकैमा उनले जोन नामका कोर्ट अफिसरलाई “जोन मलाई तिमीले यहाँ मद्दत गर्नु पर्ने भयो” भनेको र त्यती भन्ने बित्तिकै न्यायाधिस बेन्चमा नै ढलेको स्थानीय संचार माध्यायमहरुले बताएका छन् । ५७ वर्षिय न्यायाधिस बेहोस भएर लडेपछि एम्बुलेन्स नआउन्जेल कोर्ट अफिसर जोनले कार्डियो पल्मुनरी रिसक्सन (सि पि आर) गरेका थिए । केही समय भित्र अस्पताल पुर्याईएका न्यायाधिसलाई करिव ४५ मिनेट चिकित्सकहरुले उपचार प्रयास गरेपछि मृतक घोषणा गरिएको थियो ।
सन् २००७ देखि उनी पट्नम् काउन्टी स्थित अदालतमा न्यायाधिसका रुपमा कार्यरत थिए ।एजेन्सी
-

बहुउपयोगी चुकन्दर (बिट्स) ब्लड प्रेसर घटाउन अचुक औषधि
चुकन्दरको जरालाई साधारण तया चुकन्दर (बिटस) भनेर बुझिन्छ । संसारभर अधिकांसको भान्सामा प्रयोग हुने तरकारी हो चुकन्दर । चुकन्दरमा आवस्यक भिटामिन, खनिज र बिरुवाका योगिकहरु प्रसस्त हुन्छन ।साथ साथै चुकन्दरलाई कतिपय समय औषधिको रुपमा पनि प्रयोग गर्न सकिने मात्र होईन यसको जरा स्वादिलो पनि हुन्छ। चुकन्दरका फाईदा यस्ता छन् –
१) थोरै क्यालोरी भित्र प्रसस्त पौस्टिक पदार्थ र महत्वपूर्ण भिटामिन भएको बनस्पति हो चुकन्दर । मानब शरीरका लागि अत्यावस्यक प्राय सबै भिटामिन बिट्सबाट प्राप्त हुन्छ । ३ दशमलब ५ आउन्स ( १०० ग्राम ) पाकेको चुकन्दरबाट निम्न परिणाममा मानब शरीरका लागि आबस्यक पदार्थ प्राप्त हुन्छ ।
क ) क्यालोरी -४४
ख ) प्रोटिन -१ दशमलब ७ ग्राम
ग ) फ्याट- दशमलब २ ग्राम
घ ) भिटामिन सी – आर डि आईको ६ प्रतिशत
ङ) फ़ोलट – आर डि आईको २० प्रतिशत
च ) भिटामिन बि ६ -आर डि आईको ३ प्रतिशत
छ ) म्याग्नेसियम – आर डि ईको ६ प्रतिशत
ज ) पोटासियम -आर डि आईको ९ प्रतिशत
झ ) फोस्परस – आर डि आईको ४ प्रतिशत
ञ) म्यग्निज- आर डि आईको १६ प्रतिशत
ट ) आईरन -आर डि आईको ४ प्रतिशत२ ) मुटु रोगलाई उपयोगी
बर्तमान विश्वमा मुटु सम्बन्धि रोगहरु हर्ट एट्याक, हर्ट फेलर र स्ट्रोकले अधिक मानिसको ज्यान लिने गरेको छ । यी रोगहरुलाई निम्त्याउने कारक समस्या भनेको उच्च रक्तचाप नै हो । चुकन्दर ९ बिट्स ० उच्च रक्तचाप नियन्त्रण गर्ने अचुक बस्तु मानिन्छ । विभिन्न अनुसन्धानहरुका अनुसार बिट्स खाएको केही घण्टा भित्र नै ४ देखि १० एम एम एच जीसम्म रक्त चाप कम हुने गरेको देखिएको छ । बिट्सको नियमित सेवनले रक्तचाप नियन्त्रणमा आउने गर्दछ । अझै काँचो बिट्स खाँदा छिटो यसले असर गर्दछ । बिट्समा धेरै मात्रामा नाइट्रेट हुने भएको र नाईट्रेटले उच्च रक्तचापलाई घटाउने भएको कारण बिट्सको नियमित सेवनले उच्च रक्तचापका बिरामीलाई फाईदा पुर्याउने गर्दछ । उच्च रक्तचाप नियन्त्रणमा आए पछि हर्ट एट्याक, हर्ट फेल र स्ट्रोकबाट बच्न सकिन्छ ।
३) खेलाडीका लागि उपयोगी
शरीरमा नाईट्रेटले खेलकुदको लागि दक्षतामा वृद्धि गर्दछ । खेलाडीहरुका लागि बिट्स अत्यन्त लाभदायक छ । शरीरमा हुने कोसहरुमा शक्ति उत्पादन गर्न नाईट्रेटले मद्धत गर्ने हुँदा बिट्स खेलाडीको लागि ज्यादै राम्रो बस्तु मानिन्छ । किनकि बिट्समा नाईट्रेटको मात्रा अधिक हुन्छ । दैनिक ५०० मिलि लिटर बिट्सको रस सेबन गर्दा ६ दिन पछि नियमित भन्दा १५ देखि २५ प्रतिशत धेरै समय ब्यायम गर्ने शक्ति प्राप्त हुने एक अनुसन्धानले देखाएको छ । साइक्लिङ गर्न, दौडिन र फुटबल खेल्ने, हाईकिङ्ग गर्नेहरुका लागि बिट्स अत्यन्त लाभदायक मानिन्छ ।४) शरीर सुन्निनेहरुका लागि उपयोगी
