युक्रेन भ्रमणको तयारीमा भारतीय प्रधानमन्त्री मोदी, के छ चर्चा ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन भ्रमणको तयारी गरेका छन् । उनले आगामी अगष्ट महिनामा युक्रेन भ्रमण गर्ने तयारी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो भ्रमणका दौरान रुस र युक्रेन युद्ध समाप्तिका लागि मध्यस्थता गर्ने छन् । भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमणको समाचार समेत रुसी सरकारी सञ्चारमाध्यमले ब्रेक गरेका छन् । रुसको रुसी सरकारी… Continue reading युक्रेन भ्रमणको तयारीमा भारतीय प्रधानमन्त्री मोदी, के छ चर्चा ?

अमेरिका भ्रमण छोट्याएर फर्किए इजरायली प्रधानमन्त्री, अबको लडाई लेवनानमा ?

Photo : CNN

काठमाडौं । इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहु अमेरिका भ्रमण बीचमै छाडेर स्वदेश फर्किएका छन् । इजरायलको नियन्त्रणमा रहेको गोलान ह्वाइट्समा रकेट आक्रमण भएसँगै उनी अमेरिकाबाट इजरायल फर्किएको बीबीसीले जनाएको छ । उनले स्वदेश फर्किनासाथ् आफ्नो सुरक्षा क्याविनेटको बैठक राखेका छन् । यस बैठकले लेवनानको चरमपन्थी संगठन हिज्बुल्लाह विरुद्ध कारवाहीलाई स्वीकृति दिएको छ । यसले अब इजरायलको… Continue reading अमेरिका भ्रमण छोट्याएर फर्किए इजरायली प्रधानमन्त्री, अबको लडाई लेवनानमा ?

पेरिस ओलम्पिक : पदक तालिकामा जापानको अग्रता

काठमाडौं । जापानकी १४ वर्षीया कोको योशिजावाले वुमेन्स स्ट्रिट स्केटबोर्डमा स्वर्ण जितेकी छिन् । यससँगै जापान पेरिस ओलम्पिकमा आइतबार पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जापान चार स्वर्ण, दुई रजत र एक कांस्यसहित शीर्ष स्थानमा रहेको छ । योसिजावालाई आफ्नै देशकी लिज आकामालाई बलियो चुनौती पेस गरे पनि निर्णायक मोडमा सकिनन् । जापानको अर्को… Continue reading पेरिस ओलम्पिक : पदक तालिकामा जापानको अग्रता

अमेरिकी राष्ट्रपति निर्वाचन : एक सय दिने दौड सुरु

Getty images

काठमाडौं । अमेरिकी निर्वाचनको एक सय दिने दौड आइतबार सुरु भएको छ । यो निर्वाचन हत्या प्रयास र राष्ट्रपति जो बाइडेनको आश्चर्यजनक निकासले परिवर्तन गरेको अभियानको अन्तिम काम थियो । बाइडेनको उम्मेदवारीलाई लिएर हप्तौँको आन्तरिक कलह र निराशापछि डेमोक्रेटहरू उपराष्ट्रपति कमला ह्यारिस पछाडि एकजुट भएका छन् । यो नोभेम्बर ५ को दौडमा मौलिक रूपमा आकार… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचन : एक सय दिने दौड सुरु

पेरिस ओलम्पिक : दुई नेपाली खेलाडीको खेल आज

काठमाडौं । पेरिस ओलम्पिक २०२४ मा आज दुई नेपाली खेलाडीको प्रतिस्पर्धा हुँदैछ । जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले महिला ५७ केजीमुनि तौलमा आज प्रतिस्पर्धा गर्दैछिन् । उनले पहिलो खेलमा सर्बियाकी मारिया पेरिसिकको सामना गर्दैछिन् । यो खेल फ्रान्सको स्थानिय समय अनुसार बिहान १० बजे अर्थात नेपाली समय अनुसार दिउँसो १ः४५ बजे हुनेछ । यस्तै ब्याडमिन्टन… Continue reading पेरिस ओलम्पिक : दुई नेपाली खेलाडीको खेल आज

प्रधानमन्त्री ओलीले लिए सचिवहरुसँग दिनभर बिफ्रिङ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयको काम कारबाहीबारे बिफ्रिङ लिएका छन् । आइतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री, मन्त्रीसहितको उपस्थितिमा सबै मन्त्रालयका सचिवबाट मन्त्रालयको कामबारे जानकारी लिएका हुन् । सचिवको ब्रिफिङपछि प्रधानमन्त्री ओलीले भने, ‘‘आज बिहान करिब साढे ११ बजेदेखि साढे ५ बजेसम्म ६ घण्टा सबै मन्त्रालयका सचिवज्यूहरूको ब्रिफिङ सुनेँ । नागरिकलाई… Continue reading प्रधानमन्त्री ओलीले लिए सचिवहरुसँग दिनभर बिफ्रिङ

