Author: Vishwanews.com

  • न्यूह्यामसरमा दशैं उत्सव, समाजसेवी थापा र गुरुङ सम्मान्नित

    न्यूह्यामसरमा दशैं उत्सव, समाजसेवी थापा र गुरुङ सम्मान्नित

    म्यानचेष्टर

    न्यूह्यामसर नेपाली समाजको आयोजनामा शनिबार बृहत दशैं उत्सव साँझ सम्पन्न भएको छ । राज्यका बिभिन्न भेगमा बसोबास गर्ने नेपालीहरु म्यानचेस्टरमा भेला भएर सामुहिक रुपले दशै साँझ मनाएका हुन् ।

    उत्सवमा बिभिन्न सांगितक एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । साथै दशैं साँझको अवसर पारेर समाजले पूर्व अध्यक्ष एवं समाजवेसी रविन थापालाई सम्मान समेत गरेको छ । स्थानिय समिट न्यूह्यामसरका अध्यक्ष रहेका थापाले समाजले आयोजना गर्ने हरेक कार्यक्रमलाई खुलेर सहयोग गर्दै आएका छन्।

    समाजले बर्षेनी आयोजना गर्ने सकर (फूटबल) प्रतियोगितामा थापाले मुख्य प्रायोजकको रुपमा सघाउँछन् भने अन्य गतिविधीमा पनि उत्तिकै खुलेर सहयोग गर्दै आएका छन् । थापाको समिट न्यूह्यामसरसँगकै सहकार्यमा समाजले बार्षिक रुपले स्वयंसेवी (भोलुनटिअर) अवार्ड पनि वितरण गर्दै आएको छ ।

    थापालाई समाजका अध्यक्ष लाक्पा शेर्पा, संस्थापक अध्यक्ष मिन गौतम एवं पूर्व अध्यक्ष सोम गुरुङले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । सम्मान पछि बोल्दै थापाले परदेशमा आएर नेपालीहरुलाई जोड्ने गतिविधीमा समाजले चालेको कदमको सह्राना गरेका थिए । ‘खेलकुद देखि सांस्कृतिक गतिविधीसम्मको प्रवर्धनमा न्यूह्यासर नेपाली समाज खटि रहेको छ, आगामी दिनमा यसले निरन्तरता पाओस्’ थापाको भनाइ थियो ।

    यस्तै समाजले गत बर्ष वितरण सुरु गरेको एनएचएनसी भोलुनटिअर अवार्ड न्यूह्यासर दिदी बहिनी समुहकी अध्यक्ष किरण गुरुङलाई प्रदान गरेको छ । हरेक सामाजीक गतिविधीमा अहोरात्र खट्ने गुरुङको सकृयतालाई कदर गर्दै समाजले उक्त अवार्ड प्रदान गरेको हो । गुरुङलाई समाजका अध्यक्ष शेर्पा एवं पूर्व अध्यक्षहरु गौतम, थापा र गुरुङले सम्युक्त रुपमा सम्मान एवं प्रोत्साहन स्वरुप एक हजार डलर नगद सहित अवार्ड प्रदान गरेका थिए ।

    कार्यक्रममा न्यूह्यामसरका बिभिन्न भेटमा रहेका फरक उमेर समूहका कलाकारहरुले गायन, नृत्य लगायतका कला प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी सम्पुर्णलाई स्वागत गर्दै समाजका उपाध्यक्ष माधव गुरुङले दशैंको अवसरले बिदेशको व्यस्त समयमा पनि एक आपसमा भाइचारा र खुसीयाली साट्ने अवसर प्रदान गरेको बताए ।

    समाजका अध्यक्ष शेर्पाले यस्ता सांस्कृतिक चाडबाड र उत्सवमा सबैको सहभागिताले मात्र भावी पुस्तालाई आफ्नो संस्कार र संस्कृति सिकाउन सकिने उल्लेख गरे ।

  • समिट एनएचएनसी कप–२०२४ सम्पन्न

    समिट एनएचएनसी कप–२०२४ सम्पन्न

    म्यानचेस्टर

    न्यूह्यामसर नेपाली समाजले आयोजना गरेको ‘समिट एनएचएनसी कप–२०२४’ को उपाधि एनएचएनसी फूटबल टिमले हात पारेको छ । न्यूह्यामसर राज्यको म्यान्चेष्टर शहरस्थित रकरिमन फूटबल मैदानमा शनिबार आयोजित फाईनल खेलमा एनएचएनसी फूटबल टिमले भरमण्ट फूटबल क्लबलाई पराजित गर्दै उपाधि जितेको हो ।

    विजेता एनएचएनसी फूटबल टिमले नगद पाँच हजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेता भरमण्ट फूटबल टिमले नगद तिनहजार डलरसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

    विजेता तथा उपविजेता टिमहरुलाई न्यूह्यामसर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा, समिट न्यूह्यामसर एलएलसीका अध्यक्ष रविन थापा, नेपाली राष्ट्रिय फूटबल टिमका पूर्व कप्तान दिपक अमात्य, गैर आवशीय नेपाली संघ अमेरिका न्यूह्यामसर च्याप्टरका अध्यक्ष कमल ढुंगाना र न्यूह्यामसर नेपाली समाजका पूर्वअध्यक्ष सोम गुरुङले संयुक्त रुपमा पुरस्कार, ट्रफी तथा मेडल वितरण गरेका थिए ।

    यसबर्षको प्रतियोगिताको मुख्य प्रायोजन समिट न्यूह्यामसरले गरेको थियो भने अन्य विभिन्न स्थानीय व्यबसायीहरुले सह–प्रायोजन गरेका थिए ।

    न्यूईङ्ल्याण्ड क्षेत्रकै प्रतिष्ठित र ठूलो धनराशी रहेको प्रतियोगितामा न्यूयोर्क, मासाचुसेट्स, कनेक्टिकट, भरमण्ट र न्यूह्यामसर राज्यका गरि १२ टिमले सहभागिता रहेको थियो ।

    ‘खेलको माध्यमबाट न्यूईङ्ल्याण्ड क्षेत्रमा बसोबास गर्ने नेपालीभाषीहरुबीच भाइचारा र भातृत्वको विकास गर्ने हाम्रो निरन्तर प्रयास हो’ आयोजक न्यूह्यामसर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पाले भने ‘आगामी बर्षहरुमा फूटबलका अलवा अन्य खेलहरु पनि थप्दै जानेछौं ।’

    यसैगरी प्रतियोगिताको मुख्य प्रायोजक समिट न्यूह्यामसरका अध्यक्ष रविन थापाले खेलकुद नेपालीभाषी युवापुस्तालाई जोड्ने माध्यम भएको बताए । ‘न्यूईङ्ल्याण्ड क्षेत्रमा बसोबास गर्ने उत्कृष्ठ खेलाडीहरुको टिम बनाएर प्रतियोगिता वा मैत्रीपूर्ण खेलका लागि नेपालसम्मै लाने हाम्रो जमर्को रहनेछ’ उनको भनाइ थियो । थापाले खेलाडीहरुलाई नेपालसम्म लैजानको लागि ब्यबस्थापकीय काममा समिट न्यूह्यामसरले सक्दो सहयोग गर्ने बचन दिए।

  • न्यूह्यामसायरमा सामुहीक तीजको रौनक (तस्वीरहरु)

    न्यूह्यामसायरमा सामुहीक तीजको रौनक (तस्वीरहरु)

    म्यानचेस्टर

    न्यूह्यामसायरमा बसोबास गर्ने नेपाली महिलाहरुले संयुक्त रुपमा तीज मनाउने एवं दर खाने कार्यक्रम सम्पन्न छन् । न्यूह्यामसायर नेपाली समाजको सहजिकरणमा न्यूह्यामसायर दिदी बहिनी समुहले आयोजना गरेको सामुहिक तीज उत्सवमा राज्यभरबाट महिलाहरुले सहभागिता जनाएका थिए ।

    अघिल्लो शनिबार मेरिम्याकमा आयोजित उत्सवमा २०० हाराहारी दिदी बहिनी सहभागी भएको समुहकी अध्यक्ष किरण गुरुङले जानकारी दिइन् । ‘सिकोष्ट देखि क्लेरमोन्टसम्मका दिदी बहिनीहरुले उत्साहजनक सहभागिता जनाइदिनुभयो, गुरुङले भनिन्- बर्षमा कम्तिमा एक दिन राज्य भरका दिदीबहिनी भेला भएर खुसी साटासाट गर्न पाउँदा आनन्द लागेको छ ।’

    समाजका अध्यक्ष लाक्पा शेर्पाले न्यूह्यामसायरबासी नेपालीको हार्दिकता र भाइचाराको उपजस्वरुप तीज उत्सव जस्ता कार्यक्रम सहजता पुर्वक आयोजना गर्न सकिएको बताए । उत्सवमा सहभागि दिदीबहिनीको उत्साहले आफुहरुलाई आगामी दिनमा पनि कार्यक्रम निरन्तरता दिन उर्जा मिलेको उनले बताए ।

    कार्यक्रममा नृत्य लगायतका प्रस्तुती देखाइएका थिए । त्यसपछि दिदीबहिनीहरुले डिजे संगीतमा खुलेर नाचगान गरेका थिए भने अन्त्यमा सामुहिक रुपले केक काटेर तीजको खुसियाली मनाइएको थियो ।

  • बाल्यकालको क्यान्सरबारे सचेतना जगाउन काठमाडौँ-इलाम साइकल यात्रा

    बाल्यकालको क्यान्सरबारे सचेतना जगाउन काठमाडौँ-इलाम साइकल यात्रा

    काठमाडौँ

    दिर्घजिवी स्वयंसेवी संस्थाका संस्थापक अध्यक्ष समिर श्रेष्ठले लाइन्स क्लव अफ काठमाडौँ दिर्घजिवीको सहकार्यमा काठमाडौँ देखि इलामसम्मको साइकल यात्रा सम्पन्न गरेका छन् । ‘ह्विल्स अफ होप’ नाम दिएर नोभेम्बर ६ मा साताव्यापी साइकल यात्रा सुरु गरिएको थियो ।

    बाल्यकालमा लाग्ने क्यान्सरबारे सचेजना जगाउने उद्धेश्यले साइकल यात्रा आयोजना गरिएको लाइन्स क्लव अफ काठमाडौँ दिर्घजिवीका प्रेसिडेन्ट महेश दाहालले जानकारी दिए ।

    नेपालमा बर्षेनी १६ सय बालबालीका क्यान्सरबाट पिडित हुने गरेका छन् । बाल्यकालको क्यान्सरबारे सचेतना जनाउन दिर्घजिवी स्वयंसेवी संस्था निरन्तर सकृय छ । पहिलो दिन चितवनसम्म पुगेको साइकल यात्रा त्यसपछि क्रमशः निजगढ लाहान इनरुवा झापा हुँदै शुक्रबार इलाम पुगेर सम्पन्न भएको हो।

  • क्यान्सर जितेका बालबालीकाहरुको भेला, रोगबारे चेतना जगाउने प्रण

    क्यान्सर जितेका बालबालीकाहरुको भेला, रोगबारे चेतना जगाउने प्रण

    काठमाडौँ

    क्यान्सर पिडित बालबालिकाहरुलाई सहयोग गर्दै आएको दिर्घजिवी स्वयंसंवी संस्था एवं लाइन्स क्लव डिस्ट्रिक्ट ३२५ के अन्तर्गत जोन २१ (ट्रिजा ढकाल) र जोन २८ (सुलोचना मानन्धर) को आयोजनामा राजधानीमा दुई दिने ‘चाइल्डहुड क्यान्सर सर्भाइभर मिट’ सम्पन्न भएको छ ।

    भदौ १० र ११ मा आयोजित बरिस्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, लाइन्स क्लव डिस्ट्रिक्ट ३२५ केका गभर्नर राजेन्द्र कुमार बाटाजु, यमन श्रेष्ठ ,नेपाल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. ब्रिजेसराज घिमिरे, भक्तपुर क्यान्सर अस्पतालकी बाल क्यान्सर रोग विषेशज्ञ डा. शुष्मा गुरुङ् एवं 2022 मिस अर्थ अवार्ड विजेता डा. सरिषा श्रेष्ठ को उपस्थिति रहेको थियो ।

    ‘वी आर द होप फर द रेष्ट’ भन्ने नाराका साथ आयोजित कार्यक्रमको मुख्य उद्धेश्य क्यान्सर रोकथाममा सघाउ पुर्याउन उक्त रोग प्रतिको आम सोच परिवर्तन गर्दै समाजमा सचेतना जगाउनु रहेको आयोजक संयोसेवी संस्था अध्यक्ष समिर श्रेष्ठले बताउनुभयो । संस्थाले विगत एक दशक देखि क्यान्सर पिडित बालबालीकालाई सेवा गर्दै आएको छ ।

    कार्यक्रमको पहिलो दिन क्यान्सर जितेका १९ जना बालबालिका र उहाँहरुको अभिभावकको अनुभव आदान प्रदान गरिएको थियो भने दोस्रो दिन हाइकिङ्ग र भिडियो सुटिङ्ग भएको थियो । कार्यक्रमको अवसर पारेर दिर्घजिवी स्वयंसेवी संस्थाले ९ सदस्यीय “दिर्घजिवी क्यान्सर सरभाइभर ग्रुप” पनि गठन गरेको छ । ग्रुपले आगामी दिनहरुमा क्यान्सर पिडित बालबालिकाहरुको सहयोगका लागि काम गर्नेछ ।

    कार्यक्रममा डायल अप मिडिया प्रा.लि., प्रभु बैंक, नेपाल क्यान्सर अस्पताल,  एक्सेलेन्ट सेक्युरिटी सर्भिस, सिप्पी ब्यूटी पार्लर, लाइनस क्लव डिष्ट्रिक्ट ३२५ के  विभिन्न व्यक्ति एवं संस्थाहरुको सहयोग रहेको थियो ।

  • फेसबुकमा लाइकमा शुल्क लाग्ने

    फेसबुकमा लाइकमा शुल्क लाग्ने

    लन्डन—फेसबुकले लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ। उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ।

    फेसबुकले अहिले परीक्षण गरिरहेको यो नियम कार्यान्वयनमा आएपछि फेसबुकमा कुनै पनि समाचारले पाउने लाइक तथा सेयरका मात्राअनुसार फेसबुक कम्पनीलाई शुल्क तिर्नुपर्ने हुन्छ।

    फेसबुकको उक्त नियमले साना मिडियाहरू प्रत्यक्ष प्रभावित हुनेछन् । बजार विस्तार यथेष्ट मात्रामा हुन नसकेका मिडियाहरू यस नियमले बन्द नै हुने अवस्थामा पुग्न सक्ने सामाजिक सञ्जाल विश्लेषकहरुको भनाइ छ।

    फेसबुकको यो नियम अहिले स्लोभाकिया, सर्विया, श्रीलङ्कालगायतका मुलुकमा परीक्षण भइरहेको छ। फेसबुक कम्पनीका अनुसार मानिसहरूले अरूको पोष्टलाई लाइक तथा सेयर परिपाटीका वृद्धि भएका कारण यस्तो नियम ल्याउन लागिएको हो। यस्तो नियम परीक्षणका लागि ल्याउन लागिएको समेत कम्पनीले बताएको छ।