धेरै लामो समयदेखि शरिर सुन्निएकाहरुका लागि बिट्स उपयोगी छ । बिबिध रोगहरुको कारणले शरीर सुन्निएका मानिसले नियमितरुपमा बिट्स खाने गर्यो भने फाईदा पुग्ने अनुसन्धानहरुले बताएकोछ । बिट्समा बेटालाईन्स नामक एक प्रकारको रंग हुने गर्दछ । त्यहि बेटालाईन्सले शरीरमा सुन्निने तत्व बिरुद्धका गुणहरु उत्पादन गर्दछ । मुसा माथि परिक्षण गरेर उक्त गुण पत्ता लगाईएको हो । साथै हाडमा जोर्नी सुन्निएका केही मानिसलाई बिट्सको जराबाट बनाईएका क्याप्सुल खुवाईएर गरिएको एक परिक्षणमा ति मानिसहरुलाई बिस्तारै दुखाई कम हुदै गएको र सजिलो हुदै गएको थियो ।५) पाचन शक्तिमा वृद्धि
बिट्समा प्रशस्त मात्रामा फाईबर हुन्छ । एक कप बिट्समा ३ दशमलब ४ ग्राम फाईबर हुन्छ । फाईबरको कारणले खानेकुरा राम्रोसँग पच्न्ने गर्दछ । साथै बिट्सले कब्जियत, पेट फुल्न्ने रोगलाई समाप्त पारेर कोलोन समेत सफा गर्दछ । साथै बिट्समा भएको फाईबरले कोलोन क्यान्सर, मुटु रोग र टाईप टु डाईबेटिज समेतलाई निकै फाईदा पुर्याउदछ ।६) स्वस्थ मस्तिस्कको लागि फाईदा पुर्याउँछ
मानिसको उमेर अनुसार स्मरण शक्तिमा ह्रास आउने गर्दछ । मस्तिस्कमा रगत र अक्सिजनको बहाब कम हुदै जाँदा शरीरमा स्मरण शक्तिमा ह्रास आउने गर्दछ । तर अचम्म लाग्दो कुरा बिट्समा भएको नाईट्रेटको सेबनले रक्त कोशीकाहरु खुला हुने र दिमागसम्म रक्तसंचार सजिलोसंग हुने गर्दछ भने दिमागसम्म अक्सिजनको मात्र पर्याप्त मात्रामा पुग्दछ । बिट्सको सेबनले दिमागको अगाडिको भागमा सजिलोसंग रक्तसंचार हुने हुँदा व्यक्तिको निर्णय क्षमतामा समेत वृद्धि हुने गर्दछ ।७) शरीरको तौल घटाउन मद्दत पुग्छ
बिट्समा थुप्रै पोषण तत्वहरु हुन्छन जस्ले शरीरको तौल घटाउन मद्दत गर्दछ । बिट्समा थोरै क्यालोरी र धेरै पानी हुने हुँदा यसले तौल घटाउँछ । बिट्समा ठिकै मात्रामा प्रोटिन पनि हुने र फाईबर पनि हुने हुँदा यसले शरीरको तौलमा ह्रास ल्याउछ ।(यो सामग्री हेल्थ लाईन डट कमबाट साभार गरिएको हो)
-

एनआरएनए अमेरिकाको साधारणसभाको तयारी तिव्र, गच्छेदार आउने
विश्व न्यूज संवाददाता
अमेरिका ।
गैर आवासीय नेपाली संघ अमेरिकाको आठौं साधारण सभाको तयारी तिव्र गतिमा अघी बढेको छ । इलिनोइस राज्यको शिकागोमा जुलाई ६ र ७ तारिखका दिन संघको साधारणसभा तथा नवनियुक्त कार्यसमितिको पदस्थापनको कार्यक्रम रहेको छ ।
संस्थाको विधान सभाको रुपमा समेत रहेको साधारणसभा सम्पन्न गर्न संस्थाकी उपाध्यक्ष राधा पौडेलको संयोजकत्वमा बनाइएको मुल व्यवस्थापन समिति तथा विभिन्न उपसमितिहरुले कामलाई द्रुत गतिमा अघि बढाएका छन् ।
साधारणसभाको उद्घाटन समारोहमा नेपालका पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छेदार, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुल आचार्य लगायत अतिथिका रुपमा सहभागि हुने बताइएको छ ।
