काठमाडौं । सरकारले विद्युत् महसुल बक्यौता समाधानका लागि पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता विषयमा सरकार र नेपाल विद्युत् प्राधिकरणबीच मतभेद भइरहेका बेला मंगलबारको मन्त्रिपरिषद् बैठकले आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको हो । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता नतिरेको भन्दैप्राधिकरणले कातिक ८ मा बिजुली… Continue reading विद्युत् महसुल बक्यौता विवाद : लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिँदै
Author: Vishwanews.com
इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ९३ जना मारिए
काठमाडौं । गाजाको उत्तरी शहर बेइत लाहिआमा इजरेलले गरेको एउटा हवाई आक्रमणमा २० जना बालबालिकासहित कम्तीमा ९३ प्यालेस्टिनी मारिएका वा हराइरहेका हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ। छिमेकीहरूले भग्नावशेषबाट शव र अङ्गहरू निकाल्ने प्रयास गरिरहेका प्रत्यक्षदर्शीहरूले बताएका छन्। ज्यान गुमाउनेहरूमा अधिकांश इजरेली आक्रमणका कारण उत्तरी गाजाबाट विस्थापित भएका मानिसहरू रहेका बताइएको छ। पाँचतले आवासीय भवनलाई निशाना… Continue reading इजरायलको आक्रमणबाट गाजामा कम्तिमा ९३ जना मारिए
राष्ट्रपतिको अजरबैजान यात्रा स्वीकृत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजान भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्षराष्ट्रहरूको २९ औँ सम्मेलन (कोप २९) मा सहभागिताका लागि हुने राष्ट्रपतिको भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल कात्तिक २५ देखि ३० सम्म अजरबैजान भ्रमणमा जाने कार्यक्रम स्वीकृत भएको एक मन्त्रीले जानकारी दिए ।… Continue reading राष्ट्रपतिको अजरबैजान यात्रा स्वीकृत
स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। नगरपालिकाको वडा नम्बर २ पुरेनामा मंगलबार दिउँसो भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका पवन थापा र वडा नम्बर ४ मनिस थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए । गोरुसिङ्गेबाट पुरेनातर्फ जाँदै गरेको… Continue reading स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु
साफ वुमन्स च्याम्पियनसिप फाइनलको टिकट अनलाइनमा बिक्रि नहुने
काठमाडौं । बुधबार हुने साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ । बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रुपमा मात्रै टिकट किन्न पाइने व्यवस्था गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकटमात्र टिकट बिक्री गरिनेछ । जसमध्ये साधारणतर्फ… Continue reading साफ वुमन्स च्याम्पियनसिप फाइनलको टिकट अनलाइनमा बिक्रि नहुने
भारतीय विमानमा बम रहेको भन्दै झुटो सूचना दिने एक जना भारतमा पक्राउ
काठमाडौं । भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ । न्यूज १८ इण्डियाका अनुसार नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको छ । नागपुर प्रहरीको स्पेशल ब्रान्चले बमको झुटो खबर दिंदै आएका इमेल उनीसम्म ट्रेस भएको बताएको छ । पक्राउ… Continue reading भारतीय विमानमा बम रहेको भन्दै झुटो सूचना दिने एक जना भारतमा पक्राउ
भौतिक मन्त्रीले गरे यातायात व्यवस्था विभागमा आकस्मिक अनुगमन
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मंगलबार यातायात व्यवस्था विभागमा आकस्मिक अनुमगन गरेका छन् । मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित मन्त्री दाहाल अपरान्ह अनुगमनका लागि मीनभवन स्थित विभागको कार्यालय पुगेका थिए । अनुगमनका क्रममा उनले सेवाग्राहीसँग समेत कुराकानी गरेका थिए । उनले विभागबाट प्रवाह सेवाबारे जानकारी लिएका थिए । सेवाग्राहीले छिटो छरितो सेवा… Continue reading भौतिक मन्त्रीले गरे यातायात व्यवस्था विभागमा आकस्मिक अनुगमन
बुटवलबाट ५० लाख बराबरको सुनसहित दुई जना पक्राउ