    सामाजिक सञ्जाल फेसबुकबाट हुने बौद्धिक चोरीलाई नियन्त्रण गर्नका लागि फेसबुक कम्पनीले यस्तो नियम ल्याउन लागेको दाबी गरेको छ। लाइक तथा सेयरको मात्राका आधारमा शुल्क तिर्न नसक्ने प्रकाशक कम्पनीहरू यस नियमले घराशायी हुनेछन्। बजफिडजस्ता फेसबुकबाट अडियन्स आउने समाचार पोट्रलहरु यो नियमका कारण धरासायी हुने दाबी गरिएको छ।

  • टेलिकमको अफर तीन महिना थपिंदै

    टेलिकमको अफर तीन महिना थपिंदै

    नेपाल टेलिकमले हाल उपलब्ध गराएको ‘प्रमोसनल अफर’हरुलाई थप तीन महिनाका लागि निरन्तरता दिएको छ ।

    कम्पनीले अलटाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फोरजी डाटा प्याक, नाइट भ्वाइस प्याक, सियुजी प्याकेज, फेसबुकरइन्स्टाग्राम डाटा प्याकलगायत १० किसिमका अफरहरुलाई निरन्तरता दिएको जनाएको हो ।

    उपभोक्ताहरुले अत्यधिकरुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ । यी अफर २०७४ माघ २४ गतेसम्म कायम रहने टेलिकमले जनाएको छ ।

  • बढी समय स्क्रीनमा बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

    बढी समय स्क्रीनमा बिताउने बच्चाको मस्तिष्कमा नकारात्मक प्रभाव

    वासिङ्टन, (एजेन्सी) । अनुसन्धाताले प्रारम्भिक तथ्याङ्कको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा ‘भिन्न संरचना’ भेटिएको बताएका छन् । आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्त राज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ ।

    राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच)को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो खेल खेल्ने नौ र दश वर्ष उमेरका बालबच्चाको मस्तिष्कको बाहिरी आवरण (कोर्टेक्स) चाँडै पातलिने सङ्केत पाइएको छ । कोर्टेक्स भन्नाले बाह्य जानकारी प्रशोधन गर्ने मस्तिष्कको सबैभन्दा बाहिरी पत्र हो र यस पत्र हुँदै सूचना एवम् जानकारी मस्तिष्कको भित्री तहमा पुग्छन् ।

    ‘तैपनि, बालबच्चाले बढी समय स्क्रीनमा बिताएकै कारण यस्तो भएको हो भन्ने स्पष्ट भइसकेको छैन । यो बाहिरी पत्र पातलिनु ठीक हो वा होइन भन्ने पनि अझै निक्र्यौल भइसकेको छैन,’ एनआईएचमा कार्यरत चिकित्सक गाया डाउलिङ भन्छन्– ‘आजसम्म प्राप्त भएको विवरण प्रारम्भिक तथ्य मात्र हो ।’

    ‘हामी के मात्र भन्न सक्छौं भने स्क्रीनमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा भिन्नता देखिएको छ । यो एउटा भिन्न संरचना मात्र पनि होइन,’ सीबीएसको समाचार कार्यक्रम ६० मिनेटलाई दिएको अन्तरवार्तामा डाउलिङले भनेका छन् ।

    दिन को दुई घण्टाभन्दा बढी समय स्क्रीनमा व्यतित गर्ने बालबच्चाको भाषा र तार्किकता जाँचमा ज्यादै कमजोर अवस्था देखिएको छ । उक्त नतिजा ४ हजार ५ सय बालबच्चाको मस्तिष्क स्क्यान गरेर प्राप्त भएको हो । वैज्ञानिकले स्क्रीनमा बढी समय व्यतित गर्ने बालबच्चामा पर्ने नकारात्मक असरका बारेमा अझ लामो समयावधिको अध्ययन आवश्यक पर्ने बताएका छन् ।

    अध्ययनको प्रारम्भिक तथ्याङ्क सन् २०१९ को प्रारम्भबाट अध्येताहरुका लागि उपलब्ध गराइनेछ । अमेरिकी बालस्वास्थ्य एकेडेमीले १८ देखि २४ महिनाभन्दा साना बालबच्चालाई भिडियो च्याटिङ बाहेक डिजिटल मिडियाको प्रयोग रोक्न सुझाव दिएको छ ।

  • किन लगाउछन राष्ट्रपती ट्रम्प लामो टाई ?

    किन लगाउछन राष्ट्रपती ट्रम्प लामो टाई ?

    अमेरिका ।

    हरेक मान्छेले लगाउने टाई फरक फरक रङ्गका हुन्छन् । फरक फरक गुणस्तरका हुन्छन् । टाई कसैले लामो पारेर तल सम्म झारेका हुन्छन् त कसैले अली छोटो टाई लगाउछन् । लामो टाई लागाउनेमा एकजना हुन अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प । आखिर किन राष्ट्रपती ट्रम्प निक्कै लामो टाई लगाउछन् । म्यासिचुइस्टेट्स युनिभर्सिटीका मनोविज्ञान बिषयका प्रोफेसर सुसन क्राउस विथबर्नले हफिन्टनपोस्टमा लेखेका थिए डोनाल्ड ट्रम्प कि त आफ्नो योनाङ्ग प्रती आकर्षण गर्न लामो टाई लगाउछन् कि त उनी हिम्मतिला व्यक्ती नभएको ट्रम्पको त्यो लामो टाई लागाउने स्टाईलबाट बुझिन्छ ।

    तर अमेरिकाको न्युजर्सी राज्यका पूर्व गभर्नर क्रिस क्रिस्टीको आउदै गरेको पुस्तकमा क्रिस्टीले लेखेका छन् ” ट्रम्पले आफुलाई पातलो देखाउन लामो टाई लगाउने गरेको बिभिन्न समयमा बताएका थिए ” । क्रिस्टीले आफ्नो आगामी पुस्तक ” लेट मि फिनिश ” को प्रारम्भिक प्रतिलिपी चर्चित पत्रीका गार्जियनलाई दिएपछी गार्जियनले पनि राष्ट्रपती ट्रम्पको चलाखी पूर्ण फैसनको बारेमा लेखेको छ ।
    पूर्व गभर्नर क्रिस्टीलाई राष्ट्रपती ट्रम्पले सन् २००५ मा यदी तिमीलाई राजनीतिमा जित हासिल गर्नु छ भने ब्यक्तित्व पनि राम्रो देखिनु पर्छ । लामो टाईको प्रसंगमा सन् २०१६ मा ट्रम्पले पुन उनको लामो टाईले आफुलाई पातलो ( स्लिम ) देखिन मद्घत गरेको क्रिस्टीलाई ट्रम्पले स्स्मरण गराएको ” लेट मि फिनिस ” नामक पुस्तकको प्रारम्भिक प्रतीमा उल्लेख गरेका छन् ।
    ट्रम्पको लामो टाईको प्रसंगमा फेशन बिज्ञ हरुले उनको सिद्दान्त गलत भएको बताएका छन् । फेशन बिज्ञहरुका अनुसार पुरुषहरुले टाई कमर भन्दा मुनी लगाउदा राम्रो देखिदैन । लामो टाईले मानिसलाई डल्लो देखाउछ ।

  • अमेरिकामा लोखर्केले गर्यो जाडो सकिएको भबिश्यबाणी

    अमेरिकामा लोखर्केले गर्यो जाडो सकिएको भबिश्यबाणी

    न्यूयोर्क
    शनिबार बिहान पेन्सेलभनिया राज्यको पंसटोनी शहरमा झिसमिसे देखी हजारौँको भिड लाग्यो । कारण थियो मौसम बिज्ञ लोखर्केले घोषणा गर्ने आगामी मौसमको भबिस्यबाणी । हरेक बर्ष फेबरुअरीमा क्यानडा र अमेरिकामा मनाइने ‘ग्राउन्ड हग डे’ उत्सव पेन्सलभानियामा शनिबार (फेब्रुअरी २) मनाईयो ।

    सन् २०१० मा जन्मिएको पंसटोनी फिल नामक लोखर्केले आज बिहान घाममा आफ्नो छाँया नदेखेका कारण अब छिट्टै बसन्त ऋतुको आगमन हुने भबिस्यबाणी गरेको थियो । त्यस लगत्तै फिल्स आन्तरिक कमिटीका एक सदस्यले लोखर्केको भबिश्यबाणी पढदै भने “मेरा बिश्वासी अनुयायीहरु, यहाँ आज मेरो छायाँ देखिएन र अब सुन्दर बसन्त ऋतुको आगमन हुँदै छ ।” पंसटोनीको भबिश्यबाणी सुन्ने बित्तिकै भेला भएका हजारौँले ताली पट्काएर स्वागत गरे । एक अर्कामा खुशी साटा साट गरे ।

    यदी फिलले घाममा आफ्नो छायाँ देखेको भए आगामी ६ हप्ता खराब मौसमको सामना गर्नु पर्ने जनबिश्वास रही आएको छ ।

    अत्याधिक जाडोले आहत बनेका अमेरिकीहरुलाई पंसटोनी फिलको त्यो भबिस्यबाणीले केही राहत भने अवश्य दिएको छ । हरेक बर्ष फेब्रुअरी २ तारिकलाई ग्राउन्ड हग डे को नामले मनाउने चलन छ । ग्राउन्ड हग डे मनाउने प्रचलन अमेरिका र क्यानडामा सन् १८८७ देखी सुरु भएको हो । पंसटोनी फिल त्यती बेला झनै संसारभर प्रख्यात भएको थियो जब १९९३ मा यस बारे हलिउडमा सिनेमा नै बन्यो । यद्यपी १३० बर्ष अगाडि देखी विश्वास गरिदै आएको फिलको भबिस्यबाणी भने त्यती मिल्ने गरेको ट्र्याक रेकर्ड नभएको सि एन एन ले लेखेको छ । सि एन एन का अनुसार फिलको भबिस्यबाणी ४० प्रतिशत मिल्ने गरेको छ ।

  • एउटा खुट्टाले कत्थक नाच्ने सीताको कथा

    एउटा खुट्टाले कत्थक नाच्ने सीताको कथा

    म चञ्चले स्वभावकी थिएँ, नाम सीता सुवेदी । आमाले कति फुरफुर गरिराकी भन्नुहुन्थ्यो । गीत बजेको सुन्नेबित्तिकै खुट्टा सलबलाउन थाल्थ्यो । एक ठाउँमा बस्नै नसक्ने खालकी थिएँ । चितवन मेघौलीको हाम्रो घरमा आउने आफन्त पाहुनाले कति राम्री फुच्ची, हिरोइन बन्ला जस्ती छे, भन्थे । म गदगद भएर भित्र बाहिर गरिरहन्थे । ‘चकचके सीता’ भन्थे मलाई । पढाइमा मध्यम खालकी थिएँ । तर मेरो चञ्चलताले टिनएज टेक्दा नटेक्दै १२ वर्षको उमेरमा ममाथि वज्रपात भयो । सामान्य घाउको हेलचक्र्याइँले देब्रे खुट्टामा क्यान्सरको जिवाणु बसेछ । क्यान्सर भयो भन्ने सुनेपछि पनि मैले त निको हुन्छ होला भन्ने ठानेकी थिएँ । पछि आमाबुबा रोइरहन थालेपछि मलाई धेरै डरलाग्न थाल्यो । आखिर काट्नु पर्ने अवस्थामा पुगिसकेको रहेछ । आखिर विस २०५७ सालमा १२ वर्षको उमेरमै मैले देब्रे खुट्टा घुँडाभन्दा माथिदेखि नै गुमाउन पुगें । मैले कयौं महिना आफूलाई हेर्नै सकिन । म किन बाँच्नु छ र अब ? भन्ने भावना हरपल मनमा आउन थाल्यो । अरु दौडेको हिँडेको देख्दा आँखा पिलपिल भइरहन्थ्यो । एक्लै बस्दा मेरो काम भनेको रोइरहने मात्र भइरह्यो । सानासाना दुई बहिनी र एउटा भाइलाई देख्दा पनि मन भक्कानिएर आउँथ्यो । पहिलो सन्तानको नै यो हालत देखेर आमाबुबा साह्रै निराश हुनुहुन्थ्यो । मेरी आमा सरस्वती सुवेदी र बुबा बालकृष्ण सुवेदीको ममता र जिम्मेवारीपूर्ण संघर्ष अहिले म महसुस गर्न सक्छु । भगवान हुन् मेरा लागि ।
    म स्कुल पनि जान्न भनेर बसेकी थिएँ । पछि घरपरिवार अनि स्कुलका सर–मिसहरुले हौसला दिनुभयो । स्कुल जान थालें । केही साथीहरुले ट्वाल्ल परेर हेरिरहे पनि धेरैले सहयोग र माया गर्थे । मलाई फेरि पढाइमा रुची बढ्न थाल्यो । मैले बोले पनि सबैले राम्रो भनिदिने ग¥यो । मैले नाचे पनि एकदम राम्रो भनिदिन थाल्यो । हौसला नै हौसलामा मैले जिन्दगीमा रंगहरु पोत्न थालें । जिन्दगी रंगीन देख्न थालें । गुमाएकी खुट्टाको अभाव मधुरो अनि समाजको माया चहकिलो बनेर आउन थाल्यो । उच्च शिक्षा हासिल गर्न काठमाडौंमा आएपछि त्यति सजिलो भएन । बैसाखीको सहारामा बस, टेम्पो, सिंढी, पुल इत्यादि पलपल झेलिरहनु पर्ने । हात र अर्को गोडा असाध्यै गल्ने । पछि बिस्तारै बानी पर्दै गयो । त्यतिबेला लाग्थ्यो, किताबमा पढेको जस्तै, सिनेमामा देखेको जस्तै मेरो देशको सडक, बस्ती पनि अपांग मैत्री कहिले बन्ला ? पसल डिपार्टमेण्टल स्टोर्सहरुले कहिले अपांग मैत्री पहुँच बनाउलाझैं लाग्थ्यो । अझै पनि खासै मैत्री छैन । धन्न मैले बैसाखीले सिंढीहरु चढ्न सक्छु । ह्वील चेयरमा बसेर संघर्ष गरिरहेकाहरु देखेर अझ मन दुख्छ ।
    काठमाडौंमा बाँच्नका लागि पर्यटन क्षेत्रमा काम गरें । सामान्य जागिर खाएँ । पछि पढाइ बढाउन त्यो जागिर पनि छाडें । बुबाआमाले नै थेग्नुभयो । एमएसम्म त पढ्छु भन्ने थियो, त्यो गरें । भर्खरै त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन क्याम्पसबाट नेपाली विषयमा स्नातकोत्तर गरें । दीक्षान्त समारोहमा फुर्का झुण्डिएको टोपी लगाउने दिन नजिकिंदै गर्दा उत्साहित भएकी छु । हाल म नृत्य विषयलाई लिएर अरु अध्ययन गर्दै छु । कत्थक विषयको तेस्रो वर्षमा पुगेकी छु । एउटै खुट्टाले भए पनि नाचेर रमाउन मनपर्छ । अरुलाई रमाइलो गरिदिन मनपर्छ । अहिलेसम्म मैले नेपालको विभिन्न ठाउँहरुमा गएर नृत्य गरिसकेकी छु । करिब ३०–३५ ओटा स्टेजहरुमा एउटा खुट्टाले नृत्य गरिसकेकी छु । आयोजकहरुले माया र सद्भाव राख्नुहुन्छ । म सकेसम्म दुःख र पीडालाई भुलाएर खुसीलाई आत्मसात गर्न चाहन्छु । जीवनमा उतारचढाव त कसको नहोला । वर्तमान र भविष्यलाई सजाउन सक्नुपर्छ जस्तो लाग्छ ।
    अब मलाई कत्थकमा उच्च शिक्षा हासिल गरेर अन्तर्राष्ट्रिय स्तरको स्टेजमा कत्थक देखाउने धोको छ । अहिले म एक्लै बस्न थालेकी छु । खर्च आफै पु¥याएकी छु । विभिन्न जिल्लामा हुने महोत्सवहरुले मलाई पनि बोलाइदिए हुने जस्तो लाग्छ । जीवनमा माया र अपहेलना सबै झेलेकी छु । यद्यपि, के सिकेकी छु भने समाजमा माया र दया भएका मानिसहरु धेरै हुन्छन् । एकाध भेटिने अबुझ मान्छेहरुलाई समाजको उदाहरण बनाउनु हुँदैन ।
    सबैको माया र साथ पाए जो–कोहीले पनि उच्च शिक्षा हासिल गर्न सक्दछ । समाजमा माया र आपसी सहयोगको खाँचो छ । मैले समाज र आफन्तबाट पाएको साथलाई नै मेरो सन्तुष्टी र सफलताको कसी ठानेकी छु । अपाहिज, अशक्त र अपांगलाई माया गर्न सिकौं । संसार सुन्दर छ । समाजका बिसंगति आफै घट्दै जानेछन् । यस्तै विषयहरुमा मैले लेखहरु पनि लेख्ने गरेकी छु । भविष्यमा आफ्नो कथाहरु लेख्ने छु । राम्रो कत्थक नाचेर संसारलाई देखाउने छु ।

