काठमाडौं । नायिका करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफूलाई मानहानी गरेको भन्दै डिल्लीराम खनालविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छन् । खनालले एउटा अन्तर्वार्तामा नायिका मानन्धरलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसित जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए । बुधबार फेसबुकमा एक पोस्ट गर्दै उनले भनेकी छन्, ”उहाँ को हो ? यो अत्ति भयो । कलाकारलाई यस्तै भन्छन्… Continue reading डिल्लीरामविरुद्ध करिश्माले दिइन् साइबर ब्यूरोमा उजुरी
Author: Vishwanews.com
राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौदी विजयी
काठमाडौं । राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेकपा एमालेका कुमार दसौदी निर्वाचित भएका छन्। सत्ता साझेदार दलको तर्फबाट उम्मेदवार बनेका दसौदीले ४ हजार २६ मतभार प्राप्त गर्दै विजयी भए । नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गरे। यस्तै, नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन्। प्रदेशसभातर्फ तीन मत बदर… Continue reading राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा एमालेका कुमार दसौदी विजयी
टर्कीका भूकम्प पीडितलाई सघाउन नेपालले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने
काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितलाई सघाउन मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव सहयोग गर्नुपर्ने बताए । ‘टर्की हाम्रो असल मित्रराष्ट्र हो । हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले… Continue reading टर्कीका भूकम्प पीडितलाई सघाउन नेपालले मेडिकल टीम र अत्यावश्यक सामग्री पठाउने
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएको छ । प्रचण्ड ओलीको बालकोटस्थित निवासमा पुगेका छन् । भेटमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रपति निर्वाचन, मन्त्रिपरिषदलाई पूर्णता दिने लगायतका विषयमा छलफल भइरहेको बताइएको छ । राष्ट्रपति आफूले पाउनुपर्ने र गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिनुपर्ने अडान एमालेको छ ।… Continue reading प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता
टर्की भूकम्पमा नेपाली सुरक्षित
काठमाडौं । टर्कि र सिरियामा गएको भूकम्पका कारण भएको जनधन र भौतिक क्षतिप्रति नेपाल सरकारले दुःख व्यक्त गरेको छ। नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले मूल्यवान् मानवीय जीवन गुमेको भन्दै भूकम्पको क्षतिप्रति दुःख व्यक्त गर्दै भूकम्पमा परेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यस्तो सङ्कटको घडीमा नेपाल सरकार टर्किए र सिरियाको साथमा रहेको मन्त्रालयले जनाएको… Continue reading टर्की भूकम्पमा नेपाली सुरक्षित
बङ्ग्लादेशमा एकै रात दर्जनौं हिन्दु मन्दिरमा तोडफोड
ढाका । बङ्ग्लादेशको ठाकुरगाँव जिल्लामा सडक छेउमा बनाइएका १२ वटा मन्दिरमा तोडफोड भएको छ । मन्दिरमा भएका १४ वटा मूर्ति रातिको समयमा तोडफोड गरिएको बताइएको छ। घटना सम्बन्धमा अज्ञात आरोपितहरूविरुद्ध उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ। “फेब्रुअरी ४ तारिखको राति केही अज्ञात व्यक्तिहरूले मूर्ति तोडफोड गरेका रहेछन्। प्रहरीले यसबारे छानबिन गरिरहेको छ,” बालियाडाँगी थानाका कार्यवाहक… Continue reading बङ्ग्लादेशमा एकै रात दर्जनौं हिन्दु मन्दिरमा तोडफोड
टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ७८ सय भन्दा माथि
काठमाडौं । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ७ हजार ८ सय भन्दा माथि पुगेको छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म सिरिया र टर्कीमा गरी करिब ८ हजारको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । एएफपी समाचार संस्थाले सार्वजनिक गरेको तथ्यांक अनुसार टर्कीमा ५,८९४ र सिरियामा… Continue reading टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ७८ सय भन्दा माथि
साढे ५७ लाख उठाएर सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं । सिंगापुरलगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनाले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलु दूधकुण्ड नगरपालिका(७ स्थायी घर भई हाल काठमाडौंको टोखा नगरपालिका ३ बस्ने ३० वर्षीय अनिल श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोंगबुबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप कारबाहीका लागि… Continue reading साढे ५७ लाख उठाएर सिंगापुर पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । देशको पहाडी भभेगमा आंशिक बदली भएको छ । तराईका थोरै क्षेत्रमा कुहिरो लागेको छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने भएको छ ।आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली हुने सम्भावना छ । प्रदेश नं. १ र गण्डकी… Continue reading यस्तो रहनेछ आजको मौसम
युएसएआइडी प्रमुखबाट नेपाललाई ७ अर्ब सहायता घोषणा
काठमाडौं । युएसएआइडीकी प्रशासक समान्था पावरले नेपाल सरकारलाई करिब ६ करोड डलर सहयोग गर्ने घोषणा गरेकी छन्। प्रशासक पावरले मंगलबार सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन ५ करोड ८५ लाख अमेरिकी डलर (७ अर्ब रुपैयाँभन्दा बढी) सहयोग दिने घोषणा गरेकी हुन्। सो रकम स्रोतको उपलब्धतामा निर्भर हुने युएसएआइडीले जनाएको… Continue reading युएसएआइडी प्रमुखबाट नेपाललाई ७ अर्ब सहायता घोषणा
नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा
काठमाडौं । नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा मंगलबार भएको निर्णायक खेलमा नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो। नेपालले खेलमा १-० गोलले पछि परेको अवस्था उल्टाउँदै पुनरागमन जित निकाल्यो। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश… Continue reading नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा
किसानहरुद्वारा कुखुरा र अण्डा सडकमा फालेर विरोध
काठमाडौं । उचित बजार मूल्य नपाएको भन्दै झापाका किसानले बिर्तामोडको मुक्ति चोकमा अण्डा र कुखुरा फालेर विरोध प्रदर्शन गरेका छन् । मंगलबार उचित बजार नपाएको भन्दै किसानहरुले अण्डा र कुखुरा सडकमा फालेर विरोधसँगै सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले कृषि कर्मममा लागेका किसानहरुको मर्म नबुझेको भन्दै बाध्य भएर आफूहरु सडकमा उत्रिनु परेको उनीहरुको दुःखेसो छ… Continue reading किसानहरुद्वारा कुखुरा र अण्डा सडकमा फालेर विरोध