श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधी

काठमाडौं । भारतलाई हराउँदै श्रीलंकाले महिला एसिया कपको उपाधी जितेको छ । डम्बुला क्रिकेट रंगशालामा आइतबार भारतले दिएको १६६ रनको विजयी लक्ष्य श्रीलंकाले १८ दशमलव ४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । गत संस्करणमा भारतले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । एसिया कपमा श्रीलंका र भारतको फाइनलमा भेट यो पाँचौं पटक हो… Continue reading श्रीलंकाले जित्यो महिला एसिया कपको उपाधी

बीना उपलब्धी फर्कियो बस खोज्न भारतबाट आएको टोली

file

काठमाडौं । चितवनको सिमलताल दुर्घटनामा हराइरहेका ३६ जना यात्रु र उनीहरू यात्रारत दुईवटा बसको खोजीका लागि आएको भारतीय टोली स्वदेश फर्किएको छ । त्रिशूली नदीमा पानीको वेग “आफूहरूले सोचेको भन्दा धेरै” भएका कारण उपलब्धि हासिल गर्न नसकेको उनीहरुको निष्कर्ष छ । पानीमा खोजीका लागि प्रयोग हुने सोनर क्यामेरा, चुम्बकसहितका उपकरण लिएर आएको चार जना गोताखोर… Continue reading बीना उपलब्धी फर्कियो बस खोज्न भारतबाट आएको टोली

पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेपनि सर्वोच्चले बिगो र कैद सजाय घटाएको छ ।… Continue reading पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर

मौद्रिक नीतिपछिको सेयर बजारमा उच्च वृद्धि

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो दिन आइतबार सेयर बजारमा ११३ अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २६८१ अंकमा पुगेको छ । आइतबार कुल १५ अर्ब ८१ करोडको कारोबार भयो । दिनभर कारोबार हुँदा दुई पटक सर्किट ब्रेक लागेको बजारमा दोस्रो सर्किट ब्रेकपछि सम्हालियो । बजार खुलेको १ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले… Continue reading मौद्रिक नीतिपछिको सेयर बजारमा उच्च वृद्धि

निलम्बित मूख्यसचिव अर्याल ५० हजार धरौटीमा छाडिए

काठमाडौं । विशेष अदालतले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई ५० हजार रुपैयाँ धरौटीमा छाडेको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बयानपछि अर्यालसँग ५० हजार रुपैयाँ धरौटी मागेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । धरौटी बुझाएर उनी आईतबार नै रिहा भएका छन् । अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट नीजि… Continue reading निलम्बित मूख्यसचिव अर्याल ५० हजार धरौटीमा छाडिए

प्रधानमन्त्रीको सूचनाप्रविधि विज्ञमा असगर अलि नियुक्त

काठमाडौं । असगर अली प्रधानमन्त्री केपी शर्मा ओलीको सूचना प्रविधि (आईटी) विज्ञ नियुक्त भएका छन् । उनी अवैतनिक अर्थात् सेवा सुविधा नलिने गरी सचिस्तरको विज्ञ पदमा नियुक्त भएका हुन् । प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधिअनुसार अलीले नियुक्ति बुझेर काम थालिसकेको प्रधानमन्त्री निकट स्रोतले बतायो । २०७४मा ओली प्रधानमन्त्री हुँदा पनि अली सूचना प्रविधि विज्ञ… Continue reading प्रधानमन्त्रीको सूचनाप्रविधि विज्ञमा असगर अलि नियुक्त

नेपाल बन्यो खुद् विद्युत निर्यातकर्ता

१३ साउन, काठमाडौं । नेपाल खुद विद्युत निर्यातकर्ता मुलुक बनेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा नेपालले १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । यस आवमा १६ अर्ब ८१ करोड ३ लाख रुपैयाँको विद्युत् आयात गरेको छ । यसरी आयातको तुलनामा निर्यात धेरै हुँदा नेपाल खुद् निर्यातकर्ता… Continue reading नेपाल बन्यो खुद् विद्युत निर्यातकर्ता

पेरिस ओलम्पिकको पहिलो दिनमै अष्ट्रेलियालाई तीन स्वर्ण

काठमाडौं । पेरिस ओलम्पिकको शनिबार पहिलो दिनमै अस्ट्रेलियाले तीन स्वर्ण जित्न सफल भएको छ । अस्ट्रेलिया तीन स्वर्णसहित शीर्ष स्थानमा रहेको छ । अस्ट्रेलियाले पौडीतर्फ बलियो सुरुआत लिन सफल भयो । उसको पछाडि चीनको दुई स्वर्ण रहेको छ । पहिलो दिन कुल १३ स्वर्णको निर्णय भएको हो । एक–एक स्वर्ण जित्ने अन्य देशमा अमेरिका, फ्रान्स,… Continue reading पेरिस ओलम्पिकको पहिलो दिनमै अष्ट्रेलियालाई तीन स्वर्ण

