काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाएको छ । एमालेले पाएका मन्त्रालयमध्ये उद्योग र भूमिमा पुरानै मन्त्री दोहोरिनेछन् । एमालेले पाएका मन्त्रालयमध्ये उपप्रधानसहित अर्थमन्त्रालयको जिम्मेवारी विष्णु पौडेलले सम्हाल्नेछन् । पृथ्वीसुब्बा गुरुङलाई सरकारको प्रवक्ता तोक्ने एमालेको तयारी छ । गुरुङ सञ्चार मन्त्रालय सम्हाल्दैछन् । राष्ट्रिय देवेन्द्र दाहाल भौतिकमन्त्री बन्दैछन् । शिक्षा… Continue reading एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, अरु मन्त्रालयमा को को ?
Author: Vishwanews.com
ट्रम्प र म एक अर्काका विरोधी होइनौं : बाइडेन
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्प र आफु एक अर्काका विरोधी नभएको बताएका छन् । गोली काण्डपछि देशका नाममा सम्बोधन गर्दै उनले अमेरिकाले यसअघि धेरै हिंसा भोगिसकेको भन्दै अब सह्य नहुने बताए । उनले यसअघि संसदमा भएको आक्रमणको समेत स्मरण गरे । उनले भने, अमेरिकामा यस प्रकारका हिंसालाई कुनै स्थान छैन । अमेरिकाको… Continue reading ट्रम्प र म एक अर्काका विरोधी होइनौं : बाइडेन
कांग्रेसबाट आरजु देउवा र रमेश लेखक मन्त्री बन्ने पक्का
काठमाडौं । नेपाली कांग्रेसले दुई जना मन्त्री टुंगो लगाएको छ। गृह मन्त्रालयमा रमेश लेखक र परराष्ट्र मन्त्रालयमा आरजु राणा देउवालाई पठाउने निर्णय भएको बताइएको छ । अन्य मन्त्रीको टुंगो आज लगाइने छ । पार्टीले बनाएको मापदण्डअनुसार समावेशी, योग्यता र क्षमताका अधारमा मन्त्री पठाउने भएकोले एक पटक छलफल गरेर मात्रै पठाउने तयारी गरिएको कांग्रेसको भनाई छ… Continue reading कांग्रेसबाट आरजु देउवा र रमेश लेखक मन्त्री बन्ने पक्का
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। त्यस्तै मनसुनको न्यूनचापीय रेखा सोमबार सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ। महाशाखाले दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने… Continue reading कस्तो रहनेछ आजको मौसम ?
त्रिशूली बस दुर्घटना : ११ शव भेटिए-पाँच जनाको मात्र सनाखत
काठमाडौं । शुक्रबार बिहान चितवनको सिमलतालमा पहिरोमा परी त्रिशूली नदीमा खसेर हराइरहेका दुईवटा बसका हालसम्म पाँच यात्रुको शव सनाखत भएको छ । खोजी र उद्धारमा संलग्न सुरक्षा टोलीले स्थानीयले दिएको सूचनाका आधारमा थप ६ वटा शव भेटिए पनि ती बसकै यात्रीको भए–नभएको पुष्टि भइसकेको छैन । चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरण अनुसार दुवै बसमा… Continue reading त्रिशूली बस दुर्घटना : ११ शव भेटिए-पाँच जनाको मात्र सनाखत
यूरोकपको उत्कृष्ट युवा खेलाडी बने यामल
काठमाडौं । स्पेनका लामिन यामल युरो २०२४ को उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन सनसनी प्रदर्शन गरेका यी १७ वर्षीय युवा स्टारले पहिलो पटक युरो खेल्दै उत्कृष्ट युवा खेलाडीको अवार्ड जिते । युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए ।… Continue reading यूरोकपको उत्कृष्ट युवा खेलाडी बने यामल
यूरोकपको उपाधी स्पेनलाई
काठमाडौं । स्पेनले यूरोकप २०२४ को उपाधी उचालेको छ । कीर्तिमानी चौथो पटक युरोकपको उपाधि जितेको स्पेनले जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्याण्डलाई २–१ ले हराउन सफल भयो । स्पेनका लागि निको विलियम्स र मिकेल ओयाजाबालले गोल गरे । इंग्ल्याण्डका कोल पाल्मरले एक गोल फर्काए । पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा तीन… Continue reading यूरोकपको उपाधी स्पेनलाई
प्रधानमन्त्री ओलीले आज सपथ लिने