काठमाडौं । रुपन्देही प्रहरीले झण्डै ५० लाख रुपैयाँ मूल्य बराबरको सुनसहित बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि मिया र सोही नगरपालिकाका वडा नम्बर ७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका संचालक सन्तोष सुनार रहेको प्रहरीले जनाएको छ । कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंतर्फ आउँदै गरेको लु… Continue reading बुटवलबाट ५० लाख बराबरको सुनसहित दुई जना पक्राउ
काठमाडौं महानगरका यी स्थानमा पाइने छ फूलको बिक्रि, प्लाष्टिकका फूल बेचे कारवाही
काठमाडौं । काठमाडौं महानगरपालिकाले उपत्यका भित्र फूल बिक्रि गर्न स्थान तोकेको छ । महानगरपालिकाका मेयर बोलन शाहले यसबारे जानकारी गराएका हुन् । उनले तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गरिएको र प्लाष्टिकका फूल विक्रीमा प्रतिबन्ध लगाइएको जानकारी गराए । काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको विक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दिपावली, नेपाल संवत् तथा… Continue reading काठमाडौं महानगरका यी स्थानमा पाइने छ फूलको बिक्रि, प्लाष्टिकका फूल बेचे कारवाही
धनतेरस पर्व मनाइदैं, आजबाट तिहार सुरु
काठमाडौं\रासस। कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ भएको छ । बिहान ११ः०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्छ । सोहीकारण आजदेखि तिहार सुरु भएको हो । बिहान ११ः०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास… Continue reading धनतेरस पर्व मनाइदैं, आजबाट तिहार सुरु
कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नेपालमा मलेसियन नागरिक पक्राउ
काठमाडौं । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ ।लहान नगरपालिका ४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै अन्तर्वार्ता लिइरहेका अवस्थामा मलेसियन नागरिक अन्दाजी ५१ वर्षीय मोहम्मद रिजुआन बिन अब्दुल्लाह, लहान २३ का ४२ वर्षीय रामाशङ्कर यादव, २५ वर्षीय रामभरत यादव… Continue reading कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नेपालमा मलेसियन नागरिक पक्राउ
बालोन डी’ ओर अवार्ड रोड्रीलाई
काठमाडौं । स्पेन तथा म्यानचेष्टर सिटीका मिडफिल्डर रोड्रीले बालोन डी’ ओर अवार्ड जितेका छन् । यस पटक दुई महान खेलाडी रोनाल्डो र मेसी बीना प्रतिस्पर्धा भएको हो । सोमबार राति फ्रान्सको पेरिसमा भएको समारोहमा रोड्रीले वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै उक्त प्रतिष्ठित अवार्ड जिते । २८ वर्षीय रोड्रीले गत सिजन सिटीका लागि प्रिमियर लिग यूईएफए… Continue reading बालोन डी’ ओर अवार्ड रोड्रीलाई
रास्वपाको प्रदर्शन आज बालुवाटारमा, देशभरबाट मान्छे उतार्ने तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दैछ । पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आजको विरोध प्रदर्शन बालुवाटारमा आयोजना गरेको हो । विरोध प्रदर्शनलाई रचनात्मक बनाउन भन्दै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने जनाएको छ । कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका… Continue reading रास्वपाको प्रदर्शन आज बालुवाटारमा, देशभरबाट मान्छे उतार्ने तयारी
बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई अब संग्रहालय बनाइने
काठमाडौं । बंगालदेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको दरबारलाई संग्रहालय बनाइने भएको छ । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताच्यूत गर्ने क्रान्तिको सम्झनाका लागि उनको दरबारलाई संग्रहालयमा परिणत गर्ने घोषणा गरे । ‘संग्रहालयले हसिनाको कथित कुशासन र उनलाई सत्ताबाट हटाउनका लागि जनताले गरेको संघर्षका सम्झनाहरू जोगाउनेछ,’ युनुसले गणभवन दरबारको भ्रमणका क्रममा सोमबार भने ।… Continue reading बंगलादेशकी पूर्वप्रधानमन्त्रीको दरवारलाई अब संग्रहालय बनाइने
सल्यानमा मिनी ट्रक दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु
काठमाडौं । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक सोमबार बेलुकी करिब ६ बजेतिर दुर्घटनामा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा स्थानीय १४ वर्षीय गोबर्द्धन खडका, १२… Continue reading सल्यानमा मिनी ट्रक दुर्घटना, कम्तिमा ३ जनाको मृत्यु
रुसमा उत्तर कोरियाली फौज परिचालन रहेको नेटोको बयान
काठमाडौं । उत्तर कोरियाली फौजहरू रुसमा परिचालित रहेका र उनीहरू युक्रेनी फौजको बलियो पकड रहेको कुर्क्स सीमाक्षेत्रमा कार्यरत रहेका उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोले पहिलो पटक बताएको छ। सोमवार दक्षिण कोरियाका सुरक्षाकर्मी तथा रक्षा अधिकारीहरूसँग एउटा बैठक गरेपछि नेटोका महासचिव मार्क रुटले हप्तौँको गुप्तचार रिपोर्टहरूपछि आफूले उत्तर कोरियाली फौजहरू परिचालित रहेका पुष्टि गर्न सक्ने बताएका… Continue reading रुसमा उत्तर कोरियाली फौज परिचालन रहेको नेटोको बयान
तिहारको झिलिमिली टाङ्दा लाग्यो करेन्ट, काठमाडौंमा एक जनाको मृत्यु
काठमाडौं । काठमाडौंमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। सोमबार दिउँसो काठमाडौं महानगरपालिका ९ बत्तिसपुतलीस्थित एक घरमा बत्ती सजाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको हो। कैलाली भजनी नगरपालिक-४ घर भएका २८ वर्षीय पवन चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा झिलिमिली बत्ति सजाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका… Continue reading तिहारको झिलिमिली टाङ्दा लाग्यो करेन्ट, काठमाडौंमा एक जनाको मृत्यु
भाइटीकाको उत्तम साइत ११ः३७ बजे
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ। यही कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि त्यसैदिन गर्नुपर्ने जनाइएको छ… Continue reading भाइटीकाको उत्तम साइत ११ः३७ बजे
मीनबहादुरले दिएको जग्गाको हक हस्तान्तरण नगर्न एमालेलाई अदालतको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गा हक हस्तान्तरण नगर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ । अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालयलाई दान दिएको जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम… Continue reading मीनबहादुरले दिएको जग्गाको हक हस्तान्तरण नगर्न एमालेलाई अदालतको आदेश
एयर इण्डियाको जहाजमा बम राखेको हल्लापछि….
काठमाडौं । एयर इण्डियाको जहाजमा बम रहेको भन्दै आज पनि गलत सूचना आएपछि विमानस्थलमा तनाव भएको छ । सूचना गलत भएको सेना र प्रहरीको सर्चपछि पुष्टि भएको छ। सोमबार अपराह्न २ः४१ बजे अवतरण गरेको विमान फर्किने तयारीमा रहेका बेला बम रहेको भन्दै सूचना आएपछि प्रहरी र सेनाले जाँच थालेको थियो ।६ दिनअघि पनि दिल्लीबाट काठमाडौं… Continue reading एयर इण्डियाको जहाजमा बम राखेको हल्लापछि….
तीन महिनामा साढे २१ लाख हवाई यात्रु
काठमाडौं । नेपालमा पछिल्लो तीन महिनामा साढे २१ लाख यात्रुले हवाई यात्रा गरेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जुलाई २०२४ देखि सेप्टेम्बर २०२४ को बीचमा २१ लाख ७६ हजार १२६ यात्रुले आन्तरिक तथा बाह्य रुटमा यात्रा गरेका छन् । कार्यालयका अनुसार अन्तर्राष्ट्रियतर्फ तीन महिनामा ११ लाख ४० हजार २४२ जना यात्रुले काठमाडौं विमानस्थलबाट सेवा… Continue reading तीन महिनामा साढे २१ लाख हवाई यात्रु
प्रधानमन्त्री ओली चीन जाने तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिकअन्तिम हप्ता वा मङ्सिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री भएको एक सय दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लागेका हुन् । सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भदौको शुरुमा भारतीय प्रधानमन्त्री… Continue reading प्रधानमन्त्री ओली चीन जाने तयारी
बोलिभियाका पूर्वराष्ट्रपतिको कारमा गोली प्रहार