साधारण सभाका लागि संघकी मिड वेष्ट क्षेत्रीय उपाध्यक्ष पौडेल कन्भेनर तथा त्यस क्ष्ँेत्रवाट आइसिसी सदस्य धर्म भट्टराई, बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराई, इलिनोइस च्याप्टर अध्यक्ष सत्य चौधरी,विस्कन्सिन च्याप्टर अध्यक्ष बुद्धी सुवेदी,अहोवा च्याप्टर अध्यक्ष महेन्द्र श्रेष्ठ, इण्डियाना च्याप्टर अध्यक्ष राजीव श्रेष्ठ, मिचिगन च्याप्टर अध्यक्ष जगनलाल श्रेष्ठ(विपिन) र केन्टकी च्याप्टर अध्यक्ष डिलु पराजुली को कन्भेनरको रुपमा रहेका छन् ।
यसैगरी, साधारणसभालाई व्यवस्थित रुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत बनाइएको छ । भर्खर सम्पन्न निर्वाचनवाट उपाध्यक्ष्ँमा विजयी बुद्धी सुवेदीको संयोजकत्वमा आर्थिक व्यवस्थापन, राज थापाको संयोजकत्वमा होटल व्यवस्थापन, गोविन्द श्रेष्ठको संयोजकत्वमा दर्ता ,इनद्रलाल चौधरीको संयोजकत्वमा स्वयंसेवक परिचालन, बाला घिमिरेको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन, विन्दु सापकोटाको संयोजकत्व र शिकागो ल्याण्ड नेपलिस फ्रेन्डसिप सोसाइटीको सहभागितामा सांस्कृतिक तथा झाकी प्रर्दशन, सुमन वस्तीको संयोजकत्वमा अतिथि सत्कार, कविता नेपालको संयोजकत्वमा स्वागत, जगन निरौलाको संयोजकत्वमा स्थानीय मिडिया प्रचारप्रसार , ललनदेव जिसीको संयोजकत्वमा मञ्च व्यवस्थापन, रोशन अधिकारीको संयोजकत्वमा स्टेशनरी व्यवस्थापन, सुरज घिमिरेको संयोजकत्वमा खेलकुद आयोजना उपसमितिहरु ब्नाइएको छ । यस्तैं, साधारणसभा सुरु हुनु अघि जुलाई ५ मा हुने वेलकम नाइटको लागि डिलु पुराजुलीको संयोजकत्वमा डिनर नाइट व्यवस्थापन उपसमिति बनँइएको छ । सबैं उपसमितिहरु मार्फत कार्यहरु अघि बढाइएको कन्भेनर राधा पौडेलले जानकारी दिइन् । साधारणसभामा उपस्थिति उल्लेख्य रहने अपेक्षा आफुहरुले गरेको बताउदैं उनले विधान संसोधनदेखि पदस्थापनको कार्यक्रम समेत रहेकाले सहभागिता राम्रो रहने भएकाले त्यही अनुरुपकैं तयारी थालिएको बताइन् ।
उनले सहभागि हुन आउने हरुलाई साधारणसभा हुने होटलको लागि होटल बुक देखि सहभागिताको लागि अनलाइन दर्ताको काम छिटो गर्न समेत आग्रह गरिन् । -

श्रेया कार्कीलाई चाहियो बुझक्की केटा
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो पुस्ताकी नायिका श्रेया कार्की चर्चामा छन् । चलचित्र बागमतीबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी कार्कीले आफूलाई नेपालकै स्थापित नायिका बनाउने उद्देश्य राखेकी छन् । काठमाडौंको बौद्धकी श्रेयाले चलचित्रमा भन्दापनि म्युजिक भिडियोमा आफूलाई स्थापित भएकी छन् । उनले झण्डै ४० म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । मिस टिन २०१३ मा भाग लिएपछि उनले मोडलिङ र चलचित्र क्षेत्रलाई आफ्नो मार्गदर्शक क्षेत्रका रुपमा स्थापित गरिन । पहिलो पटक १० हजारमा अभिनय गरेकी उनले म्युजिक भिडियोबाट राम्रो आम्दानी गरिरहेको बताउँछिन् । पछिल्लो समय फिटनेसमा पनि ध्यान दिन थालेको उनको भनाई छ । आफू हट देखिनका लागि वान पिस लगाउने उनले जानकारी दिएकी छन् । उनले जसरी हुन्छ नाम र दाम कमाउने बताउने गरेकी छन् । तर अहिलेसम्म भने प्रेम सम्बन्धमा नपरेकी कार्कीले बुझक्की केटा खोजिरहेकी छन् । उनलाई अभिनेता प्रदीप खड्का निक्कै मन पर्छ ।
-

कारभित्र निदाई रहेका र्यापर माथि ५५ पटक गोली हान्दा