    (योगेश आदीसँगको कुराकानीमा आधारित)

  • कम सुत्नेलाई मुटु रोगको जोखिम

    कम सुत्नेलाई मुटु रोगको जोखिम

    अमेरिका ।
    जो मानिस रातिमा ६ घण्टा भन्दा कम सुत्छ उसलाई ६ घण्टा भन्दा धेरै सुत्नेलाई भन्दा ३५ प्रतिशत बढी हृदय रोग लाग्ने सम्भावना भएको खोज तथा अनुसन्धानकर्ताहरुले बताएका छन् । कम सुताईको कारण मानिसको मुटुमा भएको धमनीहरु साघुरो हुन पुग्दछन् र कोरोनरी आर्ट्रिज सम्बन्धी रोग लाग्दछ र जसवाट हृदयघात हुन पुग्दछ ।
    म्याड्रिड स्थित स्पानिस नेसनल सेन्टर फर कार्डियो भस्कुलर रिसर्चले नेत्रित्व गरेको एक समुहले भनेको छ ” यदी ६ घण्टा भन्दा कम सुत्ने गरेको छ भने आफ्नो सुत्ने रुटिनलाई बद्ल्यो भने मुटुरोगको उपचार गर्नु भन्दा निक्कै सस्तो पर्न जान्छ ” ।
    अमेरिकन कलेज अफ कार्डिलोजीको एक जर्नलमा प्रकाशित सामाग्रीका अनुसार त्यो समुहले स्पेन स्थित ४ हजार ब्यांक कर्मचारीहरुमा उक्त्त अनुसन्धान गरेको थियो । अनुसन्धानमा सहभागी प्रायः सबै ४६ बर्ष वा त्यो भन्दा केही माथि उमेर समुहका कुनै पनि मुटु सम्बन्धी रोगको पूर्व विवरण नभएकाहरु थिए । अनुसन्धानकर्ताहरुले अनुसन्धानमा सहभागि हुने हरुलाई ४ समुहमा बिभाजन गरेका थिए । ६ घण्टा भन्दा कम ६ देखी ७ घण्टा ७ देखी ८ र ८ घण्टा भन्दा माथि सुत्नेहरु गरेर ४ समुहमा बिभाजन गरिएको हो । सहभागिहरुलाई एयाक्टिग्राफ नामक घडी जस्तो उपकरण दिएर ७ दिन भन्दा धेरै उनीहरुको निन्द्रा मापन गरिएको थियो । उक्त उपकरणले नियमितरुपमा निन्द्राको समयमा चाल र बिउझीएको मापन गर्द्थ्यो ।

  • दादुराको कारण वासिङ्टन राज्यमा संकटकाल घोषणा

    दादुराको कारण वासिङ्टन राज्यमा संकटकाल घोषणा

    न्युयोर्क
    दादुराको प्रकोप एक्कासी बढे पछी वासिङ्टन राज्यका गभर्नर जे ऐन्स्लीले जनस्वास्थमा संकटकाल घोषणा गरेका छन् ।
    गत २६ तारिक शनिबार सम्म वासिङ्टन राज्यमा ३५ जना बिरामीमा दादुरा प्रकोप देखिएको छ । दादुरा पुस्टि भएका ३५ मध्ये ३० जना बिरामीले दादुरा बिरुद्धको खोप नलगाएको, स्वास्थ अधिकारिहरुले बताएका छन् ।बांकी ५ जनाले खोप लगाएको नलगाएको प्रमाणित भएको छैन ।गभर्नर एन्स्लीले राज्यमा संकटकाल घोषणा गर्दै जारी गरेको बिज्ञप्तीमा भनेका छन् ” दादुराको प्रकोपसँग लड्नको लागि राज्यका सैनिक बिभाग र आकस्मिक संचालन केन्द्रले स्वास्थ बिभागसँग सहकार्य गर्दै संयुक्तरुपमा काम गर्ने छन् । छिमेकी राज्य पोर्ट्ल्याड ओरेगनबाट कोलम्बिया रिभर पारीको क्लार्क काउन्टीका ३४ जना र किङ् काउन्टीको एक जनामा दादुरा पुस्टि भएको छ । रोग नियन्त्रण तथा रोगथाम केन्द्रका अनुसार अमेरिकामा प्रभाबकारी खोपका कारण दादुराको उन्मुलन संन् २००० मा नै भएको हो ।तर बिभिन्न देशबाट अमेरिकामा लगातार भित्रिने मानिसहरु मार्फत नयाँ प्रकोप भित्रिने गरेको केन्द्रले संचार माध्यमहरुलाई बताएको छ । केन्द्रले जनबरी महिनाको सुरुमा दादुराका बिरामीको संख्या सार्बजनी गर्दै भनेको थियो “ संन् २००० देखी यता संन् २०१४ मा अमेरिका भरी नै त्यस पछी सबै भन्दा धेरै दादुराका बिरामी ६६७ र २०१८ मा ३४९ को संख्यामा देखिएको थियो । दादुरा हावाबाट सर्ने रोग हो । बिरामीले गर्ने हाच्छिउ खोकी र श्वासबाट सजिलै सर्ने संक्रामक रोग मानिन्छ । दादुरा हुँदा उच ज्वरो आउने शरीरमा राता फोका आउने नाक बन्द हुने लगायतका लक्षण देखिन्छन् । अमेरिका स्थित रोग नियन्त्रण तथा उन्मुलन केन्द्रका अनुसार समयमा उपचार हुन सकेन भने १ हजार दादुराका बिरामी बाल बालिका मध्ये १ वा २ जनाको मृत्‍यु हुने गरेको छ ।
    ( एजेन्सीको सहयोगमा )

  • पानीले दियो युट्युब सेलिब्रेटीलाई डरलाग्दो पिडा

    पानीले दियो युट्युब सेलिब्रेटीलाई डरलाग्दो पिडा

    न्युयोर्क

    “म शार्क जस्तै पौडी खेल्थें । डिप डाईभिङ एटेम्प्ट गर्थें । घण्टौ समुन्द्रको वीचमा रमाउँथें । व्यायाम गर्थें । दौडन्थें । अब त्यो सबै सपनाको कथा बनेका छन् । बिहान उठेर बाथरुम जानु नै पिडादायी हुन्छ । इष्ट ससेक्स एरियामा यसैपनि धेरै पानी पर्छ, त्यो डरले घरबाट निस्कन पनि सक्दिन । यो समस्यासँग जुध्दै गर्दा बीमा कम्पनीको जागिरबाट पनि हटाईयो । पसिना आउने डरले योगा कक्षा जान पनि सक्दिन । आँसु आउने डरले मन खोलेर रुन पनि सक्दिन । एक किसिमको अपाहिज जस्तै बनेकी छु । परिवारले पनि मेरो लागि धेरै सहयोग गर्नु परेको छ ।“

    यो करुणदायी अभिव्यक्ति हो २१ वर्षिया चर्चित भ्लगर निया सेल्वीको । लण्डन शहर नजिकै पर्ने हाष्टिङमा बस्दै आएकी यूट्युबर नियाका १ लाख ३० हजार सब्सक्राईबर्स पनि उनको यो दुर्दान्त अवस्थाबाट दुखी छन् । शारिरीक रुपमा तन्दरुस्त सुन्दरी देखिन्छिन् । बोलेर धेरैलाई प्रभाव पार्न सक्छिन् । तर उनी र उनका व्वाईफ्रेण्ड अहिले उनको अनौठो पानी एलर्जीले गर्दा जीवनसँग खिन्न छन् ।

    नियाको कथा अरुको भन्दा अलि बेग्लै किसिमको छ । करिब एक मिलियनमा एक जनालाई हुने ’अक्वाजेनिक प्रराईटस्’ अर्थात पानीसँग सम्पर्क गर्न नमिल्ले किसिमको एलर्जिबाट पिडित छिन उनी । करिब ३ वर्ष अघि उनलाई एक्कासी पानी छुँदा चिलाउने, डाबर आउने हुन थाल्यो । बिस्तारै समस्या बढ्दै गएर आफ्नै पसिना र आँसुले समेत चिलाउने, सिकसिक लाग्ने, पोल्ने हुन थाल्यो । डाक्टरलाई देखाउँदा रगतको क्यान्सरको शंका पनि गर्यो तर एकिन गरेनन् । अहिले उनी चमत्कार जस्तो गरी आएको रोग चमत्कार जस्तै गरी जाओस् भनेर प्रार्थना गर्दै बस्छिन् । तर रोग, आएको जसरी नै जाने गर्दैन । उनी आफुलाई अभागी मान्न थालेकी छिन् ।

    धेरैको जीवनमा अप्रत्यासित घटना घट्छन् । केहीको जीवनमा भने अपत्यारिला र अनौठा पनि घट्छन् । निया सेल्वी आफूलाई अनायासै यस्तो भएको विश्वास नै गर्न सक्दिनन् । डाक्टरहरु जेनेटिक डिस्अर्डरले पनि भन्छन् । यतिबेला उनी पानी, पसिना, आँसु एलर्जी जस्ले उसलाई भत्भती पोल्ने गर्छ।यो रोगबाट मुक्ति पाऊन उनि अहिले जहाँ जान जे गर्न पनि तयार छिन्। नुहाईसकेपछि समेत घण्टौं पिडामा रहनु परेतापनि पानी, पिऊदा भने अहिलेसम्म उनलाई समस्या भएको छैन ।

