काठमाडौं । माओवादी वर्चश्वको रहेको तनहुँ-१ को आँबुखैरेनी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अत्यधिक मत पाएका छन्। ६ वडा रहेको यो गाउँपालिकामा स्वर्णिम वाग्लेले ४४४५ अर्थात् ६६ प्रतिशत मत पाएका छन् भने कांग्रेसका भट्टराई १६४८ अर्थात् २५ प्रतिशत मत प्राप्त गरेका छन्। त्यस्तै एमालेका खनालले ५९६ अर्थात् ९ प्रतिशत मत पाएका छन्। गएको स्थानीय… Continue reading माओवादीको किल्ला आँबुखैरेनीबाट स्वर्णिमलाई ६६ प्रतिशत मत
Author: Vishwanews.com
स्वर्णिम वाग्लेले कटाए ११ हजार मत
काठमाडौं । तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै ११ हजार मत कटाएका छन् ।बिहान साढे ११ बजेसम्मको मतपरिणामअनुसार वाग्लेले ११ हजार ४२८ मत प्राप्त गरेका छन् । उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत पाएका छन् । भट्टराईभन्दा वाग्ले ४ हजार ४६५… Continue reading स्वर्णिम वाग्लेले कटाए ११ हजार मत
तनहुँमा सर्वेन्द्र खनालले पाएनन् एमाले कमिटीकै मत
काठमाडौं । उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले तुलनात्मक रूपमा नेकपा (एमाले) को धेरै मत लगेका छन्। जारी मतगणनाका क्रममा एमालेकै नेताहरुले पार्टी कमिटीकै सदस्यहरुको मत सर्वेन्द्रलाई नआएको प्रतिक्रिया दिएका छन्। दुई महिने ग्रासरुट अभियान भर्खरै सम्पन्न गरेको एमालेले संगठनलाई बलियो बनाएको दाबी गरेको थियो। अहिलेसम्मको मतगणनाबाट आएको परिणामलाई आधार मान्ने हो… Continue reading तनहुँमा सर्वेन्द्र खनालले पाएनन् एमाले कमिटीकै मत
आज कतिपय स्थानमा दिनभर वर्षा
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का… Continue reading आज कतिपय स्थानमा दिनभर वर्षा
धर्म गुरुको उक्साहटमा केन्यामा थुप्रैले ज्यान गुमाएको पुष्टी
काठमाडौं । एकजना धर्म प्रचारकले आफ्ना अनुयायीहरूलाई मृत्युका बेलासम्म भोकै बस्न दिएको निर्देशन मानेर मानिसहरूको ज्यान गएको विषयमा अनुसन्धान गरिरहेको केन्याको प्रहरीले समुद्री तटीय सहर मलिन्डी नजिकैबाट २१ वटा शवहरू उत्खनन गरेर निकालेको छ। गाडिएको स्थानबाट निकालिएका शवहरूमा बालबालिकाका पनि छन् र प्रहरीले त्यहाँ अन्य थप शव पनि हुनसक्ने जनाएको छ । शाकाहोला जङ्गल क्षेत्रमा… Continue reading धर्म गुरुको उक्साहटमा केन्यामा थुप्रैले ज्यान गुमाएको पुष्टी
सुडानबाट विदेशी नागरिक फिर्ता हुन सुरु
काठमाडौं । अफ्रिकी देश सुडानमा द्वन्द्व चर्किएपछि विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न थालेका छन् । अमेरिका र बेलायतले सुडानको राजधानी खार्तुमबाट आफ्ना कुटनीतिज्ञ र उनीहरुको परिवारलाई बाहिर निकालेको जनाएको छ । यस्तै, फ्रान्स, जर्मनी, इटली र स्पेनले पनि द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गरेको बताएका छन्। अमेरिकाले खार्तुममा रहेको अमेरिकी… Continue reading सुडानबाट विदेशी नागरिक फिर्ता हुन सुरु
आज १७ औं लोकतन्त्र दिवस, विविध कार्यक्रम सहित मनाइदै
काठमाडौं । १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्थापना गरे। जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका… Continue reading आज १७ औं लोकतन्त्र दिवस, विविध कार्यक्रम सहित मनाइदै
एसीसी प्रिमियर कप : आज नेपाल र साउदी भिड्दै
काठमाडौं । एसीसी प्रिमियर कपमा सोमबार साउदी अरब र नेपाल भिड्दै छन् । नेपालको नजर सेमिफाइनलमा छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको नेपाल साउदीलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । त्योभन्दा अघि नेपालले मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु पनि गर्नेछ । प्रिमियर कपकै लागि भनेर तयार पारिएको… Continue reading एसीसी प्रिमियर कप : आज नेपाल र साउदी भिड्दै