गत फेब्रुअरी ९ तारिख राती आफ्नो कारमा सुतिरहेको अवस्थामा ६ जना प्रहरीले एकै साथ गोली हानी मारेका क्यालिफोर्नियाका र्यापर विली म्याकको हत्यालाई भलेहो सिटी प्रशासनले “उचित” भनेको छ ।क्यालिफोर्निया सान फ्रान्सिस्कोस्थित फाष्ट फुड रेस्टुरेण्ट टाकोबेलको ड्राईभ-थ्रुमा आफ्नै कार भित्र निदाईरहेको अवस्थामा स्थानीय भलेहो शहरका प्रहरीले २० वर्षीय म्याकको कारलाई एक साथ घेरा हाली ३ मिनेट ५० सेकेन्ड भित्र ५५ पटक गोली हानी हत्या गरिएको घटनाको रिपोर्ट सार्वजनिक गर्दै उक्त प्रशासनले हत्यालाई उचित भनेको हो । रिपोर्ट यसै हप्ता सार्वजनिक गरिएको हो ।
भर्खरै चर्चित बन्दै गरेका र्यापर म्याकको हत्यालाई उनको परिवारले “बिनाकारण फायरिङ्ग दस्ताद्वारा मारिएको” बताउँदै आएका थिए भने घटना राष्ट्रिय मुद्दा बन्दै आएको छ । भलेहो सिटी प्रशासनको तर्फबाट रिटायर्ड प्रहरी अफिसर डेभिड ब्लेकको ५१ पेज लामो रिपोर्टमा भनिएको छ “म्याक माथिको कारबाही जायज छ र म्याकलाई ६ जना प्रहरीले ३ मिनेटमा ५५ राउन्ड गोली हानेको प्रकृया र तरिका प्रहरी तालिम र बिधी बिधान भित्र नै छ” । टाकोबेलको ड्राईब थ्रुमा आफ्नै कार भित्र सुतिरहेको मान्छे देखेपछि टाकोबेलका कामदारले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतक म्याकको काखमा बन्दुक भएको र सुरक्षाका लागि गोली चलाऊनु परेको बताउदै आए पछि प्रहरीको शरिरमा रहेको “बडी क्याम” सार्वजनिक गर्नुपर्ने दबाब बढेको थियो । प्रहरीको बडी क्याम भिडियो फुटेज अनुसार आफ्नो कार भित्र मस्त निदाई रहेको अवस्थामा कुनै सुचना बिना ३ मिनेट ५० सेकेन्ड भित्र ५५ पटक गोली चलाईएको थियो । एजेन्सी
-

यस्तो छ काठमाडौंको फोहोर राजनीति, वर्षायाममा बिकरालरुप लिंदै
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोरमा राजनीति हुनु सामान्य कुरा हो । गोकर्ण डम्पिङ साइटदेखि नयाँ ठाउँ बञ्चरेडाँडासम्मको फोहोर व्यवस्थापनमा राजनीति देखिएको छ । सिसडोल र ओखरपौवामा समेत राजनीतिक खिचातानी बेलाबेलामा हुने गरेको छ । राजनीतिक रुपलेनै वर्षायाममा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन समस्यामा पर्छ । यस वर्षपनि त्यस्तै हुनसक्ने फोहोर व्यवस्थापनमा जुटेका नीजि क्षेत्रका कम्पनीले जनाएका छन् ।
उपत्यकामा काठमाडौं र ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्रमा फोहोर संकलनका लागि सयौं कर्मचारी आधुनिक गाडी सहित परिचालन गरेका छन् । तर निजी क्षेत्रको जस्तो प्रभावकारी फोहोर व्यवस्थापनमा महानगर आफैंले काम गर्न सकिरहेका छैनन् । महानगरको फोहोर व्यवस्थापन नीजि क्षेत्रको सक्रियता नहुँदा चल्नै नसक्ने अवस्थामा पुग्छ । अहिले काठमाडौं उपत्यकामा दर्जनौं कम्पनी र सयौं जनशक्ति नीजि क्षेत्रमा क्रियाशिल छन् । त्यसैले मात्र पहिलेको तुलनामा फोहोर व्यवस्थापन हुने गरेको छ ।
