अमेरिकी ब्याटर एन्ड्रिस बने एनपीएलमा शतक हान्ने पहिलो खेलाडी

काठमाडौं । अमेरिकी ब्याट्सम्यान एन्ड्रिस गौस र दीनेश खरेलले विस्फोटक ब्याटिङ गरेपछि पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हरायो । जितका लागि एक सय ७१ रनको चुनौती पूर्ण लक्ष्य पोखराले १६.५ ओभरमा विनाविकेटको क्षतिमा लक्ष्य पूरा… Continue reading अमेरिकी ब्याटर एन्ड्रिस बने एनपीएलमा शतक हान्ने पहिलो खेलाडी

पत्रकार महासंघमा एमाले र कांग्रेस निकट संगठनबीच गठबन्धन, माओवादीको छुट्टै प्यानल

काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वका लागि सत्तारुढ र विपक्षी गठबन्धनमा अलगअलग प्यानल बनेको छ । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले साझा प्यानल बनाएका छन् । यो प्यानलबाट महासंघको अध्यक्षमा निर्मला शर्मा साझा उम्मेदवार बनेकी छन् । उनी चौतारीको कोटाबाट अध्यक्षको उम्मेदवारी बनेकी छन् । चौतारीका तर्फबाट अध्यक्ष सहित ५ पदाधिकारीमा उम्मेदवारी दिइएको… Continue reading पत्रकार महासंघमा एमाले र कांग्रेस निकट संगठनबीच गठबन्धन, माओवादीको छुट्टै प्यानल

दशौं राष्ट्रिय खेलकुदको मिति तय

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य(सचिव टंकलाल घिसिङले जानकारी दिए । यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत मंसिर २… Continue reading दशौं राष्ट्रिय खेलकुदको मिति तय

परराष्ट्र मन्त्री राणा यूरोप जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा शनिबार युरोप प्रस्थान गर्ने भएकी छन् । अन्तर्राष्ट्रिय अदालत (आईसीजे) मा नेपालका प्रतिनिधित्व गर्न उनी युरोप भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । मन्त्री राणाले सुरुमा नेदरल्याण्ड र त्यसपछि जर्मनीको भ्रमण गर्नेछन् । डिसेम्बर ९ मा उनले ‘जलवायु परिवर्तनसम्बन्धी राज्यहरूको दायित्व’ सम्बन्धी सार्वजनिक सुनुवाइमा… Continue reading परराष्ट्र मन्त्री राणा यूरोप जाँदै

नेपाली फुटबल टिमकी कप्तान एन्जिलाले ग्रिसमा व्यवसायिक फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाले ग्रीसको सुपर लिग क्लब नीस अत्रोमितोउबाट खेल्ने भएकी छन् । उनले स्वीडिस एजेन्टमार्फत् नीस अत्रोमितोउसँग गएको ‘सेप्टेम्बर’ मै सम्झौता गरेकी थिइन् । तर भिसा प्रक्रिया र साफ महिला च्याम्पियनशिप २०२४ खेल्न राष्ट्रिय टिमसँग रहेकाले उनले ग्रिक सुपर लिगका सुरुआती खेल गुमाएकी छिन्… Continue reading नेपाली फुटबल टिमकी कप्तान एन्जिलाले ग्रिसमा व्यवसायिक फुटबल खेल्ने

आज विवाह पञ्चमी, धनकपुरमा धुमधामसहित मनाइदैं

काठमाडौं । जनकपुरधाममा आज सीताराम विवाहपञ्चमी महोत्सव धुमधामसाथ मनाइँदै छ। मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा यो महोत्सव प्रत्येक वर्ष जनकपुरमा भव्यताका साथ मनाइन्छ । मंसिर १६ गतेदेखि सुरु भएको सप्ताहव्यापी महोत्सवको मुख्य दिन आज हो। त्रेता युगमा प्राचीन मिथिलाको राजधानी जनकपुरमा जसरी राम र सीताको विवाह भएको… Continue reading आज विवाह पञ्चमी, धनकपुरमा धुमधामसहित मनाइदैं

वाइडबडी विमान खरीद : चार जना भ्रष्टाचार मुद्दामा दोषि ठहर

file

काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगमको दुई वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालिन अध्यक्ष सहित चार जनालाई दोषी ठहर गरेको छ । विहीबार अवेर फैसलाको संक्षिप्त आदेश सार्वजनिक भएको छ । जसमा विशेष अदालतले तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर… Continue reading वाइडबडी विमान खरीद : चार जना भ्रष्टाचार मुद्दामा दोषि ठहर