    श्रोत : डेली मेल

  • माया मारेर मारिने चिज होइन रहेछ

    माया मारेर मारिने चिज होइन रहेछ

    आरएल श्रमजीवी
    युरोपबाट

    भोटु भनेर सम्बोधन गरौं कि खै के भनेर सम्बोधन गरुँ तिमीलाई ? हिजो तिमीले नै मलाई छोटु भनेर सम्बोधन ग¥यौ मैले त्यसको सट्टा तिम्रो बाल्यकालको प्रिय नाम भोटु भनेर सम्बोधन गरेको थिएँ । सम्बोधनमा पनि यति ठूलो बहस किन भनेर तिमी भन्दी हौ । हो, सम्बोधनबाटै सम्बन्धहरु नजिक र टाढा हुन्छन् । भोटु भन्ने अधिकार गुमाइसकेको छु । तिम्रो नजरमा म के छु मलाई के थाहा । तर, मेरो नजरमा तिमी एक मेरो जिजिविषा ! त्यसैले त आज तिम्लाई शब्दले सम्बोधन गर्ने भनेर अलमलमा छु । पराल साल अगष्ट २५ का दिन मैले पानी, दही र केरा दिएर बिदा गरेको थिएँ । आँखा टिल्पिल पार्दै बिदा हुने बेलामा भनेकी थियौ– छोटु म तिमीलाई लामो इमेल लेख्छु । आज तीन वर्ष बितिसक्दा पनि तिम्रो लामो इमेल आएन । सायद इमेल लेख्ने फुर्सद भएन होला … हगी भोटू ?
    कस्तो होला तिम्रो इमेल भनेर एक अजनबीको तरह एक साल लालसामा बितेपछि युरोपको काम र महाथकानका कारण बिस्मृति रोगी अर्थात् अल्जाइमरको रोगी जस्तै सम्झँदै झल्यास्स हुँदै फेरि अर्कै कुरा सम्झन पुग्थें । अस्ति तिम्रो बैशाखी टेकेको फोटो देखेर मन भारी भो उत्तर खोजे पोस्ट गरेको फोटोको क्याप्सनले उत्तर दिएन तर तिमीले नजन्माएको छोरोले आमा भनेको त्यसैमा खुशी भएको कुरा राखेकी रहिछौ । तिमी कति खुशी छौ, तर म नजरअन्दाज गर्न सक्छु । तिम्लाई त लाग्छ होला म तिमीबिना नै खुशी छु ! अहँ, त्यो कदापि हुन सक्दैन, मैले त मात्रै समयसँग चल्न सिकेको हुँ ! ओंठमा मुस्कान लिएर हिँड्ने सबै खुशी कहाँ हुन्छन् र ! छातीभरि सहन नसक्ने पीडा भएर त आजकल सधैं मुस्कुराउने बहाना खोजिरहेको छु । लाग्छ होला मैले तिम्लाई गर्ने माया झुट थियो ! तर, होइन म त तिम्लाई सच्चा दिलदेखि नै माया गर्थें, मेरो जिन्दगीमा कुनै यस्तो परिस्थिति आएको थियो कि मार्कस्पोम्बालाको डाँडामा तिम्रा बलिन्द्र धारा आँशुकै कारण म तिमीदेखि चुपचाप टाढा हुनुपर्ने थियो । त्यसैले तिमीदेखि टाढा गएँ ! तर, तिमीदेखि जति टाढा गए पनि तिम्रो याददेखि कहिले टाढा जान सकिन र जान पनि चाहन्न । यो पूरै जिन्दगी तिम्रै यादमा बिताउन चाहन्छु । आफैँलाई थाहा छैन त्यो याद कस्तो थियो । भन्ने कुरा त धेरै थिए, तर लेख्न सकिन किनकि मैले लेख्ने हरेक शब्दमा मसीभन्दा बढी आँसु प्रयोग गरेको छु ।
    हुन त तिम्लाई केही भन्ने अधिकार छैन मलाई तर पनि म चाहन्छु तिमी मलाई बिर्सिएर बाँच, दिल खोलेर हाँस ।
    म तिम्रो नजरमा धोकेबाज बनेको छु तर मैले तिम्लाई धोका दिएको होइन मेरो आफ्नै बाध्यता थियो त्यसैले तिमीदेखि दूर गएको हुँ । यदि धोका नै दिएको थिएँ भने आज तिम्रो बैशाखी टेकेको तस्वीर हेर्दा पीडा मलाई किन हुन्थ्यो ? तिम्रो याद आउँदा आँशु किन झथ्र्यो ? विश्वास छ तिम्ले किताब लेख्दैछु त्यो किताबमा लेखिने एउटा पात्र म पनि हुनेछु होला कि ? म तिमीसँग कहिले गुनासो गर्दिन किनकि मेरो बाध्यता र विवशता कति–कति ? ती सबै म तिम्लाई कहिले खुलाउन सक्दिन । तर, तिमीलाई थाहा छ मेरो विगतको बसोवास अनि मेरो लिस्बनदेखि बेल्जियमसम्मको आवरण । भुइँमा पछारिएको मात्र थाहा हुन्छ पछारिँदा साह्रो शरीरभरि कसरी दुख्छ ? एक पल्ट भुइँमा पछारिएर त उठ ।
    हो त्यतिबेला जीवन चिनिन्छ, जगत देखिन्छ । भोटु आज म युरोपमा सात वर्षको भएँ अर्थात् मेरो युरोपको जीवन ७ वर्षमा दौडिरहेको छ । आजको दिन मैले जीवनका आरोह–अवरोहलाई गम्भीर शिवालोकन र समीक्षा गर्नैपर्छ । कसरी यो ज्यानमाथि घात–प्रतिघात भो ? क–कसले लुटे ? किन यसरी धोका खायो यो ज्यानले ? यहाँसम्म कसरी पुग्यो ? लगाएका लुगा जोगाउन मैले एउटा साथीको दराजमा राखेको थिएँ ती मन परेका कोट–सर्ट फ्याँकिदा म रोएको थिएँ ।
    … हुन त सबै देश छोडेका परदेशीको कथा मात्र हुँदैन, व्यथा पनि हुन्छ । आफ्नो मातृभूमिको माया कसलाई हुँदैन र ? कोही पनि रहरले आफ्नो जन्मभूमि छोडेको हँुदैन सबैका बाध्यता र मजबुरीले परदेश भासिएका हुन्छन् । यतिबेला म भुइँमा पछारिएर उठेको छु । पुराना मेरा गल्ती पाठ हुन् मैले भोगेको यो संसार खुल्ला विश्वविद्यालय हो । मलाई युरोपले धेरै सिकायो पनि चिमोट्यो, घोंच्यो भत्भती पोल्यो अन्तिममा मलाई यसले मलाई श्रमको मूल्य दियो । सीप, जाँगर र असीमित ऊर्जा दियो पनि । सपना त म सधैं देखिरहन्थें । अब छिट्टै आफ्नै गाउँ फर्कनेछु । मलाई मेरै गाउँको माया छ । मलाई लुइँटेल गाउँ, रानीपानी चापकोबोट बालुवा र अन्त्यमा मेरा पुर्खा खरानी बनाइएको ठाउँ कनिकेश्वर घाट नै मेरा लागि प्रिय छन् । म त्यत्तिकै फर्कने छैन, मसँगै मेरा सपना छन् तर राजनीतिक स्थिति उही छ । लगानीको वातावरण छैन देशमा । कृषि, पर्यटन र घरेलु उद्योगमा ठूलो लगानी गरे मात्र देश बन्छ तर अहिलेसम्म लगानी गर्ने कुरामा कोही तम्सिएका छैनन् । अब पनि लगानी गर्ने वातावरण नबने हाम्रो देश कहिल्यै पनि बन्दैन । हैन र ?
    तिमीले लामो इमेल नलेखे पनि मैले पहिला लेखे के फरक भो र ? तिमीले कासकाइसमा हिँडेका पाइला हुन् वा एन्थ्रोपेनमा तिनै बाटोले मलाई खिल्ली उडाएपछि मैले लेख्नैपर्ने बाध्यता भो । मेरो खबर जान्ने हो भने म जति दिन बाँच्छु सके जति सबैका लागि ओंठमा एउटा मुस्कान राख्नेछु । मेरो कसैसँग प्रतिस्पर्धा पनि छैन, कसैप्रति रिसराग पनि छैन । र, कुनै गुनासो पनि छैन । हार्ने डर पनि छैन, कसैलाई जित्ने मोह पनि छैन । सकेको कर्म गर्दै जाने हो बाँकी आफैँ हुँदै जान्छ । न बाँच्दा संसारको सबै कुरा प्राप्त हुन्छ, न मर्दा आफूसँग भएको केही कुरा लान नै पाइन्छ ।
    बाँचुञ्जेल प्रकृतिलाई भोग्ने, मर्दा प्रकृतिलाई नै सबै छाडेर जाने हो हरेक मान्छेले । युरोपको भूमिमा तिमी मलाई पछ्याउँदै भेटेपछि मैले भनेको थिएँ भोटु तिमी मेरो नाफाको मान्छे । तिमीसँग अथाह सम्भावना छ । थाहा छैन यतिबेला तिमी आफैंसँग लड्दै छौ कि ? जित्ने र हार्ने समयको कुरा हो । मलाई भनेकी थियौ कि अर्को वर्षमा मेरो जीवनको किताब लेख्ने छु । खै किताब आएन ? मैले त किताब लेख्दा लेख्दै डर लागेर आयो छोपेर लेख्नै सकिन यो जीवनको क्यानभास किन श्यामश्वेत बनाउने भनेर लुकाएर लेख्नै जानिन । हो, नेपाली साहित्यमा बीपी कोइराला जस्तो बेजोड लुकाएर लेख्न सक्ने मैले अरुलाई पढेको छैन । झूरहरू विज्ञापनकै भरमा बिक्छन् तर गतिला हँुदैनन् । अन्त्यमा भोटु बरु पराई नै बन, तर आफन्त जस्तो मात्रै नबन । सहन गाह्रो हुन्छ के ?
    यो जिन्दगी बगिरहेछ, फेरि नफर्कने गरी । हामीले देखेका, भोगेका यी प्रत्येक पल बितेपछि फेरि फर्किएर आउने छैनन् । आखाँको पलसँगै सबैथोक अतितमा फेरिन्छन् । हामीले हिँडेका प्रत्येक पाइला, बोलेका प्रत्येक शब्द, खसालेका प्रत्येक आँशु, बाँडेका प्रत्येक मुस्कान यी कुनै पनि फेरि फर्कंदैनन् । समय मात्र अघि बढिरहन्छ । हिजै जस्तो लाग्दालाग्दै थुप्रै शिशिरहरू आउँछन् र जान्छन्, थुप्रै वसन्तहरू आउँछन् र जान्छन् । हाम्रा सबैथोक याद बनेर रहन्छन् । जब जिन्दगीको अन्तिम दिनहरू हाम्रासामु आउँछन्, हामी ती यादहरूलाई केलाउँछौं… मन त्यस्तो एउटा घर रहेछ जहाँ जिन्दगीका हरेक पर्खालहरुबाट जिन्दगी बाँचुन्जेल कहिले हाँसेर त कहिले खुसी भएर र कहिले रोएर दिनहरु बिताइन्छ । त्यसैले भोटु … माया मारेर मारिने चिज होइन रहेछ ।

  • तीन रोटी र रोदन दिवाली

    तीन रोटी र रोदन दिवाली

    अच्युत सिग्देल,न्युयोर्क
    भारतीय व्यवसायीहरू लक्ष्मी पूजाको विशेष महत्व राख्दछन् । त्यो एक दिन राम्रो भातृत्व र भाइचाराको आत्मीय प्रदर्शन हुने गर्दछ । मुस्लिम, शिख र कृश्चियनहरू पनि पूजामा सरिक हुन्छन् । टीका प्रसाद ग्रहण गर्छन् । शुभकामना आदानप्रदान हुन्छ । सबैले एकआपसमा गला मिलाउँछन् । अलि–अलि कहीँकतै वैमनस्यता पलाएको पनि मर्ने गर्छ ।
    भेण्डरहरू बोटल दिन्छन्, कोही मासु सप्लाएर गोट दिन्छन् त कोही ल्याम्ब चप, ठूलो हण्डीमा बिरयानी दम लाग्छ । थरिथरिका भेजी डिस पनि पाक्छ । बंगाली बोन्धुहरू दोही, मिष्ठी, सन्डेषको हाट बजार लगाउँछन् ।
    सबै एकै टेबलमा बसेर स्तरीय डिनर खान्छन् । राति राम्रो ब्राण्डको बोटल खुल्छ । धक खोलेर पिउँछन्, एक दुई जना राजा बन्छन्, मातिन्छन्, हल्का पातिन्छन् र पोखिन्छन् । राम्रा दिलदार बोसहरू बोनसस्वरूप एक हप्ताको तलब दिन्छन् । कोही सुनचाँदीको सिक्का बाँड्छन् । त्यसले काम गर्नेहरूमा ऊर्जा थपिन्छ । धन र डलर देवीको पूजामा मेक्सिकोदेखि चिली र रसियादेखि न्युजील्याण्डसम्मका सबै जोडिन्छन् ।
    यस्तै एक दिवालीको दिन सबै पूर्व तयारी पूर्ण व्यवस्थित थियो । बिहानैदेखि फोन बजेको बज्यै थियो । सप्ताहदेखि लिएका क्याटरिङको सामानहरू प्याक गर्न मेसिन जस्तै हात चल्दै थिए । सबै आ–आफनो ११०–१२० प्रतिशत दिन्थे । सबैले चुपचाप अरूको हात थाम्थे र साथ दिन्थे । सबै चनाखो थिए, एक गल्तीले धेरै कामको रूटिन मेकअप हुन्थ्यो ।
    लन्चमा बुफे लागेको थियो । १० डलर अतिरिक्त लगाएर १६ कोर्षको बुफे २४ कोर्ष बनेको थियो । छोला भटुरादेखि जिलेबी सजिएका थिए, फ्रुट प्लाटर सजिएको थियो । ग्राहक चुपचाप उपलब्ध टेबल लिन्थे । भ¥याङको कुनासम्म भरिएको थियो । दुई–तीन घण्टाको अवधिमा १००० जना जति लन्च खाइरहेका थिए । सबै अस्तव्यस्त हुनेगरी दौडिरहेका थिए । साहुजीहरू पनि अर्डर लिन्थे र किचेन अर्डरका लागि सर्भरको पछि लाग्थे ।
    भित्री लञ्च पातलिँदै थियो, बाहिरबाट कल आएर । क्याटरिङमा रोटी छुटेछ । सुगरपीडित ग्राहकको छोराको दिवाली चढिसकेको थियो । धमाधम गाली दिएछन् । भर्खर अमेरिका झरेका डाइमण्ड व्यापारी थिए होलान् । महिला कर्मचारीलाई विचिविची भनेछन् । अतिरिक्त कामको लोडले थकित बिचरी रून थालिन् । माहौल गम्भीर भयो । साहुनी फोनमा आइन् । उनलाई पनि सात पुस्ता नै सम्झाउने गरी मुख छाडेछन् ।
    जब समस्या आउँछ त्यसलाई सुरूमै डिल गरे त्यो छिट्टै समाधान हुन्छ । त्यसलाई अलिकति बढ्न दिए त्यसले विकरालरूप लिन्छ र समाधान पनि हँुदैन ।
    दिवाली राम्रोसँग मनाउन सुगर पीडितवाला रोटी छुट्नु ग्राहकको तर्फबाट अक्षम्य गल्ती देखियो । उनलाई रेष्टुराँको के पर्वाह ? ग्राहक १०० प्रतिशत ठीकको शैलीमा गाली बके । यता ११० प्रतिशत काम गरेर थाकेको महिला कर्मचारी जाबो तीन रोटी, अरूले नै छुटाइदिएकोमा अपशब्द सुन्नुपर्दा दुःख अवश्य नै लाग्थ्यो । भान्साको तातो तन्दुरमा ५००० रोटी पोल्नु पर्दा तातिएको सेफ दुःखले बनाएको रोटी मिसप्लेस हुँदा रिसाउने हक थियो नै । दुई हातले हजारौं जनाको खाना नियन्त्रण गरेको सुपरभाइजरलाई तीन रोटी ठूलो समस्या नै थिएन । चुट्कीमा तीन रोटी लगाएर एक जना अमिगोलाई दौडाइदिनु न थियो ।
    सबैले कामको चापमा दिवाली बिर्सिए । कसले कसलाई ब्लेम लगाउने भनेर गल्ती खोज्न थालियो । साहुजीले सुपरभाइजरलाई दोष दियो । उसले साहुजीलाई भनिदियो– ‘तेरो कारण यो सबै भएको हो । मलाई किन डस्टर्ब गर्न आएको ? सामान त तिमीले नै फाइनल चेक गरेको हो ।’ मालिक मालिक थिए, पैसा दिन्थे, काम गर्न । काम गर्नेकै कारण यो सबै भएको हो भन्ने सोचे । ट्रम्प शैलीमा भनि दिए– ‘यू आर फायर्ड ।’
    वातावरण स्तब्ध भयो । घरमा लास परेजस्तै शून्यता छायो । सबैको अनुहार मलिन भयो । कसैलाई खानाको स्वाद भएन । मालिकलाई बचन फिर्ता लिन लाखौं प्रयत्न गरियो, उनले मानेनन् । घण्टौंको प्रयत्न विफल भयो । बेलुका कसैले दारू नपिएर एक किसिमको शोक सभा नै मनाए । एक होनाहार कामदार रूँदै कपडा फेरेर घर गयो ।