प्रारम्भिक रुझान : स्वर्णिमलाई दोब्बर मतको अग्रता
काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् । सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ७३९३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २१३४ मत पाएका छन्… Continue reading प्रारम्भिक रुझान : स्वर्णिमलाई दोब्बर मतको अग्रता
कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार आएको नेपाली राजदूतावासले जनाएको छ। उनी उक्त अस्पतालमा भर्ना भएको आइतबार पाँचौ दिन हो। चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारमा क्रमिक सुधार आएको जनाएका हुन्।
उपनिर्वाचनमा ६० प्रतिशत मतदान
काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगका अनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको छ ।… Continue reading उपनिर्वाचनमा ६० प्रतिशत मतदान
उपनिर्वाचन शान्तिपूर्ण, मतदान समय सकियो
काठमाडौं । चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको सयम निर्धारण गरेको थियो । मतदानको समय सकिए पनि केही केन्द्रहरूमा मतदाताहरू लाइनमा नै छ । ५ बजेअघि अघि नै मतदान केन्द्रमा पुगेर लाइनमा बसेका मतदाताहरूले मतदान गर्न… Continue reading उपनिर्वाचन शान्तिपूर्ण, मतदान समय सकियो
सवारी दुर्घटनाबाट कीर्तिपुर-४ का वडाध्यक्षको मृत्यु
काठमाडौं । वैशाख १ गते बाइक दुर्घटनामा परि गम्भीर घाइते भएका कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्याम कुमार अधिकारीकाे निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार दिउँसो निधन भएको हो । गत वैशाख १ गते कीर्तिपुरको पुष्पलाल पार्कस्थित ओरालोमा उनी मोटरसाइकल दुर्घटनामा परेका थिए । ४७ वर्षीय अधिकारी २०७९ को स्थानीय… Continue reading सवारी दुर्घटनाबाट कीर्तिपुर-४ का वडाध्यक्षको मृत्यु
५८ देशका आरोही सगरमाथा आरोहणमा
काठमाडौं । वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ७८ देशका नौ सय बढी आरोही आएका छन्। तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ५८ देशका नागरिक नेपाल आएका छन्। सबैभन्दा बढी चीनबाट ८५, अमेरिकाबाट ७४, भारतबाट ३३, हङ्गेरीबाट ३३, क्यानडाका… Continue reading ५८ देशका आरोही सगरमाथा आरोहणमा
आचारसंहिता उल्लंघन गरेकोमा रास्वपाले माग्यो माफी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आचारसंहिता उल्लंघन गरेकोमा माफी मागेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गरेपछि मतदान अवरुद्ध भएको थियो। सर्वदलीय बैठकमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच ४ बुँदे समझदारी भएको छ। जसको पहिलो बुँदामा भनिएको छ, ‘रास्वपाबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम… Continue reading आचारसंहिता उल्लंघन गरेकोमा रास्वपाले माग्यो माफी
दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १८.८० अंकले घटेर १८८५.६० बिन्दुमा झरेको हो । यसदिन ८२ करोड ८५ लाख ३४ हजार ३६ रुपैयाँको २७ लाख ३४ हजार ३०७ कित्ता शेयर किनबेच भएको छ । आज कारोबारमा आएका १३ वटा उपसमूहको परिसूचक मध्ये १… Continue reading दोहोरो अंकले घट्यो नेप्से, तीन कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
