शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

प्रकाश सिलवाल–राससकाठमाडौँ, ३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले कानुन विपरीत उठाउँदै आएको भर्ना र अन्य शुल्क फिर्ता गराउन निर्देशन दिएपछि अभिभावकहरुले नियमितरुपमा गुनासो टिपाउन थालेका छन् । मन्त्रालयको निर्र्देशन कार्यान्वयनका लागि लिखित रुपमा सबै स्थानीय तहलाई अनुरोध गर्नाका साथै भक्तपुरस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सहायता कक्ष स्थापना गरिएको छ… Continue reading शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्यबारे छलफल

काठमाडौँ, ३ वैशाखः काठमाडौँका सडक र सहरी सुरक्षाका लागि काठमाडौँ महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच आज भेट भएको थियो । सो भेटमा काठमाडौँभित्रका सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापन थप बलियो बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ । कार्यवाहक… Continue reading काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्यबारे छलफल

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर, ३ वैशाख : हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र सो उद्योग नियमित सञ्चालन ल्याइएको थियो । उद्योगले ३ हजार मेट्रिकटन कोईला खरिदका बोलपत्र आव्हान गरिसकेको छ । करिब २ हप्ता भित्र कोइला आईपुग्ने हेटौँडा सिमेण्ट उद्योगको सहायक प्रवन्धक विकास श्रेष्ठले बताए ।… Continue reading कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

file

काठमाडौँ, ३ वैशाखः बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो । उक्त दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक… Continue reading कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

दक्षिणी लेबनानमा इजरायली आक्रमण, मानवीय क्षति जारी

Security forces secure the site of an Israeli airstrike that targeted a vehicle the Lebanese town of Jiyeh, south of Beirut, on April 15, 2026. Two Israeli strikes on April 15 hit vehicles south of Beirut, state media reported, while Hezbollah launched rockets at Israel, hours after Lebanon and Israel agreed to hold direct negotiations. (Photo by MAHMOUD ZAYYAT / AFP)

बेरुत, ३ वैशाख (रासस–क्युएनए) । दक्षिणी लेबनानको अन्सारीयेह शहरमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको जनाइएको छ ।लेबनानी राष्ट्रिय समाचार एजेन्सीले बुधबार शहरलाई लक्षित गरी गरिएको आक्रमणमा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसले इजरायले अल–कुलाइलाह शहरको प्रवेशद्वार, साथै बिन्त जबेल शहरको वरपरका क्षेत्रहरूलाई लक्षित गरी हात्रलमण गरेको र हानिन शहरका… Continue reading दक्षिणी लेबनानमा इजरायली आक्रमण, मानवीय क्षति जारी

बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

Patna, Apr 14 (ANI): Bihar Chief Minister Nitish Kumar poses for a picture with State Governor Syed Ata Hasnain as he submits his resignation to Governor, at Lok Bhavan in Patna on Tuesday. State Deputy CM Samrat Choudhary, Union Minister Rajiv Ranjan, State Minister Vijay Kumar Chaudhary, JD (U) National Working President Sanjay Kumar Jha also present. (@BJP4Bihar X/ANI Photo)

पटना (बिहार), ३ वैशाख (रासस–एएनआई) । भारतको बिहार राज्यमा राजनीतिक इतिहासमै महत्त्वपूर्ण मोड आएको छ । भारतीय जनता पार्टी (भाजपा)का नेता सम्राट चौधरीले बुधबार बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । यससँगै लामो समयदेखि राज्य राजनीतिमा प्रभाव जमाउँदै आएका नितिश कुमारको युग समाप्त भएको सङ्केत गरिएको छ । राज्यसभामा जाने निर्णय गर्नुअघि एक दशकभन्दा बढी… Continue reading बिहारमा नयाँ नेतृत्व, मुख्यमन्त्रीमा सम्राट चौधरी

बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने’

लण्डन, ३ वैशाख (रासस–एएफपी) । बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने विभिन्न बेलायती सञ्चारमाध्यमले जनाएका छन् । बेलायती सञ्चारमाध्यमहरूले बुधबार विभिन्न स्रोतलाई उद्धृत गर्दै बीबीसीले दुई हजार कर्मचारी कटौती गर्ने भएको जनाएका छन् । ‘आईटिभी न्यूज’ र ‘प्रेस एसोसिएसन न्यूज एजेन्सी’का अनुसार यो कटौती प्रसारण क्षेत्रमा एउटै संस्थाले लगभग १५ वर्षमा गर्न लागेको सबैभन्दा ठूलो… Continue reading बीबीसीले व्यापक रूपमा कर्मचारी कटौती गर्ने’