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् । आज बिहान ११ बजेका लागि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार बेलुकी ५ बजेपछि राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनलाई राष्ट्रपति पौडेलले संविधानको… Continue reading प्रधानमन्त्री ओलीले आज सपथ लिने
आफ्नो कार्यकाल संतोषजनक रहेको निवर्तमान अर्थमन्त्रीको दावि
काठमाडौं । निवर्तमान अर्थमन्त्री वर्षमान पुनले आफ्नो चार महिने कार्यकाल सन्तोषजनक रहेको दाबी गरेका छन् । मन्त्रालयमा आइतबार आयोजित बिदाइ कार्यक्रममा उनले बजेटमार्फत मुलुकको भावी विकास र अर्थतन्त्रको मार्गचित्र कोर्न सफल भएको दाबी गरे । आफू जिम्मेवारीमा नरहे पनि आफ्नो अनुभव र शिक्षाका आधारमा मुलुकको अर्थतन्त्र सुधारका लागि नयाँ मन्त्रीसँग सहकार्य हुने उनले बताए ।… Continue reading आफ्नो कार्यकाल संतोषजनक रहेको निवर्तमान अर्थमन्त्रीको दावि
काठमाडौं महानगरलाई न्यूरोडमा फुटपाथ बिस्तारमा अदालतले खोल्यो बाटो
काठमाडौं । न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाउन काठमाडौं महानगरपालिकालाई बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले न्यूरोडमा फुटपाथ विस्तार रोक्ने गरी डिभिजन सडक कार्यालयले काठमाडौं महानगरपालिकालाई लेखेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतले सडक डिभिजन कार्यालय काठमाडौंले गत जेठ १३ गते र… Continue reading काठमाडौं महानगरलाई न्यूरोडमा फुटपाथ बिस्तारमा अदालतले खोल्यो बाटो
नारायणी नदीमा आइतबार थप चार शव फेला
काठमाडौं । नारायणी नदीमा आइतबार थप चारवटा शव फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको हो । शवको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी गराएका… Continue reading नारायणी नदीमा आइतबार थप चार शव फेला
एमाले र कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगियो
काठमाडौं । सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतका अनुसार एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिनेछ… Continue reading एमाले र कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगियो
केपी ओली प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीलाई प्रधानमन्त्री नियुक्ति गरेको पत्र राष्ट्रपति कार्यालय पुगेर एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बुझेका थिए । २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल… Continue reading केपी ओली प्रधानमन्त्रीमा नियुक्त
गाजामा इजरायली सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा ९० जना मारिए
काठमाडौं । इजरायली सेनाले गाजाको एक मानवीय क्षेत्रमा अन्धाधुन्ध हवाई आक्रमण गरेको छ । घटनामा कम्तीमा ९० जना मारिएको खबर छ । तीन सय जनाभन्दा धेरै घाइते भएका प्यालेष्टिनी विद्रोही समूह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हमासका अनुसार इजरायली सेनाले युद्धक्षेत्रबाट विस्थापित भई बसेका मानिसको बसोबास रहेको क्षेत्रमा आक्रमण गरेको… Continue reading गाजामा इजरायली सेनाको अन्धाधुन्ध आक्रमण, कम्तिमा ९० जना मारिए
अफगानिस्तानमा भयाभह बन्दै दादूरा, कम्तिमा १६० को मृत्यु
काठमाडौं । अफगानिस्तानमा पछिल्लो छ महिनामा दादुराका कारण कम्तीमा १६० जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ । प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा ३६ हजार ६१८ जनामा यो रोग लागेको छ भने १६० जनाको मृत्यु भएको छ । यसमध्ये ८१.१ प्रतिशत दादुराको शङ्कास्पद घटनामा पाँच वर्ष मुनिका बालबालिका र ४५ प्रतिशत महिला रहेका… Continue reading अफगानिस्तानमा भयाभह बन्दै दादूरा, कम्तिमा १६० को मृत्यु