रविले फेसबुक लाइभमा भने ‘मभित्र ज्वाला बलेको छ तर, संयमित भएको छु’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रको कुरा गर्ने राजनीतिक दलहरूलाई इतिहासले मूल्यांकन गर्ने बताएका छन्। आइतबार चितवनको भरतपुर–११ स्थित नयाँकिरण माविमा अवलोकनका लागि पुगेका उनीमाथि हुलहुज्जत भएपछि फेसबुक लाइभमार्फत लोकतन्त्रको सुन्दर पक्षलाई नजरअन्दाज, हुलहुज्जत गरे इतिहासको मूल्यांकन गर्ने बताएका हुन्। उनले भनेका छन्, ‘सबैजनालाई संयमित हुनुहोला। यतिखेर हामीसँग मतदान बाहेक विकल्प छैन।… Continue reading रविले फेसबुक लाइभमा भने ‘मभित्र ज्वाला बलेको छ तर, संयमित भएको छु’
रवि लामिछानेमाथि आक्रमण प्रयास, नयाँ किरण माविमा मतदान स्थगित
काठमाडौं । चितवनको भरतपुर ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। मतदानस्थल अवलोकन गर्न रास्वपाका सभापति रवि लामिछाने पुगेपछि अन्य दलका कार्यकर्ताले अवरोध र होहल्ला गरेपछि दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध भएको हो। मतदान केन्द्रको अवलोकन गर्न जाने क्रममा केही व्यक्तिहरु उनीमाथि आइलागेका थिए । । ‘रवि… Continue reading रवि लामिछानेमाथि आक्रमण प्रयास, नयाँ किरण माविमा मतदान स्थगित
नेपालमा समेत खोजी गरिएका खालिस्तानी नेता सिंह पञ्जावबाट पक्राउ
काठमाडौं । एक महिनाभन्दा लामो समयदेखि फरार ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । उनलाई पञ्जाब प्रहरीले गिरफ्तार गरेको बीबीसीले लेखेको छ । अमृतपाल सिंहको गिरफ्तारीको पुष्टि पञ्जाब प्रहरीका वरिष्ठ अधिकारीहरूले गरेका हुन्। त्यसपछि पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट समेत यसको पुष्टि गर्दै उनलाई पञ्जाबको मोगाबाट गिरफ्तार गरिएको जनाएको छ।… Continue reading नेपालमा समेत खोजी गरिएका खालिस्तानी नेता सिंह पञ्जावबाट पक्राउ
अष्ट्रेलियामा हुण्डी कारोबारमा ठगिँदै नेपाली, रोक्न पहल
काठमाडौं । अष्ट्रेलियामा हुण्डिको अवैध कारोबारमार्फत नेपाली विद्यार्थी ठगिने क्रमम नरोकिएपछि अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले बैंकिङ प्रणालीको सहजिकरणको पहल थालेका छन्। राजदूत पोखरेलले अष्ट्रेलियाको केन्द्रीय बैंक रिजर्भ बैंक अफ अष्ट्रेलियाका गभर्नर फिलिप विलियम लोसँग भेटवार्ता गर्दै बैंकिङ प्रणामार्फत नेपालमा रेमिट्यान्स पठाउने प्रक्रियालाई सहजिकरण गर्न आग्रह गरेका छन्। राजदूत पोखरेल र अष्ट्रेलियाका गभर्नर बीचको… Continue reading अष्ट्रेलियामा हुण्डी कारोबारमा ठगिँदै नेपाली, रोक्न पहल
रास्वपाको गुनासो : सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने सामग्री पोष्ट भए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आमजनमानसमा भ्रम सिर्जना हुने गरी विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। झुटा पोस्टप्रति सबै सजग रहन पनि रास्वपाले अनुरोध गरेको छ। ‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ रास्वपाले आज बिहान… Continue reading रास्वपाको गुनासो : सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने सामग्री पोष्ट भए
उप-निर्वाचनमा मतदान सुरु
काठमाडौं । बारा क्षेत्र नं.२, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट… Continue reading उप-निर्वाचनमा मतदान सुरु
क्यानडामा विमानस्थलबाटै चोरी भयो २ अर्ब हाराहारी मूल्यको सुन