  • यात्रा कवि र कविताको

    यात्रा कवि र कविताको

    पीपलमणि सिग्देल
    न्यूयोर्क

    संस्कृतमा कवृवर्णने कुङ शब्दे धातुबाट कवि शब्द बन्दछ । कविता र काव्य एकै मूलबाट व्यूत्पन्न शब्द हो । काव्यलाई श्रव्य र दृश्य अनि श्रव्य काव्यभित्र गद्य र पद्य गरी विभाजन गरिएको छ । रस र भावको विमर्श गर्ने व्यक्ति नै कवि हो । कवितालाई साहित्यको पुरानो विधा मानिन्छ । मानव सभ्यताको विकासको दौरानमा जब भाषाको विकास भयो तब लोकगीत र लोकगाथा हुँदै कविताको पनि विकास भएको मानिन्छ । मानवका सुख, दुःख, माया र अस्तित्वको भावना भाषामा व्यक्त हुन थालेपछि कविताले पनि स्वरुप लिन थालेको पाइन्छ । सामान्यतः कविता भाषाको रागात्मक वा लयात्मक प्रस्तुति हो । मानव जीवनको भोगाइ र अनुभूतिलाई भाषामा लेखिन थालेपछि कविताको स्वरुपमा पनि विकास हुन थालेको हो ।
    विश्व भाषा र साहित्यलाई पूर्वीय र पाश्चात्य गरी दुई भागमा विभाजन गरिन्छ । पूर्वीय कविताको उद्गम स्रोत ऋग्वेद हो । ऋग्वेद पनि वेदव्यासले संहिताको रुपमा तयार गर्नुभन्दा पहिले लोकगाथाको रुपमा थियो । वैदिक वाङ्ममय सबैभन्दा पुरानो हो । जुन भन्नाले वेद, ब्राह्मण, आरण्यक र उपनिषद् बुझिन्छ । ऋग्वेद चारै वेदको मूल स्रोत हो अनि काव्यात्मक साहित्यको अभिव्यक्ति पनि । वेद चतुष्टयमा ऋग्वेद आदिम कृति हो । ऋग्वेदलाई ‘पश्य देवश्य काव्यम्’ अर्थात् प्रकृतिको काव्य पनि भन्ने गरिन्छ । वैदिक साहित्यको प्रभाव उपनिषद्, संरहिता तथा पुराणहरूमा परेको देखिन्छ । उषः सूक्त, नासदीय सूक्त तथा पृथ्वी सूक्तहरूमा पनि कवितात्मक व्यञ्जना र काव्यमूल्य भेट्न सकिन्छ । वैदिक साहित्यपछि लौकिक साहित्यको क्रम आउँछ । लौकिक साहित्यको महत्वपूर्ण काव्य रामायण नै हो । संस्कृत वाङ्मयमा लौकिक साहित्यको प्रयोग र सिर्जनाका दृष्टिले महर्षि वाल्मि कीआदिकवि हुन् । र रामायण आदि काव्य हो । कवित्वको दृष्टिले महाभारतभन्दा रामायण बेजोड मानिन्छ । रामायणपछि अर्को युगको प्रतिनिधित्व महाभारतले गर्दछ । महाभारतमा कवित्व कम तथा आख्यान ज्यादा पाइन्छ । महाभारत संस्कृत साहित्यको त्यस्तो कृति हो जसभित्र वीरगाथा, राजनीति, धर्म, ज्ञान, भक्ति, आचार, आदर्श दर्शन, कला, ज्यौतिष, भूगोल, इतिहास, मनोविज्ञान, सामाजिक स्थिति, चौसट्ठी कला, षड्यन्त्र, जालझेल इत्यादि सबै मानवीय पक्ष समेटिएका छन् । महाभारतमा एक लाख श्लोक छन् । रामायण र महाभारतपछि रघुवंश, कुमारसंभव आदि ग्रन्थ आउँछन् । अश्वघोष, कालीदास, भारवी, भट्टी, माघ, श्रीहर्ष लगायतका कविहरूको कलमबाट संस्कृत साहित्य मौलाएको पाइन्छ । रचनाको क्रमसँगै समालोचनाको पनि जन्म हुन्छ । भरतमुनिको नाट्यशास्त्रपछि ईशाको छैठौं शताब्दीका भामह अनि पछि दण्डी, भट्ट, वामन, रुद्रट, आनन्दवर्धन, अभिनवगुप्त, राजशेखर, कुन्तक, मम्मट, विश्वनाथ, जगन्नाथ हुँदै सत्रौं शताब्दीसम्म रचना र समालोचनाको परम्परा विकास भएको हो ।
    पाश्चात्य साहित्यका पनि पद्यात्मक श्रव्य विधालाई कविता मानेको पाइन्छ । त्यहाँका आदिकवि होमरका कृति उलियड र ओडिसीलाई पनि लयात्मक लोक गाथाका नै स्वरुप मानिन्छ । अतः पाश्चात्य साहित्यको उद्गम स्रोत पनि लोकसाहित्य नै रहेको पुष्टि हुन्छ । त्यसैगरी शेली, प्लेटो, अरिस्टोटल, किट्स, वाइरन, इलियटजस्ता प्रतिभाले कविताको यात्रालाई हाँकेको देखिन्छ । पूर्वमा जस्तै पाश्चात्य साहित्यमा पनि एरिस्टोटल, हेसियड, सोलोन, पिण्डार, युरिपाइडिस, अरिस्टोफेनस जस्ता समालोचकहरूले कविता सिद्धान्तको निरुपण गरेको पाइन्छ ।
    विक्रमको एघारौं शताब्दीबाट विकसित हुन थालेको नेपाली भाषा धेरैपछि मात्र साहित्यको फाँटमा प्रवेश गरेको देखिन्छ । नेपाली साहित्यमा कविताको लेखन उन्नाइसौं शताब्दीमा भएको प्रतीत हुन्छ । सुवानन्द दास, भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौड्याल, बालकृष्ण सम लगायतका प्रतिभाले कविताको सिर्जना गरी नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुर्याए । यसरी पूर्वीय र पाश्चात्य साहित्यमा कविता नै जेठो विधा भएको प्रमाणित हुन्छ । पूर्वीय र पाश्चात्य साहित्यमा रुपवादी र भाववादी हाँगा स्पष्टसँग देखिन्छ । वास्तवमा कविताको संरचना पक्ष र भाव पक्षको संयोजनमा ध्यान दिँदा उपयुक्त हुन्छ ।
    कविता प्रतिभा, व्यूत्पत्ति र अभ्यासको समग्र परिणाम हो । कविताको स्वरुप अत्यन्त वैयक्तिक हुन्छ । व्यक्तिगत भाव र विचारको प्रस्तुति कवितामा हुने भएकाले कवितालाई एउटै नामले चिनाउन कठिन हुन्छ । सिर्जनापछि समालोचनाको जन्म हुन्छ अर्थात् जन्मपछि नामकरण हुन्छ ।
    शुक्ल यजुर्वेदमा मनीषी, परिभूः र स्वयम्भू भनेर कविको परिचय दिइएको पाइन्छ । त्यसैगरी वैदिक साहित्यमा भने ‘कवि’, ‘द्रष्टा’ र ‘ऋषि’लाई समानार्थीको रुपमा मानिएको पाइन्छ । संस्कृतको कोशले पनि कान्तादर्शी, मनीषी, विद्वान् आदि शब्दलाई पर्यायवाची मानेको छ । आचार्य आनन्दवर्धनले पनि कविलाई अपार काव्यसंसारको प्रजापतिका रुपमा चिनाएका छन् । यसरी हेर्दा कविको कर्म नै कविता हो भन्ने बुझिन्छ । संस्कृत साहित्यमा छन्दोबद्ध पदयोजनालाई पद्य भनिएको पाइन्छ । कविता, कोमल र सुन्दर पदविन्यास, गूढ शब्दार्थले हीन, सुबोध, नृत्यका लागि उपयुक्त र रसनिष्पत्तिका लागि गुण र सन्धियुक्त हुनुपर्छ ।
    ईशाका प्रथम शताब्दीका मानिएका भरतले मूलतः नाटकको चर्चा गरेता पनि कविताको पनि परिचय दिए । भरतको मान्यतापछि कविताको परिभाषा गर्ने आचार्य भामह हुन् । भामहले ‘शब्दार्थौ सहितौ काव्यम् भनेर शब्द र अर्थको सहभाव नै कविता हो भने । यसरी शब्द र अर्थको सीमामा कविता बाँधेपछि अर्का आचार्यले आफ्नो मत प्रस्तुत गर्ने क्रममा दण्डी अभीष्ट अर्थले व्यवच्छिन्न पदावलीलाई कविता हो भन्दछन् । यसपछि वामन भने काव्यको आत्मा रीति हो भन्न पुग्छन् । आचार्य कुन्तक वक्रोक्तिवादको पक्षमा लाग्छन् । त्यसैगरी आचार्य आनन्दवर्धन काव्यको आत्मा ध्वनि हो भन्दछन् । उनको मतमा शब्दार्थ शरीर हो भने काव्यको आत्मा भने ध्वनि नै हो । आचार्य भोजराज दोषरहित, गुणसहित, अलङ्कारले अलङ्कृत रचना नै काव्य हो भनेका छन् । त्यसैगरी आचार्य मम्मटको विचारमा दोषरहित, गुणसहित रचना नै काव्य हो जहाँ अलङ्कार भए पनि हुन्छ नभए पनि हुन्छ भन्दछन् ।
    ईशाको प्रथम शताब्दीमा भरतले चर्चा गरेपछि छैटौं शताब्दीमा भामहले थालेको परिभाषाको क्रम सत्रौं शताब्दीका जगन्नाथसम्म आइपुग्छ । यसबीचमा कसैले शब्द र अर्थलाई काव्य माने भने कसैले ध्वनिलाई त कसैले रीतिलाई काव्यको आत्मा माने । कसैले रसको प्रधानता आवश्यक ठाने भने कसैले दोषरहित, गुणसहित, अलङ्कारयुक्त रचना नै काव्य हुने विचार व्यक्त गरे । यसरी सबै आचार्यको विचार हेर्दा पनि सुललित शब्दार्थ, अलङ्कारयुक्त, दोषरहित, गुणसहित, रस, ध्वनि, रीति र वक्रोक्तियुक्त तथा अभीष्ट अर्थ दिने कविको रचना नै कविता वा काव्य हो भन्न सकिन्छ । कविताको रचना भएपछि त्यसैको आस्वादन गरेर नयाँ सिद्धान्त र परिभाषाको जन्म हुन्छ । अतः संस्कृतमा पनि रामायण, महाभारत, रघुवंश, कुमारसंभव आदि रचनाको अध्ययनले नै परिभाषा जन्माएको हो । साहित्यको अपार निधिका रुपमा रहेको संस्कृतको अनुशासित काव्य परम्परा तथा विचार र चिन्तनले परिभाषालाई सुनिश्चित एवम् व्यवस्थित गर्न सहयोग पुगेको भने पक्कै हो ।
    पाश्चात्य साहित्यका आदिकवि होमर हुन् । उनको समय ईपू ८ सयदेखि १५ सयसम्म मानिन्छ । उनका इलियड र ओडिसी महाकाव्य नै अङ्ग्रेजी साहित्यको प्रस्थानबिन्दु हो । यसरी होमरबाट थालनी भएको महाकाव्य परम्पराको सिद्धान्तको निरुपण या काव्य परिभाषाको आरम्भ भने ईपू ४ शताब्दीका अरस्तुबाट भएको हो । कविको आन्तरिक प्रतिभालाई पूर्वीय साहित्यका विद्वान्हरूले मुख्य काव्यहेतु स्वीकार गरे जस्तै होमरले पनि जादुमय शाश्वत एवं दिव्य अन्तरप्रेरणालाई मूल काव्यहेतु मान्दै कवितालाई आल्हादमय, अनुकरणात्मक तत्वका रुपमा स्वीकार गरेको देखिन्छ । त्यसैगरी होडियसले दैवी वरदानको प्रतिभा स्फुरण हुनु नै कविता हो भने । त्यसैगरी युरिपाइडिजले पनि आल्हाद र आनन्दको सिर्जना नै कविता हो भने । अरिस्टोफेनस कलात्मक, कुशलता र नैतिक निर्देशलाई कलाको मापदण्ड मान्छन् । सोक्रेटस कविता अश्वस्थ हुने बताउँछन् । प्लेटोले भने साहित्य सत्यको पक्षमा हुनुपर्ने बताएका छन् । साहित्य सत्यभन्दा दुई गुना टाढा हुन्छ भन्ने आरोप लगाउने प्लेटो भाषाको माध्यमबाट प्रकृति वा जीवनजगतका काल्पनिक र वस्तुपरक पुनः सृजन नै साहित्य वा काव्य हो भन्दछन् ।
    पूर्वीय एवम् पाश्चात्य साहित्यको प्रभावका रुपमा नेपाली साहित्यको विकास हुँदै आएको छ । ११ औं शताब्दीबाट नेपाली भाषाको विकास प्रारम्भ भएता पनि साहित्यिक स्वरुप भने उन्नाईसौं शताब्दीको पूर्वाद्र्धमा मात्र तयार भएको हो । नेपाली साहित्यमा प्रथम कविता सुवानन्द दास (विस १८२६)ले लेखेका हुन् । यसपछि भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौड्याल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा, माधव घिमिरे, मोहन कोइराला जस्ता कविहरूले नेपाली कविताको रथ हाँकेका छन् । कवि माधवप्रसाद घिमिरेले शब्द र संगीत, अर्थ र अभिप्राय तदाकार भएर जो अनौठो अनुभूति हुन्छ त्यही नै कविता हो भनेका छन् । केदारमान व्यथितले तीव्रगामी कल्पनाको घोडामाथि अनुभूतिको काँटी कसी विचारको लगाम पक्रेर भावुकता चढेको नै कविता हो भने । समालोचक डा. वासुदेव त्रिपाठीले मानव मनका अनुभूतिहरूको लयात्मक, भाषिक कलात्मक कथन नै कविता हो भनेका छन् ।

  • साहु

    साहु

    हाकुचाले मुग्लानमा आएर काम गरेको पनि एघार महिना भइसकेछ । एउटा घरको घरेलु नोकर हो ऊ । युरोप अमेरिकातिर भए हाउसम्यान, हाउसकिपर, हाउसमेड जस्ता मीठो अङ्ग्रेजी नाम पाउँथ्यो होला । यहाँ त कि गोर्खाली, कि बहादुर, कि भाइ, कि कान्छा भनेर चिनिन्छ ऊ

    हाकुचाले मुग्लानमा आएर काम गरेको पनि एघार महिना भइसकेछ । एउटा घरको घरेलु नोकर हो ऊ । युरोप अमेरिकातिर भए हाउसम्यान, हाउसकिपर, हाउसमेड जस्ता मीठो अङ्ग्रेजी नाम पाउँथ्यो होला । यहाँ त कि गोर्खाली, कि बहादुर, कि भाइ, कि कान्छा भनेर चिनिन्छ ऊ । मान हो कि अपमान बुझ्न चाहँदैन । बिहान पाँच बजेबाट बेलुकी दश एघार नबजी काम कहिल्यै सकिँदैन । साहु–साहुनी, दुई छोरा र बुढा बाबु आमा । यी ६ जनालाई भनेजस्तै मीठो, राम्रो र सफा खाना खुवाउनु उसको खास दायित्व हो । अरू सरसफाइ, किनमेल, सिङ्गो घरको हेरचाह त छँदै छ ।
    बुढाबुढी खान हुने र नरम जे बनाएर दिए पनि चुप लागेर खाने बस्ने टिभी हेर्ने सज्जन छन् । बच्चा बच्चा नै भइहाले कहिले टेर्छन्, कहिले टेर्दैनन् । तैपनि ठीकै छ । साहु र साहुनी भने जति मीठो खाना बनाए पनि, जति राम्रो काम गरे पनि कहिल्यै जस दिँदै दिँदैनन् । खाली दोषै मात्र दिन्छन् । आजित भएर कि घरै फर्कने कि वारपार गर्ने विचारले हाकुचाले यो हप्ताभरि मीठा–मीठा स्वस्थ खाना फरक–फरक तरिकाले पकाउने र परीक्षा लिने निर्णय ग¥यो । आइतबार चपाटी, हलुवा, खीर, तरकारी, अचार पस्कँदै ‘आज कस्तो लाग्यो ?’ भनेर सोध्यो । साहु– ‘सब्जी अच्छेसे क्यु ना धोया ? फिर क्युँ गलाया ?’ साहुनी– ‘मिर्च क्युँ ज्यादा डाल्दिया ? फिर क्युँ कच्चा बनाया ?’
    सोमबार भेजबिरयानी मटन नानाथरी तरकारी अचार बनाइ पस्केर सोध्यो ‘खाना कस्तो छ ?’ साहु– ‘कुछ भी अच्छे नही बनाया, टेस्ट भी अच्छा नही आया ।’ साहुनी– ‘हाँ तुमने सब गन्धा पकाया, मेरी तो सारे भमिट आने लगी ।’ मंगलबार साम्बर, छोला, डोसा इडली साग अचार बनायो । कस्तो छ ? साहु– ‘क्या कुत्तेका जैसा खाना बनाया ? मुह मै डाल्नेका मन ही नही लगता ।’ साहुनी– ‘तुमने कभी मीठा खाना नही खिलाया, तुमका वापस ही भेजना पडेगा ।’ यसैगरी हप्तैभरि जाने जति सीपले खाना बनायो तर दोषैदोष मात्र सुन्नु प¥यो । यसपश्चात् उसलाई हदैसम्म रिस उठ्यो । टाउको पनि धेरै नै दुख्यो । तैपनि चुपचाप खाना बनाउनुको तत्काल विकल्प थिएन । के बनाउँ बनाउँ भयो । सोच्यो…
    ‘ल आज पूरा नेपाली जस्तै दाल, भात, तरकारी, अचार, दूध, दही, घिउ खुवाउँछु ।’
    मिल्ने भए विषै मिसाएर पकाइदिने विचार मनमा आयो । हैट, डरायो । पाप गर्नु जस्तै पाप सोच्नु पनि पाप हो । भात राम्ररी चलाउन बिर्सेछ । आधा काँचो आधा पाकेको जस्तो भएछ । दाल पकाउँदा पकाउँदा डढेर कालै भएछ । तरकारीमा जानाजान तीनफेर नुन, दुई फेर खुर्सानी हाल्दियो । अचारमा भएभरको मिर्च र सागमा आधा किलो अदरक डाल्दियो । चुपचाप न हाँसेको, न रिसाएको, न डराएको अभिनय गर्दै खाना टेबुलमा सजायो । केही सोधेन । साहु आफै बोल्यो, ‘हाँ अच्छा खाना बनाया तुमने आज । इससे पेहेले हमने इतनी स्वादिष्ट कभी नही खाया था ।’ साहुनी तत्काल त केही बोलिन । दुई घण्टापछि बाथरूमबाट निस्कँदै भनी, ‘हाँ भैया सुनोतो, तुमने आज अच्छा खाना बनाया । कितनी दिन से मेरा पेट भारी था । आज पूरा खलास हो गया । अच्छी से साफ हो गई । तुम घर फिर्ने से कभी ना सोचो, आने महिने से तनखा भी पाँच सो बढादुंगी ।’ मनमनै सोच्यो । स्वाद आफ्नो आफ्नो । भैंसीलाई मोमो भन्दा घाँसै प्यारो । अब हाकुचाले लंगडाको देशमा खुट्टा खोच्याएर हिँड्नु पर्ने पाठ सिकिसकेको छ ।
    जीवन गुजार्ने नयाँ आइडिया पाएर हाकुचा तीन छक्क खायो ।