पेरिस ओलम्पिक : प्रिन्स विश्व नं २ सँग सोझो सेटमा पराजित

काठमाडौं । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन्। फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनले विश्व वरीयतामा १ सय ७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा पराजित गरे। कठिन… Continue reading पेरिस ओलम्पिक : प्रिन्स विश्व नं २ सँग सोझो सेटमा पराजित

मनसुन पुनः सक्रिय, कहाँ कहाँ छ जोखिम ?

काठमाडौं । आगामी तीन दिन रातिको समयमा भारी वर्षा हुने भएको छ । मौसमविद्हरुका अनुसार कुनै-कुनै ठाउँमा अति भारी वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी केही दिन अघिल्ला दिनको तुलनामा मनसुन गतिविधि सक्रिय हुनेछ । मनसुनमा रातिको समयमा धेरै पानी पर्ने गर्छ । अरब सागर र बंगालको खाडीबाट… Continue reading मनसुन पुनः सक्रिय, कहाँ कहाँ छ जोखिम ?

ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा भूकम्पको धक्का महसु गरिएको छ । ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पले क्षति पुर्‍याए–नपुर्‍याएको विवरण प्राप्त भएको छैन । २०६८ असोज १ गते साँझ ६ः२५ बजे नेपालको ताप्लेजुङ… Continue reading ताप्लेजुङमा भूकम्पको धक्का

नयाँ दिल्लीमा एक भवनको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु

काठमाडौं । भारतको नयाँदिल्लीस्थित एक कोचिङ सेन्टरको बेसमेन्टमा वर्षाको पानी भरिँदा तीन जना विद्यार्थीको ज्यान गएको छ । राजेन्द्रनगरस्थित राव आईएएस कोचिङ सेन्टरको बेसमेन्टमा भरिएको पानीमा डुबेर दुई छात्रा र एक छात्रको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गतराति एक जनाको मृत्यु भएको र दुई जना बेपत्ता भएको समाचार सार्वजनिक भएको थियो । खोजीको… Continue reading नयाँ दिल्लीमा एक भवनको बेसमेन्टमा पानी भरिँदा तीन जनाको मृत्यु

पहिरोका कारण डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध

काठमाडौं । पश्चिम नेपालमा अविरल वर्षाले पुन क्षति पुर्याउन सुरु गरेको छ । पहिरोले डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँका अनुसार तनहुँतर्फ बेंसीसहर नगरपालिका–१ दलाल र मनाङतर्फ सोही पालिका-६ खरखरे भिरमा पहिरो खसेकाले सडक… Continue reading पहिरोका कारण डुम्रे-बेंसीसहर-चामे सडक अवरुद्ध

गोरखामा पहिरोमा परि ५ जना वेपत्ता

File

काठमाडौं । गोरखाको धार्चे-५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ । स्थानीयका अनुसार आज बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको थियो । गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार पहिरोमा घर र कृषि… Continue reading गोरखामा पहिरोमा परि ५ जना वेपत्ता

लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना पक्राउ

file

काठमाडौं । लागूपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाएको भेटिएपछि ६ जना चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले नागढुंगाबाट सार्वजनिक बसर माइक्रो तथा ट्रकका ६ जना चालकलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटको जिम्मा लगाएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता… Continue reading लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना पक्राउ

गण्डकी प्रदेशका यातायात मन्त्री मनाङे मन्त्रालयमै गन्जीमा बसेको तस्वीर भाइरल

काठमाडौं । गण्डकी प्रदेश सरकारका यातायात मन्त्री राजीव गुरूङ (दीपक मनाङे)को एक तस्वीर शनिबार सामाजिक सञ्जालमा भाइरल भयो । जसमा उनी गन्जीमा देखिन्छन् । उनी छैटौंपटक मन्त्री बनेका छन् । गुण्डागर्दी पृष्ठभूमिबाट राजनीतिमा आएर दोस्रोपटक पनि स्वतन्त्र सांसद जितेका मनाङेले छैटौंपटक मन्त्री हुने रेकर्डमात्र राखेनन्, विवादित गतिविधिले सधैं चर्चामा रहन्छन् । पछिल्लो पटक मनाङे गञ्जीमा… Continue reading गण्डकी प्रदेशका यातायात मन्त्री मनाङे मन्त्रालयमै गन्जीमा बसेको तस्वीर भाइरल