काठमाडौं । क्यानडाको ओन्टेरियो प्रान्तका खानीबाट निकालिएको सुन पठाउन प्रायः प्रयोग हुने टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एउटा ठलो परिमाणको सुन चोरीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। अधिकारीहरूले दुई करोड क्यानेडियन डलर अर्थात् एक अर्ब ९४ करोड नेपाली रुपैयाँभन्दा बढीको सुन र बहुमूल्य वस्तुहरू गत सोमवार चोरी भएको बताएका छन्। सामान बोकेको हवाई कन्टेनर उक्त दिन… Continue reading क्यानडामा विमानस्थलबाटै चोरी भयो २ अर्ब हाराहारी मूल्यको सुन
काठमाडौंमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु
काठमाडौं । काठमाडौंमा दुई वटा छुट्टाछुट्टै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका १४स्थित सडकमा एउटा मोटरसाइकल दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। बाप्र-०२-०१९ प ९७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा शनिबार बिहान मकवानपुर थाहा नगरपालिका ७का २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएपछि… Continue reading काठमाडौंमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु
विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, कैयौं घाइते
काठमाडौं । विराटनगरमा शनिबार भएको झडपमा कम्तीमा १० जना घाइते भएको प्रहरीले जनाएको छ । छ जना प्रहरी र चार जना पहिचानवादी आन्दोलनकारी घाइते भएका हुन् । कोशी नाम खारेजी माग गर्दै आएको संयुक्त संघर्ष समितिले भने आन्दोलनकारीतर्फ छ जना घाइते भएको बताएको छ । यसअघि चैत ५ को आन्दोलनको क्रममा घाइते भई निधन भएका… Continue reading विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप, कैयौं घाइते
दार्चुलामा तुइनबाट झरेर एक जनाको मृत्यु
काठमाडौं । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ब्याँस गाउँपालिका–२ दुम्लिङका अन्दाजी ४५ वर्षीय सिङ्दल सिंह भण्डारी तुइन तर्ने क्रममा नदीमा खसेर मृत्यु भएको हो । शनिबार दिउँसो बेपत्ता भएका ४५ वर्षीय भण्डारीको शव महाकाली नदी पारी भारततर्फ फेला परेको हो । महाकाली पारी भारततर्फ रहेकी आमा जसोदा… Continue reading दार्चुलामा तुइनबाट झरेर एक जनाको मृत्यु
नेपालमा थप ७८ जनामा कोरोना देखियो, १ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ७८ जनामा कोरोना देखियो, १ जनाको मृत्यु
गण्डकी प्रदेशका मूख्यमन्त्री भण्डारीले पाएनन् विश्वासको मत
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन् । गण्डकी प्रदेशसभामा उनले विश्वासको मत माग्दा ६० प्रदेशसभा सदस्यमा उनको पक्षमा २४ जना मात्र रहे । विश्वासको मत पाउन कम्तीमा ३१ सांसदको समर्थन जुटाउनुपर्नेमा अधिकारीले एमाले र राप्रपाका सांसदको गरी २४ मत पाए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाका… Continue reading गण्डकी प्रदेशका मूख्यमन्त्री भण्डारीले पाएनन् विश्वासको मत
कतारमा रहेका नेपालीले दूतावासबाटै श्रम स्वीकृति सेवा पाउने
काठमाडौं । कतारमा रहेको नेपाली दूतावासले आउँदो मङ्गलबार अर्थात् वैशाख १२ देखि श्रम स्वीकृति सेवा प्रदान गर्ने भएको छ । सरकारले विदेशमा रहेका नेपाली दूतावासबाट पनि श्रम स्वीकृति सेवा प्रदान गर्ने निर्णय गरेसँगै सो सेवा प्रदान गर्ने दूतावासले जनाएको छ । दूतावासले दैनिक ५० वटासम्म श्रम स्वीकृतिको टोकन खुलाउने विज्ञप्तिमार्फत जानकारी गराएको छ । कतार… Continue reading कतारमा रहेका नेपालीले दूतावासबाटै श्रम स्वीकृति सेवा पाउने
उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो। बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख… Continue reading उपनिर्वाचन हुने क्षेत्रमा आइतबार सार्वजनिक बिदा