  • अमेरिका चीन व्यापार युद्ध चर्कियो, भन्सारदर बढाउने होडको मारमा शेयर बजार

    अमेरिका चीन व्यापार युद्ध चर्कियो, भन्सारदर बढाउने होडको मारमा शेयर बजार

    न्यूयोर्क
    चीनसँगको व्यापारिक बार्ता असफल भए लगत्तै नयाँ भन्सारदर घोषणा गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनले उस्तै जवाफ फर्काएको छ । चीनले आगामी जुन देखि लागु हुने गरि ६० अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा भन्सारदर बढाउने घोषणा गरेको हो ।

    चीनसँगको व्यापार वार्ता असफल भए पछि ट्रम्पले गत साता २०० अर्ब डलर बराबरका चिनियाँ उत्पादनमा भन्सारदर बढाउने घोषणा गरेका थिए । अमेरिकाले १० प्रतिशतको भन्सारदरलाई २५ प्रतिशत पुर्याउने भएको हो ।
    त्यसको जवाफ स्वरुप बेइजिङले पाँच हजार अमेरिकी उत्पादनमा भन्सारदर २५ प्रतिशतसम्म पुर्याउने जनाएको छ । कुनै उत्पादनको भन्सारदर भने २० प्रतिशत पुग्नेछ । अहिले १० या ५ प्रतिशत भन्सार तिरेर चीन भित्रि रहेका अमेरिकी उत्पादनको भन्सारदर त्यति पुग्न लागेको हो ।

    व्यापार वार्ता असफल भएपछि ट्रम्पले लगातार चीनलाई दोष लगाउँदै ट्विट गरि रहेका छन् । चीनले सन् २०२० को चुनावमा डेमोक्र्याटले जितोस् भन्ने कामनाका साथ आफुसँगको डिल फाइनल नगरेकोसम्म आरोप उनले लगाएका छन् । यस्तै आफुले तोकेको भन्सारदरले अमेरिकी अर्थतन्त्रलाई फाइदा पुर्याएको उनको दावी छ । सन् २०१९ को पहिलो त्रैमासिकको आर्थिक बृद्धि तीन प्रतिशत बढि हुनुमा भन्सारदरको महत्वपुर्ण योगदान रहेको समेत उनले दावी गरेका छन् ।

    अमेरिका र चीन व्यापार युद्ध चर्किँदाको ठाडो असर भने सेयर बजारमा देखिएको छ । गत साता व्यापार वार्ता असफल भएको समाचार सार्वजनिक भए देखिनै बजार घट्न थालेको थियो । ट्रम्प निर्णयको चिनियाँ प्रतिकृया सार्वजनिक भएपछि सोमबार बजारमा झनै तीब्र गिरावट आएको छ । नौ बजे खुले लगत्तै डाउजोन्स दुई प्रतिशतले घटेको थियो भने डास्डाकमा झन्डै तीन प्रतिशतको गिरावट आएको छ । अमेरिकी मात्र होइन चिनियाँ शेयर बजारमा पनि उस्तै गिरावट आएको सञ्चार माध्यमले जनाएका छन् ।

  • न्यूजिल्याण्ड नरसंहार पछि फेसबुकको लाइभ स्ट्रिमिङ नियम फेरियो, अब तत्काल लाइभ रोकिने

    न्यूयोर्क
    न्यूजिल्याण्डको मस्जिदमा गोली प्रहार भएको दुई महिना पश्चात फेसबुकले आफ्नो लाइभ स्ट्रिमिङ नियममा परिवर्तन ल्याएको छ । अब कसैले फेसबुकको ‘गम्भीर नीति’ उल्लंघन गरे तत्कालै लाइभ सुविधा प्रयोग गर्नमा रोक लगाउने जनाइएको हो । बुधबारबाट लागु नयाँ नियम अनुसार यस्तो प्रतिबन्ध साधारणतया ३० दिनको हुनेछ ।

    फेसबुकले त्यस बाहेक नियमका सबै मापदण्डबारे भने प्रष्ट पारि सकेको छैन । तर, सामाजीक मूल्य विपरित कुनैपनि आतंककारी गतिविधीलाई सामाजिक सञ्जालमा स्थान नदिनेबारे भने कम्पनीले प्रष्ट पारको । आगामी सातामा यो नीतिलाई अन्य शिर्षकमा पनि विस्तार गर्ने र केही उग्र प्रचारका विज्ञापन लिन पनि रोक लगाउने जनाएको छ ।

    यो नियम लागु भएको थियो भने क्रिष्टचर्चका बन्दुकधारीले फेसबुक लाईभ गर्दै गोली प्रहार गर्न नसक्ने कम्पनीका प्रवक्ताले सिएनएनलाई बताएका छन् । प्रार्थना गर्न भेला भएका मुस्लिम धर्मावलम्बी माथि फेसबुक लाइभ गर्दै एक बन्दुकधारीले अन्दाधुन्द गोली चलाउँदा ५० जनाको मृत्यु भएको थियो ।

    न्यूजिल्याण्ड र फ्रान्सले ‘टेक’ कम्पनी र अन्य मुलुकलाई इन्टरनेट सञ्जालबाट उग्रबादी विचार प्रवाह रोक्न सहकार्यका लागि आह्वान गरे लगत्तै फेसबुकको यो नियम परिवर्तन भएको हो । न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्दा आर्डर्नले यस विषयमा आफुले फेसबुक सिइओ मार्क जुकरबर्गसँग दुई पटक कुरा गरेको समेत बताएकी छिन् ।

  • ट्रम्पले घोषणा गरे प्रविधीमा संकटकाल, अमेरिकी कम्पनीलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक

    ट्रम्पले घोषणा गरे प्रविधीमा संकटकाल, अमेरिकी कम्पनीलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक

    न्यूयोर्क
    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना प्रविधिमाथि राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । संकटकाल घोषणासँगै उनले अमेरिकी कम्पनीहरूलाई विदेशी दूरसञ्चार उपकरण प्रयोगमा रोक लगाएका छन् ।

    बिदेशी दूरसञ्चार उपकरणहरूको प्रयोगका कारण राष्ट्रिय सुरक्षामा जोखिम उत्पन्न भएको र साइबर आक्रमणको खतरा बढेको ट्रम्पको भनाइ छ ।

    सञ्चार सञ्जालहरूलाई विदेशी प्रतिद्वन्द्वबाट बचाउन पनि संकटकाल आवश्यक भएको ट्रम्पले उल्लेख गरेका छन् । ट्रम्पको यो निर्णय खासगरी चिनियाँ उत्पादनलाई लक्षित गरी आएको हो । चिनियाँ कम्पनी हुवावेले आफ्ना उपकरणको माध्यमबाट अरू राष्ट्रमा जासुसी गरिरहेको अमेरिका लगायत पश्चिाम मुलुकले आरोप लगाउँदै आएका छन् । हुवावे लगायत चिनियाँ संस्थापनले यो आरोपलाई स्वीकारेका छैनन् । हुवावेले आफ्ना उपकरण सुरक्षित रहेको र कसैको जासुसी नगरेको दावी गर्दै आएको छ ।

    अमेरिका र चीनबीच व्यापार युद्ध चर्किँदै गर्दा ट्रम्पको पछिल्लो निर्णय आएको हो । यसले दुई देशको सम्बन्धमा थप समस्या उत्पन्न हुनसक्ने अनुमान गरिएको छ । गतसाता मात्रै ट्रम्पले २०० खर्ब डलर बराबरको चिनियाँ उत्पादनमा लगाइएको १० प्रतिशत करलाई २५ प्रतिशत र्पुयाएका थिए । जवाफमा चीनले ६० अर्ब डलर बराबरको अमेरिकी सामाग्रीमा कर वृद्धि गरेको थियो ।

  • ट्रम्पको आप्रवासी नीति आज, कागजात विहिनलाई सम्बोधन नहुने

    ट्रम्पको आप्रवासी नीति आज, कागजात विहिनलाई सम्बोधन नहुने

    न्यूयोर्क
    राष्ट्रपति डोनाल्ड ट्रम्पले आज अपरान्ह आफ्नो आप्रवासी नीति सम्बन्धि योजना सार्वजनिक गर्दैछन् । ट्रम्पले अमेरिकाको वैधानिक आप्रवास सम्बन्धि वर्तमान स्वरुपमा ठूलो परिवर्तनको प्रस्ताव गर्ने अपेक्षा गरिएको छ ।

    आज ह्वाइट हाउस स्थित रोज गार्डेनमा ट्रम्पले आफ्नो प्रस्ताव सार्वजनिक गर्नेछन् । तर, उक्त प्रस्तावमा अमेरिकामा रहेका एक करोड बढि कागजात विहिन आप्रवासीबारे भने केही उल्लेख नभएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् । कागजात विहिनहरुको प्रतिको चर्को विरोध नै ट्रम्पको चुनाव जित्ने एक प्रमुख एजेण्डा थियो ।

    नयाँ प्रस्तावमा ट्रम्पका ज्वाइँ एवं बरिष्ठ सल्लाहकार जरेड कुश्नरले महिनौँ देखि गृहकार्य गरि रहेका छन् । उनले प्रस्तावको मुख्य अंशबारे रिपब्लिकन सिनेटरहरुलाई मंगलबार ब्रिफ गरेका थिए । यो प्रस्तावले रिपब्लिकनहलाई एकताबद्ध गर्ने र नयाँ छलफल सुरु हुने विश्वास लिएको ह्वाइट हाउस सुत्रहरुले सञ्चार माध्यमलाई जानकारी गराएका छन् ।

    ‘तत्कालका लागि यो ट्रम्पको योजना हो, तर हामीलाई आशा छ यो रिपब्लिकन पार्टीको रणनीति बन्नेछ’ उनले भनेका छन् ।

    सुत्रहरुका अनुसार प्रस्तावको मुख्य आधारको रुपमा क्षमता र सिपमा आधारित (मेरिट बेष्ड) आप्रवासी नीतिलाई लिइएको छ । यसमा असाइलम या पारिवारिक आधारमा दिने ग्रीनकार्डलाई कम गर्दै लगिनेछ । अमेरिकामा आउने वैधानिक आप्रवासीको संख्या घटबढ नगरि मापदण्ड मात्र फेर्न लागिएको सुत्रहरुको भनाइ छ । सीमा पर्खाल सम्पन्न गर्ने, कम ज्यालादरमा काम गर्नेहरुको आप्रवाह कम गर्ने, अमेरिकी नागरिकका पारिवारिक सदस्यलाई दिने ग्रीनकार्डमा पनि रोक लगाउने लगायतका प्रस्ताव गर्ने तयारीमा ट्रम्प रहेको जनाइएको छ ।

  • मोदीले सरसफाई कर्मचारीको खुट्टा धोए राहुल दुई घण्टा पहाड चढे

    मोदीले सरसफाई कर्मचारीको खुट्टा धोए राहुल दुई घण्टा पहाड चढे

    नयाँ दिल्ली ।

    लोक सभाकाको ५४३ सदश्यको लागि भारतमा यो बर्ष निर्वाचन सम्पन्न हुदै छ । भारतको यो बर्षको निर्वाचन भारतीय ईतिहासमा सबै भन्दा खर्चिलो हुने अनुमान बिज्ञहरुले गरेका छन् ।निर्वाचन आयोगले निकट भबिस्यमा निर्वाचन कार्यक्रम सार्बजनिक गर्दै छ । एक ढंगले मतदातालाई आफुतिर आकर्षित गर्ने क्रम सुरु भै सकेको छ । बितेका केहि दिन भित्र भारतीय राजनीतिका दुई हस्ती प्रधानमन्त्रि नरेन्द्र मोदी र बिपक्षी दल कांग्रेस आईका नेता राहुल गांधीले अलि फरक प्रकारका धार्मिक यात्रा गरेका छन् ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तरप्रदेश स्थित कुम्भ मेलामा लुगा लगाएरै डुबुल्की मार्दै स्नांन गरेका छन् । गत आईतबार करोडौ भक्तालुले भरिएको प्रयागराज स्थित कुम्भ मेलामा गंगा नदिको संगम घाट गई मोदीले डुबुल्की मार्दै स्नांन गरेका हुन् । मोदीले स्नांन पछि आरति समेत गरेका थिए भने कुम्भ मेलाका लागि सरसफाईको काम गर्ने कर्मचारीहरुको खुट्टा धोएका थिए । २० ,२२ करोड भक्तालुको घुँईचो लाग्ने कुम्भ मेलाको पुरा क्षेत्रलाई सफा राख्नु सानो कुरा होईन भन्दै प्रधानमन्त्री मोदीले ति कर्मचारीहरुको खुट्टा धोएर सेतो कपडाले पुछेर सफा गर्दै उनीहरुलाई सम्मान गरेका हुन् ।

    उता गत २२ तारिक शुक्रबार बिपक्षी दल कांग्रेस आईका अध्यक्ष राहुल गांधी १० किलोमिटर पैदल हिंडेर आन्ध्र प्रदेश स्थित एक मन्दिर दर्शन गर्न पुगे । आन्ध्र प्रदेश स्थित तिरुपतिको पहाडमा अबस्थित बैंकटेस्वर मन्दिरमा पैदल हिडेर अध्यक्ष गांधीले दर्शन गरेका थिए । उनि लगातार २ घण्टा हिंडेर बैंकटेस्वर मन्दिर पुगेका हुन् । राहुल गांधीको मन्दिर दर्शनको लागि १० किलोमिटरको बाटो र मन्दिर क्षेत्रमा ब्यापक सुरक्षा ब्यबस्था गरिएको भारतीय संचार माध्यमले जनाएका छन्

  • उडान भर्न ठिक्क परेको जहाजको इन्जिनमा पैसा चढाउदा …….