भुटानका राजा -रानी बिहान १० बजे काठमाडौं आउने

काठमाडौं । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक आज काठमाडौं आउँदैछन् । उनी निजी भ्रमणको सिलसिलामा आज बिहान काठमाडौं आउन लागेका हुन् । उनी रानी तेत्सुन पेमा वाङचुकसहित करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन् । करिब पाँच घण्टा काठमाडौंमा रहेर उनी फर्किने तालिका छ । भुटानका राजा काठमाडौं आउने भएपछि सुरक्षा व्यवस्था चुस्त… Continue reading भुटानका राजा -रानी बिहान १० बजे काठमाडौं आउने

अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । भूकम्पको तीव्रता ७ म्याग्निच्युड मापन भएको अमेरिकी भौगर्भिक सर्वेले जनाएको छ ।अधिकारीहरुका अनुसार उत्तरी क्यालिफोर्नियाको फर्नडेलमा भूकम्पको केन्द्र थियो । फर्नडेल, हम्बोल्ट काउन्टीको एक सानो शहर हो । यो ओरेगन सीमाबाट करिब २०९ किलोमिटर टाढा पर्दछ । यसैगरी सान फ्रान्सिस्कोबाट ४१८ किलोमिटर टाढा पर्दछ । भूकम्प… Continue reading अमेरिकाको क्यालिफोर्नियामा शक्तिशाली भूकम्प

फ्रान्सका प्रधानमन्त्रीले किन दिए राजिनामा ?

काठमाडौं । फ्रान्सका प्रधानमन्त्री मिचेल बार्नियरले अविश्वासको प्रस्तावविरूद्ध संसद्मा‌ बहुमत पुष्टि गर्न नसकेपछि राजीनामा दिएका छन् । प्रधानमन्त्री बार्नियरले बिहीबार राष्ट्रपति इमानुएल म्याक्रोंसमक्ष राजीनामा दिएका हुन् । राष्ट्रपति म्याक्रोंले अर्को व्यवस्था नभएसम्म बार्नियरलाई कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्न आग्रह गरेका जनाइएको छ । प्रधानमन्त्री बार्नियरले संसदीय समर्थनबिना नै संविधानप्रदत्त विशेष अधिकार प्रयोग गर्दै ‘सामाजिक सुरक्षा… Continue reading फ्रान्सका प्रधानमन्त्रीले किन दिए राजिनामा ?

चीनमा निर्माणाधिन रेलमार्ग भत्किदा कम्तिमा १३ जना वेपत्ता

File

काठमाडौं । चीनको दक्षिणी सहर शेन्जेनमा एउटा प्रमुख रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् । बाओआन जिल्ला विपत् व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शेन्जेन-जियाङमेन रेलमार्ग निर्माणस्थलको एक खण्डमुनिको जमिन खसेपछि त्यहाँ काम गरिरहेका एक दर्जनभन्दा बढी कामदार सम्पर्कमा आउन सकेका छैनन् ।” बेपत्ताको खोजी कार्य… Continue reading चीनमा निर्माणाधिन रेलमार्ग भत्किदा कम्तिमा १३ जना वेपत्ता

चीनबाट फर्किए प्रधानमन्त्री, विमानस्थलमा के भने ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीन सम्बन्ध अझ प्रगाढ भएको बताएका छन् । प्रधानमन्त्री ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । उनले अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भ्रमणले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ भएको र त्यसबाट नेपाललाई लाभ हुने बताए । “भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ… Continue reading चीनबाट फर्किए प्रधानमन्त्री, विमानस्थलमा के भने ?

इलाका प्रशासन र विदेशी नियोगमा सूचारु भयो राहदानी सेवा

काठमाडौं । राहदानी विभागले २२ जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट रोकिाएको राहदानी सेवा पुनः सुरु गरेको छ । राहदानी प्रणालीमाथि खतरनाकम साइबर हमाला भएपछि ५ मंसिरमा बन्द गरिएको राहदानी सेवा क्रमशः फेरि सुरु गर्न विभागले काम गरिरहेको छ । अहिले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा विना कुनै अवरोध विना सेवा सञ्चालन भइरहेको… Continue reading इलाका प्रशासन र विदेशी नियोगमा सूचारु भयो राहदानी सेवा