निजी क्षेत्रका दर्जनौं कम्पनीले वायो ऊर्जा र रिप्रशोधनका लागि फोहोर प्रयोग गर्ने गरेका छन् । त्यति मात्र होइन नीजि कम्पनीले घरघरबाट फोहोर संकलनको पैसा समेत उठाउने गरेका छन् । यस्तोमा महानगरका कर्मचारीको समेत मिलेमतो हुने गरेकोछ । महानगरका गाडी भने सार्वजनिक ठाउँमा जम्मा भएका फोहोर संकलनमा क्रियाशिल हुन्छन् । बेलाबेलामा फोहोर संकलनमा राजनीतिक पक्ष विपक्षले हड्ताल हुँदा काठमाडौं उपत्यका दुर्गन्धित हुने गरेको छ । अहिलेको अवरोध मुख्य रुपमा स्थानको कुरा भन्दा पनि जनशक्तिको व्यवस्थापनमा देखिएको समस्या प्रमुख रहेको महानगर स्रोतले जनाएको छ ।
वर्षायाममा भने उपत्यकाको फोहोर व्यवस्थापनमा मौसम बाधक बन्ने गरेको छ । बाटोघाटो राम्रो नहुँदा फोहोर बोकेका गाडी बाटोमै रोकिनु पर्ने बाध्यता रहेको छ । १० वर्षदेखि नयाँ स्थानमा फोहोर फाल्ने महानगरको तयारीमा समस्या आएको छ । उपत्यकाका अन्य नगरपालिकाले आआफ्नो क्षेत्रमा सामान्य साइट बनाएर फोहोर व्यवस्थापन गर्दै आएका छन् । बेलाबेलामा हुने राजनीतिक खिचातानीले लामो समयदेखि नयाँ ठाउँ फोहोर फाल्न योग्न बन्न सकेको छैन ।
सरकारले उपत्यकाको फोहोर व्यवस्थापन धादिङ र नुवाकोटको सीमामा पर्ने बञ्चरेडाँडामा काठमाडौँको फोहर व्यवस्थापन (डम्पिङ साइट) स्थायीरुपमा गर्ने भनेको १० वर्ष बित्न लाग्दा पनि राजनीतिकै कारण बन्न सकेको छैन । पहिले नुवाकोट ककनी गाउँपालिका–२ सिसडोल र विस २०६२ मा वडा नं ३ ओखरपौवामा अस्थायी फोहर फाल्ने र त्यसको तीन वर्षपछि धादिङको धुनेवेशी नगरपालिका–१ स्थित बञ्चरेडाँडामा स्थायीरुपमा फोहर फाल्ने संरचना बनाउने भने तापनि अझै बनेको छैन ।
बञ्चरेडाँडामा स्थायी संरचना बनाउन नसक्दा अव्यवस्थित फोहर व्यवस्थापनले गर्दा त्यहाँका बासिन्दाको जीवनयापन कष्टकर बन्दै गइरहेको छ । फोहर व्यवस्थापनका लागि सरकारले उक्त ठाउँको एक हजार ७८१ रोपनी जमीन अधिग्रहण गरे पनि स्थायी संरचना अझै तयार पारेको छैन । ती अधिग्रहण गरिएको जग्गाको मुआब्जासमेत सरकारले दिइसकेको छ । असारसम्म बञ्चरेमा स्थायी संरचना बनाएर फोहरलाई व्यवस्थापन गर्ने भने तापनि अझै बनेको छैन ।
बञ्चरे डाँडामा काठमाडौँको फोहर ५० वर्षका लागि व्यवस्थापन गर्न सकिन्छ । शुरुमा काठमाडौँ महानगरपालिकाको फोहर फाल्ने भने पनि पछि उपत्यकाका १८ वटा स्थानीय तहका फोहर फाल्न थालिएको छ । सरकारले पाँच वर्षभित्र स्थायी संरचना बनाएर फोहर व्यवस्थापन गर्ने भने पनि अहिलेसम्म नबनाएकाले जनजीवन कष्टकर बनेको धुनेवेंशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बताए । उक्त ठाउँमा विसं २०६२ देखि काठमाडौँ उपत्यकाको फोहर फाल्ने गरिएको छ ।
दुई वर्षमा अस्थायीरुपमा ककनीको ओखरपौवा र सिसडोलमा फोहर फाल्ने र त्यसपछि तीन वर्षमा बञ्चरेडाँडामा अन्तर्राष्ट्रिय मापदण्डअनुसार पूर्वाधार निर्माण गरी फोहर व्यवस्थापन गर्ने भनिएकामा १० वर्ष बित्न लाग्दा पनि अझै संरचना तयार पारिएको छैन । “स्थायीरुपमा फोहर व्यवस्थापनका लागि अझै काम शुरु गरिएको छैन,’ उनले भने, ‘अस्थायीरुपमा फोहर व्यवस्थापन गर्नाले यहाँका मानिसको स्वास्थ्यमा असर परिरहेको छ ।’ यही असारसम्म स्थायी संरचना बनाउने प्रतिबद्धता गरे पनि त्यो पूरा नहुने देखिन्छ ।
अहिले रहेको अस्थायी व्यवस्थापन ककनीमा गरिएको छ । ककनीको ओखरपौवामा रहेको अस्थायी फोहरले धादिङका जनता बढी मारमा परेका छन् । उक्त क्षेत्रका बाटोमा हिँड्दा फोहरको दुर्गन्ध आउने गर्दछ । गिद्ध, चिल र कागले फोहर टिपेर मानिसका घरघरमा पु¥याउने गरेको नगर प्रमुख आचार्यले बताएका छन् । यस्तै फोहरको लेदो बगेर खोलामा मिसिन्छ । उक्त खोलाको पानी न गाईबस्तुलाई खुवाउन हुन्छ न खेतमा हाल्नका लागि ।