काठमाडौं । बोलिभियाका पूर्व राष्ट्रपति इभो मोरालेसले आइतबार आफ्नो कारमा गोली प्रहार गरिएको बताएका छन् । केन्द्रीय शहर कोचाबाम्बामा रेडियो अन्तर्वार्ताका लागि यात्रा गर्दा बन्दुकधारीले आफ्नो कारमा गोली प्रहार गरेको र चालक घाइते भएको उनले बताए । “म आइपुगेको कारमा १४ वटा गोली लागेका प्वाल छन्” मोरालेसले भने, “यो योजनाबद्ध थियो । इभोलाई मार्ने विचार… Continue reading बोलिभियाका पूर्वराष्ट्रपतिको कारमा गोली प्रहार
अमेरिकासँग हार्यो नेपाल
काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । डालासमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ७ विकेटको क्षतिमा २ बल बाँकी हुँदा भेटायो । अमेरिकाका ओपनर शायन जहाजिंगरले सर्वाधिक १०४ रनको शतकीय इनिङ खेलेपछि अमेरिका जित दर्ता गर्न सफल… Continue reading अमेरिकासँग हार्यो नेपाल
तनावपूर्ण सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनल पुग्यो
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा पुगेको छ। आइतबार दशरथ रंगाशालामा भएको सेमिफाइनल खेलमा पेनाल्टी शुटआउटमा नेपालले भारतलाई पराजित गरेको हो। विवादले दुई पटकसम्म रोकिएको खेल एक–एक बराबरीमा खेल सकिएको थियो। पेनाल्टी शुटआउटमा नेपालले चार गोल गर्दा भारतले दुई गोलमात्रै गरेको हो। फाइनलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ। विवादका कारण… Continue reading तनावपूर्ण सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनल पुग्यो
नेपालमा अनुमति नलिई जहाज आएपछि थाई एयर एसियालाई तत्काल उडानमा रोक
काठमाडौं । अनुमति नलिई नेपाल आएको थाई एयर एसियालाई तत्कालका लागि नेपालमा उडान गर्न रोक लगाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विनाअनुमति यात्रु बोकेर थाइल्यान्डको बैंककबाट काठमाडौं आएको थाई एयर एसियालाई तत्काल कुनै पनि उडान गर्न नदिने निर्णय गरेको हो । अर्को निर्णय नभएसम्म थाई एयर एसियाको नेपालका सबै उडान निलम्बन गरिएको प्राधिकरण स्रोतले… Continue reading नेपालमा अनुमति नलिई जहाज आएपछि थाई एयर एसियालाई तत्काल उडानमा रोक
राष्ट्रियताका विषयमा सम्झौता गर्दिन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने बताएका छन् । आइतबार नेकपा एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस–एमालेको सरकार राष्ट्रिय एकताको रक्षा र देशको हितका लागि प्रतिवद्ध रहेको बताए । ‘हामी अरुको हितमा असर नपार्ने र आफ्नो जायज हित नछाडने सङ्कल्पका साथ अघि बढेका… Continue reading राष्ट्रियताका विषयमा सम्झौता गर्दिन : प्रधानमन्त्री
१४ वर्ष मुनीका बालबालिकाको क्यान्सरको उपचार निःशूल्क
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन् । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन् । मंसिर १ गतेबाट उपचार निःशुल्क… Continue reading १४ वर्ष मुनीका बालबालिकाको क्यान्सरको उपचार निःशूल्क
रेफ्रीले लगातार गलत निर्णय गरेपछि दशरथ रंगशालामा तनाव, नेपाल र भारतको खेल रोकियो
काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् । भारतले गोल गरेलगत्तै नेपाली खेलाडीहरुले पनि भारतको पोस्टमा गोल गरेका थिए । तर उक्त गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त भएको छ । रेफ्रीले सुरुमा गोल भएको संकेत गरेपनि गोल… Continue reading रेफ्रीले लगातार गलत निर्णय गरेपछि दशरथ रंगशालामा तनाव, नेपाल र भारतको खेल रोकियो
विश्वकप क्रिकेट लिग २ : आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं । लगातारको हारले दवावमा रहेका नेपाल र अमेरिका जित्नै पर्ने महत्वपूर्ण सिरिज खेलिरहेका छन् । अमेरिकाविरुद्ध आइतबार डालासमा उत्रिँदा नेपाल विश्वकप क्रिकेट लिग २ मा थप दवावमा हुनेछ । यी दुई टोलीको खेल आज नेपाली समय अनुसार राती सवा ९ बजे सुरु हुँदैछ । नेपालले पछिल्लो दिनमा जित निकाल्न संघर्ष गरिरहेको छ । ८… Continue reading विश्वकप क्रिकेट लिग २ : आज नेपाल र अमेरिका भिड्दै