भुटानी राजा भारत भ्रमणमा, शुक्रबार नेपाल ट्रान्जिट

काठमाडौं । भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक र रानी तेत्सुन पेमा वाङचुक भारत भ्रमणमा पुगेका छन् । उनी दुई दिने भारत भं्रमणका लागि बिहीबार नयाँ दिल्ली पुगेका हुन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेटघाट गरे । भुटानी राजा र रानी शुक्रबार नेपाल आउने छन् । उनीहरु भुटान फर्कने क्रममा अनौपचारिक रुपमा काठमाडौं… Continue reading भुटानी राजा भारत भ्रमणमा, शुक्रबार नेपाल ट्रान्जिट

जाजरकोटमा जीप दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कार्कीगाँउ बाट कुदु तर्फ जाँदै गरेको कर्णाली प्रदेश ३–०१–०२ च ४७१९ नम्बरको बोलेरो जिप बुधबार राति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। दुर्घटनामा कैलालीका २५ बर्षीय मनोज केसी र जुम्लाका २३ वर्षीय मिथुन हमालको मृत्यु भएको… Continue reading जाजरकोटमा जीप दुर्घटना : दुई जनाको मृत्यु

आज स्वदेश फर्किदैं प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । यही मंसिर १७ गते बेएजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । त्यही क्रममा नेपाल र चीनबीच बीआरआई… Continue reading आज स्वदेश फर्किदैं प्रधानमन्त्री

धरानका मेयर किन धम्क्याउँदैछन् पत्रकार ?

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्क्याउँदै पत्रकारिता सिध्याइदिने धम्की दिएका छन् । दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)का लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए । त्यो समाचारमा हर्क साम्पाङ नक्कली माओवादी बनेको, तत्कालीन वाईसीएल कार्यकर्ताहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको लगायतका प्रसंग पनि छन् । यसबारे… Continue reading धरानका मेयर किन धम्क्याउँदैछन् पत्रकार ?

दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाअभियोग प्रक्रिया अगाडी बढाइयो

काठमाडौं । दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् । राष्ट्रपति युनले पूरै देश र विश्वलाई चकित पार्ने गरी मंगलाबार राति मार्सल कानुन लागू गरेका थिए । तर त्यसको केही घण्टामा नै उनले मार्सल कानुन फिर्ता गर्न बाध्य भएका थिए ।राष्ट्रपतिको घोषणाको दुई घण्टा पनि नबित्दै दक्षिण कोरियाली सांसदहरू राष्ट्रिय… Continue reading दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाअभियोग प्रक्रिया अगाडी बढाइयो

आफ्नो चीन भ्रमणका उपलब्धी प्रधानमन्त्रीले यसरी सुनाए…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको औपचारिक भ्रमणका क्रममा ऐतिहासिक महत्त्व राख्ने खालका सम्झौता भएको बताएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चीनका लागि नेपाली राजदूतावासले आज बेइजिङमा आयोजना गरेको ‘रिसेप्सन’ समारोहमा आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवं अझ मजबुत बनाउन भ्रमण सार्थक रहेको बताए… Continue reading आफ्नो चीन भ्रमणका उपलब्धी प्रधानमन्त्रीले यसरी सुनाए…

रविविरुद्ध पर्सामा पनि पक्राऊ पूर्जी जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतर्ला उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगन्ज… Continue reading रविविरुद्ध पर्सामा पनि पक्राऊ पूर्जी जारी

विदेशी लगानी बढाउन निरन्तर सुधार प्रतिबद्धता

काठमाडौं । सरकार र निजी क्षेत्रले नेपालमा चिनियाँ लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त आयोजना गरेको ‘नेपाल–चीन बिजनेस समिट’ मा नीतिगत र व्यवहारगत सुधार गर्ने… Continue reading विदेशी लगानी बढाउन निरन्तर सुधार प्रतिबद्धता

अमेरिकाले विद्यार्थी भिसा आवेदन अप्रिलबाट खोल्दै

planetware

काठमाडौं । अमेरिकामा अध्ययन गर्न चाहेन नेपाली विद्यार्थीका लागि नयाँ भिसा आवेदन सन् २०२५ अप्रिलदेखि खुल्‍ने भएको छ । अमेरिकी दूतावास काठमाडौंले सन् २०२५को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न लागेको जानकारी दिएको हो । दूतावासले सामाजिक सञ्‍जालमार्फत सूचना जारी गर्दै आफ्नो स्थान सुरक्षित गर्न नेपाली विद्यार्थीहरूलाई अपिलसमेत… Continue reading अमेरिकाले विद्यार्थी भिसा आवेदन अप्रिलबाट खोल्दै