खोलाको पानी गाईवस्तुले खाए पनि मर्ने र खेतमा हाल्नाले बालीसमेत मर्ने गरेको उनी बताउँछन् । बञ्चरेडाँडामा बन्ने स्थायी फोहर व्यवस्थापनबाट फोहरबाट मल बनाउने, ग्यास निकाल्न सकिने भए पनि अझसम्म कुनै ध्यान जान सकेको छैन । ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामाले दुई वर्षका लागि फोहर फाल्न भनिएको ठाउँमा १० वर्षसम्म पनि फाल्ने गरेको बताए । ‘दुई वर्षका लागि भनिएको ठाउँमा अझै पनि फोहर फालिँदैछ,’ उनले भने, ‘फोहरको दुर्गन्धले गर्दा स्थानीयवासी आफ्नो बासस्थान छाडेर अन्यत्र जान थालेका छन् । चाँडोभन्दा चाँडो बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्नुपर्दछ ।’
फोहर गर्दा दक्षिणतर्फका मानिस बढी प्रभावित भएका छन् । गाउँपालिका अध्यक्ष लामाले सिसडोल र ओखरपौवाका २५ जनालाई त्यहाँको फोहरले क्यान्सर रोगसमेत लागेकाले गाउँपालिकाबाट उपचार खर्च दिएको जानकारी दिए । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पप्रसाद कँडेलले स्थायी संरचना बनाउने प्रक्रिया शुरु गरिएको बताएका छन् । उनका अनुसार विदेशबाट कारखाना ल्याई मल, ग्यास बनाइनेछ । ‘प्लान्ट बनेपछि यहाँका जनतालाई पनि सहज हुनेछ,’ उनले भने, ‘केही वर्षका लागि काठमाडौँको फोहर व्यवस्थापन गर्न सकिन्छ ।’ अधिग्रहण गरिएको जग्गामा फोहर व्यवस्थापन (डम्पिङ साइट) बनाउनेमा भेदभाव गरिएको छ ।
ओखरपौवा र सिसडोलमा दुई वर्ष फोहर व्यवस्थापन गर्ने र त्यसपछि बञ्चरेडाँडामा स्थायी बनाउने सहमति भएको थियो । ओखरपौवा र सिसडोलमा फोहर भरिए पनि स्थायी व्यवस्थापन बनिनसकेकाले ती दुई स्थानमा डोजरले माथि पु¥याइ फोहर राखिएको छ । ‘स्थायी संरचना बनाउनुको सट्टा ओखरपौवा र सिसडोलमा फोहरलाई कोचीकोची राख्ने गरिएको छ,’ नगरप्रमुख आचार्यले भने, ‘फोहरलाई जबर्जस्ती व्यवस्थापन गर्नुको साटो चाँडो स्थायी संरचना बनाएर फाल्नुपर्दछ । स्थायी संरचना बनेपछि फोहरबाट कुनै दुर्गन्ध निस्कँदैन ।’
ओखरपौवा र सिसडोलका क्षेत्रको फोहरदेखि ५०० मिटरसम्मका जग्गा अधिग्रहण गरिएको छ भने धादिङको बञ्चरेडाँडाका स्थानीयवासीको भने २०० मिटर क्षेत्रसम्मको जग्गामात्र अधिग्रहण गरिएको छ । धुनेवेंशी नगरप्रमुख आचार्यले अतिक्रमण गर्ने क्रममा आफूहरुलाई भेदभाव गरिएकोसमेत बताएका छन् । अहिले बञ्चरेडाँडामा स्थायी फोहर व्यवस्थापन नगरेर ओखरपौवा र सिसडोलका क्षेत्रलाई नै बढाएर फोहर फालिएको उनको भनाइ छ । ‘हामीले बारम्बार अनधिकृत गरिएको बञ्चरेडाँडामा स्थायी संरचना बनाउने भनेका छौँ,’ उनले भने, ‘तर सरकारले सुनेको नसुनेको जस्तै ओखरपौवा र सिसडोल क्षेत्रको जग्गामाथिसम्म बढाएर अनधिकृत जग्गा बढाएर फोहर फालेको छ ।’ फोहर फाल्ने ठाउँमा सरकारले त्यहाँका जनतालाई स्वास्थ्य उपचार गर्नका लागि स्वास्थ्य चौकी, एम्बुलेन्स, पशु बीमा, बाली बीमा जस्ता कार्यक्रम ल्याउने भने तापनि अझै दिएको छैन ।