    उडान भर्न ठिक्क परेको जहाजको इन्जिनमा पैसा चढाउदा …….

    न्यूयोर्क ।
    एक चाईनिज बिमान कम्पनीले हवाई जहाजको इन्जिनमा सिक्का चढाएको कारण यात्रुलाई मुद्धा हालेको छ । लु नामका ती यात्रुले जहाज चढनु अघि साईत पर्छ भन्दै लक्की एयर बिमान कम्पनीको एक जहाजको इन्जिनमा सिक्का चढाएका थिए । चिनको आन्तरिक उडानका लागि यान्क्युनदेखि कुन्मिङको लागि उडान भर्ने तयारीमा रहेको उक्त जहाजमा साईत पर्ने भ्रममा लु नामका यात्रुले सिक्का चढाएपछी जहाजलाई ग्राउन्डेड गरिएको थियो । १ सय ६५ जना यात्रु लिएर उड्ने तयारीमा रहेको जहाज सम्पूर्ण सुरक्षा जा“च पछि भोली पल्ट मात्र उडेको थियो । इन्जिनमा २ वटा एक –एकका युआन सिक्का फ्याक्ने ती यात्रुले बिमान कम्पनीले उडान रद्ध गर्नु परे पछीको खर्च १ लाख ४० हजार युआन (२१ हजार अमेरिकी डलर ) क्षतिपूर्ती भर्नुपर्ने माग सहित मुद्दा हालेको हो ।
    समाचार एजेन्सीहरुका अनुसार २८ वर्षिय लुले बोर्डिङ हुंदै गरेको जहाजमा सिक्का चढायो भने साईत पर्ने सोचेर ईन्जिनमा सिक्का फ्याकेको बताएका छन् । घटनापछी ती यात्रुलाई ७ दिन थुनामा राखिएको थियो ।
    चिनमा साईत पर्ने सोचाईमा उड्न ठिक्क परेको जहाजको ईन्जिनमा सिक्का फ्याकिएको यो पहिलो घटना भने होईन । सन् २०१७ मा यान्क्युनबाट नै लक्की एयरमा उडान भर्न ठिक्क परेको एक जहाजमा यात्रुले सिक्का चढाउने कोशिस गरेका थिए भने संघाईबाट ग्वान्जाउको उडान भर्न लागेको जहाजमा एक बृद्धा महिलाले ९ वटा सिक्का ईन्जिनमा फ्याक्दा १ सिक्का भने ईन्जिन भित्र पसेपछि उडान ५ घण्टा ढिला भएको थियो ।

  • चिनियाँ लगानीको विलासी पाकिस्तानी होटलमा आक्रमण, पाँचको मृत्यु

    चिनियाँ लगानीको विलासी पाकिस्तानी होटलमा आक्रमण, पाँचको मृत्यु

    एजेन्सी
    चिनियाँ लगानीमा निर्मित पाकिस्तानको एक विलासी होटलमा आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको छ । बलोचिस्तान प्रान्तको जाभेर पर्ल कन्टिनेन्टल होटलमा एक शसस्त्र समुहले आक्रमण गरेर चार कर्मचारी र एक सैनिकको हत्या गरेको स्थानीय सेनाले जनाएको हो ।
    अरब सागर नजिकैको होटलमा शनिबार अपरान्ह तीन बन्दुकधारी छिरेका थिए । सुरक्षाकर्मीसँगको भिडन्तमा उनीहरुको पनि मृत्यु भएको छ । हमलामा थप छ जना घाइते भएको सेनाले जनाएको छ ।

    होटल अधिकारीका अनुसार रमजानको कारण होटलमा अतिथी थिएनन् भने कर्मचारी पनि थोरै मात्र थिए । स्थानीय पृथकताबादी समूह बलोचिस्तान लिबरेशन आर्मीले घटनाको जिम्मा लिएको छ । उनीहरुले चिनियाँ र अन्य विदेशी लगानीकर्तालाई लक्षित बनाएको बताएका छन् ।

    उक्त होटल अर्बौं डलर चिनियाँ लगानीमा बनेको परियोजना हो । पछिल्लो समय चीनले पाकिस्तानमा यस्ता परियोजना निर्माणमा तीब्रता दिएको छ । सैन्य पोसाक लगाएका ती हतियारधारी स्थानीय समय अनुसार शनिबार दिउँसो ४:५० बजे होटलमा छिरेका थिए ।

    होटलका सुरक्षाकर्मीले रोक्न खोज्ने बित्तिकै आक्रमणकारीले गोली चलाएका थिए । पाकिस्तानी सेनाका अनुसार त्यसपछि उनीहरु होटलका अतिथीलाई बन्दी बनाउने उद्देश्यले चौथो तलामा उक्लिएका थिए । उनीहरुले सिसिटिभीको तार काटेका थिए भने चौथो तलामा कसैलाई जान नदिन बम समेत राखेका थिए । त्यहीँ उनीहरुलाई सुरक्षाकर्मीले मारिदिएका हुन् । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बलोचिस्तान आक्रमण सेनाले विफल बनाएको बताएका छन् ।

  • स्विडेनको सडकमा चालक बिना नै गुड्यो मालबाहक ट्रक

    स्विडेनको सडकमा चालक बिना नै गुड्यो मालबाहक ट्रक

    स्विडेन स्थित एक ब्यस्त ब्यापारिक केन्द्रको सडकमा बुधबार चालक बिनाको मालबाहक ट्रकलाई परिक्षणका लागि गुडाईएको छ । २६ टनको उक्त ट्रकलाई बिना चालक सार्वजनिक सडकमा अन्य सवारीहरु संगै मिसाएर चलाईएको यो प्रथम पटक हो । स्विडेनको स्टकहोम स्थित यातायात कंम्पनी इंरिडले प्रयोगमा ल्याउन लागेको उक्त स्वचालित ट्रकलाई परिक्षणका लागि सन् २०२० को अन्त्य सम्म बिना चालक सडकमा गुडाईने छ । यस अगाडि अन्य कम्पनीहरुले यस्तै प्रकृतिका स्वचालित ट्रक परिक्षण गरि सके पनि ति ट्रकहरु भित्र भने आकस्मिक अबस्थाको लागि ब्याकअपका लागि चालक बसेर सडकमा गुडाईएको थियो । बुधबार परिक्षणको लागि स्विडेनको सडकमा ल्याईएको ट्रकमा भने ब्याकअप बिना नै गुडाईएको हो ।
    २६ टन तौलको उक्त ट्रकमा क्यामरा,राडर्स र ३ डि सेन्सर्स जस्ले ट्रकलाई ३६० डिग्रि वरिपरिको चेतावनी उपलब्ध समेत गराउँदछ । ट्रकले प्रति घण्टा ८५ किलो मिटरको यात्रा तय गर्ने क्षमता भए पनि परिक्षणका क्रम मा भने प्रति घण्टा ५ किलोमिटर मात्र गुड्न्ने गरि ब्यबस्था मिलाईएको छ ।
    ( एजेन्सीको सहयोगमा )

  • सुदूरपश्चिममा सोट्टो नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन

    सुदूरपश्चिममा सोट्टो नेपालको आन्तरिक पर्यटन प्रवद्र्धन

    कञ्चनपुर । प्रत्येक वर्ष एक उत्कृष्ट गन्तव्यको प्रवद्र्धन गर्दै आएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल)ले यस वर्ष सुन्दर सुदूरपश्चिमको प्रवद्र्धनात्मक कार्य शुरु गरेको छ । वैशाख ३० कञ्चनपुरमा रहेका पर्यटकीय सम्पदाको अध्ययन अवलोकनसँगै स्थानीय वेदकोट र भीमदत्त नगरपालिका र होटल एसोसियसन अफ कञ्चनपुर लगायत स्थानीय पर्यटन व्यवसायीहरुसँग अन्तक्रियासहित स्थलगत भ्रमण गरी सोट्टोले आफ्नो प्रवद्र्धनात्मक अभियान अगाडि बढाएको हो ।

    नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा सोट्टोले आन्तरिक पर्यटनको प्रवद्र्धनात्मक कार्य अगाडि बढाएको हो । प्रवद्र्धनात्मक अभियानले शुक्लाफाँटा–नालापानी–खप्तडको पर्यटकीय सम्पदाहरुको उजागर गर्नुका साथै राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा यहाँका गन्तव्यहरुको प्रवद्र्धन एवम् प्रचारप्रसार गर्नेछ । साथै, सुदूरपश्चिममा रहेको सम्पूर्ण गन्तव्यहरुको पर्यटन प्याकेज तयार गरी अभियानले आन्तरिक पर्यटकका साथसाथै भारतीय पर्यटकलाई बढीभन्दा बढी सुदूरपश्चिममा ल्याउने लक्ष्य लिएको अभियानका संयोजक एवम् सोट्टो–नेपालका निवर्तमान अध्यक्ष यमबहादुर खड्काले जानकारी दिए । उनले यसअन्तर्गत कञ्चनपुर–बझाङ–अछाम–कैलालीलाई एकसाथ प्रवद्र्धन गराएर अगाडि बढाउने बताए ।

    यस्तै स्थलगत अध्ययन भ्रमणमा रहेका नेकपा एमाले पर्यटन प्रवद्र्धन विभाग प्रमुख सूर्य थापाले भारतीय पर्यटकलाई सुदूरपश्चिममा भित्र्याएर थुप्रै आम्दानी गर्न सकिने भएकाले सुदूरपश्चिमका पर्यटकीय पूर्वाधार विकासमा जोड दिन स्थानीय तहका प्रमुख तथा पर्यटन व्यवसायीलाई आग्रह गरे । उनले पर्यटन स्वयंसेवा नभएको भन्दै यस व्यवसायमा रकम लिएर सेवा दिनुपर्ने बताए । साथै पर्यटकलाई बेच्न सकिने धेरैभन्दा धेरै ठाउँको विकास गर्न र एकअर्कालाई एकआपसमा जोड्न पनि उनले पर्यटन व्यवसायी र स्थानीय तहका प्रतिनिधिलाई आग्रह गरे ।

    स्थलगत भ्रमण अभियानलाई स्वागत गर्दै हान कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारीले सुन्दर सुदूरपश्चिम नारा मात्र नभएर पर्यटक लोभ्याउने भर्जिन गन्तव्य भएको बताए । उनले घुम्न आउने पर्यटकलाई सबै किसिमको सेवा–सुविधा दिन सुदूरपश्चिम तयार रहेको पनि बताए । यस्तै, भीमदत्त नगपालिकाका मेयर सुरेन्द्र विष्ट, वेदकोट नगरपालिकाका मेयर अशोक चन्द लगायतले पर्यटकीय गुरुयोजना बनाएर सुदूरपश्चिमका गन्तव्यहरुको विकासमा स्थानीय सरकार लागिपरेको बताएका छन् ।

    स्थलगत भ्रमण अभियानमा एमाले पर्यटन विभाग प्रमुख सूर्य थापासहित सोट्टो–नेपालका पूर्व अध्यक्ष यमबहादुर खड्का, महासचिव नारायण पराजुली, कोषाध्यक्ष मानबहादुर शाही, सदस्यहरु भुवनदेवी महर्जन, इन्दिरादेवी गौतम, विन्दु प्रधान, सुशिल नेपाल, पर्यटन पत्रकार संघ (जाट–नेपाल) का महासचिव हरिशरण न्यौपाने, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन प्रदेश नम्बर ७ का संयोजक महेश भट्टराई, एनएमए साईपाल शाखाका महासचिव किशोर खड्का, फोटो पत्रकार जनार्दन अर्याल, पत्रकारद्वय बीपी अनमोल र प्रकाश शाह लगायत एक दर्जन बढीको सहभागिता रहेको छ । भ्रमण समूहले भारतको हरिद्वार, ऋषिकेषका पर्यटन व्यवसायीसँग अन्तक्रिया गर्दै नेपालको शुक्लाफाँटा हुँदै खप्तडसम्मको भर्जिन पर्यटकीय गन्तव्य हेरेर आनन्द लिन आग्रह गर्दै यतिबेला भारतका पर्यटन व्यवसायीसँग अन्तरक्रिया गर्न भारतको उत्तराखण्डमा रहेको हरिद्वार पुगेको छ ।

  • एकैदिन ९४ आरोही सगरमाथा शिखरमा

    एकैदिन ९४ आरोही सगरमाथा शिखरमा

    सोलुखुम्बु । सगरमाथा आरोहणको चौथो दिन अर्थात् बुधबार एकैपटक करिब १ सय जनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् । विभिन्न आरोहण दलबाट गएकाले फरक–फरक समयमा एकै दिनमा ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

    आरोहणको तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै पनि आरोहण नभए पनि चौथो दिन बुधबार मौसममा सुधार आएसँगै आरोहण सफल भएको सम्पर्क अधिकृत श्रेष्ठको भनाइ छ ।

    वैशाख ३० गतेदेखि आरोहण शुरु भएको पहिलो दिन बाटो निर्माण गर्दै गएका आठ जना शेर्पा गाइडले एकै पटक शिखर चुमेका थिए । यस्तै दोस्रो दिन विभिन्न समूहबाट गएका ३९ जना आरोही शिखरमा पुगेका थिए । सम्पर्क अधिकृत श्रेष्ठ भन्छन्– ‘तेस्रो दिन मौसम प्रतिकूलताका कारण कुनै आरोहण भएन, तर चौथो दिन भने ९४ जनाले आरोहण गर्न सफल भएका छन् ।’

    कामिरीताको नयाँ विश्व कीर्तिमान

    आरोही कामिरीता शेर्पाले सगरमाथा आरोहणमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । शेर्पाले यो सिजनसहित २२ पटक सगरमाथाको चुचुरोमा पाइला टेकेर नयाँ विश्व कीर्तिमान राख्न सफल भएका हुन् । कामिरीताले यसअघि २१ पटक सगरमाथाको शिखरमा पुगेका आप्पा शेर्पाको विश्व कीर्तिमान तोडेका छन् ।

    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा जन्मेका ४८ वर्षीय कामिरीताले सन् १९९२ देखि सगरमाथा आरोहण शुरु गरेका हुन् । रासस

  • भरिभराउ मुक्तिनाथ

    भरिभराउ मुक्तिनाथ

    बागलुङ । मुस्ताङको मुक्तिनाथ क्षेत्र पर्यटकले भरिभराउ छ । मुक्तिनाथ जानेमा बढीजसो धार्मिक पर्यटक रहेका छन् । नेपालीपछि सबैभन्दा बढी भारतीय पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

    धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य मुक्तिनाथ क्षेत्र अन्य पर्यटकको समेत रोजाइमा पर्ने गरेको छ । गएको चैत र वैशाखमा सबैभन्दा बढी पर्यटकले मुक्तिनाथको भ्रमण गरेका छन् । फागुन र जेठ पनि पर्यटकीय याम हो ।