तामाकोशी जलविद्युत आयोजना १० पुस भित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडैं । सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० भित्र विद्युत् उत्पादन गर्ने गरी मर्मतसम्भार तालिका तय गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा… Continue reading तामाकोशी जलविद्युत आयोजना १० पुस भित्र सञ्चालनमा ल्याउने तयारी

अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

काठमाडौं । अमेरिकाका सहायक विदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । अमेरिकी विदेश मन्त्रालयले जनाए अनुसार अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आउन लागेका छन् । मङ्गलबारदेखि साताव्यापी दक्षिण एसिया भ्रमणमा निस्किएका लु अर्को साता नेपाल आइपुग्ने जनाइएको छ । नेपाल भ्रमणका क्रममा उनले शीर्ष नेतृत्वसँग भेटवार्ता गर्ने… Continue reading अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आउँदै

दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा संसदले उल्टायो, अब के हुन्छ ?

काठमाडौं । दक्षिण कोरियामा राष्ट्रपति यून सुक यउलले देशलाई उत्तर कोरियाका कम्युनिस्टहरूबाट जोगाउन र राज्यविरोधी तत्त्वहरूलाई निर्मूल पार्न भन्दै मङ्गलवार राति सङ्कटकालीन मार्शल ल घोषणा गरेका थिए । त्यसलगत्तै संसद् भवनमा भेला भएका सत्तारूढ र विपक्षी दलका सांसदहरूले मतदानमार्फत् राष्ट्रपतिको उक्त कदमलाई रोक्ने निर्णय गरेका छन्। संसद्‌बाहिर राष्ट्रपतिको घोषणाविरुद्ध प्रदर्शन भइरहेको छ। दक्षिण कोरियाको राष्ट्रिय… Continue reading दक्षिण कोरियाली राष्ट्रपतिको घोषणा संसदले उल्टायो, अब के हुन्छ ?

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। बुधबार बिहान उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। भट्टराईका अनुसार प्रोस्टेटको उपचारका लागि राष्ट्रपति पौडेललाई अस्पताल भर्ना गरिएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगन्जका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डा. धनश्याम गुरूङले पनि विज्ञप्ती जारी गरेर राष्ट्रपति पौडेल… Continue reading राष्ट्रपति पौडेल अस्पताल भर्ना

नेपाल र चीनको संयुक्त वक्तव्यमा के के बुँदा समेटिए ?

नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर हुन सकेन । बीआरआईमा हस्ताक्षर नगरी नेपाल(चीन संयुक्त वक्तव्य जारी भएको छ । नेपाल चीनको एक चीन सिद्धान्तप्रति प्रतिबद्ध रहेको, चीन नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताप्रति प्रतिबद्ध रहेको कुरा बक्तब्यमा दोहोरिएको छ । नेपालले राष्टिय एकता पुनःप्राप्त गर्ने चीनको प्रयासलाई समर्थन गर्ने र ताइवान स्वतन्त्रताको… Continue reading नेपाल र चीनको संयुक्त वक्तव्यमा के के बुँदा समेटिए ?

प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै छन् । उनले नेपाल–चीन समबन्धका विविध आयाम’ शीर्षकमा मन्तव्य दिन लागेका हुन् । प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ… Continue reading प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मन्तव्य दिँदै

राहुल गान्धीलाई किन उत्तर प्रदेश प्रवेशमा रोक लगाइदैछ ?

काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीलाई उत्तर प्रदेश राज्य प्रवेशमा रोक लगाउने निर्णय स्थानीय प्रशासनले गरेको छ । उनलाई उत्तर प्रदेशमा प्रवेश नदिन मातहतका प्रहरी कार्यालयलाई प्रशासनले सर्कुलर गरेको छ । लोक सभाका प्रतिपक्ष दलका नेता राहुल गान्धी बुधबार उत्तर प्रदेशको सम्भल भन्ने जिल्लामा जाँदैछन् । शाही जामा मस्जिद सर्भेको क्रममा गत नोभेम्बर २४… Continue reading राहुल गान्धीलाई किन उत्तर प्रदेश प्रवेशमा रोक लगाइदैछ ?

एनपीएल : आज पनि दुई खेल हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आज चौथो दिन पनि दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली याक्स र काठमान्डु गर्खाज तथा दोस्रो खेल विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच हुनेछ । दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । कर्णाली र काठमान्डुबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । दुवै टोलीले यसअघि पहिलो… Continue reading एनपीएल : आज पनि दुई खेल हुँदै