नगर प्रमुख आचार्यले नगरपालिकाको पहलमा त्यहाँका जनताका लागि स्वास्थ्य चौकी स्थापना गर्न थालिएको जानकारी गराए । धुनेवेंशी नगरपालिका–१ का वडाध्यक्ष चन्द्र तामाङले फोहरका लागि अधिकरण गरिएको बञ्चरेडाँडामा डम्पिङसाइट चाँडै बनाएर स्थानीयवासीलाई फोहरको दुर्गन्धबाट बचाउनुपर्ने बताएका छन् । आसपासका अन्य स्थानीय तहले पनि फोहोरका कारण मानव स्वास्थ्यमा परेको नकरात्मक असरमा सरकार संवेदनशील नभएको आरोप लगाएका छन् । -

एउटा बिचित्रको सम्मान
समा श्री
काठमाडौंसभाहलमा एक प्रसिद्ध संस्थाको वार्षिक कार्यक्रमका साथै वरिष्ठ कविहरूलाई बिबिध विधामा पुरस्कार तथा सम्मान गरिने भएको थियो । कार्यक्रम सुरु भयो, मञ्चमा आसन ग्रहणको लागि बोलावट भएका नामसँगै तारिफको पोको र विशेषणका गुठरी जोड्न थालियो । सम्मान तथा पुरस्कार ग्रहण गर्नेहरुको संख्या लगभग पचास साठीको हाराहारीमा थिए । समयमै कोही नपुगेकाले एक त कार्यक्रम एक घण्टा ढिला सुरु भयो, त्यसमाथि कार्यक्रम संचालकले आफ्नो बक्तृत्व कला देखाउने मौका गुमाउन नचाहेकोले कार्यक्रम झनै लम्बिन थालेको थियो । वक्ताहरू आउँदै गए, अनावश्यक बयानवाजीले समय खाँदै गए । यता आयोजकलाई भने समयमै सभाकक्ष खाली गरिदनु पर्ने पिरलोले सताऊन थाल्यो । जतिसक्दो छिटो कार्यक्रम टुङ्याउन संकेत गरे पनि कार्यक्रम लम्बिँदै गयो । प्रमुख अतिथिले सञ्चालकको विवसता बुझेका थिए तर उनी पनि लचार हुन बाध्य भए ।
अन्त्यमा प्रमुख अतिथिबाट पुरस्कार वितरणको घोषणा भयो । प्रमुख अतिथि उठे, माइकमा गए र भने– ‘आज सम्मानित हुनुहुने आदरणीय कविज्यूहरू तथा विभिन्न विधामा पुरस्कृत हुन लाग्नु भएका महानुभावहरू, समयाभाव र सभाकक्ष खाली गरिदिनु पर्ने बाध्यताका कारण म तपाईंहरू सबैलाई आ–आफ्नो नामको पुरस्कार र प्रमाणपत्रहरू अगाडि आएर आफैँले खोजेर लिएर जान हुन हार्दिक अनुरोध गर्दछु । साथै आफुलाई मन पर्ने रङ्गको खादा पनि लगाएर संस्थाको इज्जत राखिदिन हुन अनुरोध गर्दछु ।’
सम्मानित हुनुपर्ने कविहरू तथा पुरस्कृत हुनु पर्ने व्यक्तित्वहरूलाई मञ्चमा सजाएर राखिएका पदक तथा पुरस्कारले गिजाउन थाल्यो ।
तर एकै छिनमा तँछाडमछाड गर्दै प्रमाणपत्र खोज्न र पुरस्कार खोज्नेहरू व्यस्त देखिन थाले, खादाले गर्दन बेरिन थाल्यो तर कार्यक्रम भने सेल्फीको फ्ल्यास लाइटले मधुरो हुदै गयो । -

साहित्यको विधागत वर्गीकरणमा कविता
आचार्य पीपलमणि सिग्देल
न्यूयोर्कलौकिक कविताले चार हजार वर्षको यात्रा तय गरिसकेको छ । कविता समग्र साहित्यको सबैभन्दा जेठो विधा पनि हो । संस्कृत साहित्य दुई भागमा विभाजित छ स् श्रव्य र दृश्य । दृश्य विधाअन्तर्गत नाटक पर्दछ भने श्रव्य विधाअन्तर्गत गद्य र पद्य विधा पर्दछन् । जीवन र जगतका सूक्ष्म अनुभूति कविहृदयमार्फत् प्रस्फुटित हुँदा थपिने लयात्मक स्वरुपले कविता जन्माउँछ । यति, गति, लयका साथ लेखिने छन्दात्मक अभिव्यक्तिलाई पद्य कविता भनेर परिचय स्थापित गरेपनि साहित्य रचनाको विकासक्रमसँगै गद्यमा पनि लयात्मक छटा भेटिन थालेपछि गद्यकविताको विकास भएको हो । वर्तमानका गद्य कविताको रचना धेरै मात्रामा हुनेगरेको छ । गद्य साहित्यका अन्य विधा कथा, उपन्यास, निबन्ध, जीवनी आदि भन्दा गद्य कविताको पृथक पहिचान छ । लयले नै कविता र अन्य गद्य साहित्यमा भेद स्पष्ट पार्दछ । गीत, गजल र कवितामा केही समानता देखिए पनि गजल र गीतामा गायन पक्ष सबल हुन्छ भने कविता अनुभूतिको रागात्मक कथन लयबद्ध तवरले व्यक्त भएपछि जन्मिन्छ । अतः कविता नाटक, कथा, निबन्ध, उपन्यास, जीवनीका साथै गीत र गजलभन्दा पनि फरक विधा हो ।
