काठमाडौं । म्यानमारमा जारी गृहयुद्धमा सेनाले गरेको हवाई आक्रमणमा ५३ जनाको ज्यान गएको छ । सैन्य सरकारको विरोध गर्ने सागिङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर आक्रमण भएको हो । आक्रमणमा परि कम्तीमा १५ जना महिला र कैयौँ बालबालिकाको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका बीबीसीको खबरमा उल्लेख छ । तर मृतकको सङ्ख्या भने पुष्टि भइसकेको छैन ।… Continue reading म्यानमारमा सेनाको आक्रमणमा कम्तिमा ५३ जनाको मृत्यु
Author: Vishwanews.com
जथाभावी शूल्क नबढाउन शिक्षा मन्त्रालयको अनुरोध
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह गरेको छ । शैक्षिक सत्र २०८० मा विद्यार्थीसँग शुल्क लिँदा स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको शीर्षकमा मात्र लिन मन्त्रालयले निर्देशन दिएको हो । निजी विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढंगले सबै अभिभावकहरुलाई जानकारी गराउनुपर्ने र अभिभावकहरुले शुल्कको विषयमा प्रश्न… Continue reading जथाभावी शूल्क नबढाउन शिक्षा मन्त्रालयको अनुरोध
नेपालमा एकैदिन १०६ जनामा कोरोना संक्रमण, एकको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १९६० जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख १ हजार ९५१ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा एकैदिन १०६ जनामा कोरोना संक्रमण, एकको मृत्यु
बालेनको अभिव्यक्ति अराजक, गम्भीररुपमा ध्यानाकर्षण गराउछौं
काठमाडौं । शनिवार बिहान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको सन्देशले तरङ्ग सिर्जना गरेको छ । उनले लेखेका सन्देशलाई राजनीतिक दलका नेताहरूले अराजक अभिव्यक्तिको संज्ञा दिएका छन् । मेयर शाहले लेखेको पहिलो सन्देश राजनीतिक दलका नेताहरूप्रति लक्षित थियो । उनले कडा शब्द छनौट गर्दै लेखेका थिए–‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश… Continue reading बालेनको अभिव्यक्ति अराजक, गम्भीररुपमा ध्यानाकर्षण गराउछौं
शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदन अनुसार फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको ८ महिनाको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो । ‘समीक्षा अवधिसम्म शोधनान्तर स्थिति १ खर्ब ४८ अर्ब ११ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही… Continue reading शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोडले बचतमा
स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई सेवा अवधि बाँकी रहँदै सेवा बन्द नगर्न निर्देशन दिएको छ । प्राधिकरणले मंगलबार सूचना जारी गर्दै स्मार्टलाई सेवा चुस्त दुरुस्त रुपमा सञ्चालन गर्न निर्देशन दिएको हो । स्मार्टका सेवाहरू देशका केही स्थानमा नचलेको पाइएकोले सञ्चालनमा ल्याउन प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले दूरसञ्चार सेवा अतिआवश्यक सेवाको रुपमा वर्गीकरण… Continue reading स्मार्ट टेलिकमलाई सेवा बन्द नगर्न प्राधिकरणको निर्देशन
विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब मौज्दात
काठमाडौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो । २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा रु.१४०१ अर्ब २१ करोड… Continue reading विदेशी विनिमय सञ्चिति १४ खर्ब १ अर्ब मौज्दात
२५ प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनामा ७ खर्ब ९४ अर्ब भित्रियो
काठमाडौं । नेपालमा पछिल्लो ८ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ८ महिनाको तथ्यांकले यस्तो देखाएको हो । चालू आर्थिक वर्षको फागुनसम्म २५.३ प्रतिशतले वृद्धि भइ ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.३ प्रतिशतले… Continue reading २५ प्रतिशत बढ्यो रेमिट्यान्स, ८ महिनामा ७ खर्ब ९४ अर्ब भित्रियो
चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटी पक्राउ, अनुसन्धान जारी
काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटी पक्राउ परेका छन् । चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि एक जना पक्राउ परेका हुन् । मिलनका सहयोगी बैजनाथ गाउँपालिका, नौवस्ताका हुन् । बोगटीको साथमा रहेको हतियार समेत बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय,… Continue reading चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटी पक्राउ, अनुसन्धान जारी
दलाई लामाले किन माग्नु परेको हो माफी ?