उच्च अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा उच्च अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से)७६.६४ अंकले बढेर २१७७.३४विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २६० कम्पनीको ३ अर्ब ३६ करोड २२ लाख ६७ हजार ७८ रुपैयाँ बराबरको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading उच्च अंकले बढ्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
रुबिना क्षेत्रीसहित ५ नेपाली खेलाडी डब्लूपीएलको अक्सनमा
काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पहिलोपटक आयोजना गर्न लागेको वुमन्स प्रिमियर लिग (डब्लूपीएल)को अक्सनमा राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्रीसहित ५ नेपाली खेलाडीले पनि नाम दर्ता गराएका छन् । नेपालबाट कप्तान रुबिनासहित अलराउन्डर सीता रानामगर, तीव्र गतिकी बलर कविता कुँवर, अस्मिना कर्माचार्य र ब्याटर इन्दु बर्माले अक्सनमा नाम दर्ता गराएका हुन् । पाँच… Continue reading रुबिना क्षेत्रीसहित ५ नेपाली खेलाडी डब्लूपीएलको अक्सनमा
पाँच जना अर्जेन्टिनी खेलाडीलाई आजीवन जेल सजाय
एजेन्सी । अर्जेन्टिनाको अदालतले एक जना किशोरलाई नश्लिय गाली गरेको र कुटपिट गरेर हत्या गरेको आरोपमा पाँच जना रग्बि खेलाडीलाई आजीवन जेल सजाय सुनाएको छ। म्याक्सिमो थोमसेन, माटियास बेनिसेली, एन्जो कोमेली र दाजुभाइहरू सिरो र लुसियानो पेर्टोसीलाई जन्मकैदको सजाय सुनाइएको छ। त्यस्तै एर्टन भियोलाज, ब्लास सिनाली र लुकास पेर्टोसीलाई १५ वर्षको जेल सजाय सुनाएको छ… Continue reading पाँच जना अर्जेन्टिनी खेलाडीलाई आजीवन जेल सजाय
प्रेम आचार्य प्रकरण: उपेन्द्र महतोसहित १२ जनासँग प्रहरीले लियो बयान
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नु पहिले फेसबुकमा नाम उल्लेख गरेका व्यवसायीमाथिको आरोपबारे भाटभटेनीका सञ्चालन मीनबहादुर गुरुङ, व्यवसायी उपेन्द्र महतोसहित विभिन्न व्यवसायी १२ जनासँग बयान लिएको छ । जसमा पवन गोल्यानको गोल्यान एग्रो र नक्सालस्थित सान इन्टरनेसनल कलेजका प्रतिनिधिसँग, बालकुमारीस्थित क्याथफोर्ड कलेज र थापाथलीस्थित सुजुकी शोरुमका सञ्चालकसँग रहेका छन् । लामो… Continue reading प्रेम आचार्य प्रकरण: उपेन्द्र महतोसहित १२ जनासँग प्रहरीले लियो बयान
मैतीदेवी प्रहरी बिटमा महानगरपालिकाले चलायो डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीचोकस्थित प्रहरी बिटमा डोजर चलाएको छ । सडक अतिक्रमण गरी बनाइएको नेपाल प्रहरीको बिट महानगरले भत्काएको हो । मंगलबार दिउँसो नगर प्रहरीसहित गएको टोलीले प्रहरी बिटमा डोजर चलाएको हो । उक्त बिटलाई अन्य ठाउँमा सार्ने सहमती भएपछि भत्काइएको नगर प्रहरीले जनाएको छ । पछिल्लो समय महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण… Continue reading मैतीदेवी प्रहरी बिटमा महानगरपालिकाले चलायो डोजर
उपत्यकाको कुन-कुन भेगमा भेटियो वर्डफ्लू ?
काठमाडौं । काठमाडौँ उपत्यकाका तीन ठाउँमा कुखुरामा बर्डफ्लु फेला परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको खुमलटार, काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखा परेको हो । मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार तीन ठाउँमा पालिएका कुखुरामा बर्डफ्लु देखा परेको हो । नार्गाजुन नगरपालिका–६, रामकोटको फार्ममा बर्डफ्लु सङ्क्रमण… Continue reading उपत्यकाको कुन-कुन भेगमा भेटियो वर्डफ्लू ?