स्वरुपका दृष्टिले कविताका पाँच भेद रहेका छन् । कवितामा लघुतम कविता (मुक्तक, हाइकु), लघु कविता (फुटकर कविता), मध्यम कविता (खण्डकाव्य), बृहत् कविता (महाकाव्य), बृहत्तर वा बृहत्तम कविता (विकासशील वा आर्ष काव्य) रहेका छन् । मुक्तक, फुटकर कविता, खण्डकाव्य, तथा महाकाव्यको रचना धेरै संख्यामा हुने गरेता पनि आर्ष महाकाव्यको रचना भने हुने गरेको पाइँदैन ।
लयात्मक अभिव्यक्तिको सबैभन्दा सानो रचनालाई लघुतम कविता या मुक्तक÷हाइकु भनिन्छ । यस्ता रचनामा कम्तीमा अभिव्यक्तिको केही फन्दा मारिएको हुन्छ। यसलाई कविताको सबैभन्दा सानो स्वरुप मानिन्छ । कम्तीमा दुई अनि बढीमा सात हरफको कवितालाई यस वर्गमा राख्न सकिन्छ । यिनमा वस्तुगत वर्णन र आत्मपरक अनुभवको एक झिल्का उद्गार रहन्छ र यसमा कवि चेतनाको एक खास क्षणको स्फुरण हुन्छ । कम्तीमा दुई वा सोभन्दा बढी पङ्क्ति वा हरफ भएका कवितालाई लघु कविता अर्थात् फुटकर कविता भनिन्छ । यसमा क्षण विशेषको अभिव्यक्ति हुन्छ । अनुभूतिको एक झरी यसमा बर्सिन्छ । युग्मक, कलापक, विशेषक तथा कुलक पनि यही लघुरुप अन्तर्गत पर्दछन् । फुटकर कवितामा कुनै वस्तुपरक वर्णन, आत्मपरक अभिव्यक्ति, वा कुनै सूक्ष्म आख्यान पनि आउन सक्छ । जीवन र जगतको कुनै एक पक्षको सशक्त अभिव्यक्ति दिने मझौला कवितालाई मध्यम कविता वा खण्डकाव्य भनिन्छ । अङ्ग्रेजी साहित्यको लामो कविता यस वर्गमा पर्दछ । खण्डकाव्यमा लय, भाषाशैली, जीवनको एक अंशको कथन गर्ने आख्यान, कथावस्तु, पात्रविधान, परिवेश वा देशकाल, भाव र मझौला आयामका शिल्प संरचना आवश्यक हुन्छ । यसमा अनुभूतिको सानो खोला बहन्छ । जीवन र जगतको समग्र पाटो समाविष्ट, सर्ग वा खण्डमा विभाजित, बृहत् संरचनाको अभिव्यक्तिलाई बृहत् कविता अर्थात् महाकाव्य भनिन्छ । १०० भन्दा बढी कविता भएको आठ सर्गभन्दा माथिका काव्य यस महाकाव्य अन्तर्गत पर्दछन् ।
महाकाव्यमा लय, भाषाशैली, समग्र आख्यान, कथानक, पात्रविधान, देशकाल, परिवेश, सर्गयुक्त, धिरोदात्त नायक र कुलीन नायिका भएका बृहत् संरचना नै महाकाव्यका तत्व हुन् । वास्तवमा महाकाव्य तीन सहस्राब्दी पुरानो साहित्यिक विधा हो र साहित्यका हाल चलनचल्तिका विधाहरूमध्ये स्फुट गीत र कथाबाहेक सबभन्दा जेठो, बुढो र पुरानो विधा यही महाकाव्य हो । बृहत्तर कविता (विकासशील वा आर्ष काव्य)ले युगको नै प्रतिनिधित्व गर्दछन् । यस्ता कृतिमा आख्यानभित्र पनि आख्यान हुन्छ । संस्कृतमा रामायण र महाभारत अनि पाश्चात्य साहित्यमा इलियड, ओडिसी र गिल्गामेस यस्ता कृति हुन् । लय, भाषाशैली, पात्र, युगको आख्यान, बृहत् स्वरुप, खण्ड या सर्गयुक्त, कथानक, देशकाल, परिवेश जस्ता यी काव्यका तत्व हुन् । यसरी कविताका विविध रुप रहेका छन् । मुक्तकदेखि विकासशील वा आर्ष महाकाव्यसम्म कविताका अनेक स्वरुप रहेका छन् र हरेक स्वरुपका आ–आफ्ना विशेषता रहेका छन् ।