काठमाडौं । दलाई लामाले एक बालकलाई मेरो जिब्रो चुस भनेको सुनिने भिडिओ सार्वजनिक भएपछि भारतमा निर्वासनमा रहेका ती तिब्बती धर्मगुरुले क्षमा मागेका छन्। लामाको कार्यालयका अनुसार उनले ती बालक र उनको परिवारसँग आफ्नो शब्दका कारण पुगेको चोटका लागि क्षमायाचना गरेका हुन्। उक्त भिडिओमा दलाई लामाले ती बालकलाई ओठमा चुम्बन गरेको पनि देखिन्छ। उहाँ आफूले भेटेका… Continue reading दलाई लामाले किन माग्नु परेको हो माफी ?
नवीकरण नगरे त्रिविको सम्बन्धन खारेज गरिने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । यस्ता क्याम्पसलाई नवीकरण नहुनुको मनासिब कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा निवेदन दिन त्रिविले आग्रह गरेको छ । यो अवधिमा नवीकरण नगरे क्याम्पसको सम्बन्धन खारेज हुन सक्ने त्रिविले जनाएको छ । यस्तै, नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट… Continue reading नवीकरण नगरे त्रिविको सम्बन्धन खारेज गरिने
विराटनगरमा सार्वजनिक स्थानमा खैनी, सूर्ति, चूरोट सेवन निषेध गरिँदै
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन गर्न निषेध गर्ने भएको छ। नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए। ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको… Continue reading विराटनगरमा सार्वजनिक स्थानमा खैनी, सूर्ति, चूरोट सेवन निषेध गरिँदै
रास्वपाले ढाकाकुमारलाई बचाउन मुस्किल, प्रमाण पुग्ने अर्को अडियो टेप पनि सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई बचाउने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रयास असफल हुने देखिएको छ । उनको अर्को अडिओ टेप पनि सार्वजनिक भएको छ। आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो । सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो। दुवै अडिओ कपुरबोट टिभीबाट सार्वजनिक गरिएको छ ।… Continue reading रास्वपाले ढाकाकुमारलाई बचाउन मुस्किल, प्रमाण पुग्ने अर्को अडियो टेप पनि सार्वजनिक
अमेरिकाको केन्टकीमा बैंक भित्र चल्यो गोली, कम्तिमा ५ जना मारिए
काठमाडौं । अमेरिकाको केन्टकी शहरमा एक बैंक भित्र गोली चलेको छ । घटनामा पाँच जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए । उनले हानेको गोली… Continue reading अमेरिकाको केन्टकीमा बैंक भित्र चल्यो गोली, कम्तिमा ५ जना मारिए
कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो, एकै दिन १२४ जनामा पुष्टी
काठमाडौं । एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको हो… Continue reading कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो, एकै दिन १२४ जनामा पुष्टी
‘दुई-तीन करोड फ्याँकेर हिँडेको मान्छे हुँ, कसैले प्रभावित पार्न नखोजे हुन्छ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो रेकर्ड चुनावकै मुखमा सार्वजनिक हुनुमा शंका व्यक्त गरेका छन्। सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले तीन महिनासम्म मोबाइलमा राखिएको अडियो रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिएकोमा प्रश्न गरेका हुन्। उनले भने, ‘चुनावको मुखमा तीन महिना अगाडिदेखि… Continue reading ‘दुई-तीन करोड फ्याँकेर हिँडेको मान्छे हुँ, कसैले प्रभावित पार्न नखोजे हुन्छ’
‘२ करोड माग्ने कोर टिम भनेको को हो, छानबिन हुनुपर्छ’
काठमाडौं । सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले प्रश्न गरे, ‘मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । यो भन्दा लज्जाबोध के हुन सक्छ ?’ सांसद श्रेष्ठले कोर टिमले रकम… Continue reading ‘२ करोड माग्ने कोर टिम भनेको को हो, छानबिन हुनुपर्छ’