नवलपरासीमा फेला परेका दुई शव बस दुर्घटनाका यात्रु भएको पुष्टी
काठमाडौं । नवलपरासीको गैँडाकोटमा फेला परेका दुवै शवको पहिचान खुलेको छ । गैँडाकोटस्थित नारायणी नदी किनारमा शनिबार फेला परेको शव चितवन माडिका २२ वर्षीय विकास परियार र सर्लाही वरहथावा १९ वर्षीय रमित कुशर माझीको रहेको जिल्ला प्रशासन कार्यलय चितवनले जनाएको छ । परियार भरतपुरबाट काठमाडौँ जाने क्रममा दुर्घटनामा परेको पाइएको छ । माझी काठमाडौँबाट सर्लाही… Continue reading नवलपरासीमा फेला परेका दुई शव बस दुर्घटनाका यात्रु भएको पुष्टी
त्रिशूली नदीमा बसको खोजी आज पनि जारी
काठमाडौं । चितवनको नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलताल भन्ने स्थाबाट त्रिशूली नदीमा वेपत्ता भएका दुईवटा बस र तिनमा सवार यात्रुहरुको खोजी आज पनि जारी छ । घटना भएको चार दिनपछि आइतबार दुर्घटनास्थलमा भइरहेको खोजीको निरीक्षण गर्न गृह मन्त्रालयका सचिव एक नारायण अर्यालसहित सुरक्षा अंगका प्रमुखहरु पनि चितवन जाने भएका छन् । त्रिशुलीमा हराइरहेका यात्रुहरुको आज… Continue reading त्रिशूली नदीमा बसको खोजी आज पनि जारी
कसले चलायो ट्रम्पमाथि गोली ?
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको… Continue reading कसले चलायो ट्रम्पमाथि गोली ?
ट्रम्पमाथि गोली प्रहार भएको घटनाप्रति राष्ट्रपति बाइडेनको निन्दा
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनाप्रति राष्ट्रपति जो बाइडेनले निन्दा गरेका छन् । ट्रम्पमाथि गोली चलेको समय बाइडेन डेलाभेयरमा थिए । चर्चबाट बाहिरिने क्रममा मिडियाकर्मीलाई प्रतिक्रिया दिँदै बाइडेनले ट्रम्पमाथि भएको आक्रमणको निन्दा गरेका हुन् । सबै अमेरिकीलाई एकजुट हुँदै यस्ता खालका आक्रमणको निन्दा गर्न आह्वान गर्दै उनले भने, ‘अमेरिकामा यस्ता… Continue reading ट्रम्पमाथि गोली प्रहार भएको घटनाप्रति राष्ट्रपति बाइडेनको निन्दा
अमेरिकामा ट्रम्पमाथि गोली प्रहार
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्याएका छन् । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको… Continue reading अमेरिकामा ट्रम्पमाथि गोली प्रहार
एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दै
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गरेका थिए । ओलीले सोही दिन कांग्रेसको समर्थनमा १६६ सांसदसहित दाबी पेस गरेका… Continue reading एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्दै
प्रधानमन्त्रीमा केपी ओलीको नियुक्ति आइतबार हुने
काठमाडौं । नयाँ प्रधानमन्त्री दाबी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नियुक्त आइतबार हुने भएको छ । उनले सोमबार पद तथा गोपनीयताको शपथ लिने बताएको छ । नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति ओलीले संविधानको धारा ७६ .(२) बमोजिम प्रधानमन्त्री पदमा दाबी पेश गरेका छन् । पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत नपाई पदमुक्त भएपछि… Continue reading प्रधानमन्त्रीमा केपी ओलीको नियुक्ति आइतबार हुने
भेटिएनन् त्रिशूलीमा गायव बस, तीन जनाको शव फेला
काठमाडौं । शुक्रबार बिहान त्रिशुलीमा खसेका बसको खोजी अभियान शनिबार दिनभर जारी रह्यो । तर, बस फेला परेनन् । शनिबार त्रिशूली र नारायणी नदी किनारमा तीन जनाको शव भेटिएको छ । त्यसमध्ये एक जना बसको यात्रु भएको पुष्टी भइसकेको छ । अब बस खोज्न ठूलो चुम्बक (म्याग्नेट) प्रयोग गरिने र आइतबार बिहान ८ बजेबाट पुनः… Continue reading भेटिएनन् त्रिशूलीमा गायव बस, तीन जनाको शव फेला