टर्की भूकम्पमा मर्नेको संख्या ८ गुणासम्म बढ्न सक्ने डब्चूएचओको अनुमान
काठमाडौं । सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणासम्म बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म दुई देशमा ४३ सय जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको… Continue reading टर्की भूकम्पमा मर्नेको संख्या ८ गुणासम्म बढ्न सक्ने डब्चूएचओको अनुमान
टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ४३ सय माथि
टर्की र सिरियाको सीमा क्षेत्रमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको आंकडा ४३ सय नाघेको छ । राज्य सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा मात्र २ हजार ९२१ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । १३ हजार २९३ मानिस घाइते भएका छन्। यहाँ ५६०० भन्दा बढी भवन ध्वस्त भएका… Continue reading टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको संख्या ४३ सय माथि
बढ्यो इन्धनको मूल्य
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेलरमट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल–मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य… Continue reading बढ्यो इन्धनको मूल्य
युएसआइडी प्रमुख आज नेपाल आउँदै
काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउने भएकी छिन् । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएलगत्तै अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन लागेको हो । पावरको भ्रमणका विषयमा यूएसएडले गत बुधबार मात्रै विज्ञप्तिमार्फत जानकारी गराएको थियो । उनको भ्रमण नेपालमा नयाँ सरकार… Continue reading युएसआइडी प्रमुख आज नेपाल आउँदै
यतीको जहाज दुर्घटनामा डाटा रेकर्डरले दियो यस्तो संकेत
काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यती एयरलाइन्सको एटिआर–७२ जहाजको डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण तथा अनुसन्धान गर्ने काम सम्पन्न भएको दुर्घटना जाँच आयोगले जनाएको छ। यही माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटिआर जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको पश्चिमतर्फ (रनवे–१२) बाट अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो। उक्त दुर्घटनाको छानबिन गर्न… Continue reading यतीको जहाज दुर्घटनामा डाटा रेकर्डरले दियो यस्तो संकेत
मनोज पाण्डेलाई ७ वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति
काठमाडौं । काठमाडौं जिल्ला अदालतले मानव बेचबिखन मुद्दामा मनोज पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिने गरी सजाय सुनाएको छ । उनलाई सौन्दर्य प्रतियोगिता सञ्चालनको आवरणमा नाबालिगलाई निरन्तर यौनशोषण गरेको अभियोग लागेका थियो । माघ १० गते उनलाई दुवै कसुरमा दोषी ठहर गरेको थियो । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’… Continue reading मनोज पाण्डेलाई ७ वर्ष कैद, पीडितलाई ७५ हजार क्षतिपूर्ति
पल शाह प्रकरण: दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाह र पीडित भनिएकी बालिका दुवैलाई १५ दिनभित्र अदालत उपस्थित गराउन आदेश दिएको हो। कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला… Continue reading पल शाह प्रकरण: दुवै पक्षलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालतको आदेश
२४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ६ महिनामा ५ खर्ब ८५ अर्ब भित्रियो
काठमाडौं । नेपालमा पछिल्लो ६ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सोमवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महिनाको तथ्यांकले यस्तो देखाएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले वृद्धि भई रु.५ खर्ब ८५ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.० प्रतिशतले घटेको थियो… Continue reading २४ प्रतिशतले बढ्यो रेमिट्यान्स, ६ महिनामा ५ खर्ब ८५ अर्ब भित्रियो
प्रधानमन्त्री प्रचण्डलाई ५ वटा मन्त्रालयको जिम्मेवारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। सोमवार रिक्त रहेको थप २ मन्त्रालयको कामकाज थपिएसँगै उनको काँधमा ५ वटा मन्त्रालय परेको हो । रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रधानमन्त्री प्रचण्डलाई… Continue reading प्रधानमन्त्री प्रचण्डलाई ५ वटा मन्त्रालयको जिम्मेवारी
टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३०० नाघ्यो
एजेन्सी । टर्किमा शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ। बीबीसीका अनुसार भूकम्पमा परी ज्यान गुमाउनेको संख्या तीन सय नाघेको छ भने १ हजारभन्दा बढी गम्भीर घाइते भएका छन् । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार स्थानीय समय अनुसार ४:१७ बजे गजिएन्टेप सहर नजिक १७।९ किलोमिटर गहिराइमा ७।८ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पले सबैभन्दा बढी… Continue reading टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ३०० नाघ्यो
राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध
काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन्। राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट अर्यालको मात्रै उम्मेदवारी परेको थियो। माओवादी केन्द्रकी स्थायी समिति सदस्य उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्विरोध निर्वाचित भएको घोषणा गरे।
राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई
काठमाडौं । भारतीय क्रिकेटर मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिएको हो । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । लिग टू मा रहेका ७… Continue reading राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा मोन्टी देसाई