अडियो प्रकरणमा रास्वपाले संसदमा माग्यो माफी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सांसद डा. ढाकाकुमार श्रेष्ठको घुस अडियो प्रकरणको पार्टीले सत्यतथ्य छानबिन गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा परियारले भने ‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाका कारण तपाइहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं’ । सत्यतथ्य छानबिन गरेर प्रतिवेदन सार्वजनिक गर्ने र प्रमाणित भए कारबाही गर्ने… Continue reading अडियो प्रकरणमा रास्वपाले संसदमा माग्यो माफी
‘बालेनसँग तत्काल वार्ता गरेर जायज माग पूरा गरियोस्’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई काठमाडौं महानगरपालिकासँग आवश्यक विषयमा समन्वय गर्न माग गरेका छन्। सोमवार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काठमाडौं–४ बाट निर्वाचित सांसद थापाले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । उनले भने, ‘बाग दरबार र सिंहदरबारबीच टकराब देखिएको छ। काठमाडौं महानगरपालिकाको फोहोर नउठाउने भनेर जनप्रतिनिधि आफ्नो… Continue reading ‘बालेनसँग तत्काल वार्ता गरेर जायज माग पूरा गरियोस्’
उठेन भिआइपी एरियाको फोहोर
काठमाडौं । देशको प्रमुख भिआइपी एरिया राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर आजपनि उठेको छैन। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए। सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।
ओली नेपालगन्ज पुग्दा विमानको ढोकैमै कार्यकर्ताको ठूलो भिड
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा उनका कार्यकर्ताले उडान सुरक्षाको गम्भीर उल्लंघन गरेका छन्। एमाले अध्यक्ष ओली पनि सवार बीएचए ४५१ जहाज बिहान ९ः३० बजे नेपालगञ्ज जिमानस्थलमा अवतरण गरेको थियो । सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भिड बुद्ध एयरको ढोकैमा पुगेको देखिन्छ… Continue reading ओली नेपालगन्ज पुग्दा विमानको ढोकैमै कार्यकर्ताको ठूलो भिड
भूकम्पको पूर्वजानकारी दिने मोवाइल फोन तयार
काठमाडौं\बीबीसी । मोबाइल फोनबाट पहिलोपटक मानिसहरूबीच संवाद भएको ५० वर्षपछि हामीले खल्तीमा बोकेर हिँड्ने यो प्रविधिले संसारकै सबैभन्दा ठूलो भूकम्प पहिचान प्रणाली निर्माण गर्न सघाउ पुर्याइरहेको छ। सन् २०२२ को अक्टोबर २५ मा ५.१ म्याग्निट्यूडको भूकम्पले क्यालिफोर्नियाको बे एरियालाई हल्लायो। सौभाग्यवश त्यो एकदम खतरनाक खालको कम्पन थिएन तर उक्त क्षेत्रमा त्यसलाई महसुस गरेर व्यक्तिहरूले सम्प्रेषित… Continue reading भूकम्पको पूर्वजानकारी दिने मोवाइल फोन तयार
भक्तपुरको प्रसिद्ध बिष्केट जात्रा आजबाट
काठमाडौं । भक्तपुरमा आजदेखि बिस्का अर्थात् बिस्केट जात्रा सुरु भएको छ । तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्त्व रहेको बिस्का जात्रा भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको ङातापोल तथा भैरवनाथको मन्दिर परिसरमा निर्माण गरिएको भैरवनाथको रथ तानेर सुरु गरिन्छ । सूर्यमासअनुसार नयाँ वर्ष सुरु हुनु चार दिनअघि परम्परागत… Continue reading भक्तपुरको प्रसिद्ध बिष्केट जात्रा आजबाट
वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक
काठमाडौं । वैदेशिक रोजगारमा जाँदा ज्यान गुमाएका व्यक्तिहरूको मृत्यु हुँदा पाउने बिमा रकम ठगी गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिमा कम्पनीमा कार्यरत जुनियर अधिकृतलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा सूर्यज्योति जीवन बिमामा कार्यरत जुनियर अधिकृत ३० वर्षीय उमेश बुढाथोकी… Continue reading वैदेशिक रोजगारीमा ज्यान गुमाएका कामदारको बीमा रकममा ठगी गर्ने नासु र बीमा कम्पनीका अधिकृत सार्वजनिक
पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नलागेको बच्चाको आमाको थर राखेर जन्मदर्ता हुने व्यवस्था कायम गरेको छ । यसअघि २३ चैतमा स्थानीय तहहरुलाई गरेको परिपत्रमा यस्ता बच्चाको मावलीको थर राखेर जन्मदर्ता गर्न पाउने भनी गरेको व्यवस्थाको आलोचना भएपछि विभागले नयाँ परिपत्रमार्फत सच्याएको हो । आइतबार स्थानीय तहमा गरिएको… Continue reading पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम
मैले यसकारण रोक्ने निर्णय लिँए सिंहदरबारको फोहोर : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबारभित्रको फोहोर नउठाउने भनेर गरेको घोषणाको पक्ष र विपक्षमा बहस जारी रहेको बेला उनले यो बाध्यात्मक भनेर स्पष्टीकरण दिएका छन् । आफूले सुधारका लागि बारम्बार प्रयास गरे पनि सरकारी निकायबाट त्यसको बेवास्ता र लापरबाही भएकाले उक्त निर्णय लिनुपरेको बालेनको भनाइ छ । आफूले सुधारका लागि गरेको प्रयासको… Continue reading मैले यसकारण रोक्ने निर्णय लिँए सिंहदरबारको फोहोर : बालेन
ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ढाका कुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताएका छन् । उनले रास्वपा भ्रष्टलाई जोगाउने पार्टी नभएको भन्दै दण्डित गर्ने प्रतिक्रिया दिएका छन् । रास्वपाका सांसद डा.ढाका कुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।… Continue reading ढाकारामको अडियो सार्वजनिक भएपछि रविको प्रतिक्रिया : रास्वपा भ्रष्टलाई जोगाउने पार्टी होइन
समिट अपार्टमेन्टको जग खन्दा जमिन भासिएपछि निर्माण रोक्न निर्देशन
ललितपुर । ललितपुर महानगरपालिकाले बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्ट निर्माणको काम रोक्ने निर्णय गरेको छ । अपार्टमेन्ट बनाउन डोजर लगाएर गहिरो जग खनेका कारण वरपरका घर भासिए पछि उपप्रमुख मञ्जली शाक्य ब्रजचार्यको नेतृत्वमा महानगरले समिति गठन गरेको थियो । आइतबार बसेको समितिको बैठकले अपार्टमेन्ट निर्माणका क्रममा प्रभावित संरचना, क्षतिपूर्ति र परिपूरणका काम नभएसम्म निर्माण रोक्ने निर्णय… Continue reading समिट अपार्टमेन्टको जग खन्दा जमिन भासिएपछि निर्माण रोक्न निर्देशन
सरकारले खारेज गर्यो सबै पर्यटन सदभावना दूतको नियुक्ति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ स्वीकृति गर्दै प्रक्रिया पुरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरी यसअघिका नियुक्ति भने खारेज गर्ने निर्णय मन्त्रालयले गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । कार्यविधि… Continue reading सरकारले खारेज गर्यो सबै पर्यटन सदभावना दूतको नियुक्ति
रास्वपाका सांसद श्रेष्ठ निलम्बित, पार्टीले सोध्यो स्पष्टीकरण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । स्वास्थ्यमन्त्री हुन सभापति रवि लामिछानेको टिमले २ करोड रुपैयाँ माग गरेको भन्दै स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंसँग रकम माग गरेको टेलिफोन संवाद बाहिरिएपछि रास्वपाले स्पष्टीकरण सोधेको हो । उनलाई पार्टीको अनुशासन तथा आचरण समितिमा २४ घण्टाभित्र स्पष्टीकरण… Continue reading रास्वपाका सांसद श्रेष्ठ निलम्बित, पार्टीले सोध्यो स्पष्टीकरण