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको परिवारले बुझ्यो शव

काठमाडौं । त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाका ११ जनाको शव परिवारले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ११ जनाको शव आफन्तले बुझेका हुन् । अस्पताल स्रोतका अनुसार दुर्घटनामा मृत्यु भएका एकै परिवारका तीन जना शव पनि परिवारले बुझेका छन् । विदेशि नागरिकको शव भने प्रक्रिया पूरा गर्नुपर्ने भएकोले केही दिन लाग्ने भएको छ ।… Continue reading जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको परिवारले बुझ्यो शव

धनुषामा रेलको लिकमा परेर एक जनाको दुबै खुट्टा गुम्यो

काठमाडौं । भंगहा (जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एकजनाको दुवै खुट्टा गुमेको छ । जनकनन्दनी गाउँपालिका ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको रेल्वे लिकमा परेर खुट्टा काटिएको हो । रेलको लिक छेउबाट हिडिरहेका युवक शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् । रेलको लिक छेउबाट हिड्ने… Continue reading धनुषामा रेलको लिकमा परेर एक जनाको दुबै खुट्टा गुम्यो

पेरिस ओलम्पिकमा नेपाली खेलाडीको खेल कहिले ?

काठमाडौं । पेरिस ओलम्पिकको भब्य उद्घाटन भएको छ । गत राती पेरिसमा उद्घाटन भएको हो । यससँगै खेलहरु समेत सुरु भएका छन् । पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको पुरुष एकलको प्रतिस्पर्धामा नेपालका स्यान्टु श्रेष्ठले प्रारम्भिक चरणमा आज सेनेगलका इब्राइम डियासँग भिड्दैछन् । पुरुष एकलको प्रतिस्पर्धामा ६७ खेलाडी छन् । वरीयतामा स्यान्टु अन्तिम वरीयतामा रहेका छन् । ६४… Continue reading पेरिस ओलम्पिकमा नेपाली खेलाडीको खेल कहिले ?

भारतको जम्मुमा बन्धक बनाइएका २८ नेपाली मजदूरको उद्धार

Photo source : The Asian age

काठमार्डौं । भारतको जम्मुकश्मिरमा बन्धक बनाइएका धनुषा र सिरहाका २८ मजदुरको उद्धार गरिएको छ । उनीहरु रोजगारीका सिलसिलामा त्यहाँ पुगेका थिए । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सिरहाका २१ र धनुषाका सात जनालाई उद्धार गरी ल्याइएको जानकारी दिए । उनका अनुसार ती मजदुरहरु कश्मिरको श्रीनगरमा पाँच महिनादेखि बन्धक थिए । महिला, बालबालिका तथा… Continue reading भारतको जम्मुमा बन्धक बनाइएका २८ नेपाली मजदूरको उद्धार

किन पुनः चर्चामा छ सन्दीप लामिछानेविरुद्धको मुद्दा ?

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा पुनः एक पटक चर्चामा आएको छ । जबर्जस्ती करणी मुद्दाको पुनरावेदन प्रक्रिया अघि नबढाउन उच्च सरकारी वकिल कार्यालयमा निवेदन दर्ता भएसँगै यसको पक्ष र विपक्षमा चर्चा सुरु भएको हो । उच्च अदालत पाटनले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएलगत्तै जाहेरवाला गौशाला २६ ले उक्त निवेदन दर्ता… Continue reading किन पुनः चर्चामा छ सन्दीप लामिछानेविरुद्धको मुद्दा ?

तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गयो

काठमाडौं । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका(११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका थिए । तीमध्ये बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी… Continue reading तिनाउ नदीमा डुबेर एक बालकको ज्यान गयो

आज मनसुन मथ्थर, कस्तो रहनेछ प्रभाव ?

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया… Continue reading आज मनसुन मथ्थर, कस्तो रहनेछ प्रभाव ?

पेरिस ओलम्पिकको भब्य उद्घाटन

काठमाडौं । विश्व खेलकुदको महामेला ३३औं समर ओलम्पिक (पेरिस ओलम्पिक २०२४) को भव्य उद्घाटन गरिएको छ । पहिलो पटक स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गरिएको हो । जसमा पेरिसले कीर्तिमान बनाएको छ । एक शताब्दीपछि ओलम्पिक पेरिस फर्कँदा यस पटक अहिलेसम्म भएको भन्दा फरक शैलीमा उद्घाटन गरियो । उद्घाटन समारोह पेरिस छेउको सेन नदिमा भएको… Continue reading पेरिस ओलम्पिकको भब्य उद्घाटन