‘ह्विलचेयरले दियो खुसी’

महोत्तरी, ३ वैशाखः पछिल्ला तीन वर्षयता कैयन चाडपर्व आएगए तर पक्षघातले थलिएका महोत्तरीको बर्दिबास–११ खयरमाराका ६६ वर्षीय पूर्णबहादुर भुजेललाई कुनै प्रवाह भएन । यसपालिको नयाँवर्ष २०८३ को प्रारम्भ भने उहाँका लागि सम्झनलायक बनेको छ । मधेसमा नयाँवर्षमा मनाइने जुडशीतल पर्वको पहिलो दिन मङ्गलबार भुजेलले घुमफिर गर्न सहयोगी हुने ‘ह्विलचेयर’ पाएका छन् । त्यसैले यसपालिको नयाँ… Continue reading ‘ह्विलचेयरले दियो खुसी’

दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु

म्याग्दी, ३ वैशाखः म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धौलागिरि गाउँपालिका–७ ताकममा कालोपत्र थालिएको छ । धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्ड स्तरोन्नतिका सञ्चालित योजनामार्फत धौलागिरि गाउँपालिकामै पहिलोपटक ताकममा कालोपत्र गर्न थालिएको हो । ‘प्रिमिक्स’ प्रविधिको कालोपत्रका लागि बुधबारदेखि एकलेनमा ‘प्राइमकोड’ (बिटुुमीन) बिछ्याउन थालिएको पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर महेन्द्र बानियाँले बताए । “ग्राभेलमाथि राखेको ‘प्राइमकोड’ सुुकेपछि अर्को… Continue reading दरवाङ–मुना–ढोरपाटन सडकः ताकममा कालोपत्र सुरु

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

जुम्ला, ३ वैशाखः जिल्लामा ५२ हेक्टर क्षेत्रफलमा उच्च घनत्व भएको फुजी जातको स्याउको खेती हुने गरेको छ । यहाँका आठवटै स्थानीय तहमा लगाएको ५२ हेक्टर क्षेत्रफलमध्ये ४० हेक्टरमा स्याउले फल दिने गरेको कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीले जानकारी दिए । उनका अनुसार यस वर्ष चार हजार ४९७ हेक्टर क्षेत्रफलमा स्याउ बिरुवा रोपिएकामा दुई हजार… Continue reading जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

अमेरिका–इरान वार्ताका लागि पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

File : (260411) -- ISLAMABAD, April 11, 2026 (Xinhua) -- Pakistani Prime Minister Shehbaz Sharif (R) meets with Iranian Parliament Speaker Mohammad Bagher Ghalibaf in Islamabad, Pakistan, on April 11, 2026. (Xinhua)

जेद्दाह, साउदी अरब, (रासस–एएफपी) । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित दोस्रो चरणको सम्भावनाअघि चार दिने भ्रमणको शुरुवातमा बुधबार साउदी अरब पुगेका छन् । गत साता इस्लामावादमा वासिङ्टन र तेहरानबीच दशकौँपछि भएको उच्चस्तरीय वार्तापछि सरिफले साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्ने बताइएको छ। उनी साउदी अरबपछि कतार र टर्कीको भ्रमण गर्ने कार्यक्रम… Continue reading अमेरिका–इरान वार्ताका लागि पहल गर्दै पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

काठमाडौँ, ३ चैतः जिल्ला प्रहरी परिसर काठमाडौँले एक महिना (चैत) को अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् । यस्तै, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरका दुईवटा मुद्दामा तीन जनालाई प्रतिवादी बनाई रु २२ करोड… Continue reading आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता

म्याग्दीमा घरमै पुुगेर राहदानी वितरण गर्न थालियो

म्याग्दी, ३ वैशाखः म्याग्दीमा सेवाग्राहीको घरमै पुुगेर राहदानी वितरण गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयका कर्मचारीमार्फत घरमै पुुगेर राहदानी उपलब्ध गराउन थालेको हो । नेपाल सरकारले अघि सारेको शासकीय सुधारका एक सय सूचीमध्ये २७ नम्बर बुँदामा उल्लेख भएको घरमै राहदानी उपलब्ध गराउने घोषणालाई कार्यान्वयन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए… Continue reading म्याग्दीमा घरमै पुुगेर राहदानी वितरण गर्न थालियो

एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन

काठमाडौँ, ३ वैशाखः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका विभिन्न स्थानमा बुधबार एकैदिन ५६ व्यावसायिक फर्ममा अनुमगन अनुगमन गरेको छ । खाद्य पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुको बिक्री–वितरण गर्ने फर्म, पसल तथा व्यावसायिक प्रतिष्ठानमा विभागले स्थलगत अनुगमन गरी कारबाहीको दायरामा ल्याइएको जनाएको हो । विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“बुधबार एकैदिन ५६ वटा… Continue reading एकैदिन छपन्न व्यावसायिक फर्ममा अनुगमन

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

गोरखा, ३ वैशाखः तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुगेकी छिन् । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उनले बताइन् । श्रेष्ठ यसअघि विसं २०८१ को वैशाख ३०, जेठ ६… Continue reading कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

सरकारले मध्यराती बढायो डिजेलको मूल्य, प्रतिलिटर ३० रुपैयाँ बढ्यो

काठमाडौँ, ३ चैतः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज मध्यराति अर्थात् अहिले १२ः०० बजेदेखि लागू हुने गरी डिजल, मट्टीतेल र हवाई इन्धनमा आन्तरिकतर्फ मूल्यवृद्धि गरिएको जनाएको छ । नयाँ मूल्यसूचीअनुसार डिजल÷मट्टीतेलमा प्रतिलिटर रु ३० र हवाई इन्धनमा प्रतिलिटर रु पाँच वृद्धि गरिएको छ । परिवर्तित मूल्यअनुसार, डिजल÷मट्टीतेलको प्रतिलिटर रु २३७… Continue reading सरकारले मध्यराती बढायो डिजेलको मूल्य, प्रतिलिटर ३० रुपैयाँ बढ्यो

कर्णाली विश्वको आरोग्य हब बन्न सक्ने ठूलो आधार

कर्णाली, ३ वैशाखः प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत गरे । योग विज्ञानदेव संस्कृति विश्वविद्यालय हरिद्वारका पिएचडी शोधार्थी… Continue reading कर्णाली विश्वको आरोग्य हब बन्न सक्ने ठूलो आधार

दश इन्च लामो सियोले जिब्रो छेडेर जात्रामा सहभागी भए सुजन

rss

रमेश गिरी–राससभक्तपुर, २ वैशाखः आज बिहानैदेखि सर्वसाधारण मध्यपुरथिमिमा सिन्दूर खेल्दै देवीदेवताका खट जात्रा गर्दै बिस्का जात्रा मनाइरहेका थिए । तर मध्याह्नदेखि भने बोडे क्षेत्रमा भीड बढ्न थाल्यो । केहीक्षणमै बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासमा सर्वसाधारण खचाखच हुन थाल्यो । बिस्केट जात्राका अवसरमा हरेक वर्षको वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने… Continue reading दश इन्च लामो सियोले जिब्रो छेडेर जात्रामा सहभागी भए सुजन

अब जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

काठमाडौँ, २ वैशाखः राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाईएको छ । जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए ।अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ छ… Continue reading अब जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुने

इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

काठमाडौँ, २ वैशाखः पश्चिम एसियामा द्वन्द्वका क्रममा इरानमा पक्राउ परेका नेपाली नागरिक अमृत झा रिहा भएका छन् । गत चैतको पहिलो साता इरानको होर्मुज क्षेत्रबाट इरानी सेनाको कब्जामा परेका उनी आज रिहा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार झा इरानमा रहेको नेपाली अवैतनिक महावाणिज्य दूतावास तथा कतारस्थित नेपाली दूतावासको सम्पर्कमा छन्… Continue reading इरानमा पक्राउ परेका नेपाली नागरिक झा रिहा

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

राससकाठमाडौँ, २ वैशाख । अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (यूआरएल) बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गरिएको हो । “सबैजसो इन्टरनेट सेवा प्रदायकले हालसम्म १० हजारभन्दा बढी यस्ता एप र वेबसाइट बन्द गरिसकेको जानकारी… Continue reading १० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

काठमाडौँ, २ वैशाख । सरकारले २०६२–६३ सालदेखि २०८२–८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति विवरणको सङ्कलन तथा छानबिन गर्न सम्पत्ति, जाँचबुझ–छानबिन आयोग गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको हो । आयोगका… Continue reading सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति छानबिन आयोग गठन

परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

काठमाडौँ, २ वैशाखः परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो यूजेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच नेपाल–जर्मनी सम्बन्धका विविध विषयहरूमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा राजदूत भोल्जले जर्मनीका सङ्घीय विदेशमन्त्री डा योहान डेविड वाडेफुलको तर्फबाट नेपालका परराष्ट्र मन्त्रीमा नियुक्त भएकोमा मन्त्री खनाललाई शुभकामना व्यक्त… Continue reading परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

कांग्रेसले पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण

काठमाडौँ, २ वैशाख : नेपाली कांग्रेसले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । कांग्रेस अनुशासन समितिको आज बसेको बैठकले पार्टीको लेटरप्याडमार्फत आफूसँग नभएको जिम्मेवारी प्रयोग गरी नेता खड्काले गत चैत ३० गते विधान विपरित काम गरेको भन्दै सो कारबाही गरेको जनाएको छ । समितिले नेता खड्काले यसअघि चैत १४ गते… Continue reading कांग्रेसले पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण

राष्ट्रिय आर्थिक गणना सुरु

काठमाडौँ, २ वैशाखः देशको समग्र आर्थिक अवस्थाबारे बुझ्न तथा विकास योजना तर्जुमा गर्न आवश्यक पर्ने विस्तृत विवरण सङ्कलनका निम्ति दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु भएको छ । देशभर ८४ वटा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरेर तथ्याङ्क सङ्कलन थालेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । उक्त कार्यालयले आज यहाँ पत्रकार सम्मेलन गरेर चार हजार ४३३… Continue reading राष्ट्रिय आर्थिक गणना सुरु

सञ्चार मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू

काठमाडौँ, २ वैशाखः सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नयाँ आचारसंहिता लागू गरेको छ । मन्त्रालय तथा मातहतका सबै निकायमा कार्यरत कर्मचारीका लागि लागू गरिएको नयाँ व्यवस्थाअनुसार अब कुनै पनि काम कर्मचारीको डेस्क वा प्रणालीमा आएपछि सोही दिन, त्यस दिन सम्भव नभएमा अर्को दिन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्नेछ । मन्त्रालयका सहसचिव… Continue reading सञ्चार मन्त्रालयमा नयाँ कार्यसंस्कृति लागू

शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, २ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखलेलसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री पोखरेलको कार्यकक्षमा आज भएको भेटमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी सहयोग र सहकार्यका विविध विषयमा छलफल भएको थियो । नेपालको शैक्षिक उन्ननयनका निम्ति बेलायत सरकारबाट प्राप्त सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै मन्त्री… Continue reading शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेट

ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

चितवन, २ वैशाखः जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ । ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको हो । कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार विसं २०८० देखि ट्राफिक… Continue reading ट्राफिकसँग रहेका नौ हजार सक्कली कागजपत्र लिन कोही आएनन्

१०० युरोमा पिकासो जित्ने अवसर

Peri Cochin, co-founder of the "1 Picasso for 100 euros" poses next to Head of a Woman by Pablo Picasso, painted in 1941, in Paris, Friday, April 10, 2026, ahead of a lottery in which the painting is being raffled off to raise money for Alzheimer’s research. (AP Photo/Michel Euler)

पेरिस, २ वैशाख (रासस–एपी) । अल्जाइमर अनुसन्धानका लागि कोष जुटाउने उद्देश्यले फ्रान्समा आयोजना गरिएको एक विशेष राफलमार्फत केवल १०० युरोमा करोडौँ मूल्यको पाब्लो पिकासोको चित्रकला जित्ने अवसर प्रदान गरिएको छ । यसले कला र परोपकारलाई अनौठो ढङ्गले जोडेको छ । मङ्गलबार पेरिसस्थित क्रिस्टीको लिलामी घरमा हुने ड्रबाट एक भाग्यशाली व्यक्तिले करिब १० लाख डलर मूल्यको… Continue reading १०० युरोमा पिकासो जित्ने अवसर

सुडानमा जनवरी देखि भएका ड्रोन आक्रमणमा सात सय जनाको मृत्यु : राष्ट्रसङ्घ

जेनेभा, २ वैशाख (रासस–एएफपी) । यस वर्षको जनवरी देखि हाल सम्म सुडानमा भएका ड्रोन आक्रमणमा करिब ७०० जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख टम फ्लेचरले बताएका छन् । उनले तीन वर्ष लामो गृहयुद्धले सुडानमा विश्वको सबै भन्दा ठूलो मानवीय सङ्कट सिर्जना गरेको बताए ।लामो समय चलेको सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल… Continue reading सुडानमा जनवरी देखि भएका ड्रोन आक्रमणमा सात सय जनाको मृत्यु : राष्ट्रसङ्घ