    सन् २०१८ को अप्रिलमा मुक्तिनाथ घुम्ने बाह्य पर्यटकको संख्या ९ हजार १ सय ५ रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित पर्यटक सूचना केन्द्रका अनुसार गत जनवरीदेखि अप्रिलसम्म १६ हजार ९ सय ८४ बाह्य पर्यटक मुक्तिनाथ पुगेका छन् । सबैभन्दा बढी ८ हजार ५ सय ५६ पर्यटक भारतीय रहेका छन् ।

    मुक्तिनाथ घुम्ने आन्तरिक पर्यटकको भने कुनै लेखाजोखा छैन । बाह्यको तुलनामा दोब्बर आन्तरिक पर्यटकले मुक्तिनाथको भ्रमण गरेको बताइएको छ । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख तुलसीप्रसाद दाहालले जेठ अन्तिमसम्म मुक्तिनाथमा पर्यटकको चाप बढ्ने बताए । ‘अहिले दैनिक सयौं बाह्य पर्यटक मुक्तिनाथ आइरहेका छन्, आन्तरिक पर्यटकको पनि घुइँचो छ,’ उनी भन्छन्, ‘पर्यटकको चाप बढेपछि मुक्तिनाथ क्षेत्रका होटललाई भ्याइनभ्याइ छ ।’

    पर्यटकको चाप बढ्न थालेपछि मुक्तिनाथ क्षेत्रमा नयाँ होटल खुल्ने क्रम पनि उत्तिकै बढेको छ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटकले रात बिताउने गरेका छन् । कतिपय पर्यटक भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँ जान्छन् ।

    जोमसोमका होटल व्यवसायी अनिता शेरचन पछिल्लो समय आन्तरिक पर्यटकको संख्या बढेको बताउँछन् । ‘मुस्ताङ घुम्ने नेपालीको संख्या वर्षेनी बढ्दो छ, पर्यटकीय याममा हाम्रो पनि व्यस्तता बढ्छ,’ उनले भनिन् । मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्री र यात्रामा रमाउने युवाको रोजाइमा मुस्ताङ पर्ने गरेको छ । यातायातको सहजताले पनि पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको हो ।

    एक्याप जोमसोमका प्रमुख दाहालका अनुसार म्याग्दी हुँदै सडक मार्ग र पोखराबाट हवाई मार्ग भएर मुस्ताङ छिर्ने पर्यटकको संख्या सबैभन्दा बढी छ । यस्तै, मनाङ हुँदै थोरङ्लापास भएर मुस्ताङ छिर्ने पर्यटकको संख्यामा पनि वृद्धि हुँदै गएको छ । मुस्ताङ छिर्ने अधिकांश पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । सूचना केन्द्रका अनुसार वर्षेनी मुक्तिनाथ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढिरहेको छ ।

    गत वर्ष कुल ४६ हजार ६ सय ७५ बाह्य पर्यटकले मुक्तिनाथ घुमेका थिए । सन् २०१८ मा उक्त संख्या थप बढ्ने अनुमान गरिएको छ । मुक्तिनाथ नपुगी अन्य मार्गबाट उपल्लो मुस्ताङको लोमान्थाङ लगायतका गन्तव्य घुम्ने पर्यटक पनि छन् । गतवर्ष ५२ हजार बाह्य पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । रासस

  • हिउँमा हराउँदा…

    हिउँमा हराउँदा…

    कुमार न्यौपाने
    हिमाली जिल्लाहरूमा हिउँ पर्नु सामान्य नै हो, तर पनि खेतीको समयमा पर्नु भाग्यको कुरा मानिन्छ । ओंठमा हाँसोसहित भन्ने गर्छन्– ‘अब त बाली सप्रने भयो । हिँउले पानीको स्रोत बढाउँछ ।’
    नेपाल आफैँमा हिमाली देश, तर मैले हिउँ आँखाभरि हेरेको परारको साल अमेरिकातिर मात्रै हो । ४० हजार फीटमाथिको जहाजबाट खुबै हिउँ देखियो, विशेष गरी न्यूयोर्कबाट क्यालिफोर्निया उड्दा । हुन त हिउँदको समय परेर होला अधिकांश उडान हिउँमाथि थियो । त्योभन्दा अगाडि न्यूयोर्क, अल्बानी हुँदै नायग्रा फल्स पुग्दा हिउँको स्पर्श त छँदै थियो, तर पश्चिमको उडानमा देखिएको हिउँको मात्राले जिब्रो नै टोकाएको थियो । हुन त ‘ब्ल्याक सी’बाट अगाडि बढेदेखि नै युरोपीय हिउँका आकार र मात्रा देखियो । लण्डन र न्यूयोर्कबीच ३,४७० माइल फैलिएको एटलान्टिकमा हिउँका ढिक्काहरु हेर्दै गर्दा टाइटानिक याद आयो, ज्याक अनि रोज पनि । त्यही अभागी आइसबर्ग, जसले आजसम्म बदनाम कमाएको छ । याद आयो त्यही कथा त्यो माइनस टेम्प्रेचरमा यदि हवाईजहाज खस्यो भने पौडी खेल्न जान्ने र म जस्तो नजान्ने बीचको के भिन्नता होला ? क्यानाडाको दक्षिणपूर्वी पुछार नोभा स्कटियादेखि न्यूयोर्क लगभग हिउँभित्र नै थिए ।
    म बेलाबेलामा हेटौंडाबाट काठमाडौं उक्लँदा सिमभन्ज्याङ, दामनतिर परेको अलिकति चिप्ले हिउँ देखेकोलाई हजारौं माइल हिउँ नै हिउँको धर्तीले हिउँमा हराएको भन्न बाध्य पा¥यो ।
    हिमयात्रा स्मरण गर्दा अर्को हिउँको देश स्वीट्जरल्याण्डको यात्रा सम्झन्छु । रोमबाट फ्लोरेन्स हुँदै भेनिसतिर रेलबाट हानिँदा देखिएको आल्पसको छेउ पर्ने होचा (नेपालीलाई होचा लागेको हुनसक्छ) हिउँका पहाडहरु र पछि जेनेभा शहरको एक छेउबाट जेनेभा लेकको किनारैकिनार पुगिने अर्को छेउको मोन्ट्रक्स शहर हिउँको काखमै देख्दा अचम्म लाग्यो । मेरो लागि भने प्रतिकूल हिउँ यात्रा थियो त्यो सायद । चिसोमा फ्लेवरवाला फ्रेन्च दहीका बट्टाहरु रित्तो पार्दा जति मज्जा आएथ्यो, त्योभन्दा कम थिएन मोन्ट्रेक्स पुग्दा युरिक एसिडको आक्रमणको पीडा । एकजना सानो यात्री (छोरी शैवी) र उसकी आमा (श्रीमती सुधा) सँगै हामी जम्मा तीनमध्ये म लगभग लङ्गडो हुँदै जेनेभा लेक वरपरको हिउँ चैं खेल्न छाडेनौं । अर्को दिन मबाहेक सबै गु्रयरे तीरको चीज र चकलेटको स्वर्ग मानिने ठाउँ घुम्न गएपछि होटलको झ्यालबाट जेनेभा लेकपारिको हिमाल नै मेरो लागि सबै आल्पस थियो । एक स्वीस सहयोगीले हामी नेपालबाट भन्ने थाहा पाएपछि सोध्यो– ‘तिमीहरु त हिउँमै हुर्केका होलाउ है ?’ हामीले मुखामुख गरेर टा¥यौं । उसको सोचाइ पनि ठीकै हो, हाम्रो जस्तै भूपरिवेष्ठित देश, जहाँ हिमालको फेददेखि झण्डै टुप्पैसम्म सररर रेल कुदेको देख्दै हुर्केको व्यक्तिको मनमा त्यस्तो सोच आउनु जायजै थियो । तर, अर्को कुरा उनीहरुको सबैभन्दा अग्लो हिमाल हाम्रो सगरमाथाको बेस क्याम्पतिर आइपुग्थ्यो । अलिकति झूट बोलेर स्वीस हिउँ खेलियो ।
    अर्को स्मरण ७–८ वर्ष अगाडि लमजुङको घलेगाउँको । त्यो पाखाको हिउँ मायालु थियो । स्कुले साथीको योग दिवस मनाउने कार्यक्रमको निम्ता मान्न त्यहाँ पुगेको थिएँ । घले पोशाक, स्थानीय फूलको माला, घोडा, भेंडीगोठ र आत्मीय व्यवहारले किन फर्किने कार्यक्रम राखे होलान्झैं भएको थियो । गएकै दिन नाकैमा ठोक्किनेझैं गरी ठडिएको मनास्लुलाई रातै पर्दा पनि छोड्न मन थिएन । त्यही रात हिउँ प¥यो फुरफुर ! त्यो नै जीवनमा पहिलो पल्ट झर्दै गरेको हिउँको अनुभव थियो, खुबै खुशी लाग्यो । हिउँ आफैं चैं त्यति चिसो हुने हैन रहेछ । लाग्यो हिमाली भेगको हिउँभन्दा बरु आफ्नै मान्छेहरुका मनहरु चिसा । त्यता सबैका मन न्याना ।
    काठमाडौं नजिकको हिमाल जुगल यदाकदा उडानका क्रममा देखिएका हिमाली शृङ्खलाबाहेक मेरा लागि त्यही सीमभन्ज्याङ र घलेगाउँ नै नेपाली हिउँ र हिमालको दर्शन थिए । हिउँसँगको साक्षात्कार थियो । यद्यपी, युरोपमा हाम्रो घर–आँगन नै हिउँ हो जस्तै गरी गफ लाइयो । यो वर्ष भने आफ्नै घरछेउ हिउँ आइपुग्यो । मानौं हिउँले जिस्क्यायो, ‘म आएँ ल आइज भन्दै !’
    बिनायोजना हिउँलाई भेट्न कुदें । ‘नेपाललाई फु–मन्तर गरेर सिंगापुर, स्वीजरल्याण्ड बनाइदिन्छौं अनि रेल चढेर हिउँ खेल्न जाऊ’ भन्ने नेतालाई सम्झँदै सकससँग शिवपुरीको फेद मुहानपोखरीसम्म गाडी लाने हिम्मत गरें । पाखैपाखा उकालो लागेपछि छिटफुट हिउँ भेटियो । सबैमा त्यही उत्साह थियो कि आफ्नो अगाडि हिउँको थुप्रो होस् । सेल्फी, लाइभ भिडियो, प्रोफाइल पिक्चर, स्नोम्यान अनि आफूलाई तेन्जिङ र जुन्को तावेइ ठान्दै हिउँको कथा कोर्ने सपना । धेरैबेर माथिमाथि हिडिरह्यौं ।
    घरमा जुन जुत्ता थियो त्यही लगाएर जाँदा मनमा लागेको त थियो यो जुत्ताले पछार्छ भन्ने, हो त्यस्तै भयो पनि । दुई दर्जन पटक पछारिंदा पनि टाउको चैं जोगियो । आफू निकै पल्ट शिवपुरी चढेको पनि हो, लगभग नाइके जस्तै गरी । मेरै जिम्मामा सँगै हिँडेका साथीहरु मैमा भर परेका पनि थिए । घर नजिकैको जंगलमा हिउँको खोजी, गुराँसको रङ्ग अनि रोमाञ्चक यात्रामा निकै बेरसम्म कसले घडी हे¥यो र ? उक्लिँदाउक्लिँदै बोकेका खानेकुरा र पानी सिद्धिदै गर्दा बाटोको डोबहरु कतिबेला हिउँले पुरिसकेछ र कतिखेर हराएछन् पत्तै भएन । अघिपछि रहेका हिउँ खोजी गर्नेहरु कहाँ छुटेछन्, अब चार जनाबाहेक कहिलेकाहीँ देखिने मृग र चराहरु मात्र साथी भए ।
    एकतमासको बाक्लो भिरालो जंगल, हिउँको भारले ढलेका रुखहरु, भाँचिएका हाँगाहरु, ढकमक्क गुराँसका झुप्पाहरु र बाक्लिँदो हिउँको बाटो । चकमन्नमा जब घडीले ४ बजेको संकेत ग¥यो । मस्तिष्कमा एकतमास डर पैदा भयो– ‘साँच्चिकै हराइएको हो ?’ ढकमक्क गुराँस बीचमै ढक्क फुल्यो मन । हिउँको रोमाञ्चकता मलिन भो । मुद्रा गम्भीर भयो । वातावरण अझ बिग्रियो । कालो बादल, गड्याङगुडुङ गर्दै हिउँ पर्ने गति बढ्दै थियो, इन्टरनेटको संकेत थिएन, मोबाइल नेटवर्कले काम नगरेको निकै भइसकेछ । अलि अघि सायद यस्तै केही सोचेर एउटा भिडियो लाइभ पोस्ट गरेको थिएँ, लाग्दै थियो त्यो पोस्ट भएन होला, पुवर नेटवर्क !
    हराउँदाको पल बोध गरें ।
    जब आफ्नो खाना पानी सकिन्छ, इन्टरनेट, फोनको नेटवर्कले काम गर्दैन, बाटो पत्ता लाग्दैन, मौसम अत्यन्त प्रतिकूल बन्छ, अघि आएको बाटो फर्कन सकिँदैन, त्यतिबेला घडीले निर्मम तरिकाले कुदाउँदो रहेछ ।
    पढेका सुनेका कुरा मनमा सल्बलाउन थाल्यो– ‘गोदावरीमा हराएका, धेरै पहिला चोभारको गुफामा हराएका मान्छेहरू, शिवपुरी जंगलमै भेटिएका बेवारिसे लासहरु, अमेरिकी बास्केटबल टोली लिएर उडेको हवाईजहाज चिलीको एण्डिजमा खस्दाको भयावह दृश्यहरु, नेशनल जियोग्राफिकको लस्ट एण्ड सर्भाइभर भन्ने कार्यक्रम आदि सबै ।
    धेरैबेरपछि स्वर गुञ्जियो अचानक ! साँच्चिकै मान्छेलाई मान्छे नै चाहिने रहेछ । अचम्मको खुसी सञ्चार भो । आवाज पछ्याउँदै जाँदा देउराली भन्ने ठाउँ रहेछ, २४३८ मिटरमाथिको एउटा हिउँको थुम्को !
    हराउँदाको समय थोरै भए पनि मनमा आएका धेरै कुराले देउराली छिचोल्दा अर्कै संसार आइपुगिएको भान भयो । निकै मान्छेहरु उफ्रिँदै गरेका, लडिबुडी गर्दै गरेका, सेल्फी, लाइभ भिडियो अपलोड गर्दै गरेका, हिउँको मान्छे बनाएका रहेछन् । पीडामिश्रित खुसीलाई अँगाल्दै ती नहराएका मान्छेहरु सँगसँगै रमाउँदै उनीहरुभन्दा पहिला नै घर फर्कने निर्णय गरियो सोच्दै कि फेरि हराइयो भने ? कुदियो छिटोभन्दा छिटो तातो चिज भेट्टाउन, नागी गुम्बा ! किन हो त्यो बेला शहरझैं लागेको थियो गुम्बा परिसर । तर, त्यहाँ भेट्टाइएको कालो चियाको स्वाद र त्यसको मूल्यसँगै त्यसले चिसो हातलाई केही राहत दियो । मन तात्तिँदै आयो ।