त्रिशूलीमा हराएका बस वाटर ड्रोन प्रयोग गरी खोजिँदै
काठमाडौं । त्रिशूली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु गरिएको छ । र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र… Continue reading त्रिशूलीमा हराएका बस वाटर ड्रोन प्रयोग गरी खोजिँदै
अमेरिकी राष्ट्रपति आफ्नो मानसिक स्वास्थ परीक्षणका लागि तयार
काठमाडौं । सहकर्मी डेमोक्र्याटहरूको पुनः निर्वाचन अभियान समाप्त गर्ने बढ्दो दबाबबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि चिकित्सकले आफ्नो मानसिक स्वास्थ्यको बारेमा आएका चिन्ता सम्बोधन गर्न सुझाब दिएमा ‘न्यूरोलोजिकल परीक्षण गर्न’ तयार रहेको सङ्केत गरेका छन् । “म यसको विरोध गर्दिनँ, यदि मेरा चिकित्सकहरूले मलाई अर्को न्युरोलोजिकल जाँच गर्न भनेमा म यो गर्नेछु,” नाटो शिखर सम्मेलनको… Continue reading अमेरिकी राष्ट्रपति आफ्नो मानसिक स्वास्थ परीक्षणका लागि तयार
आज कस्तो रहनेछ मौसम ?
काठमाडौं । अहिले नेपालमा मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ। साथै भारतको उत्तर प्रदेश आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। शनिबार बिहान गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। महाशाखाका… Continue reading आज कस्तो रहनेछ मौसम ?
त्रिशूलीमा खसेका बसको आज पनि खोजी सुरु
काठमाडौं । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा शुक्रबार पहिरोसँगै त्रिशूलीमा खसेको बसको खोजी सुरू भएको छ। जिल्ला प्रहरी कार्यालय चितनवनका डिएसपी भेषराज रिजालले खोजीकार्य सुरू भएको जानकारी दिएका छन् । शुक्रबारको तुलनामा शनिबार त्रिशूलीमा जलसतह कम छ त्यसकारण पनि खोजीकार्यमा सहज हुने उनले बताइएको छ । नेपाल प्रहरीका एक सय जना भन्दा बढी… Continue reading त्रिशूलीमा खसेका बसको आज पनि खोजी सुरु
मध्यरातमा प्रधानमन्त्री पदमा केपी ओलीले गरे राष्ट्रपति समक्ष दावि पेश
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गरेका थिए । शुक्रबार मध्यरातमा राष्ट्रपति भवन शीतल निवास पुगेर अध्यक्ष ओलीले दुई वा दुईभन्दा बढी दलको सरकार बनाउने सम्बन्धी संविधानको धारा ७६… Continue reading मध्यरातमा प्रधानमन्त्री पदमा केपी ओलीले गरे राष्ट्रपति समक्ष दावि पेश
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो
काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा फसेको बुद्ध एयरको जहाज निकालिएको छ । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जहाज प्राविधिक टोलीले सफलतापूर्वक निकालेको जानकारी दिए । बुद्धको उडान नम्बर ८०५ जहाज नाइनएन–एओसी काठमाडौंबाट भैरहवा पुगेको थियो । ९ बजेर ३ मिनेट जाँदा भैरहवा विमानस्थलमा अवतरण गरेको यो जहाज धावनमार्गको आधा पुग्दा अधिक वर्षा हुँदा ‘हाइड्रोप्लानिङ’… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको बुद्धको जहाज निकालियो
पहिरोका कारण कास्कीमा सात जनाको मृत्यु
काठमाडौं । कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ। बिहीबार राति सवा १० बजे पोखरा महानगरपालिका वडा नम्बर १९ तल्नाकोट टाढीमा पहिरोले पुरिँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए। उनका अनुसार कुलबहादुर परियारको घरमा पहिरो खसेको हो। मृतक एकै परिवारका छन्। डिएसपी शर्माका अनुसार ४६… Continue reading पहिरोका कारण कास्कीमा सात जनाको मृत्यु